सय रुप्पेको नोटमा ‘बुद्ध लुम्बिनीमा जन्मेको लेखिने’

सन् २००६ मा जारी गरिएको राजा ज्ञानेन्द्रको पालाको सयको नोट

अबको छ महिनापछि बजारमा नयाँ डिजाइनको सय रुप्पेको नोट हेर्न पाइनेछ। सय रुप्पेको नोटको अगाडिको भागमा अहिले भक्तपुरको न्यातपोल मन्दिर रहेकोमा त्यसलाई हटाई लुम्बिनी र अशोक स्तम्भ राखिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले नोटको नयाँ डिजाइन पास गरेको छ। नयाँ डिजाइनमा ’Lumbini: The Birthplace of Lord Buddha’ भनी अंग्रेजीमा पनि लेखिनेछ। त्यसैगरी नोटको नम्बर नजिकै रहेको तारादेवीको मूर्तिलाई परिवर्तन गरेर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्ति राखिनेछ।



सय रुप्पेको अहिले चलिरहेको नयाँ नोट सन् २००८ मा जारी गरिएको हो।


राजा वीरेन्द्रको पालामा नोट यस्तो थियो।

राजा महेन्द्रको पालामा सयको नोट यस्तो थियो। यस्तो नोट सन् १९६१ मा जारी गरिएको थियो। यस्तो एउटा नोट मैले गएको दशैँको टीकामा दक्षिणास्वरुप पाएको थिएँ 🙂

गणतन्त्र स्थापनापछि नोटको डिजाइन परिवर्तन गरिएको यो दोस्रो अवसर हो। यसअघि डिजाइन परिवर्तन गर्दा नोटमा राजाको तस्बिर हटाई बुद्धको तस्बिर राख्‍ने बारेमा समेत छलफल भएको थियो। तर बुद्धको फोटो राख्‍न नहुने भनी विरोध भएपछि तत्कालीन गिरिजाप्रसाद कोइरालाको सरकारले राजाको तस्बिरको ठाउँमा सगरमाथाको तस्बिर राखेको थियो। तत्कालीन मन्त्रिपरिषद्को बैठकमा बुद्धको फोटो राख्‍ने प्रस्तावलाई अर्थमन्त्री रामशरण महतले हुँदै हुँदैन भनी अड्डी लिएको समाचार त्यतिबेला आएको थियो।

अबको परिवर्तनमा नोट जारी मितिमा विक्रम संवतसँगै इस्वी स‍ंवत् पनि लेखिने भएको छ।

नोटमा गर्न लागिएको यो परिवर्तन तपाईँलाई कस्तो लाग्यो ? आफ्नो विचार तल कमेन्टमा लेख्‍नुहोला।

[polldaddy poll=6111789]

53 Comments

  1. भारतले नक्कली लुम्बिनी बनाई रहेको सन्दर्भमा एक सय होईन पाँच सय वा हजारको नोट्मा छपाइ भए राम्रो किन की आज भोलि सय रुपैया भन्दा माथिको धेरै चलन चल्तिमा छ ।

  2. This is avoid the misunderstanding for Buddha born place all over the world as he was born in Lumbini, Nepal.

  3. Lumbini,Nepal :the birth place of Buddha is the best.
    However postal ticket is the best way and the people who are curious about the budisham does no the birth place of budha. Every people google about budha, google is the best place as well the wikipedia about budha and his birth place and his history.

  4. हेर्नुस मित्रहरु,
    कुलचन्द्र गौतम र कनक दीक्षित मिलेर यु एन को महासचिव फागुनमा नेपालमा आएर लुम्बिनी पनि जाने प्रस्ताव आउँदा उनी आउँन हुँदैन, माओवादीलाई बल मिल्छ भनेर अन्तरास्ट्रिय आन्दोलन नै चलाए| अन्तत भ्रमण स्थगित गराई छाडे|
    बान कि मुन नेपाल आएर लुम्बिनी गएको भए सौ रुपियाको नोटमा बुद्ध जन्मेको भनेर लेखेको भन्दा प्रभावकारी हुने थियो| अन्तराष्ट्रिय न्युज मेडियाले दिने थियो|
    मुखले चै चेतना भया भन्ने अनि मनले चै बेदना भया भनेर चिताउने|

  5. निलम, लाजिम्पाट
    बुद्ध न मान्ने वा बुद्धलाई हिन्दु धर्म भन्दा पृथक धर्म सम्झने धर्मवालीहरु हाम्रो देशमा कमै होला फेरी बुद्धको जन्म स्थान लुम्बिनी हो भन्ने त हाम्रो देशको लागी एउटा गर्वकुरा हो यो एउटा वास्तविक र साख्छात कुरा पनि हो फेरी किनचाही हाम्रो माननीय सांसद ज्यु ले नोटमा राखने कुरामा बिरोध जनाउनु भाको हो कताई धर्म-धर्म को बीच मतभेद ल्याउने विचार मनमा ल्याउनु त भाको होइन ?

  6. बुद्ध नेपाल मा जन्मेको भनेर गर्ब गर्नु भन्दा बुद्धको विचार चाहि कति लागु गर्यौ या शान्तिका लागि कति गर्यौ भनेर सोचे खण्डमा हामि जनता त्रासबात मुक्त हुने थियौ .

  7. यो नोट मा लेख्ने कुरा त्यति प्रभावशाली देख्दिन म त / बरु हुलाक टिकट मा लेखे देखि देस बिदेस सम्म पुग्थ्यो / बेलायतमा सबै दर को हुलाक टिकेट मा रानी को टाउको हुन्छ त्यस्तै हामीका पनि सबै विदेश जाने हुलाक टिकेट मा बुद्धको शिर राखी नेपाल मा जन्मेको भनि लेख्न सकिन्छ /

  8. लुम्बिनी बुद्धको जन्मस्थल भनेर नोटमा लेख्नु राम्रो कुरा हो | नोटमा अंग्रेजीमा Nepal भन्ने शव्द कहीं न कहीं हुनु पर्यो | अहिलेका कुनै पनि नोटमा त्यो छैन | रुपियाँ धेरै देशको मुद्रा भएकोले नेपाल सहित अन्य दक्षिन एसियाका देशहरु घुमेर आएको मेरो एक जना बिदेशी साथीले बचे कुचेका नोटहरू देखाएर यी मध्ये कुन नेपाली नोट हुन् भनि सोद्धा पो थाहा भयो
    हाम्रा नोटमा Nepal भन्ने शव्द नै रहेनछ | यदि अंग्रेजीमा Nepal नोटमा भएन भने लुम्बिनी मात्र लेख्दा बुद्ध नेपालमै जन्मेको भन्ने कुरा विदेशीलाई प्रष्ट नहुन सक्छ |

  9. लुम्बिनी, अशोकस्तम्भ र मायादेवीको फोटो राख्दैमा सगरमाथा हटाउन त पर्दैन । अनि यसमा “Lumbini: The Birth Place of Lord Buddha” को सट्टा “Lumbini, Nepal: The Birth Place of Lord Buddha” राख्न उपयुक्त हुन्छ । अन्यथा, हो यसले फेरि भारतलाई चलखेल गर्ने राम्रो मौका दिन्छ । किनकि लुम्बिनी नाम भारतमा पनि छ ।

  10. संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्नुको साटो बुद्ध जन्मभूमि नेपाल भनेर नेपाल कै नाम फेरे झनै राम्रो…..

  11. ’Lumbini: The Birthplace of Lord बुद्ध यति मात्र लेखे फेरी झुक्किने छन् पर्यटक हरु तेसैले सबै भन्दा राम्रो ’Lumbini Nepal :” The Birthplace of Lord Buddha” लेखे राम्रो हुन्छ .

  12. अब सकारात्मक त लिनै पर्ला किनकि “नहुनु मामा भन्दा कानो मामा जाति” भनेर घोकियाकै कारण ले पनि तर पनि मलाइ चाहि यो आइडिया तेती मन परेंन है!
    बरु नेपालि सय रुपैयामा बुद्दको फोटो राख्नु उत्तम हुने छ!
    तेसैगरी विभिन्न फरक फरक मुल्यको नोटहरुमा विभिन्न रास्ट्रीय विभूतिको फोटो राख्न उचित हुने देख्छु म! किनकि मान्छेले चलाउने नोटमा मान्छे एउटा फोटो चाहि राख्नु पर्छ भन्ने मेरो मान्यता छ!
    तर यहा का नेत्र्तित्वो लिने भने यस्तो हलुका निर्णय गर्दछ कि नेपालि रुपैयामा अंग्रेजीमा लुम्बिनी: The Birthplace of Lord Budda केकेना देखाउन र बुझाउन खोज्या हो कुन्नि!
    सो सय रुपैयाको नोट कत्तिना बिश्वो भरि डलरकै हाराहारीमा माग हुने झैँ! तेही इन्डियामा चल्दैन त्यो नोट केको कुरा!
    नेपालमा जो जो औदछां र जसजसले यो नोट चलाउदछन् तिनीहरुलाई बुद्द को जन्म लुम्बिनीमा भयको हो र त्यो ठाउ नेपालमा पर्छ तेसैले बुद्द नेपालमा जन्मेको हो भनेर भन्नु पर्छ जस्तो लाग्दैन!
    अनि तेसो भन्ने परे पनि यस्तो लेखियको सो नोट कुन देशमा चलाउन लैजाने होला कुन्नि?
    तेसैले यो बेतुकको देखाउनको लागि गरियको काम मात्र हो भन्छु म यसले त्यो इन्डियन हरुले गरेको कुप्रचार को बिरुद्दमा कतै केहि कुनै काम वा असर गर्छ जस्तो मलाइ लाग्दैन है! यो त यहि नेपालभित्रै हामिहामी मच्चिने हामीभित्रै रुन्गाने अनि हामीमै यहि थच्चिने कुराभन्दा बढ्ता केहि होइन बरु बुद्द को जन्मथलो नेपाल हो भनेर बिश्वोमा प्रभाबसाली तरिकाले गहन संदेश दिने अर्को तरिका खोज्नु उचित हुने छ!
    र,
    बरु सयमा बुद्दको तस्बिर!
    पचासमा लक्ष्मी प्रसाद देबकोटाको!
    पाच सयमा संखाधर श*ख्वाको!
    आदि रास्ट्रीय विभूतिको फोटो राख्नु पर्छा भन्ने हाम्लाई लाइराछ!

  13. Pls. Suggest our policy maker to write Lumbini,Nepal :the birth place of Buddha ,otherwise Indian govt.will tell the world that Lumbini is in India.

  14. “हाडी गाऊ को जात्र” नोट मा भगवान बुद्ध को फोटो राख्दै मा राम्रो हुने होइन /सकिन्छ भने देस को प्रसासनिक कार्यालय हरु को दैनिक काम गरिने lettar pad मै लेख्नुस /बिदेस का कुटनीतिक कार्यालय हरु को भित्तो मा बुद्ध नेपाल मा जन्मेका हुन् भनेर प्रचार गर्नुहोस,आनि नेपाल बायु सेवा को टिकट मा र नेपाल का सवारी साधन हरु को टिकेट मा पनि उल्लेख गर्नुहोस आनि मात्र हुन्छ राम्रो प्रचार नत्र त यो नोट मा मात्र सिमित गर्नु बेकार छ/ नत्र हाडी गाऊ को जात्र सिबाय केहि उपलब्दी हुने छैन /

  15. यो मेरो विचार मा तेस्तो राम्रो कुरा लागेन …. पैसा मा छाप्दै मा बुद्द नेपाल मा जन्मेको भन्दै नेपाली हरु लै सुन्नौनु कुनै जरुरत छैन…..सबै लै यो कुरा थाहा छ….मुख्य कुरा भनेको बिस्व समू चिनाउनु पर्ने हो र एसको लागि अन्तरास्ट्रिय स्तर बाट नै प्रचार को जरुरत छ….जव भारत ले लुम्बिनी भारत मा पर्चा भनेर प्रचार गर्छ भने भारत का बच्चा ले त्येही मान्छ….मा नेपाल को मेची र महाकाली गको छैन तर त्यो नेपाल को बुभाग हो भनेर किताब पढेरै थाहा भाको कुरा हो…..येही कारण एदी बुद्द नेपाल मा जन्मेको हो भन्नु छ भने भारत सरकार संग कुरा रकना सक्नु पर्चा कि यो कुरा गलत छ र यो भारत का किताब हरुमा नछापियुन | भारत ले अन्तरास्ट्रिय स्तर बताई यो कुरा पर्चार गर्दा नि चुपचाप बस्ने नेपाल सरकार ले नेपाली पैसा मा जे छापे नि तेती effective हुन सक्दैन….

  16. बुद्ध लुम्बिनी मा जन्मेका भनेर त इन्डियन हरु ले पनि भन्ने गर्छन, तर उनीहरुले के भन्छन भने लुम्बिनी इंडिया मा छ, नेपाली पैसा मा लेखेर हामीले संसार लाई जानकारी गराउन त सक्छौ तर किन लुम्बिनीको ठाउँ मा नेपाल नलेख्ने ??? मेरो आफ्नो विचार है …

  17. ढीलै भए पनि राम्रो काम भएको छ। यस बाट थोरै भएपनि सबै अन्तरास्ट्रिय प्रचार प्रसार हुन्छ !

  18. घुमिफिरी फेरी पैसामा अनी अद्किने भयो हाम्रो भबिषय किन साना तिना कुराबाट माथि उठेर बिकास निर्माण र मेलमिलाप गर्न सक्दैन हाम्रा बिध्वान नेताहरु देश कता लागि सक्यो अजै पैसामै अड्किन्छ सबै कुर साह्रै दिक्कै लगिसक्यो कहिले बुद्धी आउछ होला हाम्रा नेताहरुको।।।।।।

  19. मेरो विचार मा यो ठिक छ / तर मैले नबुझेको एउटा कुरा के हो भने रामसरण महत ले किन बुद्ध को फोटो नेपाली नोट मा छाप्नु हुन्न भन्यो ? कि कतै इन्डिया ले बुद्ध इन्डिया मा जन्मेको हो भनिरहेको बेलामा इन्डिया को कोसेलि थापेर हो मा हो मिलायको त हैन ?

  20. उमेश जी,
    माथि “सय रुप्पेको अहिले चलिरहेको नयाँ नोट सन् २००८ मा जारी गरिएको हो।” लेखिएको नोटलाई हेर्नुस त ? त्यसमा दुइवटा नम्बर छन् l

    बाँया पट्टी ८५९०९५ छ भने दाँया पट्टी ८८९०९५ छ l

    “यस्तो एउटा नोट मैले गएको दशैँको टीकामा दक्षिणास्वरुप पाएको थिएँ :)”

    यो नोट पनि तपाइंले दशैँको टीकामा दक्षिणास्वरुप पाउनु भएको त होइन ?

    तपाइंले सायद कुरा बुझ्नु भो होला l सत्य-तथ्य के हो जानकारीको अपेक्ष्या राख्दछु l

    • कुरो गज्जब को रहेछ. लौ न राम्रो संग जानकारी दिनु होस् .

  21. नोट मात्र फेरेर के गर्ने देश को मुहार फेरेको हेर्न पाया पो राम्रो हुन्थ्यो त साथी .

  22. सबै भन्दा प्रभावकारी त देशको औपचारिक नाममा नै “बुद्ध जन्मस्थल” समाबेश गर्दा हुन्थ्यो होला : )!
    “संघिय लोकतान्त्रिक गणतन्त्र बुद्ध-जन्मस्थल नेपाल”

    नया संबिधान बन्दै गरेकोले यो प्रस्तावको लागि समय पनि एकदम सहि छ!

  23. संसारका प्राय सबै देशका बिद्यालयहरुमा बुद्ध भारतमा जन्मेका हुन् भनेर पाठ्य पुस्तकमा नै अध्यान अध्यापन गराईएको छ येसो हुनु मा मित्र राष्ट्र भारतले राम्रै संग सबै देशमा बुद्धको बारेमा गलत सूचना दिन सफल हुनु हो पछिल्लो समय मा जब लुम्बिनीमा अन्तरास्ट्रीय स्थरको उत्खनन टोलीले बैज्ञानिक ढंगले बुद्ध सम्बन्धमा उत्खनन गर्यो र बुद्ध नेपालमा नै जन्मेका हुन् भनेर पुष्टी पनि गर्यो . त्यस पछी Google ले पनि आफ्नो side मा बुद्धको जन्म नेपालको लुम्बिनी मा नै भयको हो भनेर update पनि गरेको छ तर मित्र राष्ट्र भारतले अर्को तर्क ल्याएको छ त्यो हो बुद्ध भारतको उत्तरमा जन्मेका (नेपाल भन्न नरुचाएको) हुन् र बुद्धत्व काँसीको गयामा प्राप्त गरेका हुन् जुन भारतमा पर्दछ भनेर प्रचार प्रसार गर्न सुरु गरको छ र पछिलो समयमा BBC world सहयोगमा बुद्ध भारतमा जन्मेको हुन् भनेर एउटा documentry पनि बनाएको छ जुन youtube मा हेर्न पनि सकिन्छ . अब कुरा रह्यो शान्तिका दुत बुद्ध र बुद्ध धर्मको अनुसरण गर्ने कुरा………. के हामि नेपाली साँचीकै बुद्धको अनुयाई हौं त ? प्रश्न याँहा निर छ ? हो हामि नेपालीहरु सबैलाई थाहा छ भगवान बुद्धको जन्म नेपालमा नै भएको हो भनेर तर उनको जन्म नेपाल मा भएर पनि नेपालमा नै बुद्ध धर्म किन ओझेलमा पर्यो यो कुरा हामीले सोच्नु पर्दछ र अनुसन्धान सुरु गर्न नितान्त जरुरि पनि छ . ८० / ९० प्रतिशत हिन्दु धर्मलम्बी हामी नेपाली छौं तर बुद्धको philosophy अहिले आएर पनि कति सान्दर्भिक छ हेर्नुस त २५०० सय वर्ष अगाडी जन्मने बुद्धको मुख्य philosophy भनेको हत्या हिंसा नगर्नु हो र यो संसारमा सबै प्राणीहरुको बाच्ने अधिकार छ भनेर बुद्ध ले भनेका छन् तर अझ गजबको कुरा त ३०/४० हजार मान्छेको ज्यान लिने व्यक्ति शान्तिका दुत बनेर लुम्बिनी बिकाश कोषको Chairman बनेका छन् त्यो पनि गैर Buddhist सुन्दा पनि हाँसो लाग्दछ सय मुसा मारेर बिरालो साधु बने जस्तो क्या गजब छ हाम्रो देश नेपाल अनि हामी नेपालीहरु धन्य छ भगवान गौतम बुद्ध . यस्तै यस्तै फटाहाहरुले गर्दा तिमि नेपालमा जन्मेर पनि नेपालमा रहन सकेनौ अब तिमि नेपाल फर्कन जरुरि छ नेपाललाइ तिम्रो आबस्यकता छ कृपया तिमि नेपाल फर्की हाल ढिला नगर. अस्तु

  24. ठिकै छ !
    परिवर्तन सर्वव्यापी परिचयको सम्बाहक बनेर सार्थक बनोस /

  25. यो जानकारी हामीलाई दिनु भएकोमा सालोक्यजी र माइसंसारलाई धेरै धेरै धन्यवाद अनि यस्ता निर्णय गर्ने नेपाल सरकारलाई पनि ।

    यहां यससम्बन्धी कामकुराहरु पहिला पहिला त्यति भएका थिएनन् । त्यसैले नेपाल सरकारले थालनी गरेको यस्ता कार्यमा सबैले सकारात्मक रुपले लिनुपर्दछ । पहिला पनि हामी निकै चिल्याएका थियौ, तर सबैले कानमा तेल हालेर बसेकै हुन् । के भयो त अहिलेसम्म ? के नेपाली नोट नेपालीले मात्रै प्रयोग गर्छन् त ? के विदेशीहरु नेपालमा आएर विदेशी पैसा मात्र प्रयोग गर्छन् त ? साथीहरु सधैंभरि नकारात्मक सोंचमात्र नपालौं ।

    पहिला पनि केही कामै नभएको त हैन तर केवल कागजमा मात्रै सीमित रहे । जुन रफ्तारले जानु पर्ने हो भएन । जस्तै लुम्बिनी गुरु योजना, लुम्बिनी विश्वविद्यालय, ई. । यस्ता कामहरु विस्तारै अगाडी बढ्दै गएका भए आज धेरै कुराहरु भइसक्ने थिए । त्यही नभएर त हामीले बुलन्द आवाज उठाउन परेको हो । प्रायश देशका पाठ्य सामग्रीमा बुद्ध नेपालमा जन्मेका हैनन् भन्ने सन्देश दिइएको छ । अन्य देशको त के कुरा गर्ने त्रिभुवन युनिभर्सिटी, नेपालले पनि त्यहां पढ्ने विद्यार्थीहरुलाई यस्तै ज्ञान दिइराखेका थिए केही महिना अगाडीसम्म । अनि के यी कुरा थाहा भएपछि सच्याउन पहल गर्ने हाम्रो दायित्व हैन ? हामी बुद्ध नेपालमा जन्मेको भनेर चुप लागेर बस्ने अनि विश्वव्यापीरुपमा यसको उल्टो प्रचार प्रसार हुने तर हामी रोक्ने हिम्मत नगर्ने अनि अवको १०० वर्षपछिको कल्पना गर्नुस् त के होला विश्वको अवस्था ?

    त्यसैले पनि यस कार्यको लागि लुम्बिनी कपिलबस्तु दिवस अभियानले २००९ देखि विश्वव्यापीरुपमा नै अभियान थालि सकेको छ । यसैको अनुरोधमा पहिलो कामनै विश्वस्तरीय गुगल म्यापबाट बुद्धको जन्मस्थान भारतबाट नेपालमा सार्न सफल भएको छ र अहिले अब नेपालमानै देख्न सक्नुहुन्छ । यो हाम्रै अभियानको पहिलो सफलता हो । यस अभियानले गरेको अन्य यस्ता धेरै कार्यहरु छन् जुन http://worldamity.wordpress.com/ मा हेर्न सकिन्छ ।

    बुद्धको जन्मस्थान वा लुम्बिनी कपिलवस्तुको विकासको लागि सरकारले अझै तपसिलमा उल्लिखित कार्यहरु गर्न आवस्यक छ ।
    १. गुरुयोजना यथासक्य चांडो रफ्तारमा कार्यान्वयनमा ल्याउने,
    २. लुम्बिनी विश्वविद्यालयलाई सुचारु रुपले संचालन गर्ने,
    ३. नेपाल प्रवेशद्धारमा बुद्धको पहिचान दिलाउने खालका प्रचारप्रसार बोर्डहरु राख्ने ताकि भारतबाट पैदल आएका पर्यटकहरु नेपालमा घुमेको अनुभूति होस् नकि भारतमा,
    ४. नेपालमा रहेका बुद्धसम्बन्धी स्थानहरुलाई पर्यटन बोर्ड वा ट्रयाभल एजेन्सिहरुले एउटा प्याकेजकै रुपमा विकास गर्ने,
    ५. पर्यटकहरुलाई नेपाल प्रवेश गर्ने वित्तिकै नेपालका धरोहरको पहिचान दिलाउने खालका विषयवस्तुहरु समेटी प्याकेजकै रुपमा वितरण गर्ने,
    ६. लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको योग शिविर संचालन गर्ने,
    ७. नेपालका अन्तर्राट्रिय विमानस्थल वा अन्य विमानस्थलबाट लुम्बिनी जोड्ने सडक र सजिलो र सहज किसिमको यातायात साधनको व्यवस्था गर्ने,
    ८ विभिन्न देशको पाठ्यक्रम, म्युजियम वा अन्य त्यस्तै स्थानमा बुद्धको जन्मस्थानको बारेमा भएको गलत प्रचार प्रसारलाई सरकारी तवरबाट पहल गरी सल्टाउने । यसको लागि कपिलबस्तु दिवस अभियानले विगत वर्षमा श्री माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा ज्ञापनपत्र पनि बुझाइसकेको छ तर कार्यान्वयन भने भएको छैन ।
    ९. नेपाल सरकार वा पर्यटन विकास बोर्डले विभिन्न देशमा छरिएर रहेका नेपाली दूतावास, लुम्बिनी कपिलवस्तु दिवस अभियान र नेपालीहरुलाई प्रचार प्रसार अभियानको लागि स्रोत साधनको रुपमा लिन सक्छ । गत डिसेम्बरमा लुम्बिनी कपिलवस्तु दिवस अभियान र पर्यटन वोर्डको सहकार्यमा तेस्रो लुम्बिनी कपिलवस्तु दिवस अभियान मनाइएको थियो र पर्यटन विकास वोर्डले उक्त कार्यक्रममा सहभागी हुन आएका करिव ९ देशका हामी प्रतिनिधिहरुलाई करिव १० किलोको प्रचार सामग्री दिइ सम्बन्धित देशमा वितरण गर्न अनुरोध गरेअनुसार हामीले वितरण पनि गर्यौ तर विडम्बना ताइवानमा भने हामीलाई यस कार्यको विरोध गरी ताइवानको इमिग्रेशन अफिसमा उजुरी पनि दिन पुगेछन् र हामीलाई आगामी दिनमा ताइवान प्रवेशमा रोक लगाउने हतकण्डा पनि मच्चाइउको छ । यसको शिकार म र अरु केही ताइवानवासी नेपाली हुनुहुन्छ । मानिसको मानसिकता यसरी विकास भएको छ कि बुद्धको जन्मस्थानको बारेमा खोक्रो राजनीति गरिन्छ यहां, पासा पल्टाइन्छ यहां, डलर कमाइन्छ यहां, अनि लुटको व्यापार पनि गरिन्छ यहां । विदेशीहरुलाई विभिन्न बहानामा नेपालमा जे कार्य गर्न पनि छुट तर हामीलाई सत्य कुराको साधारण जानकारी दिंदा पनि व्यवधान किन ? यसमा हामीमध्यकैले पनि डलरको लोभ लालचामा लागी सहयोगी भुमिका निर्वाह गरिरहेका पनि छौंकि त्यो त भविष्यले पनि अवस्य देखाउने नै छ ।

    त्यसैले यस ब्लगमा पनि यस्ता राम्रा कामको थालनीमा विरोध जनाइनु कतै यस्ता कार्यमा विश्वव्यापी जन्जाल त बनेको छैन ?

    आफ्नो राष्ट्रियता प्राण भन्दा प्यारो हुन्छ यदि उ त्यस देशको सपुत र सपुत्री हुन् भने । सबैलाई चेतना भया ।

    • बडो राम्रो कुराम राख्नुभो हरिजी ।

      लुम्बिनीलाई हत्याउन खोज्ने दुष्प्रयासमा लागेका ‘छिमेकी’लाई ‘चाँटा’ पनि हो यो । तर एउटा कुराचाहिँ चित्त बुझेन; सगरमाथा अंकित सय रुप्पेको साटो अरु नोटमा यो परिवर्तन गरिनुपर्छ । हाम्रो अर्को छिमेकीले सगरमाथालाई आफ्नो देशमा पर्छ भन्ने गरेका छन् रे ! कतै-कतै पढ्न पनि पाइन्छ, उनीहरूको पाठ्यक्रममा समेत राखिएको छ रे यो कुरा । हुन त सगरमाथाले उनीहरूको देशलाई पनि छोएको छ, तर सर्वोच्च चुचुरो हाम्रो देशमा पर्ने सर्वविदित कुरालाई अन्यथा उल्लेख गर्नु गलत हो । त्यसैले सगरमाथा अंकित सयको नोट परिवर्तन गरिनुहुँदैन ।

  26. एकदम समय सापेक्ष निर्णय हो . राम्रो छ, सकभर सबै नोटहरुमा गर्न सके अझ राम्रो .

  27. यो कार्यलाई सकारात्मक रूपमा लिदै अझ जरुरि र प्रभावकारी कार्य चाहि बिदेशमा प्रसार गर्नु नै हो | बिदेशमा प्रचार प्रसार व्यक्तिगत रूपमा मात्र गरेर खासै प्रभावकारी हुदैन रहेछ बरु सरकारी स्तरबाट नै कुटनैतिक तबरले गरिनुपर्दछ | जस्तो कि केहि समय अगाडी कोरियाका लागि नेपालि राजदूतले कोरियाली सरकारलाइ पत्र लेखेर त्यहाका पाठ्यपुस्तकमा भएको बुद्धको जन्मस्थान सम्बन्धि झुटो कुरा हटाउन आग्रह गरिएकोमा कोरियाली सरकारले अर्को शैक्षिक सत्रदेखि सच्याउने बताइसकेको छ | यसले गर्दा लाखौ कोरियाली बालबालिका र तिनका अभिवाबकहरुले बुद्ध नेपालमा जन्मेको कुरा थाहा पाउनेछन् | अरु देशमा पनि यस्तो कार्यको अनुसरण गर्दै गइयो भने भारतको नक्कली बुद्ध आफै हास्यास्पद बन्नेछ |

    • क्रान्ति जी तपाई संग म पनि सहमत छु / बुद्ध नेपाल मा जन्मेको भनेर बिदेस मा पर्चार पर्सार कुटनैतिक तवरले नै गर्नु पर्छ यस्तो बोध मलाई पनि भयको छ / म हाल मा बेलायत को एउटा सानो सहर मा बस्छु / भाषा सिक्ने क्रम मा म प्रौद पाठसाला जाने गर्थे / त्याहा को भित्ता मा एउटा कागज को पाना टासेको थियो / त्याहा लेखियको थियो ‘Shidharth Goutama was born in to a princely family in India near the Nepal ‘ यस्तो सिक्छा दिने ठाउँ लाई यस्तो कुरा थाहा नहुनु भनेको हाम्रो नेपालको कुतनीटी बिभाग को अलि कति गयर जिम्मेवारी हो कि? जस्तो लाग्छ मलाई पनि /

  28. कुरा त ठिकै हो, तर नेपाल बाहिर भन्दा पनि विदेशमा जहाँ भगवान बुद्ध को बारेमा पूर्ण ज्ञान नभएका मान्छेहरु धेरै छन् तिनीहरुलाई यो सत्यताको बारेमा प्रचार प्रसार गर्न सके बल्ल यो अभियान को सार्थकता प्राप्ति हुने थियो .

  29. बुद्ध को बारेमा राख्नु अति नै राम्रो विचार हो. मलाई मायादेवी को चित्र( बुद्ध को बारेमा एउटा चिनारी भए अर्को पनि राख्नु नपर्ने हो ) को सट्टा नेपालको अरु चिनारी राखे आझा राम्रो हुन्थियो कि ………………….( तेही न्यातपोल को मन्दिर राखे विश्व सम्पदा को चिनारी औउथियो)

  30. राम्रो कुरा …
    अमेरिकन dollar मा IN GOD WE TRUST सबै खाले नोट मा लेखिए झैँ सबै नेपालि नोट मा ’Lumbini: The Birthplace of Lord Buddha’ लेखिनु पर्छ |

  31. अशोक स्तम्भ को महत्व बौद्द धर्म मान्ने हरु मा पनि कति छ थाहा भएको कुरा हो
    अहिले अशोक स्तम्भ राख्दै गर्दा पछी भा. रु. मा भएको अशोक Emblem संग मिल्दो जुल्दो हुदै janchha, लिम्बुवान, मधेस्बान हुदै नेपाल इंडिया मिल्न, नेपाली जनता सकस नहुने गरि इन्डियन बन्न सजिलो होस भन्नकअ लागि हाम्रो board first हुनु भएको भट्टराई डाकसाब को योजना हामि प्रचण्ड बादी हरुलाई सारै चित्त बुझेको छ

  32. यो सयको नोटमा लेख्नु भन्दा त नेपालका हरेक नाकाहरुमा बुद्ध जन्मेको देशमा स्वागत छ !!लेख्नु पो ठिक होला साथै सबै प्रकारका सवारी साधनहरुमा बुद्ध नेपालमा जन्मिएको हो भनेर लेखेमा बढी प्रचार होला जस्तो लाग्छ | बिसेष गरि ट्रक र हवाई जहाज हरुमा बरु सरकारले नै फ्रीमा गर्दिने | यसो गरे कसो होला हजुर ?
    कुमार घले

  33. पहिला संबिधान बनाऊ ! देशमा शान्ति र बिकाश भए पछि नेपाल राम्रो पर्यटक गन्तब्य हुन सक्छ ! त्यस पछि लुम्बिनी को मात्र होइन सबै गाउँ र बस्तीको अन्तरास्ट्रिय प्रचार प्रसार हुन्छ !

  34. धेरै राम्रो कुरो, धेरै पहिले नै यो सुरु हुनु पर्ने हो तर पनि ढिलै भए पनि राम्रो काम भएको छ। नेपाली पैसा नेपालीले मात्र होइन बर्सेनि नेपाल आउने लाखौ पर्यटक ले पनि चलाउछन । बर्सेनि लाखौ व्यक्ति ले थाहा पाउछन कि सत्य के हो भनेर… यो त सुरुवात हो । यसको अझै ब्यापकता मा ध्यान दिएर सरकारी कागजात, वेब पेज, बिमान र यस्तै विदेश सम्म पुग्ने हरेक कुरामा प्रचार गर्न सकिन्छ ।

  35. नेपाली नोटमा बुद्ध नेपालमा जन्मेको संदेश दिने उल्लेख हुनु अत्यन्त सहि कुरा हो/ अझै सकेमा नेपालको हरायक पत्र पत्रिकाहरु, बिदेस सिट गरिने कुनै पनि प्रकारको सिट पत्राचारहरुमा प्रयोग हुने “letter head documents ” हरुमा ई कुरा झल्किने केहि कुरा उल्लेख हुनु पर्छ/

    कुनै पनि मन्त्रालय विभागले पत्राचार गर्न प्रयोग हुने letter head dacuments मा कुनैमा चित्र सहित त् कुनैमा अछ्यर बा बक्यले सम्भंदित बिभाग र मन्त्रालयको नाम उल्लेख गरियको हुन्छ/ तेस्तो नाम र अछ्यरको ख्रिस्टभूमिमा बुध नेपालमा जन्मेको र लुम्बिनी नेपालमा भयको दर्साईने कुनै चित्र उल्लेख भय भारतको गलत दावीलाई ठुलै चुनौती दिने हुन्छ/

  36. बुद्ध नेपालमा नै जन्मेको हो भन्ने कुरा पछिका सन्ततिहरु र अन्य देशका नागरिकहरुका निम्ति पनि यो एउटा सबुत प्रमाण (आधार ) हुनेछ | हामीहरुले जस्तै नेपाल त एउटा भारतको प्रान्त हो भनि ठानेको थिए भनिए जस्ता तितो सब्दहरु जस्तै , बुद्ध भारतमा जन्मेको हो भनेर हाम्रा पछिका सन्ततिहरुले अब फेरी सुन्न नपरोस |

  37. ठिकै हो नि हजुर …नेपाली paisa मा बुद्ध को फोटो राख्न एकदम जरुरि छ अनि मात्र अझ बिशोव बयापी संदेश अलिकति मात्र भय पनि जनचा नि होउ साथी होउ..धनायाब्द..

  38. मेरो बिचारमा यो त्यति राम्रो निर्णय चाहिँ होइन है। नेपालीलाई त प्रष्टै थाहा छ नि, वुद्ध नेपालमा नै जन्मिएका हुन् भनेर। नेपाली रुपियाँ चलाउने भन्यया नेपालीले मात्र त हो नि, अनि किन चाहियो नेपालीकै लागि यो प्रचार? यदि खुबी नै हुने हो भने भारतीय रुपियाँ वा अमेरिकन डलर वा यूरोमा यो कुरो लेखाउन सके पो हामीले भन्न खोजेको सन्देश विश्व व्यापी हुन सक्थ्यो।

  39. नेपालमा बस्ने जोसुकैलाई पनि बुद्ध नेपालमै जन्मेको हो भन्ने कुरा थाहा छदै छ नि/ किन तातो न छारो बिना अर्थ यो नोटमा देखावटी परिवर्तन गरि रहनु पर्यो र!!! यदि सरकारलाई साचिकै यत्रो चिन्ता नै लागेको हो भने अन्तराष्ट्रिय स्तरमा बुद्ध भारतमा जन्मेको हो भन्ने धोति/भारतीय गलत प्रचारबाजीलाई गलत भनि अन्तराष्ट्रिय स्तरमा सहि इतिहास फैल्याउने कोशिश गर्नु पर्यो/ जहा जहा भारतीय पहुच ज्यादा छ त्यहा त्यहा बुद्ध भारतमा जन्मेको हो, नेपालमा होइन भन्न थाली सके, हाम्रो सरकारलाई भने नेपालमा मात्र चल्ने आफ्नो नोटमा सबैलाई थाहा भएको कुरा मोडिफाई गर्न लागेर के पो गर्न खोजेको होला….??? तातो न छारो…………….

    • राई जी ले घैटो घाम लाग्ने गरी भन्नु भयो, माग्नुस सरकार सग के माग्नु हुन्छ

    • अनि के नेपालीको निधारमै छापी दिने त बुद्ध नेपालमा जन्मेको भनेर…??? सकारात्मक कुरो लाइ त सकारात्मक तरिकाले लिउ न मित्र हो…

      • कुरा नकारात्मक भनेको होइन तेजप्रसाद जी / बुद्ध नेपालमा जन्मेको भन्ने कुरा नेपालमा बस्ने नेपाली होस् या बिदेसी होस्, कसलाई थाहा छैन र! सबैलाई थाहा छ तर बिदेसमा कतिपय भारतीयहरुले बुद्ध भारतमा जन्मेको भनेर गलत कुरा प्रचार गरिसके, फलत: नेपाल नआएका बिदेशीहरु त्यहि गलत कुरा लाइ सत्य मानिरहेका छन्/ साथ् साथै यहि कारणले नेपाल त भारतको एउटा प्रान्त रहेछ भन्ने पनि छन्/ तपाई माइ संसार को रेगुलर रिडर हो भने पक्कै पनि पढ्नु भयो होला; अमेरिकाको एउटा म्युजियममा बुद्ध को जन्म स्थान “भारत” भनेर लेखेको छ रे, कतिपय भारतीय लेखक,पत्रकार जो जसको जति पहुच छ सबैले आफुले सक्ने पहल सुरु गरि सके त्यहि झुठ लाइ साचो बनाउन/ २०११ मा पहिलो पल्ट Formula1 को रेस गरायो भारको नोयडा राज्यले/ थाहा छ तपाइलाई त्यो गाडी कुदाउने सर्किट को नाम के हो??? “Buddh International Circuit ” ओहो, नेपालको बुद्ध को नाम पो राखेछ भनेर मख्ख नपर्नुस, Formula1 जस्तो हाइ फाई अन्तराष्ट्रिय गेम र त्यसले अन्तराष्ट्रिय स्तरमा फैल्याउने एउटा झुठ-भ्रम को लेखा जोखा गर्नुस, तपाई आफै जिब्रो टोक्नु हुन्छ…../बुद्ध को नाम नेपालको सम्पती हो, त्यसैले कसैले नेपालको सम्पती प्रयोग गर्दा नेपालको आधिकारिक अनुमति लिनु पर्छ अनि त्यसको रोयल्टी दिनुपर्छ (यदि दुइ पक्ष सहमत भएमा)/ नेपाल सरकारले खै के गर्यो… ??? अहिले जे गर्न लागेको छ त्यो गलत भनेको होइन, सम्पदाको संरक्षण पहिले आफैदेखि शुरु गर्नु पर्छ, योजना सहि हो तर त्यो भन्दा पहिले भारतीय गलत प्रचारबाजीलाई रोक्ने प्रयास गर्नु, अन्तराष्ट्रिय स्तरमा बुद्ध नेपाली हो भन्नु बराबर नै हुने थियो भन्न खोजेको मात्रै हो/ हाम्रो बानि “हगी सक्यो दैलो देख्यो” भन्ने उखान पारा छ… यस्तै त होला नि! जय होस्!!! 🙂

        • राई जी,
          तपैले भन्न खोज्नु भएको कुरा मैले राम्रो संग बुझे । हो हाम्रा धेरै सम्पदाहरु लाइ गिद्धे नजर लगाउने हरु प्रसस्तै छन् । हामी पनि कम छैनौ मित्र, ब्रिटिस म्युजियम मा लुम्बिनी र बुद्ध सम्बन्धि गलत सूचना लाइ सच्याउन फेसबुक र इमेल बाट गरिएको दवावको वर्षा ले हामी हाम्रो सम्पदा प्रति कत्ति सचेत छौ र हुनु पर्दो रहेछ भन्ने पछिल्लो उदाहरण हो । हुन त कसैले भन्दैमा बुद्ध भारतमा जन्मिएको कुरा सत्य हुदैन सत्य कुरा सुन्न जति आनन्द आउछ असत्य कुराले दस गुना बढी चोट दिन्छ । नेपाली रुपैया मा बुद्ध(लुम्बिनी) नेपालमा जन्मेको लेख्दैमा प्रचार को सम्पूर्ण काम भयो भन्न खोजेको पनि होइन । यो त एउटा सकारात्मक कदम मात्र भन्न खोजेको । मलाई त्यति धेरै कुराहरु लेख्न आउँदैन, माथि ‘ हरिकुमार श्रेष्ठ’ ज्यु ले लेख्नु भएको प्रतिक्रिया पढ्नुहोस… सायद केहि बुझ्नु हुन्छ कि….

      • मिस्टर तेज प्रसाद अधिकारी,

        के को सकारात्मक देख्नु भयो? बुद्ध को जन्म हुँदा न नेपाल भन्ने देश थियो न भारत लुम्बिनी त पच्ची नाम कारण गरेको हो यो बेकार को फजुल बादबिबाद किन? भारत ले बुद्ध भारत मा जन्मेको भन्दैमा प्रमाणित हुने होइन, सत्य तथ्य जहाँ छ तेही छ, यो भातमारा हरु कहिले हिन्दुतो को वकालत गर्दा तेही धोति को सरन मा पर्नु पर्छा, उदाहरण को लागि, हल्सली गइ को मासु प्रकरण हेर्नुस, फेरी येही भातमारा बाहुन हरु बुद्ध नेपाल मा जन्मेको भनेर गर्ब गर्छन,

        • Mr. xyz ,
          सबै भन्दा पहिले बहस गर्न आउदा किन मुख लुकाउनु हुन्छ ??
          अनि तपाइँ एक पल्ट कपिलबस्तु जिल्ला संग सिमाना जोडिएको भारतको कथित कपिलबस्तु भन्ने ठाउमा गएर हेर्नुहोस, सक्नु हुन्न भने यो क्लिप हेर्नुहोस http://www.youtube.com/watch?v=-eZ4RbknQ24 अनि तपाइँ आफै सोच्नुहोस भारत ले के गर्न खोज्दै छ अथवा के गर्न सक्छ । अनि फेरी यहाँ राष्ट्रिय सम्पदाको कुरो हुदैछ, तपाई किन जातियता र धार्मिक कुरो उठाउदै हुनुहुन्छ ? तपाई साम्प्रदायिकता को कुरो गरेर भडकाउन खोज्नु भएको हो भने निद्रा बाट बिउझिनुहोस… तपाइको सपना नेपालमा त पुरा हुने देख्दिन मैले ।

  40. ढी लै भए पनि बल्ल घैंटामा घाम लागेछ /

  41. यो राम्रो कुरो हो ! नेपालका सबै नोट हरु परिबर्तन गरि नेपाललाई बिदेसमा चिनाउने सम्पदा हरु राखिनु पर्दछ ! जस्तै सगरमाथा , बुद्ध , तथा अन्य हाम्रा गौरब हरु समाबेस हुनु पर्दछ !
    साथै हाम्रो नोट को स्तर निकै तल्लो स्तरको छ ! छपाई कागज को क्वालिटी तथा एसको साइज अनि प्रिन्ट मा ध्यान दिनु पर्ने जरुरत देखिन्छ !

Comments are closed.