मन्त्री र सचिव सफा गर्दै


सरकारले राष्ट्रिय स्वयंसेवा अभियान भन्दै भोलिदेखि राजधानीका विभिन्न स्थानमा सरसफाइ गर्ने काम अघि बढाउने भएको छ। त्यसैको सुरुवात गर्दै आज सिंहदरबारमा मन्त्री र सचिवहरुले कुचो र डस्टबिन बोकी सरसफाइ गरे। हेरौँ अर्थ मन्त्रालयमा सफाइ गर्दै मन्त्री वर्षमान पुन, राज्य मन्त्री हरिराज खेवा लिम्बु र सचिव कृष्णहरि बाँस्कोटा। भोलिदेखि स्वयंसेवकहरुको सहयोगमा बाग्मती नदीदेखि लिएर काठमाडौँका विभिन्न भागको सफाइ गरिँदैछ। यो अभियान कतिको सफल हुने हो, भोलिदेखि हेर्न पाइनेछ।

महानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चैत २४ देखि २८ गतेसम्म ३५ वटै वडाका टोल, सडक, गल्ली, खुल्लास्थल तथा २९ गते विष्णुमती नदी र ३० गते वागमती नदी सरसफाई गरिने जनाइएको छ।

महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदारबहादुर अधिकारीले सो अभियानले फोहोरलाई आयआर्जनको स्रोतको रूपमा प्रयोग गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुने सो कार्यक्रममा सम्पूर्ण नगरवासीले सक्रियताका साथ सहभागी हुन अनुरोध गरे।

सो अभियानअन्तर्गत सार्वजनिक खुला क्षेत्र, चोक, सडक, गल्ली बढार्ने, नदी तथा नदी किनारामा थुप्रिएर रहेका फोहोरमैला सफा गर्ने, प्लाष्टिक तथा कागज उठाइने, पोष्टर पम्प्लेट उप्काउने र सफा गरिने र सन्देशमूलक सूचना सामग्री वितरण गरिने छ।


49 Comments

  1. सडकको फोहोर त् देखाउनलाई १ दिन सफा गर्छौ. आरु राजनीतिको, घुसखोरी , वस्ताचार, नाताबाद,दलाल्बाद, को फोहोर कसरि सफा हुन्छ ?
    जनतालाई मुर्ख बनायर , कति दिन टिक्छौ , जनता लै सिस्टम मा बसालेर दलाली आधा पाकेको माछो खान दिएर होइनकी खोला को माछा मर्न सिकौ .
    चिरन

  2. मंत्री सचिबजीहरू एक दिन कुचो समाएर के गर्ने ?बाटोमा आएर कुचो लगाउनु सट्टा भ्रस्टाचारीहरुलाई कुचो लगाये कसो होला ? बागमती र बिश्नुमतीबाट फोहर कसिंगर हटाउनुको सट्टा भिखारी त हामी हौंनै बिकसित देसहरूसंग ढल्को फोहर लाई उपचार गर्ने प्लाण्ट भीख मागे कसोहोला ? कमिसन को संभावना पानी हुने काम गरे भन्ने पनी पर्ने 

  3. मन्त्रि ज्यु ! जिन्स र स्पोर्ट शुजमा झाडु लिएको पछाडीबाट कति सुहाको यार ? अनि सचिब ज्यु ! दौरा सुरुवाल र ढाका टोपी लाएर झाडु समाएर केको नौटंकी गर्या ? झाडु लगाउनेनै हो भने तपाईहरु दुवै संग कट्टु र गन्जी छैन ? यदि छैन भने नधोएको भित्रि कट्टु उपहार राखेर मेरो पुरानो कट्टु र गन्जी पठाई दिम ? त्यस पछी झाडु समाउनुस अनि सुहाउछ | फोटो खिचाउनैको लागी गरिएको फोटो सेसन भन्दा अरु केहि होइन भनेर सबलाई थाहछ | नौटंकी बाजहरु !!!!!

  4. बिहान ६ बजे देखि part time को रूपमा मन्त्रि र सचीव हरूलाई नै काठमाडौँ को गल्लि गल्लि सरसफाइको लागि खटाईनु पर्ने जस्तो लाग्यो ! र हाम्रा सभासद हरूलाई पनि बिना काम त्यसै सुताई राख्नु भन्दा बेस त पालैपालो गरि संसद भवन को toilet सफा गर्ने काम मा लगाए हुन्छ !! यिनीहरू येस्तै काम मा मात्रै perfect होला जस्तो लाग्यो, कि कसो ????

  5. जे भए पनि सर्हानिय काम भएको छ ,यसैले निरन्तरता पाओस.

  6. फोहोरी ले सफा गरेको ठाउं कस्तो हुन्छ…….मन्त्रि सचिब सबै फोहोरी हुन्……

  7. राम्रो कुराको त समर्थन गरौँन हो ! कति बिरोध मात्र गर्नु हो !!

  8. देखावटि मात्र नहोस….. सकारात्मक कामहरूले निरन्तरता पावस् ।

  9. लौ दिर्घकालिन प्रभाव कायम रहने केहि गर्न नसके पनि अल्पकालीन भएपनि केहि चाही गरेको जस्तो गर्यो भनौ कि गर्यो भनौ ??!

  10. फोटो खिचेर नाटक गर्नु भन्दा देस सफा हुने नेयम बनाउनु महानता हुन्छन

  11. मन्त्रि ज्यु सचिब ज्यु सब भन्दा पहिले आफ्नो मन सफा गर, देश मा हुने अपराध र गैरकानुनी काम सफा गर, त्रिभुवन विमानस्थल को स्थिति सफा गर, देश को मेरुदण्ड रहेको बैदेशिक रोजगार बेबस्था सफा गर देश तेसै सफा हुन्छ तिमि हरु को कुचो लगाउनु नै पर्दैन, कुचो म लागौछु हरेक जनता कुचो लगाउने छन्.देश टिलिक्क तल्कनेछ हिरा हो हाम्रो देश जुन जस्तै चमक्नेछ ,जय नेपाल.

  12. स बाट सडक चौडा ….
    स बाट सडक सफाइ अवियान…..
    तर स बाट संबिधान चाई कैले प्रधानमन्त्री ज्यू!!!!!

  13. बाटो मात्र सफा गरेर भएन महासय…भ्रस्टाचारको जालो पनि सफागर्नु पर्यो ! त्यो भन्दा पहिला तपाईहरुको मानसिकता सफा गर्ने कि !

  14. यो काम गर्दा हास्ने लाई के गर्ने ? नाटाक भनेर हा*सेको कि ? काम गर्र्यो भनेर हा**सेको ??
    त्यो पछाडी बसेको पोलिस लाई चै श्राम शिबिर तिर सरुवा गर्नु पर्ला जस्तो छ…………………….

  15. नाटक नै बेसी | फोटो खिच्न लाई सफा गरे जस्तो | मन्त्रि र सचिब ले सफा गरेका अनि उनका अंग रक्षक पछाडी हात बाधेर उभियको क्या राम्रो देखियको…..photo of the day…..

  16. नौटंकी देखाउन बाहेक के नै जानेका छन् र ?”कहिँ नभाको जात्रा हाँडी गाउँमा” भनेको चाही यहि हो |

  17. देश बिकाशको नक्सा देशको GDP ग्रोथ ले कोर्दछ ! अर्थासस्त्रको सामान्य सिधान्त सायद बाबुरामलाई थाहा नभयर होला कहिले मुस्तान्ग्को नाटक त कहिले कुचिकारको नाटक ! खैर, नाटककार र चाटुककारको संयोग, माने, जोडी दरो देखियाकोले प्रसंसा त गर्ने पर्यो र नेपालीलाई यी नटुककार र चाटुककारले कति मुर्ख बनौदो रहेछ भन्ने उज्यालो उधाहरण! छिमेकी देसका नेताहरुले कुचिकार नबने पनि त्यो देशको GDP बढेको बढेको छ ! नेपालमा भने गरिब नेपाली दजुभैले पसिना बगयारा पठायको रेमित्यन्समा नाटककार र चातुक्कार्को फोटो सेसन छ बा ! एक दिन कुचिकार बनेर ३६४ दिन देशको ढुकुटीमा खेल्न पाईन्छ भने किन नबन्ने कुचिकार ?

  18. पहिला आफुले धोस्त परेका पुल पुलेशा मर्मत गर, जनतालै संबिधान देउ, यस्ता जनतालै बेवकुफ नबनाऊ. थुक्क तिम्रो बुद्दी,

  19. ल ल धेरै नाटक पर्न पर्दैन तिमीहरुले तातो न छारोको !

    अब जेठ १४ पछि कानुन पुस्तकालय गएर बोरामा खादेर फलेको २०४७ सालको नेपाल आधिराज्यको संबिधान हामी सफा गर्नेछौं !

  20. सड़क होइन हामी लाई आत्मा सफा देऊ सक्छौ भने जनता लाई साथ देऊ, दुख देऊ सास हुज्नेल हामी त सहुला, नपरोस हेर्न तिमी लाई तिम्रो आफ्नै सन्तान ले धिकर्ला …………
    घर मा नाटक भै सक्यो छिमेकी लाई थाहा पनी भयो

  21. कुकुरले त आफु बस्न अगाडी पुछरले सफा गरेर बस्छ भने मान्छेलाई यो सिकॉनै पर्दैन ,तोकिएको ठाउमा फोहोर फ्याक्ने ,जहातही फोहोर फक्नु हुदैन भन्ने सम्म सम्पूर्ण मान्छेमा चेतना पलौदैना तब सम्म येसरी देखौना २/४ जनाले बढारेर हिडेर केहिहुदैना जस्तो लाग्छा मलाई बरु नियेम बनाउने,पालना नगर्नेलाई कारबाही गर्ने ,ठाउँ ठाउमा कन्टेनर राख्दिने ,समयेमै फोहोर उठाउने ,जनचेतना जगाउने

  22. पुन लाइ मन्त्रि भन्दा पनि कुचिकार बनेको धेरै राम्रो सुहाउछ/
    मन्त्रालय बाट अब उसलाई नगरपालिका मा सरुवा घटुवा गर्नु पर्यो /

  23. फोटो हेर्दा बर्षमान पुन नगरपालिकाको कुचिकार पदको लागि फीट देखिन्छन . उनको personality बिल्कुल कुचिकार जस्तै देखिन्छ , बधाई छ / यो पाखण्डी पुन जो तथाकथित जनयूद्धको नाममा कमान्डर बनेर राति राति सदरमुकाम हान्ने भन्दै निर्दोस राष्ट्र सेबक कर्मचारी, सेना र प्रहरी जसले हतियार फालेर आत्मा समर्पण गरिसकेर पनि एसले लाइन लगाएर गोलि ठोक्ने आदेश दिन्थ्यो , त्यो रगतको टाटा एसले कुचिकार बनेर कहिले सफा गर्ने हो ?
    एस्तो अफिस कम्पाउण्ड भित्र पहिले नै अरुले सफा गरिसकेको ठाउमा केवल फोटो लिनलाई मात्र कुची बोकेर केहि हुनेवाला छैन , एदी सहर सफा गर्ने नै हो भने जानुस सहरको टोल टोलमा कुची बोकेर , अनि हुन्छ सफा

  24. अरुलाई मन सफा राख्ने संदेश दिने हाम्रो मनले भने कुनै पनि कदमको कहिल्यै पनि प्रशंसा नगर्नु भनेर सपथ नै खाएको हो कि? कृपया आफूले देशलाई के योगदान दिनु भएको छ त्यो पनि विश्लेषण गर्नुहोस, केही गर्न नसकेपनि कम्तिमा रचनात्मक बन्ने प्रयास गर्नुहोस.

  25. Maoist leaders are like Chataki or Nautanki. They do whatever that comes in their mind. Is this guy working during office hours? Look at his dress up during in office hours. He doesn’t look like a minister. I think this work fits him. He should give up his ministeral post and start cleaning the road. I would appreciate him If he is notdoing for name shake and fool the people. We can believe in these leaders.

    • मेरो दिमाख मा पनि मन्त्रि लाइ हेर्ने बित्तिकै तपाई ले लेखेको कुरा मन मा आयको हो. येस्ता छन् माओ का चेला कोहि अरु लाइ slc दिन लागौछां केहि के गर्छन नाटकै धेरै.

  26. नेता हरु ले योग्यता अनुसार को काम त गरे तर आफ्नो बासस्थान (सिहदरबार)मा मात्र होइन देस नै फोहोर तिमि हरु बाटै भएको हो अब सकिन्छ भने सिहदरबार बाट सुरुआत गरेर देस भरि को मैला सफा गर्ने तिर अगाडी बढ तिमि तोर्पे हरु को काम नै पो के छ र?

  27. कहिँ नभएको जात्रा नेपाल मै हुँदो रहेछ ???? के यिनी हरु ले सधै यसरि नै बडार्ने हुन् त ??? कति नाटक गर्न सकेको होला ?? नेपाल का नेता ………… बाह्र बर्ष कुकुर को पुछ्छर ढुङ्ग्रो मा हाल्यो ढुङ्ग्रो नै बांगो भो……. !!! भने जस्तो …………… कुरी कुरी कुरी कुरी ………..नेपाल का नेता धुश्रु का पात हरु ( धुश्रु = जंगल तिर पाइने टोइलेट पेपर जस्तै नरम पत्ता भएको बुटो )

  28. अब नेताहरुको रिदय ,अनि मन पनि सफा गरेर देशको नाम पनि सफा राख्ने अभ्यास गरौं

  29. यो सफाई भन्दा पनि फोटो सेसन हो. येदी साँचो अर्थ मा सफाई अभियान चलाउने हो भने र तागत छ भने फोहरी, भ्रस्ट, र लुटेरा नेताहरुलाई बढारेर फाल्ने हिम्मत गर्नु अनि देस सफा हुन्छा. त्यो दुइ दिन को देखावटी रहर ले जनता लै झुक्याउने काम नगरे बेस होला जस्तो मलाई लाग्छा. खै धुम्रपान निषेधको नियम पनि बनाकै हो, खै कता लागु भएको छ? यो सबै लूति खाने भाँडो बनाएको जस्तो मलाई र मेरो पार्टी लै लागेको छ.

  30. फोहोर नै न भएको ठाउँ मा के सफा गरेको नाटक गरे होलान ….खुरुक्क बाटो तिर जानु ..खोला तिर बाट सुरु गर्नु नि…अनि ठाउँ ठाउँ मा dustbin को बेबस्था गर्नु..dustbin अलि दरो खालको राख्नु पारो आन्दोलन भयो भने फेरी फुतालिहल्चन सोल्टी हरु ले …अनि जोसले आन्दोलन गर्दा भौतिक छेती गर्छ उसैलाई तिराउनु पारो …बाटो मा फोहोर हत्याउने लाई समातेर मा प से जस्तै कारबाही गर्नु ….

  31. मन्त्रि ले बाटो मात्र हैन आफ्नी लुगा पनि सफा गर्न पर्यो | लगायको पोसाक अनुसार त मन्त्रि को कुचिकार जस्तो नै देखिन्चन| कमसे कम राष्ट्रिय पोसाक को त खयाल गर्न पर्यो

  32. हाम्रो सब नेता लाई दुइ वर्ष जति बिदेशी भुमि मा ट्रेनिग स्वरूप राख्ने हो भने बल्ल काम के हो, कानुन के हो, शिष्टाचार के हो, ब्यबस्थापन के हो बुझ्थे कि अनि बल्ल जनता को शेवक बनेर काम गर्थे कि ……जे होस् अलि अलि भयपनी राम्रो काम भन्नु पर्छ

  33. यसरि धुलो सफा गर्नुको सट्टा यिनले आफ्नो भ्रस्टचारी मन सफा गरे कति जति हुँदो हो!!!

  34. भट्टराई जी कार्ययोजना त राम्रो राम्रो ल्याउनु हुन्छ तर के गर्नु यहाँ जनता हरु सब पार्टीगत समुहगत रुपमा सहयोग र आलोचना गर्ने बनि परिसक्यो. कमीकमजोरी लाई सुधारी राम्रो योजना अघि बढाउनु जनताको कर्तब्य हो. राम्रो कामलाई बढावा दियर नराम्रो काम त्यागी नया ढंगले अघि नबढे राजनीतिक पार्टीको हावाकुरा र सिद्दान्त ले केहि हुन्न.

  35. बल्ल योग्यता अनुसारको काम गरे
    बिचरा कुचिकारको जागिर पनि खोस्ने भो मोरो

  36. बल्ल योगेता अनुसार को कम पाएछन् फटाहा नेता हरु ले एस्लाई निरन्तरता देउ है मन्त्रि तान्त्रि हरु यो भन्दा अरु गर्न जानेको पनि हुनापर्छा नी ….

  37. राजनीति र कर्मचारीतन्त्रलाई फोहोर बनाउने पनि यिनी हरु नई हुन् . त्येसैले इनी हरुले आफ्नो दिमाग र मनमा भएको फोहोर पनि यसै गरि सफा गरे भने देश सुन्दर हुने छ . सबैलाई चेतना भय.

  38. It is good start but one should teach properly as how to clean and the degree of cleanliness. The broom our leaders are holding is to clean the room (domestic size). I can see Mr. Baskota bending so much and with that short of poster people can not work more than few minutes and ultimately hurt your backbone and disable for whole life. One should provide a proper industrial size broom with long handle and bigger area coverage head so that the effeciency will be increased without hurting backbone. We need good technic not emotion it does not work!
    My best wishes and congratulations to those who at least realised the importance of cleanliness.

  39. अहिले को सन्धर्भ मा भन्नु पर्दा यो एउटा निकै नै सकारात्मक कदम हो र ढिलो भएपनि स्वागतयोग्य छ/आज हामि पछी पर्नु को एउटा कारण सरसफाई नै हो भन्दा फरक पर्दैन/तपाई बिश्वोका बिकसित देश हरु हेर्नुस त कति सफ्फा हुन्छन?हाम्रो नेपाल मा नियम को कमि छ/मेरो विचार मा प्रतेक दिन एउटा तालिका बनाएर काठमाडौँ मा एक घन्टाको दरले मात्र सफाई गर्नेहो भने पक्का पनि त्यो काठमाडौँ को मुहार फेरिने छ र त्यो एक घण्टा मा जो जहाँ छ तेस्ले त्यै नै सफा गर्नु पर्छ/फोहोर हरु फोहोर फ्याक्ने भाँडो मा मात्र फाल्नु पर्छ/पसल अगाडिको फोहोर त्यै पसले ले नै सफा गर्ने हो भने त्यो दिन टाढा छैन जुन दिन नेपालको नाम बिकशित र सभ्य र सफा मुलुक को सुची मा हुन्छ/हाम्रो देश आफै ले बनाउ यहाँ कुनै बिदेशी ले सरसफाई गर्ने हैन र बिदेशी ले बनाउने होइन/

  40. कसिंगर त जसले नि बडार्न सक्छ, यसरि नै सबै मिलेर भ्रस्टचारी जति सबै बनारस पुर्याउन सके मेरो तर्फबाट वाह वाह वाह छ मन्त्रीहरुलाई, अनि क्यामेराको अघि मात्र होइन सधै अफिसमा र घरमा पनि बडार्न पर्यो मन्त्रीज्यु बरु समय पुग्दैन भने समय बढाएर ८ घण्टा अफिस समय बनाउनुपर्यो

  41. मन्त्रि ज्यू हरु ले कुचो लिएर सफा ठाउमा बधारेको रहेछ / फोहोर ठाउमा होइन रहेछ / फोहोर ठाउमा सफा गरेर देखाउनु पर्छ/ बिस्नु मति किनार मा फोहोर छ त्यहाँ सफा गरेर देखाए राम्रो होला /

  42. मन्त्रि र सचिब ज्यू ले यसरि कुचो लिएर सडक सफा गर्नु भन्दा मलाई लाग्छ बरु जथा भाबी फोहोर गर्ने हरु लाइ अरु देश मा जस्तै कडा कारवाही गरे राम्रो होला जस्तो लाग्छ / विदेश मा हामीले कुकूर लिएर दुल्न जादा एदी कुकूर ले बाटो मा दिशा पिसाप गर्यो भयो कुकूर मालिक ले सफा गर्नु पर्छ नगर कारवाही हुन्छ / मलाई एस्तो चलन देखेर खुशी लग्यो . हाम्रो देशमा पनि जथा भाबी फोहोर गर्ने लाई जरिवानी मात्र होइन एक दुइ दिन थुन्नु पर्छ / मन्त्रि ज्यू लाई मेरो अनुरोध / खोला मा फोहोर फाल्ने बानि तुरुन्त हटाउनु पर्छ / एसरि मन्त्रि ज्यू हरु ले कुचो लिएर सडक बढारेर मात्र समस्या समाधान हुँदैन जस्तो लाग्छ

  43. मन्त्रि ले सफा गर्छा भनेर पहिले नै फोहर गरेर राखेको थियो यो डाक्टर भट्टराई को बज्र स्वण्ठ ले देश दुबयेरा जाने भयो मुमा राम खनाल ले बाबु राम भनेको झिना मसिना कुरामा ध्यान दिन तर ठुला कुरा वास्ता नगर्ने भनेको थियो एक दम ठिक रहे छ बाबु राम का झिना मसिया कुराहरु:
    १ मुस्तांग गाडी
    २ सस्तो क्लास मा यात्रा गर्नु
    ३. पकेट खर्च कोष मा दाखिला गर्नु
    ४. जनता संग बाबुर राम कार्य
    ५. हेल्लो सरकार कार्य क्रम
    ६. नारायणहिटी मा शिलान्न्यास
    ७. मुख मा जे आयो तेही बोल्नु
    ८. अहिले आएर यो सफाई कार्य क्रम

  44. हेर्दै फोटो खिचाउन पोज दिए जस्तो गरि सफाई गरेको देखिन्छ , खै के सफा गरे भन्नु? सफाइ , त्यो पनि सिंह दरबारको चिल्लो सडकमा !! अझ, ल भोलि मन्त्रि ज्युले सडक सफा गर्नु पर्ने छ – राम्ररी सफा गर्नु भन्ने उर्दी थियो होला सडक सफाई गर्ने कर्मचारी लाइ|
    राम्रो काम गरेर देखाउने भए मैतीदेवीको सडक सफा गरेर देखाउनुस मन्त्रीजी, सबैले देख्ने पनि थिए, जनचेतना पनि बढ्थ्यो होला!

  45. धुलो फोहोर नै नभएको ठाममा के नाटक होला ..? बरु भोलि पर्सि जहिले सम्म सफाईकामको तमाम हुदैन तहिले सम्म बागमती किनारा तिर पनि यी सबै जन्तु हरुलाई देखन पाए हुने,…., जे भे पनि सर्हानिय कामको सुरुवात भएको छ सबै टोल बासिन्दाहरुले सभ्यनागरिकको हैसियतले पनि आ आफ्नो ठाम बाट सक्दो सहयोग गरिनु पर्दछ र यो सरसफाई अब सधै र नियमित हुनु पर्ने छ तब काठमान्डू सफा रहाला

Comments are closed.