एक हप्ते सफाइ अभियानमा कति खर्च?

काठमाडौँमा अहिले रमाइलो दृश्य देख्न पाइन्छ। कहिले प्रधानमन्त्री र मन्त्रीहरु कुचो लिएर सडकमा बढारिरहेको देखिन्छ भने कहिले हुलका हुल पुलिस र आर्मी फोहर उठाउँदै। राष्ट्रिय स्वयंसेवक अभियान अन्तर्गत शुक्रबारदेखि सुरु भएको एक हप्ते काठमाडौँ सरसफाइ अभियानमा कति खर्च हुँदैछ त ? धेरैलाई चासो लाग्ला। यो अभियानको प्रस्तावित बजेट झण्डै दुई करोड हो। बजेटमा सस्तोमा पाइने सामानको पनि एकदमै बढी मूल्य राखेको देखिन्छ।
Safai Abhiyan
मास्क र पन्जाको मूल्य त्यो बिक्री गर्नेहरुलाई सोध्न जानुस् त्यति धेरै अर्थात् मास्क र पञ्जा ५०-५० हजारको संख्यामा किन्दा। के मास्कको ३५ रुपियाँ र पञ्जाको ५० रुपियाँ नै पर्छ ? अझ पर्चा, पम्पलेटको खर्च हेर्दा अचम्म लाग्छ।


parcha
यो सामान्य खालको पर्चाको लागत कति पर्ला ? अलि जान्नेहरुलाई सोधेको कममा एक सुका, बढीमा एक मोहर भने। बजेटमा भने एक रुपैयाँ पचास पैसा छुट्याइएको रहेछ। १/५० को दरले ३ लाख ५० हजार वटा पर्चा छाप्न ५ लाख २५ हजार बजेट छुट्याइएको छ।

बजेट हेर्नुस-
budget

एक हप्ते सफाइ अभियान चलाउँदैमा शहर सफा हुने हैन। यहाँ जथाभावी फोहर फाल्न हुन्न भन्ने चेतना जगाउन बढी आवश्यक छ। चेतनासँगै यो अभियानको सुरु गर्ने क्रममा जथाभावी सार्वजनिक ठाउँमा फोहर फाल्दा पक्रेर रातभर थुनेर जरिवाना गराउने जुन काम थालिएको छ, त्यसलाई निरन्तर गर्न सके पनि काठमाडौँ धेरै सफा हुनेछ। नदीमा फोहर फ्याँक्ने र नदीलाई ढल बनाउनेहरुमाथि पनि कारबाही थाल्नुपर्छ। शहर सफा भए त दुई करोड खर्च गरेको पनि मान्छेले वास्ता गर्ने छैनन् होला। एक हप्तापछि केही फरक भएन भने चाहिँ? एक एक पैसाको हिसाब उठाउनु परेन ?

75 Comments

  1. त्यो मास्क ईण्डियामा रू १ मात्र पर्छ। पुणेमा swine flu हुदा किनेको थिएँ मैले.

  2. भ्रस्टाचार गर्नेहरु लाइ कारवाही गर्नु पर्छ यो बेग्लै पाटो हो, तर सर सफाई प्रति जागरण ल्याउने प्रधान मन्त्रीको प्रयास सराहनीय छ, यस्तो काममा २ करोड मात्र खर्च गर्नु कन्जुस्याई हो | आर्थिक अनियमितता मात्र भ्रस्टाचार होइन जथाभावी फोहोर फाल्नु पनि भ्रष्ट आचरण हो त्यसैले समग्रमा हेरौ | वातावरणीय सर सफाइले मानिसको शारीरिक र मानसिक स्वास्थ्य सुद्रीढ भइ देश विकासमा टेवा पुग्ने मात्र नभई पर्यटक आगमनमा वृद्धि भइ आर्थिक विकाशमा पनि तीव्रता ल्याउने निश्चित छ | हामि सबैले पनि यस्तो काम लाइ प्रोत्साहन दिनु पर्छ र प्रतक्ष सहयोग पनि गर्नु पर्छ |

  3. “फोहोर लाई मोहर मा बदलौ ” जानेको हो यो नेता हरु ले मोहर कमाउने बाटो ……….

  4. त्यो २ करोडको सरसफाई समान किन्नु भन्दा फोहोर हाल्ने कन्टेनर किनेर टोल टोलमा सहि रुपमा राखेको भए धेरै राम्रो हुन्थ्यो…….

  5. अब मा त थानकोट मै चप्पल जुत्ता फुकालेर काठमाडौँ प्रबेस गर्नु पर्ला .

  6. बाबुराम भट्टराई मा पनि समर्थक थिय / तर अबत ” गरनै गर्यो बाबुराम काठमाडौँ मा कुचो लायर ” भन्न मन लग्यो /

  7. पहिला नेपालका घुसखोर नेताहरु र घुसखोर कर्मचारी लाई एस्तै कुचो लगाएर सफा गरे झैँ सफाया नगरे सम्म सात दिन कुचो लगाएर केहि हुने वाला छैन !
    दुइ चार दिन केहि गरे झैँ गर्यो ,पैसाको खोलो बगायो ,त्यसैमा पनि व्यापक भ्रस्टाचार गर्यो ,हरेक कुरामा भ्रस्टाचार गर्यो ,कारबाही भन्ने केहि छैन ,१ लाख घुस खाने लाई पनि एक वर्ष जेल ,१० करोड घुस खाने लाई पनि एक वर्ष जेल अनि भुत्रो सात दिन कुचो लगाएर हुन्छ देशको बिकाश ?
    मस्तिकमै कुचो लगाउन जरुरि छ पहिला !

  8. फोहोरबाट पनि पैसा कमाउन छाडेनन, धन्य हो

  9. काठमान्डू शहर सफा हुन्छ भने अझै २/४ करोड़ खर्च भये पनि आपत्ति हुदैन !! अभियान र अशल सोच चाहियो, खाली गफ मात्र हैन ! सही कुराको समर्थन गरौ, कुरो कहाबाट आयो भनेर हैन !! फोहोर उठौदा प्रयोग गरिने पन्जा वा अन्य सामानहरु कति रुपैयामा किनियो भन्ने कामको अनुगमन मूल्यांकन सम्बंधित निकायले गर्ने हो , प्रधानमन्त्रीले हैन !!!

    • बिनोद जी तपाई संग म सहमत भईन किन भने नेपाल सरकार लाई नेपाल अधिराज्य को जनता ले कर तिरेको छ / भने तेस्को सुबिधा चाही काठमाडौँ ले मात्र लिनु ? यो कुरो मलाई पचेन/

      • अमर जी कस्तो केटा केटि कुरो गर्नु भाको ??? हो तपाइले भने जस्तो सबै जनताले नेपाल सरकारलाई कर बुझाएका हुन्छन तर अरु क्षेत्र वा नगरपालिकाहरू जस्तै काठमाडौँ महानगर पालिकाको को लागि मात्र सरकारको अर्बौ को बजेट हुन्छ , त्यहि बाट खर्च गर्ने नि !!!

  10. पन्जा, मास्क अनि झोला को भाउ चै झन्डै ३ गुना धेरै भो, तेत्रो थान मा लिदा तिनी हरु को मुल्य १० रुपैया पनि पर्नु नपर्ने हो. सब चिन मा बन्ने हो. येस्मा अक्तियार ले केहि गर्ने पर्चा, र त्यो राम्रो काम बाट पनि एस्तो फाइदा लिन खोज्ने लै कारबाही गर्ने परछ.

  11. Oasiss ब्रा ! राम्रो कामको जसले पनि राम्रो भनि हाल्छ नि ,तर राम्रो काम गर्ने निहुमा नियत नराम्रो राखे पछि जसले पनि कमेन्ट त गरि हाल्छ नि ,फेरी सचेत नागरिक ले खबरदारी गर्नु पनि असल नागरिक को कर्तब्य होइन र ? कि यो कुरो पनि तपाइलाई मन परेन ?????

  12. हैन माधब नेपालको पालामा यस्तै सफाई कार्यक्रममा चाही कति रकम निकासा भएको रहेछा त?
    कुन सरकार चै बडी भ्रस्टाचारी को जमात रहेछ खुटयाउने गारो भयो त|

  13. खल्ती खाली भए पछि नयाँ नयाँ जुक्त्ति त् निकाल्नै पर्यो ….अनि
    हाम्रा प्रम जी नायेक को अनिल कपूर बन्न खोजेको खल्नायेक को संजय दत्त पो बन्न लागे जस्तो छ……..

  14. खाने ले समुन्द्र को छाल त गनेर खान्छ भन्ने उखान नै छ/यहाँ पैसा को कुरा भन्दा पनि परदर्सिता अनि इमान्दारिता को सवाल मुख्य हो/२ करोड खर्चिदैमा काठमाडौँ सफा हुने भए महानगर ले किन ५० सौ करोड लगानी गर्ने?वर्ष को येही हिसाब ले २४ करोड जति नेता सभासद हरु ले सफाई गर्ने गरि टेन्डर दिए भै हलो नि?जाबो सिम्पल मास्क लाई ३५ रुपया?१४,१५ रुपया मा फाला ,फाल पाइने मास्क मै भास्त्रचार?अब भन्नुस देस लाई सफाई को नाम मा पनि हप्तै लुट्ने?खाने ले जसरि ,जुनै बहाना मा पनि खान्छ “समुन्द्र को छाल गनेर पनि खान्चन” यी भात मारा हरु ले…….

  15. नेपालमा ‘लूट’ नै हिट हुने भो – जताततै लूट्यै लूट I

  16. राम्रा मान्छे भन्नेको गन्हाउने चाला !

  17. एक दिन प्रधानमन्त्री र मन्त्रि ले झाडु लागएर सफा काठमाडौँ सफा रहल भन्नु त एउटा राजा ले हावा को लुगा लागको थियो जसमा राजा नांगै रहन्छ अनि सबै ले राजा को डर ले हाई हाई गरे पनि एक जना बच्छ ले चाही राजा नांगै भए को खुलासा गर्दा बाछा ले मिर्त्यु दण्ड पाको रे. तर साचो कुरो राजा नांगै थियो.

    आफु ले लागको झाडु लै बर्षौं ठिक हुन्छ भनेर सोचे क हरुले कसको इकोनोमिक्स को दिविसिओं ओफ लेबोर लै बिर्से जसो छ. लेबोर जति विदेश पठाए आफै एक दिन भए नि गर्ने पारो.
    नेपाली आमा को जय होश

  18. “वैस्याल” हरु लाइ पैसा दिन गरेको नाटक हो/

  19. म त सोच्दै थिए,हेर कति राम्रो कम गरेका भनेर किन फुर्ति निकाली-निकाली सफाई हुदै छ भन्या त पैसो पाचउनि दाउ पो सकिन्न बा यो नपुंक्सक सरकारलाई….

  20. स्व्यम सेवा भनेको अर्थ बझाउने कोइ छ ? नयाँ YCL , भन्या बेरोजगार युवा संघ लाइ स्वेम सेवा गराउने रे अनि पैसा दिने रे !!! होइन हो स्वएम सेवा त सेवाको लागि सित्तौ गर्ने होइन र ?? volunteer गर्ने भनेर सितै काम गरिया थियो आफुले कलेज सकेसी !!

  21. In out nation this is absolutely normal. Because we are born to be corrupted.. Everyone has been looking for an opportunity to loot everything from another person of the same nation. What a shame. If you could loot do it with someone from other country not from your own brothers, sisters, parents.

    You big guys mentally killing to our brothers and sisters.

    God bless ……….

  22. त्यो २ करोड येसरी सक्नु भन्दा ,बरु नगरपालिका को फोहोर उठाउने हरु लै दिएर काम गर्न लगाको भए मज्जाले सफा हुन्थ्यो नि,उनि हरु रमाई रमाई काम गर्थे ,बन्द हड्ताल त गर्दैन थे प्रधानमन्त्री ज्यु कुचो समातेसी कुचिकार हरु बेरोजगार होलान है अनि हड्ताल मा उत्रेर फेरी हालत पैलाको जस्तै होला नि ,कहिँ नभाको जात्रा हाडिगाउमा !!!!!!!!!!!!!!

  23. हामी जनतानै उल्लुहो एती महँगो ज्यामी हाल्नु पर्नी बाध्यता हामी आफै निम्त्यौछौ त आनी राष्ट्रप्रमुख पी.एच.डी भाको त्यो प्रमुख भन्दा पनि आफ्नो सुबिदाकोलागी हामी लेपलीहरुले धेरै धेरै पी.एच.डी गरेकाछौ स्वर्थीका लागि फोरोर मैला मात्त्रहैन नेपालीको घरघर दुलो दुलोमा राष्ट्र हाक्नी नेपालीहरुछान तर सबै भ्याकुता !

  24. माओबादीहरुको काम जसरी भए पनि लुट्ने नै हो/सपना देखाउने मोज आफुले गर्ने,सर्बहाराको नारा लगाउने महल र दरबारमा आफु बस्ने /यी नाताक्बाज हुन्/यिनको पनि विनाशको दिन आउछ कम्बोडिया,पेरुमा आए झैँ/न आत्तिउ/

  25. साथी हो यी लिंक हरु मा गई complaint हल्नुहोस
    http://www.ciaa.gov.np/
    http://www.tinepal.org/

    हुन त नेपाल सरकार को website हो| तै पनि जति सकिन्छ त्यति गुनासो पोखु न| कति सम्म जनता लाई side लाउदो रैछ हेरौ|

  26. सबै नाटक हुन् माओबादी नेता हरु को.
    तिमीहरु ले १ वीक सफा गरेर काठमाडौँ सफा थोडी हुन्छ, खुरुक संबिधान बनौ समय मा, जनता लाही उल्लु नबनाऊ मुर्ख बदर हरु…..

  27. जनता र समर्थक कार्यकर्ता बाट चन्दा सहयोग लिइ राजनैतिक पार्टी ,तिनका जनबर्गीय संगठन का अधिबेशन ,महाधिबेशन ,चुनाब प्रचार सामग्री ,बन्द हड्ताल ,आन्दोलन का पर्चा बनाउदा पनि मोटो कमिशन खाने राजनैतिक पार्टीका नेता ,कार्यकर्ता ले भरिएको देशमा राज्यको ढुकुटी पाएको बेला खान के छोड्थे बरा !

  28. ओ माई गड,आख्तियार कहा के हेरेर बसेको छ?

  29. यो लगाएको मास्क को बजार मूल्य रु ६ ( छ) प्रति गोटा मात्र पर्दछ. मैले नि यहि मास्क प्रयोग गर्दछु. यति धेरै मूल्य को बिल बनाएर भ्रस्टाचार गरेको देख्दा सारै नरमाइलो लाग्यो. यस्तै अन्य सामान हरुमा कति कमिसन खाएको होला… हरे दैब….. सारै नमजा लाग्यो…..

  30. ठुलो मान्छेले जे गरेपनि हुने / येही दरमा साचिकै दिनदिनै सहर सफा गर्ने र फोहोर उठाउने नगरपालिकाका कुचिकारहरुलाई पैसा तिर्ने हो भने काठमादौ साचिकैनै सफा हुन्थ्यो होला / ठुलाठालुको ताल त्यस्तै हो / जे कुरामा पनि बिना व्यक्तिगत स्वार्थ ( कमिसन) केहि गर्न सक्दैनन् जस्तो छ /

  31. बरु एतिका खर्च गर्नु सट्टा स्वयम् सेवक आफैले अलि अलि समान आफ्नै घर को प्रयोग गर्न पनि सकिन्थ्यो| वाहियात को खर्च| अब यो समान किनेर एक पटक को लागि प्रयोग भयो अनि क गर्ने? मिल्काउने? एस्तो नचाहिदो खर्च को पूर्ण स्पस्टिकरण न आए सम्म यो कार्यक्रम को बिरोद गर्नु पर्छ| हामीले तिरेको कर को सहि उपयोग हुनु पर्यो| येसको बिरोद गर्न यो कार्यक्रम मा सहभागी नबनाऊ| यदि सहभागी बने पनि नचाहिने समान को प्रयोग नगरौ, बरु आफ्नै घर बाट समान लगाऊ| र केहि समान बढी भए त्यै organiser लै नै दिएर आउनु होला|

  32. खर्च भयो भन्ने चिन्ता भन्दा पनि अभियान को आड मा ब्रम्हलूट नहोस भन्ने चाहना हो ! शिक्षा मूलक कार्यक्रम हुनु राम्रो कुरा हो निरन्तर हुनु पर्छ ! फोहोर गर्ने लाई जरिवाना गर्ने लगायत त्यस्ता व्यक्तिलाई नसिहत दिन सक्नु पर्छ! पत्र-पत्रिका लगायत टेलिभिजन हरुमा प्रचार प्रसार गर्नु जरुरि हुन्छ नियम बने पछी ठुलो सानो भन्नु हुदैन ! कारवाही गर्न सक्नु पर्छ ! अनि बल्ल २ करोड को सदुपयोग होला होइन भने अभियान को नाममा लूट गर्ने प्रथा ले कहिले पनि छाड्ने छैन ! सबैलाई चेतना भया !

  33. जे भय पनि यति धेरै खर्च त हुदैन नि| यति खर्च गरेर त कुनै संस्था लाई नै outsource गर्न मिल्थ्यो | अनि no . १.८ मा हेर्नुस त सर सफाई पछि स्वयम् सेवक परिचालन खर्च रे. के हो तेस्तो? अनि त्यो पनि अलि अलि मात्र हो र? ५६ लाख रे…. organiser आफै स्वयम् सेवक भए मात्र हो तेती खर्च हुने त| यस खाता को हिसाब किताब गराउन लगाउनु पर्यो| अब लेखा गराउनु पर्छ| जे पायो तेही| यस को सब विवरण तुरन्त सार्वजनिक गरिनु पर्छ जस्तै को को संग समान खरिद गरिएको हो. अनि खरिद गर्दा ऐन बमोजिम गरिएको छ कि छैन? कसले हेरेको छ? जे पायो त्यहि अंक हालेको जस्तो| एस्तो त १ कछ्या को बच्चा हरु ले बनाउने हो.
    कहिँ नभएको जात्रा हादी गाउँ मा |||

    • “लाटो देशमा गाडो तन्नेरी” कति न शहर सफा राख्ने जस्तो गरेर मान्छे गएकै छन्!! तिनिहरुकै नाममा खानेले यसरी खाएकै छन्!!!! माइ संसारमा गफ गरेर के फरक पर्ला र???!!!!सफाइ कार्यक्रम मै गएर आवाज कस्ले ऊठाउने????म जाउ भने निमुखो जनता,लात्तले हानेर भ्यानमा कोचि हाल्छन!! भो छोरी र बुढिको बिजोक हुन्छ!!!!तै चुप मै चुप!! यसो गरे कसो होला!!!!

  34. mahesh cumar , मलाई तिम्रो भनाइ मान पर्यो :
    “पचास हजार थान मास्क होलसेलमा नकिनी फुटपाथ मै किने पनि २० मै पाउने रहेछ गाठे!! राष्ट्रको दुकुती त दिल खोलेरै बगाए छ त !!!!”
    नेता कहलाउने र भ्रस्त्र-कर्मचारी ले ” राष्ट्रको दुकुती त दिल खोलेरै” गोजीमा हालेछन् , जनतालाई मारेर !

  35. न-गर्दा पनि गाली गर्छन, गर्दा पनि गाली गर्छन …..कसोरी गर्ने हो कसैले भन्दैनन् !
    हे पसुपतिनाथ ..यी मान्छे हून के भाते हुन् ?

  36. भ्रष्टाचार त्यो पनि जनताले वाहवाह गर्ने गरी कसरी गर्न सकिन्छ भन्ने कुरा विश्वले नेपालबाट सिकोस् भन्ने चाहना होला कि ?

    माथिको मेरो भनाइमा मेरो कुनै गल्ति भए कानुनले भ्याएसम्मको सजाय गरुन्, नभए भ्रष्टाचारीलाइ जेल नेल ठोकुन् ।

  37. ए भाइ.. यो सब वाइयात तामझाम गर्नेको गोजी छाम !!!!

  38. सडक सफा गर्ने टाईम छैन हो नेता हो,,,, पहिले जेष्ठ १४ भित्र जनताले चाहेको र खोजेको जस्तो संबिधान लेख्ने तिर ध्यान दिउ, त्यस पछी सरसफाई त आफै हुन्छ,त्यत्रो झन्डै २ करोड सरकारको ढुकुटी रित्ताएर आफैले सफा गर्नु भन्दा त्यत्रा गरिबी जनताहरु छन त्यो २ करोड दिएर सडक पेटीमा सुत्नेहरूलाई दिएर सफा गर्न लगाएको भए तपाईहरुले गरेको भन्दा दोब्बोर काम हुने थियो र दुखी गरिबको १ छाक भए नि तर्ने थियो…….

  39. बाबुराम र माओबादी को कमाउने दाउमा यो नाटक गरेका, YCL लाही पैसा बाड्न यो गरेको हो नाटक, नेपाल को सबै भन्दा भास्ताचारी पार्टी अहिलेको माओबादी हो/

  40. कोसिस त गर्नु पर्यो, अब खर्च हुन्छ भनेर चुप लाग्नु पनि त भएन,, घैटोमा घाम लाग्नु र नलाग्नु बेग्लै कुरा हो / नेपाल मै बसी – बसी जनताले इन्टरनेट मार्फत जापान, जर्मनी,अमेरिका जस्तो बिकसित देशको सर सफाई देखेकै छ ( TV मार्फत पनि) आफ्नो देश पनि सफा राख्नु पर्छ, यत्तिको ज्ञान त अबस्या होलानी भन्ने आस गरिन्छ /

  41. हामीले नगरे कसले गर्ने !
    अहिले नखाए कहिले खाने !

  42. हेरीबस्नु , यो बिल बाबुरामको सरकारबाट पारित हुन्छ अनि चारैतिरबाट ब्रम्हलुटको बिरोध भएपछी प्रचण्डबाट यस्तो बक्तब्य आउछ – ”माने ,हाम्रा कमरेड बाबुराम भट्टराइ इन्जिनियरिंग तिरको बिद्यार्थी भएको नाताले वहालाई मास्कको र पन्जाको मुल्य थाहा नहुनु स्वाभाविक हो | माने वहा कमर्शको बिद्यार्थी होइन | तसर्थ यस्तो सानो तिनो गल्तीलाइ तिलको पहाड बनाउनेहरु हाम्रो महान क्रान्तिको बिरोधी , प्रतिगामी र राजतन्त्र फेरी ब्युझाउने षडयन्त्रकारीहरु हुन् भन्ने रुपमा हामीले बुझेका छौं |”

  43. It is really privileging, Dr. Baburam once again tried to highlighted himself. Surely, he was unaware, this idea was already used by ex-PM, Madhav Nepal. We can nominally accept, looking at the expenses, that the PM was not able to prevail, as he desired. Now we can see he is no more on an apex, his courteous image is gradually slipping down.
    If he wants to reinforce this idea successful, he needs to observe, take all in his control, make sure that all of a sudden, the ideas doesn’t derails off.

  44. त्येही प्रसासनमा हिसिला दबाबमा सरुवा भई आयका नै प्रसासन मा हालीमुहाली अनि….खैर, जनताको आँखामा छारो हाल्न सिपालु भट्टराई एण्ड कम्पनीका नाटककार र चाटुक कारको यो चर्तिकला घाम जत्तिकै उज्यालो भयकोले जनसहभागिता न्यून रहेको हो ! Volunteer को नाम मा फेरी सरकारी कोषको दुरुपयोग हुने भयो !
    बाबुरामजी सबै भन्दा पहिले आफ्ना कार्यकर्ता र कर्मचारीको फोहोरी र भ्रस्ट दिमाग including यौर हिसिला को सफा गर अनि मात्र काठमाडौँ मात्र होइन देशनै सफा हुन्छ, राख्न सकिन्छ !

  45. चाइनाले दिएको भ्याकुम गर्ने गाडी भन्सारको हिसाब नमिलेर थान्किरहेकोछ भन्ने samachar पढेको थिए एक पटक! जनचेतना जगाउने नाममा २ करोड सिध्याउनु भन्दा बरु भएको साधनको सदुपयोग तिर जोड दिएको भए राम्रो हुन्थ्यो कि?
    एउटा उदाहरण हेर्नुस- ट्राफिक प्रहरीले जनचेतना को निम्ति हरेक बर्ष ट्राफिक सप्ताह मनाउछ| तर जबसम्म मान्छेलाई कारवाही हुदैन तवसम्म उसले टेर पुच्छर लागौदैना,
    अनि प्रहरीले आकासे पुल प्रयोग नगरी जथाभाबी बाटो काट्ने लाइ जरिवाना गराउन थाल्यो, अनि मात्रै जनचेतना पनि बढ्न थाल्यो|

  46. पाठक अनि बिदुवान साथीहरु सबै कुरामा खुट्टा लगाउने प्रबिती हामीले छाड न पर्छ सर सफाई गरे केहि रकम त निषित खर्च हुन्छ आबस्यक सामान मुफ्त मा मिल्दैन तर यो कार्यक्रम लाइ नेपाल भरि गर्न सक्नु पर्यो खालि kathmanndu भित्र मात्र सिमित राखेर सफल हुन्न यो त एउटा सिर्श्क बिनाको नाटक जस्तो होला

  47. झन्डै ३ बर्षा देखी मैले खुला ठाउँमा मुतेको छैन । पान खैनी खायर बाटो मा थुकेको छैन अनि चुरोट को ठुटो भुइ मा फालेको छैन । अचम्म लाग्यो तपाईंलाई ? ? तर नमान्नुस । । । किनकी म काठमाडौंमा होईन क्वालालम्पुर मा छु अनि यहाँ यि कुराहरु गर्न पाइदैन । बस मा हिंड्नुस तपाईं चाहेर पनि झ्याल बाट फोहर बाहिर फाल्न पाहुनुहुन्न, किनकी ……… यहाँ को बस मा झ्याल नै हुँदैन, हाहाहा । म पनि हुर्केको कहाँ हो र तेही नेपाल मा न हो, यहाँ, एउटा नेपाली मार्केट छ जता ततै पान र खैनी खाएर थुकेको देखे, मैलेपनी चुरोट खायर ठुटो भुइ मा के फालेको मात्रै थिए, आइहल्यो एउटा भुसितिघ्रे मान्छे नगरपालिकाको अनि मागिहाल्यो पासपोर्ट अनि गरैहल्यो RM ३०, (नेपाली ७५० रुपैया) जरिवाना । त्यो ठुटो टिपेर डस्ट्बिन मा हाल्छु भन्दा पनि मान्दैन बा । के गर्नु तिर्नै पर्यो । म बरु खल्ती मा बोकेर हिड्छु, झोला मा हालेर घरै ल्याउछु तर फाल्दिन बाटोमा डस्ट्बिन बेगर अन्तै । किन ? ? यहाँ बेबस्था गरेको छ सबै नगरपालिका ले, देखैदिएको छ यहाँ मुत, यहाँ हग, यहाँ फोहर फाल भनेर, अनि सबै ठाउँमा चेतावनी मुलक सन्देश छ, यहाँ नफाल भनेर । कहाँ फाल्ने त भनेर सोध्नु पर्दैन, भन्दिएको छ यहाँ फाल भनेर, अनि त्यहाँ नफालेर फाल्यो अन्तै भने तेइ हो तिर्नु पर्छ जरिवाना ।डस्ट्बिन मा दिन दिनै प्लस्टिक फेर्ने, भएको फोहर उठाउँने, सडक बडार्ने काम दिन को उज्यालो सुरु हुनु भन्दा पहिलेइ नेपाली, बङाली वा इन्डोनेशियान कामदार द्वारा हुन्छ । तब पो सफा छ.
    मैले भन्न खोजेको एती मात्र हो । हे बाबुराम, तिमीले सडक मा झाडु लगाउन पर्दैन बाबा । मलेशिया को फोहर उठाउँन सक्ने नेपालीले काठमान्डु को फोहर सजिलै उठाउँछ । तिमीले त गर्ने भनेको बेबस्था हो । बेबस्था: डम्पिङ साइडको, बेबस्था: डस्ट्बिन को, बेबस्था : फोहर उठाउँने कामदार को । त्यो पनि तिमीले गर्नु पर्दैन, नगरपालिका जुन नामैले “नगर” छ तेस्लाई “गरपलिका” बनाइदेउ । मास्क र पन्जा मा होईन, डस्ट्बिन किन्न पैसा खर्च गर्न भन । तब सफा हुन्छ काठमाडौं । एती मात्रै बुझे हुन्छ तिमीले, फोहर फल्ने ठाउँ भनेर लेखेको डस्टबिन देख्दा देख्दै कुनै मुर्ख ले बाटो म फोहर फाल्दैन । तिम्रो नगरपालिकको गाडिले दिनदिनै फोहर सिसडोल लगे, बाटो मा फोहर को थुप्रो लाग्दैन । हगेको मुतेको ट्वाइलेट को पानी बागमती मा नफाले बाग्मती फोहर हुँदैन । एती सामन्य कुरा पनि नबुझेर तिमी झाडु लगाउन हिड्यौ है ? ? धन्य तिम्रो बिध्वता । हे पशुपती नाथ यिनिहरु को बुद्धी कहिले पलाउने हो बाबा ? ?

    • बाबुराम लाइ थाहा नभएको त होइन होला, तेईपानी कुचो लगाएर सफा पार्छु, बिना पुर्भाधार सधै सफा हुन्छ भनेर नाटक गर्छ जनता को अगाडी.. अर्को शब्दमा छारो हाल्ने काम गर्छ जुन ठग हरुले गर्छन..छारो हाल्ने खतरनाक हुन्छन, कुनै अर्को उद्देश्य रहेको हुन्छ..
      तर मान्छे हरु, प्रेस हरु, त्यो कुरा question गर्दैनन्..दुर्भाग्य..सम्भिधन सभा मार्फत संघियता, अनि मान्छे मान्छे बीच जाती जाती बीच काटमार भए पछि थाहा हुन्छ किन सस्तो, प्रचार मा आउने, साधारण मान्चेहरुई भ्रम पार्ने काम सुरु देखि गरेको

  48. लौ यो नौटंकी सप्ताह पनि सकियो ! सबैले उचित ठाउमा फोहोर बिसर्जन गर्ने र का. म. न. पा. ले सुभिदाजनक फोहोर फाल्ने ठाउको व्यवस्था गर्नु पर्यो !

  49. कुनै पनि सचेत नागरिकले यस किसिमको कार्यक्रम को बिरोध पक्कै गर्दैन तर
    जब यहा ” सरसफाई अभियानमा खर्च ” भएको बिल हेर्छ नि त्यस पछी मनमनै
    पक्का सराप्छ !!!!!!!
    लौ भन्नेले भन्लान् हाम्रै प्रशासन उस्तो ! तर त्यस्तो प्रशासनका कर्मचारीलाई तह
    लगाउन सक्ने हाम्रा नेता छैनन् ??????????????????????
    माबोबादीको नेता देशको प्रधान मन्त्रि हुन पुग्या छन् !!!!!! नेता प्रधान मन्त्रीले
    कुचो समात्या छन् ! तिनले अनि तिनका त्यतिका बिधि सल्लाहकारहरुले रिपोर्ट
    गर्नु पर्दैन ???
    काम भन्दा हाम ठुलो गरेर पाए सम्म देश निचोर्ने — हरु !!!!!!!!!

    माईसंसारलाई धन्यबाद .
    आशा गरौ हाम्रा मिडियाले शब्दलाठि बर्षा गरिदिउन् ———

  50. भने पछि हाम्रा सर्बौत्कृष्ट दिमागी, कहिल्यै दोश्रो नहुने (र नचाहने पनि) डा डिग्री धारी महामहिमको ब्यबस्थापकीय खुबी पता भयो- फोहरमैलाको अफिस पनि भ्रस्टाचार नहुने गरि चलाउन नसक्ने! मुस्तांग गाडी र सस्तो टिकट आफ्नो खुबी अनुसारको मिल्ने नै छनोट रहेछ/ बेकार मा हल्ला मचाएर उधुम..

    अनि यो बेला न कुबेला सडकमा झाडु लगाउने रन्को किन चलेको हो? ….यिन लाइ सुहाउँदो जागिर कुचिकार कै हो कि?

  51. जता बाट हुन्छ ,देसको ढुकुटी सिदौने मा होडबाजी छ, डाक्टर पर्धन्मंत्री मा जनता को कत्रो ठुल्लो आशा छ,एक तिर तेत्रो जनता को रगत बगाएर हामी केहि गर्छौ वनेर सरकार चलौन्ने अर्को तिर देश को ढुकुटी सिदौने, अल्ली कत्ति प्रवाब करी काम गर्नु पर्य्यो ,२ करोड को म्ल्यांकन गर्न सक्न पर्यो

  52. बजेट/खर्च हेर्दा ‘पैसा खेलाउने’ले छ्याकन खाएकै देखिन्छ । यस अभियानको मात्र कुरा होइन यो, यो त सरकारी प्रवृत्ति नै हो, जसलाई ‘कमिशन’ भनिन्छ । यही कमिशनतन्त्रले पनि हो हाम्रो अर्थतन्त्र थलिएको ! जहाँसम्म यो अभियानमा भएको खर्चको कुरा छ, पैसा खेलाउने बाबुराम पक्कै होइनन् । उनले हदै गरे आफ्ना सहयोगीहरूले बनाएको बजेट स्वीकृतसम्म गरे होलान् । अब कुन सामानको मूल्य कति पर्छ भन्ने कुराको जानकारी प्रधानमन्त्रीले राख्नुपर्छ कि पर्दैन, त्योचाहिँ वहसकै विषय होला ।

    सारमा भन्नुपर्दा यो ‘राजनीतिस्तर’को भ्रष्टाचार नभई ‘प्रशासनस्तर’को भ्रष्टाचार हो ।

    • यो ‘राजनीतिस्तर’को भ्रष्टाचार नभई ‘प्रशासनस्तर’को भ्रष्टाचार हो भन्नु सरासर भ्रस्ट राजनीतिको पृष्टपोषण गर्नु हो, एस्तो भ्रस्टाचारलाई प्रशासनस्तर भ्रस्टाचार हो भन्ने हो भने अहिले सम्मका कुनै पनि दल तथा नेता हरुले भ्रस्टाचार गरेका छैनन्,वाग्ले,गुप्ता,खुमे,गोबिन्दे कोइपनि भ्रस्ताचारी होइनन,
      अर्को कुरा सरसफाई अभियानका लागि पैशा हैन समयेन्त्र बलियो बनाउनु पर्छ, का.मा.न.का.मा सरसफाइका लागि कर्मचारी प्रयाप्त छन् खाली उनीहरु को कामलाई प्रभाबकारी रुपमा अगाडी बढाउनु पर्यो नकी करोडौ रुपैया हावामा उडाई प्र.म.नै कुचो बोकी सडक बढार्दै हिड्नु पर्छ,

      • हुन त भ्रष्ट राजनीतिको उपज भ्रष्ट प्रशासन हो भन्नु पनि अत्युक्ति नहोला । तर हरेक कुरालाई सामान्यीकरण गरिनुहुन्न । राजनीति भ्रष्ट अवश्य छ, तर यसको पहुँचको एउटा परिधि हुन्छ । मेरो भन्नुको अर्थ यही हो महेश्वरजी ।

        जहाँसम्म अभियानको कुरा छ, यो एउटा जनचेतनामूलक कार्यक्रम हो । हुन त हाम्रोमा यस्ता कार्यक्रम त्यति प्रभावकारी छैन । तर जथाभावी फोहोर गर्नेहरूलाई कारबाही गर्नुका साथै यस्ता चेतनामूलक कार्यक्रम पनि सँगसँगै गर्नुचैँ अवश्य पनि प्रभावकारी हुन्छ । फोहोरको सबै जिम्मा कामपाको कर्मचारीमाथि मात्रै थोपर्नु एउटा जिम्मेवार नागरिकलाई सुहाउँदैन ।

        • पुष्पजी,
          तपाइको बिचारमा सत्यता त छ, तर त्यो सत्यता भित्र बसेर वर्तमान प्रधान मन्त्रि को अकर्यमन्यताको ढाक छोप पनि गर्ने प्रयास गरे जस्तो देखिन्छ। भ्रस्टाचार बिगतको राजनीतिको उपहार त पक्कै हो तर यस बिरुद्ध को लडाईमा बर्तमान प्रधानमन्त्रि पनि कम्जोर देखिएकोले भ्रस्टाचार गर्ने हरुको मनोबल उच्य बनिरहेको हो । यसको दोष सम्पूर्ण रुपमा प्रधानमन्त्रि लाई मात्र हैन सबै राजनीतिक पार्टी का नेताजीहरुलाई पनि बराबर रुपमा जान्छ ।

    • यस्ता भक्ति रसले ओतप्रोत भएका समर्थकको जत्था छन् , किन सुध्रुनु पर्यो नेताहरु?

  53. त्यो मास्कको खासा मार्केट (महाबौद) मा दर्जनको ८४ भाउमा पाउछ, यानीकि एउटाको जम्मा ७ रूप्पे मात्रै, जो कोहि सोध्न गए हुन्छ!! न्युरोडको फुटपाथ पसलमा सोधे सुरुमा ३० त भन्छ तर अलि मोलमोलाई गरे २० रूप्पे मै दिई हाल्छ !!! पचास हजार थान मास्क होलसेलमा नकिनी फुटपाथ मै किने पनि २० मै पाउने रहेछ गाठे!! राष्ट्रको दुकुती त दिल खोलेरै बगाए छ त !!!!

  54. दुर्गम गाउ मा चार ओटा विधालय बनाउने पैसा सहर मा एक हप्ता को नौटंकी मा सकाएर देखाउन खोजेको सब्यता लाइ निमुखा गाउले हरु ले नसरापोस…

  55. एक पटक तराईतिर एकजना हाकिम-साँप कृषि-बिकाशको लागि खटिएर गएछन अनि माछा पोखरी खन्नुको लागि बजेट निकाशा गरेर खर्लप्पै डकारेछन् /
    निज सरुवा भएसी अर्को हाकिम-साँप त्येही ठाउमा पुगेछन /
    हिसाप-किताप हेर्यो, चुस्त-दुरुस्त माछा-पोखरी हेर्नु गयो, एक कोदालो खनेको डोब पनि छैन / उनि रिपोर्ट केन्द्रमा पठाउछन् ” फलानो ठाउको माछा पोखरीमा केटा-केटि-घरपालुवा चौपायाहरु डुबेर मर्ने क्रम अत्यधिक मात्रामा भएको र सो पोखरी अत्यन्त खतरायुक्त भएकोले पोखरी पुर्नु तत्काल बजेट निकासा गरी पाऊ”
    फेरी बजेट निकासा भएछ /
    नया हाकिम-सापले पनि १००% बजेट झ्वाम /

    त्येही शृंखला अब काठमाडौँ सम्म आइ पुगेछ ,,,,चेतना भया /

    तेन्जिंग गाबा

  56. राज्य को धन जथाभावी खर्च गरेको मा त बिरोध गर्नै पर्छ !!! अनि त्यसको राम्रो संग छानबिन गरेर लुटेरा हरु लाई कारबाही पनि गर्नै पर्छ र त्यसको लागि हाम्रो आवाज सधै उठी नै रहन्छ ….तर तपाइंले लास्टमा भनेको ( …एक हप्तापछि केही फरक भएन भने चाहिँ?…. “) भन्ने कुरा चाँही अलि चित्त बुझेन है …..सहर सरसफाई जस्तो काम सरकार एक्लै ले गरेर कहिले पनि हुदैन त्यसको लागि ” मैले , तपाईंले , उसले ….सबैले “सहयोग गरे मात्र हुने हो ……
    ………कतै मन मा प्रश्न पनि उठ्ला कि खुब विदेश मा बसेर हामीलाई सिकाउछ भनेर …तर त्यस्तो नसोच्दा हुन्छ …. ४ महिना पहिले नेपाल जादा को एउटा अनुभव सुनाउछु …मलाई कस्तो बानी परिसकेको रैछ भने ..जस्तो बाहिर हिड्दा मार्ट मा चकलेट किने भने चकलेट चाँही मुख हाल्छु अनि त्यसको खोल चाँही नजिकै फोहोर फाल्ने भाँडो छैन भने आफ्नो गोजीमै हालेर हिड्ने गरेको बानी ….त्यस्तै भएछ ….. नेपाल(घर) जादा काठमाण्डौ बाट बसमा संगै नेपाल मै बसेको साथी पनि थियो …मैले चाँही चाउचाउ खाएर त्यसको खालि प्याकेट चाँही झोलामै राखे को देखेर उसले त अचम्म मान्दै पो सोध्छ त!! के हो तँ फोहोर घर लेर जानी भनेर ? यहीं फाल्दे केहि हुदैन खलासी ले साफ गरि हाल्छ नि त रे ! …..हो यस्तै यस्तै एउटा एउटा फोहोर ले गर्दा त होनी हाम्रो सहर को हालत तेस्तो भाको !!! कुरा बुज्ने कहिले होला खै ?? कि त्यति सानो कुरा सिक्न पनि सबै विदेश नै जानु पर्ने होकी ??

  57. नेताहरुको मन सफा भए पो ,,देश पनि सफा समाजको मन पनि सफा हुन्छ !नेताहरुको मन नही सफा छैन अनि कताबाट सफा हुन्छ ?जति नाटक गरे पनि जनताले बुझी सकेको छ नेताहरुको चालमाल !!!!!उही रास्ट्रको दिकुटी सक्ने मेलो मात्र हो !

  58. फोहर उठाउने कन्टेनर चार दिनमा एक चोटी आउँछ, कहिले त एक हफ्ता सम्म पनि आउदैन, त्यो मात्र ब्यबस्थित गरि दिए पुग्छ / यसरी ठुला बडाहरु कुचो लिएर सडकमा आउनु नै पर्दैन थियो नी / बेकारमा २ करोड नाश /

  59. आज फोहोर मैला जम्मा गर्न २० लाख लाग्यो भन्छन भोलि फोहोर उठाउने सामान किन्दा ४० लाख लाग्यो भन्लान के यो सब पत्याई राख्नु? बेकुफ बनाउने पनि हद हुन्छ्नी … कति लुट्न सकेका धन्न नेपाली आमा सहेर बसेकी छिन

  60. I have experienced that Nepalease want to becomoe millionare in a night without working hard in their life.Imagine if goverment give authorised to collect KTM rubbish to private company I am pretty sure KTM will have 50% less rubbish than now.And If make a law that if somebody throw their rubbish in the street,river or in a open place they should be fined with high amount of money and also give him a week punishment to swipe and clean arroumd the city.But who gonna impliment this!!!!!!!!!!

  61. सबै तिर भ्रस्टाचार मात्र हेरनी? जे मा पनि उल्टो हेरनी? के हो ब्रो? यस्तो राम्रो काम को तारिफ पनि गरु न कसो ???

    • ब्रो लै पनि अलि अलि भाग बन्दा आउँछ कि क्या हो ? सार्है तेनसन लागेछ त ? भ्रस्टाचार भन्ने चिज १ सुकाको पनि हुनु हुन्न |

  62. यदि यो खर्चले नेपालि जनताको जताततै फोहोर गर्ने बानिमा ५०% मात्र परिवर्तन आउछ भने हामीले अबस्य भन्नु पर्छ well done!

  63. सडक सफा गरे भनेको त ‘ढुकुटी’ पो साफ पारेछन त डा.(डाका)हरु ले थुक्क भात हरु हो…….

  64. Dr Bhattarai has turned out to be “penny wise pound fool” guy. It is shameless to see him cleaning the streets of Kathmandu when in fact he should be engaged in concluding peace process and writing of the constitution. I suppose Dr. Bhattarai lives in his own world.

Comments are closed.