बिना कसुर कैद भई यातना पाउँदा

-सरोज कार्की-

फागुन २५ गते बिहानैदेखि युथ फर ब्लड र गुरुकुल विराटनगरले संयुक्त रुपमा मनाइरहेको होली कार्यक्रममा सहभागी भई करिब ३ बजेतिर घर फर्कन लागेको थिएँ। त्यसैबेला हाटखोलास्थित इलाका प्रहरी कार्यालयमा युवा अभियान विराटनगरका संयोजक विशाल राई (दाइ)लाई प्रहरीले हेल्मेट नलगाएको भनी पक्राउ गरेको कुरा थाहा पाएँ। ट्राफिक नियम पालना गराउन प्रहरीले देखाएको सक्रियता प्रशंसाको विषय थियो। तर त्यस क्रममा भएको दुर्व्यवहारले भने मलाई आलोचना गर्न बाध्य बनायो।

विशालको अवस्था बुझ्न हामी चौकीभित्र जान खोज्यौँ। हाकिम साबको आदेश भन्दै त्यहाँ ड्युटीमा बसेका प्रहरीले हामीलाई भित्र जान दिएनन्। तर केही समय पछि एक जना व्यक्ति (जसको सम्धीलाई मादक पदार्थ सेवन गरी होहल्ला गरेकाले थुनिएको थियो) अलि कडा स्वरमा प्रस्तुत हुँदै आएपछि उनलाई भित्र जान दिइयो। यस्तो भेदभाव किन?

पछि यस्तै करिब ४:३० बजेतिर अरु कैदीहरु जो मादक पदार्थ सेवन गरी ल्याइएका थिए, उनीहरुसँगै विशाल राईलाई पनि जरिवाना (रु.२००) लिएर छाडियो। ठीकै हो नियम उल्लङ्घन गरेर गल्ती गरेपछि जरिवाना तिर्नैपर्छ। बाहिर आएपछि उनले आफूलाई अन्य कैदीसँगै कोठाभित्र कैद गरी हातपात गर्दै दुर्व्यवहार गरी राखेको सुनाए। सार्वजनिक मुद्दा चलाइने धम्कीपूर्ण भाषासमेत प्रयोग भएको गुनासो गरेपछि त्यहाँका इन्चार्ज गणेश गाहासँग सोबारे बुझ्न भित्र पसेका विशाल राईसँग म पनि साथै गएँ।

‘सर सवारी ऐन अन्तर्गत सार्वजनिक मुद्दा लगाइन्छ र?’ उनले प्रश्न गरेका मात्र के थिए भित्र सादा पोशाकमा बसेका एक प्रहरी (पछि बुझ्दा उनको नाम राजेश श्रेष्ठ भएको पाएँ) ले नेता हुन फेरि फर्केर आको भन्दै गाली गर्न थाले। विशाल राईले त्यहाँ आफूमाथि भित्र दुर्व्यवहार भएको कुरा उनलाई बताए। ती सादा पोशाकमा रहेका प्रहरी र अर्का एक पोशाकमा रहेका प्रहरीले त्यस दुर्व्यवहारलाई ढाकछोप गर्दै उल्टै ‘दुर्व्यवहार र सार्वजनिक मुद्दा के हो भन्ने देखाइदिन्छु’ भन्ने धम्की दिन थाले’। मैले नम्र भएर सोधिएको प्रश्नको नम्र तरिकाले उत्तर दिन उनलाई भन्दा उनीहरु म माथि पनि खनिए। त्यसपछि हामी दुबैले आफूहरु सामाजिक अभियानमा लागेका युवाहरु हौं अलि नम्र भएर जवाफ दिनु न भन्दा उनीहरुले नेता बन्न नखोज भन्दै त्यहाँ आफूले जे गर्न पनि सक्ने कुरा बताइ रहे। त्यहाँ ती प्रहरीहरुको व्यक्तिगत इगो स्पष्ट देखिन्थ्यो। उनीहरु एकोहोरो रुपमा विशाल राईलाई दबाउने प्रयासमा लागिरहेका थिए। केही बेरको कुराकानीपछि उनी अझ आक्रोशित बने र विशाल राईलाई ठेल्दै मुक्काले हान्दै कैदखानातिर लिएर जान थाले।

मैले हात लाउन नपाउने भन्दै यसको प्रतिवाद गर्दा मलाई पनि त्यसरी नै ठेलेर मुक्का हानेर भित्र लगियो। भित्र ती सादा पोशाकका प्रहरीले हामीलाई ठेल्दै कुटपिट गर्न खोज्दा बाहिर बसेका अन्य प्रहरीले उनलाई बाहिर निकालेर हामीलाई जोगाए। चाबी लगाई थुनिएपछि मैले आफूलाई पिसाब आएको बताउँदा कैदीले बाहिर पिसाब फेर्न नपाउने भन्दै भित्रै फेर्न भनी जवाफ पाएँ। डिउटीमा बसेका एक जवानले ‘चाबी राजेश सरसँग छ हामीले केही गर्न सक्दैनौ’ भन्ने जवाफ दिए।

करिब १ घण्टा त्यहाँ थुनिएपछि जिप्रकाबाट सिआरभीको भ्यान आएर हामीलाई लिएर जानका लागि ढोका खुलेपछि मलाई शौचालय जान दिइयो। सिआरभीको भ्यानमा चढाउनु अघि हामीलाई हातमा हत्कडी लगाउन खोज्दा हामीले प्रतिवाद गर्‍यौँ। विशाललाई त हेल्मेट नलगाएको भनी जरिवाना तिरिसकेको भए पनि पुनः आरोप लगाउन सकिन्थ्यो। मैले त के नै गरेको थिएँ र ? ‘हामीले हत्कडी नै लगाउनु पर्ने कुनै अपराध गरेका छैनौँ, हत्कडी लगाउन पाउनु हुन्न’ भन्दा ती सादा पोशाकमा बसेका प्रहरीले आफूलाई नियम कानुन नसिका भन्दै हकार्दै पुनः प्रहरी जवानलाई आदेश दिए। बाहिर हाम्रा करिब १ दर्जन साथी कुरेर बसेका थिए। उनीहरुकै अघि हामीलाई हत्कडी लगाइयो। जीवनमा पहिलो पटक लगाइएको हत्कडीले मेरो मानसिकतामा निक्कै नराम्ररी प्रहार गर्‍यो। विशाल राईको अवस्था पनि उस्तै पाएँ। हामीलाई लिएर गएको सिआरभीको भ्यान गोल्छा हाउस अघि पुगेर रोकियो र हाम्रो हातको हत्कडी खोलियो। हामीले यहाँ पनि प्रतिवाद गर्‍यौँ, तर हामीसँगै गएका जवानले आफूले निर्देशन पालना गर्नै पर्ने बाध्यता देखाएपछि हामी मौन भयौं। इलाका प्रहरी कार्यालयबाट हत्कडी लगाएर ल्याउनु अनि जिप्रका पुग्नु केही अघि त्यो खोलिएको कुरामा प्रहरी राजेश श्रेष्ठको व्यक्तिगत सनक र इगोले काम गरेको मेरो मनमा पर्‍यो। हामीलाई हत्कडी लगाइनु कानुन सम्मत् भएको भए जिप्रकासम्म नै हत्कडी लगाएर पुर्‍याउनु पर्ने थियो। पछि बुझ्दा हामीलाई लागू औषध सेवन गरी हेल्मेट नलगाई मोटरसाइकलमा हिँडेको र प्रहरीसँग हातहालाहाल गरेको भन्ने आरोप लगाइएको रहेछ। हामी दुबै शाकाहारी साथै त्यस दिनको अघि २४ गते विशाल राई र म दुबैको अग्रसरतामा विराटनगरमा नशारहित होली मनाउने अभियानका लागि सदभाव र्‍याली निकालेका थियौ। हामीले सो दिन लागू औषध वा मापसे गरेका थिएनौँ। यो कुरा रगत परीक्षण गर्दा पनि पत्ता लाग्न सक्थ्यो।

जिप्रकामा पुर्‍याएर हामीलाई अन्य जघन्य अपराधका कैदीहरु सरह हत्या, हिंसा, लुटपाट, अपहरणको मुद्दा खेपिरहेका अपराधीहरुसँगै राखियो। त्यहाँ प्रहरीहरुले देखाएको व्यवहार निक्कै क्रुर थियो। बस्ने स्थानमा नै पिसाब गर्नुपर्ने बाध्यताले आहाल भएको कैदखानामा खाली खुट्टा उभिन लगाइयो। पिसाबमा उभिँदा समस्या परेको भन्दै भित्र पट्टी ओभानो कोठा भएतिर जान पाउनु पर्ने अनुरोध गर्दा पनि त्यहाँका प्रहरीहरुले जान नदिनुले आफूहरु कुनै जघन्य अपराध गरेर पसेभन्दा बढी अनुभव दियो। पछि हाम्रो स्थितिबारे साथीहरुले खबर गरेपछि केही अग्रजहरु त्याहाँ पुग्नु भएको थियो। उहाँहरुले हाम्रो वास्तविकता बारम्बार बताउँदा र अन्यतिरबाट पनि हामी(विशाल राई र म) अभियानमा लागेका युवाहरु भएको जानकारीसहित फोन गएको र सत्यता सार्वजनिक भएपछि बाध्य भई हामीलाई निर्दोष सावित गरी राति करिब साँझ ९ बजे मुक्त गरियो।

बिना कसुर हाम्रो चरित्र हत्या हुने गरी दुर्व्यवहार र यातना दिई कैदखानामा राखिनुले मेरो मानसिकतालाई प्रभाव पारेको छ। कैदखानामा हुँदा झ्यालबाट साथीहरुलाई बाहिर देख्दा आँसु थाम्न नसक्ने अवस्थामा पनि पुगेको समेत थिएँ। यस घटनाले मानसिकतामा पारेको प्रभावको कुनै उपचार त हुन नसक्ला तर पनि हामी माथि भएको अन्यायको कानुनी उपचार छ भन्ने आशा गर्दछु। केही प्रहरी प्रमुखको कामकारबाहीको वाहवाही भइरहेको अवस्थामा यहाँ प्रहरीको भेषमा रहेर सर्वसाधारणलाई दुःख दिने नकारात्मक प्रवृति समेत कायम रहेको अवस्था छ। [email protected]

63 Comments

  1. मिहे बिनाको गोरु daain
    अभियान के को अभियान
    गुन्डागर्दी युथको कि पुलिसको
    दुवै समाजलाई आवश्यक छन्
    दुवै सामाजिक घातक छन्
    लाटो देशमा गांड़ो तन्नेरी
    जसले हान्यो तेल्ले जान्यो
    साधु सुलीमा चोर चौतारीमा
    जिम्बेबारी बोध कसैमा छैन
    मानवताको मूल्य के हो ?
    कानूनी राज्यको कल्पना गरौ !!
    जय होस् सबै को जय होस् कानून को !

  2. This is a naked reality of Nepal and its administration. Each and every normal people has been suffering by political leaders, higher officials or the person who is in power.

    We, Normal People, are facing such kind of brutal behavior from powerful government officials every moments. We can’t complain against the power there is no any concerned department to her our grief, our pain, in our government body.Its a compulsion to bear any sort of blow given by powerful personnel or political don.

    There is no rules and regulation for powerful people. They have been exempting from punishment by our government and by our law also.Only those people have been suffering who do not have a link to upper government body or personnel who is in power.

    We have just to shut up our mouth and see what they want to do. We have no value in our own nation even though the nation is called Republic of Nepal.

  3. साथीहरु हेल्मेंट नलगा को बिसय मा हामी लाई कारवाई गरेको भनेर हामी ले आवाज उठाको होइन हामी ले कानुन बमोजिम सजाय तिरे पछि दुर्भ्याबर बारे बुज्न गएको. हरेक नागरिक लाइ अधिकार छ आफु लै कुन अवियोग र कुन कारण ले अभ्य्द्र ब्यबहार गरियो भने. हामी ले त्यस बिसय मा बुजा गएको .
    साथी हो हामी बन्द संग बन्द गर्ने समय , तागत छैन न त नैतिकताले नै हामी नै होउ बन्दगर्ने समूह को चहू मा गेयर मा बन्द हड्ताल को बिरोध गर्छु लेखको Tshirt ra Banner लियर शान्ति संग उभिने सहस गर्ने . हामी ले राष्ट्रिय मानब अधिकार आयोग मा निबदेंन दियका छौ पत्रकार र मानब अधिकार कर्मी सत्य तथ्य छानबिन को लागे देल्गेशन जानु भयक को छ. बिराटनगर को पत्रिका र सम्पादकीय मा हाम्रो बिसय मा आवाज उठाको छ बिराटनगर को सचेत मित्र ले घटना मा उपस्थित नहुने व्यक्ति को स्रोत खोल्नु भन्दा पत्रपत्रिका को स्रोत खोनु भाको भय राम्रो हुन्थियो होला.
    हामी ले प्रहरीलाई जवाफ देहि बनाउनु को लागि आवाज उठको कानुन रछकले काननु पालना गराउदा मानव अधिकार को पनि सम्मान गर्नु पर्छा , सबै बाट कानुन उल्घंन हुन्छ जीवन मा र सबै ले येस्तई दुरब्यबहार सहनु अपराधी झैँ , यदि एस्तो हो भन्ने किन कानुन को ठली कf ठली किताब लेखिन थियो होला ? यो कानुन उल्घं गर्दा यो सजाय traffic नियम पालना नगरि हेल्मेंट नालौदा पहेलो पल्ट ५० जरिबाना छ र अदिक्तम तेस्रो पल्ट २०० तेस भयाक कानुन मा दुर्भ्याबर र जेल सजाय छैन . यो आवाज उठुदा हाम्रो ब्यजेत हुदैन हाम्रो आत्मा समान प्रहरी दुवारा छेत बेच्हत हुदा हाम्रो ब्यजेत भयको हो न के justice को लागी आवाज उठाउदा. प्रहरी को दुर्भ्य्बर सहाना सर्ब्सधर्ण बाध्य छन् किन भने उनिहरु इजत्लाको लाज मान्छन, यस्तै हो याह को चलन भनि चिता बुजाउ छन् र उठाउदा पनि प्रहरी बाट सुनवाई हुदैन भने बुजाई छ.
    हाम्रो घटना हामी लाई हाम्रो मोबाइल खोसी पहरी दवार मा. प . स र तिन जान हेल्मेट बिना motorcycle ride गरेको र प्रहरी संग दुर्भ्बर हतपत गरेको आरोप मा सार्बजनिक झ्ठो मुद्धा चलाउन लागेको थियो यएसो भाको भय हाम्रो carrier मा असर पर्थियो धन्न संगै रहेको भई बहिनी ले सबै लाई सम्पर्क गरेर सबै ले बोलेदिया राति ९ बजे छुतौ एउटा सर्बसाधरणलाई प्रहरी को सनक मा पार्यो भन्ने एक महिना दुख पाउथियो . मेरो कमेन्ट गर्ने साथी हरु को जानकारी को लागे हिजो पत्रकार महासंग का पदाधिकारीका बीच दसप shriwastav sir lay gahtna ko २ पक्छ DSP office मा बोलाए २ पकछ को कुरा सुनी ९९ % प्रहरी दौरा गल्ति भाको र अब उप्रान्त एस्तो दुभ्य्बर को धन न दोह्रेयोस भनेर निर्देशन दिनु भयो र उहा आफैले घटना बारे खेद प्रकट गर्नु भयो र हामी लाई निरन्तर सामाजिक छेत्र मा लग्नु हौसला दिदै आफु सक्दो सहयोग गर्न तयार रेःको कुरा बताउनु भयो र हाम्रो पहेला को रिपोर्ट मा कुनै दोष नपाए को लेखापदी गरियको छ .
    समचार पत्याउनु हुन र न हुने दुवै साथीहरु यो आवाज प्रहरी ज्यादती विरुद्ध justice ko lage awaj ra stike ko alternative मा पनि सुनवाई हुन्छ भने मान्यता ko lage uthako हो.

  4. हेल्मेट नलगाएको त हो नि पुलिस ले ठिकै गर्यो , पोलिस भनेको हाम्रो लागि नै गठन भएको , यसको काम नै कानुन बमोजिम नचल्ने लाई समात्न नै बसेका हुन् कानुन को रक्छा गर्ने पोलिस लाई सलाम छ. आफै गल्ति गर्दै हिड्ने अनि सaहनुभुति बटुल्न खोज्नु हुन्न बुज्नु भो सरोज जी !!!

  5. हामीले आन्दोलन गरेको छैनौ हामी संग त्यत्रो शक्ति पनि छैन. हामीले राष्ट्रिय मानब अधीकार आयोग मा निबेदन दिअको छौ र मानब अधिकार को क्षेत्र मा काम गर्ने संस्था र पत्रकारहरु लाइ जानकारी गरrको छौ र सबै ले घटना को सत्य तथ्य छानबिन होस् भनेर आफ्नो क्षेत्र बाट आवाज उठाए का छन्. . र हिजो आफै DSP सर ले डेलिगेशन जादा हामी माथी दुर्भाबार भएको पुस्थी भएको ले ९९ % प्रहरी को गल्ति भयको सुइकार्नु भएको . किर्पाया कम्मेन्ट गर्दा सम्बादन सिलता को पनि ख्याल गरिदिनु होला संखाको भर मा नलेखनु होला बिराटनगर को मित्र ले स्थानीय पत्रपत्रिका पढ्नु पर्यो र२७ गतेको बिरातपठ को साम्पादकिया पदेर कम्मेन्ट गरेर्नु भाको भय राम्रो हुन्थियो न कि अपुस्थ स्व्यक्तिगत source त्यो पनि घटनाको प्रत्छ्य दर्शी होइन.
    गल्ति हामी बाट भयको हो हामी कानून अनुसार को सजाय पाउन तयार तर अव्य्द्र भावर र कानुन लाई मिची जन्ग्बह्दुर को जस्तो जे मन लग्यो तेही कानुन रच्हक ले गर्नु पाउदेन.
    आफु लै कून अवियोग मा र किन यीस्तो behave गरियो भनेर सहब्या तरिकाले पाउने अधिकार नागरिक को हुन्छ हामी ले कुनै धम्की र असभ्य सम्बद गरको थियानौ.
    सबै कानुन उल्घंन एकै थरि को सजाय र ब्यबहार हुनु हुदैन भनेर ठेली को ठेली कानून को किताब बनको हो.
    हत्कडी लगाउदै हाम्रो ब्यजेती भईसक्कको हो न कि समाज लै आफु victim भएको र कानुन को रच्हक बाट पीडित भयको जानकारी दिनु र Justice ko लागि हाम्रो घटना सार्बजनिक गर्न. जसले अपराध गरेको छ उसको बारे घटना सार्बजनिक हुदा ब्यजेती हुन्छ र अपराधीले लाज मान्छ . हामी लाई त प्रहरी ले ब्यजेती गरेको र हामी ले नाय पहुन आवाज उठा को, यसरी नै नेपालमा थुप्रै सत्य र अपराध हरु पीडित ले लाज मानी /हुन्छ भनि दबेको छ .

  6. कति दुखलाक्दो लेखेइहरु , हामी पनि युरौपमा नेई बस्छौ तर कति महानुभाबहरुले
    अमेरिका र नेपालको रुल दजायेरा लेख्नु भोयो कहाको नेपाल अनि कहो अमेरिका ,
    नेपालमा नेई बसेर हेर्नुस त्येहको नियेम ,त्येहको पोस्ट , जसको शक्ति उसैको भक्ति, कस्तो गजब ……! प्रहरीको कहाँ छ इमान ? नेताहरुको कहाँ छ जमान ?आखिर पिदिद छन् जनताहरु ….! प्रहरीको पोस्टले अहम , नेताहरुको कुर्सि धोकेब्हज …..!केहि गरु भन्ने युवाहरु नेता र दृग्स को आरोपमा हत्कडी कस्तो बिदम्बता …..!

  7. सबैभन्दा पहिला त मलाई यो news सत्यता माथि नै संका लाग्छ ,,,यहाँ police धेरै गल्ति देखियको छ ,,,,अब police ले पनि आफ्नो कुरा राख्न पायो भने अनि हामी भन्न सकिन्छ गल्ति कसको हो भनेर

  8. प्रहरी र असभ्यताको जोडी यक तितो सत्य भयको कयौ घटनाहरुले प्रमाणित गरेकोछ/ ट्राफिक प्रहरीको असभ्यताको सिकार म पनि भयको थिय/ नया बानेस्वर चोकको मोडको सडकमा ढलेको पोल उठाउन मलाई आदेश दियो/ मैले मानिन त् हातपात नै गर्न आयो/ तर मैले सिंह दरवारको ट्राफिक प्रधान कार्यालयको हाकिमलाई रिपोर्ट गरेर सडकमा सभ्यता कायम गर्ने जिम्मेवारी पायका ट्राफिक प्रहरुहरुनै असभ्य भयको कुरा सबै सांसदहरुलाई पत्र मार्फत जानकारी गराउने र बिरोध प्रदर्शन समेत गर्ने धम्कि दिय पछी “माफी” मागेर मलाई प्रहरीको गाडीमा घर सम्म पुर्याई दियो/

    ट्राफिक मात्रै होईन प्रहरीहरु पनि मातियकोछ/ नेपालमा ब्यबस्था बदलियो तर कयौ प्रहरीहरुको आचरणमा अझै पनि पंचायत कालिन नै छ/

    प्रहरीको आचरण सुधार्न निम्न ब्यबस्था सायद प्रभावकारी हुनेछ:
    ०१.ड्युटीमा रहेको प्रत्यक प्रहरीको कलरमा निभाउन नपाउने ट्रान्समिटर जडान गर्ने/ मैले विदेशको प्रहरीहरुको कलरमा यस्तै कुरा देखेको छु/ प्रहरीले ड्युटीमा रहेको बेला बोलेको प्रत्यक सब्द हेद क्वाटरमा रिकर्ड हुन्छ/ एस्तो ब्यबस्था नेपालमा पनि गरेमा प्रहरी सभ्य बन्न बाध्य नै हुनेछ; पैसा माग्न सक्दैन; आमा चकरेर कसैलाई गालि गर्न सक्दैन; कसैलाई पदको धाक देखायर झुठो मुद्दामा फसाउन सक्दैन/

    ०२. प्रहरी कार्यालयहरु र हिरासतमै पनि सी सी टिभी निभाउन नपाउने गरि जडान गर्ने र त्यहाको बार्तालाप र गतिबिधि प्रहरी प्रधान कार्याल बात हेर्दै बुझ्दै गर्ने/

    माथि उल्लेखित दुई कुरा मात्रै गरेमा पनि नेपालको प्रहरीहरु मात्रै होईन धेरै जना सभ्य बन्न बाध्य हुनेछ/

    • मदनजी,

      “नया बानेस्वर चोकको मोडको सडकमा ढलेको पोल उठाउन मलाई आदेश दियो” भन्नुभो । किन दियो तपाईंलाई यस्तो आदेश ? कस्तो पोलको कुरा गर्नुभएको ? तपाईंलाई बिनासित्ती रोकेर पोल उठा त पक्कै भनेन होला । कि सहयोगका लागि आग्रह गरेको थियो ?

      यदि तपाईंले कुनै गल्ती गर्नुभएको थिएन किन डराउनु ? किन शक्तिको प्रदर्शन गर्नु ? किन सांसदहरूलाई काट्ने धम्की दिनु ? यदि तपाईंलाई साँच्‍चिकै दुर्व्यवहार भएको हो भने तपाईंजस्तो जिम्मेवार मान्छेले तपाईंलाई छोडिसकेपछि पनि यो कुरा उठाउनुपर्ने हो । तर तपाईंले शक्तिको धमास देखाएर प्रहरीसँग सम्झौता गर्नु भो । तपाईं निर्‍दोष हुनुहुन्थ्यो होला । तर यो कुरा तपाईंको मात्र होइन, यो एउटा प्रवृत्ति हो । दोषीहरू पनि यस्तै धमास देखाएर छुट्छन् । के यस्तो व्यवहारले प्रहरीको मनोबल गिराउँदैन ? मनोबल गिरेपछि मान्छेको व्यवहारमा प्रभाव पर्छ नै ।

      तपाईं‌ त पहुँच देखाएर छुट्नुभो । पहुँच नहुनेको हविगत के होला ? समग्रमा भन्नुपर्दा प्रहरीहरूको व्यवहार नराम्रो हुनुमा तपाईंले प्रस्तुत गर्नुभएको जस्तै व्यवहार पनि कारक छ ।

      • “..सांसदहरूलाई पत्र काट्ने धम्की दिनु ?” हुनुपर्नेमा अन्यथा भएकोले सच्याइ पढ्नुहोला ।

        • पुष्प ज्यु
          जवाफ त् दियको थिय, पढ्न चाहनु हुन्छ भने प्रतिक्रिया मोदेरेट गर्ने तपाईको मित्र सिट सम्पर्क गर्नुस/ अचेल तपाईंको प्रतिक्रियामा जवाफ दिंदा छापिंदैन/ मैले जवाफ लेखेको आजले ४ दिन भयो/

          माथि मैले सांसदहरुलाई पत्र लेख्ने भन्ने कुरा तपाईलाई धमास लागेकोमा मात्र यति भन्छ “संसद र सदनमा सबैले पत्र लेख्न सक्छ यो जनताको अधिकार हो यसमा कहिँ कतै कसैले बन्देज लगाएको छैन ; मात्र पत्र लेख्ने व्यक्तिमा साहस र सत्यता हुनु पर्छ” / सदनलाई जानकार गराउने काम धेरै सरल तर प्रभावकारी हुन्छ/

          नया बानेस्वर चोकमा, त्याहाको स्थानीय प्रतिष्ठित व्यक्ति श्री हरिभक्त मानन्धर ज्युको छोरीको बिहा भोज खायर फर्कंदा मलाई त्यो ट्राफिकले अनुरोधको भाखामा पोल उठाउन भनेको भय पोल त् के सडक पनि सफा गर्न तयार हुने थिय/

          अन्तमा यो पनि भन्छु श्री हरिभक्त मानन्धरज्युको जागिर जानुमा मेरो रिपोर्ट पनि एउटा कारण थियो/ तापनि मलाई उहाँले भोज बोलाउनु भयो/ यो कुरा तपाईं बुझ्न सक्नु हुन्छ; हरिभक्त नेपालको ट्राभेल एण्ड टुर्स ब्यबशायमा सबैले चिनेको व्यक्ति हुनु हुन्छ/ यो कुरा कुरा पनि तपाईंलाई धमास भन्दा ठुलै लाग्नेछ/

  9. यहाँ कमेन्ट लेख्नेहरु मध्ये धेरै अशिक्षितहरु देखे | बिए एमए पास गर्दैमा मान्छे शिक्षित हुँदैन | मान्छे ज्ञान ले शिक्षित हुन्छ डिग्रीले होईन | प्रहरीलाई व्यक्तिगत रिस ईवी साध्न बिल्ला दीईएको होईन ? सम्झाएर बुझाएर हुन सक्ने कामलाई बल प्रयोग गर्नु ले यहाँ प्रहरीको सरासर गल्ति देखिन्छ | दुर्भाग्यवस नेता होस् कि प्रहरी आफ्नो कर्तब्यको मर्म थाहा नहुनु नेपालीको संस्कार नै भै सकेको छ | प्रहरी पनि तपाइँ हामि जस्तै सर्व साधारण हुन् , उनीहरुलाई बन्दुक दिईएको आफ्नो रिस साँधन होईन | हाताकोलाका प्रहरीहरु (राजेश श्रेष्ठ, गणेश गाहा जस्ता) प्रहरीहरु ले अरुलाई समेत बदनाम गर्छन | यस्ता प्रहारीलाई एउटा नैतिकता को तालिम र ओहोदाको अर्थ सिकाउनु पर्यो, त्यही छिंडीमा थुनेर |

    • सरोज जी
      कसको गल्ति हो यो भन्न सकिदें तर हिन्दि फिल्म मा ठुलो ठुलो मिसन मा पनि केहि साथ् नलिए खालि हात नायक एक्लै गए जस्तो तपाइँ पनि एक दुइ जना लिएर जानु भएछ, प्रहरी को गल्ति भएको हो भने जनमानस लाइ लिएर गएको भए तपाइँ माथि हर्कत गर्ने हिम्मत प्रहरी को हुन्थें.

  10. यहाको कुरो सहि हो ठिक हो भनेर सरोज कार्की जी लाइ समर्थन गर्दै पुलिस लाइ यो त त्यो भन्न सकिदैन!
    तर यो चाहि ठोकेरै भन्न सकिन्छ कि,
    नेपालको प्रहरी हरुलाई युजर फ्रेन्डली बनाउने सफ्टवेयर चाहि राम्रै बनायर हाल्नु पर्ने छ!
    नेपाल प्रहरी लाइ चेतना, सामाजिकता, मानबियता साथै प्रहरी भनेको केहो, यसको उदेश्य केहो, के कुरा यसको खास महत्वो हो, यसले गर्नु पर्ने के हो, के गर्नु हुन्न! प्रहरी कहा औनेसंग कस्तो ब्याबहार हुनुपर्छ! को संग कसरि पेश हुनुपर्छ कसरि ब्याबहार गर्नुपर्छ! पेशालाई कसरि ब्याबसायिकरण गर्नु पर्छ भनेर राम्रै ट्रेनिंग वोर्कशप र कक्षा दिनु पर्ने छ!
    कम्तिमा यस यल सी पास नभयका लाइ प्रहरीमा भर्ना लिने हुदैन अझै प्रहरीमा भर्ना भयर पनि स्पेसल ब्यहोभियर र नैतिक सामाजिक चेतना को स्पेसियल कक्षा र ट्रेनिंग पास गरे पश्चात मात्र तिनीहरुलाई प्रहरीको पद दियर कार्यमा खटाउनु पर्छ र तेस्को फलोअप गर्ने प्रवर्द्वन तिनीहरुको भ्यालु गर्ने आदि कार्य गरि प्रहरीको सजाय वा प्रबर्द्वन गर्ने एउटा प्रहरी भित्रैको आधिकारिक डिपार्टमेन्ट को जरुरत छ!
    जनताको आर्मिसंग तेती प्रत्यक्ष सरोकार हुदैन तर प्रहरी त दैनान्दिकी हो तेसैले प्रहरीले जनतालाई आफ्नो ठान्नु र मान्नु पर्छ!
    नितान्त शुद्दिकरंको आबस्यकता छ!
    यु के अमेरिका तिर बनेको युजर फ्रेन्डली सफ्टवेर हाल्नु पर्छ नेपाल प्रहरीलाई! इन्डिया बंगलादेश मा बनेको ले हुदैन!

  11. पहिले त लेखकले सडक नियम बारेमा अभियान चलाउदा राम्रो, जरिमाना तिरेर निस्कियेपछी दुइजना मिलेर तुरुन्तै भित्रपस्नुले दादा हुनपो खोजेको होकी जस्तो नि, नत्र भरे भोलि बुझ्न जाँदा पनि त हुन्थ्यो / नियम कानुन पालन गरौना बल प्रयोग गर्नु आबश्यक पनि पर्न सक्छ भन्नेकुरा सर्बमान्य नै हो,/ कसो जिउमा चोट पटक लग्न पाएन भनेर सन्तोष मान्दा राम्रो होला./

  12. जसरी कुकुरको पुच्छर १२ बर्ष धुङ्रोमा राख्दा बरु ढुङ्रो बांगिएला तर पुच्छर सोझिदैन त्यसरी नै केही पुलिस अफिसरहरु (रमेश खरेल लगायत) ले राम्रो गरे भन्दैमा बाँकी यी असभ्य र औठाछप (शैक्षिक हैन दिमागी औंठाछप) पुलिसहरु सुध्रिने वाला छैनन । पुलिस प्रशासन भित्र आमुल परिवर्तन नगरी यिनिहरुबाट सभ्य व्यबहारको आशा गर्नु बेकार छ ।

  13. मैले सुनेको:(सत्य कति हो? भगवान नै जानुन )

    साथी हरु , कार्यक्रम सकेपछि , मदिराले लट्ठ भै (साकाहारीले जाड खादैन भन्ने कहिँ छैन )
    बिना हेल्मेट , bike हकेरा हिदेचन, प्रहरीले समाते पछि ,
    म को हु चिन्छस भनेर हलाव्दर माथि कुर्लीएछन् ,
    पछि राजेश श्रेष्ठले (जो आफ्नो स्वभावका कारण साथी भाईमा चर्चित छन् )
    मुक्का -मुक्कै ले चिनाई दियछन् , भयो को खासमा तेही नै हो
    पछि स्थानिया नेताहरु लागेर छुटाएछन्
    (यदि मलाई सुनाउने मान्छे सहि हो भने )

    • अनुसिल जी, असली नाम त यो होइन होला, anyway तपाइको तलको वाक्यले के प्रस्ट हुन्छ भने तपैले राजेश श्रेष्ठ भन्ने नालायकलाई राम्रै चिन्दो रहेछ —

      “राजेश श्रेष्ठले (जो आफ्नो स्वभावका कारण साथी भाईमा चर्चित छन् )
      मुक्का -मुक्कै ले चिनाई दियछन् , भयो को खासमा तेही नै हो”

      अनि सरोज कार्की को चाही के दोष रहेछा त यो नालायकको नजरमा ???यो नै हो उसको पेशागत व्यवहार एक प्रहरी अधिकृत भएर?? बिदेशमा भए यसको जागिर चट भैसक्थ्यो अहिलेसम्म, नेपालमा भएर बचे?? यस्ता झोके मान्छेको अन्त पनि आफ्नै झोकबाट हुन्छा बुझी राख्नुहोला !

  14. हरेराम जि विशाल जि यस क्षेत्रमा युवा अभियान नामक गैरसरकारी संस्थामा आवद्द भै कार्य गर्दै आइरहनु भएको छ । म भने युथ फर ब्लड नामक समुहमा आवद्द भइ आवश्यक्तामा परेका व्यक्तिहरुका लागि ताजा रगत व्यवस्था गरिदिने र युवाहरुलाइ रक्तदानबारे जनचेतना फैलाउने कार्य गर्दै आइरहेको छू । युथ फर ब्लडका बारेमा तपाइले थप http://www.facebook.com/groups/youthforblood/ लिङ्कमा गएर जानकारी लिन सक्नु हुन्छ (विज्ञापन गरेको होइन)।
    अनि केहि अग्रजहरु भन्नाले मानव अधिकार संस्था इन्सेकका अध्यक्ष सोमराज थापा, विज्ञान प्रविधिको क्षेत्रमा कार्य गर्नु हुने दाइ निर्मल तामाङ , रेडरोजका अध्यक्ष विपिन पासवानलगायतका सामाजिक व्यक्तित्वको कुरा गरेको हुँ ।

    विजय जी । तपाइको कमेन्टले कता कता पिडा दिने काम गर्यो । युवा शब्दलाइ नै हेय दृष्टिले हेर्नु भए जस्तो छ । “युव अभियान” (youth initiative) को कुनै राजनितिक स‌ंगठन होइन । अनि म आवद्ध youth for blood बारे बुझ्नका लागि http://www.facebook.com/groups/youthforblood लीङ्क छाड्दैछू । म (विशाल राइ पनि) कुनै राजनितिक पार्टी वा तिनको भातृ संगठनमा आवद्द युवा होइनौ । युथ फर ब्लडको अभियान संचालन गरि आवश्यकतामा परेका व्यक्तिहरुको लागि ताजा रगतको चाँजो मिलाउने कार्य गरिरहेको छू ।
    अर्को तर्फ पत्रकारीता कै कुरो गर्ने हो भने पनि यसमा आवद्द रहेयता मैले लेखेका समाचारहरु हेर्न सक्नु हुन्छ कुन चैं राजनितिक समाचार मैले कोरेको छू । म युवा विशेष समाचार लेख्न रुचाउने र लेख्ने मानिस हुँ । राजनिति भन्दा कोहि पर रहन सक्दैन तर प्रत्यक्षरुपमा म आफुलाइ राजनिति भन्दा पर राखेर कार्य गरिरहेको छु ।
    अनि हेलमेट नलगाउनु गल्ति भएको स्विकारेकै हो । जरिवाना भुक्तान पनि भएकै हो तर यसै विषयमा त्यहाँका जवानहरुले गरेको दुर्व्यवहार र हिरासतमा लिने कार्यबारे त्यहाँको इन्चार्जसँग बुझ्न जानुलाइ कसरी नकारात्मक लिनु सकिन्छ ? के गल्ति भन्दा बढि सजाय पाउँदा तपाइ चुपचाप सहनु हुन्छ ? र जहाँसम्म मैले त्यस बारे बुझ्न जाने कुरो छ । विशाल जि त्यस दिन गुरुकुल विराटनगरसँग मिलि युथ फर ब्लडले आयोजना गरेको होली कार्यक्रम (नशारहित र सदभावपुर्ण) मा सहभागी हुन अतिथिको रुपमा आउनु भएको थियो जसबाट बाहिरिदा उहाँमा माथि उल्लेख गरे अनुरुपको घटना घटेको हो । अब तपाइ आँफुलाइ मेरो स्थानमा कल्पना गर्नुहोस र मैले त्याहाँ घटना बारे बुझ्न जानु गलत हो ?

    • सरोज जी, मानब अधिकार हनन हुने कुनै पनि गतिविधिको हामीले तिब्र रुपमा प्रतिकार गर्नु पर्छ | तर पुलिस प्रसासन तपाई हाम्रै सहयोग र प्रोत्साहनमा चल्ने संस्था हो | यसमा देखिएका बिकृति र विसंगतिलाई उजागर गर्नु राम्रो पक्ष हो | र यदि तपैहरु माथि ज्यादती भएको हो भने त्यो कुनै पनि हालतमा क्षम्य हुदैन | तर पनि law enforcement लाई सर्बोपरी ठानेर यो घटनालाई धेरै नाचार्कौनु राम्रो होला कि | एउटा रोचक घटना त तपाईले सुन्नु भएकै होला …ओबामाका साथिलाइ त पुलिससंग मुख मुखै लाग्यो भनेर हत्कडी लगाएर लग्या थियो रे | पछी ओबामाले पुलिसले “stupid” काम गर्यो भन्दा माफी माग्न परेको थियो | यसलाई यहाले कसरि लिनु हुन्छ ????

      • बिस्वाश जी,

        तपाइले सुन्तला संग कागती दाज्ने काम गर्नु भयो ! नेपाली प्रहरीको बोलि/बचन र अमेरिकाको प्रहरीको बोलि/बचन त दाज्न नै मिल्दैन होला जस्तो लाग्छा मलाई त, किनकि उनीहरुको सभ्यता र हाम्रो प्रहरीको सभ्यता त आकाश जमीनको फरक छ, हाम्रो संस्कृति जति सुकै धनि भनेर फलाके पनि !!

  15. तपाई हरुको युवा अवियाँनलाई प्रहरीले हस्तछेप गरेको देखियो , नाम चै युवा अवियाँन अनि कस्तो राम्रो काम है – हेल्मेट नै नलगाई bike चलाउने . पुलिसले पकड़ियो जरिवाना गय्रो अनि छोड्यो / फेरी न्यु खोज्न चै किन जानु परेकोनी / साथीहरु बाहिर थिए वन्नुवयो किन पुरै हुद्दा नै हुनुहुन्थियो कि कसो / बरु वन्नुस तपाई हरुलाइ कसको दबाब मा छोडियो /

    साथि अब आन्दोलन गर्ने होला नि कि ति प्रहरी लाई माफ मगाउने कि नेपाल नै बन्द गर्ने हो कि ?
    आखिर युवा अवियाँन रैछा , गर्नुस नेपाल बन्द , तपाई एकलै लाइ पिडा किन नि सारा नेपाली लै दुख दिनुस न , तर कृपया अग्रिम सूचना गरेर बन्द गर्नुस है ……

  16. सरोज जी,
    यही त छ ताल यहाँका प्रहरी, प्रशासक, नेता र गुण्डाहरुमा…..किनकी यहाँ पैसा र शक्ति दुई शक्ति शक्तिशाली भएकोले गर्दा….यहाँ मानवता, मानवीय ब्यबहार, मैत्रेय सिकाईदैन यहाँ त लोकसेवा आयोगमा हिमालको नापतौल, देशको क्षेत्रफल ईतिहासको सडेको कुरा रटेर हाकिम हुने परिपाटी….. मान्छे मानसिक रोगी भई लोभ मोह क्रोधको कारणले गर्दा आज यस्ता दानवहरु जन्मिएका छन्…..अब यस्ता दानवहरुलाई मानव बनाउनु युवाहरुले अभियान यानिकी क्रन्ति छेड्नु आबश्यक छ

  17. साथी हरुको कमेन्ट अलिक सीरियस नभए जस्तो लाग्यो | पहिलो कुरा त राम्ररी बुझेर मात्र कमेन्ट गर्नुपर्छ| गूगल मा गएर एकपटक हेर्नुस त साथी युवा अभीयान कस्तो संस्था हो? अनि अर्को कुरा साथी हरु के तपाइको बुबा र दाजु तपाइको अग्रजहरु होइनन? अग्रज राजनैतिक पार्टी मा मात्र हुन्छ? बास्तबमा वहा हरु माथि पुलिस सक्थी को दुरुपयोग भएको हो जस्तो लाग्छ | देश को प्रसासन यो रुप मा हुनु दुर्वाग्य हो |

    सरोज जी तपाई हरुमाथि अन्याय भएको छ यो कुरा पुलिस ले मान्नु पर्छ|
    ब्लग को लागि धेरै धेरै धन्यवाद कमसेकम हामी ले पनि जान्न पाहिम पुलिस प्रसासन मा के हुन्छ|

  18. The history of mankind is marked by efforts to ensure respect for the dignity of human beings.

  19. पाच वर्ष अगाडिको कुरा हो , होलि कै दिन मेरो भाइले हेल्मेट बीना मोटर बएक चलायो भनेर प्रहेले मर्ने गरेर पिट्यो , सडक मा पीटी खाने गल्ती गरेको छैन बरु अरु कारबाही गर्नु भन्दा मलाई पाने चार घण्टा चक्रपथ थाना मा हल्देयो , तेहा बताएको चार घण्टा ले के असर पर्यो त्यो मलाई थाहा छ ..
    अर्को घटना ( सायद तेते बेला शास्त्र प्रहेरी मा आन्दोलन भएको थ्यो ). एक रात करिब बारा बजे डिल्लीबजार को ओने वाय मा मादक पदार्थ सेबन गरेर एउटा ब्य्के मा तिन जना आयो अने प्रहारी गस्ती ले रोक्यो .. तेनेहरु काँग्रेस पार्टी को सेन्टर कोमेटी ( मलाई राम्र्रो संग थाहा भएन तर उनि हरु ले नेता लै फोने गर्यो.. आसै को अगाडी ) मान्छे भएको र ती प्रहरी को अगदे तै बाटो मा तिन जना जान्छु के गर्न सक्चास गर भन्दा .. assistant police le chup lagera chape deyo.. une haru gaye .. ek chin pache jawan haru le .. sir kina chup lagnu bhayeko hame pane aandolan gartheu kehi bhayeko bhaye bhandai thyo…
    jay hos .. mero desh ra mero desh baseko

  20. युवा अभियान एउटा गैर सरकारी संस्था हो. यस ले कुनै युवा जथा बनाउने काम गर्दैन . यसले युवा हरु लाई सामाजीक सरोकार को बिषयमा छ्यमता बिकाश गरने काम गर्छ.. यो कुनै क्लब र राजनतिक युवा संस्था होइन. यो लेखमा संस्थाको नाम लेखकले व्यक्ति को सामाजिक परिचय खोल्नु को लागी दिएको हो
    कमेन्ट लेखनु हुनु सबै लै धन्यबाद हामी ले आफनो इजत बेच्चर कुनै नाम कमाउनु छैन, हामी लाई सहानुभूति लिएर हाम्रो गुमाको आत्मा सम्मान मानसिक पिडा फिर्ता हुदैन, यो आवाज उठाउनु को कारण लोकत्रान्तिक नेपाल मा फ्रहरी पनि कानुन भित्र रहेर चल्नु परछ र कानुन उल्गन गरेको ले अनुसार को सजाय पाउनु पर्छ. न की व्यक्ति गत सनकमा.
    साथी हरु लाई दांग घटनाको चस्मा ले यो घटना लाई न हरेदिनु हुन अनुरोद गर्दा छु.कीर्पया समाचार राम्रो संग बिस्तृत रुपमा पदिनु हुन अनुरोध गर्दा छु.
    बिराटनगर मा हामी कस्तो युवा हरु होउ भनी अधेकरिक निकाय नभय पनि समाज का प्रथिस्तित व्यक्ति, सामाजिक , राजनीतिक साहित्य , नागरिक समाज लाइ रेफ्रीन्न्स लिन सक्नु हुन्छ किन भने व्यक्ति को चरित्र ले पनि फरक पर्छा . र हामी लाई भए को घटना बारे बिराटनगर को पत्रिका र पत्रकार र मानब अधिकार कर्मी , राजनीतिक नेता हरु सबै बोलका र निन्दा र डेलिगेशन गअका छन्. .प्रसासन बाट गल्ति हुदनी भन्नु र ठानु अलिक सहि हुदैन होला मा लोकत्रान्त माथि विश्वास गर्छु र कानु को इजत गरने सकभर कोशिस गर्छु र यो लोकत्रान्त को सुन्दर पक्चय येही हो कि अनन्य वा चित नाबुजे को कुरा सुन्ने निकाय र अव्यद्र र अपसब्दा प्रयोग नगरि बोलने पाउने ब्यवस्त छ. हामी ले तेही गरेको र घटना को इन्वेस्तिगेशन होस् एउटा सर्बसाधारण जागीर वा गरेखाने मान्छे ले सुरछाया निकाय बाट पिडित हुन नपरोस हामी त भेय्म.
    नेपाल मा येस्तई हो भनेर चुप्प लग्नु कति सम सहि हो यदी अमेरिका मा पनि तेस्ता घटना हुन्छ भने त्यो गलत हो.कानुन बमोजिम सजाय पाउनु पर्छा.
    हामी ले प्रहरी को राम्रो कम को प्रसंसा गरि आत्मा सम्मान गर्नु पर्छा तर सनकपन गलत काम लाई शान्ति सुरक्ष्य को नाम मा नज्जर अन्दाज गर्नु कति ठिक्क कति बेठिक.
    घटना बारे चासो लिई कमेन्ट गर्नु हुने सबै लाई धन्यबाद .

    • बिशाल जी,
      तपाईहरु बिराटनगरमा कस्तो युबा हुनुहुन्छ त्यो त राम्ररी थाहा हुन सकेन | तर एउटा कुरा प्रस्ट के छ भने प्रतान्त्रमा आस्था राख्ने जसले पनि कानूनलाई सर्बोपरी ठानेर चलेका हुन्छन | अब हेलमेट नै नलगाई गरेको कानून उलंघन पश्चात गल्ति गरेको स्वीकार्दै माफी माग्नु पर्ने ठाउँमा तपाईहरुलाई कार्यबाही गर्ने प्रहरीहरु सित जोरी खोज्दै हिड्नु ले तपाईहरु जस्तै ठुलो अभियानमा लागेका युवाहरु भए पनि सोच र समझ चाही अझै अविकसित रहेको देखिन्छ |
      गल्ति गरेपछी स्वीकार गर्नु ठुलो कुरा हो |

  21. सरोज जी,तपाइले भोग्नु परेको यो अवस्था बारे थाहा पाउदा सार्है टिठ लाग्यो | सोंचे, पिसाबको आहालमाथी उभिनुपर्यो भने मेरो हालत के होला भनेर ? यो अतेंतै घिर्नित छ | तर मेरो बास्तबिकता चाही के छ भने ,म जहाँ छु,यहाँ त तपाइको ( बिशाल राई) दाईले जस्तो गैर्ह कानुनी काम गर्नै पर्दैन हातमा हत्कडी लाग्नको लागि | पुलिस अधिकारीलाई शंका लागेर तपाइलाई रोकिसकेपछी अटेर गर्नु भो भने तुरुन्तै तपाइको हातमा हत्कडी लागिहाल्छ, तेहिपनि हात पछाडी गरेर | अनि मात्रै सोधपुछ शुरु हुन्छ | चौकी भित्र हैन मित्र ,जहाँ उनीहरुले भेटे त्याही(बिशेष गरि सार्बजनिक स्थलमा) | केवल तमाम सुरछ्याको लागी | जुन यहाँ जायज पनि छ | अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकमा पनि येस्तो हुन्छ भनूँ भने एक जना कमेंटर हांसिसक्नु भाछ तर हामीले भुल्न नहुने कुरा के हो भने हाम्रो देश नेपालमा संबिधान बन्न नसक्नुको कारणहरु मध्य एक मुख्य कारण हो कार्यकारी रास्ट्रपतिको बिषयलाई लिएर,यहाँ कार्यकारी रास्ट्रपति छ तर निरङ्कुश भाको रेकर्ड छैन | यहाँ प्रणाली बसालेका छन् ,जहाँ राम्रो राम्रो नै हुन्छ र नराम्रो नराम्रो नै हुन्छ | यो त केवल हाम्रा नेताहरुको विश्व अध्धयनको कमजोरी मात्रै हो | हाम्रो तर्क जे भयपनि,मान्नु पर्ने तथ्य के हो भने अमेरिका विश्वमा सफल र अति शक्तिशाली राष्ट्र नै हो |

    तपाइले चरित्र हत्या को कुरा गर्नु भाछ, हेर्नुस तपैहरुलाई हत्कडी लागेको भन्ने कुरा माइ संसारको यो ब्लग पढेर था लाग्यो र तपैका अनुसार देख्ने पनि बिश/पच्चीस जना भन्दा बढी छैनन् ,तर यहाँ त पाँच मिनेट तपाइको हातमा हत्कडी लाग्यो भने कम्तिमा पाँच सय भन्दा बढीले देख्छन,ल अब मलाई भन्नुस सरोजजी,हत्कडी लागेको धेरैले देख्नेको चरित्र हत्या बढी हुन्छ कि, थोरैले देख्नेको हुन्छ?

    अब लागौ तपैहरुले गर्नु भएको प्रशंशनिय काम तर्फ , बिराटनगरमा “नशारहित होली” मनाउने अभियान को नेतृत्व(तपैकै लेख अनुसार) गरेर एउटा उत्तम काम गर्नु भाको हो,यसमा कसैले पनि नराम्रो भन्न मिल्दैन र भनेका पनि छैनन् | चाडपर्ब मनाउने नाममा बिकृतिले ठाउँ पाउनु हुन्न | तर सरोज जी , एउटा राम्रो काम गर्नेलाई अर्को राम्रो कामको बिरुद्दमा काम कारबाही गर्ने छुट हुनु हुन्न | यो एक अत्यन्तै मननीय गहन बिषय हो | हेल्मेट लगाएर बायक चलाउनु पर्ने एक राम्रो कानुनलाई तपाईको बिशाल दाइले,मानेका छैनन् | तपैहरुले “नशारहित होली ” जस्तै “हेल्मेटसहित बायक” लाई पनि आत्मसाथ गर्न सक्नु पर्यो | यहाँ न्यु योर्क मा भाको मान्छे मलाई त यो कानुन थाहा छ भने तपैहरु जस्तो अभियान नै चलाउने युवालाई थाहा नहुने भन्ने त कुरै भएन | तपैकै लेख अनुसार ,म मान्छु तपाइले भन्नु भाको जस्तो राजेश श्रेष्ठ(व्यक्तिगत सनक र इगो ,तैपैको भाषानुसर ) जस्तो बेहोरा नभयको(मुर्ख )व्यक्ति पनि प्रहरीमा छन् नै तर कानुन लाई मिच्न खोज्ने बिशाल राई जस्ताको लुरु लुरु पछी लागेर गई चौकी भित्रै प्रहरीलाई कानुन सिकाउन खोजेर (आफु चाही नमान्ने ) राजेश श्रेष्ठ जस्ता मुर्ख लाई उसको मुर्खता देखाउने मौका दिनु भनेको त तपैकै अझ बढी मुर्खता हो | अब यस्तो कानुन मिच्न खोज्ने नियत नराख्नु होला भन्दै यो ब्लगको कमेन्ट को लागी टाइप गर्ने काम यहि बन्द गर्छु |

  22. कानूनी उपचारको लागि प्रहरी प्रधान कार्यालयमा सम्पर्क गर्नु बेश होला ! प्रहरी हरुलाई नम्र बोल्नको लागि तालिम चाँही दिने पर्ला, कि कसो साथि हरु हो?

  23. खसीको मासु त् मिठो लाग्छ होला ,अब आफै खसी बन्दा को पिडा असैह्य हुने देखि हाल्नु भो | सधै खाएको बिस मात्र लाग्दैन ,कहिले काही नखाएको पनि लाग्छ ,येसैको नाम जिन्दगि हो भनेर चित्त बुझाउनु पर्छ एस्तो मा |
    प्रहरीको काम को नेचर अनुसार अलि अलि कठोर दिखिनु चै आबस्यक पनि छ | तर अप्सब्द बोल्ने ,अनाबस्यक दुख दिने रोकिनु पर्छ |
    प्रहरी ,प्रसासन ले एती सामान्य सुधार सम्म पनि न गरेको मा नया नेपाल को ठेकदार हरुले
    लाज मानु पर्ने हो | सामन्ती अब्सेस भन्दै आर्को १० बर्स सम्म यहि निजामति सेवा ,प्रहरी ,प्रसासन को रबैया कायम राख्नु जनता प्रति को बेइमानी हो ,देश प्रति धोका हो |

  24. नेपालका प्रहरीले कहिल्यै पनि नम्र भएर गल्ति छ अब नगर्नुस र यस्तो गर्नु पर्छ भनेर सिकौदैन र एक्कासी ठुलो धम्कि दिने र सोजा साझा जनतालाई त्रास देखाएर पैसा निकाल्न खोज्छन यो मैले नेपाल हुदा पनि धेरै भोगेको छु. त्यहि भएर पनि नेपाल प्रहरी बदनाम भएको छ. मैले त बुझ्ने सकेको छैन जब प्रहरीमा ट्रेनिंग सकेर पास आउट हुदा के कसम खुवाउछ देश र जनताको लागि के गर्छु भन्छन अचम्म लागि रहेको छ जे होस् यस्ता ज्यादती लाई चिरेर उनीहरुलाई पाठ सिकाउनु चाही जरुरि नै छ

  25. आफुले गरेको गल्ति को ढाकछोप गर्न बडाई चढाई गरेको देखियो . आफुनै हेल्मेट नलगाई हिड्ने अनि power को धम्कि पनि भयो होला . पुलिस लाई दोष दिन त सजिलो भयो नि

    • दोश्रो कुरो, ब्लगरलाई ‘अपराधी’ को अर्थ दोहोर्याएर पढ्न आग्रह छ ! अपराध गरेको असंकामा प्रहरीले छानबिनको लागि नियेंत्रणमा लिएका र प्रहरीको हिरासत (जेलमा होइन है) मा परेका सबै मानिसहरु ‘अपराधी’ हुदैनन्, बरु ‘अभियुक्त’ चाही होलान ! मेरो बिचारमा ‘राइजी’ र ‘ब्लगर’ मा नेता हुने भुत सवार भाको, र नेताबन्ने प्रयासमा प्रहरीले ठेस लगाईदेको चाही पक्कै हो ! ब्लग रोचक बनाउन फूलबुट्टा भरेकोमा पनि मेरो सन्देह छैन ! भुलचुक माफी!!!

      • माथी ब्लगमा मैले हिरासत लेख्नु पर्नेमा कैद भएको कुरामा गल्ती स्विकार्दछु (यस अघी यस्तो कानुनि घटना सहनु नपरेकोले खासै अर्थ खुट्याउन सकेको थिइन ।) । तर विनोद जि, नेता बन्ने अभिसाय भएको भए यस घटनालाइ राजनितिक र‌ँग दिन कतिपनि बेर नलाग्ने हो । तर यसो गरिएन साथै राजनिति गर्ने उद्देश्य नै भैदेको भए अहिलेको अवस्थासम्म कुनै पनि राजनितिक पार्टिको सदस्यता नलिइ त्यस्सै बिचमा झुण्डिएको चमेरा जस्तो हुदिन पनि थिए होला । सोच्नुहोस म पत्रकारिता कै पनि कुनै राजनितिक शाखा (प्रेस चौतारी, प्रेस युनियन लगायत) को सदस्य भैदेको भए अहिलेसम्म के कुनै पार्टिले ति प्रहरीको लागि दवाब वा भत्सर्ना नै पनि निकाल्दैन थियो होला त ?
        स्पष्ट हुनुहोस म स्वतन्त्ररुपमा लागेको व्यक्ति हुँ । राजनिति गर्नका लागि आँफूले खेपेको पिडालाइ हतियार बनाउन कुनै रुचि मलाइ छैन । मैले भोगेको मानशिक यातनाको कुनै क्षतिपुर्ती पाउन सकिदैन ।

  26. सरोजजी,

    ठ्याक्कै त थाहा भएन, केही अघि सडकपेटीबाट गाडी, खासगरी मोटरसाइकल चलाउने र सडकपेटीमा पार्किङ गर्नेलाई सार्वजनिक मुद्दा चलाउन पाइने नियम बनेको छ भन्ने समाचार आएको थियो ।

    जहाँसम्म प्रहरीले तपाईंलाई समेत हातपात गरेको, हत्कडी लगाएको कुरा छ, त्यो नहोला भन्न सकिन्न । केही अघि एमालेका भुरेटाकुरे नेताको मुद्दामा ट्राफिकले हातपात गरेको भनेर एमालेले जिकीर गरेको थियो । अर्थात् हाम्रो प्रहरीप्रशासनको जनतासँगको व्यवहार असल छैन, अपवादको कुरा बेग्लै । तर तपाईंका दाइ र तपाईंलाई प्रहरीले दुर्व्यवहार गर्यो कि गरेन भन्ने कुराको प्रमाण के छ ? तपाईंले जिकीर गरेकै भरमा कसरी पत्याउने ? तपाईंले ‘युवा अभियान’को रवाफ अलि बढी नै पो देखाउनुभयो कि ? जसका कारण प्रहरी चिढिए ।

    • प्रहरी चिढिए ? के प्रहरी चिढिने कुरा हो ? तिनको बिल्ला व्यक्तिगत रिस साँध्न दीईको हो ? सम्झाएर बुझाएर हुने कामलाई शक्ति देखाउने ? प्रहरी पनि हामि जस्तै सर्वसाधारण हुन् | उनिहरुको ओहोदा व्यक्तिगत प्रयोगको लागि होईन |

      • हामी सर्वसाधारण पनि सर्वसाधारणझैं प्रस्तुत हुनुपुर्यो नि । अनेक शक्तिको रवाफ देखाउन थालेपछि जो पनि चिढिन्छ एकलव्यजी । त्यसमाथि प्रहरीको कामकारबाहीमा ‘ज्याक’ लगाउने ‘चलन’ले गर्दा प्रहरीहरूको मनोबलमात्र होइन उनीहरूको व्यवहार पनि गिरेको हो । दिउँसो गुण्डा समातेर ल्यायो, बेलुका ठूलाको फोन आउँछ अनि प्रहरी उसलाई छोड्न बाध्य हुन्छ । अनि कसरी प्रहरी ङिच्च दाँत देखाएर प्रस्तुत हुन्छ ?

        यो ‘घटना’ कुनै व्यक्तिगत रीसईवीका कारण भएको देखिँदैन ।

  27. bijay जी मन्तब्य सहि लग्यो. मेरो बिचारमा कुनै पनि प्रजातान्त्रिक मुलुकमा y c l ,youth फोर्स.चमिरे,कमीले,don हुनु कदापी हुदैन ,नियम र कानुन को सबैले मर्यादा राख्नु पर्छ.२०१२ को नेपालमा नैतिकता भन्ने नै नेपाल बाट हराएको जस्तो छ,जताततै भ्रस्टाचार, नेता ,अभिनेता ,कर्मचारी,कार्यकर्ता ,अनि साधुबबा पनि दस रुपियामा joint बेच्ने भएपछी ,यी खुराफातिहरु लाई न्याय को कोठरीमा उभ्याउने ???? नेपालमा जो चोर उसकै ठुलो स्वर छ !!!!

  28. सरसरी पढ्दा प्रहरीको ज्यादती भएको देखिन्छ|
    तर ट्राफिक नियम उलंघन गरेर के को युवा अभियान? पैले हरेराम बुढाथोकीजीले राख्नुभएको प्रश्नको जवाफ दिनुहोला | सरोजजी, तपाईलाई अन्याय भएको देखिएकोले तपाई जस्तो जागरुक युवाले मुद्दा हाल्नुस| फैसला हुन् बर्षौ लागे पनि यसले नया बाटो खोल्न सक्छ| मानवधिकार फोरममा कुरा उठाउनुस| उनीहरुले के गर्द रहेछन त्यो पनि थाहा हुन्छ|

  29. ट्राफिक प्रहरीलाई १० रुपिया मात्र दिए पनि खुशी हुन्छन , कुनै गल्ति देख्दैनन|
    अस्ति शनिबार कथ्मंदुबत बुटवल आउदा थानकोटमा Driverko लाइसेन्स चेक
    गरिरहेको थियो driver ले लाइसेन्स को साटो पैसा दियो अनि गाडी छोडी दियो|
    यस्तो हुन्छ |पैसा नपाएको झोकमा पिट्यो होला नि त के गर्ने ? कानून उनै जानून |

    • “घूस लिन्या र घूस दिन्या दुवै राज्यका शत्रु हुन्” राधिकाजी । अझ घूस लिनेभन्दा पनि दिने प्रवृत्ति छ हाम्रो देशमा । यसको प्रमुख कारक सामन्ती राज्य सत्ता थियो, जुनबेला नातावाद, कृपावाद, पहुँच आदिको बोलबाला थियो । त्यो बेला पहुँच नहुनेहरूले बाध्यतावश घूस खुवाउने वातावरण बनेको हो र ‘प्रजा’तन्त्रमा दिनेको बाध्यता लिनेको रहर बन्न पुग्यो । आज लोकतन्त्रमा पनि लिने र दिने प्रवृत्ति लगभग बराबर छ । आशा गरौं नयाँ व्यवस्थाको अनि नयाँ संविधानसँगै बिस्तारै हट्दैजाला ।

      • पुष्प जी ले देख्नु भएको सपना खै यो सताब्दी मा पुरा होला जस्तो लाग्दैन / हिजो मात्र म एक जना मित्र संग शिंह दरबार भित्र क़ा केहि मन्त्रालय मा पुग्ने मौका पाएको थिएँ र तहाँ क़ा केहि शाखा अधिकृत र सह सचिब हरुको रबाफ र फुर्ति देख्दा रुन मन लग्यो / मेरा मित्र भन्दै थिए यिनी हरु सबै बेलुका एक ठाउँमा (……….) जम्मा हुन्छन, ब्लैक लेबल भन्दा अरु केहि खांदैनन, ५०० रुपिंया पोइन्ट को मेरिज खेल्छन र यिनी हरु को एक दिन को आम्दानी रु ४००००.०० देखि ६००००.०० सम्मको हुन्छ रे भनेको सुन्दा तेही मन्त्रालय को तेश्रो तला बाट हाम फालेर मरौं जस्तो लग्यो/ अब भन्नुस पुष्प जी नेपाल र नेपाली किन र कसरि गरिब हुँदै छन् / यशार्थ राधिका जी ले भनेको कुरा साँचो हो , पैसा पाए पछि न हुने काम पनि सजिलै हुने रहे छ / पैसा दिनुस काम लिनुस ….छैन भने पेटमा पटुका बाँधेर बस्नुस, टुलु टुलु हेर्न बाहेक अरु उपाय छैन / जय नेपाल…..

    • i तंपाई लाई कसरि थाहा भो त? भनेसी हजूर पनि त्यहि गाडी मा सवारी होला. आफैले त्यस्तो वातावरण को पोषण गर्ने अनि पछि गएर भर्त्सना गर्ने यो भएन नि पहिला आफ्नो अनुहार ऐना मा हेरुम अनि अरुलाई भनम क्यारे होइन र .

  30. आफुले गल्ति गरेपछि चुप लाएर जानु नि .. किन पुलिस संग निउ खोज्न फर्केर गको …सबै को profession एकै खल को कहाँ हुन्छा र साथी. ….. बिचरा पुलिस संग जस्तो कल्चर छ उसको बिबेक जति चाह तेती हो उसले पनि गर्ने ….. सबै लै आफुले चाहेको जस्तो व्यवहार कहाँ पाउन सकिन्छा … धन्न दन्दै डण्डा ले तुतिल्को पर्ने गरि हिर्कायेनन … सोजा रहेछन …. अर्को पटक bike मा हेल्मेट लाउनु होला साथी … अनि न त पुलिस को टेन्शन न त हत्कडी को टेन्शन ….. नेपाल मा अमेरिका को जस्तो liberal police खोज्नु भएन …

  31. पहिलो कुरो त “हेल्मेट नलगाई सवारी साधन चलाएर नै गल्ति भैसक्यो” /
    अमेरिकामा त हेर्नुस बाटोमा पिसाब फेरे पनि अनि घरमा लाइसेन्स छुट्दा पनि जो कोहि लाइ पहिल्यै हत्कडी लगाइहाल्छ /
    यो मामिलामा नेपालमा त धेरै छुट नै हो.. तर पनि नेपालको प्रहरी कार्यालय भित्र हुने ज्यादती भने निन्दनीय नै छ /

    • अमेरिकान ज्युको कुरा अलि बढी हावादारी भयो, युरोप अमेरिका अफ्रीका मैले नि घुमेको थिएँ बाटोमा मुतेको भनेर हात्कड़ी नै लगाउछ भन्ने चाही पहिलो पल्ट सुन्दै छु.

      • छेवांग ज्यु को कुरा पुर्बाग्राही लाग्यो |
        कुन सोलु को अमेरिका ,धादिंग को युरोप बजार घुमेको ?
        नत्र समाउने मात्र हैन ,जरिवाना पनि गर्छ | देख्न चै अबस्य पर्छ |
        यो सबै देखेकै आधार मा भनेका कुरा हुन् ,भोगेको आधार मा हैन |

      • हेल्लो chewang जी यो अमेरिका को कुरा हावादारी हैन है! तपाई अमेरिका घुम्नु भएछ तर यहाको नियम बारे जान्ने कोसिश गर्नु भएनछ…बाटो मा मुतेको भेटेमा कि हत्कडी लगाउछ कि ticket दिन्छ. त्यो पनि criminal ticket . यहाँ बाटो मा मुतेको लाई पनि ठुलो crime मानिन्छ !

      • कुरो हावादारी होइन साँचो हो शेर्पा जी सायद तंपाई VIP भ्रमण मा जानु भो होला. हामी ले देखेको छौँ बाहिर मुतेको भनेर highway मा हाम्रो छिमेकि देश को साथि हरु लै समातेको. बिद्यार्थी हुँदा पेट्रोल पम्प मा काम गर्दा राति ढोका बन्द गरि काम गरिन्थ्यो safety को लागि अनि राति आउने customer लै भित्र पस्न मनाही हुँदा कुनै कुनैले अटेर गरिकन बाहिर मुत्दा poilice ले ticket दिएको र indecent exposure भनेर हत्कडी लगाएर लेर गाको पनि देखेको कै हो. . तंपाई को युरोप अफ्रीका अमेरिका धेरै घुमेको कुरा ले मलाई आफु अलिक VIP वर्ग मा पर्नु भो होला अब हजूर जस्तो हरु लाइ झारपात हरु ले देख्ने कुरा त कहाँ देख्न सक्नु हुन्छ नि होइन र?

      • छेवांगजी,
        तपाईलाई मेरो कुरा हावादारी / हुरिदारी / बतासदारी जे लागे पनि; कृपया अमेरिकाको भ्रमणमा अब आउँदा चाँही बाटोमा बिर्सेर पनि पिसाब नफेर्नु होला, किनकि यो अमेरिका यस्तो देश हो जहाँ कानूनको अक्षरश पालना हुन्छ, यानेकि कानूनी राज छ /
        – रह्यो कुरा हत्कडीको… अमेरिकामा देवानी मुद्धामा बाहेक अन्य सार्वजनिक तथा फौजदारी अभियोगमा बिना पक्राउ पुर्जी नै प्रहरीलाई हत्कडी लगाउने अधिकार छ, लगाउछन पनि / हाम्रो नेपालमा जस्तो प्रहरीले समातेर गाडीमा बिना हत्कडी लैजादैन; लैजान्छन त हत्कडी सहित नै लैजान्छ !!

  32. मैले पनि भोगेको थिए, करिब ५ वर्ष पहिले बुटवल इलाका प्रहरी कार्यालमा … मलाई त उही नेता भनौदा ले उकासेर बिना कसुर बलिको बोको बनाएका थिए…..
    धेरै दुख लाग्यो हजुर को पिडा सुनेर …..सबै दुख हामी जस्तो आम नेपालीले नै पौने हो ….
    अब त आफुलाई नेपाली भनेर पनि गर्भ हुन छाडी सक्यो…
    के गर्नु नेपाल का नेता खराब कि सबै नेपाली खराब हुन् …..

  33. मित्र सरोज कार्की ज्यु,

    कस्तो सामाजिक अभियानमा लागेका युवाहरु हो हजुरहरु?
    विशाल राई र हजुर कुनै पार्टी वा त्यसको भातृ संगठनसग आबद्ध हुनुहुन्छ की हुनुहुन्न?
    ” केही अग्रजहरु ” भन्नाले को-को हो खुलाउन सक्नु हुन्छ ?

    धन्यवाद !
    पाल्पाली

  34. सरोज जी माफ गर्नुस .. हेलमेट नै नलगाई मोटर साइकल चलाएर कस्तो जनचेतना फैलाउन खोज्नुभएको बुझ्न सकिएन | हथकडी कै कुरा गर्ने हो भने अमेरिका जस्तो संसारको उत्कृस्ट प्रजातन्त्र भएको देशमा समेत मात्र शंकाको भरमा र छानबिनको दौरान यदि असहयोगको बाताबरण श्रीजना भयो भने हथकडी लगाउने चलन छ र यो कुनै ठुलो कुरो हैन | अब देखि त्यस्तो कुनै कानून बिपरित काम नगर्नु होला …प्रहरीले पक्कै पनि बिना कसुर तपाईलाई हतकडी लाए छन् भने हामि सबै मिलेर ठिक परौला | यसपाली तापईहरुकै गल्ति देख्छु म त …व्यर्थको सहानुभूति बटुल्ने प्रयास नगर्नुस |

    • अमेरिका संसार को उत्क्रिस्ता प्रजातन्त्र भाको देश्रे हाहाहा ,हाम्लाई ठा नभाको जस्तो

      • अर्जुनजी !
        प्रजातान्त्रिक पद्धति, स्वतन्त्रता, मानव अधिकार, महिला अधिकार, बाल अधिकार, भेदभाव रहित समाज, चुस्त प्रसासन आदिको आधारमा मुल्यांकन गर्दा अमेरिका संसारको उत्कृष्ट प्रजातन्त्र भएको देश नै हो /
        – चाहे जुनसुकै देशबाट शरणार्थी आवोस.. चाहे जो सुकै अमेरिकामा जन्मोस…यहाको कानूनले सबैलाई समान अधिकारको प्रत्याभूति गरेको छ /
        – यहाँ धर्मको नाममा, जातीयताको नाममा, लिंगको नाममा कुनै पनि भेदभाब र अपहेलना हुदैन, अब कसरि होइन ??
        * ल अब तपाइँ भन्नुस, के थाहा छ भन्न खोज्नु भाको हो !!*

  35. हरेक घटनाका दुइ पाटा
    हुन्छन एहा कार्की जी को तर्फ बाट एक पाटो मात्र सुन्न पाईयो police ,तर्फ
    को आर्को पाटो पनि
    सुन्न पाए राम्रो हुन्थियो.अन्यअग्रजहरुको फोन गएर
    police ले बाध्य भएर मुक्त गरियो.यो सुनेर केहि दिन पहिलाको दांगतिर को घटनाको याद आयो

  36. नेपाल को पुलिस येस्सै बदनाम भएको होइन येस्तई पशु जस्ता हरुले गर्दा भएको हो .निर्दोस लाई यातना दिन पाउदा संसार जितेको ठान्नेहरुको मन बाट पर पर हरि (मन बाट भगवान हरि ) भएकोले नै प्रहरी भन्ने सब्द जुराएको जस्तो लाग्छ

  37. सबभन्दा पहिला “युवा अभियान” भन्ने बित्तिकै सकारात्मक कुरा लाग्दैन, किन भने सबभन्दा बढी तोडफोड, आगजनी, जबर्जस्ति, कसैलाई नटेर्ने यस्तै “युवा” संगठनका कार्यकर्ताले गर्छन — चाहे त्यो जुनसुकै पार्टीको चम्चा किन नहोस | बिद्यार्थीको हीत गर्ने भनेर खोलिएका स्ववियु नै हेरौ — चिट चोर्न पाउनु पर्ने, जति मन लग्यो त्यति भर्ना गर्नु पर्ने, मन लागेका बेला ताला बन्द गर्ने, क्याम्पस पदाधिकारी र गुरु हरुलाइ समेत कालो मोसो लगाउन पछि नपर्ने आदि आदि |

    मैले पुलिसको ज्यादतीको सपोर्ट कदापी गरेको हैन, तर धेरै जसो पुलिसको ज्यादती भन्दा पनि अरुको घमण्डले काम गरेको जस्तो लाग्छा नेपालमा | जति गफ हाके पनि हेल्मेट नलगाई हिरो पल्टेको स्विकारीसके पछी किन “दाइ” लाइ किन लागेको भन्दै जानु पर्ने केहि देखिन्न | पुलिसले हत्कडी लगाउन खोज्दा, लगाउन पाइन्न भनेर रेजिस्ट गर्नु पनि गैरकानूनि हो — अमेरिका जस्तो कानूनको राज भएको देशमा पनि पुलिस अफिसरले गल्तिले नै एरेस्ट गर्न खोज्यो भने रेजिस्ट गर्न पाइन्न | तपाई पुलिस चौकीमै पुलिसलाइ कानुन पढाउन थाल्नु भएछ, अनि कसरि हुन्छ? ओबामाका साथि तथा हार्वर्डका प्रोफेसरलाइ त पुलिससंग मुख मुखै लग्यो भनेर पुलिसले हत्कडी लागेर लाग्या थियो | ओबामाले पुलिसले “stupid” काम गर्यो भन्दा पछी माफी मग्न परेको थियो | Law enforcement को इज्जत गर्न सिकौ, सब ठिक हुन्छ|

    • अमेरिका गएको छैन थाहा भएन ….. Uk को पुलिस ले हातकडी त लगाई दिन्छ तर हेपाई प्रवृति देखाएर होइन कानून बमोजिम ….. नेपाल का पुलिसहरु लाई सब्य कसरि हुने ट्रेनिंग दिनु जरुरि छ ….. पुलिस होस् या पब्लिकक कानूनको पालाना गर्नु पर्छ….

  38. यहि हो नेपालको बास्तविक समस्या ! यस्ता व्यक्तिहरुलाई हो एमालेले आम सार्वजानिक रुपमा माफी मगाउन लाउनु पर्ने तर दुर्भाग्य त्यो नेपालमा हुँदैन !!

    तैपनि तपाईहरु जस्तो व्यक्तिले यस्ता नैतिकतबिहिन कर्मचरीको बिरोधमा चुप लगेर बस्नु राम्रो होइन त्यसको कानूनी उपचार खोजेर त्यस्ता व्यक्तिलाई कारवाही गराएर समाजमा नंग्याउने काम गर्नु पर्छा यसमा पक्कै जनताले साथ् दिनेछा !

Comments are closed.