अमेरिका जान लागेकी महिलासित घुस माग्ने अध्यागमनका पियन एक लाख धरौटीमा रिहा

purna-bahadur-basnet
पूर्णबहादुरलाई विशेष अदालत ल्याइँदै। फोटो सौजन्यः शेर्पावर्ल्ड
तपाईँहरुलाई याद हुनुपर्छ, माइसंसारमा पनि पढ्नु भएको हो- अमेरिका जान लागेकी नेपाली डिचेन डोल्मा शेर्पाले सुनाएकी थिइन् कसरी उनलाई विमान चढ्नबाट रोकिएको थियो। अनि कसरी उनीसित घुस मागियो। शेर्पाले कसरी घुस दिनुअघि सबै वार्तालापको भिडियो रेकर्ड गरिन्। तपाईँहरुले यो विषयमा टन्नै कमेन्ट पनि लेख्‍नुभएको थियो। यो घटनाबारे अख्तियारले छानबिन गरेको थियो र अब यो मुद्दा अदालतमा पुगेको छ। भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतमा हिजो यो मुद्दा दायर भएको थियो भने आज अदालतले सुनुवाई गरेको छ। अदालतले तत्काल प्राप्त प्रमाणबाट पियन पूर्णबहादुर बस्नेत र कम्प्युटर अधिकृत महेश गौतम उपरको अभियोग समर्थित भएको देखिँदा बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल जनही रु.१,१०,०००।– (रु एक लाख दश हजार) नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राख्न आदेश दिएको छ। अदालतको फैसला पढ्नुस्।

त्रिभुवन विमान स्थल अध्यागमन कार्यालयका कार्यालय सहयोगी (गणतन्त्र पूर्वका पिएन सरह) पूर्णबहादुर बस्नेत र कम्प्युटर अधिकृत महेश गौतम समेत प्रतिवादी

यो मुद्दा दायर मिति २०६८।१२।२८।

तथ्यः

नेपाली नागरिक डिचेन डोल्मा शेर्पालाई ०६८।६।२१ मा कतार एयरवेजबाट अमेरिका उड्न लाग्दा अमेरिकी राजदूताबासबाट जारी पहेलो रंगको भिसा देखेपछि शरणार्थी हो कि भन्ने शंकामा विभागीय आदेश भएपछि मात्र उड्न दिने गरी अफलोड गरिएछ। सो अफलोड गरेपछि सोही कार्यालयका पूर्णबहादुर बस्नेतले आफूले मिलाइ दिने भनी घूस रकम माग गरेको र सो कृयाकलापको पीडित शेर्पाले फोन वार्ताको अडियो रेकर्ड गराएकी र पैसा गन्दा समेतको भिजुअल खिचेको प्रमाण अख्तियारमा पेश गरेको देखियो। सो अडियो र भिजुअल प्रमाणलाई प्रतिवादीले अख्तियारमा स्वीकार गरी बयान गरेको।

अध्यागमन विभागले जाँच बुझ पछि निजलाई उड्न दिनू भनी डिपार्चर आदेश दिए पछि १३ अक्टोबर २०११ मा निज शेर्पा अमेरिका उडेकी। अमेरिका पुगेपछि यो घूस काण्डको पर्दाफास गरेकी, उजुर गरे पछि अनुसन्धान तहकिकातको कारबाही भएको।

यस अदालतमा भने निज डिचेन डोल्मालाई नचिन्ने, आफूले अडियोमा नबोलेको, घूस रकम आफूले नलिएको भनी कसूरमा पूर्णरुपले इन्कार भई बयान गरेका।

अर्का प्रतिवादी अध्यागमन विभागको कानून शाखामा काम गर्ने महेश गौतम पनि अख्तियार र यस अदालतमा समेत कसूरमा इन्कार रही बयान गरेका।

बहस
वादी नेपाल सरकारको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयका उप न्यायाधिवक्ता श्री तेज नारायण पौडेल र शाखा अधिकृत श्री राजेन्द्र सिंह भण्डारी।

आदेशः
यसमा आज अदालतमा उपस्थित भई बयान गर्ने प्रतिवादीहरु पूर्ण बहादुर बस्नेत र महेश गौतमको बयान कार्य सम्पन्न भई निजहरुले गरेको बयान तथा मिसिल संलग्न कागजातको अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवक्ता श्री तेजनारायण पौडेल, शा.अ. श्री राजेन्द्र सिहं भण्डारी र प्रतिवादी महेश गौतमको तर्फबाट विद्धान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा, विद्धान अधिवक्ता श्री विशेश्वर प्रसाद गौतम र विद्धान अधिवक्ता श्री गोविन्द शर्मा “वन्दी” तथा प्रतिवादी पूर्णबहादुर बस्नेतका तर्फबाट उपस्थित विद्धान अधिवक्ता श्री हरिप्रसाद उप्रेतीले गर्नुभएको बहस समेत सुनियो।

थुनछेक आदेश गर्ने क्रममा त्यस तर्फ विचार गर्दा प्रतिवादीहरु मध्येका महेश गौतम अधिकार प्राप्त अधिकारी समक्ष र यस अदालतमा समेत आरोपित कसूरमा ईन्कारी रहेको र प्रतिवादी पूर्णबहादुर बस्नेत यस अदालतमा कसूरमा ईन्कारी रहे पनि अधिकार प्राप्त अधिकारी समक्ष भने डिचेन डोल्मा शेर्पा सँग पुनः प्रस्थान अनुमति पत्र उपलब्ध गराए वापत रु.१,००,०००।– र जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट राहदानी एवं नागरीकता प्रमाणीकरण गराई उपलब्ध गराएबापत रु.१०,०००।– समेत रु.१,१०,०००।– रिसवत लिएकोमा सो मध्ये प्रतिवादी महेश गौतमलाई रु.६५,०००।– दिएको कुरालाई स्वीकार गरेको पाईयो। प्रतिवादी पूर्ण बहादुर वस्नेतले लिएको रकम गन्दै गरेको तथ्य अभियोग साथ पेश भिजुअलबाट देखिएको छ भने यसै विषयमा रकम लेनदेन सम्वन्धमा निजले गरेको कुरा अडियोबाट स्पष्ट भै रहेको समेतका तत्काल प्राप्त प्रमाणबाट प्रतिवादीहरु उपरको अभियोग समर्थित भएको देखिदा बु‰दै जाँदा ठहरे बमोजिम हुने गरी हाल प्रतिवादीहरुले जनही रु.१,१०,०००।– (रु एक लाख दश हजार) नगदै वा सो रकम खाम्ने वैंक ग्यारेन्टी वा जेथा जमानी दिन सके लिई तारेखमा राखी र सो दिन नसकेमा कानून बमोजिम सिधा खान पाउने गरी थुनुवा पुर्जि दिई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी विशेष अदालत ऐन, २०५९ को दफा ७ (घ) र अ.वं. १२४ ग नं. अनुसार यो आदेश गरी दिइएको छ।

वादीका साक्षी र प्रतिवादीहरुका साक्षी बु‰न कानून बमोजिम गरी पेश गर्नु ।

सदस्य अध्यक्ष

ईति सम्वत् २०६८ साल चैत्र २९ गते रोज ४ शुभम् ………………………………………

विशेष अदालत परिसरमा भएको नाराबाजीको भिडियो तल हेर्नुस्

51 Comments

  1. रोशन जी
    तपाईं नेपालको माल्पोत कार्यालय वा अन्य सरकारी कार्यालय काम बिशेषले जानु भयको छैन जस्तो छ। आफु सम्पूर्ण रुपले ठीक भयपनि नेपालमा नज्राना बिना केहीकाम गर्न सकिदैन भन्ने कूरा तपाईंलाई थाहै रहेनछ। तपाईं पक्कै पनि भ्रस्टाचारीको आफन्त वा भ्रस्ताचारी नै हो।

    • बिर्खे जी राम्रो संग आँखा खोलेर पढ्नुस र जवाफ लेख्नुस,हाँगा छिमालेर हुँदैन, जरो नै उखेलेर फाल्नु पर्छ,नेपालमा भ्रष्टचार गर्नु भनेको कुनै नौलो र अनौठो कुरो होइन| चोरले चोरलाई कहिल्यै कारबाही गर्दैन,बरु यदि गोप्यता भंग हुने छाँटकाँट देखिएमा हत्या नै गरिन्छ|यो कुरा हामीले बारम्बार देख्दै र सुन्दै आएको कुरा हो| कोहि कुर्शीमा बसेर डांका मार्छन,कोहि बर्दी लगाएर डाँका मार्छन,कोहि सादा पोशाक लगाएर डाँका मर्छन|खयर जसरी जेजस्तो अवस्थामा रहेर डाँका मारे पनि आखिर त्यो डाँका नै हो| त्यसैले पुर्नेले सफाई पाउने छ कि त बागमतिमा जाकिने छ|

  2. नेपाल मा नया कानुन त बनेको रहेछ ,त्योपनि भ्रस्टाचार ,डाँका ,गुन्डा अनि घुस् खानेहरूका लागि पैसा दिएर जेलबाहिर हुन पाउने त्योपनि discount मा ,अब तेसरिनै पैसा दिएर discount मा मामा घरबाट बाहिरिन पाईन्छ भने म पनि नेपाल आएर २/४ जनालाई मारेर अनि कसैको १०/१२ लाख पैसा लुटेर ५० हजार या १ लाख तिरेर discount मा छुट्न चाहन्छु

  3. अब अपराधी को खेदो खन्ने हैन कि न्यायाधिश हरू को निर्णयलाइ पनि औला ठड्याउने गर्नु पर्ला जस्तो छ त !! कमसेकम सजाय त गल्ति गरेको भन्दा दोब्बर तेब्बर त होस् न हौ !! साउँ को साउँ त के कारबाही गरिरहनु पर्यो नि !!

    कानुन कडा र कडाई का साथ कार्यन्वयन गर्ने हो भने मात्र न्यूनीकरण हुन सक्छा !!

  4. रमेश जी जव सम्म दिने र लिने दुबैलाई बराबरी कारबाही हुँदैन तव सम्म यो कुनै पनि हालतमा रोक्न सकिंदैन|प्रचण्ड र बाबुराम को जिज्यु बाजे नै पल्टेर आए पनि रोक्न सक्ने छैन|नेता र कर्मचारीलाई भ्रष्टचार गर्न सिकाउने नै स्वार्थी नागरिकहरु हुन् जसले नक्कली काम गर्छ |त्यसैले दिने लिने दुबैलाई हदै सम्मको सजय हुनु पर्छ|तव केहि होलाकी नत्र हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो|

    • सयाद् तपाई कुनै कर्मा चारीको परिवार पनु भो होला यसर्थ यस्ता कुरा थाहा हुँदैन अचानोको पिर ख्कुरिलाई थाहा हुँदैन क्या । बिभेदको पिडा कस्तो हुन्छ भन्ने कुरा बिभेदमा पर्ने लाई मात्रा थाहा हुन्छ । चाहे जस्तो रुप रङ्को किन नहुन आखिर भर्ष्ट भर्ष्ट नै हो । कसैमा बढी होलान कसैमा कम फरक यदि मात्र हो ।

      • खोइ को कुन परिवारको परेकी?त्यो चाहीं कसी लगाएर नै हेर्नु पर्छ |हो अचानोको पिर खुकुरीलाई थाहा हुँदैन, तर के गर्नु अचानो ले थापेको थापे छ,खुकुरीले हानेको हानेकै छ |अचानोले नथपेको भए खुकुरीले नि कसरी हान्छ र |ढुंगा अचानो बनाएर हाने खुकुरी नै बोधो भै हाल्छ नि |त्यसैले ढुंगा बन्नु पर्यों|

  5. जबसम्म न्यायालय भ्रष्टाचारमुक्त हुनसक्दैन तवसम्म अन्य क्षेत्रमा भ्रष्टाचार कायमै रहन्छ भन्ने हाम्लाइ लाइराछ ।

  6. “डिचेन डोल्मा शेर्पा तिब्बती नागरिक हुन् र नेपाल बाट अमेरिका गए पछि अहिले उनले सरणार्थी को केस गरेर बसेकि छन्
    अरु पनि प्रमाण चाहिए मा सम्पूर्ण कागजात म उपलब्ध गराउन सक्छु”…!!!यो मित्र सिदार्थ जी को कम्मेन्ट साचो हो भने त किन घुस खाने माथि मात्रै खनिनु पर्यो…र ?? नेपालि नागरिक हु भनेर हल्ला-खल्ला गर्ने अनि विदेश मा गैसकेपछि आफ्नो स्वार्थ को लागि राष्टिय कै बेइज्जत गरेर तिब्बती हु भन्दै शरणार्थी बन्ने ..???त्यसो हो भने त डोल्मा झन् ठुली देशद्रोही होइनन र??हो भष्टाचारी लाइ कडा कार्यावाही हुनु पर्छ तर डोल्मा, जो अमेरिका पुगेपछि तिब्बती भएकी छिन उनि चाहि चोखि हुन् त…???

    • “डिचेन डोल्मा शेर्पा तिब्बती नागरिक होइन नेपाली नागरिक हो. उहाको जन्म सोलु- खुम्बुको पंगबोचे भने ठाउमा भएको हो? जगन कार्की जी तपाईसंग के प्रमाण छ ? तपाई कसरि प्रमाणित गर्न सक्नु हुन्छ “डिचेन डोल्मा शेर्पा तिब्बती नागरिक हो” भनेर? होइन बय्क्तिको बिषयमा केहि थाहा नभई जे पायो त्यहि भोल्न त मिल्दैन नि कि कसो?
      मेरो जन्म पनि सोलुको खुम्जुंगमा भएको हो के म पनि तिब्बती नागरिक हो त? के नेपाली नागरिकताको कुनै मुल्य छैन?

    • जगन कार्कीजी,एउटा तिब्बती नागरिक कसरी नेपाली पासपोर्टमा अमेरिका पुगिन त ? हावादारीको पानी एउटा सीमा हुन्छ नि हो……

      • मित्र कबिर जी,शेर्पा जी..( यो डोल्मा तिब्बती नागरिक हुन् भनेर सिदार्थ जी ले तल गरेको कम्मेन्ट लाइ मैले आधार बनाएर ‘यदि यो कुरा साचो हो भने त’ भनेर लेखेको छु राम्ररि पढ्नु होला!!मैले प्रमाण पुरायाउछु भनेको होइन..!!.सिदार्थ जी को कम्मेन्ट हेर्नुहोस र मेरो कम्मेन्ट को आसय पनि राम्ररि बुझेर जवाफ फर्काउदा झन् राम्रो!!!

        • जगन जी मैले भन्न खोजेको कुरा बिना प्रमाण कसैलाइ दोष दिन मिल्दैन ,साथी बिषय बस्तु सम्बंदी राम्रोसंग थाहा नभई यस्तो उस्तो भने टिपणी गर्नु हुदैन. म र दिचेंन डोल्मा एउटा गा. बि. स. का बासिन्दा भएको नाताले मात्र उहा तिब्बती नागरिक होयिना उहा १००% नेपाली नागरिक हो भनेको हु/हुन त हामी बिस्वमा नेपालको नाम उच्चा राख्ने शेर्पाहरुलाई बारम्बार तिब्बती नागरिक हो भने गरिन्छ/ तर बिश्वमा जहाँ गए पनि शेर्पा भनेर नाचिने कमै मात्रमा छ/ हामीलाइ सोझा, सिधा र इमान्दार नेपालीका रुपमा जहाँ पनि चिनिन्छ/ त्यसैले किर्पया थर शेर्पा हुदैन उ तिब्बती नागरिक हो भने भ्रम आफ्नो मस्तिस्कबाट निकाली दिनु होला.

      • कुन संसार मा हुनु हुन्छ कबिर जी? हजार को संख्या मा तिब्बती हरु ले नेपाली पासपोर्ट प्रयोग गरेर विदेश आएका छन् । अनि डिचेंन डोल्मा शेर्पा नेपाली भएको भए किन अमेरिकामा तिब्बती सरणार्थी को केस गरेर बसेको त? अनि यो उनको थर मा जुन शेर्पा झुन्डिएको छ त्यो त नेपाली नागरिकता प्राप्ति को लागि मात्र हो । यदि मैले यहि माई संसार ब्लग मार्फत ति महिला सुद्ध नेपाली नागरिक नभएको प्रमाण दिएमा तपाई के गर्नु हुन्छ कबिर जी?

        • प्रमाण भएको मान्छेले देखाउनु पर्छ
          निहुँ खोज्या जस्तो गरी देखाइदिउँ हँ देखाइदिउँ भनेर बारम्बार भनिरहँदैन
          वाहियात, भए देखाऊ, नभए त्यो थुतुनो बन्द गर
          अब बढी नै भइसक्यो सिद्धार्थ !

      • कबिर जी
        सन् १९९२ सम्म नेपाली हरु को लागि जर्मनी देशको पोर्ट फ्री थियो । तर १९९२ पछि सो देशले त्यो प्रणाली लाई खारेज गर्यो किन ? किन कि धेरै पाकिस्तानी , बंगाली, इन्डियन र तिब्बतीहरु ले नेपाली पासपोर्ट को प्रयोग गरि सो देश मा सरणार्थी को केस गरेर बसे सोहि कारण ले गर्दा नेपाली पास पोर्ट को अत्यधिक दुरुपयोग भएको ले नेपाली पासपोर्ट नै बद्नाम भयो जसको कारण जर्मनी सरकार ले नेपाली तथा नेपाली पासपोर्ट लाई पोर्ट फ्री हुन बाट बन्चित गर्यो ।
        र अहिले पनि विश्व क सम्पन्न मुलुकहरु मा जान को लागि तिब्बती हरु को लागि नेपाली बाटो र नेपाली पासपोर्ट नै एक मात्र विकल्प हो किन कि भारत सित सिमा जोडिएका तिब्बतको सिमाहरु यति कडा छ कि तिब्बतीहरु त के तिब्बती मुसो पनि छिर्न सक्दैन ।

        • सन् १९९२ सम्म नेपाली हरु को लागि जर्मनी देशको पोर्ट फ्री थियो । तर १९९२ पछि सो देशले त्यो प्रणाली लाई खारेज गर्यो किन ? किन कि धेरै पाकिस्तानी , बंगाली, इन्डियन र तिब्बतीहरु ले नेपाली पासपोर्ट को प्रयोग गरि सो देश मा सरणार्थी को केस गरेर बसे सोहि कारण ले गर्दा नेपाली पास पोर्ट को अत्यधिक दुरुपयोग भएको ले नेपाली पासपोर्ट नै बद्नाम भयो जसको कारण जर्मनी सरकार ले नेपाली तथा नेपाली पासपोर्ट लाई पोर्ट फ्री हुन बाट बन्चित गर्यो ।
          सिद्दार्थ जी,
          १)बंगाली,तिव्वती,पाकिस्तानी,इन्डियनलाइ नेपाली पासपोर्ट दिने अधिकृत को?
          २)पैंसा खान पायो भने राष्ट्र र राष्ट्रियता नै बेच्ने महाशयहरु कुन बर्ग समुदायका परे?
          ३)आफ्नो अनुहार कालो भएको नदेख्ने अरुको अनुहार कालो भएको देख्ने महाशयहरु किन चोखिन खोज्छन?
          ४)के त्यो पासपोर्ट तिव्वती,पाकिस्तानी,बंगाली,इन्डियनहरु आफैले छापेर बनाएका हुन्?
          ५)अहिले सम्म ति पासपोर्टमा सहि गर्ने अधिकारि वा अधिकृतहरुलाई किन कारबाही गरेंन ?
          ६)पासपोर्ट वालालाई मात्र किन दोष?पासपोर्ट दिने किन चोखो?

    • अब चोखो को हुन् भनेर पत्त्ता लाउने कम अदालत लै नै दिम पहिला भ्रस्टचारी लै कारबाही गर्न पर्यो सब भन्दा पहिले. अमेरिका गएर उसले यो गर्यो एस ले येसो गर्यो भनेर कुरा गर्दा निकै समय नस्ट हुन सक्छ..सुन्या कुरा लै येसरी फुकेर बिचार शेर्पिनी बहिनि ले के के गरिन रे भनेर उनलाई किन हिलो छ्याप्ने कम गर्नु हुन्छ ?. पहिलो कुरो नेपाली नागरिकता भएको मनिष ले तिबेतैन सरनार्थी भनेर कसरि अमेरिका आउने हो अलि पचेन सोजो हिसाब ले नमिल्ना पर्ने हो. अब अरु दस थरि उपाय होलान आफु बिद्यार्थी विसा मा आयियो. अमेरिका आउन को लागि भनेर मनिष ले अनेकौ उपाय नगर्ने पनि हैन. तेही भएर नेपाल को विमानस्थलमा भएको एस्तो निन्दनीय घटना को सर्बप्रथम समाधान निकालौ तेस पछि गरौ न गर्न पर्ने काम. नव वर्ष को शुभकामना.

  7. मैले सोचेको थिंए पूर्ण बहादुर वा उनको साथी फसे पछी अब भने एयरपोर्टमा रहेका भ्रस्टचारिहरुको नेटवर्क ध्वस्त हुनेछ र नयाँ सिस्टम बस्नेछ तर दुखद कुरा यँहा त् दोषीलाई कारवाहीको हदमा केहि कानुनी उपचार त् भयो ( वा भनौं डोल्माले वाह वाहि त् पाईंन) तर एयरपोर्ट माफियाहरुको रौँ पनि हल्लिएन अर्को अर्थमा उनीहरुलाई केवल अझ चनाखो रहन संकेत मात्र त् दिईयो जस्तो लाग्यो !

  8. भ्रस्टाचारी लाई कारबाही हुने पर्छ | तर कानुन अनुसार घुस लिने र दिने दुबैलाई कारबाही हुनुपर्छ | फेरी एस्मा डोल्मा भन्नी को पनि गल्ति देखिन्छ, आफ्नो केहि गल्ति छैन भने अध्यागमन को कर्मचारी ले तपाइँ लाई रोक्ने आँट गर्न सक्दैन | त्यसैले डोल्मा भन्नी लाई पनि उपस्थित गराएर छानबिन गरियोस !

  9. वा! क्या खत्रा छौँ है हामी, घटनाको विवरण मिडियामा सरसर्ती पढ्ने बितिक्कै, को दोषी छ र कति सजाय दिनु पर्छ फ्याट्ट थाहा भै हाल्छ । अदालतका मान्छेहरूचाहिँ कस्ता सिल्ली स्वाँड रहेछन्, जाबो यस्तो सजिलो मद्दामा पनि कुन्नी के के अनुसन्धान गरिरहनु पर्ने ?
    याद रहओस्, यस मुद्दाको फैसला हुन बाँकी छ । अदालतले फैसला नगरेसम्म कसैलाई भ्रष्टचारि भन्ने अधिकार कसैसँग छैन । सबै आफैँ जानीफकार भए अदालत किन चाहियो ?
    तर अदालत पनि अल्ली छिटो भने हुनु पर्छ ।

  10. नेपालको कानुन मुर्दाबाद
    नेपालको बिशेस अदालत मुर्दाबाद

    नेपालका सरकारी कर्मचारी मुर्दाबाद
    नेपालका नेता मुर्दाबाद

    बिबेक हिन नेपालीहरु मुर्दाबाद

  11. डिचेन डोल्मा शेर्पा तिब्बती नागरिक हुन् र नेपाल बाट अमेरिका गए पछि अहिले उनले सरणार्थी को केस गरेर बसेकि छन्

    अरु पनि प्रमाण चाहिए मा सम्पूर्ण कागजात म उपलब्ध गराउन सक्छु

    नेपाल को नागरिक बनेर नेपाल को सडक प्रयोग गरेर अमेरिका मा नेपाल को बाटो प्रयोग गरि तिब्बत को सरणार्थी को केस गर्दा नेपाल को छबि कस्तो बन्ला ? र यो भन्दा ठुलो भ्रस्टाचार अरु के होला?

  12. लिगल रुप मा संसार मा जहाँ जान पाउनु सबै को नैसर्गिक अधिकार हो/अध्यागमन का सबै कर्मचारी को निच मानसिकता ले गर्दा हामी यात्रु हरु हैरान नै भएका छौ / जैले पनि हामी ले जता जान लाग्दा पनि यिन लाई भेटि दिनु पर्ने /येस्ता निच कर्मचारी लाई किन धरौटी?शम्बु थापा जस्ता कहलिएका महामहिम हरु यिन का भरौटे भएको मा कस्तो अचम्म?यिनी हरु लाई त २० वर्ष जेल सजाय पनि कम हुन्छ / सायेद यिनी हरु लाई पनि त सजाय discount गर्ने कि नगर्ने?

  13. साथीहरू यस्ता भ्रस्टाचारी पक्कै पनि जेल जाने सुनिश्चित भैसकेको छ /
    यो नै फैसला होइन नि.. फैसला त हुन नै बाँकी छ /
    पूर्पक्षको लागि थुनामा राख्दा खाने बस्ने सबै व्यवस्था तथा खर्चिलो हुने हुँदा धरौटीमा रिहा गरिएको हो /
    यस्ताहरू जेलमा सड्ने दिन टाढा छैन !!

  14. नेपाल मा भस्टचारी लाई नि छुट छ होला २०% त पक्कै हुनु पर्छ होला संसार को लाज मर्दो कानून नेपाल मा छ
    कानून र नियम नभय पछि जसले जे गर्दा नि हुदो रहेछ अब बन्ने संबिधान मा न्युनतम १० बर्ष जेल हुनु पर्छ

  15. आेहाे ! अदालत जाँदाकाे फाेटाेमा हेर्दा त याे हाकिम जस्ताे देखिन्छ । घुसले त मान्छे हाकिम जस्ता पनि बनाछकि क्या ! लाजले मुख त छाेपेकाे छ,  मतियारले ! 
    यसलाई र यसकाे हाकिमलाई सर्बस्व सहित जेलमा सडाउनु पर्छ नत्र खान दे घुस ! यदि कानूनकाे बाहानामा छाेड्ने हाे भने । तेराे बाबुकाे के जान्छ ! 
    धन्यबाद !

  16. चाेरलाई छुट दिने चाेरपाला कानून बदल्नु पर्छ । याे मानसीकरूपमा त्येस्तैले बनाएकाे कानून हाे । यसले देश र जनताकाे सेवा गर्दैन । अरू बडाउछ ।
    धन्यबाद !

  17. अब सेरे ,कुजता,ओली,लिस्ट लामो छ ,जस्ता महाभ्रस्टचारी अझै पनि लाजै नमानी रिपोर्टर्स club मा महादेव ले भन्दा बढी माला लगाई हामी लाई नैतिकता को भासन गर्न सक्ने भएपछी, के भन्ने, हग्ने लाई भन्दा देख्ने लाई लाज. हाम्रा महान पुर्खा र सहिद ले गरेका बलिदान यी नेता भनौदा दहिच्युरे ले माटोमा मिलाई दिए. यिनीहरुको मुखमा सम्पूर्ण नेपाली थुक्नु पर्छ.अनि जेलमा हाल्ने कि डाडा कटाउने गर्नु पर्छ.

  18. आहा ! क्या मज्जा !
    एक लाखको अपराध एक लाख मै छूट !
    नो रिस्क ???!!!???
    एक लाखको अपराध ( घुस आदि – ) गरे पछी कम्तिमा पनि १० लाख छेराउनु
    पर्ने नियम भए पो मान्छे हरु डराउथ्यो भ्रस्टचार अपराध गर्न पनि !
    अब एक लाख भ्रस्टचार गर्दा खुबै भए जाबो एक लाख नै जरिबाना तिरे मज्जाले
    छुट पाउने भएसी मुलुकाँ भ्रस्टाचार भूत्रा कम हुन्छ ???!!!
    न नियमको भर न कानूनको डर ———-
    अबको संबिधानले पारित गर्ने नियममा कम्तिमा पनि १ अपराध = १० गुना सजाय
    त तोक्नै पर्छ है , अनि मात्रै मान्छेहरु अपराध गर्नु भन्दा अघि १० पल्ट सोच्छ
    गरु कि नगरु ???!!!
    मैले गल्ति भने ?
    अब बन्ने संबिधानमा नियम कानून रबर झैँ लुलो हैन फलाम झैँ दह्रो बनाईयोस !!!

    • लुना जी कुरै टुंगो नलागी मज्जा नलिनुस
      धन्यबाद

      • सिद्धार्थ जी
        आफ्नो देशको कानून यो हद सम्मको फितलो बनिदिदा हामी रमाउछौ ???
        माथी मैले व्यंगको रुपमा मात्रै भनेकी हु . त्यति पनि बुझ्नु हुन्न ?
        नेपाली जनताले शान्ति सुरक्ष्या महशुस गर्न देशको कानून सबल बन्नु पर्छ .
        कानून फितलो हुँदा सर्बसाधारणले असुरछित महशुस गर्छ — —

        यो एरपोर्ट केशमा कुरोको टुंगो नलागी — भन्नु भो तपाईले , हो म यो केशको
        गहिराईमा पुगेकी छैन आफै , म पाठक हु , पत्रिकामा जे खबर आउँछ त्यै पढेर
        कमेन्ट गर्ने हो हामी पाठकले सोझो अर्थमा .
        यहा मैले डोल्मा जी को मुद्दाको मात्रै कुरा गरेकी होईन , हेर्नुस त ! हाम्रा भ्रस्टचारी नेताहरु पनि कसरी जेल बाट छुटिरहेका छन् ? अरु त अरु भ्रस्टचारमा
        समेत डिस्काउन्ट रे !!!!!!!!!!!! ??? त्यो पनि मन्त्रि हरुको हकमा बाबै !!!!!!!!
        हेर्नुस त कति कम्जोर छ हाम्रो कानून ??? सिद्दार्थ जी , मैले हाम्रो कम्जोर कानून , हाम्रो कम्जोर प्रशासन प्रणालीलाई इंगित गरेको हो .
        मेरो सोझो सोचाई चै कानून कम्जोर बनाउने हाम्रो प्रणाली नै फेर्न अब बन्ने
        संबिधानले मद्दत गर्ला कि भन्ने हो . अब बन्ने संबिधानमा नियम कानून एकदम
        सबल बनिदिए भ्रस्टचार / अपराध न्यून हुने थियो . भ्रस्टचार / अपराध कम भएको
        मुलुकका जनताले शान्ति सुरक्ष्यको महशुस गर्छ . हाम्रो देशमा शान्ति सुरक्ष्य टाठा
        बाठा नेताहरुलाई मात्रै छ —- त्यो पनि प्रहरी गार्डको भरमा —
        आशा गरौ अब बन्ने संबिधानमा नियम कानूनका दफा सबल रुपमा उभियोस् .
        १ अपराध = १ सजाय होईन कि १ अपराध = १० गुना भारी सजाय होस् अनि बल्ल डराउछ मान्छे अपराध / भ्रस्टचार गर्न —–

  19. पेसेंजरलाई प्लेन चढन नै रोक लगाउन सक्ने त्यो घुस्याह पूर्ण बहादुर पियन जाबो एक लाखमा रिहा ! मानसिक यातना दिए बापत कम्तिमा ५० लाख वा १० बर्ष कैद गर्नुपर्छ ! कारबाही सम्झेर अन्य भ्रष्टाचारीका आंग एकचोटी सिरिङ्ग होस् न !!!

    • बाकी ९ लाख चै नय्दिश ले खायो होला नि आनी १ लाख मा छोडी दियो.येस्तई हो हाम्रो देश को पिडा भास्ताचारी माथि अर्को भास्ताचारी

    • कैद त हुने बाँकी छ नि मित्र… बरू आंग नै सिरिंग हुने खालको सजायको लागि चाँही कानूनमा संसोधन भैदिए हुन्थ्यो !!

  20. यो बिसेस अदालतको न्याधिसहरुको धेरै कमजोरी देखियो, कृपया यस प्रति ध्यान दिनु पर्यो;
    अस्ती भर्खर एक जना भ्रस्टचारी लाई यसरी नै उसले गरेको अपराध लाई हलुंग पारि दियो,
    के सर्बच्च अधलतको मात्रै भर पर्ने? बिसेस अदालतको नयाय्धि हरुपर्ती निगरानी गर्न नेपाल कानून र अख्तियारमा अनुरोध गरिछु

  21. यहाँ पनि आत्मा समर्पण गरे पछी २० पर्तिसत छुट हुने होलानी?

  22. यस मुद्दामा प्रतिवादी अध्यागमनका कर्मचारी त भए तर बादी नेपाल सरकार कुनै पनि हालतमा हुन् सक्दैन,बादी देचेन डोमा शेर्पा हो,मुद्दा देचेन डोमा शेर्पा र पूर्ण बहादुर बस्नेत र गौतम बिचको हो|त्यसैले देचेन डोमा शेर्पाको नाममा अदालातले पुर्जी काटिनु पर्छ |साथै देचेन डोमा शेर्पा जहाँ भए पनि अदालतमा उपस्थित हुनु पर्ने जिकिर बस्नेत र गौतमले जोडदार संग गरिनु पर्छ|यदि देचेन डोमा शेर्पाले अदालतमा उपस्थिति जनाउन सकेन भने यो मुद्दा पूर्ण बहादुर र गौतमको पक्षमा फैशला गरिनु पर्छ | देचेन डोमाले आफ्नो स्वार्थको निम्ति बस्नेत र गौतमलाई फसाउनु खोजिएको देचेन डोमाको चरित्रले प्रष्ट दर्शाईएको छ |तसर्थ निजको रेकर्ड नेपालको प्रशासनमा राखेर कुनै पनि समयमा जे जस्तो सुकै अवस्थामा पनि गिरफ्तार गर्न सकिने व्यहोराक साथ् अदालातले निर्णय गरिनु पर्छ|

    • नमस्ते रोशन जी,
      तपैन्को नाम चाहिं रोशन रहेछ अँध्यारो हुनु पर्ने^.
      कमेन्ट हेर्दा त तपाईं त्येही घुसखोर को आफन्त जस्तो लाग्यो केहि छैन रोशन जी आफ्नो कुरा राख्न,वोकलत गर्न सब्बैको अधिकार छ तर रातो लै रातो र कालो लै कालो भन्न सिक्नुस
      हेर्दै जानुस तपैन्को कमेन्ट मा तपिन्ले क्लिक गरे मात्र हो नत्र देशभरिको भ्रस्टचारी र तापिन मात्र हरियो क्लिक गर्नेमा पर्नु हुनेछा
      जे गणेश
      राकेश

    • रोशन जी
      किन हो तपाई को नि खाने बाटो बन्द हुन लग्यो भनि सात्तो गाको जस्तो छ नि..
      अझ देचेन लामा ले आफ्नो स्वार्थ को लागि बस्नेत र गौतम लै फसाएको भन्ने कुरा त अझ हास उठ्दो छ…

      • मित्रहरुलाई निकै नै रिस लागे जस्तो छ|नेपाल भ्रष्टचारको देश भनेर त बिश्वलाई नै थाहा छ|तर भ्रष्टचार एक तर्फी मात्र चाहिं पक्कै पनि हुँदैन होला|जसले नक्कली काम गर्छ त्यसले अवस्य पैंसा खुवाउँछ सक्कली काम गरेको भए पैंसा खुवाउनु पर्ने जरुरत नै छैन|खयर देशको कानुनमा त दिने र लिने दुबैलाई लाग्छ भनेर उल्लेख गरेको छ भन्ने पनि सुनेको छु|यदि त्यो कानुनमा उल्लेख भएको छ भने दुवै सजयको भागिदार हुनु पर्छ|जहाँ सम्म मैले बुझे अनुशार संसारको कुनै पनि देशको कानुनमा घुस दिने र लिनेमा लिनेलाई भन्दा पनि दिनेलाई बढी सजय हुन्छ भन्ने कता कता सुने जस्तो लागेको थियो,नेपालमा पनि त्यस्तै कानुन त होलानी यदि छ भने दुवै सजयको भागी हुनु पर्ने होइन र |कि कसो हो?

      • मित्र रविन जी, खाने मुखलाई जुँगाले छेक्दैन |यहाँ हाँश उठ्ने र कुखुरा सुत्ने को कुरा होइन,नेपालमा जेसुकै बाद आए पनि भ्रष्टचार निर्मुल गर्न तीनत्रिलोक चौध भवन देखिनु पर्छ| किनकी भ्रष्टचार नेपालमा संस्कार नै बनि सकेको छ |भन्सारको के कुरा?मालपोत जाऊ,जिल्ला प्रशासन जाऊ,भुमिशुधार अफिस जाऊ,जिल्ला प्रहरी कार्यलय जाऊ,खानेपानी जाऊ सडक बिभाग जाऊ सिंचाई बिभाग जाऊ,हवाई बिभाग जाऊ,नेपालको प्रत्येक मन्त्रालय जाऊ,कुन ठाउँमा भ्रष्टचार गरिंदैन|नेपालका प्रजातान्त्रिक समाजबादका महमानव हवाल्द्दारलाइ हेर्नुस धमिजा काण्ड,लाउडा काण्ड,बहुलबाद्का नाइकेहरु हेर्नुस,सर्वहाराका नेताहरु हेर्नुस,देखिनु भएकै छ क्यारे |कस्ता कस्ता रहेछ भनेर,हाँगा छिमालेर हुँदैन जरो नै काटिनु पर्छ|पूर्ण बहादुर त हाँगा मात्र हुन्,जरो नै उखेल्नु पर्नेमा उल्टा मलजल गर्ने नागरिकलाई तपाइँ के भन्नु हुन्छ|

    • रोशनजी, तपाइले कानून कहाँ पढ्नु भएको ?? कस्ता मुद्धाहरू सरकार बादी हुन्छन भने जानकारी राखेर प्रतिक्रिया राखेको भए राम्रो हुन्थ्यो !! सार्वजनिक सरोकारको बिषय, जघन्य अपराध लगायतका कयौ मुद्धाहरू सरकार बादी नै हुन्छन /
      जुन कुरा र बिषय घाम जस्तै छर्लंग भएर जनता सामु आइसकेको छ, यस्तो बिषयमा तपाईलाई कुन ग्रहणले अफ्ठेरो पार्यो ??
      – त्यस्तो हो भने त सबै भ्रस्टाचार सम्बन्धि मुद्धाहरूमा जनताको नाम सहितको उजुरी परे पछी मात्र कारबाही अगाडी बढ्नु पर्ने हो त ??!

      • अहिले सम्म उजुर नगरिकन कुन बिभाग कार्यलयको कर्मचारीलाई कारबाही गरेको देख्नु भएको छ मित्र?कारबाही गर्ने निकाय्हरुनै नै भ्रष्ट र भ्रष्टचारी भए पछी कसरि सम्भव छ हजुर उजुर नगरीकन पक्रने| यदि उजुरवाललाई बादी नभएर सरकार बादी हुने भए दुधको साक्षी बिरालो भएन र भने,कुरा साँचो हो,पुर्नेले मुद्दा हार्ने कुरै आउँदैन,जनताको आँखामा यसो छारो हालेर झारो टार्ने काम मात्र गरेका हुन् |कानुन जे जस्तो सुकै बनाए पनि व्यक्तिको पैंसा खाएर सरकार बादी मुद्द भन्दा हाँशो लाग्यो| वास्तवमा सरकारी सम्पत्ति हनन गर्ने,सरकारी सम्पत्ति दुरुपयोग गर्ने,राष्ट्रको सम्पत्ति बिगार गर्ने जस्त कुराहरु सरकारबादी मुद्द हुनु पर्ने हो | तर नेपालको कानुन
        यस्तो छ, चोरलाई चौतारो,शाधुलाई सुली भने जस्तो |चोरले चोरलाई कसरी कारबाही गर्छ |अचम्भ लाग्ने नियम कानुन |

  23. पहिला घुस खायको पैसा गन्ने हातले यहिले नाक छोपेर हिड्नु पर्यो थुक्क कुकुर हरु अध्यागमनका पियन को त यस्तो हालत भित्र काम गर्ने ठुला बडा कर्मचारी हरु ले त कति खायो होला फेरी जति ठुलो गल्ति भय पनि धरौटी मा रिहा हुने नेपाल को कानुन बाबुराम ले जानुन

  24. अलिक लोक लाजले पचाउने र भ्रस्टाचारी तर्सिने खालको त फैसला गर्नु श्रीमान ज्युहरु, येस्ता जाबो लाख, डेढ लाख त बैदेशिक हुलाकका नाथे भ्रस्टाचारीहरुले पनी २ मिनेंटमा निकाल्छन हिजो आज, यी त एरपोर्टको अध्यागमनका परे, यिनलाई कतिबेर लाग्ला तेती जाबो धरौटी निकाल्न आफै हिसाब गरौँ |

  25. ”पूर्णबहादुर खड्कालाई विशेष अदालत ल्याइँदै। फोटो सौजन्यः शेर्पावर्ल्ड”
    क्याप्सन देखें ,होइन ‘खडका’ हो कि ‘बस्नेत’ हो ? | कि ”खुम बहादुर खडका ” को झझल्कोले घुस्याहा पियनको थरनै फेरी दया’ ? ही ही ही

  26. क्याबात !!यिनी महिला देखि हामीलाई गर्व छ !!

  27. बिचरा भ्रस्ताचारी माथि यत्रो अन्याय किन?
    धमला र रुबेलको सेल फोनमा रिकर्ड भयको अपराधको प्रमाणलाई चाहिं प्रमाण नमान्ने डोल्माको सेल फोनमा रिकर्ड भयको बिचरा भ्रस्ताचारीको अपराध ब्रितान्तलाई चाहिं किन प्रमाण मानियो? बिचरा सानो तिनो भ्रस्ताचारी र अपराधीलाई अब बाच्ने गाह्रो हुने भयो!!!/

    अब उप्रान्त सानो भ्रस्ताचारिहरुले ठुला नेताहरुलाई ज्वाई ससुरो बनाउनु/ राजनैतिक दलको सदस्य बन्नु अपराध गर्दा पनि दलको झण्डा बोकेरै मात्र गर्नु/ भ्रस्टाचार गर्दा सानो तिनो रकमको पनि भ्रस्टाचार नगर्नु करोडौंको भ्रस्टाचार गर्नु पार्टीलाई बाड्नु पनि; आफै मात्र नखानु, बाड्न नचाहे अमेरिकाको दि भी परेका सिट चट मगनी पट बिहा गरेर भागि हाल्नु/नभय जेल जानु पर्नेछ है/

  28. हाकिम हरु को देखा सिकी गर्दा बिचरा पियन परे. यी पियन ले मागेको पैसा पक्कै पनि हाकिम सम्म लाइ दिनु पर्थ्यो होला वा हाकिमहरुले नै माग्न लगायको होला. नेपाल को कानुन…..सानो फस्यो…ठुलो उम्कियो…

  29. यसै गरी सबै लाई पर्दाफास गर्दै कारबाही गर्दै जाने हो भने बल्ल नेपालको प्रशासन चुस्त होला नत्र हामी जस्ता नेपाली जनताले बिना झन्झत कुनै अफिसियल काम सजिलै गर्न सक्ने अवस्था नेपालमा छैन । एअरपोर्ट मा मात्रै होइन अरु सरकारी अफिसमा पनि हामी सजक भएउ भने यस्ता खुरापातीलाई कारबाही गर्न सकिन्छ ।

Comments are closed.