आतङ्क नफैलाउँ न हो ज्योतिष बाजे !

  • जनएकता रहँदैन, आपसमा वैमनस्यता बढ्छ, फूट, अशान्ति आदिबाट राजनीतिक दलबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना हुने योग छ
  • पार्टीका उच्चस्तरीय नेताहरूले जन आक्रोशका कारण अशान्ति बेहोर्नु पर्ने
  • विसं २०६९ को सुरुको तीन महिना अति कष्टकर हुने, रोगहरूको प्रकोप बढ्ने, शासकवर्गद्वारा जनता प्रताडित हुने, ठूलो उथलपुथल, द्वन्द्व र झडप हुने तीव्र सम्भावना

हतियारधारी दल निशस्त्र भएको, माओवादी लडाकु र नेपाली सेनाले हात मिलाउँदै गरेको र सकारात्मक खबरहरु आइरहेको बेला ज्योतिषहरुले भने माथिको कुरा गरेर आउन लागेको नयाँ वर्षअघि नै आतङ्कै पो मच्चाइदिए त गाँठे। ऐरेगैरे नत्थुखैरे ज्योतिषहरुले गरेको भविष्यवाणी भए एक कानले सुनेर अर्को कानले उडाइदिन हुन्थ्यो। राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपाल नामको संस्था खोलेका र त्यसका अध्यक्ष ज्यो. पं तिलकराज पौडेलले विज्ञप्ति नै निकालेर पो भनेको त। त्रिशुल बाबाहरु जस्ताले भनेको भए ठीक पार्थे जनताले नै। अब उहाँहरु त संगठनै खोलेर बसेका ज्योतिषहरु पर्नुभो।

धन्न नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधवप्रसाद भट्टराईले चाहिँ साउन महिनापछि सकारात्मक र सुखमय हुने भनिदिए। अघिल्लो समितिले त अत्यधिक वर्षाका कारण बाढी, पहिरो, भूकम्पीय जोखिम, अग्निभय, आकस्मिक दुर्घटना हुने योग परेकाले आमनागरिकको जनजीवनमा नराम्रो असर पर्ने देखिन्छ भनेको छ।

त्यो समितिले जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो लेखिएको छ- जललग्नको दसौं स्थानमा बसी मङ्गलग्रहले शनिश्चरको राशी कुम्भमा चतुर्थ स्थानलाई पूर्णदृष्टि गर्नाले जनएकता नरहने, आपसमा वैमनश्यता, फूट, अशान्ति आदिबाट राजनीतिकदलबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना हुने योग देखिएको छ। धान्येश शनिश्चर भएकाले कतैकतै अन्नको अभाव, रोगमा वृद्धि, बेमौसमी वर्षाले कृषिक्षेत्रमा हानी तथा शासकवर्गमा झगडा हुने विश्वास छ।

लौ अब भो त। हुने हार दैव नटार हो भने समयभन्दा अगावै किन जनतालाई चिन्तित बनाउने हो सब कुरा भनेर। बरु केही दिन भए पनि आशैआशामा रम्न दिउँ न। त्यसो त समितिले सुझावको भाषामा भनेको पनि छ- पार्टीका उच्चस्तरीय नेताहरूले जन आक्रोशका कारण अशान्ति बेहोर्नु पर्ने हुनाले आपसी शान्ति र समन्वय आवश्यक छ। राष्ट्रको शान्ति र अमनचैनका लागि जनस्तरबाटै एकता, मेलमिलाप र समन्वयको भावना अपनाउन नितान्त आवश्यक देखिएको छ। तर यी ज्योतिषहरुको सुझाव कसले पो गम्भीर रुपले लेलान् त ? हुनत ज्योतिषहरुले तर्क गर्लान्, हामीले त यस्तो हुने संभावना छ, यस्तो गर्नुपर्छ है भनेर पो भनेको त। एक हिसाबमा ठीकै पनि हो। तर अर्को हिसाबले हेर्ने हो भने समयअगावै खत्तम हुँदैछ भनेर नभइसकेको कुरा भन्नु आतङ्क नै हो नि।

त्यसो त संविधान सभाको चुनाव पनि हुँदै हुँदैन भन्ने भविष्यवाणी गर्ने ज्योतिषहरु पनि थिए, तर ज्योतिषहरुलाई फेल खुवाउँदै निर्वाचन भएरै छाड्यो। अबको कठिन परिस्थितिमा पनि यी ज्योतिषहरुले भने जस्तो नराम्रो नराम्रो कुरा जति नभएर राम्रो राम्रो कुरा मात्रै होस्- आजबाट सकिँदैछ यो वर्ष, भोलिदेखि आउने नयाँ वर्षको यही शुभकामना !

29 Comments

  1. हाम्रो अशिक्चित अनि रुढिबादी समाज का जनता लाईयस्तै ज्योतिष ,धामी झाक्री हरु ले दुख दियिरहेकछान /यस्ता अन्धबिस्वाश फैलाउने लाई पर्तिबन्दा लगाउदा राम्रो हुनेथियो .वास्तविक आतंग्ककारी यिनीहरु हुन् जसले कहिले यस्ता डर लाग्दा कुरा गरेर सिधासाधा जनता तर्सौछान ,कहिले निमुखा महिला हरु लाई बोक्सी को आरोप लगायर जालाउचन ,कुटपिट गर्छन .

  2. मानिसको पो हात हेरेर.. जन्मेको तिथि-मिति, जन्मकुण्डली हेरेर पूर्वानुमान लगाउने हुनाले पत्याउनु पर्ने देखिन्छ; तर देशको न जन्मेको वा उत्पत्ति भएको मिति छ ! न कुनै चिनो नै बनाएको छ /
    मानिसले नै कोरेको सिमा रेखामा हाम्रो देश भनेर बसेको हुन्छ /
    अब देशको बारेमा भविष्यवाणी के को आधारमा गरेको होला ??!!!

  3. सालोक्य जी म गणेश लाई लड्डु चढाउने,काली लाई कालो बोका चढाउने,पसुपतिका पन्दा लाई १०० रुपिया दिई ठुलो चन्दन थाप्ने होइन ,तर म इश्वर छ भन्ने मान्छु.त्यो भनेको प्रकृति हो,जसले गर्दा यो पृथिवी चलिरहेको छ, अन्धबिस्वास नेपालमा मात्र होइन बेलायत ,अमेरिका संसार भरि का देसमा यस्ता बाबा हरु धेरै छन् जसले सिधासाधा लाई brain wash गरि आफ्नो हितको लागि उनीहरु बाट जघ्यम्म अपराध गर्छन र गराऊछन् .नेपालका राजनैतिक पार्टीहरु पनि त्यस्तै हो १९९० पछी प्रजातन्त्र जनताले रगत बगाएर ल्याए ,तर त्यसको फलिफाप चाही कांग्रेस र एमाले लाई ठुलो भ्रस्टाचार गर्ने platform पो भएछ.सालोक्यजी सक्नु हुन्छ भने George Orwell को ‘Animal Farm ‘ my संसार मा प्रकासित गरे ,सायद नेपालका र दुनिया का अन्धबिस्वासी मा केहि जग्रिकता आउथ्यो होला.तर आउदैन !!!तैपनि .Happy २०६९

  4. हामी औलामा गनिएकाले नमानेर के हुन्छ , बहुसंख्यकले मानेकै छन् | त्यसैले ज्योतिष बाजेहरूले अनर्गल प्रचार नगर्दिए समाजमा शान्ति हुन्थ्यो र नेपालीले चयन साथ बाच्न पाउथे |

  5. नेपालको राजनीतिको भबिस्य भन्ने मात्रै होईन भबिस्यनै तय नै गर्ने, उनीहरुको केटाहरु जस्ता हाम्रा नेताहरुको “कार्यकारी चिना” लेख्ने महान ज्योतिसहरुको दलबल अहिले दिल्लीको सदनमा नेपालको भबिस्य र नेपालको नेताहरुको लागि पाठ पुजा हवन र बलि पुजा समेत सबै गर्दैछ/ त्यो सकिय पछी उनीहरुले भन्छ नेपालमा को के हुन्छ?

  6. दरबारका ज्योतिषहरु र राजाका पुरोहित खलकका सन्तान बेस्कन सम्पन्न भएका छन्| चिना राम्रै बनाएका रहेछन| हरदर जनताको उनीहरुलाई के वास्ता? तेसै भएर त् राणा शासन अडेको थियो अनि त्यसरी नै ढल्यो| शाहबंश त् सर्बनाश नै भयो|
    बरु टुंडिखेलको वरपर सुगा लिएर बस्ने ज्योतिषलाई हात हेराए हुन्छ|

  7. ज्योतोषी र बाबा हरुको भविष्यवाणी र पुजा-आज़ा मा भर परेका (बिस्वास) राणा शासन र राज सस्था को कसरि अन्त्य भयो भन्ने हामीले देखेकै हो!!अब अहिले आएर ‘स्काइप’ मा अनुहार हेरेर भविष्य बताइदिने भन्दै बिदेशमा बस्ने नेपालि हरु लाइ फेसबुक मा भ्रमित पारिदै छ..!!पढेलेखेका र बिद्द्वान भनाउदाहरु नै यस्ता कार्य खुल्लम- खुल्ला प्रचार प्रसार गर्दै हिडेको देख्दा. ‘कठै बरा’ मात्रै भन्न सकियो.नया बर्ष २०६९ को हार्दिक मंगलमय शुभकामना सम्पूर्ण मित्रहरुमा!!!

  8. अन्ध विश्वासको परकस्टा, यो जोतिष हरु पनि पैसामा बिके जस्तो छ । नचाहिदो कुरा गर्दै हिडछन् नौटंकी हरु वाइयात………….

  9. यो त ज्योतिसी ले भन्नै पर्दैन नि,देसको समसामयिक राजनीतिक बस्तुस्थिति ले नै देखाउने कुरा हो नि,जस्तै देस मा संबिधान लेखियको छैन,अब मानौ जेष्ठ १४ मा संबिधान जारि भयो भने पनि संबिधान जारि भएको एक दुइ मैहिना त लफडा हुन्छ हुन्छ,किन भने अब बन्ने संबिधान मा पनि धेरै येस्ता कुरा मिल्न असम्भब वा अड्को हरु छन् कि सबै को चित्त बुझाउन गारो हुन्छ अनि एक न एक निस्कन्छ बिरोध गर्ने,अनि अर्को कुरा बैध पक्ष संबिधान निर्माण बाट भागिसकेको छ,अब उसले पनि केहि बितण्डा नमचाउला भन्न सकिदैन,अनि अर्को,असार साउन महिना बर्षा धेरै हुने महिना हो,बाढी पहिरो खोला नाला हरु ले अलि अलि क्षेती गर्ने स्वाभाविक हो,अनि येस्ता कुरा लाइ भाबिस्यबानी भनेर कसरि विश्वास गर्नु…………
    म त यो कुरा लाइ भाबिस्यबानी मान्न तयार छैन,अब यहि कुरा सुनेर आतंकित हुने हुदै गर्छन……..
    आशिस
    स्विस

  10. एकाशौ सताब्दीमा पनि नेपालीहरु ज्योतिषी कै पछाडी हिडीराखेको छ, अनि कसोरी देश विकास हुन्छ ?

  11. नेपाल खाल्डोमा बस्ने ज्योतिष बाजेको त के कुरा गराई भयो र ! सात समुद्रपारिका क्रिस्तानी बाजेले त सन् २०१२ को अक्टोबरमा संसारै ध्वस्त हुन्छ भनेको छ! अब ६ महिना मात्र बाँकी छ बाँच्न! संबिधान हेरेर मर्नु पाइयोस!

  12. जसको वर्तमान नै मागी हिंडेर र अरुले दिएको भिख र दान बाट चलेको हुन्छ. त्यस्ताले अरुको भविष्य कसरी बताउछन होला? भगवान मानिएका साईबाबा ले गरेको आफ्नो समाधीको भविष्यवाणी त मिलेन अरुको के कुरा गर्नु? हाम्रो देश मा राजनीतिक दल कहिले नै पो मिलेका छन् र? वर्षामा बाढी नआएको कहिले नै पो छ र? सबैले अनुमान लगाउन सक्ने र common sense लगाए थहा हुने कुराहरु भनेर पनि के को भविष्यवाणी? वाहियात…

  13. शान्ति र संबिधान भन्दा पनि कुर्शी को झगडा भयो भने नराम्रो बाहेक राम्रो केहि हुने छैन \
    यो कुरा ज्योतिषी जस्ता विद्वान हरुले भन्दा पहिले घास दाउरा गर्ने जनताले सधै भन्दै आइरहेका हुन् \ चेतना को राको मा अन्धबिस्वासी हरुको पेशा धराप मा पर्ला भनेर जनता लाइ उचाल्न र पछार्न खोजेका पनि हुन् सक्छन या कतै बाट ठुलो दक्षिणा ले काम गरेको पनि हुन सक्छ \आखिर आतंक ,अभाब र अशिक्षा बीच चल्ने पेशा न पर्यो ज्योतिषी !
    यो पनि सत्य हो कि प्रमुख नेता र शाशक मा भर पर्छ कस्तो अबस्था आउने हो भोलि \

  14. हचुवा पाराका जोतिसे हरु ! कामधाम छैन खाली यसोहुने योग छ उसोहुने योग छ भन्दै जनता तर्सायो बस्यो | तिमीहरुकै बकुम्फुसे कुरा साँचो हुने भा’भए कति चोटी भनिसकेउ – पर्लय आउछ , प्रिथिबी ध्वस्त हुन्छ , अर्को ग्रह संग ठोक्किन्छ आदि इत्यादि खोइ त भएको ? |
    अनि माथी उल्लेख गर्या भबिस्य बाणीहरु नेपाली जनताले बिगत ३-४ बर्ष देखी भोग्दै आएका छन् | के नौलो कुरा भो’र ? | देशको माया लाग्छ भने झुट नै सहि अलिकती सकारात्मक कुराहरु भनिदिनु हौ बाजेहरु हो ! कमसेकम केहि आशा त जाग्छ | के भर ? त्यै आशलेनै नेता र जनतामा उर्जाको काम गरेर देशले शान्ति , सुब्यबस्था र बिकासको बाटो समाती पो हाल्छ कि ? |

  15. ज्याेतिस एउटा बिज्ञान हाे । त्याहाँ भएकाे फर्मुलाकाे आधारमा भन्ने हाे, उस्ले । आफनै पनि अलि अलि अडकाल पनि थप्छन । उ पनि मान्छे हाे । त्याे कहिले पुग्छ, थाेरे संभाबना मात्रै हुन सक्छ । कहि, कतै !
    आखिर बनाउने त नेताले हाे । कतै नभएकाे हदै संम्मकाे अराजनीतिक बखेडा निकाले त्यस्ले अशान्ति हुन सक्छ । 
    जनताहरूले अनुशासन बिनकाे स्वतंन्त्र बढी भएर  स्वेच्छाचारि भए भने त्याहाँ बाट पनि अराजक्ता हुने संम्भाबना छ । सिमा कतैबाट नाघिए त्यस्काे परिणाम अबस्य दुःखद हुन्छ । त्यसैले ज्याेतिस बाजेले थैथप गरेकाे हुन सक्छ । 
    तर देश निर्माण गर्नेहातहरूले हाँक पिट्तैन । गरेर देखाउछ । नराम्राे बस्तुकाे बढी बिज्ञापन हुन्छ । त्याे कुबुध्दि, त्यस्तै स्तरबाट देखाउने दर्जाकै नेताहरू भएकाेले एसै भन्न पनि सकिन्न । फेरि भैहाल्नै के छ ? आधार याे सबैले देशकाे अबस्थालाई हेरेर भन्न सक्ने अबस्था चै छ । एउटा बद्मास मान्छे र सज्जन मान्छलाई हेरेर   तिनिहरूकाे भबिस्य हामी अड्काल गर्छाैं । त्यहैलाई हेरे काफीछ याे बाणी । अर्काे कुरा हाम्रा नेता र हाम्रै पनि स्तरहीन नै भएर हाे कि ! एसाे भनिएकाे । अंन्तमा सबैलाई नयाँ बर्षकाे शुख, संमृध्दि, शान्ति र शुस्वास्थ्य आराेग्यता एबंम् मंगलमय शुभकामना !
    धन्यबाद !

  16. ज्योतीष बिद्या अध्ययनको गहिराईको अभावले हो वा बढ्दो ब्यापारीकारिन र नाउँ प्रसिद्धिको चाहनाले हो वा कुनै अथाह कमी कमजोरीले हो वा भनौ भूमण्डलीय आकाशमा उडिरहेका संयौ स्याटेलाईटहरुले ग्रह उपग्रहीय गणितलाई असर पारेर हो, अबको जमाना ज्योतीषले गरेको भविष्यबाणीमा बिश्वास गर्ने हैन|

    Science of Probability अनुसार पनि कतिपय घटनाहरुको सम्भाव्यतालाई भविष्यबाणी गर्न सकिन्छ, जुन ज्योतिषका भविष्यबाणी भन्दा धेरै प्रतिशतमा सही निस्कने सम्भाव्यता हुन्छ|
    पण्डित बाजेले चिना हेरेर, पात्रो कोरेर भन्ने कुरो मिल्ने नमिल्ने पनि उस्तै उस्तै हो जुन चिना नहेरी पनि भन्न सकिन्छ र जुन बरु धेरै मिल्न सक्छ| मुख्य कुरो, भाषामा शब्दहरुको कसरी चलाकीपुर्बक प्रयोग गरिने| हुनसक्छ, होला जस्तो छ तर टर्न पनि सक्छ, अर्को ग्रहले जुधेर पनि लड्न सक्छ र हानी नपुर्याउला, जाप गराए हुन्छ, इत्यादि इत्यादि| खल्ती नरित्याई व्यक्तिगत तवरमा मन शान्ति गर्न मनोबैज्ञानिक उपचार सम्झेर गरे हुन्छ तर सरकारी ओहदामा भएकाहरुले सरकारी निर्णय लिंदा वा जनतालाई असर पर्ने खालका निर्णय ज्योतिषको आधारमा लिन कदापि हुँदैन|

    ज्योतिषहरु असफल भएका केही ज्वलन्त उदाहरणहरु:
    १. भारतवर्ष, जँहा ज्योतिष बिद्या पलाएको र फस्टाएको भुमि, न त् इन्दिरा गान्धीको हत्या हुँदा वा राजीव गान्धीको हत्या हुँदा कुनै ज्योतिषले सो भविष्यवाणी गर्न सकेका थिए| फलानाको ज्युधनलाई खतरा छ भनेर त् जो कोहीले पनि भविष्यवाणी गर्न सक्छ| science of probability अनुसार अझ खुलेर के हुनसक्ला र कति हिस्सामा भनेर उल्लेख गर्न सकिन्छ| अझ बिपरित कोही नाउँ चलेका ज्योतिषहरुले राजीव गान्धीले चुनाव जितेर धेरै बर्ष राज गर्छ भनेका थिए|

    २. यँहा आफ्नै घर आँगनमा ज्ञाने महाराज साइत नहेरी कंहि नजाने र केही नगर्ने| उनको र उनका पुत्रधनको कर्तुत र बितण्डा हेर्दा अब यो धेर दिन टिक्दैन भनेर भविष्यवाणी गर्न कुनै आहालका ज्योतिष र पण्डित हुन् आवश्यक थिएँन| जसले पनि भन्न सक्थे| नेपालमा गएका दशक भित्र यति महान उठुल पुथुल आएको छ, राजसंस्था ढल्यो, जसको सुइँको ज्योतिष बाजेहरूले सायद पाएनन्|
    नारायणहिटी तु. खालि गर नत्र बेइज्जत भोग्न पर्ला भनेर माओवादी सरकारले चेतावनी दिए ज्ञानेन्द्रलाई| राजाले गिरिजा बाबुलाई मलाई नागार्जुनमा डेरा दिनपर्यो भनेर गुहारे अनि सो ठाउँमा अस्थायी रुपमा बस्न दिन प्रचण्ड सरकार राजी भए| अझ बिडम्बना के भने महेन्द्रकी रानी रत्ना नारायणहिटीको कुनाको खोपीमा बस्न चाहिंन र यसपाला चाहि गिरिजालाई गुहार्न पर्यो र उनले पनि सहमत जनाएर प्रचण्डलाई कन्भिन्स गरे भन्ने सुन्नमा आयो| उनी तिनै रत्ना हुन् जसले गिरिजालाई “पिलन्धरे बाहुन” भनेर हाँसो गर्थिन|
    यी सब बिशाल परिवर्तनको अग्रिम सुचना ती साईत हेर्नेहरुले अकुत ज्योतिष बिद्याबाट छिचोल्न सकेको भए उनीहरुको जागिर बच्ने थियो होला|

    ३. हाम्रा नेपालका राजगुरु, राजज्योतिष, रासपुटिन जो छन् सबैलाई त्यही दिन धोति लंगुटी मात्र दिएर देवघाट पठाए पनि हुन्थ्यो जुन दिन नारायणहिटीमा विश्वकै एउटा कुख्यात नरसंहारी विभत्स घटना घट्यो| छोरो द्वारा जन्म दिने बाबु आमा सहितको निर्मम हत्या| राजाको छोरोले राज चलाईरहेको राजा र रानी लाई स्वाहा पारिदिए| किन राज ज्योतिषले यो महान अनिष्ट बारे पुर्व अवगत र सावधान गराएनन्? अनिष्ट हुने सम्भाव्य छ भनेर जसले पनि भन्न सक्छ| राजदरबारमा बस्ने सबैलाई त्यो भन्न सकिन्छ किनभने तरवारको धारमा राज चलाउनेहरुले उल्टो त्यही धार आफ्नो गर्धनमा नपर्ला भनेर नसोच्नु यथार्थतालाई नबुझ्नु हो|

    हामीले पाठ सिक्नपर्ने के हो भने सरकारी ओहदामा भएकाहरुले ज्योतिषका भरमा राज्य संचालन गर्न हुँदैन| अनि ज्योतिष बाजेहरूले आतंक फैलाए जनता उनीहरु माथि नै जाई लाग्ने समय पनि आउनेछ|
    यो ब्लग सान्दर्भिक र सामयिक लाग्यो| धन्यवाद|

  17. ज्याेतिस एउटा बिज्ञान हाे । त्याहाँ भएकाे फर्मुलाकाे आधारमा भन्ने हाे, उस्ले । आफनै पनि अलि अलि अडकाल पनि थप्छन । उ पनि मान्छे हाे । त्याे कहिले पुग्छ, थाेरे संभाबना मात्रै हुन सक्छ । कहि, कतै !
    आखिर बनाउने त नेताले हाे । कतै नभएकाे हदै संम्मकाे अराजनीतिक बखेडा निकाले त्यस्ले अशान्ति हुन सक्छ । 
    जनताहरूले अनुशासन बिनकाे स्वतंन्त्र बढी भएर  स्वेच्छाचारि भए भने त्याहाँ बाट पनि अराजक्ता हुने संम्भाबना छ । सिमा कतैबाट नाघिए त्यस्काे परिणाम अबस्य दुःखद हुन्छ । त्यसैले ज्याेतिस बाजेले थैथप गरेकाे हुन सक्छ । 
    तर देश निर्माण गर्नेहातहरूले हाँक पिट्तैन । गरेर देखाउछ । नराम्राे बस्तुकाे बढी बिज्ञापन हुन्छ । त्याे कुबुध्दि, त्यस्तै स्तरबाट देखाउने दर्जाकै नेताहरू भएकाेले एसै भन्न पनि सकिन्न । फेरि भैहाल्नै के छ ? आधार याे सबैले देशकाे अबस्थालाई हेरेर भन्न सक्ने अबस्था चै छ । एउटा बद्मास मान्छे र सज्जन मान्छलाई हेरेर   तिनिहरूकाे भबिस्य हामी अड्काल गर्छाैं । त्यहैलाई हेरे काफीछ याे बाणी । अर्काे कुरा हाम्रा नेता र हामै स्तरहीन नै भएर हाे कि ! एसाे भनिएकाे ।
    धन्यबाद !

  18. ए ए ए …. आब त हुँदा हुँदै ज्योतिषी हरुले पनि जनता तर्शौना थाले है….. आब ज्योतिषी हरु ले पनि राजनीति गर्न थालेच्चा कि क्या हो???? आब ज्योतिषी हरु लै पनि घुष दिनु पर्च्चा कि क्या हो आनी त उनीहरु ले पनि राम्रो राम्रो भाबिश्यबानी गरिहल्च्चा नि….

  19. बकम्फुसे कुरा ज्योतिष हरु कुरा पनि धेरै सुनियो …..अनुमान गर्न हामीले पनि सकिन्छ लौ हेर्नुहोस मेरो अनुमान ठिक छ कि छैन …
    १, राजनीतिक उथलपुथल हुने सम्भावना ( कारण लडाकु सेनामा गाभिएकोमा चित्त नबुझ्नेहरुले दखल दिन सक्ने हुनाले )
    २, जलमग्न हुने पहिरो जाने सम्भावना ( कारण बर्खाको टाइममा वर्षा हुने भएकोले )
    …अब यत्ति भन्न पनि जोतिष चाहिन्छ र ??

  20. अरु को आतंक बाट पो तर्सने जोतिचिस हरु को भबिष्य बाणी बाट पनि कोई आतंकित हुन्छन र ? ज्योतिष हरु ले अरुको भबिष्य बाणी गर्छन तर आफ्नो चै भबिष्य चै था पाउदैन अनि कसरि विश्वास गर्ने /

  21. भाबिश्यबानी गर्ने हरुले जे जस्तो भने पनि मेरो तर्फ बाट सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुमा नया बर्ष २०६९ को हार्दिक मंगलमय सुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु/

  22. नया वर्ष २०६९ मगल्मय हवस् सबई नेपाली हरुको/ आउदो वर्ष मा राम्रो मात्र देख्न र सुन्न पाईयोस

  23. बितेको साल जे जसरी बिताए पनि आउदो नव बर्ष २०६९ साल हामी सबै को ओठ मा मुस्कान, जीवन मा खुशी नै खुशी ल्याओस !!
    पुरा हुन् नसकेका सबै आशा नव बर्ष को आगमन संगै पुरा होस्
    नव बर्ष २०६९ साल को हार्दिक मंगलमय शुभ-कामना!!!

  24. ज्योतिषको छोरी नै पोइल गएको पनि देखिएकोले अन्ध भक्त भएर डराई हाल्नु हुदैन तेसैले “सुख मा नमात्तिनु र दु:खमा नआत्तिनु” भन्दै सम्पूर्ण नेपाली दाजु-भाई, दिदि-बहिनी लाई नयाँ वर्ष २०६९ को मंगलमय शुभकामना व्यक्त गर्दछु.

  25. आशा गरौ २०६९ साल सुखमय होस्, ज्योतिषहरुले भनेको कुराले फेल खाओस्। सबैलाई शुभकामना।

  26. नेपाल जस्तो शिक्षा र चेतना कम भएको देशमा यस्ता अन्धविश्वास लाइ बढावा दिने कुरा हरुलाई कमसेकम सार्वजनिक सन्चारमाध्यममा प्रशारण गर्न प्रतिबन्ध गरी बैज्ञानिक सोच र धारणा फैलाउने सामग्री प्रशारणमा जोड दिंदा गर्दा राम्रो हुने थियो तर के गर्ने फेरी उही प्रजातन्त्र लाइ खतरा मानव अधिकार लाइ धक्का पुग्ने होला, अनि सर्वसत्तावाद लादिएको ठहर्ने होला त्यसैले माइसंसारमा कमेन्ट गर्नु बाहेक अर्को विकल्प छैन . 🙂

  27. यो संस्था भनेकै यस्तै हो, यति नभन्दा त के को ज्योतिषि भन्थे कति ले त यो संस्थाको नाम सम्म पनि सुनेको थिएना होला म जस्तै अरु ले……. झन चुरो कुरा त नेपाल बल्ल बल्ल शान्तिको बाटो तिर लम्केको देखेर नेपालमा शान्तिको सास फेर्न नदिन को लागी यो ज्योतिषिहरु भारतबाट प्रयोग भएका त हैनन्, त्यो ज्योतिषि लाई के को चिन्ता टन्न दाम, पत्रिकामा नाम……. अरु के चाहियो र!

Comments are closed.