तिरुपति बालाजी काठमाडौँमा


भारतकै धनी मन्दिरमध्ये एक तिरुपति बालाजी मन्दिरका देउता पहिलो पटक काठमाडौँ घुम्न आएका छन्। काठमाडौँ बसाइकै क्रममा यहाँको टुँडिखेलमा उनको भुदेवी र श्रीदेवी नामकी दुई देवीसँग बिहे गराइनेछ। ३ वटै मूर्ति उतैबाट ल्याइएको हो। त्यसपछि शनिबार राति नै देउताको मूर्ति भारततिर फिर्ता लगिनेछ। उपेन्द्र महतो लगायतका व्यक्तिहरुको सक्रियतामा भारतका विभिन्न प्रदेशमा मात्र घुमाइने यो मूर्तिलाई पहिलो पटक विदेशमा ल्याइएको रहेछ। केही अघिदेखि निकै प्रचार गरिएको थियो यसको। के रहेछ भनी म पनि हेर्न गएँ। बाबाबा…लाइन त एकातिर काठमाडौँ मलसम्म, अर्कोतिर बसपार्कसम्म, फेरि अर्कोतिर रत्‍नपार्कसम्म रहेछ। लामो भए पनि लाइन भने छिट्टै सर्ने रहेछ। पैसा, फलफूल केही पनि चढाउन नपाउने, खाली दर्शन मात्र गर्न दिने भएकोले होला, लाइन छिट्टै सरेको !



१२ बजेदेखि टुँडिखेलमा दर्शन सर्वसाधारणका लागि खुला गरिएको थियो। मूर्ति टुँडिखेलको विद्युत प्राधिकरणको कार्यालय भएको ठाउँतिर वीर अस्पताल फर्काएर राखिएको थियो। पूजारीहरु पनि भारतकै रहेछन्। अलि टाढै बसेर मानिसहरुलाई दर्शन गर्न दिइएको थियो।


अलि पर गएपछि बल्ल प्रसादका रुपमा लड्डु बाँडिएको थियो। ठाउँठाउँमा लाइन बस्नेहरुलाई पानी पनि निःशुल्क बाँडिएको थियो। व्यवस्थापन राम्रैसँग गरिएको रहेछ।


मूर्ति मन्दिर कै भए पनि मूल मूर्ति चाहिँ हैन रहेछ। मूल मूर्ति चाहिँ मन्दिरमा नै रहने रहेछ। यो चाहिँ भारतका विभिन्न ठाउँमा घुमाउने मूर्ति रहेछ। यो मन्दिरको व्यवस्थापनलाई नमूना मानिन्छ। यहाँ सामान्य अवस्थामा दैनिक ५० हजारभन्दा बढीले दर्शन गर्ने गर्छन्। भेटी पनि उस्तै ! दिनकै २ करोडभन्दा बढीसम्म उठ्छ। तर भेटी पूजारीहरुले खाने हैन, राम्रोसँग ट्रस्ट बनाएर व्यवस्थापन गरिएको छ। दर्शनार्थीलाई चिया, कफी, खाना फ्रिमा खुवाइन्छ।


यो मन्दिरको व्यवस्थापनबाट सिकेर नेपालका पनि मन्दिरहरु विशेष गरी पशुपतिमा व्यवस्थापन गर्न सक्नुपर्ने हो। हाम्रो पशुपतिको त मार्केटिङ पनि राम्रोसँग भएको छैन। कति भारतीयलाई त एअरपोर्ट नजिकै पशुपतिको मन्दिर छ भनेर पनि थाहा छैन। भारतका थुप्रै भक्तहरुलाई पशुपति र त्यसपछि अरु ठाउँमा घुमाएर धार्मिक पर्यटन राम्रोसँग गर्न सकिन्थ्यो।


46 Comments

  1. ६०१ ? बा सो सरहका सम्पूर्ण सभासदहरुलाई बालाजीको परिक्रमा गराएर आफ्नो बाचा पुरा गर्न प्रतिबद्धता गराउनु पर्ने थियोकी?
    ऊबेला तामा र तुलसी पत्र छ्वायेरा अथवा चोरलाई कालभैरव ढोग्न लगाएर कायल गरे जस्तै!!!

  2. होइन भगवानलाई एकै चोटी दुइटा बुढी भित्र्याइ दिएर के गर्या हुन् मान्छेले ? उसैत घरमा बुढी हुदा हुदै बाहिर बुढोले लाईन मार्छन अब भगवान लाई नै एसरी खुले आम दुइटी भित्र्यौदा सबैले यहि फलो गरे भने त बर्बाद हुन्छ त !
    हे मान्छे हो मरे पछी भगवान्ले तातो करैमा फ्राई गर्लान है बोल्न सक्दैनन् भनेर जबर जस्ती बहु बिबाह गर्दिया छौ .भगवानलाई गराइ दिए आफ्नो पनि ताल मिल्ला भनेर हो के हो एस्तो उपद्रो गर्या ?

  3. उपेन्द्र महतो को saम्पति को के गरुन काहाँ देखाउन को एउटा नमुना र नेपाली लै बेबखुफ बनौने arko नमुना हो.

  4. हरे नेपाली दाजु भाइ दिदि बहिनि हरु हो एस्तो हुने नहुने ढुंगा को सुन को छाडी मुर्ति लाइ दर्सन भेट गरेर विभिन्न नहुने प्रबचन सुनेर किन समय खेर फाल्छ हो के एस्त ढुंगा को मुर्ति ले तिम्रो घर बार बनाइदिने भए के एस्त हरुले तेरो देस बनाइदिने भए अहिले सम्म हरेक नेपाली ले भगवान पुझेकै छ खेत तिमीले कह्गिले भगवंल्व तिमीले चाहे जस्तो धन लाभ गराइदियो तिमीले दुख र पसिना नबगाई कन अनि यिनी हरुले नेपालमा अरु केहि हैन यो नकली मुर्ति देखाएर येहको करोडौको मुर्ति चोर्न एक हुन साथी कुन ठाउको करोडौ खारोदौ को मुर्ति गाएब परिसक्यो नक्कली मुर्ति रिप्लेस गरेर होसियार दुम्बा हरु /////अनि येस्मा कनेक्सन चै ठुलै नेपाली नेता गुण्ड को हात छ जस्तो लाग्छ!!!!!!!!!!!!!!!!!!

  5. नेपाली हरु राजनीति , महंगी र अभावले ग्रस्त भएको बेलामा DSc Dr. Upendra Mahato is throwing his own Doctorate Degree into a gutter where the truth of natural laws discovered by science get to be recognised only after 3 centuries. God is also invented/ discovered? by humans. Tirupati, Pashupati, Mecca, Vatican…..all rely fully on science to publicise, collect property, bring in the devotees to their doors by using all the means discovered/invented/ developed by science. And these people feel proud that something devine power exists there(no one knows where?) ignoring the power of science.

    • Who said Mahato had a doctoral degree? That is just a honourary degree most possibly bought with his money cheated from innocent russians who do not have any knoweldge of capitalist money.

      • Dear XYZ, Please do not get confused, Dr U Mahato has a Ph.D and D.SC. degrees in International Academy of Information Technology from Minsk, Belarus. If you say honorary, he is the Honorary Consular General of Nepal in the Republic of Belarus. Cheating?? You cannot be a successful businessman without ‘brain’ and profit (a polite way for your word ‘cheating).

  6. काठमाडौँ बासीलाई राजनीति ह्यांग मेटाउने बाटो साथै नया कुरा बुज्ने अवसर |

  7. उपेन्द्र महतो लाई धेरै धेरै धन्यबाद दिनु पर्छ भारतको अति प्रसिद्ध तिरुपति बालाजी लाई नेपाल ल्याएर बिबाह सम्मपन्न गर्ने जुन कार्य गर्नु भो त्यो निकै प्रसंशनिय छ । हिन्दु धर्म मान्ेहरुको लागी यो ठुलै उपलब्धि हो तिरुपतिलाई नेपालमै दर्शन गर्न पाउनु एउटा गौरवको कुरा हो । साथै हिन्दु हरुले बिबाह कसरी गर्ने भन्ने कुरा पनि सिक्न पर्ने कुरा थियो । यदी सम्भव भए म उपेन्द्र ज्यूलाई नेपालमा भएका ठुला धामहरु जस्तै मुक्तिनाथ , पशुपति, मनकामना जस्ता देबि देवताहरुलाई भारतको बिभिन्न ठाउमा यस्तै गरी प्रचारको लागी लग्न सकियो भने भारती दर्शनार्थीहरु पनि नेपालमा बढाउन सकिन्थ्यो कि जस्ले गर्दा समग्र अर्थ तन्त्रमानै टेवा पुग्ने थियो कि

    • सुदर्शन जी,

      यो बहु बिबाह गर्ने हिन्दु धर्मको महिला माथि गरिने अर्को थप शोषण बारेमा पनि थाहा पाइयो ! गजब छ बा हिन्दु धर्ममा पुरुषलाई प्रधान वनाइ, मोज मस्ती गर्न अनेकन कथा बस्तु तयार परी महिलावर्गलाई सम्मोहन (hipnotize) गरि शदियौ देखि शोषण गर्दै २१औ शताब्दीको आजको दिनसम्म पनि यस्तो देख्नु परेको, हरे !!

      अनि यस्तो धार्मिक अन्यायको कुनै मनन नै नगरी गौरव हुने तपाईहरु जस्ताले आफ्नो घरको महिलावर्गलाई त न्याय दिन सक्दैन भने अरुलाइ त सोच्न पनि सकिन्न !!

  8. साच्चै पशुपति नाथको भेटीको पनि उचित व्यवस्थापन गर्न सके नजिकैको वृद्धाश्रमलाइ सहयोग जुटाउन हम्मे हम्मे पर्दैनथ्यो होला / अझ सुने अनुसार त पशुपतिको बजेटले सामान्य निशुल्क भोजन सबै भक्तजनलाई गराउन पनि पुग्छ /
    केहि राम्रो त जसको सिक्दा पनि हुन्छ नि !!

  9. नेता मात्र बिग्रेका भनेको त भगवान पनि उस्तै रैछन . हन दुइटी राख्ने लाइ मुलुकी एन लाग्दैन ? खै के हो के हो .

  10. धर्म सबैमा हुन्छ आफ्नै आफ्नै धर्म सबैले आ-आफ्नै तरिका बाट मान्न पाऊनु पर्छ ,कोई कसैको धर्ममा कसैले हस्तछेप गरेर कमेन्ट नगर्नु हिन्दु धर्मको सस्कार आनुसार यो भएको हो कसैलाई संदेश दिनलाई चलचित्र को निर्माण गरेको होईना मित्रज हरु ,,,धर्म आ-आफ्नै हुन्छ ,,राष्ट्र सम्पूर्ण धर्मालम्बीको हुन्छ ,देबी देउता कुनै देश विदेशको हुदैन किर्पया धर्मको बिरोध गरेर नाबोल्दिनु हुन बिनम्र अनुरोध गर्दछु

    • हिन्दु हुनुको नाताले हाम्रो आफ्नै देउताको कुकर्मको बिरोध गर्न किन नपाउनु ? जति पनि श्रीमती ल्याउनु पाइन्छा र ? गणेश र तिरुपति लाइ बहुबिहाको ऐन अनुसार कारबाही हुनुपर्छ ताकी उनीहरुका भक्तहरुले बहुबिबाह खराब भन्ने जानुन.

      • मित्र हजुरले जुन कुरालाई कुकर्म भन्नु भएको छ ,कु +कर्म को अर्थ हजुरले राम्ररी नै बुजेर लेख्नु भएको होला म एसको बारेमा बोल्न चाहन्न ,बहु बिबाहको एक पक्ष्य लाई मात्र हेर्ने हो भने तपाईको कुरा नि सहि हुन सक्छ,तर येही धर्म सास्त्रले दियका हजारौ सदबुद्दी र सहि बाटोलाई नस्वीकार्ने एक सादरण कुरो लाई बिग बनार हिड्ने हामी नेपालीको स्वाभिमान नै भई सकेको छ ,तेती मात्र कहाँ हो र येही कुरोमा नेपाल बन्द गर्न तयार हुनुहुन्छ महान नेपाली हरु तर सादरण रुपमा लिन सक्नु हुन्न तेसैले धर्म को बिरोध गर्नु हुन्छ धार्मिक क्रान्ति गरेर मान्छे मर्नु चै सहि हो भन्नु हुन्छ ,,,,,

        • धर्मले सिकायको राम्रो कुरा हरु चाहि के के होलान मित्र ? मा धेरै जान्ने बुझ्ने मान्छे त होइन तर धर्मले दियका राम्रा भनौदा कुराहरुको बारेमा अनभिज्ञ नै छु , कृपया तर्कपूर्ण उत्तर पस्किदिनु भय आभारी हुने थिय, धन्यबाद !

  11. साथी भाई हरु को कुरा सुनेर मलाई अलि कता मन छिसिक्क भयो! भगवान मा विश्वास गर्नु मात्र पनि अन्दबिस्वास कहलौछा र? एदी तपाई हरु आफु लै निकै बैज्ञानिक युग को भन्ने रुचौनुहुन्छ भने सायद तपाई हरु लाई यो पनि था हुन पर्यो कि डार्विन ले जे जस्तो अनुसन्धान गरे पनि अन्तिम मा मर्ने बेला उनले आफु लौ चर्च मै लगेर गाड्न भनेका थिए! मर्नु अगाडी उनले भने, ” मैले कहिले पनि भगवान छैनन् भनिन, मैले त मात्र एउटा स्यानु नया तरिका को सोचाई मात्र राखेको हो”!

    मेरो विचार मा भगवान मान्नु लाई अन्धबिस्वास मा लिय गलत होला. अझ सम्म न कसैले भगवान छ भनेर ठोस प्रमाण राख्न सकेको छ न त छैन भनेर नै, तेसैले गर्दा कोइ उनि माथि विश्वास राक्चन भने हामी ले त्यो भावना को आदर गर्नु पर्छ! म आफै म बुद्धिस्ट हु तर म तिरुपति को मन्दिर म दर्शन को लागि गाको छु! साचै नै अत्यन्त ब्रभाहित भएको थिय! प्रभु को जय होस्, हामी सबै नेपाली जनता को जय होस्! यो त हाम्रो सौभाग्य थियो तिरुपति आफै हामी माझ आएर दर्शन दिनु भयो! कृपया मित्र हरु सबै चिज लाई नकारत्मक रुप म नलिनु नै राम्रो होला!

    प्रभु को स्तुति मन्त्र प्रस्तुत गर्न चाहन्छु!

    विना वेंकतेसम नानाथो नानाथः
    सदा वेंकतेसम स्मरामी स्मरामी
    हरे वेंकतेसम प्रसीद प्रसीद
    प्रियं वेंकतेसम प्रयच्छ प्रयच्छ!!

    • मित्र sun ,
      तपाइले आफैलाई बुद्धिस्ट त भन्नु भयो तर छाटकाट हेर्दा त पक्का हिन्दु जस्तो लग्यो हो मलाई त ! तपाईलाई थाहा नभए जस्तो लाग्यो बुद्धिस्म्मा भाकाल, पुजा अर्चना अनि फलको आशा व्यक्तिगत स्वार्थको लागि कदापि हुन्न ! तपाई तिरुपति दर्शन गर्न गाको पाकै जगत कल्याणको लागि त होइन होला !!!!

  12. ओम नमोनारायण ,कुबुद्धि भएकालाई सद्बुद्धि देउ/कुविचार भएकालाई सुविचार देउ/कुविचार राख्नेलाई बिचरा भनेर क्षेमा देउ/जगतको कल्याण गरे,धर्मको रक्षा गरे/नेपालको पवित्र भूमिमा नारायण बालाजीको शुभ बिबाह भएकोमा आयोजकहरु धन्यबादका पात्र छन्/भगवानले नेपाल र नेपालीको रक्षा गरुन,कल्याण गरुन/

    • तपाइले भनेको जस्तै हुने भए त नेपालको ३३ करोड देउताले नेपाललाई कहाँ पुर्याई सक्थ्यो सुप्रभात जी, निन्द्रा बाटा जग्नुहोस र यथार्ततालाइ नियालेर हेर्नुहोस !!

  13. मैले त शिर्सक पद्दने बित्तिक्कै यो नेपाली को दच्क्षिना उठाउने मेलो हो भन्ने सोचे तर पुरा पढे पछि थाहा भयो/ एस्लाई अन्धबिस्वास र भारत को नेपाल बिरुद्दको चलखेल भन्नु भन्दा पनि नेपाल र भारत धार्मिक रुपमा एउतै धर्म मान्ने देश हुन् धार्मिक सहिस्नुता/तपाई हामीलाई थाहा नभएको कुरो हरेक वर्ष हजारौ नेपाली भारत को गया काशी लगाएत धार्मिक तिर्थ स्थलको भमण गर्न हजारौ खर्च गरेर ज्यान बाजी लगाएर जाने गर्छन तेस्ता भक्तजन को लागि यो कति खुसीको कुरा हुन सक्छ हामीले अन्दाज गर्न सक्दैनौ/हाम्रो बनि नै येस्तई छ पापी को मन परचित्त भने जस्तो अरुलाई खाली नराम्रो संकुचित विचार ले मात्त्र हेर्ने/एदी भेटि मात्त्र चडाउने भएको भए लाखौ उठौथ्ये कसले रोक्न सक्थ्यो र स्वोइच्या ले दिएको रकम हैन र???

  14. चिन्नी लै श्री खण्ड चन्दन नाचिन्नी लै ढुंगा न मुदो…..नेपाल एस्तो देश हो जहाँ जनता ले तिर्ये को tax ले भन्दा भगवान लाई चडाए को veti ले देश मा पानि ,बिजुली ,बाटो ,कारखाना ,अस्पताल ,स्कुल सरल तरिका बाट बनाउन सकिन्छ र धार्मिक पर्यटन मा पनि राम्रो नै हो यो कुरा यो कुरा कुनै पनि हालत मा अन्ध-विश्वासी छैन … बरु नेपाल मा गाइ काटी खाने हरु र विविन्न धर्म का धार्मिक दिन हरु मा सार्बजनिक बिदा माग्ने हरु जस्तै christmas मा अन्ध-विश्वासी हुन् … मेरो मतलब म racist होइन तर क USA UK मा गएर दशैं मा सार्बजनिक बिदा माग्दा दिन्छन र ? येसरी अरु लै गाली गरि राखनु भन्दा हामी आफु ले कै गरौ देश राम्रो बनाउन नासक्ये पनि आफु र आफ्नो घर ओरिपरी बिकाश गरौ….सडक मिची घर बनाउने आफु कै न गर्ने अरु को ऋष गर्ने अरु को घर आगाडी फोहोर फाल्ने गुश दिने लिने जस्ता अन्ध-विश्वासी काम नगरौ नेता हरु लाइ नि लाज लगोस्स न जनता क काम ले

  15. Its like Bryan Adams and MLRT how came did their concert and went with good money from poor county. I am also disappointed with mysansar it flows with media hype to cover glamorous religious occasion like this one and no word or even pic on something pristine religious gathering recently took place at Nagh bahal at Patan ( Samayak gathering) which takes place every 5 years.

  16. लु अब भने संबिधान बन्ने भयो| भारत चाकडीमा जाँदा भूतपूर्व राजादेखि कम्युनिष्ठ नेताले समेत दर्शन नगरी नछाडने तिरुपति बालाजी स्वयम काठमाडौमा पाल्नु भएपछि संविधानको मेलो सर्ला कि ! पशुपति नाथले हामीलाई रक्षा नगरेको धेरै भैसक्यो, अब तिरुपतिले पो रक्षा गर्छ कि !!!!!!!!!!!!!!

  17. सारै राम्रो काम गरे उपेन्द्र ले | हाम्रो जस्तो मठ ,मन्दिर र देउती देउता ,चाड ,बाड जात्रा भएको देश मा ,र बिसेस गरेर धर्मात्मा बस्ने देश मा ,यी येस्ता कार्यक्रम ब्यबस्थित रुप मा कसरि गर्न सकिन्छ ,मानिस को धार्मिक आस्ता लाइ जगाउन सकिन्छ यो सबैले मनन गर्नुपर्ने उदाहरण हो |
    धर्म,नैतिकता ,अनुसासन पुरक चिज भएकोले नेपालि समाज मा एसको अभ्यास को जरुरत छ |

    • गजब लाग्यो द्रोण जी, धर्मले पुरुषलाई बहु बिबाह गर्न पनि राम्रै ज्ञान दिँदो रहेछा र एक जना स्त्री ५ जना पुरुषको पत्नी हुनसक्ने पनि ज्ञान दिँदो रहेछा, अति राम्रो !!

  18. “भारतका विभिन्न देशमा मात्र घुमाइने यो मूर्तिलाई पहिलो पटक विदेशमा ल्याइएको रहेछ।” यो तपाईंको एक लाइन लाइ यहाँ साभार गरेको छु / भारत भन्ने त एउटा मात्रै देश हैन र जो करिब २६ , २७ राज्य हरु मिलेर बनेको छ /
    भारतका विभिन्न देश नभनेर विभिन्न राज्य भन्नु पर्थ्यो, यहाँ तपाईंको कलम चिप्ले जस्तो छ !!!!! जो प्राय सबै नेपाली पत्रकारमा हुने गर्दछ /

  19. जमाना अनुसार भगवान पनि विदेश धुम्ने भएछन, राम्रै हो | जहाँ तहिका मान्छेले बालाजीको दर्शन पाउने भए | हाम्रा पशुपतिनाथलाइ पनि शयर गराइदिए कम से कम बिदेशमा भएका नेपालीले पनि आफ्नै ठाउमा स्वागत गर्ने थिए | फेरी मूल मुर्ति नभई अर्को मुर्ति हुने भएकोले अप्ठेरो पर्दैन होइन | तर फेरी विदेशले भिसा नदेला भगवानलाई – यस्ता भ्रस्टाचारी , हत्यारा, लुटेरा भएका देशका देउता भनेर के गर्नु ?

  20. बास्तव मा साचै भन्ने हो भने हाम्रो नेपाली समाज यस्ता अन्ध विश्वास को भर मा चलेकै कारण विकास को गति मा अगाडी बढ्न नसकेको हो! संसार का अरु बिकसित मुलुक लाइ सम्झेर अहिले पनि हेर्यो भने त हामि त दुइ सय वर्ष भन्दा पनि पछी छौ भन्दा कुनै फरक पर्दैन जस्तो मलाई लाग्छ र अहिले पनि हामि मा ढुंगे युग को परिबर्तनको खाचो भएको महसुस मैले गरिरको छु र यो संसार मा भगवान भन्ने कसले देखेको छ?या त हाम्रो अन्तर्मन को कुरा हो कि त देखासिकी को भाबना भगवान प्रतिको जागेको हुनुपर्छ/ यदि यहाँ भनेजस्तो सबै कुरा भगवान ले गर्ने भए त हिन्दु मात्र का आराध्यदेव श्री पशुपतिनाथ को मूल मन्दिर भएको नेपाल त संसार मा अमेरिका भन्दा पनि माथि पुग्नु पर्ने हैन त बिकाशको कुरा मा?तर एउटा सहि र तथ्य कुरा चै के हो भने भारत को एउटा मन्दिर को ब्यबस्थान बाट नेपाली मन्दिर व्यवस्थापन समितिले पनि यस्तो राम्रो कुरा सिकेर मन्दिर मा पार्दर्सिता अपनाउने हो भने जरुर केहि नयापन आउन सक्छ तर हाम्रो पशुपतिनाथ मा धोति हरुकै बाहुल्यता भएको कारण ले पो मार्यो त!!!!!!!!!!!!!!!!!!

  21. तिरुपति कुन भगवान हो?, किन भारत मा धेरै पोपुलर भाको?, यो भगवान को दर्शन गर्दा के फलीफाप हुँदो रहेछ?, उपेन्द्र महतोजीले नेपालमा कुन उद्देश्य ले ल्याएका हुन्?, घुमाई पिच्छे दुइ दुइ जना संग बिहे किन गर्नु परेको?, हाम्रा देवी हरु येसरी हरेर लग्दा, हाम्रा स्वदेशी देउता रिसाए कि रिसाएनन, कृपया येस्सो लेखि दिनु परो सालोक्य जी !

  22. ‘भगवानसँगै भारतीय सुरक्षाकर्मीहरू पनि आएका थिए भन्ने सुनिएको थियो । फोटोमा हेर्दा पनि हो कि झैं लाग्छ । यो नक्कली मूर्तिका लागि पनि किन उनीहरूकै सुरक्षाकर्मी चाहिया होला । हाम्राले दिइहाल्थे नि ! के अरु देशका सुरक्षाकर्मी पोशाक लगाएरै कुनै पनि बहानामा हाम्रो देशमा छिर्न पाउँछ ? यदि पाउँदैन भने ‘हेलो सरकार’ कि त उनीहरूलाई पोशाक लगाउन बन्देश लगा, नमाने तिनीहरूलाई तुरुन्त फिर्ता गर् !!!

  23. त्यो मन्दिरको व्यवस्थापनबाट सिकेर नेपालको विशेष पशुपति मन्दिरमा व्यवस्थापन गर्न सक्नुपर्छ। भेटी पूजारीहरुले खाने हैन, राम्रोसँग ट्रस्ट बनाएर व्यवस्थापन गर्नुपर्छ। धर्म ले सदभाभ बढाऊछ, अनुशाशित र मर्यादित बन्न सहयोग गर्छ। तर धर्मको नाम मा अन्धविश्वासी , पाखण्डीहुनु चै नराम्रो हो।

    • धर्म जंगली स्वभाब जस्ता भएका मानिस ,लुट्ने ,मार्ने ,आफ्नो अधिन मा सबै लाइ राख्न खोज्ने मानिस बिरुद्द असल बाटो देखाउने ,नराम्रो काम गर्न बाट रोक्ने ,समाज लाइ शान्ति ,बिकाश ,मित्रता का साथ् रहने बाताबरण बनोस भन्ने भाब ले आजका बुद्दिजिबी जस्तै पहिले का असल मानिस जसलाई ऋषि मुनि भनिन्छ उन ले लेखेको ग्रन्थ हो \ नियम कानुन हो \ दुर्भाग्य शाशक भनौदा राजा महाराजा र उन का चाटुकार ले जनता दबाउने ,डर र त्राश उत्पन्न गराउने र आफ्नो बिरुद्ध र अधिन बाहिर नजाने औजार को रुपमा प्रयोग गरेको अस्त्र हो \ जाने नजाने हामि गलत गर्न हिचकिचाउ छौ र सम्पूर्ण मानिस प्रति माया र सद्भाव गर्न जानेका छौ यहि धर्म को असल पक्ष हो \ म धर्म लाइ यसरि बुझ्दछु \

  24. हामीले राम्रो कुरा पनि त सिक्न सकिन्छ नी, बालाजीको मन्दिरमा जस्तै आर्थिक व्यवस्थापन गरेर हाम्रो पशुपतिनाथ बाट पनि त हामीले आर्थिक तथा सामाजिक लाभ लिन सकिन्छ नी, हामी जे कुरालाई पनि नकारात्मक कोणबाट मात्र हेर्दछौ

  25. बसन्त थापा जी तपाइको विचार संग म सोरैआना सहमत छु | उपेन्द्र महतो जस्तो बिकाश प्रेमीले देश बिकाशमा राम्रै योगदान गर्नेछन भन्ने लागेको थियो , यस्तो भजन किर्तन मण्डली आयात गरेर के संदेश दिन खोजिएको हो ,त्यो पनि देश संक्रमण कालमा गुज्री रहेको अवस्थामा अन्धबिस्वाश को डोलीमा जनतालाई खेलाउनु समय सापेछ्य असान्दर्भिक कार्य हो भन्ने मलाई लाग्दछ |

  26. सक्कली बालाजिलाई मन्दिरमै राखेर नेपालीहरु माझ बिज्ञापन गर्न ल्याएको पक्का नै हो, मेरै घरकाले अर्को साल बैंकको औटोकार्ड बोकेर बालाजी दर्सन गर्न इंडिया जाने कार्यक्रम आजै बनाइसके. उल्लु नेपालीहरु. घरको स्याउ छोडेर अर्काको नास्पति टोक्नेहरू.

  27. बिश्वोकै धनि देवता वा मन्दिर (संगठन) मानिने यो तिरुपति काठमाण्डौ के कति कारण ले आयछ? अनि यहाका श्रीदेवी र भुदेवी संग बिहे गर्ने रे? उतै बिहे गरि हनिमुन मनाउन आयका हुन् कि यतै बिहे गर्ने हुन्, यी दुइ देवी पनि उतै बाट आयका हुन् कि यहि हाम्रै को हो? नाम त कहिल्यै सुनेको थियन तर दक्षिण भारत तिर चाहि श्रीदेवी भुदेवी भन्ने सुने को थिय, तेसैले उतै बाट बिहे गर्न मात्र यता आयको होकी हाम्रा देवी हरुलाई छड्के हान्ने नियतले आयको हो? के हो कुरो राम्ररि बुझियना!
    हामिकहाका हाम्रा देवी हरुलाई त यसरि हत्तन पत्त बिहे नगराउहै! नत्र फेरी दाइजो पेवा यो त्यो भनेर लुटी लैजाला देवी पनि उसंग सम्बन्धित धन सम्पति पनि!
    जे होस् पाउना देवता आयको रहेछ, तेसैत अतिथि देवो भव: भन्ने हामि झन् देवो नै अतिथि भव: भय पछी त झन् सलाम गर्ने पर्यो!
    लौ तिरुपतिको जय होस्: हामीकहा आइदिनुभयकोमा प्रणाम!
    अनि पाहुनाहरु धेरै बसिदिनु हुन्न भन्नेकुरा तिरुपति भगवान लाइ भन्न र सम्झी रहनु नपर्ला क्यारे, छिटै फिर्ती सवारीको चाजो पाजो पनि मिलाउनु होला है!

  28. गर्नु गरेउ उपेन्द्र बालाजी को विहे गरेर सोझा नेपाली लाई ठग्नु ठगेर | मन्दिरै मन्दिर को शहर मा किन चाहियो अर्को देउता ? ल्याउने नै भय पेट्रोल ,डिजेल ,ग्यास ल्याउन | बालाजी जस्तै सुलभ तरिकाले हैन भने भगवान हाम्रोमानै टन्नै छन् | किशोर तिवारी [अन्जान] झापा हाल मलेसिया

  29. हे भगवान…हैन जुन कुरालाई पनि गलत तरिका ले हेर्ने मानसिकता किन परेको हामी नेपालीलाई???
    उपेन्द्र महतोले बालाजीको यो मुर्ति नेपालमा ल्याएर एक हिसाबले राम्रो कम गरे…कम से कम येही मुर्ति हेर्न भारत जादा लाग्ने नेपालीको पैसा र समयलाई त बचाए नि हैन र????
    ए साथी हो…कैले कहिँ त अलिक सकराकमत कुरा सोचुम न हो…

  30. नेताहरु छोराछोरीको बिहेमा ब्यस्त छन्, जनता देवताको बिहे रचाउँनमा मस्त छन्|
    लौ हुने भो हाम्रो देश बिकाश गजबले| अहिले सम्म सामन्तीमा वर वधु बाहिरवाट ल्याएर झ्याईंकुटी गरेको थाहा थियो तर भगवान नै बाहिरवाट ल्याएर बिहे गराएर फुर्सदै फुर्सदको हामी नेपालीलाई मनोरंजन गराएको सुन्नमा आएको थिएन|

    • तिमीलाई अरु को आस्था माथि कमेन्ट गर्ने कुनै अधिकार छैन/

  31. अधिकाम्स नेपालीहरु आफै अन्ध-विश्वासी भएका कारणले भारतले नेपाललाइ ‘राजनीतिक उपनिबेस’ समेत बनाइएसकेको छ/ यो बालाजी प्रकरण पनि यसैको एउटा श्रीन्खला मात्र हो, कुरो गहिरो छ, सबैलाई बुझ्न गारो छ…./ तर मलाइ यो बास्तिबिकता व्यक्त गर्न कुनै संकोश छैन/
    अनेक प्रकारका धर्म भिरूहरु, तथाकथित जोगीहरु, तथानामका महात्माहरु पुरण लगाउन र अनेक होम-होमादी गर्ने भनेर सोझा नेपालि को पैसा, श्रम र समय लुटी फर्कन्छन/ अनि येताका यस्तै ‘पण्डित’ हरुले पनि यहि सिको गरेर अनुत्पादक यज्ञ गर्ने एउटा अभियान नै चलाउछन/ यसबाट हाम्रा महिलाहरु बढी प्रभावित (सिकार) भएका छन्/ यो ब्रह्म लूटलाइ कसले रोक्ने? अब हेर्दै जानु होला अहिले यहाँ भेटी चढाउन नपाइने भनिए पनि करोडौं चद्छा र पछी उता बालाजी मन्दिर जाने नेपालि को बार्षिक ताँती नै लाग्छ /

    बिचारा हामि नेपाली….

    • तिरुपतीको निशुल्क दर्शनार्थी हुनु भन्दा पशुपतिको हजारीया नै ठिक भन्न खोजेको हो कि के हो |

  32. ल देख्नु भो त एक बालाजी ले दुइ दुइ वटी देवी संग बिहे गर्ने रे ! अनि यस्ता बालाजी बाट के शिक्षा पाउने ? भगवान र नेता ले जे गरे पनि हुने ? अनि समाज मा व्रिकिती किन बढ्दैन त ! उपेन्द्र महतो को पनि दिमाग बिग्रेछ अब देश मा पानि ,बिजुली ,बाटो ,कारखाना ,अस्पताल ,स्कुल कसरि सरल र सबैको पहुच पुग्ने गरि बनाउने भन्ने तर्फ जनता लाइ जागृत गराउनु ,र राज्य लाइ दबाब दिनु को साटो अन्धबिस्वास को डोली बोकेर जनता लाइ भुलाउन थालेछ ! क्याबात नेपालि छोरो !

    • तपाईले एउटी पनि बीवाह गर्न केटि भेटाउनु भा छैन जस्तो लगेओ नि मित्र??

      आनी तपाई आफु नेपालमा बसेर बिकाश गर्न छाडेर कहाँ गोराको गुलाम हुन र सुख भोग गर्न अमेरिका जानुभा त?नेपाल आहुनुस बिकाश गरु, हामीले न पाए पनि नाती पनातिले बिकाश पाहुँन|

Comments are closed.