कथाः स्नेहा

-श्यामु बस्नेत-

हामी रिक्सामा थियौँ। मैले अरु कुरा सोधे पनि उसको नाम नै सोधिनछु। आफैदेखि हाँसो उठ्यो। सकेसम्म स्वाभाबिक भएर सोधेँ ,’ नाम ?’।

‘स्नेहा चौधुरी ‘ एकदम बङाली लवजमा उसले भनी। मेरो नाम उसले मेरो ब्यागमा हेरेकी रहिछ ‘साम’ भनी। मैले श्यामु भने। उसको जिब्रोले मानेन र ‘सामु’ उच्चारण गरी। म हाँसे।

ऊसँग केही घण्टा पहिले मात्र भेट भएको थियो। ढाका शहरको मालिबागस्थित बसको काउन्टरमा। हामी दुबै जनाको बस रातिको थियो। गन्तब्य पनि फरक।

‘ यु आर फ्रम ? ‘ उसले सोधेकी थिइ। मैले नेपाल भनेपछि उसको अनुहार उज्यालो भयो।

मेरा नेपाली साथीहरु छन् दार्जीलिङमा उसले भनी। तिमी वेस्ट बेङ्गाल को हौ ? मैले सोधेको थिएँ र उसले हो भनी। त्यति भनेर ऊ चुप लागेको भए हुन्थ्यो तर बोलीरही।

बोल्नेक्रममा उसले आफु संगीतको विद्यार्थी हो भनी। म चुपचाप थिए। ऊ अझै के के बोल्दै थिई। मलाई भने काठमाडौंको चिसो छोडेर अचानक ढाकाको गर्मी र कोलाहलमा आउनुपर्दा चिड्चिडाहट भैरहेको थियो। यसै पनि बाङ्लादेश आएको कयौ दिन सम्म केही कुरामा मन लाग्दैन। म सुनी मात्र रहेको थिए।

‘ बिहानदेखि बोलेकी छैन म। बोल्ने साथी पनि थिएन। ‘ उसले भनी। यसो भनेपछी मैले उसलाई हेरे। हाँस्दा उसको कालो र सुन्दर अनुहार झन् रुन्चे देखियो।

तिमी किन आको बङ्लादेश ? मैले सोधे।

अब ऊ चुप लागी। मलाई अब ऊ चुप लागेको मन परेन। मोबाइल निकालेर चलाको जस्तो गरे। अझै बोलिन।

आ…बाल मतलब नबोले नबोलोस् भनेर कानमा कानेस्वोर छिराए र गीत सुन्न थाले।

दिउँसोको समय भएकोले होला काउन्टर खाली थियो। काउन्टरको मान्छे रातिको निद्रा पुर्यौउदै थियो। उसले एउटा चकलेट मलाई दिई। मैले लिन मानिन। गीत बन्द गरे। ऊ के के भन्दै थिई। मैले कानको बुझो झिकेर ‘के?’ भने।
उसको बोली बन्द भयो। मैले ठूलो स्वोरमा बोलेछु। काउन्टरको मान्छेले ख्वाक्क खोक्यो र यसो हेर्‍यो। मैले ‘सरी’ भने।

उसले भनी ‘हामी केही बेर बाहिर जाउँ न। म साह्रै बोर भएँ।’

म छक्क परे। मैले फेरि सोधे ,’तिमी किन र कहाँ बाट आको ?’

ऊ उदास थिई। केही बेर चुप लागि र भनि ‘आई ह्याव अ स्टोरी ‘!

म चुपचाप बसे। अनि भने तिमी एक्लै किन जादैनौ ? उसले ढाकामा साझँको बेला एक्लै हिंड्न डर लाग्छ भनि। मलाई उसको कुरा ठिकै लाग्यो। र हामी त्यहाँबाट निस्केर एउटा रिक्सामा चढेका थियौँ। यसरी नाम समेत सोध्न छुटेको थियो।

स्नेहा किन आकी त बाङ्लादेश ? एक्लै छे। बिहानदेखि। अनि उदास। अनि भन्छे ‘डर लाग्छ ‘। के ऊ मसँग डराइन ? मैले उसलाई सोधे ‘ तिमीलाई मसँग किन डर लागेन ?’
‘किनभने तिम्रो आँखामा त्यो छैन ‘ उसले भनी।

के ? के छैन ?मैले थपिरहे।

‘बासना !! बासनासँग डराँऊछु म ‘ स्नेहाले भनि र देखाइ फुट्पाथतिर र सोधी ‘के त्यहाँ

केटीहरु हिडिरहेका छन् ?’

म केही बोलिन।

ऊ बोलिरही ‘केटी केटाको सबैथोक हुन्छे तैपनी केटीको सम्मान छैन ‘। अनि माथि देखाइ एउटा होर्डिङ बोर्डतिर ‘हेर संसार सारा मिलेर केटीहरुलाई नङ्याउछन् र पछी संसारले उनिहरुलाई चरित्रहिन भन्छ। ‘

ओह ! मैले भने ‘तिमी तस्लिमाकी बहिनी हौ ?’ ऊ हाँसी। यसपल्ट एकदम उन्मुक्त भएर। मलाई उसको कथा झन् थाहा पाउन मन लाग्यो। एकछिन किचकिच नै गरिदिए। कत्तिन पहिले देखि चिनेको जस्तो !

ऊ अझै दर्शन छाट्दै थिई। कस्तो जब्बर रईछे। पहिले स्टोरी छ भनी। जब जान्न मन लाग्यो। स्टोरी सुरुनै गर्दिन। उल्टा दर्शन छाट्दै थिई।

रिक्सा जाममा फसेको थियो। ढाकाको जाममा केहीपल्ट फसेपछी मलाई काठमाडौंको जाम त जाम जस्तै लाग्दैन।

‘तिमीलाई अरु कुरा गर्न आउँछ ?’,मैले केही झर्कदै भने। ऊ चुप भई।

‘तिमी के सोच्दै छौ ?’ उसले सोधी। यो जाममा , यो गर्मिमा ,यो फत्फते केटीसँग बेकार हिंडेँछु। चिन्नु न जान्नु। उफ्।

‘मेरो आँखामा अचानक ‘बासना’ आयो भने तिमी के गर्छौ होला भनेर सोचेको।’ मैले अलिक उत्त्ताउलो हुँदै सोधे। अब चुप लाग्छे भन्ने अनुमान सहित।

तर मेरो अनुमान गलत भयो।

‘डन्ट जोक। मैले बिदेशमा नेपालीको भर हुन्छ भन्ने सुनेकी छु।’ भनेर उसले मेरो काँधमाथि हात राखी।

मलाई अलिकति ‘सिरिङ्ग’ भयो। मैले तर तिम्रो भर लागेन है भन्दै हात हटाएँ।

‘कसले भन्छ तिमीलाई यस्तो बकम्फुसे कुरा?’ मैले झन जिस्काएँ।

‘मैले भने नि मलाई नेपालीहरुको बारे केही थाहा छ। मेरा साथीहरु छन् नेपाली।’उसले भनी।

यो जब्बरसेठ केटी प्रति उत्सुकता झन् बढ्दै गयो। त्यसपछी मैले भने ,’तिमीले आफ्नो कथा भन्छौ भन्ने सोचेको थिएँ। तिमी मसँग नबोल अब।’ शायद यसैलाई भन्छन् इमोसनल ब्ल्याकमेल।

अनि उसले आफ्नो पोल खोली। ऊ भागेर आकी रहिछ। उसको प्रेमीसँग नभएर घरबाट अन्तै बिहे गरिदिन लागेछन्। प्रेमी फेसबुकमार्फत् भेटिएको रहेछ। उसको प्रेमी कलकत्ताको कुनै नाट्य समुहमा कलाकार रहेछ र दुई महिनाको लागि युरोप गएको थियो। र अझैसम्म उसको प्रत्यक्ष भेट भएको थिएन। प्रेमीको बारेमा निकै उत्साहित थिई ऊ। उसले मलाई बुझेको छ। र म ऊ सँग मात्र खुशी हुन्छु भन्दै थीई। उसको फुपुको घर रहेछ बाङ्लादेशको कक्स बजारमा। फुपुले उसलाई माया गर्छिन। र दुई महिना लुकाउँछिन भन्नेमा ऊ ढुक्क थिई।

‘धन्य रहेछौ तिमी त’मैले यति मात्र भने। ‘बाबु-आमालाई मनाउन भन्दा शरणार्थी हुन सजिलो’ उसले भनि। हामी निकैबेर चुपचाप भयौं।

हाम्रो रिक्सा एकफन्को मारेर पुन पहिलेकै बाटो फर्कन थाल्यो।

मलाई अलि अलि भोक लागेजस्तो भयो। ‘ तिमीले के खायौ आज ‘,मैले उसलाई सोधे।
उसले एउटा बिस्कुट खाए भनि। ‘किन बिस्कुटमात्र?’ मैले सोधे।

उसले भनि ऊसँग धेरै पैसा छैन र यदी फुपुकोबाट हिंड्नु पर्ने भयो भने उसलाई पैसा चाहिँनेछ।

ओहो !!तिमी हिन्दी फिल्म धेरै हेर्छौ ?’ मैले भने।

‘मेरो बापुको लाइन हो त्यो ‘ उसले भनी।

अनि हामीले खाजा खायौँ। आलु-परौठा। मिक्सड भेजिटेबल्स।

बस चढ्ने बेलासम्म हामी काउन्टरमै गफ गर्दै बस्यौँ।

मैले उसलाई आफ्नो ठेगाना दिए। फेसबुकमा कुरा गरौला र केही समस्या परे आएर भेट्नु भने।

उसले ‘सामु नाइस टु मिट यु ‘ भनि।

म बस चढेँ।

केही दिन अघि उसले फेसबुकमा एउटा सन्देश पठाइ।

जसमा लेखिएको थियो : ‘सामु आइ गट माइ लब। तुमी भालो आसो ?'(मेरो प्रेम सफल भयो। तिमी ठिकै छौ ?’)

उसको प्रोफाइल फोटोमा एउटा केटोको टाउको पनि सँगै थियो। गाला जोडेको:) 🙂

22 Comments

  1. राम्रो प्रयास

    एउटा कथा लेख्नका लागि आवश्यक सामाग्रीहरु छन, यस प्रस्तुतिमा। प्रयास राम्रो लाग्यो। लेख्दै गर्नु होस, विस्तारै उत्कृष्ट कथा लेखनतिर लागेको पाउनु हुनेछ आफूलाई।

    शुभ कामान

    बी अधिकारी

  2. के के न होला भनेको त हात्ती आयो हात्ती आयो फुस्सा……….

  3. Life मा केटि संग first time बोल्ने मौका मिलेको होला साथी लाई ……. बिर्सनै नसक्ने स्टोरी जस्तै बसेको होला नि मन मा …. try next time

  4. हन क्यानाम , गाँठे, ३ पल्ट सुरुबाट नसकुन्जेल पढें, कतै केहि छुट्यो कि भनेर तर लासटाँ क्यानाम चै फेसबुक मा केटि ले म्यासेज गरेको खण्ड भन्दा अरु केहि छैन , लौन हन केहोयो ? ए रात्ता मक्कै, मत कुरो बिझ्दीन क्या नाम/

  5. लघु कथा भन्न रुचाएं ! समग्रमा भन्नु पर्दा कथामा रस र दम दुवै छैन, हो ! प्रस्तुति फितलो छ ! कथा लेख्न अभ्याश, अनुभव, दुर दृस्टी, तार्किक, मनो बैज्ञानिक ज्ञान र अनि शब्द रचनाको राम्रो ज्ञान हुन् जरुरि हुन्छ ! अर्को पटक अल्ली धेरै प्रयास गर्नुहोस ल !

  6. पहिलो प्रयास होला सायद पछि को लागि सुभकामना

  7. यस्तो कथा हरु पनि mysansar मा औना लाग्यो अब तैएत ………

  8. राम्रो लेख्ने शैली भैकन पनि कथामा कथाकारिता पसाउन सकेको छैन /
    शुरुवात संधर्व अनि संवाद सार्है राम्रो गैरहेको थियो तर कथाले बीच मै बिट मारेको जस्तो अधुरो लाग्यो !
    कथाकारमा प्रसस्त सम्भावना छ; Better luck for another attempt !!

  9. मलाइत तेतिपनी लेख्न आउदैन ….शब्द कसरि समायोजन गर्ने भन्ने बारेमा …तेसैले राम्रै लाग्यो कथा !

  10. ये सिटामल ….कसैलाई केहि गर्न छ भने सिधै मर्नु नि बरु एस्तो कथा नि पढ्न दिन्छ ,,,मलाई त खुब टाउको दुख्यो यो पढेर……..यो माई संसार ले नि कथा पुन चदेछ

  11. आज सम्म mysansar मा यो भन्दा नराम्रो कथा पदिह्येको थिएन. यस्तो पनि कथा हुन्छा? यस्ता कथाहरु लेख्दै जाने हो भने mysansar मा प्रकाशित हुने कथा कसैले पनि पदने छैनन् भविष्यमा.

  12. कथा को नाम “यात्रा बर्णन” राखे राम्रो हुन्थ्यो होला ……छेउ न टुप्पो को कथा ………मलाई त मन परेन है ///

  13. अनि माला श्रेष्ठ ले भने जस्तो सबै सिरीखुरी लेख्यो भने त कथा नभएर महाकाब्य नै होलानी प्रयास ठिकै छ यसलाई कथा नै चाहिँ होइन लघु कथा नाम दिंदा ठिक होला

  14. कथा अत्यन्त उत्कृष्ट छ । वा ! क्या सुरूवात छ, शस्सपेन्स् सहितको । अनि Non-linear Story Telling प्रयोग गरेर कथाले नया आयाम दिएको छ । शब्दहरूमा सरलता र प्राकृतिक् मीठास् छ । पात्रको चित्रणपनि अत्यन्ति सुक्ष्मरूपमा गरिएको छ । त्यसमाथि, अन्त्य एकदमै सान्धर्विक् र यथार्थपरक् छ । यो कथा नेपाली साहित्यिक इतिहासकै सर्वश्रेष्ठ छ । 🙂

  15. भने पछि नेपाली ठिटो बिदेसमा लक्की पनि हुदो रहेछ है अरुको लागि बहादुरी मात्र हैन हेहेहेहेह हासो लग्यो यो कथा पढेर छेउ न टुप्पो सारै संधर्भिक चै भएन है कथाकार ज्यु …कि उसको लब कथाकार नै त हैन कतै हेहेह

  16. कसरी सुरु भयो कसरी अन्त भयो कसरी उसको प्रेमी
    सग भेट भयो केहि पनि खुलेको छइन छेउन टुपोको खल्लो कथा

  17. अलिक गतिलो लेख न यार कथा त, के के न होला भन्यो केहि छैन, बकम्फुस्से बिल्कुलै. म त प्रयाशलाई नि राम्रो भन्दिन. यसरी शनिबारको कथाको भाग पुरा गर्न पाईदैन हो, अर्को कथा चाहियो.

Comments are closed.