नेता बिरामी हुने मौसम आयो है

आज राजधानीको एउटा कार्यक्रममा उपस्थित भएका सभामुख सुवासचन्द्र नेम्वाङ जेठ १४ मा संविधान नबन्ने हो कि भनेर निकै चिन्तित देखिए। दलीय झगडा त छँदै थियो सिङ्गो घरजस्तो लाग्ने माओवादीभित्र पनि भिन्नाभिन्नै चुल्हो बल्न थालेपछि सभामुख चिन्तित हुनु स्वभाविक थियो। माओवादी,कांग्रेस र एमालेको कुर्सी तानातान र दार्शनिक लडाइँले देशलाई अझ पछि धकेल्ने खतरातर्फ सचेत देखिएका सभामुखको आसय थियो- ‘अब संविधानसभाको कार्यतालिका अनुसार काम गरेर भ्याइँदैन। संविधान संसोधन गरी छोटो प्रक्रिया अवलम्बन गरेर संविधान बनाउनु पर्छ।’

गिरिजाप्रसाद कोइरालाको सम्झनामा भएको कार्यक्रममा सभामुख बोल्दै गर्दा उनकै पार्टीका अध्यक्ष झलनाथ खनाल चाहिँ दिल्ली प्रस्थान गर्न विमानस्थल इमिग्रेशनमा थिए। नेपालमा राजनीतिक संकट आएपछि नेपाली नेता धमाधम बिरामी हुने परम्परा नयाँ हैन। शान्ति र संविधान लेखनका लागि निर्णायक काम थाल्नु परेपछि अध्यक्ष खनाल ‘बिरामी’ भएछन्। ‘उपचार’ गर्न कहाँ जाने ? भारत वा चीनका ‘चिकित्सक’ कहाँ जान उपयु्क्त जो ठानिन्छ।

रोचक पक्ष अर्को पनि छ। हिजो मात्रै खनालको दलले संविधान निर्माणको कामलाई गम्भीरतापूर्वक लिएको भन्दै एउटा विज्ञप्ति पठाएको थियो। आजै खनाल चाहिँ दक्षिणतर्फ लागे। ह्विप विपरित किन भारत जानु पर्‍यो ? खनालले माइसन्सारसँग भने- ‘एमालेले शान्ति र संविधानका लागि आफ्ना सभासद्लाई देशबाहिर र काठमाडौँ बाहिर नजान ह्विप जारी गरेको पनि हो। म चाहिँ उपचार गर्न जान लाग्या हो।’ उनले कुन रोग लागे र त्यसका कहाँ उपचार गराउने भन्ने खुलाएनन्।

हाम्रा नेताहरुलाई के रोग लागेको हो ? भगवान् जानुन् वा तपाइँ पाठकहरु आफैँ जान्नोस्।

36 Comments

  1. अब एस्तो बिमार हुदै दिल्ली धाउने हरुलाई नेता भन्दा नेता सब्द कै अबमुल्यन हुदैन ??
    नेता हरु समाज लाइ नेतृत्त्व दिने ,उदाहरणीय काम गर्ने गर्छन |
    बरु तेस्को लागि नेपालि सब्द कोस ले ”दलाल ” भन्ने सब्द को पनि ब्यबस्था गरेको छ |
    अझ आफ्नो निहित स्वार्थ मात्र बोकेर एता उति न हेरी फाइदा सोहोर्ने लाई ”दलाली” भन्दा पनि हुन्छ |
    आजभोली छोटकरी ‘दले ‘ भन्ने पनि गर्छन |

  2. जे भएपनि अव चुनाव अर्को चोटी भयो भने सानो फाइदाको लागि यी कुनैपनि नेताहरुलाइ नचुनौ बरु नयां पढेलेखेकाहरुलाइ चुनौ । ठूला पाटी भनाउदाहरुले यस्ता उम्मेदवार उठाएनन् भने नयां पाटीलाइ चुनौ र ठूला पाटीहरुको हामी बाहेक कोही छैनन् भन्ने अहंकार तोडौ साथीहरु

  3. एमाले पनि अहिले कांग्रेस मावोबादी जस्तै तिन झगडिया नेताहरुको पार्टी बनेकोछ/ कांग्रेसमा सुसिल रामचन्द्र र देउपा/ मावोबादिमा प्रचंद्र, बाबुराम र बैद्य/ अब एमालेमा पनि झलनाथ माधव र ओली/ तर हिजो सम्म एमाले पार्टी ३ झगडिया हरुको नेत्रित्वोमा चलेको पार्टी थियनन/ झलनाथ मावोबादी समर्थक नेता थियो त् ओली र माधव कांग्रेस समर्थक नेताहरु थियो/ तर आज झलनाथ पनि ओली माधवकै बाटो लाग्यो, ओली जस्तै दिल्लीमा उपचार गराउनु पर्ने रोगि भयो दोसी को?

    अस्ति सम्म झलनाथ कांग्रेसको समर्थनमा प्रधान मन्त्रि बनेको माधव नेपाललाई “असफल प्रधान मन्त्रि” भनेर सरकार बात बोलायर देसको सबै भन्दा ठुलो दलको समर्थन प्राप्त गर्न सछ्यम व्यक्ति हुनु हुन्थ्यो/ तर आफुले समर्थन दियर प्रधान मन्त्रि बनायको झलनाथको खुट्टा मावोबादी आफैले तान्यो/ त् झलनाथ मावोबादी सिट बिच्कियो/

    अब देसको सबै भन्दा ठुलो दल सिट दुस्मनी गरे पछी मावोबादीको दुस्मनलाई झलनाथले आफ्नो मित्र त् बनाउनै पर्यो, अनि न झलनाथले ओलीलाई तेस्रो बरियतताको नेता बनायको हो/

    अब ओलीलाई साथ् लिया पछी ओलीको प्रभु दिल्लीलाई त् झलनाथले पनि सलाम त् गर्न जाने पर्योनै/ जान नमाने ओलीले घचेतेरै पठाउँछ त् झलनाथ आफै उपचार गराउने बहानामा दिल्ली गयो; ओली माधव आदि सबै तेस्तै बहाना गरेर दिल्ली जाँदै गरेकै हो त् झलनाथ पनि दिल्ली गयो/

    आफ्नो समर्थनमा आई सकेको झलनाथलाई उपयोग गर्न नसक्नु र आफ्नो समर्थन गर्न थालेको झलनाथलाई बिरोध गर्न बाध्य बनाउनु मावोबादीको ठुलो कमजोरी हो/

    एमाले र मावोबादीको संयुक्त सरकार संबिधान बनाउन सक्ने २/३ को सरकार थियो/ त्यो सरकार देखेर, ओली माधव मात्रै होईन दिल्ली समेत आत्तियको थियो/ तेस्तो सरकार ढाल्न मवोबादिकै कुनै नेता लाग्यो/ आफ्नो दलको समर्थनमा संबिधान बनाउन सक्ने २/३ बहुमतको सरकार ढालेर आफ्नो नेत्रित्वोमा झिनो बहुमतको सबै सिट हात जोड्नु पर्ने सरकार बनाउन मावोबादीको कुन नेता लाग्यो भनेर अब मित्रहरु आफैले सोच्नुस/

    • येसैलाई भन्छन दिल्ली अब दुर नही |लग बाग १००० किलोमिटर पर को दुरी ,भोलि अब कसैलाई पखालालाग्यो तेसैले जिबन जल खोज्न गएको भन्दा पनि हुने दिन आउने भयो |

  4. हैन भर्खरै एमाले का नेताहरु काठमाडौँ भ्याल्ली छाडेर बाहिर नजाने भन्ने बैठक मा पारित गरेका हैनन् र ?

  5. केहि लछारपाटो लाउनेवाला छैन, धन्दा मान्नु पर्दैन।

  6. नेतालाई चाहे जे सुकै होस्
    क्यान्सर होस् या ट्युमर होस्
    चाहे जंड्याहहरू सगरमाथाइ चरोस
    तर जनताको रगत पसिनाको कदर होस् !!!

    लाज सरम नभएका नेताहरू चांडो मरोस
    सच्चा देशभक्तको पुनरआगमन होस्
    संबिधान लेखन छिटो होस
    देशमा चांडो दिगो शान्ति आओस !!!!!!

  7. यी काम चोर हरु लाई संबिधान बनाउने मिति नजिक आयो कि बिरामी को बहाना गर्छन /मावोबादी हरु हलो अड्काएर गोरु मात्र चुटी रहेको परिबेस मा झले साउजी लाई चाही सुत्केरी बेथा ले चेपे जस्तो गरि दिल्ली गए /अचम्म छ बा?किन ?संबिधान बनाउन हामी ले सकेनौ भनि जनता अगी हात उठाए भैहाल्छ नि,के को नाटक?कि अर्जुन dristi ले हेर्न महाभारत नै पुगेको हो कि?

  8. शायद स्वाभिमान र नैतिकतालाई सर्जरी गरी निकाल्नुपर्ने भएकाले होला भारत जानुपरेको, जुन प्राय: उता नै हुँदै आएको छ ।

    • तेती मात्र त् आजकाल यहि पनि हुन्थ्यो ,दिल्ली नै त् जानु पर्ने थिएँन | प्रधानमन्त्री भब !!
      भन्ने आसिर्बाद थाप्न गएका हुन् सक्छन |

  9. लाज नभए पछी कसको के लाग्छ र ! नेपालि नेता ,राजनीति भारतीय हस्तक्षेप र इशारा बिना कहिले चलेको छ र ? अनि कुन चाहि दल बिना बिदेशी आफ्नै निर्णय मा चलेका छन् र ? अब नेपाल फर्के पछी के बखेडा निकाल्ने हो झलनाथ र एमाले ले ? देश र जनता लाइ सधै धोका धोका धोका !

  10. कठपुतली जस्तो शिर्षस्त नेताहरूको गतिबिधि देख्दा थुक्क भन्न मनलाग्छ !!

  11. सम्बिधान सभाको म्याद सकिन लागेकोले अब के गर्ने भन्ने आदेश लिन गएको होला।

  12. खोइ !! नेपालमा प्रजातन्त्र को यी नेता हरु ले पुरै लूट गरिरहेका छन् . देश कहा बाट कहा पुग्यो !!

  13. सम्भिधान सभा भनेको ६०१ जना को नौटंकी हो.यिनिमा ९९% भ्रस्ताचारी छन्.अब देस बनाउछु भन्ने तर पार्टी को निर्देसनमा जानु पर्दा बाबुरामजी ले मधेसका प्रमुख भ्रस्ताचारी लाई , Sorry मधेसीहरु भ्रस्टाचारमा सधै संलंग्न छन्..लाई सरकारमा गृह मन्त्रि गछेधार बनाए पछी MR .BKG अब kidnap कम हुन्छ कि हजुरको side business ठुलो हुन्छ..कुरा आयो out look को प्रोग्राममा प्रचन्डले सुशील (राम्ररी नेपाली पनि बोल्न सक्दैन ) र (झल्लु लाई ) यस्तरी पाहा झैँ पछारेछन् .तर प्रचण्ड तिमीले किन एक लाख भाडा पर्ने घरमा बस्नु पर्यो जबकी रोल्पा,डोल्पामा सिटामोल किन्न नसकेर मान्छे मारिरहेको छन्..मलाई थाहा छ कि माओबादीले अर्को इलेक्शन पनि सजिलै संग जित्छ .

  14. जब जब देश र जनताको लागि केहि गर्नु पर्ने हुन्छ नेता हरु बिरामी हुन्छन यो कुनै नौलो कुरा होइन नया नेपालमा ********************

  15. खनालको पछी पछी अरु पनि त होलान नि बिरामी हुनलाई लाइन लगेर बसेका , दक्छिनको काले धामिकोमा जाने कि पूर्व हिमाल पारि चिम्से बहिदेकोमा जाने भनेर

  16. काम नै नगरी भट्ट लिने सभासद को बिरोध कैले हो हुने ?? बिना सित्ति किन ज्याला तिरिन्दैछ ?? कमसेकम आस्वासन सम्म पनि दिन छाडे अब त ……

    यति मात्र हैन अब जेठ लागेपछि यिनीहरू शौचालय नै रुगेर बस्छन पखाला लाग्या छ भन्दै !!

  17. माई संसारलाई थाहा छ नेता किन बिरामी पर्छन भनेर नभनेको मात्र हो/अमेरिका देखि युरोप र अरु कतिपय देशका नेताहरु देश र जनताका लागि चिन्ता गर्छन,दौडधुप गर्छन र दुब्लाउदै जान्छन/हाम्रो देश नेपालनै यस्तो देश हो जहाको सत्तामा पुगेको एक साता बित्दा नबित्दै नेताहरुको घर पनि सप्रन थाल्छ र गाला पनि चम चम गर्दै राता चिल्ला भैहाल्छ/अनि सुगर हुन्छ/मेरो प्रार्थना छ कि यिनीहरुको किडनीनै ड्यामेज होस् र जनता र देशले मुक्ति पावस/बिरामी भएको नाताले भारत जाने र देश भाड्ने दिन समाप्त होस्/

  18. समयेमै संबिधान नबने maobadi जिम्मेवार हुनु पर्छ रे अनि ४७ साल कै संबिधान बिउताउनु पर्छ भनेर रोइ कराई गर्ने हरु छदै छन् नि

  19. भारतीय नेताहरुको कुनै दोष छजस्तो मलाई लाग्दैन यो त हाम्रा धोतिका कट्टु र दाशले मालिक प्रति धेखाउने कुकुरको स्वामी भक्ति मात्र हो अनेथा कसैले हाम्रो देशमा सत्ता परिबर्तनको लागि यत्रो भूमिका खेल्दैनाथे. यो यस्तै झल्लु, के पी प्रवृत्तिको उपज हो. यिनीहरुलाई त हैजाले लेइजानु नि किन बिरामीको मात्रै बहाना गर्नु. अर्काको अपुताली खाने विद्वान भनौदा डाक्टरहरु लाई यी नेताहरुले नापत्येका र अपमान गरे जस्तो पनि लाग्दो रहेनाछा. यी झल्लु त हिजडा नै रहेछन न प्रधानमन्त्री हुदा केहि गर्न सके, न पार्टी अद्यक्ष भएर नै पार्टीलाई हाक्ने सके, दुइ ठाउँ बाट हारेकोलाई पनि पी एम बनाउदा तुल्तुलु हेरी रहे सिखंदी यस्तालाई पार्टी नेता ठान्ने युवा एमाले कार्यकर्तालाई पनि धिक्कार छ

  20. हामी ले जे भने पनि जाने गैहाले उताका डाक्टर संग भलाकुसारी गर्छन महान भारत को आश्रीबाद लियर आउछन अनि संसद भवन गयर जादु को छडी हल्लायपछी सबै जिल्ल /

  21. राजतन्त्रको पक्षधर १००% होइन म / तर जब जब कुर्सिको लडाई सुरु हुन्छ कमजोर व्यक्तित्व र आट भएका अहिलेका सबै नेपाली नेताहरु आफ्नो पक्ष बलियो बनाउन दिल्ली धाउन थाल्छन, दिमागले रोक्ने अनेक प्रयास गर्दा गर्दै पनी मनमा नेपालीनै भएर बाच्न यस्तै भए पनी राजतन्त्र नै चाइंछ कि क्या हो भन्ने परि हाल्छ / हे पशुपतीनाथ मेरो यो मस्तिस्क र मनको विरोधाभासलाइ कसरि हुन्छ समाप्त गरिदेउ /

  22. सुर्य बहादुर थापा जस्तो भारतेले त भनिनै सके: “तीन दलकै नेताहरु फेरिफेरि सरकारमा जाने भएपछि अहिलेको सरकार वा राष्ट्रिय सरकार बन्नुमा कुनै तात्विक अन्तर छैन”| भारत, चीन र देशभित्र समेत रुचाइएको बाबुरामको सरकारलाई अबिश्वास गरेर कस्तो अमुर्त विश्वासिलो सरकार ल्याउने होला? एमाले र कांग्रेसले त गणतन्त्र नचाहेको अब खुलेर भन्न थाले, बैधले जतिसुकै बल गरेपनि बेला न कुबेलाको एकमुखे जनवाद अहिले लाइ नेपालमा फीट खाँदैन| बरु ८५ बर्षीय सुर्य बहादुर थापाले गणतन्त्रको अपरिहार्यतालाई राम्ररि बुझेका रहेछन| खुबै नाटक देखायौ पांगदुरे नेता हौ! भोट मात्र माग्न आओन ! स्वांक्कै सुंघाईन रहेछु भने के र !!!!

  23. RAW नाम को ले च्याप्य्पो, तेस्को अस्पताल delhi को south block मा छ/

  24. कठै कुनै दिन थियो झलनाथको दिल्ली एअरपोर्टमा सात सात दिन धर्ना कस्दा पनि कुनै धोतिको मुख हेर्न पाएका थिएनन्…आज जब प्रचण्ड क्याम्प बाट उनि केपी- सुर्य बहादुर क्याम्पमा गए भारतले रातो कार्पेट बिछ्यायो….मुनको भ्रमण भाडेको खुसियालीमा चेस पार्टीको लागि गका रे क्या झलनाथ भारत…अब नक्कली लुम्बिनीको प्रबर्धनको लागि मुनलाइ बिहार ल्याउन कन-कनमणि देखीका लाग्ने रे भन्ने आको छ केपी झल्नाथ तयारीको लागि दिल्ली गका रे ……..

  25. छ्या तस्तो झाले खनाल को पनि के कुरा गर्नु , तेस्को news पडियो कि तेस्तो मान्छे लाई नेता बनाउने हामी कस्तो भनेर नरमाइलो लागेर आउछ.

  26. ओलीको रोग लाग्यो झलनाथलाइ आजकल एमाले एक भाको छ क्या…झलनाथ पनि केपी जस्ती हो क्या……..हिजो आज………….

  27. हाम्रो देस को नेता हरु लाई सधै सधै यस्तै रोग लाग्छ किन कि सत्ता आफ्नो हात मा पार्न को लागि भारत जानु पर्ने हुन्छ तेही भयर जब जब देस मा सरकार परिवर्तन हुन् लाग्छा अनि नेता हरु भारत तिर लाग्न थाल्छन नया देस को नया नियम यस्तै छन् ठम्याई हाम्रो छ……………

  28. हो हो खनाल sir लाई किड्नी change गर्नु पर्ने भएको ले भारत तिर लग्नु भाको हो !!!

      • यसको त गिध्दी पो फेर्नु पर्ने हो,गिध्दी फेरेपछि संबिधान बनाउने सोच आउने छ| गिध्दी फेर्नु पर्ने अरु पनि छन् : मोहन वैद्य, राम बहादुर, देव गुरुङ र सी. पी. गजुरेलको| अनि बन्छ संबिधान|

    • हो हो, खनाल सरको टाउको भित्रको ‘किड्नी’ फेल हुन लाग्या छ, तेसैले भारतका नेताहरुले ‘उपचार’ गरिदिने भा’को ले उता तिर लाग्नु भो भन्ने यो ओ.जा.सु. को ठम्याई छ /

    • खनाल को किड्नी दिमाग मा छ रे , तेही भएर दिल्ली जानु परेको, नत्र त नेपाल मै उपचार भैलाथ्यो नि

    • गणतन्त्र अघिसम्म नारानहिटी धाउथे, मालिकको आदेश मानी राजतन्त्र सोत्तर परेपछि मालिक कैमा नाधाई तेसका बाउलाई सुख? थुक्क बज्जिया !!

Comments are closed.