कथा यात्रा (भाग २)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा कथा यात्रा गएको हप्तादेखि सुरु भएको हो। सुरुको हप्तामा नै तपाईँहरुले उत्साहपूर्वक सहभागिता जनाउनु भएकोमा धन्यवाद। तर अधिकांश कथामा हरियो भन्दा रातो मत धेरै परेको छ। यसले कथा लेख्नेलाई उत्साह भन्दा पनि हतोत्साही बनाउन खोजे जस्तो भान भएको छ। त्यसैले अबदेखि रातोलाई गणना नगरी हरियोको मतमात्र गणना गरिनेछ। खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। गत हप्ता सुषमा मानन्धरले अघि बढाएको सम्राट र मपात्रको कथालाई पाठकको मतका आधारमा द्रोणले बढाएको कथा छानिएको छ। उनले कथा टुङ्ग्याएको ठाउँबाट उही पात्रका साथ नयाँ पात्रहरु समावेश गरी वा नगरी नयाँ कथा सुरु गर्नुपर्ने काम अब तपाईँको हो कमेन्टमार्फत्। गत हप्ता कपिल, भरत खत्री, बसन्त थापा, कुसुम, शैलेन्द्र ढकाल र सुखरामले कथालाई नयाँ मोडमा पुर्‍याउने प्रयास गरेका भए पनि पात्रहरु यथास्थितिमा रहेको द्रोणको कथालाई नै धेरैले अर्थात् ५७ जनाले रुचाए।


कथाको पहिलो भाग पढ्नुस् यहाँ क्लिक गरेर

द्रोणले कथालाई यसरी अगाडि बढाएका छन्-

आज शनिबार !!

खासै कतै जानु थिएन। एक्लै कोठामा बसेर चारैतिर नियालिरहेकी थिएँ। सेतो भित्तामा एउटा झुसिलकिरा माथि चढ्ने कोसिस गर्दै चढ़दै तल खस्दै थियो। त्यो अनवरत प्रयासमा थियो, मानौँ भित्ता चढेर दलिनमा पुगेपछि उसले महानिर्बाण प्राप्त गर्नेछ। ती अनियन्त्रित र असफल प्रयासहरु ,स्वप्नबन्धित चाहनाहरु, कहाँ कुन मोडमा पूर्णबिराम लाग्ने हो अत्तोपत्तो छैन। फेरि पनि प्रयासमा निरन्तरता छ ,बनाबटी जोश र कृत्रिम जाँगरहरु छन्। पल्लो डाडा को हरियो घास ले सबै लुभियेका छन्।उफ !सायद येसैको नाम जिन्दगि हो।

आमा बिहानै मन्दिर जानुभएको थियो।म देख्दै छु आमा को भक्तिभाव एता केहि दिन देखि निकै बढेको छ ,”छोरी तल आउ त् ”।

अनायास आमा को आबाज ले म झसंग हुन्छु।”हबस आमा” भन्दै म तल पुग्छु।
”मुख धोयेउ तिमीले ?” भन्दै जबाफ को प्रतिक्ष्या बिना आमा निधार मा प्रसाद दलिदिनु हुन्छ।

”माता भद्रकाली ले तिमीलाई सदबुद्दी दिउन ”गह्रुङ्गो आशिर्बाद दिनुहुन्छ आमा।
मातृ सुलभ चाहना ,सन्तति प्रतिको सम्बेदंसिलाता म के के मात्र भनु।

”छोरी फोन आयो उताबाट ?”

”कता बाट आमा ?”

” उही सम्राट को घरबाट क्या त्।”आमा भन्नु हुन्छ।

आमा ले मेरो प्रस्ताब बिर्सी सक्नु भएको छ।उहा कल्पना सम्म पनि गर्न चाहनु हुन्न कि
सम्राट मा कुनै खराब आदत पनि हुन् सक्छ ,उसको आधुनिकता र रबाफ को पर्दा ले
सबै भित्रि आवरण ढाकिदिएको छ।उ चौधहबिको चाद झैँ निखारिएको छ ,म जुनकिरी झैँ उसैतर्फ़ तानिन बनेको छु।

”आमा म लाइ किन पढाउनु भएको ” मेरो प्रश्न आमालाई।

”किन भन्नु नि ,छोरी धेरै पढ्छे ,असल खराब ,सहि बेसही छुट्टाउन सक्छे ,ठुलो मान्छे हुन्छे भनेर नि ”

ठुलो मान्छे बन्न त् भाग्य पनि चाहिन्छ आमा त्यो मेरो हात ,मा मात्र छैन तर ठिक बेठिक छुट्टाउन चै सक्ने भएको छु कि भन्ने लाग्छ।सबै चम्किने सुन हुदैनन् ,आमा।
मन मनै भन्छु म।

आमाको जबाफ आशु ले दिन्छु।

”हेर पगली आसु झारेकी ! सम्राट जस्तो श्रीमान पाउने मान्छे ले पनि आशु झार्नु हुन्छ?”

क्रमश:

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ताभन्दा यो हप्ता कथावस्तुमा खासै परिवर्तन भएको छैन। सम्राटका अरु कुनै कुरा खुलेका छैनन् र म पात्रको मेडिकल रिपोर्ट ल्याउनु पर्ने प्रस्ताव यथावत छ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता द्रोणबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

12 Comments

  1. आज आइतबार,बिहानको घाम झ्याल बाट छिरेर अखैमा परेपछि मात्र बिउँझेlआहो ! बिहानको ७ बजिसकेछ ! हिजो धेरै रोएर होला नाक र घाँटीमा कस्तो कस्तो असजिलो महसुस हुदै थियोl बाथरुम गएर येसो ….अम्ममामामा!! हातको कुहुना देखि हत्केला सम्म अनि कम्मरमा समेत रातो रातो डाम परेको छl नुहाउनको लागि सम्पूर्ण कपडा खोलि ऐना हेर्ने क्रममा मात्र मैले यो कुरा याद गरे.अनि बल्ल याद आयो त्यो हिजो भित्तामा चड्दै तल झर्दै गरेको झुसिल्किरो मेरो ओछयानमै झरेछ अनि तेसैको झुस बिझेछlराति खुब कनैयो होला तर याद भएन.नुहाईवोरी बाहिर निस्केकी मात्र थिए सुन्तलीले जिस्कौना आइ ! ओई नक्कली के गर्दै छेस? मैले आज कहिँ जान्न सन्चो छैन भन्ने सोझो उत्तर दिए ! त चै कता हिडिस त मोरी ? मेरो छोटो प्रश्नमा लामै उत्तर दिइ! पल्लो डाडामा हरियो घास टन्न पलाको छ काट्न जानु पर्यो ! मैले त कुरो केहि बुझिन तेस्को घरमा न गाइ छ न भैसी ! खोइ तेस्को बांगो उत्तर लाइ दिमाग खर्च गरि-गरि बुझ्न पनि मन लागेन.साएद तेस्को घरमा खरायो पालेको पनि हुन सक्छ नि त!मेरो दिमागमा त्यो बेला तेत्ति मात्र आयोl
    चिया र बिस्कुट लिएर आमा आउनु भोlमैले थप्पक समातेर क्वाप क्वाप खादै थिएlसम्राट टुप्लुक्क घरमै आइपुग्योlमेरो आखा जुधिलाल्योl “खाने?’ मैले जिस्कौदै हातमा भएको बिस्कुट देखाए. ‘खान्न जाबो बिस्कुट, पिजा खाने भए हिड क्यारे” !मैले पनि जवाफ फर्कैदिये…भो तिम्रो पिजा तिमिनै खाउl
    मैले आफैले याद गरेको एउटा कुरो ..,अरुको अगाडी जति फुर्ति फार्ती भएनी मेरो अगाडी त्यो लुरुक्क हुन्छ lमान्छे त सारै अनुहार परेको नै हो ,तर बेहोरा पटक्कै छैनlतेस्को बेहोरा सम्झियो भने त कता कता बाट रीश पो उठेर आउछ मलाईl
    आमाको मनमा के भरियो कुन्नि ? सम्राट खुब मन परेको छ ! मलाई त त्यो पोइ भन्दा पनि कोइ न कोइ जस्तो लाग्छlओई !! किन टोलाकी? सम्राटले भन्दा झसङ्ग हुन्छु मl”तिमि मेरो घर किन आको? मैले तिमि संग बिहे गर्छु भनेको त छैन नि होइन? येदी म संग बिहे गर्न साचिकै चाहन्छौ भने मलाई तिम्रो मेडिकल रिपोर्ट चाहिन्छlमैले आखा तरेर येसो भन्दा मुख आं पारेर मलाई खाउला झैँ गरेर हेर्दै सम्राटले भन्योlलौ हिड अहिले नै हिड!५० जनाको लाइन हुदा सम्म मैले भने तिमीलाई रोजे तिमि लाइ के लाग्छ हुः? के म एड्सको पोको हु? उसको अबेश प्रति मलाई रीश भन्दा पनि हासो उठेर आयो … ल हिड अहिले नै जाम न त ,उसको धक्की आग्रह थियो!अनि मा पनि के कम संगै हिडे,
    उसको बाइक मा बसेर जादा २० मिनेट पनि लागेनlडाक्टरले उसको ब्लड निकाले अनि भोलि रिजल्ट आउने हुनाले भोलिको लागि बोलाए .मैले धन्यबाद दिदै अब जाने होइन मात्र भनेको त ठाडै मलाई भन्यो ” के तिम्रो चै ब्लड चेक गर्नु पर्दैन? कि तिमिसंग चै सफेद चरित्रताको प्रमाणपत्र छ? तिमीले म माथि बिस्वाश गर्दैनौ भने मैले पनि तिमि माथि बिस्वाश नै गर्छु भन्ने तिम्रो सोचाई लाई म के भनु? मैले तुरुन्तै गल्ति महसुस गरे अनि हासेर भने “ओक मेरो पनि …”
    आज मगलबार ,रिपोर्ट लिन जनाको लागि सम्राट आयो ,जाने होइन? लाग्थियो कि उसलाई आफ्नो चरित्रताको सफाई दिन सारै हतार भाको थियोlकेहि नभनी म उसको मोटरसाइकलमा चढेर हुइकिएl
    डाक्टरले हातमा रिपोर्ट थमाई दिए ….. हाम्रो आखा फटाफट त्यो कागज माथि दौडियो . ओहो रिजल्ट त ……….. क्रमस

    • ठटाउली शैलीमा शैलेनजीले लेख्नुभएको कथा मलाई रमाइलो लाग्यो! अझ झुसिल्किराको प्रसङ्ग लाई चलाखी पूर्ण तरिकाले जोड्नु अनि सम्राट र म पात्रलाई सरल सब्दमा प्रस्तुत गर्नु तथा पुरानो कथालाई समेटेर लेख्नु भएकोले मलाई अझ मन पर्यो. पढ्दा झ्याउ नलाग्ने खालको छ.

  2. म आशु संगै मेरो कोठा तिर लाग्छु र धितमरुन्जेल आशु बगाउदै सुक्सुकाउछु | म जति रोई कराई गरे पनि मेरी आमा कुनै हालतमा यो आएको प्रस्ताब छोड्ने पक्षमा हुनुहुन्न | आमाको आनुसार हाम्ले लैजानु पर्ने प्रस्ताब उनीहरुनै लीयर आएकाछन् | हैन आमालाई मात्रै के दोस दिनु यो परिवेश नै येस्तै छ अजभनौ समाज नै येस्तै संक्रिन मानसिकताबाट गुज्रिराखेको छ | अज भन्ने हो भने म पारिबारिक र सामाजिक गाठेसंग्लोको परीबन्दमा उम्कनै नसक्ने गरी फसेकी छु | सबैजना धन सम्पती र रवाफको पछी लागेका छन् | तेसमाथी सम्राट त अझ बेदेशमा पढेर आएको केटो फेरी बिबाह पछी विदेश जादै छ | हुनत म पनि उसको चुरो कुरो थाहा नपाउदा सम्म त अगाडी पर्दा , अग्निको अगाडी घ्यु पग्ले सरि तरल हुन्थे | हुन पनि हो हेर्दा खाइलाग्दो सर्लक मिलेको जिउडाल , मिलाएर कोरेको कपाल | जिउडालले मात्रके गर्नु बानी बेहोरानै खराब भए पछी | बानी बेहोराको कुरा गर्दा कमला भाउजुको सम्झना आयो , बिचरा उनलाई पनि के थाहा थियो र कलकलाउदो बैश छदै बेसहारा हुनु पर्ने कुरा | भाउजुको जस्तै जिन्दकी मैले पनि …….उफ यो मन पनि के के सोच्न सक्छ है |
    मेडिकल सर्टिफिकेटको कुराले बिहेको कुरा बाट उम्किन सकिन्छ कि भनेर , बुवा आमाको आगाडी यो प्रस्ताब राखेकी थीए | यस कुराले आमालाई पनि केहि असजिलो त परेको थियो नै , किनकि हाम्रो समाजमा , एस्तो कुराको बिकाश भैसकेको छैन न त केटा पक्ष बाट केटीको र केटी पक्ष बाट केटा को मेडिकल सर्टिफिकेट माग्न तेती सजिलो होस् |येस्तै येस्तै कुरा मनमा बहावाउदै थिए , नानी नानी भनेर बुवाले बोलाएको आवाजले मेरो तन्द्रानै भंग भयो |
    हजुर , के भन्नु भएको
    नानी बाहिर आउत तिमि संग केहि सल्लाह गर्नु छ |
    बुवाले बाहिर बोलाए पछि म पनि मेरा आखाहरु पुछेर बाहिर निस्के |
    किन र बुवा ?
    तेरो बिहेको बिषयमा कुरा गर्नु छ “, आमाले भन्नु भयो |
    आमा मैले त भनि सके मेडिकल सर्टिफिकेट चाहिन्छ भनेर |
    हैन यो पनि के के भन्छे , चाहिने नचाहिने कुरा मात्र गर्छे , आमाले सम्झाउने तरिकाले भन्नु भयो |
    त नै भन त हामी यो कुरा कसरी गर्न सक्छौ | सबै गाउलेहरु तेरो भाग्य चम्कने भयो भनेर ईर्ष्याले जल्न लागिसके , त भने आएको येस्तो सुनौलो मौका पनि गुमाउने कुरा गर्छेस | तेसो न भन्न छोरि हामी पनि तेरो भाबिस्य्कै लागि राम्रो होस् भनेर तेरो र सम्राटको बिहे गर्दिन चाहान्छौ | सम्राट बाबुले तेरो बिहे पछी सालो केटो भनेर तेरो भाईलाई पनि विदेश ताने भने , तेरो भाईको भबिस्य पनि राम्रो हुन्छ |
    म चुप चाप आमाको कुरा सुन्दै थिए , अरु त के नै गर्न सक्थे र |
    आमा केहि कडा रुपमा प्रस्तुत हुनु भयो , कि तेरो कोहो केटा छ र ह?
    सम्राटको कुरा आए पछि आफ़्नो छोरीको पनि विश्वास लाग्न छोड्यो हैन , भनेर मुख भरि को जवाफ दिउकी जस्तो लागेको थियो , तर म केहि बोलिन |
    अनि सम्राट र रेणुको सम्बन्धको कुराले आमाको मुखमा बुझो लगईदीउ कि जस्तो पनि लागेको थियो तर रेणुको पनि त आफ्नै जीन्दगी छ , उसले त मलाई साथी सम्झेर न सबै कुरा भनेकी हो |
    आमाको एस्तो कुरा सुनेपछि मलाई झन् के गरौ र कसो गरौ भयो |
    म औडाहाको भुमरीमा उम्कनै न सक्ने गरि फसेको भान भयो |
    मलाई सोच्न दुई चार दिन चाहिन्छ भन्दै फेरी कोठा तिर लागे |
    आमा, बुवा संग के के फत्फताउदै हुनुहुन्थ्यो , मैले सुनेको नसुनेझै गरि कोठाको ढोका लगाए |
    दुई चार दिनमा त केहि न केहि उपाए निस्केलानी | कोठामा छिरेपछी केहि उपाएको खोजीमा लागे तर मेरो खाली भेसकेको दिमागले तत्काल केहि सोच्ननै सकेन |………….

  3. प्रस्तुत कमेन्ट मध्हे प्रजय जी को भन्दा तेंजिग गाबाको को कथाको प्रवाहमा सन्तुलन भएको देखिन्छ |पूर्व कथालाइ निरन्तरता दिनमा तेंजिग जी सहि हुनुहुन्छ जस्तो मलाई लाग्यो |

  4. आशु पुछ्दै थिए \ बुबा आइपुग्नु भयो \ हैन के भयो किन रोएकी छोरी ? बुबा ले यसो भन्दा झन् बर्बरी आशु झर्न थाले \मैले केहि जबाफ दिन सकिन \ हैन यसले पो केहि नराम्रो भनि कि क्या हो ? बुबा आमा तर्फ इंकित गर्दै रिसाउनु भयो \ होइन बुबा आमा ले केहि भनेको होइन म आफै मेरो यो कस्तो जिन्दगि हो भनि रोएकी ! हैन रुनु पर्ने के तेस्तो कारण पर्यो र तिमि रोएको छोरी ? के हुनु नि सम्राट जस्तो पति पाउन भाग्य पो चाहिन्छ भनेको रुन पो थालि , ए ….आमा चाही ठुंगदै रैछे र पो रोएकी ,नरोउ छोरी यस्ता बुज्रुक को पनि कुरा सुनेर रुने ? ल भन छोरी तिम्रो के छ बिचार बिहे को बारेमा ,बुबाले प्रश्न तेर्साउनु भयो म कोपाल मिलाउदै ,आशु पुछ्दै भन्न थाले , हामि मध्यमबर्गीय परिबारका साधारण आर्थिक हैसियत भयका परिबार ,न हाम्रो स्तर मिल्छ न सोच …पर्ख छोरी पर्ख मलाई पनि बोल्न देउ बुबा मलाइ बीच मा रोक्दै भन्न थाल्नु भयो मानिस बीच को स्तर र सोच मानिस को अटल मिहिनेत ,असल उदेश्य र सुनौलो मौका ले मिलाउछ \ हामि मानिस कोहि पनि सुरु देखि सम्पन्न र सुभिधाजनक जिबन धारी होइनौ \समयको प्रबाह संगै मानिस धनि र गरिब ,उच र निच ,ठुलो र सानो भन्ने धारमा बाडियो त्यो पनि टाठा.बाठा हरुको स्वार्थ ,सोच र ब्यबहार बाट…तर आज मानिस मा चेतनाको छुट्टै धरातल खडा भएको छ \ मानिस जात ,धर्म ,क्षेत्र .बिचार ,रंग को भेद ले धेरै पिडित भयो अब यो भेद रोकिनु पर्छ \ मानिस ठुलो र सानो जात, पद ,धन र शक्ति को आधारमा होइन उसको सोच ,कार्य र ब्यबहार बाट छुट्याईने चलन आएको छ \ लौ यिनी त नेता जस्तो पो बर्बराउँन थाले ,हामि गर्छौ आग्राको कुरा यिनी गर्छन गाग्राको कुरा \ भो आमा भो अब मैले यसो भन्दा बुबा आमालाई हेरेर ओठ बिगार्दै जिस्काउँ थाल्नु भयो \ बुबा तपाइँ ले भन्नु भयो नि मानिस ठिक र बेठिक ब्यबहार बाट जनिन्छ र जनिनु पर्छ भन्ने कुरा हो हाम्रो कुरा ठ्याक्कै मिल्यो ल भन्नुस अब मैले सम्राट संग बिहे गर्न हुन्छ कि हुदैन ? किन नहुने आमा बोल्नु भयो सम्राट बाबुमा के त्यस्तो खराबी छ र के धनि को छोरो हुनु पनि नराम्रो हो र ? नराम्रो होइन राम्रो हो आमा तर …के तर आमाले बीच मै भन्नु भयो …धेरै धनि र धेरै गरिब का छोरा छोरी चाडै बिग्रन सक्छन …कसरि छोरी बुबा मेरो कुरा सुनेर छक्क पर्नु भयो \ धन ले मातेर ,धन ले सबै कुरा पाइन्छ भन्ने सोचेर र धन जथाभाभी दुरुपयोग गरेर ..अनि गरिब का छोरा …आबस्यक पर्ने जीवनका आबस्यकता हरु पनि नपाएर ,व्यक्ति .समाज,राज्य बाट अपहेलित भएर घृणाको भाब जागेर कुण्ठा र बिद्रोह का आगो ओकल्न चाहन्छन … अनि मध्यम बर्गीय परिबार नि …. बुबा प्रश्न माथि प्रश्न राख्दै जानु भयो \ मध्यम बर्गीय परिबारका छोरा छोरी सोचाइ र आफ्नो आर्थिक धरातल मा मेल नखाई निराश हुने ,मौकाको फल पाउन पहुच र हैसियत नपुग्दा विदेश हान्निन खोज्ने ,कसैले सुनौलो भबिस्य को कुरा सुनाएर आफुलाई उपयोग गरिराखेको छ भन्ने पत्तै नपाउने … सानो र तल्लो स्तर को काम गर्न लाज मान्ने बरु बिदेशमा जस्तो सुकै काम गर्न तम्सिने जसको कारण पारिबारिक बिछोड का कारण आर्थिक समस्या भन्दा पनि पारिबारिक समस्या लोग्ने स्वास्नीको सम्बन्ध मा पहिरो आउने काम बढी रहेको छ \ यी कुरा त साचो हुन् छोरी तर हामि जस्ता परिबार ले तेरो कारण एउटा ठुलो छर्लांग मार्ने मौका आइरहेको मा किन गुमाउने ? बुबा सम्राट संग मैले बिहे गर्दैमा हाम्रो स्तर माथि उठ्छ ? माथि उठ्ने नउठ्ने कुरा भन्दा नि यो समाजले हामि लाइ छुट्टै नजर ले हेर्न थाल्छ ,हामीले आर्थिक उन्नति गर्ने मौका पाउछौ \ कसरि बुबा ? आमा तिर हेरे मैले \आमा नंगले भुइँ कोट्टाउदै हुनु हुन्थ्यो \ त विदेश जान्छेस ,पैसा कमाऊछेस ,हामि लाइ सहयोग गर्छेस आमा ले भन्नु भयो \ हो हो कुरा त्यसै हो अनि हाम्रो इज्जत पनि बढ्छ ! बुबाले कुरा थप्नु भयो \ कत्रो दुर्भाग्य आफ्ना छोरा छोरी बिदेशी हुन् गैरहेका छन् \ बुढा बा आमा छाडेर ,भएको सम्पति छोडेर विदेश जादा पनि खुसि ! अनि यहा बसेर धुलो मुलो खाएर ,टायर बाल्न ,सडक बन्द गर्न ,भट्टी पस्न ,तासमा रम्न बस्नु बन्दा विदेश जानु राम्रो हो ? बुबा मा एक किसिम को जोस देखे मैले \ म मुसुक्क हासे बुबाको कुरा सुनेर \ हेर्नुस बुबा सत्तामा बस्ने हरु निस्पक्ष र निस्वार्थी नभए सम्म देश उभो लाग्दैन भने हामि जनता पनि आफुमा भएको लघुताभास ,निराशा ,गलत रहन सहन ,खानपिन ,ब्यबहार लाइ सच्च्याउदैनौ भने सोचे जस्तो परिबर्तन हुदैन \ अनि के विदेश मा जाने सबै खुसि होलान ? अनि सम्राट जस्तो हर कुरा ले सम्पन्न व्यक्ति र परिबार लाइ किन विदेश जान र बस्न आबस्यक छ ? सुभिधा र सम्पन्ता आफ्नै देशमा भएको व्यक्तिलाई किन बुढा बा ,आमा लाइ छाडेर विदेश बस्न आबस्यक छ ? ए ए बा आमा लाइ छोडेर विदेश जानु पर्छ भनेर सम्राट संग बिहे गर्न नमाने कि ? आमा ले बल्ल कुरा बुझे सरि भन्नु भयो \त्यसो पनि होइन आमा धेरैलाई बिहे गर्छु भन्दै घुम्न जाने , रेणु संग बिहे गर्नु भन्दा अगाडी शारीरिक सम्बन्ध राख्ने सम्राट संग म कसरी बिहे गर्न सक्छु ? आम्मै यो के कुरा गर्छे आमाले जिब्रो टोक्नु भयो \ बुबा छाँगा बाट खसे झैँ हुनु भयो ? हो र छोरी ? बुबा यति मात्र बोल्न सक्नु भयो \ हैन हैन त्यो फतेउरी रेणु को चाल पनि हुन् सक्छ \आमा रेणु को कुरामा बिस्वास नगर्न भन्दै हुनु हुन्थ्यो \ कसरि चाल हुन् सक्छ \आफ्नो इज्जतमा दाग लाग्ने कुरा गरेर पनि कोहि जाल र चाल गर्न सक्छ ? ट्रीर ट्रीर फोन को घन्टी बज्यो \ बुबाले फोन उठाउनु भयो \ के रे … हस्पिटल मा रे … मेरो धड्कन बढ्न थाल्यो \भाई बाइक लिएर कलेज गएको थियो \ भाई लाई सम्झिन पुगे \ को हस्पिटलमा आमा अतालिदै बोल्नु भयो \ रेणुलाइ मोटर ले हिर्कायो रे ……मैले बुबाको फोन खोसे … रेनुको बुबा रुदै हुनु हुन्थ्यो \ ल म आए अंकल भन्दै म बाहिर दगुरे …सम्राट लाइ फोन गरे .. उसको फोन स्विच अफ थियो ……

  5. …………आमाको एस्तो कुरा सुनेर म केहि नबोली फनक्क फर्केर आफ्नो रुममा फर्किय अनि एकाग्र भएर सोच्न थाले। आखिर मेरी आमले त्यस्तो के देख्नु भयो र सम्राट भित्र अनि सम्राटसंग मेरो बिवाह गराउनको लागि दिलो ज्यान लगाएर लागिपर्नु भाको छ ? के म आमाको कुरालाई आत्मसाथ गर्दै येसरी नै दिनानु दिन येही बिषयललाई लिएर म आफ्नो अमुल्य समय बर्बाद गरिरहु ? अनि आमाको कुरालाई म हुन्न भनेर पनि भन्न सक्दिन नि ! किनकि मेरी आमा मेरो लागि प्रेरणाकी स्रोत हुन् उहाले कत्रो दुख गरेर खाई नखाई मलाई यो अवस्था सम्म ल्याई पुर्याउनु भयो अनि आज आएर उहाको भावना माथि मैले कुठाराघात गर्नु बुद्धिमानी होइन त्यसैले के गर्ने के नगर्ने भनेर सोचमग्न भैराको बेलामा अनायासै आमले ” आज कलेज जानु पर्दैन ढिला हुन लागिसक्यो छिटो चिया नास्ता खान आइज । ” भन्दा म झसंग्ग भय अनि आफ्नो चित्त आफैले बुझाउन कै लागि “सबै को कुरा सुन तर निर्णय भने आफ्नो अन्तरात्मा बाट जे निस्किन्छा तेही गर। ” भन्ने आत्मनिर्णय गरे । अनि हतार हतार गरेर म कालेज तिर लागे …

    शिशिर ऋतुको समापन संगै बसन्त ऋतुको आगमनले होला सारा प्रकृति आफ्नो काचुली फेर्ने काम धमाधम गर्दै छन् दिन दुइ गुना रात चार गुना भनेझै प्रकृतिले समस्त जलथल सिन्गरिराहेको छ अनि एस्तो प्राकृतिक सुन्दरताको स्वागत गर्नलाई नया बर्सको आगमन पनि नजिकिदै छ । येही नया बर्सको आगमनलाई स्वागत गर्नको खातिर अनि आफ्नो प्रिय विद्यार्थी हरुलाई केहि रमाइलो , मनोरंजन गराउने हेतुले कलेजले पिकनिकको आयोजना गरेको सूचना सूचनापाटीमा टासिएको थियो.. त्यो सूचना देखे पश्चात साथीहरु गोलबद्द भएर त्यहि पिकनिकको बिषयमा कुरा गर्न थाले अनि म नि मेरा समकक्षि मित्रहरु संग भलाकुसारी गर्न थाले अन्तमा साथीहरु संग्गा मिलेर पिकनिक जाने कुरामा म नि सहमत भय । येस्तै कुराकानी गर्दागर्दै समय बितेको पत्तै भएन अनि कुरा कै सिल सिलामा मेरी साथी अनिता ले आज हामी संगै रेस्टुरेन्टमा खान खाने है भनेर प्रस्ताब राखी म लगाएत हाम्रो अरु ४ जना साथी हरु माझ । यसै बीचमा बबिता ले प्वाक्कै बीचमै बोलि हाली “ओए ओए के को उपलक्षम नि आज अचानक अनिताले लन्च ख्वाउने नि ???” अनि अनिताले सहजै जवाफ दि हाली “तेस्तो केहि होइन क्या मेरो दाई हिजो मात्रै अस्ट्रेलिया बाट आफ्नो पढाईको कोर्स सकेर आउनु भाको छ सो त्यसैको खुसियालीमा नि । ” एकछिन है भन्दै अनिता मोबाइल निकालेर दाईलाई कल गरि ” हेल्लो दादा म लगाएत मेरा साथीहरु आउदै छौ हजुर कहाँ हुनुहुन्छ नि ? ” ल ल हामी आउदै छौ तेही पर्खी बस्नु है ” भनेर अनिताले भनिन । हामी सबै जना नजिकै भएकाले पैदल नै गयौ । हामी रेस्टुरेन्टमा पुग्दा त्यहाँ हाम्रो लागि एकजना अपरिचित मान्छे पेप्सी पिएर बसिराको थियो । अनिता उ भयतिरै गइ अनि मैले अन्दाज गरे कि उ नै अनिता को दाई हो भनेर । अनिताले हामीलाई एक एक गरेर उहा संग्गा परिचय गराई । उहाले नि हात मिलाउदै आफ्नो परिचय दिदै जानुभयो साथीहरु ले नि परिचय गर्दै गय अनि लास्ट मा म संग्गा परिचय गर्न लाई जसै उसले हात म भय तिर बढायो म झसंग्ग पो भय किनकि म के के सोचिरहेको थिय। हात मिलाउदै उसले मलाई भन्यो ” हाई, म अनिता को दाई प्रकास ” उसले छोटकरीमा आफ्नो परिचय एती मै सिमित राख्यो अनि मैले नि भने ” मेरो नाम ज्योति म अनिता को साथी उ संग्गे पद्छु ” । परिचय पश्चात हामी सबै जना एउटा टेबल ओरिपरी गोलबद्द भएर कुर्सीमा बसेऊ । यसै बीचमा प्रकाश दाईले वेटरलाई बोलाउदै हामीलाई सोध्नुभयो “ल सारै गर्मि भाको होला के पिउने तिमीहरु ? ” अनि सबैले आफुलाई मन परेको पेय पदार्थ मगयौ मैले नि ओरेन्ज जुस मगाय । जुस पिउदै कुरा गर्दै गयौ हामी त सुन्ने मात्रै थियौ । घरि घरि उसको कुरालाई टाउको हल्लाएर सहमति जनाउ थियौ । पहिलो भेट मै दोहोरो कुरा कानी गर्ने सामर्थे थोरै लाई मात्रै हुन्छ होला । उहा भन्दै गर्नुहुन्थ्यो ” म भर्खरै बाहिरबाट आफ्नो अध्यन सकेर आको छु अब मैले उहा हुदा ग्रहण गरेको शिक्षालाई येही स्वोदेस मै प्रयोग गरि आफ्नै देश मै केहि गर्ने सोच बनाको छु । समाज शास्त्रमा स्नाकोत्तर गरेको छु अब येहीको समाजमा बसेर येही समाजको उत्थान , उन्नति र प्रगतिको लागि काम गर्नेछु ” उहाले येस्तै येस्तै राष्ट्र प्रेमले भरिपुर्ण कुरा गर्दै केहि समय लिनु भयो /
    भोक ले पेटमा मुसा कुदिरहेको थियो । यसै बीचमा अनिताले वेटरलाई बोलाउदै भनि ” दाई अब हामीलाई खाना ल्याइदिनु न है ” अनि आफ्नो दाई प्रकाशलाई नि भनि ” ल दाई हजुर को यो समाजसेवी कुरा अनि आफ्नो योजना पछी कुनै बेला सुनाउनु होला ढिला भैसक्यो ।, भोक पनि लागिसक्यो ” यो सुनेर प्रकाश मुसुक्क हास्दै भन्यो ” ल ल ठिकै छ नि कुनै दिन फुर्सद भाको भेला येसरी नै भेट भाको बेला कुरा गरौला नि ?” भन्दै उसले आफ्नो कुरा को बिट मर्यो । म त उसको कुरा सुनिरहू जस्तो लगिराक्य थियो अनि मन मनै अनिता लाई गाली गरे ” एस्तो राम्रो कुरा गरिराख्नु भाको बेला किन बीचमा प्यच्चाई बोल्नु परेको अनितालाई ? येसो नाडीमा बनेको घडी हेर्छु त ३ पो बझ्न लागेछ ।” टेबलमा खान आइसकेकोले सबै जना खाना खान थाल्यौ ।खाना खाईसकेपछी प्रकाश दाई ले बिल तिर्नु भयो ।
    भोलि बाट ३ दिन कलेज बन्द छ त्यसपछि बैसक १ गते बिहानै सबै जना कलेज मा भेला भएर पिकनिक जाने भएका छौ त्यसैले ३ दिन पछि मात्रै हाम्रो भेट हुने वाला छ । येस्तै केहि बेर गन्थन मन्थन गरेउ अनि सबै साथी हरु एक अर्कामा १ गते अलि चाडै कलेज मा आउनुपर्छ है भन्दै बिदाई को हात हल्लाउदै आ आफ्नो घर तिर लाग्यौ ।

    बाटो भरि मेरो कान मा अगी प्रकाश ले भनेका कुरा हरु तरंग्गित भएर गुन्जायमान भएर गुन्जिरहेको थियो अनि आखा अगाडी मेरै सामु बसेर हसिलो चेहेरा बनाएर उ बोलिरहेको छ म चै सुनिरहेको छु जस्तो लागिरहेको थियो । घर आइ पुग्दा सधाको भन्दा धेरै ढिलो भैसकेको थियो आमा पिढीमा बसेर कपास को डल्लो बाट बती काढ्दै हुनुहुन्थ्यो मलाई देख्न साथ फिस्स हास्दै भन्नुभो ” आज सम्राट संग भेट भयो कि कसो घर आउनलाई ढिला गर्यौ नि ?” आमाको यो कुरा सुनेर म केहि बोल्नै सकिन अनि हेरेको हेर्यै भय आमालाई । मलाई एस्तो लाग्यो कि म कपास ओछ्छाएको बाटोमा खाली खुट्टा यात्रा गर्दै थिय अनि अनायासै मेरो पैतालामा तिखो काटी रोपियो अनि त्यो पिडा को कारण ले म आइय भनेर कराय झैँ मैले चिच्याएर ” को सम्राट आमा ?” भनेर चिच्याउन पुगे ।मेरो चिच्याहट सुनेर भित्र अखबार पढिरहनु भाको मेरो बाबा नि बाहिर निस्कनु भयो अनि भन्नुभो “के भो किन करायेकी नानी ?” बाबाले येसो भन्दा म झसंग्ग भय अक्क न बक्क भय मैले के भने मलाई नै थाहा नभय जस्तो लाग्यो …जब मेरो नजिक आमा आएर आमाले मेरो निधारको पसिना पुछिदिनुभयो तब म होस मा आए । अनि म केहि नबोली आफ्नो कोठा तिर लागे ।
    कोठामा गएर म लखतरान भएर थाके झैँ भयो मेरो हातगोडा गले झैँ भयो , टाउको दुखे झैँ भयो हन हनी जरो आय झैँ लाग्यो । .दिमाग मा केहि सोच्न पनि सकिन मात्रै दुइ ओटा कुरा मेरो दिमाग मा घोत्लिरहयो । त्यो कुरा ” किन जब मलाई जहिले पनि जे कुरा गर्दा पनि सम्राट सग्गई जोडिन्छ ? अनि सम्राट र मेरो के सम्बन्ध छ र गोरु बेचेको साइनो समेत नभाको मान्छे संङ्ग किन एस्तो मरिहत्य गर्दै छन् मेरो परिवार ?? येस्तै कुरा मनमा खेलिराको बेला मेरो बाबा मलाई खाना खान बोलाउना आउनुभयो ” नानी खाना खान हिड तयार भैसक्यो ” म जवाफ बिहिन भएर बसिरहे केहि बोलिन अनि फेरी बाबाले भन्नुभयो ” तलाई के भैराको छ नानी सबै कुरा खुलस्त भन न येसरी तनाबग्रस्त भएर बस्नुहुदैन नि?” आफुलाई चित्त नबुझेको कुरा एक आपसमा छलफल गरेर के गर्दा राम्रो हुन्छ भन्ने निर्णय गर्नु पर्छ /” बाबाको एस्तो कुरा सुनेर मलाई केहि साहस बढे झैँ लाग्यो अनि आज सबैको सामु एथार्थ कुरा भन्नै पर्छ भन्ने सोचेर म बाबा संगै खाना खान लागे । आमा र भाई बाबा र मलाई कुरिरख्नु भाको रैछ । आमा को चेहेरा आज मैले अर्कै पाय उहाको चेहेरा त्रसित अनि कुनै अपराधीको भन्दा कम देखियको थियन । आमा ले मलाई देखेर डराय झैँ भान भयो यो देखेर मलाई आमा प्रति स्नेह जागेर आयो अनि मैले सोधे “आमा हजुर लाई आज सन्चो छैन कि कसो ?” मैले येसो भन्न नपाउदै उहाले मलाई उल्टै प्रस्न सोध्नु भयो ” आज तलाई के भयो र दिउसो तेसरी चिच्चायेकी ” मैले बिबेकपूर्ण तवरले सम्झाउने कोसिस गर्नु नै राम्रो हुन्छ भन्ने सोचेर भने ” हेर्नुस आमा यो संसारमा धेरै खालका मान्छे हरु छन् अनि प्रत्येक मान्छेहरुको आ आफ्नै सिल स्वभाबका हुन्छन, आ आफ्नै उदेस्य , चाहना र इज्जत हुन्छ त्यस्तै म मा पनि त्यस्तै उदेस्य छ जस लाई पुरा गर्नु मेरो सफलता हो / आज हजुरहरुले मेरो बिहे को कुरा लाई जुन रुप मा लिनुभाको छ त्यसले मेरो उदेस्यलाई तुहाउने छ मेरो प्राप्ति लाई गुमाउने छ । तपाई हरुले धन सम्पति , हाउ भाउ र खोक्रो रवाफ लाई देखेर मेरो सुखद भविस्यको कल्पनामा येसो गर्नु भएको होला भन्ने मलाई लागीराको छ त्यसैले अईले हतार मा निर्णय गरेर फुर्सद मा पछुताउनु राम्रो हुदैन ” मैले एती भने पछि बाबा आमा दुवै जना केहि बोल्नुभएन म खान खाईओरि आफ्नो रुम मा गय । दिन भरि को घटना हरु दिमाग मा घुमिरहे । अनि आज मैले जे सुनाय मेरो परिवार लाई ठिकै सुनाय भनेर मनन गर्दै नया बर्सको पिकनिक कस्तो होला ? भन्ने कल्पना गर्दा गर्दै भुसुक्कै निन्द्रा देवीको काखा मा निदाउन पुगेछु………………क्रमस ………

  6. म आशु रोक्ने असफल प्रयाश गर्छु,

    ठिक त्यति नै बेला फोनको घन्टी बज्छ,,,ट्रिंग-ट्रिंग-ट्रिंग-ट्रिंग
    आमा लगभग दौडदै फोन भए तिर जानु हुन्छ मानौ फोनवाट आज भगवानले नै दिब्यबाणी सुनाउदै छन् /

    “हेलो”
    ,,,,,,,,,
    “ओहो !! सम्राटबाबु !!! हजुरले कतिबेला फोन गरिस्येला भनेर कुरी राख्या छे ” आमाले भगवानको प्रसादको थाली छोएर सफेद-झुटो बोल्नु हुन्छ /
    ,,,,,,,,,
    मलाई भाउन्न हुन्छ,
    बिस्तारा कोठा तिर दौडन्छु तर आमा कर्डलेस फोन बोकेर पछी पछी आउनु हुन्छ “सम्राटबाबुले फोन गरिस्या छ, तिमीसंग बोलिसिन्छ रे / ” आमा मलाई फोन दिनु हुन्छ,
    म पुलुक्क उहाको मुहार हेर्छु / उनको मुहार यति उज्यालो मैले कहिल्यै देखेकी थियिन /
    यो कस्तो परिबन्द हो?
    अब म कसरी बोल्दिन भनु?
    बोलौ भने के बोलौ?
    अनायशै फोन कान तिर बढ्छ, आखिर म संग अरु बिकल्प पनि त् छैन नि /
    उता वाट आवाज आउछ
    “गुड मार्निंग, के छ तिम्रो हालखबर?”
    “ठिक्कै छु”
    “होइन तिम्रो स्वर के भयो? अलिक फरक छ त? रुघा-खोकी लाग्या हो कि के हो ?”
    “होइन त्येस्तो केहि होइन, ठिकै त् छ नि” म अलिक सहज हुने प्रयाश गर्छु/
    “कि भर्खरै उठेकी?”
    “होइन बिहानै उठेकी ” आमा ढोका बन्द गरेर कोठा बाहिर निस्कनु हुन्छ,
    किन हो किन अलिक सहज महशुस गर्छु, अलिक शाहस बढ्छ ” यति ढिलासम्म सुत्ने चलन छैन हामी कहा ” म अलिक रुखो स्वरमा भन्छु /
    ” हा,हा,हा,,, राम्रो बानी रहेछ, मलाई पनि मन पर्छ चाडै उठ्नु त्” मेरो रुखो स्वरको प्रबाह गर्दैन उ /
    “हाम्लाई पनि थाहा छ, यहालाई के-के मन पर्छ, को-को मन पर्छ भन्ने ” म अझै कर्कश स्वर निकाल्छु,लगभग झगडाकै स्तरमा जवाफ दिन्छु / यतिन्जेल सम्म मेरो आत्माबल निक्कै बढी सकेको छ र मेरो बुबा आमाले भन्न नसकेको मेरो प्रस्ताब भन्ने मौका पाएकोमा एकपटक माता भद्रकालीलाइ मन मनै धन्यबाद दिन्छु /
    “मलाई के-के को-को मन पर्छ भन्ने त् मलाई पनि थाहा पाउनु मन थियो” उ सहज अनि बडो मनोविनोदी भाबमा भन्छ ” लौ न कहिले-कहा थाहा पाउनु सक्छु होला? जहा भन्छौ, जहिले भन्छौ, म हाजीर हुने भए ”
    म फेरी अर्को परिबन्दमा पर्छु /
    अब म कसरी भेट्दिन भनौ?
    एकछिन गमेर भन्छु ” त्येसो भए भोलि फुर्सद छ ?”
    “भनि हाले नि जहा भन्छौ, जहिले भन्छौ, म हाजीर हुने भए, लौ भन भोलि कहा आउ?” उनको मनोबिनोदी भावमा अझै कमि आएको छैन /
    “त्येसो भए भोलि बिहान हाम्रै घरमा आउनुस न, ८ बजे तिर ” बुबा-आमा बिहान मन्दिर जानु भएको बेलामा खुलेर झाको झार्ने योजना बनाउदै भन्छु /
    “हुन्छ-हुन्छ ” भन्दै उ फोन राख्छ म पनि
    फोन अफ गरेर आसु पुछ्नु खोज्छु,,,,, ओहो !!! आशु त् कति चाडै सुकी सकेछन /

    **************************************************************************************

    आज आइतबार
    बुबा-आमा मन्दिर जानु भा छ, भाइ राति ढिला घर आएर अझै उठेकै छैन, शायद डान्स पार्टी थियो क्यारे उसको कलेजको साथीहरुसंग / अघि नै उठेर हातमुख नुहाई धुवाई सकेर फुर्सदिलो भएर बसेको छु / जानी-जानी नै शृंगार गरेको छैन, लुगा पनि सामान्य घरमा बस्ने लुगा नै लगाएको छु / मलाई थाहा छ म उनलाई आकर्षित गर्न गइ रहेको छैन अनि किन चाहियो शृंगार ? किन चाहियो नाना-भातिको बिन्याश?

    ढोकाको घन्टी बज्छ, पक्कै पनि सम्राट नै हुनु पर्छ, हो रहेछ / एक्लै हिडेर नै आएछ उ /
    म ढोका खोल्छु /
    ” कहिले ८ बज्ला जस्तो भाथ्यो मलाई त् ” हिजो कै हास्यरसलाई निरन्तरता दिन्छ उ /
    ” बस्नुस” सोफा तिर देखाउदै म भान्सा तिर चिया लिनु लाग्छु, घरमा आउने शत्रुलाई त् नदुत्कारने हाम्रो सस्कारमा उ त् कम्तिमा पनि मेरो शत्रु त् होइन नि, वा कम्तिमा पनि आजसम्म मेरो केहि बिगार त् गरेको छैन नि उसले / हिजोको मेरो रुखो स्वर अलिक आफै मत्थर भएको आफैलाई अनुभूति हुनु थालेको छ /
    उनलाई चिया दिदै म पनि अर्को सोफामा बस्छु /

    “हिजो त् निक्कै डाइलग दिदै थियौ नि, खै के के थाहा छ भन्दै थियौ नि त्” उ कुरो प्काउछ/
    म प्वाक्कै भनि दिन्छु ” मलाई रेणुले सबै कुरो भनीसकी ”

    “,,,,,ए,,,,कुरो बल्ल बुझे ” अलिक गम्भीर हुन्छ उ /

    म थप्छु, ” रेणु त् मेरो मिल्ने साथी भएकोले सबै कुरो बताईं र मैले नि थाहा पाए अब अरु त्येस्तो त् कति भए होलान कति / झन् विदेशको त् कुरै छोडौ / अनि मैले कसरी तपाइलाई बिस्वाश गर्नु सक्छु ? त्येही भएर बिबाह अगाडी म तपाइको मेडिकल रिपोर्ट हेर्नु चाहन्छु भनेर प्रस्ताब अस्ति नै पठाएको थिए / शायद तपाईलाई कसैले पनि भनेन होला, मलाई थाहा छ मेरो बुबा-आमाले त्यो प्रस्ताब राख्नु सक्दैनन् त्येसैले म आफैले नै तपाईलाई बोलाएकी /”

    अब भने गम्भीर हुदै उ भन्छ
    ” मलाई पनि खुलस्त रुपमा कुरो गरेको नै मन पर्छ / तिमीले रेणुवाट सुनेको र तिमीले सोचेको कुरो सहि हो / तिम्रो प्रस्ताबसंग म असहमत पनि छैन, अनि तिमीले संका गरेको जस्तो कुनै पनि रोग मलाई लागेको छैन किनकी त्येसको निमित्त के गर्नु पर्छ आज भोलि सबैलाई थाहा छ र मलाई मात्र थाहा नहुने कुरै आएन / बेश्यब्रितिमा नै निर्लिप्तहरुलाई पनि ९९% लाइ एड्स लागेको हुदैन / त्यो त्यति ठुलो कुरो होइन तिमीले चिन्ता लिनु पर्दैन / मुख्य कुरो चाहिँ के भने , म बिहेको लागि नेपाल आएको कुरो त् टोल भरि हल्ला फैली नै सकेको छ र यहा तिम्रै वरीपारिको साथीहरुले के के गर्दै छन् तिमीलाई थाहा नै छ र म पनि गधा-पच्चिसा न-नाघेको ठिटो हु यो पनि म स्वीकार्छु तर पनि एउटा प्रश्नको जवाफ तिमीले मलाई दिनै पर्छ ”

    “कस्तो प्रश्न ? ” मेरो कौतुहलता उम्कन्छ /

    उ गम्भीर भएर भन्छ ” बिहे अगाडी हुनु पर्ने सम्बन्ध किन रेणुसंग मात्र भयो ? किन तिमीसंग चाहिँ भएन ? ”

    .,,,,,,,,,,,,,,,,,,,,,क्रमश:

    • राम्रो लेख्नु भएको मा बधाई छ |चिर परिचित जस्तो लाग्यो ,पढ्दै जादा |

    • अन्तिम हरफमा ” बिहे पछाडी ,,, हुनु पर्नेमा “बिहे अगाडी ,,, भएकोमा क्षय्मा प्राथी छु /

  7. दोर्ण ले लेखेको कथा पहिलो भाग संग कहिँ कतै मेल खान सकेकै छैन. आन्तार्मन को दोन्द भाव भुझ्ना नसकेको जस्तै लाग्छा. २ भाग बीच तारतम्य मिल्ने नै सकेन. नारी पत्र या पुरुष पात्र चिन्ने गारो झुर संयोजन …..छनौट गर्ने ले नि कस्तो लै रोजेका हुन्

  8. कत्ति आशुहरु बर्सात को पानि को मूल्य मा बग्छ ,हेर्ने हरु खामोस र बुझ्ने हरु मौन बनेर बस्छन |स्वार्थ को किनारालाई स्पर्श पुर्याउनु पर्छ ,अनि आसु बोल्छ र सजिब आकृति लिएर प्रस्तुत हुन्छ |मेरी आमा सम्भ्रान्त नेवार परिबार कि नारि हुनु ,फेरी पनि मेरी आमा ब्यापारी हैनन् | कल्पनातीत भबिस्य लाइ जोडेर तानाबाना बुन्ने उनि गर्दिनन ,बरु कठोर बर्तमान लाइ सरल सामना गर्ने र आत्मसात गर्ने उहा मा खुबी छ | आमा तेसैले त् मेरी आमा हुन् |उनि द्रबिभुत हुन्छिन
    ”यो त् एउटा प्रस्ताब मात्र थियो छोरी ,निर्णय हाम्रो हैन ,निर्णय गर्ने तिमीले हो ”
    हेरौ बाहिर सडक मा झोला बोकेर हिड्ने ,प्रगतिसिलता को दुहाइ दिने एक दर्जन
    नेताहरु भन्दा शिक्ष्या मा स्कुल सम्म न गएकी मेरी आमा प्रगतिसिल हुन् |मन मा अहंकार बोकेका ,झुट को माला भिरेका ,झोलामा गरिब लाइ दिने सपना सिबाय केहि न भएका अकिन्चन धन का र पद का भोका २१ औ सदिका यस दसक का नेपाली नेताहरु नेता हैनन् ब्वासा हुन् |
    अब त् सायद भन्न्नेहरुको को मुख दुखिसक्यो ,सुन्नेहरुको कान टत्टाइ सक्यो |
    अब यत्तिमा सन्तोष मान्छु कि ,उनीहरु मेरो व्यक्तिगत निर्णय मा हाबी हुन्नन् |
    मेरो बिबाह यो देश को शान्ति र संबिधान सग त्यति जोडिएको छैन |
    निश्चय नै यो घर को शान्ति सग चै एसले सरोकार राख्छ |
    तल प्या प्या एकोहोरो हर्न बज्छ |
    ”छोरी हेर त् तल को आएको छ ”

    आमा माथिबाट आवाज दिनुहुन्छ |म हस्यांग फश्यांग गर्दै गेट खोल्न पुग्छु |
    ‘हाइ!! हाउ आर यु ”
    कार को अगाडी को सिसा खोल्दै सम्राट बोल्छ |
    ”फाइन !” म आश्चर्य मा पर्छु |
    ”तिमिसग केहि कुरागर्न मन थ्यो ?,कतै रेस्टुरेन्ट ,होटल तिर जाउँ न ”
    ओह ,कति अपहेलना छ नारि जाति प्रति सम्राट मा |न कुनै सम्बन्ध ,न कुनै गहिरो परिचय |तिमिभन्ने सम्बोधन गर्दै ,होटल मा जाने प्रस्ताब राख्छ |”
    धिक्कार छ एस्तो सोच प्रति | यस युग मा जन्मिएका तर एस युगलाई न चिन्ने युवा हरु प्रति |अझ अमेरिका मा लामो समय बिताएको तर अमेरिका लाइ न चिनेको यो सम्राट प्रति |
    म सम्हालिंछु |
    ”जे भन्नुछ ,यहि भन्नु भए हुन्छ ,संकोच मान्न पर्दैन ”
    हा हा हा हा !!संकोच मान्ने तिमिसग ,नो वे बेबी !!नो वे !!
    ”मैले तिमि भन्दा धेरै सुन्दरीहरुलाई खेलाई सकेको छु ”
    येत्रो घोर अपमान !!मेरै घर को गेट मा !ओ माइ गड| मेरो धैर्यता ले सिमा नाग्छ |
    आखा अगाडी पुरै कालो छाउछ | बोलीमै नियन्त्रण हराउन पुछु म |
    ”वाट इन द हेल यु आर थिन्किंग ””यु इदिया ट ,सन् अफ बीच ”
    ”गेट आउट ”
    म ढ्याम्म गेट लगाउछु |दौडदै घर को ढोका भित्र छिर्छु |
    माथि बाट आमा चिच्याउनु हुन्छ |”के को हल्ला खल्ला हो छोरी |”
    सायद आमा ले पनि केहि सुन्नु भयो कि ! त्यो त् मैले थाह पाइन् |र थाह पाउन पनि
    मन लागेंन | आमा लाइ सिर्फ भनि दिए |
    ”आमा भोटे कुकुर गेट भित्र छिर्न खोज्दैथ्यो ,धपाएर आए ”|

Comments are closed.