वाइसीएल अब बेरोजगार भएछन्

माओवादी खुला राजनीतिमा आउँदाताकाको कुरा सम्झनुभएको छ ? वाइसीएलको कत्रो चर्चा हुन्थ्यो। पत्रपत्रिका हेर्‍यो- खाली वाइसीएलले यसो गर्‍यो उसो गर्‍योको मात्र खबर। टिभी हेर्‍यो त्यस्तै। नेताहरु पनि खाली वाइसीएलको बारेमा भाषण गर्थे। आतङ्कै थियो वाइसीएलको। अनि त प्रचण्डले एकचोटी अब वाइसीएल साधु बन्छ भनेर भाषण गर्दा मान्छेहरुले हाँसेर उडाएका थिए। धेरै भयो वाइसीएलको समाचार नआएको। केही अघि मात्रै हाम्लाई लडाकुबाट वाइसीएल बनाउने अनि हाम्ले चैँ पैसा नपाउने भनेर आन्दोलन गरे। त्यसपछि उनीहरुलाई पैसा दिने भनेर थामथुम पारियो। वैद्य पक्षसँग विवाद बढेपछि प्रचण्ड पक्षले फेरि वाइसीएल ब्युँताउने भन्ने कुरा गरेको नि सुनियो।

कसरी ब्युँताउने होला वाइसीएल भनेको त हिजो बल्ल थाहा पाइयो। वाइसीएलवालाहरु त अब बेरोजगार युवा संघ नामले अघि आउँदै रहेछन्।

वाइसीएलका उपत्यका इञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ रहेछन् बेरोजगार युवा संघ नेपालका संयोजक। युवा संघ भन्ने त एमालेको भ्रातृ संगठन हो। यसैसँग नाम मिलाएर बेरोजगार युवा संघ बनाएका रहेछन् अब।

फेरि बेरोजगार युवा संघको संयोजक त बेरोजगारलाई बनाउनु नि। सभासदलाई बनाएका रहेछन्। यी सागर दाजु त सभासद् हुन् नि। गुल्मी क्षेत्र नम्बर ३ बाट एमाले नेता गोकर्ण विष्टलाई हराएर सभासद् बन्ने। अनि सभासद भएर बेरोजगार युवा संघका संयोजक बन्ने ? कि सभासदको कामै के छ र, बेरोजगारै त हो नि भन्न खोजेको। कामै नभए पनि तलब भत्ता त पाउँछन् नि। त्यसैले यो वाइसीएलको नयाँ रुप हो भनी बुझ्न गाह्रो छैन।

अझ होस गर्नुपर्ने कुरा, बेरोजगार युवा संघले हिजो प्रधानमन्त्रीलाई भेटेका रहेछन् र भनेछन् काठमाडौँ सरसफाइ अभियानमा स्वयंसेवक बनेर लाग्नुस्, निःशुल्क हैन केही रकम विनियोजन गरेर दिनेछौँ। हेर्नुस्, प्रधानमन्त्री कार्यालयबाट पठाइएको इमेल-

बेरोजगार युवासंघका नेता कार्यकर्तालाई काठमाडौं सरसफाई अभियानमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह

२३ चैत्र। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत एक हप्ते काठमाडौ सरसफाई अभियानमा सक्रियता पूर्वक सहभागि हुन आव्हान गर्नुभएको छ।

संघका संयोजक चन्द्रबहादुर थापा सागरको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा ज्ञापन पत्र बुझाउन आएको टोलिसंग प्रधानमन्त्री भट्टराईले स्वयम् सेवी भावनाले अघि बढ्न आव्हान गर्नु भएको हो। उहाँले रोजगारीलाई नयाँ बन्ने संविधानमा मौलिक हकका रुपमा स्थापित गर्न लागेको जानकारी गराउनु भयो। उहाँले कम्तिमा वर्षमा एक सय दिन रोजगारीको व्यवस्था गर्ने र त्यसो हुन नसके त्यसको आधा समयको भत्ताको व्यवस्था गर्न सरकारले विधेयक ल्याउन लागेको समेत जानकारी गराउनु भयो।

वर्तमान सरकार पूर्व सरकारले ल्याएको बजेटबाट चल्नु पर्ने वाध्यतामा रहेको भन्दै नयाँ कार्यक्रम ल्याउन नसकेको बताउनु भयो। राष्ट्रिय स्वयम् सेवा अभियानमा परिचालित हुने युवाहरुलाई पूर्ण निःशुल्क भन्दा पनि नयाँ नेपाल निर्माण कोषबाट केही रकम समेत विनियोजन गर्ने योजना रहेको बताउनु भयो।

संघले विभिन्न माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा सरकारले तत्कालै बेरोजगारी युवाहरुलाई रोजगारीको व्यवस्थाका लागि कार्यतालिका सार्वजनिक गर्न समेत माग गरेको छ ।

बुझ्नुभो त अब वाइसीएललाई कसरी पैसा दिइँदैछ भनेर ?

अब बेरोजगार युवा संघको माग पनि हेर्दिम् न त-


19 Comments

  1. बेरोजगर होइन अल्छी ठग को संघ भन्नु पर्छा ति बेरोजगरको सम्पति छानबिन गर्नुस कति तिनी ले सात पुस्त लै पुग्ने कमैसके यसै गरि एदी बेरोजगार हो भने कम गर्नुस कसले छेकेको छ क्रिसी मा जानुस गाई,भैसी माछा ,तरकारी आदि जे खेति गरेपनि बिक्रि हुन्छा पैसा कमौना नेपालमा सबै भन्दा सजिलो छ मात्र श्रम गर्नुस

  2. ईनिहरु कुन प्रकारको बेरोजगार हुन् र ईनिहरुको “युबा-मुखी संबिधान” भनेको कस्तो हो?

    जिन्दावाद र मुर्दाबाद, बन्द र हड्ताल गर्न गराउन पार्टीले पालेकालाई पनि बेरोजगार मान्न सकिंदैन; बेकार प्राणि चाहि भन्न सकिन्छ, ईनिहरुको “बेकारि” ले नै देसमा बढी बेरोजगार बन्न बाध्य भयको हो/ तापनि ईनिहरुलई नै राज्यले भत्ता दिने; किन दिने?

    बेरोजगार भनेको तेही हो जो काम गर्न सक्ने चाहने भयर पनि काम नपायको कारण उ आफै र उसको परिबार समेत भोकै बस्नु परेको छ/ बेरोजगार तेही हो जो काम गर्न सक्छ तर कसैले उसलाई काम गर्न बाधा गरेर राखेकोछ/ बेरोजगार तेही हो जसको रोजगारी बिदेसी कामदारले खोसेको छ/ बेरोजगार तेही हो जसको रोजगारी राज्यले खोसेकोछ/ यस्तो बेरोजगार प्रति मात्र समाज तथा राज्यको दाईत्वो हुन्छ/ बाकि बेरोजगारहरु निकम्मा तथा बेकार प्राणीहरु हुन् उनीहरुको जिम्मेवारी उनीहरु आफैले लिनु पर्छ/

    नेपालमा राजनीति पनि एउटा पेसा नै बनेको छ र यो पेसामा लागेकाहरु मालामाल भयको भयको हाम्रै आँखा अगाडी छ/ हिजो कस्ता थिया आज कस्तो छन्, काम केहि गरेको छैन तापनि महल जस्तो घरमा बसेकै छ गाडी चढेकै छ तर सुको कर तिरेको छैन/ कसैले उनीहरु प्रति औंला उठाय “हामि राजनीति गर्छौं” भन्छ; अरे त्यो कस्तो राजनीति हो जसले व्यक्तिलाई काम नगरी बसी बसी मालामाल बनाउँछ?

    देसमा अकाल परे कालो व्यापारीलाई कालो धन थुपार्ने मौका पाउँछ/ देसमा महामारी फैलिय कच्चा बैद्यको मात्रा बिक्छ/ देसमा अशान्ति मच्चिय “जिन्दावाद र मुर्दावाद अनि बन्द र हड्ताल गर्ने जमातले काम नगरी धनाढ्य बन्ने मौका पाउँछ/ अब जेठ १४ गते पछी राम्रो नराम्रो जे जस्तै भय पनि संबिधान त् आउने भय पछी अब “जिन्दावाद र मुर्दावाद” र “बन्द र हड्ताल” भन्दा अरु काम गर्न नचाहने भिड अब भत्ता माग्न थाले/ किन दिने यस्तालाई भत्ता?

    हिजो र अस्ति कुनै योग्य नागरिकले पाउन सक्ने जागिर ईनिहरुलेनै पार्टी र नेताको धक्कु देखायर खोसेको थियो/ ईनिहरुको कारणले योग्य नागरिक बेरोजगार बनेको छ/ भत्ता दिनु परे तेस्तो बेरोजगारलाई दिनु पर्छ/ बिदेसी कामदारले काम खोसेको व्यक्तिलाई भत्ता दिनु पर्छ/ बिदेशमा काम खोज जान बेच्न घर खेत न भयकालाई भत्ता दिनु पर्छ/ तर पार्टीले आजसम्म जिन्दावाद र मुर्दावाद भनाउन पालेकालाई किन भत्ता दिने?

    देसको नागरिकहरुलाई युबा बृद्ध स्त्री पुरुष भनि भेदभाव गर्न सकिंदैन/ के हो यो युबा मुखी संबिधान भनेको? मात्र जातको आधारमा भेद भाव हुँदा र गरिन खोज्दा देसमा यत्रो बवाल मच्चियाको छ भने अब फेरी युबा बृद्ध स्त्री पुरुष पनि भेदभाव गर्ने? यो कस्तो सोच हो ईनिहरुको? किन दिने यस्ता दलले पालेकालाई राज्यले भत्ता?

  3. यो बेरोजगारी संगको अध्यक्ष त क. प्रचण्ड लाइ बनाउनु पर्ने हो. यसो गर्दा क. प्रकाशको पनि इच्छा पुरा हुने उता वाकी रकम बेरोजगारी हल गरियो भनेर खोकी दिने अनि सबै पट्टि माला माल

  4. जसरि लुटे पनि हुन्छ हाम्रो राजस्व लाई,सबै ले लुटेरै खाएका त छौ नि आज सम्म अब के को नौटंकी गरेको नि?बेरोजगार हौ जस्तो त लाग्दैन ,पुरानो कमाई बाटै काम चली रहेको होला नि कि कसो?

  5. नाम त ठिकै राखेछन, कल कारखाना बन्द गराउने अनि बेरोजगारहरूको सदस्य बढी हाल्छनी ।

  6. पहिले राती लुटथ्ये.. थर्काएर असुल्थ्ये !
    अहिले सबैमा छुट छ.. मिलाएर हसुर्छ !
    अर्को एउटा झुठ…श्वेत लुट !
    आफ्नै नेताहरूको फाइट…सदनको चपली हाइट !

  7. अध्यक्षको पढाइले खाम्ने जागिर म मिलाई दिन्छु गर्ने भए | तर यी बेरोजगार लाई रोजगार हैन राज्यको ढुकुटी चाहिएको छ ..के गर्ने !!!!

  8. हाम्रो नेपाल लाइ मान्नै पर्छ बा…। एती साह्रो लुट्दा पनि धानेकै छ । विकास छैन, बिजुली छैन, पनि छैन, पुर्वाधारहरु छैनन् तर पनि नेता लाइ चम्किलो गाडी, सुविधायुक्त भवन र प्रसस्त भत्ता पुगेकै छ । टेबल मुनिको कमाई र कमिसन उत्तिकै पुगेको छ । अचम्म पर्छु मा त । अझ पुगेन भनेर भेष बदलि बदलि लुट्न आउदै छन । धन्न नेपाल आमा तिमि त कामधेनु जस्तै रहिछौ । जत्ति चुसे पनि तिम्रो दुधको मुहान कहिल्ले नसुक्ने…!!!

  9. जस जसले जसरि लुटे अनि अझै सम्म धानिरहेछ धन्य नेपाल धन्य नेपाली ..

  10. विकास को कम मा लगानी गर्नु छैन अब अलि अलि भएको पैसा यता उता छर भुत्रा को विकास हुन्छा देस भता होइन काम देउ अनि दाम देउ अनि बल्ल समस्या को समाधान हुन्छा

  11. यो केहि होइन साथीहरु माओबादी को देश लुट्ने नया योजना मात्र हो/ यो बेरोजगार युवा संघ होइन नया नेपालको नेपाली लुटमार संघ हो/ जे होस माओबादी को दिमाग लाई मन्नेपर्छ, जसरी पनि भएपनि नेपाल र गरिब नेपाली जनता लुट्ने नया नया संघ र कार्ययोजना ल्याउन दिमाग त चलाए कई हो
    जय होस् नया नेपाली लुटमार संघ को, अबफेरी नया चन्दाको कार्ययोजना पनि त ल्याउन बाकी छ नि!!!!!!!!!!!!!!!!!!!!!!!

  12. यो अबतारी पार्टीलाइ कसैले नसक्ने भयो .जनता संग लुटपाट र चन्दा आतंक मच्चायेर नपुगेर अहिले विभिन्न बहानामा देश लाइ नै लुटेर टाट पल्टाउँन लागिपरेका छन् ,छैनौ कोइ साथीहरु त्यो बेरोजगार युवा संघ को संयोजक लाइ चपरासीको जागिर दिने .

  13. जे होस म चाहिँ छक्कै परे यो समाचार देखेर। उता लडाकु बराबर पैसा पनि पाईयो, फेरि बेरोजगार भएसी काममा पहिले प्रथामिकता पनि पाईयो। अब लोक सेवा आयोगमा पनि समायोजन गर्नु पर्छ भन्ने माग गर्न कत्ती बेर छैन। गरो गरौ, यस्तै गर्न त हो नि लडेको। आफ्नैले नखाएर कस्ले खान्छ त।

  14. जे भए पनि माओबादी कुटिलतालाई मान्नै पर्छ .. ठग्न, लुट्न कसैले नसक्ने भो ..
    आफ्नै कार्यकर्तालाई निबेदन लेख भन्यो अनि आफै पैसा बाड्यो …क्या गजब काइदा, कमरेड हरुलाई फाइदै फाइदा … राज्यको ढुकुटीमा यिनी नेता / कार्यकर्ताहरुको कप सत्र छ ..

  15. यो त खुशी कै कुरा भो नि लाखौ बेरोजगार हरुले भत्ता पाउने भए ! के यसमा पनि भत्ता पाउन सत्ता वालाको डाम लगाउन पर्छ ? आफ्नो हात मा डाडु पन्यु भएको बेला नछोड भैरे नछोड !
    के आगामी चुनाब को लागि बेरोजगार बटुल्ने चाल त होइन ?

  16. यो लेख पढेपछी भने अब म पनि वाई सी एल बन्ने सोच्दै छु |:-))

  17. भगवान बिष्णु का १० अबतार भने जस्तै माओबादी को यो पछिल्लो अबतार पो रहेछ | घुमाई फिराई आफ्नै कर्येकर्ता लाइ पोशाई पो हो र छ

  18. म प्रकाश बेरोजगार सगरमाथा को फेदी बाट :
    —————————————————-

    बा २ करोड को लोभ मा ,
    बाबुराम अंकल ले दिन्छ भन्ने विश्वाश मा
    सगरमाथा चड्छु भनी खोकी हाले ,
    पैसो त मिलेन मिलेन सगरमाथा चै चाडनै पर्ने भो ,
    बा यो पाली कस्को को आँखा लाग्यो हाम्रो कमाइ मा
    मैले फोकट मा काम गर्न पर्ने भो ।

    बा सगरमाथा चड्न गाह्रो रइछ ,
    १३ हजार को लास मा चडेर सत्ता पुगे जस्तो सजिलो रइनछ ,
    घोडा चडेर रोल्पा गये जस्तो हैन रइछ ,
    पचासो काम्रेद काम म राखेर मस्ती गरे जस्तो हुन्न रइछ ,
    बा सगरमाथा चड्न गाह्रो रइछ ।

    बा सगरमाथा ले तिम्रो कुरो मान्दैन राइछ ,
    मैले म प्रचन्न को छोरो हुँ भनेको
    सुनेको न सुनै गर्दो रइछ ,
    मैले म सँग अझै धेरै सक्ती छ भनेर धम्क्याको
    अटेर गरेर बस्दो रइछ ,
    हीउ पारेर मलाई सगरमाथा ले बा अगी बद्न नदिदो रइछ
    बा यहाँ तिम्रो पावर नचल्ने रइछ ।

    बा एउटा बात चै यहाँ रमाइलो रइछ,
    जती जाड खाएनी हुने रइछ ,
    जता लडे पनि हुने रइछ ,
    न यहाँ पत्रकार छ ,
    न क्यामरा ,
    न कसैले देख्ला भन्ने डर छ न कसैको वास्ता नै छ ,
    बा यहाँ जाड तन्न खान पाइदो रइछ ।

    बा यहाँ त एक दम चिसो रइछ ,
    मैले हिजो ग्रिनेड पड्काएर आगो बालेको थे ,
    एक छिन त तातो भो ,
    तर सगरमाथा को चिसो सामु हाम्रो केइ नलाग्ने रइछ ,
    हाम्रो त्यस्तो महँगो बारुद पनि फिक्का भो ,
    बा सगरमाथा तिमी भन्दा बल्वान रइछ ।

    बा मलाई थाहा छ ,
    तिम्लाई नि थाहा छ
    मैले सगरमाथा चडेर सम्भिधान बन्दैन ,
    न त मैले सगरमाथा चडेर शान्ति नै आउछ ,
    मैले त केबल जनता को आँखा मा छारो हाल्न खोजेको थे,
    प्रचन्न पुत्र ले केही गर्‍यो भन्ने पार्न खोजे थे ,
    तर बा केही गर्‍यो भन्ने पार्न लाई केइ गर्न पर्ने रइछ ,
    सित्तै मा हजारो काम्रेद को लाखौं खाए जस्तो सजिलो रइनछ
    बा सगरमाथा चडन गाह्रो रइछ,
    किनकी सगरमाथा ले रगत को भाषा नबुज्दो रइछ ।

    • उत्कृस्ट कविता लेख्नुभएकोमा धन्यबाद

      सगरमाथा चढेर देस बिकास हुन्छ र?

      सगरमाथा चढ्नको लागि क्रान्ति गर्नु पर्ने थिएन रक्त क्रान्तिपूर्व पनि मानिसहरुले सगरमाथा चढेका थिए तेसैले कसैले फुस्रो आडम्बर नदेखावोस
      तथास्तु

Comments are closed.