-चर्चित ढुंगेल-

खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको झारेर थुरथुर पार्नुलाई यतातिर ‘गिरगिर’ भनिन्छ। पहिले नै खाडीमा पसिना बगाएर पानी खाइसकेका भुक्तभोगीहरुलाई ‘गिरगिर’ शब्द नौलो होइन तर पहिलोचोटी यताको सफरमा आएकाहरुलाई ‘कौतुहलको कोलाज’ भएर ‘खजुरको रुख’ ठिङ्ग उभिएजस्तै बाटो छेकेर उभिन्छ ‘गिरगिर’ शब्द। जीवनमा ‘मिनिङ्ग’ थाहै नभइ मान्छेले अनेक शब्द सुन्छ, उच्चारण गर्छ। त्यस्तै यता खाडीमा खोसि्रन आएका कामदारहरुले ‘गिरगिर’ शब्दको असली माने थाहै नपाइ सुन्न थाल्दछन्। जसै दिनहरु यताको बसाइमा लम्बिन्छन् ‘गिरगिर’ सहने बानी लाग्दै जान्छ।


खाडी खसेको भोलिपल्ट ‘राम्रैसँग आइपुगेँ’ भन्नलाई फोनमा ‘हेल्लो’ भनिनसक्दै ‘साहुले ”किचकिच” गरेर मार्न लागिसक्यो, पैसा चैँ बेलैमा पठा है नानी’ भन्ने नम्र ‘गिरगिर’ सुरु हुन्छ। पहिलो सेलरी थापेर गन्न नभ्याउँदै दैलोमा उभिएर स्वास्नीले फोन्छे, ‘कान बुच्चै भएको छ, एकजोर मुन्द्रा हाल्न पाए हुन्थ्यो। ऋण त पछि तिर्दै गरौँला, यसो एक तोला सुन आउने पैसो पठाइदिनुस्।’ स्वास्नीको यो ‘हुकुमी गिरगिर’ सुनिनसक्दै चेलीबेटीको ‘घुर्क्याउनी गिरगिर’ सुन्नुपर्छ। दिदी भन्छिन्, ‘मेरो भाइ भनेको तैँ त होस् नि। अरुको त कुरो छोड्दे, तेरै मात्र आस छ। भाञ्जाले ‘बिजुली साइकल’ भनेर घरै उचाली सक्यो। ए मेरो भाइ, पठाइदेन गोडातिसेक हजार।’ दिदीलाई ‘हुन्छ, पठाइदिन्छु’ भनेर थपथप्याइ नसक्दै अर्की बहिनीको ‘मिस्डकल’को ‘नोटिफिकेसन’ले ‘इरिटेसन’ बनाउँछ। ‘के परेछ त’ भनेर फोन्दा बहिनी भन्छे, ‘दाजु, अहिले माइत आएकी छु। भाञ्जाको हातमा एउटा भए पनि बाला बनाइदिने दाम पठाइदे। पहिलोचोटी आएको भाञ्जालाई ‘रित्तै’ पठाउँदा ‘तिमेरकै नाक’ जाने हो। तीनभाइ मिलेर यत्ती गर।’

बहिनीको ‘आग्रह गिरगिर’ सुनेर ‘अर्को महिनासम्म पर्खि, पठाइदिउँला’ भनेर फोन काटिनसक्दै ‘कल वेटिङ्ग’ भएर भाइको नामको कल देखिन्छ। भाइको आइफोन र ल्यापटप पठाइदिनुपर्ने ‘गिरगिर’ सुनेपछि काम गर्ने जाँगर वालुवासँगै उड्छ। यसरी पैसा माग्ने ‘गिरगिरे’ कल आउँदा कत्तिलाई त काल आए जस्तै लाग्दो हो।

उता भारतीय अभिनेता जेनेलिया डिसुजा र रितेश देशमुखले झ्याँइ पारेको फोटो फेसबुकमा फैलिएजस्तै ‘गिरगिर’ गर्नेहरु पनि देशदेशान्तरमा फैलिएका छन्। सामाजिक सञ्जालले त धेरैलाई बेहाल बनाएको छ। एकदिन फेसबुकमा छिर्ने बित्तिक्कै फुपुकी नातिनिको ‘गिरगिरभरे म्यासेज’ आयो, ‘मामा, त्यतातिरबाट यता नेपालतिर मोवाइलबाट ‘ब्यालेन्स ट्रान्सफर’ गर्न मिल्छ अरे, यो भाञ्जीलाई दुईचार हजार ट्रान्सफर गरिदिनु न।’ अर्का एक नातेदारले ‘फूलको झारले रेटे’ जस्तै गरी ‘गिरगिर’ गर्न थाले, ‘तपाईँ त मालामाल पैसो कमाउनु हुन्छ रे। ‘चाँदी कटाइ’ छ रे तपाईँको। हाम्लाई पनि यसो सके भिषा नसके ‘डो’ पठाइदिए खाएर भाग्ने थिएनौ, आएर तिर्ने थियौँ।’ अर्का एकजना ‘ओल्ड इज गोल्ड’ साथीले फेसबुकको वालमै प्वाल पर्नेगरी ‘खबरदारी गिरगिर’ लेखेछन्, ‘के हो मित्र, पैसाको मुख देखेपछि बैँसको साथी पनि चिन्न छोडियो? हाइहेल्लोसम्म छैन होइन? खाएर पचाएर नतिर्ने त होइनौ नि हामी पनि, बेलामा तिर्ने थियौँ। ‘साउँब्याजै हानेर हिँड्ने’ सोचियो कि के हो? एउटा माघले जाडो जान्छ भने जाओस्।’ अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन्, ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यु। हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त। तपाईँको भन्दा त हामी नै बेसी कमाउँछौँ त। तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन। तपाईँले चैँ यसरी किन चटक्कै माया मार्नु भएको?’

बाउपट्टिका, साहुपट्टिका, ससुरालीपट्टिका, मावलीपट्टिका र आफैँपट्टिका नातेदार र साथीभाइको ‘गिरगिर’को जवाफ दिएर वाक्क, दिक्क र हारदिक्क नहुने यो खाडीमा कोही भेटियो भने त्यो ‘नमुना’ हो। तर त्यही ‘नमुना’ले पनि फोरम्यानको, एकोमोडेसन इन्चार्जको, स्टोरकिपरको, चार्जेन्टको, ड्राइभरको, सुपरभाइजरको, एकाउन्टेण्टको, इन्जिनियरको वा मुदिरको ‘गिरगिर’ सुनेकै हुन्छ, सहेकै हुन्छ। खाडी आएको मान्छेले बरु ‘खब्बुस’ र ‘खजुर’ नखाला ‘गिरगिर’ खाएकै हुन्छ।

तर यता ‘भिमु– भिजेको मुसो’ भएर अठार घण्टा घोटिँदाको पीडा अनुभव गर्ने र गर्ममा तल र माथिको तातोले लखतरान पारेर शरिर खाएको देखेर मनको बह बुझ्ने कोही छैन। चिनारुहरु जस्लाई पनि पैसो चाहिएको छ र नै होला यता हुनेहरुले ‘गिरगिर’ पाइएको छ। फर्किएर घर जानेहरुलाई पनि पँधेरोमा ‘अँधेरो मुख लाउने गरी’, चौतारी र चिया पसलमा ‘उल्टी आउने गरी’ कुरा काटेर ‘गिरगिर’ गरेको भोगेर आउनेहरुको ‘कथा’ सुनिनसक्नुको छ।

62 Comments

  1. लेख ले बहुसंख्यक नेपाली दाजु भाइहरुको (बिसेस गरि खाडीमा काम गर्ने) को साझा समस्यालाइ चरितार्थ गरेको छ, खाडी मुलुकमा गिरगिर नसुन्ने को होला र ?????

  2. युरोप तिर पस्याछु भनेर कसैले पनि नखोके हुन्छ १/२ पैसामा फरक पाएला तर खाडीमा बसेकोले भन्दा बेशी काम र खाडिकोले भन्दा घटिया काम युरोप तिर बसेकाले गरेकाछन यो मा ठोकुवा नै गरेर भन्छु,,, यहाँ धेरै कुराको खण्डन भएको छ तर सबै नेपाली भएर म युरोप त खाडी भनेर हेपुवा पाराले चाही मेरो कन्चट तात्छ ….त्यसैले सबै नेपालीको जिबन जिउने आफ्नै आफ्नै सैली छ र सबै मिलेर बाँचौ…………………….

    • सहि कुरो … युरोप, अमेरिकाका साथीहरुले खाडीमा बस्ने हरुलाई मान्छे गन्दैनन त्यो चै मलाई नि राम्ररी थाह छ….र मलाई यो पनि थाह छ कि तपैले भन्या जस्तै खाडीमा बस्नेले भन्दा तिनीहरुले घटिया काम पनि गर्छन ….

  3. अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन्, ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यु। हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त। तपाईँको भन्दा त हामी नै बेसी कमाउँछौँ त। तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन। तपाईँले चैँ यसरी किन चटक्कै माया मार्नु भएको?’

  4. चर्चित जीले चर्चा गर्नु भएको लेख लाई नेपालमा मर्चा मोल्दै कहिले पैसो पठाई देला भनेर बसेका हरुले पनि पढे त यो टाउकाको भारी केहि हल्का हुनेथियो |

  5. ये sir कैले कहिँ हाम्ले गरेको कमेन्ट पनि प्रसारित गरून हो !!!!

  6. तपाई को लेख हामी जस्तो खाडी मुलुक म जोत्ने गोरु हरु को येथार्ता सहि दङ्ग ले प्रस्तुत ….

  7. आइ पोड,क्यामरा,मोबाइल,घडी माग्नेहरु त कति हुन्छन कति! माग्नेहरुजतिलाई क्यान्डी मात्र पनि दिने हो भने तलबको पैसाले पुग्दैन.गिर गिर मुक माफी नफरहरुको कुरालाई खल्लीबल्ली भन्यो आफ्नो काम गरेर बस्यो.खाडी मुलुकमा पनि नेपालीहरु इन्जिनियर,अफिसर तथा विभिन्न ठाउमा म्यानेजर सुपर्रभैजर जस्ता इज्ज्तातिला अनि राम्रो पैसा कमाउने तहमा पनि छन् है.महिनाको लाख कमाउनेहरु पनि धेरै नै छन्.सब जना लेबर मात्रै चै होइनन.युरोप अमेरिकामा बस्नेहरुले अलि हेपेको सैलिमा खडी मुलुकमा बस्नेहरु भन्ने लबज प्रयोग गर्दा चाही तिनी हरुको साघुरो सोचाई प्रति दया लगेर आउछ.सीप छ पढेलेखेको हुनुहुन्छ भने यहाँ युरोपमा भन्दा धेरै पैसा सजिलै कमाउन सक्नुहुन्छ त्यो पनि इज्जतका साथ.लेखक लाइ धन्यवाद

  8. चर्चित जी,
    गिरगिरे प्रबिती हाम्रो परम्परा नै हो, सरकार ले समेत यो बर्ष बिदेशबाट कति सहयोग आउछ भनेर बजेट बनाउछ । बाढीले एउटा पुल भत्कायो भने त्यो बनाउन अर्कै देशलाई ‘गिरगिर’ गर्न थाल्छ। भने पछि गिरगिर सर्ब ब्यापी छ। तपाइका लेखहरू बढो चोटिला हुन्छन्, कृपया लेख्दै जानुहोला।
    प्रयास।

  9. कुनै न कुनै गिर गिर त सबैले बेहोरेको त हो नि , लेख राम्रो छ , भन्न न हुने मैले आफैले ५-७ मोबाइल गिफ्ट गरि सके ६ वर्ष मा

  10. अब कुनै पनि नेपाली कार्येक्रम सुरु हुनु भन्दा पहिला मरेका मान्छे लाई होइन, विदेश भरि रहेका क नेपाली हरुलाई सम्झेर एक मिनेट सुक्क सुक्क रुनु पर्ने अवस्था छ | भोगेर र देखेर भनेको मैले |

  11. गिरगिर त छदै छ अनि मेरो भोगाइमा यो पनि, खाडी = उडुस खबुस अनि माफी फुलुस (पैसो)…..

  12. गिर गिर को पनि पनि विभिन्न प्रकार हुदो रहेछा अझै; अन्तर्मुखी र बहिर्मुखी. आस गरेर बस्ने अन्तर्मुखी, प्वाक्कै मुखुन्जेल भन्ने बहिर्मुखी. म पनि देश बाहिर भएको ले गिर गिर पिडित हो, म हिड्ने बेलामा ब्याजे पैसा ऋण खोज्दै थिए, त्यस्तो अवस्था मा मेरो नजिक को साथि ले आफ्नो खाता मा टन्नै अण्डा पर्ने पैसा राख्यो तर सहयोग चाहिन्छ कि भनेर ओठ सम्म हल्लायेना तर म हिडेको २ महिना न बित्दै तमसुक झैँ लामो इमेल पठायो, पढ्दै गए, लास्ट मा त डिजिटल camera को पठाउने गिर्गिर पो रहेछ. गिर गिरे हरु बिश्वोब्यपी छन्.

  13. राम्रो लाग्यो लेख किनकि अहिले फेसबुकले गर्दा झनै सजिलो भाकोछ एकदम प्रचलित यो गिरगिर शब्द यहाँ खाडी तिर भाका सारा साथीहरुले भोग्नु र सुन्नु परेको शब्द कम्पनिको मालिक र टाउके हरुको गिरगिर घरतिर बाट अर्को गिरगिर महिना बितेको छैन सोध्छन तलब थापेको छैन ? पैसा पठाइदिनुस आथवा कोइ मान्छे नेपाल आउने छैन मोबाइल या यो पठाइदे त्यो पठाइदे यो गिरगिरले कहिले ज्यान छुटला खै ।

  14. यो गिरगिरले नछोड्ने भो हामीलाई | लेखको लागि धन्यवाद |

  15. “जहा रबी पुग्दैनन त्यहा कबि पुग्छन।” यथार्थ कल्पना गर्न सक्नुनै लेखकको खूबी हो।

  16. सहि ‘गिर्गिरे’लेख जहाँ हुने ले नि आफु मा ढालेर पढ्न मिल्ने/धन्यवाद, सबै को मन मा लागेको तर नलेखिएको मार्मिक बिषय चयन गर्नु भो…..

  17. फ्रसटेशनको lastai stage मा पुगेर लेख्नुभाको जस्तो छ नि

  18. सत्यता लाई तपाइको मिठो लेखन शैली ले बडो रसिलो बनाइदिएको छ,
    धन्यवाद!!!

  19. अती राम्रो। निकै नै सान्दर्भिक लेख।

  20. सारै सान्दर्भिक लाग्यो यो लेख . सबै अरब मा बस्नी नेपाली हरु को साझा अनुभब हो यो गिरगिर …..फेशबुक को भित्ता मा हाल्दिम कि के हो ……

  21. गिरगिर सब्द सुनेर आचाम्मा मनु पर्ने केहि पनि छैन किन भने पहिलो चोटी इस्कुल जादा जादा इस्कुल मा क भन्दा आचामा मान्छ र बचले मान्दैन तेस्तै गिरगिर सब्द सुनेर आचाम्मा मनु पर्ने केहि छैन मलाई लाग्छ यो माईसंसार ले अलिक कुरा बनाको जस्तो लग्यो मलाई लाग्छ नया आउने मान्छे ले आचाम्मा मान्दैन गिरगिर सब्द सुनेर सुनेर…………….

  22. गिर गिर संगै अर्को भुल्नै नहुनी सब्ध येल्ला यल्ला पनि हो है जब खाडी को एरपोर्ट झरिन६ अनि एरपोर्ट कर्मचारी को मुख बाट सुरु भएको त्यो कठोर सब्ध अरब बसाईको हरेकपल मा हामीलाई पिछा गरिराखेको हुन्छा एस को अन्त पनि एअरपोर्ट कर्मचारी कै मुख बाट हुन६ जब हामी नेपाल फर्कन को लागि एअरपोर्ट मा हुन्छौ

  23. हेहेहे चर्चित जी म चै यो मरुभूमिमा आएको हिमाली चौरी परेछु, न कसैको गिरगिर न कसैको कच् कच् , ससुराली तिर ज्वाई चेलो माग्दा लाज हुन्छ बरु उल्टै सहयोग गर्छन, घर तिरकाले जतिनै गिरगिर गरे पनि या त कच् कच् गरे पनि सुक्को चुहाउने होइन भन्छन कुरै गर्दैनन्, सानै देखि न मामली न बुढोमामली कतै पनि कसैको पनि सहयोग लिएन पनि र दिएन पनि, मेरो जिन्दगी त बिन्दास छ

  24. निकै बास्तबिकता बोकेको छ यस लेखले, निकै रमाइलो पारा ले लेख्नु भयेछा खुसि लाग्यो, लेख्दै गर्नु होला.

  25. विदेशको जीवन :
    आफ्नै कथा आफ्नै ब्यथा,
    कसैको लागि अजिब नशा !
    कसैको लागि हृदयविदारक दशा,
    तर आफन्तको लागि परदेशी बाट
    सुनको अन्डा प्राप्त गर्ने आशा !!

  26. चर्चितजीको लेखनशैली मंसिरको पारिलो घाम झैँ लाग्छ; २ माना बदाम र ४ गेडो सुन्तलो फुटाली सक्दा पनि छोड्नै मन नलाग्ने खालको !!
    – सार्है मार्मिक र यथार्थपुरक रूपमा भै-परि-भोगी आएको रोज-रोजकी कहानीलाइ सहज ढंगले प्रस्तुत गर्नु भएको छ /

  27. Well said in nice context! Wish I could follow u in twitter! Lived in Dubai too long, been there, done that, listened to all the stories of Nepalese life in gulf for too long! Anything new????

  28. It’s really Nice n heart touching . It’s happen most of us who struggling in abroad. They even don’t think how hard is to earn money but they can say easily. What a Nepali life !!!!!!!!!!!!

  29. Nepali Charcheet Dhungel

    इमरान खान,तारुत आइल्याण्ड,साउदी अरबिया

    म असहमत छु ,यो लेख प्रति.
    येत्रो कथन गर्न सक्ने ले धेरै पढेको हुनु पर्छ.
    गिरगिर,सब्द आफै अन्यौलमा छ .
    थाहा हुदाहुदै किन आउनु भयो त खाडी?
    जानेको काम म आउनु,हजुरलाई मोहन्दिस ,यानी इन्जिनियर भन्छन.
    खाडीको भोगाई,घरको पर्यावाची कहिले हुदैन.
    हुनसक्छ,हजुरको बुडिले हजुरलाई प्रेसर दिदै होलि.
    यहाँ त कमायेना,एस्तो भने रियल पो पर्ने होकी भनि?
    मिहिन्त्को पैसा पाइने ठाउँ हो यो.
    औंला झर्ने जाडो,र सुकुटी बनाउने काम को कुरा नगर्नुस .

    एक लाख तिरेर खाडी धाउनु भन्दा १ हजार खर्ची,नेपाल मै पान पसल खोलेको भए केहि उन्नति हुने थियो हजुरको.

    जय नेपाल आमाको

    • एक लाख तिरेर खाडी धाउनु भन्दा १ हजार खर्ची,नेपाल मै पान पसल खोलेको भए केहि उन्नति हुने थियो हजुरको…..यो भन्ने मान्छे किन नि साउदी………..

      • दिपक जी,
        हजुरको कुरा सोरह आनै ठिक हो.
        आफुमा आँट छ भने जे गर्दा नि हुन्छ.
        साउदी मा मलाई गिरगिर सुन्नु परेको छैन किनकि म योग्य छु.
        अनि आफै सोच्नुस त,एउटा योग्य मान्छे,नेपाल म पान बेच्ने कि साउदी तिर दाम कमाउने?
        हरे बुद्धि !!!!

        जय नेपाल आमाको

    • इमरान जी हजुरको विचार कति घटिया रैछ पढेको को मान्छे खाडी मै आउनु न हुने हो …. ? कि केहि पनि न जान्ने मान्छे मात्र खाडी मा आउनु पर्ने हा हा हा हा हा

      • बाबुराम जी,
        हजुरको हाँसोले नै ,हजुरको नैतिकता को उच्चारण गर्छ.
        मैले पढेको मान्छे आउनु हुन्न भन्न खोजेको होइन.
        नपढे लेखेका लै नि अवसर पाउने ठाउँ भनेको कि भारत हो कि खाडी,यसमा त हजुरको दुइमत नहोला?

        जय नेपाल आमाको

    • वास्तावमा यहा खाडी धाउने हरुलाई यस्तै पाराको व्यंग्य गर्ने गरिन्छ, आफु संग सिप छैन कुनै तालिम छैन मुडे बलको भरमा पैसा टिप्न आउछन नेपालीहरु यहाँ अनि गिरगिर नसुने के सुन्ने त…? कतार बस्ने चर्चित ढुंगेल तपाईलाई सायद “खल्लीबल्ली” भनेको के हो थाहा छैन होला !! छैन भने सुन्नुहोस धेरै नेपालिहरु यस्ता पनि छन् जो आफैमा योग्य छन् सिप छ, अनि फोरम्यानको, एकोमोडेसन इन्चार्जको, स्टोरकिपरको, चार्जेन्टको, ड्राइभरको, सुपरभाइजरको, एकाउन्टेण्टको, इन्जिनियरको वा मुदिरको ‘गिरगिर’ लाइ “खल्लीबल्ली ” भनेर हिड्न पनि सक्छन र अर्को कुरा तपाईँको भन्दा त हामी नै बेसी कमाउँछौँ त। तर पनि हामीमा घमण्डको ‘घ’ पटक्कै छैन। तपाईँले चैँ यसरी किन चटक्कै माया मार्नु भएको? यसले के प्रस्ट्याउछ भने यति धेरै घरको समस्या देखाएर कसैलाई के कसैलाई के बिचरा !! ल्यापटप रे आइफोन रे उफ्फ़ बकबास लेख बक्कम्फुस !!

      • गुरुङ जी ,प्रसंग मा साथ् दिनु भएको मा धन्यबाद.
        “गिरगिर”भन्ने सब्द खाडी धाउने कामदार (अजनबी)हरुले सिर्जना गरेका हुन्.
        खास गरि खाडीमा आफूखुसी सब्द सिर्जना गर्ने धेरै नै मान्छे भेटिन्छन.
        कसैले,रक्सीलाई माल भन्छन,कोहि स्त्रिलिंग सबैलाई.

        जय नेपाल आमाको

        • बास्तव मा हामी ले भन्ने र गर्ने नै उल्टो छ के , मा पनि भन्न्छु देश मा नै केहि गर्नु पर्छ तर किन मा खाडी मा छु त ……बास्तव मा गिरगिर एउटा थेगो बनेको छ खाडीमा ………

  30. गिरगिर लेख राम्रो लग्यो ….. मलाई पनि भाई बहिनि आफन्त नाता गोत्ता सबैले गिरगिर गरिरहन्छ! अरुत अरु .. नात्ता सत्ता केहि नालाग्नेले पनि नात्ता सिनो आइनो जोर्दै गिरगिर गर्छ हो

  31. गिरगिर ले गिरगिराएको म एक्लो प्राणि परेनछु, पढियो बडो मजा आयो , ढुंगेल जी को लेखन सैली बडो मिठो लाग्यो !

    • कान्छो भण्डारी जी नेपाल को कहाँ बाट हो? हाम्रो तीर त गिर्गिर चल्दैन /

      • किरण जी ,
        तपाई भाग्यमानी !
        गिरगिर नचल्ने ( हैन यो ७६ औ जिल्ला कहाँ पर्यो ?)ठाउँ को हुनुहुदो रहेछ.
        म कफी,सुन्तला,लोकगीत को लागि प्रख्यात जिल्ला जहाँ रिश्यश्रिंग ऋषि ले तपस्या गरेको पवित्र स्थान रेसुंगा को फेदी को परें है

  32. अनि तिमि चै कहाँ को ब्रो भिम बबाल खाडी पो दियौ त तिमि पक्का पनि पन्जाब को लाहुरे होला होइन ठ साथी हो हहह्हह्हाहहहः

  33. यो कुरा एकदमै सहि हो येस्तई गिर गिर को चौतर्फी समस्या झेल्द झेल्दै मेरो खाडी को १२ वर्ष हात लग्यो जिरो मा नै बित्यो खै अरु त क लेख्नु …………..

  34. अर्की एउटी इजरायलतिरकी ‘केयरगिभरे सोल्टिनी’ले भित्ताको फोटोमा ‘गिरगिरे कमेन्ट’ हानिछन्, ‘कमाउने भएपछि परिवर्तन भइएछ नि सोल्टीज्यु। हामीलाई ‘कुकाठै’ ठान्न थाल्नु भो त। तपाईँको भन्दा त हामी नै बेसी कमाउँछौँ त।

  35. आजित बनायो नेपालीहरुको यो नाटकले ,कार्यक्रम गर्नु पर्छ तर हर महिना के हो ? काम कुरो एका तिर कुम्लो बोक्यो …… बुज्नोस आफै भारतीय यहाँ लगभग ६ लाख भन्दा देरै छन तर पनि यिनी हरुले यत्रो बकबास गरेका छैनन तर नेपाली हरुको प्रतेक महिनाको यो नाटक ले सबै आजित छन बिचार गरौं यहाँ हामि अरब मा केहि पारिवारिक सहयोगको को लागि आहेको होउ बल्कि यी नाटक को लागि पैसा खर्च ….धिक्कार छ हाम्रो समुदाय लाइ हामि सबले सोचौं एकपटक यहाँ नाफा गर्नाको लागि काम गरिन्छ बल्कि कसैको मुफ्त मा मनोरंजन होइन सोचौं सबैले ( अलावा आयोजक समिति कुनै पनि कार्यकर्म का )

  36. चर्चित जी,
    तपाइको गुनासो जायज छ / म पनि विदेशमा छु, ‘एस्सो एउटा भिसा पठाइदे न’ भन्ने त कति कति, के भन्ठान्दा हुन्? यो भिसा त साग पकाएजस्तो पकाएर पठाइदिने हो र? आइप्याड, आइफोन, डिजिटल क्यामेरा र ल्यापटप नमाग्ने त कोहि छदैछैन / पैसो कुस्त कमायो, हामीलाई वास्ता गर्दैन भन्छन / यहाँको दु:ख कसले देख्ने ? किन आउनु यहाँ दुख पाउन भन्योभने आफुचै जाने हाम्लाई चाइ नआइज भन्ने? भन्छन, कुरो गर्यो कुरैको दुख ……..

    विदेश भन्नासाथ रुखमा डलर फल्दैन, यहाँ जति कमाइ भयो तेही अनुसारको खर्च पनि हुन्छ / अनि नेपालाँ जस्तो देखाउने दांत र चपाउने दांत (देखाउने कमाइ र वास्तविक कमाइ) फरक हुदैन / बेसरी ट्याक्स तिर्नु परो, जहान परिबारको आबस्यकता पुरा गर्नु परो / के भन्नु खै ……

    अनि यहाँको दुख विचार गरेर ल्याउदा त एक मनले आफ्नै गाउँ फर्केर जाउँ साग सिस्नु खाँउ, आनन्दले बसौ भन्ने पनि लाग्छ, फेरी लालाबालाको भबिष्य पनि त हेर्नु परो / तिनले हामीलाई पछी सराप्छन, हाम्रो भबिष्य बिगारे भनेर …. जिम्मेवारीबाट पछी हट्नु पनि त भएन, हड्डी घोट्नै परे पनि /

  37. थोरै थोरै सत्य थोरै थोरै “गफ” दिए चर्चित सोल्टीले… यदि सबैले त्यसरीनै माग्ने हो भने जसरि चर्चित ले “चर्चा” गर्नु भाको छ, र खाडीमा “लेबर” कै काम गर्ने हो भने (किन कि सबैले सोच्ने गरेको खाडीमा नेपाली हरु “लेबरै” त हुन्छन!!) धरोधर्म कसैले भनेको पुरा गर्न सकिन्न… मैले चै “गिरगिर” गरेको चै नठान्नु होला ….

  38. व्यंग होइन यो त १०० प्रतिशत सत्य कथा हो लेखकज्यु खाडी मात्र नभएर युरोप, अमेरिका जहाँ बस्नेलाई पनि यो “गिरगिर” ले छोडदैन बडो घत लाग्यो मैले त ह्य जे हुनी होस् भनेर फेसबुकको वालां हाल्दिएँ…

  39. लौ फेरी चर्चितजी को व्यंगात्मक लेख पढ्न पाईयो खुशी लाग्यो | लेख एकदमै सान्धर्विक छ | खाडीको कामदारको पिडालाई रमाइलो तरिकाले प्रस्तुत गर्नु भएकोमा लेखक लाई धन्यबाद | मैले घर परिबारको ” गिरगिर ” सुन्नु नपरे पनि हाकिम को ” गिरगिर ” चाही कहिले काहि सुन्दै आएको छु | माफी गिरगिर भन्यो काम गर्यो बालै भएन नि …..

  40. चर्चित ढुंगेल जी ,
    हेर्दा यो ठटेउली जस्तो लाग्ला तर यो तपाइको लेखाईमा थुप्रै वास्तविकता लुकेको छ…… तपाइले त् भोगेर लेख्नु भयो या कल्पना हो थाहा भयन तर पनि यो “गिर गिर” धेरैको भोगाई हो भन्ने हाम्लाई लाइराछ……..

  41. कस्तो यथार्थ .. अहिले को जमाना मा सम्बन्ध पैसामा गएर बाँधिएको छ साथि के गर्ने ?

    मान्छे ले बुझ्दैनन् ..

  42. अती राम्रो लेख मनकै कुरा लेखी दिनु भएछ लेखक Charcheet Dhungel, लाई धेरै धेरै धन्येबाद

  43. विदेश जान लागेको खबर सुन्दा र थाहा पाउदा मैले केहि सहयोग गर्नु पर्छ कि ? भन्न नसक्ने आफन्त ,छिमेकी बिदेशीयको केहि समय पछी यस्तो समस्या पर्यो सहयोग गर्नु पर्यो लौन भन्न लाज मान्दैनन भने आफ्नो परिवार ले सपना देख्नु र सहयोग माग्नु नौलो होइन तर विदेश मा पैसा टप्प टिप्न पाइदैन \ धेरै दुख बाट थोरै आम्दानि , यहाको थोरै पनि नेपाल मा धेरै देखिने मात्र हो \ बाच्न पुग्ने आम्दानि मात्र हो बिदेशमा\ हाम्रो ब्यथा कसले बुझ्ने ?यो सार्है टड्कारो समस्या हो !

  44. खाडीतिरका मान्छेले पनि लास्टै गिरगिर गर्न थाले माइ संसारमा । 😛

    • भिम काजी चै कताको पर्नुभो ? सुडान तिर होकी के हो ?

    • तपाइँ चाहिँ काहाँ हुनहुन्छ र मित्र ? आखिर खाडीमा भए पनि युरोप , अमेरिकामा जहाँ भए पनि समस्या त सबैको एकै प्रकृतिको हुन्छनि होइन र? शायद
      शब्द मात्र फरक होलान I

Comments are closed.