गुरु भन्या गोरु हैनन्, वाहियात बन्द नगर्नु होला

शिक्षकहरुले आइतबारदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल भन्दै देशभरका लाखौँ विद्यार्थीको पढ्न पाउने अधिकार खोसे। कक्षा ८ को जिल्ला स्तरीय परीक्षा रोकिए। अबोध विद्यार्थीहरुलाई थाहा पनि थिएन, किन स्कूल बन्द भए। देशभित्रका अभिभावकहरु मात्र हैन, कास्कीको ल्वाङ्गघलेल गाबिस घर भई हाल कतारमा रहेका डिल्लीराम भण्डारीलाईसमेत यस्तो खबरले पोल्यो। उनले [email protected] मा ब्लग पठाएर यस्तो दुखेसो पोखे-

शिक्षकहरुमा मेरो अनुरोध- तपाइँहरु ४५ दिने वर्षे विदाको अवधिमा धान रोप्न आफ्नो खेतमा हैन, आफ्ना मागहरु लिएर शिक्षा मन्त्रालयमा जानुहोस्, सिंहदरबारमा जानुहोस्, आन्दोलन गर्नुहोस्। कयौँ दिन विद्यालय बन्द गरेर आदर्श देखाउन एउटा शनिबारको दिन पठनपाठन गराएर विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुको आँखामा छारो हाल्ने काम नगर्नुस्।

-डिल्लीराम भण्डारी “यात्री”-

हिजो आज नेपाली पत्र पत्रीका,टेलिभिजन, एफ्,एम् रेडियो अनि अनलाइनका सबै मुख पृष्ट हरुमा शिक्षकहरुको आमहडतालको बारेमा पढ्न, देख्न अनि सुन्न पाईन्छ। बिभिन्न मागहरु सरकार सामु राखेर आफ्नो शक्ति प्रदर्शन अनि ब्यक्ति बिषेश,सङ्गठन बिषेशको स्वार्थ पुरा गर्ने परम्परा नेपाली राजनितिमा त छँदै थियो अब सरश्वतिको मन्दिर,देशको शम्वेदनशिल शिक्षा क्षेत्रमा पनि हाविहुनु भनेको वास्तबमै गम्भिर सोचनिय बिषय हो ।

२१ औ सताब्दिमा अन्य बिकशित मुलुकको जस्तै प्रगति गर्न शिक्षा क्षेत्रलाई प्रबिधिक,आधुनिक,बैज्ञानिक अनि ब्यबाहारिक बनाउनु पर्ने प्रसस्थ चुनौतिहरुको बिचमा नेपालको शिक्षा क्षेत्र अथवा शैक्षिक निति रहेको अबस्था छ।यस्ता कयौ चुनौतिहरु लाइ चिर्न सकिएमात्र शैक्षिक क्षेत्रमा उन्नति अनि प्रगतिको सुघारको कोल्टे फेर्न सकिने सम्भावना रहन्छ।बर्तमान सन्धर्भमा भन्नुपर्दा नेपाली बिध्यार्थिहरुको लागि फलामे ढोका अनि भविष्यनिर्माणको खुड्कीलो एस्,एल्,सि, परिक्षा नजिकिदै गरेको अबस्था छ।उच्च शिक्षा हाशिल गर्नको लागि चाहे देशमा होस वा बिदेशमा होस यो परिक्षा राम्रो क्ष्रेणिमा पास गर्नु पर्ने हुन्छ।यस्तो संबेदनशिल अनि महत्वपुर्ण समयमा समग्र शिक्षा क्षेत्रलाई प्रभाबित हुनेगरि शिक्षित समाज अनि दक्ष जनसक्ति उत्पादनको जिम्मा पाएका विध्द्वत बर्गले नै आमहड्ताल गर्नु भनेको अत्यन्तै दुखद अनि लाखै बिध्यार्थि,अबिभाबक अनि राष्ट्र प्रतिको धोका हो भन्दा फरक नपर्ला।

बिभिन्न शिक्षक संगठनका नाइके शिक्षक ज्यु हरुले पनि बुझ्नुपर्ने कुरा हो, शिक्षाको उज्यालो घाम बाट देश चम्काउने भाषण पुर्ब एउटा राष्टशेवक कर्मचारि भएर सोच्नुहोस नकि कुनै राजनैतिक कार्यकर्ता हैन कसैको ब्यक्तिगत स्वार्थ पुर्तिको मुर्ति भएर हैन,तपाइ हरुको आम हड्तालले शिक्षाको उझ्यालो घाम लाई कालो बादल बनेर छेक्ने प्रयास हो भन्ने छर्लंग पारेको छ।

नेपाल सरकार,शिक्षा मन्त्रालयले पनि नेपालको शैक्षिक गुणस्तर प्रति ख्याल गर्दै आजको यो आवस्था सम्म आइपुग्न नदिनु पर्ने थियो।सरकारि कर्मचारि वा नेपाली जनाताका जायज माग, आफ्नै हैसियत भित्रका नितान्त आधारभुत मागहरु पनि आन्दोलन हड्ताल अनि दवाब पछि मात्र पुरा गर्ने सरकारको बानि परेजस्तै भएको छ।जुनसुकै सरकारि कर्मचारि लाई पनि सरकारले पुर्ण सरकारि नितिले बाँधेर राख्नु पर्ने हो।चुनाबको बेला पार्टि को झण्डाबोक्ने हरु लाइ सरकारि नियुक्ति दिनु,राजनितिक कार्यकर्ता नभए सम्म राष्ट बाट पाउने शेवा शुबिधा समेत बाट बञ्चित हुनु पर्ने सरकारि कर्मचारि हरुको बाध्यता छ जस्को शिकार कास्की जिल्ला धिताल गा,बि,स,वडा नं:-१ भिडावारि का श्री बराह उच्च मा,बी का शिक्षक टेकनाथ गौतम हुनुहुन्छ जस्ले साढे ३४ बर्ष अस्थाई शिक्षकको रुपमा शेवा गरिसक्नु भएको छ स्मरण रहोस वहाँ आजको मिति सम्म पनि अस्थाई नै हुनुहुन्छ । खुला प्रतिस्पर्धि छनोट निति अबलम्बन गरि पर्टिबाद,नाताबाद कृपाबाद,अनि घुसघोरि बाट माथि उठेर वास्तबमै एउटा सच्चा कर्मचारिको हैशियतमा रहि स्थानिय स्तर बाट उपल्लो केन्द्रीय स्तर सम्म कार्य सम्पादन गर्नेहो भने साँच्चै नेपालि शिक्षा क्षेत्रलाई सफलताको शिखर चढ्न धेरै समय नलाग्ने देखिन्छ। यध्यपि एक स्वतन्त्र नेपालीको नाताले आमहड्तालको नाममा शिक्षक संगठनहरु बाट जुन किसिमको कदम चालिएको छ,यस्तो कदमप्रति जोकोहि शिक्षाप्रेमी नेपाली अनि बिध्यार्थि अबिभाबक सकारात्मक हुनुहुन्छ जस्तो लाग्दैन। शिक्षक हरुमा मेरो अनुरोध तपाइँहरु ४५ दिने बर्षेबिदाको अबधिमा धान रोप्न आफ्नो खेतमा हैन आफ्ना मागहरु लिएर शिक्षामन्त्रालय मा जानुहोस,सडकमा जानुहोस आन्दोलन गर्नुहोस बल्ल राष्ट्रशेवकको पहिचान हुन्छ । कयौ दिन बिध्यालय बन्द गरेर आदर्श देखाउन एउटा सनिबारको दिन पठन पाठन गराएर बिध्यार्थि, अबिभावक तथा शिक्षाप्रेमी हरुको आँखामा छारो हाल्ने कामले राष्ट्रबादी अनि राष्ट्रबादी कर्मचारिको पहिचान कदापि हुन सक्दैन।

अचम्मको कुरा के छ भने नेपाल सरकारको लगानि मा संञ्चालित सरकारि बिध्यालय हरुको तुलनामा निजि लगानि बाट सञ्चालित बिध्यालय हरुले गुणस्तरिय सेवा दीइरहेको पाईन्छ। समग्र लगानिको हिसाबमा तुलना गर्नेहो भने पनि सरकारि बिध्यालय हरु र निजि बिध्यालय हरु बिचमा खासै अन्तर आउँछ जस्तो लाग्दैन,दक्षताको हिसाबले हेर्नेहो भने पनि शैक्षिक स्तर उकास्ने,दक्ष शिक्षक उत्पादनको नाममा बर्षेनि राज्यबाट करोडौको लगानिमा सरकारि बिध्यालयका शिक्षक हरुलाई तालिमको ब्यबस्था गरिन्छ। जुन निजि बिध्यालय हरुमा सम्भब छैन । सरकारि शिक्षकको जागिर खाने सपना पुरा गर्न नसकेका हरु वा सरकारको नजरमा अयोग्य भनीएका अधिकांश शिक्षक हरुद्वारा नै सरकारि तलब भन्दा कम् तलब मा अध्यापन गराइन्छ।फेरि पनि सरकारि बिध्यालय लगानि र दक्षतामा अगाडि हुँदा हुदै शिक्षाको गुणस्तर निजि बिध्यालय को तुलनामा कम किन छ?यो प्रश्न पुरा बिध्यालय बन्द गरि आम हड्ताल गर्ने शिक्षकहरु सँग न सोधेर को सैँग सोध्ने?

असनतुष्टिका कुराहरु लोकतन्त्रमा राख्न पाइन्छ तर,राज्यको सिमा र परिघिभित्र रहेर। कसैलाइ सरकारि नियम प्रति आपत्ति छ चित्त बुझ्दैन भने पसलको कपडा मोलाइ गर्नु पर्दैन पद बाट राजिनाम दिनुहोस,कयौ दक्ष जनशक्ति बेरोजगरिको भुमरिमा पिल्सिएको अबस्था छ पदपुर्तिको लागि सयौको लाईन लाग्ने छ नेपाल सरकारले यो कुरा बुझ्न जरुरि छ।बिध्यालय जानै नपर्ने पढाउनेको त कुरै छोडौं तलब पनि पुरै पाइने आनन्द छ शरकारि शिक्षक हरुलाई, आन्दोलन अनि आम हड्तालको नाममा यो बिध्यार्थि,तिनका अबिभाबक अनि सम्पुर्ण शिक्षाप्रेमि नेपालि माथिको धोकाहो जस्तो लाग्छ मलाई। आन्दोलन र आम हड्तालको नाममा शिक्षक हरुले राजनैतिक,ब्यक्तिगत अनि संगठनिक स्वार्थ पुर्तिगर्न बिध्यालय बन्द गर्छन भने सरकारले काम नगर्दाको दिनको तलबसुबिघा कटौति तथा कारबाहि गर्ने हिम्मत गर्ने होभने यस्तो आम हड्तालमा कमि आउँथ्यो कि?

यसैबीच पछिल्लो खबर- आइतबार राति शिक्षा मन्त्रालय र आन्दोलनरत शिक्षकहरुबीच सहमति भएर सोमबारदेखि स्कूल खुल्ने भएको छ।

29 Comments

  1. हडताल बाहेक अरु जेसुकै गर्नुस तर हडताल नगर्नुस …
    तपाईका शिष्यहरुले गुरुमा इश्वरको अंश देखेका हुन्छन ..यसलाई अझ प्रगाढ हुन् मद्दत गर्नुस….र गुरु र शिष्य बिचको सम्बन्ध लाई उच्च पार्नुस…यिनै बिद्ध्यार्थिहरुले तपाई शिक्षक हरुका लागि साथ् दिनेछन |

  2. कुनै पनि पेशा मात्र पेशा हो त्यसमा कुनै पनि किसिमको दलगत वा राजनीतिक विचारगत भावना वा आग्रह वा सपना भित्रिनु हुंदैन । यदि त्यस्तो भयो भने त्यहाँ पेशा मर्छ र विकृति मात्र रहन्छ । जस्तो कुनै चिकित्सकले दलगत राजनीति गर्छ र उस्को दलको विरोधी ब्यक्ति उपचार गर्न आए के हुन्छ ? राजनीतिले ग्रसित चिकित्सकले त्यति बेला गलत औषधि गर्न पछि पर्दैन । यदि त्यस्तो भयो भने त्यस्को परिणाम कहालीलाग्दो पनि हुन सक्छ । त्यस्तै अरु जो सुकै वा जुनसुकै पेशागत संस्था किन नहोस् यनिहरु आफ्नो पेशा प्रति इमान्दार छन भने पेशा गर्दा कृपया दलगत वा विचारगत राजनीति त्याग्नोस् मात्र पेशा र पेशाको धर्म निर्वाह गर्नोस् ।

  3. दिल्लीराम जी केा लेख साह्रै मर्मस्पशी अनि यथर्थपरक लाग्येा…सम्पुर्ण विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरुले मनन गर्नुपर्छ यि कुराहरू

  4. आन्देालन, बन्द, हडताल पहिले प्रजातन्त्रकाेलागि थालिकाे भएपनि याे राजनैतिक बिसंगति संगभने क्रान्तिकाे नाममा माआेबादीले भित्र्याएकाे समस्या हाे देशमा । एकपल्ट एथार्थ तिर जाऊ । 
        मज्दुर युनियन तिर जाँउ, कर्मचारी संगठन तिर जाऊ, सबैतिर संगठनहरू बलियाे र सरकार कम्जाेर हुदै गएकाे अबस्था छ । याे चरम बिक्र्तिकाे नेत्रीत्व र उस्कावट गर्ने कामकाे राम्राे अभिभाबकत्व वा संस्कारकाे थालनी पनि माआेबादीले नै गरेकाे हाे । 
          आज मज्दुर, कर्मचारि, शिक्षक आदि संगठनहरू देशलाई ठप्प बनाउन सक्छन् । कुनै कसरत गर्नु पर्दैन  । याे प्रकृया एथार्मा गलत नै हाे तर माग  जायज छनभने माग प्रति सरकार पनि सचेत पनि रहनू नै पर्छ । 
         समस्याहरूकाे कुरा उठाईरहदा पार्टीकाे रंग लगाउने र उस्कै भराेशामा समेत पेशेभर संगठनले दम पाउने परंम्परा नै जिम्मेवार छ । याे ताैर तरिका जाेसुकै पार्टी, संगठन, अबिभाबक, बिध्यार्थी, मजदुर, किसान आदि सबैकाे पिडा बन्न थालेकाे छ ।  हडतालकाे नाममा, बन्द, तालाबन्दी वा आम नेपाली जनतालाई समस्या ल्याउने र टायर बाल्ने जस्ताे निन्दाजनक काम संङ्घर्षकाे नाममा गरिनु हुन्न । माग राख्ने, दबाबदीने र सरकारलाई आफनु माग प्रति सचेत गराउने अन्य बिकल्रूबाट गर्ने, नयँ साेचबाट संगठनहरू अगाडी बड्नु राम्राे हाे ।   
         याे बिषय  पनि समस्या र मागकाे नाममा मुलुककाेलागि दुर्भाग्य बन्न तिर लम्किएकाे छ, त्यसैलेनै याे सबैकाेलागि जुनसुकै पार्टीले तालाबन्दी, हडताल गर्दा अति पिडादायी बन्दै गईरहेकाे अनुभूती सबैले गर्नु परिरहेकाेछ । याे कामले सबैकाे भलाे हाेस । सरकारले बार्ता र अनुकुल भए माग पुरा गर्न, नभए समस्याकाे समाधान तिर जाने र जनतहरूलाई पनि बन्दकाे अर्काे बिकल्पले असर नपर्ने बाटाे नै आजकाे जनता र देश बिकासकाे नयाँ प्रयाेग हुनेछ । 
       याे सबै पक्षले मेराे गाेरूकाे बाह्रै टक्का भन्ने साेचबाट मुक्त नभई समाधानकाे बैज्ञनीक साेच नराख्नु  हाे भने हाम्रा याे प्रतिकाे सुझाब जनता र देशमा सुधारकाे आशा काकाकुल मात्रै बनिने छ ।
    धन्यबाद !

  5. सिक्षा छेत्र मा राजनीति घुसे पछी गुरु हरु गोरु हुन थालेका हुन् | राजनीतिका साढे हरु लाई तह लगाउन लाई गोरु हरु ले अबोध बाल बालिका को भबिस्य मा खेलबाड नगरुन | गुरु गुरुनै हुन् गोरु नबनुन |

  6. बन्दै बन्द को देस नेपाल कहिले मास्टर को बन्द कहिले डाक्टरको बन्द कहिले पेट्रोल को बन्द ,ग्यास को बन्द अनेकौ जात जाति को बन्द सत्ता मा बसेर रमिता हेर्ने नेता भनौदा हो रजिनाम दियर निस्क बरु

  7. डिल्लीरामजीको लेख र साथीहरुको कमेन्ट देख्दा गम्भीर रुपमा सोच्नुपर्ने बनायो । सर्वप्रथम त यो अस्थायीहरुले स्थायी हुनका लागि मात्र गरेको आन्दोलन हो भन्ने भ्रमबाट साथीहरु ग्रसित भएको देख्दा हाँसो पनि उठेको छ । २०५२ सालदेखि शिक्षा आयोग खोलेको छैन सरकारले । अनेकौं प्रकारका शिक्षक, कर्मचारीहरु (अस्थायी, राहत, सट्टा, लियन, पिसिएफ, बालविकास, विद्यालय कर्मचारी आदि) विद्यालयमा भर्ना गर्ने अनुमति दिने तर तिनीहरुको सेवाको कुनै मूल्याङ्कन नगर्ने र सुरक्षा पनि नदिने निकृष्ट काम गरिएको छ । त्यसैले यस्तो स्थिति आउनुमा के राज्यको दोष छैन ? राजनीतिक दल र नेताहरुको दोष छैन ? अहिले शिक्षकहरुले आमहड्ताल गर्ने भन्दा यति कुरा आए । यसअघि शान्तिपूर्ण तरिकाले आन्दोलनहरु भएकै हुन् । सहमति पनि भएका हुन् तर खै सरकारले कार्यान्वयन गरेको ? यस्तो व्यवस्था कुनै मुलुकमा पनि छैन । स्मरण रहोस् सर्वोच्च अदालतले पनि उहिल्यै ६÷६ महिनामा आयोग खुलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ । तर पनि आजसम्मका कुनै पनि सरकारले टेरेका छैनन् । बाध्यताले आज तीन पुस्ता (मेरा गुरु, म र मेरा विद्यार्थी) एकैसाथ आन्दोलनमा होमिनुपरेको छ । यहाँ विद्यार्थीको अधिकारको कुरा गरिन्छ तर अस्थायी शिक्षकहरुमाथि आइएलओ महासन्धि विपरीत गरिएको अन्यायको विरुद्धमा कुनै आवाज उठाइँदैन । प्रश्न उठिसकेको छ, के शिक्षकहरु यो देशका नागरिक होइनन् ? के उनीहरु मानव होइनन् ? किन सकिएन व्यवस्थापन गर्न ? त्यसैले यो आन्दोलन अस्थायीलाई स्थायी बनाउने मात्र होइन, शैक्षिक क्षेत्रमा देखिएका सम्पूर्ण विकृति र विसङ्गति सधैंका लागि अन्त्य गर्नका लागि पनि हो साथसाथै शैक्षिक ऐननियम परिवर्तन गरी नयाँ शैक्षिक व्यवस्था ल्याउनका लागि हो । यस्तो व्यवस्थाभित्र हामी लगायत हाम्रा भावी पुस्ता पनि अटाउन सक्छन् । शिक्षामा नयाँ व्यवस्था लागू गर्ने, शैक्षिक गुणस्तर उकास्न विभिन्न उपायहरु अपनाउने, देखिएका विसङ्गतिहरु अन्त्य गर्न आवश्यक संयन्त्रहरु बनाउने, नपढाउने शिक्षकहरुलाई कारवाही गर्ने काम सरकारको होइन ? त्यसैले विषयवस्तुको गहिराइमा पुगेर अरुको भावना र आफ्नो भावनालाई एकै ठाउँबाट हेरेर विश्लेषण गरिनुपर्दछ । अनि शिक्षकहरुको मात्र आन्दोलन होइन भन्ने कुरा बुझ्नुपर्दछ । त्यसैले यसलाई सम्पूर्ण अभिभावक, विद्यार्थीहरु, समाजका बुद्धिजिवी र नागरिकसमाजले समेत साथ दिनुपर्दछ ।

  8. कृपया,यो कमेन्ट ति गुरुहरु प्रति लक्षित छैन जो निरन्तर शिक्षाको ज्योति छर्दै निरन्तर समाज सेवामा समर्पित छन् , तर यो मेरो विचार ति राजनीतिक दलका हनुमानहरुप्रति लक्षित छ जो आफ्नो योग्यता र क्षमता प्रतिकुल हुँदाहुँदै पनि कुनै दल प्रति बफादार भए बापत शिक्षा क्षेत्रमा अस्थाई नियुक्ति पाउछन र स्थाई नियुक्तिको लागि निरन्तर आन्दोलन गरिरहन्छन,लाखौ बिद्ध्यार्थिको भबिस्य प्रति खेलवाड गरिरहन्छन l
    धिक्कार छ नामर्दहरू हो जो सामर्थ्य राख्दैनन् तर अधिकार खोजि रहन्छन जसको कुनै आधिकरनै छैन,हनुमानले सक्ने भए राम अबतार किन आवस्यक हुन्थ्यो ?

  9. पढाउन नजान्ने, प्रतिस्पर्धामा जान नसक्ने, राजनीति गरेर अरुका छोरा छोरी बिगार्न पार्टी को लहै लहै मा लागेर मास्टर बन्ने अनि अनेक माग राखेर अरुका छोरा छोरी बिगार्न खोज्ने मास्टर र तिनलाई साथ् दिने नेता लाइ धिक्कार छ

  10. नेपालको टाठा बाठा देखेर पनि दिक्कै लागिसक्यो. कसरि दिमाग मा आची भरेको होला. अनुसाशन भन्ने कुरा कहिले आउने हामि नेपालीमा. खै! कुरा भने चार पाथी जानेछौं , व्यवहार भने कुकुर जस्तै. लोकतन्त्र, प्रजातन्त्र के के तन्त्र भन्ने चिज मान्छे अलि अनुसाशित भए पछि मात्र काम लाग्छ. अनुसाशन सिकाउनका लागि मात्रै भए पनि अलि केहि वर्ष सासन कडा नै भए ठिक हुन्थ्यो हामि नेपालीलाइ. For a country like Nepal, it’s too early to have Democracy.

  11. नलेखौ नलेखौ भन्दा पनि लेखना मन लाग्यो किन सबै शिक्षकहरुको तलब धेर भएर मातेको हो नत्र किन शिक्षकहरुले नै बन्द गर्नु परयोता यो बेलामा कक्षा ८ को जिल्ला स्तरीय परीक्षा नै रोकिएर यो सब नेता हरु को कमजोरीले गर्दा हो नेता हरु नै चोर छ नेपाल आर्मी को भन्दा धरै तलब छ शिक्षकहरुको एक वर्ष मा कती दिन जानछान यो शिक्षक भनौदो हरु मलाई त लाग्छ सबै शिक्षक लै निकालेर नया शिक्षक लगाउनु पर्छा नया नया युवा पनि त छ नि पढेका गजिर नपाएर बोरोग गरि भएको तेसैले यो पुरानो शिक्षकहरु लाई निकाल्नु पर्छा अनि थाहा हुन्छ एदी एस्तो गर्यो भने यो भन्दा थोरै तलब मा पनि कम गर्छ योही बन्द गर्ने शिक्षकहरुले तर के गर्नु नेता हरु राम्रो नेता हरु दरो भएको देसमा पनि विकास हुन्छ नेता हरु लाई चोर छ नेता हरु साले नेता हरु ले गर्दा देश बर्बाद बनायो एक बर्समा ३६५ दिन हुन्छ यो चोर शिक्षकहरुले कती दिन पढ्ओछा जम्मा ८० दिन पढ्ओछा थुक चोर शिक्षकहरु तिमि हरु को दिमक कहिले औअचा नि ……………….साले चोर हरु…………..

  12. अस्थाई जागिर नै न खाए हुन्छ, अस्थाई भनेको अस्थाई नै हो |

  13. बिरोध र आन्दोलन नेपालको आजकल culture नै भैसकेको छ ,,,त्यो भयर यो पनि कुनै नौलो कुरा होइन ,,,तर यही बाटो गर्दै सरकार मा आयको माओबादीले कसरी गर्छ सबै माग पुरा त्यो हेर्न बाँकि छ ,,,र जनयुद्ध गर्दा students ,teacher मारने र school नै भत्काउने माओबादीले students /teacher को समस्या समाधान गर्ला त ?

  14. खुरुक्क लोकसेवा खोलेर सबै खाली ठाउँ मा नया नियुक्ति गरे भैगयो नि ! पढ्ने आउछा नपढ्ने जान्छ .

  15. एस्त गरु हरु देशमा गुरुको रुपमा स्थापित भएपछी देशले के आशा गर्ने // केहि गर्न जोश बोकेका युवा हरु विदेशको गुलामी // ४६ साल को परिबर्तन ताका युवा जोश बोकेका हामि पुस्ता को जिन्दगि उदेस्शे बिहीन माटोमा मिल्यो // आन्दोलन र क्रान्तिको नाउमा / अहिले मेरो छोरीको जिल्ल स्तरीय जांच चल्ने क्रममा छ // एसको मतलब हजारौ नेपाली छोरा -छोरीको // ति कर्ण धर्हरुको पनि समय -जिन्दगि हाम्रो जस्तै बनाउने हो भने भोलिको देश के होला? / कुर्शीमा बस्ने बाँदरहरुको जमातले पनि सोच्न जरुरि छ / अनि देशलाई उज्यालो शिक्षा को ज्योति दिने गुरु हौ भने आफ्नो स्वार्थ भन्दा माथि जानुहोस // गनाउने नेता भन्दा तपैहरुको स्थान उचो हुनेछ// रहिरहनेछ///गरुकै रुपमा रहने भएत बिकल्प दिन पर्छ बाबु साहेबले // नभए के कुर्सीमा झुण्डिनु?

  16. लोक सेवाको जाच फेल भयपछी पनि आन्दोलन गरेर स्थाही हुनुपर्छा भन्ने माग पनि हासो लाग्दो छ / भोलि तिनका सामु फेल हुने विद्यार्थीले पास गरिदिनु पर्यो भनि आन्दोलन गर्लान के गर्ने / नेपालमा २ महिना चाडपर्ब बिदा डेढ महिना बर्खे बिदा छ माग रक्नाका लागि / यहाँ koreama मजदुर ले यका बिहानमा र दिउसो खान खाने समय मा नाराबाजी गर्छन तर कामको समय मा काम गर्छन / नेपालमा गुरु ले झन्डा बोक्ने, ओकिल झन्डा बोक्ने , न्याधिश पार्टीले सिफारिस गर्ने , अपराधी पक्रिया पार्टीले बन्द गरि दुख दिने यस्तो हो भने पार्टी प्रतिबन्ध गरि ५ वर्ष जति कडा सैनिक सासन चले ठिक हुन्त्यो कि नेपाल /

  17. २०४६ सालपछि नेपालमा ‘प्रजा’तन्त्रले एउटा वीषवृक्षको बीउ रोप्यो; त्यो थियो हरेक क्षेत्रमा राजनीति स‌ंघ-संगठनको स्थापना । शिक्षकमात्र होइन, विद्यार्थीलाई समेत राजनीतिक संगठनहरूहरूमार्फत् राजनीतिमा तानिए, कर्मचारी, व्यापारी मजदुर कोही पनि बाँकी रहेनन् । म त ठोकुवाका साथ भन्छु कि नेपालको शैक्षिक, प्रशासनिक अस्तव्यस्तताको प्रमुख कारक यिनै राजनीतिक संघ-स‌ंगठनहरू नै हुन् । राजनीतिक संघ-संगठन नभएको भए, न त शक्तिको प्रयोग गरी अस्थायी, म्यादी, करार शिक्षक, कर्मचारीहरूको लर्को लाग्थ्यो न त आज उनीहरूका कारण आज सरकारी क्षेत्रको यो हवीगत हुन्थ्यो, न त विद्यार्थीहरू राजनीतिमा लागेर शिक्षा क्षेत्रलाई तहसनहस नै पार्थे ।

    हो, संघ-संगठनहरू चाहिन्छन्, तर ती स्वतन्त्र हुनुपर्छ: वा स्वतन्त्र पद्धतिबाट चल्ने बनाउनुपर्छ । संघ-संगठनको काम त स‌ंस्था र उक्त संस्थाप्रति आवद्धहरूको हीतका पक्षमा हुनुपर्छ । तर दलैपिच्छेका राजनीतिक संघ-संगठनले न त संस्थाको हीतमा राम्ररी काम गरेका छन्, न त उक्त संस्थामा आवद्धहरूका हीतमा । ती संघ-संगठनहरूका पदमा बस्नेहरूको काम भनेको आफ्नो दुनो सोझ्याउने र आफ्नो दलका स्वार्थमा संघ-संगठनहरूको प्रयोग गर्नु रहेको देखिन्‍छ ।

    • तथाकथित ‘क्रान्ति’ गरिन्ज्याल आफ्ना भतुवा संगठनहरु प्रयोग गरि राज्य व्यवस्था कम्जोर पार्न जायज हुने, १९ दिन नाकाबन्दी गरि राज्यसत्ता कब्जागर्न जायज हुने, अब त्येही शुत्र अरुले आफ्नो बिरुद्ध प्रयोग गर्दा नाजायज? खुर्सानी रोपेर सुन्तला फल्दैन कमरेड!!

      • विनोदजी,

        क्रान्तिका बेला माओवादीको भातृ संगठन खासै खुलेको थिएन । खुलेको भए त्यसमा आबद्धहरूको हविगत के हुनेथियो भनेर अनुमान लगाउन सक्नुहुन्छ । राजतन्त्रविरुद्धको आन्दोलनमा कुनै व्यवसायिक संघ-संगठन भन्दा पनि माओवादीको वाईसीएल र आमजनताको शक्तिले काम गरेको थियो … सत्य तीतो हुन्छ । जहाँसम्म व्यवसायिक संघ-संगठनमा राजनीतिक सहभागिताको कुरा छ, त्यसको विरोध मैले धेरै पहिलेदेखि गर्दै आइरहेको हुँ ।

  18. एकदम सहि कुरा गर्नुभयो। विध्यार्थीहरुको पढ्ने अधिकार खोस्ने कसैले पाउँदैन। भाषणमा चाँहि मन्त्रीज्यूहरु सरकारी स्कुलको स्तर बृद्धि गर्न पर्ने कुरा गर्ने अनि त्यत्रो दिन स्कूल बन्द गर्दा चाहि खै कारबाहि। झन् स्याबासी पाएपछि अब यो सिल्सिला चलिरहन्छ। यति धेरै शिक्षित जमात काम नपाएर बिदेसमा मजदुरी गरिरहेका छन्। यिनीहरुलाई जागिर मात लागेको। सबलाई कारबाहि हुन पर्छ। विद्यालयबाट धेरै विद्यार्थीहरु फेल हुन्छन् भने ति शिक्षकहरुलाई निस्कासित गर्नु पर्छ।

  19. घुस ख्वायर अस्थायी मास्टर हुने अनि आन्दोलन गरेर स्थाई हुने / यस्ता शिक्षक ले राजनीति बाहेक के नै जानेका छन् र ?

  20. दुर्गन्धित राजनीतिले पोतिएका पुच्छर र सिङ नदेखिने तर गोरुको जस्तो स्वभाव भएका अयोग्य गुरुहरुले २१औ सताब्दीमा पनि संस्कार जानेन भने देसको बिकास कहिले हुने हो खै ?

  21. लेखक साहेब लाई नमस्कार
    ३० वर्ष सम्म काम गरेर उमेर को हकबंदी ले जागिर छोड्नु पर्दा कस्तो लाग्दो हो ति शिक्षकलाई घर जादा न पेन्सन छ न के छ/ तिनै शिक्षकले पढाएका बिध्यार्थि को जागिर तेही बिद्यालय मा स्थाई हुन्छ/ कसै माथि लेख लेख्न सजिलो होला तर तेही ठाउमा आफुलाई राख्दा धरै गारो हुन्छ सबै को भावना लाई बुजेर मात्र लेख लेक्नु होला/ धन्यवाद,
    तपाइको जानकारी को लागि म शिक्षक हैन, भावना को कुरा बय्को ले मात्र कमेन्ट गरेको हो /

  22. कुखुरा गाडीले किचे पनि बन्द गर्ने मुलुक मा आफ्नो सुभिधा को माग गरेका शिक्षक लाइ गालि के गर्नु ! राज्य दिन नसक्ने ,जनता लिन नजान्ने देशमा अराजकता बाहेक के कुरा को आशा गर्नु र राम्रो खबर सुन्नु \ जब राजनीति ले कुनै पनि बिषय मा प्रवेश गर्छ त्यहा हुनु पर्ने भन्दा नहुनु पर्ने धेरै हुदो रहेछ \ त्यसैले यो अति राजनीति लाइ बन्द गरिनु पर्छ \ हर पेशा का मानिस र सबै तह का जनता ले जिबनोपार्जन गर्न आबस्यक कुरा को राज्य ले बिना भेदभाब ब्यबस्था गरिनु पर्छ \ अरे कुखुरा मारिदा बन्द गर्ने जनता किन पानि ,बिजुली ,ग्यास ,दाउरा,रोजगारी ,शिक्षा ,स्वास्थ्य ,सुरक्षा ,न्याय सबै लाइ हुनु पर्छ भनेर बन्द हड्ताल गर्न सक्दैनन् \ यी कुरा मा जोड दिनुस \कुन चाहि नेपालि यो कुरा ठिक होइन भनेर आउछन तिनका हात खुट्टा भाच्नुस \ अरे मुर्ख हरु कतिन्जेल एउटा पार्टी को लागि एउटा घर ,गाउ ,समाज ,क्षेत्र ,देश लाइ भिडन्तमा बदल्छौ \ नेता ,पार्टी सबै एकै खाल का जोगी हुन् ,लुटेरा हुन् ,जनता भुलाउने आफु सत्ता मा पुगेर सात पुस्ता बनाउने ब्यापारी हुन् \ पानि ,बिजुली ,सडक ,उधोग ,अस्पताल ,स्कुल ,सिचाई को सुबिधा सबैलाई चाहिन्छ किन यसमा राजनीति ? किन भाजो हाल्ने ,खुट्टा तान्ने ,रोकावट गर्ने ? अरे कमिशन खान र खान पाइन् भन्ने को खेल हो भनेर जनता किन बुझ्दैनन् ? कमिशन पाइन् भनेर मेलम्ची को पानि माथि किन राजनीति ? उपभोग गर्ने जनता संग दुइ चार रुपिया बढी लिएर मेलम्ची का जनता लाइ आबस्यक सुभिधा दिन किन नसकिने ? आजका आजै सबै कुरा पाइदैन तर आधार त बनाउन सकिन्छ ! उठ हे जनता ,ब्युझ हे जनता अब एउटा पार्टी र बिचार को लागि होइन सबै पार्टी र बिचार का जनता लाइ हुने काम को लागि जुट ! तब मात्र नेपालि राजनीति ठिक दिशा मा जान्छ \ जनतालाइ जिउन पुग्ने आधार तयार हुन्छ \ यो धेरै पार्टी ,नेता ,राजनीति लाइ दुइ या तिन मा परिबर्तन गर होइन भने राजनीति गर्ने धनि भैरहने जनता कंगालको कंगाल भै रहने खेल कहिले पनि रोकिदैन \ आधार बनाउ ,सिस्टम बसाल अरे भाडा माझेर पनि अमेरिका मा हर सुभिधा र कार चढेर हिड्न सकिन्छ गाठे \ के नेपाल लाई यस्तो अबस्थामा पुराउन सकिन्न \ खै याहा अति राजनीति ,अति नेता ,बन्द ,हड्ताल छैन त \ जनता राजनीति को कुरै गर्दैनन् हामि नेपालि चिनोस ,नचिनोस दुइ जना भयो कि राजनीति को कुरा अनि देश बन्छ त गाठे !

  23. आज परिक्षा दिन नपाएको बिषयमा खाडीमा धेरै हल्ला भएको छ। यहाँ रात दिन नभनी गर्मीमा काम गरेर छोरा छोरीको पदाइ अनी भबिस्य राम्रो होस् भनेर पसिना बगाइ रहेका गरीब नेपालीहरु को मन दुखेको छ। अब ५ दिन पछी फेरी के हुने हो थाहा छैन। तर आदरणिय गुरुजन हरुलाई भन्न चाहन्छु,किर्पया बन्द नै सबै कुराको एक मात्र बिकल्प हो भन्ने कुरा मन बाट फाल्नुस। पढ्नु भएको छ , धेरै कुरा हामीले भन्दा धेरै राम्रो सँग बुझ्नु भएको छ , बन्दको बिकल्प खोज्नुस्। तपाईंकोहरु को माग र भाई बहिनीको अधिकार दुई कुरा सँगलाई मिसाएर राजनीतिक खेल नखेल्नुस्। तपाईंहरुको जायज माग जनता समु राख्नुस्, हामी जाउला तपाईंहरुको लागि
    बन्द गर्न र ढुङ्गा हान्न तर तपाईं हरु स्कुल भित्र हाम्रो छोरा छोरी सँग हुनुस्।

  24. आफ्नो अधिकार खोज्दा अरुको अधिकारको हनन पनि हुनु हुँदैन भन्ने कुर मैले सबै भन्दा पहिला मेरो शिक्षकबाट नै सिकेको हुँ तर आज बाट यो कुरामा मलाई दुबिधा हुँदै छ। शिक्षकहरुले आफ्नो अधिकारको कुरा गरेर पढ्ने विद्यार्थीहरुको अधिकार चाँही हनन भयो कि भएन ? यो जवाफ म सबै शिक्षकहरु बाट चाहन्छु।
    हाम्रो समाजमा अहिले पनि गुरुलाई आदर र सम्मानले पुजिन्छ, अब यस्तै बन्द र बिरोधमा अभिभावकले र विद्यार्थीले नै गुरु माथि ढुङ्गा हान्नु पर्ने दिन नाआओस।
    आफ्नो अधिकार सबैलाई प्यारो हुन्छ। २ पक्षको अधिकार प्राप्तीको लागि स्कुल छोडेर सडगमा लड्नु पर्ने अबस्था नआओस। आज परिक्षा दिन नपाएका नानीहरुलाई कस्तो मानसिक असर पर्‍यो होला ? एस.एल.सी तयारीमा रहेका भाई बहिनी को मनमा कस्तो डर उब्जियो होला? के शिक्षकहरुले यो बारे केही सोच्न भ्याउनु भयो ?
    जनताले तिरेको करबाट तलब भत्ता त पाउनु नै भएको छ होला या निजीमा नै हुनु हुन्छ भने पनि जबर्जस्ती तपाईंलाई पढाउनु लगाएको छैन होला ? राजनितीक सँगठनमा लागेर उनीहरु को चम्चा गिरी गर्न शिक्षकहरुले सुहाउदैन।
    आज दिनमा फेसबुकमा एकजना साथी सँग मेरो बादबिबाद नै भयो यो बिषयमा। तलब भत्ता पाउनु भएको छ रे तर भबिस्य छैन रे ! यो पेसामा। कस्तो हो यो भबिस्य पनि छैन रे अनी त्यही पेसामा बसेर अरु को भबिस्य बिगार्ने ? नेपाल अहिले राणाकालमा छैन। रामे गये हरी आउछ तर बन्दको नाममा अबोधहरु को भबिस्य बिगार्न कसैले पाउदैन।
    आज परिक्षा दिन नपाएको बिषयमा खाडीमा धेरै हल्ला भएको छ। यहाँ रात दिन नभनी गर्मीमा काम गरेर छोरा छोरीको पदाइ अनी भबिस्य राम्रो होस् भनेर पसिना बगाइ रहेका गरीब नेपालीहरु को मन दुखेको छ। अब ५ दिन पछी फेरी के हुने हो थाहा छैन। तर आदरणिय गुरुजन हरुलाई भन्न चाहन्छु,किर्पया बन्द नै सबै कुराको एक मात्र बिकल्प हो भन्ने कुरा मन बाट फाल्नुस। पढ्नु भएको छ , धेरै कुरा हामीले भन्दा धेरै राम्रो सँग बुझ्नु भएको छ , बन्दको बिकल्प खोज्नुस्। तपाईंकोहरु को माग र भाई बहिनीको अधिकार दुई कुरा सँगलाई मिसाएर राजनीतिक खेल नखेल्नुस्। तपाईंहरुको जायज माग जनता समु राख्नुस्, हामी जाउला तपाईंहरुको लागि बन्द गर्न र ढुङ्गा हान्न तर तपाईं हरु स्कुल भित्र हाम्रो छोरा छोरी सँग हुनुस्।

  25. mysansar

    इमरान खान,तारुत आइल्याण्ड,साउदी अरबिया

    हाँसो लाग्यो,फ्रिमा बाँडेकोमा धन्यबाद

    तै रानी मै रानी,कसले भर्ने कुवाको पानि

    जय नेपाल आमाको

  26. आन्दोलन को नाम मा ति लाख्यों लाख अबोध भबिस्य का होनहार तारा हरु लै जियूदै नमार
    आफ्ना ब्येतिगत स्वार्थ का लागि !!

  27. देश र जनताले कति सम्म सहने हो/सबैको हद हुन्छ/सबै ठाउमा राजनीति .कसरि चल्ने हो देश/

Comments are closed.