अभागी कान्छा गाउँलेको कतार अनुभव

झापाको तोपगाछी घर भई हाल कतारमा रहेका ‘अभागी कान्छा गाउँले’ नामले आफूलाई चिनाउन चाहनेले आफ्नो कतार- अनुभव माइसंसारलाई [email protected] मा इमेल पठाई यसरी बयान सुनाए-

• सँधै आगो जस्तो तातो घाममा काम गर्छन्। बेलुकी काम सकेर कोठामा आई ट्वाइलेटको किरा मार्न प्रयोग गर्ने ‘लुमा’ खान्छन्। अहिले सबैले लुमा खान्छन् भन्ने कुरा थाहा पाएर नाम फेरेका छन्। त्यसलाई अहिले नेपाली कांग्रेस भन्छन्। किनभने त्यसमा रुखको चित्र हुन्छ।
• धेरै केटाहरुले फिलीपिनी केटीलाई साथ लिई पैसा उडाइरहेका छन्।
• नेपाली चेलीहरु पनि कम भने छैनन्। केही एक कल फोन गरेमा पूरा मोलतोल गरी तयारी हुन्छन्। त्यो कामलाई यस्तो कोडनाम दिन्छन्- ‘पार्टटाइम’। एकै छिनमा महिना दिनको तलब। नेपालमा पैसा पठायो उतै खुसी, यता मस्तीसँगै पैसा पनि- आफु झन खुसी, दुवै हातमा लड्डु भएपछि के चाहियो र हाम्रा चेलीहरुलाई !

केही महिनाअघि कतारको मेरो भिसा लाग्यो। घर, साथीभाइ सबैसँग विदा लिई काठमाडौँ आएँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरो बेलुकीको उडान कतारको थियो। प्लेन नेपालको भुईँ छाडी हावामा उड्न थाल्यो। मभन्दा अगाडिको सिटमा बसेका २ जना नेपाली रहेछन्। एउटा नयाँ र अर्को छुट्टी सिध्याएर पुनः कतार जादै रहेछ। जब एयर होस्टेजले खाना साथै जुस वियर पानी इत्यादी कुराहरु दिँदै आइन्, त्यो छुट्टी मनाएर आएको केटोले एउटा बियर लियो र नजिकै सँगै बसेको नयाँ केटोलाई पनि पिउन कर गर्‍यो।

उसले भन्दै थियो, “मैले कहिले पनि पिएको छैन दाइ, म पिउँदिन। पुरानो केटाले पुनः भन्यो, ‘हेर यस्तो मौका नगुमाऊ, सबैको कहाँ हुन्छ यस्तो भाग्य, यसरी हावा माथि उडेर बियर पिउनु पनि भाग्य चाहिन्छ। सोच त आफै ! कति आनन्द हुन्छ यती माथि–माथि त्यो पनि उडेर पिउनु।”

म छक्क परेँ उसको कुरा सुनेर। हेर्दाहेर्दै उसले २ प्याक सासै नफेरी पिइहाल्यो। म त्यो दृश्य हेर्दाहेर्दै कति खेर निदाएछु। जब ब्युँझिएँ, कतार आइपुग्न लागेको रहेछ। कतारको एयरपोर्टबाट बाहिर आएँ, जमिन आकाशको फरक पाएँ नेपाल र कतारमा……। नेपालको हरियो वन जंगल, चिसो वातावरण, हिमाल तर यहाँ सिमेन्टको जंगल, तातो हावा पानी, धुलो उस्तै उड्ने तर के गर्ने काम गर्न आएको, गर्नु नै पर्ने। केही घण्टा पछि कम्पनीको मान्छे लिन आयो। र सुरु भयो कतारको श्रमिक जीवन।

प्रसंग बदलौं।

मेरो अहिलेसम्मको कतार बसाईको क्रममा, हाम्रो नेपाली दाजुभाइ अनि दिदीबहिनीको बारेमा नलेखी बसिरहन सकिनँ। जस्तो देख्छु त्यस्तै लेख्नु, म आफ्नो धर्म सम्झन्छु। घरबाट ठूलो आशा राखी कमाउन पठाएको छोरोको चाला यहाँ यस्तो छ- सँधै आगोजस्तो तातो घाममा काम गर्छन्। बेलुकी काम सकेर कोठामा आई मद्यपान गर्छन्। त्यो पनि स्वास्थ्यलाई पूर्ण रुपले असर गर्ने, जसलाई यहाँ ‘लुमा’ भनिन्छ। यसलाई यहाँ धेरैले ट्वाइलेटको किरा मार्न प्रयोग गर्ने गरेका छन्। अहिले सबैले लुमा खान्छन् भन्ने कुरा थाहा पाएर नाम फेरेको सुन्दा अचम्म लाग्छ। त्यसलाई अहिले नेपाली कांग्रेस भन्छन्। किनभने त्यसमा रुखको चित्र हुन्छ। यसरी धुम्रपान र मद्यपान गर्नेहरु कति सुतेको ठाउँबाट कहिल्यै नउठ्ने गरी सुतिरहेको घटना पनि अक्सर सुनिन्छ।

धेरैले फिलीपिनो केटीलाई साथ लिई पैसा उडाई रहेका छन्। नेपाली चेलीहरु पनि कम भने छैनन्। केही यस्ता पनि छन्, एक कल फोन गरेमा पूरा मोलतोल गरी तयारी हुन्छन्। त्यो कामलाई यस्तो कोडनाम दिइएको हुन्छ- ‘पार्टटाइम’। कसैसँग रातमा बेचिए त कसैसँग दिनमा २/४ घण्टा, साथमा लिएर आउँछन्, एकै छिनमा महिना दिनको तलब। आफै सोच्नुहोस् त सजिलै हो नि कमाउने तरिका। नेपालमा पैसा पठायो उतै खुसी, यता मस्तीसँगै पैसा पनि, आफू झन खुसी। दुवै हातमा लड्डु भएपछि के चाहियो र हाम्रा चेलीहरुलाई……. जबकि आफ्नो पहिचान र स्वाभिमान नेपाल एयरपोर्ट मै छाडेर आएपछि।

केटाहरुको पाइन्ट हेरे तल झरिसकेको हुन्छ पछाडिको भाग सबै देखिने। कानमा मुन्द्रा पनि। बेला बेलामा झगडा गर्दै पनि हिँडेका छन्। धेरै जेल परेका छन्। डुकु अनि गुरील्ला भएर हिँडिरहेकाछन्। आजको यो समयमा त्यस्तै खालका केही नेपालीले गर्दा लाखौं नेपालीलाई यहाँको कम्पनीहरुले राम्रो तलब दिएका छैनन्।

यस्तो पनि नेपालीहरुमा देखिएको छ- तातो घाम,तातो हावा अनि गाह्रो काम यस्तो जोखिम उठाएर काम गर्छन्। तर तलब भने महिनाको ५/६ सय मात्र बाँचेको हुन्छ। अब, हेर्नुहोस् तलब ५/६ सय बच्छ, तर हातमा मोबाइल हुन्छ १८ सयदेखि २२ सय रियलसम्मको। यहाँ आफ्नै संसार बनाएर रमाइरहेका हुन्छन्। सोच्दैनन् घरमा साहुले च्यापिरहेको हुन्छ।

मैले कसैको ब्यक्तिगत जीवनमाथि धावा बोल्ने कोसिस गरेको होइन। आफ्नो इच्छाले बाँचुन्। तर घर परिवारको लक्ष्य र सपनालाई कुल्चेर कमाउन गएको छोरा होस् वा, छोरीको यो किसीमको चालाले कस्तो स्थितिमा पुर्‍याउला ? सोचौं त !!

65 Comments

  1. सिता तिवारीजी को विचार संग म पनि सहमत छु किन भने बिदेशमा बस्ने सबै एकै प्रकारका हुदैनन् | हाम्रो समाजमा दाई जस्तो भाई पनि तेस्तै भन्ने चलन छ| तर तेस्तो भन्नेहरु ले सबै तिर विचार पुर्याउन जरुरि छ | यस्तै राम्रो विचार भएकी सीता लाई मैले बिगत मा पोखरा मा देखेको थिए कहिले कहिँ खोलाखेत तिर पनि देख्ने गर्थे तिनै त होइनन यी इस्राएल कि सीता ?

  2. धेरै धेरै धन्यवाद क्षीतीज जी आखीरमा तपाईलाई परेको पीडा, मलाई मलाई परेको पिडा हामी सबैको नेपालीको पिडा हो अबस्य पनी हामी सुख्खमा रमाउछौ र रमाउनु पनी पर्छ साथै दुख्ख र दुख्खका खबरलाई पनी अपनाउनु पर्छ ////////////////////////

  3. क्षीतीज जी म पनी बीगत ५ वर्षवाट बिदेशी भुमीमा नै कार्यरत छु जुन इजरायल हो, अरु देशमा जस्तै आ-आफ्ना कथा बेथा बोकेर आफ्नो मात्री भुमी अनी आफ्नो परिवार बिबाह भएका भए आफ्नो श्रीमान, छोरा,छोरि, अनी बिबाह नभएकाहरुले आफ्ना आमा, बुबा, भाई, बेनी,चटक्क छोडेर आफ्नो परीवार प्रतीको जीम्मेवारीको बोद गरी यहा सम्म आएका छौ, तर क्षीतीज जी बडो दुक्खका साथ भन्नु पर्दा हामी जुन तपाईका चेलीबेटी इजराल आएकै कारण भद्नाम भएका छौ येस्ता धेरै पत्र पत्रीकामा दिनहुँजसो इजरालयमा नेपाली चेली अर्ध नग्न भएर हीडछन सदै डिस्को जान्छन सुमसाजाए बीयेरको नसामा हुन्छन् यहाका स्थानीय मानीससंग नाजायेत समन्ध राख्छन अनी पैसा कमाउछन , भन्ने कुरा पढ्न प्राय पाहीन्नछ अनी कसैसंग आफ्नो परीचय दीदा आफु इजरायल भएको कुरा सुन्ने बित्तिकै त्या त् येस्स्तो हुन्छ रे नी उस्तो हुन्छ रे नी भनी जिज्ञासा राखेर प्रश्न सोदनु हुन्छ कती साथी भाईहरुले अब भन्नुस क्षीतीज जी के हामीले पत्र पत्रीकाको बीरोद गर्ने कीन येस्तो लेखीस भनेर लेखकलाई गाली गर्ने हावा नचली पात हल्लीदैन फरक येती मात्र हो सबै मान्छे नराम्रा छैनन भनाई नै छ नी १० नेता भ्रष्ट भएर केही पनी हुदैन १ कायर्क्र्ता भ्रष्ट भयो भने त्यो पार्टीको कुनै अस्तीत्वो हुदैन तस्तै राम्रा जती भए पनी नराम्रो नै समाचारको मुख्य सुचीम आउछ भन्न खोजेको कुरा येती मात्र हो, कुरो र कुरो जता लग्गो तेतै जान्छ तर हाम्रो नेपालमा कुलो चै कतै पनी जादैन है कुरो त् शान्ति र संमीधानकालागी सगरमाथा चड्नु पर्ने भो देसको ढुकुटीबाट रकम निकाली , देख्नु भो नी जनताले तीनीहरुको शान्ति समीधानको नाममा ठगाहाहरुको शान्ती पथयात्रालाई कसरी सडकमा कसरी पुत्ला बनाएर जलाईदीये अनी हामी बिस्व भरी छरीएर रहेका नेपालीहरुले हेर्न र सुन्न पायौ नी हैन त्

  4. सबैको प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद…….. हजुरहरुले दिनु भएको प्रतिक्रियाको आधारमा मेरा विचार सोच साथै लेखाइलाई परिबर्तन गर्ने छु आउदा दिनहरुमा ! मैले लेख्दा लेख्दै पनि धेरै कुरा छुट्न पुगेको छ यहाँ, त्यो गल्ति म स्विकार गर्दछु ! तर ठाउको आधारमा यसरी तथानाम लेख्नु त्यो आफैमा मुर्खता हो कि जस्तो लाग्यो ! ज-जसले त्यस किसिमको सोचाई राखी कमेन्ट गर्नु भएको छ ! कुन ठाउको मान्छे बदमास र फटाहा छैनन् ??? यो कुरा आफैले मनन गर्नु बेस होला !

    मैले कतार बसाइ को क्रममा जे देखे त्यो लेखे तर गल्फमा पिडित नेपाली दिदि बहिनि तथा दाजु भाइको बारेमा लेख्ने क्रममा पर्याप्त ध्यान न पुगेर छुट्न गएको छ ! त्यसको लागि सबै पाठक समक्ष माफी चाहाछु ! खास गरि मैले यहाँ भएका बिकृतिको मात्र खण्डन गरेको थिए ! अन्य राम्रा पक्ष राम्रो छ , त्यसलाई मैले छुने कोसिस गरिन ! बिशेस मेरो ध्यान भनेको यहाँ कुलत र गलत संगतले बिग्री रहेकाहरुलाई सचेत गराउने उदेश्यले यो लेख तयार गरेको थिए ! यसबाट ज- जसलाई असर पुग्यो ! त्यसको लागि म फेरी पनि माफी चाहान्छु ! तर झापाली स्यान्जाली यस्तो तेस्तो भनेर संकुचित सोचाई राख्नु त्यो कति आफैमा मुर्खता छ एक पटक आफै पनि सोच्नु होला ! लेख एक पटक पुन: दोहोर्याएर पढ्नु होला मैले कसैको जीवनमा खेल बाड गर्ने कोसिसले कलम चलाएको होइन ! गलत बाटो र संगतको लागेका लाइ सजक गराउने कोसिस मात्र गरेको हु ! अरु हजुरहरुको विचार………….. जय नेपाली

  5. सीता तिवारी जी
    मैले पनि झापाली साथीहरुसंग संगत गरेको छु मैले भेटेका झापाली साथीहरु अलिक गफाडी र फटाहा मानसिकता को पाएँ तर सबै त्यस्तो हुन्छन भन्ने मेरो आशय होइन है। मैले भनिसकें नि विदेश मा बसेर झापाली ,स्यांग्जाली भन्दा पनि हामी नेपाली भन्ने मानसिकता राख्नुपर्छ भन्ने मेरो मान्यता हो। मैले झापाली प्रति पूर्वाग्रही राखेर लेखेको होइन लेखक झापाली भएको कारणले झापाको प्रसङ्ग आएको हो। र कमेन्ट बहस गर्दा झापाको बिषयमा कुरा उठेको कारणले अलि बढी झापाली भन्ने शब्द प्रयोग भएको सत्य हो। आफ्नो जन्म भूमिलाई प्राण भन्दा प्यारो लाग्छ भन्ने तंपाई को बिचारलाई म हृदय देखि नै सम्मान गर्छु। आफ्नो जन्मभूमि सबैलाई प्राण भन्दा प्यारो लाग्छ। मेरो कमेन्ट ले झापाको साथीहरुको भावनामा चोट लागेको हो भने म निसंकोच आत्मालोचित छु। तर झापाली कान्छा भनेर आफुलाई चिनाउने साथीले लेखेको यो लेख एकदम घटिया छ भन्ने मेरो भावनामा म अडिग छु।मरुभूमिमा रहेको नेपाली साथीहरु को तमाम समस्यालाई नदेख्ने अनि लुमा खान्छन र मर्छन भन्दै लेख्ने ? यो लेखकीय कला हो ? अरबी को घरमा हाउस मेड मा आएका नेपाली चेलीहरु एउटा रिचार्ज कार्ड किन्न समेत बाहिर जान सक्दैनन् ,उनीहरु कति पिडित छन यस्तो कुराहरु लेखकले नलेख्ने अझ अरबमा नेपाली चेलीहरुलाई बेश्या को रुपमा चित्रित गर्न खोज्ने ? झापाली कान्छा को यो लेख अरब मा रहेको नेपाली दाजु भाइ तथा दिदीबहिनी हरुलाई बदनाम गर्ने उदेश्यले प्रेरित लेख हो। र नेपालमा रहेका आफन्त र समग्र नेपालीहरुलाई नै बदनाम र पिडित पर्ने खालको छ। लेखक झापाली भएको कारणले मैले यो लेख को बिरोध गरेको होइन यो कुरामा सम्पूर्ण साथीहरु प्रष्ट हुनुहोला.. यहि लेख झापाली ले नभएर पाल्पाली ,गोर्खाली ,जसले लेखेको भए पनि यो क्षितिज़ ले यसरि नै कडा प्रतिबाद गर्थ्यो ।

  6. यो कुरामा म सहमत छू.आजकल नेपालीहरु झन् बिग्रेका छन्

  7. माफ गर्नु होला क्षीतीज जी तपाईलाई झापलीसंग एती धेरै समस्या भएको देखेर दुक्ख लाग्यो, येदी तपाई सही मान्छे हुनुहुन्थ्यो भने लेखकसंग तपाईको समस्या हुन्न्थ्योहोला तर तपाईले त सपूर्ण झापाको नाम लीएर बोल्न्नु भयो, सबैलाई आफ्नो जन्म भुमी आफ्नो प्राण भन्दा पनी प्परो लाग्छ, त्यसमा पनी आफु जन्मेको ठाउँ त् झनै प्पारो हुन्छ तै भएर तपाईको त्यो बेक्क्ती वासी कुराको बिरोध गर्न चाहान्छु माफ गर्नु होला,, गाउले जी को लेखमा के तेस्तो तपाईले नराम्रो भेट्नु भो उहाँले हाम्रो युवा समाजमा बढ्दै गएको बीकरालको समस्याको बारेमा चिन्ता मात्र प्रकट गर्नु भाको जस्तो लग्यो, दुक्ख्कासाथ भन्नु पर्दा मुलुकको राजनैतीक अवस्थाले गर्दा अर्काको देशमा परजीवी भएर बाच्नु परेको छ हामी प्रदेशमा हुदा कोही पनी झापाली, गोर्खाली, पाल्पाली हुदैनौः एक मात्र हुन्छौँ नेपाली , बीक्रीती भनेको सबै ठाउँमा हुन्छ, राम्रा बेक्क्ती[समुदाय] को बदनाम हुन्छ भन्दैमा नराम्रा भनीने [समाजका कीरा ] मानीएकाको बीरोद गर्नु या त् चिन्तन गरेर कलम चलाउनु भने नराम्रो हैन , ईमान्दार मेहनेती समुदायको पहीचान नै हराउने गरी येस्तो संजालमा हामी कोही फसीरहेका छौ भने खुलेर बेरोध गरौ अनी असल समाजको परीकल्पना गरौ भन्न चाहन्छु अन्न्त्य्मा क्षीतीज जी म गाउले जीलाई चीन्दीन उहाको बारेमा मलाई केही पनी थाहा छैन //////////////

  8. फलानो एस्तो ढिस्कानो उस्तो भन्नु भन्दा आफु राम्रो होउ अनि नराम्रोलाइ सुधार्न सिक | हैन भने अरुको बारे प्रचार प्रसार गर्न छोडिदेउ |

  9. खाडी मुलुकलाई मात्र मध्ये नजर गरेर यस्ता प्रचार गर्नु भन्दा सबै तिर हेरेर बुझेर लेख्या भए बेस हुने थियो सबै मध्यपान,धुम्रपान गर्ने मात्र छैनन् राम्रा खालका पनि छन यहाँ खाडीमा आएकाहरु धेरै सुध्रेको पनि देख्न सकिन्छ,,, दुवै पक्क्षलाइ समेटेर लेख्नु राम्रो हुन्छ जस्तो लाग्छ मलाई ,……..

  10. झापाली जी ले जे लेखे त्यो उनको परिबेस को परिधिमा रहेर लेखे होलान उनले कतारको समग्र परिवेश र त्यहा नेपाली ले गर्ने काम र उनीहरुको जीवन सैलीको खोजि गरेनन .अन्धा ले हात्ती छामे जसरि जे उनको परिवेश र अनुभबथ्यो त्यै लेखे बिचार यसमा उनको के दोष उनको बिबेक जत्ति हो त्यति प्रयोग गरे. सबै साथीहरु को भनाइ अनुसार उनले २ प्रतिसत नेपालीको प्रतिनिधित्यो गरे अब बाकी ९८ प्रतिसतको बारेमा कतार मा हुने कुनै साथीले अनुभब लेख्नुहोला

  11. सबैले आफ्ना आफ्नै कुरा राखे, यो लेख मैले पहिले पनि पढी सकेको जस्तो लग्यो ! यहाँ जति पढे त्यो भन्दा धेरै थियो जस्तो लाग्यो ! सायद नेपालबाट. कम मा हुनु पर्छ ! तर किन यहाँ यति मात्र राखियो थाहा भएन ! मेरो दोहा बसाइमा उहा संग १\२ पटक भेट भएको थियो ! मान्छे एक दमै राम्रो हुनु हुन्छ ! धुम्रपान मध्यपान केहि गर्नु हुन्न ! मिजासिलो स्वभावको छन् गाउले जी ! तर यहाँ प्रतिक्रिया पढ्दा भने धेरै मानिसको गुनासो र झापाली यस्तो र तेस्तो भने अनि आफै खाएर आफ्नै कथा लेखेको भन्ने कुरा छ ! यो कुरा म मान्दिन ! किन रकसी न खानेले देखेको कुरा लेखन सक्दैन र ????????? क्षितज नाम गरेको ले धेरै बोले जस्तो लाग्यो ! अझ झापाली यस्तो उस्तो रे.. जो भए पनि आखिर हामी सबै नेपाली होईनौ र ????? सायद उहाको बनि संग मिलन गएर यस्तो कुरा गर्नु भएको हो कि क्षितज जी ???? यस्ता क्रियाकलाप कतारमा प्रसस्तै देख्न पाइन्छ नेपालीले के गर्छन र के के खान्छन भन्ने ! तर सबैले खादैनन ! जस जसले पिउछन पिउने मध्ये धेरैले यस्तो लुमाको सेबन गरेको धेरै देखेको छु मैल पनि…. लेखाइमा कमजोरी भने पक्कै पनि हो किन भने राम्रो पक्षको भने केहि लेखिएको देखिएन ! किन होला ???? यहाँ राम्रा पक्ष पनि त छन् नि होईन र ??
    तर मैले पढ्दा र मेरो बुझाइमा गाउले जी ले न राम्रो पक्षको लेखे पनि सबैले सिक्नु पर्ने कुरा के भने कतै हामीले यस्ता क्रियाकलाप गरि रहेका त छैनौ !!!??? साथै धेरै ज्ञान जुनका कुरा पनि पाइन्छ ! लेख एक तर्फी मात्र देखियो यो कमजोरी हो गाउले जी अर्को पटक देखि दुवै पक्षको लेख्नु होला !

    • दिपक जी
      गाउले साथीले खाडी मा बस्ने नेपाली हरु को नराम्रो पक्ष्य लाई मात्र उजागर गर्न खोज्नु भएको हो जो खाडी मा जो सिमित (थोरै मात्रा मा) छन् | राम्रा र जिम्मेबार नेपाली हरु त खाडी मा धेरै छन् नि जसले आज को नेपाल को अर्थतन्त्र नै थेगी रहेका छन् | लेखक को उदेस्य नै ” मोज मस्ती आउने पुस्ता को लागि छोडौ , हामी चै दुख गरौ ताकी भोलि को दिन नेपाल अहिले को यूरोप र अमेरिका हुन सकोस” भन्ने हो | ६० को दसक मा पश्चिमा मुलुकहरु का आज का तपाई हामी जस्तै मान्छे हरु को अथक मेहनत ले गर्दा इनिहरु का आज का सन्तान हरु यो अवस्था मा छन्, त्यसैले यो कुरा सोचनीय छ |

  12. सबैको व्यथा उस्तै हो सम्धी भने जस्तै ..युरोप अमेरिका बस्नेले पनि उस्तै मोज मस्ती गरेका छन् खाडी देशहरुमा बस्नेले पनि उस्तै मोज गरेका छन् ….कुरा यत्ति हो खाडीमा बस्ने २% मात्र केटी संग लाग्छन भने युरोप अमेरिका बस्ने ९८% केटी संग लाग्छन …कामको कुरामा खाडी देशमा बस्ने ५ % घाममा काम गर्न बाध्य छन् १% भाडा माझ्ने मा बेस्त छन् १५% सरसफाईमा १% आफ्नै ब्यबसायमा ५०% ट्रेड भएकाहरु संग हेल्पर छन् र बाकी २८% आफ्नो दक्ष अनुसारको आफ्नै ट्रेडमा काम गरिरहेका छन् …युरोप अमेरिकामा आफ्नो दक्ष अनुसारको काम २% गरेका छन् १% आफ्नै ब्यबसायमा ६०% भाडा माझ्ने ३७% हेल्परमा छन् …..सहि सत्य यहि हो ….मन परे हरियो नपरे बाल छैन ………

    • तेसो त नेपालमै पनि आफ्नो योग्यता अनुसारको काम त कल्ले पो गरेका छन् र ?
      1. स्नातक वा स्नातकोत्तर गरेर पनि काठमाडौँको पसलमा काम गर्नेहरु र ट्याक्सी चलाउनेहरु पनि बर्गेलती भेटिन्छन !
      2. हली वा कुल्लीको योग्यता पनि नभकाहरु नेता भाका छन् !
      3. जेलमा नाइके बाने सम्मको योग्यता भाकाहरु मन्त्री नै भएका छन् !
      4. डन देखि चोर हुने योग्यता भाकाहरु सभासद भाका छन् !

      धन्न देशै छोडेर विदेश गएर पनि धन्न २% ले आफ्नो योग्यता अनुसार को काम गरेका रहेछन!

    • यूरोप अमेरिका मा ९० % नेपाली “भाडा मोल्ने” क्याटगोरि मा छन् | म यूरोप मा धेरै बर्ष देखि छु त्यसैले तपाई को अन्दाज होला मेरो ठोकुवा हो|

  13. झापाली मित्रको कुरामा वास्तविकता कम र मनगढन्ते कुराहरु धेरै छन्। यो लेखले १०% नेपालीको वास्तविकतालाई मात्र समेट्छ। मेरो ११ बर्षदेखिको कतार बसाईको क्रममा देखेको अनुभव अनुसार कतारमा राम्रा,नराम्रा दक्ष र अदक्ष सबै प्रकारका नेपालीहरु छन्। न्युनतम पाच सय रियल देखि दश बाह्र हजार तलब खानेहरु यही छन् कतिपयले आफ्नै ब्यबसाय गरेर परिवारका साथ बसेका छन्। नेपालमा रहदादेखि नै लागुपदार्थ र यौनक्रियाकलापको कुलतमा लागेका र पारिवारिक जिम्मेवारी वहन नगर्ने आवाराहरु यहाँ आएर आफ्नो आचरणमा सुधार नगर्नेहरु ती लुमा खाने बर्गमा पर्छन्,नेपालमा जस्तो मदिरा र लागुऔषध यहाँ प्रतिबन्धित भएकोले जे भेट्टायो त्यही खान्छन्। यस्ता युवाहरु कतारमा मात्र नभएर अन्य देशहरुमा पनि पुगेका छन्। नेपाली चेलीबेटीहरु केही संख्यामा देहब्यापारमा लागेका देखिन्छन् तर सबैलाई एउटै कसीमा राखेर हेरिनु उपयुक्त हुदैन। आफ्नो परिवारिक जिम्मेवारी र प्रतिष्ठाप्रति सचेत नेपाली महिलाहरु पनि प्रशस्त भेटेको छु। अधिकांस नेपालीहरुले कम खर्च गरेर आफ्नो तलबको अधिकतम बचत गरि नेपालमा घर घडेरी किनेका छन् र आफ्नो जीवनस्तर उकासेका छन्। म स्यमंको कुरा गर्दा मेरो मासिक ५८००/- तलबमध्ये अधिकतम ४०० मात्र खर्च गर्छु, मेरा युरोप र अमेरिकातिर रहेका साथीहरुभन्दा राम्रो आर्थिक उन्नति गरेको छु। म जस्ता नेपालीहरु यहाँ प्रशस्त छन् ती सबैलाई झापाली कान्छाले कुन बर्गमा राखेछन् कुन्नि!

  14. यो झापाली भाई लाई सबै ले तेस्रो नजर ले मात्र हेरेको कमेन्ट मा मैले पाए / सके सम्म को खोराक लेख ले दिन नसकेको मा उस को लेख आफै मा अपूर्ण छ तेसो भन्दै मा मैले उस को कलम मा पुर्णबिराम लाउन खोजेको भने होइन सके सम्म को घटना ,परिघटना हरु लाई केलाएर आरु को आत्मा सम्मान लाई सम्मान गर्नु लेखक को धर्म झापाली भाई ले निभाएको पायियेना/जे होस् गरिबी आनी आभाब बाट मुक्ति पाउन खाडी होस् या यूरोप जहाँ गए पनि आफ्नो घर आनि समाज को दुख लाई बिर्सिएर सुरा( लुमा) र सुन्दरी तिर लाग्नु न हुने हो तर के पो गर्नु?सबै लाई बधाई छ /

  15. राम्रो पक्ष पनि छ त, राम्रो रामो काम गरेको नेपालीहरुले; त्यो पनि त लेख्नु परो नी |

  16. जेसुकै गरुन बाल मतलब …आफ्नो धोति ततेर्नै गर्यो भै सक्यो …संसार मा जहाँ पनि तेही हो ..तेसैले म भन्छु ” सक्छौ राम्रो बन अरुलाई नराम्रो नभन”

  17. यस्तो कम्जोर मानसिकता बोकेको मानिस पनि केको लेखक नि? अरब देश मा आएर नेपालीहरु इज्जतदार र सिपमुलक कामहरु गरेर राम्रो नाम र दाम कमाउने हरु पनि छन् भन्ने थाहै रहेनछ, अपबादमा केहि सथिभाईहरु बिग्रनु भनेको यस्तो जहापनी हुनेगर्छ, बिदेसिनु हाम्रो रहरनभई बाध्यता हो भन्ने थाहा हुदाहुदै पनि किन बकम्फुसे लेख लेखेर हीरो हुन खोज्या होला बेकारमा ??

  18. लेखक जी ले सबैलाई यौटै तराजुमा राखेर लेख्नु भयो त्यो चै मिलेन लेखक जी को संगत नै तेस्तै संगत भाको मान्छे सँग परे ६. यौटा कुरा चै सही हो बिग्रेको नेपालीहरू ले गर्दा चै सज्जन नेपालीहरू बदनाम भाको छ दोहा कतार मा.

  19. नेपाली पारा, नेपाली सोच र नेपाली संस्कारको ज्वलन्त प्रतिबिम्ब – लेख र लेख प्रति गरिएका प्रतिक्रियाहरु
    प्रकाश हुमागाईं
    सिड्नी
    अस्ट्रेलिया

  20. सबै आफ्नो आफ्नो ठाउँ बाट सुद्रने प्रयाश गरौ एक अर्कालाई दोष नलगाउ.

  21. कुरा सहि हो । तर ..
    यहि तर ले त बिगारेको छ । नेपाली केटा केटी लाई कहि गए पनि यो तर (तरुनी र रक्सी) लाछाना लाग्न छाडेन ।

  22. ठुला र प्रख्यात प्रत्रिककाहरुमा प्रकासित लेखहरुमा त एक चौथाई पनि सत्यता हुदैन भन्ने कुरा बुझ्नु जरुरि छ भने यो ब्लगमा लेख्ने अलपत्रकारको के कुरा गर्ने ?

    जहाजमा बियर पिउदा २ प्याक ( हेर्दाहेर्दै उसले २ प्याक सासै नफेरी पिइहाल्यो) पिएको कुरा छ / बियर प्याक मा पिउने कस्तो प्रणालीको नाप रहेछ बा?

  23. श्याम जी,
    म पनि अढाई बर्ष देखि गल्फ तिरै छु र गल्फ को स्थिति कस्तो छ मलाई राम्रो संग थाहा छ म झापाली बिरुद्द उत्रेको होइन लेखक झापाली भएको कारणले झापाली को कमजोरी देखाएको मात्र हो विदेश मा आइसकेपछि झापाली स्यांग्जाली भन्दा पनि हामी नेपाली भन्ने मानसिकता राख्नु पर्छ भन्ने मेरो मान्यता हो अब जहाँ सम्म झापाली को दाँजोमा अरु कोहि छैन भन्ने घमण्ड छ तंपाई को त्यो पनि तंपाई को लुमे मानसिकता को उपज हो धेरै घमण्ड नगर्नुस झापालिका प्रगति देखेर कोहि जलेका छैनन् झापाली ले प्रगति गरेपनि स्यांग्जाली ले प्रगति गरेपनि आखिर एउटा नेपालीकै प्रगति हुने हो किन जल्नु पर्या छ र बरु झापाली साथीहरुको फटाहा मानसिकता देखि हामीहरु चिन्तित छौं
    ठोकुवा गरेर भन्न सकिन्छ यो लेख्ने झापाली कान्छा ले पनि लुमा खाँदै लेखेको हो नत्र २% नेपालीको मोज लेख्ने ९८ %साथीहरुको बास्तविक स्थिति नदेख्ने ? सात समुन्द्र पारि को अरब मा नेपाली चेलीहरु चरम पिडित भएको नदेख्ने अनि एक दुइ जना चेलीहरु को उदाहरण दिएर अरबमा नेपाली चेलीहरु लाई बेश्या बनाउन खोज्ने ? यस्तो लेखले गल्फ मा रहेका नेपाली दाजु भाइ दिदीबहिनी हरुको परिवार मा कस्तो भावना बिकसित होला ? यो पनि झापाली साथीको कमजोरी हो तसर्थ घमण्ड गर्नु भन्दा पनि आफुलाई सुधार्न जरुरि छ झापाली साथीहरुले …उखान टुक्का र हावादारी कुरा गर्न केपी ओली एक नम्बर छ तर राजनीति मा केपी को हैसियत कस्तो छ हेर्नुस जनतामा केपी को प्रभाव कस्तो छ झापाली हावादारी फटाहा गफ गरेर मात्र हुँदैन कुनै पनि कुराहरु यथार्थ हुनु पर्छ

    • छितिज जी को कुरामा म पनि सहमत छु, कसैले गरे होलान, १-२ जनाले गर्दा हुन् तर नेपाली चेलीहरु…भन्नु चाहि भएन/

      मोहन पुन जर्मनी

  24. नकारात्मक मात्र लेखेर सकारात्मक कुरा भुलेछन झापाली कान्छा ले…

  25. यो आंसिक मात्र सत्य हो, लेखक ले त्यहाँ को एक पाटो को बारेमा भनेपनि उजागर गर्ने प्रयास गरेका छन्, यो लेख का नराम्रा पछ्ये को मात्र खोजि र तर्क गरियो भने सिक्काको अर्को पाटो हेर्न भुल्या जस्तो हुन्न र ?

  26. @ क्षितिज जी तपाइको मानसिकता झापाली को बिरुद्ध मात्र रहेछ झापाली हरु राम्रा पोसिसंन अनि बौदिक क्षमता भ्हेका हरु पनि देरै छन तपाई एकपटक अरब मा मात्र हेर्नुस झापाली हरु को दाँजो सायद कोहि छैनन् हुन् सक्छ केहि खराब आचरण भाहेका पनि हुन्छन तर तिनीहरुले मात्र सबै झापाली को प्रतिनिदित्वो गरेका हुदैनन् ,लाग्छ केहि साथीहरु झापलिका पर्गती देखेर मन मनै जलेका हुन्छन

  27. सबैको आफ्नो बाध्यता होला तर जे होस् कतारको खबर यहाँ सम्म ल्याइदिनुभयो धन्यवाद .

  28. धेरै राम्रो ६ हजुर को यो लेखाइ मलाई त सारै मन परो है

  29. झापाली ब्रो ले लुना पिएर लेखेको जस्तो छ / म पनि २ वर्ष कतार बसेर आएको
    हु तपाई ले लेखेको कुरामा २% जति सत्यता छ तेती हो .

  30. म चाही भन्नु पर्ला भाग्यमानी जेठो, हिमाल पर्बत देखि गाउँ, बेंसी शहर…. खाडी, देखि लियर सात समुन्द्र पारि…. नारायण गोपाल ले भने जस्तै धरति उही, आकाश उही….जहाँ नै म हिडेपनि….राम्रो नराम्रो जिबनको भागहरु हुन् चाहे स्विकर्नुस या नस्विकर्नुस , म भन्छु, तपाई यात्रा गर्दै हुनहुन्छा भने प्रशस्त प्रतिबिम्बा देखिन्छा स्वबाभिक हो, तर रमाउनु, या जलन हुनु, ढुखी हुनु आफैमा भर पर्छ/ बुज्नु पर्यो कि त्यहि हो जुन हामीले खोजेको, जसलाई विदेशिने रहर लाग्छ , जसलाई संसारलई नजिक बाट नियाल्ने इच्छा लाग्छ या बद्यतासंग हरेरा होस् , यो सब तपाइले रोजेको हो,, सहमत हुनुहुन्छा तपैहरु?
    तामांग, शुक, कैलिफोर्निया

  31. यहाँ अभागी कान्छा ले आफुले ज देखेको र ज भोगेको हो त्यो मात्र बर्णन गरेका हुन् मलाई लाग्छ अरुलाई छोएका छैनन अब जहाँ राम्रो छ त्यहाँ नराम्रो पनि अवस्य हुन्छ ठुलाहरू को त क कुरा ठुलाको त ठुलै चाला हुन्छन तर वास्तबमा नेपाली भनेको त नेपाली नै हो नि क ठुलो क सानो बिदेशमा बसे पछि नेपाली न बिदेशी सबै जना मुसलमानको गुलामी गर्ने त हो नि अमेरिकन होश या नेपाली.
    खलाश माफी मुस्किल

  32. हामीकहा“ प्रचलित गाईजात्राका यी एकाध नमुना मात्र हुन् । गाईजात्रा नभएको कुनै ठावै“ छैन । ‘…लाई भन्दा देख्नेलाई लाज’ विरोध गर्नेलाई प्रतिगामीको बिल्ला भिराइदियो बस् । लेख्ने त प्रतिगामी भइहाले, पढ्ने पनि प्रतिगामी हुन बेर छैन नि !मैलेचाहि“ लेखिहाले“, तपाईंचाहि“ सोचेर पढ्नु होला ।

  33. जसलाई जे थiहा छ तेही लेख्ने हो यो भनाइ प्रतिनिधि चाही होइन

  34. भुस्स्या हरु को बोलि अनि सब्द लेखन यस्तै हो साथी हरु, अरब मा बस्ने अनि काम गर्ने सबै नेपाली हरु लेबर मात्रै होइनन ,माह्सयले यो कुरा पनि थाहा हुनु जरुरि छन् . thinki before you ack,

  35. तलाई मुलाको साग ! गलत कुरा लेख्दा लुमा खाको थिस होला त्यसैले यस्तो लेखेको /

  36. ए ‘अभागी कान्छा गाउँले’ !
    ‘लुमा’ खाएर लेखेको हो क्या ?????

  37. साथीले कतारको कुन ठाउँमा बसेर लेख्नु भयो यो लेख त्यो त थाहा भएन। जुनसुकै कुराको पनि नकारात्मक सँगै अर्को पाटो सकारात्मक पनि हुने गर्दछ। हुन त त्यो मान्छेको आफ्नो आफ्नो सोचाईँमा भर पर्ने कुरा हुन्। कतारको सकारात्मक पाटोलाई छोडेर नकारात्मक पाटो मात्रै जोड्नु भएछ साथीले। वहाँको अनुभव पनि सायद आफ्नो ठाउँमा ठीकै होला। तर मेरो कतारको अनुभवमा चाही यस्तो छ।
    हरेक शुक्रबार दोहा कतारको नेशनल एरियामा लाग्ने हजारौ नेपालीहरुको जमघट, त्यही नजिकै रहेको नेपाली बाजेको भान्सा घर र नेपाली होटलहरु अनि साथमा विभिन्न नेपाली परिकारको स्वाद लिदै नेपाली साथीहरुको साथमा गफ गर्नुको मजानै अर्कै हुन्छ। कतारको विभिन्न ठाउँमा हप्ता भरिको कामको थकान मेट्दै साथीभाइको साथमा रमाईला कुराकानी गर्दै गरेको नेपालीहरुको रमन्ते अनुहारहरु देखिन्छ। कतिपय घर देशको बारेमा एक आपसमा भलाकुसारी गर्दै देशको वर्तमान परिस्थिती र राजनीतिक अस्थिरताको बारेमा चिन्तिन भएको महशुष हुन्छ भने कतिपय नेपालीहरु देशबाट नयाँ आएका र छुट्टीमा गएर फर्केका साथी भाइहरुले नेपालबाट ल्याएका विभिन्न कोशेलीहरु साटासाट गर्नमा व्यस्त देखिन्छन्। जहाँ जान्छु नेपाली अनुहार भेटिन्छ अनि साथमा नेपाली गीत संगीतको स्पन्दनले यो दूर देशमा आफ्नै गाउँ घर पाखा पखेराको स्मरण गराईरहेको हुन्छ। यहाँ पनि नेपाली, भोजपुरी, मैथेली, नेवारी, हिन्दी विभिन्न भाषा सुन्न पाईन्छ। भाषा अलग-अलग भएपनि हामी सम्पूर्ण प्रवासीहरुको परिचय यौटै हुन्छ, त्यो हो नेपाली। फरक हुन्छ त केवल काम गर्ने स्थान र काम गर्दा लगाउने कपडा। यहाँ न कोही धनी छन् न त कोही गरीब। न त कोही पहाडी न कोही मधेसी। यहाँ नेपालीहरुको बिचमा न त कुनै जातीयताको गन्ध आउँछ न त कुनै अशिक्षाको नै। यहाँ छन् त मात्र नेपाली। बिदेसमा भएका नेपाली दाजु भाइहरु बिचको आत्मियता देख्दा नेपाल बाहिरको सानो छुट्टै सुन्दर नेपाली संसार जस्तो लाग्छ यो ठाउँ। र त्यतिनै बेला नेपालमा भईरहेको वर्तमान परिस्थितीको स्मरण गर्न पु्ग्छु। विभिन्न जातीय राज्यमा विभाजन हुन लागेको नयाँ नेपाललाई सम्झिन्छु। राजनीतिक दलहरु बिचको खिचातानी सम्झिन्छु, हिन्दी भाषाको ओकालत गर्दै मधेसलाई सिङ्गो देशबाट अलग गर्न खोज्ने मधेसी नेताहरुको बोली याद गर्छु। अनि यहाँ जानी नजानी नेपाली बोलेर आफूलाई नेपाली भएकोमा गर्व गर्ने मधेसी साथी भाइहरु देख्छु। यी सबै कुराहरु देख्दा र सम्झिरहँदा नेपालीहरुको बिदेसीने क्रमसँगै नेपाली-नेपाली बिचको बर्षौ देखिको आपसी जातीय सदभाव पनि बिदेस तिरै पो पलायन हुन थाल्यो कि भन्ने लाग्छ।

    • किन तपाई अमेरिकामा भएको भएर खाडी मा भाकोलाई अभागी भनेको? साथी राणाकालमा एकजना कबि लाई यस्तै कुरामा राणा हरुले जेल हालेका थिए /किनभने कविले लेखेका थिए कि मासुभात खाएर सोफामा सुत्ने कुकुर भन्दा बाहिर को भुस्याहा कुकुरले चोर बाट रक्षा गर्छ /मतलव खाडीमुलुक भन्दा बाहेकका श्रमिक हरुले त्यति धेरै पैसा पठाएर देशको रेमिट्यान्स को लागि मद्दत गर्दैनन् खाडीमुलुक बाट नै हो धेरै पैसा नेपाल भित्रने / मलाई एउटा कुरामा चाही माफ दिनुहोस कि उदाहरनको लागि कुकुर भन्ने शब्द प्रयोग गर्नु परेको मा / मैले कुकुरको शब्द हामी नेपाली दाजुभाई लाई भन्न खोजेको हैन/

      • साथी गोल्फ देश मा भएका लै अभागी भनेको होइन , लेखेक को नाम वन्नु भएको , अनि युरोप , अमेरिका मा बस्नी साथीहरुलाई किन hate गर्नु हुन्छ मित्र?

        • मैले हेट गरेको हैन किनकी चिप लेबर मा आको रहेछ अभागी भने पछी त्यहाँ जाने लाई अलि तल्लो स्तरको सोचेर ब्यबहार गरेको जस्तो लागेको भएर मात्र हो / मैले युरोप अनि अमेरिका बस्ने साथी हरुलाई पनि सम्मान गर्दछु / किनभने त्यहाँ साथीहरुले पनि त दुख नै गर्नु हुन्छ / फेरिपनि अमेरिका तथा युरोप मा बस्ने साथीहरुको चित्त दुख्न गएको मा मा क्षमा प्रार्थी छु

          • रमेश जी नेपाली को दुख जहाँ गए पनि उस्तै हो खाडी होस् या अमेरिका यूरोप| हामी यो इन्टरनेट को संसार मा यस्ता यस्ता कुरा गर्छौ कि लाग्छ हाम्रो अगाडी अरु संसार का मान्छे हरु नै तुच्छ हुन् | होइन हामी नेपाली हरु का कुरा मात्र किन यति ठुला ? तितो सत्य हाम्रो सबै भन्दा ठुलो गल्ति नै हामी नेपाली हरु ले आफ्नो मुलुक छोडेर बाहिर काम गर्न जानु हो | जति दुख हामी यो बाहिर को मुलुक हरु को लागि गरिरहे को छौ त्यति दुख आफ्नै घर गाउँ मा गरेको भए इ दिन दिनै का दुख का समाचार हरु पनि सुन्न पर्दैनथ्यो| हामी नेपाली हरु विदेश आउनु भने को त “चोक्टा खान गएकी बुढी झोल मा डुबेर मारी ” भन्ने ताल हो| हामी युवा हरु देश मा कोहि पनि छैनौ | युवा जनशक्ति हरु कोहि तातो बालुवा सित र कोहि चिसो हिउ सित कुस्ती मा ब्यस्त छन् , त्यसैले पनि देश मा नेता हरु पनि छाडा भएका हुन् | फर्किउ सबै नेपाली फर्किउ ,देश जाऊ ल कसले पहल गर्ने हो ? जाऊ सबै जना जाऊ एउटा पनि नेपाली विदेश नबसौ संसार लाई देखाऊ | म तयार छु |

  38. नामनै अभागी कान्छा गाउले अनि लेख लेख्नन लाई दीम्माग हुनु पेर्योनी साथीले झापाको घरको धुरीमा बसेर काठमाडौँ देख्नु नु २-४ जना नेपाली चेली ले नराम्रो कामगर्नु र २-४ जना साथी भाई हरुले टेन्सन ले पीउनु यस्तो सानो सानो कुराहरु लेखने बल होएन गाउले
    बुधि लगा…………… यर लेख……नौसेंस आर्टिकल …….

  39. कतार को श्रमिक क्याम्प मा गएर बिहिबार को रात हेर्न पर्छ लुमेस्वोरको मेला कस्तो हुन्छ अनि थाहा लाग्ला कति % हाम्रा दाजुभाई ले कठोर परिश्रम र न्युन तलब को बाबजुद पनि आफ्नो स्वास्थ माथि कति खेलबाड गरिरहन बिबस हुनुन्छ भन्ने कुरा /यो समस्या ले स्वयेम व्यक्ति लाई मात्र पिरोल्ने नभई कालान्तरमा पछी हाम्रै मुलुक लाई ठुलो समस्या उत्पन्न गराउने छ /आज उपभोक्ता दिवस को सन्दर्भमा उपभोग गर्न नालायक बस्तु(लुमा ) प्रतिको आकर्षण कम गरि आफु , आफ्नो परिवार र राष्ट्र हित समेत को लागि सक्दो योगदान दिन सके हामी सबैको कल्याण हुने थियोकी /

  40. लुमा “नेपाली कांग्रेस” हा हा हा निक्कै घत लाग्यो। लुमा (नेपाली काग्रेस) ले नेपाल मा जनता मार्छ , कतार मा ट्वाइलेट को किरा मार्दो रहेछ । राती सुतेका नेपाली उठेनन भन्ने समाचार धेरै पढ्न पाइन्छ । अब देश मा लुमा “नेपाली कांग्रेस” को जनतामारा राजनीति को चपेटा मा परेर देश मा बस्न नसक्ने अबस्था ले विदेश आएर पनि उही ज्यानमारा लुमा “नेपाली कांग्रेस” को संगत गर्ना ले पो यस्तो दुखद समाचार बेला बेला मा सुन्नु परेको रहेछ त । त्यसैले देश तथा बिदेस मा रहनु ,बस्नु भएका सम्पूर्ण नेपाली जनता हरु लाई अनुरोध छ “लुमा” रुपी नेपाली कांग्रेस र “नेपाली कांग्रेस” रुपी लुमा बाट साबधान रहनु होला ।

  41. ”आजको यो समयमा त्यस्तै खालका केही नेपालीले गर्दा लाखौं नेपालीलाई यहाँको कम्पनीहरुले राम्रो तलब दिएका छैनन्।”
    तलब कम्ति दिनु पर्ने कारण यसरि हावा को भरमा केटा केटि ले पनि बिस्वास गर्न नसक्ने तर्क दिनु गैर जिम्मेबार ”काँचो बुद्दी” भएको लेखक महोदय भन्दा गल्ति नहुने पाएँ मैले / कुरा राम्ररी बुझेर मात्र लेख्ने काम गर्नू भए राम्रो /

  42. धेरैलाई विदेश भनेको अन्धाहरुले हात्ती छामेर हात्ती को बर्णन गरेको कथा जस्तै हो. धेरैलाई सिमित कुराहरु मात्र थाहा हुन्छ र यो लेख पनि तेही आधारमा तयार भएको जस्तो लाग्छ.. विदेश मा धेरैले भोगेको कुरा येही होला तर सबैले भोगेको पक्कै होइन ..
    लेखमा समग्रता भएमा अलि मजा हुन्थ्यो होला ..
    म पनि धिरज जी संग सहमत छु

  43. त्यो लुमा खाने बहेक अरु संग चिन्जान नै छैन जस्तो छ गाँउलेको । 😛

  44. होइन हो झापाली भाई, तिमीले नेपाली दाजु भाईहरूले कतारमा काम र परिश्रम गरेको केहि पनि लेखेकै छैन अरू अरू देशको मानिसहरूले भन्दा कती बढी काम गर्छन त्यो पनि कुम salary मा अनि धेरै त इमान्दार हुन्छन र काम प्रति बफादार हुन्छन, हमाद हस्पिटल कहिले गएका छौ ? कत्ति नेपालीहरू कस्ता कस्ता बिमार भएर अनि अनि आफ्नो अंगहरू भंग गर्दै उपचार गर्दै बसेकाहरूको चाही केहि लेखेको छैन त ? अनि friday एकदिन नेपालीहरू मिलेर कत्ति रमाइलो गर्छन गार्डेन तिर, अनि कतारमा त नेपाली restaurant हरू ठाउँ ठाउँ मा पाइन्छ. कुनै चांड पर्ब आयो भने पनि आफ्नै नेपाली सैलीमा मनाउछन्, थोरैले चाही लूमा चाही पिएका छन् तर सबैले पिएको छैन, लूमा पीउने साथीहरूलाई मेरो पनि अनुरोध छ तेस्तो बीसादी पदार्थ नपीउनको लागी.

  45. लेखक ले सनैया को कति न. मा बसेर लेखेको हो कुन्नि !!! त्यो त एउटा बर्गको बयान मात्र हो !! बाहिर को संसार पनि नियालेर हेर्नुस् त !!कति सुन्दर छ…… कति ले परिवार पनि लिएर बसेका छन्, कति को १००००० रुपैया भन्दा बढी तलव छ… नेपालि हुनुको गर्व गर्न लायक कति छन् कति दोहा मा !! अरु देश का नागरिक सरह नेपाली चेली पनि सेल्स स्टाफ को काम गर्दै छन्….. सबै जना लुमा खाने मात्र छैनन्… त्यो बिडम्वना बोक्ने भनेको ५% छन् कि !! दुनियाँ को सबै पाटो असल मात्र हुदैन | एकातिर फोहोर हुन्छ अर्को तिर सफा….यो जहा नि हुन्छ………………………….

  46. एक एक मान्छेका कुराहरुलाई उसकै संसारमा छोड्नु राम्रो हुन्छ ! समाज भासनले परिबर्तन हुँदैन ! समाजलाई परिबर्तन गर्न आफु परिबर्तित हुनु पर्छ पहिले ! हरेक नेपालीले रोल मोडेल बन्ने सिप सिक्न्नु पर्छ भलै, कुखुरा पालन नै किन नहोस !

    • धेरै मित्र हरुको यो लेखमा असमति देखियो तरपनि मैले ६ years को अनुभब बिदेसी बाट हर्दा घर फेमली बिर्सेर आफ्नै एन्जोय गलत बाटो अपनायर विदेश मै समय खेर फालेका नेपाली हरु अनि हिजो नेपाल मा गाउ घरमा घासमेलापात गर्ने चेली आज gulfa क़ा होटेलमा १ मीटर का कपडा लगाएर अरुलाई एन्जोय दिने काम गर्दै छ्न | यस्ता खराब बाटो मा लागेका नेपाली दाजुदिदिबहिनी हरु लाई श्री पशुपतिनाथले चाडै राम्रो बाटोमा देखाएरहुन | यही मेरो पार्थना n.b. subedi (bahrain)

  47. भाते आफ्नै कथा लेखेछ मैले बुझेअनुसार धेरै झापाली हरुले कतारमा नेपालीहरुको इज्जत फालेका छन धेरै लुमा खजुरबोते को व्यापार गर्ने पनि झापाली नै हुन्छन कतारमा फिलिपिनी केटि खेलाउने भनेको करिब २% नेपालीहरुले मात्र हो त्यसमा पनि ०.५% त झापाली नै हुन्छन नेपाली चेलीहरु अरबिको घर भित्र कैद भएर नारकीय जीवन बिताइरहेको देख्दैन लेखकले ? केहि शपिंग मल मा काम गर्नेहरु यता उता गयो भन्दैमा सबै चेलीहरुलाई दोष दिन मिल्छ ?अन्त्य मा लेखक को कुरा सहि हो तर लेखकले भनेको झैं जिन्दगि बिताउने नेपालीहरु यहाँ २%मात्रै छन अरुले दुख गरेर घरमा पैसा पठाईरहेका छन सबै लाई दोष दिन मिल्दैन

  48. ल बधाई छ हाम्रा अरबी दाजु भाइ तथा दिदि बहिनीहरुलाई| 🙂

  49. खाडी मुलुकमा काम गर्ने सबै नेपाली “लेबर” नै हुन्छन र “लुमा” खान्छन भनेर जुन “जेनरेलाईजेसन” गर्नु भयको छ, म यसमा बिल्कुल सहमत छैन…धेरै चै “लेबर” छन् त्यो कुरालाई भने नकार्दिन… जब सम्म खाडी भनेको “लेबर” हरुनै जाने ठाउँ हो भन्ने मानसिकता रहिरहन्छ तब सम्म नेपाल को प्रगति हुदैन भन्ने मेरो विश्वास छ…

    • हामी नेपाली हरु अदक्ष्य शिल्प को ज्ञान कम भएका अनि शारीरिक कामको लागि उपयुक्त छन् भन्ने छाप जब सम्म हटाउन सक्दैनौ तब सम्म हाम्रा रोजगारदाता बाट उचित पारिश्रमिक पाउन सक्दैनौ त्यसैले धेरै जसो मानिस हरु चाही लेबर क्लास मा नै सिमित छौ /यसको लागि हाम्रा म्यानपावर एजेन्सी हरु पनि कम जिम्मेबार चाही छैनन् / त्यसैले लेखकले आफुनै श्रमिक हुनु भएको हुदा आफ्नो वरिपरिको जस्तो देख्नु भयो त्यस्तै लेख्नुभयो / त्यसमा उच्चपदमा काम गर्ने हरुलाई चाही उल्लेखनै गर्नु भएको छैन / मलाई लाग्छ यसमा साथीहरुले चित्त चाही दुखाई हाल्नु पर्ने कारण चाही म देख्दिन/

    • धिरज ब्रो, तिम्रो कुरा अनुसार त लेबर हुनु न राम्रो जस्तो दर्साएको छ, त्यो कदापी हैन, लेबर काम नराम्रो ठुलो पद मा काम गर्ने राम्रो भन्ने हैन , सबैले आ आफ्नो हैसियत को काम गर्ने हो ,

      काम कुनै ठुलो सानो हैन आ आफ्नो योग्यता को काम सबैले गर्ने हो , हामी ले गर्ने काम मा केहि खराबी छैन , तर हाम्रा केटा हरु ले बहराइन को मनामा तिर, साउदी को रियाध तिर (बिसेस गरि सानो तिनो नेपाली हरु को जमघट हुने ठाउँ मा ) प्रदर्सन गर्ने क्रियाकलाप हरु चाही अलि कस्तो कस्तो……….

Comments are closed.