यस्तो पनि भयो एसएलसीमा!

आजदेखि सुरु भएको एसएलसीमा निकै रोचक खबरहरु प्राप्त भएका छन्। केही हेरौं : परीक्षभर सल्यान जिल्लाका परीक्षा केन्द्रमा रहेका शौचालय बन्द गरिने भएको छ। विद्यार्थीले शौचालयभित्र गएर परीक्षामा अनियमितता गर्ने भन्दै परीक्षा केन्द्रमा रहेका स्थायी शौचालय परीक्षा अवधिभर बन्द गर्न लागिएको हो। जिल्ला शिक्षा अधिकारी बालकृष्ण गैरेका अनुसार सो अवधिभर स्कुल परिसरमा अस्थायी शौचालय बनाइने छ। सोमबार साँझ जिल्ला शिक्षा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गैरेले विगत वर्षमा एसएलसी परीक्षामा व्यापक अनियमितता भएको सार्वजनिक भएपछि यस वर्षको परीक्षालाई मर्यादित बनाउन सबै उपाय अवलम्बन गरिएको जानकारी दिए। सल्यान जिल्लाभर २१ परीक्षा केन्द्र छन्।

यसैबीच आजदेखि सुरु भएको एसएलसी परीक्षामा दुईजना कैदीले भाग लिएका छन्। कजेरी गाविसको कालिका माविका दुई छात्र(कैदी)ले लुहापिङ केन्द्रबाट परीक्षा दिन लागेको जिल्ला शिक्षा अधिकारी गैरेले जानकारी दिनुभयो। रासस


विद्यार्थीले छोरो जन्माइन्

आजदेखि सुरु भएको यस वर्षको एसएलसी(प्रवेशिका) परीक्षा दिइरहेकी रुकुमकी एक परीक्षार्थीले परीक्षा हलमै शिशु जन्माएकी छन्। पूर्वी रुकुमको तकसेरा केन्द्रबाट परीक्षामा सहभागी छात्रा रेखा घर्तीले परीक्षा दिँदादिँदै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले जानकारी दिए।

बिहान ८ बजेदेखि सञ्चालन भएको परीक्षामा सहभागी रेखालाई प्रश्नपत्र पाउनेबित्तिकै सुत्केरी व्यथा लागेको थियो। व्यथा लागेको आधा घन्टामै घर्तीले छोरा पाएकी हुन्। परीक्षा हलमै सुत्केरी भएकी रेखाले परीक्षा दिएकी छन्। परीक्षा हलमै जन्मिएको हुनाले शिशुको नाम समेत प्रवेश राखिएको केन्द्राध्यक्ष कमप्रसाद देवकोटाले जानकारी दिए।

सुत्केरी घर्तीलाई एक घन्टा समय थपिदिइएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ल्ाा अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए।

25 Comments

  1. दुखी मान्छे जी लाई मुख फर्काउनु पर्दा यसो भन्न मन लाग्यो, नेपाल जस्तो गरिब देशमा सब का सब नेतागिरी अनि राजनीतिको कुरा गर्ने . जे कुरामा पनि राजनीति संग जोड्ने आदत . पशुपतिका जोगी देखि सडकमा सुत्ने सडकछाप समेतले नेताको मुख ताक्ने . यहाँ कुरा एउटा SLC exam को हुदैछ . SLC जस्तो Exam दिने तयारीमा रहेको student ले चाहेको खण्डमा 21st century मा गुज्रिदै गरेका जो कोहि अझ भन्नु पर्दा SLC को तयारीमा रहेकाले student जस्तो ले अवस्य pregnency divert गर्न सक्नु पर्ने . मित्र कृष्ण घिमिरे जीले भने जस्तो त्यो घटनाले सायदै अरु student हरुलाई असर पारेको छ . गर्भधारण गर्न सबैले सक्छन . सन्तान पनि सबैलाई चाहिन्छ . तर यो चाँही नपाउने ले केरा पायो बोक्रो सित्तै खायो भने जस्तै मात्र हो . बधाई छ दुइ वटा certificate एकै साथमा प्राप्त हुने भयो .

  2. लौ सबै विद्यार्थी हरुलाई सफलता को सुभकामना छ है मेरो खास गरेर सुत्केरी लाई|

  3. प्रवेश (नब जात शिसु) जी भबिस्यको बिधार्थी राजनीति प्रवेशको लागि अग्रिम सुभकामना!!!!

  4. होइन बेथा लगेर परिछ्या दिन जान्छन कि परिछा ले बेथा लाग्ने बनौछा ? कुरो बुझ्न सकिएन नि ?

  5. राम्ररी जाच दिनु होस् अनि पास भएर क्याम्पस मा टाएर बाल्न जानुस मेरो सबै भबिस्य का नेता जिउ हरु मा हार्दिक सुभकामना छ /

  6. परिक्ष्या हल मै सुत्केरी हुँदा त्यो हलमा हुने सम्पूर्ण विध्यार्थिहरु अबस्य प्रभाबित भए,यो उनिहरु माथिको अन्याय हो,थाहा हुनासाथ बाहिर्याएर सुरक्षित सुत्केरी गराइनु पर्ने । यहाँ त सम्पूर्ण विध्यार्थिको बारेमा सोच्नुको सट्टा सन्सनी पूर्ण समाचार कसरी हुन्छ भनेर ध्यान दिये जस्तो लाग्यो।

  7. रमाइलो रमाइलो घटना सुन्न पाइनछ SLC को मौसममा !!!

  8. लोहन सोलिटी काठमाडौँ को पक्का नेवार परे जस्तो छ . काठमाडौँ भन्दा बाहिर पनि नेपाल छ र ……………………………………..

    SLC दिने भाई बहिनि हरुलाई सफल भबिस्य को शुभकामना .

    • गौतम पनि नेवार हुन्छ त कहिँ?
      रामजी सोल्टी पनि के – के दिने दिने क्या !!!…….
      काठमाडौँ बाहिर नेपाल पनि छ, अनि स्वास्थ्य चौकी पनि … सुडेनी पनि …

  9. एस .एल .सी को प्राबधान नै हटाउनु उपयुक्त हुन् जान्छ कि ? शिक्षा मा परिबर्तन गर्दै बिधार्थी को अध्ययन गर्ने बाटो मा तगारो बनेको यो एस.एल .सी .को पर्था हटाएर ,तल्लो क्लास देखि नै घोगन्ते तरिका र नबुझ्ने गाह्रो सब्द , अर्थ ,कोर्स ,परिक्षा मा परिबर्तन गरेर समय ,देश ,विदेश जहा रहे पनि सक्षम तथा मान्यता हुने सिक्षा को ब्यबस्था गरिनु समय र परिस्थिति को माग हो \ मिहिनेत गरेर उत्कृस्ट परिणाम ल्याउने जो कोहि बिधार्थी लाइ बिनाभेद्भाब व्यक्ति ,समाज ,देश ,विदेश को आबस्यकता अनुरुप ठाउमा पुग्ने बाताबरण र आधार निर्माण गरिनु नै सबै खाले बिकृति लाइ साम्य पार्नु हो \ जाच सकिएको दिनमा सकी नसकी बोकेको भारि बिसाएको जस्तै हुन्थो गाठे भने क्याम्पस जान पाए कस्तो नै हुन्थो भन्ने सपना देखेको सम्झदा भने यसको बहुतै ठुलो मान्यता छ जस्तो लाग्छ \

  10. बच्चाको नाम ‘प्रवेश’ नभई ‘खड्क बहादुर’ राख्नु पर्ने ! यस्तो S. L. C. जस्तो जीवनको महत्वपूर्ण र ठुलो खड्को पार लगाउन बहादुरीका साथ् परिक्षा हलमा सम्मिलित भएको व्यक्तिको पेट बाट जन्म लिएको बच्चा भएको हुँदा !

  11. सबै एस एल सी दिने भाई बहिनी हरुलाई राम्रो लेखाइ को लागि अग्रिम बधाई !!!

  12. सुत्केरीलाई अलि धेरै समय थपिदिनुपर्ने

  13. हाम्रो SLC परिक्ष्या अलि घोकन्ते विद्यामा आधारित नभई, ब्यबहारिक भैदियो भने यो सबै समस्या समाधान हुन्छ / नत्र SLC भनेको त्यस्तै हो, कविता घोक्यो, कथा घोक्यो, हिसाबको उत्तर समेत कण्ठस्थ हुन्थ्यो/ एस्तो प्रकारको परिक्ष्यामा राम्रो गरेर जीवनमा सफल भाइन्छ भन्ने कुनै ग्यारेन्टी छैन

  14. हा हा हा …”कहिँ नभाको जात्रा हाँडी गाउमा” भएछ त …

  15. एस एल सी को परीक्षा मेरो लागि सधै रोचक र कौतुहल पूर्ण लाग्ने गर्छ.

    • गोपाल दाई प्रश्नपत्र देख्ने बित्तिकै व्यथा लागेकोले तपाईं लाई रोचक लागेको हुनसक्छ भन्ने हामीलाई लाईरच …

  16. एस. एल. सी. का सम्पूर्ण बिद्यार्थीहरुमा शुभकामना उज्वल भविष्यको | यहाहरुको सपना साकार होस्|
    जाँचमा बिध्यार्थिले चोर्नु, ठग्नु दोष होइन, तर सानै देखि र जाँचको बेला पनि त्यस किसिमको वातावरण र संस्कार सिर्जना हुनु भनेको ठुलो दुखको कुरो हो| बच्चालाई जस्तो संस्कारमा हुर्कायो त्यस्तै भै दिन्छ उ|
    यदि बुझ्न सक्ने हो भने: घर, समाज, बिध्यालय र देशको परीस्थिति सबैलाई जान्छ यो श्रेय र दोष , बच्चाले राम्रो गरे पनि र नराम्रो गरे पनि|
    school as well as college गरी झन्डै १०-१२ बर्ष लामो मेरो teaching experience बाट यस्तै विचार पोख्न सकें | तर केही बर्ष यता बाट यो पेसा बाहिर छु|

    त्यसैले भुलचुक लिने दिने है साथी हो|

    –टेकेन्द्र सुब्बा / कुनै बेलाको सुब्बा सर

  17. सबै slc दिने भाई बहिनी हरुलाई राम्रो लेखाइ को लागि अग्रिम बधाई !!!

  18. सुत्केरी हुन लागेपछि त स्वास्थ्य केन्द्रमा लैजान्छन् या स्वास्थ्य केन्द्रमा महिला सुत्केरी हुन्छन् । सुत्केरी हुन लागेकी महिला परीक्षा केन्द्रमा किन अर्थात परीक्षा केन्द्रमा सुत्केरी किन ? योबेला बच्चा पाउने सम्भावना छ भनेर डाक्टर पहिल्यै ‘डेट’ दिएको मान्छे सकी नसकी परीक्षा केन्द्रमा किन ?

    • लोहन सर नेपालको गा बि स भन्ने ठाउमा जानु भाको छैन झैँ लाग्यो नगरपालिका छाडेर अलिकति पर जानोस वास्तविकता थाहा पाउनुहुनेछ.

  19. मास्टर साहेबहरुलाई हड्ताल गर्दाको ठिक्क हुन्छ! कोर्स सकियको हुदैन त्यसले गर्दा पनि SLC परिक्षा राम्रो हुन् नसकेको हो… अनि यो रेखा घर्ति ले त्यहा बच्चा पयाकोमा केहि अनौठो मान्नु पर्ने छैन नेपालमा……… २ करोड हसुरेर हिमाल चड्यो भने यहाँ शान्ति आउछ संबिधान बन्छ भन्ने मान्छे त प्रधान मन्त्रि र शिर्ष नेतामा पर्छन भने उनले परिक्षा हलमा घोर्ले छोरो जन्माउनु कुन्सा अचम मान्नु र “कहिँ नभयको जात्रा हाँडी गाउँमा”

Comments are closed.