मन्त्री गिरी बर्खास्त, अख्तियार किन चुप ?

श्रम विभागभित्र हुने घुसलाई संरक्षण गर्ने लागेकी श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई प्रधानमन्त्रीले बर्खास्त गरेका छन्। प्रधानमन्त्रीले बुधबार काम चित्त बुझ्दो नभएको भन्दै मन्त्री गिरी सहित ३ जनासँग स्पष्टिकरण लिएका थिए। स्पष्टिकरणमा परेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले वीर अस्पतालका चिकित्सकसँग माफी माग्ने सर्तमा सफाइ पाए।

माओवादी अध्यक्षलाई हात लिएर मन्त्री पद जोगाउने प्रयासमा असफल भए पनि उनले राजिनामा दिइनन्। शुक्रबार कार्यालय समय सुरु हुनासाथ प्रधानमन्त्रीले उनलाई बर्खास्त गरेका हुन्। आर्थिक चलखेलमा संलग्न भएको भेटिएपछि प्रधानमन्त्रीले उनलाई राजिनामा दिन आग्रह गरेका थिए। भलाद्‌मी रुपमा गरिएको आग्रहले मन्त्रीलाई के छुन्थ्यो ! गिरी भने पद जोगाउन माओवादी अध्यक्ष प्रचण्डको गुहार माग्ने प्रयास पो गर्न लागिछन्।

विदेश जाने नेपालीलाई अनुमति दिने निकाय वैदेशिक रोजगार विभागमा भ्रष्टाचार बढेपछि त्यसलाई रोक्न प्रधानमन्त्री भट्टराईले ५ महिनाअघि श्रम मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशक नियुक्त गरेका थिए। भट्टराईले ठगी गर्ने म्यानपावरलाई खारेजी र बैंक मार्फत् मात्र आर्थिक कारोबार गर्ने व्यवस्था लागू गरेपछि उनको कुर्सी हल्लाउन मन्त्री गिरी समेत कस्सिएकी थिइन्। बैंकमार्फत् कारोबार गर्दा अनियमितताको सम्भावना कम भएपछि व्यवसायीहरु महानिर्देशकसँग क्रुद्ध भइ मन्त्रीको शरण परेका थिए। तिनै मानव तस्करको लबिङमा महानिर्देशक भट्टराईलाई मन्त्री गिरीले फागुन २९ गते मन्त्रालय फिर्ता बोलाइन्। सुनिए अनुसार व्यवसायीले भट्टराईलाई विभागबाट सरुवा गरेबापत मन्त्री गिरीलाई २ करोड रुपैयाँ घुस दिएका थिए। एक सरकारी अध्ययनअनुसार श्रम विभाग खुसघोरी हुने ठूलो सरकारी अड्डामध्ये एक हो। विभागमार्फत् दैनिक सरदर २० लाख रुपैयाँ भ्रष्टाचार हुनेगर्छ। विभागको गिरोह यतिसम्म बलियो हुन्छ कि घुसको भाग मन्त्री, विभाग महानिर्देशकदेखि विमानस्थल अध्यागमनसम्म पुग्ने गर्छ। यही गिरोहको पक्षमा लागेर मन्त्री गिरीले आर्थिक चलखेल गर्न थालेपछि प्रधानमन्त्रीले उनीसँग स्पष्टिकरण सोधेका थिए।

श्रममन्त्री यही खुस्याहा स्वभावका कारण प्रधानमन्त्री निर्वाचनमा भट्टराईलाई सघाएकी गिरी अन्ततः प्रधानमन्त्रीबाटै बर्खास्त हुन पुगेकी हुन्। प्रधानमन्त्री बन्न सघाएको गुन तिर्दै भट्टराईले माओवादी कोटामा रहेको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी गिरीलाई दिएका थिए।

बर्खास्त प्रकरणसँगै बाहिर आएका यी विषयले उनी भ्रष्टाचारमा संलग्न भएको कुरा खुला तथ्य हो। नेपाल न हो बडो गज्जबको मुलुक जहाँ २ करोड बढी पैसामा खेल्नेहरु भ्रष्टाचारीहरुको पगरी लाएर सानका साथ समाजमा गग ढल्काउँदै हिँड्न सक्छन्। गिरीमाथि छानवीन गर्ने निकाय अब अख्तियार हो। यो देशलाई भ्रष्ट्रहरुको स्वर्ग हुनबाट जोगाउने थोरै भए पनि यो एउटा उपाय हुनसक्छ। कामका लागि विदेश जाने गरिब नेपालीहरुसँग सरोकार राख्ने श्रम विभागमा आर्थिक चलखेल गरी कमाएको पैसाको छानवीन गर्न अख्तियारलाई केहीले रोक्दैनन्।

44 Comments

  1. सामान्य नागरिकले बिर अस्पतालमा गयर तेस्तो उपद्रो गरेको भय त्यो माथि सार्वजनिक अपराधको आरोपमा कार्यबाही हुने थियो, माफी मागेर छुटकारा पाउने थियनन/ अपराधीले माफी माग्दैमा कानुन बात मुक्त हुने कानुन त् देसमा आज पनि छैन; त् यो नेता मन्त्रीले कसरि छुटकारा पाउने भयो? के आजका नेता मन्त्रीहरु उहिलेको राजाहरु जस्तै कानुन नलाग्ने “हुने” भनेर अन्तरिम संबिधानमा लेखेकोछ?

    नेताहरु नागरिकहरु भन्दा माथि हुने यो कस्तो लोकतन्त्र हो बुझी नसक्नु भयको छ/ यकातिर सुरुवातनै यस्तो छ भने अन्त कस्तो हुने होला सोची नसक्नु छ भने अर्को तिर हरायक जाँचमा पहिला हुने आज सम्मप्रधान मन्त्रि भयको भन्दा सबै भन्दा बढी पढे लेखेकोको सगतिमा यस्तो गुण्डा मवाली र भ्रस्ट मात्रै कसरि किन भयो यो चाहि बुझी नसक्नुनैछ/

  2. राम्रो काम भयो / धन्य बाद प्रधान मन्त्रि जी.आनुसाशन हिन सपई लाई सबक सिकाउने पर्छा/ नियम,शान्ति,र आनुसाशन यो तिन कुरा मा कुनै पनि सम्झौता गर्नु हुदैन/

  3. अ) सजाय वा कारबाही अख्तियारले होइन अदालतले गर्न हो……….! भ्रस्ताचारिलाई मुद्दा भने अख्तियारले मात्रै होइन सरकार वा सर्बसाधारणले पनि दर्ता गर्न सक्छ !

    आ) घुस्याहा भन्न्दै मन्त्रीबाट बर्खास्त गर्नु तर सरकारले मुद्दा दर्ता गर्न नसक्नुले लेन-देनको विवादमा बर्खास्त गरेको प्रमाणित भएको छ !

    इ० गिरीले सरकार बिरुद्द्द मानहानिको मुद्दा दर्ता नगर्नुले, उनि घुस्याहा नै भएको तथ्य पनि प्रमाणित भएको छ !

  4. This is an interesting country where:

    1. A corrupt official is given a 20 percent bonus discount on court sentences.

    2. Refunding of bribe money is used as a punishment measure for bribery. (eg Prachanda Putra not accepting 2 crore of bribe money)

    3. Now, simply firing of a minister from his/her position is taken as punishment for corruption crime.

    4. PM threatens not to investigate institutional corruption (corruption in cantonments) simply because it might disturb peace process and constitution writing.

  5. सर्बप्रथम प्रधान्मन्त्रिज्यु भ्रस्ट मन्त्रीलाई बर्खास्त गर्नुभएकोमा हृदयदेखि धन्यवाद / अर्का बिना भिसा बिदेस सैर गरेर नेपालीको बेइजत गरेका अयोग्य मन्त्रीले जिम्मेवारी महसुस गरेनन / आफ्नो क्याबिनेटको शुद्दीकरन गर्नुभए कसो होला /

  6. वाईस्याल, युथ फोर्स र तरुण दस्ता को बिचमा मारकाट हुदा पनि नेपाल प्रहरी चुप लागेर बस्छ…! अक्तियारको हालत ठ्याकै नेपाल प्रहरीको जस्तो भाको छ !

  7. भट्टराइको गुण खाएर भट्ट राइलाई नै चलाउन खोजेपछि भट्टराइ कसरि चुप बस्न मिल्छ ?भट्टराइ को सासन मा भट्टराइ कै मन्त्रीमंडल कि सदस्य ले भट्टराइ नै चुनौती दिनु ले ”कुखुरी जी जब मौत आती है तो ज्यादा दाना खाती है और फ्रैंग प्यान कि तरफ दिखाती है ”याद गरायो |

  8. अब एक एक गर्दै बर्खास्त गर्दे जानु पर्छ यस्ता भ्रष्टाचारमा संलग्न नेता हरु लाई प्रधानमन्त्री ले यो काम चाही राम्रो गरे जस्तो लग्यो तर {अख्तियार किन चुप ?} अब यो कुरा मा सोच्ने कुरा हो सबै ले ……

  9. सरिता गिरीको सम्पत्ति छानबिन गर्नुपर्यो अख्तियारले / नेपालका ठुला नेताहरु र उच्च प्रशासकहरुको पनि सम्पत्ति नियेमित छानबिन भैरहनुपर्यो /

  10. I want to focus in only one thing, that is payment through Bank…….
    Not only in this department, in whole Nepal, the payment should be done through (only) Bank. In all Government Ministries there are cash dealings and such dealings are unreliable and great chance of misplacing of money……
    We are paying money and where it goes?
    Payments through Bank Cards should be used more frequently in government offices.
    We know Mafias are involved in human trafficking and it will eradicate only by transparency.
    I believe….. transparency is the only way for Impartiality.

  11. प्रधान मन्त्रि को यो काम लाई उदाहरनिय मान्नु पर्छ /

  12. सरिता गिरि भ्रस्टचारको पोखरीमा नुहाएर सुद्ध हुन खोज्ने एक अर्को प्राणी हो
    जसरि अरु हरु पनि यस्तै कसरत गर्दै आएका छन् / एक पटक उनि भन्दै थिइन् कि उनि त अत्यन्तै स्वाभिमानी, देशभक्त, इमान्दार र सदाचारी हुन् /

    आखिर उनको सच्चा चरित्र त छर्लंग भै हाल्यो / उनि पनि त्यस्तै समुदाय बाट आएकी हुन्, जसले अहिले सम्म समाज लाई चुसी रहेकोछ /

    मधेसको नामको चेकलाई cash गर्ने उनि अति धुर्त महिला हुन् / यो कुरा सबै असली मधेसी जना समुदायले रामरी बुज्नु अत्याबसेक छ /

    त्यस्ता हरुलाई समय मै उनि हरुको असली अनुहारलाई उदांगो पार्न सकेमा फेरी फेरी पनि ठगि र घुस्याहा धन्दा गर्ने मौका पौने थिएनन /

  13. अख्तियार क्रियाशील हुन पहिला कसैले उजुरी गर्नु पर्छा होला, मुर्ख हरु को तर्क येस्तई त होला

  14. हैन नेपालको विकास गर्नेहरु ,बिसेस नेता,कर्मचारी,ब्यापारी,इत्यादी यत्रो भ्रस्टचारी भएपछी कसरि नेपालको विकास हुन्छ.सायद प्रचण्ड सर्बहारा को नेताबाट किम इल जुँग नभएको भए केहि गर्थे होला, तर कमुनिस्ट नेता को टोपी लगाएर प्रचण्ड त सबैहारा बने पछी अब हामीले कसलाई पत्याउने??? कुजाता,सेरे,माकुने,ओली,फोरम त सधै फुटी रहन्छ,नेपालमा राजनीति लाई पेसा बनाउनेहरुमा ९९% भ्रस्ट छन्.नेता,कार्यकर्ता,y .c .l ,कमीले,चमिरे ,दन,सबै कार्यकर्ताको छाला ओढेर gangster बनेका छन्.यिनले जे गरेपनि हुने,बिसेस सरकारी tender कसलाई पाउनु पर्ने विवाद मा शिबको हत्या भयो ,जेल भित्र ‘ कसरि ???किन ??? मेरो बिचारमा कुनैपनि देसमा paramilitary हुनु हुदैन y .c .l ,युथ फोर्स ,युवा दल सबै माफिया हुन्.मेरो नेपाल ,राम्रो नेपाल आज कसरि most currupt देस हुन् पुग्यो ???

  15. आर्थिक प्रलोभन र हिनामिनाको आरोपमा प्रधानमन्त्रीले नै बर्खास्त समेत गर्न परेको अवस्था सिर्जना हुनु भनेको लज्जास्पद परिणति हो /
    – यस्तो अवस्थामा अख्तियारले अब कसको के झर्ला र अगाडी बढाउला भनेर पर्खेको जस्तो छ !!
    – खोइ; कस्ता कस्ता मन्त्री छानेछन् यो भट्टराई बाजेले !! कुराले चिउरा भिज्दैन बाजे !!!

  16. सरिता गिरि मात्र होइन आधा जति मात्री हरु हटाउनु पर्छ /

  17. प्रधानमन्त्रि बाबुराम भट्टराइ को यो कदम स्वागतयोग्य छ,अरु पनि भ्रस्ट मन्त्रि,कर्मचारी हरु लाइ येसरी कारबाही गर्न सके नेपाल मा केहि हुने थियो,भट्टराई को यो कदम निरन्तर जारि रहोस,चाहे कुर्सि ढले ढलोस,केहि गर्ने मौका छ,भोलि को लागि भने पनि केहि गरेर देखाउनु होस्,भ्रस्ट हरु को बीच मा आफुलाई एक उदाहरनिय प्रधानमन्त्रि बनायर देखाउनु होस् जनता तपाइँ को साथ् मा छन्,माओबाद लाइ छेउ मा थन्क्याएर देश र जनता को लागि केहि गरे भलो सबै को हुन्छ……
    आशिस
    स्विस

  18. पंचायतको आमा मै हुँ भन्ने तुलसी गिरीले आफ्नो पालामा गर्नु गरेको थियो | कांग्रेसका प्रदिप गिरीले अरु केहि गरेन, चिन्तन मात्रै गरे| मधेशवादी सरिता गिरीले जागिरै खुस्किने गरि पैसा लुँड्याएछन्| भनेपछि गिरीहरुको रेकर्ड राम्रो देखिएन! तर यसो भन्दा मेक्सिकोमा माइनिंग इन्जिनियरको रुपमा कार्यरत मेरा मित्र ध्रुव गिरी पाखुरी बजाउने वर्गमा पर्छन है !

  19. अहिले भने Mr Battraiko घैटोमा घामको झुल्को परेछ तर घाम चाही कहिलेसम्म लाग्ने हो.

  20. यसरीनै चाहे प्रतिपक्ष् होस् चाहे संस्थापन पक्ष् नै किन नहोश पदको दुरुपयोग गर्ने व्यक्तिलाई पद बात बर्खास्त गरि कानुनी कठघरामा उभ्याएर तमाम नेपाली जनताको पक्ष् मा सुनुवाई हुन् सुरु भयो भने एक दिन अबश्य देशले मुक्तिको लामो शास फेर्ने छ र अनि त्यस पछी बिबेकहिन देशद्रोहीहरुबाट मुलुकले सदाको लागि निकाश पाउने छ !

  21. सायद यी सरिता गिरीले पनि तराइ आन्दोलनमा लागेकोले बरखास्त परे भनेर तमाम तराइबासिलाई बेबकुफ बनाउने कोशिस गर्नेनै छिन/ पदमा पुगेर ब्रम्हलूट मच्चाउनेलाई अख्तियारले तु छानबिन गर्ने पर्छ/अखियार अलि निदाय जस्तो छ/ अनि रक्सि सेबन गरेर मंत्री पदकै दुरुपयो गर्ने सरोज यादबलाई पनि पदमुक्त गर्ने पर्छ/ यस्तै व्यक्तिले देशकै बदनाम गर्छन/

  22. यो भ्रष्टाचार गिरीलाई किरा परोस भन्नु पर्ला है यदि अख्तियारले अनुसन्धान गरेर कारवाही गरेन भने .
    भ्रष्टाचार गर्नेलाई किरा परोस ग्रुप कता हरायो ?? हो

  23. भन्न के बाँकी छ र अब यो मुलुकमा? जबसम्म जिविकाको लागि राजनीति गर्नेहरु सत्तामा पुग्ने अवस्था रहिरहन्छ तबसम्म यस्ता कुरा कुनै अनौठो हुँदैन।

  24. सरिता गिरि लाइ बर्खास्त गरेर भट्टराई जी ले राम्रो कम गर्नु भएको छ , तर सरोज यादब लाइ माफी मागेको भरमा सफाई दिनु भने गलत हो / अब गिरीको बारेमा भने आख्तियर बाट तु कारबाही अघि बढाउनु नितान्त आबश्यक देखिन्छ /

  25. एकदम राम्रो बाबुराम जी तपाई येसरी नै अगाडी बदनुस हामी जनता सधै तपाई को साथ् मा छौ

  26. ल येश पटक चै प्रधानमन्त्रि जी ले केहि राम्रो काम गरे जस्तो लग्यो ! भगवान ले उनलाई येस्तई सद्बुद्धि दिउन!

  27. अब त देस को घिन लाग्दो राजनीति बाट वाक्क ,दिक्क नै भैसकियो / सकिन्छ भने यी राष्ट्रिय बदमास हरु को बारे मा मयिसंसर ले पनि अक्तियार को काम गर्न सकोस…………………….

  28. अख्तियारमा कसैले उजुरी नगरेर हो कि? कसैले यो बिषयमा उजुरी दिने हो भने सायद केही पहल हुन सक्छ। त्यसैले कसैले न कसैले यो काम गर्नु पर्यो। अदालतले भष्ट्रचार गरेर जेल सजाय सुनाएको संचार मन्त्रीलाइ तत्कालै बर्खास्द गर्न नसक्ने यी प्रधान मन्त्रीले यसरी यीनलाई यती चाडै आफैले बर्खास्त किन गरे होलान् … गुप्ता अलिक बलियो भएर हो त? कुरा बुझ्नै गाह्रो भयो। जे होस राम्रो काम हो यो, यस्तै कदम कुर्ची जोगाउने रिफ्रिन्समा नगरेर सबैलाई समान र ईमान्दार पुर्बक हेरेर गर्ने हो भने राम्रो हुने थियो।

  29. बिहानै राम्रो खबर सुन्न पाइयो | अख्तियारले घोक्रे-ठ्याक लगाउनु पर्यो !

  30. आउनुहोस हामि सबै मिलेर अख्तियार लाइ दबाब दिउ .

  31. यिनलाई त झ्यालखाना को अध्यारो कोठामा थुन्नु पर्ने होइन र? जब यिनी भ्रस्टाचारी हुन् भन्ने किटान भैसकेपछि के को मुलाहिजा गरिराको खुरुक्क जेल हाल्नु पर्छा, वाग्ले अनि गुप्त संगै. वा क्या मज्जा त्यहाँ पनि मोज सबै आफ्नै स्सथिहरु है सरिते, अनुहार राम्रो मात्र भएर पुग्दैन क्या व्यहोरा राम्रो हुनु पर्छा अब त तिमि सिधै कल्कोठारी को बास

  32. अब सरिता गिरि लै भर्स्त्ताचार को केस ठोकेर जेलमा ठुस्दिनु पर्छ भर्स्त्ताचारी लाई उन्न्मुक्ति कदापी दिनु हुदैन जय नेपाल …….

  33. बाबुराम को आफ्नै टुंगो छैन बिचरा जे भए पनि अहिले भने बल्ल ठिक काम गरेछन . उनका घुश्याहा मन्त्रि त कति कति के को लेखा जोखा . लौ है बाबु राम बेलैमै एस्ता मन्त्रि हरु लाई कारबाही गर, कुर्ची मात्र नहेर, हिजो सम्म तिम्रो पनि कस्तो वहा वाहि थियो , येही कुर्सि को लोभ ले लगौटी फुस्किना लागि सक्यो .

  34. मन्त्रि पद बाट बर्खास्त गरिनु नै भ्रस्टाचार को ठुलो प्रमाण हो ,आशा गरौ अख्तियार ले पनि कार्यबाही अगाडी बढाउला \ सत्ता जोगाउने नाम मा काला कर्तुत गर्ने माथि कार्यबाही नहुनु ठुलो अपराध हुन् जान्छ \ सबैको चेतना भया !

  35. आफ्नो पदिय हैसित , दायित्व र आफ्नो कर्तव्यलाई बिर्सेर आफ्नो पदको दुरुपयोग गर्ने सरिता गिरी जस्ता अन्य थुप्रै सरिताहरुलाई बर्खास्त मात्र हैन कडा भन्दा पनि कडा सजाय दिन सकिने गरि संबिधानमै उल्लेख गरि कानुन बनाउन पर्छ भन्ने हाम्लाई लाइराछ आफ्नो पदको दुरुपयोग गर्नेलाई बरखास्त गरि सजाय दिने कार्यको सुरुवात गर्नु भएकोमा यहालाई धन्यवाद दिनै पर्छ यस कार्यलाई निरन्तरता दिनका लागि हामीले सुझाब समेत दिन्छौ !

  36. बल्ल थाहा पाएछन बाबुराम बाले खेतमा रोपेको धान भन्दा झार लामा भएछन भनेर | येसरिनै बेला बेलामा गोडमेल गरे त सप्रिन्थ्यो होला खेती |

  37. यसो भने कसो होला ?
    “मधेस आन्दोलनको बिरुद्धको अर्को चाल हो भन्ने कुरामा दुइमत हुन सक्दैन ! यस अघि पनि भ्रष्टाचारको नाजायज मुद्दामा जेपी गुप्ता फसाईनु भएको सर्बबिदितै छ ! एकाएक मधेशी मुलका मन्त्रीहरुलाई लाग्नु मधेशीको एक मधेश उत्तर प्रदेशको चाहनामाथिको बज्रपात हो !”

  38. प्रधान मन्त्रि ज्यु ले यो अति राम्रो काम गर्नु भयो / भ्रस्ट लाई हटाउने कार्य को स्वागत गरौँ /

  39. प्रधानमन्त्री भट्टराई ले ढिलै भएपनि राम्रो काम को सुरुवात गरे है ,येस्तई अरु घुसखाने लाई पनि कारबाही गरियोस

  40. खुट्टा बजारेर सलाम छ बाबुरामको यो कदमलाई| येतिले मात्र पुग्दैन| भ्रस्टचारी सरितालाई जेलसम्म पुराउनुपर्छ र अरु भ्रस्ट मन्त्रीहरुलाई पनि बर्खास्त गर्दै जानुपर्छ|

  41. अख्तियार र लेखा समिति एस्तो भ्रस्टाचार छानबिन गर्ने होइन हेर्ने निकाय हुन् जस्तो लाग्छा ! बिकास को काम हुनु भन्दा अगाडीनै भ्रस्टाचार देख्छन भ्रस्टाचार भैसकेको चाही देख्दैनन ! कतिपय केस मा त सौदाबाजी पनि चल्छारे अख्तियार र समितिमा ! नत्र आखा नभएकोले पनि देख्ने भ्रस्टाचार यिनीहरु किन देख्दैनन ? के यो देस मा अख्तियारमा काम गर्ने कर्मचारीहरु को सम्पति छानबिन गर्ने निकाय छैन ? सुनिन्छ अन्त गरेको भ्रस्टाचार लुकाउन सरकारी कर्मचारीहरु अख्तियार मा काज मा जान्छन रे ! अनि पंचायतकाल को गुप्तचर जस्तो कसैको नाम मा उजुरी पर्यो भने बोलाएर कुरा मिलायो नमिले काम तमाम गरिदियो !

Comments are closed.