भ्रष्टाचारी गुप्तालाई २०% डिस्काउन्ट

गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। स्केच साभारः कान्तिपुर

शायद नेपाल मात्रै यस्तो देश हो, जहाँ भ्रष्टाचारको अभियोग प्रमाणित भइसकेको अपराधीलाई पनि सजाय र जरिवानामा छुट दिने अनौठो परम्परा छ। पछिल्लो पटक सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई पनि फैसला आएकै दिन आत्मसमर्पण गरेकोले २० प्रतिशत डिस्काउन्ट पाउने कुरा त तपाईँहरुले त्यही दिन थाहा पाइसक्नुभएको होला। तर उनले खासमा कति डिस्काउन्ट पाएका हुन् त, प्रशासनले भर्खरै त्यसको लेखाजोखा गरेर गुप्तालाई पत्र दिएको छ। २० प्रतिशत डिस्काउन्ट पाइसकेपछि उनले कति जरिवाना तिर्नुपर्छ त ? अनि कति समय जेल बस्नुपर्छ त ?

सर्वोच्चले उनलाई डेढ वर्ष जेल सजाय तोकेको थियो। तर यसअघि उनी अख्तियारको हिरासतमा बसेको दिनलाई समेत त्यसैमा गाभिने र त्यसमाथि बम्पर डिस्काउन्ट समेत पाउने भएकोले उनले अब १ वर्ष २ महिना र ६ दिनमात्रै जेल बसे पुग्नेछ। अर्थात् उनले कूल जेल सजायमा ३ महिना २४ दिन छुट पाएका छन्।

उनले जेल सजायसँगै जरिवाना पनि तिर्नुपर्ने सजाय भएको छ। सर्वोच्चले उनले ८४ लाख नौ हजार ९ सय २८ रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यति सम्पति जफत र त्यति नै रकम जरिवानाको फैसला सुनाएको थियो। अब यसमा पनि २० प्रतिशत छुट हुनै पर्‍यो।

२० प्रतिशत छुटको अर्थ हुन्छ १६ लाख ८१ हजार ९ सय ८५ रुपियाँ बचत। आम्मामा….यत्रो रकम! अब बुझ्नु भो त किन गुप्ताले खुरुक्क लाएर अदालतमै आत्मसमर्पण गरेका! गुप्ताले ६८ लाख २७ हजार नौ सय ४२ रुपियाँ मात्र जरिवाना तिरे पुग्छ।

कुन कानुन अन्तर्गत डिस्काउन्ट पाएका ?

दोषीलाई छुट दिने यस्तो व्यवस्था कुन कानुनमा छ भनेर तपाईँलाई अचम्म लाग्न सक्ला। यो व्यवस्था गरेको छ मुलुकी ऐनले। मुलुकी ऐनको दण्ड सजाय महल ४१ (क)मा अदालतबाट कैद वा जरिवाना रकम तोकिएका व्यक्ति फैसलालाई स्वीकार गर्दै ६० दिनभित्र उपस्थित भए २० प्रतिशत छुट पाउँछन् भनिएको छ।

अब तपाईँलाई अचम्म लाग्ला, ६० दिन त समय छ नि, किन गुप्ताले हतार-हतार त्यहीँ अदालतमै आत्मसमर्पण गरेका त ? खासमा कुरा के भने आफै उपस्थित नभए अदालतका कर्मचारीहरुले समात्छन्। उनीहरुले समाते भने डिस्काउन्ट वापतको पैसा त्यही कर्मचारीहरुले पाउँछन्। भ्रष्टाचारीले आफ्नो दुःख गरेर भ्रष्टाचार गरी कमाएको पैसा अरुलाई दिन्छ त? आफै राख्‍नु परेन ?
[polldaddy poll=6103116]

24 Comments

  1. याे भ्रष्टचारिहरूले नै बनाएकाे नियम हाे । त्येसैले उनिहरूकाे संम्र्क्षण गरेरै बनाएकाे छ । आफैलाई बान्ने नियम बनाउदा याे सजिलाे तरिकात अपनाउने नै भयाे ।
    याे नियम बदल्नै पर्छ । नेताहरू यसबारे किन माैन ? ????????

  2. गुप्ता हिसाब गरेरै कैदखाना छिरेका रहेछन !

  3. मैले गलत बुजेको भए साचायी दिनु होला …१ करोड को भ्रस्टाचार गरेको छ भने २ करोड तिर्नु पर्ने हुन्छ (१ करोड साहू अनि १ करोड जरिवाना) अनि छुट २०% भनेको त्यो जरिवाना को १ करोड मा हुन्छ अनि २०% छुट भए पनि तिर्नु पर्ने १ करोड ८० लाख हुन्छ …. मैले एसरी बुजेको थिए …..

  4. ब्यापारी तथा उद्यमीहरुले बम्पर उपहार राख्ने गर्छन आफ्नो सरसामान वा उत्पादनको बिक्रि बढाउन त्यो त सजिलै बुझिने कुरो हो !! भ्रस्त्रचारीलाई २० % बम्पर उपहार दिएर के लाई प्रोस्थाहन गर्न खोजेको त्यो त सबैले बुझी हाल्यो नि!! यो कानुन बनाउनेहरुले आफ्नो भविष्यलाई राम्रो संग विश्लेषण गरि बनको हो नि !! आखिर चोरको चोर बुद्दी न हुन्छ !!

  5. आहा क्या आच्छाको कानुन, करोडौं भ्रस्टाचार गर, दश -बिस बर्षमा अरबौं बनाउ, अनि २०% छुट लिएर लाखमा तीर | पैसा कमाउने तरिका त यो पो रहेछ त | धन्य हो नेपालको कानुन |

  6. नेपालमा भ्रष्टाचारी सजाय कम हुने भएकोले पनि भ्रष्टाचार मौलाएको छ/ यो पुरानो कानुनलाई तुरुन्त परिमार्जन गरि भ्रष्टचारीहरुलाई कम्तिमा २० बर्ष जेल सजाय हुने व्यवस्था गरिनु पर्छ/

  7. छुट को अर्थ के हो रामरी बुज्न जरुरि छ ,जस्तै कुनै कम्पनि ले कुनै सामना मा छुट दिन्नु को अर्थ तेस समान प्रति बड्डी ग्रहक अक्क्र्सन गर्नु हो ,जस्तै सरकार ले कुनै सहकारी संस्था मार्फत समान मा छुट दिएर गरिब जनता लै राहत पुगोस वन्नेरा केहि रकम छुट दिने गर्छ, तर यहा वर्स्ताच्री लै छुट दिनु को अर्थ हुन्छ व्रस्ताच्री लै आत्मबल बदौनु हो ,सरकार ले वर्सताचारी लै छुट देयेरा केको माया दर्सय्येको छ यो बुज्न गाह्रो छ,हुन् त देस को कानुन बनाउने सबै व्रस्ताचारी, बैंक लुतुवा, ज्यान मर्ने, हरु ले बन्न्येको कानुन र तेनिहरु को दिमाग को हैसियेता लै उजागर गर्छ.

  8. बरु कानून परिवर्तन गरेर छुट होइन थप जरिवाना गर्ने बेबस्तापो गर्नु पर्ने , जस्तै सजाय फैसला भएका व्यक्ति तोकिएकै समयमै अदालतमा उपस्थित वा आत्मसमर्पण नगरे २०% सजाय र जरिबाना थप हुने .. जति धेरै समय सम्म फरार हुन्छ तेती धेरै % जरिबानाको बेवास्ता गर्ने …

    दोषीलाई डिस्काउन्ट दिने कानुन तपाईँको विचारमा (मैले भोट दिदा सम्मको नतिजा)
    नराम्रो, परिवर्तन गर्नुपर्छ 87.97% (417 votes)
    ठीक छ 12.03% (57 votes)

    अब यो नतिजा ले के भन्छ त् ..
    झन्डै ८८% जनता एसको परिवर्तन /बिरोधमा छन् , निरपेछ्य रुपमा भन्दा झन्डै सत् प्रतिसत .. १२% जति यो ब्लगका भोटर भ्रस्ताचारिकै पक्षमै छन् ..
    यिनीहरु देखि चै मलाई कुरी कुरी लाग्यो है …
    अब एस्तो कानून यिनीहरुले आफ्नै लागि बनाउने हुदा आफुलाई बम्पर उपहार त राखनई पर्यो नि त , कि कशो ??

  9. discount मात्र हैन अझ महिना महिना मा लकी ड्र गरेर जेल बाट निक्लन दिने व्यवस्था हुनु पर्यो यसो भय जेल पनि अलि खाली हुन्थ्यो कि कसो ?

  10. अदालत बाट पनि व्रस्ताचारी लाई व्रसताचारी हो वनेर ढिलो फैसला गरिन्छ,जस्तै गुप्ता ले आजज वन्दा १० वर्ष अग्गादी ८४ लाख व्रस्ताचार गर्यो वने, अब आहेर तेसको मुलायाकन गर्यो वन्ने त्यो सम्पति ५ करोड वन्दा बड्डी वाको छ ,सारा सम्पति जफत हुनु पर्नेप्मा भारस्त्चरी लै छुट,यो त व्रस्ताचारियो लै आत्मबल बदौने कम वय्यो,कतिपय्ये देश मा व्रस्ताचारी लै फाशी वा आजिबन कारावास को सजाए दिदा त व्रस्ताचार हुन्छ.तेसैल्ले व्रस्ताचारी लै के को माया सजाए बड्डी हुनु पर्छ

  11. येस्तो कानुन को जति आलोचना गरे पनि पुग्दैन तर यो कानुन कहिले कसले बनायको हो त्यो कुनै मित्रलाई थाह भय लेख्न अनुरोध गर्छु/

  12. यस्तो पनि कानून????????यस्तो सुन्दा,देख्दा नेपाली कानून प्रति संसार हास्छन/
    २-४ महिना सरकार टिक्यो भनेत ८-१० करोड खोल्तिमा…
    थाहा पाय के भो र? आफै हाजिर हुने १-२ वर्ष जेल बस्ने २०% को दरले ….नाफै नाफा/
    यो आइडिया राम्रो छ जनता हो,अरब या बिदेशमा दुख गर्नु भन्दा त बरु यता पो सोराम्रो
    होलाकी? ज्यान मारा र लुटेरा ले पनि पाउनु पर्यो,, किन भने यिनी हरुले तेती धेरै रकम हातपार्न सक्दैन यसकारण उनि हरुलाई सुप्पर बम्पर जम्बो दिनुपर्यो/
    धन्नेबाद यो पत्रिकालाई/ यस्तै संसारमै नभएको नेपालमा भयको र लाटो जनता हरुलाई देखाउनु भएकोमा फेरी धन्नेबाद/

  13. यो त सरासर बादर लाई मकै खा भनेर लिस्नु लाए जस्तो पो रहे६ त हाम्रो देस को कानुन त?भ्रस्त्रचारी लाई कानुन मै फासी को सजाए तोक्नु पर्छ नि कि कसो?धेरै के लेख्नु ?जसरि पनि खाने ले खाई हाल्छ तेस्को बाऊ को काट्टो/

  14. साउदी, कतार, मलेसिया गयर मरी मरी दुख गर्नु भन्दा त यो आइडिया पो ठिक लग्यो यार मलाई त…..साला भ्रस्ट नेता हरुले बनाको भ्रस्ट कानुन तुरुन्त फेर्नु पर्छ.

  15. जब सम्म भ्रस्टचारी लै फासी को सजाय हुदैन तब सम्म यो देश सधै लुटेरा ले लुटी रहन्छन अब नियम पनि कस्तो भंस्ताचारी ले बनको होला एस्तो पनि हुन्छा त साथी हो २०% छुट हेहेह्हीह्ह्हेहेहेह हहह्हह्हः हहा अह्हाहहः

    • सर्वोच्चले उनलाई डेढ वर्ष जेल सजाय तोकेको थियो। तर यसअघि उनी अख्तियारको हिरासतमा बसेको दिनलाई समेत त्यसैमा गाभिने र त्यसमाथि बम्पर डिस्काउन्ट समेत पाउने भएकोले उनले अब १ वर्ष २ महिना र ६ दिनमात्रै जेल बसे पुग्नेछ। अर्थात् उनले कूल जेल सजायमा ३ महिना २४ दिन छुट पाएका छन्।

      कस्तो जाति छ हाम्रो कानून, समान ब्यबहार त थुप्रै देश,ठाउँमा देखिएला तर चोरलाई रातो कार्पेट बिछ्याएको चौतारो वा बाँदरलाई लिस्नु कहाँ देख्न पाइएला यस कान्तिपुरी नगरीमा बाहेक ? यस्तो छुटको व्यवस्था गर्ने मुलुकी ऐनको दण्ड सजाय महलमा सायद कतै त्यो ८४ लाखको आज सम्मको ब्याज समेत असुल गर्नु पर्ने भनेर लेखिन्थ्यो भने ??? यस्ता अपराधीलाई पक्रिने कर्मचारीलाई उक्त जरिवानाको २०% रकम दिने अघोषित लालच भन्दा छुट्टै शिर्षक बाट पुरष्कृत गरेर सन्तानकोलागि ……लेवल सम्मको शिक्षा निशुल्क गरीने जस्ता लाभ दिइन्थ्यो भने ??? मलाइ आफै थाहा छैन है के हुन्थ्यो होला ! थाहा होला कि त गुप्तालाई कि त ति मुलुकी ऐन बनाउनेहरु लाइ नै !
      बिचार आ-आफ्नो हो मलाइ यो प्रथा मन परेन र अदालतका कर्मचारीहरुले यस्ता अपराधीलाई पक्रिएमा २०% पाउने नियम पनि मन परेन, आखिर अतिरिक्त लाभ लिएर कर्मचारीले काम गर्नु त हाम्रै कानूनमा पनि अवैधानिक त रहेनछ भने गुप्ताले सजाय किन पाए होलान ? म त यति बेला यहि सोच्दै छु !

  16. दैनिक उपभोग्य सामान मा २० प्रतिशत छुट दिनुनी बरु यस्ता देश डुबाउने भास्त्रचारी लाइ छुट दिनु भन्दा खाली उल्टो उल्टो काम गर्या छ भातमारा हरु

  17. भने पछी १ करोड को भष्ट्राचार गरियो भने ८० लाख मात्र बुझाए पुग्ने भो होइन!!! नेपालको कानून पशुपतिनाथ ले जानुन भन्नु पर्ला अब !!!
    जय पशुपति नाथ तिम्रो सदा कृपा रहोस नेपाल र नेपाली हरुमा …

  18. भ्रस्ट चारी या त अपराधी लाई छुट दिनु भनेको बादर लाई लिस्नु लगाई दिनु जस्तै हो/

  19. कन्त बिजोग बनाउने भेये देस त …..मैले येसो हिसाब गरेको १ करोड भ्रस्टचार गर्दा १० महिना जेल बसेर २० लाख कमाउन सकिने रहेछ. एस्तो भएपछी देश उभो लाग्छ !!!!!!

  20. भने पछी १ करोड भ्रस्टाचार गर्दा, बिस लाख चोखो आम्दानी हुने रैछ हाम्रो नेपालमा 🙂

  21. नेपालमा भ्रष्टाचारको अभियोग प्रमाणित भइसकेको अपराधीलाई पनि सजाय र जरिवानामा छुट दिने अनौठो परम्पराको कुरा त सुनियो. तर यो भ्रस्टाचार को रोग नसर्ने अर्थात यो रोगबाट बच्ने उपाए पनि थाहा पाउदा राम्रो हुन्थियोकी? ताकी बाकि मानिसहरु स्वच्छ छविको जीवन जिउन पाउने थिए
    मेरो तर्फबाट एस्तो सुझाब छ है मानिस मरेपछि गरिने पराम्परा गत (……..जे भन्नुस …………) त छ नै तेस्को साथमा उसले जिउदो हुदा गरेका असल र खराब कामको लेखाजोखा गर्ने र १ असल काम बापत सबैले १ “धन्यबाद” दिने र १ खराब काम बापत सबैले १ “थुक्क” थुकिदिने यो पक्षपात बिहिन अनि सार्बजनिक रुपमा गर्दा मर्नेले त केहि परिबर्तन गर्न सक्दैन तर बाचेकाहरुले त मरेपछि पनि थुकाइ खाइने रहेछ भनेर खराब काम गर्ने थिएन कि? अन्य विकल्प तपाईहरु संग भए SHARE गर्नुहोला

  22. भ्रष्टाचारी को मोनोबल बढाउने कानुन तत्काल बदल्नु पर्छ यो आम नेपाली को साझा माग हो

  23. चारपाते मुडेर दक्षिण खेद्नु पर्ने भ्रस्टचारीलाइ डिस्काउन्ट !!
    – What kind of precedent the follow and make the verdict…shame to judiciary!!

Comments are closed.