यसो गर्दैमा लोडसेडिङ घट्ला त ?

घरमा बिजुली बाल्न हुकिङ गरेकाहरूलाई विद्युत् चोर भन्दै नेपाल विद्युत् प्राधिकरण कावासोतीले प्रहरीको हिरासतमा राखी रकम असुली गरेको छ। विद्युत् चुहावट रोक्न अभियान थालेको प्राधिकरणले चेतावनी नमान्नेलाई प्रहरीको सहयोगमा विभिन्न तरिकाले पक्राउ गरेको खबर सरकारी समाचार संस्था राससले जनाएको छ। राजधानीका पाँच तारे होटलहरुले पनि विद्युत् प्राधिकरणको बिल तिरेका छैनन् भन्ने सुनिँदै गर्दा उता नवलपारसीमा भने प्राधिकरणले विद्युत् चोर समातेछ।

{module google ad 160×600|none}नवलपरासीको दुम्किबासमा सिधै हुकिङ गरी विद्युत् प्रयोग गर्ने आठजनालाई दुम्किबास प्रहरीले पक्राउ गरी ल्याएपछि रकम तिरेको प्राधिकरण वितरण केन्द्र कावासोत्ाीका कृष्ण घिमिरेले बताउनुभयो। ‘विद्युत् चोर्नेलाई पक्राउ गर्ने थालिएपछि गाउँले नै विद्युत् चुहावट गर्नेलाई कारबाही गर्नमा सहयोग गरेका छन्’ घिमिरे भन्छन् । विद्युत् महसुल लामो समयसम्म नतिर्ने ग्राहकलाई कालोसूचीमा राखी कारबाहीको प्रक्रिया थालिएपछि महसुल सङ्कलन समेत वृद्धि भएको केन्द्रले जनाएको छ।

हुकिङ गरी बिजुली बाल्ने दुम्किबासका झलकबहादुर खड्का, शान्ति खड्का, रिंगमाया कुमाल, गङ्गामाया कुमाल, मनिसरा थापा, आस्था कुमाल, टुकबहादुर कुमालबाट एक सातामा रु ४० हजार असुल गरेको प्राधिकरणले जनाएको छ। पक्राउ गरी प्रहरी हिरासतमा राखिएपछि उनीहरूले रकम तिरेका हुन्। पक्राउ गरी रकम बुझाउनेहरूले नै हुकिङ नियन्त्रणमा सहयोग पुर्‍याउने गरेको केन्द्रका इन्जिनियर रामेश्वर रायले बताए।

22 Comments

  1. पहिला त बिद्धुत प्रध्हिकरंका कर्मचारीहरुलाई कारबाही गर्नुपर्छ |पैसा खायर चोरिगरना सिकाउने तिनिहरुनैहुन सबै घर घर का मिटर बकस
    हेरौ खुल्ला छन् |

  2. कतिपये लाठाहरु मा दिउसै बत्ति बलिरहेको हुन्छा जसले गर्दा बिधुत खपत भैरहेको हुन्छा / तेस्त बेकार मा बलि रहेको बत्ति लाइ कसले निभाउने ? / एदी एस्त पोल हरु मा अतोमटिक लाइट सेन्सर सुइच प्रयोग गरे हुन्छ नि / नेपाल मै बनाउन सकिन्छा म आफै ले पनि बनाएको छु / येसरी बेकार मा दिन भरि बती नाबालौ /

  3. ओ सोनाम लामा जी ,mysansar छ र त तपाई एति हेर्न पाई रहनु भएको छ भन्न पाई रहनु भएको छ ,राम्रा कुरा तपाई संग पनि त हुन सक्छन नि ,छन् भने हामी पाठकलाई पनि शेयर गर्नुस न | तितो मिठो त भै नै रहन्छ नि ,सधै एकनास कहाँ के नै हुन्छ र ,हैन र ?

  4. लोद्सेदिंग घटाउन यस्ता झिना मसिना कारबाही ले केहि असर गर्ला जस्तो लाग्दैन तर पनि यस्तो अपराध हुन दिनु हुदैन ! सरकारी कार्यालय, एरपोर्ट जस्ता सरकार ले पैसा तिरिदिने ठाउमा हुने बिद्युत को चाहिने भन्दा बढी दुरुपयोग रोक्न सके धेरै बचत हुन्छ ! हजारौ घरहरु लाइ उज्यालो पुगेको छैन अफिस हरु दिनभरी ट्युब लाईट बाल्छन , एरपोर्ट भर बिजुली कम खपत गर्ने बलब एउटा छैन साएद प्रधिकारण मा पनि येस्तई होला
    ठुलो बिद्युत खपत गर्ने ले अनिबार्य रुपमा कम खपत गर्ने साधन पर्योग गर्नु राम्रो हुन्छ तर आप का जय न बाप का जया गर्ने हामि…

  5. जब रोग,भोक र गरिबी ले अगालो हाल्छ तब येस्ता घटना हरु समाज मा बददै गएकोछ / पहिलो कुरा देस मा स्थिर सरकार हुनु पर्यो दोस्रो देस मा कानुनी राज्य को बिकाश,तेस्रो जनता सग सरकार ले लुट्ने मात्र होइन जनता लाई सबै कुरा दिन पनि सक्नु पर्यो/देस मा अस्थिर सरकार हुनु,रोजगार को समस्या हुनु,जनता मा क्रय सक्ति न हुनु यी सबै कुरा हरु को कमि ले गर्दा गाउ का मानिस ले बिजुली चोरेका हुन् /न त कुनै अपराद नै गरे जस्तो मलाई लाग्दैन /४० हजार असुल गर्दै मा कर्णाली मा बिजुली बनाउन पुग्ने पनि होइन /सरकार राम्रो vision लिएर आए देस मा लगानी गर्ने हजारौ बिदेसी तयार छन् /खाली एउटा ले गर्न खोजो अर्को ले खुट्टा तानेर दिन बिताएर बस्ने हाम्रो गोर्खे सस्कार जब सम्म रहन्छ तब सम्म देस मा एस्तै दिन मात्र देखनु पर्छ/जय देस नेपाल …………सुरेन्द्र सुबेदी hongkong

  6. हुकिंग गरि बिजुली बाल्ने ८ जना दुम्किबसी संग प्रहरी लगाई महसुल उठाउदा ४० हजार उठ्यो / अब हुकिंग पनि नगरी महसुल पनि नतिरी बिजुली बाल्ने काठमाडौँ बसी घरानिया हरु संग पनि यसरि नै महसुल उठाय कति उठ्ने थियो होला? यी घरानिया हरु लाई कारबाही गरि महसुल उठाउने हिक्मत को संग छ?

  7. हुकिंग गर्नु अपराध मात्र नभई आफ्नो ज्यान जोखिममा राख्नु पनि भएको हुँदा यस्तो कार्यलाई निरुत्साहित गर्नु आजको आबश्यकता हुन् आउँछ ! बिधुत प्राधिकरणले सर्बसाधारणमा बिजुली बत्तिको असावधानी पुर्वक प्रयोग र अनि त्यसको दुरुपयोग वाट हुन् जाने जन धनको क्षति वा राजस्व चुहावट सम्बन्धि नोक्सानी सम्बन्धि बिभिन्न संचार माध्यमद्वारा शिक्षाको जनचेतना जगाएमा केहि हद भए पनि लोड सेडिंग कम हुन् सक्ने मेरो तर्क छ ! ग्रामिण भेगमा मात्र नभई बिजुली बत्तिको ठुलो चुहावट सहरका ठुला ठालु कम्पनि वाट पनि हुने गरेको छ ! मिटरबक्समा चुम्बक राखेर, मिटर बक्समा जाने AC – DC तारलाई सिधै मेंन स्विचमा जोडेर बिजुली बत्तीमा प्रयोग गरि र अनि मिटर जाच्न आउने व्यक्तिलाई अनैतिक प्रभावमा पारी ठुलो कम्पनिहरुवाट बिजुली चोरी गरिएको पाईन्छ ! यस्ता चुहावट रोक्न उपायको रुपमा यस्ता अनैतिक कार्य गर्ने – गराउने गरेको सुचना दिने जो कोहिमा उपयुक्त रकमको व्यवस्था गरि चुहावट कम गर्न र लोड सेडिंग कम गराउन सकिन्छ कि भन्ने मेरो राय छ !

  8. चोरी गर्नुनै अपराध हो, यो सबै अबिभाबक्ले भन्ने गरेका छन्, गुरुबाहरु, साथै समाजका अगुवाहरुले पनि. तैपनि घटना क्रम भैरहेछ. ज्ञानदिन जानेको छ,लिनाजनेको छैन, तेसैलेत सथिहो………… कि कशो !!!!!!!!!!!!!!

  9. पकै पनी राम्रो काम को सुरुवत गर्नुवयको म विदुत प्राधाकरन लाई धnनयबाद् केही मात्रा मा त कम् हुन्छ नी

  10. सानो चोर होस् वा ठुलो, चोर भनेको चोर नै हो. ठुल्ठुला ५ तारे होटेल ले बिजुली न तिरे तिनी हरुलाई पनि जरिबाना सहित कारबाही हुनु पर्छ, चोर हरु ले चोरे भनेर सबै ले चोर्न पाउनु पर्छा भन्नु मुर्खता हो. एकै किसिम को दुइ घर मध्ये पैसा तिर्ने ले भन्दा चोर्ने ले कम्ति मा ५ गुना बढी बिजुली खर्च गर्छ किनकि चोर्ने लाई चोरेको समान को के माया? बिजुली चोर होस् वा ढुकुटी चोर, कारबाही त हुनु पर्यो नि!

  11. पक्कै पनि यसले एउटा इटाको काम गरेको छ /

  12. पाच तारे होटेल ले बिल तिरेन तेहा प्रमाण छ कानुनी प्रकिया छ कारबाही गर्न लै तर चोरी त गरेको छैन नि तर सिधै चोरी गर्नु भनेको यक किसिम ले देश लै धोका दिनु हो तेस हिसाब ले भर्ताचारी नेता र तिनी हरु मा क नै फरक भयो र

  13. चित्त बुज्दो लागेन त शिर्षक त …. ५ तारे होटेलमा कारबाही नगरी अरुलाई कारबाही गर्नु हुन्न भन्न खोजेको हो कि ……लोडसेडिङ नभए चोर्न दिनु पर्छ भनेको हो …..चोरलाई समाउनु राम्रै हो जे भए नि जहाको भए नि …..!!! राम्रो गरेछन चोर समातेर | अंग्रेजीमा के भन्छन नि “गुड जब “!!

  14. बात ले नमान्नेहरुलाई लात ले ठीक पार्नु पर्छ ।बिजुली चोरलाई मात्र होइन जथाभाभी बाटो काट्नेलाई पनि अनी जथाभाभी गाडी चलाऊनेलाई पनि मानेन भने ड़ंड़।ले ठीक पार्नु पर्छ हामी नेपालीहरु जनावर भन्दा खत्तम भई सक्यो बरु जनावरले भनेको मान्छ हामीलाई चै ड़ंड़। नलगाए सम्म मान्दैनौ /

  15. भ्रस्टाचार गर्ने नेतालाई जेलमा हाल, तिनका सम्पत्ति रास्ट्रको ढुकुटीमा हाल,त्यो पैसाले जनतालाई बिजुली/पानी निसुल्क देउ (निशुल्क दिए कसले चोरी गर्ला र!) कसका बाउको के जान्छ र ? ४० हजार जाबो ले के गर्नु छ र! करोडौ करोड खाने चोर हरुलाई कारवाही गरेर देखाऊ न!

    • चोर चोर नै हो सानो ठुलो भन्ने हुन्न ४० हजार होस या ४० करोड चोर चोर नै हो।।।।।।।।।।

  16. एस्तो चोर्ने बानि भएका जनता लाई पुलिस नत्र आर्मी लारा bhayee नि ठिक पार्न पर्छ….

    • अनि घुस खाने बानी भयका कर्मचारी र नेता हरु लै चाही के गर्ने?

  17. आफै नबुझ्ने ,आफै गलत तरिका नरोक्ने उपभोक्ता माथि यस्तो कार्यबाही ठिक हो \ धेरै सुनिएको हो ललितपुर ,पाटन का केहि भित्रि टोल हरुमा प्राधिकरण का मिटर जाच गर्ने कर्मचारी घर घर मा मिटर जाच्न जान नसक्ने बाताबरण थियो रे \ एउटा सार्बजनिक पाटीमा निम्नतम बिल बनाइ सबै घरको बिल छोडीन्थ्यो रे \ मेरै गाउमा पनि दुइ तिन घर मा हुकिंग गर्ने गरिन्थ्यो \ चुवावट रोकिनु पर्छ \ जनता आफै बुझकी र सुध्रिनु उत्तम कुरो हो भने नसुध्रिने माथि कार्यबाही हुनु दोर्सो उत्तम कुरा हो \जहा सम्म तरिका को कुरा छ त्यो जनता मा निर्भर गर्दछ \

  18. माइसंसार खत्तम भए छ. न गत्तिलो ब्लग लेखेको छ, न राम्रो अपडेट गरेको छ धेरै दिन देखि. नया नया अनुभव न भाको हरुले यो साइत चलैरको जस्तो छ अहिले

Comments are closed.