एउटा बन्द सकिन पा’छैन अर्को बन्दको प्रचार

Banda 2012
चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले आज सोमबार गरेको बन्दले यस्ता बन्दहरुको ढोका खोलिदिएको जस्तो छ। हेर्नुस् त माथि यही हप्ताको अर्को बन्दको पोस्टर टाँसिएको! (बन्द कहिले हो भनेर प्रचार चाहिँ नगरौँ होला यहाँ। अपडेटः त्यो समूहले आज सरकारसँग वार्ता गरेर ३० गतेको बन्द फिर्ता लिएछ) यसै पनि अहिलेको मौसम बन्दको मौसम हो। संविधान सभाको म्याद सकिन लाग्दा जहिले नि यस्ता बन्दहरुले हामीलाई दिक्कै बनाउँछन्। बन्दैबन्दले दिक्क भएका राजधानीवासीहरुले बीचमा कयौँ बन्दलाई लोप्पा खुवाइदिएका थिए। तर लामो समयपछि भएको आजको बन्दले प्रभाव भने पारेको छ। त्यसो त पहिले जस्तो ठप्पै हुने बन्द भा’को छैन। पसलहरु खुला छन्, मोटरसाइकलहरु पनि प्रशस्त चलेका छन्। तर स्कूल, कलेज र सार्वजनिक सवारी साधनहरु बन्द भएपछि बन्दको दुःख हुने नै भयो। कस्तो दुःख पाए त सर्वसाधारणले ?

IMG_1769

माइसंसारको फेसबुक पेजमा सागर प्रसाइँ लेख्छन्- मेरो अमेरिकी दूतावासमा एउटा कार्यक्रम थियो। म ह्लिलचियर प्रयोग गर्नुपर्ने मान्छे हुँ। त्यहाँ जान र आउनलाई मैले ट्याक्सीमा डबल भाडा तिर्नुपर्‍यो।

bus
त्यसैगरी पवन खनाल लेख्छन्- मेरो साथीकी छोरीले यो बन्दका कारण तीन घण्टा हिँडेर एक्जाम दिन जानुपर्‍यो। सुमन दाहालको आज जबको इन्टरभ्यु थियो, तर बन्दले जान पाएनन्।

अनि सुवास आक्रोश पोख्छन्- यस्तो नि बन्द हुन्छ ? कि पूरै बन्द गर्नुपर्‍यो कि पूरै खुल्ला। बाइक हुनेहरु चाहिँ मस्तीले कुदाउने अनि नहुनेहरु चाहिँ मर्कामा पर्ने, यो उचित भएन।
chowk
बन्दको प्रभाव ठाउँ अनुसार फरक छ। कलंकी-कालिमाटीतिर पसलहरु अधिकांश खुला थिए। ट्याक्सी र मोटरसाइकलहरु प्रशस्तै चलेका छन्। सार्वजनिक सवारी साधन बस, माइक्रो र टेम्पोहरु भने चलेका छैनन्। कल‌ंकी चोकमा लामो दूरीका बसहरु भने चलेका देखिन्छन्। सुमी निरौला भन्छिन्- बन्दको प्रभाव खासै देखिएन। अनु मगर भन्छिन्- बन्द भन्छ तर पनि सब सामान्य देखिन्छ।

banda
बन्द आयोजकहरु भने सडकमा देखिएका छैनन्। तर पर्चा र पम्पलेटिङ अनि भित्ते लेखन भने निकै दिनदेखि गरिएको थियो।

budha
उफ्…साह्रै थाकियो, एकछिन बस्छु..!!

14 Comments

  1. ट‍ाफिक चिन्हहरुमा समेत फागुन २३ र चैत्र २७ को पोष्टर टाँसेको छ । यी राजनीतिक दललाइ पनि लाज छैन । यो भद‍गोल कसले हेर्ने हो । अर्को जंगबहादुर चाहिएकै हो त ।

    • देश मा कानुन खेलौना सरह भैसकेको छ l माथिल्लो पहुच का हरु लाई कानुन ले छुदैन l देश मा गरिबी र अभाव को व्यापार जता त्येतै देख्न पाइन्छ l प्राय अरब राष्ट्र हरु मा त्येही को जनता हरु लाई काम नपाएर बाहिर का लाई धमाधम निकाल्ने सोच बनाइरहेका छन् l सोचौ बाहिर का रोजगार मा लागेका हरु देश मा फर्केर रोजगार बिहिन हुँदा देश को भाबी अवस्था कस्तो हुनेहोला l तर अफसोच हाम्रा नेता हरु यहा आफु टेबल कुर्सि मा थांत ले बसेर आफ्ना कार्य कर्ता हरु लाई बन्द को निर्देसन दिइरहेका छन् l मलाई लाग्छ अब देश मा सोमालिया र हैटी जस्ता देश हरु मा जस्तै दुई छाक को लागि बाटो मा हतियार उठाएर जनता हरु लूट पात मा उत्रन बाध्य हुनेछन l ती नेता हरु लाई त के छ र आफु र आफ्नो परिवार को लागि विदेश मा पैसा अकुत जम्मा पहिलेनै जम्मा गरिसकेका छन् मर्ने त आखिर उही तिनका लागि सडक मा पुलिस को डण्डा खाने भाते र हामी जस्तै देश को रिन खाने जनता हरु नै त हौ l यस बारे मा हाम्रो गिदी मा कहिले आउला पशुपति नाथ !!!!!!!!!!!!!!!!!

  2. हेर भित्ता बिगारेका, येस्तो गरनाय्हरु लाई सजाय दिनु पर्छ,सहर फोहोर पार्ने र दुख दिने डाकाहरु |

    • यिनीहरु लाई सजाय हैन पुरस्कार दिनु पर्छ किन भने यिनी हरु ले भित्ता मैला गरेन भने देस को पर्धानमन्त्रि हरु ले के सफा गर्ने?

  3. अब “बन्द क्यालेनडर” निकाल्ने बेला भयो |

  4. कस्तो अन्दाधुन्द बन्द…देश मन्द मन्द…नेताको भाषण मात्र बुलन्द !!

  5. बन्द कर्ता हरु लाई एउटा प्रस्न /अहिले सम्म बन्द गर्दै आयका बन्द कर्ता हरु ले के चाही ख्यासेको छ है गथे?

  6. जनजीवनलाई बन्द गर्ने खेल कति खेल्छौ भाते हो ?
    लाजै पचाई बन्दको नाटक कति रच्छौ खाते हो ?
    जनताको समर्थन छैन बन्दप्रति बुझ्या हो! परपीडक हो!
    बन्दमा कतिको मुखमा माड पस्दैन! थाह छ? खैराँते हो!

  7. “आफनु पार्टीले बन्द गरे ठीक र अरूले गरे बेठीक  ! भन्ने हाम्राे भराैटे दिमाग सबैले सफा गर्नु पर्छ । उत्तेजनाकाे प्रयाेगले याे हबिगत झेल्नु परेकाेछ । जस्काे साेच, दिमागमा याे खालकाे सेट भएकाे छ ।” त्यसले याे कुरा रूचाऊदैन ! त्यस्ताे संग राजनीतिक पागलपन मात्रै छ वा ब्यक्तिबादी चिन्तन,  यहि कारण हामी पछि छाैं ।
    बन्द आम संकटकाे बेला सबै नेपालीहरूकाे हितमा गर्नबाध्य बाहेक साना तिना समस्या वा जे गर्दा पनि बन् बन्द गराउने क्रान्तिकारी भनाैदाहरूकाे दुस्प्रयत्न बाट बिक्रित समस्या हाे याे । अझै टायर पिचमा पाेल्ने निच काम समेत गर्छन । बाताबरण, पर्याबरणकाे क्षति समेत भैरहदा अलिकति दुःखनलाग्ने गतिछाडा शैलीलाई प्राेत्साहित तपाई हामीनै गल्छैं । अब उप्रान्त राेक्ने र नाजायज बन्दगर्ने मनाबृत्ति सबैले आफनाे स्तर माथि उठाउनकै लागि पनि राेक्न उचित छ । याे सबैकाे भलाे र हित छ भन्ने साेच गर्नु पर्छ र त्यसकाे बिकल्पमा बार्ता रिले अन्शन, सूचना, चेतावनी र भाेक हडताल आदि जस्ता बिकल्पहरू वा त्याे भन्दा उचित उपायहरूकाे उपलब्धि मूलक र परिणाममूखि तरिका अपनाउने गरियाे भने, आफनाे माग, सामूहिक हित र चाहाना प्राप्त गर्न सहज हाेला । र अरू किसान, मज्दुर, भरिया, ज्यालादारि, बिरामी आदि जस्ता जनताले बन्दकाे मार खानु पर्दैन्थ्याे । 

             सबैकाे चिन्ता, समस्या र साेच एउटै हाे भने याे असंम्भब पनि छ ।  हाम्रा पनि कम्जाेरि धेरै छन । त्यसैले आफैले खनेकाे खाडलमा कुनैपनि बेला आफैपनि थुप्रिन पुग्छाै, याे तिताे एथार्थबाट ब्यबहारमा परिबर्तन गराैं । जस्ले हाम्रै हित हुन्छ । कुनै दिन पछुताउनु पर्दैन । बन्द गर्ने प्रथा सबैले राेकाैं । उत्तेजनाले त बार्बादी भन्दा अरू हातपर्दैन ।
    धन्यबाद ! 

  8. निकम्मा हरु हो ! जब संबिधान बनाउने तिथि ,मिति नजिक अउछा,तब तब यिन लाई नेपाल बन्द जस्तो अपारद गर्ने होड नै चल्छ /यी सबै भात मारा हरु को जागिर लम्बाउने खेल हो /संबिधान पनि न बनोस अनि सभासद को जागिर पनि लम्बियोस भनेर जनता को अगाडी दुध को साछी बिरालो /हामी पनि सानो खेलाडी जस्तै भएका छौ नेता हो! अब कान समाएर हामी बाट संबिधान बनेन भनि हात उठाओ हामी बनाई दिन्छौं नेपाल को संबिधान २०६८…..जनता को संबिधान २०६८…

  9. बरु हफ्ताको एकपटक दिनै तोकेर सरकारले ‘नेपाल बन्द गर्न पाउने दिन’ घोषणा गर्दीए यी पार्टीका नेता भनौदा मुलाका सागहरुले पालैपालो बन्दगर्न पाउने थिए | अरुदिन बन्द गर्नेलाइ गोलिठोक्ने कानुन ल्याओस | उफ्फ़ हिड्दा हिड्दै कहानेर बन्द हुन्छ थाहै हुन्न उफ्फ्फ़ दिक्कै लाग्दो बन्द !|

  10. खास मा हामीलाई बन्द को यौटा बहाना मात्र चाहिएको हो. teacher लै पढाउन नपर्ने अनि student लै पढ्न नपर्ने अनि काम गर्ने मान्छे लै काम मा जान नपर्ने ..अनि बन्द अवज्ञा किन गर्नु पर्यो..अल्छी हरु..

  11. बन्द सधैको लागि बन्द . यो हिजाका दिन देखि देश चुस्ने जुकाहरुलाई किन बन्द गर्नु परेको हो ? अच्चम्म छ / बन्द भनेको त राज्य ले भिभेद गरेका पहुच नभएका न्यायको लागि सुनुवाईइ भएन भने पो बन्द हुनु पर्ने हो/ अनि किन राज्यको दुकुती हसुर्नेलाई बन्द गर्नु परेको हो ? कि अब आईन्दा लुट मच्याउने नपाईने भो भनेर बन्द गर्न लागेको हो कि क्या हो . जे बन्द भन्ने कुरो बिल्कुल नराम्रो हो चित्र बहादुर मार्काको अब कुनै भबिष्य छैन यो देश देश अघाडी बढ्छ अदोगतिमा होईन / अब देश चुस्ने हरुको कुनै पनि भबिष्य छैन / अब संघियता धर्म निरपेक्षाता र स्वाशासनबात् पछाडी हट्न सक्दैन

  12. जे होश बन्द कर्ता पार्टीका नेताहरु वातरनमा [विज्ञानमा ]निकै ज्ञान बटुलेको हुनुपर्छ !किनकि कुनै पनि पार्टीका नेता कार्यकर्ता सहरको भन्दा गाव घरका नही ज्यादा देखिन्छ !गाव जंगलमा खुल्ला वातवारनमा बसेको मान्छे एक्काशी शहरको प्रदुषित वातवरनमा प्रवेश गर्दा उहाहरु अत्तालिनु भयको होला !तेस्सैले बन्दको अवान गर्नु भएको होला ?उहाहरुलाई हरेक कुराको ज्ञान छ !किनकि हरेक कुरा गर्दा बैज्ञानिक दंगबात अगाडी बड्नु पर्छ भन्छ !यो भन्द पनि सहरको वातारनलाइ मध्ये नजर राखेर गर्नु भाको होला !बैज्ञानिक दङ्ग बाट…हा ..हा ..हा ..हा..

Comments are closed.