प्रजनन स्वास्थ्यमा एन्ड्रोइड फोन

निकै छोटो समयमा गुगल प्रवर्द्वित मोबाइल अपरेटिङ सिष्टम (ओएस) एन्ड्रोइड ले स्मार्ट फोनको बजारमा कब्जा जमाएको छ । एक अध्ययनअनुसार प्रयोगकर्ताको संख्याको आधारमा यसले सिम्बायोन तथा विन्डोज मोबाइल अपरेटिङ सिष्टम लाई पछि पारेको छ । मोबाइल उत्पादकले निःशुल्करुपमा यो सफ्टवेयर प्रयोग गर्न पाउने र ओपन सोर्स सफ्टवेयर भएको हुनाले प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एप्लीकेशनलाई परिमार्जन गर्न सक्ने हुनाले पनि यो लोकप्रिय भएको हो । हाल बजारमा लगभग दश हजारदेखि साठी हजारसम्मको एन्ड्रोइड मोबाइल फोन पाइन्छ । अनि एन्ड्रोईड मार्केटमा जानु भयो भनेर तपाईले कल्पनै नगरेका यस्तो पनि हुन्छ र ? भन्ने खालका रमाईला रमाईला एप्लीकेशनहरु भेट्न सकिन्छ । आउनुहोस केहीको बारेमा चर्चा गरौ ।

गर्भाधान गर्नु अगाडी : योजना बिहीन गर्भाधारण को बिकल्पमा पिल्स जस्ता अस्थायी साधन सधैको र सबैको लागी उपयुक्त नहुन सक्छन । अझ सामाजिक रुपले जटिल सम्बन्धहरुमा 😉 शारिरिक सम्बन्ध राख्ने कुरा गर्भाधानको कै कारणले कतिपयलाई जोखिमपुर्ण भै दिन्छ । त्यस्तै कतिपय अवश्थामा श्रीमान श्रीमतीले चाहेर पनि प्रतिकुल समयको कारणले चाहेको समयमा गर्भ नरहन सक्दछ । यस्तो बेला एन्ड्रोईड ओएस भएको मोबाईल बोक्ने जो कोहीलाई पनि Period and Ovulation Tracker  , Period Tracker , Get Baby जस्ता एप्लीकेशनहरुले तत्कालीन अवश्थामा शारिरिक सम्बन्ध राखे के कस्तो नतिजा हात पर्छ त्यसको जानकारि दिन्छ । यस किसिमका एप्लीकेशनहरुमा कुनै महिलाको पछिल्लो महिना रजस्वला भएको मिती राखे पछी अर्को महिना रजस्वला हुने सम्भावित मिती, त्यसै महिनाको कति तारीख देखी कति तारीख सम्म शारिरिक सम्पर्क राखे गर्भ रहने सम्भावना रहन्छ आदीको बारेमा जानकारी दिएको हुन्छ । यस किसिमको जानकारी स्वास्थ्य महिला लाई आधार मानेर दिने गरीन्छ र नियमित र ठिक समयमा रजस्वजा हुने धेरै जसो स्वस्थ्य महिलाको हकमा यो धेरै हद सम्म मिल्छ पनि भनिन्छ ।

गर्भाधान गर्ने हुदाँ : हुनलाई “छोरा न छोरी सबै बराबरी ” भनिन्छ तर छोरी वा छोरी कै चाहाना गरेर गर्भाधारण गर्न चाहनेको लागी Birth Predictor भन्ने एन्ड्रोईड एप्लीकेशन उपयोगी छ । छोरा वा छोरी जन्माउने चाईनिज क्यालेण्डरमा आधारित यो एप्लीकेशनमा जन्मीने बच्चाको लिङ्ग थाहा पाउन महिलाको गर्भाधारण गर्न चाहेको समयको उमेर र कन्सिभ गर्न खोजेको महिना को नाम दिनु पर्छ अनि यस एप्लीकेशनले कुन लिङ्ग भएको सन्तान जन्मीन्छ भनेर अनुमान लगाई दिन्छ । तर अनुमान भनेको अनुमान नै हो । अनुमान गलत नभएको अवश्थामा सही हुन्छ 😛

गर्भाधान भएको अवस्थामा : आफै वा आफ्नो घर परिवारमा आफुले हेरचाह गर्नु पर्ने कोही गर्भवती छिन र तपाई एन्ड्रोईड अपरेटिङ्ग सिस्टम लाग्ने मोबाईल फोन बोक्नु हुन्छ छ भने त्यसमा “I’m Expecting ” भन्ने एन्ड्रोईड एप्लीकेशन ईन्सटल गर्नुहोस । त्यसको साहायताले तपाईको बच्चा कति हप्ताको भयो ? कति दिन पछी जन्मीन सक्छ ? शरिरमा देखा परेका कुन कुन परिवर्तनहरु गर्भवती महिलाको लागी नर्मल हुन ? कति तैल बढ्दा त्यसलाई औसतमा साधारण मान्ने भन्ने जानकारी एकै क्लीक को भरमा पाउन सक्नु हुन्छ । अझ त्यसमा कति हप्ताको हुदाँ पेटमा बच्चाको आकृती कस्तो देखिन्छ देखी लिएर गर्भवती महिलाको शारीरिक बिकास तथा परिवर्तन कसरी भै रहेको हुन्छ भन्ने कुराको जानकारी सम्म दिएको हुन्छ । जसको अध्ययन वाट गर्भवती महिलाको हेरचार गर्न सजिलो हुन्छ ।

र अन्तमा , माथीका सबै एप्लीकेशनको प्रयोग सकिए पछी तपाई वा तपाईको मान्छेले बच्चा जन्माई सक्नुभयो भन्ने अनुमान गरीन्छ । यस्तो बेला माथीका सबै एप्लीकेशनलाई तत्कालीन अवश्थामा डिलिट गरेर “Hindu Baby Names” , Sleep Baby भन्ने एप्लीकेशन ईन्सटल गर्नु भए हुन्छ । जन्मीने बच्चाको के राख्ने भन्ने बारे लगभग 8000 वटा नाम दिएको हुन्छ Baby Names भन्ने एप्लीकेशनमा भने स्लीप बेबी भन्ने एप्लीकेशनमा राती सुत्न नमान्ने बच्चाहरुलाई अल्मल्याएर सुताउनको लागी बिभिन्न धुनहरु दिएको हुन्छ । कतिमिनेट सम्म यो धुन बजीरहोस तपाई आफै सेट गर्न सक्नु हुन्छ ।

यो लेख र लेखकले माथी उल्लेख गरीएका कुनै एप्लीकेशनको बारेमा कुनै प्रकारको दाबी गर्दैनन । लेखको आशय हातमा एन्ड्रोईड मोबाईल फोन बोक्नेहरु एप्स मार्केटमा आफ्नो आवश्यकता अनुसार एप्लीकेश खोजेर त हेर्नु होस भन्ने मात्र हो । आशा छ पाठकहरुले पनि त्यही रुपमा लिई दिनु हुनेछ र आफुहरुलाई थाहा भएका रमाईला एप्लीकेसन बारे थप जानकारी दिनु हुनेछ । धन्यबाद
[email protected]

 

29 Comments

  1. Android is the best operating system for mobile computing for those who know a little more about the software. I like android because this is open source and very customizable. AFAIK there is not a whole lot of thing you can do on IOS and you pay extra money for this software. I suggest all android users to go to http://www.xda-developers.com and find out what the advanced android users are doing around the world. You may be able to port a latest android, add more functionalities, make your phone a faster device and consume less battery etc etc..There are dozens of highly advanced and modified android OS available like CM, MiUi etc..

    Android 4.0 has devanagari support enabled in the browser. There were a few devices in the past that had this support available as the manufacturer tweaked the system themselves. Again, you can do anything you want with the open source system, if you know how to do it. But not to the iOS and Windows!

  2. SMS गरेर बच्चा जन्माउने दिन अाउछ भन्थ्यो एउटा मोरोले होकी क्या हो गाँठे ।

  3. आफ्नो त meego हो त्यसैले nokiako स्टोर मा धेरै applications पायिन्न /, कसैलाई थाहा छ ?? Meego लाइ हटायारा android कसरि हाल्न सकिन्छ ??

  4. थ्नाक्स ब्रो, हो एस्तो चै हुनुपर्यो क्या माइ संसारका कन्टेन्ट हरु अनि पो मज्ज़ लाग्छ…….धन्यवाद

  5. अनिशजी एन्ड्रोइन फोन चलाउनु हुन्छ हो ? , त्यो त एप्पल फोन मा पहिला नै थियो नि !

  6. तपाईंलाई ५० GB Cloud Storage चाहिएको छ ? तपाईंसंग Android फोन छ ? तलको लिंक मा Click गरी Box भन्ने App इन्स्टल गरी मार्च २३ भन्दा अगाडि नै Activate गर्नुहोस् | Iphone पहिले नै यो अफर आइसकेको थियो, सायद अहिले छैन |
    https://play.google.com/store/apps/details?id=com.box.android&hl=en

  7. छोरोहरुले hi -tech language use गरेकोले बुझ्न अलि time लग्यो l computer मा भर्खर बामे सर्दैछु l अर्को वर्ष सम्ममा त पक्कै पनि धेरै कुरा थाहा पाउछु होला l 🙂

  8. धेरै राम्रो मलाई त एकदम मन पर्यो . अनि हजुरलाइ नि ?

    • चार जनाले बुढी औला तल फर्काको देखेर सारै हाँस उठ्यो l किन हो कुन्नि ?

  9. अनिस को लेख अलिकति ब्रोअद हुन्थियो एदी apple को apps बारेमा पनि समेटेको भए. apple iphone मा पनि थुप्रै एस्तो apps हरु छन्.

    • सायद अनिशजी एन्ड्रोइन फोन चलाउनु हुन्छ, एप्पल फोन चलाउनु हुन्न होला !

      • you guys uses iphone, am i right ? you should know apples product is based on android Technology, so it does not mean that android is any mobile company and it has got new phone in market, so make your self smart before try to make somebody stupid.

        • oh really, i am really naive who does not know that apple uses android tech.. dude… you seem to be a very smart fellow who seems to know a lot about iOS developed by apple used in iPhones and android OS developed by google used in most smart phones other than iPhone.

          It must be your smartness that had understood if apple had used android and opened the iTunes for android based apps then Apple would not be that expensive… have a common sense dude.

        • Milan…you need to google to bring out some information regarding andriod and apple. IOS is not based on andriod…..Infact, andriod is highly influence by IOS.

          • guys dont be fking socalled intellectual.try to get informed that apple and microsoft were those company who used linux very first that is now being driven android os.simple this is that who love tech they always follow the freeware like linux, esp android.im not getting paid by google for these words but i know that google has very well tech products that apple and Microsoft never would offer for ifags.Google search ,map, you tube mail lots which has been potential for apple so they are forcing user to use substitute.
            here about os,apple was influenced by palm,that mother of fking any touch device.lately apple has nothing to call innovative so they put siri off the apps store and implied on their os and give a name siri can do bla bla blah.i laugh that pull down notification is literally copied from android.and again laugh that apple use patent for slide to unlock!!!! rectangular shaped phone…haha im not rich im in love of android freedom.

    • To be honest don’t look at these people that post one sentence response. This is completely preference. Personally I prefer iOS because it is by far the smoothest OS I have ever used. Also the apps are much more plentiful and it is much easier to access what you want in iOS, everything is organized in a manner that t is clearly visible. Android is still good but like I said I prefer iOS. Most android phone don’t even give you as much battery life as the IPhone 4s.

  10. अनिश जी,
    धन्यबाद जानकारीको लागि! आफुले जानेको कुरा शेयर गर्नु र थाहापायाको जानकारी तथा सुचना अरुलाई पनि थाहादिनु भनेको साह्रै राम्रो कुरा हो यसको सह्राहना गर्दछु र आभार सहित धन्यबाद दिन्छु!
    यसरीनै आफुले पायको जानकारी तथा सुचना बाडेर हामि अघि बढौ भन्ने मेरो आग्रह र कामना !
    फेरी पनि धन्यबाद!
    पुनश्च: एन्ड्रोइड् अपरेटिंग सिस्टम भयको सामसुंग को गलाक्सी ट्याब मा नेपालि स्क्रिप्ट आउने बनाउन र नेपालि स्क्रिप्तको वेबसाइट खोलिने साथै युनिकोडमा नेपालि लेखना मिल्ने कसरि के गर्दा बनाउन सकिन्छ होला कृपया कसैलाई यसबारेमा ज्ञान वा जानकारी भय बाढ्नुभय आभारी हुने थिय!

    • नीरोसे जी,
      अनिशजीको जवाफ आउँदै गर्ला । मलाइ जानकारी भए अनुसार चाँही एन्ड्रोइडमा नेपाली युनिकोड सपोर्ट बनिसकेको छैन । तर पनि नेपाली युनिकोडमा लेखिएका साइटहरू पढ्न सक्ने उपाय भने छ । यसका लागि तपाइँले एन्ड्रोइड बजारमा निशुल्क पाइने ओपेरा मिनि ब्राउजर इन्स्टल गर्नु पर्छ । त्यसपछि ओपेरा खोलेर त्यसको एड्रेस वारमा config: टाइप गर्नुहोला । त्यसपछि खुल्ने पेजमा अलि तलतिर गएर Use Bitmap fonts for complex script मा No बनाउनुहोस् । अब तपाइले माइसन्चार लगायत नेपाली भाषामा लेखिएका सबै साइटहरू पढ्न सक्नुहुन्छ ओपेरा व्राउजरमा ।

      • मेरो माथिको जवाफमा अलिकति उल्टो भएछः Use Bitmap fonts for Complex Script मा No हुन्छ, त्यसलाइ Yes बनाउनु होला ।

      • धन्यबाद शान्तिप्रेमी जी,
        निकै उपयोगी जानकारी दिनुभयो! बिगत केहि दिन यसैको लागि रुमल्लिरहेको थिय! अब तपाहिको सल्लाह अनुशार गरि हेर्नेछु सायद समस्या समाधान हुन्छ कि!
        धन्यबाद फेरिपनि!

      • नेपाली पढ्न मिल्ने बनाउन अनि लेख्न मिल्ने बनाउन मोबाइल लाइ अनरुट गर्नु पर्दो रहेछ ! तेसो गर्दा वार्रेंटी चाहि उड्छ ! अनि रुट मा गएर अन्द्रोइड को लागि हिन्दि फन्ट डाउनलोड गरेर हाल्यो भने काम गर्दो रहेछ….. मैले पनि गरेको त छैन तर मेरो एउटा साथी ले चै गर्नु भएको थियो samsung nexsus s Android मा…. अनि युट्युब तिर पनि प्रसस्त तरिका भेट्नु हुन्छा !! एसको बारेमा अनिश/सालोक्य जस्ता योग्य व्यक्ति हरु बाट बिस्तृत प्रस्तुति हरु आए धेरै नेपाली हरु लाभान्वित हुने थिए, सम्सुग ले नहालेको युनिकोड चै नेपाल मै हालेर देखौना पाए, सम्सुंग छक्क पर्थ्यो कि !!

      • शान्तिप्रेमीजी, महिले पनि पछिल्लो बर्ष देखिनै मेरो htc Evo 4G Android फोनमा नेपाली समाचार मुलक वेब साईटहरु हेर्न खोजेको थिंए र एक दिन साझा डट कम मा एक जना साथीले ओपेरा मिनीको जानकारी दिनु भएको रहेछ र सो जानकारी महिले पनि आफ्नो फोनमा प्रयोग अनुसरण गरें र धन्य रहें तर किन हो माई संसारको सबै बिषय बस्तु खुलेर पनि अन्तिममा रहेका साथीभाईहरुका सबै प्रतिक्रियाहरु भने खुल्न सकेको छैन ! कथम्कदाचित खुली हाल्यो भने पनि धेरै लामो प्रतिक्षा पो गर्नु पर्छ हो ! यंहालाई तत् सम्बन्धी केहि जानकारी छ कि ?

      • तपाहिको सल्लाहा उपयोग गरि प्रयोग गरि हेर्दा हालको लागि नेपालि पत्रपत्रिका पढ्ने समस्या समाधान भयको कुरा आभार सहित जानकारी गराउदै धन्यबाद छ है शान्तिप्रेमी साथीलाई!

Comments are closed.