कुकुर लगाएर खेदियो, लौरोले कुटियो नेपालीलाई कतारमा

-रवि रोषी/दोहा-

मार्च ३० तारिखका दिन कतार पुलिस क्लवको आयोजनामा सम्पन्न भएको फुटवल फाOनल खेलको दर्शनार्थ नेपाली दर्शकहरुलाई पनि भारी सम्मानको साथ फुटवल खेलमा दर्शकको रुपमा उपस्थित हुन कतारको अलसाद स्टेडियममा बोलाईएको थियो। नेपाली कम्युनिटीको तर्फबाट २ हजार टिकट वितरण गर्ने र नेपाली दर्शकहरुलाई हेर्न आउनको लागि कान्तिपुर, राजधानी पत्रिकामा भारी महत्वका साथ समाचार प्रकाशन गरिएपछि आखिर नेपाली न हुन् , साँझ ५ बजेबाट सुरु हुने भनिएको फुटवल खेलको लागि विहान ८ बजे देखि नै टिफिन क्यारीमा खाना बोकेर दर्शकहरु स्टेडियमको परिसर बाहिर उँघ्न पुगिसकेका थिए।

नेपाली दर्शकको भारी उपस्थिती देखेर खेल आयोजकद्धारा थप ५ सय प्रवेशाज्ञा टिकट दिने व्यवस्था पनि मिलाईएछ। करिब २.३० बजेको समयमा नेपाली दर्शकहरुको भीडलाई तह लगाउन कतार पुलिसले आफ्नो शक्ति प्रयोग गर्यो। अनुशाशनको पराकाष्ठा नाघेर अभद्रता देखाउँदै भीड गर्ने नेपाली दर्शकहरु समक्ष पुलिसको केहि नलागेपछि कुकुर सहितको अर्को शक्ति प्रयोग गर्दै टिकट लिने क्रममा तँछाडमछाड गर्ने नेपाली दर्शकहरुलाई लौरोले पिट्ने तथा कुकुर लगाएर बाटो बाटो खेदाउने काम गरीयो भने उक्त खेलको लागि नेपाली समुदायको माउ संस्था एनआरएनका सम्बन्धित ब्यक्तिहरुले न त त्यो कतारका प्रहरीको वितण्डा रोक्न सके। न त नेपाली दर्शकहरुलाई नै व्यवस्थित ढंगबाट टिकट वितरण गर्ने र भित्र पस्ने वातावरण तयार गर्न सके।

एनआरएनको संलग्नतामा नेपाली दर्शकहरुलाई सूचना तथा फेसबुकमार्फत सभ्य ढंगबाट उपस्थित भई स्टेडियम भित्र प्रवेश गरी खेलको मनोरञ्जन लिन अनुनय गरे पनि न त नेपाली दर्शकले त्यो अनुनय र सूचनालाई महत्व दिए , न त एनआरएनले नै हजारौँ नेपाली दर्शकमाथि भएको प्रहरी हमला रोक्न पहल गर्न नै सक्यो। आखिर एनआरएन कतारको पनि त्यहाँ उसको उपस्थिती र हैसियत भनेको कुटाई खाएका नेपाली दर्शकको जत्तिकै निरीह प्रमाणित भयो।

२ हजार मात्र नेपाली दर्शकलाई टिकट सहितको प्रवेशाज्ञा भनिए पनि कसरी १२ हजार नेपाली उपस्थित भए?

कतारमा हुने गरिएका एसियाली स्तरका खेलहरु हुन् वा खाडीस्तरीय खेलहरु हुन्, दर्शकको उपस्थिती भनेको शुन्य हुने गरेको प्रमाण ताजातरोगा र शाश्वत सत्य पनि हो। गत ८ महिना देखि कम्युनिटी भलिवल लीग अन्तर्गत सञ्चालित भलिवल प्रतियोगितामा नेपाली टिमले पनि भाग लिँदै आएको र नेपाली टिमले विजय हासिल गर्दै गएपछि नेपाली दर्शकहरुको उपस्थिती भारी देखेपछि खेल प्रतिको नेपालीको रुचिलाई कतारको खेल सरकारले बडो चासो राख्दै आएको थियो। नेपालको टिम सहभागी नभएको दिनमा स्टेडियममा रेफ्रि र खेलाडी बाहेक कसैको उपस्थिती नहुने कारणले गर्दा नै नेपालीहरुलाई भाडाको दर्शकको रुपमा प्रयोग गर्ने हेतुले ३० मार्चको फुटबल फाईनल खेलमा आमन्त्रण गरिएको थियो। पहिले नेपाली दर्शकको लागि २ हजार टिकट मात्र भनिदै आएतापनि पछि ५ सय टिकट थप वितरण गरी नेपाली दर्शकलाई भित्र पस्न अनुमति दिने भएपछि थप दर्शकहरुमा फुटवल हेर्ने आशा पलाएको थियो।

आखिर यस फुटबल खेलमा नेपाली दर्शकको मोह र चासो बढ्नुको कारण के थियो त? यदि कारण थियो भने एउटै मात्र थियो। करिव २ हजार नेपाली दर्शकलाई निशुल्क प्रवेश टिकट तथा टिकटमा १६ वटा कार, ५ वटा स्पोर्ट्स बाईक, ३ हजार सामसुङ टच मोवाईल लगायत अन्य भारी पुरस्कारको प्रचारवाजीको साथ निमन्त्रणा गरिएको थियो। हिजोको दिन सम्म नेपालीहरु गरीब भएपनि इमान्दार र स्वभिमानी भनिदै आएता पनि त्यस दिन कतारमा बस्ने नेपालीहरुले पनि आफ्नो दरिद्र मानसिकता कतार खेल आयोजकको करकमलमा प्रेमपूर्वक प्रस्तुत गरिदिए।

कतारका खेल आयोजकले दर्शकलाई खेल हेर्न लोभ्याउन भारी पुरस्कारको घोषणा गरिदिएपछि नेपाली दर्शकहरुले पनि गति छाड्दै विहान ८ बजे देखि नै स्टेडियमको परिसर बाहिर बस्नु स्वभाविकै थियो। कार पुरस्कार परिहाल्छ कि भन्ने लोभले गति छोडेका नेपाली दर्शकहरुलाई स्टेडियम भित्र प्रवेश गर्न ४ नं. र ५ नं. गेट खुल्ला गरिएपछि टिकट सहित पस्नको लागि उनीहरु हुल बाँधेर पस्ने प्रयास गरेपछि प्रहरीहरु नेपाली दर्शकहरु माथि खनिन थाल्यो भने एनआरएनले त्यो घतलाग्दो दृश्य साउने बाढीले बगाएको बुढी भैँसीलाई नियालेझैँ नियालिमात्र रह्यो। त्यसको समाधानार्थ आयोजकसंग एनआरएनले कुनै पनि पहल गर्न सकेन , न त एनआरएनले त्यो हैसियत नै बनाउन सकेको थियो।

अन्त्यमा के भयो त?

स्टेडियम बाहिर उपस्थित भएका सम्पुर्ण दर्शकहरु भित्र पस्ने प्रयास गरेपछि प्रहरीले पिट्ने र लखट्ने क्रममा ३ जना गम्भीर घाइते भए भने सैयौँको संख्यामा जुत्ता चप्पल, चश्मा , टोपी त कसै कसैको मोवाईलहरु बाटो भरि यत्रतत्र छरिएको थियो। उक्त घटनाको फोटो तथा भिडियो खिच्नेहरुलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएका थिए भने हातमा टिकट भएकाहरुलाई पनि प्रवेशमा अवरोध गरिएको थियो। एकातिर केहि नेपाली दाजुभाईहरु भने आफ्नो हातमा भएको मुठीका मुठी निशुल्क प्राप्त टिकटहरु नेपालीहरुलाई नै ५० रियाल सम्म बेचीरहेको लाजमर्दो दृश्य पनि देखिईरहेको थियो। यस घटना सिर्जना हुनुको धेरै जिम्मा फुटबल हेर्न जाने दर्शकहरुले अवश्य लिनुपर्ने हुन्छ भने व्यवस्थापनमा शुन्य भूमिका निर्वाह गर्ने एनआरएनले आँशिक तर गम्भीर जिम्मेवार लिनुपर्ने हुन्छ। भोलिका दिनहरुबाट कुनै पनि प्रवासी नेपाली दाजुभाईहरु कतारको कुनै पनि खेल लगायत अन्य कार्यक्रमहरुमा भाडाको रुपमा प्रयोग हुन उक्साउँदै बोलाएको खण्डमा त्यसलाई तिरस्कार गर्नुपर्ने हुन्छ भने एनआरएन लगायत अन्य कुनै पनि संस्थाले पनि प्रवासी नेपालीहरुलाई यस्ता अभियानमा नजान प्रेरित गरिनुपर्छ। २४ बर्ष अगाडि अर्थात् फागुन २९ गते त्रिभुवन च्यालेन्ज कप उपाधिको लागि नेपाल फुटबल संघले आयोजना गरेको जनकपुर चुरोट कारखाना र बंगलादेश मुक्ति जोद्या क्लव बीच भएको जारी खेलमा दशरथ रंगशालामा भएको घटनामा परी ७३ जना दर्शकले ज्यान गुमाउनु परेको घटना स्मरण गराउने ३० मार्चको कतार घटनाबाट अब सवै प्रवासी नेपालीहरुले राम्रो पाठ सिक्नुपर्ने हुन्छ ।

69 Comments

  1. आखिर यस फुटबल खेलमा नेपाली दर्शकको मोह र चासो बढ्नुको कारण के थियो त? यदि कारण थियो भने एउटै मात्र थियो। करिव २ हजार नेपाली दर्शकलाई निशुल्क प्रवेश टिकट तथा टिकटमा १६ वटा कार, ५ वटा स्पोर्ट्स बाईक, ३ हजार सामसुङ टच मोवाईल लगायत अन्य भारी पुरस्कारको प्रचारवाजीको साथ निमन्त्रणा गरिएको थियो। हिजोको दिन सम्म नेपालीहरु गरीब भएपनि इमान्दार र स्वभिमानी भनिदै आएता पनि त्यस दिन कतारमा बस्ने नेपालीहरुले पनि आफ्नो दरिद्र मानसिकता कतार खेल आयोजकको करकमलमा प्रेमपूर्वक प्रस्तुत गरिदिए।

  2. यो लेखमा सबै सहि सत्यता छ तर अझै अपुग समाचार हुदा अझै दर्शकको पुरै गल्ति होकी भन्ने भान हुन्छ …२५०० फ्री टिकेट एन आर एन लाइ जिम्मा दिएको थियो त्यो टिकेट सबै आफ्नै आफन्त आफ्नै चिनेजानेका कम्पनि हरुमा पहिलेई बाँडीसकेको थियो ८ बजे बाट लाइन लाग्न बस्नेहरुको केहि भ्यालु थिएन

  3. ठुला बडा जति बेलैमा खेल हेर्न गइ हाले फ्री ticket मा अरु ले बाहिर घाम खाएर घर फर्के कुरा त्यै हो लेख्न लाई मसला हालेर जे जे लेखे नि भयो नि
    आफ्नै बैजत गरेर चर्चा कमाउनु छ….

  4. दु:ख त लाग्छ नि,फेरी नेपालीको पनी के दोष आफ्नो देशमा जे पाठ सिकेका थिए त्यहि गरे समाज र संस्कारको प्रभाव त पर्ने नै भयो नि।

  5. तपईहरु सबैको कमेन्टमा साचै नै भनेहो भने केहि घत लाग्दा कुराहरु पनि छन/ समय ले गर्दा कति बेला के हुन्छ भन्न सकिन्दैन कहीं न कहिँ त कमि जुनै कुरा मा पनि हुन्छ, कोही पनि १००% ठीक हुन सक्दइन्न/ लेख मा नेपाली को बानि व्योहोरा, लोभ लालच, भाग्य को कुरा,सकरत्माक सुझाब र केहि नेपाली प्रति नकारत्मक शब्द हरु छन्, नेपालीको बानी बेहोराको के कुरा गर्नुहुछ? हामी नेपाली हौ नेपाली भयर नै चिनिन चाहन्छौ यस्मा कुनै दुइमत छैन,नेपाली ले न जाने को र न पुगे को स्थान कम नै होला . देश को कारण ले गर्दा जबरर्दस्त बाहिरिनु परेको हो आम नेपालीको चाहन होइन/ केहि लोभ त सबै मा हुन्छ , हामी सधै अरु लाई मात्र भन्छौ तर केहि कुरा त हामि पनि कमि छ नी होइन? खेल हेर्न भनेर गए का दर्शक सबै को आफ्नो सोच होला, कस्सैलाई मानसिक तन्वाब बाट राहत हुन्छ भनेर गए होलान, कोई चिट्टा को लागि गए होलान, कोई खेल हेरेर आनद लिन को लागि गए होलान भने कोई छुटी को मौका भए को कारणले साथि भाई सग + आफन्त सग भेट गर्ने भनी गए होलान, किन की सबै को एउटा सोच हुनसक्दैइन/ अनुशासन त हर कहिँ चाहिन्छ चाहे खेल हेर्ने दर्सकको होस् या आयोजक जो कोही ………….. होस्। पहिलो कुरा के हो भने आफुले आँफैलाई र आफ्नो कर्तब्य भुल्नु भयन। गल्ती मानिस बाट हुन्छ तर दोहोर्यौनु हुँदैइन, यदी कसइले बाटो देखायो भने तेस्को मान्यता हुनु पर्नेमा उल्तै गाली ब्यजेती गरिछ, फोन गरी कारबाही गर्ने, बधला लिने धम्किपूर्ण कुराहुन्छ भने तेस्ता बेक्तिहरुसँग कसरी कुरागर्ने? के तेस्ता ब्यक्तीहरुले तपाईं हामीलाई मार्ग दर्शन गराउन सक्छनत? कसैले तपाईंको गल्ती औल्यायो भने तपाईंहरु गल्ती सुधारन लग्नुहुन्छकी उसैलाई भुकुर्न लाग्नुहुन्छ? पावोर र बादला लिने कुर गर्नुहुन्छ?
    माथिको घटनाको एउटा जिउदो साछी म पनि हुँ, जहाँ यो हुँदा म पुरा दिन्भर तेही थिय, केही जिम्मेवर बेक्तिले आफ्नो जिमेबरी पुरागर्न नसक्दा आम नेपाली समुदायको शीर लजले झुके को छ। आसा गरौ आगामी दिनहरुमा यस्ता घटना नदोहोरियोस।

  6. जति सुकै कुरा गरे पनि आर्को पालि हुने येही हो , हाम्रो परम्परा हो यो , कसैले भनेर छोड्ने पनि हुन्छा र , नाचाहिने कुरा, हैन मणि जी लाइ किन फोटो नै हेर्नु परेको , इराक मा १२ जनालाई गोलि हानेर मरेको video हेर्नु भएको थिएन, तेही हेर्नुस अनि सोच्नुस, केहि परिवर्तन भएको छ भनेर, हामि हरु कहिले नि परिवर्तन हुने छैनौ , परिवर्तन भयो भने त हाम्रो अस्तित्व नै हराउछ नि

  7. कतार मा नेपाली साथीहरुले नेपाली को नै इज्जत फाले

  8. समाजमा हुने यदाकदाका राम्रा नराम्रा पक्षहरुलाई लेखमार्फत आफुबाट भएका कमीकमजोरीलाई सच्याउनलाई लेखेर जानकारी गराउने प्रयास गरेको मात्र थिएँ । तपाईंहरुले मेरो लेखको बैशाखी टेकेर जे जस्तो राम्रो नराम्रो प्रतिकृया लेख्नुभएपनि मैले घटनास्थलमा जे देखेँ त्यहि लेखेको हुँ । तर लेखमा हामी बाट भएको कमीकमजोरी
    हरुलाई सुधार्न सकिन्छ कि भन्ने हेतुले लेख लेखिए पनि कतार सरकार, यहाँको खेल आयोजक तथा अन्य सम्बन्धित निकायलाई आघात पुग्ने गरी लेखिएको कमेन्टहरुमा यहाँको सम्बन्धित निकायले गम्भीर रुपमा लिएको पनि जानकारी गराउन चाहन्छु ।

    हामी तपाईंहरु आफुलाई जति बाठो भनेर चिनाउन खोजेपनि, जति सुकै स्वाभिमानका कुराहरु उराल्ने गरे पनि व्यवहारमा हजार पटक चुक्ने गरेका छौँ ।
    नेपाल र नेपाली दाजुभाईको माया तपाईंलाई जति लाग्छ , मलाई पनि त्यहि माया छ मेरो देश र मै जस्तो मेरो देशको नागरिकको पनि । स्टेडियममा बाहिर जे भएको थियो, त्यो बारेमा त मैले स्पष्ट लेखिसकेको थिएँ । हामी विचारमा कति संकुचित रहेछौँ र अपरिपक्व रहेछौँ भन्ने कुरालाई मनन गर्दै समाज र दर्शकबाट भएको कमीकमजोरीलाई आआफ्नो क्षेत्रबाट सच्चिनलाई पो लेखेको थिएँ त । कतारको धर्म, राजनीति, प्रशाशनिक नीति र सभ्यतालाई अपव्याख्या गर्दै धावा बोल्नु हुनेहरु तपाईंले कतारमा रहने ३ लाख ५० हजार नेपालीको मात्र अपमान होइन, ४ करोड नेपालीको अपमान गर्नुभएको स्वीकार्नै पर्ने हुन्छ ।
    अल्फ्रेड वर्न हार्ड नोवेलले डाइनामाईटको आविस्कार पक्कै पनि मानव र मानव संरचनाको ध्वस्तताको लागि आविष्कार गरेका थिएनन् । त्यो डाइनामाइट त उर्जा विकास र विभिन्न मानवहिताय प्रयोग गर्ने हेतुले आविष्कार गरेका थिए । तर त्यो डाईनामाइट जापानको नागाशाकी र हिरोशिमामा लगेर खसालियो र लाखौँ जापानीहरुको इहलीला समाप्त गरियो । साथीहरुले पनि मैले लेखेको लेखलाई सचेतनाको रुपमा लेखिएको भन्ने नबुझी गलत प्रयोगको आक्षेप पटाक्षेप गर्ने डाइनामाइटको रुपमा प्रयोग गर्नुभएको पाएँ ।

    पूर्वाग्रही सोचले कतारमा रहेका केहि नेपाली साथीभाईहरुले एक आपसवीचको रीस साँध्नको लागि हिलो छ्यापाछ्याप गर्ने पुस्तान्तरित सोचको बारेमा आफु आफु भित्र बसेर जे मन लाग्छ गर्नुहोस् । लड्नुहोस् , भिड्नुहोस् । त्यस मानेमा मलाई कुनै पनि आपत्ति छैन । तर आफुलाई कति न जान्ने र बुज्रुक भन्नेहरु तपाईंहरुको कारणले कम्युनिटी मात्र होइन, सिंगो नेपालीलाई असहज स्थिती सिर्जना हुने र आफ्नो वोली र व्यवहारबाट कतार सरकारको अस्मितामाथि आँच आउने शव्द्धहरु प्रयोग नगरिदिनुहुन पनि म अनुरोध गर्दछु । तपाईंहरु स्वीकार्नुहोस् वा नस्वीकार्नुहोस् नेपाली दर्शकहरुले त्यस दिन अभद्रता प्रदर्शन गर्ने क्रममा संयम गुमाएकै थिए । यसको जिम्मेवार दर्शकहरु पनि हुनुहुन्छ र कतारका एनआरएन साथीहरु तपाईंहरु व्यवस्थापनमा मज्जाले चुक्नुभएको हो भन्ने कुरामा छातीमा हात राखेर स्वीकार्नैपर्छ ।

    अन्त्यमा, कतार पुलिस क्लवमा सीसी क्यामेराले खिचेको सम्पुर्ण दर्शकहरुको अवस्थितीको बारेमा र सुरक्षा संयन्त्र के अगुवा र एनआरएन कतारकै निर्देशनमा नेपाली दर्शकहरुमाथि गरिएको हो त ? मलाई फेसबुकको मेसेज बक्समा धम्कीको भाषा प्रयोग गर्ने मित्रहरु तपाईंहरुलाई पनि म जानकारी गराउन चाहन्छु कि मैले जे देखेको थिएँ , त्यहि लेखेको छु । यदि त्यो भन्दा केहि धेरै लेखेको शंका लाग्छ भने खेल आयोजकले सर्वसाधारण सवैको लागि विशेष आव्हान गर्दै कुन परिस्थिती सिर्जना भएपछि त्यसो गर्न बाध्य भयो भन्ने बारेमा सीसी क्यामेराद्धारा रेकर्डिङ भिडियो हेर्ने अवसर पनि पाउनुहुनेछ भन्ने जानकारी गराउन चाहन्छु ।

    फेरि पनि अन्त्यमा म यहि भन्न चाहन्छु । हामी नेपालीहरुले अझ पनि आफ्नो स्वभावलाई सच्याउन कति आवश्यक रहेछ भन्ने बुझिदिनुहुन र दुई देश बीचको सुमधुर कुटनीतिक सम्बन्ध तथा रोजगार सम्बनधी कतार सरकारले प्रदान गरेको अवसरलाई समेत असर पर्ने गरी यस देशको धर्म, कानून र रिवाजलाई अपमान र हिँसा होइन, सम्मान गर्न सिकौँ । हामी नेपालीहरु मूर्ख छौँ र वीर छौँ भन्ने भूपी शेरचनको कविताको हरपलाई फेरि सिद्धान्ततः प्रदर्शित नगरौँ ।

  9. सिदार्थजी ,
    तपाइको कुरा सहि हो हामी परदेश मा रहेका नेपाली जो कोहिले पनि कुनै पनि गलत काम वा गलत प्रवृति देखाव भने सम्पूर्ण नेपाली को नै बेइजत हुन्छ र म यो कुरा बाट पन्छिन पनि खोजेको हैन २/४ जना मान्छेले गर्यो अनि सबैलाई किन दोष लाईस भनेर पनि भन्न खोजेको हैन | हामी सबै नेपाली भेडा , पशु को बेबहार गर्ने , मुर्ख भन्ने कुराको चाही बिरोध गरेको हो | समुदायमा २/४ जना बिग्रेको , असिकछित , अभुझ भयो भन्दैमा तपाई सबै बिग्रेको , सबै असिकछित , अभुझ हो भन्नु हुन्छ कि ये राम्रा पनि छन् है भनेर भन्नु हुन्छ ? धेरै साथी हरुले कमेन्ट लेख्दा अनि येही लेखमा पनि हामी सबै नेपाली पड्दै नापदेको , बुद्धि नभएको , अभद्र , भेडा हुन् , लेबर क्याटागोरीको मात्र छन् भन्ने गलत मानसिकताको बिरोध गरेको हो मैले | रह्यो टिकट बेचेको कुरा यो गलत हो तेहा टिकट पाउने लाई सिधै भित्र पठाउने सिस्टम थियो , बाहिर जान दियीदैनाथियो अनि कसरि टिकट बेच्यो र ? केहिले गरेको गलत हर्कत अनि गलत कामले सम्पूर्ण नेपालीको बेइजत गर्छ म मान्छु तर सबै येस्तई हुन् , सबै येस्तई हुन्छन भनेर क्याटागोराईज् गरियो भने आवस्य दुक्ख लाग्छ |

  10. यो घटनामा सबैभन्दा ठूलो दोषी हामी नेपालीहरुको असभ्य र जङ्गली व्यबहार हो त्यस पछि टिकट बितरणको जिम्मेवारी लिएकाहरुको व्यबस्थापन कमजोरी । नेपालीहरुको खेलप्रेमलाई सम्मान गर्दै २००० टिकट उपलब्ध गराउने कतार पुलिस क्लवलाई चाँही कसरी दोषी भन्न सकिन्छ ?

  11. एस्तो झारे कुरा मा पनि कति discussion गरिराको हो भन्या, आफ्नै देश भित्र नेपालीले नेपालीलाइ तेती धेरै शोसन गर्दा चित्त नदुख्ने हरुलाई अरुको देशमा गएर दुखः पाउदा किन चित्त दुखेको हो ??

  12. फ्री पाउदा अल्कत्र पनि खान खोज्ने नेपाली को बनीमा सुधार लेउनु अतेन्त जरुरी छ। टिकाट काटेर जानु पर्छ भनेको भए कोही पनि जने थिएन। बरु रुममा बसेर रक्सीको बोतेल सँग रमाउथे तैपनी खेल हेर्न जादैन थिए

  13. हजुर यो पशुपतिको बाँदरहरु जुन ठाउमा गए पनि आफ्नो बाँदर पन नदेखाई नछोड्ने भयो, अब कुनै पनि देश बाँकि रहेन जहाँ यी बाँदरहरुको कारणले गर्दा बेइज्जत कमाउनु नपरेको, अलिकति civilised हुँदा कसको के जान्छ? कमसेकम पशु जस्तो व्यवहार त सहनु पर्दैन /

    पस्शुपति नाथले यिनीहरुलाई सद्बुद्धि प्रदान गरुन /

  14. नानी देखिको बानि छुट्न त गार्हो छ नि हौ … भनौ भने कोइ कोइ साथी हरु ब्रिटिश ले गर्छ अमेरिका मा हुन्छ भन्छन … ब्रिटिश, अमेरिका मा त यो भन्दा अरु धेरै राम्रा कुरा पनि हुन्छन नि ति कुरा संग पनि तुलना गर्न सिकौ न हामी … we got to change our self. यो त अब अत्तिनै भो .. जो जहाँ गयो तेही देश को बेइजत गर्न लागे नेता जनता सबै ..

  15. दोहामा हरेक क्लबहरुको फाइनल मा जुनसुकै बेला कार र विभिन्न नगद जिन्सी उपहारहरु राखिएको हुन्छ कहिले ५ वटा कार कहिले १० कहिले १५ …तर खेल चाही शुक्रबार न्युन रुपमा हुन्छ प्रायजसो शनिबारको दिनमा फाइनल गरेको हुन्छ …भलिबलमा नेपालीहरुको खेल मोह देखेरै यहाको क्लबले बिशेष चासो राखेर नेपालीको लागि २५०० टिकेट फ्री दिएको हो अरुबेला टिकेटको मुल्य १०/१५/२० भन्दा माथि हुदैन ..अरुबेला कतिपयलाई खेल भएको थाहा हुदैन कतिलाई टाइम हुदैन ..कान्तिपुर राजधानी (जो यहाको स्थानीय पत्रिका )को भ्रमपूर्ण समाचारले गर्दा यो स्थिति सिर्जना भएको हो एन आर एन को कुरै नगरौ टिकेट जिम्मा दिएको सबै आफ्ना आफन्त साथीभाई लाई बाडेर अरु लाई के भ्यागुता हेर्न बोलाएको कुन्नि …(मैले सुनेअनुसार उपहार जम्मा २३ जनालाई मात्र थियो तर समाचारमा ३१७२ भनि प्रकाशित भएको थियो)…. .शुक्रबारको दिन प्रायजसो सबैको बिदाको दिन भएकोले गर्दा कोहि उपहार देखेर गए होलान कोहि खेल हेर्नकै लागि गए होलान यो एभरेजमा सामान्य कुरा हो ….ठेलमठेल र भिडभाड हुनु यहाको ब्यबस्थापन को कमजोरी हो …गएको वर्ष यहाँ एशियन खेल भएको थियो त्यतिबेला स्टुडिएम पुरै खाली देखेर फ्रीमा पुरै मान्छे हुलिदियो पछि टिकेट लिएर बसेकाहरु खेल हेर्न जादा स्टुडिएम पुरै भरिसकेको थियो पैसा तिरेर टिकेट लिनेहरुलाई फिर्ता गरियो तर पैसा फिर्ता गरिएन यो सबै यहाको ब्यबस्थापनको कमजोरी हो …एकाध नेपाली त्यस्ता थिए होलान तर पुरै नेपाली माथि यसरि खनिएर लेखेको रबि जी को लेख खेदपूर्ण छ..भलै साचो कुराहरु पनि यसमा समाबेस छन् तर नेपाली यस्तो भनेर लेखेको अलि चित्त नबुझ्दो छ …तर प्रयास राम्रो छ …धन्यवाद ….

  16. लाइन मा बसेर प्रवेश गर्ने ,टिकट लिने ,पेमेन्ट गर्ने बानि बसालौ साथि हो \ यो हामि नेपालि ले नेपाल मा होस् या विदेश मा सिक्ने र लागु गर्ने एकदमै जरुरि र अनिबार्य ब्यबहार हो \ सिकौ र सिकाउ प्लिज ! यसबाट हुन् नपर्ने नराम्रा घटना रोकिने छ \

    • नानी देखिको बानी हो साथी हो . USA मा पनि मदनकृष्ण हरिबंश आउँदा कम्ता नेपलीपारा देखाएका थिएनन् अमेरिकी नेपालीहरुले .

  17. हैन यस्तो लेख्ने संग एउटा क्यामेरा वाला फोन थिएन होला र? फोटो राखेको भए हो भन्न अनि पत्याउन सकिन्त्यो! अब एप्पल को आइ-प्याड, आइ-फोन किन्न मान्छे ५-६ दिन-रात नभनी कन लाम लागेर, प्रहरीले पनि पहरा दिएर बसेका हुन्छन भने सितैमा पाएको कुरा लिन जो पनि जान्छन नि! त्यो त ब्यबस्थापन गर्ने को कमजोरी लाइ यसरि भद्र, शान्त प्रेमी नेपाली को बेइज्जत गर्ने कुरो चाई नगरम है!

    बाकी रह्यो, रबि रोषी आफु नगएको भए कसरि यो कुरा लेख्थे? नदेखीकन लेखेको हो भने यो कुरा मा यिनले फट्याई लेखे, आफै गएर देखेका अनि लाममा लागेका भए रबि चाई किन जानु? कि त यिनी नेपाली नै हैनन्, नेपाली को शान, तेस्तो गर्मिमा काम नगर्ने मुसल्टे (त्यहाका मान्छे लाइ मात्र भन्न खोजेको है) भन्दा हाम्रा नेपालीले गरेको काम मेहनत प्रसंसा योग्य छ!
    सलाम छ हरेक खाडी-नेपाली मजदुर जसले नेपालको अर्थ-तन्त्र लाइ पनि आफ्नो रगत पसिनाले योगदान दिनु भएको मा, कम्तिमा नेपाल बसेर आफ्नै नेपालीलाई ढाटेर-लुटेर त खानु भएको छैन|

  18. लेखमा बास्ताक्बिकता छ यति राम्रो अफर दिदा जो कोहि पनि जना चाहन्छन न कि मै पनि यहाँ व्यस्थापन एकदम फितलो देखियो हुन् त केहि ले अभद्र काम गरे होलान त्यो सबैलाई गलतको घेरामा पनि राख्न हुन्न तर याहा एन आर एन नाम गरेको सास्था को देरै गलत देखिन्छ यो सस्था को काम यस्तै हो दोहोरो नागरिकता को गीत रचेर हिडेका अनि केहि खोक्रो पदका लागि मारी मेट्ने नेपालमा कसैले गन्तीमा नराख्ने व्यक्ति हरुको समुह ले गर्ने काम यस्तै हो

  19. रबिजी को लेख बुझ्ने लाई श्रीखण्ड नबुझ्ने लाई खुर्पा को बिड हो |निशुल्क पाएको टिकट त्यो माथि पनि महंगा उपहारहरु अनि के चाहियो हाम्रा दाजुभाई हरु लाई ? लोभ को रयाल चुहाउदै पशु सरह अनियन्त्रित भइ हुलदंगा गर्ने आफुहरु कतार पुलिस को गोदाई खाने आफुहरु अनि दोष ब्यबस्थापन लाई ? अनि दोष रबिजी को लेख लाई ? रबिजी ले त सो स्थान मा देखेका यथार्थ कुरा हरु लेखि नेपालीहरु लाई भबिष्य को लागि सचेत गराउनु नेपाली को बिरुद्ध मा लाग्नु हो र ? कति साथी हरुले त गल्ति बाट पाठ सिक्न छोडेर अमेरिका र बेलायत मा पनि यस्तो भएको थियो भनेर आफुहरु लाई पानी माथि को ओभानो राख्न खोजे नराम्रो काम मा त कति छिटो साथी हरु ले ब्रिटिस र अमेरिकन हरु लाई साझेदारी बनाएका ? तर उनीहरु को लाखौ राम्रा काम हरु को एक छेउ पनि अनुसरण गर्न जानेका छन् नेपाली साथीहरु ले ? सभ्य भएर लाइन मा बसी दिएको टिकट लिएर खेल हेरेको भए न त पुलिस को गोदाई खानु पर्थ्यो न त कुकुरको सहित लखटाई मा पारिन्थ्यो । टिकट नपाएको खण्ड मा या खेल हेर्न नपाए पनि के नै जान्थ्यो र?

  20. अभिबादन नमस्कार एन आर एन ए कतार हालका कार्यकारिणी समितीका साथी हरु । अस्ति मार्च ३० तारिक कतार पुलिस क्लबको आयोजनामा अलसाद स्पोट क्लबमा सम्पन्न फुटबल प्रतियोगितामा नेपाली दर्शकले पाएको समस्या सिधा साधा मजदुर तर्साउन मजदुर माथी कतार पुलिसले बर्साएका लाढी र लगाईका तालिम प्राप्त कुकुर हरु अनि घाइते साथी हरु भागदैडमा झरेर फुटेका मोवाइल चश्मा , अनि खुट्टा बाट फुत्किएर मालिक बिहीन भएका जुत्ता चप्पलको बारेमा बिभिन्न पत्र पत्रिकामा यत्र लेख हरु आउदा पनी हिजो सम्म फेसबुक लाई आफ्नै निजी ओइवसाइड मान्दै एन आर एन ए का कुनै पधाधीकारीले निजी सैचालय बनाउदा पनी प्रचार प्रसार गर्ने एन आर एन कतार किन आज चुप लागेर बसेको छ किन एउटा बिज्ञप्ती निकाल्न सकेको छैन किन पत्रकार र अन्य दर्शक तथा पत्रिका पढनी साथी हरुको जिज्ञासाको उतर दिन सकेको छैन । साथी हरु आफ्नो आँखा बाट झरेको आँसु नुनिलो हुन्छ भन्ने थाहा हुदा हुदै किन आँसु झर्ने बाताबरण बनाउनु भो किन कतारमा रहेका ३०००००–१२९६ = २९८७०४ जना साथी हरु लाई बिश्वास दिलाउने काम गर्न सक्नु भएन जम्मा १२९६ ले मात्र सपोट गर्दा कतारको एन आर एन ए हातिको मुखमा जिरा हुनेछ । एन आर एन ए कतारले आजै बाट बिचार गरौ र कतारमा रहेका सम्पुर्ण नेपाली लाई समेट्दै मन जिन्न सफल हौउ आजै एउटा बिज्ञप्ति निकालेर सम्पुर्ण नेपाली सँग माफी मागौ आफ्नो व्यवस्थापनका कमि कमजोरी औल्याओ र आँखा बाट बगेर गाला सम्म आएको नुनिलो आफ्नो आँसु पखाल्ने काम गरौ । स्मरण रहोस कतार भन्दा बाहिर रहनु भएका साथी हरु लाई १२९६ कतारमा रहेको ३ लाख नेपाली मध्यको पार्षद सख्या हो । धन्यबाद

  21. फोकटमा लाखपति हुने भए पछि को जान्न ? अहिले सबैजना फुर्ति नलगाए हुन्छ .यो समाचार अलि अगाडी थाहा पाएको भए १२ हजार त थोरै हो थाहा पौने सबै पुग्ने थियो .एउटा गाडी मलाई नै पर्छ कि भन्ने थियो..बडा ढुध को ओबनो बन्न खोज्दो रैछ .१६ ओटा कार ,५ ओटा बिके ,३००० ओटा samsung mobile ..अनि को जान्न र ? अन्धो पनि जान्छ हो यस्तो थाहा पायो भने त.रबि भाई चै टिफिन बोकेर बसेको जस्तो छ नी ? त्यो पनि ८ बजे देखिनै….नेपाली को बखान गर्न चुक गरेछु युरोप मा कुनै प्रोग्राम छुट्ला भनेर २/३ दिन अगाडी नै ticket बूकिंगको लागि टेन्ट लगाएर बस्छन..झन् फूटबल final को कुरै नगरौ..भाई अनि दोहा मा खोइ कुकुर पनि पायिन्छार ? मुस्लिम को लागि त कुकुर हराम हो थाहा छ कि छैन भाई. कथा जसरि बंगायेरा लेखे पनि हुन्छ भनेर पत्रकारिता को बेजत नगर है ..लाज मान्न पनि सिक..

  22. नेपाली हरु पनि बादर जस्तै छन् नि टिकेट लिने लाइन मा बस्न त .. नेपाली फिल्म हल मा टिकेट लिदा कस्तो हुन्थ्यो त्यो त पुरा याद छ नि …. तेही चाला गरे होलान बादर हरु ले अनि कुकुर नलगाएर क गर्ने त ! आफ्नो बादर पन देख्नु छैन …. ठिकै गर्यो पुलिस ले .:)

  23. मेरो १३ बर्से कतार बशाईको अनुभब अनुसार, नेपालीहरुलाई आफ्नै बेभाहरले गर्दा हेप्ने गरेको पाइयो / नेपालीहरुलाई लखेटेको यो पहिलो घटना त होइन, धेरै चोटी लखेटियो कति पल्टत त्यो कतारी पुलिसलाई गोर्खालीहरुलाई तह लगाउन धौधौ पनि पर्यो , चाहे त्यो नेपाली चोकमा बाटोसम बग्ने गरि पिसाब फेर्दा होस् या Culture Festival Program मा, अनि नेपाली प्रोग्राम, धेरै चोटी नेपालीहरुलाइ पुलिसले लेखेतेको देखेको छु, यो सबै हुनु भनेको कति नेपालीहरु सिस्टममा बस्न चाहन्दैन र uncivilized बेभाहर गर्न रुचाउन्छ.. कति नेपालीहरुले त काठमाडौँ पनि देख्या छैन होला, सिधै कतार आएको पनि पाइयो, अनि उनिहरुबाट के राम्रो आशा गर्नु, अर्को कुरा NRN को कुरा, NRN भनेको त तेही हुने खाने वर्ग को लागि मात्र हो, उनीहरुको कहाँ त्यो तलोवर्गसम पहुछ छर, ?? त्यो तातो घाममा कामगर्ने नेपाली दाजुभाईहरुलाई NRN भनेको कुन चारको नाम हो भने पनि थाहा छैन, मेरो अनुभबमा NRN भनेको तेही पैसावालाहरुको सगंथान हो जसले तेही गरिब नेपाली कामदारहरुलाई सोसन गरि राखेको देखिन्छन…

  24. यो संसार मा सबै कुरा हरु भेटिएका छन , साचै नै कुरा गर्ने हो भने सबै को लेख मा केहि घत लाग्ने शब्द हरु पनि छन् .समय ले गर्दा कति बेला के हुन्छ भन्न सकिन्दैन .
    कहिँ न कहिँ त कमि जुनै कुरा मा पनि हुन्छ . लेख मा नेपाली को बानि व्योहोरा, लोभ लालच, भाग्य को कुरा , केहि मान्छे लाई र सघ सथा लाई तल माथि , सकरत्माक सुझाब र केहि नेपाली प्रति नकारत्मक शब्द हरु छन् आज देश को बारे मा सोच्ने हो भने वाक्क वाक्क लाग्दो राजनीति छ . नेपाली ले न जाने को र न पुगे को स्थान कम नै होला . देश को कारण ले गर्दा जबरर्दस्त बाहिरिनु परे को छ . केहि लोभ त सबै मा हुन्छ , हामी सधै अरु लाई मात्र भन्छौ तर केहि कुरा त हामि पनि कमि छ नी होइन,खेल हेर्न भनेर गए का दर्शक : सबै को आफ्नो सोच होला . कस्सैलाई मानसिक तन्वाब बाट केहि राहत हुन्छ भनेर गए होलान, कोई दर्सक चिट्टा को लागि गए होलान, कोई दर्शक हरु खेल हेरेर आनद लिन को लागि गए होलान भने कोई दर्शक हरु छुटी को मौका भए को कारण ले साथि भाई सग + आफन्त सग भेट गर्ने भनी गए होलान, किन की सबै को एउटा सोच हुन्न होइन र ? तर अनुशासन त हर कहिँ चाहिन्छ. चाहे खेल हेर्न होस् या केहि पनि काम मा होस् . सबै को लेख ले सबै लाई एक नया पाठ सिकाएको छ . भबिस्य मा सोच सम्झेर काम गर्नु पर्छ.

  25. नेपालिहरूको बेबहार ले गर्दा नै तेस्तो स्थिति भएको होला भन्ने मलाई नि लागि रा छ !! नेपाली ले इज्जत फालेछन कठै…..

    • केही नेपालीको गद्दारीले गर्दा यस्तो भएको हो। आईन्दा यस्तो नहोस्।

  26. १६ वटा कार, ५ वटा स्पोर्ट्स बाइक, ३ हजार सामसुङ टच मोवाईल पुरस्कार, त्यो पनि फ्री टिकटमा ! यति धेरै पुरस्कारहरू दिन सक्नेले आएजति सबैलाई फ्रीमा टिकट बाँडे भइहाल्थ्यो नि । रविजीले उल्लेख गर्नुभएझैं नेपालीहरू नै प्रमुख दर्शक हुँदा रहेछन् त्यहाँका हरेकजसो खेलको, र यस खेलमा १२ हजारजति नेपाली आएका रहेछन्, जबकि स्टेडियमको क्षमता १३५०० रहेछ ।

    यति धेरै पुरस्कार र फ्री टिकट बाँड्नेहरूको फितलो व्यवस्थापनको नतिजा हो यो । भीड आखिर भीड हो, चाहे त्यो नेपालीको होस्, अमेरिकीको होस् वा जापानीको नै किन नहोस् ।

  27. दोर्ण जी नेपालीले देखाएको बेबहार को लेख हो तपाई हावा मा पुष्प जी जस्तो कमेन्ट न गर्नु न ! या लेख मा भन्दा त्या तपाई ले देख्नु परथियो नेपाली को चरित्र बादर जस्तो थियो जसमा कुकुर त के गोलि हान्नु परथियो..

    • निराजनजी,म पनि त्यस घटनाको प्रत्यक्ष्यदर्शी हु। नेपालीले प्रशासनलाई पेलेर किन अगाडि बढे त्यो तपाईलाई पनि थाहा होला। एनआरएन र अन्य सँस्थाका खोल ओढेका र कमाऊ धन्दामा लागेका महान् समाजसेवीहरुले आफन्त र आसेपासेलाई भिडबाट छान्दै घुसाउदै नगरेको भए र भित्रभित्र टिकट नबाडेको भए नेपालीहरुले यो ब्यबहार देखाउने थिएनन् यदि गोली नै हान्नुपर्छ भन्ने तिनीहरुलाई हान्नुपर्छ।

  28. यो एउटा यथार्थतामा आधारित लेख हो यहाँ लेखकको कुनै दोष देख्दिन म , दोष दिनु पर्छ त त्यहाँ NRNA बाट खटिएका स्वयमसेवक भनाउदालाइ दिनु पर्छ जसले जिम्मेवारी बहन गर्न सकेनन , आफन्तलाई टिकट दिदै भित्र हुले , आमन्त्रित दर्सकलाई खेदाउन कट्टु मुत्दै पुलिसलाई उक्साएर आफु ठुलो बन्न खोजे / दोष दिएर पाठ सिकाउनु पर्छ त ति दर्शकलाई सिकाउनु पर्छ जो दर्शकले आफ्नो स्वावलम्वन र इमान्दारिताको रेखालाई नाघ्न खोजे / हो हामी पनि १० जना साथीहरु प्रचारबाजी बमोजिम र एउटा खेल प्रेमी भएको हैसितले नै त्यहा खेल हेर्न र भाग्य परिक्षण गर्न नगएका हैनौ तर त्यहाको वातावरण , व्यवस्थापन , अनि स्वयम्सेवकको व्यवहारलाइ मुल्यांग्कन गर्दै बाहिरै बाट फरकै फर्केको थियौ तर अरु धेरै जसो साथीहरुले चाही किन त्यहाँ पस्न लाई रगत नै छादुला जस्तो गर्नु भा होला !!! हामी नेपालीको व्यहोरा त त्यो हैन तर खै के देखाउनु खोज्नु भा हो त्यो बुझ्न पनि सकिएन / आखिर कुकुरले खेददा, दंठी खादा जुत्ता चापल मोबाइलको समेत प्रवाह नगरी भाग्नु पर्दा हामी बहादुरी गोर्खे नेपालीको पहिचान कता मोडिन खोज्यो त्यो पनि अनुमान गर्न सकिएन / बाध्यता र विबस्ताले जकडिएका हामी नेपाली परदेशमा गुलामी गर्नु परे पनि आफ्नो कर्तब्य र अनुशासनमा अरु देशका नागरिक भन्दा माथि नै छौ / आफु भित्र को बहादुरिपनालाई जस्तो अवस्थामा पनि भुल्न नचाहने हामीमा तेस्तो थिचो मिचो हेपाइलाई सहदै त्यो जाबो फुटवल नै हेर्नु पर्ने कुन बाध्यता थियो र !
    मत भन्छु कि एउटा लेखकले सत्यताको धरातलमा रहेर आफ्नो लेख मार्फत त्यहाँ भित्रको यथार्थतालाई चिर्न सक्छ भने तेस्ता लेख र लेखकलाई सधै स्वागत गर्नु पर्छ / हार्दिक स्वागत छ रबि जी तपाइलाई र तपाइको लेखलाई !!

  29. मलाई लाग्छ तीनै पार्टी दोषी छन्
    १. एन आर एन को कुरै नगरौं| यसको न कुनै ल्याकत छ, न औकात् , न कुनै हैसियत| दोहोरो नागरिकता हैन दोहरो जिब्रो छ| युएन, विश्वविद्यालय र सरकारी जागिरको सिलसिलामा त्यसलाई भरयांग बनाएर एन आर एन को पलिटिक्स गर्न खोज्नेहरुको हविगत भए नेपाल अहिले किन यस्तो खोक्रो हुने थियो र अरबमा यतिका हाम्रा मान्छे ओइरिन पर्थ्यो र? एन आर एन संग जे जोडिएको हुन्छ त्यसलाई नकारौं| काम भन्दा बढी प्रचार प्रसार चाहिने एन आर एन को मुख्य लक्ष दोहोरो नागरिकता हो रे तर काम चै दोहोरि गाउने हो|
    २. दोस्रो दोषी हो नेपाली जनताको भेंडा व्यवहार | अरे भाई हो, विदेशमा छौ, केही त् सिक| खुन, पसिना र मेहनत लाएर घरमा पैसा ल्याउने बाहेक व्यवहार पनि सिक| कति नेपालीको बद्नाम गर्छौ? एयरपोर्टदेखि जहाजमा अनि बसेको ठाउँमा पनि| भाते भारतीयको लाममा नबस्ने र अर्काको पालो काट्ने चिर स्थापित संस्कृतिको किन देखा सिकी गर्छौ? केही राम्रो कुरा पनि सिक र गाउँ घरमा लैजाऊ| मान्छु, सबै त्यस्तो नहोला तर धेरैजसोको ताल र चाल कस्तो छ भने हुल बाँधे पछी टुंडिखेलको जात्रा देखाउन तयार भैहाल्छन| चेप्टो थेप्चो चुच्चो जे भए पनि नेपालीको नाक राख परदेशमा| कतारको स्टेडियमको व्यवहारले नेपालीलाई लज्जित बनाएको छ| मान या नमान, दोष यो हाम्रै हो| बीरेन्द्र र ज्ञानेन्द्र चौपाया बन्न ठाडै अस्वीकार गरे पनि कुनै दिन गिरिजाको भेंडा बन्यौ होला, एमालेको पुच्छर समातेर त्यो कुन जन्तु हो त्यो समेत थाहै नपाई लहै लहैमा लागेर टायर बाल्यौ होला वा जिन्दाबाद मुर्दाबाद लगायौ होला, प्रचण्डको ताली बजाउने ब्रिगेड थियौ होला र फेरी एक दिन सबै संग दिक्क लागेर कुन वाध्यताले श्रम मेहनत गर्न जल्दो बल्दो गर्मीमा अरब भौंतारियौ होला| तर साथी, केही बुझौ र केही सिकौ| हातमा मोवाईल लिएर मात्र केही नापिदैन, स्कुल र कलेजको डिग्री पनि सबै थोक हैन| गाउँ घरमा पँधेरामा पानी खान खोज्दा कसरी एकले अर्कोलाई आदर गरिन्छ, कसैलाई कुनै चीज दिंदा कसरी दाहिने हातमा राखेर सो हात अघि सारेर दाहिने हातको कुइनामा बाँया हत्केलो अडाएर मान सहित दिईन्छ, बस त्यही परम्परा, व्यवहार र आदर्शलाई जंही गए पनि अघि सारे पुग्छ| हामी मेहनत मजदुरी गरे पनि स्वाभिमानी छौ, अनुशासन प्रिय छौ, अरुको आदर गर्छौ र अरुबाट पनि त्यही अपेक्षा राख्नु स्वाभाविक हो| ल त् देखाऔ बहादुरहरु हो!
    ३. अब आएर आयोजक दोषी हुन्| कतार र अरबका बारेमा जति कम भन्यो उति राम्रो| सीएनएन को फरिद जाकारियाले भने अनुसार तेल नभएको भए बंगलादेश देश भन्दा पनि खत्तम हुने थियो रे| अरु सब काम बाहिरबाट आएकाहरुले बढ़ा चुस्ती र फुर्ति साथ् गरिदिन्छन तर एयरपोर्टको अध्यागमन भने उनीहरुले गर्छन र देखि हाल्नु भएको होला ढिला सुस्ती र असहायपन| न आएको भए पनि हुन्थ्यो जस्तो अनुहार गर्छन|
    रबिजी लाई धन्यवाद!

  30. कतार पुलिस क्लबको रोमान्चक फाईनल खेल र निशुल्क प्रवेश भनेर नेपाली मिडिया लगायत सबैतिर प्रचारप्रसार गरिएपछि म पनि एक फुटबल खेल प्रेमी भएकोले रंगशालामा पुगे। म त्यहाँ पुग्दा लगभग दुई हजार नेपाली भेला भैसकेका थिए पछि अन्य नेपालीहरु थपिए र लगभग पाच/छ हजार नेपाली भेला भए। अब्यबस्थित लाईन र भिड बढेपछि म भिडबाट बाहिर निस्किएँ र प्रशासनसँग टिकट पाईने ठाउँको बारेमा जानकारी माग्दा सबै टिकट सकिएको र नेपालीको लागि छुट्याईएको दुई हजार फ्रि टिकट मात्र बाकी रहेको जानकारी पाएँ। सिमित टिकट र उर्लिएको भिड देख्दा टिकट पाउने सम्भावना निकै कम थियो त्यसैले म लाईनमा नबसी साईडमा उभिएँ। यसैबीच प्रशासनले सबैलाई लाईनमा आउन उदधोष गर्यो र अगाडि रहेकाहरुलाई एक-एक प्रवेश गराउदै थियो यसैबीच नेपाली सँस्थाका स्वमंसेबकहरुले भिडबाट आफ्नो साथीहरुलाई छानीछानी प्रवेश गरायो त्यो देखेर अन्यले पछाडिबाट धकेल्न थाले र सबै एकैसाथ जादा प्रशासनको घेरा तोडियो र सबै रंगशाला परिसरमा पुगे। त्यसपछि प्रशासनले दंगा प्रहरी लगायत सबै सुरक्षा निकाय सहित वारुण यन्त्र र कुकुर लगायत थुप्रै सुरक्षाकर्मी परिचालन गर्यो र पुलिसले भिडलाई लखेट्न थाल्यो भिड्मा किचिएर केही घाईते भए। केहीवेर पछि फेरि पुलिसले घेरा बनाएर एकसय जति मानिसलाई प्रवेश गरायो तीनपटक गरेर जम्मा तीन/चार सयलाई प्रवेश दिईयो र टिकट सकिएको जानकारी दिईयो।

    यस घटनामा कहाँ कसको कमजोरी?
    १ सिमित सिट र असिमित भिड।
    २ पहिले आउनेलाई पहिलो प्रवेशको ब्यबस्था नहुनु।
    ३ एनआरएन लगाएत नेपाली सँस्था भनाउदाहरुले स्वयंसेवकको नाममा मनोमानी गर्नु जस्तो: आफ्नो मान्छेलाई भिडबाट छानीछानी प्रवेश गराउनु।
    ४ उपहारसहितको फ्रि टिकट भनेर प्रचार गर्दै भित्र-भित्र ब्याल्कमा टिकट बेचेर कमाउने नेपाली सँस्थाहरुका केही ब्याक्तिहरुको कर्तुत।
    ५ सुरक्षा घेरा तोडेर प्रशानलाई चुनौती दिनु।

    हामीले सिक्नुपर्ने केही कुरा:
    १ एनआरएन लगायत नेपाली सँघसँस्थाहरु सामेल भएको कार्यक्रम बहिस्कार गर्नुपर्छ। यिनीहरुकै कारणले गर्दा नेपालीको बेईज्जत भएको हो।
    २ नेपाली संघसँस्थाका स्वयंसेबक भनाउदाहरुले आफ्नो मान्छेलाई छानी-छानी प्रवेश गराएपनि हामीले सुरक्षा घेरालाई तोड्नुहुदैनथ्यो यहाँको नियमलाई पालन गर्नु हाम्रो कर्तब्य हो।
    ३ हामी आफ्नो पौरख गरेर खाने नेपाली हौ। कसैले दिएको निशुल्क टिकट र उपहारको लालीपपमा नभुलौ।
    ४ कसैको लहलहैमा नलागौ।

    सहमत भए हरियो नभए रातो।

  31. सबभन्दा पहिले त हामी सबै नेपालीले हामी कतिको (अ)सभ्य छौं भन्ने त सोच्नै पर्छ, स्वदेशमा होस् या विदेशमा। काठमाडौंको सडकमा सवारी चलाउने, मोटरसाइकल चलाउने, पैदल हिंड्ने सबैलाई हेरे पुग्छ हामी कहाँ छौं भन्ने कुरो। सभ्यताको कुरामा फुस्रो राष्ट्रवाद जगाउन मात्र थाल्ने हो भने हामी कहिल्यै उँभो लाग्दैनौं। त्यही भएर हामी नेपाली असभ्य भएको तथ्यलाई सहर्ष स्वीकार गरी सभ्य बन्ने प्रयास गरौं। अनि मात्र श्री पशुपतिनाथले सबैको कल्याण गर्नेछन्।

  32. द्रोणजी को कमेन्ट मा मेरो पूर्ण समर्थन छ | रबिजी ले घटना को बारेमा त लेख्नु भो तर एकतर्फी भएर अनि आफ्नै नेपाली समुदायलाई नीचा देखाउने गरि लेख लेख्नु भाको छ | लेखककै सब्दमा “आखिर नेपाली न हुन साझ ५ बजे भनिएको खेल मा बिहान ८ बजे नै टिफिन क्यारी मा खान प्याक गरेर पुगिसकेका थिए ” के २/४ जना नेपाली ले तेसो गरे भन्दै मा सबै नेपालीलाई समट्ने गरि दोष लाउन मिल्छ ? तपाई चाही कति बजे पुग्नु भाको थियो नि ?? महिनै अघि देखि हरेक साता नेपाली पत्रिकामा बिशेस महत्वका साथ फूटबल हेर्न भन्दा पनि पुरस्कारलाई बढी महत्व दिएर नेपाली दर्सकलाई उत्तेजित अनि लोभ्याउने काम गरियो | अनि कसलाई रहर तथा आशा हुदैन र सित्तैमा गेम पनि हेर्न पाइने र भाग्य दरो भएमा दरो पुरस्कार पनि हात लाग्ने भनेर आखिर कसलाई धनको लोभ हुदैन र ? आखिर तपाई पनि तेही उदेश्य का साथ तेहा उपस्थित हुनु भाको थियो होला हैन रबिजी ? अब कुरा आयो सभ्य र असभ्यको – सभ्य तरिकाले लाइन मा बसेको नेपालीहरुलाई समयमै प्राप्त भएको फ्री टिकट उपलब्ध गराउदै भित्र पसाउदै गरेको भए र फ्री टिकट सकिए पछी किनेर हेर्ने सिस्टम गरिएको भए हुल्दुन्गा भिडभाड साएद हुने थिएन | येस्मा एन . आर . एन को सबै भन्दा ठुलो गल्ति देख्छु म यो घटना निम्तिनुमा- राम्रो संग समन्वय गर्न नसक्नु , अनुमानित भिड अनि दर्शक को मुल्यांकन गर्न नसक्नु , अनि अतिरन्जित प्रचारबाजी नै यो घटना को मूल कारण हो | धन देख्दा महादेवका त तीन नेत्र हामी त सामान्य मानिस हौ | लोभ देखायो भए नभएको अनि दर्सक नओईरियेर के ओईरिन्छ त | आफ्नो देशको भलिबल को म्याचमा तेस्मा पनि केहि पुरस्कारै नहुदा त तेत्रो दर्सक ओईरियेर ठाउको आभाबले गर्दा अर्कै ठुलो ठाउमा सार्नु परेको थियो येहा त दुनिया भरको लोभ देखाइएको छ | यो घटनामा पूर्ण रुपले एन . आर . एन दोषी छ उसको फितलो समन्वयले गर्दा नै धेरै नेपालीले कुटाई अनि कुकुरको खेदाई सहनु परेको हो | अब आइन्दा एस्तो घटना नहोस चाहिने भन्दा धेरै कुनै पनि कुराको प्रचारबाजी नहोस र कुनै पनि ईभेंटको राम्रो र बेबस्थित कसरि हुन्छ र बनाउन सकिन्छ भनेर सबै सम्बन्धित पक्षले विचार गरेर मात्र अघि बढौ , फेरी पनि कुनै एउटा नेपालीले कुटाई अनि बेइजत सहनु नपरोस र असभ्य भनेर भनिनु नपरोस…अस्तु !!!

    • प्रधान जी
      तपाइले भने जस्तो “२/४ जना नेपालीले गरे भन्दैमा सबैलाई मुछ्न मिल्छ”? भन्ने कुरामा म सहमत छैन | किन कि सबै भन्दा पहिला आफु कुन धर्तिमा छु | देशमा छु कि विदेशमा छु त्यो कुरा बुज्नु पर्ने हुन्छ | देशमा हुँदा तपाईले गरेका हरेक गल्ति ले तपाईको घरका प्रत्येक मान्यजनहरु को जसरि लाज ले गर्धन निहुरिन्छ त्यसरी नै प्रबासमा हुने या गर्ने नेपालीहरु को गल्ति ले नेपालको शिर झुक्ने गर्दछ |
      हेर्नुस कुरा २, ४ जना को मात्र होइन १ जना नै काफी हुन्छ बदनाम गराउन | त्यो प्रबास हो नेपाल होइन | नेपाल भएको भए पो फलानो को छोरो ,भाई, भतिज,या खुद आफ्नै नामले चिनिएर आफ्नो या परिवारको बद्नाम हुन्थ्यो तर त्यो विदेशमा नत तपाइको परिवारलाई कसैले चिन्छ नत तपाइको गाउँ लाई | त्यसैले तपाई लाई कसैले यदि चिन्छ भने कि नेपाली कि नेपाल भनेर नै चिन्छ साथी | त्यसैले २,४ जना भनेर कुनै पनि नेपाली ले उम्किन नखोजे हुन्छ | अमेरिका मा दावा शेर्पा लामाले बच्चा जन्माएर कन्टेनर मा फ्याल्दा बच्चा प्रहरीले फेला पारि उपचार गर्ने क्रममा मर्न पुग्यो | पछि बच्चा फाल्ने दावालाई अदालत ले १० वर्ष को जेल सजाय र सजाय पुरा भए पछि “नेपाल” डिपोर्ट गर्ने फैसला गर्यो | अमेरिकामा नै बसेकी दावा कि आमाको जिम्मा लगाउने किन भनेन? जुनबेशी गाबिस ,सोलुखुम्बु डिपोर्ट गर्ने किन भनेन? “नेपाल” नै डिपोर्ट गर्ने किन भन्यो? देख्नु भयो यसरि जोडिएको छ प्रबासी (तपाइको सब्दमा २, ४ जना) नेपालीको नाम नेपाल सित | जब हामी नेपालीहरु प्रबास मा हुन्छौ तब सम्म हाम्रो प्रत्येक क्रियाकलाप नेपाल को इज्जत सित जोडिएको हुन्छ | सिंगो नेपाल सित जोडिएको हुन्छ | नहुनु गल्ति भइसके पछि गल्ति बाट पाठ सिक्ने हो | आज २,४ जना अरुले गरेको त हो नी मलाई किन मुछ्ने? भन्ने, अनि भोलि तपाई लगाएत २,४ जना ले गर्लान अनि हिजो गर्नेले त्यहि भन्लान, यसरि पन्छिने भन्दा पनि भोलिको दिनमा यस्ता गल्तिहरु नहोस भनि सचेत पो हुने हो त होइन र ? आखिर गल्ति जसले गरे पनि कतार मा बस्ने सबै नेपाली हरु नै मुछिनु भयो नी साथी कि कसो? कतार को पुलिस ले डन्डा नेपालीहरु लाई नै हानेको हो क्यारे रामे ,श्यामे, हरि सुबास लाई हानेको होइन | कुकुर लगाएर लखेटे को नेपालीहरु लाई नै हो क्यारे संकर ,शिव, सुरेश र दिनेश लाई होइन | र समाचार हेर्दा पनि नेपाली र नेपाल को नाम उल्लेख छ कुनै व्यक्ति को नाम होइन | देश गरिब छ तर पनि नेपाली हरु इमान्दारी ,अनुशासन र मेहनत ई गुणहरु का धनि छन् भन्ने कुरा कहिले देखाउने होला है? हाम्रो सबै भन्दा ठुलो धन र पहिचान नै यहि हो अब यो पनि हामी नेपाली ले देखाउन नसके हामी सित अरु के छ र देखाउन ?
      अनि अर्को कुरा “एकातिर केहि नेपाली दाजुभाईहरु भने आफ्नो हातमा भएको मुठीका मुठी निशुल्क प्राप्त टिकटहरु नेपालीहरुलाई नै ५० रियाल सम्म बेचीरहेको लाजमर्दो दृश्य पनि देखिईरहेको थियो”
      मन नै खिन्न भयो यो लाइन पढ्दा त | यहि माई संसार मार्फत खाडी मा बस्नु हुने नेपालीहरु ले नेपालका नेता र कर्मचारीहरु लाई भ्रष्टाचार गरे भनेर जन्म देखि को बल लगाएर गाली गरेको हजारौ पटक त मैले नै पढेको छु अनि त्यसरी गाली गर्नेहरु नै निशुल्क पाएको टिकट नेपाली लाई नै पैसामा बेच्नु के यो चै भ्रष्टाचार होइन र ? भ्रष्टाचार कहिले पनि सानो र ठुलो हुन्न भ्रष्टाचार भनेको मानिस को मन भित्रको कुनियत हो त्यसैले नेपालीहरु ले भ्रष्टाचार बिरुद्ध लड्ने हो भने नेता र कर्मचारीहरु लाई गाली गर्दैमा केहि पनि हुन्न | मौका पाउदा त कसैले पनि नछोड्ने रहेछ नी त | नियत त आखिरमा सबैको एउटै त रहेछ नी | हाम्रो देश मा मात्र होइन बिश्वमा नै भ्रस्टाचार यो बेला खत्तम हुन्छ जुन बेला मान्छे ले आफ्नो भ्रष्ट मन माथि विजय हासिल गर्छ | यानी कि भ्रस्टाचार बिरुद्ध को लडाई हरेक नेपालीले आफै बाट सुरु गर्नु पर्छ |

  33. यो सबै घटनाक्रम लोभ ले लाभ ,लाभ ले बिलाप भनेजस्तै हो /बिगत का ठुला खेलहरुमा दर्शक नपाएर अन्तराष्ट्रिय जगतको नजरमा नकारात्मक संदेश नपुगेको पनि होइन / २०२२ को वोर्ल्ड कप मा दर्शक कसरि बढाउन सकिन्छ त भनि गरिएको रिहर्सल मा सोझा नेपाली दर्सक फसेका पो हुन् कि कलाई के थाह ?अब सबै नेपाली दाजुभाई लाई चेतना भया………/

  34. रबि जी ले गर्नु भएको कुरा सहि हो ! यहाँ नेपाली हरु नै यस्ता किसिमका पाइन्छन ! जे देख्नु भयो त्यहि लेख्नु भएको छ !

    हिजो सायद एन आर एन का मान्छे हुनु पर्छा मेरो बिचारमा कोहि कोहि चिर परिचित पनि देखिन्थे , नेपाली भान्सा घरको अघि उभिएर कसैले जे मन लग्यो त्यहि लेख्ने भन्ने किसिमको कुरा गर्दै थे त कोहि सहि लेख्यो भन्दै थिए ! बास्तबमा त्याहाको जुन माहोल थियो नेपाली र नेपालीहरु माथि गरिएका दुर्ब्यबाहार त्यो रबि जी ले जस्ताको तेस्तै उतार्नु भएको छ !

    यो कुरा जसलाई मन पर्दैन डीसलाइक गरे पनि केहि हुनेवाला छैन ………

  35. हामी सबै नेपाली भेडा,स्याल, ब्वासो मात्रै भयेउ , सब्भ्य हुन कहिले सकेनौ / सानै देखि भेडा हुने सिक्षा पायेउ/
    बास्तव मा हामी आर्थिक रुपले दरिद्र छैनौ , हामी मानसिक रुपले चाही पुरै दरिद्र छौ/ कति गरिब छ हाम्रो दिमाग………/ नेपाली हरु संसार को जुनसुकै देश गए पनि येस्तई दरिद्रपन देखौछन/
    झन् २/४ अक्षर पढेको छ भने त अरुलाई मान्छे गन्दैन/ अनपढ नेपाली भन्दा मलाई त पढे लेखेको नेपाली झन् danger लाग्छ / तिनी हरु अति नै तल्लो दर्जा का, पशु सरह हुन्छन/ उनि हरु को मानसिक दरिद्रताको वर्णन गर्न नै सकिदैन /

  36. यो नेपाली हरु को परिचय हो. नेपाली हरु जता छन एक न एक उपद्रो गरेकै छन्. नेपाली हरुमा नैतिकता भन्ने पत्तकई छैन…..यिनी हरुलाई लौराले हैन सिस्नु पानी ले हान्नु पर्थ्यो…………सभ्य भएर हेरेको भए इन लाई कसले के गर्थ्यो र ?

  37. मा यो कुरामा एकदम सहमत छैन त्यो दिनको लागि नपाली छारा भयो भन्नु एकदम गलत हो एदी कसैले तपाइलाई राम्रो कुराको आस्वासन दिन्छ भने तेह सबैले रयाल छोड्नु सोभाबिक हो र अर्को कुरा सबै पुरस्कार जितौला भनेर गयका पनि होइनन होला हामी नेपाली मा पनि फूटबल पार्टीको मोह छ मैले ३० मार्च मा देखे अनुसार त्यो POOLISH CLUB ले त्यो दिनमा राम्रो संग बेबस्थापानी गर्न नसक्नु हो किनकी NEWS PAPER लेखे अनुसार TIME TO TIME टिकेट बितरण गर्न सकेको भय तेस्तो घटना हुने थियन र अर्को कुरा हाम्रो NEWSPAPER का साथीले पनि हामीलाई निकै राम्रो साग बुर्बग बनायको पाय मैले येस्मा खेल हेर्न जाने दर्सक को कुनै गल्ति देख्दिन सबै गल्ति बेबस्थापन गर्न नसक्ने त्यो पूलिश क्लब को हो|

    • अनि ब्यबस्थापन राम्रो थिएन भने त फर्केर पो आउने त हुलदंगा गर्ने हो त ? तपाई भोक ले रन्थनिएर होटेल मा जादा होटेल बन्द रहेछ भने के होटेल फोडेर भित्र भएका खाने कुरा खानु हुन्छ कि लुरु लुरु आफ्नो घर तिर फर्किनु हुन्छ?

  38. दुख पाईस मंगले आफ्नै ढंगले | सभ्य भएर प्रस्तुत हुन पर्यो नेपाली दाजु भाई दिदि बैनी हरु नत्र हेर्नुस त तपाई हरु को जनाबार जस्तो बेबहार ले जनाबार भन्दा तलको बेबहार पाउनु भयो | दुखः छ सुन्दपानी |

    • नरेश जी,, तपाई कसलाई जनावर भन्दै हुन्छ ? तपाई कुन देश को जनावर ? यो त्यहाँ जाने नेपालीहरुको कमजोरी होइन,, यो त प्रचार गर्ने अनि व्यस्थापन गर्न नसक्ने नेपाली नाम का दलाल अनि पुलिस कलब को लाचारीपन होइनर ?? तपाई लाई फ्री मा कसैले केहि सामान दिन्छु भयो भने तपाई त्येसको लागि पुग्नु कमजोरी होकी,, दिन्छु भनेर लखेट्ने को कमजोरी ?????????????? महासयले अलिकति सोचेर मात्रै कमेन्ट दिदा कस्तो होला ????

      • अर्जुन जी
        मलाई त तपाई पो जनाबार को नाइके जस्तो लग्यो | नेपाली दाजु भाई हरु सभ्य बन्नु पर्यो भन्ने कुरा कसरी नराम्रो हुन्छ ? दोष जति अन्तै थोपर्ने तपाइको सोच परिबर्तन गर्नुस | आफ्ना कु कर्म लुकाएर तेस्लाई नाई प्रोत्साहन गर्ने कसरि नेपाली हुन्छ ? तेस्तो त नेपाली को नाम देखाएर राष्ट्र को बेईज्जत् गर्ने बुवासा हुन् | सच्चा नेपाली ले त रास्ट्रको इज्जत बढाउन सभ्य सिल बेबहार गर्छन | नकी हुल दंगा इत्यादी | नरेश जी को कमेन्ट को सार लाई बुझ्न नसक्नु तपाइको सारै नाई कमजोरी लाग्यो मलाई |

  39. रवि जी लेख पढियो , अन्तमा खुसि वा दुख जस्तो महशुश भएपनि देखेको कुरा हु-बहु लेख्नु भएकोमा सलाम छ तपाइको लेखलाई ! आगामी दिनहरुमा हामि स्वाभिमान नेपालीहरुले कसैको आव्हानलाई सजिलै स्विकार्नु नहुने , सारा प्रवासी नेपालीहरुको छानो NRNA बाट स्वयंसेवकको तक्मा भिरेर जानेहरुले आफ्नो जिम्मेवारी बहन गर्ने सक्नुपर्ने र कुनै पनि कार्यक्रम गर्नु अघि पुर्वतयारी तथा ब्यवस्थापन पक्षलाई बिशेष ध्यान दिन सक्नु पर्ने जस्ता कुराहरुको पाठ सिकाउनु भएकोमा धन्यवाद !!!

  40. ticket फोकटमा त्यो पनि पुरस्कार सहित अरु के चाहियो र भेंडाहरुलाई …………..

  41. हेल्लो रवि जि, लेख पढियो अन्तमा खुसि वा दुख जस्तो महशुश भए पनि देखेको कुरा हु-बहु जस्ताको तस्तै लेखिदिनु भएकोमा सलाम छ तपाईलाई ! आगामि दिनहरुमा हामि स्वाभिमान नेपालिहरुले कसैको आवहानलाई सजिलै स्विकार्न नहुने, सारा प्रवाशि नेपालिहरुको छानो NRNA बाट स्वयमसेवकको तक्मा भिर्नेहरुले आफ्नो जिम्मेवारि बहन गर्न सक्नु पर्ने तथा कुनै पनि कार्यक्रम गर्नु अघि पुर्वतयारि र ब्यावस्थापन पक्षमा बिशेष ध्यान दिनु पर्ने जस्ता कुराहरुको सन्देश दिनुभएकोमा धन्यवाद !!!

  42. सबै कुरा बुज्दा यस्तो लागो कि जहाँ एन आर एन ….तिया प्रोब्लेम ..फ्री टिकेट सबै आफ्नै आफन्त आफ्नै चिनेजानेका ….तियो पुरानो बनि हो…यसको जीमा ..एन आर एन …. दोहा कतार ….मै हु भने हरुले लिनु पर्छ…. फेरी यस्तो न होस्…

  43. खेल हेर्नकै लागि भन्दा पनि एक ठुलो लालचले त्यहाँ पुगेका थिय साथीहरु, Because, the organizer was offering many prizes like cars, laptop, & mobiles.

    Once I reached there suddenly got afraid with crowed of Nepalese men, they were making the impression almost worst, that would certainly lead to lathicharge and pani ko phohora. I immediately ran away to my apartment.

  44. रबि जी
    तपाइको आफ्नै जाति नेपालि प्रति अलि नकारात्मक सोच भएको पाए मैले ?तेस्को उदाहरण तपाइकै सब्द मार्फत म गर्छु |माफ गर्नु होला |
    ”मान्छे ले सकेसम्म सभ्य बन्नु ,भलादमी बन्नु बा कहिले काही चाहिने भन्दा भलादमी
    बन्न खोज्नु जायज हो , तर अनिवार्यता हैन जस्तो लाग्छ | अरुको नक्कल गर्दैमा होला र को जस्तो बन्न खोज्ने ?जापनिज ,अमेरिकन को जस्तो ?
    मूल कुरा चै आफ्नो काम मेहेनत पुर्बक गर्न पर्यो |
    चाइनिज कति चुथिया हुन्छ ?तेस्तै बिहारी ,उनीहरु आफ्नो मेहेनत ले कहा पुगिसक्यो ?

    प्रसंग खेल कुद प्रदर्शन मा अभद्रता को कुरा छ ,के तपाईलाई नेपालि को ब्यबहार संसार को सभ्य भनिने बेलायति ले लिभरपुल गेम मा देखाउने ब्यबहार ,द्नगा,फसाद भन्दा पनि
    असभ्य लाग्यो ? तेस्तै खेलकुद को दौरान दर्सक उत्तेजित हुने ,हाना हान गर्ने अमेरिका को गेम मा पनि यदा कदा हुन्छ |म लाइ लाग छ जहा पनि हुन्छ |
    स्वभावैले विनोदी , फुर्तिला नेपालि किन अछुतो रहन्छ ??”
    तपाइकै सब्द हरु हेर्नुस
    ”आखिर यस फुटबल खेलमा नेपाली दर्शकको मोह र चासो बढ्नुको कारण के थियो त? यदि कारण थियो भने एउटै मात्र थियो। करिव २ हजार नेपाली दर्शकलाई निशुल्क प्रवेश टिकट तथा टिकटमा १६ वटा कार, ५ वटा स्पोर्ट्स बाईक, ३ हजार सामसुङ टच मोवाईल लगायत अन्य भारी पुरस्कारको प्रचारवाजीको साथ निमन्त्रणा गरिएको थियो।”’

    फेरी लेख्नु भो
    ‘कतारका खेल आयोजकले दर्शकलाई खेल हेर्न लोभ्याउन भारी पुरस्कारको घोषणा गरिदिएपछि नेपाली दर्शकहरुले पनि गति छाड्दै विहान ८ बजे देखि नै स्टेडियमको परिसर बाहिर बस्नु स्वभाविकै थियो। कार पुरस्कार परिहाल्छ कि भन्ने लोभले गति छोडेका नेपाली दर्शकहरुलाई ”

    ”के नेपालि तेती गिरेको हुन्छ ,१-२ जना होला ,के सबै तेस्तो होला ??”

    हेर्न जाने दर्सक के कस्तो होला त्यो चै थाह भएँन ,तपाईमा आफ्नै नेपालि दाजुभाई प्रति
    नकारात्मक सोच पाए मैले |
    रिसानी माफ होस् |

    • रबि जी को लेख ले नेपाली प्रति नकारात्मक सोच बनाएको जस्तो मलाई लाग्दैन/द्रोण जी ले प्रस्तुस गर्नु भएको उदाहरण प्रसङ्ग संग मिल्दो छैन/खेल को दौरान,संसारमा सब भन्दा झगडालु दर्शक बेलायतीलाई लाइ लै मानिन्छ,तेस्तै तपाइले नै भनेको अमेरिकनहरु पनि तेस्तै होलान,ति सबै प्यारापेट मा पुगेर खेल सुरु हुदा को स्थिति हो….

      रबिजीले, भित्र छिर्दा/लाइनमा बस्दा नेपालीहरुले संयम नभई, जुन खालका अभद्र व्यवहार देखाए त्यसको बाबजुत पुलिस ले बल प्रयोग गर्नु पर्यो भन्न खोज्नु भएको हो/ कतारमा यो भन्दा अघि पनि धेरै चोटी पुलिस ले नेपाली को भिड लाइ लखेटेको उदाहरणहरु छन्// बर्जित गरिएको ठाउँ मा भिडभाड गर्ने ,पिशाब गर्ने,पान/सुर्ती खाएर जता सुकै थुक्नेमा नेपालीहरु निक्कै अगाडी छन् कतारमा ///
      सत्यलाइ लुकाउनु हुदैन द्रोणजी …रबि जी ले जस्तै बेला बेला मा बाहिर ल्याउनु पर्छ यस्ता कुरा ..अनि मात्र सुधार को आशा राख्न सकिन्छ ///
      रबिजीले एस लेखमा नेपाली प्रति नकारात्मक सोच राखेको देखिदैन…नेपालीभित्र भएको बिकृति औलाइ दिनुभएको मात्र हो जुन एकदम स्वागत योग्य छ…….///

      “ठिक” चिन्ह को आशा मात्र गरेर कमेन्ट नगरौ,गहिराईमा पुग्यौं पहिला, भन्ने मेरो आशय छ ……………… धन्यवाद

      • मिलन जी
        रबि जी सग पहिले नै माफी मागिसके |मूल कुरा सायद उहाले यथार्थता मात्र पस्कन खोज्नुभएको हो |
        केही सब्द हरुले नेपालि लाइ लालची र धेरै असभ्य देखाउन खोजेको जस्तो लागेकोले
        अलि आपत्ति जनाएको हो |

        रातो र हरियो चिन्ह को लागि हैन |रातो लगाए पनि हुन्छ केहि छैन |

  45. नेपाली हरु पछिल्लो समय मा सारै छाडा र अनुसाशन हीन भएका छन्, बेलैमा सचेत नभएमा झन् बेइज्जत भईन्छ, बेलैमा सबैलाई चेतना भया….

  46. आखिर जात जनएरै छाडे हाम्रो हाम्रा साथी हरु ले
    होइन यिनका घैटो मा कैले घाम लाग्ने हो

    • धेरै साथीहरुले कमेन्ट मा लेख्नु भएको छ
      नेपालीहरुले जात जनएरै छाडे
      जात कसले जनायो ?
      खेल हेर्न जाने दर्सक ले या टिकट वितरण गर्न बसेका (बेबस्थापन का ) व्यक्तिले ?

      जो बेबस्थापन टिकट बाड्न बसेका थिए उसको लापरबाहीले गर्दा कतार मा नेपालीहरु प्रति तेस्तो दुर्ब्यबहार भए को जस्तो मलाई लग्यो .आफन्त र चिनजान को मान्छे लाइ मात्र टिकट दिनु पक्कै पनि न्याए संगत होइन . जात त तेस्ले जनायो जो टिकट वितरण मा बसेका थिए कि कसो ?
      र अर्को कुरा नेपालीहरु प्रति तेसरी दुर्व्यहार हुदा पनि मुक दर्सक बनेर बस्ने एन आर एन (कतार ) लाइ धिक्कार छ .

  47. हामी नेपाली गरिब भएर दरिद्र बनेउ कि असिक्छित भएर ??
    के हामीमा साँची नै नैतिकता हराई सकेको हो त ?
    कतारमा मात्रै होइन जुन सुकै ठाउमा पनि असभ्येको परकास्त देख्न सकिन्छ !

  48. बाबु बाघ र छोरा डमरु संग खेल्ने बिर नेपाली आज यी हलाल का देशमा कुकुर को खेदाईमा …..सारै दुख लाग्यो…..
    के गर्ने मलिलो माटो छाडेर…… हलालका मरुभूमिमा……बुल सेठ!!!!!
    देश कै माटोमा काम गर्ने इच्छा हुँदा माओबादीले खेदाईमा पर्यो……..आज आयोजकको गल्ति ले कुकुरको!……माओबादी र कुकुर उस्तै उस्तै हुन् नानी!!!

    निद्रोष दाजु भाईले लाठो र हेपाई खानु …..फेरी उही हरिबंश दाईको गाना याद आयो!!!

    गाई त बाँध्यो ढुङ्ग्रोमा खोल्दिने कोइ छैन………!!!
    गरिब को चमेली बोल्दिने कोइछैन………………..!!!

  49. नेपालीहरू पनि गोर्खे पारा देखाइहाल्छन् अनि बेकारमा लफडामा फस्छन !!
    कतार प्रहरीको कर्तव्य भनेको आफ्नो देशमा अराजक गतिबिधि र हुलदंगा हुन नदिनु पनि हो , काबु बाहिरको परिस्थिति सिर्जना भएपछी कुकुर र लट्ठी त के त्यो भन्दा अर्को अस्त्र पनि प्रयोग हुन सक्थ्यो !!
    अब संयमित हुन पनि सिक्नुपर्छ हामी नेपालीहरूले !!!

  50. आफ्नो जन्म भुमी छाडी बिदेश पलायन भएको मान्छेमा केही सोच्ने सक्त्ती त हुनु पर्यो नी | खासमा पुरस्कारको पछाडी लागे जस्तो देखियो यहा अनि तपाइले भने जस्तो एन आर एन को भूमीका सुन्य हुनु त राम्रो भएन नी हैन ? नेपाली हरु जहा पुगे पनी अरुले प्रयोग गर्छन अनि नेपाली हरु किन जहा पनि गिर्ने काम मात्र गर्छन | आमाको लाम्टोले भएन अब बाउको घुड़ो चुसेर के हुन्छ खै कुरा बुझेको ? तपाइँ हरुको त्यो हर्कतले अरु ३ लाख नेपालीको शाखमा दाग लगाउने काम भयो यो राम्रो भएन अब देखी सोच्ने हो की ?

  51. सायद म गलत हुन सक्छु, तर कतार पुलिस ले ठिकै गरेछ चाहे जुन सुकै देशका नागरिक हुन् ! अनुशाशनको पराकाष्ठा नाघेर अभद्रता देखाउन नेपाल मा मात्र छुट छ बिकसित देश मा छैन भन्ने बुज्नु जरुरि छ ! अज ५० रियलमा निसुल्क टिकट बेचेको सुन्दा एकदम नराम्रो लग्यो ! बस्तामा हामी सम्मानका लाएक रहेनछौ !

  52. हा..हा..हा..हा…दह्रो भेटेछन् गोर्खेहरुले !! ऐया…ऐया..

    च्व: च्व: ………….सित्तैमा पायो भने “अलकत्रा खाएर मट्टीतेलले कुल्ला गर्ने” बानी त्याग गर्ने हो कि भेंडे बुद्धिवाला भाईहरु…अलिकति सभ्य हुन सिकम न हो भाइ हो 🙁 🙁

    यो घटनाले एउटा पुरानो चर्चित कविताको शिर्षक याद आयो, “प्रभु, मलाई भेंडो बनाऊ” !!

  53. यहाको लेख साँच्चै राम्रो लाग्यो जे जस्ता त्यहाँ दृश्यहरु देखियो त्यहिँ लेख्नु भएछ तर गम्भीर घाइते नै भएको चाँही जानकारीमा आएको छैन ! वास्तवमा एक किसिमले त्यो दिन कतारका प्रवासी नेपालीहरुको लागि ऐतिहासिक पनि भयो! स्थानीय खेलकुद बिभागले सधै उपेक्षा गरेको कतारमा दोस्रो ठुलो नेपाली समुदायमा खेलकुद प्रतिको चासो कत्तिको छ भन्ने कुरा अब मात्र बुझेको छ ! जे होस् अब चाही नेपालीहरुको लागि पनि बिभागले किही गर्ला! आगामी दिनहरुमा कतारका नेपाली जो आफुलाई खेलकुदको ठेकेदार सम्झन्छन तिनीहरुले यो घटना बाट पाठ चाँही अवस्य सिक्नु पर्छ सबैलाई चेतना भया !

  54. गरिब नेपाली हरु पैसा कमाउन भनेर आएका छन्! कतै भाग्य बलियो भए त्यो पनि खेल हेरी हेरी केहि पाइन्छ भने किन न जाने भनि धेरै गए तर दुर्भाग्य यो नतिजा आयो! आइन्दा कुनै पनि नेपाली पत्र पत्रिका, सामाजिक संजाल वा सुचना निकाल्नु भन्दा अगाडी एक हजार पटक सोचेर मात्र खबर गर्नु होला संचारका मित्र हरुले ! नेपाली मित्र हरु आखिर घाम पनि न भनि मजदुरी गरि नै रहेका छौ भने किन प्रलोवन मा पर्ने हौ! त्यो पनि जाबो एउटा संस्थानको खेल मा…कत्तिना आफ्नै देसको खेल भएजत्तिकै !!!

  55. जंगल !! लुटतन्त्र, भिडतन्त्र अनि जंगल !!! कुकुर लगायर खेदियाछ र लौरो पनि ठोकियेछ ! नेताहरुको लुटतन्त्र र तिनका जनताहरुको भिडतन्त्र ! अनुसाशन कुन चरीको नाम हो कसले सिकाउने ? उफ, जंगल !!!!

  56. यो लेखमा सबै सहि सत्यता छ तर अझै अपुग समाचार हुदा अझै दर्शकको पुरै गल्ति होकी भन्ने भान हुन्छ …२५०० फ्री टिकेट एन आर एन लाइ जिम्मा दिएको थियो त्यो टिकेट सबै आफ्नै आफन्त आफ्नै चिनेजानेका कम्पनि हरुमा पहिलेई बाँडीसकेको थियो ८ बजे बाट लाइन लाग्न बस्नेहरुको केहि भ्यालु थिएन …..कान्तिपुर राजधानीले समाचार प्रकाशित गरेजस्तो उपहारहरु पनि थिएन उपहार जम्मा २३ जनालाई मात्र थियो ….नत अगाडी आउनेलाई फ्री टिकेटको व्यवस्था नै थियो यसमा शतप्रतिशत एन आर एन र कान्तिपुर राजधानीको गल्ति छ ….त्यहाको स्थिति हेर्दा दर्शकलाई कसरि व्यवस्था गर्ने भन्ने तरिका पटक्कै नजानेको भान भैरहन्थ्यो दर्शकहरु तछाडमछाड गर्नमै बेस्त देखिन्थे किनकि ब्यबस्थापन राम्रो भएपो दर्शकहरु आरामले बस्छन ……अब फेरी यस्तै गरि कुनै खेल भएछ भने यस्ता बकम्फुसे कुराको पछि नलाग्दा सबैको भलो हुन्छ कान्तिपुर राजधानी र एन आर एन को त अब नाम लिन पनि मन छैन ….अन्तमा कान्तिपुर राजधानीलाई ३१७२ उपहार राखिएको छ भनि जानकारी दिएर समाचार प्रकाशित गरेको थियो भने कान्तिपुर राजधानीको पटक्कै गल्ति छैन यदि २३ उपहार थियो भनेर जानकारी दिदादिदै पनि दर्शक तान्ने हेतुले ३१७२ भनि प्रकाशित गरेको हो भने कति गल्ति होला आफै अनुमान लगाउनुहोस ….

  57. नेपाली को जात.. थुइक्क…. लाजमर्दो… नेपाल को बेइज्जत….

  58. नेपाली हौं र नेपाली पन छ हामीमा । समाचार पढ्दै जाँदा मनमा लाज्, आशहज्ता,गरीबि अनि बैदेसिक हेपाहा व्यबहार आम नेपालीको मगज्मा उब्जिँदो हो र मलाई पनि त्यस्तै लाग्यो । यहाँ एउटै कारण हुन सक्दैन यो काण्ड मच्चिनुमा ।
    कारण १: अरुलाई दोस् दिनु अघी हामी आँफैलाई हेरौ, हामी नेपालीहरु जहाँ गएपनि
    असभ्यता देखाउन अनि उपद्रो गर्न र झै झगडा गर्न सदा अग्रसर नै हुनछौं ।
    कारण २: जो जो अनि ज-जस्को जस्तो सुकै व्यबहार होस्, कतार प्रहरिलाई नियन्त्रण गर्ने आदेश आएपछि उनिहरुले आफ्नो जिम्मेवार पुरा गरे, दुर्भाग्यबस् नेपाली पर्न गयो ।
    (अझ नेपाल प्रहरिको हातमा परेको भए ३ जना घाइते हैन कति जन के के हुन्थे आँफै बिचार गरौं ।)
    कारण ३: त्यहाँ जम्मा भएक सबै नेपाली दाजु-भाइहरु पक्कै फुट्बल को ठुलो फ्य!न भएर उपस्थित हुनुभएका थिएनन होला, उपहारको प्रलोभनमा पनि जानुभयो होला धेरै । कान छम्नु छैन कागको पछाडि दगुर्नु भनेझै कुरै नबुझी त्यसरी बाक्लो उपस्थिती जनाउनु कतिको कम्जोरी पनि हुन सक्छ ।
    कारण ४: एन आर एन को कुरा रह्यो, प्रचारबाजी । एन आर एन होस् या कुनै पनि संस्था, यसरी प्रचारबाजी गर्नु अगाबै कति नेपाली जम्मा हुन सक्छ र २००० टिकट (माथि उल्लेख भए अनुसार)भन्दा बढी उपस्थित् भएको खान्डमा के गर्ने केही नसोचिएको देखिन्छ । यो संस्थाको लाहापर्बाही र कम्जोरी हो ।
    अन्त्यमा हामी नेपाली जो जहाँ जसरि रहनु भए पनि अरुको नजरमा आफ्नो कम्जोरी सकेसम्मा नदेखौं आँफै लज्जित हुने कृयाकलाप बाट टाढै रहौं ।अनी पारी अयो भनि हाम्रा पुर्खले जस्तो बल हैन बुद्दिले काम गरौं, यसैमा हामी सबैको भलो हुनेछ ।

Comments are closed.