नेपाली मुर्तिलाई अमेरिकामा लाखौं डलर

अपडेट: क्यानडामा वसोवास गरिरहनु भएका अभि शर्माले विदेशिएका पुरातात्विक सामाग्रीहरु फिर्ता गराउन इजिप्टको अनुभव भनेर यो लिंक सेयर गर्नुभएको छ । कतिपय केसहरुमा इजिप्टको दुतावासले यस्ता सामाग्री फिर्ता गराउन महत्वपुर्ण भुमिका निभाएको रहेछ । लिलामीको खबर पाएपछि दुतावासले त्यहाँको प्रशासनलाई पत्राचार गरेर अनुसन्धानको लागि अनुरोध गरेको रहेछ । ५०० भन्दा बढि नेपाली संस्थाहरुको अमेरिकामा रहेका छन् । उनीहरुको काम सधै भोज भतेर, बाझावाज, त यो दले म यो दले भन्ने मात्रै हो त । आफ्नो अंहतुष्टीको लागि अमेरिकी अदालतसम्म पुग्ने नेपाली संस्थाका प्रतिनिधीहरुले आफ्नो उक्त उर्जालाई यस्ता कामहरुमा पनि खर्चने कि ? अनि अमेरिकामा रहेका नेपाली राजदुतहरुको काम नेपाली कार्यक्रममा प्रमुख अतिथी बनेर भाषणबाजी मात्रै गर्ने हो कि ? वा यस्ता कामहरुमा पनि अग्रसरता लिने ?

तस्विर स्रोत: क्रिष्टीज इमेज लिमिटेड
विक्रि भएको बुद्धको मुर्ति तस्विर स्रोत: क्रिष्टीज इमेज लिमिटेड
नेपालबाट अमेरिका ल्याइएको भनिएको १३ औं शताब्दीमा निर्मित ठानिएको पद्मपाणी बुद्धको मुर्ति न्युयोर्कमा आज भएको एक लिलाम बढावढमा २४ लाख ९० हजार डलरमा विक्रि भएको छ । वाल स्ट्रीट जर्नलका अनुसार क्रिष्टीज भनिने एउटा कला संग्रहकर्ता कम्पनीले लिलामीमा राखेको उक्त मुर्तिलाई विक्रेताले अनुमान गरे भन्दा निकै बढि रकम तिरेर नाम नखुलेको एक खरिदकर्ताले किनेका थिए ।

बुद्धको विभिन्न स्वरुपहरु मध्ये एक कमलफुलधारी स्वरुप मानिने पद्मपाणी बुद्धको उक्त मुर्तिको १८ इन्च अग्लो छ र बुद्धको काँधमा कमलको फुल फुलेको छ । नेपालबाट ल्याइएको यस्तै बोधिसत्व, पद्मपाणी लोकेस्वराको ठानिएको मुर्ति न्युयोर्कको ‘मेट्रोपोलिटेन म्युजियम अफ न्युर्योक’ मा राखिएको देख्न सकिन्छ । जुन करिब ९ औं शताब्दी तिर निर्मित भनेर भनिएको छ ।

एउटा गरिबदेशको अमुल्य साँस्कृतिक धरोहर मानिएको यस्ता बस्तुहरु धनी मानिसका सजावटका साधन बनिरहेका छन् । नेपालको अमुल्य धरोहर ठानिएका यस्ता मुर्तिहरु अमेरिका र युरोपियन मुलुकका विभिन्न संग्राहलयहरुमा देख्न सकिन्छ तर खुलमखुल्ला यसरी विक्रि भइरहेको भने विरलै सुन्न सकिन्छ ।

नेपालको कमजोर सुरक्षा व्यवस्था, भ्रष्ट प्रशासन र भन्सारका कर्मचारीहरु र उच्च राजनैतिक नेतृत्वको मिलेमतोमा यस्ता अमुल्य निधीहरु विदेशीएका हुन भन्ने कुरामा शंकै छैन् । केहि जानकारहरुका अनुसार यसरी बेचिने मुर्तिहरु अनाधिकृत रुपमा बेचिएको पाइएमा सम्बन्धित देशमा नै फिर्ता गर्ने परम्परा छ । त्यसरी भारत तथा इजिप्टबाट ल्याइएका कयौं पुराना मुर्तिहरुलाई सोहि देशहरुमा फर्काइएको छ रे । यस्ता तपाईहरुसँग केहि विचारहरु छन् यस्ता मुर्तिलाई नेपाल फर्काउन ?

35 Comments

  1. उता मुर्ति सजीन्छ यता घर ठडिन्छ …………………..सबलाई फाइदा नै फाइदा किन टेन्सन लिने

  2. लिलामीको खबर पाएपछि दुतावासले त्यहाँको प्रशासनलाई पत्राचार गरेर अनुसन्धानको लागि अनुरोध गरेको रहेछ । तेस पछि दुतावासले के उत्तर दियो त त्यो पनि लेख्नुस न | Time छैन भन्यो कि ? येसरी सिधै दोष चै लगाउन नहुने हो | एस्तो भयानक कालान्तर देखिको समस्या के एक हप्ता मै समाधान हुन्छ भंथानु भा छ कि के हो? कुनै न कुनै INGO NGO ले सुरु गरि सक्यो कि के थाहा? अब उनीहरुले हामीले थाल्योउ भनेर फुकेर हिड्ने पनि कुरा आएन | It takes time to do. In 4 years O ba O ma hasnot solved the unemployment issue.

  3. देशमा मान्छेले मान्छे बेचेर अरबौ कमाइसकेको हाम्रो देशमा अब मुर्ति बेच्नु के ठुलो कुरा भयो र!!!

  4. अमेरिकालाई न त अन्तराष्ट्रिय कानूनले छुन्छ / छोएको छ न त यस्ता समाचार र जनासरोकारले !!
    कुरा गर्दा आफैलाई नमज्जा लाग्छ तर यथार्थ यस्तै छ कि; अमेरिकाले आफ्नो धर्तीमा आएको मुर्ति फिर्ता गर्नु भनेको अलकायदालाई माफि गर्नु जत्तिकै ठान्दछ !!
    समाचार सुन्न, पढ्न र प्रतिक्रिया लेख्नसम्म त ठिकै हो त्यो भन्दा बढी चाँही के आस गर्नु खै !!

  5. ह्या साथीहरु! छोडिदिनुस न यार,कमसेकम हाम्रो मुर्तिको त भ्यालु छ रहेछ विदेशमा.हामीले बनायको,कार,घडी,मोबाइल,मेसिनरी विदेश मा बिक्रि भयो भन्ने दिन त पनातिको पालामा पनि नआउला .बरु हामी आफै बिक्छौ त्यो पनि सब भन्दा सस्तो भाउमा.जाबो त्यो पुरानो थोत्रो मुर्ति राखेर पनि के गर्नु.बरु खोजि खोजि पुरानो र एतिहासिक मुर्ति हरु टन्न पैसामा बेचेर त्यो पैसाले जुम्ला तिर भोकमरी लागेको बेलामा चामल किनेर पठाउनु पर्छ.अरु के के किन्छन नामको लिस्ट पठाइदे भन्नु,

  6. अमेरिकामा नेपाली साधारण हातले निर्माण गरिएको कलात्मक मुर्तिलाई त नेपाली ६ हजार रुपया देखि १५,२० हजार मा ल्याएर us dallor ६, देखि १५,२० हजार मा बिक्रि भएको मेरै आखाले देखेको छु भने एस्तो पुरातत्वो मानिने मुर्तिलाई अमेरिचन ले लाखौ dallor हालेर किन्नु कुनै अचम्म हैन तर एस्ता एतिहासिक पुरातत्वो महत्वो बोकेको कुरोलाई अमेरिका सम्म ल्याउन ठुलै गिरोह को संलग्न हुनुपर्छ/एस्तो कुरा मा हामी सानो तिनोले बोलेर केहि नहोला तर राजदुत ले येसो चासो देखाएर सोध खोज गरे अवास्ये पत्ता लाग्न सक्छ र तेस्लाई चिरोफारो गर्ने हिम्मत गरे गिरोह कै बारेमा पत्ता लागेर जेल जानुका साथै जरिवाना असुल भए वोलिका दिन मा एस्ता कुरा देख्न र सुन्न नपर्ला

  7. हैन बुद्ध लाइ त भगवान मानिन्छ ,(भनिन्छ ) भगवान लाइ पनि किन,बेच गर्न सकिन्छ ? जहाँ सम्म यो मुर्ति को कुरा छ ,यसलाई छोडेर इंडिया लाइ बेचेको नदी नाला,सिमाना मा मिचेको जग्गा फिर्ता गर्ने सम्बन्धित निकाय र हामी सबै नेपाली जनता मिलेर आवाज उठाय मा केहि हुने थियोकी ? अनि हरेक दिन भारत को कोठीमा बेचिन पुग्ने नेपाली चेली हरु लाइ के भन्ने नि? ,हुन त रक्सि को ताल मा अस्पताल पुग्ने ,डान्स वार मा पुगेर बिल नतिरी भाग्ने यस्ता ब्यक्ति हरु लाइ देस चलाउन दियको छ ,कसरी देस र जनता को विकास हुन्छ ,जय नेपाल (बिरेन्द्र राजा नै राम्रा थिय)

  8. हाम्रो देश नेपालको कला सस्कृति मुर्ति र अमुल्य थान्का पेंटिंग, कास्ठ कला, मठ, मन्दिर सरोकार राख्ने यस्ता मुर्ति तथा कलाहरुलाई जोगाउन नसक्ने कमजोर सुरक्षा व्यवस्था, भ्रष्ट प्रशासन र भन्सारका कर्मचारीहरु र उच्च राजनैतिक नेतृत्वको मिलेमतोमा यस्ता अमुल्य साधन हरु इतिहासदेखि वर्तमानसम्म बिकेका छन् नेपालीले ति भ्रष्टहरुलाई चिन्नु पर्छ र भोलि जनाकार्बाई गर्नु पर्छ जसले जनताको भाबना बिना कम गरि रहेका छन् आफुलाई बुदिजीबी भन्ने कै मुठीभर छन् जसले नाता संबिधान बन्न दिन्छन न सान्ति नै नत देशलाई बिकाश हुन दिन्छन भारत र अम्मेरिका को डलर मा मुन को भ्रमन समत रोक्न चाहन्चन आफुलाई मानब अधिकारी भन्छन एसको हिसाब जनताले रक्नु पर्छ

  9. बिदेशमा आएका नेपाली राजदुत पैसा कमाउन लाहुर आएका हुन्| यिनलाई मुर्ति र सुर्तीसंग बाल मतलब छैन| न्युयोर्कस्थित Statue of Liberty जाने बाटोमा एकजना अफ्रो-अमेरिकनले लाइनमा उभ्भेका पर्यटकलाई तपाइँ कुन देशको भनेर सोध्छ र देशको नाम सुन्नासाथ सम्बन्धित देशको राष्ट्रिय धुन बजाउँछ| पोहोरसम्म त्यो बिरक्त लाग्दो श्रीमान गम्भीर बजाउंदै थियो| नेपालको राष्ट्रिय धुन यो होइन भन्दा नयाँ धुनको सिडी ल्याइदेउन त भन्यो| नेपाली निकायका कर्मचारीहरु प्रायजशो त्यहाँ पुगेकै हुन्छन, किन चासो राख्दैनन्!?

    • तपाइको कुरो आधा ठिक . सुर्ती खाने राजदूत परे पछि त सुर्ती संग एकदम मतलब हुन्छ जो भेट्न आएनी नेपाल बाट बलबान छाप सुर्ती ल्येदिना भन्छन .

  10. जब सम्म जनता शिक्षित र शासक इमान्दार हुदैनन् तब सम्म यहाँ बलियाको रजाईं अनन्त सम्म जारी रहनेछ!जहा सम्म मुर्ति को कुरा छ,हामी सबै लाचार हुनै पर्छ!होइन भने पैसाकै लागि किन संस्कृतिको धरोहर बेचियो?बेच्ने स्रोत त नेपाली नै हुनु पर्छ!

  11. भूपतिन्द्र मल्लको सालिक समेत उखेलेर विदेश पठाउन खोजेका थिए, त्यो फिष्टे मुर्तिको के कुरा गराई भयो र! खल्तीमै अटने साइजको रहेछ |

  12. आजकल एकथरी जान्नेसुन्नेहरु बान कि मुनले लुम्बिनी आउनु हुदैन भनेर लबिङ् गर्न अमेरिका पुग्या छन् रे। तिनीहरुलाइ भन्ने कि मूर्ति फिर्ता गर्न यसो भनसुन् गरिदेउन भनेर।

  13. नेपालको कमजोर सुरक्षा व्यवस्था, भ्रष्ट प्रशासन र भन्सारका कर्मचारीहरु र उच्च राजनैतिक नेतृत्वको मिलेमतोमा यस्ता अमुल्य निधीहरु विदेशीएका हुन भन्ने कुरामा शंकै छैन्| यो कुरा सोरै आना ठिक हो नि | के गर्ने मुर्ति जसो तेसो फर्काए पनि फेरी चोरि न होला भन्न सकिन्न …

  14. ” केहि जानकारहरुका अनुसार यसरी बेचिने मुर्तिहरु अनाधिकृत रुपमा बेचिएको पाइएमा सम्बन्धित देशमा नै फिर्ता गर्ने परम्परा छ” यदि यो साचो हो भने नेपाल सरकारले यसको लागि आवश्यक छानबिन गर्न जरुरि छ…हाम्रो देशको कला सस्कृति संग सरोकार राख्ने यस्ता मुर्ति तथा कलाहरुलाई जोगाउन सकियन भने भोलिका पुस्ताहरुलाई हामीले दिन सक्ने केहि बाकी रहने छैन….

    हुनत नेपालमा यति बेला “संबिधान लेखन”को चटारो छ.. यता तिर सोच्ने फुर्सद कसको पो होला र ! .हाम्रा सरकार, नेताहरु यस्ता बिषयमा सोच्न सक्ने हैसियत भएका भए आज हामी संसारका अगाडी “शीर निहुराएर” हिड्नु पर्ने थिएन होला….

  15. किताब को नाम त आएन| मैले सुने अनुसार बीदेसी हरुले लैनसिह् बांग्देल ले लेखेको किताब पढेर केही मुर्ती चाही फीर्ता गरे भनेको सुनेको थिए…….

  16. यहाँ चेलिबेटी लगेर मुम्बईमा १० हजारमा बेचिरहेका छन् मुर्तीका के कुरा। मान्छे होस वा मुर्ती सबै कुरा निर्यात गर्दै छ हाम्रो भष्ट्र राज्य संरचनाले। हामी बिश्व बजारमा चेलिबेटी, मानब श्रम, मुर्ती, कला, संकृती सबै बेचिरहेका छौ। बिस्तारै देशका सीमाहरु बेचिदै छन, देश चलाउने हरुले बिबेक बिचिरहेका छन् बिदेशीसगँ.. नौलौ केही हैन। कुनै दिन अबश्य आउने छ कि हामीले बोलेको कसैले सुन्ने छ। जे जति भए पनि सकरात्मक सोच लिन हामीले छोड्नु हुदैन। यस्ता कुराहरुको बिरोध गरिरहनु पर्छ। त्यी किन्ने मान्छे को हुन उनको बारेमा जानकारी लिएर, यो नेपालको अमुल्य सम्पत्ती हो भनेर बुझानउ सके बरु उनैले यो फिर्ता गर्न सक्लान। राज्यले पहल गर्यो भने चाडो हुने थियो यो कुरा।

  17. We all know our government , what we can expect from them? I reckon Nepalese organization in USA have to deal with them, or Nepalese from all around the world should struggle to save our heritage

  18. फर्काउने कुरा हैन, अब बचे, खुचेका, मुर्ति र अमुल्य थान्का पेंटिंग, कास्ठ कला, मठ, मन्दिर लाइ कसरी जोगाउने कुरा गर्नुस. आफ्नो ऐले भयेको कसरि जोगाउने अनि पछि अरु संग भएको खोस्न जाने.

    तपाइले एउटा मुर्ति फर्कौना नभ्याउदै दश वोटा बिदेस जान्छ.

    तेस्ता धेरै फर्काउने उपाए छन् तर तेस्मा लाग्ने खर्च, लगन, दृढता, दबाब, आदि लिएर चल्ने को ? यी सब पदना का लागि रमिला कुरा हुन् तर यी हुत्ति हारा, सस्तो नारा, भ्रस्टाचार मनस्थिति बोकेर हिड्ने देशमा कसको भरोसा गर्ने ?

  19. तपाइले बाबुराम लाइ चिन्नु हुन्छ भने ,उहालाई फोन गर्न लगाउनुस ओमामालाई हटलाइन मा
    बाबु ::”हेल्लो ओमामा जी ”
    ओमामा :: ”हजुर ”
    ‘बाबु ::’हाम्रा अमेरिका मा बसेका कमरेड साथि हरुको जानकारी अनुसार हाम्रो देश को मुर्तिहरु को त्याहा लिलामी हुँदैछ रे ,येसो हुनु हुदैन भन्ने हाम्लाई लागिराछ ”
    ओम़ामा :: ” सुरुमै भासन दिनु भन्दा पहिले तपाइँ को बोल्नु भएको ,त्यो भन्नुस ”
    बाबु ::”म बाबुराम ”
    ओमामा ::”बोरफस वाला ??”
    बाबु ::हो
    ओमामा ::”टपैले पैले लुटेको सम्पत्ति फिर्ता गर्ने अनि हामि पनि किनेको गर्ने ”
    बाबु ::शान्ति र संबिधान हाम्रो प्राथमिकता हो हाम्रा लागि अहिले ?
    ओमामा ::ट्यो चै नेपालि जनता लाइ झुक्याउनु टेटी टिर मात्र भन्ने ल ,
    तपाइँ राम्रो मान्छे छ |ल ,ओके, बाइ |

    • द्रोण भन्ने मान्छे जोकर पनि हो भन्ने अहिले चाइ हाम्लाई लाइराछ! बिषय बस्तुको गरिमा र महत्वोलाइ एकातिर फालेर माओबादी र बाबुराम संग रिस उठेकै कारण यति हलुका मजाक छर्न पछी पर्दैन भन्ने कुरा पनि देखैदियाको मा धन्यबाद!

      • घोप्टे थुनेर रोएर बेचिसकेको समान फर्किने कुरा पनि त् भएँन |
        तपाइकै सरकार छ ,तपाइको भगवान बाबुराम पी यम छ ,भन्दा एस्तो कुरामा त् सामान्य
        मात्र पहल गरे पनि त् पुग्थ्यो नि हैन र ?
        बरु नेता को दास बन्ने मनो वृत्ति त्यागौ र दिमाग सोच्छ राखौ |

        • क्या पाउदुरे सोचको मान्छे रहेछ!
          देशबाट आधिकारिक बेचियको हो या हरायको चोरियाको हो त्यो त छानबिन पछी पत्तो लाग्ला! अहिले हाम्रो बहस भनेको यहा उक्त सामान अमेरिकामा बेचियको देखियपछी सो सामान नेपालि हो होइन तेसलाई फेरी फिर्ता ल्याउन सकिन्छ सकिंदैन र तेस्को लागि के गर्नुपर्छ के गर्दा उचित हुन्छ आदि कुरामा बहस तथा छलफल गर्ने हो!
          काम कुरो एकातिर सोझो बाबुराम लाइ कटाक्ष गर्नकै हतारो हुन्छ कसैलाई!
          के मेरो सरकार हो? तपाहिको चाहि होइन? (तपाही द्रोण भन्ने मान्छे नेपालि हो कि होइन? हो भनेत नेपालको सरकार त नेपालीको सरकार हुनुपर्ने हो क्यारे) के बाबुराम मेरो भगवान हो? क्या तल्लो स्तरको छुद्र सोच हो गाठे, मैले ढोगेको पुजा गरेको कहिले देख्नु भयो? बाबुराम मेरो भगवान भय तपाही को चाहि को? ओली? माकुने?खनाल?प्रचण्ड? बैद्य? ज्ञानेंद्र,पारस?सुर्यबहादुर,प्रकासचन्द्र,लोकेन्द्र,कमलथापा को हो तपाही को भगवान?
          पहल को ले गर्ने के को गर्ने? पहल गर्न पहिले बस्तुगत कुरा र तेस्को यथार्थ थाहा हुनु पर्यो तेस्को जानकारी तपाही हामीले थाहा पयमा दिनुपर्छ अनि सरकार ले आबस्यकता र समय प्राथामिकतानुशार गर्नेछ!
          के प्रम ले आखा चिम्लियर थाहा पाउने र छु मन्तर गरि फिर्ता ल्याउने हो?
          कयौ बर्ष देखि बेचियको वा हरायको मुर्ति पहिलेको तपाहिको भगवान को सरकार ले के हेर्यो त?
          के हो सामान्य मात्र पहल भनेको! प्रमले तेहाको सरकार रास्त्रपतिलाई फोन गरे पुग्छ? कि त्यो बेच्ने वा किन्ने लाइ इमेल गर्ने टेक्स्ट गरे पुग्छ? यत्तिहो गर्नुपर्ने?
          नेताको दाश बन्ने मनोवृत्ति भनेको के हो? अनि दिमाग कसरि सोच्छ राख्ने हो?
          यहि तपाहिले माथि प्यारोडी हो कि नाटक लेक्खेको जसरि हो? तेसो गरे दिमाग सोच्छ हुन्छ? ताई न तुइको जे कुरोमा पनि राजननीति जोडी नेताको खेदो खानेमा दिमाग सोच्छ हुन्छ? तेसो नगरे दाश बनिन्छ?
          बरु नाम कलियुगको द्रोण भनेर राखे बिचार सोचाइ अनुसारको कुरो मिल्लाकित!

          • आली सम्हालिएर लेख्नुस ,दास चिन्तन बोकेर सोच्नेलाई अरुको कुरा पान्ग्दुरे लाग्छ बाजे | कुरा गलत ढंग बात सुरु गर्ने तपाई कि म ?
            तपाइले म लाइ जोकर भन्नु भो ,मैले तपाईलाई बाबुराम को नोकर भने !!!
            पब्लिक फोरम मा किन तेत्रो ठालु भएर व्यक्तिगत आछेप मा उत्रेको ?
            \अब हेर्नुस बाबुराम उर्फ मावोबादीको बिरोध आज धेरै ले गर्छ ,यहि कम्मेन्ट पनि पढ्नुस धेरै प्रतिसत बिरुद्द मा हुन्छ |धेरै राजनीतिक बिबाद मा न जावौ ,यो एउटा मनोरंजन को लागि लेखिएको हल्का सम्बाद थियो | तेस्लाई सिरियस लि लिएर व्यक्तिगत रुप मा उत्रनु के तपाइँ हरु जस्तो पढे लखेको लाइ सुहाउछ ?
            सबै बाबुराम को खिलाफ मा लेखिएको कम्मेन्ट लाइ जबाफ दिन सक्नुहुन्छ ?

            तपाइँ पनि सामान्य मानिस ,म पनि किन हामीलाई कसैको पक्ष्य लिनु पर्यो ?
            तेसैले कसैको पक्ष्य लिनुपर्ने आबस्यक छैन |
            अनि यो पनि न सोच्नुस तपाई जथाभाबी लेख्ने ,आरोप मा उत्रने अरु चुप लाग्छन | मेरो ठाउ मा जो भए पनि सबै ले जस्तो याक्सन हुन्छ ,तेस्तै रियाक्सन देखाउछ |
            राम्रो सब्द लेख्नुस राम्रै जाबाफ ,न राम्रो लेख्नुस न राम्रै जबाफ |
            ”सत्ता मा हुने मानिस को बिरोध भयो भन्दैमा तेस्तो चित्त दुखाउनु हुदैन क्या ”
            फेरी बाबुराम लाइ मैले पनि याज अ पर्सन कहा न राम्रो भन्छु र |

            • “यो एउटा मनोरंजन को लागि लेखिएको हल्का सम्बाद थियो”
              यत्रो गहन र देशको पुरातात्विक गरिमा र महत्वोको बिषय बोकेको कुरालाइ यसरि मनोरंजन को लागि हल्का सम्बाद गरेकोलेनै मैले जोकर पनि रहेछ भनेको हो! अब के गलत भने त्?
              जेमापनी मजाक गर्ने मनोरंजन गर्ने हल्का फूलका सम्बाद गर्ने लाइ नै जोकर भन्दछ होइनर?
              अब आक्षेप कसले लगायो?
              हल्का फूलका मनोरंजन दिने र मजाक गर्ने लाइ जोकर पनि रहेछ भन्ने ले लगायो वा यसको यो भगवान र यो नोकर भन्नेले लगायो? अरुलाई दाश दाशी चिन्तन भन्नेले लगायो?
              कसैले चित्त दुखायाको छैन जे देखियको छ र जे सान्दर्भिक छ तेही भनेको हो!
              जोकर भन्दा चित्त दुख्छ भने जोकिंग गर्न र हल्का मजाक फूलका सम्बाद गर्न छोडौं!
              पहिले आफु आफ्नो काम आफ्नो कुरा र आफ्नो सम्बाद आदि हेरौ अनि कुरागरौ!
              कुराको गहनता संग तेसतई किसिमले प्रस्तुत हौ!
              मनोरंजन बिषय र हासो ठट्टा मा यस्ता कुरा लेखौ तैपनि असान्दार्भिक चाहि नलेखौ भन्ने मेरो कुरा हो!

              • आर्को कुरा
                तपाईलाई अलि असान्दर्भिक लाग्न सक्छ ,म लाइ त् सान्दर्भिक नै लागेर लेखेको हो |
                छापामा लुटेको सम्पत्ति फिर्ता को कुरा आइरहेको थियो , केहि साथीहरुको कम्मेन्ट पढे र उक्त कुरा फुर्यो अनि लेखे |
                १. न हामि तेत्रो लेखक नै हो
                २. न धेरै गहिरिएर नै लेखिन्छ | हो देश को सम्पत्ति विदेश मा येसरी बेचिदा देख्ने नेपालीको छाती जरुर चिरिन्छ |
                तर दिन दहादे जसले जबर्जस्ति चेली बेटी बेच बिखन को मार खेप्छ ,
                जहा युवाहरु अरु देश को लागि लड्न बाध्य बनाइन्छ ,जसको सिमाना मा हरेक दिन नेपालि हरु लुटिन्छ ति कुराहरु को तुलनामा यो बिसय अलि गौड नै हो |

      • निरोज जी ! शरणार्थी बन्न माओबादी पिडित भएको नक्कल गर्ने हरुले त्यस्तै गाइजात्रा भनाइ राख्छन नि .. कुनै नौलो कुरा होइन यो ~~~~

        • मावोबादिले त् धेरै लाइ सरनार्थी नै बनाएकै हो |तर म चै त्यो परिन |
          अनित नक्कल गर्ने कुरै आएँन |
          निसच्य पनि अमेरिका मा मावोबादी पिडित र मावोबादिनै पनि सरनार्थी बनेर बस्नेहरु प्रसस्त छन |बिचार न मिल्दैमा सरनार्थी चै न भन्नु होला |

  20. बुज्ने लाई श्रीखण्ड , नबुज्नेलाई खुर्पाको बिंड | बादर का हातमा नारिवोल भए पछी येस्तई हुन्छ साथी हो | कुकुर का मुख बाट हड्डी फुस्कौन गारो छ |

  21. हो यो मुर्ति हाम्रो हो / यसलाई नेपाल फर्काउनु पर्छा भन्ने कुरामा कसैको पनि दुइ मत छैन होला / अब यसको फर्काउने जिम्मा बरु कसलाई लगाउने होला ? खुमे जस्ता हाम्रा बहु चर्चित र अति इमान्दार नेताहरुलाई लगाउने कि ? ज्ञाने वा उसका भाइ हरुलाई लगाउने?

  22. विचार नै हामी साग नभएको होइन तर बिडम्बना हाम्रो विचार ले आज सम्म कहाँ स्तान पायो र?जसले मुर्ति बेचे पनि आज सम्म कसै लाई नेपाल को कानुन ले कारबाही गरेको छ र? जो चोर उसै को ठुलो स्वोर भएको हाम्रो देस मा कसै लाई केहि भन्न हामी असमर्थ छौ /धन्येबाद जय देस …………..

  23. जहिलै पनि उम्केको माछो ठुलो हुन्छ !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  24. यो सब काममा त् राजपरिवारनै आगाडी देखिन्छन हामी सानो सानो हुदा सुनिन्थ्यो यस्ता मुर्तिका ब्यापारी भनेका राजपरिवार भित्र कै सदस्यहरु हुन् …….. पहिला यो पत्ता लगाउन जरुरि छ त्यो पहिला त्यहाँ कसले पुरयाको हो…… अब सोझै विदेशीलाई हाम्रो मुर्ति दे भन्न त मिल्दैन.. जसले बेचेको हो पत्ता लगायर उसको सबै सम्पति जफत गर्ने अनि त्यहि पैसाले त्यो मुर्ति फर्काउनु पर्छ……. यसको लागि सरकार बताई पहल हुनु जरुरि छ……….

  25. उत्तम जी , जानकारीको लागि धन्यबाद … बडा पिडादाई कुराहरु हुन् यी …आफ्नो पुर्खाको धरोहरको जगेर्ना गर्न नसक्नु पुर्खाको सम्मान नगर्नु सरह हो ..
    राष्ट्र , रास्त्रियता , संस्कृति , परम्परालाई पैसामा मापन गर्ने द्रब्यपिचास देशद्रोही रहे सम्म एस्तो भैनै रहन्छ … हामी सबै सचेत र जागरुक हुन पर्छ र एस्त कुकृत्य गर्नेको जानकारी छ भने पर्दाफाश गर्नु पर्छ ..
    पुर्खाको नासो हो यी सब ..

  26. यो मुर्ति ज्ञानेन्द्र धिरेन्द्र ले बेचेको होला, ज्ञाने लै सोधे थाहा हुन्छा

Comments are closed.