जातीय संघीयताका पक्षमा

[माइसंसारका लागि नियमित ब्लग लेख्‍ने वाचाका साथ झुल्किएका एक नयाँ ब्लगर हुन्- ‘परिवर्तन’। दुनियाँले सतहबाट हेर्दा वाहवाह गर्ने विषयको गहिराइमा पुगेर विश्लेषण गरी प्रहार गर्नेछन् उनी। उनको यो विश्लेषण र विचारप्रति बहसका लागि स्वागत छ। सत्य तीतो हुन्छ। त्यसलाई धेरैले पचाउन सक्दैनन्। त्यसैले उनको परिचय अहिलेलाई यही नाममा सीमित छ। उनलाई व्यक्तिगत रुपमा सम्पर्क गर्न उनको इमेल ब्लगको मुनि राखिएको छ]

-परिवर्तन-

जातीय संघीयता?

हिजोका दिनमा संघीयतामा जान हुन्छ वा हुन्न बहस नभई सबै संघीयताको लहरमा बगेजस्तै हाल आएर एकाएक संघीयता विरोधी वा कम्तिमा जातीय आधारमा संघीयतामा जान हुन्न भनेर एकोहोरो बहस चलाउन थालिएको छ र यस बहसको पक्षमा कमल थापा, चित्रबहादुर केसी, भीमार्जुन आचार्यहरू मात्र होइनन् कैयौं कथित लेखक, बुद्धिजीवी र नेपाली कांग्रेस तथा एमालेका अधिकांश तथा माओवादीकै केही व्यक्तिहरू एकोहोरो रटान लगाइरहेका छन्। अर्थात्, जातीय संघीयता हुनुहुन्न भनेर शुरू भएको यो बहस विस्तारै संघीयता नै हुनुहुन्न भन्नेतर्फ केन्द्रित हुँदैछ र त्यसमा खास वर्ग, क्षेत्र वा जातका मान्छेहरू जुनसुकै पार्टी, पेशा र स्थानका भए पनि एकै ठाउँमा उभिएका छन्।

काठमाडौंमा लेखक, पत्रकार, वकिल वा अन्य पेशामा आवद्ध कथित बुद्धिजिवी मात्र होइन जिल्लामा हालसम्म हालीमुहाली गरिरहेका त्यही जात वा पेशाका मान्छेहरू ‘हाम्रो जिल्ला टुक्र्याउन पाइन्न, हाम्रो अञ्चल टुक्र्याउन पाइन्न’ भनेर आन्दोलन गर्न थालेका छन्। माओवादीका लेखराज भट्ट यसैका उदाहरण हुन्। उनी र उनीहरूकै आसेपासेले कायम गरिरहेको हालसम्मको हालीमुहालीको अन्त्य होला भनेर उनीहरू थारूहरूलाई अधिकार दिनुभन्दा समग्र सुदुरपश्चिम एउटै हुनुपर्छ र त्यसको नेतृत्व मैले गर्न पाउनुपर्छ भनिरहेका छन्। यसमा उनी मात्र होइन, शेरबहादुर देउवा र भीम रावल एकै ठाउँमा उभिएका छन्। अर्थात् पहाडी मुलका यी ‘मालिक’हरूलाई आफ्नो दवदवा गुम्ने डर छ। उनीहरूको वर्चश्व गुम्ने र उनीहरूका चाकडी गर्नेहरूको ठाउँमा नयाँ समूह वा वर्ग सत्ता शक्तिमा आउने तथा उनीहरूले ती समूहलाई कज्याउन नपाउने भएकाले हिजोदेखिको उनीहरूको शासनको अन्त्य हुने डर उनीहरूलाई छ।

वर्चश्व खुस्कने डर

१०० वर्षदेखि हालीमुहाली गर्दै आएको एउटा क्षेत्र, वर्ग वा जातले केही वर्षका लागि अरूको नेतृत्वमा काम गर्न के को अप्ठेरो? अन्य व्यक्तिहरूलाई हक, अधिकार दिंदा किन आपत्ति? ५-१० वर्ष पश्चिम तराईमा थारूहरू नै मुख्यमन्त्री बन्दा यिनीहरूलाई किन आपत्ति? यिनीहरूलाई किन टाउको दुख्नुपर्ने? अहिलेसम्म थारूहरू कृषकका रूपमा मात्र होइन कमैयाका रूपमा बाँचिरहेको सन्दर्भमा ५-१० वर्ष उनीहरू सामाजिक, राजनीतिक, आर्थिक वा प्रशासनिक क्षेत्रमा केही अगाडि आउँछन् भने यिनीहरूको टाउको किन दुख्नु पर्ने?

पहिलोपटक यिनीहरूको हालीमुहालीका विरूद्ध पश्चिमको थारू, दलित, जनजाति, मधेशी वा मुसलमानहरूले आवाज उठाएका छन् तर त्यसैलाई देश टुक्रन्छ वा जातीय झैंझगडा हुन्छ भन्ने नाममा उनीहरूको अधिकार खोस्न वा उनीहरूलाई अधिकार नदिन खोजिदैछ।

‘काजी’हरूले फेरि एकपटक जालझेल गर्न खोजेका छन् र फेरि एकपटक आफ्नो वर्चश्व र हालीमुहाली जस्ताको तस्तै हुने व्यवस्था गर्न खोजेका छन्। जातीयताका आधारमा राजनीतिक गर्न हुन्न वा संघीयतामा जान हुन्न भन्ने हो भने के अहिलेको राज्य व्यवस्था जातीय आधारमा छैन? के मधेश आन्दोलन नभएको भए वा महन्थ ठाकुर, विजय गच्छेदार र जयप्रकाश गुप्ताले नेपाली कांग्रेस नछोडेको भए वा उपेन्द्र यादव त्यति शक्तिशाली नभएको भए यी पहाडीया बाहुन/क्षेत्रीहरूले रामवरण यादव र परमानन्द झालाई राष्ट्रपति तथा उपराष्ट्रपति बनाउँथे?

अहिले ठूला-ठूला कुरा गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई देखाएर देश समावेशी हुँदैछ, सबैले समान अधिकार पाउँछन् भनेर भ्रम उत्पन्न गराइँदैछ। यी वेकारका कुरा हुन्। अहिले देखाउनका लागि भएको केही काम वाध्यताले भएका मात्र हुन्। गच्छेदार वा महन्त ठाकुर कांग्रेसमै भएका भए गच्छेदारले गृहमन्त्री उनी बाँच्दासम्म पाउने थिएनन्। त्यहाँ गृहमन्त्रीका लागि कि शेरबहादुर देउवा कि त खुमबहादुर खड्का नै उपयुक्त हुन्थे। एमालेमा पनि गृहमन्त्री रामचन्द्र झाले जिन्दगीभर पाउने छैनन् किनभने त्यहाँ भीम रावल नै बाँकी छन्। त्यसैले जतिसुकै जात, धर्म वा क्षेत्रका आधारमा राजनीति गर्न हुन्न भने पनि माओवादीमा प्रचण्ड, बाबुराम पछि समावेशीका नाममा सत्ता हस्तानन्तरण नै भयो भने त्यो नारायणकाजीमा सर्ला, रामबहादुर थापामा सर्दैन।

यो वर्तमान नेपालको यथार्थता हो। हामीले जति जातीय आग्रह, दुराग्रह राख्‍नुहुन्न भनेर भने पनि, हामीले क्षेत्रीय भावनामा बग्नुहुन्न भनेर जति भने पनि ती भन्ने कुरा मात्र हुन्। हाम्रो व्यवहारले राम्रा काम गर्नेहरूलाई जात, भाषा वा क्षेत्रका हिसाबले भेदभाव नगरी अगाडि बढाएको देखिन्न। केही वर्षका लागि ‘सकारात्मक विभेद’ गरी केही समुदाय, जात वा वर्गका मान्छेलाई अवसर नदिई यो समस्या समाधान हुने कुनै लक्षण देखिन्न। यसले बाहुन, क्षेत्री वा पहाडीयालाई केही अप्ठेरो पर्ला, आफुले खाँदै आएको र वर्चश्व राख्दै आएको क्षेत्र छोड्नुपर्ने स्थितिले केही दु:ख पनि लाग्ला। यस्तै स्थिति देखेर नै केही मान्छेहरू बौलाइरहेका छन्, अनि संघीयता हुनुहुन्न, जातीय आधार मान्दैनौं, हाम्रो जिल्ला, अञ्चल टुक्र्याउन दिन्नौं, सामर्थ्यका आधारमा संघीयता हुनुपर्छ आदि आदि भनिरहेका छन्।

सामर्थ्यका आधारमा संघीयता?

उनीहरूका यी तर्कहरू बेकारका छन्, किनभने सामर्थ्यका आधारमा संघीयता हुने हो भने मधेशलाई किन संघीयता नदिने? सामार्थ्यका आधारमा मात्र संघीयता हुने हो भने यो देशको नै के सामर्थ्य छ र? यसलाई सिङ्गो देशका रूपमा राखिरहने? एकथरि विद्वान् तथा पत्रकार र कांग्रेसका नेताहरू हिमालदेखि तराई मिलाएर संघीयता बनाउने भनेर कराइरहेका छन्। के यसो गर्दा सर्लाही र रौतहटका जनता फेरि काठमाडौं आउनुपर्ने? के उहाँहरू बस चढेपछि घर नफर्कदा सम्म अपमानित हुनुपर्ने? माइक्रो बसका पहाडीया ड्राइवर वा खलासीबाट हुने ‘अव्यवहार, धोती, मदिसे, वा इण्डियन’का आरोपबाट प्रताडित भइरहनुपर्ने? के जहाँ पनि जतिखेर पनि अपमानित भइरहनुपर्ने? के पहाडीयाहरूको मानसिकतामा परिवर्तन भएको छ? के पहाडीयाहरूले उनीहरूलाई पनि आफ्नै दाजुभाइ जस्तै गरी व्यवहार गर्न सिकेका छन्? के बसका स्टाफ, प्रहरी, प्रशासन, अदालत वा अस्पतालहरूमा उनीहरूलाई अन्य पहाडीयालाई गर्ने जस्तै समान व्यवहार गरिन्छ?

काठमाडौंका कुनै पनि सार्वजनिक ठाउँमा उनीहरूप्रति पहाडीयाहरूले गर्ने व्यवहार हेरेपछि, उहाँहरू प्रति हुने जातीय वा क्षेत्रीय भेदभाव देखेपछि पनि के तपाईँ र हामी मिलेर बस्नुपर्छ, जातीय सद्भाव विग्रन हुन्न, तपाईंहरूले हामीले गरेको अन्याय सहेर पनि मधेशको छुट्टै संघ नमान्नुस्, पहाडसँग मिलेको संघमा बस्नुस् भनेर भन्न मिल्छ? के माथिबाट तल चिरेर संघ बनाउँदा दोलखा र जनकपुरको सम्बन्ध राम्रो हुन्छ? कसरी यी दुई जिल्लाको सम्बन्ध नजिक हुन्छ? कसरी यी दुई जिल्लाहरूका भाषा, संस्कृति, बोलीचाली वा आर्थिक कारोबार सम्भव छ? त्यो सम्भव छ भने कहिले, कुन पुस्ताको पालोमा सम्भव हुने हो? धनुषाका जनतालाई पूर्वमा झापा वा पश्चिममा कञ्चनपुरका जनतासँग सम्बन्ध कायम राख्न जति सजिलो हुन्छ के त्यति नै सजिलो दोलखाका जनतासँग होला?

संघीयता विरोधीहरूले सामर्थ्यको कुरा गरेको संघीयता नहोस् भन्‍नका लागि मात्र हो, उनीहरूले वास्तवमै सामर्थ्य वा आर्थिक रूपमा जनताको प्रगति होस् भनेर जातीय संघीयताको विरोध गरेको होइन। उनीहरूले आफ्नो वर्चश्व तोडिने डरले मात्र संघीयतालाई आर्थिक वा सामर्थ्यतासँग बढी जोडेका छन्। हो, यी कुराहरू पनि आवश्यक छन् तर यसका आधारमा मात्र संघीयता हुने हो भने मधेशको त सामर्थ्य र पहिचान दुवै छ, मधेशलाई संघीयताको अवसर किन नदिने? तर, उनीहरू त्यो दिन पनि चाहँदैनन्। मिडियामा, राजनीतिमा जताततै उनीहरूको बाहुल्य भएकाले उनीहरूले मिलेर यो बहस चलाएका मात्र हुन्। उनीहरूले समाधानका लागि होइन वरू आफ्नो वर्चश्व खुश्कने डरले यो बहसलाई अगाडि बढाएका छन् र आम जनतालाई भ्रमित पार्न खोजेका छन्। जनता र कतिपय राजनीतिक नेतालाई पनि अब साँच्चै ‘जातीय संघीयता’ नराम्रो पो हो कि भन्ने लाग्न थालेको छ र जनताले चित्रबहादुर केसीका कुराहरू पत्याउन थालेका छन्। जातीय संघीयतालाई अनावश्यक डरका रूपमा प्रस्तुत गरिएको छ, डराउन दिइएको छ र देश टुक्रने भ्रम दिइएको छ। यसमा हिजोदेखि देशमा हालीमुहाली गर्नेहरू सबै एकैठाउँमा लामबद्ध भएर लागेका छन् र देश, प्रशासन, अदालत, मिडिया र नागरिक समाज अहिलेसम्म पनि उनीहरूकै हातमा छ।

(परिवर्तनका लागि भएका हरेक आन्दोलनका पक्ष तथा Populism का विरूद्धमा नियमित लेख्ने वाचाका साथ मैले यो लेखन शुरू गरेको छु। यहाँहरूको सुझाव, माया र गाली सदैव प्रेरणाको स्रोत हुनेछन्।)

[email protected]

190 Comments

  1. जातीय पहिचान र जातिय सस्कृति को सम्मान र बिकाश हुन जरुरि छ, जबर्जस्ति हिन्दु धर्म लाधिनु , अरु कुनै जनजाती को भाषा मा पुस्तक स्क्कूल हरु मा पढाई हुदा राष्टले ति जातिका मान्छे हरुलाई पक्राउ गर्नु . अरु जात जतिको लिपि सस्कृति जलाउनु खासै राम्रो कुरा होइन अनि यो सारै पुरानो समयमा घटेको घटना पनि होइन . २०४६ साल सम्म त सबैले धेकने गरि गरिन्थ्यो पछि डिप्लोमेटिक तरिकाले गरिदै छ मेरो बाजे ले हो दशैं मा रागा काटेर रगतको पन्जा छाप भित्तामा लगाएको प्रहरी चेकक गर्न आउदा, यो सबै कुरा नियाल्दा धार्मिक र सास्कृत सोसन त भएकै छ भन्दैमा एसको समाधान जातिया राज्य चै होइन एसले केहि न केहि समाज मा धमिलो पन औछ बरु निश्चित जिल्ला छुट्याएर सबै जति धर्मको समुन्नती को अभिभारा तेस क्षेत्र को बौद्धिक वर्ग ले लिनु पर्चा

  2. आदिबासी जनजातिहरुले आफ्नो हक मात्र खोजेका हुन्, न कि देश नै तुक्रयौना खोजेको होइन अब कुरो आयो जनजाति को बाहुल्य भएको स्थान मा अरु जातिले पेलाई खाने भए ?
    त्यो कदापि होइन, कुरो एकदम छर्लंग छ त्यो स्थान को नाम मात्र हो तर तेही का बासिन्दा जो कोहि पनि सो स्थान को प्रतिनिधित्तो गर्न सक्छ, न कि केन्द्र बाट नियुक्ति गर्ने होइन ! विकेन्द्री करण को नियेम लाइ येसरी लागु गर्ने हो, न कि हाल को नाम मात्र को विकेन्द्रीकरण हुदैन, कुरो एस्तो हो यसलाई बन्गायेरा प्रतिक्रिया लेख्ने बिध्वान जी हरु बुझेर पनि फेरी अबुझ जस्तो प्रतिक्रिया लेक्नु हुन्छा भने आफ्नो अन्तिम ईच्छा पुरा गर्दै गर्नु!!!!!!चेतना भया

  3. विश्वास जी ,

    तपाई पनि आफ्नो छाती मा हात राखेर भन्नुस त तपाई को हुदाखादा को जागिर खोसिनु को कारण ? तपाई मा के कमजोरी थियो ? यदि तपाईले राम्रो काम गर्नु भएको भए त पक्कै पनि खोसिन्न थियो होला अरु लाई नराम्रो भन्नु भन्दा पहिले आफुले आफु लाई छिन्न नसक्नु तपाई को ठुलो कमजोरी लग्यो मलाई भन्छननी बुध पाका ले ( अरु को जिउ को जुम्रा पनि देख्ने तर आफ्नो जिउ को भैशी पनि नदेख्ने ) आफु गल्ति गर्ने अनि अरु जात लाई दोष ? कुनै जात ले तपाई लाई जागिर दिए को हो र ? येस्ता बकम्फुशे कुरा तपाई जस्तो शिक्षित ले नगर्नु भए को भए कति राम्रो हुनेथियो हाम्रो देश र हामी नेपाली !

  4. सुरेशजी, तपाइको लक्षित कमेन्टमा आफूलाई निकै आधुनिक शोचबादी देखाउन खोजेर बिध्वता प्रदर्शन त गर्नु भयो, तर मैले जातिय राज्य ठीक होइन भनेकै भरमा मलाई सत्रौं शताब्दि तिर धकेल्दिनु भयो, वास्तवमा एकीकृत नेपाललाई बिभाजन तिर लैजाने सोच चाहिं सत्रौं शताब्दीको हो है. जातीय राज्य बनाउनु पर्छ भन्ने चाहिं सबैलाई बिध्वान सम्झिनु होला नि है?

  5. सुरेशजी, धन्यवाद! बडो सभ्य भाषामा झापड लगाउने कोशिस गर्नु भयो. सबै जाति मिलेर देश निर्माण गर्ने भन्ने कुराको आशयमा कहाँनेर मलाई बिरोधी देख्नु भयो, त्यो प्रस्ट पार्नु भएको भए तपाइंको कमेन्ट पूर्ण हुन्थ्यो. आफुलाई स्वघोषित बिध्वान सम्झनु भएकोमा मलाइ पनि हाँसो उठ्यो है.

  6. कति घटिया सोच र जातीय विभेदमा जकडिएको १७औ शताब्दीको जस्तो सोचले ग्रस्त प्रतिक्रिया, पढ्न पनि लाज लाग्यो अहिलेको आधुनिक युगमा पुरातन सोचहरु देखेर आशमा क्षेत्रीको पृष्ठभूमि,योग्यता आदि लेखाइ बाट नै महसुस हुन्छ,पूर्ण शिक्षाको अभाव |त्यसैले आजको यो आधुनिक सबै जातजातिका नेपाली हातेमालो गरि राष्ट्र निर्माणको महान दिशामा सहभागी हुने सकारात्मक संदेश दिने क्षमता छैन भने कृपया हामी विभिन्न जातजातिका एक महान आत्मीय नेपालीलाई फुटाउने खालको संदेश दिने दुस्प्रयास पनि नगर्नु होला!”आशमा क्षेत्री” चेतना भया…..

  7. संघियताको बिरोध भैरहेको बेलामा झनै जातिय संघियताको कुरा? वास्तबमा संघियता नेपालमा सही छैन, तै पनि शीघ्र विकास हुन्छ भन्ने धेरैलाई लागेको हुनाले समर्थन जुटेको छ। मौकामा जति प्राप्त भयो त्यसलाई संस्थागत गरिहालौ भन्ने हो। सबै जातिलाई समानुपातिक निर्बाचन प्रणाली मार्फत राज्यको उच्च निकायमा पुग्ने ढोका खुल्ने नै छ। जातिय राज्य बनाउदा त्यहां बस्ने अन्य जातिको भावना कुन्ठित हुदैन र? उनीहरुले कसरी आफ्नो राज्य भनी अनुभूत गर्ने? बरु सबैलाई समेटने र सबैको भावनालाई प्रतिनीधित्व गर्ने कुनै नाम राख्दा सबैको राज्यप्रतिको भावनात्मक एकत्व र दायित्वको बोध पनि प्राप्त गर्न सकिन्छ। साठी भन्दा बढी जनजाति भएको हाम्रो समाजमा केहि सिमीत जनजातिले आफ्नो नाममा राज्य माग्नु भनेको अन्य जनजाति माथि गर्न खोजेको शीधा अन्याय होइन र? क्षेत्री-बाहुनको कुरा त अहिले नगरौं। उनीहरुलाई त बदला लिने अरे! हा हा हा!

  8. काठमान्डुका नेवारले जातिय राज्य प्राप्त गरेर धरानका नेवारहरुले के पाए, उनीहरुले के अधिकार प्राप्त गरेको महशुष गर्लान्? बाग्लुङको क्षत्रीले कर्णालीमा प्राप्त भएको खशान राज्यबाट के गर्व महशुष गर्नु? जातिय राज्यमा बस्ने अन्य जातजाति त फेरि निष्चित जातिको पेलाईमै बस्नु पर्ने भयो। हामीले चाहेको समतामूलक समाज यस्तो त हैन। अहिलेको असमान अबस्थाबाट समान बनाउने पो हो त। बिध्यमान १०१ जातजाति सबैलाई राज्य दिने भन्दा पनि यो कुरा मिल्ने त देखिदैन। त्यसकारण मेरो भनाई छ सम्बिधानको नजरमा सबै जातजाति समान हुनुपर्छ। पिछडिएको जातजातिलाई अगाडि ल्याउनको लागि निष्चित अबधिकोलागि लागू हुने गरी कानून बनाउनु पर्छ। सबै जातजातिको भावनालाई स्विकार्य हुने गरी राज्यको नामाकरण गरिनु पर्छ। परिबर्तनजीले ब्यक्त गर्नु भएको तीतो बिगतलाई पुरै इन्कार गर्न त मिल्दैन, तर समस्या समाधानको पाटोमा उहां एकोहोरो रुपमा प्रस्तुत हुनु भएको छ। उहांको एक मात्र उद्देष्य पहिला अरुले गरेको हालिमुहालीलाई आफ्नो हालिमुहालीतिर लैजाने देखिन्छ न कि सबैलाई समेट्ने गरेर। त्यो त सपना देख्न्न सकिएला, यथार्थमा असम्भव छ। संघियता प्राप्त गर्नु नै महान उपलब्धि सम्झनु पर्छ। जातिय संघियता खोज्नाले झनै संघियताका बिरोधीलाई प्रबल बनाए जस्तो महशुष हुदैछ। यसलाई अस्वीकार गर्नेले रक्तपात जातिय लडाई गरेरै जातिय राज्य लिई छाड्छौ भन्ने भावनात्मक उक्ति दिन सकिएला, तर त्यो कम मूल्यवान त हुने छैन। फेरि सफल होला भन्ने पनि के को ग्यारेन्टि? बरु उत्तम उपाय के देख्छु भने हाललाई जुनै नाममा भए पनि संघियतालाई स्वीकार गरी पछि राजनैतिक र लोकतान्तृक संघर्षबाट सो दिशामा अघि बढ्न सकिन्छ। अरुलाई कमजोर देख्ने अभिष्ट नगर्दा राम्रो।

    • दशकौ देखि लगातार अनि बिशेष गरेर विगतका केही बर्षमा पिछडिएका जातिहरुलाई पनि समावेश गर्ने भन्ने राग जोडतोडले सुनिएको हो तर कार्यन्वयनमा सो हुन् सकेको छैन| यसको मुख्य कारण खाईपाई आएकाहरुले आफ्नो वर्चस्व कायम राख्न खोजेर हो| अहिले देखिएको एउटा मात्र निकास जातीय संघियता हो तर यसमा पनि झेला गरेर केन्द्रमा शक्ति संचित गरेर चाबी उनीहरुकै हातमा राख्ने हो भने भोलि त्यसले अर्को फेरी कुन समस्याको बिजारोपण गर्ला त्यो भन्न सकिन्न, तर कल्पना गर्न सकिन्छ|
      यसलाई खाईपाई आएकाहरुले कैले लैंगिक तर्फबाट महिला कोटामा उनीहरुकै जात अघि सारेर र कैले दलितलाई ढाल बनाउन खोजी अघि सारेर र केही न केही झेला गरेर वाधा अड्चन खडा गर्न खोजिरहेका छ भने कहिले १०१ जात जातिलाई प्रदेश दिएर सम्भव हुँदैन भन्ने भड्किलो बेतुक दिएर अनि देश टुट्छ भन्ने त्रास सिर्जना गर्न खोजिरहेका छन्|
      मुखले चाहि जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी जप्ने अनि इन्डियाको काशीमा मरण प्राप्त गरे स्वर्ग पुगेको स्वप्न देख्नेहरु संग सतर्क हुनपर्छ| आउँदा दिनहरुमा ती चलखेल गर्न माहिर जोद्धा हरुले भाई भाईमा फुट पैदा गर्न बाट सचेत र सतर्क बनौ| नंया वर्षमा हामी नेपाली सबै एक हौ र सबै नेपालीको समान अधिकार र बिकाशकोकामना गरौ र दृढ चाहना राखौ| नव वर्षको शुभकामना|

  9. परिबर्तन जी !
    जातीय जमिन्दारका पछ्यमा उभिएर तपाइले जनताको आर्थिक सामाजिक परिबर्तन लाइ ओझेलमा पार्नु भयो / नेपालको समस्या जातीय र बर्गीय दुवै हो/ परसु ना. चौधरी, हिरा लाल बिस्वोकर्मा हुदै राम बरण यादव र गच्छेदार सम्म आइपुग्नु लाइ तपाइले धेरै खुसि ब्यक्त गर्नु भयो / तर यस बाट मदेसी हरुको के हित भो र / सामाजिक विभेद अन्त्य गर्ने बिसय मुख्य हो / आर्थिक रुपमा हेर्दा बर्गीय कोण बाट सोच्नु पर्ने होइन र ? संघियता बिना नेपालको बिकास सम्भब छैन भन्ने कुरामा बिबाद हुनु हुदैन /
    हाम्रो समस्या भनेको सामाजिक विभेद र आर्थिक शोसन दुवै हो / यहाँ आफुलाई कथित ठुलो जात भन्ने हरुले अर्को लाइ हेप्ने, एक दलित ले अर्को दलित लाइ अछुत मान्ने, पहाडमा मधेसी लाइ र मधेसमा पहाडेलाई हेप्ने जस्ता सामाजिक भेदभाब हरु छन् भने आर्थिक अत्याचार हरु त्यस्तै छन् / मधेसकी बुढी आमा लाइ बोक्सीको आरोपमा दिसा खुवाउने मधेसी र अन्तरजातीय बिहा गरेको आरोपमा ज्वाईंको हत्या गर्ने पहाडेमा के फरक छ र /
    जहान सम्म आर्हिक सम्पन्नताको कुरा छ, पहाडे र मधेसीहरु मा को गरिब भन्ने मापदण्ड छैन / पहाडे ले पहाडेलाई र मधेसीले मधेसीलाई सोसन गरेकै छन् / अत आमुल परिबर्तन बिना यसबाट मुक्ति सम्भब छैन र आमुल परिबर्तन वर्ग संघर्ष बिना सम्भब छैन / सबलाई चेतना भया /

  10. प्राय धेरै मत सकारात्मक होस या नकारात्मक पाएका हरु को बिचार पढ्दा सबै मा देश को माया अगाध छ तर जातिय भुत ले भने प्राय लाइ छोएकै छ. जातिय राज्य भित्र नअट्ने कुरा क्षेत्रीय राज्य मा अट्छ भन्ने कुरा सबै ले बुझुम, सहि हो मधेसी हरु ले अधिकार कम पाएकै हो, न्याय खोज्नु जायेज हो तर देश टुक्राएर बिदेशी को छल मा पर्नु चाहि पक्कै नराम्रो हो. मा मधेसी को पक्ष्य मा तर जातिय स्वार्थ को लागि भारतिय सोच भाको बिपक्ष्य मा.जय नेपाल.

  11. माईसंसार मा जातीय संघियता को विपक्ष मा कमेन्ट लेख्नु भनेको रछ्याल्नु चलाउदा मुख मा छिटा परे जस्तो भो !!!!!!!!!!
    बेनामे नाम हरु बाट जात्रा, मुर्ख, काँतर जस्ता शब्द हरु ले मलाइ स्वागत गर्नु हुने महानुभाब हरु लाइ मेरो तर्फ बाट हार्दिक अभिनन्दन गर्दछु /
    धन्यबाद

    • धितालजी दुख लाग्यो तपाईले व्यक्तिगत बनाएर मनैमा लिनु भएको सुनेर| personally नलिनु होला| यो तपाईलाई होइन, तपाईका तर्कहरुलाई जवाफ फर्किएको हो| मुखमा मह पसुन भनि मौरीको चाको चलाए जस्तो गर्नु भएन है| सामुदायिक बहसमा उत्रिदा तर्कहरु चारै तिर बाट आउन सक्छन| लिने नलिने आफ्नो बिचार हो| internet जमाना अलिक विचित्रकै छ हघि! 🙂 माइन्ड नगर्नुस है| तपाईको जानकारीको लागी, monish pokharel र परिवर्तन भनेको म हुइना| मेरो नाम नेपाली(राम्ररी पढ्न सल्लाह छ) नै हो| जालझेल गर्न छद्म नाम राखेको होइन| धन्यबाद|

  12. होइन यो बिसयेबस्तु को लेख भन्दा लामो प्रतिक्रिया लेख्ने हरु आफु हरुलाई निकै बिध्वान ठान्छन कि कसो, हे स्वयं घोसित बिध्वान का पाजी हरु हो
    तिमीहरुले जति नै इतिहास रटाए पनि, अनि नेताका पाजी हरुले जति नै भासन छाते पनि
    आजा जनता सजक भैसकेका छन् , देश लाइ कस्तो सासन चाहिन्छा ? यो सबैले बुझी सकेका छन् र बुझ्ने छन् !
    फरक एती नै छ त्यो समय रक्ता पात पश्चात हुने कि अघावै ?
    तेत्ति मात्र हो

  13. नेपाल को स्थिति अरु देश भन्दा धेरै फरक छ. येहाँ सबै जातहरुले (जाति हैन ) मिलेर विदेशी अतिक्रमणकारीहरुलाई माटो सुन्घाएको गौरवशाली इतिहास छ. तेसैले विदेशीहरुले कहिले कथित Aryan invasion theory (हाल गलत प्रमानित भैसकेको ) का मध्यम बाट, कहिले अरु बहानामा नेपाली हरुलाई लडाएर रमिता हेर्न खोजिरहेका छन् . कालो राणाकाल छोडेर नेपालमा अहिलेसम्म कुन कानुनले कुन जात लाइ अघि बढ्न रोकेको छ? अमेरिका मा काला समुदाय वा विश्व का अरु देश मा जस्तो सरकारले कहिले विभेद गरेको छ? कुनै पेशामा सहभागिता जात विशेसको रुची आदि कुरामा निर्भर गर्छा. नत्र भने नेपाली क्रिकेट टोलि मा तराई वाशी नेपाली हरु को राम्रो सहभागिता छ, तर फूटबल टोलिलाई पनि समावेशी वा समानुपातिक प्रतिनिधित्व को कुरा किन कसैले उठौन्दैना? अहिले नेपाल का सबै समस्यालाई एउटी भाँडोमा हालेर येस्तरी घोलिएको छ कि तिनको वस्तुगत विश्लेशाना र समाधान धेरै परको कुरा हुन लागिसक्यो . नेपाल मा अहिले सबै भन्दा धनि र सिक्छिता जात कुन हो भनेर सबैलाई थाहा छ, येसरी सम्पन्न भएका हरु नै राउटे, कुसुण्डा लै देखाउंदै कहिले सम्म सरकार संग हात पसार्ने? लेनिनको किताब पढेर उता असफल भएको कुरा हाम्रो पवित्र भुमि मा जबर्जस्ति लागु गराउने मुर्खता नगरौं. १०३ .. जात भएको देशमा १४ वटाको नाम मा भाग लाउने अरु चाहिं वाल्ल परेर पछी लाग्छन भन्ने कुबुड्डी यूरो, पाउण्ड र भारुले दिए भन्दैमा फोहोर को पछी लागेको सुन्गुरझें पुछार हल्लौन्दै पछी लाग्ने र हजारौं वर्षदेखि मिलेर बसेका आफ्नै बन्धु हरु संग शत्रुरा गर्ने दुस्साहस ठिक हैन.

  14. जातीय राज्य गलत छ किनकि……
    १) जातीय भेदभाब जति हाम्रो बाजेको पालामा थियो त्यो भन्दा कम हाम्रो बा हरुको पालामा भयो अनि अहिले झनै कम र हाम्रा छोराछोरीको पालामा कम पक्कै हुनेछ. यो जात भन्ने कुरा भूमंडलइकरणको कारणले र मानब सब्भयताले संचार र यातायात मा मारेको छलांग ले कसैलाई पनि एक्लै राख्ने सक्दैन.
    २) मान्छे जे हुन्छ या हुनु पर्छ आफ्नो बलबुताले हुनु पर्छ. हिजो कसैले कसैलाई हेप्यो होला तर आज कसले कसलाई जातीयताको आधारमा हेप्न सक्छ. अहिले नेपालमा पैसाले मान्छेलाई हेपिन्छ जात ले भन्दा.
    ३) पहिला बाहुन छेत्री पक्कै धनि थिए तर अब उनीहरुको आर्थिक अवस्था पहिले भन्दा धेरै खस्केको छ. जो पहुच्वाला छ, जसले पैसा कमाएको छ उसैको हालीमुहाली हुन्छ. अनि पैसा कमाउन नेपालमा मात्रै सिमित हुनु पर्दैन. बाहुन छेत्रिमा जागिरे प्रबित्ति ज्यादा छ जसले सिमित स्तरसम्म मात्रै आर्थिक रूपमा माथि उठाउछ. धनाड्य र सक्तिसाली बनाउदैंन.
    ४) जति दार्चुलाका मान्छेलाई कन्चनपुरको जरुरत छ अथवा कन्चनपुरका मान्छेलाई दार्चुलाका मान्छेको जरुरत छ त्यति पक्कै रुपन्देही र मुस्ताग को जरुरत छैन, झापा र ताप्लेजुंग को त् कुरै छोडौ.
    ५) जातीय राज्य दिदैमा त्यो पाउने जातले निकै विकास गर्छ भन्ने कुरा वाहियात हो. देशलाई प्रजातान्त्रिक बनेपछि पक्कै एक व्यक्तिले एक भोट त् दिन पाउछ होला? अनि त्यो एक एक भोटले जातीय अवाधारनालाई असर नगर्ला र ? मानौ काठमाडौँ लाई नेवारको राज्य बनाउदा गैर नेवारको समर्थन ले गैर नेवार हरुले जिते भने के अर्थ भयो त् जातीय राज्य. अनि जनमत संग्रह गर्न जनताले पाउने कि नपाउने अरुको समानता को अधिकार नाखोसी आफ्नो अधिकारको लागि.
    ६) क्यानाडामा जातीयताको आधारमा राज्य छैन नाइजेरिया जातीयताको आधारमा विभाजित छ तै पनि किन नाइजेरिया पछाडी छ त. किनकि देश बिकाश सबल म्यानेजमेन्टले हुन्छ कुनै बादले होइन न त कुनै जातले हो. नेता कुसल म्यानेजर हो कि होइन त्यो कुरामा निर्भर गर्छ.
    ७) सबै भन्दा मुख्य कुरो देशलाई कति विकेन्द्रीकरण गर्ने हो? हाम्रा गाबिस अझै सक्तिसाली हुनेछंकी छैनन्? १०००० – २०००० जनता भनेको ठुलो जनसक्ति हो. यहाँ चुनिएको गाउ समिति नगर समिति कति सक्तिशाली हुन्छ त? उसले आफ्नो क्षेत्र् को नीतिनियम बनाउन पाउने कि नपाउने? सबै नीति नियम केन्द्रले बनाउन हुदैन. राज्यले पनि बनाउन पर्छ र गाबिस ले पनि बनाउन पर्छ.
    ८) अहिले जातीय राज्य बनाउन चाहने हरु कि त व्यक्तिगत फाइदा देख्दैछन कि त कसैमाथि बदलाको भावना.

  15. नेपाल भन्ने देश पहिला देखि नै गरिब देश हो. यसै त राज्य गरिब छ .सके सम्म श्रोत सबै ठाउमा पुगोस वन्ने राज्य ले चाहन्छा र पहिला पनि चाहेको थिओ.नेपाल मा राना सासन ले मात्र जात जति माथि थिओ मिचो गरेको थिओ,कुनै एक्जतिलाई मात्र माथि उठ्न दिएर, अनि राज्यको सबै श्रोत सम्पति आफु र आफ्नो जति र परिवार लै पोसेरा. नत्र चाहे त्यो शाह बंस होस् या पंचंयत को बेलामा होस् या बहुदल आएपछि होस् सबै व्यवस्था ले सबै जनता को जिबन इस्तार उक्कसना प्रयत्न गरेको छ. कुनै पनि जाती jana जति लै थिचो मिचो गरेको छैन .राना हरु ले चै १०४ वर्ष सम्म सबैलाई आंधाकर मा राखेको चै सत्य हो. के बाहुन के छेत्री , के जना जाती सबै लै राना हरुले दुख दिएर आफ्नो मात्र उन्नति प्रगति गरेका हुन्,राज्य को सबै श्रोत लुटेर.
    यहाँ नेर बुझ्न पर्नी कुरा क छ भने …तेही १०४ बर्सको कल खण्ड ले गर्दा आज सबै नेपाली जाती पछि परेको हो. येस्मा न शाह बंस को गल्ति छ न कुनै विसेस जाती को.
    तेशैले बेकार मा आरु जाती माथि बिस बमन गर्नु को साटो अनि काग ले काँन लग्यो भनेर काँन समात्न छोडेर आज सबै जना काग खोज्न हिडेका छन् .
    आज को नेपाल मा कुनै पनि जाती हेपिएको थिचिएको छैन , मिचिएको छैन. हेर्नुस गुरुङ जाती कतिओ सम्पन्न छ चितवन, पोखरा, अनि लम्जुंग मा गएर हेर्नुस, किरात लिम्बुको जिबन इस्टर हेर्न धरान , पांचथर अनि पुर्बांचल कआ सहर हरुमा हेर्नुस , अनि राजधानी मै हेर्नुस ,अनि नेवार जाती को सम्पन्न भएको त राजधानी को ३ वोटा सहर अनि प्राय जसो व्यापार उनीहरुकै कब्जामा भएबाट थाहा हुन्छा .सबै जाती हरु आफ्नै आफ्नो विसेस स्किल ले गर्दा आफ्नो ठाउँ मा आगाडी छन् . शेर्पाहरु हिमाल चदना त यो ब्यबसायमा , नेवार हरु व्यापार मा ,गुरुङ ,लिम्बु, किरात हरु, ब्रिटिश आर्मी , सिन्गपोरे आर्मी मा ,छेत्रिहरु भारतीय आर्मी मा, तराई का हरु प्रबिदिक अनि आन्या छेत्र मा , छेत्री हरु भारतीय आर्मी मा , अनि प्राय बाहुन हरु शिक्च्या , नोकरी अनि तेस्तै ब्यबसायमा छन् .तेस्तै आजकल यी सबै जाती हरु बितारै सबै शिक्च्या स्वस्त्य लगायत सबै छेत्र मा बिस्तारै प्रगति गर्दै छन्.. जस्तो बाहुन हरु बिस्तारै व्यापार ब्यबसायमा हात हाल्दै छन् , गुरुङ लिम्बु तामांग हरु बिस्तारै सिक्छ्या लिंदै बौदिक काम हरुमा लग्न थाले का छन्. आज कोइ कोइ मद्बदी हरु त नोकरी समेत गर्न थाले का छन्.
    नेपाल को गरिबी को प्रमुख कारण वनेको कुनै जाती विसेस ले गर्दा व्बएको होइन ..राज्य को केंद्रिकित नीति ले गर्दा हो. जसले गर्दा आज सम्म राज्यले धेरै लगानी नेपालको राजधानी र , नेपालको तराई छेत्र मा मात्र गरेको छ. हेर्नुस नेपाल को तराई पुर्बंचल अनि तराई छेत्र, त्यहाँ बस्ने सबै जाती अनि तिमि हरु को जिबन इस्टर निकै माथि छ. स्वस्त्ता सिक्छ्या, रोजगार , खाने पनि सिंचाई , आस्पताल, बती घाटो,यातायात कुन थु मा बढी छ.
    आब आयो थिचोमिचो र हेपेको कुरो- नेपाल राज्य ले चाहे त्यो पन्च्यात मा होस् या चाहे त्यो बहुदर पछि होस् ..नेपाल को पश्चिम भाग बिसेह गरि दंग देखी उता …निकै हेपेको छ. यो छेत्र लै राज्य ले निकै उपेक्च्या गरेको छ …तेशाई ले यो छेत्रमा बस्ने सबै जाती के बाहुन के छेत्री , के मगर के गुरुङ , के ठकुरी सबै आत्यंत पिछदिएको छन् .यो छेत्र मा चरम गरिबी , भोकमरी अनि असिक्च्या अनि जतिपति प्रथआ अनि रुधिबाद आझै छ. यो सबै जाती मा छ .. तेशाई ले मावोबादी ले पनि येही कुराको फाइदा उठाएर पश्चिम बाट आफ्नो आन्दोलन सफल भएको हो. मावो बादी को सुदुर पश्चिम को आन्दोलन यथार्त थिओ र हो पनि. तर पूर्व लगाएत आरु ठाउँ को आन्दोलन केवल हावा मात्र हो… लहै लहै मा लगेर गरिएको मात्र हो.
    तेशाई ले शंग को साटो बिकेन्द्रिकृत ब्यबस्ता आप्नौनु पर्छा. पछाडी परेको पश्चिम का सबै मानिस हरु लै मूल धरमा ल्याऊ नु पर्छा … एसको लागि आन्दोलन संदोलन होइन , अनि ब्यबस्ता परिबर्तन होइन , त्यो छेत्र को जनता लै तेही को श्रोत को मालिक बन्न दिनु पर्छा. आथाबा पाच वो टा विकास छेरता लै स्वतन्त्र भएर काम गर्न दिनु पर्छा .
    शंग वनेको वाहियात हो . भारत ले नेपाल लै सिक्किम बनाउने दोश्रो चरण को योजना हो. पहिलो त सफल पनि भै सक्यो .राजतन्त्र फालेर …सबै जना नेपाली मिलेर बसेको राम्रो हो. एदी होइन भने सबै भन्दा बढी घाटा अहिले जातीय शंग माग्ने जना जाती लै नै लाग्छा . किन भने नेपाल मा बाहुन र छेत्री पछि सबै वन्द बढी जना संख्या तराई को छ .तेश मा पनि भर्खर ४० लाख लै नागरिक तआ दिइएको छ …अनि फेरी त्यो तराई को वर्ग पढाई लेखी मा निकै राम्रो अनि बाठो जाती पनि हो. हाम्रो बिचार जनजाती हरु को हालत तेस्तास्तई हो.. अहिले सम्म पनि राज्यले तेत्त्रो मौका दिंदा दिंदा पनि खोइ आफ्नो इस्तिती सुधार न सक्नु वको छैन … आब पनि बाहुन च्झेत्री लै नै गाली गरेर
    भएको सिंगो घर भत्काउनु भयो भने हेर्नुहोस .— त्यो दिन टाडा छैन हामी बाहुन छेत्री हरु तपाई हरु जनजाती लै बिहारी हरुले कज्याएर राखेको हेर्ने दिन …हामी बाहुन छेर्ती हरु त यसै पनि , सिपालु,सिक्चित जाती जता गएर नि हल्ल्येरा खान सक्छौ. बरु तपाई हरु ले ठण्डा भएर सोच्नुस –आबेस मा आएर भाबना मा नाबग्नुस . यो मावो बादी नै आरु राजनीतिक पार्टी को पछि लगेर…
    एदी राजनीतक रुप मा वा सासन चलाउने ठाउँ मा पुग्न नपाएर पिचादिएको हो वने तेस्को
    पहुँच को लागि आन्दोलन गर्नु , अनि माग गर्नु एकदम जायज हो. नत्र आरु साब वाहियात हो .. हावा मात्र हो. नेपाम मा पिचादिएको जाती वनेको , राउटे , धिमाल ,मेचे कोचे , धिमाल अनि केहि थान को ठाउँ हरु मात्र हुन्. नत्र dukati चलाउने गुरुङ लिम्बु , range rover chadera hidne नेवार ले , अनि करौदो को व्यापार गर्ने शेर्पा ले … जाबो सरकारी ओफिस मा कम गर्ने बाहुन छेत्री ले हेप्यो वनेर वन्य जस्तै हो.नेपाल को सबै वन्द सुबिधा सम्पन्न तराई मा बसप बस गर्ने ले ., पहाड मा एक चक खान नपाउने ,कहिले गाडी नदेखेको पहाडे ले गर्दा आफु पछि पर्यो वन्नु जस्तै हो…
    देश मा सिस्टम बसाल्नु पर्छा. सिस्टम ले काम गर्ने गर्नु पर्छा … देश को आर्थिक विकास मा ध्यान दिनु पर्छा . अनि पो देश बन्छ. गणतन्त्र ले देश बन्ने भएको भए अनि माकुने, कांग्रेस , मावोबादी ले देश बन्ने भए उहिले नै बनि सक्थ्यो.आज भन्दा २० वर्ष अगाडी बाट यिनीहरुले प्रजातन्त्र को नाम मा सासन चलिर छन् त . खोइ देश त झन् अत्ति गरिब भै सक्यो , जनता त झन् झन् मार्दै छन् त ??? तेशाई ले आर्काको बुद्दी मा कहिले पनि नहिदु साथी हरु हो.
    २४० वर्ष सम्म श बाँसले पेल्यो रे भन्न न्ने पनि सुनिन्छा. कठैबरा बिचारहरु को हावा बुद्धि देखेर दया लगेर औन्छा .. २४० मा त १०४ त राना सासन ले नै खाइ दियो. अनि बाँकि समय एकीकरण गर्दैमा , तेस्पची अंग्रेज संग लड्दै मा, अनि chiana -tibet संग लड़दैमा बित्यो ..bichara बिरेन्द्र र महेन्द्र ले मात्र थोरै समय सासन चलुना पाए .. त्यो time मा पनि निकै धेरै गरे. आजको नेपाल मा दे खी ने सबै विकास , निर्माण सबै कि महेन्द्र को पालामा कि बिरेन्द्र को पालामा भएको हो. प्रजातन्त आएपछि त भत्काउने काम मात्र वको छ. बिगार्ने काम मत्य्रा भाको छ ..तर पनि किन यो तन्त्र मन्तर प्यारो छ नेपाली लै. दुखः पौने लेखेको जात ले आफ्नो बुद्धि ले गर्दा छेउ मा भएको सुख पनि देख्दैन भनेको येही हो. नेपाली लै भगवान ले सद्बुद्धि दिउन , सानो पार्टी को कार्यकर्ता भन्दा ठुलो देश को सम्मानित नागरिक भएर नेपाली ले बाच्न पाउन . जय नेपाल

    • ए आसमा छेत्री सर,
      यो लम्बे ताने बखान किन? खाईपाई आएको अब सकिन आँट्यो भनेर नांग्लो ठटाएर पुग्दैन| समय टाडा पुगिसकेको छ| तपाईको जस्तो दुराग्रही र पूर्वाग्रही सोचाई हुनेहरुले यो सुन्दर देश नेपाल खत्तम पारेको हो| तथ्यांक हेर्नुस अनि कुरा गर्नुस| हजुरको सिक्किममा चामलिंगज्यु ले घुस खाँदै भएपनि मजाले प्रशासन चलाई रहेकै छ| नरबहादुरले भन्दा बोहत राम्रो गरेको छ| जनता सबै खुशी छन्| भण्डारीका आसे पासे बाहेक|
      तपाईले जँहा सम्म “जनजातीले मौका पाएर पनि उन्नति गर्न सकेको छैन” भन्ने क्रुर लान्छना लाउने भएको छ, त्यसले साबित गर्छ कि तपाई त्यही जातिवादी रोगले पीडित हुनुहुन्छ वा नेपालको भलो भित्रि मनले चाहनुहुन्न| यथार्थलाई स्वीकार गर्नुस, तथ्यांक हेर्नुस अनि कुरा गर्नुस|
      मधेसी आउँछ अनि रुल गर्छ र जनजातीले आफ्नो अधिकार माग्नु हुँदैन भनेर त्रास सिर्जना गर्ने सोच सिक्किम मै राख्नुस, यँहा नल्याउनुस| मै खाउ र मै मात्र सयल गरूँ भन्नेहरुले देश बिगारेको हो| तपाई सबै नेपाली र नेपाल प्रति सद्भावना राख्नु हुन्छ भने यो बर्षौ देखिको कुँडा कुचिला हटाएर नेपाल सबै नेपालीको घर हो र सबैले समान अवसर पाउनपर्छ भन्ने सोच बटुलौ| यसैमा सबैको कल्याण हुनेछ|

    • आशमाजी! मेचिपारी बराल र बराइलीहरु पालाको होटलमा ढुक्कैसंग गोरुको मोमो खाइरहेको भेट्टाउन्छौ| तर मेचीवारीकाहरु मुखले जतिसुकै ठिक पारेपनि अझैपनि बराइलीहरुले छुएको पानी खान हिच्किचाउन्छन| २१औ शताब्दीमा पनि यस्तो कुसंस्कार बोकेपछि आक्रोशित भएर जातीय संघ माग्ने नै त भयो| प्रवासमा बसेर पनि देशको चासो राख्नुभएकोमा धन्यवाद! तर तपाइको विश्लेषण अहिलेको परिप्रेक्षमा भुत्ते खुकुरी सावित हुन्छ| अब त कुमाईको घुमाइले पनि लछारपाटो लगाउन नसक्ने गरि देश अगाडी बढिसकेको छ!

  16. १. देश संघियतामा जाने कुरा, समाजसास्त्री, अर्थशास्त्री जनसंख्याशास्त्री जस्ता बिज्ञहरुले तथ्यांकको आधारमा लिने निर्णय हो……! यहा त कुनै औंठाछाप नेताले लहडको भरमा, क्षणिक स्वार्थ्यको लागि लागि लगाएको नारा मात्र हो !

    २. देशबाट जातीयता नै उन्मुलन भै सक्यो, अब कहाँको जातलेराएर राज्य चाहियो ? आइमाई लाइ एउटा राज्य, लोग्नेमान्छे लाइ अर्को राज्य….गरे मात्रै हो…..अगाडी बढ्न सिक्नोस….पछाडी फर्किने होइन !

    ……………..हिजोका दिनमा संघीयतामा जान हुन्छ वा हुन्न बहस नभई सबै संघीयताको लहरमा बगेजस्तै हाल आएर एकाएक संघीयता विरोधी वा कम्तिमा जातीय आधारमा संघीयतामा जान हुन्न भनेर एकोहोरो बहस चलाउन थालिएको छ..

    बन्धु, एस्लाई यसरि बुझ्नुहोस् !
    हिजो गल्ति भएको थियो…र आज तेस्लाई सच्याउन खोजिएको छ !

    अन्त्यमा, लेखको लागी साधुबाद, तपाईलाई चाहिदो प्रतिक्रिया साथीहरुले दिई सक्नु भाको छ…..अब तिनीहरुलाई मनन गर्नु पर्ने पालो तपाइको हो !

    • हर्केजी,
      अहिले सम्म औंठा छाप ले नै जनजातीको घर जग्गा स्वाहा पर्दै आएको हामी देखेका छौ| यो कसले र किन गर्यो अनि अब कसरि फिर्ता लिने त्यो पनि कुनै दिन कसैले गर्ला| तपाइले लिम्बुवान हुन् हुँदैन र यो हुँदैन भनेर कुनै व्यवहारिक तर्क पेश गर्न सक्नु भए पढ्न तयार रहनेछु| जातीय संघीय वयवस्था अन्तर्गत लिम्बुवान एक हुन्छ, दुई हुन्छ, तीन हुन्छ| म लिम्बु होइन तर लिम्बुवानमा बस्ने भएकोले लिम्बुवानलाई मेरो पूर्ण समर्थन छ| एउटा सशक्त लिम्बुवानले गौरवशाली नेपाल बनाउँछ| त्यस्तै गर्छ मगरात, थारुहट, ताम्सालिंग, तमुवान र मिथिला प्रदेश आदिले| बरु म खसान प्रदेशको पनि वकालत गर्छु जसमा कुमाऊ र गरवालको पनि सलंग्न हुने मांग पनि गर्नु भए राम्रो हो|
      कृपया यथार्थको धरातलमा उभिएर हेर्नुहोला| कुन मापदण्ड लाएर “देशबाट जातियता नै उन्मुलन भैसक्यो” भनेर घोषणा गर्नुभो? कि शताबीको निरन्तर पेलानले अन्य जातहरुको अस्तित्व नै खत्तम पारेको कुरा गर्नुभएको हो? तपाइको त्यो कुस्वपना कहिले पुरा हुने छैन तपाइँ जही पनि बस्नोस| तपाईलाई मेरो यो आश्वासन|

      • गहन जी,
        पहिला निम्न प्रश्नको जवाफ दिनुस !
        १. नेपालमा कतिवटा जात-जाति छन् ?
        २. सबै जात-जातीको निम्ति एक एक वटा राज्य दिन सम्भव छ ?
        ३. राम्रोसंग जन-गणना हुन नसकेको देशमा, कुन तथ्यांक को आधारमा राज्य विभाजन गर्नु हुन्छ ?
        ४. लिम्बुवान मात्र १ लाख छन् वा ५० लाख….?
        ५. यो संसारमा दाइले भाइलाई त पेल्छान भने एउटा लिम्बुले अर्को लिम्बुलाई पेल्दैना र ?

        • पहिला निम्न प्रश्नको जवाफ दिनुस !
          हस!
          १. नेपालमा कतिवटा जात-जाति छन् ?
          विगत र वर्तमान राज्य संचालनलाई हेर्दा नेपालमा दुईटा नभए तीनटा जति मात्र जात जाति छन् जस्तो देखिन्छ जसको हालीमुहालीको बयान यँहा धेरैले गरिसकेका छन्| बिज्ञं पाठकहरु यस बारे अनभिज्ञ छैनन् यसैले ती जात जातिको नाउँ नै किटेर लेखिरहन नपर्ला| बुझ पचाउनेको औषधि छैन|

          २. सबै जात-जातीको निम्ति एक एक वटा राज्य दिन सम्भव छ ?
          छैन, न त् सबैले मांग गरेका नै छन्| यो समयले देखाउंछ|

          ३. राम्रोसंग जन-गणना हुन नसकेको देशमा, कुन तथ्यांक को आधारमा राज्य विभाजन गर्नु हुन्छ ?

          राम्रो संग जन गणना हुन् नसकेको भन्ने सही कुरो हो| बुद्धिस्टलाई जबर्जस्ति हिन्दु र मातृभाषा अन्य हुँदाहुँदै पनि नेपाली लेखिदिने गरेको किम्बदन्ती होइन, भोगेको कुरो हो| त्यो किन भयो र कसले गर्यो उल्लेख गरिरहन नपर्ला| जातीय आधारमा प्रदेश भएपछी मात्र राम्रो संग जन गणना हुने अपेक्षा गर्न सकिन्छ |
          तथ्यांकको कुरो उठाउनुभो| अहिले सम्म कसको र कुन जातको प्रतिनिधित्व प्रशासन, न्यायपालिका र सरकारको अन्य अंगमा छन् त्यो हेर्नुहोला| जनजाती र मतवाली सक्षम छैनन, अयोग्य छन् भन्ने कुनियतले चलाएको कुलान्कारी र पुस्तैनी घोकको निराधार र कुतर्कको अहिले समय छैन| हद भयो| के अरु जात नेपाली होइनन?
          नेपाल सबै नेपालीको साझा हो भन्ने व्यवहारमा पनि चलाएको खोइ?
          आज किन यो कलमकारलाई यतिका बर्ष सब नेपाली बराबर हुन् सरकारको आँखामा भन्ने मन्त्र दिनहु जपेपछी व्यवहारमा के भईरहेको छ त्यो देखेपछी र स्वयम् भोगेपछि यी पंक्तिहरु लेख्नपर्ने दिन आयो? जातीय संघियता मागेर होइन लिएर लिने हो| बोल्नेको पीठो बिक्छ| आज हेर्नुस मधेसीहरु चारैतिर व्याप्त छन्, परिवर्तनजीले जसरी लेखेपनि मधेसीहरुको राष्ट्रपति र उपराष्ट्रपति छन्| मन्त्रिहरु भरमार छन्, न्यायपालिका र प्रशासनमा पनि छन्यो| योग्य अयोग्य, घुसखोरी साद्की को कुरा अर्कै हो| वाग्ले र जोशीले साबित गरिसकेका छन्| थारु हरुको मधेसमा आफ्नो स्थान हुनपर्छ भन्ने मान्यता राख्दछु| (नोट: दान बहादुर शाही, जो गृह सचिव थिए र पछी लोक सेवामा पनि थिए, उनले किटेरै भनेका थिए उबेला, “नेपालमा ५०,००० भन्दा बढी सरकारी क्षेत्रमा जागिर खानेहरु (युनिभर्सिटी र संस्थान लगायत)
          कीर्ते शैक्षिक प्रमाणपत्र बोकेका हरु छन्”| यसरी उनीहरु भर्यांगमा माथिल्लो खुड्किलामा उक्लेपछि अहिले आएर उनीहरु र उनीहरुका सन्तान लौ सबैलाई योग्यताका आधारमा हुनपर्छ भनेर चर्को शोरमा आवाज निकाल्छन|
          त्यसैले, तथ्यांकलाई मिथ्यांक र मिथ्यांकलाई तथ्यांक बनाउने प्रयास नगरौं|

          ४. लिम्बुवान मात्र १ लाख छन् वा ५० लाख….?

          यो कुन र कंहाको मिथ्यांक ल्याउनुभो? यस्तै कुराले त् देश खत्तम पारेको?
          लिम्बुवान कति जिल्लाले बनेको छ र ती जिल्लाकाबासीहरु सबैलाई लिम्बुवानमा बस्ने अधिकार छ| पैले भनिसके, यो कलमकार अलिम्बू भएपनि लिम्बुवान प्रदेशको बासिन्दाको नाताले यसको लागि १००% समर्थन र सहयोग छ| जसले लिम्बुवानमा बस्दै रहन चाहन्छन, उनीहरु सबैलाई एकरूपले हेरिनेछ, कसैलाई काखा र पाखा हुनेछैन| अरुले यतिका बर्ष सम्म हामीमाथि चलाएको तीरको जवाफ, लिम्बुवान, ताम्सालिंग, मगरात आदि प्रदेशले माया, स्नेह र समान व्यवहारले दिनेछ| जे पनि भन्नुस वा बुझ्नुभेकै होला, यो मतवाली मिजास हो|

          ५. यो संसारमा दाइले भाइलाई त पेल्छान भने एउटा लिम्बुले अर्को लिम्बुलाई पेल्दैना र ?
          यस्तो अप्रासंगिक प्रश्नको उत्तर नदिएकै बेस|

        • हर्केलाई चाहिं जातै किन कोट्याउनु पर्यो ? मैले त नेपालमा दुइ जात मात्र देखेको छु :
          १ मंगोल
          २ आर्यन

    • हर्केजी तपाईंका तर्कहरु संग बिमति राख्दछु:
      १) “देश संघियतामा जाने कुरा, समाजसास्त्री, अर्थशास्त्री जनसंख्याशास्त्री जस्ता बिज्ञहरुले तथ्यांकको आधारमा लिने निर्णय हो……! ” शास्त्रीहरु भनेका प्राबिधिक ग्यान हुन्| प्राबिधिक फाँटमा जरुर उनीहरुको ग्यान प्रयोग गरिनु पर्दछ| तर त्यो भन्दा अगाडी यसलाई राजनीतिले नै निर्णय लिईनु पर्दछ| अनि यो सिमाना कोर्ने कुरो, नाम जे राखिए पनि (सम्मानका लागी जातीय नामले सम्बोधन गरिने हालका कुराहरु) यसको मतलब यो होइन र लिईनु पनि हुदैन (कमसेकम यी पढ्न सक्नेहरुले) कि समाजशास्त्री र अर्थशास्त्रीहरुको सिदान्तनुसार “दुध” र “पानी” छुट्टयाउने, प्रबिधि| भाले पोथी छुट्टयाउने पनि होइन, कुकुरहरुलाई breed अनुसार छुट्टयाउने पनि होइन| यो गलत बुझाई र तर्क हो भन्छु म|
      २) “देशबाट जातीयता नै उन्मुलन भै सक्यो…” यदि यस्तो हुदैछ भन्ने तपाईलाई लाग्दैछ भने यो गर्ब गर्ने कुरो कदाचित होइन| जाति र जातीयता भनेको नराम्रो कुरो हुनै सक्दैन, किनकि यी शब्दहरुले एक बिशुद्द मौलिक चिनारी बोकेका छन्, मौलिक बिशेस भाषा-संस्कृति बोकेका हुन्छन| मानबजाती बाट यी मौलिकता हटाउनु भनेको, घुमिफिरी रुम्जाटार भने झैँ एक रुपको “जनवार” तिर फर्काउनु हुनेछ| तर बिडम्बना संसार तेतै तिर दगुर्दैछ! जाती र जातीयतामा मानिस आफुले नै रोपेका विभेद, थिचोमिचो, छुवाछुत आदी-ईत्यादी चाहि नकारात्मक कुराहरु हुन्, यिनीहरुलाई केलाएर फ्याल्नु पर्छ| सबैलाई आफु र आफ्नो, जातमा, संस्कृतिमा, भाषामा, राष्ट्रियतामा र प्रथम कुरो त आफ्नो चिनारीमा गर्ब गर्न प्रोह्त्साहित गरिनु पर्दछ| अन्तमा मानवता भित्रको धर्म पनि हो यो| anology मा हामीले हाम्रा नानीहरुलाई आकासको चन्द्रमा हुन प्रेरित गरौला, सिकाउला, अनि एकदिन उनीहरु साच्चिकै चन्द्रमा भई आकासमा पुगे भने, हामी मानब के गर्ने होला?? बिचार गर्नु होला|
      ३) अर्को पोस्टको कुरो: नेपालका भएभरका सबै जातिहरुका नामबाट राज्यको नामाकरण गरिनु पर्ने खाँचो किन?! जातको अलंकार दिईने अहिलेको कुरो पूर्ण रुपले हालैको ईतिहास संग जोडिएको छ| न त जाती पिच्छे बार बाँधी छुत्तियेर, बस्ने भन्ने कुरो त संघियता विरोधीहरुले बुनेका जाली कुरो हो| यो बुझ्न गाह्रो छैन|

      • साधुबाद क्रिष जी, सिष्ट भाषमा बिमती राख्ने यहाको कलाको कदर गर्दछु !

        मानब बिकाशमा नेपाल पछाडी छ र तेस्को फाइदा नेपालीले उठाउने हो भने, मानब बिकाशमा अग्र पंक्तिमा रहेका देशहरुको बिगतको अनुभबको फाइदा लिनै पर्छ !

        एस अर्थमा, जो देश आज सम्मुनतिको सिखरमा पुग्ने मौका पाएका छन्, ति देशहरुमा बिगतमा भएको (अहिले नेपालमा जस्तो जात जातिको) भाड-भैलोलाइ नियन्त्रणमा लिएको ले नै सम्भंव भएको हो….!
        जुन देशहरुले भाड-भैलोलाइ नियन्त्रणमा लिन सकेनन, तिदेशरु पुर्बी यूरोप, दक्षिण अमेरिअका वा अफ्रिका अप्लाबिकषित मुलुक बनेका छन् !

  17. आफूलाई अरुभन्दा अलग देखाउने लहडको परिणाम हो यो लेख र बिचार। यस्तो लहडले देश बन्दैन बरु मानिसका मन अरु बिभाजित हुन्छन्। हामी फेसबुक मार्फत चाहिँ दुनीयाका अलग अलग देशमा बस्ने अलग अलग धर्म मान्ने र भाषा बोल्ने ब्यक्तिहरुसँग सम्बन्ध बढाई परिचित हुन घुलमिल हुन खोज्ने, नेपालमा चाहिँ जातियताको आधारमा अलग-थलग हौ भनेर जबरजस्ती रटानको नाटक गर्ने ! कति ढोंगी र कुटिल कुरा ! हो पिछडिएका समुदाय, जात, जातीलाई सरकारले, निजी संघ-सस्था, कम्पनी वा उद्दोगीहरुले शिक्षा, स्वास्थ्य र रोजगारमा उच्च प्राथमिकता दिनु पर्ने कानूननै बनाएर लागू गरे चाहिं हुन्छ। पछि अव समान सामर्थ्य भयो भन्ने अवस्था आएको परिस्थितिमा त्यस्तो कानून खारेज पनि गरिनुपर्छ।

  18. भारतको कुचाहना बात उत्प्रेरित छ “मध्यदेस बाद”

    तराईको मलिलो माटोमा भारतले आफ्नो स्वार्थको खेति गर्न नै “मध्यदेस बाद” को बिउ रोपेकोहो/ भारतले तराई मिचेको छ/ भारतले अंतर्रास्त्रिय कानुन मिचेर नेपाललाई हेपेर दस गाजा मिचेर बाँधहरु बनाउंदै आएकोछ/ तराईको जलश्रोतहरु कब्जा गरेर, गैरकानुनी बाँध हरु बनायर बर्खा आयो कि बाँध थुनेर तराई डुबाउने भारत हो/ तराईको जनताको रोजगारी लुट्ने भारत हो/ तराईको उद्द्योगहरु बात उत्पादित सामानलाई भारतमा बजार नदिने भारत हो/ बास्तवमा भन्ने हो भने तराईबासीहरु नेपालको कुनै जाति बात पिडित छैन उनीहरु पिडित र सोसित भारत र भारतीय बात भयको छ/

    नेपालमा भयको बिस्वमा दोश्रो ठुलो पानीको श्रोत आफु खुसि प्रयोग गर्न नपाय भारतमा पानीको हाहाकार हुन्छ// यसैत भारतको अधिकांस जमिन बलौटे छ/ नेपालको पानि नपाय त्यो माटो बन्जर मरुभूमि बन्छ/ उसको अरव नाघेको जनताले पिउन पानि र सिचाई गर्न सक्दैन/ त् उसलाई तराईको माटो चाह्यो पानि चाह्यो/

    कोशी गण्डकी टनकपुर महाकाली पाय जस्तै नेपालको बाकि बचेको तराईमा भयको सबै पानीको स्रोत पाउन सक्ने भयको भय भारत आज पनि चुपै बस्ने थियो/ तर नेपालमा अब लोकतान्त्रिक संबिधान बने कुनै नेताले अर्को कोशी गण्डकी महाकाली सन्धि गर्न सक्दैन संबिधान मिचेर बिहारिहरुलाई नागरिकता दिन सक्दैन/ भारतलाई नेपालमा लोकतान्त्रिक संबिधान बने अप्ठ्यारो हुने यहि कारणले हो/

    भारतले पहिलात शारदा ब्यारेज बनाउन बर्षको ५० हजार भाडा तिर्ने भनेर लिजमा लियको २७०० acre नेपालको जमिन खायो/ न त् उसले भाडा तिर्यो न त् जमिन नै फर्कायो/ महाकाली नदीलाई भारत शारदा नदि भन्छ/ महाकाली नदीको उद्गम स्थल भारतले कब्जा गरेको हाम्रो कालापानि हो/

    महाकाली सन्धिमा महाकाली नदीको ९७ प्रतिसत पानि भारतको हुने भनियको कारणले नै महाकाली आयोजनाको दि पी आर बन्न नसकेको हो/ २ बर्ष भित्र बन्नु पर्ने दि पी आर १० बर्स सम्म पनि बन्न नसकेको कारण त्यो सन्धि अब मरेको सन्धि बनेको छ/ २०४८को संविधानले रास्ट्रिय स्रोतमा हुने सन्धिमा नेपालको बरावर भाग हुनु पर्छ भनियको छ/

    सन् २००५ मा भारतको केन्द्रिय सरकारले नेपालको भुमि भित्र नेपालको समस्त कोशी समुहको नदीहरु थुनेर बिस्व मै ठुलो २६८ मिटर अग्लो जलासय बनाउने योजना पास गरेर बजेट समेत निकासा गर्यो/ अरे नेपालको माटो नेपालको नदीमा बिस्वमै अग्लो बाँध बनाउने भारतले कसरि पास गर्यो? के नेपाल उसको प्रदेस हो? नेपालको कुन दलको सरकारले कुन सदनले त्यो भारतको योजना अनुसार काम हुन् देला? कसैले दिन सक्दैन/ त् भारत आत्तियो/

    भारतको जनसंख्या निरन्तर बढ्दैछ अरव त् नाघिने सक्यो/ सप्त कोशी नदीको समस्त पानि सोहरेर भारत लाग्न नसके भारतले भारत भित्र कसरि पानीको आपूर्ति गर्ने? यो चिन्ताले खायो/ अनि भारतले तराईमा भारतीय स्वार्थको बचाउ गर्ने बिहार बात ओसारेको मधेसीको राज हुनु पर्ने कुरा उकास्यो/ ई बिहारी मधेसी हरुले बिदेस अर्थात भारत सिट उनीहरुले नै सन्धिहरु गर्न सक्ने संबैधानिक अधिकार पाउनु पर्छ भन्दै आएको छ/ स्मरणीय छ यो जलासय बनाउन नदिन हामीलाई बंगलादेस समेतले सतर्क गरेको छ/

    आज सम्म भारत सिट जे जति समस्याहरु बल्झियाको छ त्यो १००मा ९५% प्रतिसत समस्या तराई सिट गांसियाको छ/ साँच्चै भन्ने हो भने तराई बासीहरु भारत बात पिडित छ अरु नेपाली बात पिडित छैन/ नेपालमा लोकतान्त्रिक संबिधान बनेमा भारत तराईको धेरै भू भाग बात पछी हट्नु पर्नेछ/ असमान सन्धि सम्झौताहरु खारिज बा संसोधन गर्न बाध्य नै हुनेछ/ यसै कारण भारत तराईमा जय भारत भन्ने समुदायलाई आत्म निर्णय गर्न सक्ने राज्यको मालिक बनाउन खोज्दैछ/

    नेपालमा लोकतान्त्रिक सरकार र संबिधान बनेमा घरि घरि दिल्लीमा गयर सलाम ठोक्ने कुनै नेता र दल को सरकार नेपालमा बन्दैन/ भारत सिट गरियको असमान सन्धिहरुको बिरोध गर्ने दलहरुले बिस्तारै नेपाली जनमत बटुल्न थालेको छ/ यसै कुराले भारत झस्कियको छ/

    भारतको दवावमा भारतलाई प्रभु मान्ने नेताहरुले बिहारिहरुलाई जाल झेल गरेर नेपालको नागरिकता दियाकोमा सर्वत्र बिरोध हुन् थालेको छ/ अब नेपालमा नेपाली जनताको बास्तविक प्रतिनिधिहरुको सरकार बने लोकतान्त्रिक संबिधान बने भारत सिट गरियको ती असमान सन्धिहरु खारिज समेत हुन् सक्ने छ/ नकली नागरिकता लियका बिहारीहरू जेल समेत जानु पर्नेछ/ भारतले यहि कुरा रोक्न मधेस बाद्लाई मलजल गरेको हो/ अस्ति मनमोहनको बिशेस दुत बनेर आएको शरणले नेपालमा जे बोलेको छ जे भनेको छ त्यो यो कुराको बलियो र अकाट्य प्रमाण हो/

    आज भारत नेपालको नेताहरुलाई तराईमा आत्म निर्णय गर्न सक्ने स्वायत मधेश प्रदेस बनाउ भनेर दवाव दिंदैछ/ अरे कास्मिरको जनतालाई आत्म निर्णय गर्न देउ भनेर संयुक्त रास्ट्र संघले दियको आदेस नमान्ने भारतले नेपालको तराईलाई आत्म निर्णय गर्न सक्ने राज्य बनाउन भन्न पनि कसरि सकेको?

    दार्जलिंग नेपालले दावी नगरुन्जेल सम्म मात्रै भारतको रही रहन्छ/ दार्जलिनलाई भारतको भुमि उसको आफ्नै संविधानले मानेको छैन/ तर नेपालले दार्ज्लिंग फर्काउ भनेर कहिले पनि भनेन भन्नु भन्दा भारतले दाज्लिंग फर्का भन्न सक्ने सरकार र नेता लाई नेपालमा टिक्न दियन भन्नु बढी उपयुक्त हुनेछ/ दर्ज्लिंग्को नेता सुभास घिसिंगले त् नेपाल सम्म आएर सर्वोच्च समेत गुहार्दा पनि नेपाल चुप बस्यो/ त्यो दार्जलिंगमा नेपालीहरु बहु संख्यामा बसोबास गर्छ र उनीहरु तेस्लाई गुर्खा लैंड नामको जातीय पहिचान हुने राज्य बनाउनु पर्छ भनेर संघर्स गर्दै आएको छ/ तर दार्जलिंग्मा जातीय पहिचान हुने गुर्खालैंड बनाउन नमान्ने भारतले नेपालको तराईमा जातीय राज्य बनाउ कसरि किन भन्न सक्यो?

    सके त् भारतले नेपाललाई खाने नै थियो/ नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्न खोज्दा भारतले “नेपाल भारतमा मिलाउन बाकि भू भाग” भनेर दावी गरेको थियो/ तर नेपाल सिक्किम जस्तो संयुक्त रास्ट्र संघ को सदस्य बन्नमा चुकेन/ चीनको सहयोग पायो र नेपाल संयुक्त रास्ट्र संघको सदस्य बन्यो/ तव भारतलाई मुस्किल पर्यो/ सिक्किम जस्तै नेपाल पनि स्वतन्त्र भयर पनि संयुक्त रास्ट्र संघको सदस्य नबनेको भय भारतले नेपालाई सिक्किम बनाई सक्ने थियो/

    अब जव सम्पूर्ण नेपाललाई सिक्किम बनाउन नसकिने भय पछी भारतले तराईलाई मात्र भय पनि सिक्किम बनाउने सपना देख्यो/ सर्व प्रथम त् भारतले नेपालको तराईमा सके सम्म बिहारिहरुलाई हुलेर तराई नेपालको हो भन्ने जनमतलाई अल्पमतमा पार्न खोज्यो/ तराई पसेका बिहारिहरुलाई नागरिकता दिलाउन लगायो/ आज मधेश वादको झण्डाको आडमा बन्दुक समेत तिनै बिहारिहरुले उठाएको हो/ बिहार भित्र तराई नेपाल बात टुक्राउनु पर्छ भन्ने जय कृष्ण गोईतहरुलाई भारतले नै प्रसय दिंदै आएको हो/

    नेपालको तराईको भू भाग कुनै बेला बिहारकै बिन्द्याचल पर्बत सम्म फैलियको मध्यदेस को यक भाग हो भन्दै नेपालको तराईलाई मध्य देस घोसना गर्नु पर्छ भन्नेहरुले प्रत्य्छ्य रुपमा भारतको सह पाउँदै आएको छ/ यदि नेपालको तराई उनीहरुको बिन्द्याचल सम्म फैलियाको मध्य देसको यक भाग हो भने किन मात्र नेपालको तराईलाई मध्य देस बनाउने किन भारतको बिहारको बिन्द्याचल सम्मकै भू भागलाई मध्य देस बनाउनु पर्छ भनेन ई मध्यदेसबादीहरुले?

    आज तराईलाई मध्यदेस बनाउनु पर्छ भन्नेहरुले उनीहरुको आफ्नै जातको सेना समेत हुनु पर्ने भन्दै आएको छ/ ती मध्य देस बासीहरुले तराईमा मधेसी जातकोले आत्म निर्णय गर्न पाउनु पर्ने माग भित्र के रहस्य छ? उनीहरुले कुन कुरामा आत्म निर्णय गर्न सक्ने अधिकार माग्दै आएको छ?

    तराईमा बिहारिहरुलाई मात्र ३ जनाले मोखिक रुपमा नेपाली हो भने पछी नेपालको नागरिकता दिनु पर्ने भने बाटै तराईमा बिहारिहरुलाई बहुमतमा ल्यायर तराईलाई सिक्किम बनाउने षडयन्त्र गरेको स्पस्ट हुन्छ/

    • तपाइले भन्नु भए जस्तै यी बाबुराम र माधब कुमार हरु कतै भारतीय चाहनाको प्रतिनिधि त् हैन जस्तो लाग्यो ?अमरेश सिंग बि बि सी मा भन्दै छ संबिधान लेख्ने २,४ जना मिलेर कोठामा नै हो |
      अरुको काम हेरेर तेस्को मुल्यांकन र अनुमोदन गर्ने हो अरे ?
      भने पछी कुरा अनुसार नेपाल को संबिधान ”र ” ले लेख्ने ?हाम्रै कतिपय सभासद बिरोध गर्ने |
      केहि समर्थन गर्ने |अहिले नेपाल को जनजाती लाइ उचालेर आफ्नो दुनो सोझाउने ,आफ्नो अनुकुल पृष्ट भुमि तयार गर्न उनलाई अगाडी राख्ने ,र कालान्तर मा मधेस लाइ अलग गर्ने ?

      झलनाथ भन्दै छ कोठे संबिधान मान्दैनौ अरे ?अब प्रचण्ड को धारणा आउँन बाकि छ |
      बाबुराम र रामबरण ले जेठ १४ अगाडी नै संबिधान आउने भनिसक्यो |
      अब कुरा बुझ्दैजादा ,जबर्जस्ति भए पनि घोसना गर्ने ,केहि ले २-४ दिन संबिधान ,जलाउला र बिरोध गर्ला पछी तै चुप मै चुप जस्तो बुझे मैले त् ?म गलत पनि हुन् सक्छु |
      के हो ?के छ तपाइको बिचार |

      • संघियतालाई लिएर जनजाती र बाहुन छेत्री बीचको ध्रुविकरण हेर्दा तपाईले भनेको साचो हो जस्तो लाग्न थाल्यो !!! “र” एक तिर जनजातीलाई पहिचान सहितको संघियता चाहिन्छ भन्न लगाएको छ भने अर्को तिर त्यै “र” ले बाहुन छेत्रीहरुलाई संघियता कुनै पनि हालतमा दिन्न भन्न लगाएको छ !! बाबुराम, माधव कुमार, सुर्य बहादुर आदि त “र” का नाम चलेका सिक्का (एजेन्ट) हुन् भनेर पत्रिकामै लेखेका छन् !! भन्दा खेरि आखिर “र” ले खोजे जस्तै हुने त होइन !! चनाखो भएर बसौ है !!!

        • मैले लेखेको अलि अपुग भएको थ्यो ,तपाइले मिलाएर लेखिदिनु भो ,धन्यबाद छ |

    • मदन , द्रोण , महेश जी
      स्थिति एकदम डेन्जर हुदै गई’राको कुरा सत्य हो —-
      अब ऐलेको परिस्थितिमा नेपाली जनताको आश भरोसा ” नेपाल आमालाई बलात्कार गरेको टुलुटुलु हेरेर नबस्ने ईमान्दार देश भक्त पत्रकार / मिडिया ” नै
      हो —–
      पत्रकार जनताको तेस्रो आँखा हो — यो विषम परिस्थितिमा नेपाल आमाका असल सन्तान हाम्रा पत्रकारले आफ्नो उर्जा संबिधान निर्माण प्रक्रिया कसरी हुन
      गई’रा छ त्यसैमा सक्दो खर्च गर्नु पर्छ —

      • आखिर संबिधान त बन्नै पर्छ, जस्तो बनोस त्यसको बिरोध पनि हुन्छ / बनेको संबिधान अकाट्य हुदैन र समयानुकुल सुधार गर्नैपर्छ / सुधार्ने काम आगामी चुनावी प्रतिनिधिले पनि गर्न सक्छन / अत राम्रो संबिधान बन्नु पर्छ भन्ने नाममा अनन्त सम्म कुर्न पनि मिलेन / र जहासम्म पत्रकार मिडियाको कुरा छ यी पनि अधिकास त कोहि न कोहिबाट संचालित नै छन / र इमान्दारिता भन्ने पनि relative कुरा नै त हो / आफ्नो कुरा मिल्यो त्यो ठिक त्यो इमान्दार मिलेन बेठिक त्यो बेइमान!

      • लुनाज्यु
        तपाईंको कुरा यकदम सहि हो/ देसमा रास्ट्र्बादी जागरण पत्रकारले मात्रै ल्याउन सक्छ तर को छन् तेस्ता पत्रकार र कहा छन् तिनीहरु यो कुरा नै आज कसैले भन्न सक्दैन/ पत्र पत्रिका प्रकासित गर्दैमा समाचार संकलन गर्न घाँटीमा क्यामेरा झुन्द्यायर हिड्दैमा कुनै व्यक्ति पत्रकार हुने त् होईन/ राजनैतिक दलहरुको हुक्के बैठके बनेको पत्रकारहरु आजको परिस्थितिको निमित बढिनै जिम्मेवार छन्/

        लुनाज्यु पहिला नेपाल बायु सेवा निगमले पत्रकारहरुलाई सम्मान गर्न क्यान्सर रोग लागेको पत्रकारहरुलाई बिदेस जान निसुल्क टिकट दिने नीति बनायको थियो/ तेती बेला जति जना पत्रकारहरुले ‘मलाई क्यान्सर रोग लागेको छ” भनेर हंगकंगजाने टिकट लियको थियो, त्यो संख्यालाई लिने हो नेपालमा क्यान्सर नभयको पत्रकार सायदै कुनै होला/ ती आफुलाई क्यान्सर रोग लाग्यो भनेर निशुल्क टिकट बोकेर हंग कंग गयर फर्केका क्यान्सर रोगि पत्रकारहरुले अब उपचार गरेर आयो कि ब्यापार गरेर आयो होला?

        पार्टीले आकार तोकेका व्यक्ति नै पत्रकार हुने भयकोछ
        जनताले तिरस्कार गरेका ब्यक्तिनै सम्मानित भयकोछ
        पढेलेखे राम्रो बन्ने ठुलो बन्ने भन्ने कुरा झुठो भयकोछ
        लुच्चा बने लुट्न पाईने मवाली बने मन्त्रि बन्ने भयकोछ
        समाजले हगेको जातीयता नेताहरुको लागि हलुवा बनेकोछ

        • द्रोण जी, लुना जी र मदन दाजु,
          नेपालका सभासदले नया संबिधान ४ बर्ष सम्म लेख्न सकेन……!
          तेस्ता नालायक सभासदहरुको चयन गर्नु हामी नेपालीको गल्ति थियो ! उक्त गल्तिको सजाय अब “र” ले लेखेको संबिधानबाट शासित भएर चुकाउनु पर्ने बेला आए जस्तो छ !

          • हर्केजी
            ”चोरलाई चाबी” भन्ने कुरो कुरालाई यथार्थता मा परिणत गर्न सकेकोमा हामि नेपालि जनता आफै आफैलाई धन्यबाद दिनु पर्छ,यो गिरिजा डिजाइन थ्यो |म येस्मा १२ बुदे हुदै मावोबादी लाइ बिसर्जन सम्म ल्याएको गिरिजा को खेल भन्ठान्छु | आज प्रचण्ड ,बाबुराम हिडेको गिरिजा पथ हो |
            जुन एउटा बाटो चै दिल्लीमा गएर टुंगिन्छ |
            बादल ,बैद्द्य ,गजुरेल ले यो बाटो हिडेर आफुले अंगुर खान पालो न पाइने ठानेर किच किच गर्दैछ |
            सुशील र रामचन्द्र को यो गिरिजा पथ मा हिड्ने क्षमता छैन जस्तो छ |छोरी कसैले न पत्याउने ,आफै पनि चै अलि हरामी परिन , तेस्मा ज्वाई नारन त् नया नेपाल को पारसै भए |
            देउवा कांग्रेस अगाडी आउँन चै फेरी राज्तान्त्रनै फर्कनु पर्छ कि जस्तो छ |
            उता माओबादी का रिसाएका कार्यकर्ता लाइ फूलमाला लाउँन पाएर ओली ,माधब दंग छन् |

            हासो उठ्दो कुरा सुसिल चै अब सरकार मा आउने हाम्रो पालो भन्दैछ |
            गाउमा बाचा मा पिंग खेलेको सम्झे कि कसो बुढाले |
            हैन राजनीतिमा के पालो भनेर पालो देलान त् ?के लाग्छ तपाईलाई ?

          • हर्केज्यु
            तपाईंलाई अचम्म लाग्ने एउटा अन्ध बिस्वासको कुरा भन्छु है/ काठमान्डू बसन्तपुरको कुमारी-घर अघि एउटा खाल्डो छ त्यो खाल्डो भित्र नेपर्सिंह भने देउताको मुर्ति छ/ त्यो खाल्डो हेर्दा कुनै मन्दिर बा पुजा गरिने स्थल जस्तो पनि देखिंदैन/

            त्यो खाल्डो भित्रको देउतालाई नेपर्सिंह भनियको कारण ज्यादै नेप्रेको घमण्डी अत्याचारी र दिन पुगेको कसैको पनि चाहे राजा नै किन नहोस तेस्को सेखी झार्ने भयकोले हो/ त्यो खाल्डो कसैले नाघेर जानु हुँदैन घुमेर जानु पर्छ/

            हेर्दै जाउँ हर्केज्यु, दिन सपैको आउँछ र जान्छ पनि/ नेपाली जनता तोलाउनु पर्ने बनाउनेहरुको शेखी कुनै दिन अबस्य झर्ने नै छ; कुन अन्याईको शेखी झरेको छैन नेपालमा? लुट्ने लुटिन्छ र लुटेको गुमिन्छ हर्केज्यु/

            यो संदर्वमा मलाई मेरो बुवाले भनेको एउटा कुरा सुनाउन्छु/ पुल्चोकको श्री ३ खलकको राना परिवारको दरवारमा मेरो बुबा बाजे जानु हुन्थ्यो/ त्यो राना परिवारको अंसबन्दा हुँदा नगद जेठा जमिन बाहेक हरेक परिवारको सदस्यले ३ /३ पाथी हिरा जवाहरात पाएको थियो रे/ तर तेस्तो धनि राना परिवारको नातिलाई मेरो बुबाले यकदिन अद्वैत मार्गको बस स्टपमा खलासी बनेर टिकट बेच्दै गरेको देख्नु भयो/

            अब मैले आफैले देखेको कुरा सुन्नुस छत्रपाती देखि जुद्धोदय स्कुल जाने बाटोको बाया पट्टि अहिले कालुगुरुङको महल जस्तो घर बनेको छ/ त्यो घर बनेको जग्गा अच्युत शमशेर थियो/ अच्युत शमशेर रानाको दरवारको घर जग्गा त्यहा देखि पकनाजोल र ठमेल चोक सम्म फैलियको थियो/ तेती धनि रानाको नाति अहिले उसको बुवाले दानमा दियको ढलको टोलको तबेलाको छिडीमा बस्छन/ हामि उहालाई दिन दिनै देख्छौं/

            राणाहरु जस्तो शक्तिसाली सम्पन्न शोसक शासक बर्गको त् यो हाल भयो भने यस्ता सोझो नेपालीलाई तर्सायर नेपाली द्रोहिको बुईं चढेर रास्ट्रको ढुकुटीमा लुट मच्चाउनेको हालत त्यो भन्दा खराव हुनेछ हेर्दै जानुस हर्केज्यु/

      • लुनाजी
        पत्रकार हरु पनि थरि थरिका देखिए खै के भन्ने ?

  19. पहिले कुरा बुझौ र कमेन्ट राखौ| आफुले जानेको बुझेको यहो हो|
    दुराग्रही र पूर्वाग्रही बिचारले नंया नेपाल बन्दैन|
    खुलेर भन्नपर्दा म जातीय संघियताको पक्षधर हुँ तर पक्षपाती भने होइन| विगत र वर्तमानलाई नियालेर हेर्दा जातीय संघीयता अपरिहार्य छ|

    सायद यो आश्चर्यको कुरो नहोला तर दुखको कुरो, अमेरिका, अष्ट्रलिया र युरोपका बिभिन्न लोकतान्त्रिक छहारीमा शीतलता महसुस गरिरहेका कतिपय मित्रहरुले समेत बिशाल नेपाल छात्ती नलिएर त्यही पुर्खेनी विद्यमान दुराग्रहको लेन्सले हेरेर यँहा पानी अझ धमिल्याउन खोजेका रहेछन|
    तपसिलका बुँदाहरुलाई मनन गरिदिनुहोला|

    १. यतिका बर्ष सम्म नेपालमा कसले राज चलाए? साँचो रुपमा डाडुपन्यु कसको हातमा थियो र अहिले पनि रहिआएको छ? जनजातीहरुको बिजोग त छंदैछ, ती डाडुपन्युवाला हरुको निरन्तर ब्रह्मलुटले सम्पूर्ण देशको पनि अधोगति पारे| नत्र यो कराल्ररुपी माओवादीको जन्म नै हुने थिएन, १२,००० नेपाली मर्ने थिएनन| नदी र पहाडको नाउँमा अंचल पहिले पनि थियो, त्यसले केही भएन|

    2. गन्हाउने राजतन्त्रको कुरै नगरेको बेस| जनजातिले हाम्रो राजा भनेर माने तर राजाले भने उनीहरुलाई वास्तै गरेनन, उपयोग मात्र गर्दै रहे आफ्नो स्वार्थसिद्धिको लागि| आखिर आफ्नो पापको बोझले राजसंस्था आफै लड्यो र कोशी उल्टो बगे पनि अब यो फेरी कहिले ब्युंतने छैन, यो सास्वत छ| ग्यारन्टीका साथ भन्न सकिन्छ|

    ३. अहिले देशले प्रगति गरेको भए जसको हातमा डाडु पन्यु छ उनीहरुको हायहाय गरिने थियो र त्यसैलाई निरन्तरता दिन सबै तयार रहन्थे| तर यो लामो इतिहासको कालखण्ड र वर्तमानले देखाई सकेको छ, यी हालका डाडुपन्युवालाहरु आफै मात्र र आफ्नो जातको मात्र उन्नति चाहन्छन| कुन जातको कति प्रतिशत प्रशासन, न्यायपालिका, प्रहरी, सेना र अन्य अंगहरुमा उच्च ओहदामा छन्? के अरु असक्षम र अयोग्य छन्? देश अझ गरिब भएर किन गईरहेका छन् तर ती व्यक्तिहरु र उनीहरका सन्तान नातागोता मात्र सम्पन्न भएका छन्| जब देशको जनसंख्याको एउटा ठुलो हिस्सा नै उपेक्षित छन्, सीमान्तकृत हुँदै आएका छन् र त्यसको कुनै खास निकास छैन र यस्तो इतिहास देखि नै भई रहेको छ भने अहिले आएर अभुतपुर्ब सुधार नगरी कैले गर्ने?

    ४. माओवादी आएर, भनौ ठुलो जनान्दोलन तुहियो| यो लगातार थिचाई र मिचाईले नत्र भने के हुनेथियो कसलाई थाहा? माओवादी पनि अहिले आफ्नै अन्तर्निहित स्वार्थको लडाईमा मस्त छ| माओवादीको देन भनौ वा समयको देन, टाठाबाठाहरु को हुन भन्ने अहिले खुल्ला भएको छ, सोझासाझा जनजातिहरुले उनीहरुको मकुँडो देख्न पाएका छन्|

    ५. पुस्तौ देखि अहिलेसम्म अरुको पालो काटेर भर्यांगको माथिल्लो खुड्किलामा आफुहरु पुगेपछि अब आएर सबैलाई योग्यताको आधारमा समान अवसरको कुरा गर्नेहरु देखि होशियार हुनपर्छ| यी सब चालबाजी र जालसाजी हुन| यो कुरा बुझ्नलाई माओवादी, कम्युनिस्ट र कांग्रेस केही हुनपर्दैन, खुला हृदयले नेपाली भए पुग्छ र वर्तमान स्थितिलाई अवलोकन गरे पुग्छ|

    ६. जातीय संघियता भनेर प्रदेशको सिर्जना भन्ने बित्तिकै इन्डियाको प्रदेशहरु संग तुलना गरेर हाम्रो यति सानो देशमा यो सम्भव छैन भनेर मनमा अरु कुरा राखेर मुख खोलि हाल्छन| जातीय संघियता भनेको प्रादेशिक स्वायत्तता हो| लिम्बुवानमा लिम्बु मात्र बस्न पाउने भन्ने होइन तर लिम्बुहरुको हातमा डाडुपन्यु हुनपर्छ जसले गर्दा उनीहरुले आत्मा निर्णयको अधिकार प्रयोग गर्नेछन| उदाहरणत्: जब लिम्बुवानमा बसोबास गर्ने एउटा तामांगले खुला हृदयले र आफ्नो सामर्थ्यले लिम्बुवानको मांग गर्छन र त्यसभित्र रहन चाहन्छन भने अरुले किन सक्दैन? (हेर्नुस तल शशांक लामाजीको कमेन्ट)|

    ७. जति जति देश जातीय संघियतामा अग्रसर हुँदै आउँछ, उतिउति आउँदा दिनहरुमा यी टाठाबाठाहरु अझ चम्किलो र भड्किलो स्वरहरुमा प्रस्तुत हुनेछन| अनेक थरिका मेडिया, लेख, फोरम र ब्लग मार्फत आफ्ना उही आपसमा जुधाउने र कन्फ्युज पारिदिने चिर स्थापित र परिचित कला प्रस्तुत गरेर अघि आउनेछन| यसको निम्ति सच्चा हृदयले नेपाललाई माया garne हरुले सचेत हुनपर्नेछ र अरुलाई pani सचेत गराउनपर्छ|

    ८. फेरी पनि उल्लेख गरौ, जातीय संघियतामा गएर हैन, नगएर देश टुक्रने डर छ| देशलाई चिराचिरा पारेका छन् जातिवादीहरुले आफु र आफ्नो जातलाई मात्र पोषेर| जातीय संघियता अनुसार देशका सबै नागरिकहरुले समान आत्मा निर्णयको अधिकार पाउने छन्, गणतन्त्र को अधिकार उपभोग गर्न पाउनेछन्| पावर केन्द्रमा मात्र सीमित गरिने षड्यन्त्र गरेर प्रदेशलाई देखावटी अधिकार मात्र दिईयो भने बरु देश टुक्रिने डर छ|

    अहिलेको समय कसरी जातीय संघियतामा गएर यसलाई सुदृढ र सुव्यवस्थित बनाउने हो, जातीय संघियतामा जाने कि नजाने भन्ने होइन| आपसी द्वेष र स्वार्थ त्यागेर आफैलाई सोध्नपर्छ, नेपाली नेपालको माया छ किन छैन?

    अन्तमा प्रात स्मरणीय श्री गोपाल योन्जनका सान्दर्भिक गीतका पंक्तिहरु को सम्झना सहित:
    नेपाली!!
    नेपालको माया छ कि छैन
    धेरै खेल्यौ नेपालको
    तिमी छात्ती माझ
    तिम्रो छात्ती माझ पनि
    नेपाल छ कि छैन
    त्यही पुर्खाको दुईचार थोपा
    रगत छ कि छैन
    काँधमा हिमाल बोक्न सक्ने
    ताकत छ कि छैन
    सारा नेपाल नेपालीलाई
    छाया दिन सक्ने
    पृथ्वीको जत्रो तिम्री
    छात्ती छ कि छैन …….

  20. परिबर्तन उर्फ monish pokhqrel and cRIS
    एउटा ले कमेन्ट गर्ने अनि अर्को ले सच्याउने अनि सच्याउने ले पनि राम्रो गरि नसच्याउने के हो के अनि इमेल ठेगाना कहाँ बाट भेटछन कुन्नि जे होस् सच्याएको मा धन्यवाद अझै चित्त बुझेन

    मेरो विचार मा जातीय संघियता हैन क्षेत्रीय संघियता ठिकै हुन्छ नेपाल मा /

    ( धितालजी सच्चाई दिउ है,
    अस्ट्रेलियामा ८ वटा स्वायत्ता राज्यहरु छन्| ऑस्ट्रेलियन राजधानी क्षेत्र (ACT), न्यू साउथ वेल्स (NSW), विचटोरिया (VIC), तास्मानिया (TAS), दक्षिण अस्ट्रेलिया (SA), पश्चिम अस्ट्रेलिया (WA), उत्तरी क्षेत्र (NT) र क़ुईन्सल्याण्ड (QLD)| यी सबै राज्यका आ-आफ्ना सरकार र सदनहरु छन्|)

    यी माथि का क्षेत्र हरु मा कुन कुन जाति हरु बसोबास गर्छन त्यो पनि स्पष्ट परि दिए आभारी हुने थिए के यी सबै जातीय राज्य हरु हुन् ?????

    मेरो विचार मा शिक्षा स्वास्थ्य नियम कानून को सहि पालन गर्ने हो भने जातीय राज्य चाहिन्छ जस्तो मलाइ लाग्दैन /देश सुधार्न लाइ कानून सुधार्नु जरुरि छ जरिवाना १०० गुना जेल मा थोरै दिन राख्ने कानून ल्याउने हो भने मानिस सिधा भै हाल्छ/

    मानिस मरणशिल प्राणी हो तर देश मर्दैन भोलि को विचार गर्ने लाइ दुरदर्शी भनिन्छ भोलि के हुन्छ कसैलाई थाहा हुदैन ४६ साल मा माओबादी आउला अनि १५००० नेपाली जनता को बिनाश गर्ला भनेर कसैले सोचेको थिएन यौटा सनकी को सनक को भर मा तेत्रा नेपाली ले मर्नु पर्यो यहाँ आखिरी मा शान्तिपूर्ण आन्दोलन को बाटो नै अपनाउनु पर्ने रहेछ / आफु मात्रै जान्ने छु भन्नु तेती राम्रो हुन्न होला अरुका कुरा सुन्ने अनि मनन गर्ने हिम्मत हुने लाइ मात्रै बुद्धिमानी मा गनिन्छ होला कि कसो हो?? अन्यथा भए माफ पाउ //

  21. “एकसय वर्षदेखि हालीमुहाली गर्दै आएको एउटा क्षेत्र, वर्ग वा जातले केही वर्षका लागि अरूको नेतृत्वमा काम गर्न के को अप्ठेरो? अन्य व्यक्तिहरूलाई हक, अधिकार दिंदा किन आपत्ति?”… लेखक को संकीर्ण सोच र जातीय उग्रबाद यहाँ झल्केको छ, हिजो बाहुन छेत्री ले हामीलाई राज गरे अब उनिहरु माथि हामीले राज गर्नु पर्छ भन्ने सोच को बिकाश हुदै जानु नै एकदम खतरनाक छ, सवै जात जाति मा यो खालको सोच को बिकाश गराइदै छ . तपाई लाई लाग्छ एस्ले देश र यो देश बासी को भलो गर्छ ! गुरुङ को छोरो लाई आर्मी चिफ बन्न कुन संबिधान ले रोक्यो, मोहमद मोहसिन लाई राष्ट्रिय सभा को अधक्ष बन्न के ले रोक्यो? यादब को छोरा लाई रास्ट्रपति बन्न कसले रोक्यो? नेवार को छोराहरु लाई पुलिस को चिफ बन्न र अरु ठुला सरकारी र सस्थांन को प्रमुख बन्न कसले रोक्यो? सुबाश नेम्बांग लाई संबिधान सभा को अधक्ष बन्न के ले छेक्यो ? मधेशी मूल का कति साथी हरु डाक्टर र इन्जिनीयर छन् यो देश मा ? के ले कसलाई कहाँ रोकेको छ? जो लाएक थिए ति सबैले आफ्नो ठाउ पाएका छन् ! साथी आज को दिन सम्म पनि एक जना ब्राह्मण बिहान जजमान को मा स्राधे गरेर सिदा लेराएर आफ्नो परिवार पाल्छ ! हाम्रो समाज ले उसलाई माग्ने बनायो भन्ने? एस्ता बकम्फुसे जतिएता छोडौ आफ्नो घर समाज समुदाय (चाहे त्यो आफ्नो जात को होश या अर्को जात को ) र देश बनाउन लागौ ! आफ्नो जात र समुदाय बाहेक संग होइन समग्र देश र गरिबी अनि पछौटे पन संग लडाई लड़ौ !

    • माफ गर्नु होला बोगटी मित्र …तर मधेशी र जनजाति डाक्टर र इन्जिनियरहरु जति नै सक्षम भए पनि आफु भन्दा असक्षम मुनि दास भएर बसेका छन् | यीनको सारा बिध्वताको क्रेडिट तिनै बाहुन/क्षेत्रीले लिने र यीनलाई प्रयोग मात्र गर्ने परम्परा नै रहेको छ | यसको जिबन्त उदाहरण मै हुँ एउटा !! अब तपाईको मधुर बानीमा भुल्ने दासहरु भेट्नु हुन्न | तपाई भन्दा राम्रा भाषण गर्ने र संसारलाई राम्ररी बुझ्ने गरि जनता सचेत भै सकेका छन् |

      • बिश्वाश जी,
        तपाई जस्ता म र मेरो भन्ने विचारधारा राख्ने ले गर्दा नै यो देश आज एस्तो इस्थी म जादै छ ! तपाईको पुरा जानकारी पाए तपाई कत्तीको पिछड़ेको हुनुहुदो रहेछ थाहा हुन्थियो !

        • समिर जी,
          हाम्रो बारीको कान्लामा शरण लिएर बसेकाले अनेक छल , जाल झेल र बिस्वशघात गरी हामीलाई सुकुम्बासी बनाए | हुँदा हुँदा तिनै जाली र झेली देशका हर्ता कर्ता छन् | यदि म पिछदिएको नभए त मेरो हुँदा खाँदाको नोकरी खोस्ने तागत कसैमा हुने थिएन , समीर जी | के गर्ने आफ्नै घरमा पाहुना भैयो तपाईहरु जस्ता जब्बर देश भक्तहरुले गर्दा !!! अहिलेलाई मेरो परिचय यति मात्र !!!!

  22. मेरो बिचारमा हिमालदेखि तराई मिलाएर संघियता बनाउनुपर्छ, जसले गर्दा हिमालका नेपालीहरुले पनि तराईको भात खान पाउन र तराईक़ा नेपालीहरुले पनि हिमालको आलु खान पाउनI तेसैले स्रोतका आधारमा संघियता हुनुपर्छ जातीय आधारमा हुनुहुदैनI जब एक जाति अर्कोसंग मिलेर बस्न सक्छ तब समग्र देशको कल्याण हुन्छ र नेपालमा धेरै संघ पनि बनाउनु हुदैन I बढीमा पाँच संघ बनाउनुपर्छ I लेखक अलि पहाडीप्रति खरो उत्रेको देखियो कुनै एउटा पहाडीले मधेसी भन्यो भन्दैमा सबै पहाडीलाई दोष दिनु भएन नि! तराईक़ा दाजुभाई र पहाडका दाजुभाई संगै मिलेर बसेका पनि धेरै उधारणहरु छन् I लेखकले यो देशको नै के सामर्थ्य छ र भन्नु हुदैन थियो र यी पहाडी बाहुन छेत्री भनेर होच्याउनु हुदैन थियो I म पनि बाहुन हुँ तर मैले आहिलेसम्म मधेसी,धोति भनेर तराईबासिलाई भनेको छैन I लेखकले गरिब पहाडीको अधिकारको बारेमा चै किन नलेखेको नि! के पहाडका जनता चै पिडित छैनन् पहाडी नेताहरुबाट ? अन्तिममा भन्न चाहन्छु के हिमाली!के तराईबासि! के पहाडी ! हामी सबै एउटे माला नेपाली ! जय जय जय जय नेपाल सुन्दर सान्त बिशाल !!!!!!!!!!

  23. बाहुन छेत्रीको एकात्मक राज हटाउन संघियता जरुरि छः | तर मदन जो को कम्मेन्ट निकै तर्क पूर्ण र बिद्द्वाता ले भरिएको लाग्यो |

    • डा. ह्नुछेरत्न जी,
      हुन त यहा को नाम को अगाडी लागेको डा. ले याहा मा भन्दा धेरै बौद्धिक व्यक्ति हुनुहुन्छ भने देखाउछ तर पनि मलाई चित्त नबुझेको कुरा नि के नेपाल मा बाहुन छेत्री ले तेस्तो बिसेस सुबिधा पाएकै छन् त ?

      पंचायतका मरिचमान श्रेष्ठ, राजाबादी पशुपति भक्त महर्जन, पूर्व प्रधान न्यायधिस राम प्रशाद श्रेष्ठ, हालका सभामुख सुभाष चन्द्र नेवांग, सबै बाहुन छेत्री हुन् त पक्कै पनि हैनन् … तेसो भए तपाइँ भन्नु होला तिनी हरु आफ्नु बल्बुत्ता ले गए .. हो सामर्थ्य कुनै जात बिशेस मा हुने कुरा हैन |

      अब म तपाई लाइ मेरो आफ्नै उदारहण दिउँ जातिगत रुपले मा बाहुन हुँ | तपाई कै शब्द मा बाहुन छेत्री को हाली मुहाली भएको नेपाल मा मैले गरिबीका कारण कस्टकर रुपले अध्यन गर्नु पर्यो | बाहुन भएकै कारण ले मैले छात्रवृति पाउने सम्भाबना धेरै कम थियो र पाइएन पनि | अब काम गर्दै पढाई सक्दा पनि नेपाल मा रोजगारी पाउन नसकेर हाल खाडी राष्ट्र मा कार्यरत छु | नेपाल मा म भन्दा कम योग्य गैर बाहुन छेत्री ले नि मज्जा संग सरकारी सुबिधा प्रयोग गरिराछ्न रोजगारी पाइराछ्न |
      म अपबाद हैन म जस्ता लाखौँ बाहुन छेत्री हरु यसरि नै विदेश मा कार्यरत छन् | भारि बोकेर, ज्याला मजदुरी गरेर अध्ययन खर्च जुटाउछन् |

      अब तपाईं भन्नुस के हो “बाहुन छेत्री को एकात्मक राज” ?? सवाल जातीयता को हैन सवाल बर्गीयता को हो !!

      • Ram Raj Khakurel जी !
        कसैमा भ्रम नहोस कसैको नामको अगाडी झुन्डाएको डाक्टर पदवी उसले आफ्नो परिछ्या मा ल्याएको नम्बरको प्रमाणपत्र मात्र हो / सबै कुरा जान्ने सुन्ने बिद्द्वान होइन / त्यसो भएरै हेर्नुस न डाक्टरै पिछे फरक बिचार पाइन्छ नि /

      • प्राय जसो छेत्रीहरु जनजातिमा बिहेवारी भएर हो वा जनजाती संग व्यवहार गरेर हो सबै मिस्कट भैसकेका छन् र जस्तो देख्यो तेस्तै भन्ने र गर्ने स्वभावका छन्| भनाईको मतलब छल कपट कम हुन्छ| अरुलाई फंसाउने कम हुन्छ| यसैले बाहुनले गरेका कर्तुत प्रति छेत्रीलाई दोष दिन मिल्दैन| छेत्रीहरु पनि बाहुनवादको जालमा फंसेर पीडित छन्| एकाध छेत्रीहरु बैमानी होलान तर यो सबै जातिमा व्याप्त छ| त्यसैले देश बिगार्ने भनेर बाहुन छेत्री भनेर एकै ठाउँमा मुछ्न ठिक छैन| यो कुरो साँचो हैन भने प्रमाण तथ्यांक सहित खण्डन गर्नुहोला| बाहुनले देश बिगारेको हो कि होइन भनेर प्रमाण खोज्न कंहि जान पर्दैन| एक क्षण आँखा खोलेर हेरे भैहाल्छ| तर बाहुन मै कतिजना स्वबिबेकी र समान अधिकारको वकालत गर्नेहरु पनि छन्, तर यो ब्लग मार्फत पनि थाहा हुन्छ उनीहरु अल्पसंख्यामा छन्| बरु देश टुटोस, यो जातीय संघियताले आफुले खाईपाई आएको र अरुको पालो काटेर मोज गर्दै आएको खत्तम पार्छ र यसलाई स्वाहा पार्नुपर्छ भनेर रट लाउनेहरू पनि यँहा देखियो|
        अब जातीय संघियता आयो भने आफ्नो वर्चस्व टुट्ने भयो भनेर यो भएन उ भएन भनेर ढोल पिट्न थालेका छन्|

  24. परिवर्तन जी ले अब त बुज्नु भयो होला नि यो तपाइको लेख मा अधिकतम पाठक हरु यो जातीय संघियताको बिपक्षमा छन्/ नेपाल संघियता मा नै जानु हुँदैन मा भन्दैन संघिय राज्य बनायतापनि जातीय आधार मा होइन भौगोलिक पहिचान या त कुनै बिशेस पहिचान को अधार मा बनिनु पर्छ/ रह्यो एउटा संघिय राज्य मा साशन गर्ने कुरा या जो लायक छ जो संग क्षमता हुन्छ जसले आफ्नो क्षेत्रका जनताको मन जित्न सफल हुन्छ उसैले पुछ चाहे त्यो जुन सुकै जात को किन नहोस/ यसरि जबर्जस्ति जातियता को रतन लगाएर नेपाली नेपाली मा झगडा गराउने कम बन्द गरौ/ कोहि जति वर्ग पिछादियाको छ भने त्यो जात वर्ग लै माथि उठाउन उसलाई पनि राज्यमा समान अधिकार दिन सबै जात बर्ग लागि परौ यसरि सबै जात जति ले आ आफ्नै राज्य माग्ने हो भनेता कति वटा राज्य बनाउने हो???????????? त्यसै हावा ताल जातीय राज्य माग्ने ???????????? मागेको भर मा जे पनि पाइन्छ ??????? नेपाल सुहाउदो कुरा गरु है नत्र सबै बाट तालि होइन गालि मात्र खईन्छ/ अब फेरी एक पटक सोचौ त परिवर्तन जी

  25. परिबर्तन जी

    Here is the new reply:
    अस्ट्रेलियामा सम्घिएता भएको थाहा नभएको मुर्खले किन कमेन्ट लेखेको होला!

    मेरो इमेल ठेगाना तपाइँ बाहेक अरु लाइ थाहा हुने कुरै भएन मलाइ मुर्ख भन्नु हुने तपाइँ माहा मुर्ख लाइ धन्यवाद /// अस्ट्रेलिया मा संघियता त छ म मान्छु तर जातीय संघियता चाही छैन /( कंगो मा पनि संघियता छ स्विजरल्याण्ड मा पनि संघियता छ तर अशिक्षित देश कंगो अहिले गृह युद्ध को चपेटा मा छ भने स्विजरल्याण्ड को कुरै नगरौ, रह्यो शिक्षा को कुरो हाम्रो देश मा तपाइँ जस्ता मान्छे बस्छन स्विजरल्याण्ड मा म जस्ता ….. फरक त्यति मात्रै हो ) छ भने कुन कुन जाति को संघियता छ स्पष्ट पारि दिनु भए राम्रो हुन्थ्यो न कि मुर्ख भनेर कमेन्ट गर्नु भन्दा / राम्रो र नम्र भाषा मै भनेको भए पनि हुन्थ्यो होला नि हैन र ???????? आदरणीय उमेश जी तपाइको ब्लग मार्फत कसैलाई मुर्ख भन्ने अधिकार हुदो रैछ , धन्यबाद

    • धितालजी, शान्त हुनुस| त्यसै बिनाबिथ्था पड्केर के जात्रा देखाउनु हुदैछ? त्यो email यो मेरो संसारको सिस्टमले अटोमेटिक पठाउने हो (तपाईको जानकारीको लागी) monish pokhrel जीले या परिवर्तनले email गर्या होइन|

      अस्ट्रेलियाको बारेमा सोधी पठाउनु भारैछ| ठीकै छ, google गरेर जानकारी लिन पनि सकिन्छ| छोटकरीमा भन्नु पर्दा, अस्ट्रेलिया “हिजो अस्ति” सम्म white australia policy मा थियो (मतलब खैरे रंगका मात्र बस्न आउन पाउने नियम) | अनि अहिले यसलाई धेरै संघर्ष पछी खारेज गरेर, multicultural garden policy (विभिन्न देश, जात-जातीका संस्कृतिहरु, भाषाहरु, रहनसहन (तर australian way of life रहनसहनमा assimilate भई) ल्याई सांस्कृतिक बगैचा, फूलबारी बनाउने policy छ| हालै भित्रिएका नेपाली संस्कृति जस्तालाई पनि हौसाला दिएर, सम्मान दिएर, प्रबर्दन गर्नमा सघाउ पुर्याएर, गरि राखेका छन्| जगेर्ना चल्दैछ| aboriginal भूमिपुत्रहरुका हकहितलाई अहिले आएर स-सम्मान सुरक्षित गरेका छन्, promote गर्छन| स-सम्मान पहिलेका aboriginal नाम-ठामहरु जगेर्ना गर्दै ल्याउदैछ्न जस्तै uluru rock, xanadu etc यी सबै google मा पाउन सकिन्छ| हेर्नु होला| politically, new south wales र victoria पहिले देखि कै arch rival हुन्| मिल्दैनन्| नमिल्ने हो भने, नामै चाहिन्छ भन्ने छैन, बाहाना अनेक निकालिन्छन, तर मिल्ने हो भने, जातीय होस् कि अरु नै, आखिरी नामै त हो नि, मिल्छन, यसमा hypothetical कुरा गरेर यस्तो हुन सक्ला, उस्तो हुन सक्ला, भन्नु काँतर तरिका हो| मेरो बिचारमा केहि हुनेछैन| यदि भैहाले पनि, हामी नै हौ सम्हाल्ने, सकिहालिन्छ| अहिलेको sea bottom मा रहेको देशलाई त सम्हाल्दै यहाँ ल्याई पुर्याईएको छ| यो भन्दा तल देश झर्ने ठाउँ नै छैन| त्यसैले ढुक्क हुनुहोस, अहिलेलाई|

  26. राज्य सत्ता मा हाली मुहाली (कथित शोसक सामन्त वा हुने खाने मात्रै) भन्ने गरिएका जातिहरुको वास्तविक अवस्था पनि बुझ्नु पर्ने हुन्छ:-
    गोरखामा पृथ्वीनारायण शाहका सन्तान हलो जोत्दैछन्, जंगबहादुर राणाका वंशज
    सुकुम्वासी भइसकेका छन्, रूकुम-रोल्पामा ठकुरीहरू दाउराको भारी बोकेर आधा पेट खान तड्पिरहेका छन्, जुम्ला लगायत पहाडी क्षेत्रमा असंख्य बाहुनहरू दीनहीन अवस्थामा जीवन र मृत्युको दोसाँधमा छन्, धरान, काठमाडौं उपत्यका लगायतका कैयौं क्षेत्रमा बाहुन, क्षत्री, ठकुरी र दसनामीभन्दा अन्य जातिहरू उच्च आर्थिक अवस्थामा जिएका छन् । त्यसैले शिक्षामा पछी परेको,पिछडिएको जाती वा छेत्रलाई बिषेस प्रथामिकता दिदै अगि बढाउने ,राज्यलाई गरिब र गरिबी क्षेत्रको चयन गरी विकासको प्रतिफल पुर्‍याउन क्षेत्र वर्गीकरण गरिनुपर्छ, नकि जातीय आधारमा ।

    सदियौंदेखि मिलीजुली वसुधैव कुटुम्वकमका सथ बसेका नेपाली दाजुभाइबीच जातीय सद्भाव बिथोल्न धर्म परिवर्तन लगायत डलर खेतीमा रमाएका सीमित बुद्धिजीवीहरू ? तथा क्षणिक भोट र आगामी चुनावका लागिमात्र आँखा गाढेका सबै दलका नेताहरू नेपालमा जाति, धर्म, भाषा र वर्णको आधारमा राज्य बाँडफाँड गरेर आफ्नो कर्तव्य नभुल्नुहोस् । यसबाट भोलि देश आन्तरिक द्वन्द्वको डढेलोमा पसेपछि निर्वाह गर्न आँगनमा कुवा खन्नुको कुनै तुक रहँदैन, बेलैमा चेतना भया…….!!!!!

  27. परिबर्तन जी तपाइको लेख कति वाहियात छ भन्ने कुरा त बिजय गच्छदार र महान्द्था ठाकुर मधेसी नेता नहुदै काँग्रेस मा हुदै मन्त्रि भैसकेको कुरा तपैले बिर्सेको बाट प्रमारित हुन्छा

  28. गरौ गरौ जसलाई ज मन लाग्छ तेई गरौ …संघियता चाहिने लाई संघियता दिउ …जातीय आधार मा चैहने लाई जातीय आधार मा नै दिउ ……म त अझ के भन्छु थर को आधार मा …थापा लाई एउटा , यादव लाई एउटा राज्य ,चौधरी लाई अर्को , पौडेल लाई अर्कै येस्तई येस्तई गरौ , धेरै ठुलो भो देस सानो सानो पारौ …..अनि केहि गरे पनि चित्त बुझ्दैन स्वतन्त्र राज्य को माग गरौ …त्यो भएन भने आन्दोलन गरौ …अनि एक आपस मा युद्द गरौ …

  29. ………. ……..के उहाँहरू बस चढेपछि घर नफर्कदा सम्म अपमानित हुनुपर्ने? माइक्रो बसका पहाडीया ड्राइवर वा खलासीबाट हुने ‘अव्यवहार, धोती, मदिसे, वा इण्डियन’का आरोपबाट प्रताडित भइरहनुपर्ने? के जहाँ पनि जतिखेर पनि अपमानित भइरहनुपर्ने? के पहाडीयाहरूको मानसिकतामा परिवर्तन भएको छ? के पहाडीयाहरूले उनीहरूलाई पनि आफ्नै दाजुभाइ जस्तै गरी व्यवहार गर्न सिकेका छन्? के बसका स्टाफ, प्रहरी, प्रशासन, अदालत वा अस्पतालहरूमा उनीहरूलाई अन्य पहाडीयालाई गर्ने जस्तै समान व्यवहार गरिन्छ?……………..अ “परिवर्तन” ज्यु मान्छे ले मान्छेलाइ कस्तो व्यवहार गर्ने भन्ने कुरो संघियताले सिकाउदैंन , त्यो त नैतिक शिक्ष्या ले सिकाउने कुरो हो , स्कुलहरुमा हुने एउटा नैतिक शिक्षा को बिषय त हामीले हटाइसक्यौं , अब तपाइको संघियताले सिकौला है यी सबै कुरा , र अर्को कुरा संघियता हुदैमा तराइ पहाड र हिमाल भित्र नै विभिन्न जाति जाति बीच अहिले कायम असमानता हट्ने ग्यारन्टी गर्न सक्नुहुन्छ तपाईं ? हामी कहाँ अशल साशन र मानवीयता बुझ्ने शिक्षा चाहिएको छ न कि कुनै संघियता , केहि पहिले सम्म मैले नि हो त संघियता हुदा राम्रो नै हुन होला भन्ने सोच्दथे तर होइन रहेछ , पुरानो ५ विकाश क्षेत्र को अवाधराना निकै राम्रो रहेछ , अब चुनाव भो भने आफुले त जनमोर्चा लै भोट हालिन्छ ल जा ………

  30. अधिकांश तलका प्रतिक्रियावालाहरु कि त हावा तालमा लोरी गाउदैछ्न या त बुद्दिमा रतन्धो लाग्या छ झैँ लाग्छ| एकोहोरो रटान दिएर उघ्रियेर आइसकेको कुरोलाई अब सूर्यलाई हत्केलाले छोपे जस्तो गर्नु, मूर्खता बाहेक केहि होइन|

    नेपालमा सदियौं देखि असमानता थियो र छदैछ, यो सत्य हो| छोपिन्न| संसारको कुनै प्रजातान्त्रिक कुनामा पनि “केन्द्रका” बाट खटिएको मान्छेले सासन गरेको पाइन्न| ऊ. न्यूयोर्कका जति पनि सरकारी संस्था, बैंक, अड्डाअदालत ई. मा स्थानीय बाहेक देशका अरु क्षेत्र बाट एक “किसिमका” कर्मचारी (लोक सेवा जस्तै चालनी, छपनी प्रयोग गरेर) मात्र लगेर, चलाउने कोसिस गर्नुस त्यहा भोलि राज्य ठप्प हुनेछ| तर नेपालमा त यो हुदै नै आईरहेको छ, पहिले देखि| हैन भने कसरी एक जाती साढे दुइसय बर्षको अन्तरालमा नेपालका कुनाकाप्चा फैलिने अवसर भो, जबकी हजारौ हजार बर्षकाहरु देखि यहाँ बस्नेहरु चाई आफ्नै ठाउँ देखि पनि खुम्चिदै गएका छन्?!) (जाँड-रक्सि बढी, पढाई कम भन्ने रेडिमेड जवाफ नदिनु होला यहाँ, कृपया:, किनकि नेपालमा “पठन-पाठन शिक्षा” भित्रिनु पहिले पनि एउटा फस्टाउदो राज्य हुने गर्दथ्यो) अब यो परिवर्तन हुनु पर्दछ भन्दा, कसै कसैको टाउको र भूड़ी दुख्नु सामान्य कुरा हुन्| तर यसलाई दुनियाँ लान्छना लाएर गलत साबित गर्नु चाहि, हुट्टिटाउले स्वर्ग थाम्न खोज्नु मात्र हुनेछ| बरु यी सबै जोश-जाँगरलाई, कसरी यो अबस्था देखि सहि दिशामा अघि बढ्न सकिन्छ त्यता खर्चे राम्रो होला|

    संघियेता नामाकरणले नेपालीलाई अबको यूगमा पनि झुक्यौला भन्नु मूर्खता हो| जातिय नाम दिए पनि, क्षेत्रीय या भौगोलिक दिए पनि, केहि फरक पर्दैन, देश तुक्रिन्दैन| बदलामा केहि छोडिएकाहरुलाई आत्मा सम्मानका साथ् आफ्नो साथमा पाउनेछौ भोलिका दिनहरुमा| जागरुक नर-नागरिक साथमा हुनु र निहुरमुन्ति लाएका रैतिहरु हुनुमा, देशलाई अघि बढाउने साहस कसमा बढी होला?? यहि सजिलो प्रश्नको उत्तर खोजि गर्ने काम हो अहिलेको| देश तुक्रौना खोज्नेहरु त अब गुप्ता र वाग्ले हुदै जानेछन अबका दिनहरुमा| भ्रस्टचारी भन्दा देश्द्रोहिहरुले झन् कडा डण्डा भेट्ने छन्| यता तिर बहस गरिए, फलदायी होला|

  31. कचौरा पिटेर खन्डेथाल बनाउने प्रपंच भयको राजनीतिको अनी तपाईंको यो लेखको आसयको औचित्य छैन।

    विश्वको नमुना छ अस्तित्वको आधारमा भनम वा शक्तिको श्रीजना तर केही अजिर्न जुकाहरुले बंसिय राज गरेका हुन अनी लगातार गर्न पनि खोज्दैछन। तर विश्व मानशलाई आत्मसात गर्ने हो भने त्यो स्वभाबैले पनि हट्दै गैरहेको अवस्था छ् अनी यो लुब्ध अवस्था टिक्ने छैन पनि। तर नेपालमा नक्कली नेपालीको राजकाज गर्ने धोको लाट्ठी, डन्डा, डाँकुबाद, अनी बाहुल्य जनमानस पशुबादको शिकार हुनुको कारण जर्जर हुँदै गैरहेको छ, बिज्ञानले शासन गर्छ। तपाईंको पारामा इर्श्याबाद बढी छ, द्वेस बढी छ एकमा समस्या बढी देख्ने अनी अर्कोले लाद्ने आफ्नो
    जनताले बुझ्न पर्ने कुरो!

    हिटलरले, स्टालिनले, माओले तेत्रो मान्छे, त्यो पनि प्राय गरीब किन मारे त???
    युद्ध पछी मात्र शान्ती किन हुन्छ???
    समस्याको मुख्य जड् Supply/Demand/Distribution हो भन्ने सबलाई था छ, के नेपालमा समस्या यतिमै सिमित छ??

    ईतिहासको अबमुल्यन हुनाले दु:ख पाईन्छ।

  32. हामि आफै जातभात मान्दैनौ भंछौ, अनि जातीय संघियता को कुरा गर्छौ | संबिधानले पनि जातभात मानेको छैन नि हैन र ? संसारमा मान्छे हरु को वर्ग जाति बाट भन्दा पनि धनि र गरिव बाट छुटिन्छ हैन र ?

  33. कांग्रेसका एक जना नेता नरहरी आचार्यको भनाइ सान्दर्भिक लाग्यो अहिले “एउतै परिवार त बहुजातीय भै रहेको बेला जातीय राज्य बारेको परिकल्पना धेरै समयको लागि स्थायी नहोला”. तर पहिले बाहुन, क्षेत्री साथै पहाडियाहरुले सार्है थिचो मिचो गरेका थिए तेसैले केहि समयका लागि नै किन नहोस हामी जातीय राज्य नै चाहन्छौं भन्ने सोच भएका हरुको लागि म बाहुन समुदायको भएपनि अग्रिम बधाई तथा शुभकामना दिन कन्जुस्याई गर्दिन. देश जावोश भाडमा!!!! देश बनाउने एस्तो सुनौलो मौका फेरी पनि आउँछ. पन्ध्र बीस बर्ष फेरी एक्स्पेरिमेंट गरुन के नै बिग्रन अब बाँकि छ र !!!!

    • नरहरी त लम्पट हो भन्ने कुरा अस्ति बाटो फराकिलो पार्दा पुर्खाले आर्जेको सम्पति भत्काउन पाउन्नौ भनेर झन्डै बाटैमा सुतेका थिए अरे ! देशसंग मतलव नराख्ने त्यस्ता मुलंगखारेको के कुरा गराई भयो र !

    • नरहरी आचार्यज्युको उक्त भनाई बाट नै थाहा हुन्छ, उनले “जातीय राज्य” के हो भन्ने भेउ नै पाएका छैनन्| उनको बिचारमा मनन गरे जस्तै, यो(संघियेता) भनेको परिवारका दाजु-भाईलाई अंशबन्डा गरिएको जस्तो होइन, analogy नै प्रयोग गर्ने हो भने, यसलाई यसरी लिन सकिन्छ: यो पहिलेको नारायणहीटि दरबारमा रहेका विभिन्न बैठक कोठाहरुलाई – कास्की बैठक, त्रिभुवन सदन ई. भने जस्तै हो, पहिचान र ब्यबस्थापन सजिलो होस् भनि| एउटा बैठक-कोठा एउटाले मात्र प्रयोग गर्न पाउने भन्नु र त्यस्तो (आचार्यज्युले जस्तै) चित्रण गर्न खोज्नु पनि हास्यास्पद मात्र होइन, पुरै मुर्खता हो भन्छु म| पुरै दरबारलाई कोठा-चोटामा विभाजन गरि सम्मानका लागी कुनै नाम रोज्नु, राख्नुले उक्त दरबार कसरी टुक्रा-टुक्रा हुन्छ??! बगम्फुसे कुरो|

  34. परिबर्तनजी , तपाईं आफ्नो ठाउमा १००% ठिक हुनुहुन्छ नाम लुकाउनु पर्दैन! जातीय र भाषिक रुपमा थुप्रै सघिय देशहरु छन् ! इंडियाको कुरा गर्नुस “गुजरात” गुजराती हरुको त्यहाँ अरु थुप्रै जात जातिहरु अटेका छन् ! उडिसा , महारास्त्र , आदि इत्यादी ,तेस्तै अमेरिकाको सघियता पनि जातिगत आधारमा नै भएको पाईयो जस्तै :- मिचिगन , टेक्सास, डेकोटा ,ओरेगन आदि ! मेरो बिचारमा पनि संघियता ले राष्ट्रलाई टुक्रयाउने होइन सम्मुन्नत नै बनाउछ !त्यो चाहे कुनै पनि आधारमा होस् !

  35. हैन मानिस को सोच किन यस्तो हुदैछ \ लौ एक कुनै जाति को बाहुल्य भएको क्षेत्र सो जातिको नाम राखेर संघियता सफल कसरि हुन्छ ? लौ सो संघीय राज्यमा जुन जातिको नाम बाट नाम राखियो सोहि जातिको मानिस जुन व्यक्तिमा राज्य सन्चालन गर्ने ज्ञान ,क्षमता ,दुरदर्शिता ,शहनशिलता,त्याग ,निस्वार्थ ,निस्पक्षता वा भनौ आफ्नो पदीय जिम्मेबारी गर्ने योग्यता छैन भने कसरि सो जाति र क्षेत्र को भलो हुन्छ ? बर्गीय नारा ,कारण देखाएर राजनीति गर्ने हरुले त तल पारिएका ,बनाइएका जनताको हित गर्ने आधार र र कार्य गर्न सकेनन भने आफ्नो जातिको मानिस लाइ मुख्य ठाउमा पुराउदैमा ति निमुखा दलित ,पिडित हरुको भलो होला त ? आफ्नै बाबु ,आमाको सम्पतिमा बराबर हक र प्राप्ति हुने ठाउमा त आफुलाई मात्र फाइदा र बढी हुने स्वार्थी काम गर्न पछी नपर्ने मानिसको स्वभाब मा अधिकार र आधार को ब्यबस्था नहुने तर आफ्नो जातिको मान्छे प्रमुख बन्ने प्राबधान ले आम पिडित जाति ,क्षेत्र को हित हुन्छ त ? कोहि बाहुन ,क्षेत्री लाइ खसाल्न खोज्ने कोहि तल पारिएका जात लाइ माथि उठ्न नदिने ध्यय ले के सहि समस्या को समाधान निस्कन्छ ? लौ क्षेत्र को नाम पनि जातिकै नाम मा राखियो रे ,ठुला पद पनि दिइयो रे अनि भोलि आफ्नो जातीय राज्यमा रहेका अड्डा अदालत ,प्रहरी सेना का गण ,अस्पताल ,स्कुल ,कलेज बजार हर क्षेत्र मा हाम्रै जातिका मानिस हुनु पर्छ भन्ने भाब ले काम गरेमा ,माग गरेमा ,आन्दोलन भएमा र सो भएमा त्यो राज्य कस्तो राज्य बन्ला ? अन्य जाति ,समुदाय को स्थिति कस्तो होला ? जात ,क्षेत्र लाइ हेला गर्ने ,तल पार्ने मानिसका सोच ,ब्यबहार लाइ हटाउने कि कुनै पनि जाति ,क्षेत्र बीच कायम नहुने विभेद मुक्त राज्य ,अधिकार ,न्याय को निर्माण गर्ने ? या भनौ हिजो र आज सम्म ठुला जातिले साना जाति लाइ हेप्ने माथि उठ्न नदिने जुन घेरा र डेरा बनाए भोलि ति हेप्ने जाति लाइ माथि उठ्न नदिने संघियता हामि ले खोजेको हो ? हिजो उनीहरुले जुन गल्ति गरे र हामीले दुख पायौ ,हामि हेपियौ भोलि हामीले पनि तिन लाइ हेपी त्यसै गरि गल्ति गर्न खोजेका हौ ? पहाडमा मधिशे लाइ हेप्यो भनेर तराइ बाट पहाडिया लाइ मार्नु ,धापाइनु.सम्पति लुट्नु के यो सहि समाधान र न्याय हो ? जातपात ,धर्म .रितिरिवाज .खानपिन .भेषभुसा ,भाषा ,रंग को आधारमा भैरहेको विभेद को अन्त्य ब्यबहारिक रुममा गर्ने कि बाहुल्य र भिड को आधारमा चर्काउने ? नेपालि बीच के के कुरामा भेदभाब छ त्यसलाई नेपालि बीच सदभाब ,मित्रता ,माया ,सम्मान ,सहयोग र अधिकार रहने आधार र बाताबरण बनाऊन सकिन्न ?यसैमा हामि सबै जाति नेपालि को भलो हुदैन ? रुस र योगेस्लाभिया जस्तो देश टुक्रा टुक्रा पार्ने आधार निर्माण र बाताबरण त बन्न गइ राखेको छैन ? कुनै पनि राजनीति र बाह्य शक्ति जनता लाइ जुटाएर होइन फुटाएर मात्र आफ्नो भलो देख्छ \ खै हामीले कहिले बुझ्ने ? एउटा थापा प्रधान मन्त्रि भयो धेरै थापा कुटो कोदाली गरिराखेकाछांन \ एउटा यादब रास्ट्रपति भयो धेरै यादब हरु नांगै खुट्टा र छाप्रोमा जीइ रहेका छन् \ त्यो थापा यो यादब ले के आफ्नो जातिको हित गर्यो त ? हित हुन्छ त ? सहि समाधान के बाट हुन्छ त ? सोचौ !

    • बसन्त जी, तेसो त आज सम्मको नेपालमा के भैरहेकोछ ? २८% जनासंग्ख्य भएको क्षेत्री बाहुनहरुले ७२% अन्य जाति माथि साशन गरि रहदा उनीहरु प्रति के बिती रहेकोहोला? के राज्य चलाउन क्षेत्री बाहुनले मात्र जान्दछ? के उनीहरु मात्र सक्षम छन्? तपाइको कुरालाई मैले बहुनाबादले ग्रसित भन्न रुचाएँ. मलाई धेरै लेखना मन थियो समयको अभावले सकिन.

      • के के नै जान्ने हुन पर्ने यार … राज्य चलाउन लाई अमेरिका गएर कमेन्ट होइन नेपाल बस्नु पर्छ साथी..अझ नाम को पछाडी US …देस लाई बाहुन ले राज गरे तपाई नेपाल मा बसेर जे कुरा मा अगाडी हुनुहुन्छ तेही मा काम गरेर देखौनुस अनि हामी पनि गर्ब साथ् मेरो लामा जात को मान्छे पनि विद्वान छ …राज्य हाक्न सक्ने छ भन्न पाऊ न !!!!!

      • लामा,

        १. २८ % होइन यो लगभाग ३३% हो (छेत्री, बाहुन, ठकुरी, तराइ को बाहुन, सन्यासी पनि जोड्नु पर्छ) . श्रोत : http://en.wikipedia.org/wiki/Demographics_of_Nepal
        २. ससक ले १००% लाइ सासन गर्छा , ७२ प्रतिसत लाइ हैन यदि बाँकी ६७ % बाट ०% प्रतिनिधित्व भए मात्रै ” ३३ प्रतिसत ले मात्रै सासन गरिरा छन्” भन्न मिल्थ्यो )
        ३. तथ्यांक बंग्याएर आफुलाई चाहिए जति प्रस्तुत गर्ने चलन संसार भरि छ
        ४. असमानता हरु अन्त्य गर्दै देश को विकास गर्नु पर्छ.

    • बसन्त जी, योग्यता र क्षमता त कुनै जात बर्ग बिशेषको पेवा हो , सबै जातमा काहान बाट हुन्छ ? मेरो क्षमता तपाइको भन्दा कम छ भने मलाई मेरो घर चलाउन तपाईले सहयोग गर्ने कि मेरो घर पनि तपाईले नै चलाउनु पर्ने ??? कस्तो धुर्त तर्क है ????

      • बीआर ,हर्क लामा एंड बिस्वास जी ,
        तपाइँ हरु कत्ति अबुझ र अन्धो हुनु हुन्छ भन्ने कुरा मेरो कमेन्ट को आशय र भाब नबुझी मेरो जात थापा र म अमेरिका मा भएको कारण मैले बाहुन क्षेत्री कै हालीमुहाली ठिक हो र हुनु पर्छ भन्ने बुझेर ,ठानेर तपाइँ हरुले कमेन्ट गर्नु भएको रहेछ \एकपटक फेरी मेरो कमेन्ट पढ्नु होला \ कमेन्ट पढ्नु अगाडी मेरो नाम,जात ,ठेगाना बसन्त थापा मगर ,ललितपुर रहेछ भनि मनमा राख्नु होला तब तपाई को घै-टा मा घाम लाग्ला किनकी म मगरात राज्य पाउने जात मा पर्छु जो तपाईहरुको सोच र माग बमोजिम मेरै जात को जातीय राज्य बन्ने जात मा पर्छु \दोर्सो कुरा मेरो श्रीमती नेवार हो त्यो पनि श्रेस्ठ( याहा जात भात ,तल्लोजात ,माथिल्लो जात भनि हेर्ने मानिस भएको ले मैले श्रेठ उल्लेख गरेको हु \म कुनै जात पात मान्ने मानिस होइन ). नेवा राज्य बन्दा पनि मेरो सम्बन्ध राम्रै हुनेछ तेर्सो कुरा मेरो छोरो अबिबाहित छ भोलि उसले लामा या अन्य जनजाती या कुनै जात संग बिहे गर्न सक्छ ,उसको इछ्या , तमुवान पनि आफ्नै बन्ला चौथ्यो कारण मेरो अबिबाहित छोरी छे जसले भोलि कुनै लिम्बु या जनजाती या अन्य जाति संग बिहे गर्ली
        यो पनि उसको इछ्या \ लिम्बुयाँन पनि मेरो आफ्नै बन्ला \
        नेपाल ,नेपालि जहा सबै जात र बर्ग पर्छन पछी परेको ,हेपिएको कारण राज्य सत्ता हो या जात ? नेवार मै पनि तल्लो जात र माथिल्लो जात भन्ने नेवार हरु छन् ,मगर मा पनि सानो र ठुलो जात भन्ने हरु छन् ,लामा मा पनि होला यसमा मलाइ थाहा भएन \
        एउटा ,धनि ठुलो पद भएको जनजाती ,अछुत भनिएको व्यक्ति ले पनि आफ्नै जातका मानिस लाइ हेप्ने ,नराम्रो भन्ने ,गर्ने हाम्रो समाज मा भैराखेको छ \ जनजाती वा बाहुन क्षेत्री वाला एक पहाडी नेता ,प्रशाशक ,न्यायाधिश ,प्रहरी ,सेना ले सम्पूर्ण पहाड र आपनो जाति को लागि भलो हुने काम गरेको छ ? मधेश मा मधेश बादी कुनै मधेशी नेता ,प्रशाशक ,न्यायाधिश ,प्रहरी ,सेना ,ब्यापारी ले आफ्नो क्षेत्र र जाति को भलो गरेको छ ?
        हि जो को कुरा नेवार हरु किन नेता ,प्रशाशक ,प्रहरी ,सेना नभई ब्यापारी ,कालिगड किशान मात्र भए ? गुरुङ ,मगर ,लामा ,लिम्बु किन बिदेशी र स्वोदेशी पल्टने मात्र भए ?
        यादब ,चौधरी हरु किन अरुको हरुवा,चरुवा मजदूर मात्र भए ? यो उदहारण बुझ्नुस \यसका कारण खोतल्नुस \ हो नेपाल का राज्य सत्ता हिजो नाताबाद ,कृपाबाद ,जातिबाद थियो आज पनि छ \ आज फेरिएर पार्टी गत भएको छ\ योग्यता र सक्षमता भन्दा पैसा र पहुच को भरमा ठुला पद पाउने र ठुला ठाउमा पुगिने बाताबरण बनेक्को छ \ यसको चपेटामा ठुला भनिने बाहुन क्षेत्री जनजाती ,अछुत जाति ,मधेसी ,पहाडी ,हिमाली सबै परेका छन् \
        जनसख्या को कुरा उठाउनु भयो बाहुन क्षेत्री थोरै भएको ले थोरै र अन्य जाति धेरै भएको ले अन्य जाति सख्यात्मक रुममा धेरै पिल्सिएका छन् \ जो थोरै छ उ थोरै र जो धेरै छ उ धेरै हुन्छन नै \यहा मात्रा होइन संख्या को कुरा हो बुझ्नु होला \
        बाहुन हरुको पेशा का कारण उनि हरु धेरै पढ्ने भए ,क्षेत्री हरु लड्ने र जागिरे बढी हुने भएका ले उनीहरु पनि पढ्ने नै भए \ तल्लो जात र आइमाइले पढ्न हुन्न ,घर को काम मात्र गर्नु पर्छ भन्ने हाम्रो सामाजिक परिपाटी र धारणा ले अछुत र महिला बर्ग पछाडी परे \ यस्ता धेरै कारण छन् जो बाहुन क्षेत्री नेता ,प्रशाशक वा शाशक बने जनजाती ,आदिबासी साषित र शोषित बने \
        संगै पढ्ने साथि लाइ आफ्नो घरमा ल्याउदा त्यो त अछुत ,गरिब हो त्यसलाई हाम्रो घरमा हुल्न हुदैन ,त्यो संग नहिड भन्ने बाबु आमा को कारण त्यो छोराले त्यो साथि अछुत र उसंग उठबस गर्न हुन्न भन्ने बुझ्यो र सिक्यो \ धेरै कारण छन् सामाजिक ,जातीय विभेद बन्नु मा यसमा घर ,परिबार ,समाज ,राज्य सबै पर्छ \
        मूल कुरो राज्य ले यस्तो कानुन र ब्यबस्था बनाउनु पछ जस बाट आम नागरिक को बिकाश हुने आधार बनोस \
        मूल कुरा शाशक भन्दा नि शाशन हो \ नाम भन्दा नि काम हो ,जात भन्दा नि आधार,अधिकार हो \
        ठिकै छ नि त अहिले केहि राज्य जातिको नाम मा राखौ \केहि अन्य नाम मा दुइचार बर्ष हेरौ कस्तो बाताबरण बन्दो रहेछ \ जातिको नाम मा राखिएको राज्यमा अन्य जाति माथि भेदभाब र अत्याचार भएमा नाम फेरौला \ जाति को नाम नराखिएको राज्यमा जनजाती ,आदिबासी माथि अहिल्य को जस्तै भेदभाब ,शोषण ,अन्याय भएमा जातिको नाम राखुला \ मूल कुरो आम नेपालि जो पिछडिएका र शोषित पिडित छन् उनि हरुको जिबन माथि उठ्ने आधार र अधिकार बन्नु र लागु हुनु पर्छ भन्ने मेरो मान्यता हो \
        जातिको नाम मा राखिएको राज्यमा सोहि जातिका मानिस ले आफ्नो मात्र भलो गरि आम जाति उस्ताकै उस्तै भए भने के गर्ने होला कि सबिलाई एकै चोटी पदमा पुराउने ?
        बाहुन क्षेत्रीमा मात्र योग्यता र क्षमता हुन्छ के मैले भनेको हु त ?
        काठमान्डू लाइ नेवा राज्य बनाएर केहि फरक पर्दैन किन कि उनीहरु अन्य जाति बाट घेरिएका छन् \नेवार हरुले आफ्नो नाम को राज्य बन्यो भनेर जथाभाबी गर्न थाले भने काठे हरुको आक्रमण भोग्नु पर्छ \मधेश लाइ एक मधेस एक प्रदेश नबनाउ भोलि हामि छुट्टै देश बनाउछौ भन्नेछन र छिमेकी को बल र सहयोग पाउने छन् \ र छुट्टै देश बन्नेछ \
        अब त बुझ्नु भयो कि मेरो आशय र चिन्ता ?

  36. एउटा मुसा मार्न ४ ओटा बिरालु पाल्ने ? संघियता जायज छ तर जातीयताको नाममा गरिए कदापि स्वीकार्य हुने छैन !!
    ४ ओटा उदाहरण दिएर लेखको सार्थकता खोज्नु लेखकको भुल हो… कुरोले चिउरा भिज्दैन !! जातीयता पछिको बिखन्डन र कलहको कल्पना गरेको छ ?
    अन्य नाम राख्दैमा बिग्रने के ?

  37. जातीय संघियेता ले चाही कसरि सबैको भलो गर्छ. एसको ठेक्का पनि लेखक ले लिएको भए राम्रो हुन्थ्यो. मिस्रित जनसंख्या भएको देस मा जातीय संघियेता हुनु र नहुनु मा के भिन्नता छ र. यो त खाली १-२ ओटा जाति बिसेस लाई रिझाउने कुरो मात्रै हो.
    नेपाली जनता लाई लाटो सोच्नु भाको जस्तो छ लेखक ज्यु ले, पहाडी लाई गाली गरेर मधेसी को सदभाव खोज्ने, बाहुन-छेत्री लाई गाली गरेर जनजाती-आदिबासी हरु को सदभाव खोज्ने ? फुटाऊ र राज गर को उपयोग गर्न खोज नु भाको छ.

    लेखक ज्यु लाई मधेसी हरु कति जातिबादी हुन्चन भन्ने थाहा छैन कि क्या हो? मा अहिले जनकपुर मा बस्छु, मधेस आन्दोलन को बेला पहाडिया समुदाय लाई खोजि-खोजि पिटिएको ठाउँ हो यो. पहाडीहरू बिरुद्द को आत्याचार को कुरा गरेर साध्यनै छैन. आधिकार को नौमा जातीय सफाया गर्ने मनसाय बोकेको यो जति को उचित उदाहरण कतई छैन. येस्तो गल्ति गर्दा पनि यहाँ का ठेकेदार नेता मा गल्ति को कुनै अंस नि भेटिन्न. उल्टै भन्छन” घरमा त कुकुर पनि शेर हुन्छ “. तेसो भन्दैमा आरु माथि हिंसा गर्न पईन्छ? अनि भोलि बन्ने प्रदेश मा यहाँ गैर-मधेसी को अधिकार को निश्चितता लेखक ले गर्न सक्नु हुन्छ?
    ख्याल गर्नु बाहुन-छेत्री पनि यो देश को नागरिक हो. देश कस्तो बनाउने भन्ने बहस मा अनि गरिने निर्णय मा हाम्रो पनि बराबर सहभागिता र समर्थन खोजिनु पर्छ. एकोहोरो रटान लगाएको जातीय संघियेता भएको संभिधान हामी लाई पनि चाहिन्न

  38. मधेसी हरु पनि देश भक्त छन् त्यो सुस्ता र अरु तराई को ठाउ मा देखिएकै कुरा हो तर जब ति सोझा साझा जनता को प्रतिनिधि गर्ने हरु ले देश लाइ नै खण्ड खण्ड गरि भाइ भाइ बीच काटाकाट को स्तिथि लिदै छन् सारै मन दुख्ने कुरा हो..म गुरुङ को छोरो दांग मा बस्छु त अब थारु वान को राज्य मा मेरो अधिकार छैन? कि म तमुवान तिर बसाइ सर्नु पर्ने हो..भो म तमुवान होइन तेही थारुवान बिना को दांग मा थारु हरु संगै रमाउन चाहन्छु. सब भन्दा पहिले मा नेपाली हु तेस्पछी मात्र गुरुङ.मलाइ आफ्नो सिंगो देश को परिचय दिन मन पर्छा न कि जातिय राज्य को. जय नेपाल .

    • थारुको सम्मुनत दांग भित्र तिनै थारुहरु कमैया र कमलरी भएको देखेर रमाउने तपाई जस्तो महापुरुषलाई के भन्ने ??? थारु हरु को थरुहट हुँदैमा तपाईलाई लखेट्ने कुरा तपाई काहाँ बाट सोच्नु भयो ?? आफ्नो थरुहट बस्तीमा कंगाल हरुलाई शरण दिएर आफ्ना मालिक सम्म बनाउने थारुहरु प्रति तपाइको निसाफ के नि ????

  39. जसले जे भनेपनि १९९० पछिको नेपाल सबैतिरबाट ,बिसेष नैतिकतामा back gear मा लागेको छ. हासी हासी भ्रस्टाचार गर्ने नेता,कार्यकर्ता,ब्यापारी,कर्मचारी,don ,लाई यत्रो माला लगायिन्छ,सायद त्यो bullet proof होला ? किन,कसरि कांग्रेस,एमाले,मधिसे फोरम (कुर्सि को लागि फोरौ) अनि माओबादीका पनि भ्रस्ट भए पछी ति सारै गरिब नेपालीको हित कसले गर्ने ?? नेता जस्तै पजेरो र प्राडा मा body guard संग घुम्ने होइन , खाली भोको पेटमा केहि खाना जानु पर्यो ??? नत्र म भुख बाट मर्नेछु , अनि यो कुरा सहि हो.नेपालमा जनताले लाखौ जनता लाई गास र वास को दुख भएको बेलामा नेपाली नेताहरु ले अरबौ घुस खाए.मेरो बिचारमा सबै नेपालीले एक सच्हम व्यक्ति लाई ४,५ बर्स दिनु पर्छ.नया नेपालमा योग्यता को आधारमा निर्बाचन हुनु पर्छ, न जातियेको आधारमा.

  40. परिबर्तनजीलाई Mysansar को ब्लगर भएर आएकोमा स्वागत छ / धेरै साथीहरुजस्तै म पनि उहाको पहिलो ब्लग देखी असमत छु /
    – संघीयताको बिषयमा बहस हुनु राम्रै कुरा हो / परिबर्तनजी बिना बहस जातीय संगीयताको पक्षमा अन्ध भक्त हुनुभएको छ / जसले बहस चलाउने कोशीस गरेको छन् उनीहरु उहाको नजरमा कथित भएका छन् / एस्तो संक्रिन सोचबाट माथि उठेर लेख्न म उहालाई अनुरोद गर्दछु / मेरो विचारमा यो बिषय गहन बहस को बिषय हो , सकेसम्म त जनमत संग्रहमै गएको राम्रो हो /
    -अर्को कुरा हालीमुहालीको कुरा , अहिले हालीमुहालीमा नहुनेले पनि यो कुरा बहसमा ल्येका छन् वा जातीय संगीयाताको बिरोद गरेकाछन / पर्जातान्त्रिक पर्नालीमा जनताले जसलाई रुचाउछन उसैले शासन गर्नेहो / परिबर्तन जीले कथित पहाडिया ,बाहुन र खसहरुले अरु जातिलाई ठाउनै दिएनन् भन्नुहुन्छ , मेरो बिचारमा ठाउ दिने होईन आफ्नो बुद्दी बिबेक र सामर्थ्यले जनता को मन जितेर आफ़नो ठाउ आफै बनउने हो / उहाले संबिधान सभाको चुनाबको परिणाम थाहा पाउनुभएको छईनकी कसो मै हु भन्नेलाई पनि साधारण जनजाती / मदेशी उमेदबारले हराएका छन् / उहाले भनेझै जति जनजाती भएकै आधारमा राज्य र अधिकार दिनु उचित होईन / भनाइ छ नि उचाले को कुकुरले मीर्ग मार्दैन /
    – उहाको अनुसार मधेश आन्दोलन नभएको भए महन्त ठाकुर , बिजय कु गच्छदार , जे पी गुप्ता…..आदिले ठाउँनै पाउने थियनन , उनिहरुले ठाउँ पाएर पो मधेश र मधेशीको हितको काम के गरे ह ?? परिबर्तन जीले बुझेकै कुरा होला मधेशी भनौदा नेताहरुले कथित पंचायतकाल देखीनै आफु अनुकुल शोझा जनतालाई प्रयोग गर्दै ( सत्ता कै लागि पाटी फुटाएर भए पनि ) देशको धुकुडीमा रजाई गर्दै आइरहेका छन् /
    -अनि , जातीय संघियताका नाममा देशलाई कति टुक्रा संघिय राज्य बनाउने ह ??? परिबर्तन जी ??

  41. Nepal is not big enough to divide it in to very small states. Making states can never change the life of the poeple living on that region. Its the awareness and the development that can make a nation not by dividing it on states. The writer of this article seems taking every thing personally.
    Whoever you are i am from farwest and we people of farwest have always being dominated from government and even by the people of other region and caste but we dont want our farwest to be divided. We belive on peace N love not like your article which is trying to do brain wash of people. Sorry but i think you should better shutup..!!!

  42. सुर्य बहादुर थापाकाजी राष्ट्रिय पंचायतमा धनकुटाको सदाबहार, विकल्परहित उम्मेदवार थिए| बहुदल आएपछि उनको उम्मेदवारीलाई कसैले चुनौती दिए | उनले पनि खुरुक्कै भनेछन :”लौ! ठिकै छ , तिमीहरु मध्य कोही जाओ न त ! म बुढो पनि भएँ…” | अनि पर्दा पछाडी बुढाले भएभरकालाई उम्मेद्वारी दिन उचालेछन| नाम दिने दिन त घम्साघम्सी भएर झन्डै लाप्पा खेल्ने स्थिति आएछ| कोही पनि टसमस नभएपछि काजीले नियुक्त गरेको प्रायोजकले यस्तो भने अरे :” तपाइहरुले साझा उम्मेदवारी दिनसक्नु भएन, तसर्थ पार्टीले उही बुढोलाई नै उम्मेदवारी बनाउने निर्णय गर्यो”| यसरि बर्षेनी ध्रुत्याँइं मार्फत थापाकाजी सत्तामा हालीमुहाली गर्न पुगे| यो नियति धनकुटाको मात्र नभएर लगभग ७५ जिल्लामै भए र भैरहेको छ | यसमा सक्षम र असक्षमको कुरो भन्दा पनि ध्रुत्याँइं र फटाहिको कुरो देखिन्छ |लिम्बुवान र थारुवान नै माग्नु को अर्थ लिम्बु र थारु बाहेक अन्य जातिलाई त्यस ‘वान’ बाट निमिट्यान्न पार्ने भनेको होइन | मेशिनगन कै लाइसेन्स पाइन्छ भने बन्दुकको लाइसेन्समा किन सिमित रहने भन्ने मात्र हो | कांग्रेसी सूर्यमान गुरुङ, यो अकिंचन शशांक लामा र ध्रुवनारायण श्रेष्ठहरु लिम्बुवानमा मज्जाले अटाउन सक्छौ भने केशव र दुर्गा दाहालहरु किन नअटाउने ?! लिम्बुवान र थारुवान नामहरुलाइ नौलो नेपालको सुचकको रुपमा हेरिनुपर्छ !

    • अटाउने कै कुरा गर्दा तपाइँ अमेरिका मा अटाउनु भा’ छ | अनि लाखौ नेपाली भारत, खाडी जस्ता देश हरु मा अटैरछान | सवाल आटाउने को हैन उत्कृस्ट सामाजिक ब्यबस्था को हो | एक उदारहण को लागि तपाइँ का ४ भाई छन् रे अहिले तपाई को घर तपाइँ हरु ४ भाई कै साझा मान मा दर्ता छ रे अब तपाई को एक भाइ ले हैन अब यो घर म मेरो नाम मा मात्र दर्ता गर्ने, तर तपाई हरु डराउनु पर्दैन घर मेरो नाम मा गरे नि म तपाई हरु लाइ यो घर बाट निकल्दीन यहि बस्न दिन्छु भन्यो भने तपाइँ के भन्नु हुन्छ ??

      • रमेशजी ! तपाइको तर्कलाई म कुतर्क भन्छु | लिम्बुवान नाम राख्दैमा त्यो नेपालबाट अलग्गिएको त होइन नि ! नेपालमा अब बन्ने ‘वानहरु’ संग हातेमालो नगरी त्यो लिम्बुवान आफै एक्लै बांच्ला र ?! आफु त लिम्बुहरुसंग लांगलाती खेलेर हुर्केको हुनाले सिरुपाते खुकुरी देखि डर लाग्दैन| लिम्बुहरुले झेलिलाई चैं सिरुपातेले चप्काउन्छ! यदि सबै जातजातिले झेल नगरी बाँच्ने हो भने संघियता किन पो हामीलाई चाहियो ?!

  43. खबरदार बेइमानी नहोस!!!!!!!!!!!!!!!
    संघियेता अब रोकेर रोक्न नसकिने बिषय बनिसक्यो जनताको चाहनामा तर खोइ निर्णय गर्ने स्थानमा हाली मुहाली एउतै समुदायेको छ.हुँदा हुँदै संघियेता नै नचाहिने भन्ने सम्मको हौवा पनि फ़ैलाइन्दै छ,येदी अब बन्ने संबिधान?? मा पनि संघियेता समेतीयेना भने नेपाल माराज्य संयेंत्र द्वारा शोसित र पिडित जनताहरुले पछि मौका पाउने छैनन्,तेसैले जाग्नु पर्ने बेला हो सबैजना.
    पहिलो कुरा त संघ राज्य भन्दा ठुलो र मूल साशन केन्द्र सरकार को हुन्छ संघात्मक राज्यहरुमा,स्थानीय रुपमा संघ राज्य हरुको निर्माण गरिएका हुन्छन.नेपाल को सन्दर्भ मा संघ राज्य निर्माणको एउटा उचित र बेबहारिक बाटो जातिय पहिचान,सम्मान सहित को संघ राज्य हुन सक्छ भन्ने मेरो मत छ.किन कि
    * पहिचान र राज्यको जिम्मेवारीमा सबै समाहित हुन सक्छन.
    *आफ्नो संस्कृतिको जगेर्ना गर्न सछेम हुनेछन र अन्तमा नेपाल माता कै भलाई हुने हो.
    * निर्णय प्रक्रिया मा नया समुदायको प्रवेशले नया जोश र जाँगर पक्कै पनि भर्नेछ.
    * जातिय संघ निर्माण को परिकल्पनामा मात्र एउटा जाति लाइ इंगित गर्न खोजेको पक्कै होइन निश्चित भुमि मा पन्पिएको एउटा संस्कृतिलाई मात्र जगेर्ना गर्न खोजेको हो र त्यो संघ सबै संघबासीहरुको पक्कै हो, तसर्थ बकुम्फुसी हौवा हो कि जातिय राज्य भयो भने किटान भएको जाति ले मात्र लाव पाउने छ भनेर.
    * जातिय राज्य भए पनि नियम कानून त पक्कै पनि चल्ने नेपाल राष्ट्र को हो तेसैले कोहि पनि तर्सनु र भाग्नु हुँदैन,एउटा मौका दिन सबै अगाडी बढ्नु पर्छ.
    * विभाजनको हौवा पनि हावा हो किन कि नेपाल सबैको साझा फुलबारी हो तर सबैले समान अवसर पाउने कुरा को ग्यारेन्टी नभई दिए विभाजन को तुस पलाउन जातीय/संघ राज्य नै भै राख्नु पर्दैन.
    अन्तमा जातीय राज्य को बारेमा फैलाइएको कुनै पनि हौवा को पछि कुद्नु भनेको पक्कै पनि बुद्दिमानी होइन,येदी भै गयोभाने नेपाल रास्ट्रको बिकासमा कोशेदुंगा साबित हुनेछ.

  44. हिजो भर्खर बिहार बाट चिरेको मदिसे र तिब्बत बाट झरेका चै आदिबासी रे. थारु हरु पनि भारत बताई एक हुन्, नेवार हरु बर्मा बाट एक हुन्| तेस्तो हुदा हुदै बाहुन र छेत्त्री बाहेक सबै आदिबासी रे | नेपाल मा अएका नि सबै immigrant नै हुन् | We should promote a merit society in Nepal where his destiny is determined by his hardwork and integrity| आरंछ्यान्न को नाम क औठाछापहरु मन्त्रि र सभासद भएका छन् | यस्तै ताल ले दस वर्ष मा सोमालिया जस्तो बन्छ नेपाल |

    • Mr Ayus,
      बाहुन क्षेत्रीले लेखेको इतिहाँस हैन अन्तर-रास्ट्रीय लेखकको इतिहास पढ बाबु…थाहा पाउनेछौ को कहाँ बाट आएको !!!!

      • अन्तराष्ट्रिय लेखक लाइ बढी थाहा हुन्छ कि हामीलाई? त्यो पनि आफ्नै देशको बारेमा ? थारु हरु राजस्थान बाट आएका हुन्, नेवार हरु tibeto-burmese हुन्, बाहुन छेत्री कोइ खस हुन् भने कोइ भारत बाट पनि अएका छन् | यो बेकार को ‘भूमिपुत्र’ बहस गर्नु को केहि तुक छैन | माओवादी ले चुनाब मा सीट जितिसकेपछि जातीय राज्य को ढोलक पिट्न थालेको हो | यो भनेको जनताको आँखा मा छारो हाल्नु हो, चुनाव अगाडी नै जातीय राज्य को पछ्या मा भएको भए माओवादी अहिले धेरै सानो दल हुन्थ्यो |

        • आयुस,
          अंग्रेजी बुझ्चाउ भने यो तलको लिंक मा click गरेर पढ्नु ..यदि सहयोग चाहिन्छ भने भन्नु म सहयोग गर्छु बुझ्न लाइ…थाहा पाउने छौ थारु कहाँ बात आएको भनेर…नेपाल परिचय कण्ठ गरेका रैछौ भन्ने बिर्सी हाल..अब त्यस्ता मन गढ़ंत बाहुन/क्षेत्री इतिहास कसैले पनि पत्यौदैन…
          http://tharuculture.blogspot.com/2009/07/real-story-of-tharus.html

          • Mr Biswas,
            The thesis presented in the article you’ve shared points to some obscure religious text which is embedded more in mythology than factual evidence. Therefore your contention would be as good as mine. People try to reconstruct history as they see fit, and yours is no different. The article makes whimsical claims like ‘The facial features of the ‘THARUS’ too resemble the earliest stone images of the Buddha,’; who is to say that stone imagery Buddha was a clear depiction of him? Furthermore, there’s no distinct facial features that set Tharus apart from other Terai races, so the claim is muddy at best.

            Finally, this article is sourced from a Tharu leaning website, if this was an independent article that appeared in an anthropological journal there may have been an iota of truth to it, but based on personal extrapolation of a Tharu apologetic, I don’t believe this at all.

            I rest my case…let me know if you need lessons understanding this..

            • Mr Ayus,
              If you really understood the article , how didn’t you notice the sources of the claims ??? I suggest you to read it again and again until you understand it properly.
              And for your kind information, the real history of Tharus lies somewhere else than nepali text book ” Nepal Parichaya”. Before you speak about the origin and history of any caste, please make sure you have enough knowledge and study about it. And don’t try to discriminate any caste. Good for you .
              I hope you understood.

  45. कम्युनिष्टहरु बर्गीय संघर्षमा विश्वास गर्छन. तर माओबादीहरु जातियतालाई बढी प्राथमिकता दिएकोमा टिठ लाग्छ. जनजातीहरुलाई रिझाउन माओबादीले जातिय राजनीतिको बिउ रोपेको थियो अहिले तेही कुरो उसलाई घाडो भएको छ. भारतको संघियताको कुरो गर्छौ, भारतमा संघियता कहा सफल भएको छ? गरिब र धनि बिचको खाडल झन् बढो छ. एउटा UP को धोति महाराष्ट्रमा गयो भने तेहा का मराठीहरुले कसरि UP को धोतिसंग कस्तो बेबहार गर्छन सबै लाई थाहा होला. बाल थाक्रे , राज थाक्रे ले उत्तर भारतीय विरुद्ध गरेको आन्दोलन सबै थाहा होला.

    नेपालमा जातियताको आधारमा संघियतामा जानु भनेको आफ्नो घुडामा आफै बन्चरो हान्नु हो. मधेसीहरु तेसै त एक मधेश एक प्रदेश भनेर कहिले मधेश टुक्राउन पाईनछ भनेर बसेका छन्. गरिब मधेसीहरु उत्पिधित छन् तर जो मधेसी सत्तामा छन् उनिहरु देश र जनता प्रति इमान्दार छैनन्. जस्तै सरद सिंह भण्डारी ले २२ वोटा जिल्ला टुक्राउने कुरो गरयो, आज मधेसी नेताहरु संघियता नभए आगो लगाउने कुरा गर्दै छन्. तराई मा पहाडी मूल को मान्छेलाई बस्न गार्हो भैसक्यो, जातीय संघियताले जात जात बिचमा फुट ल्याउने छ. यो कुरामा बेलैमा होश पुर्याउन जरुरि छ.

    जहा सम्म जातीय संघियताले जनजातीलाई अधिकार सम्पन्न गराउछ भन्ने कुरो छ, मान्छे आफ्नो मेहेनेतले सफल हुने हो , अगाडी बढ्ने हो, जसले मेहेनेत गर्दैन त्यो जहिले पनि पछाडी पर्छ. जनजातीलाई , मधिसीलाई , दलितलाई मेहेनेत गर्न कसैले रोकेको छैन. हुन सक्छ गरिबी, उत्पीडन शिक्षाको कमिले जनजाती, मधेसी अगाडी बढ्न नसकेको. गरीब, निमुखा, उत्पीडित बाहुन छेत्रीहरु पनि नेपालमा धेरै छन्. उनीहरुको लागि पनि सोच्न पर्यो. नेपालमा १०० भन्दा बढी जाति जनजाती छन्, अहिलेको जातीय संघियताले सबै जातीको चित्त बुझाउन सकेको छैन. तेसैले जातिय संघियता नेपालको लागि उचित छैन. जातीय संघियता भन्दा पनि कसरी गरिबी हटाउने, गरीब र धनि बीचको दुरी कसरी कम गर्ने, जनतालाई कसरी शिक्षित बनाउने तिर बढी ध्यान दिन जरुरि छ. जनमुखी संबिधान छिटो भन्दा छिटो लेखन जरुरि छ.

  46. परिबर्तन चाहेकोहो बा परिमार्जन, बिकास चाहेको हो बा विभाजन?

    देस बिभिन्न भौगोलिक अबस्थामा विभाजित छ, जनताहरु जात समुदाय र बर्गमा/ सबैको आआफ्नै अबस्था, बिबसता अनि मौलिकता र ईतिहास छ/ तराईमा समतल खेति योग्य जमिन अनि नेपालको सबै जलश्रोत छ, भारत सिट सिमा जोदियको छ/

    हिमालमा हिउँ मात्रै छ, खेति गर्ने जमिन छैन/ पहाडमा बाटो छैन खेति गर्न सकिने जमिन पर्याप्त छैन/ तर तराई पहाड र हिमालमा विभाजित नेपाल भित्र सबै जात, समुदाय र बर्गका नागरिकहरु बस्छन/ हिमाललाई हिमालीको, पहाड पहाडीको र तराई मात्र मधेसी बनायर के नेपालको सन्तुलित विकास सम्भव हुन्छ?

    नेपालको सन्तुलित बिकासको निमित सन्तुलित साधन र श्रोत चाहिन्छ/ संघियता यसैको लागि हुनु पर्ने थियो/ तर संघियता जात र बर्ग अनि पहिचानको निमित हुने भनियो/ त्यो भन्दा पनि आपति जनक कुरा त् संघियताको नामा बनिने कुनै राज्यमा त् उनीहरुकै जातिले राज्यको सबै अबशरमा प्राथमिकता चाह्यो र राज्य भित्र भयको श्रोतहरुको परिचालन गर्न उनीहरुले नै आत्म निर्णय गर्न चाह्यो/ बिमति यसै कुरामा हो/

    हिमाल पहाड र तराईमा सबै जातको नेपालीको उत्तिकै हक र जिम्मेवारि छ/ जिम्मेवारी जातको आधारमा होईन योग्यताको आधारमा वितरण हुनु पर्छ/ हो बिगतमा राज्य र नेताको गल्तिको कारण योग्य बन्न नसकेकालाई राज्यले अब योग्य बन्न हर सम्भव अबशर दिनु पर्छ/

    हिमालको हिउँ पग्लेर नदि बन्यो त्यो बगेर तराई पुग्यो/ हिमाल नभयको भय नदि हुने थियन पहाड नभयको भय तराई मात्र होईन समस्त बिहार नै मरुभूमि बन्ने थियो/ हिमाल र पहाड भयकै कारण तराईको माटो मलिलो भयो/ त् तराई हिमालीको पनि हो पहाडीको पनि हो तराई बासीको पनि हो/ हिमाल र पहाड तराईबासीको पनि हो/

    अब बनिने संघीय राज्यले त्याहा बस्ने हिमाली पहाडी र तराई बासि सबैलाई हिमाल पहाड र तराई मिलेर बनेको नेपाल उसको आफ्नै हो भन्ने महसुस हुने हुनु पर्थ्यो/ तर यस्तो सघियता त् ई नेताहरुले चाहेकै छैन, किन?

    अहिलेको जातीय संघियता मुलत तराईलाई मध्य देस बनाउन नै उठेको हो/ अहिले नेवार लिम्बु आदि राज्य बनाउने माग पनि नेवार लिम्बु समुदायले उठाएको होईन मागेको होईन; ईनै मधेसबादी नेताको बलमा कुर्सीमा पुगेको राजनैतिक दलको भात्री संगठनहरु र तिनै दलको नेताहरुले उठायाको हो/ प्रमाणको रुपमा लिने हो भने अहिलेको मधेसी नेताहरुको नेता जय कृष्ण गोईत नागेस पासवान मात्रिका यादवहरु पहिला मावोबादीको भयको र विजय गच्छदार गुप्ताहरु पहिला काग्रेसको भयकोलाई लिन सकिन्छ/

    अहिले देसमा राजनैतिक असहमतिको मूल कारण बनेको मधेसबादी मुद्दामा भारतको यति गहिरो भूमिकालाई हामीले धेरै गम्भीरता पुर्वक लिनु पर्छ/ नेपालमा अहिले जात र पहिचानको कुरा मात्र मधेशबाद्लाई मल जल गर्न उठायाको होईन भनेर सायदै कसैले भन्न सक्ला/

    हिमाल मात्र हिमालीको होईन पहाड मात्र पहाडीको होईन र तराई त् कुनै पनि हालतमा मात्र मधेसीको हुने सक्दैन, किन भने मधेस बादी नेताहरुले समस्त तराई बासीलाई मधेसी मानेको छैन र तराईका जनजातीहरुले आफुलाई मधेश होईन भन्दै आएको पनि छ/ तराईमा पुर्खौ देखि बस्नेलाई मधेश बादी नेताहरुले मधेसी अरु नेपालीलाई पहाडी भनेर तराई बात लखेट्ने त् थियनन!!

    मधेसबादी नेताहरुले तराईलाई मधेस बनाउनु पर्ने मधेसीले राज्य र राज्यको हरायक अबशरमा प्राथमिकता पाउनु पर्ने त् भन्यो/ तर तराईमा को को मधिसे हुन् भन्न समेत सकेको छैन/ मधेसी नेता उमेश यादवले “मधेसी भनेको कुनै जाति नभयको मात्र समुदाय हो” भन्यो/ तर कुन समुदाय मधेसीको हो त्यो भन्न सक्नु भयन/ उमेश यादवले त् तराईमा रहेको मुस्लिमहरुलाई समेत मात्र” छुट्टै धर्म मान्ने समुदाय” हो समेत भने/

    तराईलाई मधेश बनाउन हतियार उठायर आतंक मच्चाउन्दै आउने मधेसी नेता हरुको कुरा सुन्ने हो भने त् तराई बिहारको बिन्द्याचल सम्मको “मनुस्मृति”मा मध्यदेस भनियको भू भाग हो र यसलाई राजा पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जा गरेकोले समस्त तराईलाई नेपालको भू भाग भयको कुराकै बिरोध गर्दै आएकोछ/

    सन् १९५६मा तराई नेपालको नभयको भनेर रास्ट्र संघ र भारतको सदन सम्म तराई नेपालको नभयको कुरा मनाउन गुहार्न जाने रघुनाथ ठाकुरले तेती बेला जे जस्तो कुरा उठायाको थियो तिनै कुराहरु आज ई मधेश बादी नेताहरुले उठाउंदै आएको छ/ आजको ई मधेसी नेताहरु रघु नाथ ठाकुरलाई मधेश वादको प्रथम सहिद मान्छन/ रघुनाथले लेखेको किताव आज पनि गुगलमा पढ्न सक्नु हुन्छ/ त्यो कितावमा लेखेको भन्दा ई मधेसी नेताहरुले फरक कुरा केहि मागेकै छैन/ यो अत्यन्त गम्भीर कुरा हो/

    मधेसी भन्ने को को हुन् भन्ने बारेमा जय कृष्ण गोईत र ज्वाला सिंग अर्थात नागेस पासवान ले आफ्नो अन्तर्वार्तामा स्पस्ट भनेको छ/ तिनिहरुले बि बि सी लगायत अरु पत्र पत्रिकालाई दियको अन्तर्वार्ताहरु आज पनि गुगलमा पढ्न सक्नु हुन्छ/

    बिगतको शासक बर्ग र कुनै कुनै समुदायको गल्तिको कारण कुनै समुदाय पिडित भयो उपेछित भयो/त्यो गल्ति सुधार्ननै नेपाली जनताले आजको परिस्थिति स्विकारेको हो/ तर फेरी पनि जातकै आधारमा विभाजित हुन् चाहि होईन/

    बिगतमा कुनै जाति र समुदाय पिडित हुनुमा नागरिक होईन नेताहरु जिम्मेवार थियो/ यो कुरामा नागरिकहरुको असन्तुस्टी विस्फोटक हुने अबस्था देखे पछी जातीय र बर्गीय शोसनको जिम्मेवार तिनै नेताहरुले आज जातीय बर्गीय सघियाताको नारा लगायर नेपालमा बिगतमा भन्दा ठुलो जातीय विभाजन गर्न खोजेको छ/ हिजो जात जातिलाई सोसँग गर्ने नेताहरु नै आज जात जातको राज्य बनाउनु पर्ने भन्ने परिबर्तित नारा लगाउन थालेको हो/

  47. जसरी पंचायती व्यवस्थालाई घोसेमुन्टो लगाएर हामीले ३० बर्षसम्म जबर्जस्ति स्वीकार्यौ, त्यसरी नै संघियता मन नपराउनेले पनि यसलाई स्वीकार्न करै लाग्छ, कारण यो नै आजको धरातलीय यथार्थ हो| एकथरीले जनजातिमा आएको संघियात्मक चेतनालाई मसान जागेको पनि भने| आफ्नो हालीमुहाली गुमि आफ्नै चिहान खनिने डरले त्यसो भनेका हुनसक्छ| हिजो पचहतरै जिल्लामा एकैजातिले हालीमुहाली चलाउँदा अन्य जातिले जातीय सहिष्सुनुश्ता कायमै राखेका थिए त! तुम्फाहाम्फेहरुको गाउँमा डल्लाकोटीहरु हाकिम हुँदा जातीय सदभाव राम्रै थियो| अहिले आएर तुम्फाहाम्फेहरुले लिम्बु प्रदेशको माग राख्नासाथ जातीय विद्वेष र मुलक बिखन्डन देख्ने यो कस्तो काइते सोचाइ हो ? एकथरिको कुरो अर्कोथरीले खुरुख्रुरु मानिदिए जातीय सहिष्सुनुश्ता, बिमति राखे जातीय विद्वेष हुने! ए तेरीमा लाने ! जनजातिलाई हरुवा, चरुवा, बैठके, हुक्के, घाँसे, तल्लोजात, कुजात देख्ने शोसक सामन्तीहरु, संकीर्ण मानसिकताले भरिएका पिछलग्गुहरु, जातीय संघीयताका बिरुद्दमा लागेका छन्| राजा नरहे देश रहन्न, कांग्रेस नरहे प्रजातन्त्र मासिन्छ भनेर बिगतमा अरण्य रोदन गरेका थिए| राजा गुल्टिए, देश सग्लै छ: कांग्रस खुम्च्यो प्रजातन्त्र झन् फष्टाएको छ| अब जातीय राज्यले देश बिखन्डन गर्छ भन्ने कुरो पनि ऐ ऐ नै हो|

  48. देशको कल्याण तवै हुन्छ जब सबैले अवसर पाउछन । अवसर निगाहाले दिने होईन , योग्यलाले लिने हो । योग्य तबै हुन्छ जब पढने,लेख्ने अबसर सबैले पाउदछन । यसको जिम्मा राष्टले लिनु पर्छ । राष्ट धनी समुनन्त नभए सम्म राष्टले चाहे पनि दिन सक्दैन । दिनको लागि हुनु पर्छ । हुनको लागि निरन्तर रुपमा लागि रहनु पर्छ । परिश्रम नगरि चाडो धनी हुने , नपढी पास हुन खोजने जस्तै हो । नेता हुन मन्त्रि हुन देश टुक्रयाउन खोजेको जस्तै हो ।

    • भोलाजी ! अवसर योग्यताले नभएर ध्रुत्याँइंबाट लिएर पो मार्यो !!

      • शशांक जी,
        धुर्त मान्छेहरु बाहुन छेत्री समुदायमा मात्र छन् भन्ने तपाइको मान्यता देखियो / मेरो बिचारमा त्यो नै गल्ति भयो / त्यसो भए बिजय गच्छेदार, सूर्यमान गुरुङ, बिष्णु मादेन, जेपी जुप्ता, पदमसुन्दर लावती, हरु सबै बाहुन छेत्री हुन्? अनि ति दुर्गम जिल्लाका पिछडिएका सबैलाइ जनजाती घोसित गरम कि? रमेश खरेल लिम्बु हुन्? नेपालीमा निजामती कर्मचारी र नेता हुनेहरु अधिकांश धुर्त छन्, त्यो अर्कै पाटो हो, यसमा जातिगत कुरा हालेर समस्याको समाधान हुनेवाला छैन /
        जुनसुकै जातिमा हेर्नुस धुर्त मान्छेको कमि छैन / नेपाल को भलो गर्ने हो भने बदमासी काम रोक्ने तगडा कानुन अनि त्यो कानुन लागु गर्न तगडा मान्छे भए अधिकांश समस्या समाधान हुन्छन / अराजकता (घुसखोरी, भ्रस्टाचार, असुरक्ष्या) अहिलेको सबैभन्दा ठुलो समस्या हो / संबिधान, संघियता, आदि इत्यादिले कुनै गरिबको झुप्रोमा कहिल्यै आगो बाल्नेवाला छैन /

        • मा प्रवृतिको कुरा गर्दैछु र सूर्यमानहरु दुधले नुहाइएका छन् भनेको पनि त छुइन| प्रादेशिक खाका पो खिचेको त डिल्लीजी !

        • दिल्ली रमण जी,
          ठिकै हो, सबै जनजाती हरु सोझा इमान्दार हुँदैनन् र सबै बाहुन छेत्री धुर्त र फटाहा हुँदैनन् ! यहाँ सामान्य ट्रेन्ड (बहु संख्याकको) को कुरा गरेको हो! बहुचर्चित मदन पुरस्कार जितेको पुस्तक “अन्तर्मनको यात्रा” मा, एक प्रसंगमा बरिस्ठ लेखक र समाज सेवी जगदिस घिमिरेले (पेज ११६ जस्तो लाग्छा) भनेका छन् “हामी खस हरु ८०% जाली फटाहा हुन्छौ र बाकी २०% इमान्दार हुन्छौ, तर माझीहरु (जो एक जनजाती हो) ८०% इमान्दार हुन्छन २०% फटाहा हुन्छन!” यो कुरा नेपाली समाजको प्रसङ्गमा १००% सहि छ जस्तो लाग्छा मेरो अनुभवमा! तपैले दिनु भएको उदाहरण बिजय गछादर, सूर्यमान गुरुङ र लावोतीहरु तेही २०% भित्र पार्लान!

          तर हेर्नुस, खस जाति तर्फा, पुष्पकमल दाहाल, गिरिजा कोइराला, माकुने, झलनाथ खनाल, शेर बहादुर देउबा, बाबुराम भट्टराई, रामचन्द्र पौडेल, खुम बहादुर खड्का, चिरन्जिबी वाग्ले, गोबिन्दे जोशी, सुर्य बहादुर थापा, ज्ञानेन्द्र साह, पारस साह, किर्तिनिधि बिस्त, के. पी. वोली, मोदनाथ पौडेल “गौथली गूद”, बामदेव गौतम, रंजन कोइराला, मोतीलाल बोहोरा, बाल कृस्ना ढुंगेल, सुजाता जोस्ट कोइराला, ———–त्येस्तै बिगत र हालका उच्च पदस्थ मुख्य सचिब, सचिब, सहसचिबहरु, सेना र पुलिसका हाकिमहरु —— कति हो कति —अन गन्ति —— तेसै नेपालको यो हबिगत भाको हो र !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  49. मलाई त लाग्छ जो जातीय आधार मा संघियता को कुरा गर्छन तिनी हरु नै जात जाति को पक्ष्य मा छन् ….सबै जति समान भन्ने अनि जातीय राज्य छुट्टै बनाउने ….अनि जुन राज्य मा minority भयो त्यो त सधै पेलिएको पेलियै हुने भयो……तेइ भएर decentralize गरौ तर एती सानो देस बिभाजन चै न गरौ होला…अझ त्यो पनि जातीय आधार मा …..लेख्ने सोल्टी ले जे मन लागो तेइ लेख्नु हुदो रैछा ….
    गरिब जनता लाई सुबिधा र प्रोत्साहन गरौ ….जुन जात को भए पनि ….
    मधेस मा पनि वर्ग विभाजित छ…सोसक र सोसित दुवै छन् ….गछ्यादर र उपेन्द्र यादव को त कुरै न गर्नुस … सब भन्दा मधेस लाई ठग्ने यिनै नेता हुन् …
    लेखक लाई मेरो सुझाब …यो सिर्सक मा पनि विचार गर्ने कि की थर को आधार मा पनि राज्य बिभाजन गर्ने हो कि …श्रेष्ठ श्रेष्ठ जति लाई एउटा राज्य..साक्य साक्य लाई एउटा …अनि पौडेल पौडेल लाई एउटा …यादव यादव लाई एउटा …ठाकुर ठाकुर लाई एउटा …..परियार लाई छुट्टै नेपाली थर लेख्ने लाई छुट्टै …

  50. नेपालमा संघियता कसैले खोजेको थिएन | यो त माओवादीले शसत्र आतंक मच्चाएको बेलामा सस्तो लोकप्रियेता लिन ल्याएको नारा थियो जसलाई अन्य पार्टीले समेत अन्जाम के हुन्छ भन्ने बिचार नगरी अङ्गीकार गरे | अहिले यो सबैलाई घाँडो भएको छ, तर चित्र बहादुर के सी बाहेक कुनै नेताले यसको डटेर बिरोध गर्न सकेका छैनन् |जातीय संघियताले देश विखन्डन तिर लाने निश्चित हुँदा हुँदै संघियताको वकालत गर्ने यी भ्रष्ट नेताहरु कताबाट संचालित छन् भनेर सोच्ने बेला आएको छ | अहिलेको Globalization मा किन चाहिए नेवार, लिम्बुवान, मगरात, तमुवान, मधेश राज्यहरु ?? यदि संघियेतानै चाहिए हालका पांच विकाश क्षेत्रमा के कमि छ र तिनलाई पाच संघिय राज्य बनाउन नहुने ? किन विभिन्न जनजातिहरु यी बिकाश क्षेत्रमा मिलेर बस्न सक्दैनन ??

  51. उत्पीडित, मधेसी, महिला, अल्पसंख्यक, सिमान्तकृत तथा जनजातीको पक्षमा बल्ल बल्ल यस्ता लेखहरु आउनु खुशीको कुरा हो। पहिचान र सामर्थको आधारमा नेपालमा संघीयता हुन अतिआवक्कयक छ यसले मात्र उत्पीडित, मधेसी, महिला, अल्पसंख्यक, सिमान्तकृत तथा जनजातीको पक्षमा वकालत गर्छ। पहिचानमा आधारीत संघीयतामा जादा प्रशासन, निजमती, सरकार, नीतिनिर्मातामा, अदालत न्यायलय,राजनीति, मेडीयामा उनीहरुको पहुच बढ्नसक्ने सुनिशचीतता हुन्छ। फेरी बुझ्नुपर्ने जातीय संघीयता होइन जस्तै लिम्बुवान त्यो त पहिचानको हो त्याहा सबै जातीको सम्मान हुन्छ। तर उत्पीडित, मधेसी, महिला, अल्पसंख्यक, सिमान्तकृत तथा जनजातीलाइ उनीहरुको हैसीयत बाहुन छेत्रीको संगसमान्ता भइन्जेलसम्‍मका लािग यो खालको बिधिको शासन हो। अनन्तकाललाइ होइन। यसरी सामर्थ र पहिचानमा आधारीत संघीयता हुनुहुदैन भन्नेहरु २०४७ सालकै संबिधानको निरन्तरता चाहनुबाहेक यही बहुदलीय ब्यबस्थालाइ चाहनु बाहेक अरु केही होइन।१४ प्रदेशको प्रस्ताबमा खुरुक्‍क सहमती गरेर सस्थागत गर्नतिर नलागेर मावादी, एमाले,काङग्रे र मधेशी मोर्चाका नेताहरु केको गाइजात्रा गराइरखेको।

  52. सबै जनाले धेरै चिन्तन गर्छन अनि आफ्नो कुरा ठिक अरुको बेठिक भन्छन, अनि पछी चाही सबै को एउटा एउटा पार्टी हुन्छ , जन्मिदै लेखेर आएको जस्तो, तेसै को पछी लग्नु पर्ने , पहिला आफु स्वतन्त्र हुनु पर्यो नि अनि पो देश को बारेमा सोच्ने time पाउछौ, अहिले शारीरिक श्रम गरेर देश बनाउनु पर्ने बेला मा नभएको थोत्रो नेपाली दिमाग लगाएपछि येस्तई येस्तई कुरा मा समय बर्बाद हुन्छ , काम गर्नु छैन वाहियात कुरा मा समय बर्बाद, फेरी सबै लै थाहा छ मान्छे जन्मेको दिन देखि नै Racist हुन्छ , त्यो कुरा लै प्रकृति ले पनि मेटाउन सक्दैन , कति न जात धर्म हटाएर eutai बनाउने रे, एउटा झोलुंगे पुल नहालेर मान्छे हरु को बिजोग हुन्छ, संसार भरि बेईजात भैसकेको थाहा छैन, खुरुक्क मिलेर नबसेर, जसले आरुलाई हेप्छा, दादागिरी गर्छा, समातेर जेल मा हालेपछि पो ठिक हुन्छा, हावा हावा संबिधान बनाएर पनि ठिक हुन्छ, कहीं नभाको जात्र हाँडी गाउँ को .

  53. पारिन्छ सत्ता जब खण्ड खण्ड, रहन्छ राष्ट्र त्यहाँ के अखण्ड
    थुतिन्छ पत्ता जब खात खात, सिद्धिन्छ सौन्दर्य अनि फुलबाट ।।
    (माधव घिमिरे )

    जातीय आधारमा संघको निर्माण गर्नु भनेको अर्को एक आत्मघाती कदम हुने छ ।जातीय आधारको पहिचान भनेको हामीले मेटाउनु पर्ने हो नकि अझ उजागर गरेर संघ नै निर्माण गर्नु । हामीले विदेशमा त्यति उन्नती गर्न नसक्नुको एक कारण अङ्ग्रेजी भाषामा दखल नहुनु हो, यो कुरा बाहुनहरूले बुझेर आफ्नो बच्चालाई संस्कृतमा नपढाएर अङ्ग्रेजीमा पढाउन थालेका छन् । यस्तो अवस्थामा जातीय पहिचानको नाममा गुरुङहरूले आफ्नो बच्चालाई गुरुङ भाषामा पढाउन थाले भने, बच्चाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको त कुरै छाडौँ, उ काठमाण्डौं पनि उभिन नसक्ने हुन्छ । सरकारी जागिरको आकर्षण समाप्त भएर वाहुनहरुले सरकारि जागिर छोडेर अरू उद्यम तिर लागेको अवस्थामा अरुले भने सरकारी जागिरमा आरक्षण भएमा पहिचान प्रबल हुन्छ भनेर लाग्नु एक बिडम्बना नै हो ।

    हामीमा पहिचानको संकट परेको छ, हाम्रो पहिचानको आधार के हो, हामी त्यसमा प्रष्ट छैनौं, के हामी सँग पहिचानको लागि जातीयता बाहेक अरू केही छैन ॽ एक नेपालीले अर्को नेपालीको बीचमा आफ्नो जातिको आधारमा मात्रै परिचय दिनु पर्ने ॽ

    अबको आवश्यकता भनेको जातीय पहिचानलाई मेटेर नयाँ पहिचानको खोजि गर्नु हो । त्यो पहिचान के हुन सक्छ, हाल हामी अलमलमा छौं, नयाँ नेपाल निर्माणको चाहना गर्ने हामी सबैले त्यो पहिचानको खोजि गर्नु छ । भाषा, जाति र धर्म जस्ता संकिर्ण पहिचानबाट माथि उठेर हामीले हामीमा भएको भावनागत पहिचानको खोजि गर्नु छ ।

  54. हामी सबै नेपालीले बुझ्नु पर्ने कुरा के हो भने हाम्रो नेपालमा कसैलाई कसैलाई आदिबासी जनजाती भन्न मिल्दैन.आदिबासी जनजाती त उसलाई भनिन्छ जो कुनै पनि ठाउँमा दसौ हजार वर्ष देखि बसेको छ .अमेरिकामा रहेका रेड इन्डियन र अस्ट्रेलिया र न्यु जिल्यान्ड मा रहेका आदिबासी मात्र आदिबासी जनजाती हुन्.हजारौ वर्ष देखि नेपालमा बसेका हामी बाहुन छेत्री आदिबासी हुने अनि हिजो बसाइ सरेर आएका हरु जनजाती हुने.हामी कतै बाट आएको जस्तो लाग्छ भने हाम्रो देश देखाउनु पर्यो तिमीहरु याँहा बाट आएको भनेर.२ वर्ष अगाडी बिहार बाट बसाइ सरेर आउने ले मधेशी भनेर र तिब्बत बाट आएका तिबेती शरणार्थीले आदिबासी भनेर आरक्षण पाउने हामीलाई चाही दोस्रो दर्जाको नागरिकको रुपमा लिने.हाम्रो के दोष यसमा?दोष त हाम्रो पुर्खाको हो जसले नेपाललाई एक बनाए,उजाड पाखालाई हराभरा बनाए ,पसिना बगाए,सधै भरि देशलाई माया गरिरहे.आज हामी बाहुन छेत्री यसैको सजाय भोग्दैछु.बाहुन छेत्रीले मात्र अवसर पाए रे.मेरो कुरा गर्नुहुन्छ भने दांगको छेत्री म ,मेरो खानदानमा आज सम्म कसैले सरकारी जागिर गरेकै छैन न हामीले कुनै अवसर पाएका छौ र अब झन् पाउने कुरै छैन किनभने मा छेत्री रे.दुख गरेर मेरो घर बाट पढ्न पठाउनु भएको छ पछी मलाई भन्ने छन् छेत्री भयर अवसर पायो भनेर .

  55. परिवर्तनजी पनि एउटा अर्को खररा मधिसे मात्रै हुन् भन्ने कुरा मात्र बुझे मैले यो लेखबाट. धेरै ठाउमा वहाले पहाडे समुदायलाइ ब्यङ्ग हान्नु भएको छ. लेखकले लेखक मात्रै भएर लेख्दा राम्रो हुन्छ, तपाइँ मधिसे भएर लेख्ने नगर्नुस. नेपालको चिन्ता गर्नेले पहिले एउटा नेपाली हुन जरुरि छ, बिचलित मधिसे अर्थात पाहाडे भएर नेपालको चिन्ता गर्नु भनेको वाइयात हो….लौ अब थाकियो

  56. यो संघियता नेपालि को मौलिक सोच हैन |
    अमेरिका को यहा द्वन्द निम्त्याएर तिब्बत सम्म पुर्याउने र इन्डियाको नेपाल लाइ कम्जोर र जर्जर (निल्न अघि चपाएको दाना जस्तो) बनाएर राख्ने ग्रयाण्ड डिजाइन हो |हुन् सक्छ मधेस टुक्राउने खेल पनि होला कि ?
    हिजो कम्निस्ट नेता हरुले ल है हाम्रो सासन मा सबैले काम ,माम ,पाउछ |सबैले सैनिक तालिम लिन पाउछ ,धनि ,गरिब कोइ हुदैन सब समान हुन्छ भनेर भन्थ्यो |आज उनकै मसिहा माधब नेपाल ,प्रचण्ड ,बाबुराम सबैको सासन देखियो |गरिब जही को त्यहि ,प्रसासन जही को त्यहि |
    ल लेउ त् जुन ब्यबस्था लेउ ,नेपाल को प्रसासन ,शिक्ष्या ,सडक जुन छेत्र पनि पुरा तहस न हस न पारि केहि नया परिबर्तन हुदैन | किनकि पुरानो राज पुरै कराप्तेद छ ,
    अब त्यो चलाउन मेलमिलाप को राजनीति र कुरा गरेबाट मात्र सम्भब छैन |
    साचिकै जान युद्द र क्रान्ति बाट त्यो सम्भब थ्यो |
    तेस्तो हुन् इन्डिया ले दिन्नँ ,किनकि उसलाई बलियो नेपाल स्वीकार्य छैन |
    तेसैले उसले मावोबादिर आन्दोलन लाइ मेल मिलाप भन्दै कसरि बाट आजको फुट को संघार मा ल्यायो ??

    जसको बिरुद्द आन्दोल गर्यो ,हतियार उठायो उसैसग मेल मिलाप रे फेरी ?
    अनि येस्तई विजय गछेदर्र को घोडा भयो , गुप्ता को घोडा भयो ,सफारी लायो ,कुचो बढार्यो|

    अब एस्तो भएँन साचिकै क्रान्ति हुनुपर्यो भन्ने मात्रिका ,बैद्द्य आदि जोकर भए |

    तेसैले नेपाल कसैको लगाम मा फसेको देश हो ,यो क्स्स्नग्रेस आए एस्तो हुन्छ ,एमाले आए एस्तो हुन्छ ,मावोबादी आए एस्तो हुन्छ भन्ने उनका कार्यकर्ता ले हो |
    त्यहा सम्म ठिकै छ यो चुनाबी प्रचार र पार्टी प्रचार भनेर चित्त बुझाउनु पर्छ |

    अब आएर देसै टुक्रयाउ भन्ने चै यो ”र” का एजेन्ट हरु( अलि अलि पैसा खाएका ) ,देश का दुश्मन हरु र हिजो पनि बहादुर ,आज पनि बहादुर आफ्नो सोचाइ न भएको मान्छेको सोच हो |
    ( तर देश चै संघियता मा जान्छ नै ,कुनै हालत मा जान्छ एती जान्दा जान्दै पनि बेबकुफ हुन् लेखेको हो किनकि सत्य बोलाऊ ,सत्य सोचौ बाकि भबिस्य ले देखाउछ )

  57. अंगिकृत नागरिकता पायर नेपाल छिरेकाहरु आफुलाई धर्तीपुत्रको वकालत गर्नथाले, अब नेपाली भयर कसरि बाच्ने हो/ उनीहरु त यहाँ आन्दोलन गर्छन भनेअनुकुल भय बस्छन नभय सिमापारी नै फर्कन्छन, हामी कहाँ जाने यदि नेपाल नै नरहे? सालोक्यज्युले नै प्रिथाक्ताबदिको खेति गर्ने मान्छेलाई यो ब्लगमा आमन्त्रण गरेर आमराष्ट्रबादी पाठकलाई मर्माहत बनाउनु भो

  58. मधेसीहरुले जय नेवा, जय ताम्सालिङ , जय मगरात भनिदियो भने हामी पनि खुसि पुर्वक जय मधेस भनिदिन्थ्यौं । यो अहिलेको आवश्यकता र बाध्यता दुवै हो ।खास गरी बाहुन छेत्री साथीहरुले यो कुरालाई अलि गलत अर्थले हेर्ने गरेकोले समस्या देखिएको छ ।एउटै देशमै बसे पछी सबै नेपालीले आआफ्नै भाषामा पढ्नेलेख्ने ,आफ्नो संस्कृति मनाउने ,आफ्नो छेत्रको स्वामित्व खोज्ने यो त जायज कुरा हो नि । अरुको भाषा पढ्नै पर्ने , हिन्दु धर्मको आस्था सबैले मान्ने पर्ने यो त भएन है । मलाई राजनीति के हो थाहा छैन ,राजनीति गर्न पनि मन लाग्दैन ,तर यो देशमा एउटै जातिको हालीमुहाली देखेर चित्ता बुझेको छैन

  59. यति संबेदनशिल बिषय माथी चलेको कलमलाइ शालोक्य जी को भूमिकामा ”परिबर्तनले बिषय बस्तुको गहिराइमा पुगेर प्रहार गर्नेछन” भने पनि लेख पढेपछी त्यस्तो चाही लागेंन | लेखमा केहि सत्यता त छ तर पूर्ण निस्पक्ष्य छैन | समग्रमा बाहुन छेत्री प्रति घोर बित्रिष्णा र जातीयताको आधारमा हुने संघियतानै बिकासको मूलद्वार हो भन्ने आशयको छ | मानौ , सब बाहुन छेत्रीहरु एकाएक मस्सिए देशमा जादुको छडी चल्ने छ र गच्छदार – गुप्ताहरुको नेतृत्वमा नेपाल ,तुरुन्त स्वप्न देश स्विजरल्याण्ड बन्छ हो ? | मित्र ! अब जातीय संघियता माथी कलम चलाउदा यसका दिर्घकालिन असर र सम्भावित खतराहरु तिर पनि ध्यान जाओस | यसरि एकोहोरो भएर प्रस्तुत हुँदा तपाइलाई मधेसबादी नेताको पी ए भन्ने आरोप लाग्न सक्छ | बिसुद्द नेपाली भएर कलम चलाउनु होला , शुभकामना |

  60. परिबर्तन जी
    जसले जति जानेको छ त्यति मात्रै बुज्छ त्यति मात्रै लेख्छ तपाइँ ले संसार बुज्न धेरै बाकी रैछ /
    देश मा नीति नियम कानून र शिक्षा मात्रै लाइ मान्ने हो भने संघियता भन्ने शब्द को नै जरुरि देख्दिन मा त / उदाहरण हरु :- अस्ट्रेलिया इटालियन ग्रीस ब्रिटिश साइप्रस चाइनिज इन्डियन नेपाली इन्डोनेशियान् फिलिपिनी पाकिस्तानी बंगाली मलेशियन अनि त्यहाँ का स्थानीय बशिंदा सबै बसोबश गर्छन खै त्यहाँ मा यो संघिय राज्य भनेका छैनन् तेस्तै अमेरिका , जर्मनी बेलायत डेनमार्क नर्वे फ्रान्स जहाँ संसार भरि का मानिसहरु बसोबास गर्छन / कानून मान्ने हो भने र मानब अधिकार को ग्यारेन्टी गर्ने हो भने रोजगार को सिर्जना गर्ने हो भने यो कुनै तपाइले भने जस्तो संघियता चाहिदैन / मानिस मरणशील प्राणी हो देश कहिले मर्दैन भोलि को

    • अस्ट्रेलियामा सम्घिएता भएको थाहा नभएको मुर्खले किन कमेन्ट लेखेको होला!

    • धितालजी सच्चाई दिउ है,
      अस्ट्रेलियामा ८ वटा स्वायत्ता राज्यहरु छन्| ऑस्ट्रेलियन राजधानी क्षेत्र (ACT), न्यू साउथ वेल्स (NSW), विचटोरिया (VIC), तास्मानिया (TAS), दक्षिण अस्ट्रेलिया (SA), पश्चिम अस्ट्रेलिया (WA), उत्तरी क्षेत्र (NT) र क़ुईन्सल्याण्ड (QLD)| यी सबै राज्यका आ-आफ्ना सरकार र सदनहरु छन्|

  61. जातिय राज्य जब बिषयमा प्रबेश गरिन्छ,  यसले याे ठीक हाे वा बेठीक सन्दर्भ संंम्म पुग्न नपाई बिबाद चुलिएर झडपकाे स्थिति पैदा गर्नु खाेज्छ ! यसैले देखाउछ । जाताय राज्य भयाे भने के हुन्छ भन्ने कुराकाे लक्षण ! त्यसले कुनैपनि हालतमा जातिय राज्य हुनुहुन्न । क्षेत्रीय, जातिय अंन्धाेराष्ट्रबादी संकिर्णताबाद प्रस्ताब नै अति बिबादित हुनुकाे तथ्यकारण भूल्नु हुन्न । यसलाई मानसिकरूपले नै हटाउनु पर्छ ।  
         यतिखेर देशी बिदेशी प्रतिकृयाबादीहरूकाे चलखेल गर्ने थलाे भएकाेछ नेपाल ! उनिहरू नेपाल र नेपालीजनताहरूकाे भलाे चाहादैनन् ।त्यसैले फुटाएर फाईदा लुट्ने, अराजक्ता सृजना गर्ने अनेकाैं हत्कण्डा अधिकारकाेरूपमा भित्र्याईरहेका छन् । यिनिहरूकाे पछि दुरगामी प्रभाब नबुझी लहैलहै मै जाने हाेभने नेपाली जनताकाे दुर्भाग्य र जाेखिम भन्दा अरू हात लाग्ने छैन । 
    देश र जनताकाे समृध्दी, सुखशान्ति, बिकाश र बिविधता मा एकता नै हाम्राे भबिष्य हाे । यि खुल्ला प्रतिष्रदा र क्षमताकाे बिराधि स्वार्थि मनाेबृध्दी भएकाे एकदुई जनाकाे गलत  बिचार हाम्राे समाजमा हाेमेर लुट मच्चाउन खाेजेकाे मात्रै हाे, यसलाई बेलैमा चिन्नु र किनारा लगाउनु पर्छ । तर जतिय अधिकार र स्वतन्त्रता नेपालकाे संम्बैधानिक मान्यताभने नेपालकाे कानुनले धर्मनिरपेक्षता र संस्कार आनुरूपकाे स्वतन्त्रताकाे साथ मान्न पाऊने अधिकार बाट सबै जनजातिहरूकाे अधिकार सुसुचित गर्नु पर्छ त्याे अधिकार खाेसिन्नु हुन्न । 
    नेपाल जस्ताे एऊटा सानाे देशमा बाह्तब मै संघियताकाे खाँचाे र आबस्यक्ता चै बिल्कुलै थिएन । 

    याे माआेबादीलाई शान्ति र संम्बिधान निर्माणकाे निम्ति अरूपार्टीले देखाएकाे त्याग हाे, लचकता हाे । यदि उनिहरू शान्ति र संम्बिधानकाे एजेण्डामा आउछन भने भन्ने धालणाबाट अरूपार्टीकाे स्वीकार हाे एगेण्डा हाेईन ।

        नेपाल बिशाल देश भए ठीक थियाे । एउटा टुक्रालाई किन र के काेलागि संघियता याे आफै हास्यास्पद एजेण्डा मात्रै हाे । र भ्रम हाे आमुलपरिबर्तनकाे ! त्याहँ बाट मुक्त हुनु पर्छ । नत्र भबिष्यले झलझली देखाउनेछ ! जातियता र संघियताकाे पछाडी मीठाे तर्ककाे पछि कुद्ने हाे भने परिणामलाई  कसैले राेक्न सक्छ ?  त्यसैबेला मनाेगतबादीहरू चिप्लिने छन ! अरूकाेलागिलेख्ने र भूडीकाेलागि लेख्ने कलमजीबी र बुध्दिजीबीहरू ! 
    याे बेला मुलुक र जनताकाे हित र संमृध्दिलाई मुख्य एजेण्डा बनाएर राज्य पुनरसंम्रचनाकाे बिषयमा प्रबेश गर्नु पर्छ । यस्ले सहि दिशा , भबिष्यकाे गति लिने सून्दर सपना र जनताकाे हितकाे उचित सम्बाेदन गर्ने छ । हाम्राे सबै क्षमता र शक्ति यसैमा केन्दीत गरेर निर्णय गराै । कसैकाे बहकाइमा नलागाैं । संघियता र जातियताकाे कुरा गर्ने कान्तिकारि ! बीर ! र यसकाे बिपक्षमा मत राख्ने अराष्टियबादी भन्ने उल्टाे बुध्दि भरिदिनेकाे उल्टाे खाेपडीलाई बेलैमा चिनेर चिरफारकाे लागि जुटाैं !

    धन्यबाद !

  62. पचिमका थारु अनि पूर्वका मेच , कोच धिमाल , दनुवार लाई छोडेर
    केहि सिमित मैथिल ब्रह्मिन अनि कायस्थ बाहेक , अरु सबैजसो राना सासन ताका
    तराई मा अबद गरीय का हरु को बंसज हुन्

    तेस्मा पनि , मारवाडी अनि मुसलमानहरु जस्ताको त ९०% (पुराना कास्मिरी बानिया अनि चुरेता लाई छोडेर ) 1st अनि 2nd जेनेरेशन हो

    रानाहरुको अदुर-दरसी नीति , भारतीयलाई तराइमा बसोबास गराउने , तर उनीहरुलाई नेपाली नठाने को प्रतिफल हो यो सबै
    एकातिर , देसका आदिबासी समुदाय को नडर अन्दाज अर्को तिर , भारतीयहरुको बसोबास , तर उनीहरुलाई देसको mainstream मा नालेयौने को कारण यो सबै भएको हो

    अझै पनि , शान्त रुपमा प्रस्तुत भएका जनजातिलाई नजर अन्दाज गरेर , सरकार ले अर्को गल्ति गर दै छ
    अनि

  63. बिषयबस्तु र शिर्षक जति गहन छ प्रस्तुति र पोखियको बिचार अनि तौल तेतिनै फितलो लाग्यो हो मलाइ त्!
    यस्तो गहन बिषयमा यसरि फितलो र पाउदुरे प्रस्तुति हुदा तेस्ले उबजाउने बहस र प्रतिक्रिया अनि निस्कर्षहरु झन् प्रत्युत्पादक हुनसक्ने सम्भावना ज्यादै रहन्छ!
    यस्ता लेखा र कुराहरुले संघियता जस्तो सह अस्तित्वो र सामान्जस्यता अनि सहभागिता साथै सहकार्य समेट्ने सुन्दर फुलाबारिलाई घारीको रुपमा व्याख्या गर्दै बहस मा उतार्ने जमर्को ले देशमा हुनलागेको शंघियता र पुनर्निर्माण लाइ अस्तब्यस्त बनाउन सक्ने कुरामा हामि सचेत हुनुजरुरी छ!
    यहा हुन गइ रहेको संघियता लाइ जातीय आखाले हेर्नु र जातीय दिमागको द्रिस्ट्रिकोणले बुझ्नुनै गलत छ भन्ने लाग्छा मलाइ!
    यो सामर्थ्य र पहिचानको अर्थ परिभाषा र द्रिस्ट्रिकोणले हेर्नु बुझ्नुपर्ने ठान्छु म!
    एउटा पहिचानमा धेरै जात समेतियाको हुन्छ! जस्तो मधेस वा मधेसीको पहिचानमा दशौ जाति हरु छन्, तराइ को पहिचानमा बिसौ जातिहरु छन्, तेसरी नै नेवा अनि ताम्सालिंग, मगरात, भोटे आदि!
    तत्कालिन समयमा पृथ्बी नारायण को नेत्रित्वो मा भयको नेपालको एकीकरण क्रममा गाभियाका ति तमाम राज्य र तेस्को पहिचान लाइ न्याय दिने र आफ्नो छुट्टै पहिचान र सामर्थ्य साथै उनीहरुको क्षत्रिय अनि सास्कृतिक साथै सयुक्त रास्त्रसंघ को अभिसन्धि अन्तर्गतको जलजमिनको रैथाने उपभोगको अधिकार अनि स्थानीय जनजीवन लाइ संरक्षण गर्दै पुनर्स्थापित गरि समानता र सामान्जस्यता सह अस्तित्वोको आधारमा देशको संघिय स्वोरुपमा पुनर्निर्माण गर्ने कुरालाई यसरि उछिल्यायर जात जातिमा घुसारेर अतिरन्जित गर्ने कुराहरुमा मेरो घोर बिरोध छ!
    तेसैले लेखक वा ब्लगर ज्यु हरुलाई संघियता र नेपालको इतिहाशिक र भौगोलिक अनि जनाजिबनको गहन अध्यायन गरि मात्र कसो गर्दा ठिक हुन्छ भन्ने कुरा लाइ बहस मा उतारौ !
    जदौ!

  64. छातीमा हात राखेर जवाफ दिनुस साथीहरु !!!
    देशमा देखिएको अहिलेको भाड भैलोको मुख्य कारण बाहुन छेत्रीको सत्ता र शक्ति मोह नभए अरु के त ???
    बेलैमा जनजाति र मधेशी लगायत सबैलाई समायोजन गरेर हिड्न सकेको भए प्रचण्ड, बाबुराम र मोहन बैध जस्ताले तीनलाई बराल्न सक्थे ????
    देश माओबादी द्वन्द र हिंसाको चपेटामा यसरि तहस नहस हुन्थ्यो ???
    भूमि पुत्र थारुहरुको बस्तिमा शरणार्थी भएर छिरेका कंगालहरु सामन्त भै तिनै थारुहरु माथि शोषण र अत्याचार नगरेको भए देशको मुहार आज यस्तो कुरूप हुन्थ्यो त ????
    ( सोच्नुस र जबाफ आफैलाई दिनुस )
    आफ्नो बर्चस्व गुम्ने अवस्था आएमा देश, समाज र संथालाई भड्खालोमा जाक्ने काम अधिकांश बाहुन क्षेत्री ( जो सत्ता र शक्तिका नजिक रहे , सामान्य बाहुन क्षेत्री हैन फेरी ) ले गरेकै हुन् |
    यहि नै ध्रुब सत्य हो |
    म स्वयम् एक पिडित हु, जसको मनमा देश र समाज प्रति अथाह माया हुँदा हुँदै पनि पलायन हुन् बाध्य परियो | मैले काम गर्ने कार्यालयमा मेरो अति नै आबश्यकता हुँदा हुँदै पनि र मेरो ठाउँमा उक्त कामलाई निपूनातापूर्बक सम्भालने व्यक्तिको अभाव हुँदा हुँदै पनि, मलाई अनेक अप्ठ्यारामा पारेर मेरो नोकरी खोसे ति शक्तिशाली बाहुन र छेत्रिहरुले किनभने म हुँदा हुँदै तिनको बर्चस्व र प्रभाव मेरो कार्य क्षेत्रमा प्राय असम्भव देखे तिनले | यसको अर्थ फेरी यो पनि हैन कि मलाई माया गर्ने आत्मीय बाहुन र क्षेत्री साथीहरु कम छन् भनेर |
    म जस्ता पात्र कति होला जसलाई तपाईका अदूरदर्शी सत्ता लोलुप बाहुन /क्षेत्री हरुले पलायन रोज्न बाध्य पारे होलान चाहे त्यो देशबाट होस् , राजनीतिबाट होस या कर्म क्षेत्र बाट होस् |त्यसको हिसाब किताब हुँदै छ र हिसाब किताब बराबर नभए सम्म भै रहनेछ | कसैले चाहेर पनि रोकिन्न त्यो |
    अहिले कतिले जनकपुर् / राजविराजबाट पलायन हुनु पर्दा को पिडा कस्तरी पोखेका छन् ??? पिडा पीडा हुन्छ साथीहरु सबैलाई बराबर दुख्छ |
    शक्ति र सत्ताको भरमा देश र जनता संग गद्दारी गर्नेको हबिगत के हुन्छ ज्ञानेन्द्रको अबस्था हेरेर सिके हुन्छ |
    यहा ठुला ठुला आदर्श छातेर कमेन्ट लेख्ने बाहुन/क्षेत्री मित्रहरुमा मेरो के आग्रह छ भने देश का प्रतिभा देशको सम्पति हो तीनलाई गैर बाहुन/क्षेत्रीको नाममा देशबाट लाखेटेमा देश कंगाल हुन्छ | बाताबरण बनौनुस वा बन्न दिनुस असंख्य देशका सपूतहरु खुट्टा उचालेर देश फर्किन लालायीत छन् |
    तसर्थ परिबर्तन जी को लेखलाई बिरोधको लागी बिरोध नगरी यस भित्रको यथार्थलाई पनि केलाउनु होला | हो उहाको लेखाई धेरै नै कडा भयो तर सत्य पनि त तितै हुन्छ |

  65. माओबादीको भबिस्य जातीय संघियतामा मात्र छ, त्येस्तै तराई पार्टीकाहरुको र त्यो भन्दा पनि ठुलो भबिस्य यी दुईपर्तिको भबिस्यमा टेकेर भारतले गर्ने चर्को र घिन लाग्दो खेल! अफ्रिकाको सानो देश माली त तुक्रिदैन छ भने नेपालको तराई त…संघियतामा मात्र देश जावोस त यी नेता तथा नेपालीले बाबुको बिहे देख्ने छन्!
    आशमा छेत्रीको कमेन्ट पढौं !

  66. माइसंसारका लागि नियमित ब्लग लेख्‍ने वाचाका साथ झुल्किएका एक नयाँ ब्लगर हुन्- ‘परिवर्तन’। दुनियाँले सतहबाट हेर्दा वाहवाह गर्ने विषयको गहिराइमा पुगेर विश्लेषण गरी प्रहार गर्नेछन् उनी।……(पिँधैमा पुगेछ ) यस्ता तुक न बेतुक का फेन्नोलाइ ठाउँ दिएर के तमासा गरेको होला

    • कहीं त्यो परिवर्तन भन्न रुचाउने मान्छे सी. के. लाल भन्ने त होइन? किनकि लालले जहिले पनि घत-लाग्दा तर पहाडिया बिरोधी कुराहरु मात्र लेखेको देखिन्छ हिमाल र नेपाली टाइम्सतिर | जे होस्, यो ब्लग लेख्ने मान्छे मधेसी नै हो, पक्का र उसले पहाडेहरु बिरुद्ध विष बमन गर्न माइ संसार को सहारा लिएको मात्र हो, नत्र अरु पत्रिकाले उसलाई धोती लाइ दिन्थे |

      • हो त है ..धोति त लाउने नै भए ..मेडिया जति उनैको कब्जामा भए पछी | एउटा सामान्य लेखमा सहिस्नु हुन नसक्नेले गैर बाहुन-क्षेत्रीलाई कुन स्तरको समानता र अवसर प्रदान गर्ने हुन् देशमा बिगतका दिन हरुले प्रस्टै परेका छन् मित्र | चेतना भया !!!!!!

  67. मैले बुझेको राजनैतिक चुरो चाही येत्तीनै हो ” राजनैतिक परिवर्तन ले जनता को जिबनस्तर उकास्नु पर्छ चाहे त्येसको जेसुकै नाम दिनुस ” तर नेपालको हकमा सबै रेजनैतिक नेता भनौदाहरु ”ब्यग्तिगत स्वार्थमा लिप्त र सामन्ती संस्कारले ओत-प्रोत” भएका ”भ्रस्ट हरुको नेता बढी जनताको नेता कम” हुने संस्कार स्थापित भए सम्म मुलुकले साचो अर्थमा मुक्ति पाउने बाला छैन।

  68. वास्तविक, तथ्यपूर्ण र सामयिक लेख|
    अहिलेसम्म हालीमुहाली र धलीमली गर्दै आएकाहरु अब रामधुन छाडेर रुनधुन लागेका छन्| संघीयताले देश टुक्राउछ भनेर धुरीबाट कराउन थालेका छन्| चित्रबहादुर केसी एउटा यस्तो नाउँ हो| जब दिनदहाडै नियुक्ति र सरकारी पद केही सीमित जातिहरुमा मात्र खसी काटेर भाग लगाएको जस्तो गरेर भाग बण्डा गर्दा उनी कुन दुलोमा थिए? आफुहरुले मात्र खान पाउँदा र पाईरह्दा देश टुक्रा हुँदैन तर जब समानताको आवाज आउँछ त्यसलाई देश टुक्रा पार्न खोजेको भन्ने गम्भीर अभियोग लगाईन्छ|
    कुरा यस्तो छ, अहिले सम्म आफ्नु मात्र हालीमुहाली धलीमली गर्दै आएकाहरुले देशलाई यस्तो स्थितिमा पुर्याएका छन् कि देश जातीय संघियतामा गएर भन्दा नगए टुक्रने खतरा बढी छ| आफुले अरुको पालो काटेर खाईपाई आउंदै रहेको अब बन्द हुने देखे पछी मैले नपाए पछी अरुलाई पनि खान दिन्न भनेर कठोर कदम उठाउन पनि ती स्वार्थीहरु के अघि नसर्ला जसले सम्पूर्ण नेपालीलाई नै हानी नोक्सानी पुर्याउन पनि सक्छ| यस्तो खतराको पनि कसैले सोचेको होला त्?

    जसले सिक्किमीकरणको कुरा गर्छ, उसले बुझेरै गरेको होला भन्ठान्छु| वास्तविकता के हो भने छोग्यालको कुशासन र सीमित केहीको हालीमुहाली रहेको निरङ्कुशता बिरुद्धमा लेन्डुप दोर्जीको नेतृत्वमा जनताले भारतमा बिलिन हुन् चाहे जसलाई पछी आफ्नो नर बहादुर भण्डारी चिफ मिनिस्टर पद कायम राखिरहन अझ स्थायित्व दिए| यसबाट पाठ सिक्नु पर्ने धेरै छ हामी नेपालीलाई|

    जे होस् यसमा सबै छेत्री बाहुनलाई मुछ्न पर्ने देखिन्न| यही ब्लगमा मन्तब्य राख्नुहुने नेपाली हृदयका श्री तेज प्रसाद अधिकारिज्यु जस्ता निस्पक्ष पनि छन्| अभि सुबेदी सर बुद्धिजीवीमा पहिलो पंक्तिमा हुनुहुन्छ जसले जातीय संघियताको आवश्यकतामा उज्यालो देख्नुहुन्छ| देश खाएर भोगेका डा. तारानाथ शर्मा पनि अर्का एकजना विद्वान हुन् जसले बाहुन भएर पनि निस्पक्षरुपमा अन्य जातिले पनि लोकतन्त्रमा पाउनु पर्ने समान हक बारे औल्याउनुहुन्छ| श्री डोर बहादुर बिष्टले साँचो कुरा प्रस्ट पारेर आफ्नो पुस्तक fatalism in development मा नया युगबोधको थालनी गरेका छन्| पछी आएर त्यसैलाई अर्का मुर्धन्य लेखक जगदीश घिमिरेले छेत्री बाहुनमा ८० प्रतिषद फटाह छन् भनेर आफ्नो आत्मा स्वीकृतिमा मन खुलेर लेखेका छन्|
    भोलिको हामी सबैको बाटो जातीय संघियता हुनेछ| देशलाई साँचै मुटुमा राखेर हेर्नुस, हामी नेपाली एक हौ| वस कुरो यति हो, पावर जति केन्द्रमा राख्ने हैन तर केन्द्रको शासन प्रतिनिधित्मक र दरिलो हुनपर्छ जसले प्रादेशिक स्वायत्ततामा अझ बल पुगोस| खोला नदि र पहाडको नाउँमा प्रदेश राखेर पैले पनि काम भए र अब पनि हुनेवाला छैन|

  69. धेरै कुराहरु धेरै साथिहरुको कमेन्टमा आईसकेको छ त्यसैले म यहाँ सामान्य कुरा मात्र साधारण नेपाली जनताको नाताले भन्न चाहन्छु ।परिवर्तनजी मदिसे वा पाहाडे भएर होईन नेपाली भएर लेख्ने कोसिस गर्नसक्नु हुन्छ भने गर्नुस नत्र यस्ता जातिय कुरा त नेपालीहरुले धेरै जातिय पन्डितहरुवाट सुनिसकेका छन । किनकि नेपालमा धेरै जातिभएकै कारण पनि तपाई जस्ता जातिय पण्डितहरु धेरै छन । त्यसैले जातिय पण्डित भएर होईन सामान्य शोसित पिडित गरिव नेपाली भएर लेख्ने प्रयास गर्नुस । के नेपालका सवै जातिहरुलाई जातिय राज्य दिन सम्भव छ? के जातिय राज्य वनाउने नाममा तराईमा वस्ने सवै जातिलाई अलग अलग राज्य विभाजन गरेर दिन मिल्छ वा तराई वासी वा मधिसे भनिनेहरु तपाई जस्ता जो नेपाली हुन भन्दा मदिसे वन्न तयार हुन्छन ति तयार हुन्छन ? सवै भन्दा पहिला नेपाली वन्नुस अनि भात्र मदिसे वा पाहाडे । काठमाण्डौ कै कुरा गरौ के काठमाण्डौलाइ त्यहावस्ने सवै जातिको माग अनुसार विभाजन गर्न सकिन्छ? होईन भने तराई पहाड जहाँ पनि विभिन्न जात जातिको मिसमास समाज छ त्यलाई कुनै पनि हालतमा टुक्रा पार्नु सम‌्भव छैन । परिवर्तनजी जातको आधारमा होईन क्षमताको आधारमा अगाडी वढने तर्क अगाडी सार्नुस सक्नु हुन्छ भने । के तपाईको विजय गच्छेदार मन्त्रि वा प्रधानमन्त्रि भएमात्र मदेशमा वस्ने मुसहर तेली सतार वा यस्तै अन्य पिछडियका जात जातिको उन्नति सम्भव हुने हो? यदि हो भने विजय गच्छेदार वा जयप्रकाश गुप्ताहरुत आजभन्दा दश पन्ध्रबर्षदेखि मन्त्रिभई रहेका छन र त्यो पनि पटक पटक के तिनिहरुले मधिसे वा तराईवासीको विकासका लागि सिन्को भाँच्ने काम गरेका छन? होईन भने ति तराई वा पहाड जहाँको भएपनि शोसित पिडित जनतालाई उच्च वनाउन ज्ञान सिप सिकाउने विधि र प्रक्रिया के हुन सक्छन भन्ने विषयमा छलफल गर्न तपाईको वुद्धि खियाउनुहोस । आउनुहोस छलफल गरौ के गर्न सकिन्छ । होईन भने तपाईको दिमागमा भएको जातिय गोवरले पोतियको लेख को कुनै अर्थ छैन ।
    जातिय सङघीयता हुनुपर्छ भन्नेहरु सवैलाई चेतना भया।

  70. परिबर्तन जी,
    यदि यो देशमा कोहि जाति ठगिएको छ भने त्यो जाति दलित जाति हो / के तंपैले भनेको संघियताले त्यो जातिलाई अधिकार दिन सक्छ ? त्यो मधेस भित्र मुशहर कति हेपिएको छ, त्येसलाई माथि उठाउँछ तपैंको संघियताले ? म तनहुँको बाहुनको छोरो हुँ, पढ्ने बेला मैले गुरुङ (जो गाउँमा धनीमानी छन्) संग ऋण माग्नुपर्थ्यो, पोखरामा क्याम्पस पढ्दा तिनै गुरुङको घरमा डेरा लिएर बस्थें, त्येहाँ तुल बहादुर गुरुङ (एमाले) र तनहुँमा किरण गुरुङ (एमाले) लाइ भोट माग्दै हिंदेकै हो, मैले कुनै पनि दिन कुनै पनि मानेमा त्यो छेत्रमा गुरुङ जाति हेपिएको महसुस गरेको छैन / राजनैतिक कुरा गर्ने हो भने अहिले त्यो क्षेत्रमा गुरुङ जाति को बर्चस्व जाति छ त्यो नरहन सक्छा यदि जातीय राज्य भयो भने, किनकि भोलि जाति जाति बीच प्रतिस्पर्धा भयो भने (त्येस्तो नहोस) गुरुङ जाति नै अल्पमतमा हुन सक्छ / अनि जातीय संघियता पक्श्यधरहरुको सबै भन्दा मन नपर्ने तर्क के हो भने “हिजो सम्म बाहुन क्षेत्री हरुले खायौ, अब अरुलाई खान देउ”….हिजो कुनै जात जातिले मात्र ‘खानु’ गलत हो भने भोलि पनि कुनै अर्को जातिले ‘खानु’ कसरि सहि हुन सक्छ? सबै मिलेर खाने अवस्था किन नबनाउने?

  71. कसैले मदेस टुक्राउन नदिने, कसैले कर्नाली टुक्राउन नदिने, कसैले चितवन टुक्राउन नदिने, कसैले सुदुरपश्चिम टुक्राउन नदिने, त्यसो भए तिमीहरुलाई देश टुक्राउने अधिकार कसले दिएको छ त?? तिमीहरुका जिल्ला टुक्राउन मिल्दैन भने देश किन टुक्राउन खोज्छौ यार??
    हाम्रो देश नेपाल हो, देशको जात राख्ने अधिकार कसैलाई छैन, सबैलाई चेतना भया !!

  72. I agree, people like to divide themselves, in groups. You can see in history of human beings or current global issues, like disputed region of Kashmir or Falkland’s conflict, there are hundreds of examples. One group fighting with others, when they are equally powerful. Now Muslims or other small cast are unable to raise voice, but in future, if their population are significant, they will surely ask something. It is human nature…….. we cannot change it, even we can see developed countries, there are racism, what is this? This is that every human being inclines to choose their types. Example, one human being search another human being, if there are plenty, they choose particular type, and if the particular types are many then they became more selective. This is nature of human being.

    So how to prevail? How developed countries are managing???
    Give full privileges to everybody, if some group is not satisfied, try to satisfy them. It is not wise to support one or other side only. Need Fill Democracy in the country.
    I want to suggest the writer, they should not support opportunists like Gajjadar or Mahanta thakur; I would be happy to see, if one fresh dynamic madheshi, instade of those corrupts.

    Why now there is too much chaos??
    Most of these people are looking at their own profit and according to their governor. Yes, we know, if combining one will get profit and if dividing another will get the chance. So for personal interests, all Nepalese are being provoked on their ways. I don’t believe, Gajjadar empowers or Mahanta thakur, they are not going to solve Madhesh problem. Madheshi people are so conservative, they are sharply divided into casts and discriminations.
    They need to come out from personal interest, mainly the public provoking people.

  73. संघियता के हो? कति किसिमका संघियता छ? हाल कतिवटा संघिय देश छन्? संघियता मा गएका कतिवटा देश सफल छन्? कतिवटा देश असफल छन्? सफल देशमा साक्षर नागरीक कति थिए? आर्थिक सबलता कस्तो थियो? नागरिकमा चेतना कस्तोथियो? सघियता का बारेमा कतिसमय छल फल भयो? र कतिसमय पछी संघियतामा देश गयो? उल्टो पल्टो असफल देशमा.
    एक समुहले संघियता माग्यो अर्को समूहहरु मिलेर संघियता दियो. तेस्पछी संघ्याताका बारेमा छलफल गर्यो.
    बहुदल र निर्दलमा भात भान्छा अंशबन्डा र मारकाट चलेको थियो. पुनर्स्थापित प्रजातन्त्रमा दोहरियो र हजारौ नेपालीले दिएको बलिदान बाट गणतन्त्र आयो अब संघियताका बारेमा कतिले बलिदान दिएपछि औला? आशा गरौ आउछ!!!!!!
    आम नेपालीहरुलाई व्यवस्था परिवर्तन को आबस्यकता हो कि? रोजगार को? नेपालीहरु लाई नेपालीहरु ले मारी हुने बिर नेपालीहरु लाई मेरो …….छ. कस्तो संघियतावा चाहिन्छ? हालको अबस्थामा छलफल बिसय बनाउन परेको छ……

  74. बाठो हुनु राम्रो हो तर काग झैँ बाठो भएर आची खानु राम्रो कदापी हुन् सक्दैन ….. हिजोको शासन र देश संचालनको तरिका हेर्दा संघियतामा जानु , बिकिन्द्रिकरण गरिनु र स्थानीय तहलाई बढी से बढी अधिकार दिनु राम्रो हो तर क्षणिक लाभ र स्वार्थ मात्र हेरियो भने भोलि पछुताउनु बाहेक केहि गर्न सकिदैन …..नेपाल जस्तो सानो र बहु जातीय, भाषिक मुलुकमा जातीय संघियतामा किन जान पर्यो ? जातीय राज्य नामकरण गर्दैमा दादुको छडी झैँ सबै कुराको समाधान र उत्थान हुन्छ ? जातीय राज्यले विवाद ल्यायको छ र अझ बढी ल्याउने लक्षण देख्दा देख्दै किन यसलाई बोक्न पर्यो ? एक्काइस औ सताप्दिमा पनि अल्प संख्याको शासनमा बहुसंख्यक दास र रैती भयर बस्नु जायज हो ? ….. सरसर्ती हेर्दा जातीय राज्य र समग्र मधेस प्रदेश माओबादी , मधेशी दल र जातीय गन्धमा रमाउने र स्वार्थ पूर्ति हुन्छ कि , मौकामा चौका हान्न पाईन्छ कि भन्ने जातिवादी चिन्तन बोकेका बिद्दान हरुको हो …… सत्ताको चास्नीमा मधेसी नेताहरु कति डुब्दा रहेछन भन्ने देखिसकियो ,माओबादीको पनि नाडी छामिसकियो … गुप्ता गच्छेदार हरु मत्री हुनु नै समग्र मधेशीको हित हो ? बर्षमान , पासांग , लोकेन्द्र मगर जस्ताले अवसर पाउदैमा रोल्पा रुकुम तिरको जनजातिको उत्थान हुदो रहेछ त ? … भारतको बिहार ,यु पी नेपाल भन्दा यरिया र जन्सख्याले ठुलो त एउटा राज्य छ भने नेपाल जस्तो देशलाई १४/१५ प्रदेश बनाउनु जायज हो त ? प्राकृतिक श्रोत , साधन , भौगोलिक लाई नहेरी आवेग र हचुवामा प्रदेश निर्माण गरेर भोलि पछुताउनु भन्दा अहिलेनै सोच विचार गरेर थोरै र विवाद रहित प्रदेश बनाउनु पर्दछ

  75. यो कुरा सत्य हो कि यदि जातीय पहिचान र संस्कृतिको जगेर्ना हुनेगरी संघियता भएन भने संघिय गणतन्त्र नेपालमा पुनः उही पुराना शासक हरु कै हाली मुहाली हुनेछ । यो पनि सत्य हो कि मधेशी कुनै जाति होइन न त सम्पूर्ण तराई नै मधेश हो । नेपालको जनसंख्या लाइ आधार मान्ने हो भने आधा भन्दा बढी जनता तराइमा बस्छन मतलब तराई आधा भन्दा बढी नेपाल हो । यहाँ थारु, कुमाल, राजबंशी, राय, यादब, र अरु दर्जनौ जाति हरु बसोबास गर्छन । अनि कसरि एक मधेश एक प्रदेश सम्भव हुन्छ ? अनि संघियता भएको देशमा कुनै राज्य ले राष्ट्रिय अखण्डता मा खलल पार्न खोज्छ भने केन्द्र सरकार ले नियन्त्रण गर्न सक्नु पर्दछ तर के सम्पूर्ण मधेश एउटा राज्य भयो, भोलि बिद्रोह गरेर अलग देश बन्न खोज्यो अथवा भारतमा गाभिन खोज्यो भने केन्द्रले नियन्त्रण गर्न सक्ला..? नेपालका मधेशबादी नेता हरुको घुर्की र तिनीहरुको चाल चलन हेर्दा ” सम्पूर्ण तराई लाइ एक मधेश मात्र हुन देउ, तिमि पहाडिया हरु लाइ माझी औला ठाडो पारेर देखाउने छौ ” भन्न खोजेको जस्तो लाग्दैछ । जातीय पहिचान सहितको संघियता नै ठिक छ तर सम्पूर्ण तराई लाइ कम से कम ४ देखि ५ राज्य बनाउनु पर्दछ ।

  76. तपाई को लेख मा केहि समहती भए पनि धेरै जसो सहमति हुन सकिदैन. यो देस का सबै जनता ले समान हक, सुबिधा र अवसर पाउनु पर्छ तेस्मा कुनै दुइ मत नहोला त्यो भन्दै मा के गछादर जस्ता उपप्रधान मन्त्री हुदै मा सारा थारु हरु को कल्याण हुन्छ भन्नु मुर्खता हो. टाठा बाठा त जुन जाती को भए पनि हिजो मोज गरे र आज मोज गर्दै छन्. गरिब र पहुच नहुने सधै पछी परे का छन् . नेपाल मा बाहुन छेत्री र पहाडे मात्रै ले आवसर पाएका छन् भन्ने हो भने त देसको ५०% जनता धनि र सम्मपन्न हुनुपर्ने हो खोइ त ? तपाई ले भने जस्तो थारु, गुरुङ , राई, शेर्पा आदि भएका ठाउमा उनि हरु लाई केहि वर्ष ठुलो पदमा राख्दा कसै को पनि टाउको दुखाई हुनु हुदैन . कमसेकम उनीहरु ले सबै जनजाती का मर्म बुझ्न सक्छन, समाज मा राम्रो पतिवार्तन आउन सक्छ तर गछाधर र अहिले का गुप्ता जस्ता राख्दै मा सारा मधेस र थारु जाती को कल्याण हुन्छ भन्नु भ्रम मात्र हो. कुरा लाई जात संग मात्र जोडेर नहेरौ , सबै को समान अधिकार, पहिचान र बिपन्न वर्ग को उठान बारे सोचौ .

  77. मेरो मनसाय लेखक लाई मदेसी भएको मा तल पर्ने होइन /येस्ता हलुका झिना मसिना कुरा हरु ले नै गर्दा हिजो तराई मा जातीय सदभाब खण्डित भएर दन्दनी आगो बालेर तेस्को राप मा रोटि पोलेर खादै उपेन्द्र महतो जस्ता आज तराई का महामहिम भएका हुन् /हिजो को जातीय हिंशा मा उपेन्द्र हरु को आफन्त कसले जिबन दान गरे त? कसरि हाम्रो गर्दन मा टेकेर आज देस मा हाम्रो पसिना लुटी रहेछन?तपाई को मनसाय फेरी येस्तई उपेन्द्र हरु तराई मा जन्माउनु पर्ने हो भने मेरो भन्नु केहि छैन तर एउटा साचो देस भक्त भएको नाता ले तपाई मुटु मा हात राखेर एक पल्ट प्रिथिविनारायण सह लाई सम्झेर सिंगो नेपाल परि कल्पना गर्नुस त?सक्नु हुन्छ कल्पना गर्न?तपाई कै भाषा मा भन्नु पर्दा बिहार,बिहारी को बंगल बंगाली को अनि नेपाल को तराई तपाई को येही भन्न खोज्नु भएको होइन त तपाई ले?म पनि तराई कै बासिन्दा हु तर मेरो मन मा नेपाल जातियेता को नाम मा बर्गिकरण भएको म कदापी कल्पना सम्म गर्न सक्दिन/ठिक छ तपाई मन्त्रि हुन् कै लागि बिभाजन चाहनु हुन्छ भने पार्टी खोल्नुस उपेद्र हरु जस्तै गरेर……………………हामी तपाई को पनि इच्छा पुरा गराई दिन सक्छौ /

  78. Though I have reservations with pro-madhesi orientation in the material, I agree 100% on writer’s prescription for ethnic based federalism. The biasness against federalism in general and ethnic federalism in particular come from a single fact: you may find madhesi and other ethnic groups who are in opposition to ethnic based federalism but you will never find bahuns and chettris supporting ethnic based federalism – that is, they are all either against federalism in general or, if not, ethnic federalism in particular. One particular reason why Nepali intellectuals are against ethnic federalism is that they are scared of having to leave Kathmandu Valley. These intellectuals comprise all categories of people who have enjoyed all the privileges. One simple reason why we need to oppose unitary state or support federalism is similar to the idea of secularism. Nepal has to adopt seculiarism simply to do away with the Hindu based monarchism. Same logic applies with federalism. Federalism is must for Nepal simply to do away with unitary based, mono-language, mono-culture based monarchy system. The opponents of federalism, primarily ethinic based federalism, are the remennats of pro-monarchists. The reason why anti-federalism is so much in vogue is that almost all the party leaders come from bahun chhetri caste group, including madhesibadi political parties. Mr. Chitra Bahadur KC (note Angelic term used for KC) should take a note that his idea of decentralization is basically a federalism. As long as Mr. KC continue to have abbreviated KC instead of Khadka Chettri, how can we believe he does not posses dual character. Some other Hindus opting Christian names inlcude KC, BC, GC etc. Bi Ka is far more preferable than KC, BC, GC.

  79. यो लेख मा मेरो समर्थन छ है , एकदम राम्रो लेख ! पहिले का शासक र शासनसत्ता मा हालीमुहाली भएका हरुले आफ्नो हैकम गुम्ने त्रास ले देश टुक्रिने अफवाह फैलाई रहेका छन् ,, पन्चे हरुले पनि भन्ने गर्थे बहुदल मा गयो भने देश मा पार्टी पार्टी बीच मारकाट हुन्छ भनेर ….

    • के झुट बोले त पंचले . पार्टी पार्टी बीच मारकाट त भै रहेकै छ नि .

  80. जातिय आधारमा संघियतामा जानु नेपालजस्तो भौगोलिक रुपमा सानो देशलाई कदापि उपयुक्त हुँदैन ।नेपालमा भएका 104 वा सो भन्दा बढि जातिलाई के नेपाललाई त्यति टुक्रा पार्ने?के हरेक जातिलाई राज्य बनाउने भुगोल नेपालसङ्ग छ?यो सब देश टुक्राउने र बिखण्डन ल्याउने खेल हो।बास्तबमा संघियता आफैँमा गलत हैन तर जातियताको आधार कुनै पनि आधारमा राम्रो हैन।। जातिय सङ्घियता भन्दै कराएर हिंड्ने नेता कतिसम्मका निक्रिष्ट छन थाहा भएकै कुरा हो।।ईतिहासले बताएको छ चित्रबहादुर गलत थिएनन् र फेरि कोरिने इतिहासले बताउने छ ईतिहास गलत छैन।
    [email protected]

  81. म नेपाली हामि नेपाली………हाम्रो गाउले जिबन हामि भन्दा धेरै टाढा ……. यो गीत को याद आयो……इलाम को भय पनि राज्बिजाज को भय पनि अनि कर्णाली को भय पनि सबै नेपाली होइन र संघियता ले केहि फरक पर्दैन तर कन्ट्रोल गर्नी केन्द्र सरकार स्ट्रंग हुन पर६

  82. यो मान्छे को बुद्धि देख्दा बिचरा भन्ने बाहेक मैले अरु ठाउँ देखिन . अहिले का मन्त्रि हरु मा मदेशी मन्त्रि हरु प्राय पुरै किन गनायाका होलान ? पद दिदैमा सबै समस्या समाधान हुन्छ ? म मधेसी जनता हरु माथि भयको अन्याय को बिरोध गर्छु तर बिजय गच्छेदार, जय प्रसाद गुप्ता , उपेन्द्र यादब हरु गृह मन्त्रि हुदा ति जनता माथि न्याय हुन्छ त ? यी त घोर अवसरबादी र मदेसी जनता को नाम मा आफ्नो दुनो सोजाउन माहिर खेलाडी हुन् .
    तिनै मधेसी नेता हरु मा पनि एमाले, कांग्रेस का नेता हरु र मधेश बादी का नेता हरु लाइ हेरौ . यी जातीय पार्टी हरु को न कुनै रंग हुन्छ, न कुनै नीति न कुनै विचार न कुनै योजना. यी त दुइ चार जना टपर्टुइया को सक्ति मा जाने भरेंग न हुन् .
    सामर्थ्य भनेको के हो ? बोक्न पर्ने कुरा लै धान्न सक्ने भयो भने राज्य हरु दिगो हुन्छ भन्ने हो . पहिचान चै के आधार मा मान्ने ? ल मा बाहुन होला, मेरा १० पुस्ता अघि का मान्छे को हुन् त ? काहा बाट आय का होलान नि ?
    अर्को कुरा मान्छे ले पर्गती गर्न लामो संघर्स, तपस्या र निरन्तर लगाब चाहिन्छ . न त महात्मा गान्धी बाहुन भयर गान्धी हुन् न बाराक ओवामा अफ्रिकन (दबियाका जात) भयर रास्ट्रपति भयाका हुन् . मान्छे ले खुबी पर्दर्सन गर्न पर्दैन . आज नेपाल को प्राबिधिक क्षत्र मा ५५ प्रतिसत मदेशी साथि हरु छन् . के अव अरुले किन भयौ भनेर खोस्न जाने ? यहा दलित को नाम मा , मदेशी को नाम मा, जनजाति को नाम मा दाइजो दिने पद सक्ति , आरक्षण र अवसर बास्तबिक गरिब र तल्लो वर्ग ले पाउदैनन . तिनै जात भित्र का धनीमानी, पहुच बाला र आज सम्म जसले चुस्यो तेसैले पाउछा . तेत्रो मदेश आन्दोलन पछी फेरी तेही गच्छेदार , गुप्ता, महन्थ ठाकुर किन नेता भय त ? ति त पहिलेनै सक्ति मै थिय नि ? तेसैले कुरा जो आधारभूत रुपमा बास्तबिक आन्याय मा छ तेस्लाई पहिले अवसर दिने हो . र तेस्को लागि अहिलेको युग मा सहि नीति, कार्यक्रम सहित को सक्तिशाली राज्य चाहिन्छ . त्यो सक्ति आर्थिक, राजनैतिक रुप मा सामर्थ्य सहित को हुनुपर्छा . भुरे टाकुरे राज्य हैन . याद गरु , जुन देश मा धरै राज्या मिलायर सिंगो देश बनाउन संघियता आयो ति राज्य सफल छन् . जहाँ भयको देश तुक्रायर स साना राज्य भय ति अस्थिर छन् . र राजनैतिक अस्थिरता र पहिचान को नाम मा लडेकै छन् . नेपाल मा यस्तो नहोस .

  83. परिबर्तन जी !
    जातीय जमिन्दारका पछ्यमा उभिएर तपाइले जनताको आर्थिक सामाजिक परिबर्तन लाइ ओझेलमा पार्नु भयो / नेपालको समस्या जातीय र बर्गीय दुवै हो/ परसु ना. चौधरी, हिरा लाल बिस्वोकर्मा हुदै राम बरण यादव र गच्छेदार सम्म आइपुग्नु लाइ तपाइले खुसि ब्यक्त गर्नु भयो / तर यस बाट मदेसी हरुको के हित भो र / सामाजिक विभेद अन्त्य गर्ने बिसय मुख्य हो / आर्थिक रुपमा हेर्दा बर्गीय कोण बाट सोच्नु पर्ने होइन र ? संघियता बिना नेपालको बिकास सम्भब छैन भन्ने कुरामा बिबाद हुनु हुदैन /
    हाम्रो समस्या भनेको सामाजिक विभेद र आर्थिक शोसन दुवै हो / यहाँ आफुलाई कथित ठुलो जात भन्ने हरुले अर्को लाइ हेप्ने, एक दलित ले अर्को दलित लाइ अछुत मान्ने, पहाडमा मधेसी लाइ र मधेसमा पहाडेलाई हेप्ने जस्ता सामाजिक भेदभाब हरु छन् भने आर्थिक अत्याचार हरु त्यस्तै छन् / मधेसकी बुढी आमा लाइ बोक्सीको आरोपमा दिसा खुवाउने पनि मधेसी हुन् र अन्तरजातीय बिहा गरेको आरोपमा ज्वाईंको हत्या गर्ने पहाडेमा के फरक छ र /
    पहाडे हरु धनि र मधेसी हरु गरिब भन्ने मापदण्ड छैन / पहाडे ले पहाडेलाई र मधेसीले मधेसीलाई सोसन गरेकै छन् / अत आमुल परिबर्तन बिना यसबाट मुक्ति सम्भब छैन र आमुल परिबर्तन वर्ग संघर्ष बिना सम्भब छैन /

  84. म पहाडे समुदाएको तराइमा घर-जग्गा भएको मान्छे हुँ. मधेशको आन्दोलनको प्रत्यक्ष रापले विस्थापित भएर काठमाडौँ मा बसेको छु. विभिन्न कारणले घर-जग्गा बेच्न पाएको पनि छैन र अन्तस्करणमा उक्त घर-जग्गा बेच्न पनि मन छैन. आफ्नै ठाउंमा जान मन छ तर मधेसीले मागेको सबै अधिकार पाए देखि “म लगाएत (सम्पूर्ण पहाडे) आ आफ्नो ठाउंमा पहिले जस्तै निश्चिन्त भएर बस्न पाउछौं??” एदी पाउछौं भने मधेसीले मागेको अधिकार दिए हुन्छ. तर क्षणिक आवेशमा आएर निर्णय नगरौं साथीहरु. सौता को रिशले पोइको काखमा पिशाब गर्ने चेस्टा नगरौं. पहिले भएका गल्ति को बदला लिएर कसैले केहि जित्दैन र हार्नेले फेरी फेरी जित्ने कोशिस गरि रहन्छ र देश हिंशा को दल दल मा फंसी रहनेछा र कुनै जात-जातीले जितेपनि आखिर देश भने हारी रहनेछ. जस्तै अहिले भै रहेको छ. तेसैले अहिले मौका छ देश बनाउने कुनै जात-धर्म समुह लाई हराउने भन्दा पनि देशलाई जिताउने तिर सोचौं. अबको नेपालमा सबै जात-जातिले हरेक द्रिस्टीकोणमा समानताको महसुश गर्न पाउनु पर्छ र सबै जात-जातीलाई राज्य ले क्षमता नहुनेलाई क्षमता दिलाएर प्रस्फुटित हुने व्यवस्था गराउनु पर्छ, राज्य को नजरमा कसैले कोइ काखा कोइ पाखाको महसुश गर्नु नपरोस.
    सम्मुन्नत नेपालको परिकल्पना पुरा गर्न सबैले सोचौं.

  85. very good article written by paribartan. ofcourse some of culprit do not like this federalism on the basis of ethnicity. who make this nation poorer in the planet we know very well. Culprit has to step down from their spreading rumour all over the nation by media. Lets see what what will be the condition of RPP Nepal Chitra Bahadur and Nepali congress in next election.

  86. आज संङ्घियता र परिवर्तन बिरोधीहरुले गरेको बन्द पूर्ण रुपमा असफल भएको छ । आदिबासी नेवारहरुको मुलथलोको रुपमा परिचित बागमतीलाई लक्षित गरी गरिएको बन्द माइकिङ र मोटारर्साईकल रयाली बाट बन्दको अबज्ञा गर्न अनुरोध गरिएको थियो । मुल सडकका केही पसल बाहेक सम्पूर्ण पसलहरु खुला थिए भने स्कुल बस बाहेक सबै सवारी साधनहरु निर्बाध रुपमा चलिरहेका थिए यसैबाट प्रमाणइत हुन्छ कि नेपाली जनताले के चाहेका छन । हिजा २४३ बर्ष देखी सतामा लुट मच्चयाउने ले लुट्को संसार भात्कने भयले संघियाता याने कि जातिय पहिचानको सङियता बिरोध गरिरहेका छन यस्ता स्याल हुईय्याको कुनै काम छैन यो देश एकात्मक्ताकै कारण संसारको सबैभन्दा गरीब मुलुक भएको हो भन्नेमा दुई मत छैन सङियताले नै यो सब कुराको हल हुन्छ र् देश उन्नती प्रगती र सम्ब्रिद्दी तर्फ उन्मुख हुन्छ । अब यो देश एकल जतिय होईन जातिय पहिचानको आधारमा हुनुपर्दछ ।

  87. हुन पनि हो मा पनि yesma sahamat chhu ki madhesh हरु लै काठमाडौँ मा हेप्छन भनि तर मदेशी नेताको तरफदारी गरेको देखेर अचम्म लाग्यो के गरे र यी मदेशी नेताले आहिले सम्म एउटा राम्रो काम गरे भनेर देखाउने कुनै उदाहरण छन् र? खाली इंडिया को दास भएको मात्र त छ नि.. इंडिया मा चुनाब हुँदा एउटा पनि मदिसे पहाड मा हुँदैन अनि नेपाल को चुनाब मा नागरिकता काण्ड मचौछ . अनि तराई बन्द अनि सरकार मा गएपछि तेही मदेश नेता काटमार पर्छ र टुक्रा टुक्रा हुन्छ | भर्स्ताचारी भएको प्रमाण समेत प्रमाण भएपछि मदेश को हीत भएन भनि समर्थन फिर्ता भन्छ | नाटकी नै हो नि यी मधेसीहरु | हुन त पहाडी नेता हरु पनि एस्तो कुरामा कम त पक्कै पनि छैन | यो लेख मा सुरु मा त एथार्थ लग्यो पढ्दै जाँदा त मदेशी नेताको P A ले लेखेको जस्तो लग्यो.. मलाई त.. |
    देश संगीयेता मा जाँदा केहि फरक पर्दैन तर जतिको नाम ले गरियो भने त्यसपछि नेपाल कहिले पनि एक हुँदैन.. | तेस्पछि तराई सबै इंडिया ले खान्छ, तेसै त गौतम बुद्ध इंडियाको भएको बेलामा नेपाल पनि इंडिया को बनाउछ …

    सबै लै चेतना भया…
    जय नेपाल

  88. अचम्म को जनता हामि नेपाली !!!जातीय समानताको कुरा पनि गर्ने !!निच जातले ..उपल्लो जातको खानेकुरा छुएमा हत्या सम्म गर्न पछाडी नहट्ने !!!पहाडमा बस्नेलाई तराइ बासीले पहाडी भन्ने !!!तराइमा बस्नेलाइ पहाडीले !!मदेशी भन्ने !!!यस्तो डर लाग्दो खाडल हामि नेपाली बिच हुदा हुदै पनि जातियाको आधारमा प्रान्तको नाम राखनु भनेको जानी जानी आफ्नो खुट्टामा बन्चरो हान्नु होइन र ???

  89. लेखक ज्युले रामबरण यादबलाई रास्त्रपति बनाउथे ? भनेर प्रश्न गर्नु भो .परिबर्तन जी, रामबरण यादबलाई रास्ट्रपति गिरिजा कोईरालाले बनाउनु भा’ हो भारतलाई खुशी पार्न . रामबरण यादब रास्ट्रपति हुनु अघि उनको नाम पनि सुनेका थिएनौ हाम्ले . परिबर्तन जी , मुलुकको शासन हाक्ने रास्ट्रपति जस्तो मान्छेको नाम कम्तिमा ५० प्रतिशत जनताले सुन्नु त पर्ने हो नि हैन र ? ( मेरो कमेन्टको तात्पर्य हाम्रा रास्ट्रपतिको बिरोध हैन , मेरो सम्मान छ बहा प्रति , खालि परिबर्तन जी को प्रश्नको प्रसंगमा यथार्त मात्रै बोलिदिएकी हु )
    अब परमानन्द झा लाई उपरास्ट्रपति बनाईएको कुरा , न्यालायाको काम गर्थे
    उनि ,उनि बाट चरेश काण्ड अपराध भएको कुरा मिडियाले भन्दा भन्दै उनलाई
    नेपाल देशको उपरास्ट्रपति बनाईयो ! उपरास्ट्रपति बने पछी उनले हिन्दिभाषामा
    सपथ खानु अनि हिन्दि भाषालाई दोस्रो नेपालको दोस्रो भाषा बनाउन न्वारन
    देखिको बल निकालेर लागि पर्नु — चरेश काण्डका अपराधि व्यक्ति देशको उपरास्ट्र
    पति ? यी पनि भारतीय आशिर्बादको बलमा नेपालको सत्तामा आए .
    रह्यो जातीय संघियताको कुरा , हिजोको हाम्रो तराई अब मधेश बनाईदै छ , हिजो
    तराईमा फल्ने अन्न हिमाल पहाड जहातही पुग्थ्यो अब त्यसरी पुग्न मदेशको नाममा राजनीति गर्ने भारतीय चम्चेहरुले ‘रासन कार्ड’ मार्फत पुर्याउन दिने छन् —
    देशकै ठुलो अन्न भण्डार रहेको तराई अब केही सिमित भारतीय आशिर्बाद पाएका व्यक्तिहरुको हातमा मधेस बनेर रहंदा भोलि त्यसको असर नेपाली जनताले सास्तीको रुपमा भोग्नु पर्ने छ —
    त्यस्तै ताम्सालिंग , तमु , लिम्बुबान , मगरात , छेत्री , ब्राम्हण , नेवा आदि इत्यादि जातीय आधारमा हुने संघियताको कारण जातीय फुट हुँदा झैँ झगडा
    रोष आदि हुदैन भनेर कसरि भन्ने ? जातीय मुद्दा कुन हद सम्मको सम्बेदनशील
    हुन्छ त्यो सबैले बुझ्ने कुरा हो —
    जातीयताको आधारमा संघियतामा जानु भन्दा भौगोलिक आधारमा गएर अधिकार
    प्रदान गर्दा यो जात उ जात नभनी सबै नेपालीलाई समेट्छ .
    भारत जस्तो ‘कुटिल’ छिमेकी उसो त अब आएर चिन पनि ‘कुटिल’ नै हुने छ — यस्ता कुटिल छिमेकीले च्यापिएको देश नेपालले सबै नेपालीलाई समेट्ने नीति
    अपनाउनु नै नेपालको दुरगामी हितमा हुन्छ —

    अत्यन्तै सम्बेदनशील बिषयमा बहस चलाउनु भएकोमा लेखकलाई धन्यबाद .

  90. काठमाडौँ बस्ने नेपाल र नेपालीका आन्तरिक कुरा बुज्ने ……र बिराटनगर वा बिरगंज तिर बाट भारतीय पत्रिकामा भारत को सान आब नेपाली रुपीया मा जस्ता लेख लेख्ने …………. र नेपाली ब्लग हरु मा पहाडिया बिरुद्द जे पायो तेही लेख्ने …… कहिलेही तपैले बुज्नु भयको छ तिनी मधेसी मधेसी बीच कुन levelko भेदभाब आफैमा ….. …. यहाँ नेर पनि उही चाल तपाई पहिला आफ्नो वास्तविक रुप मा त आउनुस लुकेर धबा बोल्ने बनि छोड्नुस

  91. यो लेख लेख्नेलाई फुलको माला
    पढ्नेलाई सुनको माला
    देशलाई जातीय शंघियताको आधारमा बिभाजन गरे
    नेपाली र नेपाली नेताहरु तेत्ति अनुशासित छैनन्… आफ्नो स्वार्थको लागि जे पनि गर्छन
    तेसैले नेपाली नेपालीमा बैरभाब रहला…. तेत्ति बेला अहिले कलम चलाउने बुद्धिजीबी वर्ग… देश हाक्ने अपाङ्गहरु अझ धेरै पछुताउनु होला.
    नाम फेरिदैमा चार्ल्स सोब्राज साधु हुदैन

  92. परिबर्तन जी !
    जातीय जमिन्दारका पछ्यमा उभिएर तपाइले जनताको आर्थिक सामाजिक परिबर्तन लाइ ओझेलमा पार्नु भयो / नेपालको समस्या जातीय र बर्गीय दुवै हो/ परसु ना. चौधरी, हिरा लाल बिस्वोकर्मा हुदै राम बरण यादव र गच्छेदार सम्म आइपुग्नु लाइ तपाइले खुसि ब्यक्त गर्नु भयो / तर यस बाट मदेसी हरुको के हित भो र / सामाजिक विभेद अन्त्य गर्ने बिसय मुख्य हो / आर्थिक रुपमा हेर्दा बर्गीय कोण बाट सोच्नु पर्ने होइन र ?
    संघियता बिना नेपालको बिकास सम्भब छैन भन्ने कुरामा बिबाद हुनु हुदैन / हाम्रो समस्या भनेको सामाजिक विभेद र आर्थिक शोसन दुवै हो / यहाँ आफुलाई कथित ठुलो जात भन्ने हरुले अर्को लाइ हेप्ने, एक दलित ले अर्को दलित लाइ अछुत मान्ने, पहाडमा मधेसी लाइ र मधेसमा पहाडेलाई हेप्ने जस्ता सामाजिक भेदभाब हरु छन् भने आर्थिक अत्याचार हरु त्यस्तै छन् / पहाडे हरु धनि र मधेसी हरु गरिब भन्ने मापदण्ड छैन / पहाडे ले पहाडेलाई र मधेसीले मधेसीलाई सोसन गरेकै छन् / अत आमुल परिबर्तन बिना यसबाट मुक्ति सम्भब छैन र आमुल परिबर्तन वर्ग संघर्ष बिना सम्भब छैन /

  93. एक …यो लेख को लेखक जिउ को नलेज को परिधि निकै साँगुरो वयेको अनि उनि आफै पनि कुण्ठा बाट ग्रस्त छन् .आजकल २ -४ वोटा पत्रिका पढेको ,अनि २ -४ वोटा बेकारी नेताको भासन सुनेर आफ्नो धारणा बनाउने अनि ,कुनै विद्वान जस्तो गरेर अरुलाई अर्ति दिने अनि पत्रिका र ब्लग मा छपाएर आफुले आफुलाई ज्ञाता सम्झेर ढोंग गर्ने तप्पर तुइया पत्रकार र बुदिजीबी हरु नेपाल मा गल्लि गल्लि मा भेतिन्छा . यो लेखक पनि तेही मर्का को हो.येस्मा कुनै तेस्तो सोचिरहनु पर्दै पर्दैन .राजतन्त्र लै गाली गरेर गणतान्त बादी र मूल समुहको ( अलिकति उन्नति गरेका ) जति बाहुन छेत्री लै गरि गरेर जनबादी,अनि संगीयता बादी बन्न सकिन्छा भ न ने कति साँगुरो र अल्प ज्ञानी सोच छ यो लेखक को.संसार को जुनै कुना मा गएपनि बाटो मा हिड्ने ले चिल्लो गाडी मा हिड्नेको रिस गर्छा ,सानो घर मा बस्ने ले महल मा बस्नेको अनि सानो जागिर को ले ठुलो जागिर खनेको
    , दाजु ले उनती गरेको भाइ को त गर्छा .यो त मानिश को प्रवृति नै हो .बाहुन छेर्ती ले नेपाल मा त गरे रे तर आरु ठाउँ मा नि bhaun छेत्री ले नै गर्य छन् त बढी प्रगति… कि आरु ठाउँ मा नि बाहुन छेत्री ले नै थिचो मिचो गरे कि क्या को आरु लै.अमेरिका,बेलायत , क्यानाडा अनि आरु देश मा नि नेपाली को नाम मा सबै वन्द बादी आनु पात मा बाहुन छेती ले नै प्रगति गर्य छन् त?प्रोफेस्सोर, चिकित्सक अनि उछा वोहोड़ा मा बाहुन छेत्री नै आगाडी छन् चाहे यो भारत मा होस् , चे त्यो सिक्किम मा होस् छे त्यो भुटान मा होस् जुनसुकै कुना मा होस् … यो Jews हरुले जहाँ गए पनि प्रगति गर्य जस्तै हो. मारवाडी हरु ले व्यापार मा प्रगति गर्य जस्तै हो .तपाई लै मान्ने कर नै लाग्छा.यी जति हरु उन्नातिसिल जति हरु हुन् .यिनीहरुमा बिसेस ट्यालेन्ट छ वनेर …यिनीहरु ले हाम्रो नेपाली माटो मा सुटु देखि नै पढाई को महत्वो बुह्जे अनि आगाडी बढे .तेही हो .. आज क सफल पहाडे बाहुन छेत्री सबै गरिबी बाट संगर्ष गरेर आज को अबस्तामा आएको हो. यिनी हरु को संस्कार ले यिनीहरुलाई पadना ,आध्याँ न गर्न अनि राम्रो कर्म गर्न सिकायो,जड खान , हुलिज्जत गर्न , समय बर्बाद गर्न, आरुलाई आनादर गर्न , खाली बल को भर मा कम गर्न , अल्छि हुन, सिकायाना . प्रगति गर्नी गल्ति हो ? उन्नति गर्नी गल्ति हो? सो हे मेरा लेखक मित्र सिक्नुस त्यो सफल जातिहरु बाट केहि अनि प्रेरणा लिनुस , यो बेकार को रिस को मल जल गर्नु साटो … राज्यले सबैलाई ओप्पेर्तुनिती दिनु पर्छा …मिहेनत गर्ने मान्छे जहिले आगाडी आउनु पर्छा र औन्च्चा पनि …गर्न नसक्ने आपंगा लै मात्र आराछां न दिनु पर्छा … जति माथि को नाटक बन्द गर्नुहोस कृपया ..अमेरिका मा सयोउ वर्ष देखि कला जति ले गोरा झैँ समान अबसर पाका छन् , आज आएर पनि , यी कला जति हरु निकै पछाडी छन् , येसो कारण हो. यो जति तेती आध्याँ न गर्न चाहन्दैना, संस्कारी हुन चाहन्दैना , खाली कुल्ली काम अनि सानो तिनो काम मा मात्र रमाएर बस्छा .
    दुइ … शंघ भनेको के हो ? संघियता भनेको क हो ? बिचारआ यो लेखक लै ज्ञान नै छैन खोइ के भानुम उनलाई .हुनत नेता हरुलाई नै छैन … सबै मुर्ख ,अल्प ज्ञानी अनि अध्यन को कमि छ … नेपाल मा तिब्र आर्थिक विकास चाहिन्छा बस तेत्ति हो.. संग शंघ vanee सब वाहियात हो. नेता अनि उअको पछि लाग्ने कुत्ता हरु को कुतर्क हो . बिदेसिको नेपाल लै मेटाउने छल हो. एउटा क्याबिनेट चलाउन नसक्ने ले घण्टा तेत्रो शंघ चलुना सक्छा ?
    यो संघ नेता , पार्टी र तेस्को मान्छे बाहेक कसै लै फैदै छैन .शंघियता ले नेता हरु को job
    मात्र create गर्छा . उनि हरु सबै रोजगार हुन्छा ..बाकी जनता मुर्ख हुन्छा . अहिले गणतन्त्र पाएर वको जस्तो ( बिचरा मुर्ख हामी नेपाली को दिमाग ले कसरि चिन्न
    सक्थ्यो र २०४६ साल पछि को ब्यबस्ता नै नेपाल को लागि सब भन्दा राम्रो हो भा न्न ..
    यहाँ त प्रचण्ड को गोलि बरु ठिक छ राजा ज्ञानेन्द्र को बोलि भन्दा भन्ने हरुको जमात भएको बेलामा ..तेश कारण शंघियता भन्दा power को decentilize हुनु पर्छा …
    तिन :नेपाल को तराई नेपाल को सबै वन्द बिकसित ठाउँ हो. जहाँ दुइ दुइ वोटा ठुला
    औध्योगिग नगरी छन्. बिसाल खेति हुने जमिन छ, धेरै जंगल छ ,धेरै बती घाटो, बिजुली बत्ति छ. सिंचाई को सुबिधा छ… ठुला ठुला आस्पताल छन्.स्कुल हरु पनि थुप्रै छन् ,यातायात को एकदम राम्रो सुबिधा छन् , तराई को सबै जिल्ला मा एरपोर्ट हरु छन् , जोब को ओप्पेर्तुनिटी पनि बढी छ …नेपाल को सरकार ले सिचाई मा सबै वन्द बढी तराई मा लगानी अग्रेको छ . रेल्वे पनि तराई मा छ … ठुला क्रिसी आनुशंधन केनर हरु पनि सरकार ले तराई मा खोलि दिएको छ ..नदि नाला र धेरै श्रोत हरु पनि तराई मै छन् … अनि घण्टा तराई लै कसरि हेप्यो ,. नेपाली सरकार ले ???तराई पछाडी पर्यो रे? घण्टा पछाडी पर्यो..सबै भन्दा धेरै प्राबिधिक हरु तराई बताई नेपाल सरकार को जागिर खंचन …आकर्सक पद मा तराई कै मान्छे को हाली मुहाली छ .. अनि घण्टा तराई लै उपेच्चित गर्यो नेपाल सरकार ले ? छ कुनै मुर्ख संग येस्सको उत्तर? बरु पहाड को हाम्रा दाजु भै ले , खान नपाएर, होस्पितल नदेखेर, जिन्दाही भा री स्कूल , गाडी नहेरेर, कुनै रोजगार नपाएर मर्नु परेको छ .तराई लै सरकार ले हेपेको वन्नु सब चोर हरु को प्रोपोगान्डा हो. तराई को वास्तविक जति लै इंडिया बाट नेपाल आएका नकाल्ली , सोसक, यादव जति हरु ले लुटेका छन्, सोसन गरेका छन् , तेही भएर तराई पछि परेको हो… कुनै खस जति ले हेपेको होइन तराई कअ हाम्रा वास्तविक नेपाली लै. तराई मा बाहुन छेत्री हरु नै तेस्तो जति हो जोलले तराई मा तरैबसी संग मिलेर दाजुभाई जस्तो गरेर सयोउ वर्ष देखि संगै बसेको छ , उनीहरु को भाषा पनि बोलेको छ . उनीहरुको रहन सहन पनि आत्मा सात गरेको छ र उनि हरु लै सम्मान पनि गरेको छ नता अहिले को जनजाती भनौदा अनि नेवार भनौदा जस्तो तराईबाशी लै मदिसे , धोति भनेर हेप्ने गरेको छ … काठमाडौँ मा वा आरु ठाउमा तराई बसी लै हेप्ने काम यो नेवार र आरु जनजाती भनौदा हरु ले नै हो … बाहुन छेत्री हरु त जहाँ पनि तराई बसी दाजुभाई हरु संग येऔतई परिवार जस्तो मिलेर बसेका छन्. र साबधान . तराई को मूल सत्रु भनेको मैथली र व्होज्पुरी नबोलेर हिन्दि बोल्ने नकली नेपाली नागरिक हुन्. यिनीहरु लै तराई बसी ले घोक्रेठ्याक ल्याउन सके तराई बसी को च्नादै कल्याण हुन्छा .

    तेश्रो ..आजकल बाहुन छेत्त्री हरु लै आती खेदो खन्ने काम वयेको छ. हुन पनि मुर्ख हरु संग किन लाग्ने भनेर बाहुन छेत्रिहरु चुप लगेर बसेका छन्.जसले जे भनेपनि यो देश खस बाहुन छेत्री हरु ले जितेको उनीहरु को देश थिओ. र हो पनि . ब्रिटेन को अंग्रेज को जस्तै..
    आज आएर हरुवा नेवार ले ठुलो स्वोर गर्नु भएन नि. खस ठुकिरी को छोरो ले तिमीहरुको
    नेवार कुमारी को पु जआ गर्छ ..त्योसम्मान होइन? घोडे जात्र, गैजत्र, इन्द्र जात्र ,मा बिदा दिनु अनि राज्यले आफ्नो चाड मान्नु त्यो सम्मान होइन?
    तिमीहरु को ( हरुवाको) ठाउँ लै राजधानी बनाउनु क त्यो समान होइन?अनि तेस्कै नामे बाट नेपाल को नामे राख्नु सम्मान होइन ? नत्र गोर्खा लै राजधानी बनाउदा क बिग्रिन्थ्यो? नेपाली को नामे नै गोर्खा पनि राख्न सक्थ्यो नि ? सो मुर्ख नेवार बन्दु हरु … आध्याँन गर , कमि छ तेस्को तिमीहरुमा ,शाह बंसा ले जति तिमि हरु लै कसैले गुण लागको छैन .हरुवाको संस्कृति लै कसैले जोगौन्दैना ….
    र आन्त्यामा नेवारबन्दु हरु जनजाति कसरि भायो? जसको आफ्नो राज्य थिओ, राजा थिओ, सिक्छा, संस्कृति सबै मा धनि जाती .. KASARI जाना जति को मा पर्न गयो? कुन चै मुर्ख ले राख्यो??

    आन्त्यामा नेपाल को लागि सबै भन्दा राम्रो ब्यबस्ता शम्बैधानिक राजतन्त्र , बहुदलीय प्रजातन्त्र हो …ब्यबस्ता फेल भा को होइन नेता हरु फेल भाको हो. ज्ञानेन्द्र नराम्रो होइन .उसलाई नराम्रो बनाइएको हो .तर मुर्ख नेपाली हरुले नेता फेर्न छोडेर व्यवस्था नै फेरे.
    २० वर्ष आगाडी देखि जोसले सासन चौलाई आको छ आज पनि तिनीहरुलाई नै विश्वास गरिराका छन् ..आज पनि तिनीहरु नै सत्ता मा छन् अनि जनतालाई मुर्ख बनैरकोछन् अनि मुर्ख जनता हरु उनीहरुकै लहै लहै मा लगेर संघियता , गणतन्त्र के के को पछि लागि रचन . संसार कहाँ बाट कहाँ पुगी सक्यो यो मुर्ख नेपालीहरु चै गणतन्त्र ,सम्भिदान सहभा ,अनि शंग रे ..यी मुर्ख हरुलाई के थाहा नेपाल को लागि अहिले आर्थिक क्रान्ति चैंचा
    भन्ने कुरा , सबै मान्छे आर्थिक रुम मा बलियो वायो वने यो जात पात सानो ठुलो सबै कुरा हरौन्छा वनेर ….. हे भगवान मुर्ख अनि भेडा नेपाली हरु लै सदबुद्धि देउ …सिक अलिकति सिक्किम को मान्छे संग ,दर्जेलिंग को मान्छे संग

    नेपाली को हितैसी
    आशमा छेत्री
    हाल सिक्किम गंक्तोक

    • “…अनि उनि आफै पनि कुण्ठा बाट ग्रस्त छन् ”

      Well said! “कुण्ठा” is the big barrier for a rational debate in Nepal. I can see a lot of opportunities to transform Nepal. Most of the people who are in leadership position or in a position to set/shape agenda fro public debate are full of कुण्ठा. NC leaders rose in the rank nurturing कुण्ठा against royalties, most leftists cultivated कुण्ठा against rich and successful people. Mandale had कुण्ठा against Indians and NC/Leftists. And when decision is driven by कुण्ठा, the result is always disastrous.

      We have not yet been able to inject a culture of positive thinking in our society.

    • एउटा क्याबिनेट चलाउन नसक्ने ले घण्टा तेत्रो शंघ चलुना सक्छा ? —

      आशमा जी
      तपाईको कमेन्टले यथार्त बोलेको छ .
      आफ्नै पार्टी त मिलाएर हाँक्न नसक्ने हाम्रा नेताहरुको यो देश कम्जोर बनाउने
      राजनीति हो — यी कठपुतली हरु लाई जनताले भित्तैमा पुर्याउनु पर्छ अब !

    • माफ गर्नुस आशमा क्षेत्री जी,
      म सहमत छैन तपाइको “आज क सफल पहाडे बाहुन छेत्री सबै गरिबी बाट संगर्ष गरेर आज को अबस्तामा आएको हो” बाट | शरणार्थी भएर थरुहट छिरेका कंगालहरु कसरि त्यहाका जमिन्दार भए ?? र उल्टै तिनै सोझा थारुहरुलाई कमैया र कमलरी बनाए ???
      पाप धुरी बाट कराउछ , नबिर्सनुस ” बाह्र बर्षमा खोलो पनि फर्किन्छ भनेर ” | धेरै लोभी भएमा ज्ञानेन्द्रको हबिगत होला है !!!

    • आश्मा छेत्री जी ! नेपालको सन्दर्भमा हेर्दा तपाइले उल्लेख गर्नुभएको जाति बिशेषको सक्षम र असक्षमको कुरो भन्दा पनि ध्रुत्याँइं र फटाहिको कुरो देखिन्छ| हो, तपाइले भनेका जातीहरुले धुर्त्याइंको माध्यमद्वारा ठुलै उन्नति गरेका छन्, तर आफ्नै लागि मात्र ! देशको लागि केहि गरेको छैन , खालि कुम्ल्याएको मात्र छ| जब अहिले आएर अन्यजातीले टाउको उठाए, उनीहरु तिलमिलाए र जनजातिमा आएको जागरणमा जातीय विद्वेष देख्न थाले| आश्माजिले राखेका कुराहरु नै जातीय विद्वेष फैलाउन प्रयाप्त छ | हाम्रा नौला लेखक परिवर्तनले समयको माग बमोजिम परिवर्तन खोजेका छन्!

    • होउ आशमा जी तपाइ येत्तिको जाने बुझेको मान्छे, नचाहिने कुरा पढेर मन रोक्न नसकेर लेख्नु भयो, तर निधएको मान्छे लै पो उठौना सकिन्छा त निधएको जस्तो गरेर आँखा चिम्लिने लै त उठौना सकिन्न नि. खुशी लग्यो तपाइ को कमेन्ट पढेर, म पनि जनजाती कै मान्छे हु सरकारी जागिर खान्छु र तपाइ ले मेरो मन को कुरा लेख्नु भएको म साधुबाद छ तर येत्रो शब्द खर्च मात्र भयो कसैले आत्मालोचना गर्ने वाला छैन, आफ्नु तुरुन्त को फाइदा हेर्छन, सन्तति को बारे म़ा सोच्ने क्ष्यमता छैन. त्यसैले रछ्यान चलाएर मुख म़ा छिटा पर्नु भन्दा चुप लगेर बस्नुस होउ. देश टुक्रिने वाला नै छ, तपाइ प्रवाशी हरु लै पो त कुन Origin को भनेर सोध्दा नेपाली भन्न नपौना हुनु भयो भन्ने चिन्ता पो लगेर आयो त मलाई अहिले.

    • “तिमीहरु को ( हरुवाको) ठाउँ लै राजधानी बनाउनु क त्यो समान होइन?”

      हारेको त नुवाकोट पनि हो | तर मेरो नुवाकोटलाई राजधानीको सम्मान किन नदिएको ? नेपाल खाल्टो भन्दा पहिले त नुवाकोट नै जितेको (हराएको) हो | त्यसको जवाफ पनि तपाई संग पक्कै होला (तपाई जित्ने जातिमा जो पर्नु भयो)| प्रयास चाही गरेको थियो क्यार हैन र ? तर नुवाकोट पनि गोर्खा जस्तै बिपन्न देखे पछि त्यति बेलाको सबभन्दा सम्पन्न ठाउँ रोज्न खासै गारो भएन होला| so please get some chill |

  94. मेरा काका ६८ बर्ष क हुनु भो उहा ८ बर्ष को हुदा हजुरआमा ले जनकपुर लेर जानु भाको उहाका छोरा छोरि लगाएत काकी हरु मा बोल्ने लबज देखि रहन सहन सम्पूर्ण कुरा मा मदेशी परिवेश को झल्को दिन्छ तर मात्र थर पहाडिया हुना ले उहा हरु खेदिएर हेटौडा मा बस्दै आउनु भाछ….धन्यबाद परिबर्तन जी तपाई हरु को परिबर्तन लाई …… पेप्सीकोला मा मेरा एक साथी हुनुहुन्छ उहा क छोरा हरु का मिल्ने साथी ‘घिमिरे’ थर का थिए घर मा आउ-जाऊ राम्रो थियो पछि एकाएक परिबर्तन भए ‘घिमिरे’ परिवार,UN को जागिर जोगौना ‘घिमिरे’ परिवार पुरानै थर ‘बिस्वकर्मा’ भएछन…किन तेरो साथी हरु यता आउदैनन भनेर साथी ले छोरा लाई सोद्धा…”उनि हरु लाई हामी ले थिचो मिचो गरेको छौ रे हामी हरु कार्की काजी रे,उनि हरु दलित रे हामीले उन को बुवा को जागिर पनि खोस्दीन सक्छौ रे भनेर भन्थ्यो, अब त उनीहरु ले छोएको हामीले खान नि हुन्न रे हो ड्याडी ????”धन्यबाद परिबर्तन जी तपाई हरु को बच्चा बच्चा मा आएको परिबर्तन लाई….मेरो जन्म चितवन मा भएको हो मा पहाडिया मूल को हु बिगत तिन पुस्ता मा सरकारी नुन खाने व्यक्ति मेरो परिवार मा छैन….तपाई को परिबर्तनकारी विचार मा मेरो परिभाषा ‘पहाडिया शोसक बाहुन’ हो आउनु होस् मलाई सफाया गरेर परिबर्तन को छलांग मार्नुहोस…साथी साथी मा फुट अनि समुदाय लाई लडाएर के घण्टा को राजनीति???

  95. अलिकति जातीय भेदभावबाट उत्प्रेरित देखिएतापनि मधेशलाई हेर्ने हाम्रो नजरिया पूर्णरुपले परिवर्तित भैसकेको जस्तो त मलाइ पनि लाग्दैन..
    लेखक ले ध्यान दिनु पर्ने कुरा क देखियो भने..दुवै पाटोलाई (मधेशी/पहाडी) बिस्तृत अध्ययन गरिसकेपछि मात्रै तेस्को निचोड निकाल्दा राम्रो हुनेथियो.. जस्तो कि घुसिया र भ्रस्ट पहाडिया नेताहरु मात्रै नभई मधेशी नेता हरु पनि छन् भन्ने कुरा त हामीले थाहा पाएकै कुरा हो नि.. अर्को कुरा मलाई पनि यो मधेश शब्द चाहि मन पर्दैन…बरु तराइमा बस्ने जति सबैलाई तराइबासी भन्ने हो भने त म पनि आफुलाई गर्बका साथ तराइबासी भन्ने थिए नि..
    अर्को कुरा, मलाइ चाही संघियता नै ठिक लग्यो..तर जातीय संघियता होइन..भौगोलिक आधारमा देश संघियता तर्फ जानु पर्छ ..मेरो बुझाईको संघियता भनेको निश्चित प्रान्त वा क्षेत्रका मान्छेले आफ्नो क्षेत्र को साधन स्रोतको आम्दानी आफ्नो क्षेत्र बिकाशमा लगुना पाउने हो..हाल के भैराखेको छ भने.. तराईको जंगल, पहाडका नदीनाला..हिमाली भेगका औषधिहरु बाट हुने आम्दानी जति सबै केन्द्रका नेताहरुको हालीमुहाली मात्रै भैरख्यछ जस्तो मलाई लाग्छ..संघियता(भौगोलिक) नै यसको अचुक औषधि हो..

    तपाइहरुलाई कस्तो लाग्छ कृपया घोप्टो या ठाडो औंलो मा क्लिक गर्नु होला.. या मुख फर्काउनु होला..

    जय होस्

  96. म पनि संघियताको पक्षमा छु तर त्यो संघिय राज्य कुनै जातिविशेष नभई एक भौगोलिक वा ऐताहासिक पृष्ठभुमिको आधारमा होस । नेपाल संघिय राज्य हुनैपर्छ यदी नेपालले बेजोड रुपले बिकास गर्नु छ भने। बिकेन्द्रीकृत राज्य व्यवस्था हुनैपर्छ। सानो भन्दा सानो हस्ताक्षरको लागी पनि काठमाण्डौ धाउने परम्परालाई अन्त्य गर्नैपर्छ। अमेरिकाको, भारत,चीन, स्विजरल्याण्डको जस्तो प्रान्तिय सरकारको आवधारणा आउनैपर्छ नेपालमा। खै ति देश फुटेका चित्रबहादुर केसी ले भनेजस्तो? खै ति देशमा अशान्त र हिंशा भड्केको कथिक संघियबिरोधीहरुले भनेजस्तो?

    जातियता को आधारमा संघिय राज्य बनाउने हो भने कुनैपनि प्रदेशमा ति जातीहरुको बहुमत नै पुग्दैन जस्तो की काठमाण्डौमा नै नेवारहरुको बहुमत पुग्दैन, तराईमा पनि मधेशीहरुको बहुमत पुग्दैन। तसर्थ हामी साह्रा नेपालीहरु सबै एक समुह र समुदाय भएर मिलेर बस्नुनै उचित हुनेछ। यसरी जातियको आधारमा संघिय राज्य भयो भने फेरी नेपाल उही पुरानो रोगले ग्रस्त हुन्छ। त्यो राज्यमा अहिले र पहिले जसरी नेपालमा हालीमुहाली राज्य भएको छ र थियो, त्यो संघिय राज्य मा पनि त्यही जातीहरुको हाली मुहाली हुनेछ र उही ईतिहास फेरी दोहोरिनेछ तर जातिय पात्रहरु मात्रै परिवर्तन हुन्छ।

    “शान्त नेपाल, शान्तिको दुत गौतम बुद्द नेपाली हुन”

  97. यो लेख पढेपछि यसका प्रतिक्रियाहरु कस्ता आउलान भन्ने कुरा पहिले नै अनुमान गर्न सकिन्छ. पक्कै पनि हाम्रा खस साथीहरु तथा केहि विद्वान जनजाती साथीहरुलेपनि यस लेखको बिरोध नै गर्ने छन् . र बिरोध मा लेखिने कुरा भनेका “जातीय कुरा गरेर division ल्याउने कुरा नगरौं”, ” जातियता ले देश टुक्रा गर्छ”, ” हामी सबै नेपाली नै हौँ”, आदि आदि… कुरा सुन्दा त ठिकै लाग्ला… तर यस लेख मा लुकेका प्रमुख कुराहरुलाई धेरैले नजरअन्दाज नै गर्ने छन्…. तर पहिचान को आधारमा देशलै संघियतामा बिभाजन गर्दा देश कसरि टुक्रन्छ त साथीहरु??? कि नेपाली को पहिचान भनेकै खस भाषा बोल्नु हो?? खस भाषा बोल्नेहरुको बाहुल्य छ भन्दैमा के अरु जनजातीहरुले आफ्नो पहिचान को आधार मा आफ्नो बिकाश नै गर्न नपाउनु?? पहिचानको आधारमा संघहरु निर्माण गर्दा खस बाहेकका अन्य जातजातिहरुले पनि आफ्नो भाषा संस्कृति र पहिचानसंगै आ आफ्नो समूह को बिकाश गर्न पाउछन्… के येसरी देश बिकाश हुन्न र???
    how can u make two groups compete in a race where one is well fed and with shoes and the other is ill fed and barefoot???

  98. मदेशीहरू इंडियन vaehalyo |हामी बुद्धिस्टहरू(गुरुङ,मगर,राई,शेर्पा ,नेवार ,तामांग …..आधि) चाइनाको vaehaalyo |तेसो vaya नेपाली हरू चाई को हूँन त ?

  99. मधेसी हरु विरुद्ध पहाडिया हरुको अपमान निस्चय नै सहि नसक्नु मुर्खतापूर्ण र लज्जास्पद छ तर पनि सबै मिलेर बस्नु को विकल्प छैन /यत्ति कुरा हो कि भोलि संघियता ले देश लाई बिखन्डन को बाटो मा न लैजाओस /

  100. परिवर्तन जी,
    संघियताको भित्रि चुरो सम्म पुगेर आएको यो लेख शंघियताको बहसमा हामिलाइ राम्रो खुराक दिएको छ, देशको भावी परिवर्तनको खाका कोर्रेको छ,, यस्तै ‘दमदार’ विश्लेषण को पर्खाइमा…
    शीला

  101. मधेश राज्यको उपादेयता के ?

    जातीय स‌ंघीयताका विषयमा वहस हुनुपर्छ । वहसमात्र होइन, जातीय संघीयतालाई समेत आधार बनाएर देशको पुनर्संरचना आवश्यक देखिन्छ । तर म১धेश अनि मधेशीको कुरा अलि फरक छ यस मुद्दामा । न त मधेश कुनै जातिहरूको थलो हो, न त मधेशी कुनै जाति नै । मधेश नेपालको एउटा भूभाग हो, जहाँ विभिन्न जातिहरूको बसोबास छ, पहाड अनि हिमालमा जस्तै । वास्तवमा मधेश अनि मधेशीको पहिचानलाई ब‌ंग्याइएको छ यहाँ । संघीयताविरोधी सञ्चारमाध्यम, नेतामात्र होइन, स्वयम् जातीय संघीयताकै पक्षधरहरू समेत मधेश अनि मधेशी शब्दलाई जातिको बिल्ला भिडाइएर यसबारे वहस चलाइरहेका छन् । त्यसैले मधेश अनि मधेशी शब्दलाई जातीयताबाट हटाउनैपर्छ ।

    ‘परिवर्तन’जी, तपाईंले जुनरूपले लवज अनि र‌ंगका आधारमा ‘पहाडिया’ले ‘मधेशी’लाई ‘हेला’ गरेको कुरा छ, यो अति नै ‘रुञ्चे’ तर्क हो । हो, नेपालमा, खासगरी उपत्यकामा लवज अनि रंगका आधारमा मर्स्या, धोती भनेर बोलाइने प्रवृत्ति थियो । ‘थियो’ यस अर्थमा कि अहिले यो प्रवृत्ति धेरै कम भइसकेको छ । ‘मर्स्या’ भन्नु र ‘धोती’ भन्नुमा दुई अलग कुराले प्रभाव पारेको देखिन्छ । काठमाडौ‌का नेवारले ‘मर्स्या’ भन्नुबाट के बुझिन्छ भने उनीहरूलाई नेपालमा मधेशी भन्ने ठाउँ छ भन्ने ज्ञान नै रहेनछ । हाम्रै मदनजीलाई पनि थाहा रहेनछ, हेर्नुस् । उहाँ सधैं मधेश भनेको बिहार हो भन्ने तर्क गर्नुहुन्छ, जुन कुनै पनि हालतमा साँचो होइन । भारतमा वा बिहारमै पनि मधेश बिहारमा वा भारतको कुनै भूभागमा पर्छ भन्यो भने शायद हाँस्छन् होला । ‘धोती’को कुरा गरुँ । यसो भन्नुमा चाहिँ लवज अनि र‌ंगले भूमिका खेलेको पाइन्छ । अर्थात् यादव, झा आदि जातिका लवज अनि रंग भारतीय, खासगरी बिहारीहरूसँग मिल्नु । त्यसैले ‘मर्स्या’ अनि ‘धोती’को मुद्दा जातीय अवश्य हो, तर यसमा असमझदारीले बढी भूमिका खेलेको थियो । विगत केही समयदेखि उठेको जातीय मुद्दाले यसमा धेरै सुधार आइसकेको छ ।

    जहाँसम्म, तपाईंले भनेजस्तै ‘मधेशी’हरूको ‘पहुँच’को कुरा छ, त्यो कुनै यादव वा झाको मात्र होइन, न त कुनै नेवार, तामाङ वा शेर्पाको नै यो मुद्दा समस्त जातिको हो, स्वयम् बाहुन र क्षेत्रीको समेत । तर पनि तथ्यांकलाई आधार बनाउने हो भने बाहुन-क्षेत्रीको ‘पहुँच’, चाहे त्यो राजनीति होस्, प्रशासन होस्, वा अन्य क्षेत्र ठूलो असमानता रहेको छ । यो तीतो सत्य हो । तर यी सब हुँदाहुँदै जातीय संघीयता यी असमानता मेट्नकै लागि मात्र होइन, विलीन गएको हाम्रो कला, संस्कृति, भाषा, धर्म आदिको जगेर्नामा पनि जातीय संघीयता फलदायी सावित हुनसक्छ । नेवा:राज्य यसको टड्कारो उदाहरण हो, तर भारतसँग अझ ‘नजिकिनु’बाहेक मधेश राज्यको उपादेयता के ?

    • पहिचानको आधारमा संघियता चाहिन्छ, तर मधेसी लाई हैन! यो भन्दा पाखण्ड केहि हुन्छ?

      संघियताको माग मधेसी मात्रको हो, शुरुमा / मधेस आन्दोलन ले नै संघियता संबिधानमा उल्लेख भएको हो/ पहिचानको आधारमा संघियता खोज्ने ले एक मधेस एक प्रदेश स्वीकार गर्नु पर्छ/ एक मधेसको केकुरा, मधेसलाई दुई भागमै विभाजित गरे पनि हाम्रा जनजातीका “मधेस परिबेस्ठित” पहाडी राज्यलाई मधेसीहरुले संघियताको राम्रो स्वाद चखाई दिनेछन/

      पहिचान सहितको संघियताको लागि मधेसी समुदायले जोड गर्नु मुनासिब छ, कमसेकम आफ्नो सामुदायिक स्वार्थका लागि/ तर जनजातीहरुले त्यसैमा स्वर मिलाउनु बनेको पंचा तन्त्रको कथाको बादरले सिर्फ उत्सुकताक लागि आराले चिर्दै गरेको काठको माथि ठोकेको सापो थिक्दा अक्करमा आफ्नै अन्डकोष च्यापिएको जस्तै हो/

      बेलैमा चेतना भया !!!

      • सन्दीपजी,

        माओवादीले २०५२ साल माघ २१ गते गरेको बूँदे माग को २० नं बूँदामा “सबै खाले जातीय शोषण र उत्पीडनको अन्त्य गरिनुपर्छ । जनजातिहरूको बाहुल्य भएका क्षेत्रहरूमा जातीय स्वायत्त शासनको व्यवस्था गरिनुपर्छ” भन्ने उल्लेख छ । अर्थात् स‌घीयताको वहस माओवादीले उठाएको हो । तर मधेश अनि मधेशीका नाउँमा राजनीतिक गर्ने कथित मधेशवादी नेताहरू जसमा उपेन्द्र यादव प्रमुख हुन्, जो माओवादीबाट उछिट्टिएका हुन्, उनले मधेश अनि मधेशीको मुद्दा चर्काएका हुन् ।

        • पुष्प जी,

          “जातीय स्वायत्त शासन” र संघियता भनेको उही कुरो होईन/ लौ मानिलिउ कि माओबादी नै संघियताको सुत्रधार हो, त्यसो भने अन्तरिम संबिधानको मूल रुपमानै माओबादीले संघियता किन समाबेश नगरेको नि? खै माओबादीक प्रतिनिधिले संघीयताका लागि मसौदा समितिमा प्रस्ताब सम्म गरेको (बार्गेन को त कुरै छाडौ) थाहा भएन त?

          “जनयुद्ध” क लागि “जातीय स्वायत्त शासन” को मूल मकसद के थियो भन्ने कुरो अब त छर्लंग भैसकेको छैन र?

          In BBC Nepali interview , Chitra Bahadur KC has put it very succinctly “…कि नेपाली जनताले संघियता खारेज गर्छन, कि संघियताले नेपाललाई नै खारेज गर्छ” !

          कटु बास्तबिकता यहि हो!!!

          • सन्दीपजी,

            संघीयतामा जानु त्यति सजिलो भएको भए यही विषयमा अड्किएर नयाँ संविधान बनाउन ४ वर्ष लाग्ने थिएन । यो गहन विषय भएकोले अझ कति वर्ष लाग्ने हो वा यसको छिनोफानो नै नभई जेठ १४ नयाँ संविधान जारी गर्न बाध्य हुने हो थाहा छैन । अन्तरिम संविधान भनेको त संविधान बनाउन जारी भएको हो । संघीयताको वहसको त गणतन्त्र, जातीय स्वायत्तता आदिले खोलेकै हो ।

            जहाँसम्म चित्रबहादुरको कथनीको कुरा छ, यथास्थितिवादीहरूले कहिल्यै पनि देशमा आमूल परिवर्तन चाहँदैनन् भन्ने उदाहरण हुन् उनी । ‘परिवर्तन’जीले भनेझैं यिनलाई पनि ‘आफ्नो भाग’ खोसिने डर छ । डर के भ्रम छ, जुन सत्य होइन । हरेक नयाँ बाटोले नयाँ सम्भावनाका ढोका पनि खोल्छन् भन्ने कुरा न चित्रबहादुरहरूले कहिल्यै बुझ्नेछन्, न त बुझ्ने प्रयास नै गर्नेछन् । यिनीहरू न त आफू नयाँ बाटो खोल्ने सामर्थ्य राख्छन्, न त अरुले खोलेको बाटोमा हिँड्ने सामर्थ्य नै । यिनीहरू हिँड्ने भनेको उही पुरानो गोरेटो हो, जहाँ यिनीहरूले आजसम्म राइँदाइँ गर्दैआइरहेका छन् । ठ्याक्कै सुकुलगुण्डाहरूझैं ।

    • पुष्प जी, मधेश राज्यको उपादेयताको प्रसंगलाई भारतसंग नजिकिने खेलको रूपमा चित्रण गरेर तपाइले कतै अलिक संकृनता त प्रश्तुत गरि राख्नुभाछैन? किन भने राज्य पुनर्संरचनाको बिषयमा अरु बिभित जात, क्षेत्र, धर्म र समाजका बर्गले आवाज उठाउदा चै मुलधारको मुद्दा हुने, मधेश र मधेशीले उठाउदा चै त्यो भारतसंग नजिकिने खेल हुने? हामी सबैलाई थाहा छ कि एक मधेश एक प्रदेशको नारा त्यति ब्यबहारिक छैन, यति हुदा हुदै पनि मधेशमा बस्ने खास मधेसी समुदायको सेन्टिमेन्ट लाई हामीले क्षयीकरण नगर्ने कुरामा सजग हुनुपर्छ. भोलि कथं जातीयताको आधारमा संघीय राज्य बिभाजन भएन र खाली सामर्थ्यको आधार मात्र हेरियो भने त मधेश राज्य नि बन्छ नि, के त्यतिबेला नि तपाइले चित्रण गरेजसरि बुझ्ने ? र यसरी हामी गैरेमधेशिले बोलिरख्दा नि राष्ट्रिय एकता अक्ष्युन्ना रहला?

    • मधेश भनेको जात होइन भन्ने पुश्पजिको भनाइप्रति मेरो सहमति छ | पहाड, हिमाल भनेजस्तै एउटा भौगोलिक क्षेत्रलाई केवल नामाकरण गरिएको हो| मधेशी नेताहरुले ‘एक मधेश -एक प्रदेश भनि सारिएको माग केवल राजनीतिक मोल मोलाई र आफु सत्तामा टिक्नलाइ गरेका बहानाबाजी र बसिबियाँलो हो| त्यो त थारुहरुले अलग राज्य मागेर उनीहरुलाई चुनौती दिइसके | लिम्बुवान र खम्बुवान मागेर कुनै कुनै राइ र लिम्बुहरुले त्यस प्रदेशको जिम्मावाल हुने दिवास्प्न देखेको होला, तर संघिय राज्यमा प्रतिष्पर्धामा उत्रिंदा अन्य जातिकाहरु पनि मुखिया हुन नसक्ने भन्ने हुँदैन| भविष्यमा बन्ने लिम्बुवानको राजधानी ताप्लेजुङ्गमा सूर्यमान गुरुङ सिरुपाते खुकुरी भिरेर इन्द्रनारायण डिठठाको घरमा प्रादेशिक मुख्यमन्त्री भएर गजक्क परेर बसेको र पासांग सेर्पाहरु उनलाई सहयोग गरिरहेको हेर्न मलाइ औधि रहर छ | आर्यनहरुले गरेको काम हेर्यौ, अब मंगोलहरुले कस्तो काम गर्दो रहेछ, त्यो पनि त चाखौ ! अहिलेलाई लिम्बुवान जिन्दावाद !

    • पुस्पज्यु/
      हिजो सम्म आफुलाई मावोबादी भन्दै आउनु भयको पुस्पज्यु आज त् खुलेरै मधेश बादी बनेर आउनु भयो नि/ धन्यबाद छ है; स्पस्ट परिचय दिनु भयकोमा/ अस्पस्ट तरिकाले मधेशबादी मावोबादी बनेको र मावोबादी मधेस बादी बनेको कारण देसमा ठुलो झन्झट आयको छ/ तपाईं बात अरुले पनि मार्ग दर्शन पाउनु हुनेछ भनेर आसा गर्छु/

      पुस्पज्यु मलाई थाह छ तपाईं सिट तराईलाई मधेश भयको प्रमाणित गर्ने कुनै आधार छंदैछैन/ यसकारण तराई कसरि कहिले मधेश भयो भनि तपाईं सिट सोध्नुको कुनै माने छैन/ तर मधेसी नेताहरुले तपाईंको नीति भन्दा फरक नीति लियकोमा केहि गुनासो चाहि अबस्य गर्छ/

      सन् १८१६मा ईस्ट इन्डिया कम्पनि सिट सुगौली सन्धि हुनु भन्दा पहिला हाम्रो तराई अहिलेको भन्दा झन्डै तेब्बर ठुलो थियो/ मधेशबादिकै भनाई अनुसार पनि मधेस भनिने भू भाग बिहारको बिन्द्याचल सम्मको हो/ त् भन्नुस पुष्पज्यु तपाई मधेशबादीहरु नेपाल भित्रको तराईलाई मात्रै मधेस बनाउनु पर्छ किन भन्दै हुनु हुन्छ; किन सुगौली सन्धिको कारण भारत भित्र पर्न गयको तराईको भूभाग र बिन्द्याचल सम्मकै भूभागलाई मधेश बनाउनु पर्छ भन्नु भयन?

      पुस्पज्यु तपाई तराईमा बसेको कारणले आफुलाई मधेसी भन्नु हुन्छ/ तर मधेसी नेताहरुले नेपाली भासा बोल्ने तराई बासीलाई पहाडी भन्दै लखेट्दै आएको छ/ तपाई तराईमा हुँदा हुँदै ती मधेसी नेताहरुले तपाईंको भन्दा फरक नीति लाद्ने र तपाईं जस्तै अरु नेपालीलाई तराई बात लखेट्ने आँट कसरि गर्यो?

      पुस्पज्यु तपाईंले तराईमा बस्नु भयको कारणले आफुलाई मधेसी भयको भन्दा भन्दै पनि तराईका जनजाती थारु मैथिली आदिले उनीहरु मधेसी होईन भन्दै आएको के नबुझेर नजानेर हो ?

      जय प्रकाश मल्ल सिट तराईको जनजातिको १२ हजार सेना थियो/ त्यो सेनालाई मधेसी सेना भनियको थियन तिरहुते (मैथिलि) सेना भनिन्थ्यो/ किन होला?

      अहिले यति जिज्ञासाको निवारण गर्नुस/

      • मदनजी,

        हरेक कुराको प्रमाणै हुनुपर्छ भन्ने छैन । चलनचल्तीका कुराहरूलाई समेत हामीले आधार बनाउनैपर्छ । मधेशको निश्चित रेखा नकोरिएको होला, कथित मधेवादी नेताहरूले जिकीर गरेकै भरमा मधेशो रेखा पनि छुट्टिने होइन । तर ‘मधेश’ तराईका केही भूभागमा एउटा सामान्य चल्तीको शब्द हो । यसले कुनै जातिलाई इंगित गर्दैन ।

        कथित मधेशवादी नेताहरूले ‘पहाडिया’हरूलाई आफ्नो भाषणको तारो बनाउने गरेका छन् तर ‘मधेशी’हरूले ‘पहाडिया’लाई लखेटे भन्ने तपाईंको जिकीर छ, त्यो सरासर गलत हो । यस्तो अवस्था बिल्कुलै छैन तराई वा मधेशमा ।

        थारुहरूले आफूलाई ‘मधेशी’ होइन भन्नुको कारण उनीहरूको जातीय पहिचानलाई ‘मधेशी’ बनाउन खोजिएकाले हो । यदि ‘मधेशी’लाई जातिका रूपमा नभई मधेशवासीका रूपमा मात्र बुझ्ने हो भने कसैलाई पनि आपत्ति हुनेछैन ।

        • पुस्पज्यु
          मधेसी भन्ने कुनै जाति होईन, यो त् मधेसी नेता र तपाईं आफैले पनि मानेको छ/ मधेसी भनेको कुनै समुदाय समेत होईन/ मधेसी भनेको कुनै समुदाय भयको भय ई मधेश बादीहरुले तराईको यो यो जाति मधेसी समुदायको हो भन्न सक्ने थियो/ मधेश बादी नेता उमेश यादवकै सब्दमा ” तराईमा बस्ने मुस्लिम समुदाय मधेसी होईएन् उनीहरु अलाग्ग धर्म मान्ने एउटा छुट्टै समुदाय हो” / छुट्टै धर्म मान्ने तराईमा बस्ने मधेसी होईन भने तराईमा बुद्धिस्ट क्रिस्चियन शिख धर्म मान्नेहरु पनि पुर्खौ देखि बसोबास गर्दै आएको छन्/ उनीहरु को भय त्?

          नेपालको ब्राम्हण जाति एउटा समुदाय हो/ छेत्री जाति यौता समुदाय हो तेस्तै नेवार पनि एउटा समुदाय हो/ ती समुदायहरुमा कयौ जातिका नेपालीहरु आबद्ध छन्/ तर मधेसी समुदाय सिट कुन जातिका नेपाली आबद्ध छन्? यो प्रश्नको जवाफमा मलाई तपाईंको आफ्नै बिचार नभन्नुस ई मधेश बादी नेताहरुको बिचार भन्नुस/

          पुस्पज्यु, तपाईं राजनीतिमा अचेतन मनस्थिति भयको मानिस होईन/ जानकारी नभयको मानिस पनि होईन तर्क गर्न नसक्ने मानिस पनि होईन/ तपाईंको आफ्नै बिचार र नीति पनि छ/ तर राजनैतिक समाजमा तपाईंको पहुँच छैन/ अहिले मधेशबादीहरुले मधेस र मधेसीको बारेमा जे भन्दै आएको छ त्यो तपाईंको बिचार सिट पटक्कै मिल्दैन/ कुरा उनीहरुको बिक्छ तपाईंको बिक्दैन/ सिंहदरवार भित्र उनीहरु पुगेको छ तपाईं पुगेको छैन/

          पुष्पज्यु तराईलाई मधेश बा कुनै अरु नाम दिनु खासै ठुलो कुरा होईन/ तापनि ईतिहासकाल देखि तराई भनियको यो भू भागलाई मधेश भन्नु पर्ने कुनै जायज कारण त् देखाउन सक्नु पर्यो नि/

          हामि आज जसरि तराईमा बस्ने सबैलाई हामी तराई बासि भन्छौं तेसरिनै ई मधेश बादीले मधेशमा बस्ने सबै मधेसी भनेको भय कुरा विचारणीय हुने पनि थियो/ तर उनीहरु यसो त् भनि आएको छैन पुस्पज्यु/ यो कुरा तपाईंले पनि बुझेको छ/

          पुस्पज्यु तपाईं कोठामा सिमित आफ्नै बिचार को कुरा गर्दै हुनु हुन्छ/ यसो ई मधेश बादी नेताहरुले बाहिर कस्तो कुरा गर्दै छ तेता तिर पनि हेर्नुस/ मैले माथि भनि हाले सिंहदरवार भित्र जुन मधेश र मधेसीको कुरा हुँदै छ त्यो तपाईंले सोचेको भनेको जस्तो छैन/ तपाईंको मधेशबाद सिट मेरो कुनै आपति छैन तर उनीहरुको मधेशबाद सिट चाहिं घोर आपति छ/

          अन्तमा मधेशबादीहरुले नेपाली बोल्ने तराई बासिहरु प्रति अपराध गर्दै आएको कुरा प्रमाणित हुँदा हुँदै पनि मधेश बादीहरुले तेसो कतै गरेको छैन भनेर तपाईंले नेपाली भासीहरु प्रति क्रुरता देखाउनु भयो/ यो कुरामा तपाईको बिरोध गर्ने म सिट सब्द पनि छैन/ बस मेरो भन्नु यतिनै/

          • मदनजी,

            मेरो तर्क वा विचारले ठाउँ नपाउला, त्यो छुट्टै कुरा हो । तर विचार भनेको खुलामञ्चमै गएर गरिने कुरा होइन न त सिंहदरबारमा । विचारको कुनै सीमा हुँदैन; विचारको जन्म खाँदा होस् वा शौच जाँदा, जहाँ पनि हुनसक्छ ।

            मैले भनेको मधेश अनि मधेशीको कुरा मेरो आफ्नो विचारमात्र होइन । यो सत्य हो । ‘नेपाल’ नामाकरणमा त व्यक्तिपिच्छेका विविध तर्कहरू छन् भने मधेशको ‘मुद्दा’मा हुनु नाजायज होइन ।

            मैले पहिले नै भनेझै‌ कथित मधेशवादी नेताहरूको ‘पहाडिया’प्रतिको दृष्टिकोण अवश्य पनि राम्रो छैन । तर तपाईंले भनेजस्तो खराब स्थिति छैन । तपाईंलाई ज्ञात भए भन्नुहोला । होइन भने जनता-जनताबीच द्वेष फैलाउने कुरा कृपया नगर्नुहोला ।

  102. हरे !!!! दुई आनाको जग्गा त छ! त्यहाँ पनि बगैंचा, पार्किंग अनि पाहुनाघर सबै बनाउने पर्ने? अलिकति राम्रो चिटिक्क को घर बनाएर कौसीमा बगैंचा, अनि कुनै एउटा तलामा पाहुनाघर अनि बुइंगलमा पार्किंग बनाउन नहुने? “के नेपाल सानो छ?” भन्नुको अर्थ नेपाल साँच्चै ठूलो छ भनेर देखाउनै पर्ने हैन! उसै त सानो “हाम्रो” देश नेपाललाई पनि अझै पनि बाइसे चौबिसे बनाएर अनि धादिंग काट्ने बितिकै काठमाडौँको पासपोर्ट देखाउने अनि चितवन पुग्दा यो त मधेश हो, भिसाबिना आउन पाइन्न भन्ने हो? स्वायत्तता सम्मान र कार्यशैलीमा हुने कुरा हो न कि भूगोलको नक्सा परिवर्तनमा! शक्तिको विकेन्द्रीकरण गर्ने भए संविधानअनुसार शक्ति बिभाजन पो गर्नु पर्छ! संविधान बनाउन गएका नेताहरुलाई सत्तामा टिकीराख्नु छ अनि पो उनीहरु कुनै पूर्व-तयारीबिना जातियताको आधारमा संघियतामा जानु पर्छ भन्ने बिचार राख्छन! तर हेरौ त हामी “मपाईं” बनेका आन्दोलनका असली नायकहरु! कुरै नबुझी हो मा हो र हैन मा हैन मिलाईराखेका छौं!!! खै! मा मात्र हो कि सबैका कम्तिमा पनि एउटा भौगोलिक बिबिधताको साथि छ! मलाई त सोलुखुम्बुको मेरो साथी फुर्वा, त्रिवेणीको राजेन्द्र, काठमाडौँको नरेन्द्र, खोटांगको बिष्णु सबै यौटै लाग्छ! पछि सबैको आ-आफ्नै क्षेत्र भयो भनि म त उनीहरुको साथी हुँ, तर अरु पनि त कसै न कसैका साथी होलान! त्यसबेला चाहिं के गर्ने?

  103. लेखमा कुनै नया कुरो र तथ्य भन्दा पनि हाल बहसमै भएका कुरा दोहोरिएको छ/ पहिले अधिकार नपाएकालाइ जातीय संघियताले अधिकार दिने भन्ने कुतर्क मात्र हो/ यो त “पहिलेकोले गाडी ग्रावेल बाटो मा कुदायो, अब हामीले भिर तिर कुदाउने अधिकार पाउनु पर्दछ” भने जस्तै हो/ जहाकी चाहना पिच बाटोको हुनु पर्ने हो/ गलत प्रश्नको सहि उत्तर खोज्ने प्रयास गरेका छन्, लेखक ले/ सिमान्तकृत र बिपन्न वर्गको उत्थानकोलागी जातीय संघियताले सघाउ हुँदैन/ यो बर्गको उत्थानका लाही आबस्यक संरचनाको बहस शुरु भएकै छैन/

    नेपालमा संघियता कसलाई चाहिएको हो? के अहिले सम्मको नेपालको पिछौदेपनको चुरो कुरो संघियता नभएर हो? संघियता खोजेको मधेसी समुदायको सानो समुदायले हो, र त्यो माग भित्र जायज नाजायज दुवै खाले मनसाय ले/ २०६२/६३ को माग संघियता थियो र?

    जनजाती भनिनेहरु किन यो जातीय संघियताको चक्करमा फस्दै छन् ? यसले सबै भन्दा अहित जनजातीकै गर्ने छ/ अंग्रेजीमा एउटा मान्यताको सब्दबली छ, self-fulfilling prophesy, – जनजातीहरुले अनाबस्यक रुपमा बखेडा गर्दा त्यसले अझै उनीहरुलाई सिमान्तकृत गर्दछ/ ककस को नाममा सानो घेरामा राजनीति गर्ने कहिल्यै पनि राष्ट्रिय राजनीतिको शिर्ष नेतृत्वमा पुग्दैन र पुग्नु हुँदैन पनि/ कुनै पनि नेताले आफ्नो पहिचान नेपाली भन्दा जातीय हो भंदछा भने उ त्यहि त्यहि जातको नेता मात्र हुन्छ, सम्पूर्ण नेपालीको हुन सक्दैन/ चाहे त्यो ब्राम्हण होस् या जनजाती होस्! सफा र सिधा कुरा यहि हो/

    यदि जातीय संघियता बन्यो भने छिटै त्यो जातिवादी संघियता बन्ने छ, र त्यसलाई ब्यबस्थापन गर्ने राजनीतिक शक्ति नेपालमा छैन/ या त नेपाल नया सिक्किम हुने छ या नया खाले अफगानिस्तान/ यसबाट अहिले सम्म मस्ती गरेको वर्ग लाइ केहि फरक पर्ने छैन/ तिनीहरुक सम्पति र छोरा छोरी बिदेशमै छन्, नया समस्याले झन् INGO/NGO को जागिर खुल्ने छ, तिनीहरुका लागि/ पिडित हुनेमा सबै जातिका बिपन्न वर्ग नै हुनेछन/

    सबैलाई चेतना भया!

    • कतिजनाको कुरा एउटै भाषा एउटै भेष,एकल जाति , एकल धर्म हुनुपर्छ भन्‍ने तिर बढी जोड देखिन्छ। यो कुनै नया बिचार होइन पृथ्वीनारायण शाहको पालाको बिचार हो।
      अहिले नेपाल बहुभाषीक, बहुजाती,बहुधर्म यी सबैको कारण बहुस‌स्कृति भएको देश नेपाल हो भनेर संसारभर प्रख्यात छ। यहा नेपाली भाषा जान्‍ने मात्रै ठूलो मानेको छ, उच्‍चजातीको हली मुहाली भएकै हो जसको कारण एउटा पक्ष जहिले पनि पछाडी राज्यले पारेको अवस्था छ। नेपाली र अ‌ग्रेजी जानेर जागीर पाउनु अनि आफ्ना भाषा सस्कृतिलाइ लात् मार्नु नेपालकै हित बिपरीत हुन्छ। कुनै आदिवासी जनजातीको पहिचान गुम्नतिर एक समुह लागिपर्नु भन्दा खेरी समाबेशीको वकालत गर्नु मुखमा रामराम बगालीमा छुरा हो।
      तर पिछडी पारीएका ती निमुखा, अल्पसंख्यक, सिमन्तकृत जनजाती, महिला, मधेशी, दलितको पक्षमा उनीहरुको भाषीक, सास्कृतिक, राजनैतीक, आर्थीक बिकास भइ बाहुनछेत्री सरह पुर्याउन तपाइहाम्रो बिचार सकारात्मक हुनु आवश्यक छ। के लिम्बु भाषा नेपाली भाषा होइन? के नेवारी भाषामा साहित्य बन्‍नु हुदैन? यी सबैमा नेपाली झल्कीन्छ बुझ्नेलाइृ , नबुझ्ने मुरख भन्‍नु बाहेक अरु केही छैन। यी सबै भाषाहरु राष्ट्रिय भाषाबाट राष्‍ट्र भाषा भइसकै चित्‍त नबुझे अन्तरिम संबिधान २०६३ हेर्नु। नडराउनुहोस जनजाती र मधेशीहरुको नामबाट संघीयताको नामाकरणबाट कुनै नेपाली दाजुभाइ दिदीबहिनीलाइ हेपीने काम हुदैन। बरु डराउनुहोस जातीय नामबाट संघीयता नदिदा के होला?

  104. परिबर्तन जी,
    This is the best article I have seen. Your analyses are deep, and you correctly understand the situation of Nepal. Stay strong and keep marching. The more than 80% of Nepalese (non Bahun/Chetries) will agree with you. Do not get discouraged by negative comments posted by some sh… t Bahuns/Chetries. Their days are numbered, they are scared like hell. They are population minority. They don’t belong to Nepal. The Bahun/Chetri regime must end, soon. These are dictators.

    Long live the real people of Nepal!

  105. This is all nonsense. I wanted to respond because I have several friends from madhes and I am a pahadi by common definition.

    Pahadiya and Madhesi, bahun, chhetri, rai, Limbu, whatever….. All the problems are related to education and economic prosperity which in turn is tightly correlated to the political instability. We have not been able to come out of this circle of political failure, economic woes and lack of education. What makes thing worse is the stupid, uncivilized, uneducated leaders with zero integrity. Now that is the problem.

    Please write something meaningful.

  106. Kashi jane kuttiko bato?
    Fake, hollow, and misleading.
    This blogger is prescribing a marathon march to fix broken legs.
    You can’t overcome cases of social discrimination and poverty by recognizing a few social ‘ethnic’ groups.
    Even the rational to recognize one group another lacks arithmetic basis. Totally fake argument this blogger is presenting here.

  107. बिना तुक र तर्कका कुरा गरेर, समयेको बर्बादी मात्रै हो ,I am not agree with you at any point . हालीमुहाली गर्ने कुरा गर्नेहो भने चित्र बहादुरको के हालीमुहाली छ र ह अहिले ???????

    • माथिका कुराहरु कसरी बिना तुक र तर्कका भए त्यो पनि प्रस्ट पारिदिन हुन अनुरोध गर्छु म, विद्वान साथीलाई…. मेरो विचारमा त्यहाँ चित्रबहादुरको मात्र कुरा गरिएको छैन… अलि राम्ररी गहिरिएर पढौं साथी…. बुझेर पनि बुझ पचाएको त पक्कै हैन होला, कि कसो??

    • चित्र बहादुरको उदाहरण दिने मित्र, सार्है मिलेन!!!
      नेपालमा हाल सम्म भएका प्रधान मन्त्रि, प्रधान न्यायाधिस, सभामुख, सेनापति, मुख्य सचिब, प्रहरी प्रमुख जस्ता मुख्य कार्यकारी पदमा बसेकाहरुको सुची बनाउनुस र हेर्नुस अनि थाहा भैहल्छा नि कसको हाली मुहाली छ नेपालमा भनेर !!!!!!! त्येस्पछी, पनि चित्त बुझेन भने प्रा. डोर बहादुर बिस्टले लेखेको किताब “Fatalism and Development ” पढ्नुस answer आइहल्छा !!!!!!!!!

      • मैले सुची बनाए अनि हेरे, नेपाल मा नेपालीकै हाली मुहाली रहेछ हाल सम्म… भोलि को थाहा छैन…

    • माफ गर्नु होला परिवर्तन जी मेरो बिचार तपाइंको बिचार संग सहमत नहोला ! जस्तै तपाईंकै नामलाई हेरौं के तपाइंको नाम (सायद यो उपनाम हो) यो बिचार सुहाउँदो छ त ? तपाईं एकहोरो रट लगाउंदै हुनुहुन्छ जातीयताको नाममा आफ्नो संकीर्ण सोंचको ! अब कुरा शुरु गरौँ तपाईंकै शब्द सापटी लिएर
      १- के मधेश आन्दोलन नभएको भए वा महन्थ ठाकुर, विजय गच्छेदार र जयप्रकाश गुप्ताले नेपाली कांग्रेस नछोडेको भए वा उपेन्द्र यादव त्यति शक्तिशाली नभएको भए यी पहाडीया बाहुन/क्षेत्रीहरूले रामवरण यादव र परमानन्द झालाई राष्ट्रपति तथा उपराष्ट्रपति बनाउँथे? यसमा मेरो बिचार के छ भने मधेश आन्दोलन पच्चात यिनीहरु सत्तामा पुगे तर ति आन्दोलन गर्ने जनताले यिनीहरु बाट के पाए ? यदि यिनीहरु मधेशकै लागि लडेका थिए भने किन यिनीहरु एउटा कित्तामा उभिएर राजनीति गर्न सकेनन ? के का लागि पटक-पटक फुटे ? किन सत्तामा गए जब यिनको माग सम्बोधन हुँदैन भने ? यिनीहरुले कुन पिछदिएको मधेशी नागरीकलाई उचित स्थान र जिम्मेवारीमा ल्याउन सके ? के यी गच्छेदार आफैमा एउटा पूर्वको सामन्ती पुजिवादी होइनन ? के यिनको क्षेत्रमा यिनको बिरोधमा बोल्ने वातावरण छ आज पनि ? किन यी गच्छेदारले उपेन्द्र लाइ र उपेन्द्रले गच्छेदारलाइ यी अन्तरघाती भन्छन ? आखिर को हो त मधेशको साँचो संजीवनी ? अर्को लेखमा हामीलाई बताइदिनु होला !
      २- सम्माननीय राष्ट्रपति रामबरण ज्यू र सम्माननीय उप-राष्ट्रपति परमानन्द झा ज्यू को बिषयमा कुरा गर्ने हो भने पनि यहाँ आकाश जमिनको फरक छ रामबरण ज्यू आज एउटा कुशल र भद्र नेताको रुपमा हरेक नेपालीको सम्मानको पत्र हुनुभएको छ भने त्यहीं उप-राष्ट्रपति परमानन्द झा ज्यू आज पनि एउटा विवादित पात्रको रुपमा चित्रित हुनुहुन्छ ! तर यो दुबैको चरित्र कुनै मधेशी वा पहाडेले निर्माण गरेको होइन यो उनीहरुकै कामले सृजित हो !
      ३- जिल्ला वा अंचल टुक्राउन पाइन्न भनेर आफ्नो बर्शच्व कायम राख्न चाहे भनेर लेखराज भट्टको जुन उदाहरण तपाईंले दिनु भयो यसमा त मलाइ लाग्छ यो सहि नहोला ! हो उनि सुदुर पश्चिमको बाहुन समुदायका मानिस हुन् तर आज पनि तपाईं त्यहा पुगेर हेर्नु भयो भने त्यहाँ जुन असमानता छ त्यो शिक्षाको कमीले भएको पाउनु हुन्छ ! तपाईं ले भन्नु भयो माइक्रो बसका पहाडीया ड्राइवर वा खलासीबाट हुने ‘अव्यवहार, धोती, मदिसे, वा इण्डियन’का आरोपबाट प्रताडित भइरहनुपर्ने ? यो नियति मैले पनि सुदुर पश्चिमका बैतडी,डोटी,बझांग,दार्चुला,कंचनपुर लगाएतका ठाउँमा ‘यी पुर्ब्यानका चेला’ भन्ने शब्द सुनेर भोगेको छु तर त्यो मलाइ २-४ व्यक्तिले भन्दैमा त्यो सम्पूर्ण सुदुरले मलाइ अपमान गरेको मैले ठानिन किनकी त्यहाँ मलाइ बिराट मनले मायाँ दिने पनि थुप्रै थिए ! सबै सभ्य कहीं पनि हुँदैनन् ! यदि सबै सभ्य भए तपाइँले त्यहि सभ्यताको बिकाश गर्ने अवशेष पनि समाप्त हुनेछ ! अपमान त्यसले गर्छ जसलाई मानको महत्व थाहा हुँदैन !
      परिवर्तन जी जातीयताको आधारमा राज्य बनाउँदैमा र पिछडिएको वर्गलाई आरक्षण दिंदैमा चमत्कारिक परिवर्तन खोज्नु प्रचन्डले १० बर्षमा नेपाल लाइ सिंगापुर बनाउने भन्नु र १ हप्ता २ करोडको कुचो लगाएर बाबुरामले काठमान्डू सफाहुन्छ भन्ने सोच्नु उस्तै हो ! एकपल आँखा चिम्लेर सोच्नोस आरक्षण कि दक्ष प्रतिस्पर्धा ? आरक्षणमा के अहिले निष्पक्षता छ ? के नेतृत्वको दवाबमा अयोग्य्हरु काख र योग्य पाखा भएका छैनन् ? सोच्नोस आज पनि कति बाल-बालिका छन् जसले शिक्षाको उज्यालो देख्न बाट बन्चित छन् ! पहिला हामि शिक्षामा समानता ल्याउने कोशिश गरौँ, गच्छेदार,यादब, प्रचण्ड,रामचन्द्र,भिम रावलका सन्तानले सेन्ट जेभियर्समा पढ्छन तर यिनैलाई भोट हाल्ने किसानको छोरो आज पनि एउटा सरकारी प्राथमिक स्कुलको पहुँच बाहिर छ ! देशमा भएका डाक्टर पाइलट बेरोजगार भैसके तर प्रचण्डको छोराले राज्यको २ करोड लिएर सगरमाथा पिकनिकको सपना बुन्छन ! यी एक प्रतिनिधि पात्र मात्र हुन् तर यहाँ थुप्रै प्रचण्ड पुत्र छन् जसले राज्यको ढुकुटीबाट पिकनिक मनाइरहेका छन् ! आउनोस् हातेमालो गरौँ, यहि ब्लग मार्फत समुह बनाउँ र एउटा राम्रो अभियानको शुरुवात गरौँ, उमेश जि को समुहले ठाउँ-ठाउँमा पुगेर लत्ता-कपडा बाँड्यो, पर्वतको शिख देउराली ( अन्य स्थानमा पनि सायद ) मा पुस्तकालय खोल्यो, पर्वतकी एउटी दलित र आर्थिक अवस्था कमजोर भएकी बहिनीलाई साथि भाइको सहयोगमा राजधानीमा ल्याएर पढाएको छ ! सोच्नोस ति बहिनीले भोलि १ जनालाई पढाउन सके पनि कस्तो संस्कारको बिकाश हुन्छ ? यो हो आजको युवामा हुनु पर्ने सोंच ! ल ठिक छ हामि तपाइंले भने जस्तै संघियतामा जाउँ, कित्ता काट गरौँ र बिकाशको नयाँ ढोका खोलौं तर कित्ता काट गर्नु पुर्व आफ्नो साँध त स्पष्ट पार्नु पर्ला नि ? छिमेकीले मिचेको साँध, उखेलेका सिमा स्तम्भ यथा स्थानमा पुर्याउने कसले ? पृथ्वी नारायण शाहले हामीलाई सुम्पेको नेपालको आयतन खोज्ने कसले ? यो संघियता छालाको रंग र नाकको आकार हेरेर २-४ जना असभ्य व्यक्तिले गरेको अभद्र व्यवहारको तुलनामा होइन त्यसमा सरीक भएर भोलि त्यो समाजलाई सहि गन्तव्यमा पुर्याउन सक्ने जनशक्तिको आधारमा गर्न बेश होला तर मेरो भनाइ यो पनि होइन कि मधेशमा योग्य व्यक्ति छैनन् भन्ने पनि तर अहिले हावी भएका तपाईंले ‘मसिहा’ ठानेका व्यक्ति राजनीति र व्यक्तिगत स्वार्थ भन्दा माथि छैनन् ति सबै प्रचण्ड,रामचन्द्र,भिम रावल आदिकै कोटिका हुन् ! तपाईं कै शब्दमा ति ‘शक्तिशाली’ हरुले आफ्नो शक्तिलाई कुन शत्रुको प्रहारमा प्रयोग गरेका छन् ? कतै आफ्नै कमजोर भाइ माथि नै आफ्नो शक्तिको मापन त गरेका छैनन् ? अहिले जसरी संघियतामा तपाईंले प्रचन्डले सिंगापुरको जस्तो सपना देख्नु भएको छ यहि सपना हामि किन सिंगो नेपालमा देख्न सक्दैनौं ? हामीलाई चित्त नबुझ्ने कारण के ? के हामीले ०६२-६३ को आन्दोलन आज यो अवस्थाका लागि गरेका थियौं ? के त्यहाँ यस्तै सपना थिएन ? के नेताल्को पछाडी पचासौं सुरक्षा कर्मी लाग्ने,हाम्रा नानि स्कुल बाट घर फर्कने बेला अपहरणमा पर्नु पर्ने ? यहि हो सुरक्षा ? भएको छोरो मारेर हामि पाउने छोरोको आश गर्नु भन्दा भएकोलाई हुर्काउँदै योग्य बनाएर अर्कोलाई व्यवस्थित रुपले जन्माउने तर्फ लाग्ने कि ? जन्माउँ सजिलो छ स्वास्नी सहमत भए तर कर्म दिन त आफु पनि योग्य बन्नु पर्ला नि ? जन्मिंदै उसले चमत्कार त पक्कै गर्दैन ! अहिले तत्काल त्यो पनि जातीय संघियतामा गएर त्यसको सहि प्रतिफल पाउने आधारको कतै बर्णन गर्नु भएन तपाईंले सायद त्यसैले होला म जस्ता सामान्य नागरीक लाइ बुझ्न गाह्रो भयो ! अब हामि कुनै सपनाको महलको लागि आन्दोलन नगरौं, रात सकिसक्यो, उज्यालो भयो अब यो दिनमा केहि यस्तो गरौँ जसले आउने रातमा मिठो निन्द्रा लाग्न सकोस !
      २ दिन अघि मात्र सरकारले १०० को नोटमा बुद्द नेपालमा जन्मेका हुन् भनेर लेख्ने निर्णय गर्यो त्यसैलाई लिएर भारतले आफ्नो राष्ट्रिय स्तरको पत्रिकामा ‘नेपाल के नोट पर दिखेगा भारतका गौरब’ भनेर लेखेको छ ! खोइ त तपाईं जस्ता परिवर्तन भनाउँदाको ध्यान गएको ?

    • नबिन जी ,
      धन्य तपाईहरु जस्ता उत्कृस्ट व्यक्तिहरु, जसले आफु अनुकुल भए मात्र तुक र तर्क देख्ने |

  108. यौटा खल्तीमा नेपाली नागरिकता आर्को खल्तीमा भारतीय नागरिकता / नेपालको चुनाब मा उपेन्द्र यादव भारतीय चुनाबमा अलिखेस यादव / जसको यहाको बसाई होइन नागरिकता छैन अंगिकृत नागरिकता पायाका हरुको हुंकार सुन्दा हासो लाग्छा /

  109. परिवर्तनजी, तपाइँ पक्कै पनि पहाडिया हरुको घोर बिरोधि हुनु पर्दछ, तेही भएर तपाइको लेख मा पहाडिया विरुद्द को गन्ध आइरहेको छ / तपाइँ ले भने झैँ मधेश आन्दोलन नभएको भए वा महन्थ ठाकुर, विजय गच्छेदार र जयप्रकाश गुप्ताले नेपाली कांग्रेस नछोडेको भए विजय गच्छेदार कहिलयै पनि गृहमन्त्री बन्दैनाथिये होला / तर यहाँ निर सोच्नु पर्ने कुरो के हो भने यदि गच्छेदारले पार्टी न फुताको भए उनि यति चाडो गृहमन्त्री पनि बन्दैनथिए..भविस्य मा के हुन्छ के थाहा? तेसैले तपाई हरुले बुझ्नु पर्ने कुरो हो भने मधेसी नेता हरु केवल मन्त्रि बन्न मात्रै मधेश नामको राजनीति गर्छन / गृहमन्त्री भए देखि गच्छेदारले मधेशको के गरेका छन्, अरु मधेशी मन्त्रीहरु ले के गरेका छन् ???? यता तिर पनि एकछिन सोच्नुस अनि एसको बारे मा पनि आफ्नो कलम को मसि खर्चिनुस परिवर्तन जी ……
    म दोष जति केवल मधेशी नेताहरु लाइ मात्र दिन्न चाहन्न, पहाडिया नेता हरु पनि केवल सत्ताको लागि मात्र राजनीति गर्छन , तर तपाई ले त दोष जति सबै पहाडिया नेता हरु लाइ मात्र दिनु भएको छ / हामि मानिस ले पहिले आफ्नो जिउ को भैसी पनि देख्न सक्नु पर्छ परिवर्तन जी

  110. यो मदेसिलाई नागरिकता देउ / फेरी जग्गाछैन सुकुम्बासी न हुन् जग्गा देउ / घर बनाया पछी सित्तैमा बिद्दुत देउ नवय पछी चोरेर बाल्छन / अनुगमन मा जाने कर्मचरी कुत्छां/ यात्रु हिड्ने बाटोमा पसल बाटोमा गाई छोड्न नदिया करिमा बेगम जस्ताले आन्दोलन गर्छन / भ्रस्टाचार गर्छन केहि गर्न खोज्यो भने मदेस बिरुद्ध को कदम भन्छन / नसकिने भो मदेसी संग /

  111. शोसक सामन्तीहरु, संकीर्ण मानसिकताले भरिएका पिछलग्गुहरु, जातीय संघीयताका बिरुद्दमा लागेका छन्

  112. मधेशको बिसमता, गरीबी , पछौटेपन र शोषण दमनबाट मुक्तिका लागि एक मधेश भन्ने भारतीय अहंकारवादबाट प्रायोजित मुद्धा , हिजोको एकात्मक राज्य व्यवस्थाभन्दा १०० गुना हानिकारक हुनेछ । ३०-४० लाख नवनागरिकले बनेको नया मधेशका ‘भूमिपुत्र’ हरूको डंका पिटाइ सुनि नसक्नु चर्को हुन थालेको छ , बिचित्र रूपमा !

    जहाँसम्म पहाडमा जातिय संघियताको कुरो छ, यो भए पनि नभए पनि एक व्यक्ति एक भोटको लोकतान्त्रिक पद्धति रहुञ्जेल कसैको एकाधिकार अबका दिनमा चल्न नसक्ने निश्चित छ । संघीयता जादूको छडी हैन र यसलाई परिचालन गर्न सकिएन भने भोलिका दिनमा राज्य वा प्रदेशका परस्पर बिरोधी स्वार्थहरूमा जेलिन पुग्दा, राष्ट्रको विकास पछि पर्नेछ । अबको नया नेपालको राज्य व्यवस्था र पुनर्संरचनाले नेपाल भित्र बसोवास गर्ने १०४ वा भन्दा बढी जातजाति सबैको कल्याण गर्न सक्नु पर्छ , हैन भने अस्थिर राजनीति र अस्तव्यस्तताका लागि संघियता कारक बन्ने छ भन्ने कुरामा शंका नरहे हुन्छ।

    संघियता अब अपरिहार्य बनिसक्यो, तर यसको आवश्यकता , व्यवस्थापन र प्रयोग बारेको बुझाइ ताज्जूब लाग्ने प्रकारले काँचो र कट्मिरो देखिन्छ । यो कसरी व्यवस्थित गरिएला , अचम्म छ !

    भवतु सब्ब मंगलम् !

  113. ” के यसो गर्दा सर्लाही र रौतहटका जनता फेरि काठमाडौं आउनुपर्ने? के उहाँहरू बस चढेपछि घर नफर्कदा सम्म अपमानित हुनुपर्ने? माइक्रो बसका पहाडीया ड्राइवर वा खलासीबाट हुने ‘अव्यवहार, धोती, मदिसे, वा इण्डियन’का आरोपबाट प्रताडित भइरहनुपर्ने? के जहाँ पनि जतिखेर पनि अपमानित भइरहनुपर्ने? के पहाडीयाहरूको मानसिकतामा परिवर्तन भएको छ? के पहाडीयाहरूले उनीहरूलाई पनि आफ्नै दाजुभाइ जस्तै गरी व्यवहार गर्न सिकेका छन्? के बसका स्टाफ, प्रहरी, प्रशासन, अदालत वा अस्पतालहरूमा उनीहरूलाई अन्य पहाडीयालाई गर्ने जस्तै समान व्यवहार गरिन्छ?” Agree with this statement.

    धनुषाका जनतालाई पूर्वमा झापा वा पश्चिममा कञ्चनपुरका जनतासँग सम्बन्ध कायम राख्न जति सजिलो हुन्छ के त्यति नै सजिलो दोलखाका जनतासँग होला? not agree with this statement based on my experience sicne.
    यो लेख जातीय ओतप्रोत भएर लेखेको देखिन्छ. जात जाती धर्म भन्दा पनि माथि उठेर लेखे अझ राम्रो हुनेथियो.

Comments are closed.