किन भएको रहेछ त पत्रकार पौडेलको हत्या ?

चैत २२ गते बिहानै खबर आयो- झापामा एक पत्रकारको निर्मम हत्या भयो। बसपार्क नजिकै पत्रकार यादव पौडलेको लाश भेटियो। पत्रकारका संस्थाहरु तात्तिए। मिडिया, विशेषतः टेलिभिजन तात्तियो। पत्रकारहरु घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र हत्यारालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै सडकमा आए। विज्ञप्तिबाजी भयो। बिहानैदेखि मैले त्यो खबर ‘फलो’ गरिरहेको थिएँ। दिउँसो नहुँदै त्यहाँबाट प्राप्त तथ्यले मलाई अचम्ममा पारिसकेको थियो। समाचारमा भनिन्थ्यो- लाश होटलको पिँढीमा भेटिएको छ। टेलिभिजनहरु फुक्थे- छ जनाको समूहले घेरा हालेर धारिलो हतियारले प्रयोग गरी मारेको। ठाउँ फेरि बजार मै देखिन्थ्यो। बजार मै घेरेर मार्दासम्म कसैलाई थाहा नहुने, भोलिपल्ट बिहान मात्रै लाश भेटिने, किन यस्तो भयो? कसैले यो शंका निवारण गर्ने समाचार दिएनन्।

आज प्रहरी प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदनअनुसार घटना पत्रकारिताका कारण हैन, रक्सी र केटीका कारण रहेछ। १ गतेदेखि निस्कन लागेको भनिएको पत्रिकाका भावी सम्पादक पौडेलले भावी प्रकाशक युवराज गिरीकी गर्लफ्रेन्डलाई अंगालो हाल्न गएपछि झगडा हुँदा छतबाट धकेलेपछि मृत्यु भएको रहेछ। गिरीकी गर्लफ्रेन्ड फेरि अर्काकी पत्‍नी रहिछिन्, त्यही लजहोटलकी मालिककी पत्‍नी! समाचारहरुमा धारिलो हतियार प्रयोग भएको भनिए पनि पोस्टमार्टम रिपोर्टमा कुनै धारिलो हतियार प्रयोग भएको नदेखिएको भनिएको छ। केही मिडियाले त धारिलो हतियारले घाँटी रेटेको समेत भनेका थिए।


१) युवराज गिरी- जसले छतबाट धकेलेका थिए पौडेललाई
२) सोमराज ढकाल- होटलका सञ्चालक
३) मञ्जु ढकाल- होटल सञ्चालककी पत्‍नी

(फोटो तथा प्रतिवेदन सौजन्यः पूर्वेली टाइम्स)
के छ प्रहरीको प्रतिवेदनमा ? प्रतिवेदन जस्ताको तस्तै-

घटना विवरण :
मिति २०६८/१२/२२ गते राती १२:४५ बजेको समयमा जिल्ला झापा शनिश्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड नयाबसपार्क स्थितमा रहेको पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउस अगाडि जिल्ला मोरङ्ग सिजुवा गा.बि.स.वडा नं.९ घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.३ स्थित बिर्तामोडमा डेरा गरी बस्दै आएका सञ्चारकर्मी यादव पौडेलको हत्या भएको ।

जाहेरी दरखास्तको विवरण :
मिति २०६८/१२/२५ गते मृतक यादव पौडेलको जेठान नाताका छबिलाल खतिवडाले निम्न ब्यक्तिहरु बिरुद्ध यस कार्यालयमा किटानी जाहेरी दरखास्त दिएको । निम्न–

(१)जिल्ला मोरङ्ग सुन्दरपुर गा.बि.स.वडा नं.५ घर भई हाल जिल्ला झापा शनिस्चरे गा.बि.स.वडा नं.७ बिर्तामोड स्थित होटल पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका संचालक अं.बर्ष ३९ का सोमनाथ ढकाल ।

(२) ऐ.बस्ने निजकै श्रीमती बर्ष २६ कि मन्जु भन्ने फुलमाया कार्की ढकाल ।

(३) जि.झापा शनिस्चरे गा.बि.स.वडा नं.५ घर भई हाल अनारमनी गा.बि.स.वडा नं.३ बस्ने अं.बर्ष ३४ को होटल व्यवसायी युवराज गिरी ।
(४) जिल्ला पाँचथर स्थायी घर भई हाल जिल्ला झापा अनारमनी गा.बि.स.वडा नं.३ बिर्तामोड स्थित कृषीथोक बजारमा डेरा गरी बस्ने ठेक्का पट्टाको कारोबार गर्ने बर्ण गोरो बर्ष अं.२८ को मदन राई ।

अनुसन्धान प्रकृया :
(१) तत्काल घटनास्थलमा फेला परेका ब्यक्तिहरुसँग घटनाको बारेमा सोधपुछ ।
(२) घटनास्थल आसपासका ब्यक्तिहरु र प्रत्यक्षदर्शीहरुसँग सोधपुछ ।
(३) घटनास्थल तथा लाशको प्रकृतिको निरीक्षण र बिश्लेषण ।
(४) लाश पोष्टमार्टम रिपोर्ट ।
(५) प्राबिधिक बिश्लेषण ।
(६) घटनामा संलग्न लगायतको बिगतको पृष्ठभूमीको बिश्लेषण ।

अनुसन्धानबाट खुलेका तथ्यहरु :

(१) मिति २०६८/१२/२१ गते राती अं.१९ बजेको समयमा मृतक यादव प्रसाद पौडेल र युवराज गिरी बिर्तामोड नया बसपार्क स्थित होटल देउरालीमा पुगी मादक पदार्थ सेवन गरी अं.२२:०० बजे निस्किएको ।

(२) अं.२२:२० बजेको समयमा जि.ट्रा.प्र.का.बिर्तामोड पुगी ५/७ मिनेट बसि त्यहाँबाट घर जान भनि निस्किएको । घरमा नगई दुवै जनाको श्रीमती नभएको कारण पुर्वाञ्चल सेकुवा कर्नर एण्ड गेस्ट हाउसमा गई बस्ने सल्लाह गरी त्यसै तर्फ गएको ।

(३) अं.२३:०० बजेको समयमा दुबैजना पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसमा पुगी रात त्यही बस्ने योजनाका साथ पुनः मादक पदार्थ सेवन गरेको र सोहि क्रममा गित गाई रमाईलो समेत गरेको ।

(४) सोहि क्रममा प्रसङ्गबस मदन राईको सन्दर्भ आए पछि युवराज गिरीले मदन राईलाई फोन गरी २० मिनेट सम्म दुबै जना बिच फोनबाटनै बादबिवाद भएको ।

५) अं. २० बजेको समयमा मदन राई सहित ५/६ जना ब्यक्ति उक्त होटलमा आई ढोका खोल्न र युवराज गिरीलाई बाहिर निकाल्न भन्दै हल्लाखल्ला गरेको ।

(६) होटल साहु सोमनाथ ढकाल र सोही होटलमा ग्राहकको रुपमा बस्न आएका रोजन र योगेश रनपहेली समेतले सम्झाई बुझाई ढोका नखोली होटल बाहिरैबाट मदन राईको समुहलाई १०/१५ मिनेट पछि फर्काई दिएको ।

(७) बाहिर मदन राईको समुहले हो–हल्ला गरी रहदा युवराज गिरी पनि निहु खोज्दै अगाडि आए पछि होटल साहुले झै–झगडा हुन सक्नेदेखि युवराज गिरीलाई माथि जानुहोस् भनि माथि पठाएको।

(८) निज गिरीसँगै होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की ढकाल र यादव प्रसाद पौडेल पनि माथि गएको।

(९)मन्जु र युवराज दुबैको भनाई अनुसार छतमा ३ जना पुगेको स्वीकार गरेको। होटलको छतमा पुगे पछि मृतक यादव पौडेलले मन्जु ढकाललाई अंगालो मार्न खोज्दा युवराज गिरी रिसाई दुबै बिच बादबिवाद भई तानातान भएको।

(१०) अनुसन्धानको क्रममा होटल साहुनी मन्जु भन्ने फुलमाया कार्की र युवराज गिरी बिच बिगत ११/२ बर्ष अघि देखि नै घनिष्ठ सम्बन्ध रहि पटक–पटक शारीरिक सम्बन्ध समेत रहेको भनी निज मन्जु कार्कीले नै अनुसन्धानको क्रममा खुलाएको।

(११) बिवाद र तानातान हुने क्रममा युवराज गिरीले मृतकलाई उक्त होटलको छतबाट धकेली खसालि दिए पश्चात निजको भुईमा बजारिन पुगि मृत्यू भएको भन्ने प्रत्यक्षदर्शी मन्जु भन्ने फुलमाया कार्कीले खुलाएको।

१२) पोष्टमार्टमको रिपोर्ट अनुसार पनि मृतकको शरीरमा कुनै धारिलो हतियार तथा अन्य चिजबस्तुले प्रहार गरेको नदेखिएको।

हालसम्मको अनुसन्धान निष्कर्ष :

(१) घटना पश्चात नियन्त्रणमा लिएका ब्यक्तिहरु मध्ये हाल सम्मको अनुसन्धानबाट घटनामा संलग्नता नदेखिएकाहरुलाई आजै छाडिने, बाकिको हकमा थप अनुसन्धान गरिने ।

(२) उक्त होटलमा युवराज गिरी र मृतक यादव प्रसाद पौडेल प्रबेश गरे पश्चात अन्य कोहि पनि ब्यक्तिहरु प्रबेश नगरेको हाल सम्मको अनुसन्धानबाट खुलेको ।

(३) मृतक यादव प्रसाद पौडेललाई पक्राउ परेका युवराज गिरीले पुर्बाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसको छतबाट खसाली हत्या गरेको ।

कानूनी प्रकृया/प्रहरी कार्य :

(१) किटानी जाहेरी दरखास्त पर्न आए पश्चात कर्तब्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी पक्रउ परेका ब्यक्तिहरु मध्ये निम्न ब्यक्तिहरुलाई मिति २०६८/१२/२५ गतेबाट लागु हुने गरी सम्मानित झापा जिल्ला अदालतबाट दिन ५ म्याद लिई अनुसन्धान कार्य अगाडि बढाईएको । जाहेरी दरखास्तमा उल्लेखित फरार अभियुक्त मदन राईको हकमा निज लुकिछिपी बस्न सक्ने संभाबित स्थानहरुमा ब्यापक रुपमा प्रहरी परिचालन गरी खोजतलास गर्ने कार्य भइरहेको।

यो भयो प्रहरीको प्रतिवेदन। यो अनुसार त हत्याको कारण पत्रकारिता भएको देखिँदैन, बरु रक्सी र केटी कारण देखिन्छ। पत्रकार महासंघको टोली पनि छानबिन गर्न त्यहाँ पुगेको थियो। त्यो टोलीले चैँ के पत्ता लगायो त ? अहिलेसम्म सार्वजनिक गरिएको छैन। त्यो पनि सार्वजनिक भएपछि घटनाको अर्को पाटो देख्‍न पाइन्थ्यो कि!

यदि प्रहरी प्रतिवेदन कै कुरा सही हो भने घटना लगत्तै प्रेस विज्ञप्तिको लर्को लाउनेहरु, पत्रकार सहिद घोषणा गर्नुपर्छसम्म भनी विज्ञप्ति निकाल्नेहरु, सडकमा उत्रिएकाहरु, बाँचुन्जेल सुको पैसा तलब नदिने, मरिसकेपछि दश लाख सरकारले दिनुपर्छ भन्दै २४ घण्टे अल्टिमेटम दिने मिडियाहरुले के जवाफ दिने ?

यो घटनाबारे आजको जनआस्था साप्ताहिकले यस्तो खबर छापेको छ-

२२ चैतको दिउँसै होटल ब्यबसायी संघका पूर्व अध्यक्ष युवराज गिरी र पत्रकार पौडेलेको भेट देउराली होटलमा भएको थियो । त्यहाँ तोङ्वा पिएर उनीहरु निस्किए । निस्कने बेलामा ‘हामी दुवैका श्रीमती अहिले यता छैनन, त्यसैले आज रमाइलो गर्न जाऔं’ भन्दै उनीहरु विर्तामोडका ट्राफिक इन्सपेक्टरकहाँ पुगे । ब्यस्त रहेका इन्सपेक्टरले आज हैन भोली रमाइलो गरौंला भने । त्यहाँबाट निस्केका उनीहरु मञ्जु ढकालको पूर्वाञ्चल सेकुवा कर्नरमा पुगे । मञ्जुले प्रहरीलाई दिएको बयानअनुसार विगत तीन बर्षदेखि युवराज गिरीसँग उनको चक्कर थियो । त्यहाँ पुग्नासाथ पहिले उनीहरुले तलै वसेर खानपिन गरे । रात ढल्दै गएपछि मञ्जु र युवराज गिरी राती १ बजेतिर माथि उक्लिए ।

पत्रकार पौडेल पनि उनीहरुको पछिपछि माथि उक्लिए । युवराजले मञ्जुलाई छतमा पुर्‍याएर अंगालो मार्न थाले । यो देखेर यादवले भने- तपाईमात्र मोज गर्ने ? त्यसपछि गिरीले पौडेलेको हात झटकारे । तैले मेरो केटीलाई किन ताकिस भन्दै नसामा अर्ध वेहोस गिरीले यादवमाथि जाइलागे । रिसाएका युवराजले पौडेललाई छतको छेउमा लगि धकेलिदिए र उनी भईमा खसे ।

दुर्घटना भइसकेपछि मञ्जुका पति सोम ढकालले यादव पौडेलको मोटरसाइलक शव नजिकै ल्याईदिएर राखे ताकि झट्ट हेर्दा दुर्घटनाजस्तो देखियोस् । मञ्जुले दिएको यस्तो बयानसहित प्रहरीले प्रतिबेदन सार्वजनिक गर्न लागेको छ ।

यसैवीच झापाबाट एभिन्यूज टीभी र राजधानी दैनिकका लागि रिपोटिङ गर्ने पौडेलले ती संस्थाबाट एक रुपैयाँ पनि तलब नपाएको खुलासा भएको छ । क्रिया बसिरहेकी उनकी श्रीमतीले झापाका अन्य पत्रकारलाई रुँदै भनिन- तपाईहरुको पनि यहि हालत होला, एक रुपैयाँ पनि नपाउने यस्तो पेशामा किन लाग्ने ? काम गरेर पनि पैसा नपाउने यस्तो पेशामा नलाग्नुस भनेर पटक पटक सम्झाउँदा पनि श्रीमानले नमानेको उनले गुनासो गरिन् ।

87 Comments

  1. युबराज गिरी र ति रखेल महिलानै हत्त्याका कारण हुन भने किन भाग्न पर्यो मदन राई ? आखिर किन लुकाउछन त ति भगुवा मदन राईका भुमिका के हो भनेर ईनिहरु ? अब के-के हो सबै कुरा ति मदन राई भेटिय पछिमात्र भुझ्न सकिन्छ हैन र ??माथी भनियका सबै कुरो केही हद सम्मा साचो होला तर ति मदन राई भाग्नु र प्रहरी ले यसै घटना लाई नै लियर उक्त राई लाई खोज्नु १००% अनुसन्धान हुन बाकिनै छ जस्तो लाग्छ |
    धन्यबाद |

  2. This is just a sort of real story happens in every drunkard’s life and another real part is the woman who plays with multiple men although already being married.

    Mrs Dhakal should be as equally punished as Mr Giri. There are many people who intend to get more pleasure with those person other than their life partner. Those betrayer must be hang till to death.

  3. A journalist should be a social engineer and he/she has to contribute to bring some positive change in society. in fact, if recent police statement is true ,…. sorry to say,..then he was not able to serve the society for change. Hopefully police will bring some more truth.

  4. जजसले बिचार पौडेललाई गलिगर्छस नि त नबुज्ने बेकुब पाजी जनावर हो रातको १२ बजे अफ्नो बुढी मातेको मान्छेसंग छात तिर कसले पठाउछ तेरो दिमाग छैन फेरी मदन राई किन भागिहिन्छ यो पनि विचार गर बिचार मरेको पौदेल् माथि गर्नु सम्म झुटा कुरा गर्दैछन यसको थुक्क कायरहरु …

  5. पुलिश ले भनेको जस्तै हुन सग्छ / तेसै ले अर्को शंका गर्ने कुनै खाचो छैन /

    • उनी को थिए र के गरे मलाई थाहा छैन, न त पत्रकार न जांडको पारखिनै हुँ म/ तर एक शुन्दर युबकले अनाहकमा अमुल्य र शुन्दर जीबन गुमाउनु पर्यो/ मानबिय गल्ति (ह्युमन एरर) सबैबाट हुन सक्छ, तर त्यसैको कारण पुरै सिध्याईनै दिनु पर्छ भन्ने मानाशिकता क्रुरताको पराकाष्टा हो/ त्यसमा पनि प्रस्तुत घटनामा त होटल मालिक्नी आफ्नो लोग्ने हुँदाहुँदै अर्कै संग शारीरिक सम्बन्ध राख्ने गरेको र मालिक पनि आँखा चिम्लेर वा बाध्यताले [!] श्रीमतीलाई गिरीको साथमा ३ वर्ष देखि पठाउने गरेको देखिन्छ/ पत्रकारले आफ्नो श्रीमतीको छोटो अनुपस्थितिमा गिरीको पछि लागेर मनोरंजन गर्ने मनोसाय राख्नु अनैतिक र अभिशाप थियो तर गिरि र यी अन्य पात्रहरुले पत्रकारलाई मारिनै हाल्नु कुनै हालतमा पनि हुँदैनथ्यो/ ढकालकी श्रीमतीको सत्य धर्म त गिरीले बार² डगाउँदै आयको देखिन्छ, लोग्नेकै सहमतिमा/ गिरीले अर्काको श्रीमतीलाई अँगालो हाल्दा जांडमा साथदिने साथीले ‘मित्र आफूमात्रै मोज गर्ने म चहिं दर्शक बनुँ’ भनेर उसले पनि त्यसो गर्न खोजेको आरोपमा मार्नु १००% गलत हो/ गिरीले उसको मिस्ट्रेसलाई अन्तै पनि त लान सक्थ्यो, बिकल्पमा… उनी त अब कहिल्यै नफर्कने गरि गैसके–लेजिटिम डिफेन्स गर्न उनी सक्दैन/ जसले जे भने पनि सहिनै रहने छन/ प्रहरी ले थप अनुशन्धान गरेर रहश्य पत्ता लागावस, मृत आत्मा ले शान्ति पावस र उनका बुवाआमा र परिवारलाई धर्य धारण गर्ने शक्ति मिलोस एहि छ कामना! आखिरी उ पनि त कसैको छोरा, दाइ, भाइ थियो होला पत्रकार हुनु बाहेक.

  6. एउटाको बुढीलाई अर्कैले अंगालो मारे विचरा पत्रकारले पो शहिद हुनुपर्यो। यो स्वत्रन्त्र पत्रकारिता माथिको हमला हो।

  7. सत्य तय्थ नबुझी कुनै पत्रकार कथिङ्गल मरेछ भने नाजयद सरकारलाई दबाब दिनु कतिको सक्षम रहेछ् हाम्रो देशको पत्रकार बन्धुहरू , एउटा उखान छ … लाई भन्दा देख्नेलाई लाज भने झै पत्रिका पदनु पनि
    खोइ के पदनु भै सक्यो ।

  8. ” बाहिर बाहिर नैनसुत, भित्र भित्र भूईमा सुत ” सबै आलु खाएर पेडाकाे धाक दिने सज्जनहरू बहुमत भएरै २१साैं सताब्धिले दुःख पाएकाे छ ! नेपालमा ।
    चाहे नेताहाेस, वा नेती ! चाहे हाकिम हाेस वा पिउन ! चाहे सभासद हाेस वा मन्त्री ! चाहे पत्रकार हाेस वा अलपत्रकार,  हेर्दा सबैकाे पर्शनालिटीले त देसै हाँक्ने लाग्छ ।

     तर लक्षीमिकाे खाेष्टामा ज्यानै फाल्ने, ब्यईजत ! अपमान ! त्यसमाथि ज्यानै गयाे ! लालाबालाकाे सपना खाेट लगाएर ! श्रीमतिकाे चाेखाे प्रेममा ! संन्सार डुबाएर ! 
    संन्चारमै लक्षीमिकाे खाेष्टाकै कारण बिदेशबाट घर आऊन साथ बुडीलाई मार हानेकाे छ ! अर्काे नाठाे खेलाएर पठाएकाे पैसा समेत सिद्याएकाे हुदा  ! बुढ्ाेलाई खाेष्टाकै कारण मार हानेका छ, अर्काे केटी संग सल्किएरकाे हुदा । फेरि पनि क्षणिक आनंन्दमा गरेकाे कुकर्म वा जवानिकाे प्रयाेगले के परिणाम के भयाे ? यै हाे मान्छे पशु भए पछि त्यै स्तरकाे सजाँय भाेग्नै पर्छ । नेपालमा  धेरै सज्जनहरू  अधर्मी भएर एस्ताे भएकाे हाे । त्यसैले एक्लाेमा मेरै संन्सार हाे भनेर नलागाैं । आफै पनि बर्बादीमा परिएला ।

  9. यो सब बनावोटी वोकालत हुनसक६ तिओ गिरि र होटेल वाला बाट ….किन अर्काकी स्वास्नी लै midnight मा Hug गर्नु लोग्ने हुदा हुदै यो बिल्कुल नाटक कथा हो yatharta आको ६ऐन जस्तो लागो…बिचरा पौडेल मरि गो अबो साचो k juto k , pls sathhee हरु मरेको मन६एलै गालि किन ? सहि कुरा कसलाई था ६ र ????

  10. यहि भनेर पछाडी नलागौ . अमेरिका मा भए यस्तो केस मा पुलिश ले २० चोटी अन्तरबार्ता लिन्छ किन भने २० चोटी सोध्दा एउटी कुरा औ छ कि औदैना भनेर . यहाँ पौडेल लै फसाएको पनि हुन सक्छा . किन श्रीमान ढकाल ले जड्याहा मान्छे संग तलामा जान दियो? यो संकास्पद छ. त्यसैले अरू अन्तरबार्ता लिनु पर्यो . अर्को अर्को कोठा मा राखी घुमाई फिरे सोध्नु पर्यो . नत्र म त मान्दिन यो रिपोर्ट .

    ग्यारेल

  11. av news telivision को प्रस्तुति “खबर भित्र को खबर” भन्दै सन्सनी खबर भटयौने organation भित्र कस्ता कस्ता खुरापाती पत्रकार रहेछन् भन्ने कुरा नी थाहा भयो है
    हत्या को कारण धरिलो हतियार भनेर त केटी र रक्सी लाई पो भनेको रहेछ्। नेपाल् को चौथो अँग…… भन्दै गर्व गर्ने अनि काम चै को खुरापती काम thukkaaaaaaaa

  12. av news telivision को प्रस्तुति “खबर भित्र को खबर” भन्दै सन्सनी खबर भटयौने organation भित्र कस्ता कस्ता खुरापाती पत्रकार रहेछन् भन्ने कुरा नी थाहा भयो है
    हत्या को कारण धरिलो हतियार भनेर त केटी र रक्सी लाई पो भनेको रहेछ्। नेपाल् को चौथो अँग…… भन्दै गर्व गर्ने अनि काम चै को खुरापती काम thukkaaaaaaaa

  13. these all are fake story. they gave false statements to protect illegal business of hotel. i hope truth will reveal in future. so plz think before commenting.

  14. यो सरासर हत्या हो (होटल मालिकले मोटर साइकल मृतकको छेउमा ल्याई दुर्घटना जस्तो देखौना खोज्नु,होटल मालिक्नी मात्रै राती छत तिर जांडले मातिएको मान्छे संग जानु र मदन राई प्रहरी सामु लुक्दै हिंड्नु अनि पौड्यालको लेखबाट पछी कारबाही समेत भै होटलको नाम समेत परिबर्तन गर्नु परेको )यो सबैले प्रमाणित हुन्छकी यो हत्या हो/हत्यारा मदन राई हो र योजनाकार होटल संचालक र त्येसमा युबराज गिरिले पौड्याललाई होटेल सम्म ल्याई योजना सफल बनाउन सहयोग गरेको स्पस्ट कल्पना गर्न सकीन्छ/नेपाल प्रहरी पनि कम्जोर छैन एकदिन जरुर तथ्य सत्य बाहिरिनेछ र अहिले पत्रकारलाई गाली गर्ने साथीहरुको अनुहार लाजले रातो पिरो हुनेछ/

    • उनले लेखेको तेही होटेल को हो कि होइन के थाहा ? तेही होटेल को बारे नराम्रो लेखेको भए किन फेरी यादव भन्ने तेही होटेल मा जान्थ्यो ?

  15. पत्रकारको मुकुण्डो लगाएर जे गर्न पनि छुट छ…थुक्क नेपालका पत्रकार…..अब के मुखले खोज भित्रको खोज भन्लान…….. पत्रकारिताको नाममा गोरख धन्दा गर्नेहरु के पत्रकार ?

  16. पौडेललाई साडे सातको दसा लागेको रैच्छ, मरेपछि पनी सबैको गालि खादै  छन !

  17. त्यहाँ पुग्नासाथ पहिले उनीहरुले तलै वसेर खानपिन गरे । रात ढल्दै गएपछि मञ्जु र युवराज गिरी राती १ बजेतिर माथि उक्लिए ।

    पत्रकार पौडेल पनि उनीहरुको पछिपछि माथि उक्लिए । युवराजले मञ्जुलाई छतमा पुर्‍याएर अंगालो मार्न थाले । यो देखेर यादवले भने- तपाईमात्र मोज गर्ने ? त्यसपछि गिरीले पौडेलेको हात झटकारे । तैले मेरो केटीलाई किन ताकिस भन्दै नसामा अर्ध वेहोस गिरीले यादवमाथि जाइलागे रिसाएका
    युवराजले पौडेललाई छतको छेउमा लगि धकेलिदिए र उनी भईमा खसे ।दुर्घटना भइसकेपछि मञ्जुका पति सोम ढकालले यादव पौडेलको मोटरसाइलक शव नजिकै ल्याईदिएर राखे यो त आफु बच्ने उपाय गरेको जस्तो छ हैन भने आफ्नो श्रीमती लाइ आफनै आगाडी कुनै पनि केटा ले किस खायको माया गरेको हेरेर बस्न सक्दैन उनि हरु माथि उक्ले पछी सोम ढकाल तल के गरेर बस्यो त

  18. अल्टिमेटम र आन्दोलन गरेर व्यभिचारी पत्रकारलाई १० लाखको सलामी दिन लगाउने पत्रकार समुहको फलो अप न्युज रिपोर्ट हेर्न बाँकी छ अब ! कसो त एविन्युज टिम का महा पुरुषहरु !!!!!!

  19. बजिया लाई मिडल age क्राइसिस ले छोय छ, बिना सत्य तथ्य शहिद घोषणा गर्न जोर लगाउने पत्रकारहरु आफैमा हास्यास्पद छन जुन पत्रकारहरुको पेसा को धर्म होइन/
    सरकारको १० लाख फिर्ता दिनु उचित होला तर पौडेल का पिडित परिवार लाई नेपाल पत्रकार महासंग ले जरुर सहयोग गर्नु राम्रो हुनेछ….

  20. मेरो विचार मा त्यो नौ टंकी आइमाई लाई हदै सम्म को कारबाही हुनु पर्छ.किन कि आइमाई ले चायो भनि पर मिनेट मा तेस्ता मान्छे त कयौ मार्छन.दुनियामा सबैले देखेको कुरा हो,

  21. कुरै नबुझी १० लाख दिने सरकार पनि कस्तो? फेरी यो “बलात्करिता” पेसामा लागेकाहरुले देश बिगार्ने भए बा……

  22. कुनै फरक रहेन छ काले कामी -कामी काले पत्रकारर साथीहरु पनि खुब कलम चलाएर खानु पाइन्छ भनेर jpt चलाऊछन झन् नेता हरुको मात्र बिस्लेशन गर्ने पत्रकारिताको हालत चाही यो हो त ? एभी न्यूजले त ३ दिन सम्म खोकेको खोकेई थियो आखारिमा कसको गल्ति रहेछ त्यहि भएर मानिसले

  23. साह्रै अपूर्ण प्रतिबेदन(छोप्न खोजेको रहस्य चियाउदै गरेको देखिन्छ। )

  24. मृतक प्रति समबेदना ! सरकारले १० लाख दिने घोषणा फिर्ता लिन पर्यो किन कि पत्रु कार(सहि कुरो लेख्ने भएपो ) हुँदै मा सरकारबाट राहत पाउनु पर्ने ? अनि मैले पनि कुरो न बुझेको चाहिं मदन राई जो घटना हुँदा त्यहा थिएनन् उसलाई प्रहरीले खोज्नु उ भागी हिड्नु किन होला ? फेरी विर्तामोडका ट्राफिक इन्सपेक्टर पनि रमाइलो मा संलग्न हुने गरेको पाइयो उसलाई चाहिँ किन अनुसन्धानको घेरामा नलिएको होला ?

  25. अर्काको स्वास्नीमाथि आँखा लगाउदा मारिएका कुपत्रकारलाइ दिएको जनताहरुको सम्पति १० लाख तु-फिर्ता गर्नु पर्यो |

  26. सालोक्य जी,
    मैले पहिले पनि धेरै चोटी काग झैँ रतेको थिए कि नेपालका पत्रकारहरुको लागि पत्रकारिताको धर्म कुन चरीको नाउ हो भनेर पनि थाहा छैन भनेर ! हल्लै हल्लाको देशको पत्रकार तथा मेडिया त पर्यो !

    यस्तालाई शहिद घोषणा गर्नु पर्ने भनि फलाक्ने ति पत्रकार तथा तिनीहरुको महासंघ यी सब पत्रकारिताको नाममा ब्यबस्थित गुन्डाहरु हुन्, यिनीहरु त ति नाम सुनेको डनहरु भन्दा खतरनाक छन् देशको लागि !! यिनीहरुलाई सहि बाटोमा ल्याउने सहि कानून को आबश्यकता छ नेपालमा !!! यिनीहरुलाई देशमा मारिरहेको गरीबहरुको बारेमा लेखना त परै जवास सोच्न सम्म पनि फुर्सद छैन, जहाँ जे लेख्दा पैसा औछा त्यतै जान्छन र लेख्चन !

    अस्ति आयल निगमको बम घटनामा बिचार गरिबहरु मरे, यिनीहरुको बारेमा यी पत्रकारहरु भनौदा अवासरबदिहरु चुप बसे किनकि त्यहाँ न यिनीहरुको आफ्नो मान्छे नै परेको थियो न त्यो लेख लेखेर कुनै ठुलो आम्दानि नै हुन्थ्यो ! यस्ता त छन् देशका चौथो अंग भानौदाका हालात जो १ नम्बर पूर्वाग्राही र पक्ष्यापति छन् !!!

  27. पातकी आईमाईको बानी ब्यहोरा थाहा पाईसकेपछी, रक्सिले मातेको बेला कस्को मन थामिएला र ? अहिले पौडेललाई धुरन्धार गाली गरेर कमेन्ट गर्ने तपाईं मित्रहरु पनि मौका मिलेको बेलामा त छलछामा गर्न पछी हट्नुहुन्न होला नि?

  28. आफ्नो घरमा स्वास्नी र वाल बच्चा हुदाहुदै उनिहरुल्लाई रुवाएर पर स्वास्नीमाथि ताक्ने को हालत येस्तई हुन्छा भन्ने अरु येस्तई बेहोराहुने पुरुषहरु लाई पाठ हो अधिक मदिरा पिउने र पर स्वास्नी ताक्ने को कहिले भलो भाको छ र? चाहे त्यो भगवानको पालोमा नै किन नहोस ! अब कुरो सरकार अनि आन्दोलन गर्नेहरु सत्य तथ्य नआई किन १० लख घोसना गर्ने ?कस्तो सरकार? अनि पत्रकार मर्योकी हत्या भो भनि आन्दोलन चर्काउने पत्रकारहरु देखेर घिन लाग्छ अबो सहिद नि घोसना गर्ने कि ?

  29. पत्रकार हरु किन किन सारै दुखिया प्राणी हुन् जस्तो लाग्छा मलाइ . हुने होस् या नहुने होस उनीहरुलाई बिक्ने समाचार हुनुपर्छ . आफ्नो स्वार्थ को लागि मान्छे हरु लै बलि को बोको बनाउने जात हो . आफ्नो चरित्र गयागुज्रेको हुन्छा . अरु को कुरा काट्दै हिड्ने .

  30. होइन जाँडको तालमा झगडा गरेर मर्ने लाइ पनि १० लाख दिन सक्ने यो सरकार को मन चाही ठुलै रहेछ … यसपाली धन्न पत्रकार महासंघले जडिया यादव पौडेललाइ शहिद घोषणा गर्नु पर्छ भनेको चाही सुन्नु परेन …

  31. अब यो तथ्य बाहिर आएपछी सुको तलब नदिने मेडिया , पत्रकार महोदय लाइ ‘हक्की’ ‘कर्मठ ‘सहयोगी’ ‘मिलनसार ‘ निष्ठावान ‘ आदि इत्यादि तक्मा भिडाउने टेलीभिज़न कम्पनिहरु , बन्द हड्ताल गरेर आन्दोलनमा उत्रेको पत्रकार महासंघ . १० लाख राहत घोषणा गर्ने सरकार , राम्री स्वास्नीलाइ पस्केर होटेल चलाउने होटेल मालिक , दुइ वोटा नाउमा खुट्टा राखेर नदि तर्न पल्किएकी मंजु ढकाल्नी मैया , अर्काको स्वास्नीलाइ आफ्नो गर्लफ्रेन्ड भन्दै जाडको तालमा आफ्नै साथी मार्ने पत्रिका प्रकाशक युबराज गिरी नामधारी जन्तु …..यी सबैको हरिबिजोक हुने भयो |

  32. रास्ट्रको एउटा अंग भन्या त्
    गुप्तांग पो परेछ ???????

    • खासमा रैछिन तिनी ढकालको माल !
      बर्सौ देखि गिरीको रहेछ त्यो चाल !!
      लास्टमा भयो पौडेलको तेस्तो हाल !!!

  33. अब ति टेलिभिजन अनि पत्र पत्रिका ले आम माफी माग्नु पर्छ……… रक्सि को नशा अरु को श्रीमती ताक्ने अनि झगडा गरी हिड्ने र आफु आफु मा कुरा नमिल्दा हत्या सम्म हुने …… तेस्तो गैर जिम्मेवार पत्रकार ले एउटा संस्था समेत बदनाम गराएको छ ……..

    जे भएता पनि मृतक परिवार प्रति सहानुभूति छ ………

  34. . होनाहार पत्राकार सत्यतथ्य कुरा लेखेकै काराण उनको हत्या गरियो रे अर्का कि स्वास्नी नचिन्ने लम्पट व्यभिचारीलाई शहिद बनाउने लाज मर्दो कुरो भएनर? .अझ १० लाख.पनि वाइयात

  35. मैले साना ठुला धेरै जसो पत्रकारहरुलाई नजिकबाट नियाल्न मौका पाएको छु / यिनीहरु चार टुक्रा मासु ,२ पेग रक्सी र २-४ हजारमा बिकी रहेका छन् / यिनीहरु प्राय: एकै द्यांका मुला हुन् / धेरै जसो प्रत्रकारहरुले तलब नै पाउंदैन रे अनि पाए पनि न्यून रे / अनि यत्रो महंगो शहरमा एकजनाको कमाईले श्रीमती, छोराछोरीहरु राम्रोसंग पाल्न कलम घुमाई घुमाई दलाल नगरी सुक्खै छैन / यिनीहरु नेता, मन्त्रि, राजनैतिक दलको मुखपत्र, रास्ट्रिय दलाल र कार्यकर्ता बाहेक केहि होइन /

  36. खै कुरा बुझिसक्नु छैन. सायद तेही समाचार लेखेको रिसिबी ले नै गर्दा पनि हुन सक्छ. अनि यहानिरा बयान तेही एकजना महिलाको मात्र सुनिएको छ. अर्को कुरा कोहि लग्ने मनिष ले आफ्नो श्रीमती लै २ जना जद्द्याहा को साथमा छोडेर आफु एक्लै तल बस्न सक्ला ? यहाँ सायद यी ३ जना मिलेर पत्रकार लाई परिबन्ध मा पारेर मारेको होला. घटना नियोजीत रुपमा नभई अकस्मात रुपमा भयको भन्ने बनायर कम सजायको आशा गरेका पो हुन् कि यिनीहरुले ?

  37. संसारमा अपराध तिन कारणले हुन्छ रे जसलाई 3W पनि भनिन्छ , आइमाई (WOMEN), पैसा (WEALTH) र रक्सि (WINE). अनि यो घटना मा त इ सबै कुरा रैचन | अनि यो सरकार पनि कस्तो यो. पहिला उमा सिंग को मा तेस्तै गर्यो. कुरै नाबुजी सिधै १० लाख दिहाल्ने |

    यति सानो कुरामा त दुर्दर्सिता देखाउने नसक्ने बाट के आस गर्ने खै, दिक्कै लगेर आउछ भन्या !

  38. सारै होनहार रहेछा पौडेल बन्धु,आफ्नी श्रीमती लाई,रुवाएर पनि,अरुको श्रीमती लाई खुसि बनाउनलाई ज्यानै बजिलागयेर लागि परेछन,बिचार
    कति इमान्दार कति होनहार,कति ठुलो सोच अनि कति मिहनेत गर्रेहोलन बिगतका दिनमा?तिम्रो दिबंगत आत्मा लाई सधै सान्ति मिलोस,

  39. मरेको मान्छे लाई धेरै गाली नगरम हो साथी हो..मर्नि को के दोष…केटि तेस्तै खाल को हो भन्ने थाहा हुदा नसामा हात येसो लम्किन के बेर …अर्को जड्या ले छत् बाट खसाल्नु पर्ने
    साला गधा…अर्काकी श्रीमती मेरो gf भन्दै हिड्न सक्ने ले…छोएको भर मा खसाल्नु पर्ने …धिक्कार छ तलाई…..

  40. कुलत , कुसोच, कुट्याम =कुपरिणाम

    रक्सि सके सम्म नखानुस ,खाए पनि ठिक्क खानुस
    आफ्नो वा अरुको परिबार माथि कुभाबना र ब्यबहार नगर्नुस
    ठिक समयमा आफ्नो घर वा बास बस्ने ठाउमा गइ बस्नुस
    बिहे पुर्ब को जे जस्तो सम्बन्ध र बानि भए पनि बिहे पश्चात
    नारि या पुरुष जो संग बिहे भयो उही संग रम्ने ,सन्तुस्टी हुने गर्नुस
    यसो गरे धेरै दुखद परिणाम बाट तपाइँ जोगिन सक्नु हुन्छ \व्यक्तिगत र पारिवारी जिबन सुखदायी हुन्छ

    जसरि मानिस मरे पनि सहिद बनाईने र राज्य को ढुकुटी रित्याइने चलन अब रोकिनु पर्छ \सबैको घै -टा मा घाम लाग्यो होलानी अब !

  41. त्यो मोरी पनि त राम्रै रहिछे नि 😛 खुरापाति पत्रकार

  42. कुरा नबुजी जुलुस निकाल्ने पत्रकार महासंघ ………………..अब के गर्ला?…….हाम्रो देश…..रास्ट्रको ४ अंग, पत्रकारले तलब बिना कसरि गुजारा गरेको होला आफै बुझू साथीहरु, तर ति निर्दोष नानीहरु र परिवार प्रति अब हेरोस पत्रकार महसंघले, नकी सरकारले.

  43. एउटा गलत काम गर्दा मारिएको पत्रकार को परिवार लै दियको १० लाख सरकार ले फिर्ता लिनु पर्छ/

  44. हामि मध्ये जुलुस मा सामेल नहुने ले हरियो Click गर्नु होस् , नत्र रातो.

  45. यो संसारमा सुख सान्ति हुन्छ र स्वर्ग भन्दा राम्रो बनि स्वर्ग ओझेलमा पर्छा भनेर भगवानले यो संसारमा तरुनी पठायका हुन् /

  46. देशको चौथो अंग पत्रकार , केटिको अंग मा भुलेर ज्यान गुमाउनु पर्यो भन्ने समाचार सुनेरै लाज लाग्यो !!!!!!!!!!!!!!!

  47. एक दिन श्रीमती माइत जादा मित्र हरु लाइ अर्काकी स्वास्नी संग माया जोडी गासिनु पर्ने अनि मोज गर्ने भन्दै मारपिट / ति आइमाईको लोग्ने पनि तेही घरमा नै थिए गरे अनि दुइ गिरि र पौडेल र ति आइमाई छत मा रामलिला माया प्रिती गर्ने तेसैले मैले बुझ्न नसक्या के हो भने तिनको लोग्ने पनि तेही घरमा छ तेती खेर अनि छत मा दुइ बन्धु मारपिट गर्दैचन तिनी सुन्दरी को लागि यो कसरि सम्भब छ ? मेरो विचार मा तो लोग्ने ले नै ति श्रीमती लाइ छत मा रामलिला को लागि सहमति मै पठाउने गर्थ्यो होला/ छि छि एकदिन आफ्नो स्वास्नी संग नबस्दा एस्तो एस्तो घटना के सुन्न पर्य होला / घरमा स्वास्नी,र छोरा छोरि छन् अर्को तिर रातभर जाड को सुर मा भट्टी भट्टी अर्काको स्वास्नी चाहर्दै हिड्ने लाइ के भन्ने ?
    पहिला पहिला ..

    १. बलबहादुर केसी ले राति मा पर्खाल नाघी अर्कै को स्वास्नी संग रामलिला गर्यो भन्ने समाचार १०-१२ बर्स अगाडी सुन्य हो /
    २. खोबारी राय ले पनि डिस्को मा बबाल गर्या थियो क्यारे
    ३. सुनिता के के थर खदगाग हो कि के हो कुन्नि ले महाराज गंग तिर अखादै थियो अनि ठुला बडा को भोजन गर्ने ठाउ को समाचार पनि

    अन्त्य मा मित्र हरु हो बिहे नगरेको भए तुरुन्त बिहे गर्नुस एदी उमेर २१ पुग्य छ भने / आफ्नी श्रीमती हुदा हुदै पर इस्त्री संग कहिले अनैतिक सम्पर्क , माया प्रिती नालागाउनुस नत्र येस्तई येस्तई बबाल मा फसियेला है साथि हो ////

  48. घण्टा पैसा दिनु पर्यो र योन काण्ड मा परेको लाई, साले हरु मोज गर्ने बेला आखा देखेन ,

  49. पत्रकार देवेन्द्र पौडेलको हत्याको रहस्य पढेर निक्कै हासो लग्यो मलाई कस्तो बेकुब है हाम्रो सरकार , मन्त्रि परिसद अनि पत्रकार महासंग तथा समाज के कारणले हत्या भयो ? घर झगडा थियो कि लडेर , वा धुर्घताना साच्चिकै आफ्नो कर्तब्य वा कम गर्दा गर्दै मारिएको हो कि ? केहि अत्तो पत्तो नै नपाई हावाको भरमा सहिद घोसना , चक्का जाम , जुलुस अनि १० लाख राहत ये बा बा कति सस्तो भाको ह यो १० लाखे राहत पनि ? खोइ त अहिले कोहि बोलेको अनि पत्रकारको हक हित , अनि सुरक्षा को ठुल ठुलो भासन गर्ने कहाँ गए त ? तेसैले मित्र हो मुख छ भन्दैमा जे पायो तेही प्याच्च बोलि नहाल्नु सोचेर बुझेर मात्र बोल्नु लेख्नु | प्वाक्क मुखा हान्नु जस्तो !!! कान्तिपुर मा चाहिएको यो पोस्ट पनि हेर्नुस http://www.ekantipur.com/nep/2068/12/23/full-story/345539.html
    http://www.ekantipur.com/nep/2068/12/22/full-story/345441.html

  50. केटि खेलाएर हिड्ने अनि आफु लाई जुझारु!! इमान्दार !! कर्ताब्यनिस्ता !! कर्मठ !! आदि इत्यादी को बिल्ला लाउनु पर्ने? सुरा,,अनि सुन्दरी मा रमाउने एस्ता पित पत्रकार लाई पनि १० लाख को सलामी?हरे नेपाली हाम्रो कर्म????पत्रकार महासंघ किन बोल्दैन?

  51. नेपाली पत्त्राकर साथी हरु सत्य स्वकारने हो कि हैन? कि हैन भनेर आन्दोलन गर्ने हो …. आफ्नो पेशा र सामाजिक मर्यादा बाहिर गएको नतिजा हो यो! अर्काको श्रीमती अंगालो मार्न खोज्ने … श्रीमान कै अगाडी!!!! बहादुर पत्रकार !!!!! यस्तो मान्छे अकालमा नमरी कस्तो मान्छे मर्छ

  52. त्यो १० लाख फिर्ता हुनुपर्छ !!!!!!!!!!!!!!
    सहमतिमा thumb up गर्नुहोस

    • त्यो दस लाख सरकार ले त्यो फटाहा पत्रकार लाई दिएको नै होइन । ति नाबालक साना साना नानिहरु र ति अभागी नारी को भबिष्य को लागि दिएको हो । देश लुट्न कसैले बाकी नराखे को अबस्थामा ति अबोध नानिहरु ले त्यो १० लाख बाट शिक्षा आर्जन र दुइ छाक भात खाने छन् । त्यसैले त्यो १० लाखको धन्दा नमान्नुस बिनेश जी । बरु झन्डै राष्ट्रले पत्रकार संगठन को दबाब मा त्यस्ता नैतिकहिन र चरित्रहिन लाई सहिद घोषणा गर्न लागेको थियो बरु त्यो बाट बचियो भन्नुस ।

  53. पत्रकार राष्ट्र को चौथो अंग रे यहि हो त चौथ्प अंग ? कुनै bela thiyo afu pani पत्रिका मा काम गर्न पाएको तर पत्रकारहरु को रवाफ र बोलि सुन्ने हो भने त क कुरा गर्ने र सबै पत्रकार लै चाही होइनना काठमाडौँ बाहिर क पत्रकारहरु त नाम मात्रका पत्रकार हुन् . झन् यो काण्ड झापा तिर को परे छ . पुगिहाल्यो नि काण्ड … जय होस् पत्रकार र पत्रकारिता

  54. लुतो निस्किएर कनौदा पनि अर्कै ले काउसो हालिदियो भनेर उफ्रिनु भएन नि पत्रकार महासंग ले पनि .. कुरो को चुरो मा न पुगी यसरि सडक मा डाको छोड्नु हुदैन भन्ने हाम्लाई लागि रहेको थियो.

  55. कुरै नबुझी, शोध खोज नै नगरी नारा बाजी गर्ने र जुलुश निकाल्ने, जायज नाजायज माग राख्ने पत्रकार बन्दु हरु र हचुवा को भरमा सुबिधा घोषणा गर्ने लाचार सरकार र प्रसाशन प्रति घृणा लागेर आउछ |

  56. १) हैन मैले न बुझेको मदन राइलाई चै पुलिस ले खोज्नुपर्ने कारण के नि ?
    २)सोमनाथ जी को भनाइ के छ ,के उनि आफ्नो पत्नी फुलमाया को गिरि सग को नाजायज सम्बन्द बाट अनभिग्य थिए ?
    उल्टो गिरीलाई बचाउन मोटर साइकल यादब नेरी ल्याएर राखेछान|

    • होइन मेरो बिचारमा यो होटेल मालिक ले पैसा को लागि आँफु तल बसेर आफ्नै पत्नी लाई जानी जानी यो गिरि संग खेल खेलाउँदो रहेछ पैसाको लागि यो रमिता अथवा बाँच्न को लागि बाध्यता होला माथि बाट लाश खस्दा पनि कुनै चुप चाप लाश मोटर cycle नजिक राखेको कारण अनि मदन राई को आगमन सहित सबै बुझ्दा अलि बढी अनुसन्धानको जरुरि छ

  57. नेपालका समाचार र नेताहरुको बोलि एकअर्काका परि पुरक हुन् !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

  58. पत्रकार र पौडेल भएकै कारणले येत्तिका मेडिया, बक्तब्य बाजी र सडक तताएका होलान अरु पत्रकारले र सरकारले पनि तु १० लाख सहयोग गर्ने घोषणा !!! सज्जन पत्रकारहरुले सिक्नु पर्ने पाठ – पैसा, आडम्बर, ब्यबीचार र भ्रस्टाचार गर्नको लागि पत्रकारिता पेसा अंगाल्ने पनि धेरै छन् !!! कतिपय ठाउँमा पत्रकारको रवाफ कानुन माथि रहने जस्तो देखेको/भेटेको छु – राणा साशनको बेलामा राणाहरु जस्ता!!!

  59. यो पत्रकार त फताह पो निस्के छन् ! बिचार पत्रकारसंघका मित्रहरु के के न ठानेर बिरोध जुलुस र सभा गर्न भ्याए छन् मानौ पत्रकारहरुको कुनै गल्ति हुदैनन !! यहि मानसिकता छ यहाका पत्रकारहरुको !! अस्ति बबरमहल बम बिस्फोटमा परि मर्ने तामांग दाजुभाई १ पैसा क्षतिपुर्ति पाएन छ तर यो स्त्रीलम्पट पौडेल मित्रले चाही १० हो कि २० लाखको सम्मान पाएछ | राज्यले गर्ने समान व्यवहार त्यै हो ????????

    • हेर्न बाँकी छ अब यी कुन श्रेणीको सहिदमा दर्ता हुन्छन, चितवन जेलमा मर्ने दलको झण्डा ओडेका गुण्डा पौडेल पनि शहिद घोषणा भएकै हुन् ! अब त सरकारले पनि बेलैमा सोंचेर करको दर बढाउनु पर्यो ‘शहिद कर’ शिर्षकमा र लेख्नु पर्यो ….धाराको…उपधाराको खण्ड …मा स्पष्ट गरी सर्वसाधारणले नबुझ्ने गरी लेख्नु पर्यो ‘उक्त सुविधा लिन कुनै दलको मुखुण्डो भिरेर कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न भएको पुलिस रेकर्डमा देखिनु पर्ने छ वा कुनै नेताको नातेदार,चाटुकार,सुरा-सुन्दरी सप्लायर्स,वा गैह्र कानूनी लेनदेनमा (अपहरण र हत्या,सुडान घोटाला,कल बाइपास,चन्दा असुली,बम बिष्पोट र सम्पत्ति कब्जाको अनुभवलाइ बिशेष प्राथमिकता ) प्रतक्ष्य संलग्नता वा मध्यस्थ कर्ताको भूमिका निभाएको अनुभव हुनु पर्ने छ वा कुनै पनि ऐरे-गैरे देखि धुपौरे पत्रकारको मुखुण्डो ओडेको हुनु पर्नेछ’
      त्यसै महलको अर्को खण्डमा लेख्नु पर्यो ‘ सरकारका मन्त्रि तथा दलका नेतालाइ गीति क्यासेट,कथा,उपन्यास आदि बिमोचन, रेस्टुरेन्ट, मसाज पार्लर,तारे होटलका कक्टेल पार्टी,म्यारिज (तास) पार्टी आदिमा संलग्न हुन् जान नै अवरोध हुने गरी बम बिष्पोटमा परी मर्ने, मन्त्रि,नेता वा चाटुकारबाट अपहरित,बलात्कृत आदि भै प्रहरीमा उजुर-बाजुर गर्ने र त्यस्ता उजुरी दर्ता गर्ने प्रहरी र उजुरीवालाका परिवार समेत लाइ ४ पाटा मुडेर नागरीकता खोसेर कोशी,नारायणी वा महाकाली जुन नजिक पर्छ त्यहाँ बोरामा हालेर टुप्पीमा आगो लगाएर बगाईनेछ ! माथि उल्लेखित शर्तको अधिनमा रही महान मृत्यु बरण गर्ने होनहारको लागि आगामी बर्ष सम्पूर्ण बजेटको १५% रकम र बोरामा हालेर टुप्पीमा आगो लगाएर फाल्न आगामी बर्ष सम्पूर्ण बजेटको ७% रकम बिनियोजन गरीने छ !
      अन्त्यमा संविधानको सुरा-सुन्दरी महलको पत्रुकार धाराको धक्का-मुक्की उपधाराको खण्ड यौन इच्छा संवेग अन्तर्गत यिनलाई शहिद घोषणा गरी सत्य-तथ्य नै नबुझी शक्तिको आडमा क्षतिपूर्ति दिन वाध्य पार्ने पत्रकार महासंघ, संघ र धैर्यता नभएको लाचारी सरकारका प्र.म.समेत लाइ जनही २५-२५ लात र तत्काल बबरमहल बम काण्डमा मारिने निर्दोष नागरिकका परिवारलाई क्षतिपूर्ति दिन यो नागरिक माग गर्दछ !

  60. सारै ‘कर्तब्यनिस्ठ’,’जुझारु,’ ‘निर्भिक’,’होनहार’,’कर्मठ’,’निष्ठावान’,’मिलनसार’……..पत्रकार(पत्रु- खकार) पो परेछन त//पुलिस को अनुसन्धान गलत होइन भने परिवार(श्रीमती र छोरा)ले ‘दुखः मनाउ’ गर्नु पर्ने र किरिया बस्नु पर्ने कुनै कारण छैन…..घर कि श्रीमती एक दिन लाई घर बाहिर हुदा मोज गर्न जानुपर्ने को हालत येस्तई हुनु नै थियो भयो..,बाल

  61. राज्य ले साधारण जनता बाट उठाएको कर को रकम को चरम दुरुपयोग हो यो….मान्छे मारिने बित्तिकै १० लाख दि हाल्नु नपर्ने हो दिनै परे पनि अनुसन्धान पछि दिएको भए हुन्थियो …..

  62. अस्तीनै समाचार पढ्ने बित्तिकै मेरो मनमा जे उब्जीयेका थिए आज ठिक तेही पढ्नु परो | पत्रकारहरु पत्रकार मात्रै हुदैनन, ति पनी समाज भित्रैका जन्तूहरू हुन्, त्याहा भित्र भित्रै अरु पनी घटना हुन् सक्छन भन्ने कुरा पत्रकार, डाक्टर, शिक्षक, कर्मचारी, बिध्यार्थी, पार्टीका हल्दार, ब्यबशायी …..हरुले कहिले देखी बुझेर कागका पछाडी दौडन छोड्ने हुन को नी ? पेसा र वर्गको हीतका कुरा गर्ने सहि काइदा मध्ये पत्रकारहरुको चाई गज्जबको छ उहिले देखी, यता उता गरो….कारण चाई पत्रिका र समाचार नै निक्लिन्छ सुरुमा |

  63. पत्रकार महासंघका आदरणीय अध्यक्ष शिव गाउँलेलाई हार्दिक अनुरोध, यादव पौडेललाई राजधानी र एभिन्युजले कति पैसा तिर्नु पर्ने हो त्यो तुरुन्त तिर्न लगाउनु । अनि राज्यले दिने भनेको १० लाख पौडेललाई होइन मृगौलारोगी पत्रकारको उपचारमा खर्च गर्न लगाउनु । अनि कोही मान्छे मरेमा र उसको साथमा पत्रकारको कार्ड भेटियो भनेकै आधारमा आन्दोलन घोषणा गरेर दुनिया हसाउँने काम नगर्नु होला ।

  64. समाजमा भएका बिकृति का बिरुद्द सत्य कुरा बोलेको वा लेखेकै कारण पत्रकार मारिएका हुन् भन्ने लागेको थियो र दु:ख पनि लागेको थियो ..!!होइन, त्यहि होटेलमा यौन व्यवसाय चलाइदैछ भनेर लेख्ने पत्रकार महोदय लाइ पनि सुरा सुन्दरी र यौन को भोक त तेतिकै रहेछ ..!!! अब शहिद घोषणा गर्न बाकि होला?नत्र फेरी पत्रकार महासघ ले टायर सगै कालो पट्टि बाध्दै बिरोध र नेपाली बन्द गराइहाल्छन्..!!!बिचरा..नाबालक नानि र बिधवा श्रीमती लाइ जीवनभर नमेटिने पिडा.,…….’जाड र यौन भोक का कारण………!! ‘जे होस्… मृत आत्माको चिर शान्तिको कामना!!

  65. यस्ता नैतिक हराम पत्रकारले पत्रकारिता चाही कस्तो गर्थे होला?? पत्रकार भन्ने बित्तिकै आँखा चिम्लेर समर्थन गर्ने नेपालका संचार माध्यम हरुले यसबाट केहि सिक्लन कि??

  66. हुनत मैले यस्तो भन्न त मिल्दैन,,,,,मा राति avinews मा सुमन गिरि ले पत्रकार यादव को हत्या खोज पत्रकारिता भयको र झापा का होटेल मा हुनी २ न. धन्दा को पर्दा फास गरेको ले भयको ले भनि मच्ची मच्ची समाचार प्रस्तुत गरेको हेरी,,,,अनि मेरो साथी सग मैले कुरा गरि कसले यस्तो गरेओ होला है??? He said it may the case of TARUNI,,,,,because why he need to stay in seykuwa corner? यो तरुनी मा कति power छ? सभासद,,,नेता,,,पत्रकार,,,जे भय पनि यो समाचार नरामईलो हो,,,अब यस्तो घटना कतै नहोस……..

    • सहि बिश्लेसन गर्नु भयो Oasis Ji.. तपाइको सोच लाई सलाम..हो यो केटि मा के छ यार तेस्तो जुन चुरोट, रक्सि मा पनि छैन यार…केटि देख्ने बित्तिकै केटा हरु नतमस्तक हुने कस्तो जमाना आयो हरे प्रभु रामभोले!!

  67. सुरा सुन्दरी र सुको, जीन्दगी त्यत्ति मै बित्थो कठै! राज्यले १० लाख दिने त घोषणै गरिसके जस्तो लाग्छ, अब तरुनी काण्डमा मर्दा पनि राहत पाईने भो हाम्रो छोटा सा नाना सा राज्यमा । हाम्रो खप्परलाई सलाम ।

  68. पाप धुरी बाट कराउछ भनेको सुनेको थिए तेस्तै भयेछ

  69. गजब छ नेपालको पत्रकारिता को. सत्य तथ्य को राम्रो जाच नगरिकन नै हल्ला को खबर लेख्ने.

  70. भने पछी पत्रकारको होईन एउटा रक्सीले मातेको अरुको पत्नीलाई अंगाल्न जाने व्यक्ति परिस्थिति बस मरेको रहेछ/ यस्तै हो भने राज्यले १० लाख दियको खेर गयो/

    • नकचरो काम गर्दा पनि पत्रकार भएकै भरमा सुविधा दिनुहुन्न; अब त्यो १० लाख फिर्ता लिनुपर्छ ।

      • पुष्प त्यो माओबादी को कोष बाट तीन अरब रुपिया फिर्ता गर्नु पर्छ कि पर्दैन ? तिन हज्जार पी एल ए को नाम मा लागेको थियो नि माओबादी ले . क्या यार बिर्शेको ? यति चाडै ?
        LLCCMGMG
        Purba

        • पुर्वाज्यु
          त्यो चाहिं दिनु पर्दैन है/ राजनैतिक दलले खायको उकेल्न लगायो भने सार्है गन्हाउने पो हुन्छ/ फेरी नेपालको राजनैतिक दलहरु भोकायो भने देस समेत बेची खाने ताईपको छ / तेसैले उनीहरुलाई नपच्ने कुरा फेरी कहिले
          नभोकाउने गरि घिच्न दिनु पर्छ/

        • अर्कोथरि अलपत्रकारहरूले प्रचारबाजी गरेकै भरमा लाग्ने ?

      • पत्रिका छापेर मात्रै सहिद घोसना गरेको छैन/ १० लाख सहिदको परिबारलाई दिने रकम हो तर दिईयो त् बदमासलाई/ हुनत बदमासहरु बटुलेर बनेको सरकार बात अरु आस पनि के गर्न सकिन्छ र?

    • त्यो दस लाख सरकार ले त्यो फटाहा पत्रकार लाई दिएको नै होइन । ति नाबालक साना साना नानिहरु र ति अभागी नारी को भबिष्य को लागि दिएको हो । देश लुट्न कसैले बाकी नराखे को अबस्थामा ति अबोध नानिहरु ले त्यो १० लाख बाट शिक्षा आर्जन र दुइ छाक भात खाने छन् । त्यसैले त्यो १० लाखको धन्दा नमान्नुस मदन जी । बरु झन्डै राष्ट्रले पत्रकार संगठन को दबाब मा त्यस्ता नैतिकहिन र चरित्रहिन लाई सहिद घोषणा गर्न लागेको थियो बरु त्यो बाट बचियो भन्नुस ।

      • अर्काको श्रीमतीलाई अंगाल्न जाने पतुर व्यक्ति तेती गरिब छैनन् मित्र/ उ मर्दैमा उसको परिबार बिच्चालिनै पर्ने खालको छैन/ छ भने मेरो भन्नु केहि छैन/ दोसिको सन्तान पनि बिच्चलिमा पर्नु हुन्न/ मित्र नेपालमा उसको परिबार भन्दा दिन हिन धेरै धेरै छन्/ मित्र सहायोग दिंदा सबै भन्दा कम्जोर लाई पहिलो प्राथमिकता दिनु पर्छ/यो दसलाख को रकम उसको परिवारको दुख हरणको निमित दियको भय कुरा अर्कै, तर सरकारले उ रास्ट्र पति समर्पित पत्रकार भयको ठानेर १० लाख दियको थियो/ तर उ त् बदमास निक्लिय/ यसै कारण यो १० लाख उसैको परिवारलाई दिनै परे पनि अर्कै तरिकाले दिनु पर्छ/बदमास लाई सम्मान जनाउने किसिमले दिनु हुँदैन/

  71. जाँड रक्सी, आइमाई अनि पैसा खै के भन्नु र |

Comments are closed.