वैद्य समूहलाई कारवाही गर्ने दाहाल-भट्टराई समूहको तयारी

केही महिना यता साम्य रहेको माओवादीभित्रको झगडा फेरि उत्कर्षमा पुगेको छ। वैद्य पक्षले पुष्पकमल दाहाल–बाबुराम भट्टराईलाई ‘पञ्चायती शैलीको नोकरशाही’ भने लगत्तै संस्थापन पक्षले कारवाही योजना बनाएको हो। वैद्य समूहले शान्ति र संविधानको कार्यनीतिविरुद्ध सडक संघर्षको थालनी गरेपछि समूहलाई कारवाही गर्न लागिएको हो। आज बसेको संस्थापन पक्षको बैठकले वैद्यले संविधान विरोधी कार्य गरेको समेत आरोप लगाइएको छ।

‘पार्टीभित्रकै वैद्य समूहले शान्ति र संविधानको नाममा शान्ति र संविधानविरोधी काम गरेको ठहर गर्दै यस्तो नगर्न पहिलो चरणमा स्पष्टीकरण लिने र त्यसो गर्दा पनि नभए पार्टीको विधान र विधिअनुसार अरु प्रक्रिया अघि बढाइने अध्यक्ष कमरेडले बताउनु भयो’, बैठकमा सहभागी एमाओवादीका पोलिट ब्युरो सदस्य अग्नि सापकोटाले भने।

बैठकमा अध्यक्ष दाहालले पार्टीलाई एकताबद्ध बनाएर लैजान अन्तिमसम्म पहल गर्ने बताएका थिए। अध्यक्ष दाहालपछि पार्टी उपाध्यक्ष तथा बाबुराम भट्टराईले बैठकलाई सम्बोधन गरेका छन्। माओवादीको शान्ति र संविधानको कार्यनीतिका सूत्रधार भट्टराईले आजको बैठकमा बदलिएको अवस्थामा शान्ति र संविधान कसरी अगाडि बढाउने भन्ने प्रस्ताव पेश गरेका छन्। बैठकमा सो प्रस्ताव उपर छलफल भएको छ।

यता माओवादीको वैद्य समूह भने संस्थापन पक्षविरुद्ध सैद्धान्तिक विवाद भन्दा गालीगलौजमै उत्रिएको छ। वैद्य समूहका नेता देव गुरुङले आज एउटा कार्यक्रममा भने-‘हामीलाई शान्ति र संविधान विरोधी भन्नेहरु पञ्चशैलीको नोकरशाही हुन्।’ आफूहरुको अभियानको प्रतिकार गर्ने संस्थापन पक्षको सोच अप्रजातान्त्रिक र नोकरशाही भएको टिप्पणी गरेका छन्। ‘भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन’, गुरुङले भने- ‘त्यो संस्थापन पक्षकै लागि प्रत्युदपादक हुनेछ।’

मुलुकको ठूलो पार्टी माओवादीभित्रको यो लडाइँको फल माओवादी कार्यकर्तामाझ मात्र सीमित रहने छैन। संविधान निर्माण सहितका विषयलाई यसले प्रभावित पार्नेछ। यसअघि संविधानका विषयमा सहमति भइसके पनि वैद्य समूहले उल्टाएपछि संविधान लेखन कार्यमा ढिलाइ हुँदै आएको छ।

75 Comments

  1. जंगलको बाटो सिधै सिंह दरवार फर्केको भय सायद मावोबादीको नाक बांगिन्दैन थियो होला, खुट्टा लर्बराउन्दैन् थियो होला राजाको सेना सिट नझुकेको मावोबादी तराईलाई मध्य देस बनाउनु पर्छ भन्नेको औंला समायर हिड्नु पर्ने थियन होला/

    तर के गर्ने मावोबादी जंगल बात नेपालको घोडेटो गोरेटो बात सिंह दरवार पसेनन दिल्लीको बाटो हुँदै फर्क्यो त् मावोबादीको ढंग र रंग नै बदलियो/

    १२ बुंदे सम्झौता पछी दिल्लीले खुवायाको पान चपाउन्दै मावोबादी सिंह दरवार पसेको थियो/ सायद त्यो पान भित्र दिल्लीले अलि कडा जर्दा मिसायको थियो कि/ जर्दाले लाग्यो भने व्यक्तिले आफु को भनेरै भुल्छ/ दिल्ली हुँदै नेपाल फर्केको मावोबादीको नेताहरु पनि आफ्नै ४० बुंदे मागमा भारतलाई के भनेको थियो त्यो भुले/

    भारत बिरुद्ध अलि अलि बर्बराउन थालेको प्रचंद्र्लाई बैद्य र बाबुरामले कुना बसायर बाबुरामलाई प्रधान मन्त्रि बद्य्ले नै बनाएको थियो/ आज तेही बैद्य बाबुरामको राजिनामा माग्दैछ!!!! / सायद बैद्य्ज्युको होस् खुलेको हो बा अर्को कुनै नसामा बेहोस भयको हो त्यो समयले भन्ने छ/

    हुनत २००७ साल देखि नेपालको नेताहरुलाई भांग जर्दा खुवाउदै आएको थियो/ मावोबादिकाले पनि खायो/ त् यस्तै यस्तै नौटंकी हामीले देख्नु पर्यो/

    नेपालको नेताहरुको चुरी फुरी देख्दा महाभारत युद्ध हुन् हुन् लागेको बेला “आफ्नो गुरु, काका बाजेहरुलाई मार्न नचाहेको अर्जुनलाई कृष्णले “हेर अर्जुन तिनिहरुलाई न तिमीले मार्दैछौ न तिनीहरु तिम्रो हात बात मार्दै छ, उनीहरुलाई मार्ने त् म (कृष्ण) हुँ” भनेको थियो/ हाम्रो नेपालको नेताहरु पनि तिनै महाभारतको अर्जुन भन्दा फरक छैन/

  2. आलु रोपेर गोलभेंडा खोजेर कहा पहिन्छा ? j रोप्यो तेही पहिन्छा होइन र साथी हो!!??

  3. माओबादी भित्र दुइटा वर्ग छ र त्यो एक न एक दिन बिभाजन हुनैपर्छ ,कुरा येत्ति हो !

  4. लाेहाकाे लाेहाले काटछ । काट्नु पनि पर्छ । 

  5. यहाँ साथीहरुले भने जस्तै ‘किन चाउरिश मरिच आफ्नै रागले ‘भने जस्तै प्रचण्ड ले आफुले गरेका गल्तिहरु जनताको सामुआई किन भयो र किन गरेको सफाई नदिए , माओबादी मात्र फुट्ने होइन ,नेपाल र नेपालीको भाग्य पनि फुट्ने भएकोले प्रचन्डले हिजो ‘out look ‘बोले जस्तै आज भोलिनै सफाई दिनु पर्छ कि ‘किन सर्भाहाराको को नेतालाई महल चाहियो’ ???हिजो तिम्रो सम्पति के थियो र आज कति छ ??? please ,please ,please ,ति रुकुमका गरिब जनतालाई नभुल , गान्धी बन ,मण्डेला बन , आजको नेपालमा प्रचण्डले राष्ट्र निर्माण मा ठुलो भूमिका खेल्न सक्छन , तर उतर कोरिया मा जस्तै सर्बहारा नेताचाही ऐयाश मा बस्ने जनता चाही भोक ले मर्ने हुनु हुदैन .अब कांग्रेस र एमाले दुवै जोकर फाल्तु छन् ,मधिसे त पदमा पुग्नु अगाडिनै कसरि र कति कमाई हुनसक्छ भनेर हिसाब गर्द छन्. स्वतन्त्र नेपाली लाई नेपालको प्रधानमन्त्रि कसलाई बनाए देस एकातिर विकास हुन् सक्ला भन्दा ‘माकुने ,कुजता ,झल्लु ,सेरे, तथा अहिलेका राजनैतिक मा लाग्नेहरु ९९% भ्रस्ट छन्, त्यसैले संबिधान सभाको चुनाबमा माओबादीले बहुमत ल्यायो तर अहिले माओबादी चाही खाओबादी किन बन्न पुग्यो ,कामरेड प्रचण्ड !!!!जबाफ दिनै पर्छ,

  6. होइन यो फिल्म अझ सिद्दिएको छैन भन्या खाली एउतै सिन दोहरै रहन्छ | दर्सकलाई भने समाप्त हेर्न आतुर भै सक्यो |

  7. जो जता तिर फर्केर लडे पनि केहि हुने वाला छैन देस जोगाएर विकास गर्नु पर्यो इनी हरु लडेर देस पो अरु ले हत्यौ छ कि भन्ने डर भो….तेसै ले नेता हो राम्रो जनता को संबिधान बनाएर देस विकास गरौ ……..प्रचण्ड जी जस्तो करोड को महल मा होइना जनता को संबिधान झुपडी मा बसेर पनि बनाउन सकिनछ महल नै चैदिना …..

  8. नेपाली जनताले एउटा कुरा चाहिं हरहमेशा हृदयंगम गरिरहनु पर्ने हुन आउँछ -अहिलेका नेताहरु चोर हुन भने हिजोका राजासाहेबहरु डकैत थिए| भाग्यले ठगिएका नेपाली जनतासंग तेस्रो बिकल्पै छैन| यहि चोरलाई हकार्दै सद्वे बनाउने बाहेक अर्को उपाय पो छैन!

    • यहाँ चोरहरुको मात्रै होइन ज्यानमारा नै नेता बेनका छन् !

      • अनि बिरेन्द्रको बंश समाप्त गर्ने ज्यानमाराहरु…….

  9. सुर्य बहादुर थापा र शेर बहादुर देउपा मध्य को प्रगतिशील ? सुर्य भन्छन- संघियताको विकल्प छैन, शेर भन्छन – संघिय राज्य बन्दै बन्दैन|

  10. राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले जेठ १४ मा संविधान बन्न नसके पनि नेपालमा राजतन्त्र फर्कन नसक्ने बताएका छन्। उनले संघीयता र गणतन्त्रबाट कुनै पनि हालतमा देश पछि फर्कन नसक्ने बताए। ‘संघीयता र गणतन्त्रको विषय जनताबाट निर्णय भैसकेको हो, यो कुनै पार्टीले गरेको निर्णय हैन’, उनले भने, ‘जनताबाट स्वीकृत भएकाले अन्य निर्णय हुनसक्दैन।राष्ट्रिय सरकार बन्नु र अहिलेकै सरकारको निरन्तरताले खासै अन्तर नपार्ने उनले बताए। देशमा ३-४ निर्णयक भएकाले उनै तिनीहरूमध्येकै उनै पात्र सत्तामा पुग्ने भएकाले केही फरक नपर्ने उनले बताए। ८५ बर्षीय बुढालाई मरेर लानु केही छैन र यथार्थ कुरा ओकलेका छन् | राजतन्त्र झर्छ र खाउँला भनेर बसेकाहरु अब त पत्याउ! जी शाहले तिमेरुलाई खाल्डोमा हाल्छ है !

  11. हाम्रा प्र.म फेरी किन चुप बसेको ? हिरो लाई साथी हरु ले जिरो मा झारी सके / अब अर्को पार्टी खोल्नु पर्यो ढिला गर्न भएन / एस्तो गिर धारे साथी हर संग बसेर केहि हुने वाला छैन

  12. माओबादीले देशमा सक्दो ड्यामेज माओबादीले गरिसकेको छ, पुकदाले भनेझै माओबादीको बिसर्जन नै भएपनि देशको सम्मुन्नतिको बाटो निकै टेड़ो मेडो बनाइ दिएको छ भएको छ !
    किनकि, जब सम्म नेपालीहरु माओबादी बनेका थिएनन, तबसम्म
    १. देशमा शान्ति थियो, संबिधान थियो ! प्रहरी प्रशासनको दरो उपस्थिति थियो ! हत्या हिँसा न्यून थियो !
    २. कलकारखानामा हड्ताल थोरै हुन्थे! नेपाल बन्द निकै कम हुन्यो र जातीय सद्भाब दरो थियो !
    ३. सांसदको किनबेच हुन्त्यो ! तर सांसद किन्न भनेर बिदेशी संग करोड-करोड को भिख मागिएको रेकोर्ड थिएन !
    ४. २०-२५ हज्जार युबा, क्यनोंमेंटमा भौतारिएका थिएनन, ३०-४० हजार युबा वैस्याल बनेर सिपबिहींन जिन्दगी बाचेका थिएनन !

    • यो अर्थोक केहि होइन, हर्केहरुलाई दास हुन नपुग्या हो !

          • मरेको बाघ (ज्ञाने) संग के बिधि डराएको लामा जी, जिउदो ब्वाँसो (पुकदा) संग बेलैमा साबधान हुनुस !

  13. जिउँदो पार्टीमा बिचार बाझाबाझ हुन्छ, अति भएर पोखियो भने एकथरीको अवस्था एमालेबाट टुक्रिएको माले हुन्छ| एमाले र कांग्रेसलाई टुक्र्याउनेले नै माओवादीमा फाटो ल्याउन खोज्दैछ| माओवादी, कांग्रेस र एमाले टुक्रिएर देश सग्लिन्दैन| नेपाली जनताले अब त बुझ्नु पर्ने हो!!!!

    • जनताले पार्टी टुक्र्याएका होइनन र पार्टी टुक्राउने काम नेताले गर्छन,….! यो भने बुझ्नु जरुरि छ !

      • जनताले के खाएर टुक्र्याओस! यसमा त म सहमत छु| प्रगतिशीलको खोला ओढेका ब्वाँसाहरु र सामान्ती चरित्र बोकेका प्रजातन्त्रवादीहरुले नै राजासाहेबहरुको अह्रौटमा पार्टी फुटाएको हो| फुटाउने त नेतै हो है हर्केजी !

    • सबै कुरा मा अर्का लै दोस थुपारेर हुँदैन सशांक जी, “आफ्नो थैलो को मुख बाँधेर राख्नु, अर्का लै दोस नदिनु” |

      माओबादी मा पनि अर्का ले उचालेर उचालिने, कस्तो प्रवृति हाबी भयो त्यसो भए? हामी नेपाली को बनि बिग्रिसक्यो, पाद आएपनि अर्कैलाई दोस, आची आएपनि अर्कै लै दोस, पखाला लागे त झन् भए नभएको को सक्ति सबै लगाएर छिमिकी लै दोस,
      आफु ले राम्रो सफा खाए पखाला लाग्दैन भन्ने नबुझ्ने हैन, द्बुझ्ना नखोज्ने चाही समस्या हो साथी|

      • जिवेशजी! डाकालाई लघारियो, अहिले चोरहरुको बिगबिगी छ| अब चोरदेखी वाक्क दिक्क भएर डाकै ठीक भन्नु मिल्छ र ! संक्रमण अवस्थामा जुनसुकै देशमा यस्तो उपद्र्याई हुँदो रहेछ| मैले रुसको लामो अराजक संक्रमण देखेको थिएँ| अहिले देखिएका चोरहरुलाई (सबै त चोर होइनन) पनि लघारिन्छ| डाका लघार्ने नेपाली जनताले चोरलाई खोरमा हालिकन छाडछन्| म त आशावादी छु !

    • देस मा शान्ति न आउनु मा वैद्य जत्ति को गैरजिम्मेवार मान्च्छे नेपाली इतिहास मा कोहि पनि न हुने भयो. अहिलेसम्म हासिल गरेका शान्ति प्रक्रियाका सम्झौता हरु मान्दैन भनेर जुन गैरजिम्मेवार काम गरेको छ तेस्ले गर्दा शान्ति अब पुन: जिरो मा जाने भयो. यस्तै नेताले देस डुब्दै जाने हो. तेसैले सबैले यस्ता नेताबाट सतर्क हुन् जरुरि छ.

      • बैधले आदर्शवादी समाज खोजेको होला! तबैतरा ! अर्ध-सामान्ती मुलुकमा रातारात त्यस्तो समाजको जिरह गर्नु कतिको व्यवहारिक होला भन्ने त बैध बालाई नै थाह होला| चीनधरी त पुँजीवाद निर्माण अलि पुगेन रहेछ भनेर समाजवादबाट पुंजिवादमा फर्केको अवस्थामा तातो न छारोसंग भारतलाई पाखुरी सुर्केर नानाभाँतीका जनवाद उरालेर के गर्न खोज्या! पुँजीवाद बिकास भएपछी समाजवाद आफसेआफ आइहाल्छ| म त न्युयोर्कमा समाजवादका लक्षणहरु पो देख्दैछु त!

  14. All so called maoists as well as most of the politicians must go to hell in order for Nepal to see a brighter future!

  15. मुन्नी बद्नाम हुइ डार्लिंग तेरे लिए, तिमीहरू ले राम्रो गर्छु भनेर नै नेपाली जनता ले भोट दिएका होलान… तिमीहरु उनीहरु को सपनालाइ कुल्चिंछौ भने राम राम मात्र भन्ने छन् फेरी जनता ले !!

  16. जसरि भए पनि इनीहरु ले देश लुट्ने भए चाहे एउटा पार्टी होस् कि दुइटा

  17. नेपाली जनता हो ,,,,,अब संबिधान होइन,,,,, खेतमा धान चुट्न गए हुन्छ दाहाल र भट्टराई ले नेपाल सखाप पर्ने नै भो धन्य छ नेपाल आमा तिमीलाई

  18. नेपाली को सपना’
    पुकदा र बैद्य को
    कट्टु को तुनामा

  19. एउटा डयलग याद आयो” जब माओबादीको मौत अात है तो सिहदरबार कि (प्रधानमन्त्री) और भाग्ता है।

  20. नहुने हुनेमा परि उम्लेर मारी,भनेको यहि हो?दीनदुखीका लागि क्रान्ति गरेको भय पो हुन्छ गरिब,सोझा,सिधा मान्छे मरेको सरापले कहाँ यिनीहरुलाई उम्किन दिन्छ र ,हात्तीका देखाउने दात भनेको पनि यस्तै यस्तै हो कि?

  21. माओबादी आफु पनि मासिने भयो अनि देश लाई मास्ने भयो सबैलाई चेतना भया.

  22. यी नेपाली भिलेन हरु को बारे मा एउटा चलचित्र निर्माण गरे कसो होला?यिनी हरु को लागि धेरै सब्द के खर्चनु र?

    • चलचित्र को नाम भने कमाओबादीको को “महान-लूट” राखे कसो होला ?

  23. keya bat keta ho 8848 m. mathi गयर संविधान banaudai chha tyo पनि हामी संग vikh magera kina aatinu bhako, यो त कस्तिंग matrai ho baki herdai jau, jaya nepal.

  24. किन हो कुन्नि, इ बोक्सी पनि आफै झाँक्री पनि आफै हुन्, अब यो क नाटक हो केहि दिनमा थाहा हुन्छा होला…

    • एकदम ठिक कुरा यो सबै नाटक हो..अब को जनमत संग्रह भयो भने माओ बादी सबै भन्दा सानो पार्टी हुनेछ. जनता लाइ धेरै झुक्यैसक्यो यो रगत पिचासु हरु ले. सबै ले चिनी सक्यो यो भेडा को खोल मा ब्वासो हरु लाइ.

  25. यस्तै छ यहाको चलन के गर्ने अब! जंगलमा बस्नेहरु सहर पस्न पाए पछि के चाहीयो र अब, खाली जंगली पारा मात्र त हो नि, अरु के आश गर्ने यिनीहरुबाट!

  26. बन्दुकको नालबाट उदाएको शक्ति जुधेर नष्ट हुनु कुनै नौलो कुरा होइन /ध्रुबसत्य कुरा के हो भने कुनैपनि चिजको उत्पत्ति जसरि हुन्छ त्यसरीनै अन्त हुन्छ / जस्तो पृथ्वीको उत्पत्ति ठोक्किएर भएको हो भने अन्त पनि ठोक्किएर नै हुनुमा कुनै त्रासदी किन ?

  27. यो सब प्रचण्ड को नाटक हो. भित्रि कुरो माओबादी आफ्ना लडाकु हरु आर्मी मा मिलाउन चाहदैन. के के बखेडा छिकेर जेस्ठ १४ कटाउने अनि चुनाब मा गयर फेरी साम दाम गोलि गत्था सबै लगायर अहिले भन्दा राम्रो सिट हरु लियर आउने दाउमा हो. सर्बोच ले पनि चुनाब मा जानु पर्छ भनेकै छ. दुइ अर्ब पैसा पनि गोजी मा छ. यो भन्दा उपुक्त समय सत्ता कब्जा गर्न लाई अरु नहुन सक्छ भन्ने होला. सत्ता कब्जा चुनाब बाट नै गर्ने योजना हो जस्तो देखिन्छ . पक्का कुरा चाही के हो भने माओबादी दुइटा हुदैन. किन भने एक group ले अर्को group लाई मार्छ कि भन्ने डर छ. जुन यकदम सम्भावना पनि छ. तपाई हामी सबै लाई थाहा भयकै कुरा हो चोर डाका फुटे भने आफै लडेर मर्छन.

    • चुनाब जितेर त सत्ता चलाउन नसक्नेले कब्जा गरेर चलाउछु भन्ने त नसोचे पनि हुदैन र ?

      • हर्के जी तपाई नि माओको मात्र बिरोधि को भ्रष्ट कांग्रेस को चेलो ??????

        • दीपक जी,
          हर्के मात्र नेपाली हो र तेसैमा गर्व गर्छ !

          • नेपाली भय पछी अलि समान रुपले हेर्ने कि सबैलाई….

            • चोर, डाका र ज्यानमारालाई फरक फरक सजाय हुन्छ दीपक जी !

  28. अरे बहुमतीय र सहमतीय राजनीतिमा या भनौ बहुदलीय राजनैतिक प्रणालीमा कुनै एक बिचार र पार्टीको नीति र उदेश्य मात्र लागु हुदैन साथै सो बमोजिम शान्ति प्रकिया र संबिधान पनि बन्दैन भन्ने जान्दा जान्दै किन यी खुट्टा ताना तान गर्छन ?अहिले हुन् सक्न्ने लिऔ \काम र ब्यबहार ले जनताको मन जितौ,जनता साथ् मा भए पछी जे पनि गर्न सकिन्छ नि ! होइन भने के जनता लाइ सार्है कठोर निर्णय गर्न (बदमाश र भाडुवा नेता हरुको सफाइ गर्न ) बाद्य बनाउने नै हो त ? इतिहास दोहोरिन सक्छ \कोतपर्ब र यसको परिणाम प्राय नेपालि ले पढेकै छन क्यारे ! ए बाबा के नेपालि जनता लाइ भेडो ,अशिक्षित ,हुतिहारा ,पिछुलग्गे सम्झेका छन् यी नेता हरु ले ?नेता हरु ले जे गरे पनि हुने ? यिन ले संबिधान नमान्ने ? जनता को अधिकार बलजब्थी आफै लिने ? २ बर्षमा संबिधान बनाउछु भनेर कहिले पनि नब्बन्ने परिस्थिति सिर्जना गरि रहने ? आफ्नो खुट्टा मा आफै किन बन्चरो हान्दै छौ नेता ज्यु हरु ? समय र परिस्थिति सधै एकै हुदैन नि ब्रो !

  29. डाक्टरको समुहले वैद्यसमुहको उपचार ठिकै हो! किनकि वैद्यले सानामा जडिबुटी गरेर डाक्टर बनायो पछि तेही डाक्टरले बुड़ो वैद्यको उपचार गर्ने भो, त्यो पनि राम्रै हो.

  30. यिनीहरु १० वर्ष कुर्ची र पैसाका लागि मात्र लडेका रहेछन| अब शान्ति र संबिधान आइ हाल्छ अनि हाम्रो आयु सकिन्छ भन्ने डर भएर भाडभैलो गर्दै छन्|

  31. आज पहिलो पटक ‘out look ‘ हेर्ने मौका पाए ,प्रचण्ड को अगाडी कोइराला र खाए- मालेका नेता त् हेडमास्टर को अगाडी असव्य बिद्यार्थी जस्तै देखिए .प्रचण्ड लाई नेपालीले देस चलाउन सक्ने नेता भनेर भोट दिए ,तर सर्बहारा का नेतालाई महल चाहियो ,जुन देसका जनताले सिटामोल किन्न नसक्दा मर्ने . कमरेड त्यो धेरैनै नराम्रो चाल चल्नु भयो ,सायद जापानमा यसलाई हाराकिरी भन्छन . पचास हजार पर्ने डेरामा बस्ने अनि त्यो पचास हजार चाही ति नेपालीलाई जसले नुन,तेल,सिटामोल कालाबजारीमा किन्न सक्दैन ,उनीहरुलाई दिन पर्योनी . आजको out look को प्रोग्राम मा झलनाथ र कोइराला संगको बिबादमा प्रचन्डले no contest जिते .तर जनतालाई जित्न,पहिले प्रचण्डले आफुले गरेको नराम्रो कामलाई खुलेआम भन्नु पर्छ .किन एक लाख बहाल तिरेर बस्नु पर्यो लाजिम्पाटमा ,अरु झुठ त u .n लाई चक्कर दिएर सात हजार लाई पैतिस हजार बनाएर सबै benefit खाई राखेका छन् .प्रचण्ड धेरै कुरामा चलाख छ, तर y .c .l .बनाएर सबै खराब . ,न्याय र कानुन को राजनभए अराजकता हुन्छ, यो हो अहिलेको नेपाल !!!!!

  32. एउटा साथीले भनेको क्या बाच्छो बाठो भए दुध खान्छ, बाँदर बाठो भए गेडो चेप्पिएर मर्छ.

  33. बैध्य लाई कारबाही हुनुपर्छ,बैध्य बाले रोजगारी पाऊछन् नि त ,मावोबादी उपचार केन्द्र पार्टी कार्यालय खोल्छन बस्छन ,,अनि रमाईलो हुन्छ हामी जनतालाई कसको उपचार केन्द्र राम्रो हुन्छ भनेर डाक्टरको कि बैध्य को अनि मावोबादी पूर्व जनमोर्चा हाहाहा तेसैले कारबाही हुनुपर्छ यार भतिज प्रचण्ड

  34. भन्छन नि बुडापाका बाँदर धेरै जान्ने भयो भने गेडा च्याप्पिएर मर्छ रे !!!!
    येस्तै हुदै छ याँहा पनि धेरै दिन छैन अब प्रचण्ड बाबुराम र बैद्य एक आपसमा आफै गेडा च्यापा-च्याप गरेर मर्छन अनि अलि शान्ति को आवास हुन्छ कि नेपाली जनतालाई..

  35. बिनासकाले बिपरित बुद्दी…..माओबादी नेता हरु लाइ पनि पद पैसा र सुबिधाभोग ले अन्धो बनायको छ…..जुटेर जानु पर्ने बेला मा फुटेर गए पछि फाइदा कसलाई हुन्छ??माओबादी मा बिबाद जे देखाय पनि वा जे देखिय पनि खास बिबाद भनेको पद र पैसा कै हो जस्तो लाग्छ,ऐले को समग्र परिस्थिति लाइ बिस्लेशन गर्ने हो भने बैद्य पक्ष ले अलि उग्र रुप् लिदै गएको देखिन्छ,जनयुद्द लड्दा गरेको सहमति र शान्ति प्रक्रिया मा आएपछि को परिस्थिति लाइ भिन्न भिन्न रुप ले परिभाषित गर्नु जरुरि छ,ऐले माओबादी फुटे घाटा दुवै पक्ष लाइ छ तर बैद्य पक्ष लाइ झन् गारो हुने देखिन्छ,बैद्य पक्ष मा जाने भनेको अयोग्य लडाकु,केहि वाइसियल र केहि स्वैच्छिक अबकास रोजेका लडाकु मात्र हुन,अनि यिनीहरु ले न त अब युद्द लडेर जनमत पाउने सम्भाबना छ,न त सडक तताएर सत्ता पाउने सम्भाबना नै छ,एसले संबिधान लेखन त रोकिन्छ रोकिन्छ,शान्ति प्रक्रिया पनि टुंगो मा पुग्दैन…………
    त्यै भएर साथि हरु फुट को होइन जुट को खेति गरौ,फुटेर कसैलाई फाइदा छैन,फाइदा छ त ति प्रतिक्रान्तिकारी हरु लाइ हो येथास्थिति मा रम्न चाहन्चन र देसलाई फेरी युद्द मा धकेलेर डलर कमाउन चाहन्छन,अब को माओबादी फुट ले देश लाइ ठुलो नोक्सानी पुर्याउने छ…..एक ले अर्को लाइ गालि गलौज गर्नु भन्दा बसेर समाधान निकाल्न तिर लाग्नु नै बेस हुन्छ….
    अन्त्यमा भिर बाट लड्ने गोरु लाइ राम राम भन्ने हो काध हाल्न चै सकिदैन,बैद्य गए जाओस तर देस लाइ क्षेती नपुगोस….
    आशीश
    स्विस

  36. “बिनाश काले बिपरित्त बुद्धि” । माओबादी को प तन को दिन आउन्दै छ, तर प तन अघी को यो लडाईं को भुङ्रो मा फेरी सोझा कार्यकर्ता नेपाली दाजु भाई नै होमिन्छन । आशा गरुम यस पाली उनिहरुले अफ्नो स्वर्थी नेता हरुलाई त्यागेर नेताहरु को गल्ती औन्ल्याउन सकुन । तेश कार्य गर्ने सामर्थ्य र सध्बुद्धी श्री मन्कामना माइ ले सबै कार्यकर्त लाई प्रदान गरुन ।

  37. यो माओबादीको नौटंकी पनि अत्ति भो !!
    बन्द गर यो सब नाटक कुत्ताहरू !!
    गतिलो धरातलमा उभिएको भएको स्थिर हुन्थ्यो त !!

  38. मैले बैद्यलाई समर्थन गरेको होइन, तर माओबादीमा प्रचण्डको कार्य सैली र पार्टी सिद्वान्तमा आकाश-पाताल अन्तर हुदै आएको देखिन्छ ! देश निर्माण कार्यमा बैद्यको सोच परम्पराबादी होला, तर माओबादी पार्टी पतन भए अब प्रचण्डको कारणले हुन्छ ! नेपाली जनताहरु प्रचण्ड सैलीदेखी वाक्क छन् ! प्रचण्डसंग बाबुराममा जस्तो राजनैतिक दुर्दर्सिता पटक्कै देखिदैन ! उनी छट्टु छन्, बस त्यति हो !

  39. “किन चाउरिस मरिचे? आफनै पिरोले” भन्ने उखान जस्तै.
    लडिरहने बानि भएकाहरुलाई एउटा काल्पनिक सत्रु स्थापना गरेर भएपनि लडिरहनु पर्छ. लडेरै सिद्धिने जातहरु हुन् यिनीहरु.

  40. के गर्नु जनताका छोरा छोरि लाइ मारेर आफुहरु अहिले हिरो भईखाका छन् I
    अब यिनिहारुपनी आपसमा लडेर सिद्धिनु पर्छ I

  41. संबिधान निर्माण र कार्यन्वयनको अन्तिम अबस्थामा बैद्य पक्ष् को रडाको केवल मावोबादिमा मात्र नभई सारा नेपालीको मनोभावनामा घातक साबित भएको छ ! संथापन पक्ष् ले कि त् निश्चित अबधि भित्र मुलधार पक्ष् र बैध बादल पक्ष् लाई मिलाउन सक्नु पर्यो, कि त् उनीहरुलाई आबस्यक कार्वाही गरि संबिधानका मस्यौदाहरुको निचोड र कार्य सम्पादन मा ढिला गर्नु भएन कि त् होइन भने राजिनामा दिन हिच्किचाउन पनि भएन ! सारा जनताको मनोभावनाको कदर गर्न व्यक्तिगत र पार्टीगत स्वार्थ्य त्याग्न सक्नुनै असल शासक हुन् आउँछ ! मावोबादी नेताहरुलाई ज्ञांत रहोश !

  42. हे मित्रहरु हो ..
    कुनै एक तेस्तो नेता वा पार्टी होस् जसलाई झुपडीदेखिका जनताले भन्नासकोस कि यो हाम्रो पार्टी / नेता हो भनेर जसले देश र जनताको सर्बछा हितको लागि काम गर्ने भनेर / यहा त सबै आआफ्नै दुनो सोझाउने खालका रहेछन, पंचायेत देखि आजसम्म हेर्दा सबैले झुपडीकै जनतालाई गास, बास र कपास दिने कुरा गर्छन, अझ आजकल त सुरक्छा पनि भन्दछन, तर केहि पनि छैन, कति फुटे कति जुटे तर पनि केहि लछार पाटो लागेको छैन …………ज्ञान त केहि छैन मलाई , तर पनि लाग्दछ हामि सबैको भलाइको लागि एक पार्टी मात्र होइन सबै पार्टी जुटेर देशको लागि हामीले हाम्रै जीवनकालमा केहि हित हुने काम गरु जहाँ म र मेरो पार्टी को मात्र होइन मेरो देशको हित होस् , अनि म तेस्तो उदारहनिय पात्र बनु जसले म र मेरो देशको नाम लिएर मलाइ श्रदाकासाथ् आफ्ना भावी सन्ततिलाई चिनाहोस,…….. आखिर मरी लानु त केछर केवल बाचेको बेला गरेको कर्मले नै त नाम रहने हो!
    जति नै दुख गरेर वा देश र जनतालाई मारेर कमाए पनि लिएर जाने होइन, किन सबैले राम्रो भन्ने काम नगर्ने ? बरु नरम्रोसंग कमाएको र बाचेकोले आफुलैनै चिताको आगोले भन्दा बडी पोल्दछा, अरुको अगाडी जति नै शब्दजालले आफुलाई राम्रो भने पनि , देखाए पनि, किन कि आफुले आफैलाई कसै गरेपनि झुट बोल्न सकिदैन !

  43. पहिलो कुरो त यो माओबादीको नौटंकी हो,त रोय जस्तो म हाने जस्तो /दोश्रो कुरा बैद्य पक्षले लगाएको आरोप सत्य हो कि यो सरकार पंचायती नोकरशाह होइन कि बिदेशी नोकरशाह हो/यो सरकारले कसरि नेपालीलाई अल्पमतमा पार्न सकिन्छ, कसरि टुक्रा टुक्रा पर्न सकिन्छ र जल्श्र्वत.राष्ट्रिय साधन र श्र्वत कसरि विदेशीलाई सुम्पिएर लामो समय सम्म सरकारमा टिक्न पाइन्छ त्यो कसरत गरिरहेको छ/यसका क्रियाक्लाप राष्ट्र हितमा छैन/ यो सरकार साचै र प्रष्ट भन्नु पर्दा सोनियाको गुन्युमा लतपतिएको छ/

  44. पंचायत लाई गाली गर्न तेस्ले गरे जति बिकाश गरेर देखाउना भात्मराह्हरु ………..लाज लाग्दैन अलिकति देशको दुर्गति देखेर
    …..तिमीहरुलाई किरा परेर मेरचौ हेरन

  45. नाटक पनि कति गर्न जानेको होला * त कुटे जस्तो गर म रोए जस्तो गर्छु* भने जस्तो ! यो केहि होइन समय लम्बौना खोजेको मात्र हो किन कि अब अरु पार्टीलाई दोष लगाउने ठाउँ पनि त छैन ! समय थपे पछि फेरी जुका टासिये जस्तो टासीन्छन् ! कुरा सुन्दा पनि कान को कन्सेरी तातनु मात्र होइन खुन नै खोलेर आउछ यी कुकुर हरु देखि !

    • साथी हो, मालिक प्रति ज्यान पनि दिन तयार हुने इमान्दारी कुकुरको बेइज्जत नगर्नु होला/ यीनीहरुत ब्वाँसा हुन पो हुन् जसले ख्वाइरहेको छ त्यसलाई नै टोक्ने र लुछ्ने अनि रगत चुस्ने/

  46. माओबादी को काल माओबादी संगै छ | हामीलाइ सहन गार्हो हो, तिनिहरू आफै आफै लडेर मर्छन | जसरी आए तेसरिनै सखाब हुन्छन् | त्यो दिन धेरै टाडा छैन

  47. यो बैध भन्ने जन्तु र उसको हनुमानहरुको दिमागमा गिदी होइन गोब्बरले भरिएको रहेछ |यो बैध त बकुला,के पी ओली भन्दा पनि खतम रहेछ बा |

  48. ताई न तुइ को कुरा, यो सबै माओबादीको खेल हो, “त कुटे जस्तो गर म रोए जस्तो गर्छु…” देश बर्बाद हुने भो!!!

  49. “भीरबाट लड्ने गोरुलाई राम राम हैन “बाबुराम” भन्न सकिन्छ, काँध थाप्न सकिन्न” भन्या भए सुहाउने थ्यो …. प्रचण्ड ले चै जे मन लग्यो त्यहि गर्दै हिड्न हुने, जाबो बैद्य-ब्रो हरुले बोल्न नि नपाउने? अब नेपाली जनताले चाडै माओबादी फुटेको (बिचरा!!) हेर्न पाउन यहि शुभ कामना …

  50. दुवै जान एकापसमा कारवाहि गर मुख र कागज ले होइन बारूद र बन्दुकले गरहै माओवादी हो.

Comments are closed.