शिवरात्रीको शुभकामना !


शिवरात्रीको पूर्वसन्ध्यामा पशुपति यस्तो देखिएको छ। आउनुस् हेरौँ केही फोटोहरु।


धेरै वर्ष भयो, शिवरात्रीको अघिल्लो रात पशुपति पुग्न थालेको। यस पटक पनि गएँ। उज्यालैमा पुगेको थिएँ। तर यस पटक त्यति मान्छे त्यहाँ देखिएनन्। भन्नाले मान्छे हुँदै नभएको त हैन तर अघिल्ला वर्षहरुको तुलनामा कमै थिए। भएका मान्छेहरु पनि गाँजा किन्न आएका जस्ता देखिन्थे।


यसपालिदेखि गाँजा बेच्न नदिने भनेको भए पनि बाबाजीहरुले चुरोटमा हालेको एक स्टिकको १० रुपियाँमा खुल्लमखुल्ला बेचिरहेका थिए। किन्नेहरु पनि त्यस्तै, उरन्ठेउलाहरु धेरै। जोडी बाँधेर किन्न आएकाहरु नि देखिए। उनीहरुले खाएर उडाएको धुँवाले नै आफैलाई लागेको जस्तो बनाइसकेको थियो। यस्ता नशा गर्ने ढोँगीहरु बाहेकका असली बाबाहरु निकै कम थिए। झ्याउ लागेर बरु अँध्यारो हुन्जेल कुरेर बस्छु भन्दै लागेँ अनि यी तलका फोटो खिच्न थालेँ।


बत्तीको झिलिमिलीका कारण पशुपति क्षेत्रमा उल्लासको वातावरण भने छ। मैले कतिको यो उल्लासको मूड कैद गर्न सफल भएँ, हेर्नुहोला।


यी फोटोहरु ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।

32 Comments

  1. जय भोलेनाथ, जय शंकर भगवान, जय सम्भो, जय महादेव, आज हजुर को जन्मदिन रहेछ तर खै हजुर लाई नै थाहा छ कि छैन , हजुर त खाली भांग खाएर मस्त भएर पार्वतीलाई काखी च्यापेर स्वर्गीय आनन्द मा विराजमान होइबक्सिन्छ/ हजुर जे जस्तो अवस्था मा भए पनि मेरो तर्फ बाट हजुरलाई सुभकामना छ/ हजुर ले पृथ्बी बासी हजुर का भक्तजन मनुस्यहरुलाई केहि उपकार गर्न नसके पनि हजुर को जे जेकार गरि रहेछा हजुर का भक्तजनहरुले/ येसो हजुर को दुइनेत्र मात्र खोलेर दुनिया मा नजर लगाई बक्सियोस हजुर ले चार जात छत्तिसबर्न का मनुस्यहरुको दुक्ख सुक्ख देख्न पाइनेछ/ तेही दुनिया मा हिजो सम्म खुट्टा मा चप्पल, टाउको मा मैलो टोपी र दसक पुरोना लुगा लगाएर राजनीति गर्नेहरु आज हजुर को भन्दा ठुलो र अग्लो महल मा उपर खुट्टी लगाएर, हजुर को छोरा गणेश भगवान को भन्दा ठुलो भुँडी मा हात ले मालिस गर्दै मन्द मन्द मुस्कान का साथ हजुर का सोझा साझा जनताहरु माथि आसन जमाएर सासन गरिरहेका छन्/ हे सम्भो हजुर लाई भांग धतुरो मा नै भुल्न लगाई येहा सासन गर्ने भस्मासूरहरु ले दिन दहाडै जनताहरु को पसिना ले जोडेको अलि अलि सम्पतिहरु पनि लूतिरहेछ, बलिया को तेही ……हतियार भन्दै चौतर्फी लूट्तंत्र मच्चाई रहेका छन्, हे प्रभु हजुर खै कता होइसिन्छ, त्यो हजुर को त्रिनेत्र ले तेस्ता भस्मासूरहरु को नास गरि सोझा साझा जनता, हजुर का सेवकहरुको उपकार गरिसियोस/ शुब कार्य मा बिलम्ब नगरिसियोस, जे सम्भो .. मेरो गाँजा खत्तोम भो!!!

  2. ॐ नम्:शिवाय ॐ नम्:शिवाय,

    जय शम्भू………..
    श्री पशुपतिनाथले हामी सबै लाई कल्याण गरुन !
    शिवरात्रीको शुभकामना !

  3. शिव रात्री मेलामा पसुपतिमा घुम्न जाउ ।
    देस त बिग्री सक्यो प्रभ्रु शान्ति बरदान पाउ । ।
    हे ,,,,,,,पानी मुनी लेउ , भ्रस्ट भए नेता प्रभु सुद्द बरदान देउ । । ।

    कति पाल्छौ जोगी र बाबालाइ ।
    हेरिदेउ प्रभु राजनीतिक नागालाइ । ।
    हे,,,,पसुपति नाथ ,कहिले काही त नेता लाइ नि हान बाबा लात । । ।

    मस्त नहोउ गाजा र भाङ मा ।
    बाघको छाला ओढेर आङ मा । ।
    हे,,,नागलाइ बेरेर, कति बस्छौ भोले बाबा रमित हेरेर । ।

    सबैलाइ तिम्रै थियो आस्था ।
    बिग्रीयो देस गर्नाले बेवास्था । ।
    हे,,,काला सेतालाइ तै तिर्सुल ले घोचिदेउ बाबा भ्रस्ट नेतालाइ । ।

    पार्वतीलाइ साथमा लिएर ।
    गाजा र भाङ मज्जले पिएर । ।
    हे,,,गौरी शंकर ….पर्न लाग्यो देसमा बाबा युद्द भएङकर । । ।

    आज तिम्रो रहेछ जन्मा दिन ।
    मन मा खुशी छैन कि हो किन । ।
    ए,, उठ्नुस् जागेर ……प्रा थानामा बसेक छौ लाइन लागेर । । ।

    —राजन के. सि. खाल्ले सात दिक्त्तेल.—–
    —-हाल अफ्गानिस्थान……..!————-

  4. आज को दिन्
    भिखारी होस या राजा,
    सबैले तान्छन गाजा । ।

    ॐ नमः शिवाय !! ॐ नमः शिवाय !!

  5. जय शिव शम्भु | ॐ नम्: शिवाय | महाशिवरात्रिको हार्दिक बधाई |

  6. निराजनो निराकारो एको देव: महेश्वोर
    मृत्यु मुखात् गतं प्राणं: बलाद: कृष रक्षति |

  7. ॐ नम: शिवाय ! जय भोले नाथ ! जय भोले बाबा !
    तिमि भांग धतुर को नशामा मस्त भएर पनि आफ्ना भक्तहरु को कल्याण गरि रहेका हुन्छौ तर यो देशका नेताहरु चाही शासन सत्ताको नशामा मस्त भएर देश र जनता को लागि कत्ति पनि चिन्तित छैनन् ,प्रभु यिनीहरुमा सद्बुद्धि र विवेक प्रदान गरि दिनुहोस | आज शिव रात्रिको पावन दिनमा प्रभु संग यहि मेरो प्रार्थना छ | प्रभु सबैको कल्याण होश,जय भोलेनाथ !!

  8. i really don’t agree on taking marijuana in the name of the god. I have nothing against the festival and culture but some negative things should be dropped.

    • माहा शिवरात्रि को सुभकामना ,
      भोलेनाथ को नाम मा गाजा लिने मान्छेहरुको लागि यो अर्को बहाना मात्रै हो . यो कारणले सबै भक्तजानहारको culture लै represent गर्दैन.

  9. जय शम्भो कैलाशपति ………….हर हर महादेव …………………गाजा खाऊ , चरेश खाऊ तर जिन्दगि मा हरेश कहिले नखाऊ………………..जय भोलेनाथ…………………जय पशुपतिनाथ …..महाशिबरात्री को हार्दिक शुवकामना. बाबा भोले हामी सबै लाई कल्याण गरुन …………..

  10. जय शम्भो कैलाशपति !! पशुपतिनाथ ले सबैको रक्षा गरुन !!
    शिवरात्रिको शुभकामना !!

  11. जय शिव शंकर भोला जय शिव शंकर भोला
    त्रिभुवन स्वामी अन्तर्यामी शरण सदा लिनु होला

  12. कर्पुर गौरम
    करुणा अवतारम
    संसार सारम
    भुजगेंद्र हारम
    सदा वसन्तम
    हृदय अर्विंदे
    भवम भवामी
    सहितम नमामी

    पशुपतिनाथले हामी सबैको कल्याण गरुन
    तेन्जिंग गाबा

  13. हर हर महादेव …जय पशुपतिनाथ …जय शम्भु …..महाशिबरात्री को हार्दिक शुवकामना. बाबा भोले हामी सबै लाई कल्याण गरुन

  14. शिव शम्भु

    इश्वर सत्य छन
    सत्य नै शिव हुन
    शिव नै सुन्दर छन

    सत्यम् शिवम् सुन्दरम्

    जय जय जय आदि देव
    जय जय जय आरध्य देव

    वी अधिकारी

  15. देस मा शंबिधान चाडै बनोस, लोड शेडिंग को अन्त्य होस् , ग्यास र पेट्रोलियम को हाहाकार नहोस भन्दै म १०८ चोटी शिव नाम जप्न गैरहेको छु |
    ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय ! ॐ नमः शिवाय !
    धन्यबाद !

  16. Do good be good see good you will be in the form of GOD.

    GOD=Energy

    We all have enormous energy just need to bring it up from the very deep part of our own body which has to overcome many layers of “ego”.

    Control your mind you will be one of the most happiest person in this universe.

    GOD bless you all jai shiva ratri!!!!!!!

  17. हर हर महादेव …जय पशुपतिनाथ …जय शम्भु …..महाशिबरात्री को हार्दिक शुवकामना. बाबा भोले हामी सबै लाई कल्याण गरुन

  18. जय भोले नाथ हाम्रो देस लाई छिटो उभो लगाउनुहोस
    हामी सबै को रक्षा गर भोलेनाथ जय मह शिवरात्रि

  19. जय शम्भो!
    भगवान पशुपति नाथ ले सबै नेपाली को रछा गरुन.

  20. कति मजा हुन्थ्यो शिवरात्रिमा केटाकेटी हुँदा | कहिले औंठी, कहिले शिखहरुलेले लाउने बाला, कहिले मिठाइ, कहिले राम बयर जुन काठमांडूमा पाइदैन, किन्न खुब घुमिन्थ्यो
    र दिनमै दुइ चार चोटी पशुपति गईन्थ्यो | अघिल्लो साल शिवरात्रीको अबसरमा पशुपति गएँ तर अनौठो देखियो | लाइन लागेर के के बेच्न बसेका थिए केहि मान्छेहरु राजेश्वरी घाटको पछिल्तिर | गएको त “एउटाको को बिस एउटाको बिस” भनिरहेका थिए – गाँजा भरेको चुरोट | किन्नेको भिड सबै १५ देखि २०/२२ उमेरका केटाकेटी | फेरी नागा बाबाहरु केटि देख्यो कि झन्डै तानुला जस्तो गरि बिगुत लगाईदिन अघि सर्ने | अरु रमझम त राम्रै छ तर शिवरात्रिको नाममा बिकृति पनि बढेको देख्दा अचम्मै लाग्यो | यसपाली येस्ता बिकृति रोकिएला कि !!! लाइन लागेर दर्शन गर्न र सम्भव हुँदैन | लाइन नबसी दर्शन गर्न एक हजार तिर्न पनि सकिंदैन | शिव त आफु भित्रै छन अतः अरु कुरा बिर्सेर एक छिन पारि डाँडामा गएर पशुपतिको दर्शन गर्दा मनै आनन्द हुन्छ | जय शम्भो |

  21. ओह्म! नमःशिवाय , अपूर्व पशुपति नाथ मन्दिर को शिवरात्रि पुर्व संध्या, हिन्दु हरु को अध्यत्मदेव भोलेबाबा को दिन , सबै को रक्षा गरुन ,

  22. ॐ नम्: शिवए!ॐ नम्: शिवए!! ॐ नम्: शिवए!!!
    शिव! शिव!! शिव!!! शंकर भोले रक्षगर महादेव!

Comments are closed.