के रैछ यो अवार्ड? कहाँ रैछ यो युनिभर्सिटी ?

[अपडेटः ब्लग छापिएपछि राजकुमार सुवेदीले आफूले ‘महारानी भिक्टोरिया अवार्ड’ पाएको र पीएचडी गरेको दावी गर्दै आफ्ना सर्टिफिकेट स्क्यान गरेर दिनुभएको छ। हेर्नलाई भित्र क्लिक गर्नुहोला]

-सन्तोष भट्ट-

नेपालबाट टाढा छु, तर भौतिक रुपमा मात्रै। नेपालका खबर त यो प्रविधिको युगमा जसरी पनि आइ नै हाल्छ। केही दिनअघि मैले एउटा राष्ट्रिय दैनिकमा एक जना ज्योतिषको विज्ञापन देखेँ। ट्रिपल गोल्ड मेडलिस्ट रे। अर्थात् तीन तीन वटा स्वर्ण पदक पा’को। केमा स्वर्ण पदक पा’को चैँ लेखेका रैनछन्। विज्ञापन अनुसार उनले भारतको महारानी भिक्टोरिया अवार्ड सन् २००३ मा पाएका हुन् रे। उहाँ महासयको नाम रहेछ डाक्टर राजकुमार सुवेदी। विज्ञापनमा उनले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्‍त ज्योतिष भनेका रैछन्।

देशबाट टाढा रहेकोले राष्ट्रिय ख्यातिबारे थाहा भएन। अन्तर्राष्ट्रिय ख्यातिका बारेमा भन्नुपर्दा उनको नाम त्यही विज्ञापनले थाहा दियो। गुगलमा खोजी हेर्दा त उनको आफ्नै विज्ञापन भन्दा एउटा पेज पनि रहेनछ। अन्तर्राष्ट्रिय ख्यातिको मापदण्ड के हो, उनी आफै जानुन्। यो देखेपछि मलाई उनको बारेमा अझै केही खोज्न मन लाग्यो। उनले पाएको भनेको महारानी भिक्टोरिया अवार्ड २००३ बारे खोजेँ गुगलमा।

 

सुवेदीले पीएचडी गरेको दावी गर्दै प्रमाणका रुपमा देखाएको प्रमाणपत्र-

सुवेदीले महारानी भिक्टोरिया अवार्ड पाएको दावी गर्दै देखाएको प्रमाणपत्र-

उनले आफूले पीएचडी गरेको दावी गरेको युनिभर्सिटीको ठेगाना
http://www.astrologicaleducation.in/index.htm
माइसंसारले माथिका सर्टिफिकेटको सत्यतथ्य बारे जानकारी पाउनका लागि सो वेबसाइटमा राखिएको निम्न सम्पर्क ठेगानामा इमेल गरेको थियो-
तर सो इमेल ठेगाना गलत रहेको भन्दै इमेल फिर्ता आयो

सम्पर्क ठेगानामा राखिएको इमेल ठेगाना गलत रहेकोले हाम्रो यसबारे बुझ्ने प्रयास असफल भएको छ। माइसंसारका भारतमा रहेका कुनै पाठकले यसबारे बुझ्न सक्नुहुन्छ भने बुझेर हामीलाई जानकारी दिन सक्नुहुन्छ।

अहँ, केही नि भेटिएन। हैन कस्तो अवार्ड रहेछ हँ यो ? खोज्दा पनि नपाइने। सन् २००३ मा उनले पाएको भनेपछि त अघि र पछि पनि त कसै न कसैले पाए होला नि।

अब उनले पीएचडी गरेको भनेको विश्वविद्यालय बारे बुझौँ न त भन्ने लाग्यो। इन्टरनेसनल एस्ट्रोलोजिकल युनिभर्सिटी, कोलकाता, इन्डिया रे। अहँ भेटिएन यो नामको पनि कुनै युनिभर्सिटी। आजको दुनियाँमा नि वेबसाइट नै नभएको युनिभर्सिटी होला त ? ह्वाँ मह दाजु, गच्छदार र केपी ओलीलाई डाक्टर उपाधि दिने फेक युनिभर्सिटीको त वेबसाइट छ। वेबसाइट नभएको युनिभर्सिटी भए पनि के हैसियतको होला अनुमान लगाउन गाह्रो पर्दैन।

कोलकातामा विश्व ज्योतिष विद्यापीठ भन्ने एउटा संस्था भने रहेछ जसले पूर्व मध्यमादेखि विद्यावारिधीसम्म गराउँदो रहेछ। विश्व ज्योतिष विद्यापीठबाट लेखेको भए पनि लौ भनेर विश्वास गर्न हुन्थ्यो उनले त विज्ञापनमा हुँदै नभएको युनिभर्सिटीको नाम पो लेखेका रहेछन्।

जो जो नेपालमा बस्नुभएको छ, उहाँहरुले यसो सोधीखोजी गर्नुस् है त यी डाक्टर सक्कली हुन् कि नक्कली ? यिनको अवार्ड साँच्चैको हो कि फेक ? कतै यिनी पनि सगरमाथामा टेलिभिजनमा विज्ञापन गर्ने यी बाबा जस्ता त हैनन् ? ‘जनआस्था’मा छापिएको समाचार पढ्नु भो ?


‘बाबा’ को बिधिले घरघरमा बबाल

काठमाडौं । एक नेपाली टेलिभिजन च्यानलमा प्रसारण हुने अद्भूत दैवीशक्ति भएका कुनै ‘बाबा’को विज्ञापन हेरेर आफूलाई परेको समस्या समाधानका लागि तपाईंले तिनलाई भेट्ने सोच बनाउनुभएको त छैन ? यदि त्यसो हो भने वेलैमा सतर्क हुनुहोला † किनकि आºनो लिंगमा अद्भूत दैवीशक्ति भएको दाबी गर्दै ‘देउता बा’का रूपमा चिनाउन मन पराउने सर्लाहीको हरिऔन–३, ब्रह्मस्थानी दनवारी घर भएका दिनेश घिमिरे हस्तमैथुनका मनोरोगी भएको रहस्य जनआस्थाले पत्ता लगाएको छ ।
जीवनमा कहिल्यै दोहो¥याएर उपचार गर्नु नपर्नेगरी हरेक समस्याको अचुक समाधान गर्नसक्ने चामत्कारिक शक्ति भएका भनेर सगरमाथा टिभीबाट फुक्ने ‘देउता बा’ केही वर्षअघिसम्म बसमा कन्डक्टरको काम गर्थे । साहुसँग झगडा परेपछि घर फर्केका घिमिरेले त्यसपछि सामान्य झारफुकको काम थाले । ‘त्यसवेला ऊ गाउँघरका सोझा–सीधालाई उपचारका लागि तेल, चामल, चिनी, धुप आदि चाहिन्छ भनेर माग गथ्र्यो अनि अलि बढी परिमाणमा जम्मा भएपछि गाउँकै पसलमा ल्याएर बेच्दै गुजारा चलाउँथ्यो ।’ स्थानीय विद्यालयका एक शिक्षकले नाम उल्लेख नगरिदिने सर्तमा भने, ‘टेलिभिजनमा विज्ञापन प्रसारण हुन थालेपछि त ऊ रातारात मालामाल हुन थालेको छ ।’

काठमाडौंको बागबजारमा कुमार परिकोटी र लक्ष्मी नामका कर्मचारी राखेर धन्दा चलाउँदै आएका देउता बाले पछिल्ला दिनमा उपचार गर्न आउनेहरूले आºनोबारे गाउँलेसँग बुझ्न नपाऊन् भनेर प्रबन्धसमेत मिलाएका छन् । बागबजारको एउटा साडी पसललाई सम्पर्क केन्द्र बनाएका उनीहरूले उपचार खर्चबापत जनही ५१ सय रुपैयाँ लिएपछि बल्खुको लालीगुराँस टाटासुमो सेवा प्रालिमा सम्पर्क गराइदिन्छन् । सुमोले प्रतिव्यक्ति ६ सय रुपैयाँ लिएर घिमिरेको घरमै पु¥याइदिने गरेको छ ।

अनौठो छ उपचार विधि

समस्या सुनेपछि दिनेशले हरेकसँग भन्ने एउटै कुरा हुन्छ– सपनामा सर्प देख्नुहुन्छ ? खोला देख्नुहुन्छ ? कहिलेकाहीँ झस्केर ब्यु“झिनुहुन्छ ? पुरुष छ भने, कुनै अपरिचित महिलालाई देख्नुहुन्छ ? महिला छ भने, पुरुषलाई देख्नुहुन्छ ? आदि । प्रायः सबैले सपनामा देख्ने कुरा सोधेपछि उनी भन्छन्, ‘ल तपाईंलाई पश्चिम खोलाको वा पूर्व खोलाको वीरमसान लागेको छ । यहाँ आउनोस्, म निको पारिदिन्छु । एकचोटि उपचार गरेपछि कहिल्यै समस्या बल्झिँदैन ।’ आºनो शक्ति लिंगमा रहेको र रातमा उपचार हुने भएकाले एकरात बस्नेगरी आउन आग्रह गर्ने उनले बिरामीको मनस्थिति हेरी तीन÷चार रातसम्म आफूसँगै सुताउने गरेको छिमेकीको भनाइ छ । ‘राति उसले के–के गर्छ हामीले थाहा पाउने कुरा भएन । तर, उसकोमा विवाहित महिलादेखि युवतीसमेत रात बस्नेगरी आउने गरेका छन् ।’ मावि तहका ती शिक्षकले भने, ‘त्यही कारण श्रीमतीसँग समेत उसको सम्बन्ध बिग्रिएको छ ।’ निःसन्तानको समस्या भएर जानेहरूलाई मात्रै होइन, हरेक समस्या भएका पुरुषलाई आºनो लिंगसँग लिंग जोडेर राति पूजा गर्नुपर्ने विधि बताउने गरेको जानकारी त्यहाँबाट फर्केका एक पीडितले दिए । ‘राति ऊ उत्तानो परी नांगै सुत्ने रे † अनि आफूले चाहिँ उसको लिंगबाट वीर्य निकालेर लिंगको टुप्पोमा लगाउनुपर्ने रे !’ निःसन्तानको समस्या समाधान गर्न गएका नेपाली सेनाका एक सुवेदारले पंक्तिकारसँग भने, ‘मलाई त त्यही“ कुटिदिउ“m जस्तो लागेको थियो, तर श्रीमतीले फोनमा केही नगर्नू भनेकाले त्यसै आएँ ।’ सुरुमा सम्पर्क गर्दा उपचार अचुक हुने र चित्त नबुझे पैसा फिर्ता पाइन्छ भने पनि पैसा फिर्ता लिन निकै सकस व्यहोर्नुपरेको उनले बताए ।

कसरी छाए टेलिभिजनमा ?

स्रोतका अनुसार, निर्मल गुरुङ बैंक घोटाला काण्डमा परेर भूमिगत भएपछि सगरमाथा टिभीमा उनका ड्राइभर, पाले र चम्चेहरूको हालिमुहाली भयो । त्यही क्रममा निर्मलकी पत्नीका ड्राइभर खिलबहादुर गुरुङमार्फत चितवनमा दीपक परिकोटीले प्रवेश पाए । मासिक तीन करोडको विज्ञापन ल्याउने हावादारी दाबीलाई टेलिभिजन व्यवस्थापनले पत्याइदिएपछि मख्ख परेका दीपकले त्यही मौकाको फाइदा उठाउँदै दिनेश घिमिरेबारे विज्ञापन बनाए । अन्धविश्वासको आडमा गरिएको ठगीलाई सत्यको आवरण दिन केही सोझासीधालाई पैसा दिएर घिमिरेको उपचारबाट ठीक भएको भन्ने कुरा बोल्न लगाइएको विज्ञापन निर्माणमै संलग्न स्रोतको भनाइ छ । ‘दीपक परिकोटी नारायणघाटको बद्नाम मान्छे हो ।’ उसलाई नजिकबाट चिन्ने स्थानीय एक पत्रकारले जनआस्थासँग भने, ‘सञ्चारबारे कुनै जानकारी नभएको ऊ टेलिभिजन च्यानल प्रोग्राम प्रोड्युसर भयो भनेर आफैँसँग अचम्म लागिरहेको छ ।’ तर सगरमाथा टेलिभिजनसम्बद्ध एक पत्रकारचाहिँ दीपक परिकोटी आºनो संस्थाको आधिकारिक कर्मचारी नै नभएको बताउँछन् । उनको भनाइ छ, ‘न्युज च्यानलमा न्युज चिफ पो हुन्छ त, प्रोग्राम प्रोड्युसर पद कसरी हुन सक्छ ?’

तर, दीपक यी आरोप स्विकार्न तयार छैनन् । दश वर्षदेखिकी मानसिक रोगी श्रीमतीलाई उपचार गरेपछि आफू ‘देउता बा’को भक्त भएको बताउने उनले कुनै गैरकानुनी धन्दा नगरेको दाबी गरे । ‘देउता बा’बारे मैले नै प्रचार गरेर उहाँलाई यहाँसम्म ल्याएको हुँ ।’ गाउँलेले दिनेश घिमिरेलाई नपत्याउनु सामान्य कुरा भएको बताउने उनले भने, ‘हामी अथेन्टिक छौ“, विश्वास नलागे आफैँ गएर अनुसन्धान गरे हुन्छ ।’ उपचारमा जाने हरेकलाई राति बस्न बाध्य पारेर मैथुन गर्न लगाइन्छ रे नि ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘उहाँको शक्ति नै लिंगमा छ, उपचार विधि नै त्यही हो त अरु के गराउनु ?’ ‘तपाईँ बुझ्नोस् न’ भन्ने थेगो भएका उनले उपचारमा आएका सबैको समस्या समाधान भएको दावी गरे । तर उपचार गरेर फर्केकाहरूसँग सम्पर्कका लागि नाम र फोन नं. लिन खोज्दा दिएनन् । बरु दिनेशको लिंगमा भएको शक्तिका बारेमा बुझ्न बर्दिवासस्थित सशस्त्र ब्यारेकमा सम्पर्क गर्न सुझाव दिए । आफूहरू अथेन्टिक भएको दावी गर्दागर्दै पनि उनले कुरा खुस्काए, ‘काठमाडौंबाट अहिलेसम्म गएका ६० जना जतिमध्ये १२ जनाजतिको पैसा फिर्ता गरेका छौं ।’ बालाजुतिर बस्ने गुल्मी घर भएकी एक महिलाले भनिन्, ‘त्यस्तो फट्याइँ कुरा टेलिभिजनबाट प्रशारण भइरहँदा पनि सञ्चार मन्त्रालय के हेरेर बसेको छ ? साभारः जनआस्था

68 Comments

  1. त्यो Maharani Victoria Award भन्ने अवार्ड नै कहिँ पनि छैन उसकै website मा पनि. अनि university को नाम पनि आफैले बनाइदिने. कतै university एउटा को अवार्ड अर्कै को त प्रयोग गर्नु भएन झुक्केर? यो त सर सर ठग हो.
    वह वह ज्योतिष जी. आफ्नो भाग्य त आफै कोर्नु भएछ. पैसा पनि थुप्रै कमाउनु भयो होला है.

  2. प्रिय मित्रहरु !! आफ्नो अमुल्य समय खेर नाफल्नुस येस्तो फाल्तु कुरा मा ..यो सब बिज्ञापन गर्ने मेलो मात्र हो ….नाफस्नुस…नाफस्नुस….नाफस्नुस….अफ्नुनो समय अन्य उपयोग मुलक कार्य मा लगाउनुस……
    यस पृथ्वीमा जन्मेको कोइ मानिस पनि सन्तुस्त छैन …सबैलाई बेचैनीनै छ चाहे त्यो संसारको धनि व्यक्ति नै किन नहोस …सबैलाई दुख्ख पिडा अनि समस्या तेती नै छ तपाई मात्र नौलो होइन ….
    बरु केइ समय ध्यान मा लगाउनु भयो भने आफु मा अध्यात्मिक खुसि र सान्ति महसुस गर्नु हुन्छ ..तपाई कसैको मा हात फैलौना नजानुस सबैले कमजोरी को फाइदा उठाई त्यसबाट व्यवसाय गर्छन ……
    अर्को ठग

    http://www.hamrokhabar.com/archives/2399
    कमेन्ट लेख्ने मान्छे पनि आफै हो … आफ्नै तारिफ अती नै धेरै गर्या छ ….
    एउटा कमेन्ट हर्नुस त
    Dr. Yogesh Upadhyay
    Oxford, United Kingdom
    अनि तेस्को नेपाली translate address
    डा. योगेश उपाध्याय
    अक्सोर्ड युनिभर्सिटी, संयुक्त राज्य अमेरिका
    …..अक्सोर्ड युनिभर्सिटी कता बाट फेरी अमेरिका मा लेख्या एउटई व्यक्ति ले
    सव हावा कमेन्ट गर्दै मान्छे को time wasting गरेर media मा आउने मेलो मात्र हो अनि ठुलो रकम ठग्ने ……………..

  3. हामीले कि जोतिश शास्त्रलाई नै विश्वाश गर्न भएन । यदी जोतिश शास्त्र छ भन्ने जोतिश पनि हुने नै भयो । हरेक क्षेत्रमा सक्कली र नक्कली हुन्छ त्यो आफुले नै केलाउनु पर्ने हुन्छ । यसरी समाचार नै बनाए पछी साचो जोतिशहरु प्रती जनबिश्वास हराउदै जान्छ र कुनैबेला कही पनि अप्रिय घटना हुन सक्छ । चाहे जोतिशकोमा होस् चाहे डाक्टरकोमा होस् एक्लै पठाउने र जाने गर्नु हुँदैन । नेपाली महिलाहरुपनि आफ्नो लोग्नेको सन्का गरेर जोतिश कहाँ जाने चलन छ अनी जोतिशले भेट्टाउछ । नेपालको महङीमा सबैलाई पेट पाल्न परेको छ ।

  4. अघि कसैले तल भने जस्तो त्यो लिंगे बाबा कहाँ उपचार गराउन दुइ तिन जना जण्ड भाले समलिंगीहरु पठाई दिनु पर्यो ! राति उपचार गराउने बेलामा कसले कसको उपचार गर्दो रहेछ हेरुम | यति गर्न सकियो भने त्यो लिंगे खुट्टा खोच्याउंदै झोली झाम्टा कसेर भोलि नै एकाबिहानै थानकोट काटेन भने मै कान काट्छु |

  5. यो ब्लग तल देखि माथि सम्म पड्दा खेरि डाक्टर साँप लाई कसैले पनि बाकी राखेन छन्. एउटाले त डाक्टर साँप लाई उल्टो टाँगेर नुन खुर्सानी पिनेर घाऊमा लगाई दिनेरे. परेन फसात. डाक्टर साँपले सबैलाई ओफिस मा नै आएर Certificate साथ् साथै गोल्ड मेडल हरु हेर्न आमन्त्रण गर्नु भएको छ. साएद डाक्टर साँपले चिया नास्ता साथै फ्री मा भबिस्य पनि हेरी दिनु हुन्छ होला/ तर के गर्ने जवाना खराब छ. डाक्टर साँपले Certificate हेर्न आउने लाई पहिला चिया तेस पछि $जी मेरो Certificate हेर्न आउने भन्दै गुन्डा हरु लगाएर हात खुट्टा भाचिने गरि पिटेर पैचो तिर्ने पो होकी. बरु डाक्टर साँपले तल्लो घर को माइलोले गाऊको भिटो बेचेर ल्याएको पैसाले खोलेको अबैध VOIP Cyber मा गएर सबै Certificate हरु स्कान गरि येही ब्लग मा राखेर सबैको मुख मा सुपर ग्लु लगाइदिए हुन्छ. आज शिवरात्रि को दिनमा डाक्टर साँपलाई जो जो ले नराम्रो लेखेका छन् ति सबैको facebook मा unmarried लेख्दै chat गरेको USER ID साथै PASSWORD पनि येही ब्लग मा राखी दिएर पर्दा फास गरिदिनु होला. आखिर येही बेला डाक्टर साँपले आफ्नो येत्रो पढेको काममा lyaune bela हो.
    जय नेपाल

  6. मेरो संसारमा आलोचना गर्ने ब्यक्तिहरु र लेख लेखेर के के न लेखी बन्ने मित्र हरुको लेख र आलोचन वा भनौ कमेन्ट गर्ने साथीहरुको कमेन्ट्गर्ने शैली र भाषा हरु पड्दा सार्है नै दु:ख तथा आश्रय लाग्छ।
    कसैको आलोचना गर्ने भन्दैमा असभ्य भाषा प्रयोग गर्नु कहाँ सम्म उचित हो आलोचना गर्ने स्वयम ले नै बुझ्नु पर्दछ । साथै ठुला बडा र पदमा भएका ब्यक्ती हरुको बारेमा गरेका सभ्य भाषा का आलोचनाहरु प्रकाशित गर्न नसक्नु र आम ब्यक्तिहरु जसको कुनै पहुच र पावर छैन उनी हरुलाई चाँही खेदो खन्नु अली धेरै नै भए जस्तो लाग्दछ ।

  7. चरम अन्ध बिश्वास को चेपारो बाट निस्कन न सके सम्म नेपाली मात्र होइन संसार का
    सबै समुदाय माझ यस किसिम को ढोंगी हरुले मनिष लाई उल्लु बनाई रहेका थिए, बनाई रहेका छन् अनि बनाई रहने छन् .

  8. यो जोतिस भनौदो नक्कली हो…एसको खण्डन आफैमा नक्कली छ पत्राचार गरेर बुज्न सक्नुहुन्छ भन्छ बा…हजारौ छन् रे PHD गरेका…पक्कै नक्कली नै हो….धेरै कुरा हरु विरोधाभास देखिन्छन..बिगाय्पन अनि खण्डन मा…के को पत्राचार ..हरेक क्षेत्र मा नाम कमा यका दष्य मान्छे हरुलाई बुज्न लो लागि पत्राचार गरिरहनु पर्दैन…सबैलाई थाहा छ ..हजुर ले पनि बुजीबक्सेला…….
    ..

  9. कुरै नबुझिकन लेख लेख्ने हरुको लेख पनि mysansar ले पोस्ट गर्न दिदों रहेछ भन्ने कुरा थाहा पाइयो . अब देखि mysansar लाइ बिश्वास गर्ने कि नगर्ने. विज्ञापनमा सम्पर्क नम्बर छ . मान्छे येतईको हो . अनि खोज अनुसन्धान नै नगरिकन चरित्र हत्या हुने जस्तो पोस्ट हरु त छानबिन नगरिकन पोस्ट गर्न दिनु भएन है. उसले खण्डन पनि गरे. अब तथ्य बुझ्नु पारो. एदी चरित्र हत्या भएको हो भने mysansar ले माफ माग्नु पर्यो.

  10. शिव लिंगको पुजा गर्ने महिलाहरुले आफ्नो लोग्ने, प्रिय साथीको समस्या, पिर मर्कालाई बुझी समाधान गर्ने हो भने जोगी, नागाहरुको आवश्यकता पर्दैन र अनावश्यक खर्च र सास्ती पनि भोग्नु पर्दैन, तर मान्छेको गोठाला कोहि हुन सक्छ र ??

  11. भाइले कुरै नबुझीकन नेपालको ज्योतिषशास्त्रमा मैले हासिल गरेको उपाधिबारे प्रश्न उठाउनु भएछ, यसबारे प्रतिक्रियाहरु पढ्दा कागले कान लग्यो भनि दिँदा कान नछामी कागका पछि दौडने प्रवृत्तिबारे थाह हुन्छ।
    मैले विश्वज्योति विद्यापिठ ( International Astrological University ) सिलल्यान्ड, कोलकाताबाट पीएचडीको २००३ मा उपाधि प्राप्त गरेको हुँ, सो विश्व ज्योतिष विद्यापिठबाट हजारौं व्यक्तिले पीएचडीको उपाधि पाइसकेको हुनाले फोनबाटै पनि जानकारी लिन गाह्रो होला, तर तपाईले पत्राचारमार्फत मेरो डिग्री र अन्य अबार्डहरुका बारेमा सम्पूर्ण ज्ञान हासिल गर्न सक्नु हुनेछ । र उत्कृष्ठ थेसिस र अन्य सहायक लेखरचनामा उत्कष्ठ भएर मैले तीन वटाभन्दा बढी गोल्डमेडल प्राप्त गरेको छु। ती गोल्डमेडलहरु र प्रमाणपत्र साथै अन्य योग्यताका सबै सक्कली प्रमाणपत्रहरु कसैले पनि हेर्न वा त्यसको सत्यताबारे जान्न चाहनु भएमा मसँग चाबहिलस्थित मेरो कार्यालयमा आइ सम्पर्क गर्नु भएमा सही तथ्य जानकारी हुने छ।
    लोकप्रिय ब्लग साइटमा यसरी कुनै व्यक्तिको चरित्र हत्या हुने गरी लेख्नुपूर्व यदि यथार्थ जान्न एक पटक सम्पर्क गर्नुभएको भए म काठमाडौंमै उपलब्ध हुने व्यक्ति हुँ। पाठकहरुले पनि कुरै नबुझी कागले कान लग्यो भन्दैमा यसरी व्यक्तिगत रुपमा आक्षेप लगाइ दिनु भएन। यदि म र मैले हासिल गरेको ज्योतिष विद्यामा डक्टरेट उपाधिबारे जानकारी लिन चाहनु भएमा मेरो चावहिलस्थित कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछु।
    कागले कान लग्यो भन्दैका तपाईहरु कान छाम्ने कि कुरै नबुझी कागका पछाडि लाग्ने हो, विद्वान पाठक वर्गमा मेरो अनुरोध छ। माथि लेखकले ममाथि लगाएका आक्षेपहरुलाई म यसै टिप्पणीमार्फत् खण्डन गर्दै मबारे कुनै जानकारी लिन चाहनु भएमा कुनै पनि बेला मेरो चाबहिलस्थित कार्यालयमा सम्पर्क गर्र्नुहुन हार्दिक अनुरोध गर्दछु। मैले हासिल गरेको उपाधि शत प्रतिशत सही रहेको व्यहोरा सादर अनुरोध छ
    डा. राजकुमार सुवेदी
    कम्प्युटर ज्योतिष सेवा
    चाबहिल–७, पिपलबोट
    सम्पर्कः ९८४९६८५४७४

    मैले अध्ययन गरेको विश्वविद्यालयबारे केही जानकारी यहाँबाट प्राप्त हुनेछ

    http://www.astrologicaleducation.in/education.htm

    • उमेश जी सत्य-तथ्य संग त हामि जस्ता सामान्य पाठक अझै टाढा नै छौं, यहाँ निज डा.सुबेदीले पनि आफ्नो स्पष्टीकरण दिइ सकेको अवस्थामा अब सत्य-तथ्य बुझेर पाठक हरु समक्ष राख्नु सायद तपाइको जिम्मेवारी हुन्छ होला ! सन्तोष भट्ट वा डा.सुवेदी मध्ये को सहि हो र को गलत हो स्पष्ट नपार्ने हो भने यी दुइ महानुभाव मध्ये १ जो १००% गलत छ उसको भ्रम फैलाउने मानसिकताले कुनै दिन झुटो बोल्यो कि पोल्योको अवस्था ल्याउने निश्चित छ !
      समाचार लेख्ने,पढ्ने र प्रतिक्रिया व्यक्त गर्ने प्रक्रिया संगै यस्ता खालका भ्रमको निवारण गर्ने प्रक्रिया अनिवार्य गर्न जरुरि छ जस्तो लग्यो !

    • अझै लाज लाग्दैन राकू सुबेदी , लौ तैले BA पास गरेको मार्क शीट वा Certificate मात्र scan गरेर देखा, मा तेरो जीवन भर दास भएर बस्छु, मेरो तलाई challange . जसको हैसियत छैन, अझ बढी पानि माथिको ओवानो बन्न खोज्ने . …………

    • तथाकथित डाक्टर साहेब को प्रतिक्रिया आएपनि मैले अझै पत्याउन सकेको छैन | आफ्नो योग्यता देखाउदा सबै भन्दा समान बिषय भएमा सबै भन्दा माथिल्लो देखाउने प्रचलन लाइ नै माथ दिदै बि.ए. देखि पी. एच. डी. सम्म सबै खुलाउनु ले पनि वास्तविकता माथि शंका उब्जाएको छ | यत्तिको बिद्द्वान मान्छेले एस्तो ढोंगी काम गर्ने सक्तैन |

    • तपाईं तेती ठुलो जोतिश भय यसरि बिज्ञापन गर्नु पर्छा ?

    • यस्तै हो राजकुमारजी । अचेल केही कुराको खोज्न ‘गुगल’ धाउने, शब्दहरूको अक्षरश: अर्थ खोजी गर्ने तर भावमा पटक्कै ध्यान नदिनेहरूकै कारण आज तपाईंको खुट्टा तानिएको हो । सन्तोषजीले “इन्टरनेसनल एस्ट्रोलोजिकल युनिभर्सिटी” र “विश्व ज्यतीष विद्यापीठ”बीच निकै ठूलो फरक बुझ्नुभएका कारण उहाँ तातिनुभएजस्तो लाग्यो । लेख लेख्ने समय खर्चनेले त राम्ररी बुझ्ने प्रयास गरेनन् भने प्रतिक्रियाकारले किन बुझुन्, अनि बर्साए गाली । जे होस्, तपाईंको सित्तैमा देशविदेशमा प्रचार भएछ । पहिला त कुन्नि, अबचाहिँ पक्कै “राष्ट्रिय तथा अन्तर्राषट्रिय ख्यातिप्राप्‍त” ज्योतिष हुनुभो । बधाइ छ !

      • I feel very sorry to Pushpa. There is now point of having sympathetic to this person. I know him very well and his degrees. those all degrees, he claims as academics can anyone get when they attend the astrological congress in Calcutta, India. Everyone here respect intellectual persons and they dont need to advertise themselves. Those degrees claimed by subedi are not within the standard of our national educational systems and non of the academic institute accepts his so claimed academia. This is complete stupidity to be with him.

      • पुष्पजी
        बिश्व ज्योतिष बिध्यापिठ को website मा click गरेर हेर्नु हुन्छ कि..?? अनि त्यहाँ इमेल गरेर हेर्नुस त् ? अनि भारत सरकार द्वारा मान्यता प्राप्त बिस्वबिद्यालय को सुचि नि हेर्नुस न !! त्यहाँ छ कि छैन यो विद्यापीठ..!!! हावामा कमेन्ट गर्ने “कमरेड” बनि हटेन है …

    • तपैलाई सम्पर्के गर्ने ठेगाना त तपैकै पर्चा मा छ नि तर तपाई को gold medal ra PHD certificate ko authenticate garne address पो हामीलाई चाहियो | TU le tapaiko PHD लाई recognize गर्या छ ?……तपाइको ठेगानामा पुग्न नसक्ने विदेश मा बस्ने नेपालीले चाँही कसरि तपाई सहि हो भन्ने थाहा पाउने?? तपाइलाई नै फोन बाट सोध्ने ???
      त्यसो भन्ने हो भने सबै व्यक्ति आफै मा PHD नै हो

    • पोस्ट गर्नु नि phd को थेसिस …, !! हेरु न येहाँको अनुसन्धान …! अनि को रहेछ त येहाको सुपरभाइजर ..! हेरु न येहाको सोधपत्र ..!! … आलु पांडे …. ठग्नुको पनि हद हुन्छ नि ….!

    • सुबेदी जी,
      तपाईले पीएचडी को सर्टिफिकेट र अवार्डको कपी स्क्यान गरेर दिनु भएछ. त्यस पछी मलाई नि बुझ्न मन लाग्यो. त्यस विद्यापिठ मा इमेल गरेको , ठेगाना गलत छ भनेर फर्केर आयो. ल ठिकै छ. त्यहाँ अमेरिकामा पनि अफिस छ भनेर नम्बर दिएको रहेछ. न्युयोर्कमा रहेको त्यो नम्बरमा (७१८-८९९-२७२७) फोन गरे..पटक पटक फोन गर्दा कसैले उठायेना. बिस्वबिधालय जस्तो ठाउँ को अफिसमा फोन नि नउठ्ने अनि भोइसमेल नि छोड्न नमिल्ने अनौठो लाग्यो. लौ त्यो पनि ठिकै छ होला.
      अब जौ तपाई को विद्यापीठ को वेबसाइत बारे . संसार भरि सिक्षण संस्थाको वेब चाही .edu मा राखेको हुन्छ. त्यसले संस्था सिक्ष्या क्षेत्रको भनेर चिनिन्छ. तपाईको विद्यापीठको चाही .in रहेछ. अनि website मा बिध्यपिठ क शिक्षक, कोर्स आदि बारे केहि जानकारी भेट्न. त्यहाँ भनेका इमेल काम गर्दैनन् ..अनि तपाई भन्नु हुन्छ तपाईको डिग्री साचो हो. लौ एक छिन लाई मानौ कि ज्योतिषहरुले इमेल/वेबसाइत जानेनन होला. त्यो ठिकै छ तर त्यो बिध्यापिठ को कतै accredition रहेनछ. भारतको “University Grant Commission ” (भारतका सबै सैक्षिक संस्थाको आधिकारिकता प्रदान गर्ने थलो) को लिस्ट मा हेरेको तपाई को बिध्यपिठ भेटिन. तपाई संग छ कि केहि जानकारी सुबेदी जी ??
      अब तपाई लाई मेरा केहि प्रस्न सुबेदी जी :
      १) तपाई को बिध्यपिठ को University Grant Commission को सम्बन्धन नम्बर के हो ? यो तपाई को डिप्लोमामा वा ट्रांस्क्रिप्तमा कतै हुने पर्छ.
      २) PHD गर्नु भयो भने थेसिस लेख्नु भो होला ? कुन बिसय र के सोध बारे तपाई को थेसिस हो ? तपाई संग थेसिस छ कि छैन ? अनि तपाईले गरेको सोध कतै प्रकासित भएको छ कि छैन ? वा सोध बारे बिस्तृत जानकारी दिन सक्नु हुन्छ ??
      ३) पढाई तपाई ले कुन समयमा भारतमा गर्नु भएको हो ? कति वर्ष लग्यो ? के के कोर्स लिनु भो ? मार्कशीट छ कि छैन ? BA , MA , MPHIL सबै को मार्कशीट र के गरेर पाउनु भाको गोल्ड मेडल को जानकारी छ कि छैन ?
      ४) म आफै बिगर ४ वर्ष देखि बिहान देखि साँझ सम्म घोतियेरा PHD गरिरा छु ? एदी तपाई संग माथि का प्रस्न को उत्तर छैनन् भने तपाईले जनता लाई ठग्ने काम गर्नु भा को हो. बिस्वो बिद्यालय को सम्बन्धन नम्बर, बैध्यता र तपाई को सोध बारे सम्पुर जानकारी दिनुस , मा सार्वजनिक रुपले बिज्ञापन छपाएर माफी माग्न तयार छु , तर तपाईले आब पनि त्यो जानकारी दिनु भएन र फेरी मैले कतै तपाई को बिज्ञापन देखे भने सिक्ष्या मन्त्रालयमा तपाई बारे पक्का उजुरी हाल्ने छु. अनि हेरौला आफै हुन्छ दुध को दुध, पानि को पानि .

      जय नेपाल

      सन्तोष भट्ट

      • सन्तोष जी तपाई सहि हुनुहुन्छ यो मान्छे ठग नै हो , i tried to google search for butwal bahumukhi campus ( i didn’t do butwal multiple campus) still i got a wiki link for it having a little description about it, जब कि यो कुनै बिश्वबिद्धालय नभएर त विकि लिंक छ भने कोल्कोत्ता जस्तो ठाउँ को university को त अवस्य आउनु पर्ने , यी राजकुमार र यिनी जस्तै ठग्न पल्किएका हरु ले पाठ सिक्नु पर्छ र नेपाल मा जे गरेनी हुन्छ भन्ने मनस्थिति भएका हरु ले पनि एस बाट पाठ सिक्नु पर्छ हामी सबै मिलेर यिनी हरु लाई उदांगो पार्नु पर्छ , we have to publish this in a national news paper as well ताकी एस पछि का ले राम्ररी सोचून ….

    • सुबेदिजी करिब २ वर्ष अगाडी मा हजुरको मा आयको थिय अनि हजुरले भुत भबिष्य र वर्तमान सबै भन्छु भनेर मा संग २५०० लिनु भयको थियो | म बिहान आउदा appointment लियर औना पर्छ तैपनि म मिलाई दिन्छु , फलफुल र २५०० लियर आउनुस अनि २-३ घण्टा लाग्छ भन्नु भयबमोजिन म १० बजे आय.एसो पुजा गर्य जस्तो गरि ३० minute मा एसो उसो हुन्छ भनेर सब सक्नु भयो | न त तपैले भनेको मिलको छ न तपाइको विश्वास नै गर्न सक्यो अब |
      मलाई उत्तर चाहियो

  12. Tripel गोल्ड मेडलिस्ट को सट्टामा त्रिपल ब्लैक बेल्ट लेखेको भए मान्छे अलि पछि हथ्ठे कि?

  13. के गर्नु मैले त यो कुरा पचाउननै सकिन ……साला , गधाको लिंगलाई काँक्रा चिरेझै चिरेर नुन ,चुक र ज्यानमारा खुर्सानीको धुलो भरेर प्लास्टर गरिदिनुपर्ने , होइन भने यसको विर्य निस्कने द्वारमा सुपर ग्लुले भरिदिनुपर्ने अनि गरोस्न यसले शक्तिवाला लिंगद्वारा उपचार | एउटा हुन्छनी यार उपचारको पनि तरिका……यसलाई छिटो भन्दा छिटो कानुनी कारबाही गरिनुपर्छ |

  14. गरोस पनि क त, जबकी नेपालीहरु कर्म भन्दा धर्म मा बढी बिश्वास गर्छ.

  15. यो मान्छे धादिंग को हो, एस्ले BA पनि पास गरेको छैन, फटा नम्बर एक, आफु संग कुनै पनि नभएको योग्यता येस्ले देखाउदै हिनेको छ, म यो लेख लेख्ने साथि लै सलाम गर्छु, बिशेष गरेर, ज्योतिष क्षेत्र मा डाक्टर लेख्ने सबै जसो राज कुमार सुबेदी मार्का छन्. तपाई को सोध पत्र (थेसिस/Dissertation )हेरौ ल , मलाई जान्न मन लग्यो भन्ने प्रश्न गरे यिनीहरु को पसिना आउछा . डिल्लीबजार, पुतलीसडक, गौशाला…………………. मा डाक्टर लेखेर पसल थप्ने सबै ज्योतिष यौटै कम्पनी का हुन्

  16. समाचार पढेर अति रिस उठ्यो/दुख लाग्यो – सिधा साधाले “माहाठग” /”माहाबाठा” हरुबाट ठगिने परम्परा कहिले रोकिने होला भनेर !!! मलाई त सुबेदी एउटा साधारण “कल्कतिया पण्ड” र घिमिरे “पुरुस बेस्या” भन्दा बढी केहि लागेन है !

    सन्तोष भट्टजीलाइ धेरै धन्यबाद यो ठगि कथा बाहिर ल्याउनु भएकोमा ! हाल, म नेपालमा छुइना नत्र यस बारेमा थप खोजी गरि सत्य तथ्य बाहिर ल्याई केहिलाइ भए पनि ठगिनुबाट जोगाउने थिएँ जस्तो लागेको छ ! मेरो यो पुकार छ :
    १. यी YCL, तरुणदल, युथ फोर्स, युवा फोरम, वा के के दल भन्ने हरुले यस्ता “महाठग” हरुको बारेमा सत्य तथ्य खोजि कारबाही गर्नु/गराउनु नि हौ – नेपाल बन्द गर्नुको साटो, सडकमा टायर बाल्नुको साटो !!!!!
    २. त्येस्तै, CDO, पुलिसले नेताको चाकरीमा अघि पछी कुद्नु भन्दा एस्तो समाज को क्यान्सरलाइ हटाउनु मा लाग्नु नि हौ !!!!!!!
    ३. सामाज सेवा भनेर कहिले नथाक्ने NGO, मेडिया, र संस्थाहरुले यस्तो ठगिबाट जोगाउने काम गर्नु नि हौ समाज लै ! यो भन्दा ठुलो समाज सेवा के हुन्छा????
    ४. र अन्तमा, सर्ब साधारण पनि यो आफु ठगिने काम रोक्नु पर्यो नि भन्या !!!!!

  17. एउटा साथीको FB Status यहाँ राख्न मन लाग्यो, सान्धर्भिक लागेर:
    Income earned in the span of 10 years:
    Teacher – 20 lakh
    Doctor – 80 lakh
    Engineer – 90 lakh
    First Class Officer – 95 lakh
    Asaram Bapu – 900 Crore
    Baba Ramdev – 1,177 Crore
    Sathya Sai Baba – 40,000 Crore
    Bhagwan Rajneesh 9900000……….

    Now “CHOOSE” your career wisely.

    हाम्रा सुबेदी डाक्टर सापले पनि बुद्धि पुराउनु भाको होला नि त…. :))

  18. उसको डिग्री पुतलीसडक मा भएको कुनै prining सेवा पौने ठाउमा बनको हुन पर्चा.

  19. एउटा चक्कु लिएर जानुस अनि लिङ्ग नै काटी दिनुस देउता भए आफै जोडिन्छ भन्नुस अनि त्यहाँ बाट हिड्नुस आफै ठिक लाग्छ फटाहा ///कानुन नभएको देश मा येस्तई हुन्छ /// एस्तो फटाहा को कुरा सुनेर तेस्को पछाडी लागेर आफ्नो श्रीमती या छोरी पठाउने को बुध्धी चाही कस्तो होला छि छि छि सुनेर हास्नु कि रिसाउनु

  20. When there is a mass who wants to be a billionaire and would like to solve every problem overnight even fooling the scientific facts, such Babas and Super Natural (?) powerholders will flourish day night. I have realized that in our society there are bunch of such people who only believe in fate not in work & I term them “Super Dreamers”. So it’s good to dream but Super Dreaming should be avoided.

  21. यस्तो बाबा को नेपालमा जरुरि छ अब नेताहरु लै बाबाको मा पठाउनु पर्छा अब बल्ल नया नेपाल हुने भो.

  22. ट्रिपल गोल्डमेडल वाला फटा मान्छे हो / एक वर्ष अघि मेरै बिधार्थीको पैसा खायर पछी फिर्ता दियको मलाई थाहा छ / यस्ताको कुरा पत्यार हुन्छ त ? कर्म गर्नुस न भाग्य KASAILE हेर्नुपर्द्दैन नी होइन र ?

  23. यहाँ यस्तै छ । कानुन छ तर पालना छैन ।बोक्सी को नाम मा गरीब मारिनछन अनि केहि पढ्अन्ते तोपल्ने हरु सस्कार को नाम भजायर ब्यापार गर्छन ।
    मुख्य कुरा यो दोस राज्य पर्णालिको हो अनि तेसलाई गुमनाम स्विकार्ने हामी सबैको ।

  24. के सुन्नु परेको यो कानले यो बाबालाई त कडा कारबाई हुनुपर्छ कति स्त्रीहरुलाई के के गर्यो होला पुरुष को लिङ्ग संग आफ्नो लिङ्ग जोड्न लगाउनेले स्त्रीसँग पनि त आफ्नो लिङ्ग स्त्रीको ………..मा जोड्न लगायो होला नि

  25. धर्मान्ध र धर्मभिरुले दिमाग घुमाइ दिएको हामी दक्षिण एशियालीहरुलाई यस्तै लिंगेश्वरहरुले ठिक पार्छ |

  26. नेपाल एउटा एस्तो देश हो जहाँ जसले जति फट्याई गरे पनि पाइन्छ, फट्याई गर्नेहरुले खासगरी धार्मिक आढ़ लियका छन्, किनकि धर्ममा बिस्वास गर्ने धेरै जसो मान्छे हरु अन्धबिस्वास मा पनि बिस्वास गर्छन, येस्ता फटाहा हरुलाई कानूनी कठघरामा पुर्यार छिटो उपचार गर्न प्रशासन किन पछी पर्यो ?

    कृपया आफ्नी श्रीमती र श्रीमान लाइ यस्ता पाखण्डी को फट्याई को सिकार नबनाउनु होला.

  27. इनी पिपल बोट चाह्बिल मा तामझाम को ओफिस खोलेर बसेका छन् ५ मिनेट परामर्स को ११०० लिने गर्छन २, ३ लाख खर्च गरे भने इनले जीवन मा ठुलो परिबर्तन लैदिने कुरा गर्छन जइ होस् इनको संसार भर

  28. अब एसलाई ठिक पार्न २, ४ जना गे हरुलाई उपचार गर्न पठाउनु पर्यो अनि एसको पनि उपचार हुन्थेयो कि? अब त अति भयो हाम्रो नेपालमा जसले जे गरे पनि हुने

    • हा हा … हा,,,मन पर्यो तपाईं को कमेन्ट ..! पेट मिची मिची हाँस्दै छु ….

  29. समाचार पढेर धेरै बेर हासे …मुर्ख बनाउनेको पनि काइदा……

  30. एस्तो कुरामा जनता आफै सजग हुनु पर्छा | नेपाली जनता जे कुरामा पनि विश्वास गरिदिने भएकोले एस्तो ठगि हरुको चलखेल सार्है बढ्दै गैरहेको छ | हामीहरुले रुढिबादी संस्कार लाइ जब सम्म हतौना सक्दैनौ तबसम्म एस्तो हल्ला चलिरहन्छ

  31. साचिकै हास्न मन लाग्यो समाचार पढेर | जसले जे गरे पनि अनि, भने पनि भयको छ हाम्रो देश मा | हामी नेपाली को बुद्दि कहिले आउने होला ? कतै बोक्सी को नाम मा जिउदै जलाईयको छ, कतै लिङ्ग बाबा को चमत्कार , कतै साइ बाबा को | हरे शिव, यो शिव रात्री मा सबै लाई बुद्धि देउ |

  32. तीनवटा गोल्ड मेडल पाएको डाक्टरलाई त्यो सम लिंगी वा बिपरित लिंगी होश एकैठाउमा रातदिन जोडी मिलाई दिनु अति उतम हुनेथियो/ तिन गोल्ड मेडलको सक्ति र लिंगको सक्तिले बेमानानेताहरुलाई आकर्सन गर्थीयोकी? फट्या चोरहरू/

  33. बिज्ञापनको जमाना हो भनेर अलि बढ्ता नै बुझेछ / सार्है नै अतिरन्जित लाग्ने बिज्ञापन छाप्नु त्यत्रो पढेलेखेको व्यक्तिलाई अलि शोभनीय हुदैन /
    ‘यसो सोचे..बिद्ध्यावारिधि गरिसकेको व्यक्तिले यत्रो तामझाम त गर्न नपर्ने !’
    – अरुको समस्या र कमजोरीलाई मोहरा बनाएर खानेहरू…

  34. केहि समय अगी सम्म गौशाला र पशुपति बीच को बनकालीमा चौतारो मुनि बसेर ग्रह फल, हात हेर्ने बाबा ले अचानक चाबहिल पिपलबोटमा आफ्नो ज्योतिष कार्यालय खोलेछन, अब उहा ले कोलकाता बाट अध्यन सकाउनु भो भनेर कसरि पत्याउनु , होला नि त कुनै बिधि, यता बसेर उता बाट पढाई सकिने, फेरी बिज्ञापन बनाउने ले उल्टो बनाएछ होला , ३ वोटा गोल्ड को ढिक्का होला के मेडल हैन हैन …………

  35. यो पनि त मेरी बास्सै को ज्योतिष खडानन्द(धुर्मुस ) जसतै त होला नि !!!

  36. यस्ता Triple Gold Medalist , र जनआस्था वाला लिंगेस्वर कन्डक्टर बाबा भर्खरै चितवनमा बोक्सी को आरोप लगाउने झाक्री कै विकसित रुप हो | बिनाप्रमाण हावादारी गफ दिदै मान्छे को जिन्दगि बर्वाद पार्ने यस्ता बाबा हरुको बारेमा बेलैमा सचेत भए बेस, नत्र शब्द र आशाको मायाजालमा फसाएर चितवनमा जस्तै जघन्य अपराधहरु दोहोरिन के बेर !!

  37. अचम्म को कुरा पो सुन्न पर्यो आज
    नेपाल को पहिलो न्युज च्यानल को विज्ञापन देखेर /
    सगरमाथा टेलिभिजनलाइ सुजाब ,
    नागरिकलाई सहि खबर कसरी दिन सकिन्छा
    भन्ने तर्फा सोज्ने भय राम्रो हुन्थियो कि महोदय ???

  38. दोष राजकुमार सुबेदी वा दिनेश घिमिरे जस्ताको होइन
    तेस्ता मान्छेको विश्वास गरेर , आफै फस्न जानेहरुको हो
    धेरै शिक्षित भनौदाहरु पनि तेस्ता ढोंगी बाबाहरुको पछि कुदेको देखेको पैनचा

  39. येस्ता बाबा र ज्योतिषी हरु कति आऊछन् जान्छन येस्ता को भर नपर्नु है

  40. डाक्टर ,बाबा सबैले सिमाना पारि बाट यी अदभुत ग्यान बोकेर आएका हुन् |

  41. स्वनामधारी यस्ता ठग बाबा, ज्योतिषको बिग बिगी छ | सोझो र साधारणलाई भिभिन्न प्रभावमा पारि फसाउने गिरोह हुन्छ जुन मान्छेको मनस्थिति र समस्या बुझेर पैसा झार्न सफल हुन्छन | यस्ता संग साबधान हुनु र सोझालाई फस्न दिनु अगाडिनै यस्तालाई पिटपाट गरेर र प्रहरीलाई बुझाउनु बाहेक अरु उपाय छैन | राति बस्ने र मैथुन गर्ने भने पछी कस्तो नियत हो त ? हामि यस्ताले दिएको सराप संग किन डराउछौ? सुबेदारकि श्रीमती किन तर्सेकी हुन् ? अझ लाउनुस त्यस्तालाई ड्यामका ड्याम भन्नु पर्ने होइन ?

  42. ’ उपचारमा जाने हरेकलाई राति बस्न बाध्य पारेर मैथुन गर्न लगाइन्छ रे नि ? भन्ने जिज्ञासामा उनले प्रतिप्रश्न गरे, ‘उहाँको शक्ति नै लिंगमा छ, उपचार विधि नै त्यही हो त अरु के गराउनु ?’ ‘तपाईँ बुझ्नोस् न’ ! हा हा हा हा हा कति सम्म फटाहा त ! दुइ झाप्पड लगाई दिनु पर्ने के तेस्तो उत्तर दिदा !

  43. यो हाम्रो देश र जनता पनि अचम्मकै छन् तेस्त कुरा मा पनि विश्वास गरेर पछी लाग्छन केहि सत्येता नबुझी त्यो पनि लिङ्ग संग सम्बन्धित कुरा / खै के भन्नु !!!

  44. सबै ले ठगेको ठाउमा यिनले पनि बुद्धि भिडाएर गरि खाने मेलो गरेछन ! कानून नभाको देशमा जे होस् मान्छे त मारेका छैनन् होला नी- छाडा तन्त्र जिन्दावाद जिंदावाद !!

  45. एसको शक्ति लिंगमा छ रे, लिङ्ग काटेर बागमतिमा फाल्नु पर्ने ! एस्लाई तुरुन्त जेल चालन गरिहाल्नु पर्छ | मान्छे पनि उस्तै मुर्ख हुन्, के भन्ने नेपालीको बानि बारे, तेत्रो नेताहरुको झुट त पत्याए, बाबा भनेपछि किन नपत्याउने !

    हरे शिव ! बुद्धि देउ मेरो देशका नागरिकहरुलाई

  46. सन्तोषजीले एउटा केस search गर्नुभयो र पत्तालाग्यो तेस्को टाउको देखि पैताला सम्म केहि पनि साचो छैन. येस्ता भदौराहरु हाम्रो समाजमा छाप छ्याप्ती छन्. बिरामी जाच्ने डाक्टर हरु त नक्कली हुन्छन अरुको त के कुरा .हाम्रो समाजबाट अन्दबिस्वास र अशिक्छ्या नहटे सम्म येस्ता त्रिपल डाक्टरहरु देखा पर्दै गर्छन.

  47. येह रातै के हो यस्तो दिन डहाडै लुट…हाम्रो नेपालीहरु सोझा पनि कति सोझो होलान बा….

  48. पढ्नु पढेको रहेछ नि …. BA, MA, MPhil, PhD कति हो कति …. हरेक तह मा एउटा गोल्ड मेडल पाए जस्तो छ …
    यसो खोजिनिती गरेको महारानी भिक्टोरिया अवार्ड चाही भेटियो Indian Institute of Oriental Heritage ले दिने रहेछ …… कसलाई किन र कहिले दिन्छ (दियो) भन्ने बारेमा केहि भेटिएन …
    http://orientalheritage.org/awards_award.htm

    विश्वविद्यालय चाहिं पटक्कै भेटिएन …

    • सुबिग्य जी..
      त्यो अवार्ड चाही किन्न मिल्ने वाला हो..त्यहाँ इमेल गरेर सोध्यो भने कसरि अवार्ड पौने र कतिमा सबै भन्दो रैछ.

  49. “राति ऊ उत्तानो परी नांगै सुत्ने रे † अनि आफूले चाहिँ उसको लिंगबाट वीर्य निकालेर लिंगको टुप्पोमा लगाउनुपर्ने रे” साला कुकुर को लिङ्ग भाचिदिनु पर्ने नि. आइमाई हरु लाई चाही के गर्न लगाऊदो रहेछ ? यसलाई जेल हाल्नु पर्छ

  50. कहिँ नभाको जात्रा हाडी गाऊ मा भनेको येस्तै हो! सोझा साझा जनता हरु लाई उल्लु बनायो, पैसा धुत्यो, बस्यो! कहाँ गयो यो मानबियता भन्ने कुरो पनि? प्रसासन ले पनि के हेरी राख्या छ कुन्नि?

Comments are closed.