नाम चैँ सिल्क, व्यवहार चैँ खस्रो !


-कृष्ण भण्डारी-
सिङ्गापुरको विमान कम्पनी सिल्क एअरबाट काठमाडौँ आउने क्रममा म लगायत विमानमा रहेका यात्रुहरुले गएको साता निकै सास्ती खेप्नु पर्‍यो। उनीहरुको व्यवहार देखेर साह्रै दिक्क लाग्यो।

गत ८ फेब्रुअरी बुधबारका दिन चाङ्गी एअरपोर्टबाट हामी सिल्क एअरवेजको फ्लाइट MI412 मा चढेर काठमाडौँ आउन लागेका थियौँ। त्यहाँको विमानस्थलबाट २ घण्टा ढिला बिहान ११ बजे विमान उडेको थियो। काठमाडौँ विमानस्थलमा उत्रनु पर्ने विमान त्यहाँ अवतरण गर्न नसकेको कारण भारतको वाराणसी विमानस्थलमा आपतकालीन अवतरण गरियो भनियो। तर पाँच घण्टासम्म विमानभित्रै राखेर पनि के भएको भनेर यात्रुहरुलाई कुनै जानकारीसम्म दिन आवश्यक ठानिएन।

५ घण्टापछि हामी यात्रुहरुलाई वाराणसी विमानस्थलको चीसो मार्बलको भूँइमा रात बिताउनका लागि यत्तिकै छाडियो। २२ घण्टासम्म हामीलाई त्यहाँ राखियो, न कुनै उचित खानेकुराको व्यवस्था थियो, न सुत्‍ने सुविधाको। एअरलाइन्सले यात्रुहरुबारे कुनै चासो नै देखाएन (क्याप्टेनले भने प्रयास गर्न खोजेका थिए)।

हामीले पानी माग्दा ट्वाइलेटबाट लिनू भन्ने रुखो जवाफ दिइयो। एउटा सीमित ठाउँमा हामीलाई कोचाएर राखियो र कुनै जानकारीसम्म दिन आवश्यक ठानिएन।

यात्रुहरुमा उमेर ढल्किसकेका महिलाहरु, बच्चाहरु, भर्खर जन्मिएका शिशु र गर्भवती महिलासमेत थिइन्। एक जना महिला त बेहोसै भइन्। तर वाराणसी विमानस्थलमा सहयोगका लागि कोही देखिएनन्।

ट्वाइलेट पेपर र पानी पनि राम्रोसित दिइएको थिएन। हरेक १० घण्टामा हेर्दै कम गुणस्तरको खाना कोच्चाउन ल्याइन्थ्यो।

अन्तर्राष्ट्रिय विमान कम्पनी भनेर मात्र के गर्नु, नाम चाहिँ ‘सिल्क’ रे व्यवहार चैँ खस्रो !

52 Comments

  1. हुन त दाजु ले भोग्नु भएको कस्ट लाइ कुनै बहाना छैन. नेपालीको जस्तो बानि भएनी त्येस्तो तल्लोस्तरको ब्येबहार गर्नु हुँदैन.
    मैले चाही अलिक फरक किसिम को घटना गल्फ एयर मा भोगेको छु, कारण के रहेछ, अन्दाज लगाउनुस. म नेपाल बाट लण्डन जादा बहराइ हुँदै जादा केहि समस्या भएन. जब मा लण्डन बाट बहराइन हुँदै नेपाल फर्कने बेला मा, बहराइन बाट त थोत्रो सानो जहाज मा पो चढाए. त्यो जहाज मा नेपाली हरु बाहेक अरु कोइ थिएन. कारण के रैछा भनेर पतता लगाउन धेरै बेर लागेन. प्लेन एरपोर्टमा ल्याण्ड गर्नु अगाडिनै नेपाली महासयेहरु उठेर सब्बैले आ-आफ्नो पोकाहरु निकाल्दै थिए अनि हुत्तिंग गर्दै थिए/ हो-हल्ला गर्दै थिए. मेरो ह्यान्ड ब्याग हरायो कि भन्ने कत्ति चिन्ता आफ्नै देशबासी हरु मात्र भएको प्लेन मा गर्नु दुखद कुरा हो.

  2. सर्ब प्रथमत: उक्त उडान मा नेपाली हरु मात्र नभई बिदेशी हरु पनि थुप्रै थिए, र तेस खस्रो बेबहार मा खैरो छाला हरु भएको हरु पनि परेका थिए. कृष्ण भण्डारी जी ले प्लेन भित्र को होइन प्लेन divert भएर बनारश पुगेपछि सिल्क ऐर ले कस्तो सर्विस दियो भन्ने उल्लेख गर्नु भएको हो, साधारण तया उक्त अवस्था मा सिल्क ऐर बाट तेस्तो उपेक्चिट सर्विस को आशा चाही थिएन. यात्रु लाई टर्मिनल भवन को चिसो भुइँ मा सुत्न खान even पानी पनि राम्ररी नदिएर, silkair का crewmember हरु कसरि बेपत्ता भए भन्नु भएको हो. जुन हाम्रो RNAC को सर्विस भन्दा पनि तल्लो स्तर को थियो.
    .

  3. मलाई जहाँ सम्म लाग्छ त्यो दिन, दिन भरि काठमाडौँ मा झरी परेको थियो, सिल्क Air को जहाज weather problem को कारण ले काठमाडौँ land गर्न नसकेर Alternate एरपोर्ट वाराणसी विमानस्थलमा land गरेको थियो ! हो Airlines ले यात्रु हरुलाइ आबश्येक र सके सम्म सुबिधा हरु दिनु पर्छ तर हामी ले के पनि बुझुनु पर्छ भने त्यो कस्तो एरपोर्ट हो? त्येहा कस्तो सुबिधाहरु airlines ले दिन सक्छ, होटेलमा बस्ने खाने सुबिधा दिन त्येहा को IMMIGRATION ले PAKKAI पनि यात्रु हरुलाइ बाहिर जान दिदैन (याद गर्नुस इन्डियन इम्मिग्रेशन नेपालीहरु र भिशा नभएका बिदेशी को लागि सजिलो छैन) , VISA र IMMIGRATION रेगुलेशन हरु कस्तो हुन्छ भन्ने पनि बुझ्नु पर्छ ! यदी CANCEL र ढिला को समस्या SINGAPORE या NEPAL मा भएको भए पक्कै पनि उसले तेस्तो सुबिधा दिन्थ्यो होला ! मलाई जहाँ सम्म लाग्छ त्येही जहाज मा SINGAPORE जान लागेका यात्रु हरु लाई जहाज काठमाडौँ LAND गर्न नसके पछि KATHMANDU एरपोर्ट मा पकै पनि AIRLINES ले त्यो सुबिधा दियो ! धेरै जना यात्रु हरु को QUESTION को ANSWER गर्नु पर्छ भनेर AIRLINES का STAFF हरु पनि सकभर सूचना दिन आगाडी आउन चाहदैनन् जून कुरा पक्कै पनि ठिक होइन ! एदी NEPAL भित्रै ALTERNATE एरपोर्ट भएको भए येस्ता समस्याहरु साएद ऑउदैनन, AABA साएद त्येहा SILK AIR को आफ्नो OFFICE र ROUTE नभएको ले उसका staff हरु नभएर KUNAI HANDLING AGENT ( MAY BE AIR इंडिया) को staff हरुले त्यो पनि SILK AIR को नजिक को सहरको OFFICE को REQUEST मा तेत्ती सर्विस दिएको होलान ! समय परिस्थिति कस्तो थियो भन्ने पनि बुझ्नु पर्छ ! AIRLINES हरुले YATRU को सुबिधा भन्दा पनि पहिला उनिहरु को SAFETY लाई ध्यान दिनु पर्छ र SILK AIR ले पनि त्येही लाई ध्यान दिएर काठमाडौँ को नजिक को एरपोर्ट मा LAND गरायेछ र घाटना हेर्दा मौसम राम्रो होला र उडाउला भनेर CAPTAIN हरु ले कुरेको देखिन्छ र मौसम प्रतिकुल भएकोले लामो समय सम्म यात्रुहरु लाई आसुबिधा भएको देखिन्छ ! भोलि यो अरु airlines र अरु यात्रु हरु लाई पनि पर्न सक्छ ! यो त कृष्ण भिर मा जाम भयो भनेर DRIVER र BUS लाई मात्र दोष दिएको जस्तो भयो ! हामी पनि यात्रु भएर यात्रु ले गर्नु पर्ने बेबहार र AIRLINES को असुबिधाहरु बुझ्दा राम्रो हुन्छ !

  4. सबै ले भन्नु भए को कुरा एकदम सहि छ. तेही airlines बाट अरु ठाउं मा एकदम राम्रो सेवा हुन्छ तर जँहा बाट नेपाल को flight हो तेन्ही बाट सुरु हुन्छ फरक बव्हार दुवै थरि को. तर नियम अनुसार रात बिताउनु पर्दा खान र सुत्नु को बय्वस्था त airlines ले गर्ने पर्ने हो. तर emergency landing र कति time लाग्ने र उनि हरु को रुट नभएर होला तर पनि head office मा complain गर्ने पर्छा.सहि ठाउं मा comlain भए मा मात्र केहि हुन सक्छा.
    मैले खास मा अर्को कुरा को लागि पनि यो सबै लेखे को हो.हाम्रो नेपाल सरकार ले नेपाल मा आउने सबै airlines लाई त्यो landing फारम किन न दिए को होला. प्लेन मा यसै बसी रन्ह्दा फारम भर्न पनि सजिलो र time पनि बच्ने.

  5. मैले सबै साथीहरुको कमेन्ट पढे त्यो र मेरो आफ्नो अनुभव ले के भन्छु भने हामी नेपाली हुनुको सजाय वा नेपालको राजनीति गतिबिधि को केहि असर होइन यो सब हामी नेपालीको उचिरिन्ग्ख्हल बानीले गर्दा हामी नेपाली जनतालाई विभिन्न ऐर लिनेस हरुले यसरि हेपेका हुन् हामी यदि सभ्य बब्यहर देखायो भने उनीहरुले पनि हामीलाई तेस्तै बेभर गर्नेछ. सम्मान पाउन सम्मान गर्नु पर्छ .

  6. देचेम्बेर २६ मा म पनि सिल्क एअर बाट सिंगापुर गए र सिल्क एअर बाटै जापान पुगे / भाग्यो बस मैले एअर होस्टेस बाट कुनै नराम्रो ब्यबहार भोग्न परेन /
    बरु हामी नेपाली हौ भन्दा सिल्क एअर को जापानिज एअर होस्टेज ले मा म संग साथी पो बनाए छ. / जापान मा पनि म नेपाली हौ भन्दा जापानिज हरु बाट माया पाए / सबै ले सागरमाथा को देश बाट आएको भनेर माया गर्यो / हामी ले पनि राम्रै ब्यबहार गर्दा माया पाउदो रहेछा / विदेश मा गएर नराम्रो काम नगरौ / हामी नेपाली असल बनेर अरु माया पाउने कोसिस गरौ /

  7. जहाज उडान अनिमियत हुँदा यात्रुको अधिकारहरु:
    म नेपाल बायु सेवा निगममा कार्यरत छँदा, मेरो कार्यछ्यत्र भित्र परेको यो पनि एउटा थियो; आफुले तत्सम्भंदी देस बिदेसमा पाएको त्रेनिंग र सेमिनारहरुमा सिकेको र निगम भित्रकै अनुभवको आधारमा केहि लेख्न जाँदैछु:
    ०१. तोकिएको समयमा प्राबिधिक बा कुनै पनि कारणले जहाज समयमा उडाउन बिमान कम्पनि असफल भएमा बिमान कम्पनीले सबै अतिरिक्त खर्च कम्पनीले नै व्यहोरेर यात्रुलाई:

    क) अर्को बिमान कम्पनीको उडानमा यात्रु ट्रान्सफर गर्ने/
    ख) यो सम्भव नभएमा यात्रुको टिकटलाई रिईस्सु गरेर अर्कै टिकट बात टिकट बेच्ने बिमान सेवाकै बिमान बात अरु बिमान सेवाको जहाज बात सबै भन्दा छोटो रुट बात सके सम्म कम समयमा यात्रुको गन्तब्य सम्म पुराउनै पर्छ/ यसरि उडानको ब्यबस्था गरिएको यात्रुहरुको निमित खाना, होटेल, र होटेल देखि बिमान स्थल सम्मको दोहरो सडक यातायातको ब्यबस्था गर्ने पर्छ/

    ०२. २४ घण्टा भन्दा बढी समय सम्म उडान ढिला भएमा यात्रुको लागि पायक पर्दो स्तरिय होटेलको ब्यबस्था गर्ने पर्छ/

    ०३. उडान ढिला भयमा र खानाको ब्यबस्था गर्ने/

    ०४. तोकिएको क्लासमा सिटको ब्यबस्था गर्न नसके बिमान कम्पनीले माथिल्लो क्लासमा सिटको ब्यबस्था मिलाउनै पर्छ/ माथ्थिल्लो क्लास को टिकट भएको यात्रुलाई बिमान कम्पनीकै कारणले तल्लो क्लासमा उदाएको अबस्थामा यात्रुलाई माथ्थिल्लो क्लास र तल्लो क्लास को भाडामा भएको फरक रकम यात्रुलाई दिने पर्छ/

    उडान निश्चित भएको यात्रुलाई उडान निश्चित भएको पहिलो गन्तब्य सम्म मात्रै होईन आबस्यक भएमा यात्रुको टिकटमा उल्लेख भएको अन्तिम गन्तब्य स्थल सम्म होटेल यातायात आदिको ब्यबस्था गरेर सबै खर्च बिमान कम्पनीले व्यहोरेर पुर्याउनै पर्छ/ यस कुरामा कसको के भाडा तिरिएको कस्तो टिकट भन्ने कुराले यात्रुलाई केहि असर पर्दैन सबै हानि नोक्सानी र अतिरिक्त खर्चको जिम्मेवारी निश्चित समयमा जहाज उडाउन नसक्ने बिमान कम्पनीकै हुन्छ/ मर्का परेको यात्रुले दावी समेत गर्न सक्छ/ यो नियम कसैले पनि हेर्न पढ्न सक्नु हुन्छ/

    यो अन्तरास्त्रिये नियम हो र यो नियम सबै बिमान कम्पनीले मान्नै पर्ने हुन्छ/ निगम येस्तै खर्च कै कारण पनि टाट पल्टिने स्थितिमा पुगेको हो/

  8. मेरो अनुभव र विचार मा एर लाइन र एर होस्टेस को व्यवहार हाम्रो ( यात्रुको ) व्यवहारमा भर पर्छा, मान्छे – मान्छे बीचको व्यवहार जस्तो!

    मेरो अनुभवमा गाउँको सिधा साधा अनपढ वा कम पढ भन्दा पनि सहर बजारका पढालिखा, कर्मचारी वा हप्की दप्की गरेर खाएका मान्छे प्लेन यात्रा गर्दा लाजमर्दो ब्यबहार गरेको देखेको छु! २००८ को मार्च (तारिख भुलें) को कुरा हो – काठमाडौँ – बैंकक थाई एर लाइन बाट यात्रा गर्दा तिन जना सुटेड बुटेड मान्छे बाट झुर ब्यबहार देंखे ! प्लेन बोर्ड हुनु अघि, नेपालमा ब्रिटिश लाहुरे र तिनका सन्तानले कलेज र समाज बिगारे भन्ने मात्र कुरा गरे एक आपसमा, ठुलो ठुलो स्वरमा ! अति भो भनेर यस्तो अभद्र मान्छे कसता मान्छे हुँदा रहेछन भनेर आखा घुरेर हेरेको त तिनै जना कोट टाईमा र नेमत्याग भिरेका ! ति मध्ये एक जनाको नेम्त्याग पढ्न भ्याएँ ! नेम्त्याग थियो – “— गौतम, पररास्ट्र मन्त्रालय, नेपाल” सबै अंग्रेजीमा, (अगाडी को नाम भुले) ! प्लेन चढे पछी राजनीतिबाट कुरा सुरु गरे र रक्सि को तालमा प्राय सबै बिसय भ्याए यो करिब ४ घण्टाको यात्रामा ! रक्सि पहिले बियरबाट सुरु गरे र पछी हार्ड द्रिंक अनि वाइन जे जे पाइन्छा माग्दै खाए र प्लेन मा हो हल्ला गरिरहे ! यी मानिसहरु हरेक १०-१५ मिनेट मा एर होस्टेस बोलाई रहन्थे र रक्सि मागी रहन्थे ! सायद दिक्क भएर होला एर होस्टेसले पनि वाइन बोतल बोतल नै ल्याइदियिन् ! तर त्यो पनि मातेर भुइमा लडाए!! यिनीहरु मेरो सिट भन्दा ठिक २ सिट आगाडी बसेका थिए ! उनीहरु को गफ मेरो कान सम्म नचाहँदा पनि आइपुग्थियो र ब्यबहार सबै आँखा अगाडी ! अति भो भनेर १-२ पटक त केहि भनौ कि जस्तो पनि लाग्यो तर मातेको मान्छेसंग हुनसक्ने झगडाले र मेरो बैंकक पछिको यात्रा पनि भएको ले केहि भन्न सकिन ! बैंकक पुग्ने बेलामा भने करिब १ घण्टा, साएद मातेर होला, तिनै जना निदाए र आनन्द भयो !

    यहाँ धेरै मित्रहरुले हामि नेपालीहरुको प्लेन यात्रा गर्दा बानि व्यहोरा सुधार्ने गर्नु पर्यो भन्ने सल्लाह संग मा सोर्है आना सहमत छु !!! र थप कुरा के भन्न छहान्छु भने हाम्रो बानि व्यवहार सधै को लागी सुधार्नु पर्यो, सभ्य नागरिक हुने कोसिस गर्न पर्यो! सधैकोलागि सकिन्न भने, कम्तिमा विदेश यात्रा गर्दा र बिदेशमा रहंदा सभ्य मनिसको परिचय दिउ, भावी सन्ततिको र समस्त नेपाली समाजको लागि !!! धन्यबाद !!!

  9. नेपाली चढेको जुन सुकै बिमानमापनि यस्तै हुन्छ. नेपाली यात्रुले पनि बिमान मा कति फोहोर गर्छन र रक्सि खाएर कति छाद्चन भन्नि कुरा पनि बिर्सन हुदैन. जब नेपाली यात्रुको ब्यब्य्हार नै त्यस्तो हुन्छ भने, अरुले हामीलाई यसरि हेपे भनेर भन्नि ठाउ पनि हाम्रो हुदैन.
    अर्को कुरा त् नेपाली सरकार नै त्यस्तो छ. जुन देशमा जाबो यौटा संबिधान बनाउने नाउमा यति धेरै समय खर्च गरिन्छ अनि रास्ट्रको ढुकुटी रित्तो पारिन्छ, त्यो देशलाई के को मान्छे गन्नु र अनि त्यहाका जनतालाई राम्रो ब्यबहार गर्नु???
    हामि पहिले आफु आफैलाई हेरम न : खैरो छाला देख्यो भने नेपाली ले कस्तो ब्यबहार गर्छ अनि आफ्नै नेपाली ले नेपालीलाइ नै कस्तो ब्यबहार गर्छन !!!!
    तपाई ठमेल को काठमाडौँ होटेल मा जानु भयो भने कोठा पाउनु हुन्न, किनकि तपाई नेपाली हो, तर यूरोप वा अमेरिका बाट यौटा माग्ने मान्छे गयो भने पनि त्यो होटल मा कोठा पाउछ, किनकि उसको छाला सेतो छ.
    दिपक अधिकारी
    जर्मनी

  10. यो चाहिं नेपाली भरिएको प्लेन भएर नै हो ! अझ इन्डियन कर्मचारीको हातमा पर्यो भने डबल बिजोग हुन्छ ! मैले पनि भोगेको छु सिंगापुरमा यस्तै व्यथा ! अस्ट्रेलियाबाट सिंगापुरसम्म फस्ट क्लास सर्भिश, त्येस्पछी त्यहि एयार्लैनमा सिंगापुरबाट नेपाल जाने बेला कन्ता बिजोग ! मैले त इन्दियनको जातै हो भनेर चित्त बुझाएको थिएँ ! के गर्नु गरीब देश भएपछि येस्तई हो !

  11. निकै वर्ष अघिको कुरो हो| एकजना मित्रका अनुसार सिंगापुर एयरलाईन्सका एयरहोस्टेसले नेपालमा कसै गरेर बस्न परे र अध्यागमन भन्सार पार गर्दा “डर्टी डरटी” भनेर सिकसिक मान्थी ‘रे| तर त्यसको केहि समय पछि त्यही एयरलाईन्सका हो क्यारे एयर होस्टेसलाई लागु पर्दार्थ ओसार पसारमा एयरपोर्टमै पक्रेछन्| त्यसपछि मात्र थुनामा डर्टी डोरटी भन्दै बस्न पर्दा साँचो डरटी थाहा पाई होली|

    साँचो कुरो के भने बिदेशी रोजगारमा जाने सबैलाई एक-दुई दिनको व्यवहारिक तालिम र सल्लाह आवश्यक छ| जसमा भिडियो देखाएर, गराएर र सम्झाएर कसरी ट्वाइलेट प्रयोग गर्ने, अध्यागमन फारम कसरी भरने र विदेश यात्रामा जान्न पर्ने सामान्य व्यवहारका कुराहरु बुझाईंनपर्छ| यसबाट यात्रुहरु पनि लाभान्वित हुनेछन|

    यस्तो तालिम रोजगारमा जाने पहिलो पटके यात्रुहरुलाई अनिवार्य रुपमा लगाईं पर्छ| सरकारी खर्चमा तालिम र वर्कशप मिटिंग आदिमा विदेश जाने पहिलो पटके हरुलाई पनि यो अनिवार्य गरिनपर्छ| यस्तो तालिम निजि क्षेत्रले गर्नपर्छ जसबाट खालि पैसा मात्र दिएर प्रमाण पत्र दिने बारे अनुगमन गरेर सावधानी अपनाउनपर्छ|

    दिल्ली एयरपोर्टमा ट्रान्जिटको समयमा जेटएयर र अन्य भारतीय एयरलाईन्सले नेपाली यात्रुहरुलाई कार्गो सरह व्यवहार गर्छन| पासपोर्ट लिएर जान्छन र हेन टेन सोधेर हैरान गर्छन| राम्ररी अंग्रेजी बोल्न नसक्नेलाई तुम इधर आओ र जाओ भनेर नराम्रो वार्ताव राख्चन| यसको लागि हामी जागरुक हुनपर्छ|

  12. रहर त आफ्नोई देशको झण्डा इंकित नेपाल वायु सेवा निगम को बिमान चढ्ने थियो नि , तर के गर्ने किर्नो ले बाख्रा को चाक चुसे जस्तो सबैतिर बाट चुसे , लुटे…..कहिले विमानस्थलमा आगो लाग्छ, कहिले मुसा सहित को जहाज लाइ उड्नलाइ अनुमति दिइन्छ !! अनि घुवाएको सम्मान पाउनु नेपालि, नेपाल को विमानस्थल र नेपालि यात्रु ले !!

    जहा सम्म यो घटना को सवाल छ , कृष्ण जी तपैले सहि प्रमाण जुटाएर कानुनी रूपमै अदालत जान सक्नु हुन्छ भने मालामाल बन्न सक्नुहुनेछ ……तर एक्लै जाने चै हैन नि , सबै नेपाली दाजु भाइ , दिदि बहिनि हरुलाई लिएर जानु होला ! जय नेपाल !!

  13. कुरो धेरै अगाडिको हो| एअर इन्डियाको विमानबाट मास्कोदेखी दिल्ली जान म मास्कोको अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा यात्रुहरुको नामसुचीमा मेरो नामै थिएन| कारण सोध्दा तैले ticket reconfirm गराइनस होला भनेर मलाइ पो फत्तुर लगाउन खोजे| अलि कडकेपछी भोलि उड्नु न भनेर पो भन्छ गाँठे! तेरो हाकिम खोइ भनेर म पडकें ! मलाइ भित्रि कोठामा लगे, हाकिमको अगाडी पनि मार पडकें र भनें : म आज उड्नु पाइन भने मेरो लाख डलरको नोक्सान हुन्छ, त्यो तिमीहरुले छेर्नुपर्छ भनें| मैले दह्रो अडान राखेको देखेर हाकिमले तपाइँ उड्न पाउनु हुन्छ, ढुक्क हुनुहोस भन्यो| मलाइ वेटिंग हलमा कुर्न लाइयो र करिब आधा घण्टा पछि हाकिम आफै म छेउ आएर “ल बधाई छ, तपाइँ फष्ट क्लासमा उड्दै हुनुहुन्छ ” भन्यो | म नपडकेको भए मलाइ तिनीहरुले त्यतिकै डल्ल्याएर भोलिपल्ट उडने बनाउँथे| भुक्तभोगीहरुले मलाइ यस्तो अवस्थामा यस्तो गर्नुपर्छ है भनेर सिकाएका थिए क्या ! नत्र भने आफुलाई यस्तो हाटहुट गर्न आउँदैन|

  14. माथिको लेख अनुसार सिल्क एअरले ज्यादतिनै गरेको को तर धेरै जनाले यहा भन्नु भएको जस्तो एअरलाईन्स तथा कर्मचारीले तिनीहरुको विमानमा यात्रा गर्दा त्यसरी गैरजिम्मेवार ब्यबहार गर्लान जस्तो चाही लाग्दैन/ म आफुले अहिले सम्म कतार एअर, थाई एअर, एथिहाद एअर संग नेपालबाट बाहिरिदा तथा नेपाल भित्रिदा आफु अपमानित वा हेपिएको महसुस गर्नु परेको छैन/ तर केहि नेपालीहरुले आफ्नै ब्यबहारको कारण लज्जित हुनु परेको साक्षी चाही बनेको छु/ मेरो भनाईको सार हामी माथि गरिने ब्यबहार हाम्रो आफ्नै क्रिया माथिको प्रतिक्रिया मात्री हो /

  15. मेरो चाही राम्रै अनुभव छ सिल्क ऐर संग |
    मेरो flight सिंगापुरमा ५ घण्टा दिले हुदा सबलै SGD १५ दिएको थियो तेहा खान लाई| सायद airlines भन्दा नि एरपोर्ट र देश को धेरै दोष छ जस्तो लग्यो|

  16. Last time i had came through Kingfisher Airlines from Bangloare to Kathmandu (Including Delhi Transit), there was excellent service no comment in there services specially the behavior of Air Hostess So beautifull once i saw her no need to eat any thing full mind and heart towards her hehe

  17. आफ्नो यात्राको अनुभब माई संसार सम्म ल्याई पुर्याउन सक्ने लेखक ज्युले यात्रामा दुख पाउनु भएछ अनि केवल चुप चाप सहनु भएछ !!! केहि त् गर्नु पर्थ्यो वहाले साचिकै अन्याय भएको भए !!! केहि नेपाली साथि हरुको ब्यबहार को कारण सबै एउतै घान मा मुछिएका छन् खास गरि बैदेशिक उडानमा यात्रा गर्दा नेपाली हरु !! ५०००० हजार देखि १ लाख रुपैया सम्म खर्च गरेर सहुलियत दरको टिकटमा यात्रा गर्न सक्ने केहि व्यक्तिहरु जसले ५०० /७०० रुपैया बराबरको मादक पदार्थ लाइ अमृत ठानेर पाउन्जेल र सकुन्जेल खान प्रयास गर्छ अनि त्यस पछी हो हल्ला गर्न थाल्छ | हो एस्तै केहि व्यक्ति हरुको खराब बानीको कारण अन्तरास्ट्रिय उडानमा नेपालि हरुलाई हेर्ने द्रीष्टिकोंन फरक पाइएको छ !!

  18. सम्भबत नेपाल एरपोर्टमा लागेको आगलागीको कारणले हुन सक्छ प्लने ल्याण्ड गर्न नपाएर बनारासी तीर लैजानु परेको र हुन सक्छ नेपाल एरपोर्ट बाट उनीहरुले कारणनै थाहा पाएन होला मात्र प्लने ल्याण्ड गर्न सक्दैन र नजिक को एरपोर्ट मा ल्याण्ड गर्न भनियो होला इन्टरनेसनल ल अनुसार कुनै पनि एरपोर्टले ल्याण्ड गर्न दिनु पर्छ अनि एरपोर्टको सेकुरिटी बिना उनीहरुले यात्रुहरुलाई बाहिर जाने अनुमति दिन सक्दैन उनीहरुले गर्न खोजेको थियो होला तर के गर्ने तपाई जस्तो उनीहरु पनि त्यो ठाउँ नया होला किन कि त्यो उनुहरु को गन्तब्य थिएन जे त्यो एरपोर्टबाट ब्यबस्ता गर्न सक्यो त्यो नै उनीहरुले गर्न सक्यो नेपाल, बिहार र यु पी तिर मा ब्याप्त पाएको मौका किन गुमाउने भन्ने सोच ले हुन सक्छ एरलाइन्सले राम्रो पैसा तिरे पनि एरपोर्टकाहरुले कम गुणस्तरको खान उपलब्ध गरेको सबै कुरा एरलाइन्सलाई मात्र दोष नदिउ हाम्रो सिस्टम तिर पनि सोचौ

    • Naresh जी संग धेरै सहमत छु . हामी चढेको कुनै पनि प्लेन कुनै देशको एरपोर्टमा ल्याण्ड भई सकिसके पछि सबै कुरा त्यस देशको एरपोर्टको जिम्मेवारीमा पर्छ अर्थात एरपोर्टका कर्मचारीहरुमा भर पर्छ .
      भारतको एरपोर्ट त्यसमाथि नेपालीहरु अनि त्यसो नभई कसो होस भन्ने चाहनु हुन्छ ???!!! म त त्यतिमात्रै भएकोले धन्न भन्छु है र अन्तमा सिल्क एरको गल्ति हो जस्तो लागेन .

  19. सिधा सफा कुरो के हो भने, बेदेसीलाइ हामी अलि बढीनै सम्मान दिन्छौं (इन्डियनस बाहेक है फेरी).. बिमान र विमानस्थल का कर्मचारीको अघि confidence सुको छैन, आफ्नै हकको कुरो गर्न पनि अलि हच्किने वा अति नै नम्र हुने.. कुरो को चुरो अरु लाइ हेप्न सके सम्मान पाइन्छ भन्ने चै होइन नि फेरी, कुरो के भन्दा, अलिकति जान्ने बुझ्ने त देखिनु पर्यो नि, नभए पनि (ठट्टा)…… एउटा साथीले माथि कुरो उठाउनु भयो travel training को, कुरो सहि हो.. येत्रो दुख गरेर बिदेसिनु छ, अलि कति बढी दुख गरेर के-कसो भन्ने जानकारी राख्ने प्रयास पनि गर्न पर्यो… आफु stand मा बस्ने अनि अरु बाट responsibility खोज्ने कुरो पनि सहि नै हो…..
    airlines लाइ घुँदो टेकाउनु चै पर्यो, ठोकेर होइन नि फेरी (ठट्टा)

  20. Airline industry मा good service मा 5 star नाम कमाएका कम्पनीहरुले त नेपाली यात्रु लाई हेपेर ब्येवाहार गर्छन भने, सिल्क ले के राम्रो गर्थ्यो. नेपाल बाट उड्ने प्राय सबै airlines ले दिने service येस्तै हो .

  21. म अबुधाबी भएर नेपाल जाँदा इतिहाद एयरवेजले पनि सार्है नराम्रो अनुभव दिलाएको थियो ! सबै उस्तै रहेछ !! अझ त्यहाँ त ठुलो स्वर गर्यो कि पुलिस बोलाइहाल्दो रहेछ / मानव अधिकार बन्दुकले निर्धारण गर्ने देश रहेछ / त्यो हेरी त नेपाल अमेरिका त स्वर्ग !!!!

  22. साथीहरु सबैको कुरा एउतै लग्यो मलाई त ! यो सबै हाम्रो आफ्नै संस्कारले गर्दा हो ! हामीमा मानबिय समबेदना हराइसकेको छ ! कहिले कहिँ त हामीपनि मानव होउ र जस्तो लाग्दछ ! एदी तपाई हरु जस्तै विदेशमा गएर केहि सिकेको साथि हरु नेपाल आउने र देश मा केहि सिकाउने हो कि?

    • ध्रुबजीले भन्नुभएको कुरो चै सहि लाग्यो मलाइ त, म पनि थाकिसके यो फिनल्याण्ड – डेनमार्क बाट ! पढाई सकेपछी चै तेसै गर्नु पर्ला …आफ्नै देशमा दुख गरिन्छ !! जय नेपाल !!!

  23. सबै गल्ति नेपाली हुनुमा मात्र छैन जस्तो लाग्छ हामीले आफ्नो आदत र स्वभावमा पनि परिवर्तन गर्न जरुरि ठान्छु सबसे पहिला त अनुशासनको कमि,हो हल्ला जय्दा,रक्सि पिहेर बेहोश नै हुने यस्ता यस्ता कार्य को छाप छन कर्मचारी हरुलाई अनि सबलाई यहि सम्जन्छं तेसैले आफ्नो आदत र स्वव्हाव लाइ परिवर्तन जरुरि छ

  24. नेपालि सेपाली भएर तेस्तो भएको हैन, किन काम न काज कुरो अन्यथा मोड्न परो ?

    तर नेपाली बाट सधैजसो Nepal Route का plane मा हुने क्रियाकलापहरु :
    १. नेपाल एअर लायिन्समा, चुरोट तान्ने ( आफै भोगेको SGH -KTM २००५). Duty free मा किनेको प्लेनमै चट| हाहा, भन्नै लाज लाग्ने |
    २. थाई एअर लायिन्समा air hostess हरुको camera फर्काइ फर्काइ फोटो खिच्ने ( जहिले चड्दा पनि उस्तै )| अनि दारु सबै सिनित्त पार्ने, Bangkok airport पुग्दा त जाँडले ढलमल ढलमल , बियर, व्हिस्की , रम, वाइन , जे पाइन्छ तेही राम राम |
    ३. China Southern Airlines को खासै सेवा राम्रो छैन तैपनि, उही चाल, जाँड धोक्नु सम्म धोक्नु | उही, सोमरस भनेपछि सबै हुरुक्क

  25. तेही नै हस्ताक्ष्यर अभियान गरेर ,सबै को टिकट को एक येक प्रति फोटो गरेरबिमान कम्पनि सग कम्ति मा ५० हजार डलरको क्ष्यति पूर्ति माग गर्न सकेको भए ,न भए कतै मुद्दा गर्ने ठाउ पनि त् पक्कै हुन्थो होला |
    हेपेको भन्ने भए पछी ,तुरुन्त याक्सन मा जानुपर्ने ,पछी पछी अरु नेपालि लाइ एस्तो गर्दैनथे |पुर्खा ले खुकुरी चलाए इज्जत को लागि ,आज गर्ने भनेको येस्तई येस्तई हो |
    हुन् त् गफ गर्न जति सजिलो काम गर्न हुन्न, भए नि प्रयास गरेर नहुनु छुट्टै कुरा हो |

  26. यो त अति नै भएछ नि साथी l यो विषयमा चाही एयरलाइन्सको हेड अफिस मा Complain गर्नुस है l हवाई यात्रा गर्ने धेरै यात्रुहरुमा खड्किरहेको कुरा हो यो चाहिं l कतार एयर मा पनि चाहे नेपाल जाँदा होस् चाहे अमेरिका जाँदा Economic Class मा यात्रा गर्दा त्यस्तै नराम्रो व्यवहार पाएको छु मैले l एकदमै Careless छन् एयर होस्टेज हरु l बत्तिको स्विच थिचेर बोलाएको एक घण्टा पछी बल्ल आउँछन के चाहियो ? भनेर रुखो बोलि सुनाउन l फेरी Business Class मा यात्रा गर्यो भने चाहिं नबोलाउंदा पनि दांत देखाउंदै हाँसेर के चाहियो भन्दै सोधेर हैरान पार्छन l आखिर यात्रु त यात्रु हो नि जुन Class मा यात्रा गरे पनि l Business Class मा यात्रा गर्नेलाइ धेरै सुबिधा दिनु राम्रो हो तर Economic मा यात्रा गर्नेलाई पनि केहि सुबिधा चाहिं हुनु पर्छ l त्यस्तरी Careless गर्ने नियम चाहिँ एयर लाइन्सले बनाएको छैन होला l

  27. नेपालीले आफ्नो नाम आफै बिगारेकोले गरेर हो | खाडी र मलेसियामा पसिना बगाउन जाने हाम्रा सोझा कम लेखापढी भएका दाजुभाई दिदि बहिनि हरुलाई प्रस्थानपुर्व सम्बन्धित म्यानपावोर कम्पनिले १ हप्ता जतिको तालिम दिनु पर्छ जस्तो लाग्छ मलाई | एसले विमानमा उनीहरु र हामी सबैले राम्रो सेवा पाउने छौ | अनि केहि दुख परे तुरुन्त त्यो बिमान सेवाको अफिसमा सम्पर्क गरिहाल्नु पर्छ | तेहा भुइँमा बसेर आफु आफु बीच कुरा गरेर रिस देखाएर समस्या को समाधान हुदैन |

    आफुलाई अन्याय पर्यो भने त्यहाँको म्यानेजर संग कुरा गर्ने, उसले आनाकानी गर्यो भने तेरो बोस को हो, उ संग कुरा गर्ने र तेस्ले पनि टेरेन भने तेस्को माथिको हाकिम संग कुरा गर्ने| यो सम्पूर्ण बेला शिष्टता अपनाउनु अत्यन्त जरुरि छ |

    अनि दुख परेको आफैले समाधान गर्न नसक्ने, अनि दुनिया ब्लगमा आएर तातो न भुत्लो को रिस पोखेर सिल्क एरलाइन्सको केहि पनि खुत्लिन्न ! बेकारमा हाम्रो दिमाग खराब !

    • हो बास्तवमा नै प्रथम पटक विदेश जाने नेपाली बन्धुहरुलाई १ हप्ता कै त् नभनु तर केहि घन्टे तालिम चाही दिने पर्छ जस्तो :

      १.Excuse me, thank you, welcome, sorry शब्दको प्रयोग बारे
      २.थुक-खकार-सिंगान-मल-मुत्र परित्याग गर्ने तरिका
      ३.नाक-कान-दात कोट्याउने तरिका
      ४.एक-आपस अनि फोनमा कुरा गर्दा निकालिने आवाजको बारेमा
      ५.बिपरित लिंगीहरुलाई हेर्ने / घुर्ने तरिका

      यति कुरोको मात्र तालिम दियियो / लियियो भने पनि धेरै फरक पर्छ / यति गर्नु कति खर्च, समय, श्रोत साधन को आवस्यक पर्छ? त्येत्रो रेमिट्यान्स भित्राउने जनको लागि राज्य वा एजेन्सी हरुले त्यति नि गर्नु सक्दैनन् ?

      जय नेपाल
      तेन्जिंग लामिछाने

  28. दुनियाको तुच्छ देशका तुच्छ प्राणी हामी तेसैले हामीले अहिले प्राय ठाउँमा जाँदा पहिने ब्यबहार यहि हो. जव सम्म आफ्नो देश अधुनिग युग अनुशर प्रगति तिर लम्की राम्रो कुटनैतिक हैसियत हासिल गर्दैन तव सम्म हामीले भोग्नु पर्ने नियति नै हो यो

  29. माथि सुदीप शर्मा ले लेखेको जस्तो आनुभव मैले पनि भोगेको थिय कतार airways मा.

  30. नेपाली भनेर नै यो सब गरेको हो … येस्मा संखई छैन ..
    देशको कु ब्यबस्ताको अर्को दुखद परिडाम ..

  31. नेपाली हुनुको सजाय हो यो..सिल्क मात्र हैन ५ तारे भनिएको Qatar airlines मा पनि नेपाली लाइ येस्तै अमानबिय व्यवहार गर्ने कर्मचारी छन् ..काठमाडौँ बाट Qatar सम्म पुग्दा गर्ने व्यवहार र Qatar बाट त्यहि airlines मा त्यहि यात्रुले युरोप जादा पाउने सेवा र व्यवहार मा आकाश जमिन को फरक हुन्छ //

    • यो सबै हाम्रा पुर्खाहरुले चलाई ल्याएको, गरिखायो बिर गोर्खालो कारणले हो/बिर गोर्खालीको कारणले आज हाम्रो देश गरिब भएको छ/ त्यसले आज हामी सबै नेपाली देश-बिदेशमा भिख माग्दै हिड्नु परिराखेको छ/ हाम्रो संस्कार बाहिर कमाउनु जाने वा अरुको भरमा बाच्ने नभैदिएको भए आज हामी सारा नेपाली पनि सिंगापुरे, जापानिज,युरोपियन जस्तो आफ्नै देश मा सपना साकार गरेर देश बिकाश र परनिर्भर बाट छुट्कार मिल्थ्यो होला…….जय होस् नेपाली को!!!!!!!

    • कतार एयरलाइन्सबाट म पनि यात्रा गरेको छु । कतार नै जानका लागि । हो, मेरो पालामा पनि एयरहोस्टेजहरुले खासै राम्रो व्यवहार गरेनन् । तर यसको कारण नेपाली स्यवं नै हुन् जस्तो मलाई लाग्छ । नेपालीले राम्रो व्यवहार नपाउनुको कारणहरु ः
      १. सत्रचोटी ड्रिंक्स मागेर खाने
      २. वल्लो छेउको साथीले पल्लो छेउकोलाई ठूलो स्वरमा बोलाउने र भन्ने– ओए तैले 3 मागिस्, मैले त रेड लेबल मागेँ ।
      3. सुन्दरी एयरहोस्टेजलाई आँखा झिमिक्क नपारी ट्वाल्ल हेरेको हेरेकै गर्ने ।
      4. ठुल्ठूलो स्वरमा हल्ला गर्ने ।
      ५. एयरहोस्टेजले सम्झउादा सम्झउँदै पनि प्लेन रोकिन पाएको छैन कुदेर ढोकामा पुगिहाल्ने । काठमाडाँको मिनिबसजस्तो सम्झेर ।

      • संसोधित जी तपाईको कुरामा मा १०० percent सहमत छु म पनि ३ महिना अगाडी कतार air मा नेपाल गएको थिया मेरो सिड्नी देखि कतार र कतार देखि नेपाल सम्मको यात्रामा धेरै फरक पाए Singapore, Thai , china southren को भन्दा धेरै राम्रो सेवा रहेछ कतार ऐर मा सिड्नी देखि कतार सम्म तर तेही air को नेपाल सम्मको ताल बेजोग सबै भन्दा बेजोग त passenger behave सिटमा बस्ता पनि झोला भिरी राख्ने , ड्रिंक्स मागेको मेगाई गर्ने , अर्को साथीको सिटको छेउमा गयर कुरा गर्ने ,अझ सारै lajmardo लाग्ने कुरा त air-होस्तागे लाई हेर्दै सारै निच कुरा गर्ने ,

      • यस्तै व्यवहार मैले नि देखेको छु। यि विदेशी विमान कम्पनीका कर्मचारीहरु प्रति हामी नेपालीहरुको कस्तो छाप परेको रहेछ भन्ने कुरा बुझ्न सकिन्छ। हाम्रो जस्तो वय्वहार छ, हामीप्रति पनि तय्सतै व्वहार हुन्छ।

    • नेपाली हुनुको सजाय भन्दापनि……………..हामी नेपालीले गरेको कर्म को फल हो….हाम्रा केहि कर्महरु,
      १. बर्षमा ३६५ दिन नै नेपाल बन्द गर्न पछी नपर्ने
      २. गुरुलाई कालोमोसो दल्ने र चिट चोर्न नदिए युनियन लगाएर कुट्ने जागिर नै खाइदिने
      ३. घुस दिने पछी नपर्ने,
      ४. देशमा कुल्ली काम गर्न लाज लाग्ने, पुर्ख्यौली जग्गा बेचेर तेही कुल्ली काम गर्न विदेश जान तम्सिने
      ५. राजनीतिक दलको नोकर बन्न सक्ने, राजनीतिक दललाइ नोकर बनाउने तागत नहुने !
      ६. कति…..कति

      • सहि कुरा गर्नु भो हर्के जी …
        बिदेशमा नेपाली :
        कोहि बौद्धिक कुल्ली कोहि शारीरिक कुल्ली
        युरोप, अमेरिका, जापान, कोरिया, ऑस्ट्रेलिया, आदिमा त्यहाका रैथानेले प्राय नगर्ने झाडु , पोछा, सरसफाई, पत्रिका वितरण, वेटर, गास इस्तेसन, ठुला मल, बधसाला (कसाई घर), सामान बोक्ने/उठाउने/यताउता लाने आदिमा दैनिक ८-१० घण्टा शारीरिक श्रमजन्य काम नै हो ९०-९५ % नेपालीले गर्ने काम … देश बिकाशमा ठुलो भूमिका खेल्नु पर्ने यी सिक्षित कुल्ली आफ्नो जन्म भूमिलाई कर्मभुमि कहिले बनाउने हुन् ?? यिनीहरुमाथि नेपाल राष्ट्रले २०-२५ वर्ष सम्म गरेको लगानी बिकसित देशलाई अझै बिकसित बनाउन त पक्कै होइन होला ??
        कसैलाई चोट पुगेमा अग्रिम क्ष्यमायाचना …

        • शिशिर को कुरामा चाही दम छ है..नेपाली हरु ले राम्रो नगरेकै त हैनन् युरोप र अमेरिकामा पनि ..तर तिनीहरु नगन्य मात्रामा छन्…गर्ने भनेकै त्यहि कुल्ली काम हो..भारतीय को रेस्तुरांत मा भाडा माझ्ने..ग्यास स्टेशन मा ग्यास भर्ने,, अनि नेपालमा एस्तो भएन उस्तो भएन भनेर आफुलाई खुब बिद्द्वन सम्झेर कुरा गर्ने.. अगाडी सरेर केहि गर्न नसक्ने अनि पिठ्यु पछी चाही कसैलाई नगन्ने, मानौ संसारको ठुलो मान्छे त्यहि हो जस्तो.नेपाली स्वाभिमानी हैन,,रिस का पोका हुन् ..बिबेक सुन्य // त्यसै बहादुर भन्छन त….फेरी हामी त्यसै मा गौरब गरेर बस्ने..// यो लेख पनि त्यहि बहादुर रिस पोखेको जस्तो मात्र लाग्यो..कम्प्लेन गर्ने निकाय मा गुनासो गरेको भए त अवस्य केहि हुन्थ्यो होला नि .//

      • हर्केलाई चैं के भाको हौ ! यहाँ हवाईजहाजको कुरो हुँदैछ, कताबाट नेपाल बन्दको कुरो आयो हौ! विदेश जानेलाई दोष किन दिएको ? दोष उही प्रचण्डलाई दिनु नी! भेट्टाएका छौ नी दोष दिने ठाउँ

        • सशांक जी,
          यहा “पुकदाको” कुरो चै कहाबाट आयो ? नेपाल बन्द त सबै ढलहरुले गर्छन नी, होइन र ?

          …………किन खुट्टा तान्नु परेको,….हर्केले खुट्टा काट त भनेकै छैन….!

      • हर्केजी
        सिंगापुर एयर लायन्स को मान्छे लाइ हाम्रो यो सबै कुरा था होला र ?तिनीहरुले हाम्रो देश सानो ,गरिब भनेर फुर्ति देखाएको पो हो कि ?आर्को कुरा हामि मध्ये केहि आफ्नै देश को दाजुभाई लाइ बर्ग सत्रु भनेर रेट्ने ,बोल्दा पनि भासन दिने तर बिदेशी को अगाडी घ्यु लाटो देखिने ?
        भर्खर एउटा अखबार ले लखेको थियो ,गिरिजा पछी इन्डियन नेता हरु सग मेरो बढी सम्पर्क छ भने र बाबुराम फुल्दै थिए |उता उनकै ग्रिह मन्त्रि जन्म को आधार मा नागरिकता पाएका लाइ बम्सज नागरिकता नै दे भनेर सी डी यो लाइ दबाब दिदै छन् |उहाहरु लाइ कति क्लोज देखिन परेको हो ? हैन यो प्रचण्ड पथ र गिरिजा पथ पनि कुनै एक ठाउ मा गएर मिल्छ कि ?

        • द्रोण जी,
          माथी उल्लेल्खित बुदाहरु नै गरिबीका कारण होइनन र ?

  32. कुरो ठिक हो अलि नेपाली भनेर पनि हेपेको हो | तर ठाउमा भन्नु पर्यो | अरु सबै बायु सेबाले दिने सुबिधा त पुर्याउनु पर्ने | सबै यात्रुहरु भएर सिंगापुरको हेड अफिसमा कम्प्लेन गर्नु पर्छ र मेडिया मार्फत जाँदा पनि हुन्छ | किनकि मेडियाबाट जाँदा यिनीहरु अलि डराउछन भोलि कतै आफ्ना यात्रु अन्य प्रतिस्पर्धी कहाँ जाने हुन् कि भनेर | यी बायुसेवाहरु पनि जसले थर्कायो उसले भनेको पुर्याई दिन्छन, चुप छाप बस्नेलाइ वास्तै गर्दैनन् |

  33. चुप लगेर बस्ने हैन येश को बारे मा बायुसेवा निगम मा COMPLAIN गर्नु पर्छ, नेपाली को बानी दुख पाए नी खाली कुरा गर्यो अनि सक्यो तेश्को कुनै उजुरी गरि कार्यबाही गर्नु पर्छ नी

  34. म नेपाल आउंदा सिल्क ऐर बाट नै आएको थिए त्येस्बेला त प्लेन टाइम मै आएको थियो र सर्विस पनि ठिकै थियो, अहिले के भयो एस्लाई?

  35. नेपाललि भनेर हो! अरु देश को भए एस्तो कहा हुन्ठेयो!

    • DM Malla is 100% right..If these Silk air passengers carry American Passport or British, then they be treated differently..I’ve seen my self..One Nepali woman was carrying an American passport while other Nepali workers in Doha Kattar were sitting in long line..Few Indian Origin Kattar airway staff saying ” Jane do jane do , iska american passport hai”..I felt like punching them but I was in foreign land and didn’t wanted any hassal as I was traveling back home via in route from Doha.. They all think all the Nepali passengers are migrant workers and treat us badly but so what ? Migrant workers pay same money that others do..So, why treat them differently ? Manufact, some of these airlines operating in Nepal like Silk air because they saw oppertunity to make money out of transporting Nepali migrant workers..Silk air, Shame on you..We all condemn how you trated Nepali passengers !! Everybody please avoid Silk air next time..

      Also shame on Nepal Airlines, because of your corrupt corporation you lousy a** can not even think little bit that how other country’s private sector airlines making profit out of Nepali migrant workers but you all stupids just couldn’t grow to give that service to your own country men which will bring the revenue back to the coutry instead of those airlines taking it back to their country which is hard earn cash from Nepali migrant workers !! Shame Shame Shame !! for us.

      • Don’t blame Nepal Airways, blame Nepal government. Had it been privately owned enterprise, it would have care a lot to protect its investment. But unfortunately, it is owned by Nepal government. Who cares about public money. Let it go bankrupt mentality.

Comments are closed.