दोषीलाई डिस्काउन्टः वाग्लेले नि पाए २०%

wagle पदको दुरुपयोग गरी सम्पति जोडेर भ्रष्टाचार गरेको ठहर भएर जेल पठाइएका पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई पनि २० प्रतिशत बम्पर डिस्काउन्ट पाउने भएका छन्। जिल्ला अदालतले यस्तो छुट दिन अस्वीकार गरे पनि हिजो सर्वोच्च अदालतले वाग्लेज्युलाई नि डिस्काउन्ट दिन आदेश दिएको हो। डिस्काउन्ट जरिवानामा मात्र हैन, कैद सजायमा पनि पाइनेछ। त्यसको मतलब उनी अब अर्को हप्ता जेलबाट छुट्दैछन्। २० प्रतिशत डिस्काउन्ट पाउँदा उनले १ सय ८ दिन जेलमा बस्न नपर्ने भएको हो।

गत वर्षको चैत महिनामा उनलाई सर्वोच्चले डेढ वर्ष कैद सजाय सुनाएको थियो। उनले २ करोड ३ लाख ५ हजार ६४७ रुपियाँ भ्रष्टाचार गरेको ठहर गर्दै त्यति नै रकम जरिवाना र बिगो तिराउने फैसला थियो। अब उनले जरिवानामा २० प्रतिशत छुट पाउने छन्। त्यसको मतलब ४० लाख ६० हजार रुपियाँ।

कुन कानुन अन्तर्गत डिस्काउन्ट पाएका ?
दोषीलाई छुट दिने यस्तो व्यवस्था कुन कानुनमा छ भनेर तपाईँलाई अचम्म लाग्न सक्ला। यो व्यवस्था गरेको छ मुलुकी ऐनले। मुलुकी ऐनको दण्ड सजाय महल ४१ (क)मा अदालतबाट कैद वा जरिवाना रकम तोकिएका व्यक्ति फैसलालाई स्वीकार गर्दै ६० दिनभित्र उपस्थित भए २० प्रतिशत छुट पाउँछन् भनिएको छ।

पूर्वमन्त्री जेपी गुप्ताले यही कानुन अन्तर्गत डिस्काउन्ट पाएका हुन्। वाग्लेको मामिला भने अलि फरक थियो। गुप्ताले फैसला भएकै दिन अदालतमै आत्मसमर्पण गरेका थिए। तर वाग्लेलाई भने अदालतका कर्मचारी र प्रहरीले मिलेर घरबाटै पक्राउ गरी जेल पुर्‍याएका थिए। ६० दिनको म्यादमा आत्मसमर्पण गर्न नपाउँदै मलाई पक्रियो भन्ने जिकिर वाग्लेले गरेका थिए। तल्लो अदालतले त्यसलाई स्वीकार नगरे पनि सर्वोच्चले स्वीकार गरेपछि उनले बम्पर डिस्काउन्ट पाउने भएका हुन्।

दोषीलाई डिस्काउन्ट दिने यो कानुनी प्रावधान तपाईँलाई कस्तो लाग्यो, आफ्नो विचार लेख्‍नुहोला।

[polldaddy poll=6103116]

18 Comments

  1. भ्रस्टचारी,देशद्रोही ,खुनी हत्त्यारा ,बलात्कारी ,गाडी पछाडी गरेर किच्ने चालक सबलाई आजीवन जेल अथवा फासी दिए बेस हुने छ /गलत समाचार प्रसारण गर्ने जस्तो यादव पौडेल को बारेमा ,लाई जिन्दगि भरि पत्रकारिता गर्न बन्देज लगाउनु पर्छा/

  2. सहि कानुन र इमान्दार कानुन ब्यबसायी को अभाब भएको ,९९.९% राजनीतिमा लाग्ने ,त्यस्तै ब्यापारी,कर्मचारी भ्रस्टचारी भएकाले नेपालमा नैतिकता हराएको हो.अनि जो चोर उसकै ठुलो स्वर छ.

  3. अब मैले कुनै एउटा धनि मानिस लाई मारेर चार करोड रुपिया लिय भने मलाई कति छुट हुन्छ?

    • अमर ज्यु

      २०% को दरले ८० लाख पाउनु हुनेछ र साथमा २ बर्ष जति निशुल्क भोजन, पानि बती वोड़ने ओछ्याउने समेत पाउने धर्मशालामा बस्न पनि पाउनु हुनेछ/ २ बर्ष भनेको २४ महिना/ ८० लाखलाई २४ले भाग गर्नुस र सितैमा २ बर्ष सम्म धर्मसालामा खान बस्न पायकोमा हुने फाईदा जोद्नुस अनि हिसाव गर्नुस महिनाको कति फाईदा हुन्छ भनेर/ तर यो कुरा कसैलाई नभन्नुस नि/ हिसाव त् बिस्वामित्रको तपस्या भंग गर्ने उर्बसी भन्दा लोभ लाग्दो छ है/

    • अमर जी पहिला नेता हुनु पर६ अनि मात्र हो एश्तो छुट पाइने त तपाई हामीलाई कहाँ एश्तो छुट पैन६ र . तपाई हामीलाई त जेल मा नै मरिहल्छां नि त्यसैले नमार्नु होला कसैलाई ,

  4. यो छुट पाउने नियम परिबर्तन गर्नु पर्छ| २०% छुट दिनु को साटो ६० दिन सम्म पनि अपराधीहरुले आत्मसमर्पण न गरे बरु कैद र जरिवाना दुवै मा २०% थप हुने गरि कानुन परिबर्तन गरे फरार हुने सम्भावना त घटी हाल्थ्यो नि|

  5. मलाइ ठिक यस अर्थमा लाग्यो कि, हाम्रो देश संसार कै एउटा अचम्म को देश हो जहाँ कहिँ नभएको कानुन हुन्छा .. यो त कहिँ नभएको कानून नेपाल मा भन्ने उक्ति ले काम गर्ला जस्तो छ .. जय होस् देश र जनता को अनि त्यो भन्दा पनि बढी नेता को ..

    जति खाए पनि १ वर्ष जेल बसे पुग्ने …. ठाउमा पुग्न त भाग्य लिएर आउनु पर्छा रहेछा …

  6. नेपाल भन्ने अजाब देशमा जन्म लिएर पनि वाग्ले , खुमे , गुप्ताहरुले खप्परमा त लेखेरै आका रै’छन् | :p

  7. येसरी डिस्काउन्ट पाउने भएपछी अपराधी हरु लाई हौसला बद्छा .

  8. हैन यो खासा बजार हो कि के हो???? heavy discount हुदो रहेछ त गाठे /

  9. सारै नै रमाइलो…….बजारमा सामान किन्दा Discount माग्दा…. पसलेले बल्ल बल्ल discount दिन्थ्यो….समय फेरीएछ… डाका चोर….भ्रष्टाचारिहरुलाइ पनि कैद सजायमा भारी छुट… त्यो पनि २० %……. यो त झन् चोरी.. भ्रष्टाचार गर्न प्रोहत्सहन गरे जस्तो पो भो त……

  10. एस्त चोर हरु लै जन्म कैद गरे ने पुग्दैन अब नेपाल को कानुन दैब ले जानुन हौ सबै ठुला बडा भनौदो हरु उस्तै छन्…

  11. यो सब राजनीतिकरण हो .के हि कुरामा चित्त बुजौने ठाउँ नै राखेन कानुन ले पनि अब नेपाल मा बस्न नसकिने भयो येस्ता बेक्ती फेरी समाज मा आएपछि …..

  12. यो डिस्काउन्टको व्यवस्था संसोधन हुने वालापनि छैन, किनकी पछि खोरमा जाने उनै कानुन बनाउनेहरु नै हुन् अनि आफै लामो समय खोरमा बस्ने गरि किन बनाउथे कानुन? बरु मिले देखि अझै डिस्काउन्ट दिन मिल्ने गरि चै बनाउलान ।

  13. तेसरी डिस्काउन्ट पाउने भएपछि त अब सब्बैले भ्रष्टाचार गरे पनि भो |भ्रष्टाचार गरेर २ – २ करोड रुपियाँ कुम्लाउन पाए १०८ दिन त के, ५०० दिन पनि बस्न तैयार छु म|

  14. खै के भन्नु ????नेपालका कानुन दैब जानुन भनेको बुदा पाकाले टिक भनेको रहेछ !

  15. यस्तै छुट पाउने हो भने त किन दिन रात दस औला घोटि राख्ने हो, भ्रष्टचार गर्यो , कतै डकैति गर्यो, बैक लुट्यो एक डेड करोड जति, अनि नभेटाए टान्टै साफ, भेटाई हालेमा पनि त हो श्रिमान मैले लुटेकै हो भनेर भन्दा भै हाल्यो नि ५, ६ महिना जेल बस्यो २०, २५ लाख आम्दामी क्या मज्जा है, यो कार्या नेताले मात्र कति गर्ने भन्दै अब जनताले पनि थाल्नु पर्छ, नभए नेपाल को कानुन १० गुणा ज्यादा सजया हुने कानुन बनाउनु पर्छ, …….. अरु तपाईहरुको को विचार

Comments are closed.