राष्ट्रपति किन व्यस्त ?

राष्ट्रपति रामवरण यादव आज शनिबार विदाको दिन पनि बिहानैदेखि व्यस्त रहे। संविधान सभाको आयु सकिने दिन नजिक आइरहँदा शनिबार राष्ट्रपतिले प्रमुख तीन दलका शीर्ष नेता र मधेसी मोर्चासँग गम्भीर छलफल गरेका छन्। राष्ट्रपति भवन शितलनिवासमा आज भएको छलफलमा उनले शान्तिप्रक्रिया र संविधान लेखनका विषयमा नेताहरुसँग प्रगति विवरण सोधीखोजी गरेका छन्। ‘संविधान लेखनको प्रगति के छ ? जेठ १४ भित्र संविधान लेखन सकिन्छ ? अप्ठ्यारा के छन् ? बाधक तत्व के के छन् ?’ सधैँ एक अर्कालाई दोष थोपरेर पानीमाथिको चोखो हुने नेतालाई राष्ट्रपतिले सोधे।

{module google ad 600×60|none}माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल र संयुक्त मधेसी मोर्चाका तर्फबाट उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार शितल निवास पुगेर राष्ट्रपति भेटेका हुन्।

माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष खनाल र मधेसी नेताहरुले पुरानै रट लाए। ‘विभिन्न चरणमा छलफल भइरहेका छन्। तपाइँ विश्वास गर्नोस् विवादित विषयमा सहमति भइ मुलुकले निकास पक्का पाउँछ’, नेताहरुले पुरानै शैलीमा राष्ट्रपतिलाई आश्वस्त पारे।

राष्ट्रपति यादवले शान्ति प्रक्रियाको स्थिति बारे माओवादी अध्यक्ष दाहालसँग छलफल गरेका थिए। ‘हो मसँग शान्ति प्रक्रियाको प्रगति बारे जानकारी लिनुभयो’, दाहालले भने- ‘छलफलमा दलहरुबीच सहमति भएन भने जेठ १४ पछि राष्ट्रपतिले सत्ता लिन्छन् भन्ने आम भ्रम अन्त्य भएको महसुस गरेको छ। शान्ति र संविधानलाई सर्वोपरी ठानेर दलहरुबीच व्यापक छलफल हुनुपर्ने राष्ट्रपतिको चिन्ता थियो।’

41 Comments

  1. के भन्ने खोइ नेताहरुले गरेको कुकर्मको सजाय हामी सोजा सजा नेपालीले
    भोग्नु पर्छ. नेपलीले जति नेपालको चिन्ता गरे पनि नेपालको नेताहरुले नेपालको कहीले चिन्ता नगर्न भय. हाम्रो देशको कहीले बिकाश हुन्छ थाहा छैन. नेताहरुको पेट ठुलो जनता भोकै मर्दैछ. यस्तो तरिकाले नेपालको बिकाश कहीला पनि हुदैन. नेताहरुले आफ्नो स्वार्थ तय्ग्नु पर्छ अनि मात्र देशको बिकाश हुन्छ.

  2. संबिधान नबन्नुमा को को जिमेवार छ?
    जेठ १४मा संबिधान बन्छ भन्ने कुरा कसैको पसलमा “आज नगद भोलि उधारो” भने जत्तिकै भई सक्यो/ तर संबिधान बन्ने त्यो जेठ १४ कहिले आउने हो पत्तो छैन/ साँच्चैनै लोकलाई प्रथम र निर्णायक शक्ति मानेर संबिधान बनाउन चाहेको भय संबिधान बनाउनु कुनै गाह्रो काम थियन/

    आज सबै लोकतन्त्र लोकतन्त्र भन्दै आएकोछ/ लोकतन्त्र भनेको लोकलाई प्रथम र निर्णायक शक्ति मानुनै थियो/ तर कुनै दल तथा नेता लोकलाई प्रथम र निर्णायक शक्ति मान्न तयार छैन/ ई नेताहरुले लोकलाई प्रथम र निर्णायक शक्ति मानेको भय लोकले बनायको २०४८को “कुनै पनि बुँदा र ब्यबस्था परिबर्तन गर्न सकिने” संबिधान भंग गर्ने नै थियन/

    २०४८को संबिधान जनताले क्रान्ति गरेर बनायको जनताको संबिधान थियो र अब बनिने संबिधान नेताहरुको सहमतिमा बन्ने संबिधान हो/ त् कुन संबिधान लोकतान्त्रिक छ कुन छैन/

    २०४८को संविधानले ई हारेका चुनाव नलडेका कसैलाई नेता बन्न दिंदैन थियो/यक सिट पनि नजित्ने दललाई सदनमा छिर्न पनि दिंदैनथ्यो/ सदनलाई लेभी नामको कमिसन उठाउने अड्डा बनाउन दिंदैनथ्यो/ यसै कारण नेताहरुले त्यो संबिधान भंग गरे/ यो भन्दा बढी भन्नु आबस्यक नै छैन/

    आज नेपाल परिबर्तनको मोडमा छ/ यसको मूल कारण मावोबादिले ४० बुंदे मागहरु अघि सारेर गरेको जनयुद्ध नै थियो/ तर आज तिनै मावोबादिहरुको आचरण र नीति उनीहरुको आफ्नै ४० बुंदे माग बिपरित छन्/ भारत सिटको सबै असमान सन्धिहरु खारिज हुनु पर्छ, भारत सिटको सिमाना खुला गरिनु हुन्न भन्ने मावोबादिहरुले आज के गर्दैछ र उनीहरुको भारत सिट को सम्भंद कस्तो बनाउन खोज्दै छ भन्ने कुरा उल्लेख गर्न समेत जरुरि छैन/ आफ्नै माग नमान्ने को हो भन्दा मावोबादी आफै हो भनेमा केहि फरक पर्दैन/

    मावोबादीको ४० बुंदे मागको १० नम्बरको मागमा नेपालमा “निर्वाचित सदन” बात नया संबिधान लेख्नु पर्ने भन्ने माग छ/ तर सभा भनिने हाम्रो सदनमा निर्वाचित सांसदहरु अल्पमतमा पर्ने गरि समानुपातिक कोटाका सांसदहरु नियुक्त भयको कारण हाम्रो संबिधान सभा “निर्वाचितको सभा हो” भन्ने कुरामै प्रश्न चिन्ह
    लागेकोछ/

    मावोबादीको २६ नम्बरको माग आज संबिधान बनाउने कुरालाई जटिल बनाउने माग हो/ २६ नम्बरको मागमा मावोबादिले रास्ट्रिय श्रोतहरुमा स्थानीय राज्यको सरकारको यकाधिकार हुने भनियको छ/ नेपालको सबै थाहुमा कोशी गण्डकी महाकाली बग्दैनन/ नेपालको सबै खेतमा धान गहुँ फल्दैन/ यो कुरा मावोबादिले भुले बा बुझ पचायरै मध्यदेसिलाई सबै श्रोतहरु समेटेको तराईको मालिक बनाउन खोजे?

    नेपालको तत्कालिन ७ दलको सरकार र ४० बुंदे माग माग्ने मावोबादीको बिचमा १२ बुंदे सम्झौता भयकै आधारमा नया संबिधानको कुरा उठेको हो/ तर अहिले संबिधान बनाउन अप्ठ्यारो भयको मूल कारण मावोबादीको ४० बुंदे मागहरु पुरा गर्न गाह्रो भएकोले होईन/ बास्तवमा भन्ने हो भने मावोबादीको ४० बुंदे मागको लागि न त् २० हजार जनातको ज्यान जाने युद्ध आबस्यक थियो न २०४८को संबिधान भंग गर्नु नै पर्थ्यो/

    अहिले संबिधान बनाउन गाह्रो भयको मूल कारण नया नेता र नया दलको नया माग नै हो/ सम्पूर्ण तराईलाई यक मधेश बनाउनु पर्ने माग नया माग हो/ मावोबादीको ४० बुंदे माग हरुमा तराईलाई यक मधेश बनाउने माग छैन/ मावोबादी र तत्कालिन ७ दलको सरकारको बिच भयको १२ बुंदे सम्झौता मा पनि तराईलाई यक मधेश बनाउने कुरा उल्लेख छैन/

    सम्पूर्ण तराईलाई यक मधेश बनाउनु पर्छ भन्ने को दल सिट उल्लेखनीय जनमत समेत छैन/ तापनि तिनीहरुले बहुमतको चाहनालाई अल्झाई राखेको छ/ सम्पूर्ण तराईलाई मध्य देसिको आत्म निर्णय गर्न सकिने राज्य नबने संबिधान नबन्ने, बनाउन नदिने जजसले भन्दै आएको छ तिनीहरु पनि आफ्नो माग आफै नमान्ने मावोबादी जतिकै दोसी छ/

  3. एकदम सहि कुरा गर्नु भयो Gaurav Nepali “Oodaaseen” जी ! संबिधान बने पनि नबने पनि फेरी राज गर्ने तिनै प्रचंडे ,कोइराला, राम्चंद्रे ,झले,माकुने ,गचेदार त हुन् नि ! केहि हुनेवाला छैन यो कुकुर हरुलाई बाहिर न खेदाए सम्म यो देश को !सहि आचरण भएका नेता भएका भए के को संबिधान पहिला नै देश माथि पग्ने थियो अब आएर तिनका छोराहरुलाइ करोडौ रुपया जनता को कर बाट सगरमाथा जानु पर्ने रे ! अति गर्नु अत्याचार त नगर्नु नि !

  4. नया नेपाल नया संबिधान लेख्ने भनेर ६०१ जनाले देशको ढिकुटी रित्यायो राष्टपति बिदाको दिनमा नेतालाई बार्ता गराए पनि जेठ १४ मा संबिधान बन्ने वाला छैन ! बरु अन्तरिम संबिधानमा नया निर्बाचन ७५ झेत्र बनाएर निर्बाचन गराए देशमा राहत मिल्त्यो र ५२६ जनाको भत्ताले देशको वातावरण बिकासमा खर्च गरे हुन्यो ! मन्त्रीको छोरालाई सगरमाथा आरोहण लै होइन ! कि कसो हो मित्र हरु !!!!

  5. २०६९ जेष्ठ १४ सम्म मा नयाँ संबिधान नबन्ने हो भने सत्ता राष्टपति को हातमा जाने निश्चित छ राष्ट्रपति ले सेनामार्फत सरकार चलाउंछन । त्यो परिस्थिति लाइ कसैले चाहेर पनि रोक्न सक्दैनन् । यधपि अझै पनि जेष्ठ १४ गते सम्म मा नयाँ संबिधान पाइनेमा म आशाबादी छु।

  6. संबिधान बनाउने नाम मा माओबादी ले धन संचय राम्रो गरेको छ अब पार्टी भित्र रडाको गरेको जस्तो गरेर जेठ १४ सम्म को मिति गुजार्छ.जातियता र संघियता को नारा दिन सजिलो हो समाधान गारो छ भन्ने थाहा नभाको हैन,यात पैसा को भर मा चुनाब जित्ने सोच छ माओबादी को अनि आफु खुसि सरकार चलाउने आफु ले चुनाब नजिते बैद्य ले बम बिष्फोट गर्ने ,बादल ले गोलि पड्काउने,गजुरेल ले तोप हान्ने हामी जनता कहिले बम मा उड्ने कहिले गोलि सेबन गर्ने कहिले…………हार्ने हामी नेपाली…..

  7. राजा को सक्रिय शासन सहित को पंचायत को कुनै विकल्प छैन. विकास, शान्ति सुब्यबस्था, बिदेशी चलखेल, स्थायित्व आदि कुरा हरु लाइ लिएर हेर्दा पंचायत ले गरेको १०% पनि बहुदल र गणतन्त्र ले गरेको देखिएन. तेसकारण नेपाली जनता को चेतना को स्तर अनुसार राजा महेन्द्र ले लागु गरेको पंचायत अत्यन्त बैज्ञानिक रहेछ. आज ६८ साल मा त यो हविगत छ भने १७ साल मा कस्तो थियो होला जनता को चेतना को स्तर र पार्टी हरु को दादा गिरि? आखिर नेपाल क सबै भन्दा उत्तम नेता राजा महेन्द्र नै रहेछन.

  8. प्रचण्ड को कुपुत्र को बारेमा पनि कलम चलाउने हो कि सर??? पुरै देश ले चर्चा गर्दा हजुरले चुप्पी नै साध्नु भो त, हिजो को दिन मा इनको बिरोध गर्दा राजाबादी को पगरी गुथाई दिनु भो, आज आफ्नै बोलती बन्द भयो कि के हो सर???

  9. नेपालका नौला श्री ६ पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र सगरमाथा सफल रहोस ! चाडै पित्राशी आजीवन राष्ट्र्पति हुने संबिधान लेखियोस ताकी जिन्दगीमा यस्ता सगरमाथा कति छाडिन्छ कति ! नेपालका नयाँ युवराजहरु रुबेल चौधरी र प्रकाश दाहालको जय होस् !

  10. कुन जुनी को पाप ले कुकुर हरु नेता हुने देश मा जन्म लिनु परेछ. न काल ले मर्छन न कसै ले इनी हरु लाई मार्न सक्छ. हे भगवान !!!!!

  11. नेताहरु नि त्यस्तै जनता नि त्यस्तै अरुबेला कसैलाई मतलब छैन जब जेठ १४ आउन थाल्छ अनि बल्ल संबिधानको कुरो गर्न थाल्छ ,नेताहरुले एउटा न एउटा निहु बनाएर सारेको सारेई ,जनताले लोप्पो खाको खाइ ….

  12. बल्ल राष्ट्रपतिले पदीय दायित्वको महत्व बुझे जस्तो छ…
    तोकिएको निर्धारित समयसम्म संविधानको खाका समेत कोर्न नसकी सम्मानित सर्बोच्च अदालतले समय सिमा तोकिएको अवस्थामा राष्ट्र अझै ठुलो संक्रमण कालमा रहेको प्रष्ट हुन्छ /
    यो ४ वर्षको एक एक हिसाब जनताले खोज्ने छ..!!

  13. येस्तई कु गर्ला ,प्रजातन्त्र फेरी खतरा मा पर्ला भनेर गिरिजा बाबु ले राम बरण जस्ता सरल र गाइ प्राणीलाई रास्ट्र पति मा सिफारिस गर्न पुग्नु भयो | उहाको सरल पन लाइ प्रचण्ड जी हरु ,माधब जी हरुले ले पनि इज्जत गर्नु भयो |
    अझै पनि कांग्रेस ,एमाले भन्दा मावोबादी संगठित , र केहि देखाउनकै लागि भएपनि सिद्दान्त र धार मा चलेको जस्तो देखिन्छ | हालाकी बैद्द्य ,पुष्प जी र बाबु को त्रिकोणात्मक संघर्स जस्तो देखिन्छ तैपनि बाबु खुरापात को अगाडी पुष्प जी र बैद्द को १९ /२० जस्तो देखिन्छ |
    सहमति को सरकार बनेपनि बाबु कै मातहत मा बने देश को भलाई देख्छु म |
    अनि कांग्रेस ,एमाले का हरु आआफ्नो स्वार्थ मा चुर्लुम्म्म डुबेका थोत्रा गाला हरु हुन् जुन बज्न त् बज्छन तर सुर मा बज्दैनन |
    बाबु को कार्यकाल मा हाल देखिएका कुकर्म
    १) हाल प्रचण्ड को छोरालाई २ करोड दिने निर्णय ,अफिस हरुमा मा पैसा लिएर जथाभाबी सरुवा र राज्य कोस को अधिकतम दुरुपयोग |
    २) लुट पात ,अपहरण अशुरक्छ्या आदि

    अब विजय गच्छेदार जस्तो ग्रिह मन्त्रि , देख्दै टिपे टिपे हरु मन्त्रि भएको ठाउमा बाबुराम एक्लै ले के गर्न सक्ला ??
    मेरो कुरा मा चित्त न बुझे बहस गरौ है साथि हो |स्वस्थ हिसाब ले र कुनै पार्टी को पक्ष्य न लिएर |

  14. यी सबै गु खाने भ्रस्ट दोष द्रोही भारत का दलाल नेता भनौदा भतुवा हरुलाई चारपाटे मुडेर सिमा कटाएर छोड्नु पर्छ ! अनि सच्चा देश प्रेमी हामी जनता मिलेर आफ्नो सम्भिदान आफै लेख्नु पर्छ !

  15. बरु राष्ट्र पतिले कू गर्दिए हुन्थ्यो, अनि यी कुकुर नेताहरु हेरेको हेयाई हुन्थ्ये ! यो नेताहरुले हामी लाई के नै दिए र ..राजा सुइकार हुन्न बरु राष्ट्र पति यी कुकुर हरु भन्दा धेरै राष्ट प्रेमी छन् भन्दा कुनै गारो नहोला ! यी कुकुर हरु ले देश लुट्नु भन्दा राष्ट्र पति नै ठिक होला !

  16. संबिधान संबिधान संबिधान यो संबिधान भनेको के हो, संबिधान बने नि नबने नि नेपालीका विधाता त्येही कोइराला प्रचंडे चुचुन्द्रे बाबुराम या झलन हो क्यारे मन्त्रि त्येही हुन् गच्छे पछे बुध्ही त्येही हो काम त्येही हो हुन सक्छ संबिधान बने पछी दुइचार जनाले नयाले येस्तई जागिर पौलान ! आ दिक्क लाग्छ नेताहरुको चतुरे कुरूप अनुहार देख्दा !

  17. माओबादीले कहिले बन्दुकले, कहिले ढाडमा टेकेर, कहिले पुजीबादी संसदमा कब्जा गरेर, बाटो त कति कब्जा भए भए, अझ खसी बोका जसरी मान्छे त कती गए गए, सत्ता कब्जाको नाटक त कती भए भए!!!!!!ति सब हुन हुने, तेस्माथी तिम्रै कारणले, केहि उपाए नलागे पछी रास्ट्रपतीलेचाई लिन नहुने सत्ता, अझ उदेक त राष्ट्रपतीले भन्दै नभनेको कुरालाई मन गडन्ते कुरा बनाएर भन्न कती लाज नलागेको होला l तिमि भन्दा त राम बरण बाजे हजार गुणा ठिक छन् l

  18. खाते सभासद हरु लाई सिमल को रुख मा झुन्ड्याउनु पर्छ/ कहीं नभएको जात्रा हांडीगाउँ मा! सुन्दैखेरी दिमाक तात्ने कुरो/ यिनी हरु ले संबिधान त के, माखो नि मार्दैनन/

  19. अति नै भयाे भने खति बेहाेर्नु पर्छ । याे अतिले बिगारेकाे छ तर दाेष सबैतिर लाउन खपिस छ । बिस्वास गर्ने ठाउ चै रत्तीभर छैन । जनताकाे आशा र अतिबादीहरूकाे कायरताले बनिन्छ भने अर्कै कुरा हाे । भबिष्य चै अतिकाे पनि समाप्तै भएर जान्छ यदी संम्बिधान नबने! हाेशियार ! मतियार हाे ।
    धन्यबाद !

  20. जेष्ठ १४ गते सम्म संबिधान आएन भने कुनै पनि हालतमा जनताले छोड्ने छैनन्/काम नगरेर देशको खरबौ रकम हजम पार्ने नेता,सभासद सबै संग जनताले सवा ब्याज अशुल मात्र होइन मुण्डन गरेर चार भंझ्यांग नघाउने छन्/एक पटक चुनिएको व्यक्ति पटक पटक म्याद थपेर पदमा रहन सुहाउदैन र रहनु हुदैन/फेरी पनि त्यसो गरि जनतालाई धिखा दिने दुस्शाहस भयो भने रगतको खोला बगाउन हामी तयार छौ/

  21. जेठ १४ , असार १४, साउन १४, भदौ १४, चौध वर्ष पछिको जेठ १४ मा पनि येही पाराले सम्भिधान लेखिदैन

  22. बाबु पर्चंडे तेरो बुद्दी त मात्र बन्दुके रैछ समयमा संबिधान नबने सत्ता ,सरकार तेरो बाऊ आएर चलाऊछ ,राष्ट्रपतिले नचलाए कि भारतलाई बिपा सम्झौताको अर्को रुप ,सरकार चलाऊने सम्झौता गर्ने विचार छ ,,सबै दल हो होसियार कि नेपाली जनतालाई संबिधान देउ नत्र सत्ता राष्ट्रपतिलाई जिम्मा देउ ,,,अब नेपाली जनता तिमीहरुको लैबरी पारामा हिड्ने छैनन् ,,,,

    • भनेपछि राष्ट्रपतिको टाउको अगाडि राखेर फेरि ‘कांग्रेसी राज’ चलाउनुपर्यो ? फेरि अर्को चिरे, खुमे, जेपी, विकु, सुजाता, सीपी अनि रामे-च्यामे जन्माउनुपर्यो ?

      नयाँ संविधान बनाउनैपर्छ, नयाँ नेपालको खाका नयाँ ढंगले कोरिनैपर्छ, यसको विकल्प छैन । आखिर २४० वर्षेदेखिको थुप्रिएको फोहोर र १५ वर्षदेखि फोहोरको आहालमा रमाउने र झन् फोहोर गर्ने फोहोरीहरूलाई ‘सफा’ गर्न समय लाग्ने मात्र होइन, फोहोरीसँगै फोहोरमै ‘खेल्नु’ पनि पर्नेहुन्छ ।

    • प्रचन्डे र त्यस्को बाबुले समयमा नै कार छाडेर हिंड्नु पाएको थियो भने नेपाली १३०००+ जनताको ज्यान जादैन थियो होला ।
      अनी अहिले जुन महिनाको १०३००० भाडामा घर लिएको छ। त्यो प्रचन्डे सँग त्यतिको पुर्खौली सम्पत्ति भएको भए, त्यसले शोझा
      जनतालाई दाश बनाएर यो राजनीति पनि गर्दैन थियो होला। राजनीतिको रुपमा यसले देशलाई लुटी रहेको छ। अनी कता को संबिधान
      कताको शुशासन। हाम्रो देशमा राजनीति गर्ने वा जनताको नेता भनेको सबै अनुमती प्राप्त देश र जनताको सम्पत्ति लुट्ने डाँकाहरु हो।

  23. यो एउटा संकेत मात्र हो /सरबोचच अदालत को निर्णय लाई राष्ट्रपतिले जेस्ठ १४ पछी लागु गर्ने नै छ न / त्येस पछि को विकल्प भनेको नया निर्बाचन नै हुनेछ / निर्बाचन पछि पनि आउने शक्ति भनेको यही दल हरुनै हुन् /५-७% सिट मात्रै घटी या बढी होला / तर निर्बाचन पछि को इस्तिथि मा चाही प्रतेक पार्टी को अन्तर पार्टी समीकरण भने पक्कै अर्कै हुनेछ , तेसैले पनि आफु जुपिटर बन्न खोज्ने नेता हरु को लागि त यो नै एकदमै उपयुक्त समय हो आफु हिरो हु न को लागी पनि / समय मै संबिधान बनाउ देश लाई संक्रमण काल बाट पार लगाउ /यो नै सबै पार्टी को जीत हुनेछ / त्यो भनेको democracy ma जनता को जीत हुनेछा/ नमस्ते ///

  24. धिरज जी तपाईं को कान किन काट्ने नि ?
    तेही संबिधान लेखन नसक्ने असमर्थ नलाएक नेता तथा सभासद हरु को पो काट्नु पर्छ नि सबै जनता मिलेर/
    तर कान मात्र काटेर पुग्दैन कसैको हात, कसैको खुट्टा, कसैको नाक, कसैको टाउको, नै काट्नु पर्छ अनि मात्र जनता संग डराउन्छ होइन भने कहिँ नभाको जात्रा हाडी गाउमा भने जस्तै नै भई रहन्छ नेपाल मा.

  25. एउटा उपाय बाकीं छ ३ दल का नेताहरु लाई टुडिखेलमा ल्याएर कोर्रा लगाउनु पर्छ /

  26. किनभने राष्ट्रपतिको पनि समय सिद्दिना लागेको छ ,,,तेसपछी ज्ञानेन्द्र सरकार जिन्दाबाद त होला नि ,,कि कसो ?

  27. यो संबिधान जेठ १४ मा बन्नेकुरो मा चाही म पनि बिसस्त छुइअन्/ किन भने सबै नेता हरु जस् को पगरी आफै भिर्न खोजेको जस्तो लाग्छ /गणतन्त्र भए पछी सिर्स नेता हरु ले जनताको मर्म बुझी कन काम भाग बन्डा लगाई निस्वार्थ भै संबिधान लेखन मा लग्यो भने नहुने त हैन /

  28. हेर त अब फेरी राष्ट्रिय पति लाई पनि चासो, लु आचाम्म्म्मा भयो नेपाल मा / झन् झन् विवाद बढ्दै गैरहेको छ , मिल्ने कुनै कुरा अनि संकेत कतै छैन खाली दोस थुपार्ने मात्र काम हुन्छ अनि येतिका वर्ष मा नबनेको संबिधान अब २ महिना मा k भएर बन्छ नि , कृष्णवीर को जाम होर त्यो पन्छौदा चै छिट्टो संबिधान बनिहाल्ने , ताल पर्यो वने नेता हरुले फेरी २ महिना मा ३ टा सरकार बनाउन सक्छन तर संविधान……………………….

  29. बरु राष्ट्र पतिले कू गर्दिए हुन्थ्यो, अनि यी कुकुर नेताहरु हेरेको हेयाई हुन्थ्ये 🙂

  30. अराजकता अचेल खुब देखिएको छ / हामि सबैले हिजो आज गृह मा सरुवा , महालेखा मा सरुवा घुस खान पाउने अफ्फिस मा भएन भनेर सचिब को कोठा , कुर्ची तोडफोड , सचिब लाइ हुल हुल पसेर गालि, महिला सचिद वृन्दा हाडा लाइ राति राति आफ्नै अफिस का आफ्नै मन्त्रि ले सरुवा नगरेको भनेर अप्सब्द , गालि गरे वृन्दा लाइ / यी सब अराजकता किन हुदै गएको भने देश को सिस्टम सुस्त सुस्त फेल हुदै गएको हो अब हेर्दै जानुस हल्दार पुलिश ले DSP लाइ येस्तई थर्काउचा, आर्मी मा पनि तेस्तै होला अनि देश सोमालिया भन्दा पनि खतम नहोला भन्न सकिन्न / हेर्नोस सोमालिया मा सब कुरा मा भर्स्ताचार छ एती सम्म कि पानि जहाज पनि लुत्चन र बिदेशी को अपहरण हुन्छ र तेहा कोहि कसैले सहयोग गर्दैन तेस्तै होला है येहा पनि ….
    अब गर्दा गर्दा प्रचण्ड पुत्र लाइ पहाड चदना लाइ पनि सरकार ले २ करोड पैसो दियो गरे ..यो त अति भयो हुम्ला , जुम्ला , कालिकोट , जनकपुर, सप्तरी का जनता ले घर जग्गा को कर तिर्छन र तो कर को पैसो प्रचण्ड पुत्र सगरमाथा को मनोरंजन गर्न २ करोड लिएर जान्चन , एसको पनि धेरै बिरोध जनता बात छैन किन हो कुन्नि /……? सरकारी ढुकुटी लुट्दा पनि , बन बंत्री ले आफ्ना घुस्या दिएफो लाइ सरुवा गराई सब बन फडानी भैराख्या छन् , सब चुप छन् किन हो कुन्नि ?

  31. नेपाली लाई सान्ति चाहियाको हो…नया संबिधान र सघियता न भए पनि केहि फरक पर्दैन …सभिधन ले मनपरी तन्त्र लाई न हिजो रोक्यो न आज न भोलि …

  32. पुरानै रटान र अडान बीच संबिधान कसरि बन्छ ? एक ले भने जस्तो हुने हो भने त्यो एकतन्त्रीय संबिधान हुन्छ \अब धेरै ले भने जस्तो संबिधान बने भाडतन्त्रिय संबिधान बन्छ \ कुरो को चुरो बुझेर कुनै पनि एकतन्त्रीय शाशन र शाशक नजन्मने र अहिलेको जस्तो भाडतन्त्र कायम रहने स्थिति को अन्त्य गर्ने जिम्मेबारी यी नै फ्याउरे दल हरु मा छ \ महामहिम रास्ट्रपतिज्यु बुद्दी ,ज्युक्ति ,लठ्ठी के देखाएर हुन्छ यिन लाइ बेलै मा शान्त्रि प्रकिया को टुंगो र संबिधान लेखन पुरा गराउनु पर्यो \ होइन भने नेपालि जनता को मत १० \ १० बर्षमा परिबर्तन हुदै आइरहेको छ \ इतिहास दोहोरिन सक्छ \ हिजो का हिरो आज का जिरो ,आजका हिरो भोलि को जिरो पनि हुन्छ नि ,जो हुदै आइरहेको छ \ जनताको आखा बाट गिरे पछी कुहिएको फर्सी जस्तो हुन्छ नि नेता हरु को हालत ! हेर्दै जाउ \ नपिटे सम्म नजोतिने गोरु लाइ ……….\

  33. ब्यस्त त हुनै पर्यो नि. येस्ता राष्ट्रघाती सरकार , नेता भएको र राजा पनि नभएको देशमा अगुवाई गर्न कोइ त चाहिन्छ्नै. नत्र नव राजा प्रचण्डले कहिले जनसेना को नाममा,कहिले वीइ सि एल को नाममा,कहिले सुत्ने खाट,घडी,अल्लिसान बंगला,डिनर,लन्च,भ्रमण, हुँदा हुँदा अब नव अधिराजकुमार प्रचंडे पुत्रलाई सगरमाथा चडन २ करोड रे……सुन्दा पनि कन्सेरी तातेर आउछ……………कसले तहलाउने येस्ता भ्रस्ट हरुलाई………………..

  34. लु जेठ १४ मा यस्तै पाराले संबिधान लेखिएछ भने मेरो कान काटेर पातमा रख्दिनु….एक ले आर्कालाई दोष लगाएकै भरमा संबिधान बन्छ ? “कहिँ नभाको जात्रा हाडी गाउमा”

    • रास्ट्रपति ,मावोबादी,कांग्रेस , मधेसी,झाले माले ,पन्चे तिमीहरूबाट केहि हुने छैन तिमीहरु पेट का त भोका छौ छौ दिमागका पनि भोका छौ यो सानो देश तिमीहरुको लागि प्रयाप्त छैन किन कि तिमीहरुको पेट rubber जस्तै तन्केको छ तर देश तन्केको छैन झन् झन् खुम्चेको छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

    • धिरजजी, पातमा होइन तपाइको हातमा नै राख्दिने बिचार थियो तर के गर्नु..जे गर्नु तर ले गर्यो; यहि पाराले त संबिधान होइन धान पनि कुट्ला जस्तो छैन !!

  35. यो देशलाई जसले जसरि चलाए पनि हुन्छ राष्ट्रपतिले ,मोवोबादिले ,पन्चेले ,मधेसीले ,कांग्रेसले , राजाले ,झाले मालेले —आखिर यसमा गुदी त सिद्दी हालेको छ !!!! तिमीहरु कुन चाही गतिला छौ र ??? तिमीहरुको School को पाठ्यक्रम त उही त हो नि !!!!!!!!!!!!!!!!!!!!!

  36. यो देशलाई जसले जसरि चलाए पनि हुन्छ राष्ट्रपतिले ,मोवोबादिले ,पन्चेले ,मधेसीले ,कांग्रेसले , राजाले ,झाले मालेले —आखिर यसमा गुदी त सिद्दी हालेको छ !!!! तिमीहरु कुन चाही गतिला छौ र ??? तिमीहरुको School को पाठ्यक्रम त उही त हो नि !!!!!!!!!!!!!!!!!!!!

  37. सम्माननीय राष्ट्रपति ज्यू तपाईंलाइ यो शान्ति प्रक्रिया र संविधान निर्माणको चिन्ताले किन खाएको यसरी ? यसमा त अताल्लिनु पर्ने त केहि छैन त ! हिंजो सम्म पो हामि जनता भेंडा थियौं, हामीले केहि गर्न जानेनौं-सकेनौं ! ठिकै हो गल्तीले माओवादीले पनि १२ बर्ष जनयुद्द गर्यो तर अब त्यो अवस्था रहेन ! बाबुराम जी प्र.म. हुनुहुन्छ..खेलको ‘ख’ थाहा नभएकी मानुसीको क्यानमा नियुक्ति भएको छ जसबाट ३ बर्ष देखि जित आफ्नो हातमा पारेको महिला क्रिकेटको उनले काया पलट गर्ने रे ! उता श्रीपेच बिनाका माइला महाराजका छोरालाई पनि ठुलै सपना भएछ क्यारे सर्वहारा जनताको खुन पसिनाबाट असुल गरिएको २ करोड लिएर सगरमाथा चढेर शान्ति प्रक्रिया र संविधान निर्माण पुरा गर्ने रे एनेकपा माओवादीका नयाँ ‘पारसले’ ! मैले भन्या होइन हजुर यो….उनि आफै भनेका छन् ‘देश र जनताको लागि शान्ति प्रक्रिया र संविधान निर्माण प्रकिर्या पुरा गर्न उनलाई सगरमाथा चढ़न ३ करोड किन नदिने’ ?….. हो हो राष्ट्रपति ज्यू त्यो त दिनै पर्छ है …..उनले सधै हाम्रा लागि काम गरेका छन् ….मैले ढाँटेको होइन …पहिले गाउँमा हुँदा पनि यिनी बाबु-छोराले कान्लामा गरेको आची पनि देशकै लागि थियो…नपत्याए गएर हेर्नोस बेलौती (अम्बा) उम्रेर,बढेर अचेल त हावा पनि दिन्छ !…पैसा पुग्दैन भने मन्त्रि परिषद्को आकस्मिक बैठक बोलाउनोस….गोल्छ,चौधरी,शंकर,जगदम्बा,हुलास आदि ठुला लाइ छाडेर हामि जनतलाई २०-३०% कर बढाउनोस, केहि नयाँ शिर्षक बनाउनोस ‘स्वास फेरे बापतको’ कर, बिरामी परे बापतको, नेतालाई आँखा तरे बापतको यस्तै-यस्तै…..! लाखौँ नेपालि युवा बिदेशमा छन् तिनीहरुले ल्याउने एउटा टि.भी.मा त पहिले कर लगाउनु भयो… अब तिनीहरुको पेट एक्सरे गरेर पेटमा भएको बिदेशी लादि,ज्यानमा लगाएका कपडा, कपालमा लगाएको रंगमा पनि कर लगाउनोस …..तर यिनलाई पैसा दिनै पर्छ है…. यसमा कम्प्रोमाइज हुँदैन ! हामि जनता त अब ढुक्क भएका छौं है राष्ट्रपति ज्यू एनेकपा माओवादीको यो नयाँ चमत्कारले ! यिनका बा ले त भन्थे सधै चमत्कार-चमत्कार भनेर….. कहिले देखाउँछन्, कहाँ राखेका होलान भनेको त घरमै ‘कम्प्लेन’ खुवाउँदै रहेछन ! जे होस् अरुले मानुन नमानुन मैले त माने यो देशको काया पलट गर्ने शक्ति दाहाल खानदान अर्थात एनेकपा दाहाल इन्टर प्राइजेजमा चाहिं छ है ! अब अरु चिन्ता छाड्नोस बरु छिटो गरेर यी नयाँ पारसलाई आधार शिविर सम्म पुग्न कुनै राम्रो बिदेशी जहाज बुकिंग गर्नोस… आधार शिविर पुग्ने दिनको लागि भब्य स्वागत पार्टी राख्नोस…उकालो लागेपछि विदेशको कुनै सुविधा सम्पन्न अस्पतालको एउटा राम्रो क्याबिन बुक गर्नोस…. ! तात्तो न छारोको चिन्ता नलिनोस ! ति ६०१ जनालाई पनि अब कता हाल्ने जनताको खुनको ‘सुप’ पिउने बानि बसिसक्यो त्यसैले टोल-टोलका राजा बनाएर खटाउनोस आफै असुल आफै खाउ भनेर ! जे होस् ढिलाई भए पनि गर्यो चमत्कार माओवादीले….. सबै दलका पण्डितले भन्थे माओवादीले नचाही यो शान्ति प्रक्रिया र संविधान निर्माणको कार्य पुरा हुन्न भनेर त ….अब गुदी कुरो नखोलेपछी हामि मुला बाँच्ने अधिकारै सम्म नभएका नाथे रिमेक गरिएका रैती उर्फ जनतालाई के थाहा त नि शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाले प्रचण्ड बिर बिक्रम दाहाल देवकोमा कम्प्लेन खाँदै तालिम गर्दै छ भन्ने ?

Comments are closed.