माओवादीको प्रतिरोधै प्रतिरोध :)

सरकारको नेतृत्व माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले गरिरहेछन्। अब उनलाई विपक्षी कांग्रेस र एमालेले घेराबन्दी पारे भनेर प्रतिरोध गरिरहेका छन्। भर्रखरै पनि उनले एमाले र कांग्रेसले संविधान निर्माणमा भाँजो हालिरहेको भन्दै भने- ‘मेरो योगदान इतिहासले मूल्यांकन गर्नेछ।’ मने चिजलाई मिलाएर गर्न बानी परेका माओवादी अध्यक्ष प्रचण्ड त झन् प्रतिरोधमा खप्पिस नै छन्। 🙂 उनी कहिले भट्टराई सरकारविरुद्ध सुटुक्क प्रतिरोध गर्छन् त कहिले आफ्नो पक्षमा भारतको समर्थन जुटाउन मोहन वैद्य कमरेडहरुको प्रतिरोध गर्छन्। कुरा केही समय अघिको हो। बोहोराटारस्थित रामचन्द्र पौडेलको घरमा ३ दलको बैठक बसिरहेको थियो। त्यै बेला प्रधानमन्त्री बाबुराम भट्टराई पिसाब फेर्न गए। अध्यक्ष कमरेडले रामचन्द्र पौडेल र माधव नेपाललाई भन्न भ्याइहाले- ‘हेर्नोस्। म त तपाइँहरुको पक्षमा छु। बाबुराम कमरेडलाई राजिनामा दिन तपाइँहरुले अलि बढी दवाब दिनु परो! 🙂 अनि पो बन्छ राष्ट्रिय सरकार।’ मने बाबुराम करेडसँग नि प्रतिरोध ! 🙂 🙂

प्रतिरोधका घटनाले जेलिएको माओवादीभित्र यस्ता अचम्म लाग्दा घटना कति हुन्छन् कति। आखिर प्रतिरोधमा माहिर महान गौरवशाली पार्टी जो परो 🙂 🙂

चौतर्फी रुपमा प्रतिरोध गरिरहेका माओवादीका अर्का नेता त किरण कमरेड हुन्। मने उनको वास्तविक नाम मोहन वैद्य जो हो। अब उनले चाहिँ प्रतिरोध दिवस नै मनाउने तयारी गरेछन्। नगरुन नि किन जो पार्टीभित्रका सबभन्दा खुँखार माओवादी जो हुन्, मने कसिलो हात मिलाउने क्या! 🙂 माओवादी सम्बद्ध एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घले चैत ५ गते प्रतिरोध दिवस मनाउन लागेको स्थिति रहेछ। काभ्रेपालाञ्चोक जिल्लाको अनेकोटमा मनाइने प्रतिरोध दिवसलाई प्रतिरोधी नेता मोहन वैद्यले सम्बोधन गर्ने पक्कापक्की भइसकेछ।

यो खबर सुनेपछि तपाइँलाई कस्तो लाग्यो ? मने मलाई त सभाका आयोजकहरुले ठिकै गरेछन् जस्तो लाग्या छ। किरण त माओवादीभित्र चौतर्फी प्रतिरोधकै पक्षधर जो हुन्। उनी संविधान र शान्ति भन्दा पनि १००% विद्रोह अर्थात् पूरापूर प्रतिरोध चाहन्छन्। कहिले उनी अध्यक्ष प्रचण्डको प्रतिरोध गरिरहेका हुन्छन् त कहिले बाबुराम भट्टराईको। सरकारलाई घुँडा टेकाउन उनले खुलेआम गरिरहेको प्रतिरोधी पनि कम छैन आखिर ! 🙂 🙂 प्रतिरोधी नेताले प्रतिरोध दिवसको ठूलो मञ्चबाट अब केको प्रतिरोध गर्ने हुन् त्यो भने चैत ५ गते मात्र थाहा हुनेछ।

41 Comments

  1. अब पनि धमिरा रुपी Corruption को उपचार बेलैमा गरेन भने सबै खोक्रो पारेर नाश गरिदिने छ !!!!! खै कसरि जोगाउने हो देश !!!!!! यति दुख ले आर्जे को यो प्यारो देश !!!!!

  2. “यो …पनि हुन् सक्छ”
    हामीले पहिला पहिला प्रचंद्र्ले बाबुरामलाई भारत परस्त भयको आरोप लगाएको कुरा सुन्दै आयकै हो/ भारत भित्रको मावोबादिलाई भारत आज पनि आतंकबादी नै मान्छ/ तर अचम्मै सिट भारतलाई आफ्नो प्रमुख सत्रु मान्ने, भारत सिट भयको सबै सन्धिहरु खारिज गर्नु पर्छ भन्ने, भारत सिटको खुला सिमाना बन्द गर्नु पर्छ भन्ने नेपालको मावोबदिलाई जनयुद्धताका भारतले सहयोग गरेको मात्रै होईन नेपालको मावोबादी र तत्कालिन सरकार सिट सम्झुता समेत गराय/ यो कुराले २ कुराहरुको संकेत गर्छ:

    ०१. मावोबादी भित्र भारत सिट गहिरो सम्भंद भयको कोहि छ/
    ०२. नेपालको ठुलो दल बनेको मावोबादी दललाई भारतले आफ्नो हतियार बनाउन षड्यन्त्र गर्दैछ/

    ई दुवै कुराहरुले मावोबादी भित्र ‘भारत तथा मध्यदेसबादी समर्थक र बिरोधि खेमाहरु जन्मायो र मावोबादी दल भित्र पनि भारत र मध्यदेसबादीको “चलखेल” निम्त्यायो/ यहि चलखेलले प्रचंद्र्को नेत्रित्वोको टिक्न बन्न सकेन तर बाबुरामको नेत्रित्वोको सरकार बन्यो/

    भारतले जहिले पनि नेपालमा उसैको कठपुतली सरकार बनाउने खेल खेल्दै आएको छ/ उहिले गंगालालहरुलाई प्राण दण्ड दियर भारत भागेको त्रिभुवनलाई फेरी नेपालको राजा बन्न भारत नै थियो/ नेपाली जनताले फाल्नै लागेको मोहन शमशेरलाई १९५०को सन्धि गरायर २००७ साल पछी पनि फेरी पनि प्रधान मन्त्रि बन्न दिने पनि भारत नै थियो/

    तर पछिला क्रान्तिहरु र परिबर्तनको बिपरित यसपालिको परिबर्तन पछी हाम्रा नेताहरुको सोचाईमा अलि कति परिबर्तन आयको छ/ यसैकारण अस्तिको प्रधान मन्त्रीको चुनावमा बिजयी बन्न “मध्यदेस बादी सिट सम्झौता गर्नु पर्ने भनेर शरणले जारि गरेको अध्यादेस प्रचंद्र झलनाथ र रामचन्द्रले समेत मानेनन्/ तर बाबुरामले माने!!!/ यो एउटा भयङ्कर आश्चर्यको कुरा हो/

    देसमा अरु कुनै जातिकाको छुट्टै सेना बनेको छैन तर बाबुरामले मधेसीको छुट्टै सेना बनाउन खोजे/ आश्चर्य यो कुरामा मान्नु पर्छ/ मधेसीहरुलाई सजिलो सिट नागरिकता दिलाउन संबिधान कानुन बदल्न खोज्नेमा गिरिजा यक्लो रहेन बाबुराम पनि थपियो/

    बन्द हडतालको कारण मात्र भारतीय ब्यापारी र लगानी कर्ताहरु प्रभावित भयको छैन देस भित्रकै नेपाली नागरिकहरुको ब्यापार र लगानी हरु पनि प्रभावित हुँदै आएको छ/ तर बाबुरामले भारतीय ब्यापारी र लगानी कर्ताको हकमा मात्रै भारत सिट “बिप्पा” सम्झौता गरे/

    मावोबादिले मागेको ४० बुंदे मागहरुमा प्रमुख मागहरु भारत बिरुद्ध छन्/ ती माग हरु मनाउन २० सौ हजारको ज्यान जाने आज सम्म नेपालीले लडेको सबै भन्दा महँगो जनयुद्ध लड्ने मावोबादी भित्र ” सम्मानीय प्रधान मन्त्रि श्री बाबुराम भट्टराई” यक अनौठो ब्यक्तित्वो भयको कुरा प्रचंद्र्ले बाबुरामलाई “यक्लब्य” प्रधान मन्त्रि बन्न दियर प्रमाणित गरे/

    हिजो सम्म सर्वप्रसंसित बाबुरामलाई आज पार्टी भित्र र बाहिर समेत तिरस्कृत आलोचित बनेकोछ/ सायद प्रचंद्र्ले आफुलाई बिरोध गर्दै बाबुरामलाई प्रसंसा गर्ने नेताहरु र नागरिकहरुलाई बाबुराम राम्ररि चिनाउन मात्रै बाबुरामलाई देसको प्रधान मन्त्रि बन्न दियको हो कि; होईन भने प्रचंद्र्ले आज बाबुरामको बिरोध गर भनेर अरु दलका नेताहरुलाई किन भन्थ्यो?

  3. माओबादी को यो लडाई पैसा को लागि हो, सत्ता र पैसा को लागि माओबादी एक अर्का संग लडेको नाटक गर्दैछन , लडाकु को पैसा अहिरहें भए कोले र राज्ज्य सत्ता को दुरुपयोग गर्न पहुने भएकाले सेना समायोजन मा नाटक गरेका हुन्/ आज प्रचण्ड पुत्र लाही सगरमाथा चडन २ करोड दिए बाट प्रस्ट हुन्छा, माओबादी को सरकार अहिले राज्ज्य सत्ता लुट्न मा उद्धत छ, आज प्रकाश लाही सगरमाथा चडन मन लाग्यो २ करोड दियो , भोलि विदेश भ्रमण मा जान मन ५ करोड दिने होला वा भोलि धुलिखेलमा जाड खाएर लड्न मनलाग्ला अनि अर्को करोड दिने होला , अनि छोरि लाही क्रिकेट संघ मा मनोनित गरेर माओबादी भित्र को नाता बाद , कृपा बाद र फरिया बाद प्रस्ट भए को छ / यो लुट को पराकास्ता हो , ढोंग हो/

  4. १ आफ्नै पार्टीको प्रधानमन्त्रीको राजीनामा माग्ने र माग्न लगाउने यो कस्तो खाले भालुभुत्ते राजनीतिक संस्कार हो ?
    २ संघिय राज्य बन्दै बन्दैन भनेर कुर्लने शेर बहादुरहरु संबिधान सभाको डबलीमा अहिलेसम्म भुत्रा गर्न जुहारी खेलेर बसेका ! शाहहरुको दास हुनु नै ठिक थियो भनेर खुलेर भनेको भए भैहाल्थ्यो नी!
    ३ आदिबासी जनजातीमा आएको सचेतनालाई मसान जागेको भन्ने खडग ओलीहरुले आगामी महानिर्वाचनमा जनजातीको नराम्रो गरि भेटछ|
    ४ धमिलो पानीमा माछा मार्न दाउ छोपेर बसेका कमल थापाहरु गणतान्त्रेहरुको विकल्प कुनै हालतमा हुन सक्दैन| आशिर्वादको राजनीतिले देश पार लाग्दैन क्या !

  5. माओबादीको प्रतिरोदै प्रतोरोध भनेको कांग्रेस जस्ता पार्टीलाई पंगु बनाउने अनौठो खेल हो कि, अनि फलामले फलामलाई नै काट्छ भन्छन !

  6. नेता हरु लाइ गालि गर्ने सन्धर्भमा म अलि फरक विचार राख्छु, सबै पार्टी का नेता हामि नेपाली बीच बताई निस्केका हुन्, नेपालीहरुको प्रतिबिम्ब मात्र हुन् .

    नेपालीहरु नै (म पनि सामेल छु ) मुर्ख भएकोले नै नेता हरु तेस्ता निस्केका हुन्, हप्ता मा ४ पटक बन्द हड्ताल गर्ने तोडफोड गर्ने नेता मात्र हैनन् , माओबादी को बन्द हड्ताल मा लाखौको संख्यामा तोडफोड गर्न काठमान्डू aaune नेपाली नै हुन्, ति जनता नै हुन् .
    आफ्नो असफलताको जिमेवार aru लाइ lagaune manabiya prabirti लाइ कम्निस्टहरु ले प्रयोग गरे , जसमा माओबादी ले राम्रो तरिका ले prayog गर्यो teti मात्र फरक हो.
    नेता लाइ मात्र गालि न गरौ , नेताको पछी लाग्ने देस बिगार्ने, हैसियत भन्दा ठुलो भाग चाहिने नेपाली मानसिकता समस्याको जरो हो .

    • हरि प्रसाद ज्यु
      अत्यन्त तितो तर सत्य कुरा गर्नु भयो/ हो बुझ्न डराउनेले झुठको खेति गर्न खोज्नेलाई मौका दिय/ तर ईनिहरु नेपाली जनताको प्रतिबिम्ब होईनन/ ईनिहरु नेपाली जनताको नेता पनि होईन कुनै अँध्यारो कुनामा लुकेर बसेको “जातिबादीका अबशरबादि समुहले पालेका केटाहरु मात्रै हुन्/

      साम्यवाद ‘पर्याप्तता र अभावको समीकरण” मात्रै हो/ यो सब्द सिट कोहि पनि तर्सिनु पर्दैन/ पर्याप्तता र अभावको समीकरण आर्थिक मुद्दामा पनि हुनु पर्छ राजनैतिक मुद्दामा पनि हुनु पर्छ/

      तर नेपालको साम्यवादीहरुको ‘साम्यवाद” यस्तो छैन/ आफुलाई मार्क्स र मावोबादी भन्ने नेपालको साम्यवादीहरुले मात्र झुठको खेति गर्दै आएको छ/ अबशर नपाय सम्म अरुले लुते पेले भनेर हल्ला गर्ने अबशर पाय पछी सके सम्म बढी लुट्ने पेल्ने ईनिहरुको धन्दा नै भयको छ/ ईनिहरुको राजमा गरिब झनै गरिब बनेको छ/ नचुनेको व्यक्ति नेता बनेको छ/ ईनिहरुले साम्यवादको उपहास गरेको छ/

      महलमा सुत्ने, रिसोर्टमा आराम गर्ने, जंगल देखि सिंह दरवार सम्म पनि नेपाल र नेपालीलाई “जातको महामारी” महामारी फैलायर तराईलाई मात्र मध्यदेसिको बनाउन खोज्नेलाई अंगाल्दै आयकाहरु न त् मावोबादी हुन् सक्छ न मार्क्स बादी/ ईनिहरु मात्र मध्यदेसि मदारिको “जमुरा” हरु हुन्/

  7. कस्तो निरिह छौं हामि नेपाली . जनताको पसिनाको कर कसैको मोजमस्तीमा . धिक्कार छ तिनीहरुलाई जसले अनुत्पादक क्षेत्रमा खर्च गर्दैछन .
    रोल्पा र रुकुमका जनता सिटामोल एउटा नपाएर दुख कष्ट भोग्दैछन यता चाहिं ति जनताका नाममा नै युद्ध लडेको भनाउँदाहरु भने टाईं न तुईं मा खर्च गर्न सरकार संग सहयोग माग्दैछन . ति रकम विकास क्षेत्र लगानी गरेको भए कति नेपालीले सुविधा पौथ्यो होला . आखिर डाक्टर बाबुरामको आर्थिक पारदर्शिता र सन्तुलन पनि देखियो हो .
    “सरकारले माओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशसहितको टोलीलाई सगरमाथा आरोहणका लागि दुई करोड रुपैयाँ दिने निर्णय गरेको छ ।”
    http://www.ekantipur.com/nep/2068/12/3/full-story/344355.ह्त्म्ल

  8. धेरै साथीहरुको मत हेर्दा माओबाद को बिरोध भन्दापनि मिस्टर प्रचण्ड अनि विद्वान भट्टराई हरुको खोकाइ र काम गराई बीच मा देखेएको बेमेलले सिर्जना गरेको परिस्थिति भन्ने मलाइ लाग्छ // कम्तिमा पनि धेरै साथीहरु स्वतन्त्र विचार अनि आफ्नो भनाइ हरु आएको देखेको छु // कुनै पनि नेताले गरेको गलत कामको बिरोध गर्न स्वतन्त्र नागरिकमा भएको हैसियेत अनि अधिकार को कुरापनि हो // स्वतन्त्र बिचार हुने मान्छेले नै स्वचछ र स्वतन्त्र नागरिक को निर्माण गर्ने हो / भबिस्य को पिंडिले हाम्रो जस्तो अवस्था बाट मुक्ति पाउन हामि कति जिम्मेदारी बहन गर्छौ तेसैले निर्धारण गर्ने हो / सबिलाई थाहा भएकै कुरो हो / आदर्श खोकेकी केहो ?

  9. नेपालका माओबादी हरु अचम्म का प्राणी हुन्.., जिन्दगि मा जनावरको बरु विश्वास होला.. तर यिनीहरुले आफ्नै लै नि छोड्दैनन….हरे प्रभो….

  10. अरुदेशमा मान्छेहरु राजनीति गर्छन ठुलो नेता बनेर नाम कमाउन देश बनाउन तर हाम्रो देशमा राजनीतिगर्नेहरु नेता बन्छन धन कमाउन,भ्रस्टचार गर्न,गुन्डागर्दी गर्न,आतंगक मच्चाउन,………. यसरी सबै लेख्नु भन्दा होलसेलमा भनु दुनियामा भयका सबै नराम्रा काम गर्ने सबै हाम्रा नेताहरु नै भय! अब यो पार्टी उ पार्टी फलानो नेता भन्ने नै रहेन नेपालमा…………….. हे नेपाल आमा एउटा सच्चा नेता जन्माउन यो देशको लागि बिन्ति छ हामी सबैको

  11. प्रचंडे ? अब के गलिगर्नु सबै ले त गरि सक्यो अब मेरो भागमा क भनु नेपाल र नेपाली राजनिक मा खेलिएको यो ठुलो घिन लाग्दो खेल नेपालमा बाहेक अन्त कहाँ हेर्न सुन्न पाउछ हेर्दै जौ सुन्दै जौ .. जय हो

  12. १ आफ्नै पार्टीको प्रधानमन्त्रीको राजीनामा माग्ने र माग्न लगाउने यो कस्तो भालुभुत्ते राजनीतिक संस्कार हो ?
    २ संघिय राज्य बन्दै बन्दैन भनेर अहिले कुर्लिने शेर बहादुरहरु अहिलेसम्म संबिधान सभाको डबलीमा भुत्रा गर्न जुहारी खेली बसेको त !
    ३ जनजातीमा आएको सचेतनालाई मसान जागेको भन्ने खड्ग ओलीहरूले आगामी महानिर्वाचनमा जनजातिको नराम्रो गरि भेटछ !
    ४ गणतान्त्रेहरू जतिसुकै भाँडिए पनि कमल थापाहरु तिनीहरुको बिकल्प हुनै सक्दैन| आशिर्बादको राजनीतिले देश पार लाग्दैन क्या !

  13. डाकै डाका भएको पार्टीमा चोरको के लाग्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  14. हतियारको साँचो बुझाइसक्यो, समायोजनको काम चालु छ, तर हतियार बुझाएन, जनसेना छोडेन भनेर संविधान निर्माण कार्यलाई ‘धोती’ लगाउने काम भइरहेको छ । अध्यक्षका नाताले प्रचण्ड त हदैसम्मको लचक भएर प्रस्तुत भइरहेका छन् । तर यतिले पनि नपुगेर परिवर्तनवाहक शक्तिलाई घुँडा नै टेकाउने दुस्साहस गर्न खोजेपछि वैद्यको प्रतिरोध त स्वभाविक नै हो ।

    प्राप्त उपलब्धिलाई संस्थागत गर्न खोज्दा पनि संविधानको बाधक भनेर प्रचण्डलाई नै दोष, शान्तिप्रक्रियामा अघि बढ्दा पनि जनता र जनसेनाप्रति धोका भयो भनेर प्रचण्डलाई नै दोष । अनि यी सबको स्वभाविक प्रतिरोध गर्ने वैद्यलाई पनि दोष । आखिर हामी के चाहन्छौं ? कतै अस्थिरता अनि अराजकतामै रमाउने लत त लागेन हामीलाई ?

  15. हैन यी नेताहरु आफु बाहेक अरु सोच्दैनन् किन ? पार्टी र बिचार भनेको टिम ओर्क र सामुहिकता हो भन्ने कुरा किन भुल्छन ? नेपालको पार्टी राजनीति बिग्रिएको कारण नै नेताहरु नमिल्नु हो जसले देश र जनता लाइ बारम्बार धोका भैरहेको कुरा किन सच्याउन जान्दैनन् \ आफ्नो बुद्दी र अडान भन्दा बिदेशी को इशारा ,आसिर्बाद र प्रतिपक्ष को बुइ चढेर किन आफ्नो घरमा आगो लगाउछन ? किन सहयात्री लाइ सत्रु देख्छन ? कुकुर को पुच्छर र हाम्रा नेतामा किन फरक हुदैन ह ?

    • म ठोकेरै भन्दिन्छु यी बाइसे हरु नेपाल मा राम्रो भएको देख्न नचाहने हरु नै हुन् \ बेलैमा सोच्ने ले नसोचे ठुलो राजनैतिक दुर्घटना हुने वाला छ \

  16. माआेबादी याे भन्दा नाङ्गीने ठाऊ छैन । माआेबादी संझाैता गर्छ तर संझाैता बिपरित प्रस्ताबहरू ल्याएर संबिधान लेखन र शान्ति पुनर्निमाणमा बाधा गर्छ । हिलाे छ्याप्छ एमाले र कांग्रेसलाई । अपराधिकाे मुद्दा फिर्ता लिएर अरू हत्या हिङ्सालाई प्राेत्सान गरेर जनताकाे शुरक्षामा गम्भिर घात गर्दैछ । याे अपराधिहरूकाे संम्रक्षक पार्टीकाे रूपमा स्थापित भईरहेकाे पुष्टी यै ब्यबहारले ऐना जत्तिकै छर्लङ्गै पार्दै गईरहेकाे छ    । अपराधमा संग्लग्न नेताहरूकाे पदबाट निस्काषन गर्न समेत माआेबादीलाई आपत्ती छ । भाँजाे हाल्याे छाेड्याे । के आशा गर्नु देश र जनताले माआेबादीहरूकाे याे चालकाे ! संम्बिधान, शान्तिकाे बिपक्षमै साबै शक्ति लगाएकाे छ । तर उ भन्दा बडी याे काममा लाग्ने काेी नभएकाे प्रचारबाजी र उत्तेजित नाराले  माआेबादीहरूकाे गल्ति कम्जाेरिहरूलाई ढाकछाेप गरेर आज संम्म भ्रम पार्न मात्रै सफल भएकाे छ । दिन दिनै माआेबादीहरू आफनाे पर्दाफास  आफै गरिरहेकाे छ । स्वार्थ, सुबिधाभाेगि, मान प्रतिष्ठाकाे लडाई, कुर्सीकाे लडाई नै गुटबन्दीकाे कारण बन्नु आफनै कार्यकर्ताकाे दुर्भाग्य बन्दै गइरहेकाे छ । यस्ले माआेबादीहरू आफनाे भबिष्य आफै समाप्त गर्दैछ । याे निकट भबिष्यले पुष्टी गर्नेनै छ । 
    धन्यबाद !

  17. अवसरवादको आर्को नाम प्रचण्ड!
    दिपक मित्रको यो देश कै सबै भन्दा राम्रा नेता हुन् बाबुराम भट्टराई भन्ने फुर्ति पनि
    अब चाही नगर्दानै राम्रो हुन्थियो होला भन्ने हाम्लाई लाइराछा

  18. COW – काउ – काउ मानी = भैशी
    यस्ता फटहा नभए एत्रा नेता !
    बाहिरी राजनीति सबैलेबुझे भित्री ज्ञान तिम्रो कुन गुरुले दिन्छा ?

  19. मलाइ त प्रतिक्रिया लेख्नु भन्दा पनि हाम्रो ‘पुष्प’ जीको माओबादीपरक लेख र ढाकछोप पो पढ्न हतार भैसक्यो !
    यो मोरो प्रचंडे र मोहनेले खुरापाती/बितण्ड गर्दै हिडेर पनि हाम्रो पुष्पजी जस्तो बौद्धिक साथीहरूलाई सम्हाल्नै गाह्रो परिसक्यो !!

    • योगेश ज्यु
      पुष्प विचार सम्हाल्नै किन पर्यो र? बिचारलाई पुष्प अर्थात् फुल मान्ने हो भने कयौ प्रकारको फुलहरु फुलादानमा सजाउन लायकको पनि हुँदैन, ईश्वरलाई चधाऊंन समेत हुँदैन/ तराई मधेश हो र नेपालमा जात जातको राज्य बन्नु पर्छ भन्ने पुष्पज्युको बिचार ‘४ बर्न छतीस जातको फुलबारी” भित्र उम्रेको झार हो यसलाई सम्हालिंदैन योगेश ज्यु उखेलिंछ/

      अहिले देसमा कुनै पनि मधेशबादिलाई सम्हाल्न गार्हो भयको कारण यक समुहको मावोबादिले मधेशबादिलाई अंगालेकोले हो/

      मावोबादी बात बिगत र बर्तमानमा अनेकौ भुलहरु गरेको छ; मुखले गल्ति गरे पनि भन्छ तर सच्चिन सकेको छैन/ सच्चिन संगति राम्रो हुनु पर्छ तर मावोबादीको संगतिनै नराम्रो छ/

      जंगलमा रहंदा राजाको सेना बात बच्न जयकृष्ण गोईत, नागेश पासवान उर्फ ज्वाला सिंग आदि जस्ता मधेसबादीको बिहारको गोठमा शरण लिय/ अहिले मावोबादिले सिंह दरवारलाई नै मधेशबादिको “गोठ” बनाएको छ/ गोईतहरु बन्दुक बोक्ने मधेश बादी हो त् पुष्पज्युहरु कलम बोक्ने गोईत् हरु हुन्/

      जय कृष्ण गोईतहरुको देस द्रोही हुन्/ अहिले बाबुरामले अंगालेको मधेशबादीहरु तिनै जय कृष्ण गोईतलाई नेता मान्नेहरु हुन्/ त् आफुलाई मावोबादी भन्दै तराईलाई मधेश बनाउनु पर्छ भन्नेहरु को हुन्?

      बास्तविक मावोबादको सिद्धान्त मान्नेले महल भत्कायर गरीबहरुको झोपडी बनाउँछ झोपडी भत्कायर महल बनाउन्दैन/ मावोबाद मान्नेको देसमा रुबेल जस्ताले गलहत्यायर समाईन्छ/ तर हामि कहा कोले भगाउन मदत गरेको छ/ रुबेललाई किन र क कसले भगायो भन्ने कुरा बुझ्न गुगलमा ” nepal’s sudan shame girija & prachandr hand in glove” भन्ने टेलिग्राफ न्युज पढ्नुस/

      योगेश ज्यु मधेशबादीहरु नेपाल र नेपालीलाई जातको राज्य बनाउन सके मात्रै सम्हाल्न गाह्रो हुन्छ/ अस्ति सम्म नेपाली जनता र मात्र जनमोर्चाले मात्रै जातीयता आधारको संघियताको बिरोध गर्दै आएको थियो र कांग्रेस एमाले चुप बसेको थियो/ अब कांग्रेस एमाले मात्रै होईन मावोबादीले समेत जातीय संघियता त्यागेको घोसना गरेको छ/ अब तराईलाई मधेश बनाउ मात्रै मावोबादीको समर्थक बनेकाहरुलाई कसैले सम्हाल्नै पर्दैन/

  20. दिपक जी लाइक त १ पटक भन्दा नहुनी २ सब्द बाट मुरी मुरी धन्दबाद दिन चाहन्छु
    अमेरिका बाट

  21. यो प्रचन्ड चाहि फटाहा नै हो/ यसको पाप कुनै दिन धुरी बात कराउछ/ हजारौ जनतालाइ सखाप पारेर यो स्तिथिमा आयो अनि जनतालाई बिचको औला ठदैदियो,आफुभने नेता हरुको कानमा एता-उता फुक्दै बसेछ ताकी आफ्नो कुर्ची सधै बनि रहोस … तर कति दिन?
    प्रचण्ड,रामचन्द्र, ओली यी फटाहा हरुलाई जाब सम्म जनताले चिन्दैन तब सम्म देशमा कहिलै सान्ति हुदैन/ गर्नेलाई गर्न नदिनु,मिल्ने लाइ मिलन नदिनु यिनी हरुले रचेको खेल्हो /

  22. पचण्ड त चंखे बादर हो/कहिले बाबुराम हाँगामा फल लाग्छर बाबुराम हाँगामा टन्गीन्छ /कहिले किरणको हाँगामा फल लाग्छर किरण हाँगामा टंगिन्छ/मौका मिले यो सोनिया गान्धीको साडीमा पनि टंगिन बेर नलगाउने मान्छे हो /यो अबसरबादी हो /जहा सम्म माओबादी प्रतिरोधको कुरा छ ,बुझी नसक्नु छ /हेरौं जहा पनि जहाबाट पनि पैसा /,नलाज,नसरम,ननैतिकता,,बस लुटौ/देश र जनता जहासुकै जाउन/

  23. “प्रतिरोध” माओबादी को त्यो अस्त्र हो जसको बलले यीनको राजनीति चलेको छ | सोझासाझा जनतालाई झुक्याएर कहिले सम्म आफ्नो स्वार्थ सिद्ध गर्ने हुन् हेर्दै जाउँ !!!
    सकारात्मक सोच र आपसी मेलमिलाप बिना देश चल्दैन भने थाहा हुँदा हुँदै पनि देशको भविष्यलाई दाउमा राखेर राजनीति गर्ने यी मुर्खहरुलाई जनताले कसरि ठेगान लाउने यो बिषयमा बृहत छलफलको खाँचो छ र यहि नै आजको राष्ट्रिय आबश्यकता पनि | होइन र साथीहरु ???

  24. यहा सिद्दान्त को कुरा र ,जन मुक्तिको कुरा चै हात्तिको देखाउने दांत हो |
    कुनै पनि पार्टी ले सिद्दान्त बोकेर राजनीति गरेको म मान्दिन ,सबैले भ्रस्ट ब्यापारी सग चन्दा लिने , गुण्डा पाल्ने ,देश भन्दा पनि आफु र आफ्नो कार्यकर्ता पोस्ने र सबै भन्दा खत्तम कुरा आफ्नै साथीको खुट्टा तान्ने |
    प्रचण्ड जी को बाकि जिन्दगि दहिच्युरा खाएरै बित्ला जस्तो छ ,बाबुराम बाजे ले
    बरु ताल सुर ल्याए | मोहन बैद्द्द्य त् भोको उडुस जस्तो मात्र हो |
    आजको मिति मा बाबुराम नै नेपालको प्रधानमन्त्री ठिक छ |भुडी भर्ने चेन्ज को लागि चेन्ज गर्नु हुन्न|
    बाबुराम को बीकल्प को छ बहस गरौ है साथि हो |

  25. माओबादी मा मात्रै होइन, यो देश कै सबै भन्दा राम्रा नेता हुन् बाबुराम भट्टराई. राम्रो टिम पाउने भने उनले काम गर्दछन र गर्न सक्छन. तर यो देश को दुर्भाग्य, कांग्रेस एमाले रचनात्मक प्रतिपक्ष को जिम्मेवारी नगर्ने, परम्परा सोच भएका मोहन बैध्ह्य आजै राजिनामा भोलि नै राजीनाम दे भन्ने, फताह र धुर्त को राजा प्रचंडे कसरि हुन्छ बाबुराम लाइ असफल बनाएर “माओबादी मा आफु बाहेक कोहि छैन” भन्ने प्रमाणित गर्ने अनि बाबुराम आफै भने भ्रस्टचार र अनैतिकता को शिरोमणि मधिशे हरु संग गठबन्धन गर्न बाध्य हुने. बास्तव मा बाबुराम नेपाल ले नचिनेको हिरा हुन्.

    • होइन तपाइको कुरा सुन्दा त तपाई त बाबुराम को pa हो कि क हो ? ऐल्य संब बाबुराम ले क चाइ राम्ब्रो काम गरे को ६ ?

  26. बैध्यको गतिबिधी पार्टीको निर्णय बिपरित मात्र होईन यस्को गतिबिधी डाक्टर,माओबादी,सरकार,देश्,जनता,मानबियता,प्राणीजगत्,प्रकृति,बिश्वो लगायत ब्रमान्डकै बिपरित छ! यो जन्तु यो ब्रम्हान्ड भन्दा बाहिर अन्तै कतै प्यान्डोरा तिरकै हो भन्ने हाम्लाइलाइराछ!

  27. सुकुल ठटाएर पाहुना भगाउने काममा माओबादिलाई कसैले भेट्न सक्दैन .
    हेर्दै जानुस यो सरकार सानोतिनो हुरी बतासले ढल्ने सरकार होइन. सबैलाई चेतना भया !

  28. खुट्टा तान्ने प्रबिर्ती अझहै गाको छैन्न तेती धेरै नेपाली को रगत पिएर पनि !! धिक्कार छ यिनी हरुलाई !!!

  29. यो प्रचन्ड चाहि फटाहा नै हो/ यसको पाप कुनै दिन धुरी बात कराउछ/ हजारौ जनतालाइ सखाप पारेर यो स्तिथिमा आयो अनि जनतालाई बिचको औला ठदैदियो,आफुभने नेता हरुको कानमा एता-उता फुक्दै बसेछ ताकी आफ्नो कुर्ची सधै बनि रहोस … तर कति दिन?
    प्रचण्ड,रामचन्द्र, ओली यी फटाहा हरुलाई जाब सम्म जनताले चिन्दैन तब सम्म देशमा कहिलै सान्ति हुदैन/ गर्नेलाई गर्न नदिनु,मिल्ने लाइ मिलन नदिनु यिनी हरुले रचेको खेल्हो /

    • रामचन्द्र नि फटाहा? होइन हो मोहनजी रामचन्द्र त गाइप्राणी हुन्| यिनको पारा गाबिसको अध्यछ्य भन्दा माथि हुने छैन, तर खै कसरी हो ठुलै नेता भाका छन् त ho

      • सहि भन्नु भो ,गाइ भएकै ले होला एक ताका येसरी कराउथे
        ”ह बा !ह बा !!प्रधानमन्त्री मै हुनु पर्छ !ह बा ,हावा !!

  30. केटाकेटि ले कथा लेखे जस्तो ………..
    अलीक progressive खालको लेख लेख्नु पर्यो my sansar का लेखक कार ज्यु.
    धन्यवाद.

    • ओहो mr हरि जी तपाईले धेरैनै लेख लेख्नु भएर आज my संसार भन्दा चर्चित ब्लग तपाई कै होला कुन हो तो नाम भान्नुस्न?नत्र जे my संसारको लेख पढ्न पाको छौ हामी येस्मै खुसि छौ बास्तबिकता र सत्त्येता लाई केटा केटि को खेल नसोच्नुस मित्र हरि तपाई आफु पनि गर्न नसक्ने अरुले गरेको नि रिस गर्ने दानब हुनुदो रैछ ,बब बिनय u s a .

        • बुद्धि सरलाई मेरो नमस्कार!! तपाइको उखानले मलाई पनि मुख फर्काउन बाध्य बनायो. हरिजीले आफ्नो घर चाहि नबनाउनु होला तर माइसंसारको घर भत्काउन खोज्नु भएको जस्तो मलाइ लागेन पो. माइसंसारको सम्पादकले प्रत्यक लेखको मुनि कमेन्ट सेक्सन पनि त राख्नुभएको छ नि होइन र? अनि कमेन्ट सबैले राम्रो मात्र गर्नु पर्छ भन्ने सर्त त राख्नुभएको छैन नि. सबैलाई सबैकुरो मन पर्ने भएत विश्व नै सिंगो देश हुने थियो होला. आआफ्नो विचार पो हो त बुद्धि सर. अनि आफुलाई मन परेन भनेर सरले बादर भन्दिने. हरि सर पनि माइसंसारको नियेमित पाठक नै हुनुहुन्छ होला र त कमेन्ट गर्नु भएको होला नि. तेसो भए के मैले तपाइलाई ‘अरुको शरीरमा जुम्रा हिडेको देख्ने, आफ्नो शरीरमा भैसी हिडेको नदेख्ने’ भन्दिउ?

        • बुद्दी जी
          कोट ,टाई र चस्मा को लाज मेन्टेन गर्नुस है सधै भरि ,सुभकामना छ |

Comments are closed.