ओकल्यान्डमा पागलको गोलीको शिकार नेपाली को?

लहरै उभ्याएर सात जनालाई गोली हानी ढालिएको थियो

गोली हानेको अभियोगमा गिरफ्तार गोह दक्षिण कोरियाली नागरिक हुन्।

अपडेटः ओकल्यान्ड प्रहरी प्रमुखले मारिनेमा नेपाली पनि रहेको बताएको भए पनि उनी नेपाली भाषी मात्र रहेको र नेपालका नागरिक नरहेको समाचार अमेरिकी समाचार एजेन्सी एपीले दिएको छ।

सोमबार अमेरिकाको क्यालिफोर्निया राज्यस्थित ओकल्यान्डमा रहेको ओइकोस युनिर्भसिटीमा एक पागल क्रुर अपराधीले कक्षाकोठामा गोली हानेर सात जनाको ज्यान लिए। ४३ वर्षका वन गोह नामका पुरुषले मारेकामध्ये छ जनाको नाम सार्वजनिक भइसकेको छ। ओकल्यान्ड प्रहरी प्रमुख होवार्ड जोर्डनले मारिनेहरु कोरिया, नाइजेरिया, फिलिपिन्सका मात्र हैद्द, नेपालको पनि रहेको बताएका थिए। मारिने मध्ये ६ महिला र एक पुरुष हुन्। तीमध्ये ६ जनाको नाम सार्वजनिक भएको छ। तर घटनाको २४ घण्टा हुन लाग्दासम्म पनि मारिने नेपाली को हुन्, सार्वजनिक भइसकेको छैन।

प्रहरी प्रवक्ताले मारिनेहरुको नाम सार्वजनिक गरेका छन्-
Doris Chibuko, 40, of San Leandro;
Sonam Choedon, 33, of El Cerrito;
Grace Eunhea Kim, 23, of Union City;
Judith O. Seymore, 53, of San Jose;
Lydia H. Sim, 21, of Hayward; and
Bhutia Tshering, 38, of San Francisco.

यी मध्ये सोनाम छोडेन र भुटिया छिरिङ नाम नेपाली हुनसक्ने अनुमान गरिए पनि अमेरिकी सञ्चारमाध्यममा आएका खबर अनुसार उनीहरु नेपाली हैनन्। सोनाम तिब्बती हुन्। तिब्बती शरणार्थी शिविरमा उनको जन्म भएको हो र तिब्बतको प्रवासमा रहेको सरकारको शिक्षा विभागमा उनी काम गर्थे।

त्यसैगरी छिरिङ रिन्जिङ भुटिया भारतीय राज्य सिक्किमका हुन्। बन्दूकधारीले उनकै कार खोसेर भाग्न लाग्दा युनिभर्सिटी बाहिर गोली हानी उनलाई मारिएको हो।

यी दुवै नेपाली हैनन् भने नेपालका को मारिए त ? एक महिलाको सनाखत हुन नसकेको प्रहरीले बताएको छ। के उनै नेपाली हुन् त ? अमेरिका त्यति धेरै नेपाली संस्था र नेपालको आधिकारिक प्रतिनिधित्व गर्ने दूतावास पनि छ। आशा छ, उनीहरुले छिट्टै मारिने नेपालीको बारेमा जानकारी गराउने छन्। एउटा मिडियाले त आफन्तलाई जानकारी दिन नसकिएकोले उनको नाम सार्वजनिक नभएको पनि लेखेको छ। आखिर को हुन् ती अभागी नेपाली?

यसरी भएको थियो हत्या
क्यालिफोर्नियाको ओइकोस युनिभर्सिटीमा त्यो बिहान ४३ वर्षका वन गोहको रिस खासमा एक महिला प्रशासक प्रति थियो। उनी त्यो स्कूलको नर्सिङका पूर्व विद्यार्थी रहेछन्। आफूलाई निश्कासन गरिएकोमा रिस रहेछ उनको। रिसले चुर भएका उनी भवन भित्र छिरेछन्, एक जना रिसेप्सनिस्टलाई लिएछन् र त्यही महिला प्रशासकलाई खोज्दै हिँडेछन्। ती पीडितहरुलाई लहरै उभ्याएछन् र गोली हानी ढालेछन्। त्यसपछि भवनका अन्य भागमा गएर जथाभावी गोली हान्दै गएछन्।

एपीका अनुसार विद्यार्थीहरुप्रति पनि उनको रिस रहेछ। सहपाठीहरुले उनको अंग्रेजी बोल्ने शैलिलाई लिएर जिस्काएका कारण पनि उनको रिस उनीहरुमाथि रहेछ। गोहलाई प्रहरीले नजिकैको सेफवेमा पक्रिएको थियो।


19 Comments

  1. मलाई यो कुरा सुन्दा अझ दुख लाग्यो नेपालीको नाम आउदा यो घटना भन्दा केहिदिन अघि मात्र न्यु योर्क मा एउटी नेपाली को कुकर्म को समाचार आउदा अब फेरी आहिले नेपाली को नाम आउदा चाहे त्यो भुटानी होस्, चाहे त्यो तिबेटन हो आखिरमा ठेट नेपाली को नाम आउदा मलाई धेरै दुक्ख लाग्छ.

    हिम्मत
    Vergina USA

  2. This has happened just in the opposite building where i work.It was really scary . The area was completely locked even 6 hours after the rampage.I parked my car very close to the Oikos so it added me extra fear .There was no nepali {seven names were disclosed already ..people might have been thinking tibetan as nepali }.

  3. उ त् पागल हो के कुरा गर्ने ?मृतक हरु प्रति हार्दिक समबेदना ,मार्ने प्रति घोर भर्त्सना | १८ औ सदिमा भएको अमेरिकन ग्रिह युद्द्द भबिस्यमा न दोरियेला भन्न सकिन्न्|
    सारा विश्व को मानिस अमेरिका मा ओह्र्लेको छ ,युरोप तिर बाट आएका गोराहरु चै आफुलाई यो विश्वको रुलर र डिसिजन मेकर बन्नुपर्ने इगो राख्छन |
    ”ब्राउन फेस नो ब्रेन ”अरे |
    पछी पत्तालागाएको अमेरिका कन्ट्री आम इम्मिग्रेन्त हो |लग बाग २-३ नेपालीको
    पनि साझा घर भएको छ |

  4. भाइचुंग भुटिया इन्डियाको फुटबल कप्तान हुँदा अर्का नामुद भारतीय खेलाडी सुनिल छेत्री संग खास काममा वा फिल्डमा पनि प्राय जसो नेपाली मै बातचीत गर्थे रे| “एता हानन यार”| अरु सबैले यी दुइटा एकै हुन् वा नेपाली हुन् भनेर भन्थे रे| भाइचुंगलाई स्टेडियममा धेरै चोटी दर्शकहरुले “ए कान्छा” “स्यावास कान्छा” भनेर पनि सम्बोधन गरिएको सुन्नमा आएको छ|
    भारतमा बस्ने नेपालीले आफ्नै सम्झेर भाइचुंगलाई संधै माया गरे र उनी सो मायाको लायक पनि थिए, छन्| नेपाली देख्यो कि नेपालीमा बोलिहाल्ने|
    अब सिक्किमको फलाना भुटिया भन्दा नेपाली हो होइन भन्ने सोचको पछाडी के होला?
    नेपाली हुनलाई हृदय हुनपर्छ मित्र| अरुको दुख अनुभूति गर्नसक्ने हृदय| यो भुटिया त्यो लुटिया भनेर हुँदैन|

  5. बज्जियाले दिपेन्द्रले जस्तै कालो पदार्थ खाएर पागलपन देखाएछ !!

    • सेतो पनि उत्तिकै लाग्छ कालो मात्र किन ?
      रातो बिर्को खोलेर बिजुली सर्बत पो पियो कि ?

  6. Hi this is Premi from Oakland
    Let me remind you that there is no nepali killed here…I personally saw the incident and the victims here in Highland Hospital. I work in a Walmart store which is some yards from the incident and so i knew that the one said to be nepali wasnt actually from Nepal but was a Nepali speaking guy from Sikkim living in Market street in San francisco.any ways, RIP to all deceased…

  7. पहाडियाहरुले मधेस गइ गइ मधेसी दाजु भाइ हरु लाइ हेप्ने अनि काठमाडौँ आएका मधेसी दाजु भाइहरु लाइ “साले धोति” भन्दै हेप्ने बानि ले नै आज केहि भ्रस्ट मधेसी हरु ले देश लुट्ने र भाड्ने कारण भेटेका छन्. हेपाहा प्रबिती ले पिरोल्ने आफुलाई नै हो, आज नभए भोलि, भोलि नभए पर्सि ….

  8. कोरियन हरु प्राय इंगलिश मा बोल्दा तोते बोलि बोले जस्तो सुनिन्छ किन भन्दा उनीहरु को मातृभाषा नै तेस्तै खालको हुन्छ जहाँ हाम्रो नेपाली अथवा अंग्रेजीमा जस्तो टि लाइ टि नै भनेर उनीहरुको जिब्रो बाट निस्किदैन …”टि” लाई “ति” “आर” लाई “आल” भन्छन…जस्तो हाम्रो नेवारी अथवा अन्य मा पनि त्यस्तै पाइन्छ …. त्यसमा त्यो व्यक्तिको पर्सनल के दोष ?? तेसैले यसरि अरुको प्राकृतिक कमजोरीलाई मजाक मा उडाउदा निस्कने परिणाम कति भयानक हुदो रैछ भन्ने नबुज्नु को पनि यो एउटा ” दर्दनाक परिणाम ” हो ….
    …….तर त्यसो भन्दै मा उसले गरेको त्यो जघन्य अपराध लाई चाँही कुनै हालत मा पनि माफ गर्न सकिन्न कानुन बमोजिम कडा भन्दा कडा सजाय दिनै पर्छ र त्यो पाउछ पनि उ किनकि अमेरिकि कानुनी फन्दा मा परिसकेछ…. नेपालमा भाको भए त धरौटीमा रिहा भैहाल्थ्यो होला तर अमेरिकामा त न होला नि ???
    …बरु ति नेपाली महिला चाँही को हुन तुरुन्त पत्ता लगाउनु पर्यो

  9. आज asladd, doha मा पनि ३भाइ नेपालिहरूले तुर्किश लाइ पड्काएछन् एउटालाइ चै पोलिस ले लिएर गएको छ, आशा गरौ वहा रिहा हुनुहुनेछ !!

  10. नेपाली कोहीपनि परेको छैन. तेही सिक्किम को लाइ नेपाली भनेको हो.

    • सिक्किम को भएनी नेपाली हो भने त नेपाली नै भयो हैन र ! यो युग मा आएर नि नेपाल को मात्र नेपाली बाहिर बस्ने नेपाली भाषी लाइ नेपाली हैन भन्न त मिलेन नी सर !

      • प्रमोदजी,
        १, नेपाली बोल्दैमा नेपाली भईदैन, नेपाली नागरिकता त्यागेर अमेरिकी बेलायेती आदि बनिसकेकाहरूलाइ कसरि नेपाली भन्ने बरू नेपाली बोल्न जान्ने अमेरिकी वा बेलायेती वा अन्य भन्न सकिन्छ /
        २, नेपाली त भारतको आसाम मणिपुर त्रिपुरा पश्चिम बङ्गाल सिक्किम आदि ठाउमा बस्ने भारतीहरूले बोल्छन / के उनीहरूलाई भाषा जान्दैमा नेपाली भन्ने ??
        ३, नेपाली एउटा भाषा हो, जुन सबैलाई सिक्ने अधिकार छ, भोलि एउटा जापानिजले फरर नेपाली बोल्यो भने पनि नेपाली भन्ने ?
        ४, त्यसो हो भने त सबै फ्रेन्च बोल्ने फ्रान्सको, अंग्रेजी बोल्ने बेलायतको, बंगाली बोल्ने बंगला देशको हुदैन /
        यसर्थ, नेपाली हुनलाई नेपाली राहदानी प्रयोग गरिरहेको वा नेपाली नागरिकता अद्धावधिक बहाल रहेको व्यक्ति हुनुपर्दछ /

        • नेपालि हुन् पुर्ब जनाम को कमैले पुग्दैन ,
          पुर्खा को आसिक सिप श्रम मात्रले पुग्दैन ,
          नेपालि हुन् पवित्र आत्मा नेपालि चाहिन्छ
          नेपालि चाहिन्छ ,
          पराया आशु —

          ————–गोपाल योन्जन

        • म योगेशको कुरो सित बिमति जनाउन्छु | जो व्यक्तिले नेपाली बोल्छ, त्यस व्यक्तिमा धेरथोर मात्रामा नेपालीपन, नेपालीपारा र नेपालीत्व हुन्छ, हुन्छ| कागजले कानुनी रुपमा कुनै व्यक्तिको देश निर्धारण गर्ला, तर मन भित्रको उकुस मुकुस र आफु जन्मेको मुलुकलाई माया गर्न कसले पो रोक्न सक्ला र ? अमेरिकी नागरिकता लिइसकेका नेपाली चुच्चे र बुच्चेहरु ज्याकशन हाइट स्थित लालीगुराँस रेष्टुराँमा कमिजको बाहुला माथि सारी सारी हातले ग्वाम्म ग्वाम्म दाल भात खाएको यो आँखाले धेरैचोटी देखेको छु | दिल रमाएर स्वाद मानी मानी खाएको त्यस खानाप्रतिको लगावमा म त सांचिकै देशप्रेम देख्छु, नेपालीपन देख्छु, देश सम्झेको देख्छु| स्वदेशको प्रेम बिदेशमा झन् टडकारो महसुस हुन्छ ! के बर्मेली, के भारतेली, के अमेरिकाली, के जापानेली , कागज अर्कै देशको छ भनेर नेपाली नै होइन भन्नु मिल्यो र !

          • शशांक दाजु, हजुरकै शब्दहरू… ‘जो व्यक्तिले नेपाली बोल्छ, त्यस व्यक्तिमा धेरथोर मात्रामा नेपालीपन, नेपालीपारा र नेपालीत्व हुन्छ /’- धेरथोर मात्रामा भन्नु भयो, राष्ट्रियता मात्रामा कसरि सिमित हुन्छ? नेपाली बोल्ने अमेरिकीमा कसरी नेपालीपन खोज्ने ?
            फेरी हजुरकै शब्दमा…’कागजले कानुनी रुपमा कुनै व्यक्तिको देश निर्धारण गर्ला’ – कुनै व्यक्तिको कानूनी रूपमा देश नै अर्कै हो भनेर निर्धारण गरिसके पछी कसरी पहिलोमा पूर्ण अस्तित्व रहन्छ र ? आंसिक रहन सक्ला !! एउटा नभएर वा चित्त नबुझेर नै अर्को भएको हो /
            “बरू यसो भने कसो होला… १, नेपाली भाषी अमेरिकी वा अन्य / २, गैर आवासीय नेपाली / ३, नेपाली मुलका अमेरिकी वा अन्य /

  11. सारै नराम्रो खबर
    जो कोहि परे पनि राम्रो पक्कै होइन
    कलेज मा हुने राग्गिंगको परिणाम हो यो कुनै बेला नेपाल मा पनि हुन के बेर
    होस् गर्न पर्छ

  12. मान्छेलाई धेरै हेप्दाको परिणाम हो, जान्नेले नजान्नेलाई हेप्दा र आफ्नो अधिकार र शक्तिको कुबेला र कुठाउमा प्रयोग गर्दाको परिणाम हो | मान्छे नै मारिहाल्नु चैं पागलपनको पराकाष्ठा नै हो |

    • हो नि मान्छे नै मार्नु भनेको पागल नै हुनु हो । भने पछि हत्या गर्ने व्यक्तिलाई हत्या हुने व्यक्तिहरु ले कति सम्म पागल बनाएका रहेछन त भन्ने कुरा यो घटना बाट पनि प्रष्ट हुन्छ । हत्या गर्ने लाइ हत्या हुनेहरु ले यति सम्म “इरिटेड” बनाएछन कि हत्यारा लाई आफ्नो ज्यान को सहित माया भएन किनकि ७ -७ जना लाई मारेपछि उ पनि जिउँदो रहन्छु भन्ने कुरा उसले पनि सोचेको थिएन नै। सबै प्राणी एकै प्रकृति का हुदैन ।त्यति ठुलो र त्यति धेरै मान्छे हुने कलेज मा ति ७ जना लाई मात्र मार्नु भनेको ७ जनाले हत्यारा लाई मर्नु न बाच्नु बनाएका रहेछन र त्यसै को परिणाम यति भयाभय भयो । त्यसमा पनि हामी नेपालीहरु त झन् अरुको कुरा काट्न , खिल्ली उडाउन, नचाहिने कुरामा देखा सिखी गर्न , अरु ले घोडा चड्यो भने आफु धुरी चडन , अरु को खुट्टा तान्न , अरु को रिस गर्न र संसार मा जति पनि पतन हुने र पतित काम हरु छन् त्यसमा वर्ल्ड कप बिजेता नै हो ।
      जे भए पनि घटना दुखद हो मृतकहरु को आत्माले शान्ति पाओस ।

Comments are closed.