क्रिकेटमा नेपालको शानदार प्रदर्शन

दुवइको मैदानमा फहरायो नेपाली झन्डा। हङकङविरुद्धको खेलमा नेपाली झन्डा फहराउँदै समर्थक। तस्विरः आइसीसी

फुटबलको प्रदर्शनले निरास बनेका नेपाली खेलप्रेमीहरुलाई क्रिकेटको खबर निकै उत्साहजनक छ। दुबइस्थित आइसीसी ग्लोबल क्रिकेट मैदानमा मंगलबार र बुधबार भएका आइसीसी विश्व ट्वान्टी-२० छनौट प्रतियोगिताका दुई खेलमा नेपालले शानदार जित हात पारेको छ।

हिजो हङकङलाई २८ रनले पारजित गरेको नेपालले आज डेनमार्कलाई ९ विकेटले हरायो। १६ राष्ट्र सम्मिलित यो प्रतियोगिताका शीर्ष दुई टोली यसै वर्ष श्रीलंकामा हुने विश्वकप ट्वान्टी-२० मा पुग्नेछन्। लगातारको दुई जितसँगै नेपाल समूह ए मा पहिलो स्थानमा उक्लिएको छ। आइसिसी विश्व ट्वान्टी-२० छनौटमा समूह ए मा रहेको नेपालले अझै नेदरल्याण्ड, अफगानिस्थान, क्यानडा, पपुवान्युगिनी, बर्मुडासँग खेल्न बाँकी छ।

समूह ए मा यस्तो छ नेपालको स्थिति

डेनमार्कविरुद्ध ९ विकेटको विजय
पहिला टस जितेर ब्याटिङ गर्न ओर्लिएको डेनिस टोली १९.१ ओभरमा ८२ रन बनाउँदा अलआउट हुन पुगेको थियो। पाकिस्तानी र भारतीय मूलका खेलाडीले भरिएको डेनिस टोलीका ३ खेलाडी लगातार आउट गर्दै नेपालका शक्ति गौचनले ह्याट्रिक गरे। आजको खेलमा उनी म्यान अफ द म्याच भए।

८३ रनको लक्ष्यका साथ मैदानमा आएको नेपाली टोली सुरुमै आक्रमक देखिएको थियो। नेपालका ओपनर ब्याटसम्यान परेश लोहनी र प्रदीप ऐरी सुरुदेखि नै फास्ट खेल्ने मुडमा पेश भएका थिए। फास्ट खेल्न खोज्दा ३ रन बनाएर परेश आउट भएपछि नेपाली टोलीलाई धक्का लागेको थियो। तर आजको खेलमा प्रदीप चम्केपछि डेनिस ब्याटसम्यानहरु निरीह सावित भए। अविजित रहेका प्रदीपले ४३ बलमा ७ चौका र ४ छक्का हान्दा डेनिस बलरहरु तिलमिलाएका थिए। परेशको ठाउँमा आएका सरद भेषवाकरले प्रदीपलाई साथ दिँदै २८ बल खेलेर १३ रन बनाए।

31 Comments

  1. Yes ……………….. My Dear Players you can do it………………… Best of Luck, we all Nepali will pray for Our TEAM.

  2. We are proud of you. You guys had done very good job. Hope you will keep on playing like this and go to T20 World cup. Best of Luck.

  3. नेपाली cricket team ले गरेको प्रदर्शन सराहनीय छ / बाकी रहेको अरु match हरु मा पनि यस्तै प्रदर्शन दोहरिने छ भन्ने आशा गरौ र team को हौसला बढाऊ / जय नेपाल /

  4. Thank you guys for Your support.All the team members are really excited and we hope to give you best,all we need is your support…

    Thanks
    paras-UAE

  5. बधाई छ हाम्रा क्रिकेट खेलाडीहरुलाई जसले नेपालको क्रिकेट खेल लाइ संसारमा परिचित गराउन सकेकोमा , यो जित नेपालको …..

  6. नेपाल ले जित्छ पपुवा लाई नेपाली क्रिकेट एकदम राम्रो छ हामी सबै नेपाली सदै नेपाली खेलप्रेमीहरुलाई साथ दिनेछौ.

  7. I think if they keep on playing in this spirit they can reach to final.

    One more thing, I can’t stop laughing when i see nagariknews.com live update on match, they are sick. Just by saying it’s live,it’s not going to be live,. they need to update ball by ball, they are spending money on giving prize only like flat in kathmandu and blah blah…. but never think of quality.
    They should see cricinfo.com coverage on nepal’s match and learn, why to copy only bollywoodhungama and post indian cine news. grow up

  8. अफगानिस्तान र नेदर्लैंड संग कठिन हुन सक्छा

  9. धेरै राम्रो…..लु बधाई छ ….मलाइ लाग्छ,
    नेपाल अन्तिम २ टिममा परोस
    सन्जोग गुरुङ, धरान,

  10. नेपालको जीत भन्ने बित्तिकै छाती नै गर्विलो हुने !! Keep it up brothers…!!

  11. Weldon guys this is what we game lovers want to hear and know that nepal win the match awesome players Sakhati and Pradip you guys are played well Al the best for future ……. Lets say नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल नेपाल ……………

  12. खेलमा हारजित स्भाबिक भएतापनि येसपालिको फूटबल मा हार भने अलि अस्भाबिक
    नै भयो, कारण हरु जेसुकै भएता पनि आउने दिनहरुको लागि सुभकामना!
    cricket मा राम्रै भैराखेको छ नेपाली खेलाडी हरुलाई सुभकामनाI
    कुनै दिन मित्र राष्ट्रको cricket टिम लाई हाम्रो cricket टिमले धोति लगाईदियर्को सुन्न पाए कति मज्जा आउने थियो होला?

  13. यो झिसमिसे टिमलै जितेर मात्रै पुग्दैन / परिक्ष्य अफघानिस्तान र पप्पुवा न्यु गुइनेअ संघको खेल मा हुन्छ र तेसैले वोर्ल्ड कप खेल्ने नखेल्ने तय गर्छ/ बेस्ट व्हिसेस नेपाल/ एउटा राम्रो समाचार एसके रुपमा आए पनि नेपालीहरुले खुशी हुने मौका पौचा/

  14. शानदार त हो । टिमलाई धेरै बधाइ छ । तर १६ टिम मध्ये २ टिम मात्र विश्वकपको लागि छनोट हुने कारणले गर्दा नेपालले ७ खेल मध्ये कम्तिमा ६ खेल जित्नु जरुरी छ ।

  15. जति बेला पनि एउटी कुरा लै सम्झिनी हाम्रो बनि नराम्रो हैन त ? सागर थापाले गरेको गोलको तरिफ गर्नेहरु यस पालिको गेममा नेपालको हार बारे मौन छन। फेसबूकमा। देश भित्र सबैजना हारी रहेको बेला हाम्रो फूटबल खेलाडीले मात्र जित्ने ठेक्का लिएका छन र? अद्रिश्य जाल झेलको खेल खेलेर देशलाई हराउन तल्लिनहरु भन्दा त मैदानमा कोशीस गरेर हार्ने हाम्रा खेलाडी नै बहादुर। well tried boys…

    • यो त हाम्रै अमृत दाईले फेसबुकमा लेख्नु भाको जस्तो लाग्यो त !!!

    • यो त अमृत गुरुङ दाई को facebook पेज मा पो थियो त ही! ही! ही! जे भए नि जित्त्दा पनि र हार्दा पनि हामी साथ् मै छौ! यो मन त मेरो नेपाली हो! अझ धेरै खेल को तस्बिर हरु भए झनै राम्रो हुन्थ्यो जस्तो हामी लाई लाईराछ!

  16. नेपाली टोलि को केहि वर्षदेखिको राम्रो प्रदर्शनले हामी धेरैलाई क्रिकेट खेलको फ्यान बनएको छ.. धेरै धेरै सुभकामना राम्रो प्रदर्शन को लागि ..

  17. खुसीको खबर…..अझ राम्रो गर्दै जानु सबै नेपालीको शुभकामना तिम्रो साथमा छ……भर्खर फुटबल मा भोगेको पीडालाई मलम लगाएकोमा क्रिकेट टोलीलाई लाख लाख धन्यवाद पनि….

  18. नेपाली टिमलाइ हार्दिक बधाई छ र टिमको वास्तविक परिचय अफगानिस्तान र पपुवा न्युगिनी  संग हुनेछ !!!!

    • पपुवा न्युगिनीले २ वटै खेल हारिसकेको रैछ। त्यति बलियो टिम हैन होला। तर, २०-२० मा के भन्न सकिन्छ र? क्यानाडा र अफगानिस्तान चुनौती जस्तो लाग्छ। नेपाली टोलिलाई शुभकामना।।।

  19. बधाई अनि शुभकामना मेरो नेपाली टोलिलाई . आज पनि मेरो कमेन्ट पुब्लिश नगर्ने त होला नी शालोक्य जी

Comments are closed.