यस्तो पनि छ है- सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचार संहिता


आज बसमा यात्रा गरिरहँदा बजेको चर्को गीत, प्रयोग भएका असभ्य भाषा सुनेर दिक्क लाग्यो। अनि के हाम्रोमा यसलाई रोक्न कुनै नियम कानुनै छैन त जस्तो लाग्यो। खोजी हेरेको त किन नहुनु ? गत जेठमै सार्वजनिक यातायातका लागि एउटा आचार संहिता जारी भएको रहेछ। यो आचार संहिता लागू भए नभएको हेर्नलाई अनुगमन समिति पनि बनेको रहेछ। यो समितिले के गरिरहेको छ, उनीहरु नै जानुन्। आचार संहितामा के छ, त्यो चाहिँ हामी पनि थाहा पाऔँ

१) सार्वजनिक यात्रुवाहक सवारी साधनमा चालक, परिचालकले यात्रुहरुसंग तथा यात्रुहरुले पनि चालक तथा परिचालकसंग शिष्ट तथा सभ्य भाषामा कुराकानी गर्नुपर्नेछ। यात्रुवर्गले
आपसमा कुराकानी गर्दा तथा खास गरी पुरुषहरुले महिलाहरुसंग शिष्ट र सभ्य भाषाको प्रयोग गर्नु पर्नेछ। सवारी भित्र खासगरी महिला बृद्ध तथा बालबालिका मैत्री वातावरण हुनु
पर्नेछ। यस्ता बिषयमा सवारी धनी, सवारी संचालकहरुले कर्मचारीहरुलाई आवश्यक प्रशिक्षण दिने तथा संचेतना बढाउने व्यवस्था मिलाउनु पर्नेछ।

२) महिला तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि आरक्षित सिटमा अनिवार्य रुपमा उनीहरुले नै बस्न पाउनु पर्नेछ। साथै वृद्ध–वृद्धा तथा बिरामीहरु तथा खास गरी गर्भवती महिलाहरुलाई, नावालक सहितका महिलाहरु प्राथमिकताका साथ सिट उपलब्ध गराउनु पर्नेछ। रात्री सेवामा यात्रा गर्ने महिलाहरुलाई प्राथमिकताका साथ महिलासंगैको सिट उपलब्ध गराउनु पर्नेछ।

३) सवारी चालक तथा परिचालकले बाटोमा महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, बिरामी तथा वृद्ध वृद्धाहरुलाई भेटेमा अनिवार्य रुपमा प्राथमिकता साथ सवारी साधनमा यात्रा गराउनु पर्नेछ। बाटोमा यस्ता व्यक्तिहरुले सवारी साधन रोक्न हात उठाएमा, अनिवार्य रुपमा सवारी साधन रोक्नु पर्नेछ।


४) सार्वजनिक यात्रुवाहक सवारी साधन भित्र कसैले पनि धुम्रपान तथा मद्यपान गर्न पाउने छैन। यस्ता सवारी साधनमा अश्लिल, महिला बिरुद्धका उद्दरणहरु लेख्न, लेखाउन तथा अश्लिल चित्र, पोस्टर टाँस्न पाइने छैन्। यस्ता उद्दरणहरु लेखिएको तथा पोस्टरहरु (चित्र समेत) टांसिएको भएमा तुरुन्त मेटाउनु/हटाउनुपर्नेछ।

४.१ यस्ता सवारी साधनमा सार्वजनिक हित जनिने तथा उच्च नैतिकतामुखी तथा महिला हिंसालाई दुरुत्साहित गर्ने उद्दरण लेख्न प्रोत्साहन गरिनेछ। सार्वजनिक सवारी साधन भित्र
कसैले महिलालाई यौन दुर्व्यवहार गरेमा वा गर्न सहयोग गरेमा कानून बमोजिम कारवाही हुनेछ। सवारी साधन भित्र मद्यपान गरेको भेटिएमा प्रहरीले जुनसुकै बखत सवारी साधनबाट बाहिर निकाल्न सक्नेछ।

५) सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न तथा यात्रुहरुका झिटी गुण्टा बाहेक अन्य मालसामान ढुवानी गर्न पाईने छैन। यात्रुहरुको झिटी—गुण्टा कुनै कारणले सवारी साधनमा छुटेमा अविलम्ब यस्ता सामानहरु नजिकको यातायात काउण्टर वा प्रहरी चौकीमा बुझाउनु पर्नेछ र यस्ता कार्यालयहरुले पनि प्राथमिकताका साथ सम्बन्धित व्यक्तिलाई बुझाउने व्यवस्था गर्नुपर्नेछ।

६) चालकले सवारी चलाउदा मोबाईल फोनमा कुराकानी गर्न पाउने छैन। सवारी साधन चलाउँदा चालकले यात्रुहरुसंग कुराकानी गर्न पाउने छैन साथै यात्रुहरुले पनि चालकसंग कुराकानी गर्न पाउने छैनन्। तर सवारी साधन रोकिएको अवस्थामा भने
कुराकानी गर्न कुनै बाधा पर्ने छैन।

७) सार्वजनिक सवारी साधनहरुले जुन रुटमा चल्ने सवारी साधन हो सो रुटको भाडा सबैले देखिने गरि सवारी साधनमा टाँस गरी राख्नु पर्नेछ। नेपाल सरकारद्धारा तोकिएको भन्दा बढी भाडा लिन पाईने छैन

८) सार्वजनिक सवारी साधनले सवारी साधनको दर्ता नम्बर सवारी भित्र सबैले देखिने गरि लेख्नु पर्नेछ।

९) सार्वजनिक यात्रुवाहक सवारी साधन संधै दुरुस्त, सफा तथा यात्रुमैत्री हुनुपर्नेछ तथा सवारी साधनको नियमित चेकजांच तथा मर्मत संभार समेत गरिएको हुनु पर्नेछ। सवारी साधन तोकिएको समयमा तोकिएको स्थानबाट छुट्ने र तोकिएको समयमा तोकिएको स्थान सम्म पुग्ने गरी संचालन गर्नु पर्नेछ।

१०) सार्वजनिक यात्रुवाहक सवारी साधनका चालक तथा परिचालकले सवारीसंग सम्बन्धित कागजात अनिवार्य रुपमा सवारी साधनमा राख्नु पर्नेछ साथै ट्रफिक प्रहरी, यातायात निरिक्षक वा सम्बन्धित निकायबाट मागिएको बखत तुरुन्त उपलब्ध गराउने पर्नेछ। ट्रफिक प्रहरी, यातायात निरिक्षकले सार्वजनिक सवारीका चालक, परिचालक तथा चालक परिचालकले ट्रफिक प्रहरी, यातायात निरिक्षकसंग शिष्ट तथा मर्यादित भाषामा कुराकानी गर्नुपर्नेछ।

११) लामो तथा मध्यम दुरीका सार्वजनिक यात्रुवाहक सवारी साधनले अनिवार्य रुपमा प्राथमिक उपचारका साधन फर्स्ट एड बक्स सवारी साथ राख्नु पर्नेछ।

१२) यात्रुवाहक सार्वजनिक सवारी साधनमा यात्रुहरुलाई चढाउँदा तथा ओराल्दा तोकिएको स्थानमा मात्र ट्रफिक जाम तथा दुर्घटना नहुने गरी, सावधानीपूर्वक चढाउनु तथा ओराल्नु
पर्नेछ। यात्रुहरु पनि लाइन लागेर अनुशासित रुपमा सवारीमा चढ्नु तथा ओर्लनु पर्नेछ।

१३) सार्वजनिक यात्रुवाहक सवारीका चालक तथा परिचालकले अनिवार्य रुपमा परिचयपत्र देखिने गरि झुण्ड्याउनु पर्नेछ।

१४) सार्वजनिक सवारी साधन बाटोमा बिग्रीएमा वा रोकिने अवस्था आएमा यात्रुहरुलाई अलपत्र नहुने गरी वैकल्पिक व्यवस्था गर्नुका साथै यात्रुहरुले मांग गरेमा दामासाहीले भाडा फिर्ता समेत दिनु पर्नेछ।


१५) सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रुहरुलाई बाधा पुग्ने गरी म्युजिक तथा भिडियो सिस्टम चलाउन पाइने छैन।

लैङ्गिक हिंसालाई प्रोत्साहित गर्ने वा महिला वर्गको अपमान हुने खालको गीत, संगित वा भिडियो बजाउन वा संचालन गर्न पाईने छैन।

१६) सार्वजनिक सवारी साधनका चालकले आवश्यक भएमा मात्र हर्नको प्रयोग गर्नु पर्नेछ। हर्न निषेधित क्षेत्रमा हर्नको प्रयोग कुनै पनि हालतमा गर्न पाईने छैन साथै प्रेशर हर्नको प्रयोग दण्डनीय हुनेछ।

१७) सार्वजनिक यातायातमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग गर्न पाइने छैन। यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ।

१८) सार्वजनिक यात्रुवाहक सवारी साधनलाई महिला मैत्री बनाउने सन्दर्भमा यस्ता सवारी साधनमा चालक परिचालक तथा कर्मचारी नियुक्ती गर्दा महिलावर्गलाई प्राथमिकता दिनु पर्नेछ।

लैगिंक हिसा बिरुद्ध र आचार संहिता सम्बन्धमा संचेतना समेत बढाउनु पर्नेछ।

१९) सार्वजनिक सवारी साधन पार्किंग गर्दा निश्चित पाकिङ्ग स्थलमा मात्र पाकिङ्ग गर्नुपर्नेछ।

२०) सार्वजनिक सवारी साधन सम्बन्धी यो आचार संहिताको पालन गर्नु, गराउनु सबैको कर्तब्य हुनेछ।

सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचार संहिता (कार्यान्वयन तथा) अनुगुगमन समिति

सार्वजनिक यातायात आचार संहिता कार्यान्वय तथा अनुगमनका लागि देहाय बमोजिमको समितिहरु रहनेछ।

७.१ केन्द्रिय आचार संहिता (कार्यान्वयन तथा) अनुगमन समिति
निर्देशक (प्रा.), यातायात व्यवस्था विभाग –संयोजक
प्रतिनिधि, नेपाल (ट्राफिक) प्रहरी –सदस्य
प्रतिनिधि, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ –सदस्य
प्रनिनिधिहरु विभिन्न यातायात मजदुर संघ/संगठनहरु –सदस्य
प्रतिनिधि, राष्ट्रिय महिला आयोग –सदस्य
शाखा अधिकृत (प्रशासन), यातायात व्यवस्था विभाग –सदस्य सचिव

७.२ अंचंचलस्तरीय आचार संहिता (कार्यान्वयन तथा) अनुगमन समिति (प्रत्येक अंचलमा)
अधिकृत (प्र.), यातायात व्यवस्था कार्यालय –संयोजक
अधिकृत, यातायात व्यवस्था कार्यालय –सदस्य
प्रतिनिधि, नेपाल (ट्रफिक) प्रहरी –सदस्य
अंचल संयोजक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ–सदस्य
अधिकृत, महिला तथा बालबालिका कार्यालय –सदस्य
(यातायात व्यवस्था कार्यालय रहेको जिल्लाको
प्रनिनिधिहरु विभिन्न यातायात मजदुर संघ/संगठनहरु –सदस्य
शाखा अधिकृत/ना.सु, (प्र.), या.व्य. कार्यालय –सदस्य सचिव

[सार्वजनिक यातायात चढ्दाका तपाईँका पनि तीतामीठा अनुभव भए तल कमेन्टमा लेखेर सबैलाई सुनाउनुस् ल ! ]

27 Comments

  1. सम्बिदान बनाउन छाडेर आन्दोलन के को लागि के अब पनि जनताले साथ देलान भनेर होला तर जनताले कमरेड मोहन राम बहादुर सी ,पी लाई पार्टी फुटाएर हैन जुटाएर अघि बड्नोस अहिले पार्टी एक हुने समयमा अनेक थरि दोस बाबुराम र प्रचण्ड को हैन तपैहरु को हो यो कुरा बुजी दिन हामी हरुको बिनम्र ताका सात आग्हर छ हामी हरु दुबई लुलुमा काम गर्ने सबै साथी को सुजाब छ दिल बहादुर नेपाली लुलु हायपेर मार्केट अल वर्षा दुबइ

  2. नेपाल एउटामात्र देश हो जहाँ नियम कानुन बन्छन तर लागु हुदैन्न भने आचार संहिताको त कुरै नगरौ । नेपालको पुलिस संसारको सबै देशको भन्दा भष्टाचारीछ पलिसबाट हुने भ्रष्टाचार रोक्न सके मात्र आचार-संहिता लागु हुन्छ नत्र पुलिसलाई यो सहिता पनि खान सहयोगी हुनेछ । काठमाण्डौबाट पर्वतसम्म मोवाईलमा कुरा गर्दै गाडि हाक्ने डाईवरछन । मिनि बसमा ५० जना यात्रु चडानेछन खोई त आचर संहिता ति माथि लागेको ।

  3. हिजै मात्र चितवन बाट काठमाडौँ आको, राजमार्ग मा ट्राफिक पुलिस को अनुगमन होला सायद गाडी रोक्यो “कागज पत्र ठिक छ?”-ट्राफिक ,”ठिक छ सर”-चालक… कन्डक्टर दौडी कन बाटो छेउ को बार मा मुख छोपिने गरि पत्रिका पढेको कला देखाई रहेको ट्राफिक पुलिस सम्म पुग्यो कन्डक्टरको हात मुठी बाधिएको थियो पत्रिका को माथि पुगेर मुठी खुल्यो, गाडी ले जाने अनुमति पायो पत्रिका धारी ट्राफिक येस्सो जिउ तन्काको जस्तो गर्दा दाईने हात पाईन्ट को बगली मा थियो दृश्य ओजेल भो मैले कन्डक्टर को मुख मा हेरे फिस्स हास्यो लिप प्रिन्ट बाट भद्दा गाली बुझे आबाज चै आएन संगै सिट मा दिदि र भान्जा संगै थिए म…….काठमाडौँ मा आचारसंहिता लागु भाको रेछ……

  4. धेरै नियम कानुन अनि थोरै कार्यन्वयन हुने, शक्ति को दुरुपयोग गर्ने र सक्षमलाई अक्षम बनाइदिने परिपाटी, धेरै चिन्ता भएका तर कत्ति पनि चिन्तन नभएका प्रशाशकहरु को यो नियम कानुन उनीहरुकै कमाइ खाने भाँडो हो, जहाबाट जसले जतिसुकै आलोचना गरोस सबै खेप्न तयार छन् तर सत्य यहि हो न यो देशमा यति छिट्टै नियम कानुन बन्छ ? न भएको नियम र कानुनलाई यति छिट्टै कार्यन्वयन गर्न कोहि तत्पर हुने नै छन् | “काग कराउदै गर्छ, पिना सुक्दै गर्छ” कानुन बन्दै गर्छ, कार्यान्वन होस् नहोस बाल मतलब ?

  5. १२/ १५ घण्टा उभिएर लामो यात्रा गर्न/ गराउन बाध्य यात्रु / सवारी मालिक को बारेमा यहाँ कुरो आएन जस्तो लाग्यो !!! भोक र यात्राको थकाइले चुर भएका बेला एउटा मात्र होटल भएको ठाउमा २० / २५ मिनेट को मात्र समय दिएर महगो मुल्यमा स्वाद न ब्याद्को बासि खानेकुरा खान बाध्य परिने बिचरा यात्रु हरुको बारेमा अलि अलि त् बोलौ यार !!

  6. देश हाक्ने नेताहरुको त यो दशा छ भने गाडी हाक्ने ड्राइभर बाट कति आश गर्नु/

  7. * केन्द्रिय आचार संहिता (कार्यान्वयन तथा) अनुगमन समितिका सबैको नामावली पनि प्रकाशित गर्न पाए थुक्न हुन्थ्यो !!
    के गरि बस्छन यिनीहरू ???
    (कति भलाकुसारी मात्र लेख्नु आज मा कामको कुरा लेख्छु !!)
    “मलाई ३० दिनको लागि अनुगमन गर्ने अधिकार दिएर सजाएको लागि सहयोग गर्न सिताराम हाछेथु र रमेश खरेल जस्तो प्रहरी अधिकृतको साथ् पाए भने म भोलि नै नेपालको टिकट काटेर नेपाल आइ ३० दिनको दैनिक ७ घण्टा स्थलगत अनुगमन गरेको रिपोर्ट बुझाई सुधारको अनुभूति नै गराइदिने थिए /”

    -मलाइ तलव इत्यादि केहि चाहिदैन / मेरो यो च्यालेन्ज गृह मंत्री र यातायात व्यवस्था विभागको निर्देशकलाइ हो !! कोहि छ, यो च्यालेन्ज मंत्री समक्ष पुर्याउने ??????

  8. मेरो देस नेपालका बासिन्दाहरु अरुलाई सिकाउने तर आफै नसिक्ने भएर एस्तो “बहादुर” भएको हो एसमा म पनि पर्छु यदि हामि नेपालीहरुमा मानबिय भावाना भएको भए, कम्तिमा अरुको हित गर्दा आफ्नो पनि हित नै हुन्छ र अरुलाई होच्याउदा, घृणा, गर्दा आफु ठुलो हुदिन भन्ने कुरा बुझ्न सके
    यो मानब रुपी जनावर जस्तो बिबेकहिन जीवन देख्नु पर्ने थिएन.

  9. सालोक्य जी, यो त बिहान देखि पढ्न थालो भने भातै खाने बेला पो हुने रहेछ अनि काम चाही कुन बेला गर्नु ?नियम लामो भएर होला नि नेपाल का चालक अनि सहचालक ले लागु गर्न नसकेका /नियम प्रकासन गरेर दाम झावाम पार्न पल्किएका हाम्रा नीति निर्माता हरु लाई त के को मतलब?

  10. एकपटक चक्रपथको माइक्रोमा आएर सानो भरेंगमा झरें / सहचालकलाई धन्यवाद भाइ भनेको त “पैसा तिरेकै छ केको धन्यवाद नि?” पो भन्छन त / धन्यवाद दिंदा पनि ग्रहण गर्ने सम्म को शिष्टता छैन हो !!! यिनलाई कसरि सिकाउने सदाचार ?

    • कृष्ण जी, तपाईं लाई जस्तै मलाई पनि भएको थियो, एकपटक taxi मा चढेको, taxi driver लाई ‘ धन्यबाद’ भनेको त, ‘मेरो काम taxi चलाउने हो, तपाईं को काम पैसा तिर्ने हो, धन्यबाद भन्नु पर्दैन’ रे!!! Shocking !!!!!

  11. सोलोक्य जी,हाम्रो देस किन बिग्रिएको भनि हामीमा अनुसाशन नै छैन..नीति ,नियम ,कानुन बन्छ तर पालना गर्न हामीलाई सारै गार्हो,न सम्बन्धित निकाय ले नियम पालना गर्छ न त हामी जनता ले..अरुलाई सम्मान दिन र अनुशान मा रहेर काम नगरे सम्म येस्तै हो….

  12. सबैभन्दा त मा अवक भएको कुरा… झुटो बोलेर गाडी मा चदाउछ्न तेस्पछी भाडा मा एकरूपता हुदैन….. मान्छे को सोझोपन को मोल गर्छन, मनपरी गीत बजाएर बोर गर्छन, सिट एकछिन मा मिल्छा भन्दा भन्दै ओर्लने बेला हुन्छ. समान को सुरक्षा हुदैन…. भदा मात्र लिन्छन, तेस्को सेवा की छैन !! लुटेरा जत्तिकै हुन्छन यिनीहरु….. २% चै राम्रा चालक हरू पनि छन्…. यात्रु को मर्म बुज्छन तर तेतिले हामीलाई पुग्दैन !!!

  13. हाम्रा नेताहरुले बर्सको ३६५ दिन नै अप्रिल फुल भनठान्छन कि क्या हो । नियम र कानून बनाउने पालना गर्नु गराउनु नपर्ने?
    बिचरा डाइभर दाइ र खलासी भाइलाई यस्ता नियम र कानून कसरि थाहा पाउन? थाहा पाउन त कि कसैले सिकाउन पर्यो कि आफै सिक्ने क्षमता हुनुपर्यो । क ख ग राम्ररी पढ्न नजान्ने खलासी कान्छाले येतिबिधि लामो नियम कसरि पढोस र बुझोस् र नि?

  14. होइन नेपाल मा कुन चाही नियम अथवा कानुन पालना गर्छन र मा प से अहिले आएको छ तर कुन चाही चालक ले मजाले नखाई गाडी चलाउछ र भन्या अनि टाई शुट लगाएर भलाद्मी त छ तर त्यहाँ एउटा बुडी बजु आयो भने त्यो भलाद्मी मान्छे ले सिट छाड्ने होइन

  15. एस्तो नियम कानून त कति हो कति नेपालमा ..
    यो सेवाग्राहीलाई सुबिधा दिने भन्दापनि पुलिस र अरु कर्मचारीलाई पैसाको लागि मोलतोल गर्न मात्र सहयोगी भा छ ..

    ** केहि मुख्य बुधाहरु छुटेछ :

    २१) कुनै पनि सार्बजनिक यातायातको(निजि होइन) चालक हुन कमसेकम ५ वर्ष पुरानो सवारी चालक अनुमतिपत्र बाहक हुनु पर्ने छ , र सार्बजनिक यातायात चलाउनलाई सरकारबाट अलग अनुमति लिनु पर्ने छ .. १० भन्दा बदी यात्रु छ्यामताका सवारी चालक हुन १० वर्ष सानो सवारी चलाएको अनुभब भएको र ३० वर्ष उमेर पुगेको परिपक्व हुनु पर्नेछ .. कुनै पनि व्यक्तिलाई एकै चोटी ठुला सवारी चालक अनुमतिपत्र दिएने छैन , सानो सवारीको अनुमतिपत्र लिएको ५ वर्ष पछि मात्र उक्त सुबिधा मिल्ने छ .. यम्बुलेंस चलाउन बिसेस तालिम लिएको हुने पर्ने छ र राज्यले एस्तो तालिमको बेबस्ता गर्ने छ ..
    २२) सार्बजनिक यातायातका चालक , सहचालक र अन्य कर्मचारी कमसेकम १० कछ्या उत्रिन्न हुनुपर्ने र उनिहरुले निश्चित ड्रेस लगाउनु पर्ने र सिस्ट भाषा बोल्ने तालिम लिएको हुनु पर्ने छ ..
    २३) लामो र मध्यमदुरीको यात्रालाई आरामदाई र यात्रु मैत्री बनाउन प्रतेक २०-३० किमी दुरीमा पानीको सहज बेबस्ता सहित महिला पुरुषको लागि अलग अलग सार्बजनिक सौचालय निर्माद गरिने छ र यात्रुले भनेको बेलामा उक्त इस्थानमा सवारी अनिबार्य रोक्नु पर्ने छ ..
    २४ यो सब अनुगमन गर्नु पर्ने जिम्मेवारी पाएका व्यक्तिले अनुगमन नगरी आफ्नो कर्तब्यबाट च्युत भै सेवाग्राहीलाई सास्ती(गादिवालालाई मस्ती) हुने गरि आफ्नो कर्तब्य पालना नगरेमा निजलाई आजीवन सरकारी नोकरीमा अयोग्य हुने गरि तु-बर्खास्त गरिनेछ साथै यी नियम पालना नगर्ने सवारी साधनको सवारी अनुमति पत्र खारेज गरि सवारी साधननै राज्यले जफत गर्ने छ …

    बाकी थप्दै जानुष …

  16. व्यक्ति अथवा ब्यापारीहरुले नाफा कमाउनको लागि खोलेका यातायात (सेवा) बाट यस्तो अचार संहिताको सम्मान किन गर्ने? नेपालमा नियम कानून मान्ने मान्छे लाई हेप्ने चलन छ अथवा उ स्वयम्ले हिनताबोध गर्दछ. जसले नियम उल्लङ्घन गर्दछ उसले अभिमानको अनुभूति गर्दछ.
    यदि नेपालमा सच्चा (सार्बजनिक) यातायात सेवा = जनताको सेयरबाट चलेका, नाफा व्यक्तिको होइन संस्थामा जाने भएका, कर्मचारीको भर्ना प्रक्रिया र योग्यताको आधारमा हुने भएपो कम्प्लेन गर्नु. मैले आफ्नो पैसा लगाएको, बिग्रे मैले नै बनाउनु पर्छ, परिवार बिरामी भए औषधि गर्न पनि पैसा जम्मा गर्ने पर्यो. अर्को ब्यापारी संग (नाफाको तुलनामा) कम्पिटिसन गर्नै पर्यो, बेला बेला मा घुस दिने पर्यो.
    सिन्डिकेट सिस्टम भएको ले, यात्रु हरु जे गरे पनि चढ़नइ पर्ने बाध्यता छदाछदै किन सुबिधा दिनु म मुर्ख छु र फोकट मा आफ्नो नाफा घटाउन लाइ?

  17. अनुगमन समिति भन्ने पनि रहेछ, साह्रै हासो लाग्यो। हि हि हि हि हु हु हु हु………

  18. नेपाल मा सवारी साधन मा यात्रा गर्दा को अनुभव त सबै लाई राम्ररी नै थाहा छ तर मा यता को अनुभव सुनाउन चाहन्छु , लामो रुट को सार्बजनिक सवारी साधन यात्रा गर्नका लागि गाडी चड्दा main ढोका मा ड्राइभर ले सबै यात्रु लाई शिष्ट भाषामा (नमस्ते) गर्दै स्वागत गर्दो रैछ अनि यात्रु पनि आ-आफ्नो सिट नम्बर गएर बसी सबैले अनिवार्य सिट बेल्ट बाध्नै पर्दो रैछ , त्यसपछि गाडी हिड्न सुरु गर्दा स्क्रीन मा यात्रा सम्बन्धि छोटो जानकारी पनि दिइदोरैछ ,अनि यात्रु पनि कति सभ्य भन्या कसै संग बोल्नु पर्यो भने पनि सासै सास मा बोले जस्तो लाग्ने,तेही पनि खासै कसै संग कोहि नबोल्ने , प्राय सबले कान मा इअर फोन लागेर मस्त आ-आफ्नै धुन मा … गन्तब्य मा पुगी सकेपछि चाही सबै आफ्नो सिट नम्बर अनुसार उठेर बल्ल जाने …र ढोका मा फेरी चालक ले यात्रु लाई हाम्रो सवारी मा यात्रा गरिदिनु भएको मा धेरै धेरै धन्यवाद अनि राम्ररी जानु होला भन्दै ढोग्ने(नमस्ते जस्तै) अनि सबै यात्रु हरु ले पनि चालक लाई सुरक्षित साथ गन्तव्य मा पुरैदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै जादा रैछन भन्या ….. जुन मैले पनि गरे ……..अनि त्यति बेला सोची हाल्छु नेपाल को बारेमा….मेरो नेपाल मा यस्ता कुरा हरु कहिले लागु होलान ???

    • आकाशमा उड्ने बसमा चड्दा मलाई नि ड्राइभरले त होइन खलासी (परिचारिका) ले नमस्ते गरेकी थी.जादा खेरि बाई बाई पनि गरी. .बाटोमा दौडिने बसमा पनि सिटबेल्ट भन्दा चाही सारै अचम्म लाग्यो.आकाशमा उड्ने बसमा चाही भुइँ छाड्दा त भुइँ टेक्दाको स्थितीमा यात्रु हरु नचलुन,नहाल्लिउन ताकी बस ब्यालेन्स होस् भनेर बेल्ट बाधिन्छ.जमिनमा गुड्ने सानु गाडी हरुमा चाई कतै ठोक्कियामा अगाडी हुत्तिएर अझै धेरै चोट नलागोस भनेर बेल्ट बधिन्छ,तपाइको कोरियामा भाको जस्तो बस त यहाँ अहिले नै नआउला हामो नेपालमा 🙂

  19. लामो दूरीका होस् वा छोटी दूरीका, ठूला होस् वा साना, आरामदायी होस् वा ‘लोकल’, सामान्यीकरण गरेर भन्ने हो भने उल्लेखित बूँदाहरूमध्ये हाम्रो सार्वजनिक यातायातमा १० प्रतिशत पनि लागू भएको देखिन्न । यहाँसम्म कि हरियो प्लेटका पर्यटक सवारीको अवस्थासमेत ‘लोकल’झैं हुँदै गइरहेको छ । प्रभावकारी अनुगमनका नहुनु नै यसको प्रमुख कारक हो ।

  20. टिकेट किन्ने बेला देखि नै दुर्ब्यबहार को सिकार हुनु पर्छ,भुसतिघ्रे भए त केहि भएन तर एक्ली आइमाई ,बुढा बुढी भए त तेस्को कुरै नगरौ ,जब सम्म मान्छे भित्र मैले के गर्दै छु र के गर्नु पर्छ भन्ने चेतना पलिदैना तब सम्म ‘हनुमान को बाऊ ढेडु ‘आए पनि तेस्तै हो,किन भने नेपाल मा जस्तो कानुन आए पनि तपाई हरु लै थाहै छ नि!जय देश!!

  21. नियम कानून भएर के गर्ने, किताब मा त नियेम सबै छ नि तर बनाउने हरुले नै नियम मान्दैन भने तथा बाठा भनौदा जनता हरु पनि नियेम मिच्न नै मन परौछां अनि बिचार सर्बसाधारण हरुले के गरोस. त्यो अनुगमन गर्ने हरु त ढुंगा को मुर्ति जस्तै हो ढुंगाले पनि के गरोस बिचरा . सवारी साधन मा दैभर र खलासी को नमुना मनपरी छाडा त काठमाडौँ मल देखि सामाखुसी गंगबु रुट मा चल्ने माइक्रो मा पो देखिन्छ त

  22. जब सम्म जे गरेर भए पनि पैसा कमाउनु भन्ने सोच यातायात ब्यबसायी मा रहन्छा, असिछित, गवार र सिस्ताता नभएका र पैसा मात्र देख्ने यातायात कर्मचारी रहन्छन येस्तई हो ! फेरी ट्राफिक प्रहरी पनि यिनीहरु लाई नै मन परौछां र छुट दिन्छन ! नियम पालना पनि सार्बजनिक यातायात सिन्डिकेट ले गर्नु पर्दैन ! यिनीहरु संग बोल्न पनि डराउनुपर्ने , बाटो मा हिड्न पनि सार्बजनिक यातातात संग डराउनु पर्ने स्थिथि छ पो !

  23. माथि उल्लेखित कुनै पनि आचार संहिता हाम्रो देशमा चल्ने सार्बजनिक यातायातमा लागु
    केवल किताब मा मात्र लागु भयको छ हामी त केवल टुलु टुलु हेर्नि मात्रै हो

  24. यो दस्तावेजमा सही गर्ने अनुगमन समितीक पदाधिकारीहरुलाई सार्वजनिक सवारी साधनमा यात्रा गराउने बेबस्था गरे अवस्था सुधार हुन्थो कि ????

  25. माथि उल्लेखित कुनै पनि आचार संहिता हाम्रो देशमा चल्ने सार्बजनिक यातायातमा लागु भएको छैन | सिस्ट भाषामा नम्र भएर ड्राईभर , खलाशी संग कुरा गर्दा त खाउला जस्तै गरि आँखा तर्छन , सबैको नभएपनि धेरैको मुखमा फोहोरी सब्द झुन्डिएको हुन्छ , राजधानीको हरेक जसो माइक्रोमा फुच्चे बालकलाई खलासी राखिएको छ | अझ लामो रुटको रात्री वा दिवा बसमा चडीयो भने त न झन् धेरै सास्ती सहनु पर्छ |

Comments are closed.