नेपाली भाषा यसरी लेखौँ रे

कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल लगायतका केही लेखकहरुले ललितपुर घोषणापत्र, २०६८ जारी गर्दै नेपाली भाषा यसरी लेखौँ भनी संकल्प गरेका छन्। विशेष गरी यसमा मोटो ‘श’, पातलो ‘स’मा भइरहेका प्रयोग, ह्रस्वदीर्घलाई सजिलो बनाउने नाममा भएका मनपरीको विरोध गरिएको छ र पहिला जस्तो छ त्यसरी नै प्रयोग गर्ने भनिएको छ। रमाइलो कुरा त के छ भने केही अघि नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको प्राज्ञहरुको सभाले जारी गरेको यस्तै घोषणापत्रका बूँदा र यसमा निकै कुरा बाझिन्छन्। हेरौँ आफूलाई नेपाली भाषा प्रयोगकर्ता भन्ने लेखकहरुले के के भनेका छन्, घोषणा पत्र जस्ताको तस्तै

नेपाली भाषा प्रयोगकर्ताहरूको संकल्प, ललितपुर, २०६८ चैत ११

भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध–स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ। परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय अस्वाभाविक नियमले नेपाली भाषालाई संकुचित र कमजोर बनाउँदै लगेका छन्। प्रयोगकर्तालाई अन्योलग्रस्त बनाएको यो भुमरीबाट मुक्त हुन हामीले आफैं पहल गर्नुपर्ने भएको छ।

हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श–ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार–उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ जो झन् आपत्तिजनक छ। यो समग्र प्रक्रियाप्रति हामी पूर्णतः असहमति व्यक्त गर्दछौं। साथै, विवादहीन तवरले प्रचलनमा रहँदै आएका अन्य शब्दहरूको समेत श–ष–स र ह्रस्व–दीर्घमा जबरजस्ती हेरफेर गरेर भाषामा अनावश्यक विवाद, अन्योल एवं अराजकता सिर्जना नगर्न सबैलाई आग्रह गर्दछौं।
यस पृष्ठभूमिमा, हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज–स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै, प्रारम्भिक कदमका रूपमा, हामी नेपाली भाषाका निम्नलिखित प्रयोगकर्ताहरू यो संकल्प गर्दछौं :

• जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका ‘तत्सम’ शब्दको इकार–उकार, श–ष–स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै —
— नीर, तीर, चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।
— समीप, शरीर, शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।
— खूबी, छूट, तूफान, फूटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।
— अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, महसूस, सबूत आदि।
— शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।
— कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।

• परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै —
— कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा≤ बीस, तीस, चालीस≤ ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि।

• नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व–दीर्घ, श–ष–स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै :
— जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि।

(कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल, शरच्चन्द्र वस्ती,  कृष्ण धरावासी, अभि सुवेदी, किशोर नेपाल, गोविन्दराज भट्टराई, मंजुल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, नयनराज पाण्डे, अविनाश श्रेष्ठ, धर्मेन्द्र झा, शिव गाउँले, धीरेन्द्र प्रेमषिर्, श्यामल, गोविन्द वर्तमान, शार्दूल भट्टराई, शेखर खरेल, मोहन मैनाली, नरेन्द्रराज प्रसाई, लोचन भट्टराई, श्रवण मुकारुङ, बुद्धिसागर लगायत ८० जना लेखकहरू)

यसअघिको संगोष्ठीका केही निर्णयहरु

  • संयुक्त वर्णलाई सकेसम्म हलन्त व्यञ्जनका साथ लेख्न प्रोत्साहित गर्ने
  • संख्यावाचक शब्द तीनलाई ‘तिन’ लेख्न र मध्य जनाउने शब्द बीचलाई ‘बिच’ गर्न भनिएको छ। बोटबिरुवामा अब ‘फूल’ होइन, ‘फुल’ फुल्छ भनिएको छ।
  • तत्सम शब्दमा तद्भव प्रत्यय लाग्दा आदि र मध्यमा ह्रस्व बनाउने। जस्तै : स्विकार्नु, दर्सायो, बिदेसिए, पुर्बेली, बर्से।
  • संयुक्त क्रियामा छुट्टाछुट्टै आउने सबै इकारान्त रूप दीर्घ लेख्ने, जस्तै : लेखी सकी हाल्छ, गरी दिई छ, ल्याई सकेको।

 

74 Comments

  1. तालव्य श

    तालव्य श उच्चारण हुदा जिब्रो तालु तिर ठडिने हुनले तालव्य श नाम रहेको हो |

    च वर्गमा तालव्य उच्चारण हुन्छ | उच्चारण गर्दा ख्याल राख्दा सरल हुनेछ |

    मूर्धन्य ष उच्चारण हुदा जिब्रो मोडिने हुनाले मूर्धन्य ष नाम रहेको हो |

    ट वर्गमा मूर्धन्य उच्चारण हुन्छ | उच्चारण गर्दा ख्याल राख्दा सरल हुनेछ |

    दन्त्य स उच्चारण हुँदा जिब्रोले दाँत छुने हुनाले दन्त्य स नाम रहेको हो |

    त वर्गमा दन्त्य उच्चारण हुन्छ | उच्चारण गर्दा ख्याल राख्दा सरल हुने छ |

    हिमालय प्रवेसिकामा सरलीकरण गरिएको छ |
    अ+अ = आ , इ (ह्रस), इ+इ = दीर्घ ई, उ( ह्रस), उ+उ = दीर्घ ऊ, ए , ए+ए = ऐ, ओ, ओ+ओ = औ |

    वर्णमाला प्रकाशमा लेउनेले ख्याल नराखेको हुनाले अफ्ठारो महसुस भएकोहो

    प्रकाशक :-

    हिमालय बुक हाउस
    बुक लेन बडा बजार शिलोंग, मेघालय , भारत
    फोन ०३६४ २२४३४३३

  2. देवनागरी लिपिमा आधारित नेपाली भाषामा ह्रश्व र दीर्घको उच्चारण समेत फरक हुन्छ भन्ने धेरै जसो पढे लेखेकाले समेत नबुझेझै गर्छन अझ टीभी रेडियोका समाचार वाचकले समेत चाल नपाएको होकि भन्ने भान पर्छ यसो हुँदा भाषामा दरिद्रता प्रकट हुने भएकोले सबैले सकारात्मक रूपले लिएर सच्च्याउन तिर लागौ, नेपाली भाषा लाइ समृद्ध बनाऔ |

  3. भाषा सहि तथा सरल हुन आवस्यक छ| fast-food जमानामा भाषालाई पनि सरलीकरण गरि छिटो, छरितो तरिकाले सिकिनु सकिने बनाउनु पर्दछ| यो 21st century लाई txt era नामाकरण गरिएको छ| SMS र TXT ले संसार भरका भाषाहरुलाई अघि बढ्न चुनौती दिइरहेको अबस्थामा, यसको छिटो नेपालमा पनि आइपुगे जस्तो छ|

    यसो भन्दैमा आफ्नो भाषाको रौनकता र मादकतालाई भुसुक्कै बिर्सनु हुन्न भन्ने लाग्छ मलाई| यसलाई जगेर्ना गर्दै ल्याउनु पर्दछ| अनि यो काम सकारात्मक हो| language र literature भनि दुई भागमा भाषालाई बाडिनु आवास्यक छ| मेरो आफ्नै कुरो गर्दा नेपाली भाषा प्रति लगाब भएर नै म मेरो संसारमा टुप्लिएको थिए, यसका शुरुका दिनहरु देखिन| पहिले भन्दा अहिले मेरो नेपाली लेखाई र प्रस्तुति धेरै छरितो भएको छ| यति लेख्न मलाई 4० मिनेट मात्र लाग्यो, पहिले झन् ढिलो हुन्थ्यो| तर मेरो प्रयास जारी छ| भाषामा व्याकरण र हिज्जेलाई एकदमै कडा नगरिए पनि साहित्यमा चाही यो बिराउनेलाई कठघरामा उभाउनै पर्छ|

    नेपाली भाषामा बिगबिगी देखिएको तर english मा लगाम लागाउन खोजिएको केहि उधाहरण यस्ता छन्…
    १) Avoid Redundancy – नेपालीमा यसलाई equivalent उल्था गर्दा, बढी मात्रामा “बकबक” हटाउन भन्न मिल्छ
    २) Concise – सरल अनि सटिक, चुस्तफूर्त
    ३) Consistency – एकरुपता (नेपालका सरकारी एउटा बिभाग जस्तै गोस्वारा हुलाक कै कुरा गरौ न, यिनीहरुको साइनबोर्ड नेपाल भरि एक रंग, एक रुप र एक आकार size (कम्तिमा ३ आकार – सानो, मझौला र ठुलो, भवन हेरी) गरि एकरुपता दिन सकिन्थ्यो| (यसमा बढी खर्च छैन, बास अलिक ढंग चाहिएको हो|)
    ४) Precise instruction – technical भाषामा एकरुपता हुनुपर्छ| जस्तै: रोक्नुहोस, नारोकौ, बिस्तारै…यी हुन् हाम्रा सडक ब्यबस्थानका instructions. यसलाई यसरी, लेखिन सकिन्छ – रोक्नु, नरोक्नु र बिस्तारै कुदाउनु, जानु, ई.

    भाषालाई यसरी बैज्ञानिक बनाउनु पर्छ|

  4. खासमा हामीलाइ भाषाको कुनै समस्या छैन.समस्या त छ लवजको .हामीले भाषालाइ यति बिगारी सक्यौ कि हामी अब सुद्द उच्चारण गर्न नसक्ने भै सक्यौ.जसरि सजिलो हुन्छ तेसरी प्रयाग गर्नुपर्छ भने कुरा ठिक होइन F शब्दलाई कसरी उच्चारण गर्ने हामीलाई आउदैन किनकि हामीले ए र य एउटा पढ्दै आएका छौ.कसैलाई रिश उठेको बेला f*** y** भन्नु पर्यो भने पनि तपाइको उच्चारण मिल्दैन.ह्रस्व र दिर्घ त हामीले पढेका मात्र छौ.शिक्षक भनौदा हरुले हाम्लाई कहिले सिकाएनन.बिदेशी का अगाडी cushion को उचारण गर्दा ५ चोटीमा पनि बुझेन.हाम्रो भाषामा भएका त घ जस्ता लवज इन्ग्लिश मा नभाको ले गर्दा हामीले यी सब्द हरुलाई ख्याल गर्नु पर्ने हुन्छा.नेपाली भाषालाइ शुद्द उच्चरण गर्न सिकौ

  5. Very good initiative, I totally agree. I also had to face loads of challenges when it came to my pronounciation skills in my work place out of country. Right now I am pursuing my MBA, and have been working for 6 years outside the country with good command in english. Now I realise how the Nepali education system is when it comes to proper pronounciation. In Nepali language in school and also in general practice in society, no one cares about the real pronounciation of S and Sh, i or ee. It was really hard to go through the change specially when your tongue has it fixed in you..

  6. Language keeps on changing, the way shakespear wrote his sonnets or dramas entirely differs from they do it now. Language of Prithivi Narayan Shah may sound funny if we use it now. Language keeps on changing and there is no point having a dispute over the changing nature of language.

  7. भाषिक सुद्धताको लागि उच्चारण र सुद्ध लेखाइको महत्त्व कत्तिकोपर्छ भनी जानकारी लिन चाहानेले एकपटक साएद कठिन मद्ध्य मानिने Finish भाषा लाइ एकपटक हेर्नुभयोभने तपाईहरुलाई थाहा लाग्ला की एउटा केवल अक्षर र उच्चाहरणको कारणले अर्थमा कत्तिको फरक पर्नजान्छ भनेर, जस्तै तुली : आगो , तूली : हावा , तुल्ली : भन्सार ! येस्तई धेरै नै पाउनसक्नुहुन्छ उदाहरणहरु .

  8. कुरो त सान्धर्भिक नै हो- तर हाम्रा भबिस्यका कर्णधारहरुले पो कसरि लिने हो ? बोल्दा नि आधा भन्दा त बेसी त अंग्रेजी सब्दै प्रयोग गर्ने ( सजिलो भएकोले गर्दा होला ) आजकलका ठिटा थितिहरुले भाषामा मात्रै होइन धेरै कुराहरुमा सरलीकरण र प्रयोग्गात्मक कुरा मन पराउछन / हामीले हेर्ने संसार र हाम्रा स्कूले भाई बहिनि हरुले हेर्ने बिस्व र पृष्टभुमि नै फरक छ, बिशेस गरि सबै छेत्र नै बिस्वकरण भै रहेछ / भन्नको तात्पर्य आउने भाबी सन्ततिलाइ बाच्न अझ गार्हो छ , बिस्वसंग प्रतिस्पर्ध गर्न हाम्रो देश र जनताहरुले भबिस्व कस्तो सामर्थ्य राक्छ – त्यसैले अंग्रेजी भाषाको जताततै सुनामी आएको बेला मेरो गोरुको बार्है टक्का भन्दै यो र त्यो भन्दै भाषालाइ अरु जटिल बनाउदा नि हुन्छ तर यसले कतै आउने पिडिलाइ भाषा प्रति नै बिर्त्रिष्ण पैदा गर्ने हो कि ? यस्तो निर्णयहरु आउने दशक वा सताब्दीमा हुने परिवर्तन र भाबी सन्ततिहरुको मनोविज्ञान र आर्थिक-सामाजिक – राजनैतिककुराहरु र ब्यबहारिक पक्छ आदि कुरोहरुको ख्याल राख्नु पर्छ जस्तो मलाई लाग्छ /

  9. बालको कालम बाउले पढ़ौना कीताब, कापी, कलम झोलाभरी राखेर पाठशाला पठाएपनी छोरोले त्यो झोला उनियोको झाडीम लुकाएर काफल ऐसेलु खान जंगलतिर जान्थे म ! बल्ला आहिले बुज्दैछु | यहाँ बोल्दा एकै अवाज हुन्छा भन्नि तर्क मलाई मन परेन ! म एक नेपाली हुँ तर मेरो आफनै मतृ भाषाछ भन्दैमा जथाभाबी बोल्नु उचितहुदैन म गुरुङ जाती(छापाखान बाटै ”ङ” को पुछार झुण्डीनि ”ग” को प्रयोगहुना छाडी सकेछा) मेरो मतृ भासमा तमू भन्छ तर ह्रस्व दीर्घम पनि ख्याल गरेको पैएना आहिले चल्ती राजनीति टटा र टोटे भाषा जता जोडे पनि भयो राष्ट्रिय पोसाक फालेर नंगै भएको देश असम्बेदनसंचार वर्ग के नै आस गर्न सकिन्छ र ?

  10. आफ्नै भाषा लेखन र उच्चारणको शुद्ध ज्ञान नभएकोले अरु भाषा को उच्चारण सिक्नलाइ पनि निकै गारो हुने रहेछ /बिशेष गरि स र श को उच्चारण को गल्तिले त धेरै अप्ठ्यारो परेको छ /

  11. ‘भाषा भन्ने न तेरो बाउको, न मेरो बाउको !’ भन्या झै यस्मा बिबाद गर्नु ठीक छैन । जती नयाँ शब्द आउछन ! सहर्श भित्र्याउनु पर्छ ! त्यसो गरेमा भाषा धनीमात्र हुनेहोइन, एस्को अन्तरराष्ट्रियकरण पनि हुँदै जान्छ । भाषाको एकरुपता त हुनै पर्छ तर त्य्स्को लागि कठोर नियम पनि बनाउनु हुन्न। SMS र Facebook को भाषाले मार्केट तताइ राख्या बेला अझै पुरानो भानुभक्तको पालाको भाषामा फर्कनु कदापी ठीक होइन ! फूल लाई फूल नै भन्नु पर्छ भन्ने छैन, अन्डा भने पनि त हुन्छ ! जब त्यही शब्द को अर्को सजिलो पर्यायबाची शब्द छ भने सजिलो लाई चै प्रयोगमा ल्याउनु बुद्धीमानी हुन्छ ! बबाल, झक्कास, बकवास, खलास शब्द लाई प्रयोगमा ल्याउनै हुन्न भन्ने होइन । त्यस्ता नयाँ र आयातित शब्दले मसलाको काम पनि गर्छ ! अरुको भाषाबाट शब्द ल्याउदैमा आफ्नो भाषा बिग्रिने होइन ! तर कम्तिमा बोल्ने र लेख्ने कुरा मा समानता चै हुनुनै पर्छ । यही त नेपाली भाषाको बिसेशता हो । ब्रिटिश ईंग्लिश जस्तो रुढी पनि बन्नु ठीक छैन । color लेखदा हुनेमा बेक्कारमा ब्रिटिशहरु colour लेख्छन ! यो त एउटा उदाहरण मात्र हो ! त्य्स्ता ढोङहरु ईंग्लिश भाषामा धेरै नै छन ! नेपाली भाषामा पनि छन ! त्य्स्ता अफ्ठयारा (कठिन पार्न खोज्नेहरुले ‘दुरुह’ पनि भन्छन ) शब्दहरु प्रचलनबाट हटेका पनि छन र हटाउनु पनि पर्छ ! यसै समाचारमा पनि पुरोहित बाजे हरुले भन्या जस्तो पुरानै किसिमको हुनुपर्छ भन्ने पनि शतप्रतिशत ठीक भन्न सकिदैन । सम्सक्रित भाषा जहिले पनि पुरोहितहरुको पेवा ठानेकोले लोप भयो ! नेपाली भाषा पनि अब इनिहरुले लोप गराएर छाड्ने भये ! बेलेई मा चेतना भया !

    • नमस्कार योगी जी,
      तपाईको कमेन्ट पढेर चित्त बुझ्न सकेन. यो लेख भनेको शब्दहरु आयात गर्न हुन्न भन्ने अर्थ राखेर लेखिएको जस्तो लाग्यो र तपाईंलाई ? त्यसो होइन. व्याकरणको कठोर नियमले बाँधेर भाषालाई राख्ने भन्ने सोचाई पनि होइन. बाटो-घाटो, चोक-चौबाटोबाट टिपेर ल्याईनु हुन्न भन्ने पनि होइन. तर शब्द-शुद्धी वा वर्ण विन्यास भन्ने पनि त केही कुरा हुन्छ.

      आज भन्दा ५० वर्ष पछि अण्डालाई डण्डा भन्ने चलन आउला रे, त्यसलाई रोकौं भन्ने आशय पक्कै पनि होइन. जिउँदो भाषा चलिरहन्छ, कोल्टे फेरिरह्न्छ. तर अण्डा अण्डा नै रहुन्जेल अण्डा नै लेखेर शुद्ध हुन्छ भन्ने हो. अण्डालाई आण्डा वा डण्डा लेखे पनि ठिक फण्डा लेखे पनि काम चल्ने भन्ने हुन्न.

      हाल नेपाली १०० को नोटमा शय लेखिएको छ तर पाठ्यपुस्तकले सय कुदाआउंदै छन्. English मा carrying (carry) भए पनि dying (die) हुने नियम छ. Dying लेखे पनि वा dieing लेखे पनि एउटै कुरा हुन्न.

      British हरुले किन colour लेख्न मन पराए, American हरुले किन color लेखेर हुने बनाए बुझ्न उनीहरुको माटो भूगोल, संस्कृति, इतिहास इत्यादि बुझ्न जरूरी छ. यत्तिकै सजिलो भनेर गाँठी कुरो नबुझी जता पायो त्यतै Short-Cut हानेर अर्काको भाषा तिर औंला ठड्याउनु स्वाँठ प्रवृत्ति पो हुन जान्छ कि? British हरु French का छिमेकी हुन्. तपाईंले भने जस्तै उनीहरुले (British) French भाषाको couleur लाई सिंगार-पटार गरेर ल्याउँदा colour हुन गयो.

      सयौं चोटी मैले सुन्ने गरेको एउटा विकृत उखान टुक्का – दुई पन्त एक काज (शुद्ध रुप: एक पन्त दुई काज) जस्तै हास्यास्पद हुने गरी सजिलो बनाउनु त भएन भन्ने हो.

      संक्षेपमा, जन-जिब्रोको शब्दलाई टपक्क टिपेर कुनै भाषाले अंगालो मार्यो भने त ठिकै हुन्छ तर भाषिक अराजकता हुने गरी जे पायो जस्तो पायो लेख्ने वा थरी-थरीका लेखक अनुसार शब्दहरुको हिज्जे पनि बेग्लै लेख्दै जाने परिपाटीले कुनै गतिलो बाटोमा लाग्ला जस्तो लाग्दैन त्यसैले अग्रज लेखकहरुको पहल सराहनीय छ.

      • मित्र जी को कुरा एकदमै ठिक तर , पन्त हैन पन्थ हो भन्ने सुझाव दिन उपयुक्त लाग्यो – भाषाको कुरा भएकोले !

    • शशांकजीको भाषाको व्यवहारिक कठिनाइहरू सान्धर्विक लाग्यो / तर स्थान बिशेषको कारणले भएका व्यवहारिक कठिनाइ नै हरेक भाषाको बिशेषता हो; जस्तो कि न्यूयोर्कको अंग्रेजी र क्यालिफोर्नियाको अंग्रेजी मै धेरै व्यवहारिक पृथकता रहेछ /
      – भाषाको कठिनाइ नै भाषाको सौन्दर्य जस्तो किन लाग्यो; किनभने अंग्रेजीमा हुने साना-साना कठिनाइले नै अंग्रेजीलाई बिशिष्ट बनाएको छ /
      – त्यस्तै जर्मनीहरू आफ्नो भाषालाइ संसारकै कठिन भाषा भन्न पाउँदा गर्व गर्दो रहेछन / जर्मनमा सम्पूर्ण शुद्धा-शुद्धि मिलाएर लेख्न जर्मन भाषामा नै डिप्लोमा गरेकोले पनि सक्दैनन् रे !
      यसर्थ हाम्रो भाषाको पनि ह्रश्व दीर्घ जस्ता तत्वहरूले भाषाको विशिष्टता झल्काएको छ / जुन अत्ति आवश्यक छ / यसो त दिर्घले अलि लामो लेघ्रो तान्न लगाउँछ भने ह्रश्वले सटिक उच्चाहरण गर्न लगाउँछ; बेउद्धेश्य कदापि राखिएको होइन /

    • योगीजी तपाईको अफ्ठ्यारा शब्दहरू हटाउन पर्छ भन्ने दलील पटक्कै मनपरेन / बरू नयाँ शब्दहरू भित्र्याउदा भाषा धनी हुन्छ भन्नु भएको चाँही ठिक छ /

  12. “ए ! त्यो नानीलाई कति रुवाइ राख्या ! कंडोमा हालेर झ्याक झ्याक पार” | पश्चिमेली नेपालीले बोल्ने यस्तो भाषा पूर्वमा गएर बोलियो भने पूर्वेलीहरु हाँस्दा हाँस्दा भुतुक्क हुन्छन| पश्चिमेलीहरुले भन्न खोजेको चाहिं ” नानीलाई किन रुवाइ राखेको, ढाँडमा बोकेर हल्लाउनु” भनेको हो| सर्वप्रथमत यस्तो झ्याक्झ्याके भाषाको थिति मिलाउनु पो ठिक होला| कंडो र ढाँड जोडीए पनि सर्वथा अलग अंग हुन्| पश्चिमेली महिलाले पूर्वेली माझ मेरो कंडो दुख्यो वा चिलायो भन्यो भने बित्यास परेन! अक्षर श, स र ष ले त गर्नु गर्यो! तिनैवटालाई स स स भनेर उच्चारण गरेर भट्टयाउन सानामा हामीलाई सिकाइयो| अनि किन भिन्न भिन्न लेखियो र तालब्य, दन्ते र मुर्दने भनेर किन न्वारन गरियो? कसैले बाख्या दिन आवश्यक ठानेन| सबैजना नचाहिने पण्डित्याई गर्नमै ब्यस्त रहे|

  13. नेपाली भाषालाई अलि सरल बनाउन चै सकिन्छ खास गरि ह्रसो र दिर्घलाई मात्र
    जस्तो कि पहिलो र दोस्रो अक्षर मा मात्र ह्रसो राख्ने अनि अन्तिम शब्द मा सधैं दिर्घ हुने
    यसमा अपबाद हरु हुने जस्तो कि दुई शब्द उस्तै भए एउटामा ह्रसो अनि अर्कोमा दिर्घ राखेर फरक पार्ने जस्तो कि पूजा गर्ने फूल र कुखुराको फुल
    अरु पनि धेरै अपबाद हरु राख्न सकिन्छ तर कम्तिमा पनि एउटा Teacher ले student लाई सबै नियम हरु पढाउन सकोस
    अहिले त नेपाली भाषा यति जटिल छ कि पढेर मात्र student ले ह्रसो दिर्घ मिलाउन सक्दैन

    • नवराज जी, भाषा जे जस्तो छ, जे जस्तो गरी परिवर्तन हुँदैजाँदै छ त्यो पढाउने हो. के र कसरी पढाउँदा सजिलो हुन्छ, भाषालाई त्यस्तै पार्दै लाने होइन.

  14. एकजना साथीले श, ष र स को बारेमा लेख्नु भएको रहेछ खुशी लाग्यो. हामी लेख्छौ मात्रै फरक तर बोल्छौ उही. किनकि हामीले लेखाइमा त यी शब्द भित्र्यायौं तर बोलाईमा ल्याएनौ. हामीले बोलेको अंग्रजी अरु देशको मान्छेले सजिलै बुझ्दैनन्, मात्र यी स्वरहरुले गर्दा! उधाहरणको लागि, भ, फ, ईत्यादी. अझै z साउण्ड पनि हामीले ज नै उच्चारण गर्छौ जबकी त्यसको आफ्नै उच्चारण हुन्छ. भाषाविदहरुले यी कुरामा ध्यान दिनुपर्यो. शब्द हटाउने भन्दा स्वर भित्र्याउने कुरा सोच्नु पर्यो.

  15. विद्वानहरुको यो सुझाब पक्कै पनि गलत होइन. यो वहाँ हरुले जिम्मेदारी पुर्बक निबाह गर्नु भाछ. आफ्नो मौलिक भाषा लाई कसरि निखारेर जीवन्त राख्ने, सुद्द लेख्ने र बोल्ने त्यो कुनै पनि समाजको लागि गर्व हुनु पर्छ. तेसैले समाज वा देशको प्रतिनिधित्तो गर्छ अनि पहिचान दिन्छ.

    हामि नेपालीहरु उद्देश्य बिहिन भै जथाभाबी बोल्ने र लेख्ने यो पक्कै राम्रो होइन. केहि शब्द हरुको अवाज तथा तेसका शाब्दिक अर्थ जुझ्न सक्ला तर तेस्लाई आधार बनाइ पुरै संरचना को खण्डन गर्नु बुद्धिमानी होइन.

    फ्रेन्च भाषामा खास गरि कुनै सर्वनाम उच्चारण गर्दा शब्दको अगाडी पुरुष वा स्त्री को संज्ञा जनाउनु जरुरि हुन्छ. एस बिना शब्द पुरा हुँदैन. जस्तै. होटेल अन्नपुर्ण लाई – “दे ला अन्नपुर्न”, सगरमाथा लाइ “ला एवेरेस्ट” भनिन्छ. झट्ट सुन्दा र बोल्दा अरुको नामनै बिगारेर किन बोलेको जस्तो लागछ. यसरिनै विभिन्न देशहरुको भाषामा आफ्नै मौलिकता र आफ्नै महत्तो राख्छ भने हामि लाइ यी मसिना ह्रसो, दिर्घहरुले टाउको किन दुखाउन्छ ?

    सायद अब नेपाली हरु लाइ हरेक कुरामा सहयोग, अनुदान, ऋण लिनु पर्ने बानि भा जस्तै, भाषा मा पनि तेसरिनै अरु संग सोधेर बोल्ने वा लेखन पर्ने स्थिति देखिन्छ. यो सरासर नेपालीको कमजोरी हो. यो आवश्यकता हो. हाम्रा सन्ततिले प्रस्ट नेपाली भाषामा बोल्नु र लेख्नु सबैको कर्तब्य हो. नागरिकता र पासपोर्ट साथमा राख्दैमा कानुनले नेपाली भन्ला तर वास्तविकता भन्दा धेरै टाडा छ. हामीले एस्तो बिषयमा चर्चा गरि राख्नु आवश्यक ठान्दिन.

  16. सहि हो | अझै पनि मलाई याद छ , म नर्सरी तिर पढ्दा मैले गुरुआमालाइ सोधेको थिए – “स” , “श” र “ष” को फरक के हो ? उहाले लेख्ने मात्र फरक हो बोल्ने त उस्तै हो भन्नु भयो | खास गरि “स” र “श” को फरक त मलाई अमेरिकाम आएर मात्र थाहा भो | जस्तो कि sit लाइ सिट भनिन्छ भने shit लाइ शिट भनिन्छ, जस्ले भिन्नै अर्थ राख्छ | अनि म मात्र हैन अन्य नेपाली मित्र हरुले पनि सोहि गल्ति गरुहुदो रहेछ | भाषालाइ अति उदारीकरण गरेर र्हशो – दिर्घको हेक्का पनि नगर्ने अनि तेस अनुशारको उच्चारण पनि नगरेर हामी आफैलाई पछाडी धकेलिरहेको छौ | आस्ति नागरिक न्यूजको लेखमा पनि के पढे भने शेक्स्पिएर लाइ सेक्सपिएर लेख्न थालिएको छरे | ए बाबा दोस्रो शब्द त अंग्रेजीमा Sexpeare हुन्छ जुन नामै हैन | तेसैले नेपालीमा र्हशो – दिर्घको हेक्का राख्ने चलन मात्र हैन उच्चारणमा पनि ख्याल राख्न मास्टर, समाचार वाचक अनि रेडियो टिभी मा बोल्ने अरुलाई पनि तालिम दिन जरुरि छ जसले गर्दा हामी सबैमा शुद्द उच्चारण गर्ने बानी बस्छ | भाषिक उदारीकरणको नाममा अति गरेर भाडभैलो निम्त्याउनु राम्रो हैन|

  17. हुन त आफुले त्यत्ति पढेको छैन जस्तो भए पनि ठिकै जस्तो लाग्छ !
    तर यो शुद्द अशुद्दा त सरकारी कर्मचारी ,मालपोत को कर्मचारी ,लेखनदास र वकिल चै एक दम सिपालु छ है !
    क लाई कि कु लाई के banauna एक दम सिपालु chhan !
    यसै कारण ले हामी नपढे का लाई शुद्द र अ शुद्द अमल पर्ने गरि यो कुरालाई बिर्सी दिए राम्रो हुन्थे कि ! के गर्ने यो शुद्ध र अ शुद्द ले गर्दा मैले देरै पटक दुख पाएको छु !!!
    हुन त येसो गर्न राम्रो त हैन तैपनि………. के गर्ने समस्या धेरै छन्

  18. यस्तै जडसूत्रबादिहरुले नेपाली भाषालाई आफ्नो बपौती ठान्नाले नेपाली भाषाले बिकास गर्न नसकेको हो । नेपाली भाषालाई बिकास गर्नु छ भने हामिले हाम्रो नेपाली भाषालाई यस्ता बिद्वान भनाउंदाहरुको कब्जाबाट निकालेर सर्बसाधरणले बुझ्ने भाषा बनाउनु पर्छ । मेरोलागि ‘नेपाली’ र ‘नेपालि’ दुवैले उहि महत्व र उहि भावनात्मक अनुभुति दिन्छ भने भाषाको मौलिकता र भाषा प्रतिको एक खोक्रो गर्बको रुपमा मलाई किन ‘नेपाली’ नै लेख्न बाध्य पारिन्छ मैले बुझ्न सकेको छैन । जब भाषालाई खेलाएर त्यसलाई सबैले बुझ्न नस्कने दुरुह बनाएर बनाएर त्यसैबाट अरुको अगाडि आफु के के न बिद्वान हो जस्तो भान दिलाउन खोज्नेहरुले आफ्नो हातबाट भाषा गुमेर जनताको हातमा जान लागेको देखे तब उनिहरुले आफुलाई यसरि संगठित रुपमा पेश गरेका हुन ।
    नेपाली भाषाको तुलनामा अंग्रेजीले बिकास गर्नुको कारण यो भाषा कम्प्यूटरको लागि सजिलो भएर पनि हो । हामिले नेपालीमा spell checker बनाउन नसक्नुको एक कारण यो पनि हो- जब हामीले ‘नेपाली भाषाको विकासको लागि’ को सट्टा ‘नेपालि भासा को बिकास को लागि’ भनेर लेख्न पाउंछौ तब हाम्रो भाषा हामीलाई त सरल हुन्छ नै कम्प्यूटरलाई पनि सरल भएर भाषाले नौलो फड्को लिन्छ ।
    तसर्थ परम्परागत लेखन प्रणालीमा एकमुष्ट हस्तक्षेप गरी नया नियम निर्माण गरि नेपाली भाषालाई संकुचित र कमजोर बनाउनबाट जोगाएर र नेपाली भाषा बिद्वानहरुको मात्र भाषा हो भन्ने आक्षेपबाट नेपाली भाषालाई जोगाएर जन जनको भाषा बनाउन अझ यो भन्दा आमूल परिबर्तन गर्न जरुरि छ । त्यो परिबर्तन नेपालीमा नाम चलेका बिद्वाने गर्दैनन् भन्ने त देखीयो नै ।
    मलाई तत्सम तद्भब केहि थाह छैन। केवल मैले नेपाली भाषा सरलताका साथ लेख्न पाउनु पर्छ। यदि विद्वानहरुले यस्तो संभव छैन यसले हाम्रो मौलिकता बिग्रन्छ भन्छन भने म पनि भन्छु त्यो मौलिकता तिमिहरु नै राख म अर्को सजिलो र विश्वव्यापि भाषा तर्फ लाग्छु ।

    • तपाईको पनि बापौती हैन नेपाली भाषा | सजिलो भयो भन्दैमा जे मन लाग्यो त्यहि परिबर्तन गरेर हुन्न | त्यसो भए अंग्रेजीमा कि त “do” लाइ “डो” भन्नु पर्यो या त “go ” लाइ गु भन्नु पर्यो | भाषामा जति साधारण नियम बाट फरक भयो, त्यति नै रोचक हुन्छ | नेपाली भाषा तब पूर्ण हुन्छ, जब यी फरकहरु जारी रहन्छन | तपाईलाइ तत्सम र तत्भव पनि थाहा छैन भने किन विद्वान बनि टोपालिनु हुन्छ? कम्प्युटरले “bhasa ” लेख्दा पनि “भाषा” भनेर उल्थ्याइरखेको छ भने “spell checker ” बनाउन नसक्नु भाषा गार्हो भएर हैन, कसैले नगरेर हो | चाइनिज भाषामा शब्दैपिचछे अक्षर छन् र त कम्प्युटरमा समस्या छैन भने नेपाली कुन गार्हो हो र? यी कुराहरु आवश्यकताले जन्माउने हो | तपाईलाइ कसैले यसरि- उसरी लेख्न पर्छ भनेर जबर्जस्ति गर्या छैन | नेपालीको जाच दिनुभयो भने शुद्दनै लेख्नु पर्छ | भोलि फेरी मात्रा हटाउनु पर्छ भन्नु होला किनकि सबभन्दा सरल त त्यो हुन्छ | उही अलि अलि लेख्न जानेको छोराले बाउलाइ चिठी लेख्या थ्यो अरे – “खरच पथल त म बचल, नपथल त म भक मरल” | भन्न खोजेको कुरा त बुझिन्छ नि हैन ?

      • हो नेपाली भाषा मेरो पनि बपौति होइन । यो कसैको पनि बपौति हुनु हुन्न, यो सबैको हुनु पर्छ, त्यसैले नै यसलाई सरल गर्नु पर्ने आबश्यकता आएको हो । हो मलाई तत्सम र तत्भव बारेमा थाह छैन, मैले आफैलाई ‘बिद्वान’ भनि टोपलेको पनि छैन, तर बिद्वान बन्नको लागि तत्सम र तत्भव जान्नै पर्ने त्यस्तो कठिन भाषा हामी किन बनाउंदै छौ ॽ के सरल भाषाबाट बिद्वान बन्न सकिन्न रॽ
        मलाई कता कता यसरि- उसरी लेख्न पर्छ भनेर जबर्जस्ति भएको जस्तो पनि लाग्छ, किन भने तपाईकै अनुसार जांचमा तथाकथित ‘शुद्ध’ लेख्नु बाध्यताको सिर्जना गरिएकै छ । अबको आबश्यकता भनेको ‘शुद्ध’लाई नया र सरल नियमहरु बनाएर पुनर्परिभाषित गर्नु हो,हालको ‘शुद्ध’ लाई आमूल परिबर्तन गरेर सरल बनाउनु हो । हो नेपालीमा spell checker बनाउन संभब छ तर बनिसकेको छैन यसको पनि कारण त होला नै। हामीले ‘महत्वपूर्ण’ लाई ‘महत्व पूर्ण’,’असमान’लाई ‘अ समान’,’किताबहरुमा’ लाई ‘किताब हरु मा’ आदि लेख्नेलाई शुद्धमान्ने नियम बनाएको भए शायद नेपाली spell checker बनाउन धैरै सजिलो हुने थियो ।

        मलाई अझै पनि लाग्छ, जहा संभब छ हामीले मात्रा पनि हटाउनु पर्छ । ‘हामीले’ लेख्नुको सट्टा बोलिचालिको प्रचलनमा आइसकेको ‘हामले’ लाईनै शुद्द मानेमा कमसे कम एउटा मात्रा त घट्छ ।

        “खरच पथल त म बचल, नपथल त म भक मरल” भन्ने संबन्धमा तपाईको कुरा बहुत तर्क पूर्ण भएकोले हाललाई मैले केहि भन्न सकिन ।

        • हामीले ‘महत्वपूर्ण’ लाई ‘महत्व पूर्ण’,’असमान’लाई ‘अ समान’,’किताबहरुमा’ लाई ‘किताब हरु मा’ आदि लेख्नेलाई शुद्धमान्ने नियम बनाएको भए शायद नेपाली spell checker बनाउन धैरै सजिलो हुने थियो भन्ने जिकिर सुन्दा धेरै दुख लाग्यो उपाध्याय जी तपाईलाई नेपाली र कम्युटर दुवै अध्ययन गर्न सुझाव छ. यो समस्या होइन स्पेल चेकर बनाउनमा. यसको लागि भाषिक र कप्यूटर प्रोग्रामरको टीम, विश्लेषक, समीक्षक लगायत बहुपक्षीय टीमको खाँचो पर्छ. पैसाको त पर्ने नै भयो.

          तर मात्र नै हटाए नि राम्रो हुने सुन्दा तपाई भाषिक विद्यार्थी होइन कि भाषिक क्रान्तिकारी जस्तो लाग्यो. उसो भए किन चाहियो लेख्ने भाषा बोलेर नै भने भैगो… किन चाहिए किताब चौबाटो मा बसेर कथा फलाके के नजाति भो र ?

        • रमेश जी को इमान्दारिता को मा तारिफ के कुरामा नगरी बस्न सकिन भने त्यो हो ““खरच पथल त म बचल, नपथल त म भक मरल” भन्ने संबन्धमा तपाईको कुरा बहुत तर्क पूर्ण भएकोले हाललाई मैले केहि भन्न सकिन ।” यो स्वीकार गर्ने सामर्थ्य को सलाम गर्छु .

      • हाहा, तेही धेरै complexity को कारणले कम्प्युटर friendly बनाउनको लागि simplified chinese को सुरु भाको थाहा नभएको जस्तो छ महोदय लाई|

        • Simplified Chinese को विकास personal computer आउनु अगाडी भएको हो, न कि computer को लागी भएको हो . आफुलाई नै थाहा नभएको कुरामा अरुलाई बित्थामा उडाउनु भएन नि श्रेया जी . Traditional Chinese is also computer friendly, as confirmed by users from Taiwan/ HongKong.

      • यहाँनिर एउटा हँसाउने कुरा लेख्न मन लाग्यो नरिसाउनु होला| To टु हुन्छ, Do डु हुन्छ भने go गु उच्चाहरण नगरी गो गरिन्छ ?
        किन कि गु गरेमा गन्हाउछ भनेर |

    • तपाईले भन्नु भएको कुरामा न त मेरो सहमति छ न त बिमति, तर नेपाली भाषाको spell checker बनाउन नसक्नुको कारण चाही तपाईले भन्नु भएको कुरा हो जस्तो लाग्दैन. Spell checker it self is a database, so what ever you insert in that database is compared with what you typed. If you typed something that’s missing in database then it will show a red flag. अब नेपाली भाषामा धेरै शब्द छ, भने अवश्य यो database ठुलो हुन्छ, तर त्यो भन्दैमा हामीले अशुद्ध नेपाली प्रयोग गर्न पाउनु पर्छ भन्नु चाही मिल्छ जस्तो लाग्दैन.

    • रमेशजी,

      अँग्रेजी भाषाले विश्वमान्यता पाउनुको मूल कारण यसमा कहिल्यै नहुने ‘सुधार’ हो । तर हाम्रा भाषाविद्हरू दिनैपिच्छेजसो भाषिक नियमहरू परिवर्तन गरिरहेका छन् । नेपाली भाषामा पनि हिज्जे सम्पादन गर्ने सफ्टवेयर विकास गर्न सकिन्छ, त्यसका लागि भाषामा कुनै ‘सुधार’ गरिरहनुपर्दैन ।

      हामी साथी परिवर्तन गर्नसक्छौं, थप्न सक्छौं, तर आफ्नो रगतको सम्बन्ध आमा-बाबु, दाजुभाई, दिदीबहिनी परिवर्तन गर्न सक्नुहुन्न । यदि तपाईं रगतको सम्बन्धबाहेकको सम्बन्धलाई मान्यता दिनुहुन्छ भने त्यो भावनामात्र हो । अर्थात्, जसरी रगतको सम्बन्ध कुनै जडसूत्रवाद होइन; भाषिक नियमहरू पनि जडसूत्रवाद होइनन् । भाषामा नयाँ-नयाँ शब्दहरू थपेर धनी बनाउनुपर्छ, नकि भएका शब्दहरूलाई भताभुंग पारेर भाषालाई नै लथालिंग पार्ने ।

      तपाईंले भनेजस्तो भाषा सरल बनाउने हो भने किन चाहियो आ, इ, ई…? ‘अ’मात्र प्रयोगमा ल्याए त झन् टन्टै हुन्थेन ! कसैले लेखेका थिए रे, ‘खरच पठल त बचल, खरच नपठल त भकभक मरल’ – कति सजिलो, भन्न खोजेको बुझिएकै छ क्यारे । कि कसो ?

    • तपाइको कमेन्टले धेरै रातो पाए पनि मलाई चै मन परो है| अंग्रेजीमा नि एस्तो छ, हिन्दिमा नि उस्तो छ भनेर हाम्रो भाषामा भएको compexity जोगैराखनु पर्छ भन्ने चै छैन जस्तो हो| जब ३ तै स सुनिद एउटा सुनिन्छ त किन चहियो ३, ३ ओटा| बोलेको भरमा फुल र फूल छुट्यौना नसकेर fool भइनछ भने हामी सबै fool नै हौ|

      • श्रेयाजी, तपाइँ आफ्नो नाम स्रेया, ष्रेया, स्र्येया जसरी लेख्दा पनि सहि मान्नुहुन्छ ??
        हरेक भाषाको आ-आफ्नो विशिष्टता हुन्छ / तपाइँ कठिनाइ भित्र पस्न डराउनु भनेको तपाइको आफ्नो समस्या हो तर भित्र पसिसकेपछिको चुनौती नै आनन्द हो /

    • मित्र बिदेशी भाषाको अलिकति अध्यन गर्नुस अनि भनुस भाषा को नियम कस्तो हुन्छ भनेर | नेपाली भाषाको उच्छारण मा हामीले ध्यान नदिएर अरु भाषा सिक्न हामीलाई धेरै गाह्रो भएको छ | तेसकारण ले लेखाई हुनुपर्यो पर्यो त्यो संगै उच्चारण मा पनि ध्यान दिनु पर्दछ नत्र हामीले कुनै पनि बिदेशी भाषा राम्रो संग बोल्न जान्दैनौ

  19. हरेक कुरामा निश्चित मापदण्ड बनाएर चलेकै राम्रो |बिना मापदण्ड को भासा ,बिना संबिधान को नेपाल जस्तै भएको छ |आफ्नो आफ्नो नियम लादया छ ,जथाभाबी लेख्या छ ,जे मनलाग्यो तेही बोल्या छ ,जताततै थुक्या छ ,ठाउ कुठाउ गन्द छोड्या छ ,अति भो |

    • मापदण्ड बिपरित भाषा निर्माण गरे कालन्तरमा डोजर लगाएर भत्काइदिन्छ कि ?

  20. माथि ब्लगको पुछारमा “यस अघिको संगोष्ठीका निर्णयहरु”मा उल्लेखित ‘निर्णयहरु’ पढ्दा मलाई त पटक्कै चित्त बुझेन है |

    अरु त अरु बोटबिरुवाको ‘फूल’लाइ पनि ‘फुल’ लेख्ने रे !
    ‘फूल’लाइ ‘फुल’ लेख्दा कसरि बुझ्ने ?
    जस्तै: “मलाइ ‘फुल’ मन पर्छ |” लेख्दा यो ‘फुल’ कुखुराको ‘फुल’ हो कि गुलाब को ‘फूल’?

    आजभोली भाषाको सबैभन्दा कारुणिक दृश्य पत्रपत्रिकाहरुमा देख्न पाइन्छ | कुनै व्यक्ति बिशेषले आफुले नजानेर पनि गल्ति लेख्न सक्छ तर संस्थागत रूपमा पत्रिका प्रकाशन गर्नेहरुले कन्जुस्याई नगरी भाषा शुद्दाशुद्दी हेर्ने व्यवस्था गरेर आफ्नो भाषा प्रति अलिक जिम्मेवार पनि बन्न सक्नुपर्ने हो |

    हाम्रो भाषा वास्तवमा धेरै नै धनि छ | यसमा फरक बस्तुलाई बुझाउन फरक शब्द हरु छन् जुन अंग्रेजी भाषामा पनि पर्याप्त छैनन् | सजिलो बनाउने नाममा नेपाली लाई विकलांग बनाउने होइन कि हामी सबै मिलेर यसको संरक्षण गरौ |

    • अलि पर केहि कुखुराको फुल र केहि गुलाबको फूल राखेको छ अनि मलाई कसैले जा गएर २ त फुल/ फूल लिएर आइज भन्यो भने मलाई थाहा हुदैन के ल्याउने, लेखेर दिए चै थाहा पौछु| तपैले नालेखिकाना पनि थाहा पाउनु हुन्छ?

      • हो मैले त थाहा पाउँछु श्रेया जी, दिर्घ र ह्रस्व भनेको दुई किसिमको नाम मात्र होइन के फरक हो त्यो पनि थाहा पाउनु पर्यो.
        फूल (गुलाफको) को “फू” उच्चारण गर्दा दीर्घ वा लामो उच्चारण हुन्छ. त्यसै गरी
        फुल (अण्डा) को “फु” उच्चारण गर्दा ह्रस्व वा छोटो उच्चारण हुन्छ.

        अंग्रेजी मै पनि fool र full हुन्छ नि पहिलो दीर्घ (long vowel) र दोस्रो ह्रस्व (short vowel) हो.

      • श्रेया जी, लौ के कुरा गर्नु भएको १००% उच्चारणमा फरक छ नि…
        फूल (उच्चारणको लागि थिच्नुस http://dictionary.cambridge.org/dictionary/british/fool_1?q=fool)
        फुल (उच्चारणको लागि थिच्नुस http://dictionary.cambridge.org/dictionary/british/full_1?q=full)

        तपाईंले भनेको जस्तो उच्चारणमा कत्ति पनि फरक नहुने होइन.

    • क्रान्ति जी मलाई fool मन पर्छ भनेर कसैले फोनमा भन्यो भने तपैले छुत्युना सक्नु हुन्छा गुलाब को हो कि कुखुराको हो भनेर? मलाई लाग्छा नलेखी सक्नु हुन्न| मलाई लाग्छा हाम्रो बोलीमा ह्र्सो द्रिघ भन्ने नै छैन, केवल लेख्दा खेरि मात्र हो| स, श र ष पनि तेही हो| भाषा लेख्न भन्दा बोल्नको लागि १००० गुना बढी पर्योग हुन्छ| तेही भएर जनजिब्रोमा नभाको ब्यकरन्लाई बेर्थैमा किताबको ठेलीमा राखी राख्ने?

      • हामीले कुरा गर्दा सन्दर्भलाइ पनि त याद गर्नु पर्यो नि. सन्दर्भ के हो त्योबाट नै तपाई ले “फूल” भन्नु खोज्नु भएको हो कि “फुल” भन्न खोज्नु भएको हो भन्ने प्रस्ट हुन्छ नि होइन र?

      • श्रेयाजी, मैले लेखनकै कुरो गरेको हो | बोल्दा उच्चारणमा फरक पर्न सक्छ | अरु देशमा जस्तै हाम्रोमा पनि स्थानीय लवज फरक हुने भएकोले शुद्द बोलाई नहुन सक्छ | सायद तपाइले माथि ब्लग पुरै पढ्नुभएन अथवा मेरो कमेन्टमा ‘लेख्दा’ लेखिएको प्रति पनि ध्यान दिनुभएन | मैले बोलीको प्रसंगमा भनेको छैन लेखनकै प्रसंगमा लेखेको हो |

        पढ्नुहोस त फेरी यो ब्लगको अन्त्यमा राखिएको बाकसभित्रका कुराहरु | जसको दोस्रो बुदामा लेखिएको छ “संख्यावाचक शब्द तीनलाई ‘तिन’ लेख्न र मध्य जनाउने शब्द बीचलाई ‘बिच’ गर्न भनिएको छ। बोटबिरुवामा अब ‘फूल’ होइन, ‘फुल’ फुल्छ भनिएको छ।

        तपाइले लेखेर दियो भने ‘फुल’ अथवा ‘फूल’ भन्ने बुझ्छु भन्नुभयो | तर यो नियम लागु भयो भने लेखेरै दियो भने पनि कसरि बुझ्नुहुन्छ ?

      • श्रेयाजी म तपाईलाई कसरी सम्झाउ; हामीले गल्ति बोलिराखेको कारणले छुट्याउन नसकेको हो / बोल्नेले शुद्ध बोल्नेले शुद्ध बोल्यो र सुन्नेमा पनि ज्ञान छ भने छुट्टीन्छ /
        – जस्तै; पहिलो कुरो त विशेषण नलगाई दुवै फूल र फुल शब्द पूर्ण वाक्य हुदैन / कि कुखुराको फुल, हाँसको फुल, चराको फुल के को हो; त्यसको नाम सहित भन्नु पर्यो, त्यस्तै कुन गुलाफको हो कि के को हो खुलाएर भन्नु पर्यो /
        – अझ महत्वपूर्ण कुरा त ‘अलि लामो सासमा भनेको भने दिर्घवाला भनेको भनेर भुझ्नुपर्यो, झट्ट भनेको छ भने ह्रस्ववाला बुझ्नुपर्यो’ / चलनचल्तीमा हामीले हेलचक्र्याई गरेर नै भाषामा अन्यौल परेको हो /
        अंग्रेजीमा पनि यस्ता दोहोरो सुनिने सयौ शब्दहरू छन् /

  21. आफु त सानोमा पनि ब्याकरण मा कमजोर मान्छे. हल्काफुल्का आउथ्यो. खासै जान्ने मान्छे त होइन. तैपनि भाषा भनेको हाम्रो पहिचान हो र यो जुन नया संकल्प जारी भएको छ मलाई मन पर्यो. ‘सुर्य’ र ‘सहिद’ दुवै गलत हुन् भन्ने कुरा सर ले क्लास मा सिकाएको अहिलेसम्म भुलेको छैन.

  22. ……(कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल, रोचक घिमिरे लगायत ८० जना लेखकहरू) >>> जसो जसो बाहुन बाजे – उसै उसै स्वाहा !!!

  23. म भाषा को ज्ञाता होइन तर मलाई नेपाली भाषा को हक मा केहि कुरा भन्न कर नै लग्यो | नेपाली भाषाको माहु भाषा संस्कृत हो तर संस्कृत मा भएका स्वर बर्ण जसरि उचार्रण गरिन्छ तेसरी नेपाली मा गरिदैन | तेसै ले नै हामी लै रश्वो र दिर्घ ले टाउको दुखाएको हो | “उनि” र “ऊनी” मा धेरै आन्तर छ |
    उ – short vowel
    ऊ – long vowel

    अर्थात् “ऊ” स्वर “उ” भन्दा लामो हुन्छ |

    उनि उचार्रण गर्दा हामी ले uni
    र ऊनी उचार्रण गर्दा हामी ले uuni
    भनेर उचार्रण गर्न पर्ने हुन्छ तर हामी ले त्यो गर्दैनौ |

    Long vowel लाई लामो संग उचारण गर्दा सुनेरै सजिलो संग फरक चुत्तौना सकिन्छ अनि लेख्दा गल्ति पनि हुदैन |हाम्रीले उचार्रण गर्दा उनि (छोटो उ अर्थात् u) र ऊनी (लामो उ अर्थात् uu) फरक संग गर्न पर्ने थियो तर हामी ली दुवै लाही उस्तै उस्तै गरि उचारण गर्नले सुनेर र्ह्सो र दिर्ग चुट्टाउना सक्दैनौ | अन्य भाषा मा long vowel र short vowel फरक संग उच्चारण गरिन्छ | यो भासिक बिसेसता पनि हो | जस्तै उदहारण को लागि फिन्निश भाषा मा उनि र ऊनी फरक संग उचार्रण गरिन्छ र सुन्दा नै प्रस्ट संग चुत्तौना सकिन्छ अनि लेख्दा गल्ति पनि हुदैन |

    हामी अधिकंग्सा नेपाली भाषा को “भ” नजानी नै अर्थ हिन तर्क गर्ने गर्छौं जुन म जयेज ठान्दिन | तेसै ले समस्या नेपाली भाषामा होइन हाम्रो बोलाईमा हो | भाषा मा धेरै स्वर र ब्येंजन हुनले भाषालाई धनि बनाउने गर्छ |

    (मेरो लेखाई मा भएका र्ह्सो र दिर्ग गल्ति को लागि म माफी चहन्छु किन कि म यो गूगल ट्रांस्लेट रामरी चलाउन जान्दिन |)

  24. मलाई पनि यहि कुरा मा सहमत छ, पैले देखि मैले उठान गरेको कुरा पत्रिका को कुरा पनि जोड्न मन लाग्यो यहाँ, पत्रिका भनेको देशको शिक्षकनै हो भन्न रुचाउछु म त ! बिद्यार्थी ले नजानेर येसो पत्रिका हेर्दा उसले सहि ह्रस्व दीर्घ सिक्न सकोस, तर आजकलका पत्रिका ले जे पायो तेही लेखिदिएको ले म पनि अवाक नै थिएँ | अस्ति एउटा टेलिभिजनले लेखेको थियो कपन गोलीकाण्ड को कुरा मा, “गोलि लागेका हर्कबहादुर दियाली र रोशन बिक को उपचार को क्रम मा मृत्यु” यस ले के बुझाउछ ? दुवै जनाको मृत्यु बुझाउछ तर मृत्यु हुने चै हर्कबहादुर दियाली मात्र थिए !! येस्ता भाषागत त्रुटी त कति छन् छन् नेपाली संचार मध्यममा !!

  25. खै अब बिस्तारै बिस्तारै शब्दपछि जोड्ने गरिएको मा, को, लाई आदिलाई पनि नजोडी लेख्नु पर्छ भन्न थाल्ने हुन् कि ? हिन्दीमा नजोडी लेख्ने चलन छ क्यारे | फारसी/अरबी मूलका सबै स्वरहरूलाई त हाम्रो वर्णमालाले लेख्न मिल्दैन होला तर जति मिल्छ त्यति चाहिँ स्वर अनुसार नै लेख्नु ठिकै होला — ती शब्द नेपाली बोलीचालीमा भन्दा लेखनमा पहिले छिरे जस्ता लाग्छन | अंग्रेजीबाट आएका शब्दलाई चाहिँ खै .. धेरैजसोको नेपालीमा लेखिएको इतिहास त्यति लामो छैन, लेख्न खोज्नेलाई अंग्रेजी डिक्सनरी पल्टाएर ठ्याक्कै उच्चारण हेर्नु पर्ने होला फेरि | लोकव्यवहारमा त पचिसके तर जस्ता को तस्तै छैनन् , आफ्नै खालको उच्चारण राखेर पचाइएका छन् |

  26. असाध्यै राम्रो कुरा हो यो , मैले पनि सोची राको थिए यसको बारेमा….खास गरी मोटो श र पातलो स, यसमा धेरै त्रुटी गरी राखेका छौ हामी …..शंकर लै हामी संकर भन्छौ, शहर लै सहर, जसले गर्दा हामीले मोटो श को प्रयोग छोडी सकेका छौ, यसले गर्दा हाम्रो अंग्रेजी मा पनि असर परेको छ, जस्तै she लाइ हामी सी भन्छौ तर यो शी हो , अंग्रेजी मा sh को उचाहरण श बाट हुन्छ न कि स बाट, she (शी) should(शुड) shall (शल) shell (शेल )
    मलाइ पनि यो कुरा पैले थाहा थिएन स्कुल मा नि सर हरु ले सिकाएनन , विदेश मा आए पछि पो थाहा भयो हामीले त श नै बिर्सेछ्म भनेर , तेही श भारतीय हरुले सजिलै उचाहरण गर्छन हामीलाई धेरै गारो हुन्छ, मैले धेरै मेहिनेत गर्नु पर्यो मेरो अंग्रेजी उचाहरण सच्याउन !
    ढिलो भए नि यो कुरा आको मा खुसि लागेको छ!
    🙂

  27. प्रिय बाहुन बाजे लेखकहरु, शेखी, शेयर, शेर लेख्‍ने भन्ने त बुझियो, सेक्सलाई पनि शेक्स लेख्‍नु पर्ने हो कि
    नेपाली बाहुन बाजेले भने जस्तै मात्रै लेख्‍नुपर्ने हो कि ठिमीलाई नेवारहरुले थिमि र पाँचथरलाई लिम्बुहरुले पान्थर लेखे जस्तो पनि पाउने, यसो कुरा बुझिपाउँ

  28. काम पाएनौ कि के हो ? सक्छौ भने भाषा लाई अझ विस्तार गर न ….l

  29. यो नेपाली भाषा बिगार्ने काम तारानाथ शर्मा बाट सुरु भएको हो. हामीले दस कक्षामा नेपाली पढ्दा रुद्र सर र दंगाल सर तारानाथ ले लेखेको किताब को खिल्ली उडाएको हिजै हो जस्तो लाग्छ. पछी गएर जब किताब हरु परिमार्जित हुदै गए
    तब त नेपाली भाषाको रामधुलाई सुरु भयो. यो माथिको संकल्प मलाई चाही मन पर्यो. म नेपाली भाषा ज्ञाता त होइन तर यसको सहि विकास होस् भन्ने चाहन्छु. सहि रुपमा लेख्दा ‘शहीद’ र ‘सूर्य’ यसरि मैले लेखे जस्तो लेख्नु पर्छ. तर अहिले नया नियम लगाएर संस्कृत बाट आएको सब्दलाई नेपाली मा लेख्ने भन्दै ‘सहिद’ र ‘सुर्य’ लेख्ने गरेका छन् त्यो गलत हो. रोयल नेपाल एकाडेमी को नेपाली सब्द कोषमा पनि सूर्य लाई सुर्य लेखेको देखेर मेरो कन्सिरी तातेको थियो.

  30. मलाई त जे सजिलो लाग्छ तेही लेख्छु, व्याकरणको नियम पहिला पनि वास्ता गरिन ऐले पनि गर्दिन, बेकार मा कसले टाउको दुखाऊस,

  31. हैन के भन्न खोज्या हो यो ? ‘नेपाली भाषा प्रयोगकर्ताहरू’ यति दुई चारजना मठाधीश मात्रै हुन् र भन्या। यी बाहेक अरुले प्रयोग गर्ने भाषा चाहिँ कुन भाषा हो ? यसो जवाफ पाए हुन्थो ! 🙂

  32. आफ्नो भाषा र साहित्य बचाउन पर्छ/ अरुको नक्कल र सजिलाको लागि आफ्नै साहित्य खराब हुनु ठीक होइन/ सचेत हुने मौका दिनु भएकोमा धन्यवाद/

  33. “शब्द” शब्द लाइ “सब्द” लेख्यो भने के एसले अन्य अर्थ लगाउछा र? भाषा लाइ साहित्यकार हरुले जसरि ब्याख्या गर्न खोजे पनि मुलभूत कुरो भनेको भाषा एकले अर्को ग communicate गर्ने मध्यम हो | सजिलै बुझिन्छ भने र त्यो शब्द ले अर्को अर्थ दिदैन भने केहि फरक पर्दैन | अंग्रेजी भाषाविद हरुले पनि अहिले आएर correct spelling जरुरि छैन भन्न थाली सके का छन् | तर येसो भन्दैमा भाषा को संरक्षण हुनु पर्दैन भनेको चाही होइन है मैले |

    • मित्र को कुरा ठिकै हो तर मित्र, communication लाई चुस्त र प्रभाबकारी बनाउन सबैलाई लागु हुने गरि नियम बनाउन जरुरि हुन्छ | १० जना ले १० थरि नेपाली बोले पछि communication राम्रो हुन्छ होला र ?

    • You might be right to some extent but I think here the writers are talking about written language not spoken language .. so written language should be in correct way as every language has its own specialty.. Nepali, Sanskrit, Hindi , Bengali etc are tough in writing but this does not mean one should do what ever they wish ..

  34. यो अति आबस्यक कुरा हो . नेपाली भाषा लाई समय मा नै बिचार नपुराय भबिष्य मा
    नेपाली भाषा को बास्तबिक अस्थिस्तो हराउछ .

    • मित्र सुदर्शन, तिम्ले यस्तै पाराले लेख्दै गयौ भने नेपाली भाषाको “अस्थिस्तो” मज्जाले बच्छ | चिन्ता नगर |

  35. म पूर्ण सहमति जनाउँछु यो संकल्पप्रति । भाषा भनेको सञ्चारको माध्यममात्र होइन, यो पहिचान पनि हो । सरलीकरण र समयानुकूल गर्ने भन्दै नेपाली भाषामाथि भइरहेको प्रहार रोक्नै पर्छ । अहिले हाम्रो राष्ट्र भाषामा माथि अनेकरूपले प्रहार भइरहेको छ । भन्छन् नि कुनै समाज वा देशलाई भताभुंग पार्न उसको भाषा-संस्कृतिमाथि प्रहार गरे पुग्छ । हामीकहाँ राजनीतिक द्वन्द्व त छँदै छ, त्यसमाथि हाम्रो भाषा-संस्कृतिमाथि पनि प्रहार भइरहेको छ । हिजो सामन्तीहरूले विभिन्न राष्ट्रिय भाषाहरूलाई कुल्चिँदै नेपाली भाषालाई मात्र स्थान दिए । ती भाषाहरू लोपोन्मुखमात्र होइ ती जातिहरूको पहिचान, संस्कृतिसमेत हराउँदै गइरहेको अवस्था छ । आज फेरि विदेशीहरूको इशारामा नेपाली भाषामाथि नै प्रहार भइरहेको छ ।

    भाषाविद्हरू कोठेमात्र होइन उनीहरू विदेशीका टट्टु पनि हुँदै गएका छन् । भाषिक नियमहरूलाई एकजना पतीतले ‘स्वास्नी’ फेरेझैं दिनहुँजसो फेरिरहेका छन् । तर भाषा कसैको व्यक्तिगत पेवा होइन, जसलाई मनपरी ‘परिवर्तन’ वा ‘परिमार्जन’ गरियोस् ।

    साँच्चै भन्ने हो भने नेपाली भाषा भताभुंग अनि लथालिंगको अवस्थामा छ । यसमा ती कोठे भाषाविद्पछिको दोषी सञ्चारमाध्यमहरू हुन्, जो आफ्नो स्वार्थअनुकूल नेपाली भाषाका ‘परिवर्तित’ नियमहरू पछ्याइरहेका छन् ।

    यो क्रम रोकिनैपर्छ ।

    • हजुर मलाई चित्त नाभुझेको कुरो ह्र्स्वो दिर्घ होइन ,बबाल ,मजबुत ,खलास ,इत्यादी सब्द हुन् जुन ठेट सब्दलाई चुनौती भएको छ ,आजभोली गित संगीत सुन्ने हुन्न एस्त भरौटे सब्द जता तेतै भेटिन्छ.

  36. मेरो बिचारमा सो घोषणापत्रको हामीले पूर्ण स्वागत र पालना गर्नु नै उचित हुन्छ, किन कि हिजो आज सस्ता पत्रकार, लेखक, ब्लगर, शिक्षक, प्राध्यापक आदिहरुको नेपाली भाषा खत्तम हुँदै गैरहेको छ | उनीहरुलाइ साहित्यिक शब्द, नेपाली हिज्जेहरुसित मतलब नै छैन, किनकि उनीहरु आफ्नो आर्टिकल, समाचार, लेख आदि छाप्नु पाए मक्ख | तेसैले सो घोषणापत्र ठीक छ र त्यसलाई नकारात्मक र उत्तेजनात्मक रुपमा पाठकले लिनुहुन्न | हिन्दी साहित्य कति राम्रो छ, जुनै हिन्दी पुस्तक पढेपनि भाषामा एकरुपता पाईन्छ, हाम्रो भने खिचडी बनाइएको छ |

    • ठिक कुरा . तर सम्पादक ले त ख्याल गर्नु पर्ने हो किन गर्दैनन् ? यस्ता पत्रिका हरुलै पहिला चेतावनी र टेरेनन् भने दर्ता खारेज गर्नु पर्छ

  37. नेपाली भाषाको छुट्टै पहिचान छ. आजको युगमा विशिष्ट पहिचान हुनु पनि एउटा गर्व गर्ने कुरा हो. सजिलो को नाममा अहिले सम्म प्रयोग हुँदै आएको नियम लाई परिबर्तन गर्न हुँदैन. प्रत्येक शब्द को आफ्नै विशिष्ट मर्म हुन्छ त्यो मर्म चैं सजिलो को नाम मा मर्न दिन हुँदैन भन्ने मेरो आशय हो.

  38. तत्सम शब्दलाई स गर्दा नै ठिक हुन्छ होला. त्यसो नै मानिदै आएको थियो हैन र ? तत्समलाई पातलो स र ह्रस्व लेख्निने नियम हो कि त्यसै चलिआएको चलन हो ?

    • यो तत्सम शब्द भनेको के हो ? कृपया प्रष्ट पारिदिनु भए आभारी हुने थिए…

      • शाहील जी,
        तत्सम (तत्+सम= जस्ताको तस्तै) त्यस्ता शब्दहरुलाई भनिन्छ हुन् जुन नेपाली भाषाको माहु (मातृ भाषा) बाट जस्ताको तस्तै नेपाली भाषामा आउँछन् जस्तै शनि, शुक्र, प्रेम, कदाचित, मोह, आचार्य etc. अन्य भाषाहरुबाट जस्ताको तस्तै आएका शब्दहरुलाई पनि तत्सम शब्दहरु मान्न सकिन्छ. किताब, तराजु, कानून, कोट, etc .

        भने, तत्भव शब्दहरु भनेको मुख्य गरी संस्कृत (वा अन्य भाषाहरु)बाट केही स्वरुप परिवर्तन भै आउने शब्द हरुलाई भनिन्छ जस्तै मानिस (मूल: मनुष्य), मुग्लान (मूल: मुल्तान), etc

Comments are closed.