स्वास्नी नेपालमा, लोग्ने विदेशमा ‘फलानी’सँग

नेपालमा राजनीतिक व्यवस्थाहरु परिवर्तन भए, नेताहरुको जीवन स्तर सुध्रियो तर सामान्य जनतालाई त्यसले केही पनि असर गरेन। हिजो पनि उस्तै, आज पनि उस्तै। नेपालीहरुलाई रोजगारीको अवसर पाउन विदेश जानु पर्ने बाध्यता भयो। पछिल्ला वर्षहरुमा लाखौँ नेपाली विदेशिएका छन्। देशको अर्थव्यवस्थालाई मध्यपूर्वमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरुको रेमिट्यान्सले ठूलो योगदान गरेका छन्। तर रेमिट्यान्सको पैसासँग मात्र यो सम्बन्धित छैन। यसले कयौँ सामाजिक समस्या पनि निम्त्याएका छन्। पति विदेशिएका पत्‍नीहरु नेपालमा ‘बिग्रिएका’ कयौँ प्रतिनिधि खबरहरु पत्रपत्रिकामा आइरहन्छन्। तर के विदेशिएका पतिहरु चाहिँ सँधै चोख्खै रहन्छन् त ? कसरी टुट्दैछ परिवार, परम्परागत मान्यता- युएईबाट खेमनाथ पौडेलले सुनाएको अनुभव पढ्नुस्, विदेशिएका पतिहरु पनि ‘बाहरवाली’सँग कसरी सल्किएका हुन्छन्।

• यूएईका नेपाली भेटिने प्रत्येक पार्कमा आजकल जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन्।
• “के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कति सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।
• फेसबुकबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। उनी घर हैन नगरकोटको होटलमा रात बिताएर फर्केका रहेछन्।
• अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ।

घरवाली नेपालमा बाहरवाली प्रवासमा

-खेमनाथ पौडेल/ यूएई-

गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौँ। अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने योजना भयो। संयोगवस ट्याक्सी ड्राइभर नेपाली नै हुनुहुँदो रहेछ। घर बुटवल रहेछ।

‘ए, नेपाली नै हुनुहुँदो रहेछ हजुरहरु नमस्ते’, उनले भने।
हामीले पनि नमस्ते फर्कायौँ। अनुहारका छालाहरु चाउरी परेका जस्ता देखिन्थे। हेर्दा लगभग चार दशक लाग्थे उनी। तर बोलीमा भने चमक थियो।

गुरुजी घर कहिले जाने? प्रश्न सोध्यौँ। ‘आ, केको घर जानु, सबै कुरा यही सेटिङ्ग भएपछि’ उनको जवाफ।

कुरा बुझिनँ। ‘छोराछोरीहरु क्याम्पस पढ्न थाले। अब घरकी बुढीलाई के हेर्नु, विदेशमा नै ‘बाहरवाली’ भएपछि त के चाहियो?

उनको यो कुराले मलाई कौतुहल जाग्यो। अनि उनको कुरामा कुरा मिलाउँदै अगाडि बढ्यौँ। तपाईँलाई कुन देशकी बाहारवाली चाहियो भन्नु न, रुम तपाईँ मिलाउनुहोस् म बाहरवाली मिलाउँछु- नेपाली, फिलिपिन्स, अन्य देशका। अचम्म लाग्यो।

उनी भन्दै थिए- ‘हेर्नुहोस् हाम्रो पेशा यस्तै छ, कस्ता, कस्ता प्यासेन्जर भेटिन्छ थाहा हुँदैन। कहिले काही त मातेर आउछन् र ट्याक्सीमा चढ्ना साथ सेक्सको कुरा गर्छन्। नेपाली महिलाहरु जानी नजानी, अंग्रेजी र हिन्दीमा कुरा छाँट्छन्।

भर्खरैको घटना सुनाए उनले, “फिलिपिन्सलाई साथी बनाउन अति सजिलो, हाई हेलो गर्दैमा साथी बनिहाल्ने। घरमा तीन छोराछोरीका आमा यहाँ भने कन्या जस्ता देखिन्छन्। कुरा नढाँटी भनेँ- मेरो घरमा छोराछोरी क्याम्पस पढ्न थाले। उसले पनि थपी, ‘मेरो पनि त्यस्तै हो, तर यहाँ त कोही छैनन् नि। तिमी पनि खाली, म पनि खाली। अनि सेटिङ्ग मिलिहाल्यो। तपाईँहरुलाई पनि आवश्यक परे मेरो नम्बर लिनुहोस्। कोठा तपाईँको मैया मेरो।” अचम्म परेँ उनको यो कुराले।

लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिर पछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो। एक दिन उनलाई विस्तारै बुझ्दा उनले फिलिपिनो साथी बनाएका रहेछन्। हप्ताको ३ दिन जानै पर्ने तर खर्च गर्नै पर्दैन उसैले सबै सेयर गर्छे। मंगलबार त उसको छुट्टी हुने, रुममा कोही पनि नभएको हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु। घरमा छोराछोरी ९, १० पढ्दै छन्। हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको, अनुहार फिलिपिन्सकै जस्तै देखिने कतिपयले पारे पनि भनेर बोलाउने सुनाए।

“के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कती सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।

फेसबुकको माध्यमबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। कुरा गर्दै जाँदा उनीहरु एकआपसमा अति नै नजिकिए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए, तर घरमा हैन, नगरकोटको एक होटलमा। त्यही केटीसँग रात बिताई उनी फर्के। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। तर घरमा थाहा भएन उनी नेपालमा नै बाहरवालीसँग १५ दिन बिताएको।

झापाका भूपू भारतीय सेनाका जम्दार अबुधावी पुलिसमा आएको ३ वर्ष भयो। हेर्दा ३० वर्षे जस्तो देखिने ४० नाघ्नै थालेका रहेछन्। गत हप्ता उनी भौँतारिँदै रुममा अपरिचित तरिकाले आइपुगे। ‘तपाईँ पत्याउनुहुन्न मेरी नातिनी छे’, उनले भने। अचम्म लाग्यो, उनको उमेरले लाग्थ्यो भर्खरै विवाह गरेका हुन्। अचानक उनी नजिकैको अबुधावीको इमिरेट्स प्लाजामा पुगेछन्। नसाले लठ् एक चाइनिजको साथमा रात बिताएछन्। तर बिहान उठ्दा उनको साथमा भएको पर्स, झोला सबै हराएछ। उनले अतालिँदै भने, मेरो कार्डहरु थियो, त्यो पनि हरायो। लाहुरे र ड्राइभरको जिन्दगी यस्तै हुन्छ। उनको भनाई सत्य थियो। घरमा श्रीमती हुँदाहुँदै पनि उनी यसरी प्रवासमा बाहारवालीसँग हप्तै पिच्छे भौँतारिरहेका थिए। चाइनिजहरु विश्वासिला हुन्छन्, उनीहरुले यस्तो काम गर्दैनन्, उनले शंका गरे- चाइनिज मिलाइदिने बंगालीमाथि।

दुवईमा विगत ३ वर्ष सँगै बस्ने एक जना साथीले एक दिन दुवईको रात्री जीवन हेर्न जाउँ भने। नजिकै रहेको अष्टोरिया होटल, रसियन होटल, योर्क होटल आदीका नजिकै झुम्मझुम्म पुरुष महिलाहरु एक आपसमा कुराकानी गर्दै गरेको देखेँ। विभिन्न देशका ती महिलाहरु प्रायः अरबीहरु र गाडी लिएर आएकालाई आँखा लगाई रहेका थिए। तिनै महिलाहरुले अष्टोरिया होटलमा भन्दा आधा रकम कममा अन्य होटलमा मोलतोल गर्दा रहेछन्। नडराई म एक इन्डोनेसियनलाई मोलतोल गर्न थालेँ। गफैगफमा एक रातको १ सय दिह्राममा कुरा फिक्स भयो। लाग्थ्यो उमेरले ३५ काटेकी जस्तो। के गरौँ, कसो गरौँ भयो, चिट-चिट पसिना आयो। कसरी यो केटीसँग छुटकरा पाउँ भन्ने सोच्न थाले। लाजै नमानी उसले मेरा अंग प्रत्यङ्ग छुन थाली। ओहो? मेरो श्रीमती मेरो दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने म भने …… उति नै खेर म त्यहाँबाट बहाना बनाएर निस्कन बाध्य भएँ। आखिर म पनि प्रवासमा नजानिँदो तरिकाले बाहरवालीकै खोजीमा थिएँ।

अबुधावीको एक कम्पनीमा कार्यरत नवलपरासीका युवकको विवाह भएको ६ वर्ष भयो तर उनी विदेश आएको भने ८ वर्ष। वर्षको १ पटक नेपाल फर्कने पनि गर्दछन्। एक दिन उनीसँग भलाकुसारी गर्ने मौका मिल्यो। खालेदिया मलमा किनमेल गर्दा त्यहाँ सफाई गर्ने एक नेपाली महिलासँग उनी ठोक्किन पुगे। करिब १ महिनापछि उनले शुक्रबार पारेर उनलाई अबुधावी बोलाए। हामी कोठामा खाना खाइरहेका थियौँ। उनले ती महिलालाई बोलाए, मलाई थाहा थिएन उनी तिनै महिला थिइन् भनेर। साथीहरुले उनलाई १ घण्टाको लागि रुम छोडिदिए। अचम्म लाग्यो आफ्नो रुम अरु कसैलाई मस्ती गर्नको लागि छोड्नु पर्ने। उनले उनी मात्र होइन, अन्य बाहरवालीहरुसँग यसरी नै मस्ती लुट्दा रहेछन्। विदेशमा मात्र होइन, नेपालमा छुट्टीमा गए पछि पनि श्रीमतीलाई ढाँटेर पोखरासम्म पुग्दा रहेछन् तिनै मैयाहरुसँग।

तनहुँका एक जना साथी साउदी अरब गएको करिब ८ बर्ष भयो। ४ वर्षपछि उनी नेपाल फर्के। घरमा छोरी हलक्कै बढेकी थिइन्। उनलाई घरकी बूढीको त्यति माया लागेन। केही समयपछि उनी फेरि साउदी अरब नै फर्के। पछि उनले झापाकी एक महिलालाई प्रवासमा नै बाहरवाली बनाई सकेका थिए।

यूएईका प्रत्येक पार्कमा जहाँ नेपालीहरु भेटिन्छन्, आजकल ती ठाउँहरुमा जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन् जसलाई देख्दा अरु नेपालीहरुलाई अप्ठ्यारो परेको देखिन्छ। गत हप्ता यस्तै कृयाकलापका कारण दुबई पुलीसले त्यस्ता जोडीहरुलाई बढी कडाईका साथ निगरानी राख्न थालेको खुल्न आएको छ।

अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ। घरवाली वर्षौदिनसम्म श्रीमानको प्रतीक्षामा रहेतापनि श्रीमान् भने बाहरवालीको चक्करमा घरवालीलाई मर्लक्कै भुलेका कतिपय घट्नाले दर्शाउँछ। श्रीमानले विदेशमा बाहरवालीको सहायता लिएजस्तै श्रीमतीले पनि नेपालमा बाहरवालाको सहायता लिए भने कुनै नौलो घट्ना भने लाग्ने छैन हाम्रो समाजमा। महिनाभरीको तलब यसरी बाहरवालीलाई खर्च गरेमा घरवालीले कसरी धान्ने घर?

69 Comments

  1. हो कति घर वाली र बहार वाली को कुरा नि आर्काको घर वाली आफनो बहार वाली हुन्छ भने आफनो घर वाली आर्काको वहार वाली हुदा कस्तो लाग्छ यसको बारेमा सोछेको छ की

  2. बाबुको नाम सागपात छोराको नाम दुर्गा दास भनेको यहि हो । स्वास्नी मानिसको चरि‌त‌ र लोग्ने मानिसको भाग्य कसैले बुझ्न सक्तैन ।

  3. लेख मार्मिक हुनुमा यौन संग सम्बन्धित बिसय बस्तु तथा विभिन्न व्यक्तिको राम कहानी प्रस्तुत गरेर हो भन्ने हामीलाई लाइ रा छ. तर कुरा के भने मैले लेखकको बारेमा थोरै जानकारी पाउन सफल भए, जस्तोकि वहाको बुबापनि दुइटि संग लेखक त सचिन तेन्दुलकर नै भएको पाईयो/
    वहाको बिसयमा किन लेखियो भन्दा, कुनै पनि व्यक्तिले कुनै कार्य कसैलाई असर नगरी गर्छ भने त्यसलाई ठुलो कुरा वा समाचार बनाएर प्रकासितनै गर्नु पर्छ भन्ने जस्तो लाग्दैन. वहाको यो समाचारले कति व्यक्तिलाई असर गर्छ भन्ने कुरा विचार गरिदिएर लेख लेखिदिएको थियो भने अलिक राम्रो हुनेथियोकी ???? कि कसो साथि हो ????

  4. बिनास कार्य बिपरिद्दबुद्दी यस्तै हो के गर्ने ? आत्मा ग्यान नभय पछि ,नैतिकता गुमौंचा | परिणाम यस्तै हो |धर्म कर्म मा मन लागेको भए कुविचार हुँदैन |
    |
    बिदेस गएको नेपाली त् के? नेपालमा त् कस्तो भैसक्यो | ५ बर्समा नेपाल गएको यति फरक पाए कि !!! आफैलाई ???? उत्तर नै छैन | त्यस्तो अनैतिक ब्यक्ति त् नेपालमै बसे पनि यस्तै होला |

  5. बास्तवमा यो लेख साचिकै घटनामा आधारित छ यस्तो घटना घटी नै रहेको पाइन्छ तर पनि यत्रो दुख गरेर कमाएको पैसा बहारवाली संग खर्च गर्नु चै नराम्रो नै मान्नु पर्चा होला जस्तो लाक्छ जस्तो भए पनि आफ्नी घरकी लाई सम्झेर छिटै नि फर्कनु होला माया उनलाई नै बढी गर्नु होला भन्दै मा निर्दोषी बिदा माग्दछु धन्यबाद

  6. यस्तो हावादारि कथा लाइ पनि माइसंसार मा स्थान दिएर माइसंसारको आफ्नै इज्जत घटेको छ जस्तो लग्यो, म पनि तेही अबु धाबी मै बस्छु त हो, खोइ लेख मा भनिएको जस्तो येत्ति बिघ्न चै त मैले अहिले सम्म देख्न पाको छैन, माइ संसार लाइ खाडी कै कुनै अनुभब हरु को बारेमा छाप्न मन भए त्यहाँ तेस्ता धेरै सत्य कथा हरु छन्, नेपालि हरुका पिडा का कथा हरु अरु कति छन् कति, हो खाडी मा एस्तो हुदै हुदैन भन्न खोजेको त होइन, तर लेख मा भनिएको कुरा चै सबै काल्पनिक नै हो, २ लाख भन्दा बढी नेपाली हरु भएको ठाउमा केहि नेपालीहरु ले साएद एस्तो पनि गर्लान, अनि तेसैलाई आधार मानेर एती लोकप्रिय ब्लग माइसंसार मा छाप्नु चै माइसंसार ले अरु कुनै लेख नै नपाएको जस्तो लाग्यो, जस्तो नेपालि टेलिभिजन च्यानल हरु ले कुनै समाचार नपाएर सन्ते को बिहे को लाइभ प्रसारण गरे जस्तो.

  7. नेपाली केटि हरु को लिला हेर्र्ना त कुवैत आउनुस हो कुवैत ! मलेसिया भन्दा बढी बाइ ! होइन बनाउन पाउनु पर्छा ! य सबै गरिबी र बेरोजगारी ले बनायको समस्या हो यार !

    • तेजजी !
      किन कुवेत आउनु पर्यो…अमेरिका मै देखेर हैरान भैसके !
      हुनत केटीको मात्र कुरा के गर्नु; केटाहरू पनि कम्तीका छैनन् / तैपनि नेपाली नारीलाइ हामीले बिशेष स्थानमा राखेकोले चर्चा छेडेको मात्र हुँ / भन्दा नराम्रो लाग्ला तर छोटकरीमा यथार्थ लेख्दैछु “कसैको छोरी वा श्रीमती एक्लै पढ्न वा काम गर्न अमेरिका पठाउनु भएको छ भने तपाइले गल्लीका केटाहरूको हल्ला र चिया पसलमा सुनेको गाइगुइ एकदम नै सहि हो” / जतिपनि देखे सुने..खै के खै के… हुनत सबैले मेरो छोरी चाँही त्यस्तो छैन भन्ठानेका छन्, हाललाइ त्यस्तै सोचेर मन बुझाउदै गर्नुस..समयले आफै देखाउछ / (अन्यथा पर्न गए माफ गर्नुहोला तर कटु यथार्थ किनकि फलानो चाँही ठिक रहेछ भन्ने नै देखिन त !)

      • सबै जनाले छोरी अथवा छोरो पढ्न पठाएका छन् सबै बिग्रेर हिडेका छैनन् / ०.५% बिग्रे भनेर सबैजनालाई घान हाल्न त मिलेन नि योगेश जी ! हेर्नुस बिग्रने मान्छे जति सुकै कडा अनुसासन मा राखेपनि बिग्रन्छ /उखाननै छ नि चोरेर खाने बानिपरेको गाइ लाई जति चौकीदारी गरेपनि चोर्न छोड्दैना त्यसो त नेपालमा नै अभिभाबक हरुको प्रत्यक्ष निगरानी का छोरा छोरी पनि बिग्रेकै छन् / बेला बेलामा पुलिसले डिस्को तथा सिनेमा हल हरुमा रेड हानेर युनिफोर्म मा नै बिद्यार्थी हरु समातेकै छ /त्यसैले अमेरिका मा गएका सबै बिग्रेकै छन् भनेर ठोकुवा नगर्नु भएको भए नाबिग्रेका बिद्यार्थी हरुको गार्जियन हरुले मन बुझाउने बाटो हुन्थ्योकी ?

      • आदि जी
        अलि अलि त् नारि हरु दबैनै पर्छ भन्ने सोच राख्दै नारी ले खाएको ,लाएको देख्न न सक्ने
        हरु को अतिसयोक्ति कुरा हुन् कि जस्तो पनि लाग्छ |
        आजको जटिल समाज मा कुवा खोज्दै हिड्ने पुरुस र घट घट को पानि चाख्दै हिड्ने युवती हरु बरु नेपालको संबिधान बन्न रोकिएला उनीहरु रोकिने वाला छैनन् |

  8. मानिस उस्काे सैक्षिक, आर्थिक,ब्यबहारिक र सामाजिक अबस्थाले के बनाउदै जान्छ त्याँहाबाट आफु र आफनाे घरसंन्सारलाई जिम्मेवारिका साथ साेचेर अघि बड्नुनै प्रत्येकब्यक्तिकाे कर्तब्य हुनआउछ । तर समयक्क्रमले त्याे कर्तब्यबाेधबाट आएकाे बिचलन परिवार र समाजमा एकदिन चुहिन्छ त्यसले अनिस्ट जन्माउछ । हामी ले सुनिरहेकाेछाैं । संमन्धबिच्छेद ! पति व्दारा पत्निकाे हत्या आदि एक्लाेमा गरिएकाे आनन्दकाे परिणामबाट  अाएकाे दुखद पखबरहरू ! त्यसैले बिक्रिति र बिसंगतिबाट आफुलाई बचाउनु नै  सबैकाेलागि भलाे अनि सून्दर घरसंन्सारकाे सुनिस्चित भबिष्य बनाउनु हाे । क्षणिक जाेश र आनन्दले अनिष्ट ल्याउछ ल्याउछ र घरसंन्सार धमिल्याउछ । जाँहा जेहाेस कर्तब्यबाट बिचलित नहुनु मै भबिष्यछ । 
    धन्यबाद !

  9. खै लेखक ज्यु ले आफ्नो मनको कुरा पोख्नुभयो तेस्मा मेरो केहि आपत्ति छैन आफु जस्तो संसार तेस्तै देख्छ भन्छन सत्य रहेछा तर येही समय नेपालका राजनीतिज्ञ र नामधारी स्वोतन्त्र बिध्यार्थिलाई कस्सिएर झट्टारो हान्न मन लाग्यो के गर्ने अपराधि बिबेकहिन पसुभन्दा तल्लो स्तरका अबिभाबक ( सरकार ) को रेखदेखमा हुर्किनुको पिडा नेपालीहरुले भोग्नुपरिरहेछ बरु कुक्कुरले आफ्नो बालबच्चाको सुरक्षा गर्छ चराहरुले खानेकुरा खुवाउछ तर नेपालका साशक हरु मिठा मिठा भासन गर्छन अनि ७ पुस्तालाई पुग्ने गरि रास्ट्रको सम्पति आफ्नो नामसारी गर्छन तेसैमा उनीहरुको विकास भयो अनि सर्ब साधारण हरुले पनि जीवन बिताउन पर्छ तिनीहरुलाई पनि घाम पानीबाट बच्न पर्छ १ पेट खान पर्छ भन्ने कुरा भुल्छन अनि अर्का थरि बिध्यार्थिहरु तिनीहरुकै इसारामा देसको हुर्मत लिन्छन गरिबको पेटमा लात हान्छन अनि उनीहरु स्वोतन्त्र बिद्यार्थी रे पानि को धनि देस नेपालमा खानेपानी छैन तेस्मा आखा पुग्दैन सात समुन्द्र पारीबाट आउने तेलको मूल्य तोक्न तयार, १ गुण्डाले अर्को गुण्डालाई मार्दा बब्बाल तर गरिब हरु लाइ राजधानीमै बोम पड्काएर मार्दा कसैले सुनेनन्. धन्य हुन् नेपालीहरु

  10. यो कुरा सत्य असत्य भन्दापनि हामि नेपालि को बाध्यात्मक परिस्थितिको कारणले गर्दा हो यदि नेपालमै रोजगार सृजना गर्ने बाताबरण भयको भय सायद यस्तो कुरा सुन्नु पर्दैनथ्यो होला…
    हामि नेपाली को कर्म यस्तै हो जस्तो लाग्छ…..

  11. यो सब कुरा हरुए sex ले गर्दा होला कि त त्यो बिना मनुष्य को जिबन नी नचल्ने भएर हो कि ..घरवाली को बहर्वाला र बहर्वाला को घरवाली भैएनैए रह्हंछा .

  12. बिदेसिनु र धेरैदिन सम्म छुट्टिएर बस्नु पर्ने बाध्यताले यौन जीवनलाई नकाराक्त्मक प्रभाब नपार्ला भन्न सकिन्न…..तर पनि उहिले देखि चली आएको उखान छ नि”घरकी मुर्गी दाल बराबर”…..यो उखान त झुटो साबित भई सकेको छ….”बजारको बोइलर कुखुरा भन्दा घरको दाल धेरै स्वादिलो हुन्छ”सबलाई चेतना होस्……!!

  13. aafu bidesh aayeko dherai vayo,khai testo kaam ta kahile pani gareko chhaina.ma po rahe6u gathe sojho manchhe ra kahilai testo kaam garne pani chhaina.jay Nepal

  14. तेत्रा बर्ष तपस्या गरेको ऋषिको त मेनकाको अगाडी केहि चलेन भने हामी साधारण मानिशको त के कुरा गरौ | जसले जे भने पनि गफै हो | छाणिक मस्ती लिए पनि घरवालीलाइ चाही माया नमारौ |

  15. एकजना इन्डियनले “पानी नहीं झरता तो अन्धी भी अच्छ्या लगता हे” भन्थे / पानीको मुहान नसुकेसम्म लोग्ने मानिस होस् या स्वास्नी मानिस पानी निकाल्ने मान्छे त चाहिनै रहन्छ /

  16. यो मान्छे अलि मानसिक रूपले बिरामी जस्तो लाग्यो है मलाई त . यस्ता कुराहरु नितान्त व्यक्तिगत जस्तो लाग्छ. यस्तो लेखहरु लेखेर किन हिरो बन्न खोजेको होला.

  17. परस्त्रीसंगको सम्बन्धको प्रसंगमा सेक्स् संगै लत र भावना पनि जोडिएर आउने प्राकृतिक बस्तु भएकोले यसमा संलग्न हुनबाट टाढा नै रहे आफ्नो परिवारमा गड्बडी आउदैन्थ्यो। त्यो कुरा ब्यक्तिको सोचमा भर पर्ने हुनाले यी घटना सबै ठाउंमा घट्ने गर्छन्। फेरि चोरेको बस्तु मीठो हुन्छ रे नि?!

  18. वाहियात बकबास लेख,यदाकदा कोहि होलान त्यस्तो पनि तर सबकोही त्यस्तो हुदैन सबैलाई मुछ्नु भएन नि सर ………………

  19. लेखक ज्यु यही प्रसंगमा, एक पटक शायद तीजको बेला म पनि दुबइको बरदुबइमा रहेको नेपाली रेष्टुरेन्टमा खाना खान भनि गएको थिए । त्यहाँ मैले थुप्रै नेपाली दाजुभाइहरुसंग नेपाली केटीहरुपनि कुनै लाज शरम बिनानै मस्त देखिन्थे । यसैक्रममा त्यहाँ एक जना महिला आफ्नो श्रीमान हुन् या Boyfriend संग नेपाली पनको ड्रेस सारी, चोलो, पोते लगाएर बसेकि थिइन । मलाइ लाग्यो, उनिले आफ्नो धर्म छोडेकी रहिनछिन । तर केही क्षणपछि उनै महिलालाइ नजिकैको Careefor Hyper Market मा अर्कै केटासंग त्यही पहिरन तर पोते नलगाएको अवस्थामा भेटे, अब म यसलाइ कसरी बुझौ? के दुबइमा मात्रै नेपाली केटाहरुले यस्तो कृयकलाप गर्छन् नेपालि केटीहरुले चाहिं गर्दैनन् र?

  20. आफुले बहारवाली संग सम्बन्ध राखेपछि आफ्नी घरवालिले पनि बहारवाला संग सम्बन्ध राखेको कुरोलाई सहन र स्विकार्नु पर्छ. अखिर प्राकृतिक इच्छा सबैको उस्तै हो .

    सबैलाई चेतना भया!!!

  21. लौ है खेम जी लाइ बधाई छ
    यु ए इ को यथार्थ लाइ समेट्न कोसिस गरेको मा त्यति मात्रै होइन अरु धेरै कुराहरु छन्
    ति पनि समेट्ने कोसिस गर्नु होला
    धन्यबाद

  22. जो जो कमेन्टमा पड्किनुभो, उहाँहरुको जिबनसँग मेल खायो जस्तो छ ! 😛 #Kidding

  23. तिर्खा लाग्यो पानि खया मैले के बिराय???????????

  24. खै के भनु हुनलाई जही तही नहुने लै कहिँ न कहिँ … मुख मे राम राम .. बग्लिमे छुरा हा हा हा नारी र पुरुष भन्ने नभई दिएको भए सायद एस्तो हुँदैन थियो कि के हो ?

  25. लेख पढ्दा कपोकल्पितजस्तो देखिन्छ तर यो समाजको यथार्थ पनि हो। यौन चाहनालाई दबाएर भएपनि आफ्नो जीवनसाथीप्रति समर्पित नहुने हो भने लाखौ युवाहरु बिदेशिरहेका हाम्रो देशमा भयावह अवस्था आउनेछ।

  26. त्यहि हुतिहारा को घर राम्रो हुन्छ किनकी उसले स्वास्नीलाई माया गर्न जानेको हुन्छ छोराछोरीलाई समय दिन जानेको हुन्छ / साँझ चाडै घर फर्केर सुख दुख साट्न जानेको हुन्छ / सक्ने मर्द हरु कहिले काही बाहरवाली को मा जान्छन अनि त्यो ठाउमा आफु भन्दा मर्द रहेछ भने हात खुट्टा भाचाई मागेर पनि आउछन /अनि कहिलेपनि निको नहुने सरुवारोग जस्तै एड्स ,भिरिंगी बोकेर आउछन अनि घरकी निर्दोष श्रीमती लाई त्यो महँगो उपहार सित्तै मा दिन्छन किनकी जोशमा होश हुदैन कि कसो साथी हो ?

  27. तपाइले”स्वास्नी नेपालमा, लोग्ने विदेशमा ‘फलानी’सँग
    ” भनेर यूएइ का मुख्य सहरमा रहेर अलिक पुग्ने(आर्थिक रुपले),५% मानिस का २/४ ओटा प्रसङ्ग जोडेर, ति सहर बाहिर रहेर मजदुर को रूपमा काम गर्ने ९५% नेपाली जनतालाइ गाली गर्नुभाको छ, जुन तपाइलाई पनि थाहा छ. येन्हा मानिस(नेपाली को) तलब Average मा कति छ अनि कति ले तपाई ले भने जस्तो बहारवाली राख्न सक्छन? तपाइले भनेको जस्तो यूएइका पार्क मा भनिएका क्रियाकालाप, यूएइ मा अतैन्तई दण्डनीय हो भन्ने भनि नाराख्नुपर्ला/ २००९ मा एउटा ब्रिटिश जोडी लाइ हात समातेर कफी शोप मा बस्दा. एउटा अरबी महिलाले, उसलाई नराम्रो महसुस भयो भनेको आधारमै ३ महिना जेल बस्नु परेको थियो. अत्यन्त कडा सरिया कानुन भाको ठाउमा, तपाई एक्लै अबुधाबी पुगेको जस्तो गरि लेख्नुभायेछा, तर एस्त कुरालाइ कसैले नि “बाल” दिन्न भनेर त तलका कमेन्ट ले भनिसके, अनि बाहरवाली राख्न प्रदेश नै जनापर्छा भन्ने पनि छैन, नेपालमै येस्ता घटना प्रसस्था छन्, झुटो वा वा पाउने कोशिस तपाइको तुहियो.

  28. घरवाली बाहरवाली राख्नेकी श्रीमतीले पनि घरवाला र बाहरवाला राख्छन् । श्रीमती मात्र किन भोलि यो रोग उनका छोराछोरीमा पनि सर्छ । त्यसबेला ती ‘हिम्मतिला’ भइखाएकाहरू मुर्मुराउँदै ब्लगमा लेख पठाउनेछन् ।

  29. घरमा डिभिडी सबैको छ, तैपनि बेला-बेलामा सबै हल नै जान चाहन्छन !!

    • बारी मा फर्सी पाकेको छ ,आर्काको घर को छानो को घिरौला देखेर मन लोभौछान त् के भन्ने !

      • मन लोभिनु त धेरैको स्वभावमै पर्ला, तर यसो भन्दैमा चोरी नै गर्नु त भएन नि ! घिरौंला त पैंचो मागौंला, अरुको स्वास्नी पैचो माग्ने कुरा भएन । हुन कतिपय ठाउँमा यस्तो पनि हुन्छ भन्छन्, त्यसो गर्नु राम्रो वा नराम्रो भन्ने कुरा वहसको विषय होला, तर तत्कालका लागि हामी त्यो सोच्न पनि सक्दैनौं । त्यसैले तरकारीको स्वाद र यौनको स्वादलाई दाँज्नुको तुक छैन ।

        • जन युद्द्द लड्ने भन्दै धन युद्द मा माउबादी कामरेड हरुले धेरै साथि कामरेड हरुलाई भुडी बोकाए ,सिबिर मा अलपत्र पारे |कत्ति बिचारी हरुको जिबन नै बर्बाद पारिदिएका छन् | धेरै अबला नारीहरुको जवानी लाइ माउबादी कमान्डर ले तरकारी जस्तै खाएको र उपलब्धि स्वरूप हरेक सिबिर मा मिल्सिया ले उत्पादन गरेको च्याई च्याई ,चुइ चुइ लै
          पनि महान उपलब्धिकै सज्ञा दिने हो कि ?

          • द्रोणजी,

            हावामा कावा ख्वाउन नखोज्नुस् । को हो त्यो भुँडी बोकेर अलपत्र पर्ने ? कि मेरो संसारमा पढेको कथालाई पनि यहाँले साँच्चिकै ठान्नुभो ? को हो त्यो विचरी अबला जो नाम सुनुँ न !

            जनयुद्धमा जनधनको क्षति भएको पक्कै हो । तर युद्ध कुनै कवितावाचन प्रतियोगिता त पक्कै होइन । युद्धको नियती नै क्षति हो । युद्ध भयो, मान्छे मर्यो भनेर कुर्लनुको कुनै तुक छैन ।

            • पुष्प जी
              हिटलर ले मान्छे मारेको भए प्रुफ ले,स्टालिन ले मारेको प्रुफ ले ,उ बेला मावोबादिले ले गरेको ज्यादतिको प्रुफ ले भनेर हिड्नु को पनि कुनै तुक छैन
              तपाइकै भासामा |
              तपाइले हाल सम्म गरिआएको र गर्न चाहेको भनेको मावोबादी आन्दोलन ले समाज मा ल्याएको आमुल परिबर्तन र सकारात्मक पक्ष्य को समर्तःन हो | तेसै मा अडिग हुनुस जहिले पनि त्यहा सम्म ठिक छ ,मावोबादी बाटभएको हत्या ,हिम्सा ,लुट पाट,अपहरण ,बलात्कार आदिको जबाफ तपाइँ सग कसैले माग्दैन ,किनकि उनीहरुले तपाईलाई सोधेर गरेका थिएनन् अनि तपाइँ किन मेरो छोरा १०० प्रतिसत ठिक भनेको जस्तो कुरा गर्नु हुन्छ ?
              सयेउ ढलेका लास हरु ,हत्या हिमासा ,बलात्कार ,अरुकोगोठ को खसी ,कुखुरा हराएको धेरै सुनिएको हो उ बेला |
              अनि युद्द हो मान्छे मर्यो भन्ने कुरा गरेर हत्या लाइ एती सजिलो न लिनुस | तपाईलाइ लेख्दा लेख्दै अल्छी लाग्यो |

        • अनि येसो भन्नु चै
          ”मन लोभिनु त् स्वभाब्मै पर्ला ,तर चोरी नै गर्नु त् भएन नि ”
          तपैहरुमा आएको महान परिबर्तन हो |अब चै समाज सुध्रिने पक्का भो |

  30. केटाले चाहे एक वर्ष, केटीले चाहे एक मिनेट भन्छन, होला पनि ! जति पुरुषलाई चाहना हुन्छ त्येही मात्र भन्दा कम चाहन स्त्रीमा देखिदैन ! यो सबै कुरा लिबिदो को विकास खान अनुसार चाहना उत्पन्न हुने हो !
    मा भन्छु, दल भात खु चुप लगेर बस !

  31. This article portrays only a part of a story making as if all people living outside of the country cheat on their spouse. To cheat on your spouse, you don’t have to travel abroad, you can do at your home and we have plenty of examples in our society. Yes there are bad apples everywhere, but by picking a handful of stories and generalizing them is pathetic at best.

  32. मलाई पनि त्यस्तै लाग्छ / किनभने लोग्ने मानिस संग पनि त विकल्प छनी विकल्प प्रयोग गर्न जान्नु पर्यो नि हैन / मासिक ८००.०० रियल कमाएर एक चोटिको १००.०० रियल तिर्ने हो भने घरका छोरा छोरीले के खाने किन भने मानिस जब एक चोटी बाहरवाली संग सल्किन्छ्न त्यस पछी त्यो मानिस कहिले पनि सुध्रिन सक्दैनन् किनभने त्यो ड्रग्स को नसा भन्दा खतरनाक हो / जब खल्तीमा पैसा हुन्छ तब बाहरवाली को खोजमा निस्कन्छ अनि त्यसले कति पैसा छोरा छोरीलाई पठाउछ अनि कति पैसाले आफ्नो गुजारा गर्छ / त्यसैले साथि हरु संयमित भएर काम गर्नुस कमाएको केहि पैसा घर पनि पठाउने गर्नुस किन भने घरमा पनि तपाइको बाटो हेरेर बस्ने कोहि त छनी कसो?

  33. हाम्रै संस्कृतिका, सबै कुरा छाडेर, कसम खाएर, मागेर खानेहरु एबम खरानी घस्ने हरु त ‘काम-क्रिया’ बाट मुक्ति पुन सकेका छैनन, अझ एस्तो तमक-झमक समय बाट तेस बाट बच्न सकिन्छ ? खोलालई कति दीन पो बाध बानेर छेक्नु, … छेकिदैन, भत्कौछ वाधलई खोलाले !

  34. “नडराई म एक इन्डोनेसियनलाई मोलतोल गर्न थालेँ। गफैगफमा एक रातको १ सय दिह्राममा कुरा फिक्स भयो। लाग्थ्यो उमेरले ३५ काटेकी जस्तो। के गरौँ, कसो गरौँ भयो, चिट-चिट पसिना आयो। कसरी यो केटीसँग छुटकरा पाउँ भन्ने सोच्न थाले। लाजै नमानी उसले मेरा अंग प्रत्यङ्ग छुन थाली। ओहो? मेरो श्रीमती मेरो दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने म भने …… उति नै खेर म त्यहाँबाट बहाना बनाएर निस्कन बाध्य भएँ। आखिर म पनि प्रवासमा नजानिँदो तरिकाले बाहरवालीकै खोजीमा थिएँ।”

    लेखक ज्यु, माथिको हरफहरु पढदा त यथार्थ अन्तै कता-कता मोडिएको जस्तो लग्यो। अन्यथा नसोच्नु होला तर तपाईजस्तो यस्तो बिषय बस्तुमा यति धेरै चासो राख्ने मान्छे? कतै ????? 🙂

  35. लेखक जिउ लै धन्यबाद .
    “सवास्नी नेपालमा ,लोग्ने बिदेसमा फलानीसंग ” लेख लेखेर , आज सम्म बिदेसमा भएका लोग्नेहरुका सवास्निहरु नेपालमा बिग्रेका कुराहरु पत्रपत्रिकाहरुमा लेक्थे,सुनिन्थ्यो, तर कहिल्येई पनि लोग्ने मानिसले बिदेसिएका कोहि लोग्ने मानिस नि बिदेशमा बाहिरी स्त्रीसंग लागेका वा बिग्रेकाकुरहरका लेख लेखना हिम्मत गरेनन तर सबै बिदेसिएका लोग्ने बिग्रेका हुदैनन् भन्ने नि थाहा छ ,लेखकले कसैको नाम उल्लेख गर्नु भा छैनन कि उनीहरुको घर परिवारमा दखल होस् ,तर स्वास्नी मानिस छ भने उसलाई समाज बाट बाहेककै गर्ने गर्छन ,अझ औता दुइटा तेस्त बेग्रियेका लोग्नेको नाम लेखे घरपरिवारमा दखल होइन ,घरमा भएको स्वास्नी,छोरो छोरी लै छलेर बस्ने लोग्नेको सबक सिख हुनेथियो भन्ने मलाई लाग्छ |
    तर माथि एउटा साथीलाई दन्ते कथा लगेछा .यस्तै हो स्वास्नी मानिसले गल्ति गरिएका कुराहरु गल्ति हुने लोग्ने मानिसहरुले गरिएका गल्ति साचो किनानै नहोस तेस्लाई दन्ते कथामा सोचिन्छ ,स्वाभिमान मा ठेस पुग्छ ,घोर अपराध अनि भ्रमित हो भन्ने लाग्छ किनानी यहा लोग्ने तन्त्र समाज ,देश छ |

  36. यो अहिलेको समसामयिक परिस्थिति हो नेपाल को

  37. लेखक चाई जहिले पनि चोखो हुन्छ एस्तो लेख मा ३५ वर्ष नाघेको केटि लाई छाडेर श्रीमती लाई सम्झेर निस्केर भागे रे!!!! जो पनि उस्तै,

  38. विसंगति जहाँ पनि हुन्छ … अरब देश मा अलि गारो छ भन्छन… मेरा तेही भएका साथी हरुले Khoi के पत्याउनु के नपत्याउनु ……

  39. लेख सान्धर्बिक भएता पनि ९५% हावादारी हो भन्ने हाम्लाई लाइराछा.सबै साथीहरु
    खेलाडी रहेछन अनि हाम्रो पौडेल बन्धु मात्र तेस्तो सतिसाबित्री कसरि?मध्यपूर्व मा मजदुरी गरेर अलिअलि पैसा घरतिर पनि दिनै पर्छहोला येसरी सधै मस्ती गर्न पुग्लार?

  40. स्वास्नी नेपालमा, लोग्ने विदेशमा ‘फलानी’सँग …

    वास्तबमा यस्ताका स्वास्नी पनि त यताका फलाना संगै त हुन्छ नि !!! कोहि काठमाडौँका रैथाने संग त कोहि पल्ला घरे साहिला संग अनि कोहि त खाली सिसि ….. संग

    देश बर्बादै भयो !!!!

  41. जहाँ जाला जोगी, भातै खाला भन्याको येही त होनी होइन र,

  42. खै क गर्ने, मैले त कोइ बहारवाली को खोजि गरेको पनि छैन , मेरी आइमाई पनि यता उति न जाली भन्ने आस मा बसेको छु l

  43. बाहरबाली वा बाहरवाला राखेको वा बनाएको कुरालाई यो २१सौ सताब्दिमा खासै अचम्म मान्नु पर्ने कुरा हो जस्तो मलाइ त लाग्दैन हो तर त्यो सम्बन्धले कसैको पनि घर र पारिवारिक सम्बन्ध बिग्रिनु भने हुदैन त्यो सम्बन्ध एउटा शारीरिक आकांक्ष्या पूरा गर्ने हद सम्म मात्र हुन्छ भने त्यसलाई कुनै नराम्रो भन्ने पक्षमा म छैन यौन अती आबस्यक चिज हो खाना पछिको दोस्रो आबस्यक चिज हो भन्छु म त्यसलाई एउटा सिमा भित्र बसेर चाहे पुरुष होस् या महिला जसले पनि पूरा गर्न सक्छ एउटा पुरुष वा महिला बर्सौ बिदेश बस्दा आफ्ना यौन ईच्छा दबायेर बस्नु पर्छ भन्ने हुदैन त्यसै गरि बर्सौ बिदेसियेका लोग्नेका पत्नीले पनि आबस्यक्ता अनुसार आफ्नो यौन भोक त मेटाउन पाउनु पर्छ नी भन्ने मेरो भनाइ हो तर त्यो भोक मेटाइले कसैको पनि घर परिवार र सम्बन्ध्ह नबिग्रियोस त्यसलाई खयाल राखी सम्बन्ध राख्नु पर्छ…………………………………… लत नमस्ते मित्र हरू मेरो बिचार हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला [email protected]

    • कपिल मित्र जी…..२१ सौ सताब्दिमा घरबार नबिग्रने गरि sex सम्बन्ध राख्नु भन्ने कुरा अलिक प्रस्ट भएन र sex जीवन जिउन खान पछि चाहिने दोस्रो अवास्येक चिज पनि कदापी हैन/भगवानको श्रीस्ती मा मान्छेलाई उत्कृस्ट प्राणी किन मानिन्छ थाहा छ????किन कि मावन मा हरेक सम्बेदल शिल च्येमता छ/तपाई २,४ हैन ५,१० वर्ष टाडा बस्नुस लोग्ने स्वास्नी तर तपाइको मन आफ्नो लोग्ने स्वास्नी प्रति समर्पित र माया छ भने तपाइको जीवन बाच्न sex ले कुनै असर पर्दैन/sex चाहिन्छ भनेर जहाँ पायो जो पायो त्यो संग गर्न त पशुलाई मात्त्र स्वीकृत छ जस्तै गाइ गोरु ययूतई आमाको कोख बाट जन्मिन्छ र पछि तिनीहरु दाजु बैनी नभएर लोग्ने स्वास्नी हुन सक्छन किन भने manner less sex तेसैले तपाई जो संग सम्बन्ध राख्नु हुन्छ त्यो साएद जीवन भर कैले भुल्नु हुन्न सायेदै तपाई धेरै जना संग किन नराख्नुस विचार गर्नुस तपाइको दिमाग मा तपाई को स्वास्नी भन्दा अरु कसैको छाया छ भने आफ्नी सवास्निलाई कसरि पूर्ण पर्न सक्नु हुन्छ सबै कुरामा एदी सक्नु हुन्न भने कसरि तपाइको जीवन र घर बिग्रिदैना??????भोक लाग्दैमा तपाई जे भेट्यो त्यो खानु हुन्छ भने त्यो बिष पनि हुन सक्छ तर भोक लागे पनि एकछिन कुरेर खान मिल्ने नमिल्ने छुत्त्यायेर खाए मा तपाइको healthy long life हुने पक्का छ /

  44. जहाँ रहे पनि आफ्नो संस्कृति र आफु जन्मेको परिवेश भुल्नु हुन्न !!!!नेपाली हुनुमा गर्ब गर
    पश्चाताप होइन !!!

  45. नेपाल का घरवाली हरु पनि हिजो आज सारै भयको देख्छु . सायद येही karad ले गर्दा होला. सबै को जिन्दगि बराबर घाटा चाही दुवै लाई.

  46. मलाई यो लेख त दन्त्यकथा जस्तो पो लाग्यो।
    समसामयिक बिषय माथि लेखिएको यो लेख को लागी लेखक खेमनाथ जी लाई धन्यबाद, लेख राम्रो भए पनि कतिपय कुराहरु संग म बिल्कुल असहमत छु, खाडी मुलुक मा हुने नेपालीहरु, जसलाई लेखक ले देखे/भेटेको जस्तो लाग्ने गरी प्रतिनिधी पात्र को काल्पनिक सिर्जना गरिएको छ, कतिपय सत्य होलान पनि र कतिपय सत्य छैनन् पनि, यी प्रतिनिधी पात्रहरु ले समग्र खाडी मुलुक मा बस्ने नेपालीहरु को प्रतिनिधित्व गरेको जस्तो गरेर सबै नेपाली श्रमिकहरु जो खाडी मुलुक मा छन्, उनिहरु सबै को ब्यबहार यही नै हो भने जस्तो गरी उल्लेख गरिएको ले म यस मा बिल्कुल असहमत छु, 99.9% नेपालीहरु जो साउदी अरेबिया मा छन्, उनिहरुले केटी को अनुहार सम्म हेर्न को लागी नेपाल नै जानु पर्ने स्थिती मा एकाध पात्र ले गरेको कार्य,जो अपबाद को रुप मा मात्रै हो, लाई देखाएर समग्र नेपालीहरु को दिनचर्या नै यस्तै हो भनेर चित्रित गर्नु घोर अन्याय मात्र हैन,खाडी मुलुक मा हुने नेपालीहरु को बेइज्जती को पराकाष्ठा पनि हो भन्ने ठानेको छु। हुनसक्छ, कतार र दुबइ मा त्यो संभव पनि होला, तर पनि लेख मा चित्रण गरेको जस्तो नै गरेर सबै नेपालीहरु ले यहाँ त्यो कार्य गरेको छैनन्। साउदी अरब को दश बर्ष को बसाइ अनुभव मा मैले चैं अहिले सम्म यस्तो घटना सुनेको रहेनछु, एकाध र अपबाद का घटना लाई उदाहरण दिएर समग्र नेपालीहरु को दिनचर्या नै यहि यो भनेर चित्रण गर्दै यहाँ रहेका नेपालीहरु घर-परीवार लाई समेत भ्रमित पार्न खोज्नु घोर अपराध हुन जान्छ, लेखक ले ध्यान दिनु जरुरी छ, लेख को अन्त्यमा एकाध पात्र र अपबाद बाहेक सबै नेपालीहरु ले यो कार्य गर्न सम्भव नै छैन भनेर प्रष्ट कुरा राखिनु पर्ने थियो भन्ने मेरो मान्यता हो, लेखक को यो लेख ले हामी यहाँ कार्यरत नेपालीहरुको स्वभिमान मा ठेस लगायो भन्ने मेरो ठहर छ ….बाँकि लेखक को जो बिचार

    • येस्ता कुरा हरु त इज्रयेलमा देख्ने पाइन्छ बिक्रम जी . एस्तो हुन सक्दैन भन्न पनि सकिदैन होएन र ?

      • इजरायल मा त्यस्तो हुनु कुनै नौलो कुरा हैन होला, किनकि इजरायल पश्चिमा संस्कृती भएको मुलुक हो, र खुल्ला रुपमा जे सुकै गर्न मिल्छ होला, तर खाडी मुलुक मा त्यसो गर्ने कल्पना समेत गर्न मुस्किल हुन्छ नी त मिला आचार्य जी…..
        कथा मा लेखक ले “ओहो? मेरो श्रीमती मेरो दीर्घ जीवनको कामना गर्दै ब्रत बस्ने म भने …… उति नै खेर म त्यहाँबाट बहाना बनाएर निस्कन बाध्य भएँ।” भन्ने लेखेर आफुलाई चैं दुधले नुहाएको देखिन्छ भने बाँकी सबै नेपाली श्रमीकहरु लाई चैं ढल को पोखरी मा डुबाइदिएको देखिन्छ। लेख अत्यन्तै काल्पनिक र दन्त्यकथा नै हो। म पनि खाडी मुलुक मा बसेको दश बर्ष पुरा भएर एघार बर्ष शुरु भयो, अहिले सम्म यस्ता घटना सुन्न पनि पाएको रहेनछु, लेखक ले कता बाट सुनेर/देखेर लेखेको हो, वहाँलाई नै थाहा होला।

        • मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । इजेत्त,प्रतिस्ठा, धन, घरपरिवर र इस्टमित्र प्रति आस्ता न हुने ले के देश् क बिदेश जहाँ काही पनि जे पनि गर्ने सक्छ होइन र ? मान्छेको मति न हो यो आकाशबाट पाताल र पातालबाट आकाश भयो भने पनि अचम्म मानिहाल्नु पर्दैन । हो बिक्रम जी म पनि लामो समय देखि देश् बाहिर छु । आफू लाई जित्नु नाई संसार जित्नु सरह हो भनिन्छ ।
          र आर्को कुरा पस्चिमी सन्सिक्रितीमा पनि त्यस्तो छैन् बिक्रम जी यहाँ पनि मान्छेमा नैतिकता छ र आफ्नो संस्क्रिती छ मइले पहिले नाई भनीसके नी , आफू र आफ्नु बाटो भुल्नेले येस्तो गर्छन् र आर्को कुरा नारी शक्तिहुन येनीहरूको संमान गर्नु ठुलो धर्म हो , कुरा गरे कुरै को दु:ख बिक्रम जी संपर्कमा रहदै गर्नु होला ।

  47. “जवानी कति सुकाएर बस्ने ?” तबैतरा !
    परिवारप्रतिको कर्त्तव्य भुल्नुहुन्न, उम्लेको माया पोखिन्दैमा त्यसलाई लबस्तरो त भन्न मिलेन| आदर्शवादी बन्नु र खोज्नु बेकार छ !!!!

    • साथी चरित्र पनि अमुल्य सम्पति हो भन्ने कुरा बिर्सनु हुदैन भोलि कसैले के सम्पति छ भनेर सोध्यो भने मा संग सच्चरित्र छ भनेर सगर्व भन्न पाइयोस / हुन त यो कुरा अहिलेको जमानामा एकादेशको कथा भैसक्यो तर पनि छाती ठोकेर भन्न पाइयोस मैले आफ्नी स्वास्नी बाहेक अरु सबै नारीलाई यौनिक दृष्टिले हेर्दिन भनेर / कसो ?

      • सच्चरित्रको मापदण्ड कहाँ खोज्ने? स्वयम् कृष्ण भगवानले नै सयौं गोपीनीसित रसरंग गरेका थिए, जसलाई हामी कृष्णलीला भनेर रमाउन्छौ| तैपनि रमेशजीको भनाइसित मेरो बिमति नभएर सहमति नै छ|

  48. नेपालको घरवाली सँग पनि बाहरवाला छन्। हिसाब बराबर।

  49. हामी पुरुषहरुले बुझन नखोजेको कुरा भनेकै श्रीमतीको मनोदशा हो । घर छदैछ, सबै थोक पुर्‍याई दिएकै छ भन्ने एक किसिमको पुरुषहरुको अभिमानले पनि धेरै घरहरु भित्र समस्या देखिएका छन् ।

Comments are closed.