जब प्रधानमन्त्रीहरु एक दिनका लागि कुचिकार बन्छन्


प्रधानमन्त्री बाबुराम भट्टराईले आज सरसफाई अभियान–२०६८ अन्तरगत काठमाडौ सरसफाई अभियानको उदघाटन गर्ने क्रममा नयाँ बानेश्वर संविधान सभा भवनबाहिर ५ मिनेटसम्म कुचो लगाए। अलि अगाडि सन् २०१० को अक्टोबर १३ तारिखमा उतिबेलाका प्रधानमन्त्री माधवकुमार नेपालले पनि यसै गरी कुचो लिएर बसन्तपुरमा बढारेका थिए। एक दिन प्रधानमन्त्रीहरु कुचिकार बन्दा फोटोमा त राम्रै देखिँदो रहेछ। तर सरसफाइले निरन्तरता पाउँछ त ?



प्रधानमन्त्री बाबुराम भट्टराई पत्‍नीसहित बढार्दै।

000_1497

000_1476

000_1449

यो भिडियोमा हेर्नुस् उतिबेलाका प्रधानमन्त्री माधव नेपालले कसरी बढारेका थिए-

95 Comments

  1. मलाई पनि यस्तो लाग्छ एक हप्ता सफाई गर्नको लागी एती धेरै रकम खर्च हुन्थियो भने तेही रकममा केही थपथाप गरी Rubbish Bin made with Plastic कीनेरा चोक चोक मा अनि पैदल मार्ग को छेउ करीब पचास देखि एक सय मीटरको दुरीमा राख्न लगाउने र नगरपालिका का वा नेपाल सरकार कै तर्फ बाट भएपनि ठाउँ ठाउमा निरक्छाक अनुगमन का लागी संचालन गरेको भए अझ राम्रो अनि दिर्घ कालिन हुने थियो . एक त हाम्रा सहरमा फोहोर जताभावी फाल्दिना भन्दा पनि तेस्तो फोहोर फाल्ने निश्चित ठाउँ र चिज नै उपलब्ध छैन . हातमै फोहोर डल्लो पारेर कतिसम्म बोकी हीद्नु .

  2. नेताहरूलाई अनुरोध : हुन त तिमीहरूको हातमा कुचो र कोदालो यति सुहाउँछ यति सुहाउँछ कि वर्णन गरेर साध्यै छैन ! तर आफ्नो मनको मैल लाइ पहिले सफा गरौँ , बढ़दै गइ रहेको भ्रस्टाचार लाइ निर्मुल गरौँ ! नाटक बढ़ी भो , १ करोड ९४ लाख को बजेट त्यसै खेर नफालौं ! तिमीहरूको लागि यति पैसा के न के लाग्न सक्छ , तर यो तिमीहरूको हैन ; जनताको रगत पसिना हो ! यसलाई त्यसै खेर फाल्ने कोशिश मा नलाग ! अर्को कुनै प्लान ल्याएर जनताको आँखामा छारो हाल्ने कोशिश बढ़ी नगर , छिटै जुन कामको लागि जनताले तिमीहरूलाई चुनेर पठाएका थिए त्यो काम पुरा गर !!!!!!!!!!!!!!!!!!!!!

  3. प्रधानमन्त्री र मन्त्रीहरुले सधै होकी एकदिन मात्रै हो सफा गर्ने ? आज त फेरी काठमाडौँ फोहोरै भै हाल्यो होला !अनि फेरी कुचोले सफा गर्ने तेत्रो रोडलाई? २-४ पेज कागजमा एउटा जाबो संबिधान कोर्न नसक्नेले तेत्रो बिसौ लाख मान्छेले गर्ने फोहोर कुचिहरुमार्फत तह लगाउनु असम्भव र नालायकीपन हो|यहि मानसिकतालाई सामान्यीकरण गरेर भन्दा साइकल चढेर बालुवाटार ,सिंहदरबार गए पुगिन्न र किन चाहियो Ac वाला मुस्तांग र पजेरो ? हाम्रा नेताहरु विदेश भ्रमण जादैनन् कि क्या हो? त्यहाँ त rubish बिन लगायत सरसफाई गर्ने राम्रा र ४-५ घण्टा भित्रै काठमाडौँलाई टिलिक्कै पार्ने मेसिन पाइन्छन र यी मेसिनहरु प्राडो,पजेरोभन्दा सस्तै आउलान!
    खासमा प्रधानमन्त्रीहरुले सरसफाईगर्न बाटोमा निस्कनुभन्दा पनि जनताको घर /घर मा बाटो /बाटोमा ,रेडियो,टिभी,अरुसारा कुराबाट सूचना दिनु पर्छ| संबिधान नभए नि कानुन बनाउनुपर्छ सरसफाईको लागि |जसले सरसफाई को नियम पालना गर्दैन उसलाई जरिवाना लगाउनु पर्छ| मालपोत,जिल्ला प्रशासन,स्कूल/ क्याम्पस ,यातयात् बिभाग, आदि मा जरिवाना को record पठाउनु पर्छ र त्यो नतिरी नागरिकता लगायत अरु काम अगाडी बढ्दै नबढ्ने हुनु पर्छ|जे कुरामा पनि fine system strongly लागु गर्नुपर्छ |
    सेवारो है सबैलाई !लाखे है कुरो त म पनि त्यति सारो त बुझ्दिन हौ गाठे….हा हा हा ..हासुग्ना|

  4. भुइँ मा त झाडु लगायौ राम्रै गर्यौ !

    …………….भित्ता फोहोर गरेको चाइ कहिले सफा गर्ने कामरेड ? …..गणतान्त्रिक नेपाल का प्रथम रास्ट्रपति पुकदा जस्ता नारा त सफा गर्नुपर्ने हो कम से कम !

  5. नेपालमा महात्मा गान्धी जन्मिदा हुन । स्वदेशी समानको प्रयोग गर्न प्रेरणा दिन उनले चर्खा चलाएको फोटो र समाचार माइसंसारमा छापिदो हो । अनि केही पाठकको प्रतिक्रिया आउदो हो – ‘नाटक’ भनेर । त्यस कमेन्टले धेरै ‘लाइक’ पाउथ्यो होला । है ?

    • नेपालमा महात्मा गान्धी भन्दा राम्रो नेताहरुको कमि छैन मित्र नेपालमा/ नेपालको राम्रो नेताहरुलाई महात्मा गान्धी जस्तै भयको भनेमा अपमान नै हुन्छ त् म भन्दिन तर कम सम्मान हुन्छ चाहि भन्छु/

      महात्मा गान्धी मात्रै दुधले नुहायको व्यक्ति थियनन/ सन् १९०८मा गान्धीले आफ्नो बिबाहिता पत्नी कस्तुर्वा गान्धीलाई किन त्यागेको थियो र गान्धीको सम्भंद उसको भतिजा सिट कस्तो थियो भनेर तपाईंले पढ्नु भयो भने छक्क पर्नु हुनेछ र नेपालमा तेस्तै नेता बनुन भनेर चाहनु हुने छैन/

      भारतीय उपमहाद्वीपको अहिले भारत भनिने भूभागमा हिन्दु र मुस्लिम अनि बुद्धिस्टहरुको समेत अनेकौ राज्यहरु भयको थियो/ तर ईस्ट इन्डिया कम्पनि बात स्वतन्त्र हुने बेला ती मुस्लिम बुद्धिस्ट सबैको राज्य समेतियको दछिंन यसियाको त्यो भागलाई “हिन्दुस्थान” नाम दियकै कारण मुस्लिम समुदायमा असन्तुस्टी फैलियको थियो/ आजको भारत बर्ष बनाउनुमा मुस्लिमहरुको कम योगदान थियनन/ भारतको प्रत्यक सहर र त्यहाको गल्लि चोकमा मुस्लिमहरुको देन आज पनि हेर्न देख्न सकिन्छ/ तापनि गान्धीको जीवनकालमै हिन्दुस्थान बात मुस्लिमहरुलाई अहिले तराई बात नेपालीलाई पहाडी भनेर लखेटे झैँ लखेटेको थियो/ गान्धीले चाहेको भय त्यो रोक्न सक्थ्यो तर रोकेनन र मुस्लिमहरुको लागि छुट्टै देस पाकिस्तान बनाउन दियो/

      राजनीतिमा सफल विद्रोहीलाई राम्रो नेता मानिन्छ बिर सहिद मानिन्छ/ तर राम्रै भय पनि असफल नेतालाई देसद्रोही मानिन्छ/ औपचारिक ईतिहास कुर्सीमा बस्नेले लेख्न लगाउँछ/ लेखियको ईतिहास र देखियको ईतिहास तेसैकारणले फरक हुन्छ/

      • मैले गान्धीले गरेको ठोस राम्रो कुरा गर्दै छु मदन जी । छातीमा हात राखेर भन्नुहोस् – चर्खा आन्दोलनको उद्देश्य के थियो ? स्वदेशी समानको प्रयोग । त्यो राम्रो थियो की थिएन ? यसैलाई आधार मानेर बाबुरामको झाडु आन्दोलनलाई सहि हो भन्न खोजेको । राष्ट्रिय स्वयम्सेवक अभियानलाई प्रत्येक नेपाली जनताले साथ दिएर कम्तिमा टोल वरिपरि सफा गर्ने हो भने देश सफा हुन्छ की हुदैन ? केही गर्न खोज्यो की ‘यसले मान्छे मरेको थियो, यसको मन्त्री मन्डल ठुलो छ, यो बाहुन हो ‘ अनेक बखेडा किन झिक्नु पर्‍यो ? किन हरेक समय नकारात्मक बन्छौ हामी ? तपाई पनि गान्धीको ईतिहास पढ्नु भएको रहेछ, अवश्य केही नराम्रा गुण थिए होला गान्धीमा । त्य्सैको आधार उनले गरेको चर्खा आन्दोलनको पनि बिरोध गर्नु भयो । हे भगवान । सानो बेला तपाईले पनि बाटोमा पिसाब फेर्नु भएको होला, स्कुलमा साथीलाई पिट्नु भएको होला । त्यसको आधारमा तपाईले गर्ने प्रत्येक लेख र कमेण्ट नराम्रो भन्न थालौ ?

        • मैले न गान्धीको आलोचना गरेको छु न प्रसंसा/ मैले गान्धीले गरेको चर्खा आन्दोलन नराम्रो पनि भनेको छैन/ तपाईंले नेपालको नेताहरु गान्धी जस्तै बन्नु पर्ने भन्नु भयो/ मैले भारत मै गान्धी सबै बात प्रसंसित छैन त् नेपालको राम्रो नेताहरु गान्धी जस्तै बनुन हामीले कसरि भन्न सक्छौं भने/

          नेपाल र नेपालको राम्रो ब्यक्तित्वोहरु अतुलनीय छन्, अरु देसको कुनै पनि राम्रो व्यक्ति भन्दा राम्रो छन्/ मैले भन्न खोजेको यहि हो/ गान्धी चर्खा आन्दोलन गरेकोले माहान बनेको हो भने नेपालमा पनि तुलसी मेहरले चर्खा आन्दोलन गरेको थियो/

          भारतमा गान्धीले चर्खा आन्दोलन गरेको कारण र अबस्थालाई बाबुरामले नेपालमा सडक बधारेको सिट तुलना गर्न सकिंदैन/कुनै पनि तहको व्यक्तिले सडक बढार्नु नराम्रो काम होईन राम्रै काम हो/ तर त्यो जसको जिम्मेवारी हो तेसै मार्फत गराउन सक्नु नै एउटा कुशल प्रसासकको योग्यता हो/ बाबुरामको मात्र एउटा ससक्त निर्देशन बात हुने कामलाई देसको उच्च तहको सबै कर्मचारी समेत लगायर करोडौं खर्चेर बाबुराम आफै समेतले त्यो सडक बढार्नु पर्दैनथ्यो/

        • Well said Sushil Ji. We are in the rapid down fall not because of these leaders but of the pseudo intellectuals like Madan. There is no shortage of people like these allround who are the real bottle neck of Nepal’s progress. First need to eliminate such mental retards as they pose danger to society.

    • सुशील जी, यदि महात्मा गान्धी सफारी सुट लगाएरै एक दुइ घण्टा चर्खा चालार दुनिया हसाउथे, भने तपाइले सोचे जस्तै हुने थियो !

      तर, गान्धीले तेसो कहीले गरेनन…..उनि एउटा धोतीमा बेरिएरै चर्खा चलाएर बसे…..उनको छोरो हरिलाल एउटा बेसहाराको मृत्यु मर्यो……जबहरलाल नेहरू सरकारले उनीलाई २ करोड दिने निर्णय गरेन !

      तेसैले, आप को तुलना आप संग गर्नुस….पहेलो छ भन्दैमा आप र फर्सीको तुलना हुदैन !

  6. काम कुरा एका तिर झाडु बोकी बाटो तिर…………………..वहा वहा वा वहा ……..

  7. जसलाई सफा गर्नु पर्ने हो उसैको हातमा कुचो छ

  8. ल अब चाही इनी हरुले आफ्नो योग्यता अनुसार को काम पायेछन तर आझै एउटा लाजमर्दो कुरो चाही बदारधा पनि सफारी अनि कोट नै लाउन पर्ने भतुवा हरु लाई . कसो घुम्ने कुर्शी चाही खोजेनछन.

    • जनक जी राम्रो काम को सराहना हुनु पर्छ / हामीले राम्रो काम लाई येसरी नै हाँसो बनाउने हो भने हाम्रो देश कहिले अगाडी बद्दैना /

  9. नगरपालिका ले शहर बडारन भर्ना गरेका कुचिकार ले सडक बदार्ने कि बाबुराम ले बदार्ने? देश कस्तो गम्भिर मोद मा गएको। नगरपालिका ले फोहोर नउथाये नगरपालिकाले शहर सफा नराखे भोली देखी बाबुराम ले सडक सफा गर्ने। भोली कर्मचारीले काम नगरे पनि त्यो काम बाबुराम ले गर्ने। कस्तो लाचारी र निर्लज्ज पराकास्ता यो देश, जो जेकाम को लागि भर्ना भको छ उसले काम नगरने प्रधान मन्त्रिले गर्ने कस्तो बिदम्बना यो देश को। काम गर्छ गराउने गर्दैन फायर गर्ने अनी काम गर्छन्, सबै कुरो होला तर सडक सफा गर्ने काम कुचिकार्कै हो। मुख छदा छदै नाक्ले पानी खाइदैन। नगरपालिकामा हायर एन्ड फायर नभै हुँदैन। बरु मान्छे नपुगे थप्ने है।

  10. मलाई यो सबै नाटक हो जस्तो लाग्छ /सकिन्छ भने देस कै मैला सफा गर्ने तिर नेता हरु लागे हुन्छ,मेरो सुभकामना छ/

  11. याे ब्यक्तिलाई जनपक्षिय देखाउनेे राम्राे काम  हाे । तर त्यै दिनकाे लागि काफि छ । अब फेरि हुनेवाला छैन । जाे अनिबार्य छ त्याँहा सरकारकाे निर्देशन चाहियाे । 

         कर्मचारि समयमा उपस्थिति अनिबार्य छ । जनता त्यै कारण पिडित छन । यस्ताे अनेमियता जाहा जाहा छ, बुझेर यस्काे अन्त्य गर्नु पर्याे । गम्भिर समस्या त याँहाबाट भएकाे छ । बिक्रिति र बिसंगतिहरूलाई क्रमश अन्त्य गर्दै जानु पनि उचित हाेला । 
    धन्यबाद ! 

  12. मेरो सोचाई मा त पहिला फोहोर को लागि ब्यबस्थित ठाउँ बनाउन पर्यो अनि बाटो मा dasbin हुनु पर्यो, toilet हुनपर्यो अनिपो त कानुन को कुरो गर्ने व्यवस्था लथालिङ्ग वताभूंग
    छ खाली कमेन्ट मात्र गरेर पुग्दैन कि कसो?

  13. फोहोर भनेको बढार्नु नै पर्छ। जसले सुकै होस्। यी नेताहरु पनि फोहोर नै हुन् यिन लाई चैं कसले बढार्ने?

  14. गुड जब ! सबैले सिक्नु पर्यो यो बाटो …. यो सफा गर्न होइन , सबैलाई सिकौना हो तिमि जनतालाई चेतना भया !!

  15. भित्रि मन पनि सफा गरे सबैको भलो हुनेथियो.(सबै राजनीतिक गर्ने हरु ले)

  16. prime minister हो कि peon हो confuse.com
    कसम भन्या जुन दिन बाबुराम प्रधानमन्त्री भाका थिए यस्तो दिन पनि देख्नु पर्ला भनेर कल्पना पनि गरेको थिएन…….. मेरी बाबै …. फोहोर कति दिन बढारेर सकिन्छ?? यहाँ त कानुन ल्याउनुस ताकी फोहोर गर्ने ले फोहोर गर्नु अगाडी एकचोटी तर्सिन परोस तब हुन्छ काठमाडौँ सफा अनि बल्ल हुन्छ सफा शहर हाम्रो रहर ….

    • डा. राम सरण महत लगायएत नेपाली काँग्रेस पार्टी नेता/कार्यकर्ताहरु प्रजातन्त्र,मानव अधिकार, प्रेस स्वतन्त्रता आदि ईत्यादीका बारेमा झुट्टा भ्रम फैल्याई नेपाली जनताहरुलाई फसाउदै छकाउदै हाल सम्म यो देश र नेपालीहरुलाई दयनीय अवस्थामा पुर्याका थिए र अझै पनि जमर्को गरिराखेका छन् | त्यसैले काँग्रेस पार्टी अझै पनि उसको हात माथि परे उही ४८ सालको संबिधान ल्याउन केहि कसर बाकि राख्दैन | त्यसको फल स्वरूप आजको दिन सम्म पनि नेपाली जनताहरुले चाहेका जस्तै नयाँ संघीय जन गणतन्त्र नेपालको संबिधान बन्न सकिएको chhain | मलाई लाग्दछ यदी ए माओबादीले पनि आत्म समर्पणको क्रिया कलापहरु यस्तै प्रकारले गर्दै जाने हो भने फेरी उही कान चिरेको जोगी भने जस्तै त्यही पुर्व डाँका चोरहरुले हाली मुहाली गर्ने निश्चित छ |

  17. डाक्टर प्रधानमन्त्रि महोदय नेपाल देश बिमार भएको सडक फोहर मैलाले भन्दा पनि राजनीतिक फोहर मैलाले हो तसर्थ देशको प्रधानमन्त्रि जस्तो व्यक्ति तपाई सडकको फोहर तिर भन्दा पनि देशको घिनलाग्दो राजनीति फोहर सफा गर्न लागे जनताहरुलाई गनाउने थिएन कि ???

  18. राम्रो काम को त सम्मान गर्न सिक्नु पर्छ हो/ हामी जनता पनि खाली नेता हरु लाई गाली गर्न मात्र जानेका छौ / आफु ले चाही देस को लागि के गरेउ यो देश को नागरिक भयर कसै ले सोचेको छ ? सधै अर्कालाई गाली गर्न मात्र जानेका छौ / बाबुराम ले राम्रा काम को सुरुवात गरेका छन् सम्मान पनि गरुउना / यकै दिनमात कहा हुन्छ परिबर्तन / बाबुराम ले त बाटो देखयाका छन् तेस्को सबैले आफ्नो आफ्नो ठाउँ बाट सहयोग गर्नेकी …………

    • एउटा उखानै छ “गर्ने भन्दा गराउने ठुलो ” भने झैँ अभियान राम्रो र सकारात्मक छ तर गराउने तरीका अलिक दिर्गकालिन भएन भन्न मात्रा खोजीएको हुनुपर्छ जस्तो लाग्छ .

  19. सबै कमेन्ट हरु नकारात्मक लाग्यो ,
    हैन यो नेपाली हरु लाइ सकारात्मक सोच्न आऊदैन कि क्या हो .
    कमसेकम राम्रो कम को त स्वागत गर्नु नि .

    • बच्चालाइ चकलेट पाएको दिन राम्रो लाग्छ, श्रीमतीलाई कपडा किनेको दिन….
      एकक्षण कुचो लिएर तामझाम गर्दैमा राम्रो हो र ? सोचौं त एकछिन …

  20. योग्यता अनुसार को काम चाही येही नै होला यी भात मारा लाई/एक दिन सफा गर्दै मा हुने होइन,सकिन्छ भने तिमि हरु बाटै देस फोहोर भएको हो तेसैले प्रशासन को मैला ,भस्त्रचार को मैला,पुलिस,भन्सार सबै तिर को मैला सफा गर अनि ६०१ जना को खासै काम देखिएन तेसै ले यिन लाई पार्ट time job दिनु हुन म माननीय डाक्टर साब लाई हार्दिक अनुरोध गर्दछु /

  21. फोहोर सफा गर्नु नराम्रो होइन
    तर
    बाबुराम गुरुबा,
    काठमाडौँलाइ राम्रो बनाउनु पर्दैन, सफा राख त्यति नै प्रयाप्त छ हाललाई / ब्यबस्थित, आधुनिक, सुबिधासम्पन्न आदि-इत्यादि त् तपसिलका बुँदाहरु हुन्, पछी हेरम्ला नि /
    हो यो कदम पनि राम्रो कदम हो,
    तर ”
    फोहोर फाल्ने काम नरोकिए सम्म फोहोर बढारेर साध्य हुदैन” भन्ने सबै भन्दा पहिले बुझ्नु पर्यो / हुन् पनि हामीले जसरी फोहोर फाल्छौ त्येस्तो असभ्यता त् संसार भरमा कहिँ कतै नै देख्नु पाइन्न होला (धोती-ल्याण्ड बाहेक) / फोहोर बढार्ने काम संगै फोहोर गर्नेलाई ठेगान लगाउने काम पनि जोडतोडको साथ हुनु पर्यो /

    तेन्जिंग गाबा

  22. नीति निर्माणको तहमा बसेर दिर्घकालिन सरसफाईको नीति तर्जुमा गर्नुपर्नेहरूले के नाटक गरेको होला !!
    वाइयात..क्षणिक तामझाम !!

  23. नेता को नाटक , राजनीति चाही फोहरी गर्ने, अनि क्यामेरा को अगाडी चाही सस्तो पब्लिसिटी स्टन्ट को लागि बढारेको जस्तो गर्ने .काठमाडौँ को फोहर को डंगुर नेता हरु ले बल्ल पो देखेछन कि क्या हो ??? यसरी सहर सफा नै गर्ने हो ,भने पहिला आफ्नो कार्य र मन पनि सफा गर्नु पर्यो नि ,फेरी यो सहर सफा राख्ने काम निरन्तर हुनु पर्यो नि ….मुख्य काम संबिधान बनाउने चाही ओझेल मा राखेर जनता लाइ बेबकुफ बनाउछन् ….
    फेरी समाचार पनि कस्तो आउछ……”प्रधानमन्त्री ले पहिला पन्जा लगाउनु भयो ….अनि कुचो समात्नु भयो ….अनि सडक बढार्ण थाल्नु भयो ” रे …वाहियात ….जसलाई पनि थाहा छ नि ..कुचो नसमाइ बढार्ण मिल्दैन भनेर ……….

  24. देसको प्रधानमन्त्रीले सडक सफा गर्ने कि ब्रस्ताचार ,गुस्खोरी ,अपहरंकरी ,सफा गर्ने?

  25. This initiative by PM,DR.Bhattarai has a good meaning to Nepalese people.Many foolish people always criticize even the good work.Nepalese people are worse than nepalse leaders.Plese try to be civilized and know what is right and wrong rather than criticizing everyone for every good attempt.
    Sydney,Australia

  26. के काम गर्न पठाको , के काम गरेर बसेका छन्,

  27. नेताले झाडु लगाए भन्दैमा किन आत्तिनु? तिमीहरुको घरमा त कसैले नि लगाउन आको छैन नि? बिचार नेताहरुलाई बिना सित्तिमा गाली नगरी तिमीहरुले खाको पनि पच्दैन कि क्या हो? सक्छौ भने तिमीहरु पनि झाडु लगाएर देखाऊl हाम्रो नेता हाम्रो देश प्राण भन्दा प्यारो छ l आजको हाम्रो नेपाल हाम्रा प्यारा नेता हरुकै देन त हो l गाली गर्न छोडी आफ्नो काम गरौ l

  28. नाटक गर्छ संबिधान भवन भित्र को फोहोर फाल्न सकको छैन… पहिला अभियान संसद भवन बाट सुरु गर्न पर्यो बाबुराम जी…..तेसो गर कसो होला

  29. प्र म को आह्वान हो हामीलाई लै जति ठुलो पोस्ट भएनी आफ्नो काम आफै गरौ .. राम्रो संदेश …. यो अभियान अझ महिना को एक दीन गरिदिए काठमाडौँ फोहोर गर्ने हामी जस्ता जनता लै ठुलो सबक हुने थियो !!!!

  30. हामी नेपालीमा जब सम्म अफ्नो काम आफैले गर्नुपर्छ ( जस्तोकि आफ्नो दात आफैले माझ्ने,आफ्नो मुख आफैले धुने जस्तै अरु काम पनि आफैले गर्ने चेतना नभए सम्म ,जस्तो कि आफुले खाएको थाल,चिया पिएको ग्लास आफैले माझ्ने, आफ्नो कोठा,घरआगन आफैले सफा गर्ने ,जथाभाबी फोहोर सडकमा नफाल्ने , त्यो भनेको मलमुत्र गर्नु अगाडी यही बाटोमा म र मेरा परिवार छिमेकि सबैले हिड्नु पर्ने ठाउमा मलमुत्र गर्नु हुदैन.खोला तर्यो लौरो बिर्सन भएन.यसपालिको ABC को out look मा डा.दीछित ले भन्नु भएको १६ आना सहि थियो. लुम्बिनी देखि सगरमाथा को सिखरमा नेपाल र नेपालीलाई सान्ति र संबिधान दिनुपर्यो भनेर ति साहशी नेपालीहरुको यत्रो ठुलो यात्रामा यसो good luck भन्न पनि किन कांग्रेस र एमालेका नेताहरु किन आएनन ??? किन भने ति सब भ्रस्टचारी छन् ,त्यसैले बुद्ध जन्मेको लुम्बिनीमा त् झुठ बोल्नु भएन .नेपालमा जतिपनि भ्रस्टचारी छन् ,उनीहरु उत्तिकै धार्मिक (???) छन्.किन भने यिनीहरुले भ्रस्टाचार गरि कमाएको सम्पति दसौ पुस्तालाई पुग्नेछ ,अनि त्यसको हिफाजत को लानी फलानो बाबा,ढिस्कानो बाबा ,अब आएर लिट्टेल बुद्ध ,धामी झाक्री ,को पछी लाग्ने नेताहरु कसरि लुम्बिनी जस्तो पबित्र ठाउमा गई झुठ बोल्लान .त्यसैले तास खेलेर ,रिसोर्ट मा बसेर,वा कसरि पैसा बनाउ तिर लागेको ले कांग्रेस र एमालेका भ्रस्टचारीहरु लुम्बिनी गएनन्. मेरो तर्फ बाट थुक्क तिमि हरुलाई.त्यो सम्पति तिमि मरेपछि तिमि संग जादैन ,बरु त्यो देस र जनताको बिकासको लागि दिए धेरैको हित हुने थियो.

  31. बल्ल आफ्नो हैसियत था पाए जस्तो छ..
    देश चलाउन नसके पछी बाँकी रहेहो काम यहि त होला नि !!!!!

  32. Honestly this is a very good start. If big people take part in cleaning our own cities is to make people feel its their duties to make their surrounding clean for their own good health and better life. Environment is something we all have to look after it because if we breath clean air our brain works well consequently our society will start see changes in our behaviour which will ultimately help our society get better and finally it helps our country get developed.

    Be positive guys our constitution is one day going to show its face but just needs to wait.

    Country can’t be build only by one person it should be a team work. so lets unite and work together to make our nation developed.

  33. हामी बाबुरामजी लाई तेतिबेला सलाम गर्नेछौ जब उनि दिनहु कम्तिमा पनि दस मिनेट येसरी नै सर्सफैको लागि जनता संग निक्लानेछान!! एक दिनको ५ मिनेते नाटकले केहि हुनेवाला छैन!!!

  34. प्रचारमुखी नौटंकी / जेष्ट १४ को संबिधानको प्रमुक कामको बेला लगनको बेला हगन / म ४/५ क्लास पर्दा पंच पनि येस्ता काम गर्थे बेला बेलामा र हामी जस्ता स्कुलका भुरा पनि बटुल थिय / एकताका माधव नेपालले पनि एस्तो नौटंकी गरेका थिय / एक पल्ट बस चढेर , गार्ड अघिपछि राखी काठमाडौँको टुरिस्ट अवलोकन पनि गरेका थिय / तेत्रो भत्ता खाको के सडक साफ गर्न हो त / सम्बंदिद निकाए सरितो र फोर गर्नेलाई जरिवाना र कडा कारबाही गर्ने परिपाटी पो बसाल्नुपर्छ / हुनत अदालतले हत्यारा किटान गरेको मानिस त सफाई गरि जेलमा हाल्न नसक्नेले फोर सफा गरि नाटक गरेको कति पनि नसुहाएको / माओबादीको नै सब्दमा भन्नु पर्दा “कलाबिहिन नाटक” / जर्को लागिसक्यो एस्तो नाटक हेर्दा हेर्दा /

    • के को हागन को बेलामा लगन नि मित्र ?
      हिजो गजुरेल भन्दै थियो ”नेपाल को संबिधान इन्डिया मा बनिसक्यो अरे ”
      अब १४ गते घोसना गर्न मात्र बाकि भन्दैछ |
      यिनीहरुले आफु सुहाउदो काम गरे त् के बिग्रियो |

  35. संबिधान लेख्ने समय होटल र क्याबिन रेस्टुरेंटमा बिताउने नेताहरु आज सडकमा कुचो लियर घुमे/ तिनीहरुको चम्चा पत्रकारहरुलाई यो कुरा ठुलो लागे तेसैले छापे/

    आफ्नो कार्यकालको हरयक मिनेट देशमा सुशासन र संबिधान लेख्नमा लगाउने बाचा गरेको नेताहरु सिट सडकमा कुचो लियर घुम्ने समय कहा बात आयो?

    आफ्नो कर्म छ्यत्र्मा उदाहरानिय बनुन, कर्तब्यनिष्ठ बनुन/ संबिधान लिखने जिम्मेवारी लियकाले संबिधान लेखुन, कुची समात्नु पर्ने कुचिकारले कुचो समातुन/ आआफ्नो जिम्मेवारीमा पो उदाहरानिय बन्नू पर्छ/

    संबिधान लेख्नेले कुचो समाते उदाहरानिय बन्ने हो भने भोली कुचिकारहरुले संबिधान सभामा संबिधान लेख्न जानू पर्ने हुन्छ/

    • ”संबिधान बनिसक्यो इन्डियामा घोसना गर्न मात्र बाकि छ ”
      ————————————-सी पी गजुरेल

      • द्रोण ज्यु
        मैले पढी सके त्यो समाचार/ भर्खरै भारतको नेपाल मामिलामा बिशेसग्य मानिने यस दि मुनिले ” नेपालमा अब कहिले पनि राजा नफर्कने र संघिया सहितकै संबिधान आउने” घोसना गरे बात बैद्य समुहको नेता सी पी गजुरेलले नेपालको संबिधान भारतमा बनि सकेको भनेको कुरा पुस्टि हुन्छ/ भारतमा संबिधान को मोडेल बनि नसकेको भय यस दि मुनिले येस्तो ठोकुवा गर्न सक्दैनथ्यो/

        मित्र द्रोण नेपालको संबिधान बन्ने नबन्ने, बनेमा कस्तो बन्ने आदि कुरा नितान्त नेपाली मात्रको कुरा हो भारतले यस्तो तेस्तो संबिधान नेपालमा बन्ने भन्न मिल्दैन/ यो कुरालाई सद्भाव र बिचारको रुपमा लिन मिल्दैन बरु नाङ्गो हस्त्छ्यप् को रुपमा लिनु पर्छ/

        अहिले भारतले उचालेको मध्यदेस वादको झण्डा बोकेका लथैद नेताहरु अंगालेर मावोबादी भनिने जुन समुहको सरकार चल्दै छ तेस्को लागि बैद्य समुह नै बढी जिम्मेवार छ/ पहिला बाबुरामलाई प्रधान मन्त्रि बनाउनु पर्छ भन्ने पनि ईने सिपि गजुरेलहरुनै हो/

        द्रोणज्यु तपाईंलाई याद हुनु पर्छ कि प्रचंद्र प्रधान मन्त्रि रहेको बेला भारतलाई देसको सत्रु भनेको थियो र भारतले पनि प्रचान्द्र्लाई सत्रुकै रुपमा लियको थियो/ प्रचंद्र प्रधान मन्त्रिको चुनावव लड्दै गरेको बेला भारतीय प्रधान मन्त्रीको बिशेस दुत बनेर आएको “शरण” ले ३ वटा कुरा गरेको थियो:
        ०१.सबै मधेस बादिहरुलाई प्रधान मन्त्रीको चुनावमा भाग नलिन निर्देशन दियको
        ०२.प्रचंद्र फेरी पनि प्रधान मन्त्रि बन्ने कुरा भारतलाई स्वीकार्य नहुने
        ०३. सबै दलहरु समस्त तराईलाई “मध्य-देस” बनाउने कुरामा सहमत हुने पर्ने/

        शरणको ई ३ कुराले गर्दा प्रधान मन्त्रि पदको चुनाव अल्झियो/ तापनि शरणको यो निर्देशनलाई कांग्रेस एमाले र प्रचंद्र्को नेत्रित्वोको मावोबादी समुहले मानेन, यो कुरालाई हामि सबैले सकारात्मक रुपमा लिनु पर्छ/

        प्रचान्द्र्ले शरणको निर्देशन मान्नु भन्दा देसको “भारत परास्त माधवलाई असफल” भन्ने यमालेको झलनाथलाई समर्थन गरेर देसमा २/३ बहुमतको सरकार बन्न दियो/ मध्यदेस बादी भय पनि भारत सिट अलि फरक मत राख्ने उमेश यादवको मधेसी फोरुमले समेत त्यो सरकारमा सामेल भयको थियो/ त्यो २/३ बहुमत भयको सरकार देखेर भारत समेत झस्केको थियो/ त्यो सरकारले संबिधान लेख्न सक्थ्यो/ २/३ बहुमत भयको सरकारले संबिधान लेखनमा कसैले बाधा गर्न पनि सक्दैनथ्यो/ ओली माधव र बाकि मध्यदेस बादी दलहरु त् बौलाउने स्थिति सम्म पुगेको थियो/

        त्यो बेला ओली माधवले झलनाथको बिरोध गरे झैँ बाबुरामले पनि झलनाथको बिरोध गरेको थियो र तेती बेला बैद्य समुहले बाबुरामको समर्थन गरेको थियो र प्रचंद्र बिरुद्ध बाबुराम सिट मिलेर बैद्य समुहले बिद्रोह नै गरेर २/३ बहुमतको सरकार गिरायर बाबुरामलाई प्रधान मन्त्रिबनायको थियो/

        अब आयर बैद्य समुहले यो आफैले बनायको बाबुरामको सरकार र बाबुरामले बनाउन लागेको संविधानको बिरोध गर्नुको कुनै माने राख्दैन/ भारत नेपाल भित्र मध्य देस बादीहरु निर्णायक बन्न सक्ने नभय सम्म संबिधान लेख्ने कुरा अल्झाउन चाहन्छ/ यसै कारण भारत सिट टक्कर लिन सक्ने २/३ बहुमतको नेपालीको सरकार गिराउने त्यो बेला भारतीय गुप्तचर विभागको प्रमुख समेत नेपालमा डेरा हालेर बसेको थियो/

        नेपालमा संबिधान बनाउन सक्ने मावोबादी र उमेश यादव समेतको समर्थनमा बनेको २/३ बहुमत भयको सरकार गिर्नुमा बैद्य समुहको भूमिका पनि ओली माधवको भूमिका भन्दा फरक छैन/ यसै कारण म ईनिहरुलाई माउत्सेतुंग बादी मान्न छोडेको हो/ ईनिहरुको “मावो” माउत्सेतुंग हुनै सक्दैन/

        कुरा जे सुकै होस् सर्वोच्चको फैसलाको कारण ईनिहरु अपूर्ण संबिधान भय पनि लेख्न बाध्य नै छन्/ यस्ताको हात बात पूर्ण संबिधान बन्नु नेपालीको निमित दुर्भाग्य हुने भयकोले ‘निर्वाचित सदनले पूर्णता दिने संबिधानलाई सकारात्मक रुपमै लिनु पर्लाकी जस्तो लाग्छ/

        • मदनजी
          बडो राम्रो बिस्लेसन गर्नु भो |धन्यबाद छ |
          तेसैले अब नेपालीकांग्रेस ले भारत सग प्रजातान्त्रिक नातालागाउनुर सुसिल बिरगंज मा टुटेफुटेको हिन्दीमा भासन गरेर पुरानै सपना देख्नु ,झलनाथ ले आफुलाई मधेसी बिरोधि लेबल लाग्यो भनेर पीन पिनाउनु ले केहि फरक पर्नेवाला छैन |
          पहिलेको कांग्रेस को स्थान आजको फोरम ले लिएको छ |मावोबादी , एमाले जोकर भएको छ ( खान को लागि जो सग पनि मिल्ने )|
          अरबौको जनसंख्या सग खुलासिमाना रहेर बसेको नेपाल र हामि नेपालीको
          पहिचान र धेरै कुरा अब चाडै गुम्ने वालाछ कि भन्ने संका छ |
          भन्न को लागि राजनीतिको नाउ दी इ ये पनि ,जे जसलाई दोस लगाएपनि
          प्रकृतिको नियम नै हो कि एउटा ठुलो भाडो र सानो भाडो लाइ जोडेर राख्दा
          कालान्तर मा स्वाद ,रुप र रंग एकै हुदैजान्छ |
          हुन् त् राजतन्त्र राजाहरुको को आफ्नै कु बुद्दी ले मासियो ,आफुलाई लायक सिद्द गर्न सकेन र २५० बर्स मा धेरै गर्न सक्ने थियो गरेंन |
          यो फालेको मा पछुताउनु पनि न परोस भन्ने कामना गर्छु |
          तर पनि नेपालि जनताले भेडाको छाला वोडेको ब्वासा हरुलाई धेरै बिस्वास गरेर टाउकोमै टेकायो |न जरो को पता ,न मूल को पता रंगी चंगी हरु कता कता बात निस्क्यो |
          यी नरभक्षी हरु त् यहा लुत्छ ,जहा गएर पनि यस गर्छ ,दुख हामि आम जनतालाई हुने हो |

  36. Our leaders are really concern about health and safety.They are wearing face-mask, gloves.Do they think about ordinary people who work everyday?

  37. काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भनेको येही हो ! नगरपालिका लाई तह लगुना नसक्ने अनि आफै कुचो बोक्ने ! iअनि आफै हामीले झाडु लियर बाटोमा निस्कनु पर्र्ने ? येही कुचो किन्न पनि भ्रस्टाचार भएको छ त्यो कसले बुझ्ने ? के गर्ने हामी नेपाली आफै जनावर छौं सुघर सफाई सरकार र नगरपालिका लाइ मात्र जिम्मा दिन्छौं ! फोहोर गर्नु नै आफ्नो संस्कार र सभ्यता ठान्छौं अनि ! बाबु राम जी ले हिसिला जी संग सिक्नु भएन होला काठमाडौँ बासि को संस्कार र सभ्यता अनि कुचो लिएर निस्कनु भयो ! उहाले बुझ्नु भएन त्यो कुचो किन्नु भन्दा आदेश मात्र गरेको भए पनि हुन्थ्यो ! सबै सफाईको खर्च बजेट खोज्ने हो भने उहा ले बुझ्नु हुन्छ कर्मचारी कति बेइमान रहेछन भनेर

  38. के के गर्नु छ गर नेता हो ! नाटक गर्नु चै कसैले भेट्दैन नेपालको नेताहरुलाई …..

  39. काम र पेशा सानो ठुलो हुदैन जिम्बेवारी फरक फरक हुन सक्छ !!!
    नेता पनि नेपाली नै हुन् हामी पनि नेपाली

    कुचो लाउदै मा सानो अनि सरकारी झन्डावाल गाडी मा हिड्दा ठुलो भन्ने
    परिपाठी भुलुनु पर्छ !

  40. राम्रो काम को सुरुवात …….. आबियान संग संगै जनता लाई पनि सचेताना आबिवन चलाउनु पर्छ…….र यो अबिवन लाई सफल पार्न को लगी नेपाल पुलिस आर्मी लाई तलब भत्ता खुवाएर बायरेक माँ होइना उनी हरु लाई पानी फिल्ड मा
    खाटाउनु पर्छ ……. र ठाउँ ठाउँ मा फोहर हाल्न को लागि बिन को बेवास्ता हुनुपर्छ एसो भयो भनी एक दिन नेपाल सच्है सफा सहर बन्ने छ …..बड़ाई छ बाबुराम राम्रो काम को सुरुवात को लागी

  41. यो सब नेता को काम नभयर भयको हो. लाग्छा नेपाल पुरै फोहर भैसक्यो, पम ले पर्लिमेंत आगाडी सफा गर्ने, फम ले संघ durbar सफा गर्ने. अब प्रधानमन्त्रि ले आफ्नो कारयालय तथा निजि कोटा सफा गरेको फोटो आउन बेर छैन.

  42. संबिधान बनाउन नसक्ने भास्ताचार नियन्त्रण गर्न नसक्ने विकास कार्य गर्न नसक्ने के गरोस त काम त देखौनुपरो उससैता बोअर्द्फ़िर्स्त नेता

  43. very good work keep it up….lets support them …..who every do this projet in nepal we must have to support.cuntary never be clean one day.we have to give this kinds of class very time….one day we can see our clean city….not right the way…..it take times but very good projet……thanks for who doing this my full support to all of you….keep it up…many popole finger point to other pepole they for get that there other finer will ponit him….

  44. बाबुराम कमरेड………. जनता तपाईले सडक बढारेको हेर्न चाहँदैनन । अव जनता सम्विधान चाहन्छन न कि प्रधानमन्त्रिले सडक बढारेको । सस्तो लोकप्रियता होईन वास्तविकता चाहान्छ जनता । कि कसो ?????

  45. काम कुरो एक तिर कुचो बोकी बाटो तिर भनेको यहि हो. यी बजिया हरु संबिधान बनाउने काम नगरेर जनता लै मुर्ख बनाउने र अल्मलाउने मेसो मात्र हो.

  46. बाबुराम ज्यु हजुर नेपाल को सबभन्दा सक्तिसाली एकमात्र व्यक्ति हुनुहुन्छ किन कि तपाइँ लाइ जनतले तो पोस्ट मा जिताएर पठाएका हुन् / तपाइँ ले सब भ्र्स्ताचारी लाइ चाह्यो भने १० दिन भित्र कानुनी प्रक्रिया पुर्यायर जेल हाल्न सक्नु हुन्छ तर तपाइँ आज झाडु लिएर सस्तो लोकप्रियता को लागि ५ मिनेट झाडु पत्रकार को अगाडी लागाउनु हुन्छ / अब तपाइँ जस्ता पढाइ मा तेज भएको व्यक्ति को बुद्धि येही हो त ? तपाइँ त झल्लु, माकुने, देउबा , पौडेल , प्रचांचा , कोइराला भन्दा धेरै फरक हुनु पर्ने होइन र ? भ्रस्टचारी लाइ छानी छानी खोर मा कोच्नुस अनि आफ्ना पार्टी, अरुका पार्टी नभनी कोचुनुस सब भ्रस्टचारी पार्टी नेता नाभानुस जस्तै प्रचण्ड १० करोड लाजिम्पाट घर होस् वा गचादर , रुबेल / कुजाता होस् सब लाइ छानबिन गर्नुस अनि कानुनि रुप मा काम गर्नुस अनि लाखौ जनता सडक मा झाडु लिएर सडक सफा गर्ने छन् र बाबुराम को अबिर जात्रा करौदो जनता ले गर्ने छन् / बाबुराम ज्यु तपाइँ लाइ थोरै समय छ देखाउन लाइ केहि नगर्ने हो भने हजुर पनि उही झल्लु, माकुने , देउबा जस्तै कुर्ची को लागि राजनीति गर्या जस्तो हुनेछ , जनता को लागि नभएर /

    बाबुराम ज्यो येसो MYSANSAR को कमेन्ट हरु पनि एकचोटी राति पद्नुहोस तेस्बात तपाइँ लाइ धेरै फाइदा पुग्ने छ /

    • दिप ज्यु
      माईसंसारमा लेखियको प्रतिक्रियाहरु पढे बाबुरामलाई निन्द्रा नलाग्ने रोग लाग्नेछ, सुद्धि हराउनेछ, कलम छोडेर कुचो समात्न जानेछ/ अरे कुचो त् समातिने सकेको रहेछ; हरे पक्कै माईसंसारमा लेखेको प्रतिक्रियाहरु पधे होलान बाबुरामले’ बिचरा/
      संबिधान सभा देखि मन्त्रालय सम्म समाजको फोहर बटुलेको हातले सहर सफा गरे त्यो पनि झनै फोहर हुनेछ/

  47. I AM SMILING AT THE BLOGS, BECAUSE I DON’ T KNOW
    WHAT THE HELL IS GOING ON ?

    IF YOU REALLY WANT THINGS IN LIFE TO HAPPEN, YOU HAVE TO MAKE THEM HAPPEN BY YOURSELF. YOU CAN’T SEAT AROUND AND HOPE THAT SOME BODY WILL HELP YOU TO HAPPEN. YOU HAVE TO MAKE YOUR OWN FUTURE AND NOT THINK THAT YOUR DESTINY IS JUST GOING TO HAPPEN.

    अस्तु:

  48. नकारात्मक सोचाइको पराकाष्टा !

    मैले खाएको थाल अर्कोले माझिदिनुपर्छ, मेरो आगन अरुले नै आएर झाडु लगाइदिनुपर्छ, मैले त फोहोर गर्ने मात्र हो कट्टु पेटिकोट पनि अरुले नै धोइदिने हो भन्ने खालको सोचाइ परम्परा देखि चल्दै आएको सामन्तबादी सोच अनि संस्कारको उपज हो | कहिलेसम्म यस्तो सोच पालिराख्ने ? अब त हामि यस्तो सोच बाट अगाडी बढौ |
    प्रधानमन्त्री मन्त्रि सचिब हरुले कुचो समाएको अर्थ उनीहरु दैनिक सडक सफा गर्न जाने भन्ने होइन | यो त सहभागिताको लागि आह्वान हो | यो आह्वानलाइ बुझेर आफ्नो घर, टोल सफा गर्न अगाडी सरे हाम्रै शहर सफा हुने हो | होइन झ्यालमा बसेर ‘प्रधानमन्त्रिले सडक सफा गरेको त क्या सुहायो है’ भन्दै पहेला दात निच्च देखाउदै कुरा काट्ने मात्रै हो भने जस्तो हिजो थियो उस्तै रहिरहन्छ | आफ्नो शहर सडक सफा गर्न हातेमालो गर्ने कि फोहोर जति प्लास्टिकमा पोको पार्दै सडकमा फाल्ने अनि महानगरपालिकाले सफा गरेन भन्दै ठुल्ठुला कुरा गर्ने हाम्रै बिबेकमा छ |

  49. हुदैन हो हुदैन ५ मिनेट बढारेर चाहे प्रधान मन्त्रि होस् या जनता जब सम्म फोहर समन्धी नया नियेम र चेतना आउदैन,आज देखिनालाई येसो बधरेजस्तई गर्छन भोलिपल्ट येही सिक्छित भनिने व्यक्ति ले नै बाटामा मिठाई खादै खोस्टो फ्याक्दै हिड्छन कोहि ब्यबहारिक छैनन्
    धन्यबाद !

  50. बजियाहरु !!! आखिर दुवै कम्युनिस्ट परे !!!

    • आली बिस्तारै गालि गरेको भए हुने ?डाइरेक्ट नै बजिया भन्दिएको ?

    • भनेपछि फोहोर सफा गर्ने कम्यूनिष्टहरू बजिया भए, अनि फोहोर गर्नेहरूचैँ गैरकम्यूनिष्ट । फोहोर गर्नेहरूलाई चैँ आशिष दिनुपर्ला ! कि कसो ?

      • पुष्प जी,
        फोहोर गर्नेहरु कम्यूनिष्ट र गैर कम्यूनिष्ट दुवै थरि हुन् ! सफा भने कसैले गररेका छैनन् ! सफा गरेको नाटक भने २ कम्यूनिष्टहरुले देखाए, जो संसदीय ब्यबस्थामा (कम्यूनिष्ट ब्यबस्था होइन है ) प्रधानमन्त्रि बनेका हुन !… ….तेती हो !

        एउटा रूसको प्रसंग,
        कुनै जमानामा, रुसी कम्यूनिष्ट पार्टीले लेनिनको एउटा कार्टुन छपाएको र यत्र-तत्र बाढेको थियो , जुन अहिले गूगल गर्दा पनि भेटिन्छ !

        उक्त कार्टुनमा लेनिनले एउटा ठुलो झाडु लिएर संसारबाट (ग्लोब) गैर कम्यूनिष्टलाइ बढारेको देखाइएको छ…! तर समय संगै कम्यूनिष्ट नै रूस बाट बढारियो !

        आज, ९० बर्ष पछी नेपालका बहुदलीय ब्यबस्थाका कम्यूनिष्ट प्र. म. हरुले अलि अलि गुरु लेलिन को नक्कल गर्छन, कहिले काही !…..तेती हो !

        • हर्केजी,

          कम्यूनिष्ट बढारिएलान्, कम्यनिज्म कहिल्यै बढारिँदैन हर्केजी । आज यूरोप अमेरकाका जनताले जुन किसिमले सर-सुविधाहरू पाइरहेका छन्, ती सबै कम्यूनिज्म ग्रन्धका पानाहरूबाट चोरिएका हुन् । त्यसैले स‌ंसदीय व्यवस्था अँगाल्ने कम्यूनिष्टलाई छेड हान्नुपहिले कम्यूनिज्म अँगाल्ने पूँजीवादीहरूलाई पनि हेर्नुस् । वाद कसैको पेवा होइन । वाद पनि समयमानुकूल हुँदै जाने कुरा हो, सारमात्र फरक हो ।

          नेपालमा कम्यूनिष्टको भविष्यको छिनोफानो अरु कसैको इतिहास बकेर हुनेवाला होइन ।

          • पुष्प जी,

            आखा खोल्नुस, ढिला भैसक्यो !
            पुर्बी यूरोप होस् या दक्षिण अम्रेरिका,वा नेपाल, राजनीतिक सिद्दान्त भनेको मानब समाजका लागि हुन् र तेस्मा समानता हुन्छ…..मात्र समय को कुरो हो….!
            नेपालको समया ४०-५० बर्ष पछी छ…राजनीतिक रुपमा ! समय संगै चलन तपाइँ जस्तो मान्छेहरुले आखा खोल्नु जरुरि छ……! कति थम्ब्स डाउन खाएर (रातो टिक) बस्नु हुन्छ….?

    • बिस्तारै ?? ये ल ल !!! बजिया कम्युनिस्टहरु 🙂

  51. शहर कसरि सफा राख्ने भन्ने नीति र कार्यक्रम बनाउने बुद्धि नभए पछी कुचो नलाए के गरुन त नेताहरुले ? अब संबिधान बनाउने काम चाई कुचिकारलाइ दिने होलानी / जनता ढाट्ने काम /

  52. हजुर कम त रामरी लग्यो तर ऐले को जरुरि क हो सम्भिधन अनि सेना समायोजन यो २ वोटा कम पुरा गर्नु पर्यो मन्त्रि महोदय..धन्यबाद

  53. जनताको नजरमा छारो हालेर साहानुभुती बटुल्ने मेसो मात्रै
    यो त मकुनेले पनि गरेकै हो नि

  54. Pls.tell our PM,he has many other important works to do.For clean Ktm.there r thousand of sweepers.Leaders has to make policy, not sweep the road by himself.

    • It would be illogical for a PM to spend all his day thinking about constitution alone and doing nothing else. Nepal has thousands of problems, as a PM he has to give some amount of time to each of them. Our country need constitution, but it also need road, drinking water, electricity and so on. I am not supporter of BRB but I don’t believe I have to hate everything he does.

  55. यो नाटक भन्दा हरदिन सफा गर्ने जवानलाई तलब बढाई योस , प्रतेक आबश्यक ठाउमा फोहोर फाल्ने कन्टेनर राखियोस्, किटाणु नाशक केमिकल को प्रयोग बाट फोहोर राख्ने ठाउँ सफा गर्न व्यवस्था गरियोस, प्रतेक बिहान ५ बजे फोहोर उठाई सक्नु पर्ने नियम बनैयोस, जथाभाबी फोहोर फाल्ने लाइ कडा कारबाई स्वरूप जसले देक्छ फोटो खिचेर वा प्रचार गरियोस जसले गर्दा उसलाई फेरी तेस्तो हर्कत गर्ने मनोबल न आओस , सडकमा बस्ने बाल बालिकाहरुलाई अन्यत्रै बास को व्यवस्था गरियोस , तब न सफा हुन्छ / देखावटी काम भन्दा अरु केहि नगर्ने नेताको बानि नै बसेको छ /

  56. डा बाबुराम भट्टराइ जि अब तपाईं नै कुचो लिएर शहर सफा गर्छु भन्दै लागी परे पछी काठमाडौं महानगरपालिका लाई देश चलाउन दिए भै हाल्यो नि

  57. मस्क त दुइ जना ले मात्र लगाका छन् त, जंगलमा बस्दा को धुलो मैलो बालुवाटार पुग्नासाथ बिर्से जस्तो छ, गज्जब नौटंकी चल्छा यो देश मा.

  58. माधव नेपालले यक छिन मात्र गरेका थिय तर अहिले अभियान का साथ केहि नीति र कडाई पनि गरियको छ सबैले साथ दिय पार्टीगत रुपमा आलोचना नगरी काम गरे हुन्छ नत्र लास्टमा उही हो …

  59. जुन जोगी पनि कान नै चिरेको………………

  60. जथाभाबी फोहर नगर्नु सभ्य मानिस को पहिचान हो \ फोहर लाइ समोचित ब्यबस्थापन गरिनु सुयोग्य ब्यबस्थापक को दायित्व हो \ सबैलाई हित हुने यो कुरामा हामि जनता सबै लागौ\ कमिशन र आफ्नो मान्छे मोटाउने खेल रोकौ \ जो आए नि सत्ता र सडक मा सडक सधै सफा बनोस \ दुर्गन्ध ले स्वास फेर्न गाह्रो नहोस ,धुलो ,धुवा ले फोक्सो को क्यान्सर नहोस \

  61. ‘एकदिनको मुख्यमन्त्रि’ को बिषयबस्तुलाइ लिएर हिन्दि फ्लिम ‘नायक’ बनाए झैँ नेपाली फ्लिम पनि बनाउनु पर्यो ” एक दिनको कुचिकार प्रधानमन्त्री ‘ | लोल

  62. सहरका जनताले तिर्ने करमा, सहर सफाइ को हिस्सा पनि हुन्छ !
    सरकारको काम, सहरको सफाई जिम्मा ब्यबसायिक सफाई कम्पनीलाइ वा सफाई कर्मचारीलाइ दिएर, तेस्को अनुगमन गर्ने हो !
    मन्त्रि-सचिब, आफै कुचो लिएर निस्कने होइन….! चेतना भया !

    यो त, सोझा जनता र आफ्ना कार्यकर्ताबाट सस्तो लोकप्रियता कामाउने चेस्टा मात्रै हो !

    • हर्के जी यो सहरको सफाई जिम्मा ब्यबसायिक सफाई कम्पनीलाइ वा सफाई कर्मचारीलाइ दिएर, तेस्को अनुगमन गर्ने हो ! यो त ठिक हो गर्ने पर्छ दिगोपनको लागि तर शुरुमा त यस्तो अभियान ले ठुलो सहयोग गर्छ हैन र किन थोरै व्यंग्य नि?????

    • संबिधान इन्डिया ले लेख्दिने भएपछी अब त्यो संबिधान भित्राउन बाटो घाटो पनि सफै चैयो नि हर्केजी |(सम्झनुस नया दुलही )
      ”नया संबिधान के आइन ,बाटो घाटो सर सफाई पनि दाइजो मा ल्याइन “”

  63. सफारी सुट / शार्ट पइत् लगाएर नि कसैले कुछो लगाउछ, नौटंकी गरेको जस्तो भो, अलि सजिलो लुगा लगाएर कुच्छो लगाउनु नि!!!

  64. संबिधान लेख्नु भन्दा यो सजेलो छ है नेता जी

  65. हैन यिनीहरुले साचिकै बराल्न खोजेको हो कि , क्यामेराको आगाडी मात्र देखौना खोजेको हो / यो ऋषि धमला को पोज त हैन नि ?????? साचिकै बराल्न खोज्नु भाको हो भने तेसरी उभिन नमिल्ने हो क्या रे/////

  66. अरू को कुरा थाहा भयान तर कुचो बोकेको हिसिला यमी लै खुब संग सुहयको छ

  67. नेपाल जनताको देश हो/ जबसम्म जनताले साथ दिदैनन तबसम्म कुनै पनि कार्य देशमा सफल हुदैनन्/ साथीहरु आउनुहोस यो सरसफाइको कार्यलाई निरन्तरता दिउ/ तपाई हामीले झाडु लियर बाटोमा निस्कनु पर्दैन/ सिर्फ बाटो घाटो तथा सार्बजनिक स्थानहरुमा हामी फोहोर नगरौ र फोहोर नफालौ/ कसैले फालेको वा गरेको देखियामा उहाहरुमा अनुरोध तथा सिछा प्रदान गरु/

Comments are closed.