सकियो अब माओवादी सेना

अकस्मात् किन बुझाइयो लडाकु, हतियार र शिविरै सेनालाई?


विशेष समितिको आजको बैठकले शिविरमा रहेका माओवादी सेना, हतियार सबै आजैदेखि नेपाली सेनाको मातहतमा ल्याउने निर्णय गरेको छ। शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरण हो। अब माओवादी अरु पार्टीहरु जस्तै हतियारधारी सेना नभएको सिभिलियन दल हुन पुगेको छ। शान्ति सम्झौतासँगै जनयुद्धको औपचारिक अन्त्य भए पनि हतियारधारी र हतियारविहीन दुई दल रहेको स्थिति अब अन्त्य हुन पुगेको छ। अब माओवादी शिविरको सुरक्षा पनि सेनाले नै गर्ने भएको छ। समायोजनका लागि दर्जा, मापदण्ड, ब्रिजकोर्स, तालिम जस्ता कुरामा सहमति भइनसक्दै अचानक प्रचण्ड कै प्रस्ताव अनुसार माओवादीका लडाकु, हतियार, हतियार भएका कन्टेन्टर किन एकाएक नेपाली सेनालाई बुझाइयो त? कुरो गहिरो छ।

ऐतिहासिक निर्णय

विशेष समितिको २०६८।१२।२८ को बैठक (८९ नं.) को निर्णय :

१. माओवादी सेनाका लडाकूहरू, हतियार एवम् कन्टेनरहरू, शिविर र शिविरमा रहेका भौतिक सामाग्रीहरू आजैका मितिदेखि नेपाल सरकारले नेपाली सेना मातहत ल्याउने।

२. शिविरहरूको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने।

३. समायोजनका लागि निर्धारण गरिएका केन्द्रहरूमा समायोजन कार्य प्रारम्भ गर्नु अघि विशेष समितिको पूर्व निर्णय अनुरुप स्वैच्छिक अवकासको प्रक्रिया जारी रहने र समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकूहरूलाई स्वैच्छिक अवकास वा पुनर्स्थापनको विकल्प रोज्ने अवसर कायमै राख्ने।

४. नेपाल सरकारले विशेष समिति अन्तर्गतको सचिवालयका संयोजकको परामर्शमा माओवादी सेनाका लडाकूहरूले पालना गर्नुपर्ने आवश्यक आचारसंहिता जारी गर्ने।



लडाकु र हतियार सेनालाई बुझाएसँगै देशमा रहेको दुई थरि सेनाको अस्तित्व पनि अब सकिँदैछ। योसँगै नेपालको रक्तरञ्जित जनयुद्ध अब इतिहासमा मात्र अङ्कित हुने भएको छ। नेपालको इतिहासमा दोस्रो पटक सशस्त्र युद्ध लडेका लडाकुको विघटन भएको छ। यसअघि नेपाली काङ्ग्रेसले २००७ सालको क्रान्तिताका सशस्त्र युद्ध लडेको थियो। सशस्त्र युद्धका एक कमान्डर कृष्णप्रसाद भट्टराईले आत्मवृत्तान्त ‘मेरो म’ मा भनेका छन्- काङ्ग्रेसको मुक्ति सेनाले जनकपुरदेखि पूर्व झापासम्म पूर्वी मधेशको जम्मै भूभागमा कब्जा गरी त्यहाँ आफ्नो शासन खडा गरेको थियो। पश्चिम तराईका तीनै जिल्ला बाँके, बर्दिया र कैलाली-कन्चनपुरमा पनि काङ्ग्रेसी शासन खडा भई काङ्ग्रेसी मिलिटरी गभर्नर (माओवादीको जनयुद्धताकाको जनसरकारजस्तै) नियुक्त भइसकेका थिए। पूर्वी पहाडमा चाहिँ ओखलढुंगादेखि पहाडको दार्जिलिङ छुने सीमान्त स्थान च्याङथापोसम्म काङ्ग्रेसकै मुक्ति सेनाले कब्जा गरिसकेको थियो। पश्चिम पहाडमा पनि गोर्खा, पोखरा र एक नम्बर पश्चिमबाहेक स्याङ्जादेखि पाल्पा र दार्चुलासम्मको सम्पूर्ण विशाल प्रदेश मुक्ति सेनाको कब्जामा परिसकेका थिए।

तत्कालीन राजा त्रिभुवन भागेर भारतीय दूतावासमा शरण लिन गएपछि उनलाई दिल्लीमा लगियो। दिल्लीमा राजा, राणा र काङ्ग्रेसबीच सहमति भएपछि काङ्ग्रेसको मुक्ति सेनालाई राष्ट्रियकरण गरिएको थियो। उनीहरुलाई प्रहरी र सेनामा समायोजन गरिएको थियो। क्रान्तिमा विद्रोहीका तर्फबाट भैरहवा मोर्चाको कमाण्डिङ गर्ने पूर्णसिंह खड्का पछि नेपाल प्रहरीका महानिरीक्षकसम्म बन्न सफल भए। त्यसैगरी कांग्रेसका तर्फबाट रक्सौल मोर्चामा लडेका जेबी याक्थुङ्बा पनि नेपाल प्रहरीका महानिरीक्षक बन्न सफल भए। अर्का पूर्वप्रहरी महानिरीक्षक पहलसिंह लामा पनि सेनाबाटै समायोजन भएर नेपाल प्रहरीमा आएका हुन्। सेनामा मुक्ति सेनालाई शुरुमा रणदल गणमा राखिएको थियो। मुक्ति सेनालाई छाउनीमा राखेर ट्रेनिङ दिइएको थियो। सेनामा समाहित गरिएका मुक्ति सेनालाई करिब एक दशकसम्म होमगार्डका रूपमा खटाइए पनि २०१८ सालतिर राजा महेन्द्रले उनीहरुलाई पूर्ण सैनिक बनाई तीनवटा बटालियनमा खटाइएको थियो। माओवादी जनसेनाको भने कसरी समायोजन गरिने हो, हेर्न बाँकी छ।
sibir

अकस्मात् कसरी भयो जनसेना र हतियार बुझाउने निर्णय?

इतिहास एक पटक फेरि दोहोरिएको छ। सात सालको काङ्ग्रेसको सशस्त्र क्रान्ति १ सय १० दिनमात्रै चलेको थियो। तर माओवादी जनयुद्ध एक दशक चल्यो। १ सय १० दिनमात्रै सशस्त्र युद्ध हुँदा पनि हतियारधारीहरुलाई सम्झाएर हतियार समर्पण गराउन काङ्ग्रेसी नेतृत्वलाई कम्ता गाह्रो भएको थिएन भन्ने कुरा वीपी कोइरालाको आत्मवृत्तान्तमा सविस्तार पढ्न पाइन्छ। उनले खासगरी वीरगञ्जको तेजबहादुर ग्रुपलाई सम्झेका छन्। ‘हतियार लिइरहेका छन्, फर्काउँदैनन्। हतियार फर्काउ भन्दा मारपीट गर्थे’- पुस्तकमा वीपीले भनेका छन्। जसलाई वडाहाकिम बनाएर पठाए पनि भगाइदिन्थे उनीहरु। त्यसैगरी पूर्वमा भैरवप्रसाद आचार्यको कुरा पनि पुस्तकमा छ। क्रान्तिको बेला ठाउँठाउँमा मिलिटरी गभर्नर खडा गरिएका थिए, आचार्य त्यस्तै मिलिटरी गभर्नर थिए। पछि उसले म त मिलिटरी गभर्नर, केन्द्रसँग वास्ता गर्दैनौँ, हामी त स्वतन्त्र हुन्छौँ भन्न थालेछ। भोजपुरमा त्यस्तै, त्यहाँ पनि वडाहाकिम बनाएर काठमाडौँबाट पठाइएको मान्छेलाई थुनेर राखेका रहेछन्।

army1जम्मा १ सय १० दिन चलेको क्रान्तिको बेला त त्यस्तो भयो भने १० वर्षभन्दा बढी चलेको माओवादीको जनयुद्धमा त्यति सहजै सबै काम हुन्थ्यो त? माओवादीका शिविरहरुमा बिजोगको स्थिति थियो। शक्तिखोर शिविरमा रहेका पत्रकार सुनाउँदै थिए- कमान्डरले के के सम्झौता गरी आयो, मान्दैनौँ भनी लडाकुहरुले विद्रोह गरेपछि कमान्डरै शिविर छाडेर गएको छ। हिजोदेखि पुनवर्गीकरणको काम सुरु भएको थियो। यो भनेको मतलब सेनामा जान चाहनेहरुको संख्या दलहरुको सहमतिको सं‍ख्या भन्दा बढी थियो। र अझै स्वेच्छिक अवकाश लिन चाहनेलाई छुट्याउन यस्तो गरिएको थियो। तर त्यहाँ भित्र बबाल भइरहेका थिए। बर्गीकरण प्रकृयामा समावेश नहुने भन्दै बिरोध गरेर बसिरहेका लडाकूहरुले सोमबारदेखि समूह बिभाजन गर्दै नाराबाजी गर्ने र कमाण्डहरुलाई नियन्त्रणमा लिई थुन्ने काम गर्न थालेका थिए। अनलाइन खबरका अनुसार इलामस्थित पहिलो डिभिजन कमाण्डर यमबहादुर अधिकारी प्रतिक्षालाई त आक्रोशित लडाकूहरुले दुई घण्टासम्म नियन्त्रणमा लिएर राखे । अन्तिममा उनी पक्षका लडाकू र सहायक कमाण्डरले अधिकारीलाई उद्दार गरि शिविर बाहिर ल्याए। नागरिकन्युजका अनुसार बहिगर्मित लडाकुले पछाडिको बाटोबाट शिविरभित्रै पसी नाराबाजी गरी झडपको स्थिति निम्त्याए। शिविरभित्रका लडाकुहरु दर्जा लगायत कुनै पनि बिषय नमिल्दै लडाकूलाई नेपाली सेनाको जिम्मा लगाएर जनसेना बिघटन गर्न खोजेको भन्दै नाराबाजी गर्दै कमान्डरलाई थुन्ने काम गरिरहेका थिए। शिविरबाहिर पुगेका बहिर्गमनि लडाकुहरु पनि असन्तुष्ट। शिविरको आम्दानी र खर्च सार्वजनिक गर्न गर्दै शिविर घेराउ गर्न पुगिरहेका थिए उनीहरु। आफूहरु शिविरमा रहँदा पाउने तलबबाट कमाण्डरले एक हजारका दरले काटेको रकम फिर्ता गर्न समेत उनीहरु माग गर्दै थिए। ‘हामीलाई भोकभोकै राखेको पाप प्रचण्डलाई लाग्छ’ भन्दै थिए उनीहरु। शिविरभित्र भइरहेको बबालले हतियार सुरक्षित राख्‍न नसक्ने देखिएपछि आत्तिएरै प्रचण्डले सेना समायोजनका विषयमा बार्गेनिङ बाँकी छँदै असहमतिलाई कायम राख्दै लडाकु र हतियारसहित पूरै शिविर सेनाको जिम्मा लगाउने निर्णय गरेका हुन्। अनलाइनखबरले त प्रचण्डले विशेष समितिको बैठकमा यस्तो बोले भनेको छ- ‘शिविरका हतियार मिसयुज हुने देखियो, यी हतियार तपाई हामी प्रति नै सोझिने पक्का छ, त्यसैले सुझबुझसाथ निर्णय गरौं, हतियार सेनालाई जिम्मा दिउँ ।’
prachanda_army

अब के हुन्छ त?

शिविरभित्रको बबाल स्थितिलाई हेरेर सेनालाई दिए साम्य गराउन सकिने सोचिएको बुझ्न गाह्रो छैन। विशेष समितिको निर्णयसँगै राति नै सेना पुगेर केही शिविरमा सुरक्षाको जिम्मा लिइसक्यो। केहीमा बिहानसम्म पुग्दैछ। १० हजार लडाकुको सुरक्षा डेढ हजार सेना र सशस्त्र प्रहरीले अब गर्दैछ।

जस्तोसुकै परिस्थितिमा गरिएको भए पनि शान्ति प्रक्रियाका लागि भने यो महत्त्वपूर्ण चरण हो। शान्ति सम्झौतामा हस्ताक्षर गरेर जनयुद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा हुँदा देशमा दुई सेनाको स्थिति कायमै थियो। त्यसमा दुई सेनाको अस्तित्वलाई स्वीकार गरिएको थियो। माओवादीका जति थान हतियार कन्टेनरमा राखिएका थिए, त्यति नै संख्यामा सेनाका हतियार पनि कन्टेनरमा राखिएको थियो। त्यो स्थितिबाट अब सम्पूर्ण माओवादी जनसेनाको शिविर र हतियार अनि लडाकुहरु नै नेपाली सेनाको मातहतमा आउनु भनेको ठूलो फड्को हो। यसले सेना समायोजनमा सहमति हुन बाँकी दर्जा, ब्रिजकोर्स, तालिम लगायतका यावत विषयमा माओवादीको बार्गेनिङको शक्ति कमजोर हुनेछ। काङ्ग्रेस र एमालेको स्वभावतः बढ्नेछ। यो नगरेको भए चैत मसान्तभित्र समायोजन सकाउने स्वघोषित समयसीमा पनि पूरा हुन कठिन थियो। शान्ति प्रक्रियाको यो भाग पूरा नहुन्जेल सं‍विधान लेखन कार्य अघि नबढ्ने घोषणा त काङ्ग्रेस एमालेले पहिलेदेखि नै गर्दै आएकै थिए। अब संविधान लेखनका विवादको सहमतितिर पनि केन्द्रित हुनेछन् दलहरु। फलस्वरुप जेठ १४ भित्र एक किसिमको संविधान जारी हुने संभावना बढेको छ।

माओवादी लडाकुलाई विशेष समिति मातहत ल्याइँदा र हतियार भएको कन्टेनरको चाबी समितिलाई बुझायो भनेर बबाल गर्ने वैद्य पक्षले हतियार र लडाकु नै सेनालाई बुझाएपछि कति बबाल गर्लान्, त्यो अनुमान लगाउन गाह्रो छैन। त्यति बबाल पनि नगरे त वैद्य पक्षले आफ्ना हार्डकोर कार्यकर्तालाई सम्हालेर राख्‍नु पनि कसरी। साँचो बुझाउँदा नै आत्मसमर्पण गरेको भन्दै क्रान्तिको इतिहासमा कालो दिन भन्दै गर्जेर भाषण गरेका थिए वैद्य पक्षका रामबहादुर थापा बादलले। साँचो बुझाउँदा त कालो दिन भयो भने हतियार नै बुझाउँदा कस्तो दिन भन्ने, शायद शब्दको पनि अभाव हुनेछ उनीहरुलाई। साँच्चिकै विद्रोह उनीहरुले गर्लान् नगर्लान्, शब्दहरुमा विद्रोह पक्कै गर्नेछन् उनीहरुले। प्रचण्ड र बाबुरामविरुद्धका कडा नाराबाजी, उनीहरुका पुत्ला दहनका दृश्य पनि हेर्न पाउनेछौँ आगामी दिनमा हामीले।
duri
तर, फेरि हतियारै बोकेर युद्धमा जाने साहस भने उनीहरुले पक्कै गर्न सक्ने छैनन्। प्रचण्डले जुन आशा र लोभ देखाएर जत्रो भीडलाई जनयुद्धमा होम्याएका थिए, सबले बुझिसकेका छन्, त्यो त उनीहरुलाई टेकेर शक्तिमा जाने भर्‍याङ पो रहेछ। अब फेरि वैद्य, बादल, विप्लवहरुले उनीहरुलाई देखाउन आशा र लोभको पनि अभाव भइसकेको छ। प्रचण्ड र बाबुरामको माओवादी नव एमाले-काङ्ग्रेस नै बनेर पत्तुर भइहाले पनि नेपालमा फेरि हतियार बोकेर सशस्त्र युद्ध थाल्न यो पुस्ता पूरै सकिएर लोभ र आशा बिक्ने नयाँ पुस्ताको जन्म नेपालमा हुनुपर्छ, जुन आउन दुई तीन दशक कुर्नै पर्छ।

69 Comments

  1. पुष्प जी ,प्रचण्डले एक गोलीले दुइ सिकार गरे,अब कांग्रेस (कोइराला को पेयो) र एमाले ले सभा गर्ने थलोमा विचार बिमर्स्य गर्नु को बाहेक र संबिधान बनाउन नमानी ६०१ जुगा हरुलाई पालन पोसन गर्ने तरिका अब छैन.अब पनि संबिधान समयमा नबने जनताले तिम्रा महलमा गई तिम्रा कठालो समाती संबिधान सभा भबन मा ल्याउने छन् .बैध्य बा नेपालीलाई पानी,ग्यास,पेट्रोल,बिजुली ,काम,सान्ति,सुरछ्या,चाहिएको छ,द्वन्द होइन बार्ता हुनु पर्यो ,साचै कतिजना माओबादी नेता front line मा थिए , अर्काको काधमा बन्दुक तेर्स्याई निर्दोस नेपाली लाई गोलि ठोक्न लगाउनु कदापी राम्रो होइन,नेताहरु कता संघर्स भुमि ,याने front line मा जान्छन र ,उनिहरु त कुनै होटेल,रिसोर्ट,massage parlour ,भट्टी,मा हुन्छन,मर्ने त् हाम्रै नेपाली होइन र ??? यहि डोल्मा शेर्पा को night mare धेरै नेपाली, जो कुनै पार्टीको member छैन ले दिनहु भोग्न परेको छ.अहिलेको स्तिथि मा नेपाल को डुंगा खाली प्रचण्ड ले मात्र खियाउनसक्छ.यो माओबादीको लागि एकदम ठुलो अवसर हो ,सहिकाम गर ,माओबादी अर्को चुनाबमा पनी जित्नेनै छ.किन भने माओबादी को जति सम्पति अरु कुनै पार्टी को छैन,कांग्रेस र एमाले का नेताहरुले खाली आफ्नो र परिवार लाई जे गरेर पनी पैसा छाप भने पछी ,नेपालीले जहाँ पनी घुस दिनु पर्ने तन्त्र बनाए,त्यसैले कांग्रेस र एमालेका नेताहरु (म त् चोर,डाकाभन्छु) थुक्क ,नेपाल र नेपालीको लागि पनी सोचन ??? कृपया.

  2. पुष्प जी ,प्रचण्डले एक गोलीले दुइ सिकार गरे,अब कांग्रेस (कोइराला को पेयो) र एमाले ले सभा गर्ने थलोमा विचार बिमर्स्य गर्नु को बाहेक र संबिधान बनाउन नमानी ६०१ जुगा हरुलाई पालन पोसन गर्ने तरिका अब छैन.अब पनि संबिधान समयमा नबने जनताले तिम्रा महलमा गई तिम्रा कठालो समाती संबिधान सभा भबन मा ल्याउने छन् .बैध्य बा नेपालीलाई पानी,ग्यास,पेट्रोल,बिजुली ,काम,सान्ति,सुरछ्या,चाहिएको छ,द्वन्द होइन बार्ता हुनु पर्यो ,साचै कतिजना माओबादी नेता front line मा थिए , अर्काको काधमा बन्दुक तेर्स्याई निर्दोस नेपाली लाई गोलि ठोक्न लगाउनु कदापी राम्रो होइन,नेताहरु कता संघर्स भुमि ,याने front line मा जान्छन र ,उनिहरु त कुनै होटेल,रिसोर्ट,massage parlour ,भट्टी,मा हुन्छन,मर्ने त् हाम्रै नेपाली होइन र ??? यहि डोल्मा शेर्पा को night mare धेरै नेपाली, जो कुनै पार्टीको member छैन ले दिनहु भोग्न परेको छ.अहिलेको स्तिथि मा नेपाल को डुंगा खाली प्रचण्ड ले मात्र खियाउनसक्छ.यो माओबादीको लागि एकदम ठुलो अवसर हो ,सहिकाम गर ,माओबादी अर्को चुनाबमा पनी जित्नेनै छ.किन भने माओबादी को जति सम्पति अरु कुनै पार्टी को छैन,कांग्रेस र एमाले का नेताहरुले खाली आफ्नो र परिवार लाई जे गरेर पनी पैसा छाप भने पछी ,नेपालीले जहाँ पनी घुस दिनु पर्ने तन्त्र बनाए,त्यसैले कांग्रेस र एमालेका नेताहरु (म त् चोर,डाकाभन्छु) थुक्क ,नेपाल र नेपालीको लागि पनी सोचन ??? कृपया.

  3. माओवादी को भ्रस्टाचार र माओवादी सेना को बांदरेपन ले गर्दा प्रचण्डले एस्तो ‘बोल्ड’ कदम उठाउनु परेको हो | जे होस् राम्रै भयो आखिर मा |

  4. This could be a very important step to conclude peace and promulgate new constitution. Convincing every PLA member or party cadres what they wish is an impossible task. This bold step favours all those concerned including PLAs, party cadres and general public in a long run.
    Congratulation.

  5. शान्ति प्रकिर्याले अब गति लिने कुरा मा हामी आशाबादी छौ किनकि एक दिन न एकदिन त जन सेनाको हातहतियार शान्ति प्रकिर्या लाई टुंगोमा पुर्यायर देशलाइ निकासको बाटोमा लैजानु पर्छ नै हेरौ के हुन्छ लोकतान्त्रिक संबिधान बनोस अनि हामी सबै को चाहना नै त्यहि छ ……….

  6. “प्रचण्डले जुन आशा र लोभ देखाएर जत्रो भीडलाई जनयुद्धमा होम्याएका थिए, सबले बुझिसकेका छन्, त्यो त उनीहरुलाई टेकेर शक्तिमा जाने भर्‍याङ पो रहेछ।”
    बास्तबमा यो ब्लगरको अतिनै हचुवा र तल्लो सोच युक्त बिचार हो भन्ने मान्दछु म!
    माओबादी जनयुद्दको मुख्य लक्ष गणतन्त्र प्राप्ति भैसकेको अबस्थामा माओबादी नेत्रित्वोको सुझबुझ पूर्ण समयानुकुल समसामयिक आवस्यकताको लागि भयको निर्णय हो यो!
    एकाधिकार, सामन्तबाद र राजतन्त्रको अन्तको लागि भन्दा अर्को कुनैकुराको लागि युद्द आबस्यक हुन सक्दैन हाम्रो परिप्रेक्षमा र तेसैको अन्तको लागि युद्द भयको थियो र तेही कुरा हदै सम्म प्राप्ति हुदा जनता र सहकर्मी अनि समानान्तर अस्तित्वोमा भयको अरुलाई आफ्नो बिगत को कार्य आदिको औचित्य साबित गर्नु को लागि पनि यो निर्णय आबस्यक देखियको हुनसक्छ तेसैले गरेको भन्ने मा मा बिश्वोस्ता छु!
    तर ब्लगर अनि कतिपय पत्रकार लगायतका साथीहरुको सोचाइ र पोकियाको बिचार प्रतिक्रिया भने भडुवावा अर्को पक्षलाई उचाल्ने भाड्ने र बन्दै गैरहेको वा बन्नसक्ने स्थापित हुनसक्ने शान्तिपूर्ण अबस्थाको बेवास्था गरि खलाबलाहत उत्पन्न गर्ने किसिमको यस्ता प्रतिक्रिया र विचार पोखेर देश र जनताप्रति आफ्नो कुन कर्तब्य प्रदर्शन गर्न खोजेको हो भन्ने कुरा थाहा पाउन नसकेर म बढो बिलखबन्दमा छु!
    हामि सबै नेपालीको कर्तब्य हो देशमा शान्ति स्थापना गर्नु, यो माओबादीको मात्र हो भनेर सोच्नु ठुलो मुर्ख्याई हो! माओबादीको अलिक बढी कार्य र अग्रसरता आबस्यक हुन सक्छ तर शान्ति स्थापना गर्न उ मात्रै सर्वथा होइन! देशले ढेड दसक सम्म बेहोरेको युद्द र अशान्ति को अन्तहुदै शान्ति स्थापना गर्न लियको यति ठुलो र समसामयिक निर्णयलाई हामीले यति हचुवा तरिकाले कमेन्ट गर्नु वा बिचार पोख्नु लाइ कदाचित उचित मान्न सक्दिन म!
    बाबुराम प्रचण्ड र माओबादीले गरेको युद्द अनि माओबादीहरुको युद्दको शान्तिपूर्ण अवतरण र हालसालै माओबादीले शान्ति स्थापित गर्ने क्रममा लियका विभिन्न लोकप्रिय निर्णयको बारेमा भबिस्यले जजमेन्ट गर्ने नै छ!
    तर हालको लागि हामीले स्वागत गरि यसलाई सकारात्मक आत्मासाथ गरौ!
    कुनैपनि निर्णय सबैलाई सर्वथा मान्य र स्वीकार्य हुदैन तेसैले यो निर्णय पनि तेस्तै हुने नै छ तर,
    माओबादी नेत्रित्वोको यो सुझबुझपूर्ण निर्णयको भने मा सलाम गर्छु!

  7. सत्ता र सख्ती मा नगई घण्टा गर्न सकिन्छ? माओबादी को यो उदारता हो. माओबादी को बिरोध रंद्निती हो- यो सब माओबादी नेताको सल्लाह मा भएको हो. राजनीति गर्न माओबादी बाट पो सिक्न पर्चा! राम्रो कुरो लै स्वागत गरौ. सम्भिधन बनौ अनि देश को मुहार फेरौ.

  8. ‘प्रचण्डले जुन आशा र लोभ देखाएर जत्रो भीडलाई जनयुद्धमा होम्याएका थिए, सबले बुझिसकेका छन्, त्यो त उनीहरुलाई टेकेर शक्तिमा जाने भर्‍याङ पो रहेछ। अब फेरि वैद्य, बादल, विप्लवहरुले उनीहरुलाई देखाउन आशा र लोभको पनि अभाव भइसकेको छ। प्रचण्ड र बाबुरामको माओवादी नव एमाले-काङ्ग्रेस नै बनेर पत्तुर भइहाले पनि नेपालमा फेरि हतियार बोकेर सशस्त्र युद्ध थाल्न यो पुस्ता पूरै सकिएर लोभ र आशा बिक्ने नयाँ पुस्ताको जन्म नेपालमा हुनुपर्छ, जुन आउन दुई तीन दशक कुर्नै पर्छ।’
    कुरा त चित्त बुझ्दो लाग्यो तर भविष्यका बारेमा कसले ठोकुवा गर्न सक्छा र..!!जो होस यो नेपालि जनताका लागि खुसि को समाचार हो….

  9. जसले जे सुकै भनोस यो कदम चै पक्कै राम्रो हो | पार्टीगत हैन नेपाली भएर सोचौ त? चाडै संबिधान बनोस भन्ने कामना |

  10. “…प्रचण्डले जुन आशा र लोभ देखाएर जत्रो भीडलाई जनयुद्धमा होम्याएका थिए, सबले बुझिसकेका छन्, त्यो त उनीहरुलाई टेकेर शक्तिमा जाने भर्‍याङ पो रहेछ।.. ”
    यो कुरा अलि हजम भएन सत्तामा पुगेर पनि प्रचन्डले सैधान्तिक अडानको लागि सत्तामा लात हानेकै हुन् |

    “…प्रचण्ड र बाबुरामको माओवादी नव एमाले-काङ्ग्रेस नै बनेर पत्तुर भइहाले पनि नेपालमा फेरि हतियार बोकेर सशस्त्र युद्ध थाल्न यो पुस्ता पूरै सकिएर लोभ र आशा बिक्ने नयाँ पुस्ताको जन्म नेपालमा हुनुपर्छ, जुन आउन दुई तीन दशक कुर्नै पर्छ।..”
    यसो भनेर हामीले खुसियाली मनाउने कि के गर्ने मत असमन्जस्यमा परे!!
    प्रचण्ड बाबुरामले गरेको राजनैतिक दुस्साहासको प्रतिफल राम्रो आयो भने अर्थात् जन-संबिधान बन्यो भने त राम्रै हो नत्र देश र जनताको भलो हुने वाला छैन किनभने हाम्रो देश अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक स्तिथिमा रहेको छ अहिलेकै व्यवस्थामा कुनै सरकारले पनि राष्ट्रिय हित सण्ग्रक्षण् गर्न सक्लान जस्तो लाग्दैन |

  11. अकस्मात किन बुझाईयो लडाकु, हतियार र शिबिरै सेनालाई? उतर बडो सहज छ “न बुझाय बैद्यले सोहरेर लग्ने डरले?”

    • यिनलाई पाचक बिजनेस नै सुहाउछ जस्तो छ मदन जी ,बरु यिनका चेलो हरु हिरो भए |

  12. धेरै राम्रो अब के भनेर बिरोध गर्ने होला एमाले कांग्रेस हरुले यो लडाकु समायोजन नभएसम्म संबिधान बन्दैन भन्थे ….अब कस्तो बखेडा निकाल्ने हो हेरौ …..

  13. “प्रचण्डले जुन आशा र लोभ देखाएर जत्रो भीडलाई जनयुद्धमा होम्याएका थिए, सबले बुझिसकेका छन्, त्यो त उनीहरुलाई टेकेर शक्तिमा जाने भर्‍याङ पो रहेछ।”

    यो हाम्रो देशको तितो सत्य हो|

  14. खुशी को खबर हो यो तर यसलाई ठिक ढंग ले समाधान गरिएन भने माओबादी शान्ति सम्झौता मा आउनु पुर्ब को मारकाट ,लुटपाट ,अशान्ति भन्दा पनि ज्यादा खराब स्थिति आउँन सक्छ \
    माओबादी भित्र का असन्तुस्ट , मधेश मुक्तिको नाम मा ठुलो रकम झार्न धम्कि , हत्या ,लुटपाट गर्ने समुह ,छिमेकी रास्ट्र का हतियार ब्यापारी , डाका ,गुण्डा ,अपराधी ,आतंककारी केहि राजनैतिक नेता र पार्टी देश भित्र का प्रजातन्त्र बिरोधि समुह ,पुराना सत्ताका नाईके र उनका झुण्ड ,माओबादी बिपरित राजनैतिक पार्टीका केहि नेता ,कार्यकर्ता का कारण र यहि बेला हो माओबादीलाई टुक्राउने ,सिध्याउने सोची एमाले ,कांग्रेश ,मधेशबादी दल हरु आगो निभाउने भन्दा आगो फुक्ने काम गरेमा वा जसरि प्रचण्ड ,बाबुराम ले त्याग गरे कारण जे सुकै भए पनि कोइराला ,खनाल ,नेपाल ,राणा, गच्यदार ,यादब हरुले त्याग गर्न जानेनन र सकेनन भने प्रचण्डले भने जस्तै आफ्नो हतियार आफै तर्फ सोझिने स्थिति बन्यो ,बनाइयो या बन्न बाध्य पारियो भने देश गृह युद मा जानेछ ,बिदेशी सेना नेपालमा पस्नेछ ,पस्ने बाताबरण बनाइने छ \ त्यसैले सबै राजनैतिक पार्टीका नेताले त्याग गर्ने बेला आएको छ \ जसले लडे ,जसको बल ले नेता हरु सत्ताको वरिपरी पुगी सम्भ्रान्त बन्ने आधार बने ति लडाकुलाइ सम्मान जनक जिबन बाच्ने आधार र ठाउ दिनु पर्छ \ तब मात्र सहि समाधान निस्केला र आगामी दिनमा फेरी अर्को जन युद्ध अर्का थरीले गर्ने कारण नबनुन \ खुला सिमाना सजिलै हतियार र अपराधी बाहिरिने र भित्रिने स्थिति लाइ नस्ट गरिनु नै नेपाल र नेपालका छिमेकी को भलो हुन्छ \ सबै पक्ष ले यो कुरा लाइ मनन गरौ \ साझा हितको लागि सहि र साझा समाधान ल्याउ \

  15. बाघ को नंग्रा झिकिदियेपछी अब बाघ ले दुख पाउछः |

    • हिजो सेना भएको पार्टी भनेर गाली गर्ने अनि अहिले यस्तो विश्लेषण । थुक्क बुद्धि …..

      • बोल्ने प्रसंग हुन्छ ,थुक्ने ठाउ हुन्छ मोहन |
        यो एउटा प्रसंग हो कि येसो भएमा येसो हुनसक्छ | न हामि तिमि जस्तो नेताको तलुवा चटुवा परेम| न धेरै बुद्दिमान |
        त्यो थुक को छिटा तिम्रै मुख भरि |

        • प्रसंगसँग कुरा पनि मिल्नुपर्यो नि । मलामीलाई बधाइ दिनेजस्तो कुरा भयो यो त । हामी त खराबै भएपनि आफ्नै नेताको तलुवा चाट्छौं रे, तिमीजस्ता विदेशीका मल होइन । मल चाट्नेको थुक के निस्केला र ! थुक्क !

  16. माओवादी हतियार र सेना ठेगान नहोउन्जेल संबिधान बनाउन यत्रो पनि दिन्नौ भनेर कांग्रेस र एमालेले रातोदिन एकोहोरो रुपमा अरण्य रोदन गरेको थियो| अब जनसेना र हतियार नेपाली सेनालाई बुझैसकेपछी संबिधान बनाउन दिने भयौ होइन त ! कि जनयुद्वताका कब्जा भएका सम्पति फिर्ता नहोउन्जेल संबिधान निर्माणमा ढाट तेर्स्यौन्छौ भनेर अर्को लफडा खडा गर्ने ? नेपाली जनताले हेर्दा र ठम्याउन्दा संविधानको चासो माओवादीलाई मात्र भएको जस्तो देखिन्छ | कांग्रेस र एमाले त संबैधानिक राजतन्त्र भएको संबिधानमा ल्याप्चे लगाउन खुट्टा उचालेर बसेका छन्| देशमा आएको जनजागरणलाइ यिनले मसान जागेको धरी भन्न भ्याए| जनान्दोलनमा माओवादी सहभागी नभएको भए कांग्रेस र एमाले कुप्रो परि परि ज्ञानेन्द्रलाई अहिले सम्म ढोगीरहेको हुन्थ्यो| सौताको रिसले पोइको नाक काट्नु भने झैं माओवादीले जश लिन्छ भनेर यतिका बर्षसम्म एमान्ग्रेसले जुन अकर्मन्यता, झेल र बिदेशी हस्तक्षेप निम्त्यायो, त्यो देखेर नेपाली जनता लाखेस ! तिमीहरुलाई भनेर मनमनै मुर्मुरिएको छ| माओवादीले पनि नचाहिने काम धेरै गरेका छन् | तर उसको लेखाजोखा गर्ने बेला भएको छैन |

    • शशाक जी,
      हतियार बुझाईसकेको पार्टिले गरेको कब्जा के अब पनि जनताले सहलान त ?अब यो गलतफहमीमा जंगली हरु नपरे राम्रो ।
      शान्ती र संबिधानको लागी हतीयार बुझाएको नभइ आफ्नो ज्यान लाइ बढदै गएको खतरा कम गर्नको लागी प्रचण्ड बाबुरामले आत्तिएर गरेको निर्णय हो यो ।
      बैध हरुको अब केही लाग्नेवाला छैन ।केही लुटेरा हरुले चंदा आतंक मच्च्याउलान तर धेरै दीन टीक्ने वाला छैन ।

      • ज्यान लाइ खतरा त अब जनसेना र हतियार बुझाएको कारणले पो होला जस्तो छ !!

      • दिपक जी
        शान्ति र संबिधानको लागी हतियार बुझाउने अनि माबोबादी जनमुक्ति सेना समायोजन गरे पछी मात्रै संबिधान निर्माण गर्छौ भनेर ढिपी कसेका हाम्रा नेताहरु
        को बाटो त सफा भयो नि अब . अब कुई कुई नगरी संबिधान निर्माण कार्यमा फटाफट लाग्लान् कि .
        आजको अनलाईन खबरमा हाम्रा नेता झलनाथ खनाल मार्फत एकदम सकारात्मक
        कुरा अईराख्य छ . बहाले अब बाटो सफा भो भन्नु भा’छ सिधै .
        ऐले मिडियामा देखिराख्या कुरा , हाम्रा पत्रकारले आफ्ना उर्जा ‘ कुन बेला कहा बैध
        पक्ष्यका ले के भन्छन् ? कता कता मसाल जुलुस गरिदिन्छन् ? त्यसैलाई आधार
        बनाएर बिभिन्न मसला कुट्दै ति हिजोका दिनमा शान्ति र संविधानको लागी
        माबोबादी जनसेना / हतियार तह लगाउने कुरा आज सफल हुन गईराको यो मिठो
        राग लाई चटक्कै भुलाउने गरि ” बैध पक्ष्यको बिरोध ” नामक राग छर्ने काम
        गरिरा ‘ देख्दा उदेक लाई’राछ !!!!!
        बैध पक्ष्यले बिरोध गर्छन् सबले अनुमान लगाउने कुरा हो .
        महत्वपूर्ण कुरा त के भने अब माबोबादी सेनाको हातमा हतियारै रहने भएन ! यो
        पो सकारात्मक कुरा त . अनि यिनै सकारात्मक कुराका कारण अब मुलुकको संबिधान निर्माण समय मै बन्ने भो किनकी हाम्रा अन्य दलका नेताहरुलाई माबोबादी जान्सेना / हतियार ले दिएको टेन्शन अब सिद्दियो . बहहरुको काम अब संबिधान निर्माण कार्यमा खर्चिने भो .
        हाम्रा मिडियाले बाताबरणमा सकारात्मक किरण छर्नु पर्छ .
        बैध बा का मसाल जुलुस ससाल जुलुस लाई किन ठाउँ दिइरहनु पर्यो र ऐले ?
        कम्तिमा जेठ १४ सम्म त हेरौ ! अनि त्यो बेला सम्मको लागी हाम्रा मिडियाले
        हाम्रा नेताहरुलाई उचालेरै भए पनि संबिधान निर्माण कार्य सफल पार्न मद्दत गर्नु
        पर्छ . संबिधान तपाई मिडिया अनि हामी जनताले बनाउने होईन क्यारे , संबिधान
        त् आखिर हाम्रै नेताहरुले बनाउने हो —- यदि झलनाथ खनाल जी ले भन्नु भा’
        झैँ ” रेडिमेट संबिधान ” तयार नभए —-
        यस्तो स्थितिमा हाम्रा मिडियाको उर्जा बैध पक्ष्य होईन संबिधान निर्माण गर्न लागि परेका नेताहरु प्रति छारिनु पर्छ ———-

        • भो दिदि, हतियार रहने भएन चै नभन्नुस है…. भोलि कुनै कार्यकर्ता भेला मा प्रचण्ड ले भन्ने छन् ” हामीले आधा हतियार दिए जस्तो गरेर भए पनि थमथम्यायौ नि !! बाँकी त हामि संगै छन् तपाइँहरू चिन्ता नगर्नुस कमरेडहरू सत्ता कब्जा नगरे सम्म हाम्रो जनयुद्द सकिने छैन| “

          • अब बंगला मा बस्ने ,गाडी ,हेलिकप्टर चढेर हिड्ने बानि लागिसक्यो |
            अब घर मा बसेर ५६ इन्च को पर्दा मा याक्सन फिल्म हेर्ने हो ,आफै याक्सन मा जाने हैन | किन चाहियो हतियार ,आफैलाई मार्ला भन्ने डर |

        • लौ हेर्नुस न त… आज प्रचंडे ले के भने ?? हिजो जे भन्थे आज त्यै भन्दैछन….. इंडिया को र प्रचण्ड को बेबहार चरित्र ठ्याक्कै मिल्छा !! नेपाल कि नोट पर देखिंगे भारत कि गौरब !! येस्तई चातुर्यता प्रस्तुत गर्छन कार्य कर्ताको बीच मा प्रचण्ड
          http://www.youtube.com/watch?v=06D1-UZEInE&feature=player_embedded#!

  17. माओवादीको यो कार्यलाइ अरु पार्टीले सहकार्यको रुप मा लिन्छ भने चै देश मा सान्ति र सम्भिधान आउछ ….

    एसको उल्टो, जीत र हारको अहम बोकेर अझ एक अर्का लाइ पेल्न खोजे चै … राष्ट्रिय कुपुत संघ्रालय नै खोलेर सबै नेता हरु को मुर्ति तेहा राखेर भविस्य लाइ सचेत गरे हुन्छ …

  18. कसैको जित र हार मानेर रमाउनु र उडाउनु भन्दापनि देशमा शान्ति आउने संकेत देखिनु नै खुशीको कुरा हो , २/३ बर्ष पहिले हुनुपर्ने कार्य ढिलै भएपनि हुनसक्यो भने राम्रै हो र दुइ बन्दुकको अबस्ता हट्नु पनि शान्तिको लक्षण हो …….हुनत बैद्य , बादलहरु गर्जने नै होलान तर भुक्ने कुकुरले अब टोक्न नसक्ला , शहरको रंगिन दुनियामा रमाएका र चोरीकै भएपनि गाडीमा सयर गर्ने बानी परेकाहरु अब जंगल नजालन तर बन्द हडताल र गाडी जलाउने काम पक्कै गर्लान , यदि भोलि जंगल गइहाले पनि सामन्ती र दलालको बिल्ला भिराएर केहि गाउलेलाई मार्लान , टेलिफोन मोबाइलको टावर, पुल पुलेसा भत्काउलान तर अब उनीहरु बिगत झैँ धेरै दिन टिक्दैनन र टिकाउने युवा पनि भेट्टाउनदैनन् किनकि उनिहरुको सबै चाला देखिसकियो र यहाभन्दा बढ्ता कति देख्नुपर्ला र ? आखिर चर्का कुरा र ठुलो सपना देखाएर मात्र केहि हुदोरहेनछ ……….बिगतमा जे भयो भइगयो अब बिगतलाई बिर्सेर पार्टीहरु मिलेर सरकार संचालन गरे हुन्थ्यो, राष्ट्रिय मुद्दामा एक भएर देश बिकासमा अघि बढे हुन्थ्यो किनकि मिश्रित प्रणाली अपनाउने भनेपछि कुनै पार्टीको पनि कहिल्यै एकल सरकार बन्न सक्दैन ….. गरिखान्छु भन्नेले गरिखान , सकभर विदेश जाने नपर्ने र यदि गइहाले पनि स्वदेशमा नै फर्केर बस्ने र बाच्ने, काम र लगानी गर्ने, रोजगारीको बाताबरण भए कस्तो हुन्थ्यो होला …………..

    • एकिकृत नेकाप माओबादीका लडाकु/जान सेनाका हातहतियारहरु नेपाली सेनालाई बुझाईनु सान्ति प्रकृयाका लागी एउटा महत्व पूर्ण कदम मान्न सकिएला तर यी कदमहरु केही अबुझ,अनपढ,अर्थात स्वार्थी नेता/पार्टीहरु आदिले पहिलै नै चाहेका थिए | जे होस् , सु;ख,सान्ती र बिकसीत राष्ट्रको स्वरुपमा नेपाललाई देख्न चहाने हामी नेपालीहरुले यो कदमलाई ढिलै भए पनि स्वागत गर्नु पर्दछ |
      तर स्मरण होस् ………, के माओबादीले यो कदम चाले पश्चात नेपाल र सम्पूर्ण नेपालीहरुले चाहे जस्तै संघीय जन गणतन्त्र नेपालको नयाँ संबिधान लगाएत धर्म निर्पपेच, भाषा-भाषी, क्षेत्र्, लिंग आदि जस्ता बिषयमा समान अधिकारको सुनिस्चित गरिएला/होला त ??????? मेरो बिगतका अनुभव र झन्डै आधा दसक भन्दा पुराना ईतिहासका पानाहरु पल्त्याएर हेर्दा नेपाली काँग्रेस,एमाले,पन्चे आदि जस्ता पार्टीहरुका तर्फबाट ति विषयका कुराहरु प्राप्त गर्न धेरै असम्भव छ र देखिन्छन यिनीहरुका हरेक ब्यबहारबाट | त्यसैले मित्रहरु, अब झन् ढुक्क भएर बस्ने अवस्था छैन | यदि फेरी हामी नेपालीहरु कुम्भकर्ण झैँ भईयो भने पहिलेकै अवसरबादीहरु काँग्रेस, एमाले, पन्चे आदि जस्ता पार्टीहरुले जस्तो पहिले थियो त्यही हालतमा पुर्याउने निश्चित छ |
      मित्रहरु तपाईहरुलाई मेरो बिनम्र अनुरोध छ, नेपाली काँग्रेस र एमाले पार्टी नेता/कार्यकर्ताहरु लोकतान्त्र, प्रजातन्त्र, मानव अधिकार आदि जस्ता भाषण गरेर थकाई नलाग्ने अनि वास्तबमा केही पनि नगर्ने जमात/डाँकाहरु हुन् | साँच्चिकै भन्ने हो भने ब्रम्ह लुट ब्रम्हाण्ड (बाहुन/ क्षेत्रि) हरु हुन् यिनीहरु | जुन कुराहरु बिगतका झन्डै आधा सताप्दीका क्रिया-कालाप,ब्यबहारले स्पस्ट पारि सकेको परिस्थितिमा के-कस्ता खालका निती-तियत बोकेका थिए वा छन् ती सब बिगत र वर्तमानका सम्पूर्ण क्रिया-कलापले पूर्ण रुपले नेपाली समुदायहरु माझ प्रस्त्याई सकेको परिस्थितिमा मैले प्रस्त्याई रहनु नकिकृत नेकाप माओबादीका लडाकु/जान सेनाका हातहतियारहरु नेपाली सेनालाई बुझाईनु सान्ति प्रकृयाका लागी एउटा महत्व पूर्ण कदम मान्न सकिएला तर यी कदमहरु केही अबुझ,अनपढ,अर्थात स्वार्थी नेता/पार्टीहरु आदिले पहिलै नै चाहेका थिए | जे होस् , सु;ख,सान्ती र बिकसीत राष्ट्रको स्वरुपमा नेपाललाई देख्न चहाने हामी नेपालीहरुले यो कदमलाई ढिलै भए पनि स्वागत गर्नु पर्दछ |
      तर स्मरण होस् ………, के माओबादीले यो कदम चाले पश्चात नेपाल र सम्पूर्ण नेपालीहरुले चाहे जस्तै संघीय जन गणतन्त्र नेपालको नयाँ संबिधान लगाएत धर्म निर्पपेच, भाषा-भाषी, क्षेत्र्, लिंग आदि जस्ता बिषयमा समान अधिकारको सुनिस्चित गरिएला/होला त ??????? मेरो बिगतका अनुभव र झन्डै आधा दसक भन्दा पुराना ईतिहासका पानाहरु पल्त्याएर हेर्दा नेपाली काँग्रेस,एमाले,पन्चे आदि जस्ता पार्टीहरुका तर्फबाट ति विषयका कुराहरु प्राप्त गर्न धेरै असम्भव छ र देखिन्छन यिनीहरुका हरेक ब्यबहारबाट | त्यसैले मित्रहरु, अब झन् ढुक्क भएर बस्ने अवस्था छैन | यदि फेरी हामी नेपालीहरु कुम्भकर्ण झैँ भईयो भने पहिलेकै अवसरबादीहरु काँग्रेस, एमाले, पन्चे आदि जस्ता पार्टीहरुले जस्तो पहिले थियो त्यही हालतमा पुर्याउने निश्चित छ |
      मित्रहरु तपाईहरुलाई मेरो बिनम्र अनुरोध छ, नेपाली काँग्रेस र एमाले पार्टी नेता/कार्यकर्ताहरु लोकतान्त्र, प्रजातन्त्र, मानव अधिकार आदि जस्ता भाषण गरेर थकाई नलाग्ने अनि वास्तबमा केही पनि नगर्ने जमात/डाँकाहरु हुन् | साँच्चिकै भन्ने हो भने ब्रम्ह लुट ब्रम्हाण्ड (बाहुन/ क्षेत्रि) हरु हुन् यिनीहरु | जुन कुराहरु बिगतका झन्डै आधा सताप्दीका क्रिया-कालाप,ब्यबहारले स्पस्ट पारि सकेको परिस्थितिमा के-कस्ता खालका निती-तियत बोकेका थिए वा छन् ती सब बिगत र वर्तमानका सम्पूर्ण क्रिया-कलापले पूर्ण रुपले नेपाली समुदायहरु माझ प्रस्त्याई सकेको परिस्थितिमा मैले प्रस्त्याई रहनु नपर्ला कि कसो ???पर्ला कि कसो ???

  19. भ्स्मासूरको भूतले प्रचण्ड र बाबुरामलाई साह्रै नै तर्साए जस्तो छ !!!

  20. जे होस् ढिलै भए पनि घैतामा घाम लागेकै हो/येस्मा सबैले सकारात्मक सोच राख्नु अत्येंता जरुरि छ.कुरो र कुलो जता बंग्याए पनि बांगीन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरो हो तेसैले एस्तो गम्भीर बिशयेमा कुरो लाई बंग्याएर १० वर्ष जनयुद्द गरेका लडाकुको मन मा आत्मा ग्लानी हुने कुरो हामी कसैले नगरौ/हाम्रो देश नेपाल हो १० वर्ष जनयुद्द लडेका पनि हाम्रै आमाका सन्तान हुन्/उनीहरु ले पनि नेपाल आर्मीको छनोट प्रक्रिया अनुसार आफ्नो पद र प्रतिष्ठा पाउन हामी सबै नेपाली को कामना हो/प्रचण्ड र बाबुरामले ब्रह्म्हन भएर दमै कामि सार्की,पोडे जस्तो तल्लो जात भनिने गरिब निमुखा को भान्सा मा गएर भात खादै हामी तपैहरुलाई सामन्ती सोच बाट मुक्ति दिलौछौ गरिबी बाट मुक्ति दिलौछौ भनेर उनीहरुको भर्र्यांग बनाएर आज सत्ता मा पुगे आफ्नो छोरोलाई सगरमाथा चडन २ करोड माग्यो रुकुम रोल्पा को जनता जहाँ बाट जना युद्द सुरु गरे मावोबादिले ति जनताको लागि केहि माग्यो प्रचंडे चोर ले????तेसैले सेनामा समाबेस भए आफ्नो बल र बुद्दिले भोलि जर्नेल कर्नेल हुनुहुनेछ साथी हो त्यो प्रचंडे ले दिएको शक्ति खोर को एकछाक भात ले तपाई हरुलाई केहि हुने वाला छैन कुनै आत्मा ग्लानी नगरी देश र भविस्ये को लागि सोचौ

  21. संविधान बनाउन नचाहनेहरूले अब के बहाना बनाउने हुन्, त्यो पो कौतुहलको विषय भो अब ।

    • अब को बहाना पार्टीको अन्तरिक संघर्स….!

      • आन्तरिक संघर्षले त अरुलाई झनै पो सजिलो भयो नि ! संविधान जारी गर्न वैद्यले रोक्न सक्ने कुरा होइन । यता जनसेना ‘सकियो’, उता पार्टीमा अन्तर्संघर्ष …

  22. गरिब निमुखाहरूलाई तब सम्म मात्र प्रयोग गर्न सकिन्छ जब सम्म तिनमा जागरण आउदैन | समायोजन राम्रो कुरा हो …फेरी बिद्रोह नहुनेगरी सबैकुरा मिलाएर अगाडी बढ्न सक्नुस ..हाम्रो शुभकामना !!!!

  23. आज मातृभूमीले शान्तीको लामो सास तानेर हलुका महसुस गरेको छ ! पापीहरूले गलामा अचकल्टो पासो कसेर बाच्न बाध्य पारेको थियो ! जय होस् !!!

    • पापिस्ट भन्नुस न के पापी मात्र भनेको |पापी भन्दा पापिस्ट झन् खतरा हुन्छ |अलि अलि पापी त् हामि पनि छाम |

  24. प्रचण्ड ले एक गोलीले दुइ सिकार गरे जस्तो लाग्छ मलाई ,कांग्रेस,एमाले एकातिर बैध्य समुह अर्कोतिर.अब समिधान बनाउन लुते कांग्रेस र चिप्ले एमाले सभागृहमा बहस गर्न (नकी पी.एल.ए.लाई दोस दिई सभा गर्ने ठाउमा हड्ताल गर्न नमिल्ने भयो )आउनु पर्ने भयो.उता बहुला बैध्यसमुह ले कता बाट द्वन्द मा जाने ??? प्रचण्ड सर्बहारा को नेता बाट इन्द्र ले जस्तै राजसी सौख न गरेको भए मलाई (म कुनै पार्टी को झन्डा बोक्ने होइन) धेरैनै आसा लागेको थियो कि माओबादीले प्रचण्डको leadership मा नेपाली जनताले सुशासन पाउन सक्ला कि ?? म पंचायती कालमा हुर्केको ले भन्न सक्छु कि हो त्यसबेला पनि भ्रस्टाचार थियो काठमाडौँ मा पानी ,बिजुली,दाउरा,मट्टीतेल,पेट्रोल,थियो , तर १९९० पछिको नेपालमा जनता लाई चाहिने सुबिधा (सुबिधा नभनौ अत्याबस्यकता) केहि छैन ,के छ भने भ्रस्टचारी ,गुन्डागर्दी, चक्काजाम ,पार्टी को झन्डा नबोके तपाई दोस्रो दर्जा को नागरिक ,पार्टीको झन्डा बोकेपछि मान्छे मारे पानी छुट, सुची लमो छ . नैतिकता!!!! हामी मनुष्यको लागि एउटा ठुलो देन हो ,अब हाम्रा नेताहरुले नैतिकता नै गुमाए पछी ति गरिब नेपालीको उद्धार कसले गर्ला ????

  25. माओवादीलाई पाठ:
    केही मान्छेलाई सधैको लागि बेवकुफ बनाउन सकिएला, सबै मान्छेलाई केही समयको लागि बेवकुफ बनाउन सकिएला तर सबै मान्छेलाई सधैको लागि बेवकुफ बनाउन असम्भव छ.
    असन्तुष्ट लडाकुहरुलाई सुझाब:
    तिमीहरुको बिघटन (समायोजन, बहिर्गमन, असक्षम् जे भनेर गरे पनि) देशको लागि उज्यालो किरण हो. तिमीहरुको यही दशा हुन्छ भन्ने बुझ्नेले त उतिबेलै बुझेका थिए दुर्भाग्य तिमीहरु आफैले बुझ्न सकेनौ. ज्यानमाराहरुलाई कानुनले छुन नसक्ने गरि शक्तिशाली बनाउन आफ्नो जीवनको महत्वपूर्ण उर्जाशील समय बर्बाद गरेर अहिले आफै अनिश्चितताको भूमरिमा परेका छौ. अब पनि बन्द तोडफोड गरेर फेरि देश र जनतालाई नै सास्ती हुने गरि कुनै पनि क्रियाकलाप नगर्नू. सार्बजनिक ठाउमा तिनका पुत्ला जलाएर रमिता देखाउनु भन्दा जाउ लाजिम्पाट, पेरिस डांडा जिउदै मान्छे समातेर जलाऊ सबको आत्माले शान्ति पाउने छ र तिम्रा निर्दोष सपनाका बलात्कारीहरुले सिक्नेछन् मान्छेका निर्दोष सपनामा बलात्कार गर्दाको उपज के हुन्छ.

    मलाई यस्तो लाग्यो:
    यो प्रचण्डले देशलाई लगाएको गुण होइन, कुनै डाकाले डकैति गर्न छोड्नुलाई सामाजिक कार्य गरेको भन्ठान्नु मूर्खता हो. वस्तुस्थिति हेर्दा यो आत्मसमर्पण हो उसको हार हो र देशले चाहेको यही हो. हिजो भारतमा लुकेर दुनियालाई आतंकित पार्दै हिड्ने प्रचण्ड अब आफ्नै चेलाबाट आतंकित भएर लुक्दै हिड्ने छबिलाल बन्ने बेला भो.

  26. अन्त्यमा आएर हतिरयार आफू तिर तेर्सिने भो भन्ने डरले पो बुझाएका त। कहाँ जनताको मायाँ र ममताले गर्दा बुझाएका हुन् र? जनमुक्ती सेना भित्र ठूलो बिद्रोहको राँको सल्केको देखेर बुझाएका हुन्। तर कुरा राजनितिको हो, प्रचष्डले र बाबुरामले बग्रिकरण बिनानै सेनामा बुझाउनु र यसरी हतियार मिसयुज हुने भो भन्ने हौवा दिदै सेनालाई बुझाउनु भनेको सबै ९।१० हजारलाई नेपाली सेनामा घुसाउने प्रयास पनि हुन सक्छ। यत्रो युद्द हाकेर, आफ्नो नाममा तीसौ हजार सेना तयार गर्न सक्ने मान्छे हुन् उनी , त्यसैले उनको चाल र यो निर्णयलाई हलुका रुपमा लिई हाल्ने स्थीतिमा म छैन।
    हैन आखिर बुझाउनु पर्ने नै हो भने, त्यसको मिसयुज हुन पनि सक्छ भन्ने आशयमा नकरात्मक सोची हाल्न पनि सकिदैन। पर्ख र हेरको स्थीतिनै राम्रो।
    मैले अहिले सम्म नबुझेको सेना समायोजन हो की, जनमुक्ती सेना नेपाली सेनामा बिलय हो मैले बुझेको छैन। यत्रो युद्द गरेर, देशमा आफ्नो शाशन ब्यबस्था कायम गर्ने भनेर गरेको प्रयास सबै यतीमै टुङ्ग्याउन हो त?
    अर्को कुरा नेपाली सेनालाई राजनिति बाट भिन्न, निरपेक्ष राख्‍नु पर्छ भन्ने कुरा यहा नेर आएर सबैलाई हेक्का भएको हुनु पर्दछ। नेपाली सेनाको बल, स्थिरता र मनोबलको कारण आज जनमुक्ती सेनालाई सुरक्षा दिन अन्त्यमा उसैको प्रयोग गर्नु पर्यो र पाईयो। मानौ जनमुक्ती सेना जस्तै राजनैतिक घुसपैठ नेपाली सेनामा भएको भए, आज जनमुक्ती सेना भित्र बिद्रोहको स्थिती आईरहदा, नेपाल भुमीमा बिदेशी सेना आउने प्राय निश्चित हुने रहेछ तर राष्ट्रीय सेना राजनिति भन्दा फरक र राष्ट्रकै निश्पक्ष भएकको ले नै यो सम्भब भएको हो। माईसन्सारले अझै थोरै मेहनत गरेर, दुबै पक्ष र बिपक्षका कुराहरु राखिदिन सकेको भए अझै कुरा बुझ्न सजिलो हुने थियो। तर जे होस, अन्य स्रोत भन्दा पहिला यो समाचार दिएर प्रशंशनिय काम गरेको छ। त्यसको लागी धन्यबाद

  27. काम त ठिकै गरेका हुन् तर, तर एक प्रकार ले हेर्दा प्रचण्ड ले आफ्नो बौदीकता को प्रयोग गरेर दुर्घटना हुन बाट बचायाका छन् भने आफु तलै परेर भए पनि संबिधान लेखन लाइ निरन्तरता दिने कोसिस चै पक्कै गरेका हुन्,तर अब कुरा आउंछ कांग्रस र एमाले ले कत्तिको लचकता प्रदर्सन गर्ने भन्ने,एदी जनमुक्ति सेना लाइ नेपालि सेना को जिम्मा दिनु कमजोरी ठानेर पेल्ने काम भयो भने चै पक्कै बिस्फोट हुने छ,जनमुक्ति सेना को समायोजन मा अझै धेरै कुरा हरु मिल्न बाकि छ,साथि हरु ले जतिसुकै गालि गरेपनि देस लाइ गणतन्त्र बनाउने सक्ति भनेकै जनमुक्ति सेना हो एस्लाई माओबादी को सेना मात्र भनेर बुझ्नु गलत हुन्छ,अनि समायोजन मा जादा पनि सम्मानजनक हुनु उनीहरु को अधिकार नै हो,हो जनमुक्ति सेना ले माओबादी को कमाण्ड मा लडाई लड्यो तर नेता जस्ता भए पनि जनमुक्ति सेना आफैमा गलत होइन,त्यै भएर उनीहरु को काम को उचित मुल्यांकन हुनु जरुरि छ,
    कुरा रह्यो बैद्य पक्ष को,उनीहरु त आफ्नै घर मा आगो लगाएर ताप्ने हरु हुन्,जति सुकै क्रान्तिकारी कुरा गरेपनि आखिर माखो मार्ने होइनन यिनीहरु ले पनि,म त भन्छु बैद्य पक्ष ले मैदान छोडेको छ,यदि सान्ति प्रक्रिया मान्दैन या समहमती मा आउदैन भने संबिधान सभाको ४ वर्ष मा खाएको तलब भत्ता बैध पक्ष सभासद ले फिर्ता गर्नु पर्छ अनि क्रान्ति गरे गर बिद्रोह गरे गर,नत्र भने भत्ता पनि खाने अनि लास्ट मा जब संबिधान सभा को आयु सकियो अनि जनविद्रोह का कुरा गरेर शान्ति प्रक्रिया भाड्न खोज्ने यो काम नेपालि जनता लाइ मान्य छैन

  28. एस्तो निर्णयलाइ भनिन्छ, ब्यवारिक निर्णय ! एउटादेशमा एकजूट कमाण्ड हुनु पर्छा
    Great Job by Prachhanda and Baburam Bhattrai!!!

  29. हतियार बुझाउन्दैमा माओवादी सिद्धिने भन्ने होइन, हतियार त माओवादीले अझ नयाँखाले किन्न सक्छ| नेपालमा भएको सबभन्दा धनी पार्टी माओवादी हो भन्ने कुरा जगजाहेर भएकै कुरो हो| तर हतियार टेकाउने समर्पित काँध माओवादीले अब भेट्टाउन गाह्रो पर्छ, कारण तल्लो स्तरका आफ्ना कार्यकर्ताहरुको नराम्ररी चित्त दुखाएको छ र खालीखुटटे जनताको अपेक्षालाई लोप्पा लगाएको छ| माओवादी नव-एमान्ग्रेस हुने छाँट काँट देखाउन्दैछ !

    • यो प्रक्रियाले माओवादीको उचाइँ अझ बढाएको छ शशांकजी । जनयुद्ध जनताद्वारा जनताकै लागि पूर्ण शासन व्यवस्थाका लागि भएको हो । यसको सार नयाँ स‌ंविधानमार्फत् कोरिँदैछ । तर अरुले नयाँ संविधानको तगारो उही जनसेना नै देखेपछि र उनीहरू ‘नसकिउञ्जेल’ संविधान बन्न नदिने लेडेढिपी लिएपछि आखिर यो प्रक्रिया लिनुको विकल्पहरूमध्ये फेरि अर्को विद्रोह हुन्थ्यो होला । तर विकल्प अझै पनि बाँकी हुँदाहुँदै फेरि विद्रोहमा जानुको साटो यो प्रक्रिया अनुचित होइन ।

      जहाँसम्म तल्लो स्तरका कार्यकर्ताको चित्त दुखेको कुरा छ, अपवादबाहेक अरु केही होइन । अर्थात् अनमिनले ‘अयोग्य’हरू ठहराएका बाहेक अरु सबैले आफ्नो इच्चानुसार अवकाश वा समायोजनमा गएका वा जान लागेका हुन् ।

      लु हेरौं न ! जनसेनाको बहाना बनाएर संविधान प्रक्रियामा तगारो हाल्नेहरूले के बहाना बनाउँदा हुन् ! जसले जस्तोसुकै विश्लेषण वा प्रचारबाजी गरेपनि यो प्रक्रियाले माओवादीले संविधान निर्माणप्रतिको प्रतिबद्धतालाई प्रष्ट्याएको छ । यदि अब पनि संविधान बनाउने कुरामा बहानाबाजी भएमा माओवादी झन् बढी शक्तिशाली हुने पक्का छ । १० हजार जनसेना त माओवादीले कमाएको ब्याजमात्र हो ।

      • धेरै नै स्वागतयोग्य काम र सहस गरेको छ माओबादी ले ! अब संबिधान बन्ने संकेत देखिएको छ यदि बिरोधका लागि बिरोध भएन भने… एमाले कांग्रेस ले के के बहाना निकाल्ने हुन् र माओबादी ले हामीले यत्रो बलिदानी गर्यौं तेसैले हामीले भने अनुसार को संबिधान बन्नु पर्छ, भन्ने हुन् त्यो त हेर्न बाँकि नै छ…

        “प्रचण्डले विशेष समितिको बैठकमा यस्तो बोले भनेको छ- ‘शिविरका हतियार मिसयुज हुने देखियो, यी हतियार तपाई हामी प्रति नै सोझिने पक्का छ, त्यसैले सुझबुझसाथ निर्णय गरौं, हतियार सेनालाई जिम्मा दिउँ ।’”

        यो पनि सत्य नै हुनु पर्छ भन्ने अनुमान लगाउन तेती गारो छैन २/३ दिन अगाडी देखिका बैध्य पक्षक क्रियाकलाप ले…

  30. प्रचण्ड -बाबुराम हरुको बाध्यताको निर्णय तर सहि निर्णय | साथीहरु ! एउटा आम नेपाली भएको नाताले सहि कामलाइ सहि भन्नुपर्छ चाहे त्यो जुनसुकै पार्टीको या समुहको होस् |
    माओबादी सेना भित्र भुसको आगो जसरी असन्तुस्टी बिस्फोटको संहारमा पुगेको कथन त स्वयम् प्रचण्डको कथन ‘ हामी तिरै बन्दुक सोझिने खतरा ‘ – ले नै स्पस्ट पार्छ |
    यो निर्णय पछी भने तराईका हतियार धारी समुह माथी हतियार बुझाउन नैतिक दबाब पर्ने छ , जो सकारात्मक कदम हो | ‘सत्ता बन्दुकको नालले त आउला तर अमन शान्ती र बिकाश राजनीतिक दुरदर्शिताले आउछ’ भन्ने कुरा ढिलैगरि भएपनि बुझ्नु भएकोमा प्रचण्ड -बाबुराम कमरेडहरुलाई बधाई छ |

  31. यो मिडियाको कुरा पनि केके कैले त कत्ति बुझी नसक्नुको हुन्छ बा !
    माबोबादी सेना र हतियार नै संबिधान निर्माणमा काँडा बनेर रहेको छ भन्दै कांग्रेस – एमाले – मधेसबादी आदि दलका नेताहरुले जब जब माबोबदी सेना र हतियार तह लगाउने कुरा गर्थे अनि तिनका गफ भासनलाई खुब हाईलाईट गरेर लेख्थे उ बेला .
    अब ऐले माबोबादिका सेना / हतियार राम्रै संग तहमा लगाई सके पछी यो त्यो
    के के मरमसला —
    ति बैध बा का कुरा , उनि र उनका खेमा शुरु देखि नै बिरोधमा हो भन्ने कुरा त
    के नै नौलो भो र ! अनि तिनले पुत्ला जलाउने छन् भन्ने कुरा पनि कुन सा आठ आश्चर्य भो र !?
    बरु खाँटी कुरा त अब यसरी माबोबादी जनसेना / हतियार थान्को लागि सके पछी
    यिनै माबोबादी सेना / हतियारलाई तिन तारा देखिरहने हाम्रा नेताहरुको बाटो त अब खुल्ला भयो होलानी संबिधान लेख्न ? कि अझै पनि काँडा बाँकी छ ??? सबै भन्दा ठुलो कुरा तह लगाइए पछी बाँकी स- साना झिना मसिना समस्या हरु असल सबल संबिधान निर्माण संगै समाधान हुने छ .
    अब हाम्रा मिडियाले हाम्रा नेताहरुको संबिधान निर्माण काम तिर बढी ध्यान दिनु
    जरुरि छ .
    आज दिउसो तिर , कुन कुन पत्रिकामा पढ्या थे *** रेडिमेट संबिधान मान्य हुदैन *** भन्दै हाम्रा नेता झलनाथ खनाल क्वा क्वा रुनु भा’ रैछ !
    रास्ट्र प्रति चिन्तित नेताको यो चिन्तनशील रुवाई बिथ्थैमा त पक्कै होईन नै
    होला ??? जेठ १४ नजिकै आईसकेको बेला हाम्रा बरिस्ठ नेताको यो चिन्तनशील
    रुवाई भित्रको रहस्य के हो ? त्यसको सत्य तथ्य खोजिमा नचुकीदिउन् हाम्रा
    मिडिया .
    त्यो के के बूँदा देल्ली सम्झुता आदि झैँ भारतमा भारतीय स्वार्थमा नबनिदियोस
    हाम्रो संबिधान — के ठेगान ! हिजो त्यस्तो सम्झुता गर्न सक्नेले आज पनि
    नबिताउलान् भन्ने ??? छ क्यै ग्यारेन्टी ?
    तैपनि हामी निराश भैहाल्नु पर्दैन , हाम्रा देश भक्त पत्रकार / मिडिया नेपाल आमामाथी बलात्कार भएको हेरेर चुप बस्ने छैनन् !
    संबिधान निर्माण कार्य पुरा नभए सममको यो अबधि अत्यन्तै सम्बेदनशील अबस्था हो — हाम्रा मिडियाले यस्मा आबश्यक उर्जा लगाउन् !

  32. माओवादी नेत्रित्वोको समसामयिक् आवश्यकताको समयानुकुल उचित निर्णय! हामि नेपालिले यस्को स्वागत गर्नै पर्छ! अब संबिधान निर्माण गरि देशलाई अनिर्णित र अनुत्पादक बन्धन बाट मुक्तगरी आर्थिक क्रान्ति को लागि तयार र अग्रसर हौ!

  33. लु आइज माओबादी हो अब म पनि तिमि हरु संग लड्न तयार छु तिमि हरु पनि हतियार बिहिन म पनि हतियार बिहिन ! काट मार नगरम , बैचारिक, बैज्ञानिक बहस र आर्थिक प्रतिष्पर्धा एबम समुन्नत नेपाल को लागि लड्ने हो भने तयार भएर बस

  34. अब बिस्तारै नेपाली सेनाको पनि संख्या घटाउनु पर्छ, छिमेकिहरु संग लड्नु पर्यो भने छापामार गुरिल्ला लडाइ मात्र लड्न सकिन्छ हाम्रो बाल्बुताले तेसैले ठुलो सेना नेपालको लागि आर्थिक भार र ठुला जर्नेलहरुको भुँडी भर्ने काम मात्र हो (केवल सानो संख्याका नेपालहरुले मात्र रोजगारको अवसर छ नेपाली सेनामा तेस्मा पनि कत्रो विवाद छ ) | नेपालमा चुस्त र प्रभावकारी न्यापालिकाको प्रभावकारितामा जोड दिनु पर्छ जसको लागि प्रहरी, आदलत र कारागारमा ब्यापक सुधार हुनु पर्छ , आर्थिक विकास त संगसंगै नभै यो कार्य सम्भब छैन | एति कुरा मात्र भो भने नेपालका धेरै बिबादहरु तेसै मथर हुँदै जान्छन |

    सबै नेपालीहरुको जय होश !

  35. यो प्रचण्डपथ नाराको अन्त्य हो ! आजकै मितिदेखि प्रचण्ड पतन भए भन्दा हुन्छ, किनभने निसन्देह प्रचण्डसंग साहस र हिम्मत छ, तर उसंग राजनैतिक दुर्दर्सिता छैन ! हतियार भएकोले प्रचण्डलाई आजसम्म एउटा ठुलो शक्तिको रुपमा हेरिएको थियो, तर अब ति हतियारहरु पनि उनीसंग रहेन ! प्रचण्डको सौखिन जीवनशैली, कमजोड राजनैतिक दुरदर्शिता, जब्बर राजनैतिक अहंले गर्दा माओबादी क्यन्तोंम्याँन भित्रको आक्रोस निभाउनै कठिन हुनेगरी हौसियो हो ! मेरो बिचारमा प्रचण्डसंग अब आफ्नै पार्टीभित्रको बैद्य पक्षसंग लडाई गर्नु बहेक अरु विकल्प केहि छैन ! बैधलाई माइनस गर्न उनले ज्ञानेन्द्रसंग सम्झौता गर्न पनि बेर छैन !

  36. बधाई छ है हामी नेपाली जनता र बाबुरामलाई/ आफ्नै पार्टी फोरेर भय पनि जनताको पछ्य लियाकोमा/ मेरो बिचारमा बाबुराम, तिमि नेपाल कै बोर्ड फस्ट नेता हौ/ तिम्रो र नेपाली जनता सबैको जय होस्/

  37. माओबादी सशस्त्र राजनैतिक पार्टी बाट निसशस्त्र नागरिक पार्टी मा परिबर्तन हुनु निसन्देह सर्ब साधारण को लागि खुसि को कुरा हो |
    प्रचण्ड को भनाइ “‘शिविरका हतियार मिसयुज हुने देखियो, यी हतियार तपाई हामी प्रति नै सोझिने पक्का छ, त्यसैले सुझबुझसाथ निर्णय गरौं, हतियार सेनालाई जिम्मा दिउँ ।” ले नि के स्पस्ट पारेको छ भने हत्या र हिँसा को प्रतिफल कहिल्यै राम्रो हुदैन |
    प्रचण्ड लाइ यो बुझ्न आफुले तयार गरेको बन्दुक आफै प्रति सोझिने स्थिति आउनु पर्यो तर अन्य हिंसाको बल मा राजनीति मा सफलता पाउन चाहने हरु ले यो बुझ्नु पर्छ कि भड्किएको हिँसा ले आफ्नु शत्रु लाइ मात्र हैन आफैलाई नि खान सक्छ |
    माओबादी को निसश्त्रिकरण संगै संबिधान बन्ने आसा बढेको छ | अब फेरी अर्को छल कपट, जाल -झेल नहोस कामाना गरौँ र चनाखो बनौ !!

  38. अब माओबादी आफ्नो पुरानो साइज मा आउने भो.
    अर्को चुनाव मा ९ सिट पक्का.
    जय होस्.

    • जुनसुकै कारण ले भएको भए पनि पार्टीगत सेना को अन्त्य हुनु सर्ब साधारण जनताको लागि खुसीको कुरा हो र अब आपसी मेल मिलाप र समजदारी को विकल्प छैन अत : एक अर्का लाइ हेय ब्यक्त गर्ने, तुस पोख्ने भन्दा शान्ति -र संबिधान तर्फ प्रेरित गरौँ ||

  39. मेरो कमेन्ट मा -ve आय पनि आओस,,,,तर यो चै राम्रो काम हो,,,,साथी हो,,,,यो देसमा सताब्दी वर्ष सासन गरेको राजा ले केई पनि गरेन,,,, काँग्रेस (रुख बहादुर) र एमाले (सुर्य बहादुर ) को त कुन कुरै नगरु,,,,फेरी प्रचण्ड को सासन पनि हेरेकै हो,,,,यसो अलि अलि पढेको लामखुट्टेको ताल पनि तेस्तै छ,,,,कसैले केई गर्दैन,,,उही आकस बाट झर्ला र खाउला हो हामी त,,,,,,तर यो ऐतिहासिक निर्णय लै चै कदर गर्नु पर्छ जस्तो लाग्छ है मलाई त…….नत्र कि तपाई सुर्य बहादुर हो कि रुख बहादुर हो…. ल हन्नुहोस –ve ,,,,,,,परेको बाबुराम भो……

  40. अब पनि संबिधान बनाउन लाई माओवादी बादक भयो भन्ने शब्द ए माले र कङ्रेस्स बात र अरु दल बात किचलो नानीकली शन्ती प्रकिर्या अगाडि बदोस सबै नेता हरु मिलेर देसले बिकासको काचुली फेरोस यही मेरो नयाँ बर्षको शुभकामना ।

  41. याे संझाैताकाे पालना ईमानदारिकाे साथ हुने भए देश र जनताकाे भबिष्य राम्रै हुनेछ । 
         कानूनी राज र बिधिकाे शासनमा हिडाउने कार्य अबकाे प्रमुख काम हाे । पार्टीहरू सबै समान छन । जनताले दिएकाे अधिकारकाे आधारमा मुलुक हाँक्ने हाे पार्टीआफैले हाेईन ।  

    अब बल्ल  राज्य संचालनकाे सिस्टम तिर मुलुक उन्मुख हाेलाकि ! आशा गर्ने ठाउ अलिकति भयाे । संम्बिधान आए देश राम्रै बाटाेमा लाग्छहाेला । 

    अर्काे दुःखकाे कुरा २१ साैं सताब्धिमा आएर पनि कम्युनिष्ट नेताहरूमा चै पंन्चे शैली, पदलाेलुप्ता, स्वार्थ, हैसियदकाे दुरपयाेग, गुटबन्दी, प्राधिकार आफै गुथ्ने, सामन्ति साहानमै रमाउन खाेज्ने आदि भएकाेले समाजबादी नेताहरूकाे समेत बिस्वास गर्ने धाक्के प्रबृर्तिले गर्दा देश र जनताले याे गति भाेग्न परिरहेकाे छ । सबै नेता र कार्यकर्ताले सच्चाईकाे मापदंण्डमा पार्टीकाे संचालन र आफै पनि रूपान्तरण नभए देश अझै अंन्धाकारमा नै जानेछ । धन्यबाद ! 

    धन्यबाद !

  42. प्रचण्ड जी ले यौटा कुरा याद राख्न जरुरि छ सधैका लागि ………….. त्यो के त भन्दा

    १४००० नेपाली का छोरा छोरी लाई मारेर जुन किसिमको परिबर्तन भयको छ त्यो कुनै पनि हालतमा enought छैन, यदि नेपाल मा कुनै न कुनै किसिम को hughly विकासोन्मुख परिबर्तन हुदैन तब सम्म इराक को कथा नेपाल मा नदोरियला भन्न सकिन्न so

    प्रचण्ड र बाबुराम ले कुनै पनि हालतमा आर्थिक क्रान्ति गर्नु आबस्यक छ

  43. अब भने बल्ल माओबादी साइज मा आउने भो है ? हे भगवान !!! फेरी नेपाली जनता ले अनाहक मा मर्नु नपरोस / पशुपति नाथ ले रक्षा गरुन मेरो जन्म भूमि लाइ !!!!! अब पालो भ्रस्टचारी लाइ जागिर बाट सफाया गर्नु जरुरि भो है / भ्रस्टचारी लाइ गाउँ समाज टोल बाट लखेट्नु पर्छ है //////

  44. ‘Surrender of the PLA’ : It is a very unfortunate day of ‘national surrender’ in Nepali History, though it was sadly predicted under the present ‘Maoist’ leadership !! Now the following immediate output can be envisaged:
    1. Nepal will remain backward as it was like of ‘bahudliya-era’ of Kangres-Yemale ! The hope for New Nepal is gone !!
    2. Lasting peace is ruined, fresh and terrible conflict will be started soon!
    3. Temporary happy hours within the reactionary camp (domestic and international) !
    4. India will further super-shed Nepali politics and the pace of encroaching Nepali land and capturing of water resource will increase at dangerous level.
    5. Nationalist forces will be in defensive position…

  45. ज, जस को मन अनि आत्मा मा जे जस्तो हुरी चले पनि ढिलो नै भए पनि काजी साब हरु को यो निर्णय मलाई अति नै राम्रो लाग्यो / काजी साब हो हुन् सक्छ भने नेपाली जनता लाई येसरी नै सरप्ररायिस गिफ्ट संबिधान पनि दिने हो कि?अब त लाझ मर्नु भै सको हो काजी साब हरु दिनुस न नेपाली लाई एउटा राम्रो जनसंबिधान….भिक्चा देहि…संबिधान…

  46. खुसि लाग्यो तर माओवादीले जातियता संघियता पनि छोडेर अरु दल सँग सहमति पनि गरेको भन्ने चर्चा बाहिर आएको छ ,यसले दुखि बनाएको छ । जातीय संघियता छोडेर यस्तो निर्णय गरेको हो भने मेरो सहमति छैन नत्र भने बाबुराम र प्रचण्ड जी लाई शान्ति प्रक्रिया अगाडी बढाएको मेरो बधाई छ । तर जातीय संघियता पनि छोडेकै हो भने प्रचण्ड र बाबुरामको पुच्छर बन्न कुनै पनि जनजाति तयार छैनन् भन्ने जानकारी गराउन चाहन्छु

  47. र आजकै मिति देखि लागुहुनेगरी ” यदि यो वा त्यो नाम-धारी कुनैपनि समूह ( आधिकारिक शेना, प्रहरी बाहेक ) अन्य समूह वा व्यक्तिले हतियार उठाएमा स्वत: आतंककारी ठहरिने र सोहिअनुरुप कार्यबाही गरिनेछ ” पनि उल्लेख गर्नु पर्छा. !

  48. कुरा त ठिकै हो तर माओ बादी ले सरकार लाई बुझाएको हतियार पुराना मात्र हुन् नया त अझै माओ बादी भित्रै अन्तर कुन्तर मा लुकेर बसेको छ जे होस् संबिधान बनाउने यो हतार मा यो कुरा राम्रै मान्नु पर्छ तर हेरोउ संबिधान बन्छ कि बन्दैन …………………!

    • त्यसो त हतीयारहरु काठमाणडौका डन संग पनि कम छैनन् होला नी त ।अब त्यसरी भेटीने हतीयारले केही लछार्दैनन् ।

  49. संबिधान बन्यो रे भन्ने खबर सुन्न पाए पो खुशी लाग्छ. येस्ता हतियारधारी समूह त आज बन्द हुन्छ, भोलि अर्को आउछ. जेहोस अब बैध्य समुहले चै रडाको मच्याउने भयो

  50. मेरो विचारमा कागजमा मात्र सकियो माओबादी सेना !

    सुरज श्रेष्ठ

  51. अब बैधय बुढो गजुरेल , विप्लप , अनि बादल हरु जति करायानी की नहुने भो अब की होला कि

Comments are closed.