के के मात्र देख्नुपर्‍यो बाबा !


शिवरात्रिको अघिल्लो साँझ पशुपतिमा पुग्दा बाग्मती नदीको बीचमा एउटा पहेँलो पहेँलो कुरा टाढैबाट देखेँ। नदीको वारी र पारी थुप्रै मानिसहरु थिए। लाश त त्यसरी बीच भागमा नराख्‍नुपर्ने जस्तो लाग्यो। कुकुर सुकुर रहेछ कि क्या हो जस्तो लाग्यो। के रहेछ हेरि हालम् न त भनेर नजिकै जाँदा त यस्तो पो देखेँ।



एउटा मान्छे रैछ बीचमा डुबेको। छिनछिनमा थरथर काम्ने रहेछ। कहिलेकाहीँ हाइ पनि गर्ने रहेछ। मानिसहरु सबै त्यही हेर्न झुम्मिएका रहेछन्।


सात गतेदेखि २५ घण्टाका लागि जल तपस्यामा बसेका रे उनी। उनको नाम रहेछ सीता राई।


शिवरात्रीको अघिल्लो दिन बिहान ११ बजेर ९ मिनेटमा डुबेर शिवरात्रीको दिन ८ गते १२ बजेर ९ मिनेटमा निस्कने रहिछिन् उनी।


यसलाई जल तपस्या भने त्यहाँ नजिकै उनको बारेमा प्रचार गर्न बसेका माताका कार्यकर्ताहरुले। उनीहरुले पर्चा पनि बाँडिरहेका थिए। जसमा लेखिएको थियो यसपछि उनले अब सर्वोच्च शिखर सगरमाथामा टाउकोले टेकेर उभिने (शिर्षासन) गर्नेछिन्। त्यसका लागि सहयोग गर्न अनुरोध रहेछ पर्चामा।


बाग्मतीको चीसो पानीमा २५ घण्टा त्यसरी बस्नु चानचुने कुरा हैन। तर सगरमाथाको चुचुरोमा टाउकोले टेकेर उभिने भनेको चाहिँ अलि अचम्मै लाग्यो।

साँच्चै गर्न सक्ने चीज होला त त्यो ? खै के के हो के के, बाँची बस्नुपर्छ, अनेक थरि हेर्न पाइन्छ। हेर्दै गरम् न।


38 Comments

  1. नेपालमा उसलाई माता भनेर पुज्ने होलान …….. तेही हबिगत बेलायत , अमेरिका मा गरेको भए समातेर मेन्टल हस्पिटल पुराउथे !!

  2. कुनै चलाखी नगरी गरेको भय त मान्ने पर्यो नत्र कुनै गारो कुरा होइन ,एउटा पोसाक पाईनछ जुन चिसो समुन्द्र मा surfing गर्ने भन्ने खेल खेलिन्छ त्यो गर्दा लगाइने wetsuits लगायो भने त चिसो त कता हरायो कता , कतै भित्र त्यो लुगा त लगाको थियन ?????

  3. सांचै मनले तपस्या गरेको पनि हुन् सक्छ | तर मैले बिहान हाट बजारमा फाटेको लुगा लगाएर एक डोको मात्र आरू लिएर बेच्न बसेको मान्छेको आरू कार लिएर बजार भर्न
    गएका मान्छेले चोरेको अनि दिउसो त्यहि मान्छे धार्मिक कार्यक्रममा रामनामी सल ओढेर सम्मानित भएको देखेकी छु| त्यसैले बिस्वाश कमै लाग्छ |

  4. बाग्मती र फोहर पानी भनेर ,मैलो आखाले हेर्नु भन्दा /, अरुको आस्थाको सम्मान गर्नु धेरै राम्रो हुन्छ जस्तो लाग्यो/ सगरमाथामा टाउकोले टेक्नु भनेको देशको सिरमा आफ्नो सिरले सम्मान दर्साउनु पनि हो/ , सस्तो लोकप्रियताको लागि भनेर आफ्नो बौद्दिकतामा दरिद्रता देखाउनु भन्दा एउटी आमा सरह उमेरकी एउटी नेपाली महिनाको आत्मासम्मानको स-सम्मान हामीसबैले गर्वका साथ गर्नु अत्यन्तै राम्रो हुन्छ / कुरा धर्मको मात्रै हैन , लाखौ नेपाली चेलीहरुको आत्मा सम्मानको पनि हो

  5. सगरमाथाको चुचरो मै पुग्नु पर्छ भन्ने नै छैन नि, कसले हेर्न जान्छ र त्याँहा ! एसो फोटो हरु काट कुट बनाएर सगरमाथाकै चुचरोमा हो भने त भैहाल्यो नि !
    jit

  6. कुनै एकान्त र सफा पानी भएको खोलामा या नदीमा यो गरेको थियो भने धेरै ठुलो कुरा हुने थियो-किनकि उपयुक्त समयमा सहि तरिकाले गरेको तपस्या र ध्यानले नै हो मान्छेलाई इश्वरको स्तरसम्म समेत पुर्याउने!उदाहरणको रुपमा हाम्रा पौराणिक ऋषि विश्वमित्र नै हुन् जसले तपको बलले छुट्टै स्वर्ग निर्माण गर्नसमेत सकेका थिय-मानव इतिहासकै कुरा गर्ने हो भने पनि बुद्ध सिद्धार्थ गौतम बाट भगवान बुद्ध बनेका ध्यान र तप कै कारण हो-जसमा दुइ मत नहोला!!!///////////……………………….तर काठमाण्डुको बागमतिको पानी(जसमा पानी कम र ढल बाट आएको कुराहरु बढी हुन्छ)मा नै यसरि बस्नुमा चाहिं तप र ध्यान को भन्दा पनि प्रचार को चासो बढी भएको हो कि झैं लाग्यो-गल्ति भएमा पाप नलागोस!!!!!

  7. हाम्रो देसमा अलि बड्डी नै दर्म गर्छन जुनकी मेहेनत अनि लगन लाई बिर्सियर . हे प्रभी भनि देउ मलाई तपस्या होइन मेहेनत गर्नु अनि उन्नति हुन्छ भनेर . जय संबो किसा पति वोला

  8. पानी मा बसेर तपस्यामा लिन हुनु यहाँ सम्म त ठिक छ तर सगरमाथाको चुचुरोमा टाउकोले उभिने रे ! यो चाही अलि अमिल्दो छ है ! टाउकोले उभिनलाइ पहिले सगरमाथाको चुचुरो त पुग्नु पर्यो l सालोक्यजी ले यो विषयको चाहिं समयले साथ दिंदा सम्म Follow Up गर्नुस है ! सहयोगको नाम मा मान्छेलाई ठग्ने उपाय रचेको हुन सक्छ l

  9. बाबा हरु को अलि धेरै हाली मुहाली भयको बेला मा अब माता को उदय भयछ, त्यो पनि जल माता | जय जल माता………

  10. अन्ध बिस्वास मस्तिस्कलाई अपांग बनाउने रोग हो/ नेपालमा धेरै यो रोग बाद ग्रस्त छ/ “तथास्तु” असहाय अबस्थाको कल्पना मात्रै हो/ अनौठो कर्म गर्ने व्यक्तिले “चकित” त् पार्न सक्छ तर प्रेरणा दिन सक्दैन/

  11. ध्यान मा सबै कुरा सम्भब हुन्छ भन्ने यो पनि उदहारण हो सबै लाई चेतना भया… … तपाई पनि एक्चुती ध्यान गरि हेर्नुस त अनि थाहा पाउउनु हुन्छ

    हिम्मत

    Vergenia Usa

  12. ध्यानमार्गबाट सबै सम्भव छ / ध्यानको उत्कर्षमा शरीरका इन्द्रियहरूको अनुभूति क्षीण हुनजान्छ /
    कसैले यस्तो गर्नु उसको व्यक्तिगत इच्क्षा हो / उनीबाट निर्दिष्ट लक्ष्य भएमा सबै सम्भव छ भन्ने पनि प्रेरणा लिन सकिन्छ /
    “Meditation is the tongue of the soul and the language of our spirit”- Jeremy Tylor.

  13. म पनि समुन्द्र म डुबेर ८ घण्टा तपस्या गर्नु पर्यो अनि फेरी अर्को दिन टाउको टेकेर king ‘s Park ८ घण्टा बस्दा कतै अस्ट्रेलिया PR पो दिन्छ कि ?????

  14. चर्चामा आउने हरेक उपाय सकिदै जादा यस्तै हर्कत हरु आउदै गर्छन
    चिसो पानीमा २५ घण्टा बिताउन जति गारो छ त्यो भन्दा धेरै सजिलो छ सोझा साझा नेपाली लाइ भ्रम फैलौनालाई

  15. अस्ति भर्खर आर्मीहरु ले तो गुहु पानि नदि मा खाली खुट्टा सफा गरि रहेका थिए / सफा गर्नु राम्रो कुरा हो तर तो गुहु पानि खालि हात ले , खालि खुट्टा सफा गर्दा ति बिचरा आर्मी हरु ले माथि को आदेश मान्नै पर्ने थियो होला अनि तो गुहु पानी/ ढल मा कस्ता कस्ता डर लाग्दा रोग सर्ला ति आर्मी लाइ भन्ने कसैलाई थाहा नभएर होइन कि तो माथि को आदेश लाद्ने प्रबिती कायमै भएको भान हुन्छ/ तो बागमती नदि माथि पशुपति नाथ मा चढाएको अर्बौ रुपया को कुनै हिसाब किताब छैन , पशुपति नाथ ले माथि त लिएर जानु भएको छैन / पशुपति नजिक को बागमती को गुहे नदि /ढल सफा गर्न भन्दै अर्बौ रुपया सरकारी र NGO /INGO ,बिदेशी सस्था ले काम गर्या छन् तर सफा होइन कसको बैक भरिएको छ, कसको चर्पी, घर बनेको छ तर पशुपति नाथ सिंगो टुलु टुलु हेर्दै तो बागमती पानि ढल मा परिणत भएको हेर्दै बस्नु पर्या छ / सत्य तितो हुन्छ तेसैले ..मलाइ भन्न मन लाग्छ के अहिले का मन्त्रि, प्रधानमन्त्री, नेता, सामाजिक कार्यकर्ता पाच मिनेट बागमती खाली खुट्टा र हात ले सफा गर्न जान सक्छन र गर्छन सफा तर यिनले पक्कै पनि गर्दैनन् तर २-४ बिचरा आर्मी/ पुलिश लाइ उनीहरु को स्वास्थ्य को खेलाई नराखी तेहा सफा गर्न पठायिंचा/ तेहा मानब ले खालि खुट्टा होइन मेसिन , रोबोर्ट ले मात्र सफा गर्नु पर्दछ नत्र मानब को आफ्नो व्यक्तिगत स्वतन्त्र माथि को प्रहार हो / अब कुरा रह्यो बुढी आमा पुजनीय देबी राइ को , तर उहा ले आफैले स्वतन्त्र रुपले गर्नु भा भएता मेरो भन्नु केहि छैन तर कसै ले उकासेर तेस्तो गुहु को पानि मा चाकल मादर २५ घण्टा बस्दा उहा देबी को पेट मा ब्याक्टेरिया जस्ता हानिकारक रोग नसर्ला भन्न सकिन्न तेसैले तेस्तो फोहर पानि मा ध्यान गर्न दिनु हुदैन थियो जस्तो लाग्छ स्वस्थ को कारण ले/ सगरमाथा मा टाउको ले टेक्ने ध्यान कसरि राइ देवी ले गर्नु होला हेर्न बाकि नै छ , कसरि सगरमाथा छाड्ने होला हेर्न बाकि नै छ / मलाइ कस्तो लाग्यो भने बिकसित राष्ट्र को प्रजातन्त्र जस्तै, जर्मन, फ्रान्स, बेलायेत , स्वीडेन को प्रजातन्त्र मा हरेक व्यक्ति तल्लो तह मा काम गर्ने र माथिल्लो तह मा काम गर्ने , धनि गरिब सबै लाइ सरकार ले सुरचित बस्न पाउने अधिकार को ग्यारन्टी गरदाचा तर ति बिचरा ५-७ आर्मी लाइ खालि खुट्टा खाली हात गुहे बागमती को पानि मा सफा गर्न लगाइंचा र राइ जस्ता बुढी आममा हरु ध्यान गर्न होमिन्चन तेस्लाई रोक्न लाइ प्रजातन्त्र का रच्यक पुलिश, सरकार को कुनै काम गर्या देखिदैन उनीहरु त २४ घण्टा नेता , ठुला मानिसह को सुरच्या को लागि मात्र खटन मा लाग्छन/
    उमेश जी लाइ धेरै धेरै धन्यबाद यो समाचार लाइ अलिकति अर्कै तरिकाले लेख्नु भएको मा / मैले कान्तिपुर मा पनि पढेको थिए तर समाचार को सार ठुलो काम गरेको जस्तो गरि लेखिएको थियो / पत्रकार भएपछि सहि सहि कुरा सम्मान्य भाषा मा जस्ता को तस्तै प्रसारण गर्नु उचित हुन्छ /

  16. जल तपस्या पछी के के भो त्यो पनि जान्नु पाए राम्रो हुनेथियो

  17. लौ प्रभु मलाई पनि केहि जुक्ति देउ त त कि मा पनि मेरो गोजी भर्न सकु …….

  18. हो साँच्चै नै हो बच्नु पर्यो ,अनेक थरि देख्न र सुन्न पाइन्छ !!!नाटक नै हुन्छ एस प्रिथिविमा !!!अनि के को लागि रहेछ त्यो जल तपस्या कुन्नि ?सके त नेपाल मा शान्ति आओस भन्नका लागि हो कि !!!

  19. भगवान प्रतिको श्रदा भनेको आत्मामा हुने आस्था हो ,कुनै पनि मानिस प्रति कुनै पनि प्रकारको विभेद नगर्नु ,सबै को आश्था को सम्मान गर्नु त्यो नै धर्म हो मेरो विचार मा,यस प्रकार को हर्कत गर्ने हरु एकप्रकारको मन रोगि हुन् या पोइसा र प्रचार बटुलन नौटंकी गरेका हुन् ,जय सम्भो

  20. जल तपस्याको प्रतापले नेपालमा नया संबिधान चाही बनोस | चाडै …..

  21. धुर्त र ढोंगी सबै जात जातिमा हुन्छन भन्ने उदाहरण हो यो |

  22. केहि न केहि गरेर आफ्नु नाम प्रचार गराउन को लागि पनि मानिस हरुले अनेक उपाय अपनाउछ्न | यस्तै चर्चा बटुल्न सफल भैन सीता राई पनि | नेपाली हरु साहसी ,पराक्रमी , बिर हुन्छन भन्ने उदारहण सीता राई ले दियकी छिन | हाम्रा देश का नेता हरुले पनि सीता राई बाट पाठ सिकी बन्द हड्ताल गर्न भन्दा पनि २५ घण्टा को रेकोरड्स तोडी ४८ घण्टा सम्म बागमतीको पानीमा बसेर आन्दोलन गरे श्री पशुपति नाथले नेता हरुलाई सु-बुध्हि दिने थिय कि ,

  23. सालोक्य जी तपाइले देख्नु भहेछ हामीले पनि अनेक थरि सुन्न पाइन्छ।बाँची बस्नुपर्छ हेर्दै गरम् न।

  24. ठिकै छ सबै को श्रद्धा र इच्छा को कुरा हो. जब सम्म आफ्नो काम ले अरुलाई असर गर्दैन तब सम्म कुनै दोश्रो ब्यक्ति ले टाउको दुखाउनु अवाश्येक छैन . पानीमा जल तपश्ये गर्नु त गार्हो काम हो, अब सगरमाथामा टाउको ले टेकेर गर्छु भन्ने कुरा त भन्ने ले नै विचार गर्नु पर्ला …वरिपरी का मानिस हरु तेती मुर्ख पनि नहोलान …जे भन्यो तेही पत्याई हाल्ने …अरु त तेस्तै हो राई बजै ले तेही भेषमा सगरमाथा को पहिलो केम्प सम्म पुग्न सक्नुभयेछ भने पनि गिनिज बुक मा रेकर्ड राख्नुहोला.
    शिव भगवान ले सब्बै लाई सत्बुद्धि, बिबेक र शक्ति दिउन . ओहम् नव शिवाये !!

  25. त्यो पर्चा बाँडेर पैसा माग्ने कार्यकर्तालाई पनि तेही फोहोर पानीमा जाक्नु पर्ने /

  26. धर्मको नाममा लिला!! तर मित्रराष्टबाट आएका ति गजेडी अघोरी बाबा भन्दा त यो धेरै ठिक !! तर दैनिक हुने पाचन प्रणाली लाई चाहिँ २५ घण्टा सम्म कसरि व्यवस्थापन गर्नु भएछ सिता राइ माताले !! 😛

  27. बुडा पाकाले भन्थे, “बाचे संसार देखिन्छ”, साचै हो रहेछ.

  28. यस्तो जाडोमा मज्जाले जलआसन गर्न सक्नेले सगरमाथामा टाउको टेकेर शिर्शासन गर्न कती ठुलो कुरा भयो र कुरा रहयो सगरमाथाको शिखर सम्म पो पुग्न सक्ने हो कि होइन ?

    • सगरमाथा चढ्नु भनेको पोखरीमा खुट्टा र पेट डुबाएको जस्तो सजिलो हुन्न नि साएद बिचमै hypothermia लागेर र दम बदेरै खै के खै के …. पुरै सरिर नै डुबाए पो उसले भनेको हो रहेछ भन्नु एस्तो त केहि नै के

  29. खै हाम्रो नेपालमा के के हो के के हो यो ज्यानले तातो सास फालेर चिसो सास लि रहुन्जेल सम्म हेर्दै जाम के के देख्न पाइन्छ हाम्रो नेपालमा तर टाउकोले टेक्ने चाही अलि पत्यारो लागेन मलाई त

  30. यो भगवान नामको आस्थाले मान्छेलाई कत्ति सम्म पागल बनौदो रहेछ भने हाहा हा हा ”””

  31. मान्नु पर्छ बा के के गर्न सकेका हुन् कुन्नि ! नाम कमाउने अनेक उपायहरु !!!

  32. यस्तै हो सनक चढेकाको दिमागमा के आउँछ त्यहि गर्छन र अघि पछी लगाएर माल पानि झार्ने काम पनि हुन्छ | हुनत कसैले नगरेको गर्नु त ठुलो काम हो !! बरु यस्ता गुरुबा माताहरुले आफ्ना चेला चेलीहरु सबैलाई लगाएर बागमती नै सफा गर्न लगाए हुन्छ नि, अझै कति फोहोर छ नदि | अचम्मका कुरो गर्दा गर्दै कुनै दिन संसारलाई माथ गर्न हावामा हिड्नेपानीमा कुद्ने र आकाशमा झुन्डिने कुरो गर्ने छन हाम्रा दाजु भाइ दिदि बहिनीहरुले ! अनि त नेपालीको नाम कहाँ पुग्ने होला ?

    • अरुलाई भन्न सक्ने अर्ति उपदेश दिने सक्ने मान्छेले आफै बागमती सफा गर्ने सुरुवात गर्ने हो कि बरु मा पनि साथ दिन्छु ल तयार हुनु हुन्छा ?

Comments are closed.