छोराछोरी विदेशमा, बूढा आमाबाबु घरमा एक्लै

-खगेन्द्र सिक्तेल-

“मात्री देवो भव, पितृ देवो भव”, “आगो ताप्नु मूडाको अर्ति सुन्नु
बूढाको” भन्ने जस्ता आदरार्थी प्रचलन बाट आएको संस्कारमा बिस्तारै
मातापिता, अग्रज जेष्ठ नागरिकहरुसंग बसी उनीहरुलाई बृद्धाबस्थामा साथ
सहयोग दिने चलन लगभग पुरै हराएको स्थितिमा हामी पुग्नै लागेका छौं।
समयकाल परिस्थितिले गर्दा सन्तानहरु उच्चशिक्षाकालागि होस्, राम्रो
व्यवसाय/ जागिर पाउनाकालागी होस् वा आफ्ना सन्तानको भविष्य निर्माणकालागि
भनेर सम्पन्न परिवारका छोरा-छोरी बिकसित मुलुकमा जाने चलनले गर्दा बृद्ध
माता-पिता घरमा एकान्त जीवन बिताउन बाध्य छन् केहि अपबाद बाहेक। यदा कदा
केहि रहल पहल सन्तान आफ्नै देशमा हुदापनि घरमा बूढाबुढी संग बसेमा सन्तान
बिग्रने “उहिलेका कुरा खुइले” भन्ठानेर अलग्गै बस्ने नया थालनी धेरै
बढेको छ।

कैयौं दशक सकृय जीवन यापनगरि परिवार, समाज तथा राष्ट्रिय परिदृश्यमा
योगदान पुर्याइ निवृत्त अवस्थामा पुग्दा जेष्ठ नागरिकहरु अनायाश एक्लो
तथा लगभग असहाय भएको महशुश गर्न बाध्य छन्। जीवनका धेरै बर्ष अथक
परिश्रमगरि सन्तानको भविष्य उज्वलबनाई आफ्नो बृद्धाबस्था सुरक्षित र सुख
शान्ती पुर्वक विताउने अभिलाषामा धेरै संघर्ष गर्दा भोगेका कठिन दिन र
घटना संझी सम्झी अमिलो मन लिएर धेरैको बुढेसकाल बितिरहेको छ हाम्रा गाउँ-
सहरका आमा-बा हरुको। वास्तवमा पुगिसरी आउनेहरुको त यस्तो अबस्ता छ भने
अब सिमान्तकृत परिवारका जेष्ठ नागरिकहरुको के हालत होला अनुमान गर्न कुनै
गारो छैन। आर्थिक विपन्न परिवारमा धेरै मानिसहरु ४५ बर्षको उमेर
नाग्दानाग्दै साधारण रुपका ७०-७५ बर्षका जस्ता देखिन्छन।

राम्ररी नजिकिएर पाका बुबा आमाहरुसंग कुरा गर्दा भन्नु हुन्छ ” यो ठूलो
पक्का घर सारै दुख्खले आर्जेको सम्पतिहो बाबु सबै छोरा बुहारी नाती
नातिनी वोरिपरी रमाउदै बस्लान भनेर, तर ऐले यै हाम्लाई वोडार भो। दिनभरि
त जसोतसो २-४ मान्छे देखिन्छन, रातपर्दै गएपछि मनमा त्राश बढ्दै आउछ, अब
राति बूढा वा बुढी बिरामी परेमा कसको सहायता कसरि पाउने होला भनेर।”
विचार गरौन हाम्रो बुढौलीको हालत ?

नेपालमा ६० बर्ष नाघेका जेष्ठनागरिकहरु लगभग ८% पुगेको अनुमान छ तर यत्रो
जनसंख्या जो अनुभब र संघर्षले खारिएको छ, तेसै उपयोग बिहिन र अब्यबस्थित
छ। देशको ८ %जनताका सवालहरु बेवास्तामा छन्। नत राज्यले यिनका बारेमा
कुनै नीति र कार्यक्रम एकिन गरेको छ ( सिबाय ५०० रुपैया भत्ताको, त्यही पनि ७०
पुगेकालाई ) न यस देशका मानव अधिकारबादी संस्था, गैसस तथा नेपाल सहयोगी
समूहले। ऐले नेपालमा शक्ति देखाउन सक्ने समुदाय र वर्गले भने आफ्ना
अधिकारकालागि आन्दोलन ( चक्काजाम, घेराउ तथा तोडफोड ) गरेरै पनि राज्यलाई
गलायेकाछन् तर जेष्ठनागरिकहरु ध्वोंसात्मक गतिबिधिले राज्यलाई हानिहुने र
तेस्तो बाटोलिन गारो मान्ने समुदाय हुदा सबै तिरबाट यसका जायज
मुद्दाहरुको पनि बेवास्ता भैरहेको अवस्था छ।

अत: यसदेशमा अरु समुदाय जस्तै जेष्ठ नागरिक पनि एउटा महत्व राख्ने
समुदाय हो र एसका सबालहरु पनि राष्ट्रका मूलसवालहुन् भन्ने सबै सरोकारवाला
हरुलाई बुझाउन जरुरि छ र बुझ्न पनि तेत्तिकै आबश्यक छ। किनकि हामी सबैले
पाको उमेर पार गरेरै घाटमा पुग्नु पर्ने हुन्छ, केहि अप्रत्यासित र
अवान्छित दुर्घटना बाहेक। राज्यले, समाजले र परिवारले जेष्ठनागरिकहरुको
आदरपुर्बक उपयोग गरेमा धेरै सामाजिक दुर्घटना कम हुन सक्छन, अनुसाशन, शिल
शोभाब बढ्ने र सद्भाव वृद्धि हुने छ।

यक्लाशे पारिवारिक जीवन बिताउन बाध्य जेष्ठ नागरिकहरुले आफ्नो बुढौतीलाई
भौतिक तथा आत्मिक सुख्खपुर्बक दिन बिताउनकालागि केहि नया परिपाटीको विकास
मार्फत एउटा सुबिधायुक्त “हाम्रो आफ्नै घर आफ्नै परिवार” प्रबर्धन गरौँ।
जसले भौतिक सामिप्यता र आत्मिय सन्तुष्टि दिनेछ, हामी एक अर्काका
सहयोगी, परिवारका सदस्य भएर संगै बस्ने छौं।

उपरोक्त धारणामा आधारित कार्य हाम्रो देशकालागि एउटा नया र नमुनाकै काम
हुने छ। वृद्धाश्रम भनेर पशुपति र देवघाटका असहाय र अनाथ आश्रमलाई मात्र
सम्झने चलन छ हाम्रो देशमा, जहाँ अर्काको कृपाबाट बच्छन हाम्रा
जेष्ठनागरिकहरु कष्ठकर जीवन। यसको विकल्पमा सुब्यबस्थित हाम्रो आफ्नै
घर, आफ्नै लगानी र आफ्नै व्यवस्थामा निर्माण गरि संचालन गर्न तपाई हामी
मिलेर कम्मर कसौं, हाम्रो आफ्नै र समग्र राज्यको जल्दो बल्दो आबश्यकतालाई
पुरागर्न एउटा कार्यमूलक अनुशन्धानमा केहि चुनौतीनै भए पनि अगाडी बढौं,
यो एउटा अबशर हुनेछ।

26 Comments

  1. कोही एही देसमा अबिभाबक र खान नपाएर हल्बेहाल छन् भने कसैले सहारा पाएका छैनन् एसको निम्ति समुदाय , राष्ट्र र सबै सचेत बर्गले गहिरो रुपमा सोच्न तथा सहायोग्त्मक बेबहार गर्न सक्त जरुरि छ /

  2. खगेन्द्रजिको लेखा पढेर धेरै दुखः लाग्यो जिन्दगीमा मैले धेरै बाबु आमा देखेको छु आफु सिक्ष्तित र हुने खाने वयेपछी बाबा आमा लाए बिर्सेको अरु त क कुरा मेरो आफ्नै मामाले मेरो मामल्को हजुरमलाए कुन हबिगत बनाएको थियो वन्ने कुरा त स्वयम् हजुरमा ले नि महसुस वयेना होला, कति कुरा मैले मेरै आखाले देखेर पनि प्रतिवाद गर्न सकिन त्यति खेर मा अलि सानै पनि थिए, तैपनि कहिले कहिँ त प्रतिवाद गर्छु j हुन्छा हुन्छा सोच्थे तर पनि गर्न सकिन हजुरमा lae आफुसंगइ ल्याएर राख्ने आर्थिक हैसियत मसंग थिएन, हजुरमा को आसिर्बादले नै मेरो प्रगति हुदै गयो तर मैले केहि काम गरेर उहाले राम्ररी पालनपोषण गर्छु वन्ने सोच्न नपाउदै उहा परमधाम हुनुभयो मैले राम्रो कम पाए तर पनि उहाको लागि केहि गर्न नसकेकोमा अहिले पनि पश्चाताप हुन्छ , आर्को कुरा मेरो मामा चाही अहिले जेस्ठ नागरिक पर्तिस्थानको सदय्सा हुनुहुन्छा आजकल uhalae देख्ने बितिकै कन्सिरी तातेर औछा आफ्नी आमा जिउदो हुदा चाही कुकुरको जुनी भोगाये अहिले चाह्ही जेस्ठ नागरिक पर्तिस्थानको सदय्सा रे कति हशुद्ठो त्यहि भएर मलाई मुखमा राम राम बगलीमा चुरा हुने मान्छेको अनुहार नि हेर्न मन लाग्दैन. म जहिले पनि जेस्ठ नागरिकको बारेमा सुने देखे vane सधै मेरो हजुर्माको सम्झनाले सताउचा र दुख लाग्छा केहि गर्न नसकेकोमा

  3. माता – पिताको श्राद्धसम्झना
    अशोज ६, २०६५ नुयोर्क

    आमा धन्य तिमि मलाई तिमीले शृष्टि गरेउ लोकमा!
    नौ मैना सम्मत्यो कसोरी तिमीले हुर्कायेउ गर्भे महा !!
    कत्ति सास्ती सहेउ सधै खुशी भयेउ सन्तानका मोहले !
    जन्मी-हुर्कि बढेर केन गरला भन्ने बड़ो लोभले !!

    कयौं पल्ट तिमि पुगेउ पनि अरे त्यो कालका मुखमा!
    सबै कष्ठ सहेउ पिडा बिर्शी गयेउ सन्तानका सुक्खमा !!
    ज्यादै खुशी भई मलाई तिमीले लियौरे काखै महा !
    आनन्दित भई मलाई तिमिले चुन्बन दियेउरे वहाँ !!

    स्तनपान गराई रात भरनै जागै पनि बस्थ्यौ रे !
    मेरो बाबु बिरामिपो हुने होकी भनि सधैं श्यार्थ्येउ रे !!
    आफ्नै आङ नाङ्गो राखिकननी मलाई छोप्थेउ अरे !
    मेरो बालक यो पछि ठुलो भई सुख्देला भन्थेउ अरे !!

    आफ्नो गाँस कटाई भरपेट मलाई पार्थेउ तिमि !
    तातो भात फुकी फुकी कन पनि मलाई दिन्थेउ तिमि !!
    घाममा पोल्छ भनि छहारी सरिभै छेल्थेउ मलाई तिमि !
    वर्षा बाट पनि बचाउनु भयो वोडार जस्तै बनि !!

    चिशो लाग्ला भनि नुहाउन पनि पानी तताउनुभो !
    मलाई दुखः नहोस भनिकन सधैं विचार पुर्याउनुभो !!
    येस्तै आनन्दले भरेर ममता मलाईसधैं दिनु भो !
    आमा भन्न मलाई यसरि सुबर्ण अवसर मिलो !!

    यस्तो घोर आपार सागर सरि माया मलाई मिल्यो !
    हुर्कें बालखझैं सदा ममताको बत्सल्य पुरा मिल्यो !
    आयो एक हुरी चट्याङ्ग जसरि आमा हराउनु भो !
    एकछिन मात्र पनि अलग्ग नहुने छाडी कता जानु भो!!

  4. बास्तबमा अहिलेको नेपालको परिस्थिति येस्तई हो / बरु अब चनाखो भएर आफ्नो सुरक्ष्य बेली मा सोच्नु पर्ला / तेसैले आउनुहोस हामी सबै मिलेर केहि गरौ पाकाहरुको लागि / नत्र पछी पछुताउनु मात्रै पर्ला / खगेन्द्र सर र मा त एयातई संस्थामा कम गर्छु जसको नाम हो अस्मि / अस्मि ले यो बिसयमा केहि कम गर्न सुरु गरेको धेरै भयो / निर्माणका कम गरेनौ / अब त त्यस्तार्फा पनि सोच्नु पर्ने बेला भयो / मेरो बिचारमा त साझा सवालका लागि केन्द्र अथवा सामुहिक बसी जहाँ एक ले अर्को लै सघुना सकियोस /
    हुन्छा प्रतिर्किया को लागि अस्मि को तर्फा बाट पनि धन्यवाद है मित्रहरुमा /

    श्रीधर लामिछाने

    • गफ गर्न पैसा लाग्दैन जे जे गफ दिए पनि भएकै छ / चिल्ला चाप्ला गफ ले कसैको भलो गर्दैन / अर्ति दिन सजिलो हुन्छ यो कुरा सबैलाई थाहा छ / खल्ती मा पैसा भए पछि नेपाल मा सबैलाई सम्मान गरिन्छ / मान पाउन लाइ विवेक चाहिदैन पैसा भए पुग्छ /

  5. के गर्ने बाध्यता नै त होलानी बाउआमालाई एक्लै छोडेर बस्ने, हाम्रो पनि हालत उही छ / हामी दुवैजना को job ktm मा n ghar biratnagar मा / बामा लाई ktm आउनु भन्दा नमान्ने हामी brt जान काम नपाउने के गर्नु बुढेसकालमा एक्लै छोड्नु परेको छ / दुवैजना पालैपालो बिरामी भएर हैरान / घरमा पनि र ससुरालमा पनि सेम हालत /

  6. खगेन्द्र जी को कुरा अत्येंट सत्य कुरा हो / कसै को छोरा छोरी विदेश मा बृद्धा आमा बुवा यहाँ कस्ट कर जीवन भोगी रहेको हुन्छ / छोरा छोरी ले आफ्ना आमा बुवा लाई सम्झने फुर्शदै हुँदैन / आफ्नै दश भएको छोरा छोरी ले पनि आमा बुवा लाई न हेरेको पनि प्रसस्त छ / मेरो दिदि को तिन जना छोराहरु छन् वचा मा दुख कस्ट गरि हुर्काएका छोराहरु अहिले सबै को जागिर छ स्वास्नी छन् आमा बुवा लाई हेर्न फुर्शदै छैन / आमा बुवा ले खर्च को लागि केहि पैसा मागे बुहारी हरु को भैशी को आखा देखि छोरा हरु तर्सिन्छन /

  7. सम्पूर्ण प्रतिक्रिया दाता सम विचारका मित्रहत्रहरु, नमस्कार तथा धन्यवाद ! मेरो यो भावना भन्दापनि नेपालको वर्तमान आबस्थाको चित्रण हो / हामी सबै बिस्तारै पाको उमेरमा पुग्छौं/ येस्बिसयामा सबैले केहिन केहि सोचेर गर्नपर्ने कुरा औंल्याउ र गर्न सक्ने काममा लग्न विनम्रता पुर्बक अनुरोध गर्दछु/ फेरी सबैलाई धन्यवाद !

  8. खगेन्द्र सिक्तेल सर को लेख अति राम्रो लागो वास्तविक जिबन मा घटी रहेको अति जल्दो बल्दो समस्या लाई लेख मार्फत उजागर गर्नु भएको मा धन्यवाद !

  9. खगेन्द्रजी !!!
    बिषयको उठान मात्रले पनि आँखा रसाएर गला नै अबरुद्ध भयो |
    मन भक्कानियो…
    खै के कमेन्ट गरौ ..साहस नै छैन |
    भाग्यलाई दोष दिउँ भने हिटलरले जस्तै आफैले कोरेको भाग्य रेखा हो |
    बुद्धको उपदेश को मर्म बल्ल बुझ्दै छु जस्तो लाग्छ …दुख:को मूल जड़ो त हाम्रा आफनै असिमित इक्षा मात्र हुन् | जती धेरै इक्षा त्यति बढी दुख: |
    नमो बुद्धाय !!!!!

  10. मान्छे परिस्थतिकाे दाश हाे ! चाहे त्याे गरिब वा धनि ! सबै कुराले संम्पन्न छ तर आफनै अबिभाबक  एउटा लठ्ठीकाे मात्रै साहारा लिएर बृध, बृधाहरू कठाेर, असाहाय जीन्दगि बाँचेकाे छ । जाे जाेडी बाँचेकाछन कम्तिमा दुःख पाेखाउने र बिलाैना कहने, अनि अभाबले काटेर मनकेाबह बिसाऊने ठाउत छ ! जाे बृध वा बृधा एक्लै बाँचेकाकाे छ । उस्काे  हबिगत झन के हाेला ?
        समाज र छिमेकी छन, तर के गर्नु, मान्छे जे भने पनि आफनुलागि आफै बाँच्ने भएकाेले साथ कतै पाउदैनन् ! अभाब आ आफै संग संमाल्नै नसक्ने गरि आेईरिएकाे छ, सबै तिर लथिलिंङ्ग छ ! कस्ले कस्लाई साथ दिने ! चाहेरै पनि बाँच्ने समस्याले संम्भब छैन !
           त्यसैले याे बाँच्न देखि सुबिधाभाेग गर्न संम्मकाे अराजक प्रतिस्प्रदा र ब्यबहरिक समस्याले गर्दा याे समस्या नयाँ तरिकाबाट हाम्राे समाजमा भित्रीएकाे डरलाग्दाे रूप हाे । यसलाई सरकार, नागरिक समाज लगायतका संम्बन्धित ठाँऊहरूबाट ब्यबस्थित गर्न सके, ठूलाे मानबीय उध्दार हुने थियाे । किनकी संन्तान चाहिने बेला यहि बेला हाे । भएरै पनि यति क्रुर अमानबीय समस्या अबिभाबकले झेल्नु परिर।ेकाे छ । सबै पक्षले गाँउ देखि सहर संम्म  ब्यबस्था गर्न पहल गर्न जरूरि छ । 
        याे लेख समाज भित्र सल्किरहेकाे आगाे लाई समयमै देखाउनु भएकाेमा -खगेन्द्र सिक्तेल-
    ज्यू जस्ता स्रष्टा संग समस्या भाेगिरहनु हुने अबिभाबक र जनताहरू आभारी छन् । तपाईलाई मुरि मुरि धन्यबाद ! तपाईकाे कलम नेपाली समाज, साहित्यमा भएकाे बिकृति र परिबर्तन गर्न सधैं लागिरहने जाेश, जाँगर तथा  सफलता मिलाेस । तपाईलाई शुभकामना ! किनकी मान्छे बाँचेर पनि मरेकाे अबस्थालाई देखाउन सक्नु भएकाे छ ।
    धन्यबाद !
         

  11. यहि रोग ले सताएको पिडित म के कमेन्ट गरौ र हजुर न बाउ आमा लै खुसि राख्न सकियो न आफु खुसि भएर बाच्न नै सकिएको छ | लोभमा फसिएको जिउदो लास भैयो हजुर अर्ति दिन सकिएन बरु यहाँहरु कै सल्लाह को आभारी छु |

  12. विवशता त भन्नै मिल्दैन, बिडम्बना भन्नु पर्छ शायद l आफुलाई जन्म दिएर, हुर्काएर, पढाएर, जिन्दगीको ठेलमठेल वहाव संग संघर्ष गर्न सिकाउने बाबु आमा आज आफैले पसिना बगाएर खाई नखाई दुइ दुइ पैसा संगाल्दै निर्माण गरेको आफ्नै घरमा बस्ने बास नपाएर कहीं कतै आश्रम मा मुढो जस्तै “कसैले खाना दिन्छ कि !” भन्ने आशामा पर्खेर बसेका देख्दा कति पिडा हुन्छ त्यो त यहि मनलाई थाहा छ l यस्तो परिस्थितिमा मेरो विवशता, एक छाक खाना दिन सकुँला तर सबैलाई सधैं पाल्ने सपना संगाल्न पनि सक्दिन l ज्वाला दन्केर आउँछ मनमा अफसोचको, ति ठुला बडाहरु प्रति जसले आफ्नो कर्तब्य बिर्सेर आफ्ना जन्म दाता भाग्य विधातालाइ सडकमा लगेर मिल्क्याइ रहेका छन् l यो लेख एक पटक ति दिनहिन हरुको नजरमा परोस जसले आफ्ना जन्म दातालाई आश्रम मा जबर जस्ती धकेलेका छन् l भगवान संग प्रार्थना मेरो, यो लेख उनीहरुले पढून र आत्माग्लानी भएर ति वृद्द बाबा आमालाई घर फर्काएर राम्ररी स्याहार सुसार गरेर पालुन l

  13. धेरै के लेख्नु र मुटु मिचेर दुई थोपा आँसु! बस यती नै! बढी भन्ने शब्द नै छैन!

  14. सबै तेस्तै छैनन् तर कोहि मात्र होईन धेरै उस्तै हुँदै गएकोछ/ आफुलाई sex को प्रतिफल ठान्ने सन्ततिको बाउ को आमा को? जो अझै आफुलाई “सन्तान” मान्छ उसको मिति बा मा पुज्य नै हुन्छ; अरुको लागि बिपरित लिंग भएकोनै बाउ पनि हुन्छ आमा पनि हुन्छ, तर जवान रहुन्जेल खल्तीमा रकम रहुन्जेल तेसपछी …. उनीहरुले गरेकै कुरा उनीहरु माथिनै दोहरिन्छ/

  15. हूनाता येस्मा मलाई पनि दुख त लाग्छ , तै पनि सबै मा नहोला बाउ आमा ले नै पैसा कमौना जा भनेर बिदेश पठाउने हरु नेपाल मा धेरै छन् , येस्मा अलिकति उनीहरुको पनि दोष छ , पहिला के के न हुन्छ अनि पछि येक्लींचा

  16. अरु कसैको सरोकार को कुरो भएको भए यस्तो उस्तो ढिस्कानो फलानो भनेर टिका टिप्पणी गर्न तम्सिने यी मेरा हात हरु खगेन्द्र ज्यु को लेख पढे पछी लत्र्याक लुत्रुक्क परे ! रंगे हात चोर समातिदा जस्तो अनुभव भयो ,
    समय परिस्थिति संग पौठे जोरी खेल्दै धेरै टाढाको बिदेस मा आई आर्थिक र सामाजिक रुप ले आफुलाई दरो साबित गर्न चाहने हरुको भिड मा म आफु लाई पनि समाबेस गराएको झन्डै दुइ दसक पुगी सकेछ , हो पहिला बाध्यता बिबसता र रहर थियो तर अहिले अर्कै परिबेस को सिर्जना भयो , सायद पश्चिम को हावाले भेटेर पनि होला अब त आदत र बानि नै बिग्रियो.
    नेपाल फर्केर बुवा आमा लाई स्याहार सुसार गर्दै बस्न सक्ने हिम्मत पनि आउदैन .म जस्तै धेरै नेपाली हरु धन दौलत को पिछलग्गु हुदा आफ्नो कर्तब्य लाई तिलान्जली दिन बाध्य छौ . पैसा ले माया ममता र कर्तव्यको ठाउँ कदापी लिन सक्दैन,भलै अलिकति सन्तुस्टी किन नमिलोस !
    तपाइको लेख ले म जस्ता छोरा हरु लाई पक्कै पनि भक्कानो छुटाउने छ.

    • कमेन्ट लेखौ भनेर दुवै हातमा थु थु गरेर क्लिक गरेको त….तपाइको संग नक्कल हुने भयो…..

    • भण्डारी कान्छोजी,
      कमसेकम प्रतिक्रियाको अन्तमा, सान्त्वना स्वरूप “भविष्यमा देश फर्केर बाबु-आमाको सेवा गरेर बाँकी जीवन बिताउने प्रयास गर्नेछु” सम्म पनि लेख्न सक्नु भएन !!

      • योगेश जी
        “तर अहिले अर्कै परिबेस को सिर्जना भयो ” भन्ने बाक्य मा मेरो बाध्यता लुकेको छ !पुरानो पुस्ता नेपाल नया पुस्ता यता भएको ले म त यता न उता पो छु त हो .लेख्नै का लागि लेखेर मात्रै भएन गरि पुर्याउनु पनि पर्यो .

  17. जेस्ठ र ब्रिद्द नागरिक हरु लाइ सम्मान दिदै उहाहरुको अनुभब बात हामीले सिक्नुपर्छ र उहाहरु प्रति हामि आभारी हुनुपर्छ!
    जेस्ठ नागरिक हरुलाई सरकारी तबरबाटै बिशेष सेवा र सुबिधा उपलब्ध हुनु जरुरि छ!
    जस्तो कि,
    सार्बजनिक यातायातमा सहुलियत पूर्ण सुबिधा, भत्ता, निशुल्क उपचारको सुबिधा, जिल्ला जिल्ला मा साथै विभिन्न स्थानमा ब्रिद्दाश्रम, ब्रिद्दहरुको लागि सार्बजनिक मनोरंजन को सुबिधा आदि आदि!
    आज हाम्रो बुढा बा आमा बाजे अजि हरु घरमा एक्लै एक्लै हुनुहुन्छ! छोराछोरी बिदेशिया, बिदेशिन नसकेका(?) शहरीय! यसरि हाम्रो गाउ घर समाज परिवार छाड्नेक्रम माता पिता एक्लाउने क्रम द्रुत गतिमा बहेको छ!
    हामि गाउ छाडी सहर पसेर समाजबाद खोज्दैछौ पूर्व छाडी पश्चिम पसेर समाजबाद रोज्दैछौ जबकी समाजबाद मा पुग्ने सबै भन्दा नजिकको बाटो नै गाउ हो भने गाउ समाजवादको सबै भन्दा नजिक को थलो हो!
    पृथ्बी गोलो त छ पुग्न त पूर्व बात गयपनी पश्चिमबाट पुग्न सकिन्छ तर पूर्वको नजिकको बाटो छाडेर हामि पश्चिमको बाटो रोजेका छौ!
    यहि हो बिडम्बना!
    कलियुग भंछाक्यारे!
    आफु पनि यहि भुवरिमा छु, अन्यथा कहा हुनासक्छुर म मात्रै!
    दुख यसैमा लाग्छ! कहिले काही घृणा पनि लाग्छ!
    तर पनि समयको गोलचक्करमा फसेपछि सबैकुरा,
    जदौ!

  18. आफ्नो देश र र बाबु आमा संग बस्न मन न हुने कमै मान्छे होलान नेपाल मा/ एउटा बिडम्बना हामी विदेश मा उता बुवा आमा नेपाल मा/ हामी वर्षा मा १ चोटी १ महिना को लागि मात्रै नेपाल गयो भने अब को २० बर्ष मा २० महिना बस्दो रहिचम/ भने पछि हामी हाम्रो साठी काटेको बुवा आमा संग जम्मा जम्मी १ वर्षा मात्र राहिछ/
    हुन त आफ्नै देश मा मान्छे हरु बसेको छन्/ केहि न केहि सिप गरेर बसेको छन्/ बिडम्बना नै हो यो देश लै दोष दिने कि नेता लै दिने कि आफ्नो कर्म लै सराप्ने.???
    धेरै चोटी मलाई बुवा र आमा को महसुस कमि हुन्छ/ उहा हरु भाको भए यो कुरा मा एस्तो भन्नु हुन्थ्यो होला/ विदेश मा जति नै ठुलो ओहोदा मा बसेर काम गरेको मनिष होश या सानो तिनो काम बुवा आमा बिना र आफ्नो देश जस्तो कैले हुन्न /

    • थुक्क, यस्तो राम्रो कमेन्टमा पनि रातो लगाउने!

  19. धेरै समसामयिक र सान्दर्भिक लेख / यो बिसय अतिनै महत्वका साथ मनन गरि बिकराल समस्या लाई समाधान गर्न गराउन सबै पछ्य बाट एक पटक गम्भीर भयर सोची पहलकदमी गर्न जरुर देखिन्छ /

Comments are closed.