अर्को जुनी पाउँदाको खुशी र पिडा

-श्रवण देउवा / कैलाली-

डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सूचना पाएका थियौं। धनगढीमा वसेर समाचार लेख्नु भन्दा स्थलगत नै गएर समाचार लेख्ने सल्लाह र सोचका साथ २९ गते बिहान म सहित तीनजना पत्रकार त्यसतर्फ गयौं। नयाँ पत्रिका दैनिक र एबीसी टेलीभिजनका सम्वाददाता श्रवण देउवा, सौय दैनिकका संबाददाता दीपक ओली। दस बजे अत्तरियाबाट वसको यात्रा गर्दै डोटीको बिपिनगर पुग्यौ हामी। धनगढीबाट त्यहाँ पुगुन्जेल साँझ परिसकेको थियो। बिपीनगर बजारनिरै रहेको ठूलीगाड नदीमा नुहाएर हामी रमाना भयौ बर्छैन गाविस–४ स्थित गरभूजा। साथमा थिए स्थानीय केसव बम र हेमन्त मन्नी।


बिपीनगर बजारबाट बसको करीब दुई घण्टा अनी डेढ घण्टाको पैदल यात्रापछि पुगियो गरभूजा। त्यहाँ पुगुन्जेल करिब नौ बजिसकेको थियो। काम हुने कुरै भएन केवल भिजुअल खिच्ने बाहेक। गरभूजा राम्रै स्वागत सत्कार भयो। किनकी यस स्थानसम्म पत्रकार पुगेको पहिलो घटना थियो। विहान उठेर बन फडानी हुने क्षेत्र जाने योजना थियो राती नसुत्नुभन्दा अघिको। बिहान उठ्दा असिना पानीले त्यो योजना असफल बनाईदियो। हामी बाध्य भयौ पुन बिपीनगर फर्कन। एक दिनको बसाईसंगै यहाँको सम्पूर्ण रिपोर्टिङ्ग सक्ने योजनामा गएका थियो। गरभुजाबाट हामीले टार्गेट बनाएको स्थानमा रिपोटिङ्गमा जाने स्थान पुग्न सजिलो थियो तर असिना पानीले त्यो सपनामा कुठाराघाट गरीदियो। यसपछि हाम्रो त्यहा बिताउने दिन लम्बीने पक्का भैसकेको थियो। तीन घण्टाभन्दा बढी परेको असिना पानी पछि यहाको वातावरण नै परिबर्तन भैसकेको थियो। बिपीनगर पुगुन्जेल गाउँदेख बजारसम्म पत्रकारहरुको टोली वन फडानीको समाचारको लागि आएका छन् भनेर हल्लीखल्ली भएछ। ३० गते बिहान उठ्नै पाएका थिएनौं स्थानीय केही व्यक्तिहरु हामीलाई भेट्न हामी सुतेको स्थानमा जम्मा भइसकेका थिए। हामीले उनीहरुसँग सोधीखोजी गर्‍यौं, उनीहरुले वन फडानीबारे विस्तृत रुपमा आ–आफ्ना कुरा राखे। मलाई उनीहरुको कुरा सुनेर मनमनै लाग्दै थियो हामी पत्रकार नै समग्र यो देसको रक्षक रहेछौं। उनीहरु भन्दै थिए पहिले घना र बाक्लो रहेको वनजङ्गल आजकाल दिनप्रतिदिन उजाड हुँदै गएको छ। सामुदायिक वनका नाममा केही स्थानीय काठ तस्करहरुको समुहले खुलेआम साल, सिसौं, खयर लगायतका रुख काटेर वनै सिद्धाइ सके। अझ मोटर बाटो बनाउने भनेर सामुदायिक वन समुहबाट पैंसा उठाएर मानववस्ती नभएको बाक्लो वन भएको ठाउँ हुँदै विपिनगर देखि कैलालीको चिसापानी (कर्णाली नदी) सम्म डोजर लगाएर बाटो बनाएका छन्। यसले काठ तस्करी गर्न सजिलो भएको छ।

एकातिर बिहानै देखि अविरल रुपमा असिनापानी परिरहेको थियो भने अर्कोतिर हामीलाई भेटेर आफ्नो दुखसो पोख्न धमाधम बालक देखि बयोबृद्धसम्म जम्मा भइरहेका थिए। उनीहरुको एउटै स्वर थियौं अहिलेसम्म यहाँ आएका अन्य पत्रकार, वनका कर्मचारीहरु र राजनीतिक दलका प्रतिनिधीहरु जस्तै काठ तस्करहरुको आर्थिक प्रभोलनमा परेर वन फडानीको कुरा ओझेलमा नपारि दिनु होला। यस क्षेत्रमा आउने अधिकांस व्यक्तिहरुलाई काठ तस्करहरुले मोटो रकम दिएर आफ्नो पक्षमा पार्दा रहेछन्। अनि त वन फडानीको कुरा सार्वजनिक हुनु त कता हो झन् काठ तस्करहरुले मौलाउने मौका पाउँदा रहेछन् उनीहरुको कुराबाट थाहा भयो।

गाउँलेसँगको बसाइँ पछि बाह्रबजे खाना खाएर बढी वन फडानी भएको कालीमाटीतिर लाग्ने सोच बनाएका थियौं। तर, डेढ फिटसम्म असिना जमेर पूरै डाँडाकाँडा सेताम्मे भएपछि पुुन बिपिनगर फर्किन बाध्य भयौ। बाटोमा थुप्रिएको असिनासँग खेल्दै। मैले पहिलो पटक त्यसरी असिना परेर थुप्रेको त्यही देखें। गरबुजामा छुट्टिने बेला बयोबृद्ध लालबहादुर बम भन्दै थिए यसपाली पूरै गहुँजौ बाली र तरकारी असिनाले लै गयो अब रोटो (रोटी) खान नपाइने भयो पत्रकार साहेव हाम्रो समस्या काठमाण्डौंका नेतालाई भनि दिनु। चारैतिर असिनै असिना। हामी बाध्य भयौ अघिल्लो दिन आएको बाटोबाट फर्कन। बस चल्न सकेको थिएन त्यसैले पनि हामी पैदल यात्रा लम्बिसकेको थियो। गरभूजाबाट बस गुड्ने स्थानसम्म पुग्न गरिएको दुख बिर्सन लाएकको छैन। असिना आउन रोकिएपनि पानी भने पर्न थाकेको थिएन। पातलो भिरालो बाटो अनी त्यो असिनाले ढाकेको। कत्तिको गाह्रो भयो होला कल्पना भन्दा पनि परको कुरा हो। कति पल्ट लडियो। हामीसंग एउटा छाताबाहेक पानीबाट बच्ने अर्को कुनै बिकल्प थिएन। पत्रकार दीपक ओलीदाईलाई क्यामरा, ल्यापट पानीबाट बचाउन सक्ने सबै साधन दियो। हामी भिज्दै हिड्यौ। ओलीदाईको समस्या उहाँले छालाको जुट्टा पहिरिएर जानु भएको थियो। हिड्न गाह्रो भैरहेको थियो। कति पल्ट लड्नु भयो कतिपल्ट थाहा नै छैन। उहाँले छातालाई नै लौरो बनाएर हिड्न बाध्य हुनु भयो अन्तः त्यो उकालो ओरालोमा छाता नै शहिद भयौ। समस्या सिर्जना भयौ। सामान कसरी बचाउने अर्को समस्या त्यो छाता अर्कैको थियो। हाम्रो यात्रामा साथ दिदै थिए स्थानीय केसव बम र हेमन्त मन्नी। रमाईला अनि सहयोगी मान्छे। दाई यसरी जानु उसरी जाउ भन्दै उनै दुईले हामीलाई सुरक्षित बिपीनगर पुर्‍याए। साझ बिपिनगरमा पुगियो मानिसहरु एकआपसमा कानेखुसी गर्दै थिए। पत्रकारहरु त अलि फरक छन् है भन्दै थिए। हामीले नसुनेजस्तो गरेर केही मानिससँग बढी वन फडानी भएको क्षेत्र र गोलिया लुकाइ राखेको ठाउँको बारे जानकारी लियौं। त्यही बमोजिम जाने ठाउँ र सम्भावित हुनसक्ने घटना र काठ तस्करबाट बच्ने उपाय बारे योजना बनाएर १ गते बिहान बर्छैनको ठूलीगाँडको बगरैबगर हुँदै वार्ड नंम्बर ६ मा पर्ने नारायणखेत, वार्ड नम्बर ४ मा पर्ने खरहर, सडेखान, नवलकुडी, चक्यान हुदै कालीमाटी पुग्यौ। किनकी यो ठाउँ भएर गए कैलालीको निगाली र खैराला गाविस पनि पर्ने र यि ठाउँको वन फडानीको समाचार पनि सङकलन गर्न पाइने भनेर यही बाटो भएर गएका थियौं। साथमा स्थानीय केसव बम, प्रेम कलेल र हेमन्त मन्नी पनि थिए। जसले एक बर्षदेखी यस ब्यापम रुपमा हुदै आएको बन फडानी र तस्करीको बिरोध गर्दै आएका एक प्रखर युवा हुन। बाटोमा हामीले बगर आसपास झारीमा लुकाइ राखेका सयौंको संख्यामा खयर, साल, सिसौंका गोलिया र जथाभावी रुपमा आलाकाँचा रुख काटेर चिरान गरीरहेको र चिरान गर्न तयारी अवस्थामा राखीएको सालका गोलीया भेट्यौ। साथै आ आफ्नो क्यामेरामा पनि कैद गर्दै अगाडी बढ्यौं। मध्यान्ह बाह्रबजेतिर खरहर पुगेर खाना खायौं र केहीबेर स्थानीयवासीसँग कुरा गर्‍यौ वन फडानीका बारे। अधिकांसहरु बोल्नै डराउने कुरा गरेपनि यताउती हेरेर सर्तक अवस्थामा डराइ–डराइ कुरा राख्थे किनकी मनभित्रको पिडा पोख्ने साधन पाएका थिए हामीलाई। यस्तो किन भनेर बुझ्दा त उनीहरुलाई कहिँकतै काठका ठेकेदारका मान्छेहरुले थाहा पाएपछिको कल्पना गर्न नसक्ने दुब्यबहारको डर र चिन्ता रहेछ। त्यसपछि हाम्रो टोली ठाडै उकालै–उकालो भएर कालीमाटी गयो। यहाँ पुगुन्जेल करीब बेलुकाको ६ बजिसकेको थियो। कालीमाटीमा पनि वन फडानीको बेहालै रहेछ। फोटो खिचेर छ बजे पुनः बिपिनगर फर्कने सोचका साथ ओरालोमा हस्याङफस्याङ गर्दै दौडि रहेका थियौं। बाटोमा रक्सीले मातेका मानिसहरुसँग भेट हुन्थ्यो। उनीहरु भन्दै थिए पत्रकारलाई खरहरमा मासुभात पकाएर बाटो कुरि वसेका छन्, चाँडो जानुस्। हामी उनीहरुको कुरा नसुने झै एकोहोरो रुपमा जोरतोडले हिडिरह्यौं।

सातबजे खरहर गाउँमा पुगियो स्थानीय काठ ठेकेदार तथा सामुदायिक वन समुहका अध्यक्ष नवराज विष्ट, जङगबहादुर नाम्जाली, रामबहादुर नाम्जाली लगायतले पत्रकारहरु आज जान पाउँदैनौं यही वस्नु पर्छ काम छ भन्दै रोक्न थाले। हेर्दा र तिनीहरुको ब्यबहारबाट उनीहरुले मदिरा सेबन गरेका जस्ता देखिन्थे। मुखबाट मदिराको गन्ध आईरहेको थियो। उनीहरुले हामीलाई धम्कीपूर्ण भाषामा बस्न र खान भन्दै थिए। हामीले नसक्ने बरु अरु दिन पुन आउने भनिरहेका थियो। हामीले भोली धनगढी जानु छ आज जसरी पनि विपिनगर पुग्नु पर्छ केही काम भए भन्नुस् हामी केहीबेर रोकौल्ाा नि भन्यौं। सम्झायौ। रक्सीले टिल परेका उनीहरु भने एकोहोरो रुपमा तपाईहरु कस्तो पत्रकार हो कुरा बुझन आज वस्नै पर्छ केही चिन्ता छैन धम्की पूर्ण भाषामा भन्दै थिए। हामीले बिपीनगरको एक होटलमा खानका लागि भनिसकेका थियौ। त्यहा पकाएको खाना खेर जान्छ भन्दा हामी तिर्छौ तपाईहरु जसरी पनि यहाँ बस्नै पर्छ भन्ने धम्कीपूर्ण भाषाको सामाना गरिरह्यौ। हामीहरुसँग केही काम भए भोली विपिनगरमा भेट्नु होला आज हामी लाग्यौ भनेर गन्तब्यतिर लाग्यौं। ए पत्रकार वस्नै पर्छ भन्दै उनीहरु हाम्रो पछि लागे हामी छिटोछिटो हिड्यौं। किनकी उनीहरु रक्सीले मातेर हिड्न सक्ने अवस्थामा थिएन्। उनीहरु चिच्याउदै थिए। हामीले प्रवाह गरेनौं। जव ठूलीगाँडको बगरमा पुगेका के थियौं पछाडिबाट सिट्टी हाल्दै, पत्रकार भन्दै तथानाम गालीगलौज गर्दै एक हुल हात–हातमा लाठी र अन्य हतियार लिएर हाम्रो पछि लागे। हाम्रो टोलीले अव नदौडिने बरु क्यामेराको मेमोरी र क्यासेट निकालेर सुरक्षित राख्ने सल्लाह गरी मेमोरी र क्यासेट लुकायौं।

अनि उनीहरु (करिब ४० जना)को समुह पनि नाराबाजीका साथ हामी भएको ठाउँ पुगे र चारैतिरबाट घेरा हाले (यतिबेला साढे सात बजेको थियो)। मानौं हामी डाँकाचोर हुँ उनीहरुले समात्न सके वा कुनै ठूलै युद्ध जीतेर उनीहरुले खुसीयाली मनाइ रहेका छन्। कसैको खुट्टा खाली देखिन्थ्यो त कसैले पाइन्ट, सर्ट लगाउन नपाएर काधमा बोकेर तथानाम अपशब्दले एकोहोरो गालीगलौज गरिरहेका थिए। हामी अक्क न मक्क भएर टोलाइ रह्यौ। केहीबेर पछि उनीहरुका नाइके उल्लेखित नाइके साथ धनबहादुर विक, रमेश सिमसेली र बीरबहादुर नामजाली पनि आइ पुगे। र, हाम्रो क्यामेरा र डायरीको खोजी गर्न थाले।

हामीले तपाइहरुलाई किन क्यामेरा दिने भन्यौं? उनीहरु भन्दै थिए हाम्रो वनजङगल र गाउँठाउँको फोटो खिच्ने कसले दियौ अनुमति? फोटो खिचे पनि समाचार लेखे पनि कैलालीका वनको खिच्नु लेख्नु तिमीहरु कस्तो पत्रकार हो? ओलीदाईले तीनैजनाको परिचय दिए र भने पत्रकार कालो, रातो कलरको हुन्छ र? दाईले यती के भन्नुभएको थियो उनीहरु मध्ये एकजनाले यिनीहरुलाई के गरौं भनेर नाइकेलाई आदेश माग्दै पाइन्ट खोलेर ल खिच फोटो भनेर गालीगलौज गर्न थाल्यो। हामी डरले चुप लागेर हेरि रहे।

सँगै रहेका केसव, प्रेम र हेमन्त उनीहरुलाई सम्झाइबुझाइ गर्दै थिए। हामीलाई भने पिसाव फेर्न समेत जान दिएका थिएनन्। हामीहरुलाई बाच्ने आसा थिएन्। त्यत्तिकैमा नवराज विष्टले ओलीदाईलाई एकान्तमा लिएर गए। र मलाई बीरबहादुर नामजालीले। हाम्रो होस्हवास उड्यौ। तर कुरो अघिकै रहेछ आज पत्रकारले उनीहरुसँगै वस्नुपर्ने। मैले वस्न सक्ने अवस्था छैन् बरु हामीसँगै विपिनगर जाऔं भोली सँगै खरहरमा आउँला भने। विष्टले तपाइहरुलाई जे चाहियो, त्यही व्यवस्था हुन्छ भनेर फकाउन थाले हामीले उनको कुरामा असहमत जनाई जसरी पनि फर्कने अडान लिइरह्रयौं। मसंग रहेका उनीहरुको नाईकेमध्येका एक नामजाली आदिवासी जनजाती थिए। म पनि आदिवासी बासी जनजाती। करीब दुईघण्टासम्म बहस चल्यौ। मैले खुब सम्झाए। आदिवासीको परिभाषा बताए। आदिवासीजनजातिको अवस्थाबारे बताए। उसलाई मक्खाउनु थियो। त्यहाबाट फुट्कनु थियो। तीनीहरु मध्ये केहीले श्रवणले बोकेको क्यामरा खोस्ने प्रयास समेत गरे। पछाडिबाट एकोहोरो गालीगलौज जारी नै छ। हामीलाई फकाउन नसकेपछि उनीहरुले हामीलाई समाचार नलेख्ने, विपिनगरमा घटनाबारे कसैलाई नभन्ने र भोलिपल्ट (२ गते) ११ बजेभित्र पुनः खरहरमा आएर उनीहरुलाई भेट्ने कसम खान लगाए र समाचार लेखे तथा नआए धनगढी, काठमाण्डौं जहाँ पनि ज्यान मार्ने धम्की दिए। हामी सबैले सोही बमोजिम गरे र सहमती जनाए। जसरी पनि फुत्कीनु छ त्यहाँबाट।

केटाहरु अहिलेलाई छोडि देऊ बाँकी कुरा भोली गरौंला भनेर नाइकेले आदेश दिए र उनीहरुले हाम्रो घेराबन्दी छोडे। घडी हेर्दा यतिबेला साढे नौ बजेको थियो। हामी डर मानीमानी बगरैबगर विपिनगरतिर लाग्यौं। त्यसबेलासम्म सबैको मोवाईलको चार्ज सकिसकेको थियो। केवल ओलीदाईको स्काई फोन बाहेक। कसैको नम्बर थाहा थिएन। बिचमा फोनको नेटवर्कले पनि काम गर्‍यो र त्यहीबाट डोटी पत्रकार महासंघका सचिव मोहन शाहीलाई घटनाबारे ओलीदाईले जानकारी दिनुभयों।

शाहीले तत्कालै प्रहरीलाई फोन गरे छन् हाम्रो घटनाबारे तर उताबाट विपिनगर इलाका प्रहरी कार्यालयमा जनशक्ति कम छ सरासर विपिनगर आउनु हामी यतै सुरक्षा दिउँला भनेका छ प्रहरीले शाहीले हामीलाई फोन गरेर भने। फेरी हामी तनावमा पर्‍यौं, फोनले काम गर्दैन् अन्य ठाउँमा जानकारी गराउँ भने। एकान्त खोलाको बगरैबगर नजिक मानववस्ती पनि छैन्। बाटोमा अझ केही हुने हो की अत्तालियौं। चारैतर्फ सनसनाहत छ। जताहेरौ कालो। बट्टीको नाममा एउटा सानो लाईटर बाहेक केही पनि नाई हामीसंगै। बगरमा एकनासको बाटो थिएन्, घरी वारी त घरी पारी खोला तर्नु पर्दथ्यो। हामीले डरले जुत्ता, पाइन्ट नखोलीकनै खोला तर्यौं। पूरै कपडा भिजेर तरर पानी बगिरहेको थियो, तर चिसोको भने महसुस भएन् डरले। ठूलीगाड कतिपल्ट तर्‍यौ कति पल्ट यादै छैन।

करिब बाह्र बज्न लागेको थियो। यसबेला सम्म हामी बिपीनगर बजारको नजिक नजिक थियौ। चारजनाको समुहमा ठूलो टर्च बालेर हामी भएतिर आए। हाम्रो होसहवास् उड्यौं। टोली हामी नजिक पुग्यौं राम्रोसँग हेर्दा प्रहरी रहेछन् अनि अब बाचियो भनेर तरर आखाबाट हर्षका आसु झरे। केहीबेरमा हाम्रो गन्तब्य विपिनगर पुग्यौं बजार सुनसान थियो। एकजना होटलवालालाई ब्युझाएर खाना पकाउन लगायौं र घटनाबारे आपसमा ख्यालठट्टा गरेर १ बजे सुत्यौं। त्यसबेलासम्म म बिरामी नै भैसकेको थिए। पेट दुखेर सकि नसक्ने भएको थिए। अलि कती भात खाएर म सुति हाली।

२ गते (पछिल्लो दिन) बजारभरि घटना सनसनी पूर्ण रुपमा फैलियो सवै हामीलाई भेटेर (प्रहरी सहित) भन्दै थिए तपाइहरु ठूलो साहसी हुनु हुँदो रहेछ त्यस क्षेत्रमा गएर सकुसल आउनुभयो। समाचार सङकलन पनि गर्नुभयो। त्यहाँको घटना बुझ्दा कटान भएको क्षेत्रमा त कोही जान आँट गर्दा रहेनछन्। अक्कलझुक्कल कोही गएपनि तस्करहरुले खसीबोका, रक्सी टन्न खुवाएर खल्तीमा केही रकम हालेर फर्काउने चलन रहेछ। यसमा केही पत्रकार, राजनितिक दलहरुको समेत त्यस क्षेत्रमा गएर यो सुबिधा भोगेको गाउँलेहरुले बताए। वनबाट दिएको रकम उनीहरुले आयब्ययमा समेत देखाएका छन्। यो कुरा हामीले बिस्तारै बाहिर ल्याउने छौ। आजकाल हामीलाई नियन्त्रणमा लिने भन्दै छन् रे खाना खाएर जानुस् भनेर अनुरोध मात्र गरेको हो। तर मलाई भने बाँच्न सफल भएकोमा अर्कै संसारमा आएजस्तो महसुस भइरहेको छ आजकाल। घट्ना भएको केही दिन भैसकेको छ तर हालसम्म दिमागले राम्ररी काम गर्न सकेको छैन। उनीहरुको ब्यबहार अझ क्रुप बन्दै गएको छ। हामीसंगै गएका स्थानीय प्रेमलाई घरमै सुतिरहेको बेला तस्करहरुले केही मानिसलाई उस्काएर कुटपिट गर्न लगाए। जुन दिन प्रेम हामीसंगै तस्करको फन्दामा परेका थिए प्रहरीले उद्धार गरे त्यो दिन उनालाई झूठो आरोप लगाउदै एक युवालाई अपहर गरेको आरोप लगाउदै त्यति ठूलो टर्चर दिए।

अन्यलाई समेत मुद्धा फिर्ता लिन दवाव दिदै आईरहेका छन् तर हामी सबै मिलेर यस्ता कर्तुत बिरुद्ध लाग्नु आवश्यक छ। आफै पनि बिगत १० बर्षदेखी भ्रष्टाचार, अन्याय, अत्याचार बिरुद्ध लागेको ब्यक्ति हु। यस्ता कुरीती बिरुद्ध पर्दाफास गर्न कहिले पछि पर्ने छैन। यहाँ पुगेपछि कतिले पैसा खान गएको आरोप लगाए। पत्रकारलाई पर्दा परेको पिडाको खिल्ली उडाउन तर्फ लागे। एक पत्रकारलाई दुख पर्दा अर्को पत्रकारले सहानुभूति अनि साथ दिनुपर्छ तर यहाँ यसको बर्खिलाप गर्दै उसलाई उडाउन खोज्ने पत्रकारहरु समेत देखा परे। धम्क्याएर पैसा खानेहरुले समेत हामीलाई सोही दर्जामा राख्ने पर्यत्न गरे। पैसा खाने नै भए अहिले मेरो हातमा ठूलै रकम हुन्थ्यौ होला। पत्रकारीता गर्न थालेको नौ बर्ष हुन लागिरहेको छ। एनजिओ आईएनजिओमा काम नगरेको पनि होईन त्यहा मैले मेहनत गरे धेरै पैसा पनि कमाए। त्यो क्षेत्र छोडेर यहा आए। अनुभूव राम्रै छ पैसा कमाउन मन लागे जहिले पनि सो क्षेत्रमा प्रबेश गर्न सक्छु। अझ बढी पैसा चाहे बाउँ र भाईले सम्हालेको ब्यापार ब्यबसायमा हात बत्याएर राम्रै आम्दानी गर्न सक्छु। समाचार लेख्ने भन्दै धम्क्याउनेको बिरुद्ध अबका कलम चल्नेछ। तिनीहरुको बिरुद्ध अबको पत्रकारीता हुने छ अनी उनीहरुको पर्दाफास गरीने छ।

29 Comments

  1. वन विनाशको समाचार पढेर दु:ख लाग्यो, पहिले हरियो वन नेपालको धन भन्थे अब हरियो वन नेताको धन भन्दा हुन्छ | फोटो पनि राखेको भए अझ राम्रो हुन्थ्यो हामीले पनि हेर्न पाउनेथेउ कति विनास गरेछन डाकाहरुले|

  2. कुर्सि जोगिए पुग्यो…त्यस्ता नाथे जंगल सकेकै बेश …किनकि अब फर्केर जानै छैन |कसो त बाबुराम हो कि छोराराम जी !!!!

  3. बन्धुहरुलाई सलाम, त्यसपछि तपाइहरुले साहस्पुर्बक संकलन गरेको समाचार कहाँ गयो त? र त्यस समाचारले त ति बन नाशक ले के सजाए भयो त?

  4. बुद्दिमा बिर्को लागेका मानिसहरुबाट छुट्नु भएछ/ नेपालको विकास नहुने कारण के हो? उत्तर यही लेख पढे भयो/ जनता अझै डरले बस्नु पर्ने/ यो त राम्रो भएन/ बाघले बाख्रा खायो भनेर रुखमा चड्ने होइन/ ढुन्घा टिपेर हान्नु पर्छ/ चोर आयो भनेर लुक्ने होइन हतियार झिकेर लखेट्नु पर्छ/

    वन माफियाले गाँउको वन मासे भनेर हुदैन/ जोगाउने हिमत्त गर्नु पर्छ/ अब यस्ता खबरका ठाउँमा गाउँलेले तस्करलाई पाता कसेर पुलिसलाई बुझाए भन्ने सुन्न पाइयोस/

  5. तपाईहरु जस्ता शाहासी, इमान्दार पत्रकारहरुलाई हामी सबैको सलाम छ र यो देश लाइ तापैहरुजस्ता पत्रकारहरुको ठुलो आवसेकता छ !!!

  6. “को भन्दा को कम”सबै देस लुटेरा हरु हरेक क्षेत्र मा सम्रक्चित भएर बसेका छन् तेसै ले पत्रकार हरु को खबरदारी गर्ने काम त पक्कै प्रसंशा योग्य नै छ तर बिडम्बना तपाई हरु को काम लाई हामी ले सदुबाद मात्र भन्न सक्छौ गर्न केहि सकिन्न /तपाई को खबरदारी लाई सिहदरबार ले कान मा ठेडी हालेर सुनेको नसुने जस्तो गरेर ठुलो अपराद गरि रहेछ /जता ततै तस्कर नै तस्कर मात्र पालेर बसेकोछ सरकार /तपाई हरु को प्रयास लाई सिहदरबार ले सुन्ला अनि डोटी ,डडेल्धुरा को बन तस्कर लाई कानुन को कठ्घराना मा उबियौला भन्ने मा संका लाग्छ /

  7. धेरै साहसिक कार्य, स-धन्यवाद सहित पूर्ण समर्थन |

  8. ग्रान्ड स्यालुट बन्धु…….बिरेन्द्र राजा थियो,ज्ञानेन्द्र र धिरेन्द्र ले तस्करी गर्थे कति नै सिद्दिन्थ्यो होला र तर अहिले त ‘बिरेन्द्र’ नै ६०१ जना, पारस-१८०३ जना,पार्शबर्ती-९०१५० जना… बाहिरिया कति ,ल्याईते कति,ब्याईते कति, दरबारिया कति, बाहिरिया कति???????थुक्क जिन्दगी…….हामीलाई यहाँ ग्यास,पेट्रोल खोज्दै ठिक्क छ, बाबुराम बैठक मै बेस्त छ,प्रकाश सगरमाथा मा शान्ति खोज्दो छ,बैद्य बिद्रोह को आगो फुक्दो छ,देउबा किरिया बस्दो छ……………………..आफ्नो कर्तब्य गर्नुस बन्धु बाबुराम को चै के हो कुन्नि तपाई को चै अहिले त हैन होला इतिहास ले मुल्यांकन गर्ने नै छ.l..अस्तु

  9. तपाइको दस लाखे शाहस को लागि साधुबाद ..यसलाई गलत अर्थ मा नबुझ्नु होला …किनकि सामाजिक कार्यमा ज्यान गुमाउने को लागि सरकार ले तोकेको एउटा ज्यान बराबरको रकम हो दस लाख ..चाहे शहिद या अरु कोहि ..तपाई हरु बिक्न चाहनु भएन ज्यान त यो पटक जोगियो ठुलै कुरो हो तर यसैलाई ठुलो उपलब्धि नठान्नु होला किन कि मान्छे को मरण शास्वत हो कारक जे पनि हुन सक्छ ..धैर्यता नगुमाउनु होला असिना पानि मात्र हैन सुनामी संग लडेर भए पनि आफ्नो गन्तब्य मा प्रतिबद्ध रहनु होला….. २०६९ को अग्रिम शुभकामना

  10. बन तस्करी को नेतृत्व बन महानिर्देशक बाटै

    बन फडानीमा सरकार पूर्ण दोषी छ, बाबुराम कान मा तेल हालेर भ्रस्ट बन मन्त्रि र भ्रस्ट बन का महानिर्देसक बोकेर बसेका छन् . बनका महानिर्देशक श्री बज्र किशोर यादव जो बन विभागका सबै भन्दा कनिस्थ सहसचिव हुन्, बन मन्त्रि लै साठी लाख घुस खुवाएर एक इमान्दार र असल महानिर्देशक डा. अन्नपुर्ण दास लाई छ महिना नपुग्दै हटाएर अबैधानिक तरिकाले महानिर्देशक बनेका हुन, लाई कुनै कारबाही नगरी बसेका छन्, दोषी बाबुराम हुन र तेतिकै दोषी बन जोगाउने, बन बेवास्थापन गर्ने विधा पढेका महानिर्देशक बज्र किशोर यादव हुन . आफुले मन्त्रीलाई घुस खुवाएको साठी लाख उठाएर सात पुस्तालाई पुग्ने सम्पति कमाउने धयौन्ना मा लागेका महानिर्देशक ले हालसालै बनका अतेन्त महत्वपुर्ण र जिम्मेवार रेन्जर, अधिकृत र डी. एफ. ओं. पदमा कर्मस २ लाख, १० लाख र १५ लाख घुस खाएर डोटी लगायतका बढी काठ हुने जिल्ला हरुमा सरुवा गरेका छन् . अब भईराखेको तस्करी मा अझै धेरै बढ्ने निश्चित छ . बन विभागका भ्रस्ट प्रसासन तिरका कर्मचारी हरुलाई साथमा लिएर उनले अकूत सम्पति कमै सकेका छन् . काठमाडौँ को सिनामंगल मा भएको उनको बिशाल घर र तेस भित्र रहेको लाखौको डेकोरेसन ले पनि उनको भ्रस्ट छबी र उनले कमाएको अकूत सम्पति को ब्याख्या गर्छा . सम्पति सुद्धिकरण आयोग र अखित्यार मा उनको बारेमा थुप्रै उजुरी परेका र छानबिन भएका छन् तर निकै चतुर यादव ले आफ्नो पैसा र पहुच को भरमा सबै कारबाही र उजुर बजूर बाट उम्कदै आएका छन् . पत्रकार महोदय हरुले उनको करतूत को थप पर्दाफास गर्नु होला अनि मात्र बन संरक्षण हुन्छ नत्र फिल्ड मा भएका घटना मात्रै लेख्दै मा केहि हुनेवाला छैन .
    हालसालै डोटी सरुवा भएर जना लागेका एकजना तराईबासी डी. एफ. ओं. लै तस्करी गरेर हो वा जे गरेर हुन्छः, आफुलाई पैसा कमाएर बुझुना निर्देसन दिएर पथुना थालेका छन् . तर सरुवा भएका निज डी. एफ. ओं. महानिर्देसक को कमाउ धन्दा मा आफु सहयोगी हुन नसक्ने भएका ले डोटी जना नसक्ने भन्दै काठमाडौँ मा धाई राखेका छन् . जय बन, जय prakriti

  11. तपाई को साहस को मा कदर गर्छु! तपाई जस्तो पत्रकार नेपाल का गहना हुन्! नडराउनु आफ्नो कलम चलैरख्नु………हामी तपाई को साथ् छौं!
    तेस्तो खतरा ठाउँ मा जादा, वेश बदलेर, जान मा शुझाब दिन्छु..सुरक्छ्या को लागि!

  12. बबुरामे का माओबादी सेना कहाँ गए ??? वाई सी एल कहाँ गयो ?? नेपाली सेना कहाँ गयो ?? नेपाल प्रहरी , ससस्त्र प्रहरी कहाँ गयो ??? देश को सम्पति को रक्ष्या कसले गर्ने ????जंगल फाँड्ने हरु त अनपढ, गवाँर अनि पैसा मा बिक्ने थिए रे तर देश को कानून लगाउने हरु कहाँ गए त ??? थूक्क बबुरामे लंगड तेती नाथे काम पनि गर्न नसक्ने ???? धिक्कार छ नेपाल र नेपाली भनाउदा गधा हरु हो ………………………….

    • राम्रो कुरा सभ्य भाषामा भन्दा अझ राम्रो हुन्थ्यो होला – रामे र श्यामे भन्नु भन्दा/

    • YCL कहाँ जानु र साथी????
      डोटी र कैलाली को दुर्गम क्षेत्रमा मावोवादीको संरचन नभईकन बन फडानी हुन सक्छ र?
      सुदुर-पछिममा जन-युद्ध ताका देखि नै , माओबादीको प्रत्रेचाया संरचनमा बन फडानी हुदै आई रहेको छ , लेखनाथ भट्ट लाई जति त अरु कसैलाई पनि थाहा नहोला

  13. सहस को कदर गर्ने सब्दै छैन ~~! येस्ता आत्यचार ra अन्याय को बिरोध मा lagne तपाई को साहस लाइ कदर gardachhu !! प्रगति को शुभकामना ~~

  14. यस्तो लाग्छ कि अब हाम्रो देशलाई भगवानले मात्र बचाउन सक्छन/कहिँ कतै आश लाग्दो र भरोशा लाग्दो अबस्था देखिदैन/ आन्दोलनकारी भनेर चिनिएका मधेश बादीहरुले मधेशलाई चिरा चिरा परिरहेका छन/भ्रष्टाचारमा लिप्त छन र अशान्त र अराजकताको डदेलोमा तराइ जलिरहेको छ/यता माओबादीको के कुरा गर्ने देशमै आगो बालेर नेपाली जनताको सपेटा पोलेर खाइ रहेका छन/यो सब विकृत राजनीतिको प्रतिफल हो /राजनैतिक पार्टीहरुले यस्तै गुण्डा आवारा लफंगा हत्यारा लुटेरा पालेर पोशेर सम्रक्षन् दिरहेको मुख्य कारण हो/

  15. तपाई (हरु) को हिम्मत लाइ सलाम गर्दछु । कलम चलाउन नछोड्नु बरु अलिक आफ्नो ख्याल राख्नु होला । किनकि मुर्ख लाइ अर्ति घातक हुन्छ तपाई हरुले त अजिंगर लाइ जिस्क्याउनु भएको छ । तथ्यपरक समाचार हरु पस्कदै गर्नु सबैले साथ दिनेछन । पुन: आफ्नो ख्याल राख्नुहोला…।

  16. देउवा जी, सर्ब प्रथम त साहसिक कदम को लागि हार्दिक धन्यबाद ! जव सम्म जनचेतना जागृत हुदैन तव सम्म यस्ता घटना घटिरहनेछन,घट्न नपाओस भन्ने तपाइकोहरुको खबरदारीको होस्टेमा सरकारी हैसे मिलोस ,सबै बिकृति को जग गरिबी र अशिक्षा नै हो जसको गलत प्रयोग गरेर केहि धनोपार्जन मा लागिपर्छन, जस वाट क्षणिक फाइदा लिए पनि दिर्घकालिन असर ति अवसरबादी हरुले पनि भोग्ने नै छन्, केहि समय अगाढी एउटा नेपाली उपन्यास पढेको थिए जहाँ लेखक पात्र को माध्यमले भन्छन “” पेट भोको भएको मानिस को दिमाग बोधो हुन्छ ,बोधो दिमागले दर्शन बुझ्दैन ,त्यसैले तिम्रो दर्शन को थुप्रो मा म मुति दिन्छु “”
    टन्न खान पुग्ने गरि आय गर्न सक्ने मौका हरेक नेपाली ले पाउने थिए भने बल्ल बाताबरण तिर ध्यान जाने थियो ,यसमा हाम्रो राजनैतिक र सामाजिक प्रणाली को ठुलो दोष छ यसो भन्दै गर्दा काठ तस्कर को दोष छैन भन्ने अर्थ नलागोस ल, साथै तपाइको कलम चलिरहोस !

  17. आज आफ्नै पुरानो घर (जंगल) मांसिदा, हिजो जंगलबाटै आएकाहरु किन चुप?

    सरकारको कर्तब्यको पालाना गर्न नसकेपनि आफ्नो पुरानो घर जोगाउने बुद्दी बबुरोराम सरकारलाइ बेलैमा आओस !

    साहसिक कामको लागि पत्रकार बन्धुलाई साधुबाद !

  18. यस्तो लाग्यो हामि कुन युग मा बाचिरहेका छौ ? पैसा को लागि रास्ट्रिय सम्पति माथि ब्रम्हलुट त्यो पनि सामुदायिक बन संरक्षक का अध्यक्ष ,राजनतिक पार्टी ,पत्रकार (सबै होइन नि ),आदिबासी भनौदा हारु बाट ….उफ कस्तो बिकराल र कहाली लाग्दो अबस्था \ अनि कसरि सिस्टम बन्छ र बस्छ ? यहा (अमेरिका ) त आफ्नो जग्गा भित्र को रुख काट्न पनि सम्बन्धित निकाय को अनुमति लिनु पर्छ र शुल्क तिर्नु पर्छ \ आफु खुसि काटेमा कारबाहीमा परिन्छ \ पद ,पैसा ,पार्टी ,आदिबासी कसैको जोर चल्दैन ,जसले गल्ति गर्छ जो सुकै होस् सजाय पाइन्छ ,दियिन्छ र पो देश बनेको छ ,सिस्टम बनेको छ,बसेको छ \ हामि किन संसार लाइ हेरेर कुरा बुझ्दैनौ ? रामो कुरा जुन सबै लाइ हुने आफ्नो जिबन ,समाज र देश मा लागु गर्दैनौ र लागु हुन् दिदैनौ ? पत्रकार महोदय सलाम तपाइको काम .सहास र सेतो मन लाइ !

  19. धेरै राम्रो काम! तपाई जस्तो पत्रकार ले नै यो देशको उद्दार हुनेछ ! तपाईलई धेरै धेरै धन्यबाद! गुड जब !!!

  20. सच्चाई भन्नु पर्दा हाम्रो सरकार यानी माओ बादी येस्तई दुर्गम र अविकसित क्षेत्रबाट मोलिएका हुन् जस्ता लाग्छा , के यो सरकार ले एसको मुल्यांकन गर्लान त ?

  21. यो लेखले भन्न खोजेको कुरा राम्रो भएता पनि यो लेख एकदम लामो भएको कारण मलाई यो लेख एक किसिम ले वाइयात नै लाग्यो..यो लेख लाई आधा भन्दा बढी ले छोटो बनाउन सकिन्छ..तर पनि तपाइको साहसलाई मेरो सलाम..

  22. keep it up good job. need more journalist like you guys. अब त्यो फोटो हरु अपलोड गरेर यी डाँका हरु को पर्दाफास गर्नु पर्छ.. हाम्रो नेता हरु त मरेको स्याल भैहाले यिनले केहि गर्ने कुरो भएन तपाई हामी नै हौं …

  23. अति राम्रो लेख/ नेपालको बनजंगल बन तस्कर हरुले सखाप पार्दा सम्म केहि नगर्ने भ्रस्ट नेता तथा प्रसासन लाई गोलि हान्नु पर्ने किनकि यानिहरु पनि तस्करहरुको मतियार हुन/

  24. सोच राम्रो छ लेखक को . पैसा ले इज्जत होइन ब्यैज्जत पनि गर६ …. सधै पैसा को पछी लाग्न हुदैन……

  25. What a brave journalist.Salute U from my heart and engourage you to contribute something for country.Money is nothing.I will have it today and someone will have it tomorrow.So u have power in your writing please keep writing this and show the difference between that demon Rishi Dhamala and u.Once again salute u from my heart.

Comments are closed.