हिजो बम आतङ्क मच्चाउनेहरु यी रैछन्


हिजो काठमाडौँका सार्वजनिक बसहरु र ठाउँठाउँमा बम राखेर आतङ्कित बनाउनेहरुलाई प्रहरीले भोलिपल्टै पक्राउ गरेको छ। बुधबार पाँच वटा सार्वजनिक बस र चार ठाउँमा बम राखेको भन्दै उनीहरुले आतंक मच्चाएका थिए। बसहरुमा राखिएका पाँच वटै बमलाई सुरक्षित डिस्पोज गरियो। बम राखेको भनेका ठाउँमा चाहिँ दुई ठाउँमा बम भेटियो, दुई ठाउँमा चाहिँ भेटिएन।

बम राखेको अभियोगमा प्रहरीले पक्राउ गरेका तीनै जना नुवाकोटे रहेछन्। पुराना माओवादी रैछन्। अहिले उनीहरु नेकपा पिपल्स वार ग्रुपका रे। किन बम राखेको भनेर सोध्दा बजियाहरुले ‘शान्ति र संविधान ल्याउन दबाब दिन राखेको’ भनेर बयान दिएछन् रे। शान्ति ल्याउन बम ! संविधान ल्याउन बम !! अझ उनीहरु अझै माओवादी मै आवद्ध रहेको, पार्टी नछाडेको बयान दिएका रहेछन्।


घटना विवरण

हिजो २०६८ चैत्र २२ गते काठमाण्डौको विभिन्न स्थानमा एवं सवारी साधनहरुमा विष्फोटक पदार्थ “वम” राखी आम आतंकको सिर्जना गर्ने अपराधमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (पिपुल्स वार गु्रप) CPN (PWG) का प्रमुख तीन व्यक्तिहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा (Metro-CID) ले आजै काठमाण्डौको विभिन्न स्थान बाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरुले हिजो काठमाण्डौको विभिन्न स्थान र सावृजनिक यातायातका साधनहरुमा वम राखेको सुचना संचार माध्यमहरु बाट प्रेशित गरेका थिए ।

बम राखेको सुचनामा गरिएको तत्काल प्रहरी प्रतिकृया अन्तर्गत काठमाण्डौको गोकर्ण, तिलिङ्गेटार, चावहिल, धादिङ्ग र नुवाकोटमा फेला पारिएका शंकास्पद विष्फोटक पदार्थहरु विष्फोटन विशेषज्ञहरुको सहयोगमा सुरक्षित निष्कृय (Safe Disposal) गरिएको थियो ।

बम राखिएका सवारी साधनहरु:-
१) बा १ ख ७१२८ – (चाबहिलमा डिष्पोज)
२) बा १ ख ५१६८ – ( तिलिङ्गेटारमा डिष्पोज)
३) बा १ ख ८४१० – ( गोकर्णमा डिष्पोज)
४) बा १ ख ४१२६ –( खानीखोलामा डिष्पोज)
५) बा २ ख १०१९ – ( त्रिशुलीमा डिष्पोज)

बम राखिएका भनिएका स्थानहरु :-
१) काठमाण्डौं मलको तेस्रो तल्ला (Toilet डिष्पोज)
२) लिटल एन्जल्स स्कुल हात्तिवन गेट अगाडि (नभएको)
३) ओम नर्सिङ्ग होमको डस्टबिन (नभएको)
४) दरबारमार्गको KFCअगाडि (फोहर फल्ने भाँडामा)

को रहेछ त बम राख्‍नेहरु ? हेर्नुस् अनुहार तलको भिडियोमा-

22 Comments

  1. “मृत्यु दण्ड” | अरु नेपाली जनतालाई थाहा छैन अब |

  2. यी आतंकबादिहरुले शोझा, साझा जनतालाई आतंकित बनायर लूटको राजनीति गरि पैसा र पदको सपनासगै मन्त्रि बनि बिन्दास जिबन बिताउने सपना अब जेलमा गयर पुरा हुने भयो …..बधाई छ आतंकबादी मित्रहरुलाई …..साथी हो यस्तो सपना देखी अगाडी बड्नु भन्दा सपना नदेक्नु नै राम्रो हो /

    • लौन उमेश जी यो संविधान वास्तवमा कहाँ छ पत्ता लगाउनोस न साह्रै आपद नै पर्यो क्या ? यसका कति रुप छन् हो ? यो पनि हाम्रै देवी देउता जस्तो रहेछ कि क्या हो ? अनेक रुप धारण गरेर जता-ततै देखिने ! एउटाले अस्ति भर्खर २ करोड लिएर सगरमाथाको टुप्पोमा गएर ल्याउँछु भन्थे ! उनि लागे पनि रे उतै संविधान ल्याउन ! फेरी यिनीहरुले बमको धमाका बाट निकाल्ने भन्छन, एकथरीले उता भारतमा बन्याछ भन्छन ! होइन यो के चिज रहेछ हो जता फर्कियो उतै देखिने ? उमेश जी होइन यो कत्रो हुन्छ ? वजन कति हुन्छ ? मलाइ त डर पो लाग्दै छ कतै यो यतै मेरै वरीपरी पो भेटिने हो कि ! यसो बुझिदिनोस न यता भेटिए मैले बोक्न सकुला कि नाइँ, बोक्न सके कहाँ लगेर कसलाई दिनु पर्ने हो ? यस्ता अनौठा ठाउँमा बस्ने चिज नै हो भने त के यो हामी सामान्य नेपालीको मनको शान्त घरमा बस्ला ? कि यो कतै हामीले खोजेको र यिनले भेटेको ब्राण्ड फरक पो पर्यो कि उमेश जी ?
      खोइ के खोइ के …… ल है सबैले आफ्नो वरीपरी राम्ररी हेरौं है कतै यो हाम्रै सामु त छैन !

    • यी आतंकबादी पनि १२-१५ बर्ष आगाडी सोझा सिधा नै थिए….!
      यिनको दिमागमा आतंकको बिष भर्नेहरु आज छोरोलाइ सगरमाथा चढाएर शान्ति लेराउछु भन्दै छ !

  3. यो शान्ति र संबिधान ल्याउन कोहि सगरमाथा चढ्नु पर्ने कोहि सर्बसाधारण चढने बस र सार्बजनिक स्थानमा बम राख्नुपर्ने ? देशको ढुकुटी ‘सोल्टीको श्राद्द” गरेर ( फुपूको भन्नु हुन्न रे – महिला अधिकारबादीको कुरा है ! ) अनि सर्बसाधारणलाइ मारेर कस्तो खालको शान्ति र संबिधान ल्याउने होला ?? मैले त कुरै बुझिन |

  4. तेही बम युनी हरु को मुख मा पड्काउनु पर्ने नेपाल आमाको कु – बुद्धि भए को सन्तानहरु .

  5. यी जुनसुकै नामबाट आए पनि आतंककारिहरूहून यसतालाई सर्बस्व सहित कैद गर्नु पर्छ, तर बाबुराम याे भन्दा जधन्य अपराधिहरू समेतलाई जेलमुक्त्त गर्छन् के आशा गर्नु मूलुकले यस्ताे नेतृत्वबाट ??? सरकारकै कारण समाज जटिल्ता तिर उन्मुख हुदैछैन ?
    धन्यबाद !

  6. जो भए पनि जनता आतंकित पार्ने यिनीहरु आतंकारी नै हुन् … तेही अनुसार कारबाही गर्नु पर्छ ..

  7. क गर्नु मित्र हरु जेल बाट छुटी हल्छां अनि अनि हरुनै त होनी मन्त्रि नेना अनि सोच्नुस त देश को हालत अब एस्लाई लाई कानुन ले र मावोबादी ले के कारवाही गर्छा हेर्न बाकी छ

  8. माओबादी के चाहन्छ भन्ने प्रमाण हो यो / र अहिले सम्म पनि आफ्ना कार्यकर्ता हरु लाई मिलाउन नसक्नुले Nepal र Nepali को अझई कति बर्बाद बनाउने हो/ यो माओबादी चोर हरुलाई देश निकाला गर्नु पर्छ त्यो पनि ब्लेड ले चिरेर नुन खुर्सानी दल्नुपर्छ/ अनि मात्र नेपाल को विकास हुन्छ/…….

  9. धम्काएर पैसा झार्न खोज्ने कमरेडहरु !
    अपराध बाट उम्किन शान्ति र शम्बिधान भन्ने हरु !!
    बिचार र परिबर्तन को नाम मा निहत्या जनता मार्ने खाम्रेड हरु
    कहिले सम्म देश ले यस्तो नियति भोगिरहनु पर्ने हो ?
    जहा जसले जे गरे पनि सम्झौतामा दोषमुक्त ठहरिने चलन
    खै कहिले रोकिने हो ?
    अपराध लाइ अपराध नै हो खै कहिले बाट गनिने हो ?
    लुटेर ,धम्काएर .मारेर ठुला घर बन्न खै कहिले रोकिने हो ?

  10. सार्बजनिक ठाउँ मा कसै ले जन साधारण को बाच्न पाउने अधिकार माथि खेलवाड गर्नु मानबिय अपारद हो/किन कि नेपाली जनता बम भन्दा पनि घातक बिस दिनौ दिन देखि पिएर आफै नै मरी रहेका छन् /अब धेरै नेपाली लाई न मारौ,आफै मरी रहेको लाई मारेर कसै ले पनि तक्क्मा पाउने वाला छैन /

  11. गाउँ गाउँमा बम बनाउने जनशक्ति पैदा गराएकै छ क्यारे..!
    गृहयुग्द्धमा फसेको देशको बिडम्बना भन्नु नै शान्ति बहाली पछी पनि जनताको घर-घरमा बन्दुक हुनु र बम बनाउने शिपको दुरुपयोग !
    आज चेचेन्या होस् कि चरिकोट; इरिट्रीया होस् या इटहरी..यस्तै नियतिको शिकार कुनै पनि बेला हुनसक्छ !

  12. यी बम राख्ने हरुलाई मृतुदंड दिने संबिधान बनाउनु पर्छ / संबिधान निर्माणमा बाधा पार्ने अरु सबै लाई संबिधान जारि नभय सम्म थुन्नु पर्छ /

  13. किन मानिसहरु यस्तो निकृष्ट ब्यबहार गर्न उद्त भइरहेछ नेपालमा।।।

  14. यी साला, कुकुर, गधा, भाडाका टट्टूहरु लाई निर्दोष मानिस हरुलाई मार्ने जनधन को सर्बनाश गर्ने समाजमा आतंक मचाउने येस्ता आतंककारी हरुलाई टुडिखेलको बिचमा राखेर फासी दिनु पर्छ.जे होस् सरकारले कुनै पनि राजनीतिक दबाबमा नपरी कडा भन्दा कडा कारबाही गरोस र सोझा साझा मान्छे हरुको बाच्ने अधिकारको संरक्षण गरोस.किनकि येस्ता आतंककारीहरुको कुनै जात वर्ग धर्म हुदैन.यिनीहरु समाज र देसको कलंकित दुश्मन हुन्.धन्यवाद !!

  15. नेपालको कानून संसोधन गरेर भए पनि यीनलाई मृत्यु दण्ड दिनु पर्छ !

  16. यिनीहरु त बलि का बोका मात्र होलान / मुख्य अभियुक्त त आखिर मा किरण बैध्य, बाबुराम अनि प्रचण्ड नै त होला नि खोतल्दै जादा /

  17. अहिले माओबादी सरकारमा छ त्यसैले एस्तो घटनालाई उसले सामान्य रुपमा लेला .

    तर यिनीहरुलाई पाता कसेर लडाउनु पर्छ. बज्याहरु !!!! यी जाँ* हरु अपराधी हुन् , अपराधीकै व्यवहार गरिनु पर्छ

Comments are closed.