तीन दलका शीर्ष नेताबीच महत्त्वपूर्ण सहमति

  • जेठ १० गते संविधान जारी हुने

  • जेठ १४ मा प्रधानमन्त्रीको राजीनामा र संविधान सभा भङ्ग

  • मंसिर १५ मा नयाँ निर्वाचन

    चैत मसान्तसम्म लडाकु समायोजन प्रक्रिया सक्ने, सत्‍य निरुपण तथा बेपत्ता छानबिन आयोग गठनबारे सहमति गरिसकेको तीन प्रमुख दलका शीर्ष नेताहरुको आज बसेको बैठकले संविधान निर्माणका विषयमा महत्त्वपूर्ण सहमति गरेको छ। सर्वोच्चको फैसलापछि संविधान सभाको म्याद थप्‍न कानुनी रुपमा बाटो बन्द भएपछि दबाबमा आएका दलहरुले सहमति भइनसकेका विषयहरुमा यथाशीघ्र सहमति खोज्ने गरी निर्धारित समयभन्दा चार दिन अगावै जेठ १० गते संविधान जारी भएको घोषणा गर्न लागेका हुन्।

सिंहदरबारको शान्ति मन्त्रालयमा भएको वार्तापछि नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, ‘नेपाली जनताले अब अन्यौलको अवस्थामा रहिरहनु पर्दैन, हामीले जेठ १० गते नै संविधान जारी गर्ने भएका छौँ।’

त्यसैगरी माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सरकार बनाउनका लागि जेठ १४ गते प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिने र उनकै नेतृत्वमा नयाँ राष्ट्रिय सरकार बनाउन पहल गरिने बताए। एमाले अध्यक्ष झलनाथ खनालले जेठ १४ गते संविधान सभा भङ्ग भएको घोषणा गरिने र मंसिर १५ मा नयाँ संविधान अनुसारको पहिलो निर्वाचन गर्नका लागि निर्वाचन आयोगलाई निर्देशन दिने सहमति भएको बताए।

सहमति के-केमा ?

तीन दलका शीर्ष नेताहरुले सहमति हुन बाँकी रहेका विषयहरुलाई सल्टाउन एउटा उच्चस्तरीय समिति बनाएको छ। दलहरु शासकीय स्वरुपसम्बन्धी विवादमा मिश्रित प्रणाली अपनाउन सहमत भएका छन्। राष्ट्रपति र प्रधानमन्त्रीलाई दिने अधिकार बारे सहमति जुटाउने काम समितिले गर्नेछ।

त्यसैगरी संघीयताको मामिलामा थप सहमति जुटाउन आवश्यक भएको र समय अपुग भएकोले हाललाई ‘संघीयता सुनिश्चित भएको’ संविधान जारी गर्ने र प्रदेशहरुको नामाकरण र सीमाङ्कन निर्वाचनपछिको संसदले गर्ने गरी टुङ्गो लगाउने भएको छ।

तीन दलले बाँकी पार्टीहरुसित वार्ता गर्न पनि एउटा समिति बनाएको छ। समितिले मधेसी मोर्चा लगायत संसदमा भएका अन्य दलहरुसित वार्ता गरी सर्वसम्मत रुपमा जेठ १० गते भित्र संविधान जारी गर्ने सुनिश्चित गर्नेछ।

बैठकपछि जारी प्रेस विज्ञप्ति जस्ताको तस्तै पढ्न यहाँ क्लिक गर्नुस्

.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
पाठकहरु, हामीले चाहेको यस्तै हो। आशा गरौँ, आगामी केही दिनभित्रै हामीले यस्तो समाचार सुन्न पाउने छौँ। अहिलेलाई भने यो अप्रिल फूलको समाचारमा सीमित छ। आजको दिन धेरैले आफ्नै किसिमले अप्रिल फूल मनाए होला। हामी भने यो पालि सकारात्मक समाचार आउने दिनमा सुन्न पाइयोस् भन्ने आशाका साथ यो समाचारमा सीमित रह्यौँ। धन्यवाद !

49 Comments

  1. मलाई त सुरुमा नै headline पढेर अप्रिल फुल हो भन्ने लाएसकेको थियो/ हाम्लाई त १० गते नै आवोस भन्ने लग्छानी तर येस्पलिनी जनतालाई १४ जेठमा फुल नै बनाउने छन् |

  2. ह्या म त साचीकै रहेछ भनेर मक्ख परेर पढीरा ! पढ्दा पढ्दै सपना पनि देख्न थालिसकेको……बिदेशमा बसेर अर्काको काम गरेर महिनाको ३/४ लाख कमाउनु भन्दा त स्वदेशमै शान्त संग ३०/४० हजार कमाउन सकियोस अनि १/२ जनालाई सकेदेखि रोजगारी दिन पनि सकियोस….यति कमाइमा पनि सरकारले केहि मात्रामा कर उठाओस ,संचय कोष पनि काटोस(किन सरकारी कर्मचारीको मात्रै ?हरेक नेपालीले पाउनु पर्यो यो सुबिधा),हुने/सक्ने संग सरकारले जसरि पनि विभिन्न किसिमका कर उठाओस,नसक्ने लाई सरकारले भरिदियोस….जे होस् काम गर्न नसक्ने बुधेश कालको बेलामा सरकार छ भन्ने बिश्वास पनि होस् …..उठाइएका कर १००% सदुपयोग होस् अनि तेस बाट देशमा आर्थिक ,सामाजिक ,शैछिक क्रान्ति होस् अनि सुर्छयाको अनुभूति पनि होस् यस्तै यस्तै …….तर लास्टमा त अप्रिल फूल पो भनिएको रहेछ | अप्रिल फूल नै भएपनि १००% नै सकारात्मक र एकदमै प्रेनादायी छ है |यो ब्लग मा चाही हाम्रा ६०१ सभाषधहरुको पनि नजर परोस |

    • नराम्रो संग ब्युझिएँ एउटा डरलाग्दो बाँदरको बुद्धि आएर घर भत्काउने बाँदरले घर बनाउन लागेको सपना बाट ! धन्य हो मेरो मगज अनि उमेश जी को अप्रिल फुल……

  3. सुपर अप्रिल फुल नराम्रो संग भइयो ! सालोक्य जी नि धोका दिने? धोका दिने लै के भन्नु र खै? कैले कहीं हासीमजाक गर्नु पर्छ! राम्रो जोक !

  4. एक छिन् लै भए पनि मन फुरुङ्ग भयो , मैले त एक मिनेट मा नै के – के कल्पना गरेछु भने देखि अब चै देश सुध्रिने भो अब स – परिवार छिट्टै आफ्नै देश फर्कन्छु भन्ने सोची राखेको हेहेहेहे

  5. भर्खरै प्राप्त समाचार अनुसार :
    मन्त्रि परिषद्को बैठक द्वारा पेट्रोलियम पदार्थको मूल्य मा भारी छुट
    ग्यास को भाउ घटेर 1000 प्रति सिलिन्डर
    पेट्रोल को प्रति लिटर ५५
    डिजेल र मट्टीतेल को रु ३५ कायम भएको छ .

    त्यस्तै हत्याको अभियोग लागेका सभासद बालकृष्ण दुन्गेला लाइ सर्बोच अदालतको आदेश लाइ मान्दै मुधा फिर्ता नलिने निर्णय .

  6. हाँसको , कुखुराको ,परेवाको अप्रिलको रमाईलो अण्डा !
    गुलाबको कमलको सयपत्रीको अप्रिलको सुन्दर अण्डा !!

  7. सालोक्यज्युले आज अप्रिल फुल बनायकोमा त् रमाईलो भयो तर जेठ १० गतेको दिन नेपाली “अप्रिल फुल” बन्न नपरुन/ सालोक्यज्युको ठट्टाको बिकल्प नेताहरु सिट होला जस्तो लाग्दैन/

  8. यो लेख पदिरहादा मनमा खुशी छाएको थियो भने अन्त्यमा हाँसो र नैर्यस्यताको समिश्रण. अनि कमेन्टहरु पड्दा नेता र हामी जनता उस्तै . नेताहरु हतारमा निर्णय गर्छन हामी हतारमा कमेन्ट

  9. एक्कै क्षण् भए पनि आनन्दको अनुभूति पाए 🙂 तर फूल नै भएछु ! हा हा हा ….

  10. नेताहरुले चाही बार्है महिना अप्रिल फूल मनाउनु हुने हाम्ले नहुने? अर्को वर्ष मा पनि येस्तई लेख पढ्न पाईला जस्तो छ इनिहरुको चालमाल अनुसार त .

  11. किन बाबुराम ले राजिनामा दिने ? यिनीहरुले जातियेता को आधार मा नै संघियता बनाउने भए तेसो भए/ अब बर्बत भएन त जातियेता को आधारमा देश टुक्रियो भने त २८% बाहुन र छेत्री के हेरेर बस्लान ? एदी जातियेता को आधार मा देश तुक्रायो भने वा संघियेता दियो भने बोस्निया नहोला भन्न सकिन्न / कसरि जेस्ठ १४ गते यिनले बनाउलान ? हिजो गछादर को सुराच्या गर्दै हेदने गणेश लामा भन्ने खुन्कार ले गर्यो भनेर समाचार पढियो….

  12. अरु माईसंसारका साथीहरुलाई के लाग्यो होला ,मलाई चाही यो अप्रिल फुल को खबर सारैनै राम्रो लागेको छ. किनभने नेता,ब्यापारी,कर्मचारी,म्यान पवोर ,डन,भात्री संस्था इत्यादी ले नेपाली जनतालाई मुर्ख ठानेर जहापनी,जेमापनी लुटी राखेको बेलामा एक मिनेट लाई भए पनि राम्रो खबर (ठट्टा भएपनि ) पढ्न पाउदा,सायद,सायद ,सायद एक दिन नेपाल र नेपालीको उद्धार गर्ने जन्मिछ र आजका सबै भ्रस्टचारीहरु लाई यो संसारबाट निर्मुल गर्नेछ.दिब्य सपना हो तर एकदिन reality हुन्छ हाम्रो नेपालमा,त्यसैले ति सबै भ्रस्टचारीहरु औसधि नखाई सुत्न नसक्ने भएका छन्.

  13. कहिले काही कल्पना पनि साचो हुन् सक्छ !!!!!

  14. आहा !!! एस्तो अप्रिल 1st त सधै आए हुन्थ्यो . एक मिनेटको लागि भएपनि भित्र बाटै आनन्द आएको थियो.

  15. तेती मात्रै कहा हो र, अन्य दलहरुले पनि निम्न निर्णय गरेछन !
    १. माओबादी पार्टीले, सभासद पुलामीलाइ, एस एल सी परिक्षामा जालसाजी गरेको हुनाले, सभासद र पार्टीको साधारण सदस्य समेत बाट निस्कासन गरी, कानुन बमोजिम अन्य कारबाही गर्न प्रसासन संग अनुरोध !
    २. आफ्नो पासपोर्टमा, भिसा समेत नहेरी विदेश जान खोज्ने माओबादी मन्त्री बिस्टले, आफ्नो गल्तीले देशको र नेपाल सरकार बदनाम हुन् गएकोमा दुख मनाउ गर्दै मन्त्री पद बाट नैतिकताको आधारमा राजिनामा !
    ३. माओबादी दलको आन्तरिक किचलोले देश र जनतालाइ दुख पर्न सक्ने भएकोले बैध्य समुह र पुकदा समुहले गर्ने भनेको सबै जनपरिचालन कार्यक्रम फिर्ता…..! पार्टीको धार निर्धारण गर्न र अधक्ष्य चयनको लागि एक महिना भित्रै पार्टी अधिबेशन गर्ने सहमति !
    ४. अक्तियार बाट अदालतमा मुद्दा दायर गरिएका सबै नेपाली कांग्रेसका नेताहरुलाई, आदालती कारबाहीमा प्रभाब पर्न सक्ने हुनाले, मुद्दा खेपिरहेका नेताहरुलाई, मुद्दा टुंगो नलागुन्जेल सम्म, पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय !
    ५. महँगो बंगाला खरिद गरेको स्वीकार्दै, पुकदाले आफ्नो लाजिम्पाटको घर सरकारीकरण गरेको घोसणा !
    ६. प्रधानमन्त्री बाबुराम भट्टराईद्दारा , गृहमन्त्री गच्छदारलाइ निस्कासन र डन गणेश लामा संग मिलोमोतो गरी हफ्ता असुली र अन्य गैर कानुनी कार्यमा संलग्न भन्ने मुद्दा अदालतमा दायर !
    ……अरु पनि धेरै राम्रा निर्णय र कार्य भएका छन ! लेख्दै गरुमला !

  16. संबिधान बनाउन र शान्ति प्रक्रिया टुंगो मा पुग्ने भए पछी किन बाबुराम ले राजिनामा गर्ने? के उनि जनमत नपाएका ब्याक्ति हुन्? के उनको पार्टी ले जनमत पाएको छैन? संबिधान जारि हुने र शान्ति प्रक्रिया टुंगिने भैसके पछी उनको असफलता देखिन्छ? कि प्रम भनेको म्युजिकल चेअर हो जसमा बस्न अरु को पालो आउनु पर्ने? बास्तव मा देश ले संबिधान र स्थिरता प्राप्त गरे पछी प्रम हुनु पर्ने भनेकै बाबुराम हुन् भने किन राजिनामा?

  17. अप्रिल फुलको आडमा मनको लड्डु घिउसंग खुवाउनु भयकोमा धन्यवाद/

  18. हैन कत्रो ठुलो प्रचार गर्या भन्या माइसंसार ले अप्रिल फुल को लागि ?

  19. मलाई पनि अप्रिल फूलनै बनायो ..हाहा सालोक्य जी धन्यवाद …यहाँ कमेन्ट गर्नेहरु शिर्षक मात्र पढेर कमेन्ट गरे जस्तो लागिरहेको छ कृपया ध्यान दिएर पढेर कमेन्ट गर्नुहोस …जय अप्रिल फूल तर अप्रिल फूलले अप्रिय घटना घट्ने किसिमले मान्नु चाही राम्रो होइन …

  20. ए भगवान आज अप्रिल फुल पो ! म त यो खबर पढेर यति खुशी भए कि तर यथार्थ नभएर अप्रिल फुले खबर पो रहेछ ! हेत्तेरिका !

  21. अपडेटः जेठ १४ मा बन्नुपर्ने संबिधान जेठ १० मा बन्ने भएपछि जेठ १४ मा संबिधान बन्छ भनेर बसेका नेपाली जनतालाई सिधै धोका भएको ठहर गर्दै वैद्य पक्ष माअोबादीले सडक अान्दोलनमा जाने चेतावनी दिएको छ ।

    • खोइ हजुर मैले त आजलाई धेरै बुझेन तर आज म पनि थोरै बिश्वस्त भएँ कि ‘ मानिस बाँदर कै बिकशित रुप हो’ भन्नेमा ! आज हाम्रा चैते बाँदरहरु पनि चेतनशील मानिसको रुपमा बिकाश हुने लक्षण ल्याए कि झैं लाग्यो है मलाइ ! तर पनि बाँदर त बाँदर नै हुन्छ, यिनले एउटा बाँदरले अर्को बाँदरलाई झटारो हान्न पुन: जेठ ९ गते राती ११:५९:५९ मा संविधान नामको आफैले बनाएको घरको डांडा-भाटा निकालेर रतौली नखेल्लान भन्ने के आश ? किनकी लैनचौरको दरवारबाट कस्तो बाजा बज्ने हो त्यो पनि त सुन्नु पर्ला, आखिर यी त त्यहींको मदारीले रताएका बाँदर न परे !

    • स्वप्निलजी,
      तपाइँको कुरामा मुके केही भन्ने अनुमति माग्दैछ। भट्टराइजीले राम्रो काम गरिराख्नु भाको कुरामा मेरो पनि फरक मत छैन। राजीनामा किन दिने भन्दा त, तेही त हो नि, फेरी नयाँ सँबिधानपछि तेही सँबिधान अनुसार निर्वाचन भएर सरकार बन्नु परो नि, हैन र?

      बरू पछिको निर्वाचनमा पनि भट्टराइ नै प्रधान मंत्री बन्ने कि नबन्ने भन्ने कुरा को फैसला जनताको बहुमतले गर्ने बरु ती २-४ सय साँसदले नगर्ने प्रथा बने कसो हुँदो होला कुन्नि?

  22. All these comments above show that how much stupid those Maoist supporters are.Writer already said this is just a April fool but they are making comments like it will be happened in next hours and their hero Mr Baburam will loose the job tomorrow.Feel sorry for you guys.

  23. प्रचंडे जी ???? किन प्रधानमन्त्रीले राजिनामा दिने? खुलस्त पारनुस? राम्रो कामगरीराकोलाइ किन राजिनामा दिन्छभन्नु भएको?
    कि राजतन्त्र ल्याउने विचार छ?सम्भिदान बन्ने भएपछी झन् राजिनामा दिनु पर्ने?
    के भट्टराई जी माकुने जस्तो हरोवा मन्त्रि होर?
    जनता ,हामीलाई यही मंत्री ठिकछ,

  24. सत्य कुरा भए त राम्रै हो .. साथी ले अप्रिल फूल पो बनाउनु खोज्नु भाको हो .. कुरा संबेदन सिल छ … पत्याउनु कि नपत्यानु.. भोलि फेरी यो समाचार पद्नु पर्ला जस्तो छ

  25. शुरुमा समाचार पढेर निकै उत्साहित भएको थिएँ,लास्टाँ त अप्रिल फूल पो रहेछ। माईसंसारलाई बधाई छ 🙂

  26. हरेक वर्ष यस्तै अप्रिल फुल मनाऊन पाँऊ!!!!!!!! तथास्तु!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  27. संबिधान बनाउन र शान्ति प्रक्रिया टुंगो मा पुग्ने भए पछी किन बाबुराम ले राजिनामा गर्ने? के उनि जनमत नपाएका ब्याक्ति हुन्? के उनको पार्टी ले जनमत पाएको छैन? संबिधान जारि हुने र शान्ति प्रक्रिया टुंगिने भैसके पछी उनको असफलता देखिन्छ? कि प्रम भनेको म्युजिकल चेअर हो जसमा बस्न अरु को पालो आउनु पर्ने? बास्तव मा देश ले संबिधान र स्थिरता प्राप्त गरे पछी प्रम हुनु पर्ने भनेकै बाबुराम हुन् भने किन राजिनामा?

    • महेश जी:
      १. नेपालमा प्रधानमन्त्री बाबुराम बन्ने कि सिटौला कि सुर्य ब थापा कि प्रचण्ड कि खड्ग ओली भन्ने कुरा त भारतमा निर्भर हुने कुरा रहेछ/ तेसैले अब बाबुराम जी मार्फत जनसेनाको भंग, केहि प्रो-इन्डियन सम्झौतामा दस्तखत र भारतीय-मधेसी लाई नागरिकता दिलाउनु थियो त्यो काम सम्पन्न गरेपछि उनको उपयोगिता समाप्त भो/ महेस जी तपाइँ अझ भ्रम मा हुनुहुदो रहेछ नेपालि ले जितायेपछी चुनाब जित्दैमा नेपालमा प्र. म. हुन पाइन्छ भनेर….!!! बाबुराम जे गर्न गएका हुन् गरे, अब फर्किन्छन/ अब प्रचन्डलाई उपयोग गरेर एकथान वाहियात संबिधान जारी गराउने काममा भारत पुरै लागि परेको छ, हेर्दै जानु होला.. कांग्रेस-एमाले त इंडियाका आफ्ना पुरानै चाकर हुन्/
      २. तर एकदिन नेपाल र नेपालि मुक्त हुने छन् किनकी जन-चेतनाको ग्राफ राम्रोसंग उकालो लागी राख्या छ/

    • अप्रिल फूल जस्तो गरी लेखिएको भए पनि यो लेख सत्य को निकै नजिक छ, हेर्दै जानु होला/

  28. थुक्क बेक्कारमा खुशी भाको । मन परेन यस्तो April Fool, मान्छेको सेन्टिमेन्टसँग खेल्ने ।

  29. धत्तेरिका !!क्या झुक्याउनु भो यार ,साचिकै भनेर पो ध्यान दिएर पढेको |

  30. हा।। हा लाष्टको परिछेद त पढ्नै बिर्सिए छ त हो!!! अप्रिल फुलनै त र’छ नी, थुईक्क म।

  31. उमेश जी।
    अप्रिल फुल मनाउनुभएको होला तपाईले। मलाई त यो समाचार त अप्रिल फुल नै हो जस्तो लाग्यो है, किनकी भर्खरै खबर पाएको चारदलिय बैठक बिना निष्कर्ष टुंगियो भनेर।

    ” शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  32. फेरी प्रधान मन्त्रीलाई किन राजिनामा दिनी पर्यो, देश विकास भएको मन परेन कि के हो?
    बाबु राम परधन मन्त्रि बाट राजिनामा दिनु भनेको देश अन्धकारमा धकेल्नु हो. कि मा कु ने लाइ प्र.मा चाहियो, झलनाथ लाई कि सेरबहादुर लाइ, कि राम्चंद्रे लाइ, कि कुकुर बैधेलाई, कसैले देशको बारेमा सोच्दैन बाबुराम बाहेक. तेसैले यो निर्णय गलत पूर्ण छ.

    • माथि त्यत्रो अप्रिलफुल मनाएको भने पछि पनि ?, हो हो baburam नै हो बाचुन्जेल प्रधानमन्त्री , अब खुस?
      पुरा नपढी, भेडे कमेन्ट.

    • टाइटल मात्र पढेर कमेन्ट गर्दा एस्तो हुन्छा बिचरा……..मदन

      • हाहाहा…… कमल सर….. क्या भन्नु भयो… बिचरा मदन !! हुन पनि हो… टाइटल मात्रै पढेको हो कि ?

        @सालोक्य, तपाई को हरेक सपना सकारात्मक अनि राष्ट्र प्रति उन्मुख विकासवादी प्रगतिवादी संदेशमुलक, चेतना युक्त हरेक ठट्टा र बास्तविकता उत्क्रिस्ता नै छन्… सधै तारिफ गर्न योग्य छन् !!

      • झुक्कियो तर प्रचण्डले जे पनि बोल्ने भएकोले यस्तो हुन् गयो…..

      • कमलजी, आज मलाई एउटा आफ्नो गोप्य सानो गोप्य खोल्न मन लाग्यो; मैले समयाभावको कारणले कतिपय कमेन्टहरू शिर्षक मात्र पढेर पनि दिने गरेको थिए.. धत् धन्न अहिलेसम्म बचेको रहेछु !!

    • मदन जी जस्तै म पनि झन्डै झुकिएको हि हि हि

    • मदन जी ले पनि अप्रिल फूल बनाएको हो कि?

  33. हाहाहा Good News in April Fool..Wish Leaders will not make us April Fool hahah

Comments are closed.