पशुपतिमा डटपेन र क्याल्कुलेटरमाथि प्रतिबन्ध

हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथको मन्दिरमा के के लान पाइँदैन। हामीलाई थाहा छ परम्परागत रुपमा नै यहाँ छालाका सामान लान प्रतिबन्ध छ। क्यामेरा पनि लान पाइँदैन। केही कारण होला र नै पहिलेदेखि नै यस्तो सामानमा प्रतिबन्ध लगाइएको! कसैले विरोध गर्नु आवश्यक पनि थिएन र कसैले गरेको पनि थिएन।

तर पशुपति क्षेत्र विकास कोषले चैत २६ गतेदेखि लागू हुने गरी मन्दिर तथा पूजा नियमावली लगाउने भएको छ। त्यो नियमावलीमा प्रतिबन्धका सामानलाई अझै बढाइएको छ। सुन्दा पनि अचम्म लाग्ने गरी पशुपतिमा पेन, डटपेन र क्यालकुलेटरमासमेत प्रतिबन्ध लगाइएको छ।


अचम्म छ, पशुपतिमा पेन र डटपेन लग्दा के हुँदो रहेछ ? के खतरा देखेछ कुन्नि पेन र डटपेनबाट ? यदि त्यहाँ केही लेख्न नपाइने नियम बनाउन लागेको हो भने पेन र डटपेनमात्र किन, सिसाकलम र लेख्‍ने सबै सामान भन्दा पनि हुन्थ्यो होला।

त्यसैगरी अरु इलेक्ट्रोनिक सामानमा प्रतिबन्ध लगाइएको त केही कारण होला भनी बुझ्न सकिन्छ, क्यालकुलेटरमा चाहिँ किन हो ? फेरि कुन चाहिँले पशुपतिमा भगवान दर्शन गर्न आउँदा पनि क्यालकुलेटर बोकेर आउँछ होला र ? कसलाई पैसा वा अङ्कको हिसाब गर्नुपर्ने हुन्छ र मन्दिर परिसरमा ? यदि कसैले क्यालकुलेटर बोकेरै आए पनि के फरक पर्छ र। खै केही बुझ्नै सकिएन बा…

सूचनामा प्रतिबन्ध लगाइएका सबै सामानको विवरण वेबसाइटमा राखिएको छ भनिएको छ, तर वेबसाइटको ठेगानै लेखिएको छैन। कुन वेबसाइटमा पाइन्छ भन्ने पशुपतिनाथलाई मात्रै थाहा होला।

यी केही अचम्मका कुरालाई छाड्ने हो भने अब पशुपति परिसरको सुरक्षा कोष आफैले लिने गरी गरिएको यो प्रबन्धलाई सराहना गर्नुपर्ने हुन्छ। हालै मूल भट्ट, भण्डारीहरुलाई मासिक तलब दिने गरी भेटिघाटी सबै कोषको ढुकुटीमा जम्मा गर्ने जुन निर्णय गरिएको छ, त्यो पनि प्रशंसायोग्य छ। तर त्यसरी भेटिघाटीको हिसाब जोडघटाउ गर्न त क्यालकुलेटर चाहिन्छ होला नि, कि चाहिँदैन ? क्यालकुलेटरले हिसाब ठ्याक्क निकाल्छ र चलखेल गर्न पाइँदैन भनेर त हैन, डटपेन, पेन र क्यालकुलेटरमाथि प्रतिबन्ध लगाइएको ? नत्र किन त- कसैलाई थाहा भए यसो हाम्लाई नि भनौँ न।

पशुपति विकास कोषको विज्ञापन फ्रिमा माइसंसारमा- (कोषले वेबसाइटको ठाउँमा माइसंसार लेखे नि हुन्छ अब 🙂


42 Comments

  1. येसरी सबै कुरा को बन्देज लगाए पछी फेरी पशुपति को मन्दीर भारत मा नै बन्ने हो कि ? बुद्ध जन्म स्थान लुन्बिनी पनि भारत मा बन्यो रे .

  2. आज मा बेस्सरी हासे..हाम्रो देश नेपाल एउटा अजिब को नगरी हो. हा हा हा …

  3. त्यति अचम्म लागेन मलाई किनकि अहिले बजारमा कलम मा साउण्ड रेकर्डर र भिडिओ क्यामेरा समेत पाइन्छ! त्यस्तै क्यालकुलेटर पनि निक्कै धेरै कुराहरु रेकर्ड गर्न मिल्ने खालको पाइन्छ ! कसैले त्यो क्यामकरडर सहितको कलम लिएर गएपनि त्यो क्यामरा सजिलै देखिने खालको हुदैन. त्यसैले यसलाई नराम्रो रुपमा नलिउ जस्तो लाग्यो.

  4. अनि पशुपतिलाई चढाउने पैसो चैं के मा हालेर लानु ? सबै मनिब्यागहरु छाला कै हुन्छ क्यार! भक्तजनहरुको गोजीमा कलम र क्यालकुलेटर छ कि छैन भनेर संधै छामछुम गर्न थाल्यो भने कुन दिन चाहिं नाकको टुप्पोमै रिस बोकेको कुनै भक्तजनको नराम्रो संग भेटछ पशुपतिका कर्मचारीले ! पशुपतिको सुरक्षाको प्रश्न हो भने मेटल डिटेक्टर भएको दुइ तीनवटा ढोका बनाए भैगयो नि ! भेटि चढाएको लाखौँ रुपयाँ छँदै छ क्यार! नत्रभने दर्शन झन्झटीया भयो भने गौशाला बाटै दुर्दर्शन गरेर हिंडीदिन्छ | तारेख होइन क्यारे, पुग्नैपर्ने !!!

    • क्रेडिट कार्ड बाट भेटी ट्रांस्फेर गरे कसो होला ?

  5. because with pen people can write on walls …..calculator because in certain calculator there is chances of spy cameras ,…..May be this could be the reason ….think about it

  6. स्कुल र क्याम्पसका बिद्यार्थीहरुले पशुपतिमा होमवर्क गर्न आउछन भनेर प्रतिबन्ध लगाएको होला नि

  7. आजकाल पेन रिभोल्वर पनि पाइछ ,जसले नजिकैको दुरी बाट मान्छे मार्न पनि सक्छ ,
    पशुपतिमा बहुमुल्य बस्तु रहेकोले सुरक्श्यार्थ उक्त नियम आएको हुनुपर्छ , क्यालकुलेटर ले बम को रिमोट जस्तो काम गर्न सेट गर्न मिल्ने हुनाले क्यालकुलेटर को निषेध भएको हुन् सक्छ |
    अरु धर्मा को मानिस छिर्न न मिल्ने भन्ने कुरा हामीले सोच्दा बिबादास्पद हो | निधार मा लेखेको हुदैन को कुन धर्म को |तैपनि आफ्नो परम्परा र पसुपतिको बिसेसता को रुप मा एस्लाई लिदै म चै कुनै आपत्ति जनाउदीन |हाम्रो धर्म मा धेरै देउता को धेरै बिसेसता छ |
    सोभाभागबती नेरी एउटा देबी ले उपद्रो गर्ने हुनाले तान्त्रिक ले बाधेर पनि राखेको छ |
    देउता र उपद्रो ?? फेरी बाधेर राख्ने ? आफुलाई प्रगति सिल ठान्नेहरुलाई यो पाच्य हुदैन
    तर यो पनि बिसेसता को रुप मै लि इ न्छ ?
    सिबजिको लिंग पुजा गरेको र उन्मत्त भैरब को लिंच्ग्ग पुजा गरेकोमा हास्ने र खिसी गर्ने पनि छ ? यो पनि बिसेसता नै हो ?
    अन्त मा हामि हाम्रो देउता तेरो भन्दा ठुलो भन्ने लघुताभास ले पिडित पनि छैनौ |
    देउता बनेर आउने जो कोइलाई पुजा गर्ने चलन छ अरु त् अरु ढुंगा ;आइ पनि देब मानेर पुजित गर्ने गरिन्छ ?

    • आजकल हैन भाई पहिला देखि नै पाइन्छ पेन गन ! हैन फेरी मान्छे लाई कसैलाई मर्नु पर्यो भने किन पशुपति नै जानु पर्यो भन्या. रिस उठेको मान्छे ले त बाहिर नै बन्दुकले नै मारिदिन्छ नि !

      • आर्य घाट नजिकै छ मलामी लाई दुख नहोस भनेर होला

  8. पशुपति भित्रको अरु रहस्यमय नियमावलीहरू
    पशुपतिको ४ मूल भट्टहरु भारत बात ल्याईन्छ र तिनीहरुले पसुपतिको मन्दिरमा चधायाको सबै रकम आफ्नो गोजीमा राख्दै आएको छ र बर्षमा केहि लाख रुपिया मात्रै पशुपतिको कोषमा जम्मा गर्छ/ पशुपतिमा नेपाली भट्ट नियुक्त हुँदा दिनको ४ लाख भन्दा बढी रकम पशुपति कोषमा जम्मा गरेको थियो/

    पसुपतिको मन्दिरमा भारतीय भट्ट नियुक्त गर्ने कुरा कुनै परम्पराको आधारमा भयको थियन/ प्रताप मल्लको पालामा पसुपतिको मन्दिरमा शिब मत अनुशार पुजा गर्न जान्ने नेपाली पुरोहित तत्काल नपायाकोले मात्रै दछिंन भारत बात भारतीय भट्टहरु नियुक्त भयको थियो/ तर आज नेपालमा शिब मन अनुशार पशुपतिमा भट्टको जिम्मेवारी संचालन गर्न सक्ने नेपाली भट्टहरु छन् त् नेपाली मन्दिरमा नेपाली नै भट्ट राख्न किन नचाहेको हो यो बुझी नसक्नु कुरा भयकोछ/

    पशुपति मात्र सार्वजनिक मन्दिर होईन/ पशुपति कुनै गुठि बा समुदाय मात्रको मन्दिर पनि होईन यो राज्यको मन्दिर पनि हो, लुम्बिनीको मायादेवीको मन्दिर र अशोक स्तम्भ जस्तै नेपालको सम्पदा पनि हो/ पसुपतिको नियमावली, पशुपति भित्र नियुक्ति सबै राज्यले नै गर्दै आएको छ/

    पसुपतिको कोषमा सोच्न सकिने भन्दा बहुमुल्य भयको बस्तुहरु छन्/ ईतिहास अनुशार राज्यले समेत समय समयमा यो कोष बात सापटी लियको देखिन्छ/ ९० सालको भुकममा रानाको सरकारले समेत यो कोष बात रकम सापटी लियको थियो/ तर आज यो कोषमा के छ कति छ भनेर भारतीय भट्टले बाहेक सरकारले समेत हेर्न नपाउने अदालत बात फैसला भयको छ/

    पसुपतिको मूल भट्ट आफ्नो कार्यकाल सकायर भारत फर्किने बेला उसले लाग्न खोजेको सामानहरु भन्सारमा खोलि जाचँ गर्न नपाउने नियम छ/ भट्टहरुलाई विदेशको राजदुतहरुले मात्रै पाउन सक्ने सुबिधा किन दिंदै आएको छ यो सार्वजनिक चासोको बिषय हो/ कुनै दिन पसुपतिको मूल भट्ट पदमा नियत खराव भयको भारतीय भट्टले यो नियमको फैदा उठायर पसुपतिको मूल ढुकुटी नै उठायर नलाग्ला भनेर कसैले ग्यारेन्टी दिन सक्दैन/

    हिन्दु धर्म मानव मात्रको धर्म हो/ हिन्दु धर्म पुराण अनुशार पनि मन्दिर भित्र अरु त् अरु असुर दानव समेतलाई पस्न बात रोकिंदैन तर पसुपतिको मन्दिरमा मात्र हिन्दुलाई प्रवेश भनेर यक्दम उराठ लाग्दो बोर्ड झुन्द्याईयाको छ/

    पशुपतिमा एउटा पुजा हुन्छ जसमा महादेवलाई बुद्धको मुकुट लगाईन्छ/ कथन अनुशार महादेवले भस्मासुर दैत्य लाई उसले कसैको निधारमा छोय त्यो भस्म हुने बरदान दियको थियो रे/ तर त्यो बरदान पाई सके पछी भस्मासुर दैत्यले त्यो बरदान महादेवको निधार छोयर प्रमाणित गर्न चाह्यो/ अनि महादेव भस्मासुर दैत्य बात भाग्दै गरेको बेला विस्नु भगवानले समेत “तिमीले नै दियको बरदान हो अब तिनी जानुन भस्मासुर दैत्य जानुन” भनेर पन्छ्यो रे/ तव महादेव बुद्ध (हिन्दु धर्म अनुशार अनेकौ बुद्धहरु छन् तेसैले कुन बुद्ध हो मलाई थाह भयन) बुद्धको शरणमा गयो/ बुद्धले आफ्नो मुकुट महादेवलाई लगाउन दियर आफै सिट बसायो रे/ महादेव खोज्दै आएको भस्मासुरले तपस्यामा लिन बुद्ध र बुद्धकै मुकुट लगायर बसेको महादेवलाई देखेर पनि चिन्न सकेन/ महादेव यसरि भस्मासुर दैत्य बात बच्नु भयो रे/ यहि कुरालाई सम्झन पशुपतिमा यक बिशेस दिन महादेवलाई बुद्धको मुकुट लगाईने पुजा हुँदै आएकोछ/ तर तेही पशुपतिमा भिछुको लुगा लगायको बुद्धको अनुयाई समेत पस्न पाउंदैन!!!

    अहिले पशुपतिमा भट्ट र भण्डारीहरू लाई तलव तोकियाकोछ/ जसको अर्थ उनीहरु पनि अब कर्मचारी सरह नै हुन्/कर्मचारीहरुले सम्पति विवरण दिनु पर्छ र उनीहरु सिट भयको सम्पति ज्याज भयको प्रमाणित गर्नु पर्छ गर्न नसकेमा के हुन्छ त्यो कुरा वाग्ले गुप्ता आदिलाई हेरे पुग्छ/ त् ई तलबी भट्टहरु पनि आफ्नो सम्पति विवरण बुझाउनु पर्छ कि पर्दैन यो कुरा कसैले नउठायको मात्रै होईन सोचेको पनि देखिंदैन/ अचम्मको छ नेपाल र नेपालको नियमावली!!!

    • madan bajracharya जी
      धन्यवाद है !!!
      महादेव र बुद्धको प्रसङ्गको कुरालाई स्पष्ट पार्नु भएकोमा . मैले पनि सानै देखि सुन्दै आएको थिएँ कि महादेवको शिरमा बुद्धको मुकुट लगाईन्छ भनेर तर घटना थाहा थिएन . जहाँसम्म लाग्छ महादेवको शिरमा बुद्धको मुकुट लगाउने दिन हो “बखुंमुदं अष्टमी” . यदि गल्ति भए सच्चाई दिनुस .
      दोश्रो जिज्ञासा- के हिन्दु धर्म अनुसार पनि बुद्धहरु अनेकौं छन र ?? तपाईले लेख्नु भएछ – (हिन्दु धर्म अनुशार अनेकौ बुद्धहरु छन् तेसैले कुन बुद्ध हो मलाई थाह भयन) यसमा confuse भएँ म . कृपया स्पष्ट पार्ने जमर्को गर्नु हुनेछ भन्ने आशा लिएको छु .
      तर बुद्धधर्ममा त २८ जना बुद्ध छन् .

      • निमेशज्यु
        बुद्ध जन्मेको नेपालमा “लुम्बिनी भन्दा काशी पवित्र” मान्ने नेताहरुलाई सुनाउन नै पसुपतिमा हरायक बर्ष महादेव समेत यक दिनको लागि “बुद्ध” बन्ने कुरा लेखेको हो/ “महादेव समेत बुद्ध बन्ने दिन” लुम्बिनी भन्दा काशी पवित्र मान्नेहरुको लागि एउटा व्यंग बनेकोछ/ नेपालमा महादेव र जनताले मानेको बुद्ध त् एउतै छ तर लुम्बिनी भन्दा काशी पवित्र मान्नेहरुले मानेको बुद्ध को हो मलाई थाह छैन/

  9. तात्तो न छारोको कुरा | क्यालकुलेतर भएको घडी चै लाएर जान पाउनेकी नपाउने नी ? नियम त बनायो, जांच कसले गर्नेहुन् क्यारे ?

    अनि यो नियम सर्वसाधारणलाई मात्र की अरुलाई पनि ?

  10. हिन्दू धर्म बाहेक अरु धर्म मान्नेहरु मन्दिर क्षेत्रभित्र छिर्न पाउने कि नपाउने? नियमले त केही भनेन त।

    त्यो बाहेक नियम ठिकै हो । मन्दिरमा पुजा गर्न जाने को हिसाब गर्न ? क्यालकुलेटर निषेधलाई मेरो पुर्ण समर्थन। 😀

  11. यस्तै मान्छे हरु ले धेरै नियम बनाएको ले नै हिन्दु धर्म मान्ने हरु को संख्या कम हुदै गैराखेको छ. ब्रह्मिन भनौदा हरु ले आफ्नो स्वार्थ को लागि अनेक नियम बनाएर, हिन्दु धर्म लै नै निच देखाउने प्रयाश युगौ देखि हुदै आएको छ.. यस्ता अनावस्यक नियम हटाए मा हिन्दु धर्म प्रति मानिसह हरु को बिश्वास पक्कै पनि बढ्नेछ…. जय पशुपति नाथले नेपाल को प्रगति र नेपाली हरुलाई सुबुद्धि प्रदान गरुन… जय nepal

  12. शिवजी आफै बाघको छाला लगाउँथे रे हात्ती को छाला ओढेर सुत्थे रे / अहिले चैं किन छाला प्रतिबन्धित भयो बुझियन /

  13. सडकको फोहोर भन्दा मुलुकलाई कङ्गाल बनाएको भ्रष्टाचारको फोहोर फालेको भए पो स्याबास भन्ने ?

  14. यदि सलाई लैटर नलगे कसरि धुप बती गर्ने हो? पहिला बागमती सफा गर्ने काम गरे हुन्थ्यो कि कसो त साथी हो………… कहिँ नभाको नेयम कानुन हाम्रो नेपाल मा ………

  15. छालाजन्य सामानहरु निषेध… हाम्रो जिउ नै छालाले मोडेको छ !

  16. James Bond को मुवी हेरेर बनाएको नियम जस्तो छ |

  17. सबै भन्दा राम्रो भारत बाट आएका जोगी जस्तै गरि आउनु पर्ने भएको भए राम्रो हुन्थ्यो. तेत्रो लिस्ट बनाउनु पर्ने tension नै हुँदैन थियो.

  18. पेन, डटपेनले जता पायो त्यतै जथाभावी लेख्लान् भनेर होला; शिशाकलमले लेखे ‘इरेजर’ छँदै छ नि ! 🙂 बरु यो क्याल्कुलेटरको कुरोचैँ बुझिनसक्नु भो ।

    • मन्दिर मा चढाउने पैसो हिसाब किताब गरेर घटाउलान कि भनेर पो होला !! 🙂

  19. शिव जी ले मेरो नाममा कति पैसा आयो भनेर हिसाब गर्न माग्छन भनेर होला पेन क्यालकुलेटर प्रतिबन्ध गरेको/

  20. भारतको सिको हो-डटपेन, क्यालकुलेटर आदि लान नपाइने।उत्तर भारतको वनारस, अयोध्या आदि ठाउँमा यस्ता कुनै कुरा पनि बोक्न पाइदैन।सुरक्षा ज्यादै कडा पारिएको हुन्छ।अयोध्याको रामजन्मभूमि र वनारसको विश्वनाथ बाबाको दर्शन गर्न लगभग आधा किलोमिटर पुलिसको पहरामा हिड्नु पर्छ।सायद यही सिको होला। तर लागु गर्न सके राम्रो हो।

  21. कालकुलेटर ले हिसाब गरेर भेटि रकम दुरुपयोग गर्न रोक्चन भनेर यसो गरेको होला ! यस्तो आइडिया हामीलाई पनि किन क्लिक हुने भय कति सजिलो हुन्थ्यो !

  22. पेन गन हुन सक्छ भनेर पेन लान नदिएको होला अनि क्यालकुलेटर मा battery हुने भएकोले लान नदिएको होला

    • पेन गन बोकेर शिवलिङ्ग को हत्या गर्छन भनेर होला है हेहेहेहेहे

    • टाउकोमा brain हुने भएकोले टाउको पनि निषेध गर्ने / Brain नभएको टाउको लाइ मात्र प्रवेश दिने / तेसो गरे भित्र भिड हुदैन अनि नेता र पुजारीलाई सजिलो हुन्छ / तलब त तोकेकै छ नि /

  23. अजसम्म पशुपतिनाथ मन्दिरमा हुने अम्दानिलाई सदुपयोग गरेकोभय अनगिनती अनाथालय बन्नेथिये / हसुर्न सम्म हसुरे /डकारन सम्म डकारे / प्रजतान्त्रमा कुनै धर्मलाई निषेध गर्नु मौलिक हकको हनन हुन्छ / बाबु आमा नभएका टुहुराहरुलाई सहारा दिएर धर्मको ध नजनेका ती लालाबालाहरुलाई खानबसन र सिच्छा दीइन्छ/ समय बित्दैजांदा उनिहरुको चिनारी हिन्दू  नभएर अर्कै हुन्छ / यो कुनै काल्पनिक कथा ब्यथा होइन/ यो पसुपतिको नाकैमुनी काठमांडूमा घटिरहेकोछ / कलम कापी कैलकुलेटर निषेध हुनु के नै ठुलो कुरा भयो र ?

  24. अब कुन दिन देखि लुगा खोलेर मात्र दर्सन गर्न जना पौने नियम लगाउन बेर छैन

  25. पक्कै पनि केहि कारण त होलानी …. यसलाई अन्नेथा रुपमा नालिउ !! समस्त नेपालीको अस्थ!को केन्द्र पशुपतिलाई सव्स्थ,सफा र शान्त राख्न हामीले पनि सहयोग गरौ !! समग्रमा हेर्दा पशुपति कोसले बन्देज्ज गरेको समान हरु एक धार्मिक इश्थलमा लग्नु आबसेक पनि देखिदैन ! पुजारीको तलब तोक्ने देखि पशुपतिको सफाई फूतपाते पसल तह लगाउने आदि आदि गरि राम्रो कामको सुरुवात गरेकोले हाम्रो पनि येस्मा सहयोग हुनुपर्छ !!! पशुपतिनाथले हामी सबै को कल्याण गरुन, !!

  26. लौन साचै के कारण रहेछ डटपेन र क्यालकुलेटर नै प्रतिबन्द लगाउनु पर्ने? कसैलाई थाहा भए जान्न एकदमै इच्छुक छु.. सालोक्य जी ले भन्नु भए जस्तै हिसाब गडबड गर्न नपाइने भो यदि क्यालकुलेटर प्रयोग गरियो भने भनेर नै त होइन ?

  27. अझै पनि पशुपतिको रकम हिनामिना गर्ने गिरोह सक्रिय भएको हुनाले एस्तो कुरा आएको हुनुपर्छ .

  28. ओहो मोबाइल, क्यालकुलेतर,डटपेन सबै बन्द गरेचन बा !!!
    अब त मन्दिर परिसरमा कसैले औला भाच्दै हिसाब गरेको देखेभने पनि ” जा boxing glove” लगाएर आइज भन्न बेर छैन

Comments are closed.