के हो अस्ट्रेलियामा भिसा खुलेको भनेको?

-दीपक भेटवाल-

सन २००८ देखी २०१० सम्म नेपालीहरुलाई बिद्यार्थी भिसामा अस्ट्रेलिया जानको लागी रक्सौलबाट रेलको टिकट काटेर दिल्ली जानु भन्दा पनि सजिलो थियो। अस्ट्रेलियाको सिडनीमा आफनै ल फर्म चलाईरहेका नेपालका पहिलो र एक मात्र वकिल डा शम्सेर सिंह थापाका अनुसार सोही अवधिमा २३००० को हाराहारीमा नेपालीहरुले पढने भिसामा नेपालीहरु अस्ट्रेलिया छिरे। पढ्ने भिसामा आउनेहरुलाई आफुसँगै डिपेन्डेन्ट पनि ल्याउन दिने भए पछि त्यतिबेला धेरैले नक्कली बिहे गरी नक्कली श्रीमान वा श्रीमति बनेर पनि अस्ट्रेलिया छिरे। त्यसपछि एक्कासी अस्ट्रेलियाले नेपाली विधार्थीहरुलाई भिसा दिन बन्द गयो।

अहिले फेरि काठमाडौँबाट प्रकाशन हुने दैनिक पत्रपत्रिकामा पढने भिसामा अस्ट्रेलियामा पठाउने भनेर ठूला ठूला विज्ञापन छापिन थालेका छन्। दिनहुँ जस्तो पाँचतारे होटलमा एजुकेसनल सेमिनार हुने गरेको छ। बोलीचालीको भाषामा अस्ट्रेलिया फेरि खुल्यो भन्न थालिएको छन। पढेको सर्टिफिकेट सिरानीमुनि थन्याएर बेरोजगारले आक्रान्त भएका युवाहरु रिनै गरेर भएपनि अस्ट्रेलिया छिर्ने सपना बोकेर झोलामा सर्टिफिकेट बोक्दै बिभिन्न कन्सेल्टेन्सी धाउन थालेका छन्। के अस्ट्रेलिया खुलेकै हो त? अस्ट्रेलियामा के सम्भावना छ? के चुनौति छ? आउनु अघि के कुरामा ध्यान पुर्‍याउनु पर्छ ?

यिनै बिषयमा मैले अस्ट्रेलियन सरकारबाट मान्यताप्राप्त नेपाली माइग्रेसन एजेन्ट सन्जीव पाण्डेसँग कुराकानी गरेको थिएँ। पाण्डेले सिडनीमा मन्डला कन्सल्टेन्सी खोलेका छन जहाँ उनले भिसा तथा माइग्रेसन सम्बन्धी सल्लाह बिक्री गर्छन्।

पाण्डेका अनुसार दुई तीन महिनादेखि नेपालीहरुको लागी अस्ट्रेलियामा भिसा खुलेको हल्ला र बिज्ञापन छापिए पनि नेपालीहरुको लागि पढ्ने भिसाको नियम परिवर्तन भएको चाहिँ दुई दिन पहिले मात्र रहेछ। किन त यति पहिलेबाट हल्ला?

पाण्डे भन्छन्, आ आफनो कन्सेल्टेन्सिमा बिद्यार्थी थुपार्दै गर्ने र कागज पत्र बनाउन लगाएर अल्झाई राख्ने। बिद्यार्थी जति धेरै जम्मा गर्न सक्यो उति धेरै फाइदा। भिसा लागे पनि नलागे पनि विद्यार्थीहरुबाट असुल्ने सेवा शुल्क त छँदैछ त्यो बाहेक भिसा लाग्यो भने यता कलेजबाट पनि मोटो रकम कमिशन आउँदो रहेछ। जुन विद्यार्थीको भिसा लाग्यो त्यो बिद्यार्थीले एक बर्षसम्म कलेजमा तिरेको शुल्कको दशदेखि पन्ध्र प्रतिशत कमिसन आउँदो रहेछ। एउटा विद्यार्थीले व्याचलर लेभल पढनको लागी पन्ध्र हजार डलरसम्म बार्षिक तिर्नु पर्दो रहेछ। पाण्डेको काठमाडौमा आफनै कन्सल्टेन्सी अफिस छ जहाँ उनले भिसा प्रक्रिया अघि बढाउन दश हजार रुपैया असुल्छन् जुन भिसा लागे पनि नलागे पनि फिर्ता हुँदैन। अनि भिसा लाग्यो भने फेरि पाँच हजार रुपैया अर्को शुल्क बुझाउनु पर्छ

पाण्डेका अनुसार अस्ट्रेलियामा नेपाली बिद्यार्थीको लागी भिसा खुलेको होइन, केही खुकुलो चाहिँ पक्कै भएको हो। त्यो पनि साँच्चैको पढ्न आउन चाहने जेहेन्दार बिद्यार्थीको लागि। पछिल्लो पटक जस्तोखाले विद्यार्थीलाई पनि भिसा दिँदा अस्ट्रेलियामा मान्छे धेरै भएर कामको हाहाकार भयो। कति नेपालीहरु काम नपाएर कलेजको फि तिर्न नसकेपछि रित्तै हात घर फर्के। तर फेरि अहिले अस्ट्रेलियामा कामको फालाफाल भएको छ। त्यसैले काम गर्ने मान्छेको अभाव टार्न पनि हुन सक्छ भिसाको नियम अलि खुकुलो बनाइएको छ। तर यो खुकुलो नियम पढ्नकै लागी अस्ट्रेलिया आउन चाहने विद्यार्थीको लागि मात्र उपयोगी हुने खालको रहेछ। पढ्ने भिसामा अस्ट्रेलिया छिर्छु अनि टन्न पैसा कमाउछु भन्ने सोचाई राख्नेको लागी खुकुलो भएको भिसा नियम अप्ठेरोमा फलेका चिचिण्डो जस्तो छ ।

खुकुलो भएको नियममा बिद्यार्थीको पढाईको योग्यता, उसले पढन चाहेको बिषय , उसले पहिले पढेको पढाईको तह र बिषय संग फेरी अस्ट्रेलियामा पढन चाहेको पढाई संगको शिलशिला मिल्ने नमिल्ने हेर्ने जिम्मा अष्टेलियन ईमिग्रसनले कलेज तथा युनिभर्सिटीलाई दिएको रहेछ। युनिभर्सिटीले मिहीन रुपले पढेको सर्टिफिकेट र पढन आउने मान्छको पढाईको पृष्टभुमी र उसको अग्रेजी दक्षता केलाएरमात्र आफनो कलेजमा भर्ना लिदो रहेछ। चित्त नबुझेमा कलेजले सोझै बिद्यार्थी संग भर्ना लिनु भन्दा पहिले अन्तरवार्ता लिदो रहेछन। पहिलेको जस्तो मास्टरर्स पढेको मान्छेले पिआर( स्थायी बसोसास अनुमती) पाउने लोभमा वा कमाउछु भन्ने दाउमा सस्तो पढाई रोजेर कुकरीमा डिप्लोमा पढन आउनेलाई चाही भिसाको ढोका बन्द रहेछ।

यति सवै कुरा मिलेर कलेजले बिद्यार्थीको भर्ना लियो , सो बिद्यार्थी पढनकै लागी अस्ट्रेलिया आउन लागेको हो भन्ने ईमिग्रसनलाई लाग्यो भने सजिलै भिसा दिदो रहेछ। बिद्यार्थीले देखाउनु पर्ने पैसाको थैलीको लागी चाही अलि खुकुलो प्रावधान बनाईएको रहेछ। यसरी पढनकै लागी जाने विद्यार्थीलाई कलेजले भर्ना लिन मान्यो भने देखाउनु पर्ने पैसाको थैली सम्बन्धि प्रावधान अलि खुकुलो बनाएको कुरालाई नै अस्ट्रेलिया खुलेको भनेका रहेछन।

के हो त्यो थैलि देखाउनु पर्ने खुकुलो प्रवाधान?
पहिले पहिले नेपाली विद्यार्थीले भिसाको लागी ईमिग्रेसन नियमको लेभल ४ अन्तरगत रहेर पैसाको थैली देखाउनु पर्ने रहेछ। त्यो भनेको तोकिए बमोजीमा नगद मौज्दात, यथेष्ट आयश्रोत र आफनै खर्च खाएर पढन जान सक्ने सम्पतिको हैसियत देखाउनु पर्ने थियो। अहिले त्यसलाई परीवर्तन गरेर लेभल १ अन्तरगत त्यसलाई राखिएको रहेछ। त्यो भनेको अमेरीका, जापान वा कोरीयाजस्ता बिकशित मुलुकबाट अस्ट्रेलिया पढन आउने बिद्यार्थी सरहको सुबिधा हो जसमा म संग पढन पुग्ने आर्थिक हैसीयत छ भनेर घोषणा गरेमात्र पुग्छ। तर पनी नेपालीहरुले भिसा पाउन नक्कली कागजात पनि पेश गर्छन भन्ने चालपाईसकेको कन्सुलरको भिसा अफिसरले शंका लाग्यो भने पढन पुग्ने थैली छ भने देखाउन त? भनेर सोध्ने अधिकार समेत हुदो रहेछ। अनि भिसा अफिसरले बिथार्थी के पढने? काहा पढने? किन पढने भनेर? भिसा दिनु भन्दा पहिले केरकार समेत गर्न सक्ने रहेछ। यो सवै परीवर्तित प्रावधानहरुको मुल उद्देश्यचाही पढनै आउन चाहने विद्यार्थीहरु चाही नरोकिउन र पढने निउमा अस्ट्रेलिया छिरेर कमाउ धन्दा लाग्नेहरु नछिरुन भन्ने नै रहेछ। सन्जिव पाण्डे भन्छन यी सवै मिल्यो भने भिसा पाउने सम्भावाना नब्बे प्रतिशत जति हुन्छ।

नयाँ नियमले डिप्लोमा लेभलमा पढन आउने विद्यार्थीहरुलाई निरुत्साहित गरेको बताउछन ,पाण्डे। यसको मतलव डिप्लोमा लेभलको लागी भिसै नदिने चाही होइन। डिप्लोमा पढने निउँमा सस्तो कलेज भर्ना गरेर कमाउ उद्देश्यले अस्ट्रेलिया छिर्ने बिद्यार्थीको संख्या बढन थालेपछि यस्तो कडाई अपनाईएको रहेछ।

व्याचलर र मास्टर्स पढन आएर नेपाली बिद्यार्थीले कमाउँछन् त?
अष्टेलियमा ब्याचलर पढन आउने विद्यार्थी र उसको डिपेन्डेन्टमा आउनेले हप्ताको बीस घण्टा काम गर्न पाउछन। अस्ट्रेलियामा बिद्यार्थीहरुले सरदर घण्टाको पन्ध्र डलर कमाउछन भने खान , बस्न र यातायात गरेर घटीमा पनि एकजनाको हप्तामा एकसय पचास डलर खर्च हुन्छ। अनि २० घण्टा काम गरेर कलेजको शुल्क तिर्न पनि पुग्दैन। हुन त अस्ट्रेलियामा नेपाली बिद्यार्थीहरुले हप्ताको साठी घण्टा सम्म काम गर्छन तर त्यति धेरै काम गर्दा एक त पक्राउ प्यो भिसा रद्द भएर भर्कनु पर्ने सम्म पनि हुन सक्छ। पण्डे भन्छन पहिलो यसरी पक्राउ हुदा सिधै भिसा रद्द हुन्थ्यो तर अहिले अलि खुकुलो भएर एकचोटी सुनुवाईको मौका पाईन्छ। सुनुवाई चित्त बुझदो नभएमा भिसा रद्द हुन्छ र फर्किनु पर्छ। अर्को तीर त्यति धेरै काम गरे पछी पढाईलाई समय पुग्दैन। पढाईमा फेल भयो भने उसको अस्ट्रेलिया बसिरहने चाहाना लामो समय सम्म टिक्दैन।

हप्तामा चालिस घण्टा सम्म काम गरेर मरीमेटेर पढछु भन्दा फारोतिनो गरेर खान बस्न र कलेजको फि तिर्न सम्म सकिन्छ तर पैसा कमाएर पठाउन सकिदैन तर आफु संगै डिपेन्डेन्ट ल्याएको छ भने एकजनाले लुकीचोरी हप्ताको चालीस घण्टा काम गर्दा खान बस्न र कलेजको फि तिर्न जेनतेन पुग्छ भने एक जनाको कमाई जोगिने रहेछ।
यस भन्दा अघि अधिकाश बिद्याार्थी डिप्लोमा लेभलको कोर्स पढन आउथे जुन धेरै नै सस्तो हुन्थ्यो र बिद्यार्थीहरुले अलि पैसा जोगाएर घर पठाउथे। तर अहिले ब्याचलर वा मास्टर्स पढन आउनु पर्ने भएको पढाई पनि अलि गाहृो हुने , पढाईमा अलि धेरै समय दिनु पर्ने र शुल्क तिर्न पनि महंगो हुने भएकोले पैसा जोगाउन गाहो हुन्छ। तर हरेक बर्ष तीन देखी चार महिना कलेजको छुटटी हुन्छ जुन अवधिमा फुल टाईम काम गर्न पाईन्छ।त्यो छुटटीको अवधिमा नेपाल नगई मरीमेटेर काम गयो भने चाही बिद्यार्थीलाई केही आर्थिक राहत हुन्छ।

नयाँ पढन आउन चाहने बिद्यार्थीको सञ्जिव पाण्डे सल्लाह दिन्छन अस्ट्रेलियामा पिरआर को लोभले नआउनु। साउको रिन गरेर कमाउने लोभले त झन मरीगए नआउनु। आफनो रुचि र दक्षता भएको बिषयमा पढछु। पढाईको खर्च टार्न र दुई छाक खान पढाई नबिथोलिने गरी काम गर्छु। मिहिनेत गरेर पढेर बिज्ञता हासिल गर्छु। आफुले पढेकै बिषयमा व्यवहारीक ज्ञान हासील गर्न केही समय काम गर्छु र अगाडी आफुले आर्जेको ज्ञान शिप बेचेर जुन ठाउमा बसेपनि जीवनको गाडी कुदाउछु भनेर यता आउनेको लागी अस्ट्रेलिया ठिकै पनि हो।उसो त पढने जेहेन्दार बिद्यार्थीलाई पढाई सकेपछी अष्टेलियन ईमिग्रेसनले व्याचलर लेभलको पढाई सकेपछी २ बर्ष, मास्टर्स सकेपछी तीन बर्षको काम गर्ने भिसा दिन्छ। उक्त अवधिमा आफुले पढेको बिषयको काम गयो भने कामको अनुभव र पढाईको आधारमा पिआर आउने सम्भावाना बढी हुन्छ तर काम गर्न पाउन लागी अग्रेजी लेभलको परीक्षामा कम्तिमा ६ अकं प्राप्त गनुपर्छ। कतिपय नेपालीहरुले आफुले काम गर्ने कम्पनीको मालिक रिझाएर त्यहि कम्पनीको स्पोन्सरमा वर्कभिसा लगाएर बसेका हुन्छन। जुन भिसाको अवधि दुई देखी चार बर्ष सम्मको हुन्छ। यसरी भिसा लागेको बिद्यार्थीहरुको दुई बर्ष पछी पिआर लिने बाटो खुल्छ। तर पिआर लिए पनि आफुलेकाम गर्ने कम्पनीकामा जति बर्ष काम गर्छु भनेर सम्झौता गरेको त्यति समय काम गर्नु नै पर्छ।

व्याचलर लेभलको पढाई गर्न आउने बिद्यार्थीले एक सेमेस्टरको फि, हेल्थ इन्सुरेन्स, हवाई टिकट, र भिसा प्रक्रिया गर्दा लाग्ने एकमुष्ट शुल्क झण्डै दश जति खर्च हुन्छ। भिसा नलागे पनि डेढ लाख रुपैया खोलामा बग्छ। आफु एक्लै पढन आएको छ भने आएको खर्च उठाउन नै हम्मे पर्छ। तसर्थ आफु संग आफनो डिपेन्डेन्ट पनि ल्याउनु बुद्दीमानी हुन्छ।

अस्ट्रेलियामा आउने प्राय बिद्यार्थीको सपना हुन्छ याहाको पिआर लिने। तसर्थ बिद्यार्थीहरुले आफनो पढाई सकेपछी कसरी पिर आर लिन सकिन्छ भनेर पुर्व तयारी अपनाउनु पर्छ। अस्ट्रेलिया आउनु पुर्व नै बिद्यार्थीहरु संग पढाईसके पछीको प्रष्ट योजना हुनु पर्छ। आफनो पढने बिषय, पढाईको तह र यता आईसकेपछि गर्ने कामको छनौट त्यसै अनुसार गनुपर्छ। अस्ट्रेलिया छिरीसकेछी याहाको बसाईलाई लम्ब्याउने अनेक बाटोहरु हुन्छन तर आफु त्यस बिषयमा चनाखो भईरहनु पर्छ। बिगत तीनबर्ष अघि अष्टेलिय छिरेका चितवनका शुरेस रेग्मि भन्छन हामीलाई आउने बितिकै बाटो देखाईदिने मान्छे भएन नत्र उति बेलाबाटै तयारी गर्न पाईएको भए अहिले भिसा र पिआरको लागी अलमलमा पर्नु पर्ने थिएन। अहिले सबै कुरा थाहा भयो अव तयारी शुरु गर्दा बेला बितिसक्छ।

अस्ट्रेलियामा माईग्रेसन तथा ल फर्म चलाएर बसेका सम्सेर सिह थापा भन्छन बर्षेनी दुई देखी तीन हजार नेपालीहरुले अस्ट्रेलियामा पिआर पाउदै आएका छन। नेपालीहरुको गम्भिर रुपमा कुरा बुझन नखोज्ने, अरुको कुरा सुनेर लहै लहैमा लाग्ने बानीले गर्दा पाउने पनि अवसर गुमाउछन। अष्टेलियमा २० जनाको हाराहारीमा मान्यता प्राप्त नेपाली माइग्रेसन एजेन्ट छन भने तीस देखी चालिसको हाराहारीमा एजुकेशनल कन्सल्टयान्ट छन। अस्ट्रेलियाको कानुन अनुसार माइग्रेसन एजेन्टले मात्र पिआरको पक्रिया चाल्न पाउछन तर अस्ट्रेलियामा कतिपय नेपाली एजुकेशनल कन्सल्टयान्टहरुले गैरकानुनी रुपमा बिद्यार्थीसंग पिआर एप्लाई गरीदिन्छु भनेर पैसा असुल्छन तर पिआर सम्बन्धि बिधि र प्रक्रियामा अनुभव नपुगेका यस्ता कन्सल्टयान्टहरुले बिद्यार्थीको पिआरको समस्यलाई पार लाउन सक्दैनन। यस्ता कन्सल्टयान्टबाट ठगिएका कतिपय बिद्यार्थीहरु आफनो समय र पैसा बर्बाद भएको गुनासो गर्दै आफनो कार्यालयमा आइरहने बताउछन सञ्जिव पाण्डे। त्यसैले बिद्यार्थीहरुको अष्टेलियको भिसा , माइग्रेसन सम्बन्धि कुनै पनि चासोको बिषयमा अनुभवी र माइग्रेसन एजेन्टको लाईसेन्स प्राप्त व्यक्ति संग छलफल गर्नु पर्ने बताउँछन् उनी। (हाल नौ दिनको निजी भ्रमणमा सिडनीमा)

44 Comments

  1. The Article itself is useless. It seems like the writer has no clue on what he is writing.It is clear that even those whose identity has been used as reference had not been notified pre-press.There are many error ,confusion and misleading sentences.I am sure the writer realizes next time that it is very important to do research before writing something on this hot topic. You may be sued over this for providing rubbish information.I feel sorry for those whose name has been taken as references.

    As a Student myself I feel ashamed on the words used as comments. It proves a famous Nepali saying ‘Bara Barsh Kukur ko Puchhar Dhungro ma hale pani Bango ko Bangai’

    Come on people. Be realistic and do not mislead and insult other based on false claims.I sure every one in Australia know it well that Australia is one of the best destination for students. If you are pathetic and hopeless , it does not mean that no one can do anything. I am studying at UTS and I can afford my study cost myself.So far I do not have to rely on anyone’s support. I am happy with my lifestyle and proud of myself. May be I do not expect Australian Government to treat me as ‘Jwain’ and get everything for granted.You have to work hard for it. At least we get enough reward for hard work here and you are respected for what you are and what you do. PR paye panoi thikai chha ……But I will have no complaint even if I do not get it. At least I will earn a good education and I worked had for it. I will definetly take my good and bitter experience as everyone has in there life span. I can share this to my family.

    SO please do not be negative and do not kill someones dream to be educated in Australia.If are not happy with your life , then why don’t you simply go back to where you can be happy. But do not complain and discourage others..

    Lastly, Please do not put all Migration agents and Consultant in the same category. I am happy with my Consultant. After all it is free service which we are privileged because of them. Just be wise and filter information. Most of them do not charge money from us. If they get commission from Uni for giving us free advise , then why should we have to have a headache. They are not taking money from us. We would have to pay the full tuition fee anyway… Consultancy dai haru please continue giving good advises. But please be aware of not misguiding students for quick Money…I have no problem for you being paid from Uni for hard work.

  2. हात्ती आयो हात्ती आयो फुस्सा जस्तै रहेछ यो पढेपछि पो थाहा पाए ,
    धन्यवाद

  3. अस्ट्रेलियाको कानुन अनुसार माइग्रेसन एजेन्टले मात्र पिआरको पक्रिया चाल्न पाउछन, that is complete and utter bullshit, plz go to immi.gov.au and apply yourself, it is pretty easy if yours is a straightforward case.PLz do not waste money by giving it to the agents who i have found are mostly dumb and don’t know much.Chinese and indian agents are better.

  4. Please don’t get punished yourself,
    I have been staying in Australia for almost four years now I am in a big trap that neither I come back to my country nor I can live here in higher living standard than Nepal. This country is very smart and making policy to boost their economy by calling international student who worked very hard and pay big money to collage and house rent. To be honest, I would have to say that, the education of Australia is poorer that Nepali education because most of the collage and university are like the institute of PUTALISADAK and BAGBAJAR which are commercially established. 99% student from South Asia are working 3D work especially cleaning and pay huge amount to their tuition fee and house rent. At last neither they have a good qualification nor money so they can not back to their country without money so they fall into big trap like me. To save money here, either you work hard without collage or you have a good qualification and get a good job.

  5. यस ब्लगमा लेखिएका सामग्रीको बिसयालाई लिएर संजिव पाण्डे तथा समशेर जंग थापा माथि विभिन्न दोसारोपन भएको कुराले म खिन्न छु / यस ब्लगमा लेखिएका सबै कुरा संजिव पाण्डे ले भनेका होइनन / मेरो निजि अनुभव र ओहा संगको कुराकानी लाई जोडेर मैले यसलाई तयार गरेको हु / लेखमा संजिव पाण्डे का अनुसार भनेर लेखिएका कुरा बाहेक अरु सबै मैले मेरो निजि अनुभवको आधारमा लेखेको हु /अस्ट्रेलिया को मेरो छोटो निजि भ्रमण को शिलसिलामा नेपाल बाट अस्ट्रेलिया आउन चाहने बिद्यार्थी हरुलाई केहि सूचना उपयोगी हुने देखेर मैले यो ब्लग लेखेको हु / मैग्रेसन भन्ने बिषय आफैमा बिसाल बिसय भएकोले लेखमा धेरै कुरा छुटको हुन सक्छ / बिबेकसिल पाठक हरुको सभ्य प्रतिक्रियाले छुटेको कुराहरु पुरा गरेको गरेको मैले ठानेको छु / म ओहा हरु प्रति निकै आभारी छु
    अस्ट्रेलिया जस्तो ब्यस्त जीवन भएको ठाउमा पनि मान्छे हरुसंग आत्मरति को लागि छुद्र कुरा लेखि बस्ने फुर्सद भएको देख्दा म अचम्मित भएको छु / अन्त्यमा मलाई सम्सेर जंग थापाले ओहा अस्ट्रेलिया को पहिलो र एक मात्र वोकिल हु भन्नु भएको होइन / मलाई त्यो शहर बस्ने अरु नेपाली हरुले सुनाएका हुन / अस्ट्रेलियाम अर्का पनि नेपाली वोकिल हुनुहुदो रहेछ / गलत तथ्य प्रेसित भएकोमा पाठक वर्ग प्रति क्षमाप्राथी छु /
    दीपक भेटवाल
    हाल , काठमाडौँ , नेपाल

  6. जसले जसलाई आरोप लगाएपनि नेपाली दाजुभाई हरु मर्कामा नपरुन भन्ने सबै नेपाली हरु ले सोच्नु पर्ला कि l

  7. एक डिब्बा ( 25 ) सस्तो वाला = $ १४
    एक बोतल पानी ( १ लि ) = $ ४
    कफी = $ ४
    ट्रेन / बस = $ ३१ ( वीक्ली काट्ने हो भने )
    कोठा भाडा = $ ८० – १२० ( २ बेड रुम मा ४-६ जना बस्यो भने )
    मासु = $ ४ kg ( chicken )
    रक्सि = $ ३० देखि माथि
    बीयर = $ १६ ( ६ bottle sano wala )
    Phone recharge card = $ 30 per month ( nepal phone gareko 70 cent katcha )

    kharcha dherai cha sathi haru … din ko 12-16 hrs kaam garda ta 1 mahina ma nai 10 kg ghatincha हा हा हा हा हा

  8. I agree fully with the English comments, I cannot read the Nepali. I have many Nepali friends in Australia and I know how the system works here – I am born here. It is possible to get PR but very difficult. You have to be very clever and have the right idea which is different from the majority. The rules are very strict. Your best chance for PR in Australia or any western country is to get educated in a top class university in Nepal or India and then apply for PR from Nepal after having a few years of good experience and good English skills. You have competition from other countries like England where it is also hard to find jobs for the local people these days. But! You need to choose the right career, that means a career that is needed in that country. For example, right now, you have a great chance to get PR in Australia if you are a head chef in a good restaurant – that means you are the head chef in charge of 10 other cooks and serving to 500 people per day – like 5 star hotel head chef. I think this chance will be there for another 2 years at least but after that it might change. The reason is Australia has a big mining boom now – that means they need people to work in far away places to serve the people in the mining industry. (I mean these far away places need chef). This can change any day – it all depends on the growth of China who buy most of the minerals from Australia. So if China stops buying minerals from Australia then these jobs will go also. So in that way you have to have some luck – choose the right job and be lucky that this job is needed when you have experience. But remember, even if you do not get PR at least you will have some great skills you can use in Nepal. You have to think in a long term way and think what will be your plan if you don’t get your first choice. So I said enough – don’t trust agents or education consultants. To read many real life experiences of people from many countries having problems with migration to Australia I recommend this blog.
    http://immigrationptyltd.wordpress.com/

  9. I was just thinking to start the procedures for studying in Australia. But guys your thoughts and comments kept me in great dilemma. Help me out of this.

  10. ऑस्ट्रेलिया भनेको दलदल हो, यो दलदलमा फसे पछि न बाहिर निस्कन सकिन्छ न त्यों दलदलम! बिलिन हून सकिन्छ, म ऑस्ट्रेलिया आएर प्रतेक दिन प्रतेक घंटा प्रतेक मिनेट आफ्नो भूमि, आफ्नोपन मिस गर्छु, सोच्दै छू यो नर्क बाट छुटकारा पाउछु ! तेसैले साथी हो यो नर्क मा न आएको राम्रो !! 

    • पैसा पनि कमाउछु भन्ने मनसाय ले विदेश जाने को लागि विदेश भनेको दलदल नै हो …. फसिन्छ ऑस्ट्रेलिया होस् या अमेरिका . न छोड्न मन लाग्छ न बसेर खुसि हुन सकिन्छ. आफ्नै देशमा इलम गर्न सकिन्छ भने विदेश नआएकै राम्रो.

      तर दुख गरेर नया कुरा सिक्छु अनि जिन्दगी मा केहि बन्छु भन्ने का लागि एउटा अवसर हो विदेश- चाहे अरब नै किन न होस्.

  11. सन्जिब जी तपाइले अझै बुझ्न सक्नु भयको रहेन छ > तपाइँ लै महिले राम्रो संग चिन्दछु. कृपया सच्चाई लै प्राथमिकता दिनुहोस. अस्ट्रेलिया मा कन्सोल्तेंसी को नाम मा नेपाली ले नेपाली लाई धेरै ठगि सके. कृपया बास्तबिकता मा आउनुहोस.

  12. I have been living in Australia for last 4 years. It makes me smile when I read news like this. Why do Nepalese can’t be wise and see information on immigration website whichever country they want to go ? And, about visa which was discussed above, not it’s not that easy like cutting cake with knife…nowadays students in nepal go to boarding school and have good english and score, don’t feel so much happy that you get visa and your career has changed, you haven’t seen anything. Any country you want to go, don’t follow agent, consultancy or University website, follow immigration website which tells you the truth. The news above is half truth, half exaggerated. It’s impossible to get PR if you just study and work at the same time. You need to be focused, you need to choose right course, no matter what your interest is , and that’s risky. Students can’t afford to study without breaching the Government’s law. They work mostly 40 hours or I have seen some students working 80 hours during study period in cash money. Once you start working in tax, you are unsafe, your tax information is held by Australian Taxation Office which help Immigration to find out the raid. Government doesn’t excuse those students who are here to make money instead of studying. In my opinion, the Tri-Chandra college or Shankhardev give same education in hassle free way. Here, you study, you work at the same time, you miss your family members, you need to know how to find job, how to pass exams, if you fail, your bad grades are informed to Immigration and you could have problem for further stay or even you could have your working right checked upon your bad study grades. And, at last and not at least, most of Nepali young guys just feel like the glittering lights and beautiful beach of Overseas gonna rock their life when they come here to study, they are floating on cloud, wake up. I am telling you permanent residence is not easy. To get it you need to focus, remember, you need to be focused. At end of graduation if you are talented and can perform the task that suites to your profession, I mean if you are Engineer if you know how to work and make boss happy, you might get a chance to get sponsorship by companies….for Permanent residence you need better qualification, long experience, and ability to show the companies that they can trust you. Don’t jump blindly, think is it easy to get job in Nepal ? You are going to speak another language, and think how hard it can be. Another thing is you do not get PR because you do cleaning in the stores or do restaurant kitchen hands job …you need to hold high position which is described under Migration category position…most of the time Australian people or European working visa holder get prioritised for good job. The hard jobs, and hassle ones go to Asians like Nepalese , Bangali, Indians, Chineese and you need to fight with world manpower here. So, just before you come, finish your study in your country…spend few more lakhs there, better than paying in 10 or 12 lakhs to foreign country blindly. Once you finish you get experience little bit, then have your eyes in different overseas employment options like migrating or coming in Residency Permit. If i were applicant in time being, I would apply for PR from Nepal rather than expecting to study in australia and then after 5 years applying for it. Every year migration rules change, we never know what happens after 5 years. So, better do your study in Nepal, spend few more lakhs in private if you don’t feel comfortable walking around in Government Universities…at the end of study, get some experience then think of going Overseas. I work with someone who got working visa only after he had working experience of 10 years in his country in same franchise company. Better prepare yourself. You might dislike the country’s polluting environment in Nepal but still you are safe, your parents are with you, and just living normal life. And, one more thing….in Australia or any english speaking country your english should be good enough, otherwise you will be stuck with job as a dishwasher or cleaner..for anyone who wants to know more information on student visa or migration rules, or working visa just visit official immigration website http://www.immi.gov.au. After you see website any topic you want to, just type in upper right side corner of website in “search” box, then it shows the official information. Be wise, you can walk 10 times better than fools. These rules apply to the students, workers or any migrants who want to apply for any developed country for those purpose.

  13. दीपक भेटवालको यो लेख र त्यसमा आएका प्रतिक्रियाहरू पढेँ। केही दिन अगाडि उनले मसँग पनि कुराकानी गरेका थिए। निजी भ्रमणको क्रममा केही दिनको लागि अष्ट्रेलिया घुम्न आएका लेखकले छोटो कुराकानी र सीमित अनुसन्धानको भरमा यो जटिल र संवेदनशील विषयमा कलम चलाएकाले लेखमा केही अस्पष्टता र गल्तीहरू देखिएका छन्। उनी डा शमशेर थापालाई भेट्न आउँदा म पनि साथमा नै थिएँ। उनी लेख तयार पार्नेभन्दा पनि आफ्नै व्यक्तिगत विषयमा परामर्श लिने उद्देश्यले त्यहाँ आएका थिए। उनले आफू माईसंसारको लागि लेख्दै छु भनेर हामीसँग भनेका पनि थिएनन्।

    १ डा शमशेरसिंह थापा अष्ट्रेलियाको पहिलो नेपाली वकील त हुन् तर एकमात्र वकील भने होइनन्। उनले कुराकानीको क्रममा क्वीन्स्ल्याण्डकी बुनु गौतमको नामै समेत लिएका थिए( म पनि त्यतिखेर साथै थिएँ)। उहाँहरू दुईजना बाहेक अरू कोही नेपालीले अष्ट्रेलियामा वकालत गरेको मेरो जानकारीमा छैन। पाठकहरूले नाम उल्लेख गरेका मेल्बर्नका व्यवसायी अष्ट्रेलियाका लाइसन्सप्राप्त वकील होइनन्।

    २ अष्ट्रेलियामा विद्यार्थी भिषासम्बन्धी नियमहरू परिवर्तन भइरहेका छन्। मैले स्ट्रिमलाइन्ड प्रोसेसिङको व्यवस्था हालसालै सुरु भएको भनेको हुँ। तर नाइट रिभ्यूको आधारमा पहिलो चरणका परिवर्तनहरू नोभेम्बर ५ बाटै सुरु भइसकेका छन्।

    ३ मैले अष्ट्रेलियामा ‘कामको फालाफाल छ’ भनेर कहिले पनि बोलेको थिइनँ।

    ४ अवश्य पनि कुनै पनि व्यवसायीले आफूकहाँ आएका सबै ग्राहकलाई उसले खोजेको सबै कुरा पूरा गरेर खुशी बनाउन सक्दैन। कतिपय ग्राहकहरूका आकांक्षा पूरा गर्न नसकिने, अनैतिक र गैरकानुनी समेत हुनसक्छन्। त्यस्तो अवस्थामा आफ्नो काम नबनेका कतिपय व्यक्तिले सार्वजनिक फोरमलाई आफ्नो रिस पोख्ने माध्यम पनि बनाउन पुग्छन्। हरेकलाई आफ्नो मनमा लागेको कुरा अभिव्यक्त गर्ने अधिकार हुन्छ, तर सार्वजनिक फोरममा कसैको बारेमा कमेन्ट गर्दा कम्तीमा पनि सामान्य शिष्टाचारको भने अपेक्षा हुन्छ नै।

    ५ अनलाइन फोरममा छद्म नाम राखेर अरूको मानहानी गर्ने प्रयास गर्ने पाठकहरूले के कुरामा ध्यान दिनुपर्दछ भने छद्म नाम राखेर कमेन्ट गर्दैमा त्यस कमेन्टबाट उत्पन्न हुनसक्ने परिणामबाट आफू अछुतो रहन सकिंदैन। प्रविधि विकासको यो जमानामा नाम नक्कली राखे पनि सक्कली व्यक्ति पत्ता लगाउन असम्भव हुँदैन र जथाभावी लेख्दै हिंड्नेहरूमाथि मानहानीको मुद्दासमेत लाग्नसक्छ। यो लेख मात्र होइन, अरू लेखहरूमा पनि कोही व्यक्तिविशेषमाथि आधारहीन लाञ्छना लगाएर रमाउने पाठकहरूले यो बुझ्नु जरूरी छ।

  14. The news is exaggeration of some truths.certainly some changes have been made so far to overcome the financial crisis of the Australian collages and universities . To say the very truth the changed rules are for the sake of Australian economy rather than that of students.The aus gov is in master plan to bring the overseas students as a profitable goods .This is the only bitter truth.if someone wishes to get Pr then it’s possible even from Neplese qualifications which is less expensive and trouble less.so I request all concerned friends not to totally believe on consultancies but do their own research on the matter of Australian edu n financial matters so that at later stage non of have face and hear sad news like suicidal,depressions and mental problems.
    Thanks
    Deep

  15. यो कन्सल्त्यांसीहरु सबै पैसा खानेहरुको झुण्ड हो| विदेशमा गएर पढ्ने काम गर्ने मनस्थिति भाको मान्छेले के नेपाल बाट आफै प्रोसेसिंग गर्न पनि नसक्ने? विदेशनै जान खोज्ने भए पछि इन्टरनेट कम्प्युटर चलाउन सबैलाइ आइहल्छा क्यारे अनि अंग्रेजी पनि सबैले बुझछ| कलेज उनिवेर्सिटीको वेबसाइटमा सबै लेखि राखेको हुन्छ| पीआर को लागि इमिग्रेसनको साइत हेरे भैगो| यति पनि गर्न सामर्थ्य छैन भने, त्यो मान्छेले विदेश आएर के गर्छा उसैले जानुन| आए पनि जिउन गारो हुन्छ| यो ब्लग पोस्ट पुरै बिज्ञापन जस्तो भयो| अनि यहाँ यो पनि लेखिएको रहेछा “अस्ट्रेलियाको कानुन अनुसार माइग्रेसन एजेन्टले मात्र पिआरको पक्रिया चाल्न पाउछन”…..धेरै skilled नेपाली हरुले आफै प्रोसेस गरेर आफै पीआर पाएको छ|

  16. उसो त पढने जेहेन्दार बिद्यार्थीलाई पढाई सकेपछी अष्टेलियन ईमिग्रेसनले व्याचलर लेभलको पढाई सकेपछी २ बर्ष, मास्टर्स सकेपछी तीन बर्षको काम गर्ने भिसा दिन्छ। उक्त अवधिमा आफुले पढेको बिषयको काम गयो भने कामको अनुभव र पढाईको आधारमा पिआर आउने सम्भावाना बढी हुन्छ तर काम गर्न पाउन लागी अग्रेजी लेभलको परीक्षामा कम्तिमा ६ अकं प्राप्त गनुपर्छ।

    अस्ट्रेलियामा आउने प्राय बिद्यार्थीको सपना हुन्छ याहाको पिआर लिने। तसर्थ बिद्यार्थीहरुले आफनो पढाई सकेपछी कसरी पिर आर लिन सकिन्छ भनेर पुर्व तयारी अपनाउनु पर्छ। अस्ट्रेलिया आउनु पुर्व नै बिद्यार्थीहरु संग पढाईसके पछीको प्रष्ट योजना हुनु पर्छ। आफनो पढने बिषय, पढाईको तह र यता आईसकेपछि गर्ने कामको छनौट त्यसै अनुसार गनुपर्छ। अस्ट्रेलिया छिरीसकेछी याहाको बसाईलाई लम्ब्याउने अनेक बाटोहरु हुन्छन तर आफु त्यस बिषयमा चनाखो भईरहनु पर्छ।

    धेरै राम्रो जानकारी को लागि धेरै धेरै धन्येबाद

  17. खान , बस्न र यातायात गरेर घटीमा पनि एकजनाको हप्तामा एकसय पचास डलर खर्च हुन्छ। अनि २० घण्टा काम गरेर कलेजको शुल्क तिर्न पनि पुग्दैन…………………….१५० मा सिड्नी मा खान बस्न र यातायात पुग्छा रे………………कसले भन्यो दाई, एउटा कोठा मा ६ जना सुतेमत्रै पुग्ला अनि दल भात बाहेक केहि खानु पर्दैनारा , रेल चै ससुराली को होर .,,फिरी मा चदना लै……

  18. Please write fact, not gufff here in australia more than 10 nepali lawer are working in there profession. Mr thapa is one of the 10th few phd lawers before thapa in australia. Please do search and write something

    thanks
    Dhiraj

  19. I am very surprise that the writer painted that DR Samsher thapa is the best only law practitioner in Australia, where did you get that information. there are many other lawyer are very good I really agreed with RACHANA. He is the one who does not know anything about the Australian immigration law. so your reports completely wrong. There are many people who does the very illegal activity on the name of services. My friend who come through the OLI and associate now he regret, shame on this people who rubbed poor nepali student.

    who care and who will adjust these people. who want to know Their professional and personal background. I am victim of this people as well. In Sydney there are many people who claimed an accountant, lawyer, migration agent(specialist), HOME LOAN specialist, all फताई गरेर पैसा कमाएका छन्. बिस्तारै सबै नेपाली ले बुझ्न थाले का छन्. तपाई लै इ महा महिम हरु को बारेमा जान्नु छ भने आउनुहोस मा दर्जनौ victim संग मिलाई दिन्छु.
    तशर्थ हे लेखक अलि दिमाग लगाएर लेख्ने गर्नु हिस.

  20. बिदेसमा पढ्न जाने बिद्यार्थीहरुले आफु जाने ठाउमा के कस्तो समस्या र मौका वा अवसर हरु छन् भनेर आफु जानु भन्दा पहिले नै बुझ्नु पर्छ| त्यसले गर्दा उक्त ठाउमा गैसकेपछि आफुलाई थाहा नभएको ठुलो समस्या नहोस| यस्ता जानकारी हरु सम्बन्धित कलेज वा यूनिवर्सिटी को वेबसाइत, साथीभाई वा सो सहरमा रहेका नेपाली समुदायको वेबसाइत मार्फत पनि लिन सकिन्छ| दलालहरुले दिएको जानकारीमा मात्र भर परेर बिदेस जाने नेपालीहरुले दुख पाएका धेरै समाचारहरु सुन्न र पढ्न पाइन्छ बेलाबखत! त्यसैले साबधानी भएर कदम चल्नु होला|

  21. Guys if you want to come to Australia just go to the Australian immigaration website, there are lots of useful information
    how to apply student Visa if u want to come here legally for study and build your career. There are thousands of Nepali people
    in Austrlia so must know anybody here , ask them how to apply Visa they will help you out.

    YOU DON’T NEED TO PAY THESE CLOWNs(CONSULTANTS)THOUSANDS OF RUPEES.All they want is to grab your money like our Politician
    Anyway these consulatant are useless anyway most of them Graduate who could not find real job in Australia and wants to
    make quick and big money from poor Nepali people

  22. हाहाहा Melbourne मा चन्द्र दाई को college भरिने भो!!!!!!

  23. “बर्मा गए कर्म सगै, नेपाल गए कपाल सगै”यो उखान हाम्रा पुर्बज ले भनेको सुनेको थिए /बस्ताब मा नेपाल को अस्तब्यस्त राजनीति ले युवा सक्ति जसरि भए पनि बिकसित देस मा गएर आफ्नो भबिस्य सुनिस्चित गर्ने होड मा लागेको देखिन्छ /हुन् पनि कसलाई पो रहर हुदैन र जिउदै मा सोर्घ देख्न लाई? सबै जना जानु होस् नेपाल मा तोर्पे नेता हरु लाई मात्र बस्न दिनुपर्छ अनि कसको लागि ?के को लागि राजनीति गर्दा रहेछन हामी पनि बाल्कोनी मा बसेर हेरौ/साथी हरु को PR होस् मेरो सुभकामना/ तर बुझेर,जानेर मात्र बिदेस यात्रा मा निस्कनु होला नत्र हण्डर खानु पर्ला/जय देस नेपाल……

    • मेरो पनि तपाइको जस्तै विचार हो सुरेन्द्र जी…अमेरिका एती ठुलो देश छ पूर्व पश्चिम मा समय नै ३ घन्टाको फरक छ/जहाज छाडेर जादा पनि ओल्लो छेउ क्यालिफोर्निया देखि न्यु योर्क सम्म पुग्न करिब ६ घण्टा लाग्छ/जता हेर्र्यो उतै खाली खाली आखाले हेर्न नसकिने उब्जाउ पनि नगरिने समथर जमिन नै जमिन देखिन्छ/जहाज मा ६ घण्टा लाग्ने यात्रा तपाई चाहनुहुन्छ भने आफ्नो गाडी,रेल वा बस मा पनि गर्न सकिन्छ कटिब ३ दिन लाग्छ क्यारे/कैले काही सोच्ने गर्छु येत्ति ठुलो देश छ येत्ति धेरै जनिम छ तै हरेक कुराको सुबिधा छ/बिस्वोका हरेक देश का मान्छे आफ्नो देश मा डिग्री पढेको भए पनि येहा सानो तिनो काम दुखका साथ गर्छन हैन तै पनि यी एम्बेसीका भिसा दिनेलाई के को टाउको दुखाइ होला नि भिसा दिन????हामी नेपाली ५० जना मन्त्रि र ६०१ जना सभासद बाहेक सबै ३ करोड जनतालाई भिसा दिए पनि यिनको के जान्छ????झन् हाम्ले दुख गरेर यिनको देश माथिपो पुग्थ्यो त………के गर्नु आफुले सोचे जस्तो नहुने????

  24. लेख पुरै बायस र अल्प ज्ञानको आधारमा लेखिएको छ/ माथि अरु साथीहरूले कमेन्ट गरे जस्तै विज्ञापन पो गरे झै देखिन्छ/ थापाजी एकमात्र कानून व्यवसायी भन्नु सरासर झूट हो/ हामीले चिनेका बुनू गौतम जो अस्ट्रेलियाको क्वीन्सलैंड राज्यमा आफ्नु कानून व्यवसाय सञ्चालन गर्नु हुन्छ, अर्को श्रेष्ठ थरका कानून व्यवसायी मेलबर्नमाँ हुनुहुन्छ/ यी त मैले थाहा पाएका भए, थाहा नपाएका अरु नि होलान/ अनि संजीव पांडेको हवाला दिएर लेख लेखिएको छ/ यी आफैमा नया एजेंट हून/ सायद लेखकको छोटो अस्ट्रेलियाको वसाई, दुई चार जनाको संगत अनि तिन्कै गफको भरमा लेखिएकोले यी कमजोरी भएका होलान/
    दिनेश पौडेल सिड्नी

    • कुरा ईक्दाम ठिक हो, थापाजी एकमात्र कानून व्यवसायी भन्नु सरासर झूट हो, जहिले पनि उहा लै मात्र किन एक मात्र नेपाली ओकिल भानिन्छा , Melbourne का सुरेन्द्र मान श्रेष्ठ शम्सेर थापा भन्दा धेरै पुराना हुन् जस्तो लाग्छा .मैले अरु हरु को पनि नाम देखेको छु खाली बाहिर प्रचार मात्र न गरेका हुन .

      मेरो विचार मा Australia मा भएका agent भन्दा नेपाल मा भएका agent राम्रा छन् . तिनी हरु ले देखेका छैनन् त्यसै ले अलि अलि झुट लै माफ पनि गर्न सकिंचा , तर येही भएका ले पनि ये बाबा के सरो झुटो बोल्न सकेको .
      अनि माथि कुनै साथी ले भनेको जस्तो प्रायो जसो ( ९५%)यी Agent हरु आन्त काम न पाएर agency खोलेका हुन्, साबि चै होइनां , कोहि कोहि चै एकदम पढेको अनि लाखौ डोलर को काम छोडेर खोलेको पनि देखेको छु. यिनी हरु को चै के बुद्धि बिग्रेको जस्तो लाग्छा कहिले कहिँ मलाई.

  25. लाहुरमा जान भर्ति खुल्यो भने जस्तो पो सुनियो त ! अभागी बहुसंख्यक नेपालीहरुको लागि जुनसुकै विदेश पनि लाहुर त हो !

  26. I respect shamser thapa who is renowned lawyer in sydney.. But in this article he is mentioned as a Dr and only one lawyer in sydney which is absolutly wrong and he is not as professional as other lawyers do in sydney. Because of media and some succesful cases he became famous and expensive lawyer . And nowdays he charges around $100 to 200 for simple consultation which is absolutly worthless .. I went to his office at
    Suite 6, Level 1, 70 Macquaire st
    Paramatta,sydney couple of months before and tried to consult with him but i found he was busy with his mobile phone and didnt look professional to me, he was just answering to my questions only and didnt provide any further suggestion to me . I realised that my hard earned money was gone for nothing. I dont want to personally blame but his attitude and his professionalism is not acceptable according to Australian standard .So i request media not to publicize someone’s success only they should be able to criticise their crappy things as well.

  27. सरा सर गतल सूचना पर्बाह गरिए को छ यो लेखमा नेपाल आझै अस्सेस्मेंट लवेल तिनमा छ Higher education (bachelor and master) को लागि अस्सेस्मेंट लेवेल एकमा झारिएको भन्ने झुटो कुरा हो / यो Student लै फसाउने बिग्गापन मात्रहो यो लिंक हेरे देखि थाहा हुन्छ http://www.immi.gov.au/allforms/pdf/assessment-levels.pdf एस्तो हल्ला को पछाडी नलागे पनि हुन्छ / six month balance transaction dekhauna parne pahile ko niyam paribartan gari teslai 3 month banaiyeko matra ho

  28. I am trapped in the UK now and I have gathered enough bitter experiences.
    It’s true first UK victimised poor, innocent and ambitious Nepalese students and now it’s the turn for Australia.
    This is nothing than a conspiracy to boost their economy, invite cheap labour force, brainwash and send them backhome empty handed ;Often with difficult situations in life when a man thinks its easier to die than survive.
    BE AWARE GUYS! US, UK, AUSTRALIA ARE NOT PAINTED WITH GOLD. THINK TO LIVE BOSS IN YOUR OWN COUNTRY THAN TO DIE CHEAP LABOUR IN FOREIGN.

  29. पाण्डे जस्ता consultancy चलाउने ठगि हरु अब बल्छी लियर बस्ने त होला नि विद्यार्थीहरु तान्नको लागि !!!!

  30. Most of the agents here in Sydney knows how to extract money from their own people. i.e Nepali. If you are qualified by education – you do not have to go to these agents for PR – you can lunch your PR by yourself. I got my PR in 4 consecutive weeks on my hand! So why do we need these consultants? There are there to scum the preceious money from the students – yes, life is not easy here in Sydney and those consultants also worked as Taxi driver, kitchen hands and cleaners. So, easiest way to make money for them is to open consultancy – and scum money from own people. Ask any genuine Nepali who got the PR from their own status – they will tell the same truth. So the parents – education here in Sydney is not cheap at all. There is no schlorship say 99% no. Working condition is very harsh – mostly you son/daughter will land in restaurant(65-70%), cleaning (15-20%) or in shop assistant (if lucky) (10 -15%). And study at the uni cost for turion per anum is A$12000 to A$14000 beside your other expenses. Beware of these consultants!

    • Hey I am from Charles Sturt University, and in our Uni there is scholarship for us (Basically for the Nepalese student). So, I disagree that though. Else fine. Cheers.

  31.  “उद्येश्य के लिनू.. उडि छुनु चन्द्र ऐक”
    विदेश अघ्यन राम्रो कुरा हो.. ।
    Visa process गर्नु पूर्व  १० पटक सोचौं है । खैरे धेरै बाठो छ, साथीहरू॥ 
    अष्टेलिया वेलायतको सहोदर भाई हो”
     दिनेश थापा(लुभु, ललितपुर)
    हाल सिड्नी, Strathfield.

  32. ह ह हाह Holmes college मा भर्ना गराई दिने होला सन्जिब ब्रो ले सबै student लै

  33. लेख मा भएका कतिपय कुराहरु तर्कसंगत छैनन् ,, नियम खुकुलो भएको जेहेन्दार बिद्यार्थी लै हो भन्ने पाण्डे जी ले तल गएर ऑस्ट्रेलियामा कम फालाफाल भएर अभाब टार्न तेसो गरेको हो भन्नु बिरोधस्पद छ ,,,

  34. पढ्न र पैसा कमाउन अस्ट्रेलिया नै जानु पर्छ भन्ने छैन। सबैले यस्तै सोच्ने हो भने अब नेपालमा कोहि युवा-पुस्ता रहने छैनन। नेपालमा पनि राम्रो अवसर पाउन सकिन्छ । बिदेशमा पैसा कमाउने भन्दा स्वदेशमा सुन फलाउने !de@ सोचौ । आफ्नै स्वदेशमा केहि गरौ साथि हो …

  35. एउटा कुरा त यो लेख जानकारी भन्दा पनि बिज्ञापन जस्तो लाग्यो | कसैलाई पहिलो र एकमात्र भन्ने विशेषण दिई राख्नु पर्ने जरुरत पर्दैन | एकमात्र भने पछी पहिलो र अन्तिम सबै हो भन्ने कुरा जगले बुझ्छ | कसले कहाँ consultancy खोलेर बसेको छ भन्ने कुरा पनि बिज्ञापन नै भयो | रह्यो कुरा visa को – अहिले को नियमले केवल genuine बिद्ध्यार्थीहरु लाई मात्र सहयोग गर्छा | येसो documents मिलाएर अस्ट्रेलिया जाउला भन्ने कुरा average students ले नसोचेकै बेश !

  36. Haha i think most of the thumbs down on my previous comments are from education consultancies staff and owner 🙂 . I repeat “dOnt trust them “XD

  37. कुइरे हरु धेरै बाठा भैसके साथी हो , पहिला पहिला जस्तो अब कुइरे हरु लाइ हामी ले ठग्न सकिदैन , भिसा दिने बस्न पनि दिने तर काम गर्ने अधिकार खोस्ने ? फि पनि पहिलै लुट्ने , अनि कालो मा काम गरिस भनेर डिपोर्ट गर्ने ?
    मरी-मरी पढ्यो पी आर पाउने बेला मा देश छोड भन्छ !! के ति राजदुताबास र ति कन्सुलर हरु लाइ था छैन र नेपाली हरु को अवस्था ? के हामी पढ्ने बहाना मा आफ्नो देश को पैसा उनि लाइ बुझाउन जान लागेको ? १०/१० लाख खर्च गरेर हामी जाने तर काम गर्न नपाउने !?

    यो बेला ठिक छैन साथी हरु ……….एक आध साथी हरु को आर्थिक हैसियेत राम्रो होला उनि हरु मेहेनती पनि होलान र बिस्तारै सेटल पनि होलान तर ९९% पढ्न मात्रै होइन कमाउन पनि जान्छन क्राइसिस ले आक्रान्त भएका कुइरे हरु सोजा सोजा नेपाली लाइ ठग्न मा तल्लिन छन , पहिला युके ले लुट्यो अब फेरी अस्ट्रेलिया को पालो , प्रोसेस गर्नु भन्दा पहिला भर पर्दो मान्छे संग सल्लाह लिनुस , सकभर आफ्नै देश मा अध्येन गर्नुस , विदेश मा काम गर्न होइन घुम्न जानुस , आफ्नो क्यारिअर आफ्नै देश मा बनाउनुस

  38. I think Australia is best country in terms of pay and lifestyle and ofcourse they have good education system(only in uni and some pvt college)but before coming to Australia u need to focus on study instead of earning money.Lots of challenges, so this country is only good for those people who are patience, well prepared and hard working .Dont trust education consultancies 99% are focused on money only so its better to consult with your relatives and friends who has been living here since long time ago just like me 🙂

  39. पहिले बेलायतले नेपालीलाई मुर्ख बनायो (के मुर्ख बनायो भन्नु, नेपाली आफै मुर्ख भए नि!)| विद्यार्थी भिसा मा आएकाहरुको कस्तो बिल्ली बाठ भयो, कति पार्कमा सुते, कति बसमै, २-४ जनाले आत्महत्या गरे (भर्खर १-२ हप्ता अघि पनि एकजना झुन्डे), केटिहरु “मर्ता क्या न कर्ता” भने जस्तै पैसा कमाउन के के गरे, कति फर्के| भाग्यले साथ पाएकाहरु कलेज कम कफी, बर्गर, रेस्टुरेन्टमा धेर हाजिरी गर्न जान्छन|

    अब पालो अस्ट्रेलियाको!

    विदेश जाने भन्दैमा नेपाली दाजु-भाई, दिदि-बहिनिहरुले तलको किड्नीलाइ टाउकोमा राखेर काम नगर्नु होला, दिमाग, बुद्धि लगाएर मात्र प्रोसेस गर्नुस है| अनि अभिभावकहरुले कृपया विचार गरेर , पछुताउनु नपरोस| गुड-लक् भन्नु बाहेक केहि छैन|

    पुनश्च: म बिधार्थी र माथि भने जस्तो भुक्त-भोगी त हैन तर, हिथ्रो गएर ५-७ जनालाई घरमा राखेर कोठा, होस्टेल खोजेर १-२ लाइ काम पनि खोजेर चाई राखियो| के गर्नु नेपाल बाट उड्ने केहि दिन अगाडी अनि कोइ त काठमाडौँ मा भ्यायिना हिथ्रो बाटै फोन गरेर मद्धत मागे अहिले त उनीहरुनै जान्ने बाठो छन्| गरेको गुण त कुनै दिन लाग्लानि भन्ने आश छ!

Comments are closed.