बाग्मतीमा बाबुराम

000_1935
एक हप्ते सरसफाइ अभियानको आज अन्तिम दिन प्रधानमन्त्री बाबुराम बागमती नदी सफा गर्दै गरेका देखिए। सरसफाइ अभियान आजैदेखि सकिएको छ। अभियानका क्रममा मास्क र पन्जा लगायतका सामान खरिदमा व्यापक भ्रष्टाचार भएको खबरपछि अख्तियारले छानबिन थालिसकेको छ। अभियान सकिए पनि त्यसपछि स्वयंसेवी अभियान बाँकी छ।

000_1985

000_1974

49 Comments

  1. फोहोरीहरु को शहर
    फोहोरी हरुको बागमती
    फोहोरी हरुले सफा गरेको पनि मन परौदैनन
    फोहोरी हरुलाई दुर्गन्ध मन पर्छ, त्यसैले बागमती मा फोहोर फल्छन र सफा गर्ने कम को बिरोध गर्छन

  2. बागमती अनि विष्णुमति किनार मा अतिक्रमण गरि बसेका सुकुम्बाशी (भनाउदा) हरु हटाएको खै?? अनि यात्राको हुन्छा बागमती सफा.. किन हटाएन त, किनकि तिनीहरु माओबादी भोटर हुन्.. सो…प्रधानमन्त्री नि यसरि पक्छापात भयेछी केको को सफा काठमाडौँ नि……

  3. जनतालाई आखामा छारो हाल्ने काम नगरु बाबुरामजी यशारी बागमती सफा हुदैन .पहिला ढल निकाशा गरौनुस तेस्लाई बजेट छुट्टाउनुस , अर्को बागमती र बिश्नुमतिलाई ढलान गरि वा ढुंगा को टायल ले बनौनुस . यकि चोटी नहोला कोमसे कोम सुरुवात गर्नुष , हामी साथ दिने छौ आज फोहोर सोरेर हामी जनताको अखाकामा छारो नहालौ, जनता बुद्धु छैनन्,

  4. बागमतीलाई त्यसरी वर्षमा एकपल्ट देखाउनको लागि सफा गर्नु भन्दा बागमतीमा सोझै ढल बगाइने स्थितिको अन्त्य गर्नतिर लाग्नु पर्ने हो प्रम | नियमित ढल dumping गरिने नदीमा यसरी जति सफा गरे पनि तात्विक सुधार आउने होइन |

  5. शुभ बर्षको कामना साथै के भन्न मन लाग्यो भने यो काठमांडूको फ़ोहोर येसरी सफा गर्न खोजेर मात्र पुग्ला जस्तो लग्दैना! यसको लागी long -term को समाधान खोज्नुपर्ने देखिन्छ! ती मध्धे फोहोरको recycling गर्ने उपाय नै उचित होला! अंत त फोहोर कही लगेर फल्नुपर्नेनै छ! हुन त म यसको expert होइन! नेपालमा Recycling गर्ने factories / plants शुरू भएको छन या छैनन तेती थाहा पनि छैन! भएको भए पनि अरु थप्ने र नभएको भए शुरू गर्नु पर्यो! Recycling हुने र collection गरी फैक्ट्रीमा लांदा पैसा पौने भएपछि मानिसहरु सडकमा प्लास्टिक, बोतल, कागज आदि देखना साथ टिप्ने गर्छन! AIT, जहाँ मा कार्यरत छू मा हरेक Weekend मा waste collection हुन्छ जून “CASH FOR TRASH” Slogan / नामले प्रख्यात छ! छुट्टा छुट्टै waste को प्रतिकिलो को दर तोकिएको हुन्छ र तेसई अनुसार पैसा दिईन्छ! हरेक परिवारले आफूले ती wastes फाल्नु नैछ छुट्ट्याएर मात्र राख्ने र त्यों team आउंदा दिनाले, केही पैसा पाउने हुन्छन! अरु देशमा यो सफल देखिन्छ! कम्तिमा पनि बिभिन्न रंगका ३ ओटा dust bins (अझ कति यूरोपेली मुलुकमा त ५ वा ७ ओटा सम्म) सार्बजनिक ठाउमा राखी फोहोर छुट्ट्याएर collect गर्ने गरिन्छ जस्तै plastics, glasses/bottles, cans/metals , र dicomposable items जस्तै papers, fruit peels, other food items, आदि आदि! हुन त कतिको संभव होला नेपालमा तेसरी बानी पार्नमा! तर अभियाननै चलौन्दा त काम गर्ला कि! यो काम सरकारी तर्फबाट र साथै priavate sector बाट पनि गर्न सकिन्छ! China मा Billionaire मधे एक जाना महिला waste recycliing पेशाबाट नै धनी भएको र हजारौ काम्दार्लाई रोजगार दिएको उदहारण छ! एक जना मेरो Chinese मित्र पनि एक रसायन बेच्छ जसले newspaper को printing ink को मसि erase गर्छ जून recycling गर्नु अघि तेसो गर्नुपर्छ! अभियान चलायेमा बागमती र बिस्नुमतीको किनारै भरी स्वत स्फूर्त मानिसहरु फोहोर तिपेको अबस्था नऔला भन्न सकिन्न! अनी बाग्मति र बिस्नुमतीको किनारहरु हरियापार्क र fresh air को लागि walking path मा परिणत होस जस्तै कोरियाको Seoul को नदी जस्तै जहा कंचन पनि बगछ र मानिसहरु नदीको किनारै किनार हिडेर आफिस जाने गर्छन!

  6. सरसफाई भनेको त् राम्रो हो | तर जे गरेनी हाटकी सफाई(४२०) हुने बुद्दी चाहि !!!!!!!!!!!!!!यो रोग ,यो मानसिकता कहिले सफा हुन्छ ?? बाहिरि सफा त् भयो |मनको सफा कहिले हुने ?

  7. प्रधानमन्त्री जिउ,
    तपाई माथि हर नेपाली भोका नांगा देखि ढल निकास र बिकाश बिज्ञान सबै ले आशा गरेको कुरा हो यो ! राम्रो काम को सुरुवात कगाग मा लेखेर होएन आफैले गरेर सबैलाई गर्ने जोश दिनुजस्तो ठुलो कुरा कुनै नीति र संबिधान भन्दा कम छैन ! मलाई बिश्वाश छ, यो देश मा सकरत्मंक परिबर्तन हुन्छ त, मात्र बाबुराम को नेत्रितोवो ले गर्नेछ नत्र देश फेरी १० औ
    सत्ब्दी मा खोज्नु पर्छ! र सारा जनता हरु ले मिलेर आतिखेर साथ् दिने बेला हो न कि ….राम्रो या नराम्रो बिरोध !

  8. प्रतिक्रिया जे लेखे पनि राम्रो कम को कदर गर्नु पर्छा, हौसला दिनु पर्ने हुन्छा र बल्ल बिस्तारै कम हुदै जान्छा, कमेंट्स दिन पाए भन्दैमा जे पयेओ तेही लेख्नु भनेको नकारात्मक सोचको बिकशुनु हो र देस बनाउन सबै जनता को महत्वो पूर्ण भिमिका हुन्छा तेसैले, सबैले सकारात्मक सोच लिएर अगाडी भढ़ो भन्ने, पक्का पनि नेपाल मा सान्ति आउछा, अरुले क गरेछा भन्दा पनि मैले क गरेता देशलाई भनेर येसो सोचौता अनि बल्ल महसुस होला, मेरो अग्रिम शुभकामना छ बाबुराम जी लै अघि बद्नुस हामी तपाइको साथ छौ

  9. सफाई को सुरुआत धेरै राम्रो पछिसम्मै एसले निरन्तरता पावसI
    सबै फोहर ओखरपौवा मा लगेर मिल्काउने वा गाड्ने त हो तर सरकार ले फोहर लाई राम्रो संग तह लगाई सुन्ना land fill को गतिलो तरिका अपनाउन सके ओखरपौवा का जनता ले ठुलो राहत पाउने थियो I

  10. अर्थमन्त्रि झैँ यिनी प्रधानमन्त्रिमा परिस्थितिबस सफल नभए पनि देशको लागि केहि गर्नपर्छ भन्ने मानसिकता बोकेका व्यक्ति हुन ……..भलै उनको कार्य र योजनालाई पब्लिसिटी कमाउने दाउ भनेर बिरोध गरे पनि उनको कार्यलाई बेठिक भन्ने खासै ठाउँ देखिन्न , उनको नेतृत्वमा सबै पार्टीहरु मिलेर केहि बर्ष सरकार संचालन गर्ने हो भने देशको बिकाश र प्रगति हुने प्रबल सम्भावना देखिन्छ ………यिनी सकारात्मक सोच र भिजन भएका आशाबादी व्यक्ति हुन जस्तो लाग्छ ……………..

    • रबि जी,
      अर्को कुन मान्छे देख्नु भयो जो प्रधानमन्त्रीमा सफल भयको र बाबुराम प्रममा सफल भयन भन्नुहुन्छ?
      मा त भन्छु, बाबुराम हालसम्मकै सर्बाधिक सफल प्रम हुन्! हो यिनले अझै थुप्रै गर्नु छ, गर्न सक्छन र गर्न चाहन्छन, हामीले साथ् र सहयोग दिनु जरुरि छ!
      यिनिमात्र एउटा यस्तो ब्यक्तित्वो प्रम हो जो देश र जनताको बिकाश अनि समुन्नतिको लागि प्रतिबद्द र समर्पित अनि कतिबद्द छ अरु सबै आफु र आफ्नो जमातको लागि पाउदुरे र झ्याउरे नाच्ने मात्र हुन्!
      तेसैले बाबुराम महान नेता हुदैछन र यिनी सफल प्रम पनि हुन्!

      • गगने जी
        तपाइँ संग १००% सहमत. यो परिस्थिति मा अरु कोहि भएको भए एसको १०% पनि हुन्थेन. के गरुन बाबुराम ले? कांग्रेस एमाले ले वकालत गरेको संसदीय ब्यबस्था अनुसार को अन्तरिम संबिधान अनुसार बहुमत पुर्याएर सरकार लाइ स्थिरता पनि दिनु पर्दछ अनि अर्को तिर शान्ति र संबिधान को मूल मर्म पनि पुरा गर्नु पर्दछ. हेर्नुस त बाबुराम ले झेलेका समस्या
        १) आफ्नै पार्टी का आदरणीय नेता किरण समुह बरु हरुवा केपी ओली , वा सुशील लाइ प्रधानमन्त्री बनाउन तयार छ तर आफ्नै पार्टी का बाबुराम प्रधानमन्त्री भएको मा रात को निन्द्रा र दिन को भोक समेत गुमाएर बर्बराउदै छ.
        २) तेही समुह ” के हो माग र केहो समाधान आउ न छलफल गरौ” भनेर बोलाएको मिटिंग मा आउदें तर सडक मा बितण्डा मच्चाउँ आज सम्म देखिएको सबै किसिम को उच्छिख्रिलाता लाइ उछिन्दै छ. पार्टी संचालन को लेनिनबादी सिद्दान्त ( योजना निर्माण मा खुला बहस, अल्पमत को कदर तर बहुमत को कार्यन्वयन) लाइ उलंघन गर्दै खोभारी राय को जस्तो ब्यबहार देखाउदै आएको छ तर अझै पनि आफु लाइ सच्चा लेनिनबादी भएको घोषणा गर्दछ.
        ३) धोबिघट गठबन्धन गरेर बाबुराम लाइ प्रधानमन्त्री बनाउन पर्दछ भन्ने किरण समुह ले के जबाफ दिन सक्छन, “प्रो इन्डियन लाइ किन प्रम बनाउन खोजेको”?
        ४) आफ्नो पार्टी को अध्यक्ष पनि मुख मा राम राम, बगली मा छुरा बनेर उनको खुट्टा तान्न लागेका छन.
        ५) कांग्रेस संसद को तेश्रो पार्टी को दुइ तिर हारेको लाइ प्रम को रुप मा काध मा बोकिरहन तयार छ तर देश को सर्बाधिक लोकप्रिय व्यक्ति लाइ समर्थन गर्न सक्देन.
        बाबुराम ले नेतृत्व नैतिकवान बनुन भनेर मुस्तांग चढ्ने निर्णय गरे तेस्लाई नाटक भनियो, उनले देश को आर्थिक विकास को धोका खुलोस भनेर बिप्पा गरे तेस्लाई रास्त्र्घट भनियो( एस्लाई रास्त्र्घट भनेर तर्क दिन भने कसै ले सकेको छैन, र उनले छिन् संग पनि एस्तो सन्धि गर्न चाहेका छन र नेपाल ले अरु ५ वटा संग एस्तो सन्धि गरि साक्यो.मात्र पुर्बग्राही भएर बिरोध गरिएको छ),
        ६) तेही गच्छेदार, माकुने लाइ आफ्नै पार्टी फुटाएर समर्थन गर्दा “लोकतन्त्र को निम्ति कुनै सम्झौता नगर्ने” भयो, तेही गच्छेदार जसलाई कांग्रेस ले हुर्कायो र काख मा राखेर ल्याक्टोजिन खुवायो र आज को हैसिएत मा पुर्यायो, तेही संग सत्ता साझेदारी गर्दा चाहि बाबुराम माकुने वा कांग्रेस भन्दा पनि बदनाम हुने?
        संदसिय ब्यबस्था अनुसार गच्छेदार खोभारी हरु को सहयोग लिन पर्दछ राजनीतिक स्थिरता को निम्ति, तेसैले अब एस्तो नहोस भनेर नै माओबादी ले प्रत्यक्ष निर्बाचित कार्यकारी हुन् पर्दछ भनेको, तर अचम्म “लोकतन्त्र को निम्ति ६० बर्ष लडेका ” हरु भने जनता को प्रत्यक्ष जनमत संग डराएर भाग्दै छन.
        क्रान्ति ब्यबहारिक हुनु पर्दछ र यो इतिहास को बाङ्गो टिङ्गो बाटो बात हिदछ, मैले पनि जनयुद्द को कठोर समय मा युद्द मा प्रत्येक्ष भाग लिएको छु र लडाई को धेरै मोर्चा मा भाग लिएको छु र मेरो परिवार को २ जना ले सहदात गरेको छ तेस्को आधार मा मा के भन्न चाहन्छु भने जनयुद्द को उपलब्धि लाइ बचाउने उपयुक्त कदम तत्कालिन परिस्थि मा चुन्वांग बैठक ले लिएको भन्दा अर्को हुन् सक्देन.. क्रान्ति दुइ कदम अगाडी बढन को निम्ति एक कदम पछाडी पनि हटादछ.बाबुराम ले शान्ति र संबिधान को निम्ति आफ्नो सिद्दान्त, मुल्य र मान्यता मा सम्झौता गर्दै मधेश बादी हरु संग गरेको गठबन्धन लाइ रास्त्र्घट देख्ने ले लेनिन ले ओक्तोबर क्रान्ति लगत्तै आफ्नो देश को एक तिहाइ भूभाग गुमाएर जर्मन संग सम्झौता गरेर रशिया को भविष्य किनेको कुरा लाइ के भन्दा हुन्?

  11. भट्टराई जी ले जुन कम को थालनी गर्नु भयो यो सराहनीय हो सकारात्मक शोच राखौ. निरन्तरता दिने कम नेपाली जनताको हो. तैचु मै चुप भन्नेहो भने यो देश मा केहि हुनेवाला छैन राम्रो कम को कदर गर्न सक्नु पर्छा श्री पशुपतिनाथले सबै लै सदा बुद्धि दिउन .

  12. एस्तो मात्र गरेर के हुन्छ ?
    आज सफा गर्यो भोलि फेरी फोहोर हुन्छ /
    सर सफाई भन्ने कुरा त लगातार गरि रहनु पर्ने कुरा हो /
    यो ठुलो scale को सफाई नया प्रबिधि बाट बैज्ञानिक ढंग ले पो गर्नु पर्छ /

    पानि को लागि Ovivo
    फोहोर ब्यबस्थापन को लागि IWS , visy आदि आदि कम्पनी बाट सिकेपो

    खाली मनोज जी बाट मात्र सिकेर के होला बाबुरामजी अनि गगन जी हरु ले .

  13. जोश जोशिलो छ ! निरन्तरताको कामना !!

  14. ठाउँ ठाउँ बाट ढल जोडिएको छ बागमती मा, ति सबै कडा गरेर हटाउनु पर्छ, अनियमित तरिका ले नदि छेउ बनाएका घर टहरा भत्काउनु पर्छ अनि सुकुम्बासी क नाऊ मा राजनीतिक कार्यकर्ता हरु लै बागमती छेउ मा टहरा बनाउन दिनु भएन…. तिनीहरु ले बागमती किनार लै सौचालय क रुप मा प्रयोग गर्छन, थापाथली मा बिहान जादा हामी सौच गरिरहने सुकुम्बासी हरु लै देख्न सक्छौ… इनिहरु सबै, राज नितिक स्वार्थ क निम्ति विभिन्न लालच देखाएर ल्याएका कार्यकर्ता हुन. पहिले इनिहरु हटाउनु पर्छ. बाकी प्रधान मन्त्रि ले गरेको कार्य एकदम राम्रो छ. उहाले गरेको सुरुवात लै सबै ले प्रोत्साहन को रुप मा लि इ अगाडी बढ्दा बागमती को पुरानो रुप फर्किन्छ कि????

  15. मन्त्रि ले भन्दा सफा त् बर्खे भेल ले गर्छ…… मन्त्रि को सरसफाई कार्यक्रम मा सभागिता को कान्छो छैन मात्र कानुन र सजाय लगायत फोहोर व्यवस्थापन को मात्र खाचो हो ~~!!~~

  16. प्रधान मन्त्रि , डोजर लिएर बाटो बढाउँन कहिले जाने ? भुइँचालो आउदा बाटोको घर भत्केर थिचेर मर्नु पर्ने अवस्थामा गैर कानुनि बनाएको घर कहिले भत्काउने ?

  17. प्रधानमन्त्री स्वोएम एसरी सामाजिक काममा लागे पछी नेगेटिव सेन्सले हेर्नु हाम्रो कम्जोरी । कम्सेकम राम्रो लाई राम्रो त भन्न जान्नु पर्यो नि । खुट्टा तान्ने होइन होस्टे मा हैसे गरेर अगाडि बद्न सकियो भने देसले निकास अबस्ये पाउछ ।

  18. समाचार को शीर्सक हेर्दा त पहिला जिउ सिंग्रिंग नै गर्यो कतै बाबु राम गए भनेर तर सफा गर्न गएका रहेछन | ठिकै छ आफनै voter ले गरेका हुन सोर्नु नि पर्यो नि ? आब 1 time a week को programme राख्न लाउन पर्यो ? कि कसो ?

  19. प्र. म. डा.बाबुराम भट्टराईकाे याे कदम ठीकै हाे । समाज बिकासमा ठूलाे ब्याक्तिले पनि काम गर्नु पर्छ र सबैले कामलाई संम्मान गर्नु पर्छ, भन्ने पाठ याँहाबाट जान्छ । काम बिन माम छैन पनि । संम्मान पनि, इज्जत समेत हुन्न, अज्झ बिदेशमा त ! 
    हामीलाई आफैले ठालु हाे भन्ने मनाेदशाकाे पिडित राेगि भएकाेले, घरमा मुसा राेए पनि बेल्चा पक्रिदा आंङ् जिरिङ् फुल्छ हाम्राे । भारि बाेक्नु, हलाे जेात्नु, घाँसकाट्नु र मेलाेपातमा काम गर्नु बेईजत महशुस हुन्छ । लाज लाग्छ !खानेबेला र लाउने बेला अरूकाे भन्दा राम्राे चाहिन्छ । याे पनि हाे देशै गरिब हुनु मध्यकाे एउता कारण ।
    हाम्राे यहि ब्यबहरकाे कारण हाम्रा बच्चाहरू बरू चेर्छन तर यस्ताे काम गर्न चाहान्न । काम सबैले जस्ताे पनि गर्नु पर्छ भन्ने हाम्राे ब्यबहारबाट संन्देश उनिहरूमा जादैन, हाम्राे राेगि मनाेदशाले बरू आत्म संम्मान खच्किन्छ । त्यस्ले हाे समाज परिबर्तन गर्ने वा ध्वंंश तिर लाने भनेकाे एसैले हाे ।  डा.बाबुरामकाे याे काम प्रेरणादाई नै बन्छ ।धन्यबाद ! 

    • यो देख्दा खै कहिले हो झल्लु ले संग्लो खोलामा अर्को को बुइ चढेको याद आयो . लिंक कतै छ भने येसो हेरेर तुलना गरौन .

      • बुइ त पुकदा पनि चढेको थियो…..बोक्ने मान्छे पाए भने झल्लु र पुकदा मात्रै होइन ६०१ जना नै चढ्ने छन् !
        जनताले बोक्नु नै गल्ती हो !

  20. हामी नेपाली जत्तिको काम कम कुरा धेरै काट्ने जात संसार मै छैनन् | कस्तो मानसिकता हाम्रो? आफु सिन्को नभाच्ने अरुले केही गर्न खोज्दा पार्टीको खोल ओडाउनै हतार हुन्छ हामीलाई, जताततै छलकपट र राजनीतिमात्रै देख्छौ | माथिको फोटो र केही कमेन्ट लाइ नै उदाहरण लिन सकिन्छ | हैन हामीमा सकारात्मक सोचेको विकास कहिले हुन्छ ? भैरहेको र भएका सकारात्मक कामहरुलाई बिपक्षी, प्रतिपक्षी, कांग्रेस, एमाले, माओबादीको माला भिराउन छोडुम हौ गाठे | अरु जे बिरोध गरे पनी कमसेकम गर्ने र भाको राम्रो कामको त समर्थन गरौँ | भित्र के गर्छन त्यो छोडेर बाहिर देखिने कामको त इज्जत गरौँ | मान्छे जतिसुकै ठुलो पद वा शक्तीमा बसेर सबै काम गर्न सक्छ भन्ने हो भने ज्ञानेन्द्रले आटेको होइन र ? तेसमाथी अहिलेको जस्तो जटिल समिकरण भाको राजनितीमा पुराना र नया खप्पिस खेलाडीहरुका बिचमा बसेर झन् कसरि गर्न सक्छन होला सबै काम ? मान्छेको जात धर्म रंग बिचार बिगत भन्दा पनी उसको इरादा के हो, त्यो चाई बुझ्न खोजौ न | येदी इरादा जनता र देशको हितमा छ भने उसको छाला खुर्केर हेर्ने किन ? भली भातीं बुझेर पनी मुख न फर्काउ न |

  21. सम्माननिय प्रधानमन्त्रिज्यु,
    अब डेड महिना काठमाडौं र बागमती फोहोर भएर केही हुँदैन, तेसैले बागमति तिर गएर Publicity Stunt गर्नु भन्दा, संबिधान निर्माण तिर लाग्नुनै बेस होला।
    तपाईंको अहिले खोलामा जाने बेला पनि भइसकेको छैन।

    • प्रधान मन्त्रि ले बसेर सबै संबिधान लेख्ने हैन होला त. एस्तो जिम्बेबार पध मा बसे पछि सबै तिर हेर्नु पर्छा. देस पनि चलाउनु पारो नि हौ. टी भएर यी सबै कम गर्दै छन्. जे भए नि राम्रा कम गर्दै छन्. राम्रा राम्रा अभियान चलौदैचन. यो राम्रो कम हो. पछि एस लै निरन्तरता दिने नदिने भन्ने हाम्रो कुरो हो. ( नेपाली ले कहिले पनि राम्रो कम लै निरन्तरता दिएका छैनन्.) जनता ले नि आफ्नो कर्तव्य निवौनु पारो नि.

  22. यो सब तमासा हो बरु को हो यो आर्मीको मान्छेलाई दुख भयो पछी पछी लागेको लागे छ मत मर्छु कि क्या हो ?

  23. बाबुरामको सरसफाई अभियानमा कति खर्च लाग्यो (आर्थिक र श्रमिक) र त्यो अभियानले बागमती कत्तिको सफा भयो भन्ने कुराको लेखाजोखा गर्न जरुरी छ. मलाई लाग्छ यो बाबुरामको फोटोअप मात्र हो. एक दिनको कार्यक्रमले बागमती सफा होला जस्तो लाग्दैन. बरु त्यो राशी दुर्गम छेत्रमा क्लिनिक खोल्न खर्च गरेको भए केहि को भलो हुन्थ्यो कि ?

    बाबुरामले अहिलेसम्म देशलाई संबिधान दिलाउन सकेको छैन. त्यसमा दोष उनको मात्र होइन, अरु नेताहरु पनि जिम्मेदार छन् . तर यसले बाबुरामको नेत्रितो कमजोर भएको देखाउन्दैनन् र ?

    अनि त्यहि कमजोरी लुकाउन बाबुराम यी फोटोअप कार्यक्रम गरिरहेका छन् .

  24. बाबुरामको सरसफाई अभियानमा कति खर्च लाग्यो (आर्थिक र श्रमिक) र त्यो अभियानले बागमती कत्तिको सफा भयो भन्ने कुराको लेखाजोखा गर्न जरुरी छ. मलाई लाग्छ यो बाबुरामको फोटोअप मात्र हो. एक दिनको कार्यक्रमले बागमती सफा होला जस्तो लाग्दैन. बरु त्यो राशी दुर्गम छेत्रमा क्लिनिक खोल्न खर्च गरेको भए केहि को भलो हुन्थ्यो कि ?

    बाबुरामले अहिलेसम्म देशलाई संबिधान दिलाउन सकेको छैन. त्यसमा दोष उनको मात्र होइन, अरु नेताहरु पनि जिम्मेदार छन् . तर यसले बाबुरामको नेत्रितो कमजोर भएको देखाउन्दैनन् र ?

    अनि त्यहि कमजोरी लुकाउन बाबुराम यी फोटोअप कार्यक्रम गरिरहेका छन् .

  25. बागमती सफा गर्नु भन्दा बागमतिमा आउने फोहरको मुहान बन्द गर्नु पर्छ सबैभन्दा पहिले अनि बागमती आफै सफा हुन्छ . घरि घरि एस्तो अभियान चलाई रहनु पर्दैन . कडा भन्दा कडा कानुन बनाउनु पर्छ, स्कुल देखि नैतिक शिक्षा फोहर नगर्नु भनि ज्ञान दिनु पर्छ .

  26. यो कुन चै फिल्म को सीन हो? फोटो त गज्जब राम्रो छ. एकदम मन chuney खालको छ. तर प्रम ज्यु क्यामेरा को जरुरि थियो र सफाई अभियान मा? publicity को लागि त्येत्रो ड्रामा गर्न तयार?

    KEEP ON CLEANING BEHIND THE CAMERA AS WELL THEN WE WILL APPRECIATE.

    OH GOSH. Politics and Politicians as an actor. ooooh.

  27. बाबुराम र प्रचण्ड मिलेर देस को ढुकुटी रित्तौनको लागि विभिन्न किसिम का issue हरु निकालेका छन् कहिले सगरमाथा चड्ने , कहिले बागमती सफा गर्ने …….. देसको नियम बनाउने ठाउमा बसेका मान्छे ले देसमा यौटा strong नियम बनायर लागु गर्नु को ठाउमा बेल्चा लियर बागमतिमा पस्दैमा हुने होर …… भास्ताचार गर्ने नया निउ

  28. बहुमत को सरकार भएको भए केहि गर्थ्यो कि बाबु ले ?येही त जिन्दगि हो नि!सबै सोचेका कुरा हरु कहाँ पुग्छ र!राम्रो काम गर्दै गयौ भने भोलि पनि देश चलाउने तिमि नै हौ , लागे रहो कल्लु भाई

  29. वेल डन बाबुराम !!
    अब ब्रिक्ष्यारोपन कार्यक्रम पनि गर्नु पर्यो !!मावोबादी भन्दैमा हुन्न ,बाबुराम जस्तो केहि गरम भन्ने खालको पनि छन त्यहा |के छ अरु साथीको बिचार हरु |

  30. बाबुराम को यो कदम लाई सकारात्मक तरिकाले लिए कसो होला साथी हरु? सब ले कही हो.उनले खाए पनि होला तर गरेर त देखाको छन् ni.चाहे नौटंकी झैँ लागोस तर सामुन्ने गरेका त छन्

    • बलराज जी
      हाम्रो मुलुक उँधो लागिरहनुमा हाम्रा नेताहरुको मात्रै दोष हैन तपाई हामी जस्ता
      सोझा जनता ( स्व . नेता गणेशमान सिहको भासामा भन्नु पर्दा ‘भेंडा’ ) भएर पनि
      हो !!!
      आज बागमतिको फोहोर प्रम बाबुरामले उठाएको देखेर तपाईको हिर्दय बेस्मारी
      पग्लियो है ? म अनुमान गर्न सक्छु तपाई त्यहा हाम्रा प्रम को अगाडी हुनु भएको भए पक्कै आँखा भरि आँशु पनि बनाउनु हुन्थ्यो होला भाबुक बनेर .
      यो दृश्य नै यस्तै छ —-
      यो कमेन्ट पढ्दा पढ्दै तपाईले निधार पनि खुम्चाई सक्नु भो होला ‘ के बिधि
      नकारात्मक हो ‘ भन्ने सोची .
      हैन , कुरा नकारात्मक होईन . ब्यबहारिक हो . भोलि हेर्नुस .
      यो क्रम यसरी नै रहिरहदैन . आज भन्दा ३ बर्ष अघिको कुरा हो कि ( मैले समय
      भुले ऐले ) म नया बजार स्थित प्रचण्ड निबास हुदै बिष्णुमति खोला हिडिरहेकी
      थिए , गाउँ पहाड बाट आएका बाई सी यल युबा युवती हरु बिस्नु मति खोला ( पानि पानीको रुपमा थिएन , कालो फोहोर लेदोको रुपमा थियो ) भित्र पसेर खोला
      को फोहोर झिकिरहेका थिए ऐले हाम्रा प्रमले आधि घण्टा बागमतीको लेदो फोहोर
      उठाए जस्तो त उनीहरुले दिन दिनै गरेका थिए .
      म मनमनै सोच्थे यी थुपारिएका फोहोर कता थुपार्ने होला , के गर्ने होला आदि
      ईत्यादी . सफा भईरहेको बिस्नुमति देख्दा ति बाई सी यल युबा बर्ग प्रति मेरो मन
      नतमस्तक भएको थियो .
      केही दिन अघि म नेपाल मै थिए , बिस्नुमति खोला भएर फेरी पनि हिडे म ,
      खोला खोलाको रुपमा बगेको थिएन , त्यो कुरा नगरु ऐले , सबैलाई था भा’को
      कुरा —
      कुरा के भने यदि हाम्रो सरकारको फोहोर ब्यबस्थापनमा ” दुरगामी योजना ” हुँदो
      हो त काठमाण्डौ यो हद सम्म फोहोर हुने थिएन . ऐले सम्मका कुनै पनि सरकार
      ले झारा तार्ने काम मात्रै गरे !
      अस्तिनै हाम्रा नेता माधब नेपालको सरकार हुँदा पनि उनले कुचो समात्या हैनन्
      र भन्या ???!!!
      त्यै भ र यथार्त कुरा गर्या हो बलराज जी . कृपया नकारात्मक सोच नासोचिदिनु
      होला .
      रोटि ( सेलरोटी ) चिल्लो , कुरा खस्रो पो मिठो हुन्छ त , हैन र ?
      हाम्रो सरकारले ” फोहोर बाट मोहोर ” निकालन सक्ने ठुलो दुरगामी योजना बनाउनु पर्छ . ठुलो लगानी गर्नु पर्छ . सकिन्छ गर्न . असम्भब क्यै पनि छैन .

      • यसो एउटा गहकिलो योजना स्केच वोर्क गरि छोटो विवरण लेखि दा बाबुराम लाइ इमेल गरिदिय वा यहि माइसंसारमा हालिदिय कस्तो हुन्थ्यो होला?
        बाबुरामले गरेका यो कार्य र कुरा ले संदेश दिन खोजेका हुन् आग्रह गर्न खोजेका हुन्!
        तपाही बिश्नुमतिको डिल डील मास्क लगाई नाक छोप्दै हिड्नुभयो तर फोहोर सफागरौ फोहोर नगरौ भन्ने संदेश मुलक काम गर्ने हरुसंग तेहा एक मिनेट अडेर साथ् दिने त के कुरा हेर्न पनि सक्नु भयान किन?

  31. एक हफ्ते कार्यक्रम गरे सकियो. अब फेरी उस्तै त होलानी….

  32. गर्न त खोजेको जस्तो पनि छ हेरौ.. साचिनै गरेको जस्तो पनि छ! तेस्तो फोहोर पमले उठाउनु भनेको चानचुने कुरा चै पक्कै होइन!
    तर एस्तो काम त पमले गर्ने होइन उसले त बाताबरण बनाइदिने मात्रै हो!
    पमले यो काम गरेर सिकौना खोजेको चै ठिकै हो तर अलि अब्य्बहरिक जस्तो लाग्यो!!

    ठिकै छ जे भए पनि सबै नेपालीको २०६९ साल सान्ति, संबिधान , सफा सहर ,चौडा सडक, चौडा हृदये भएर मिलिजुली बितोस!!!!!!!!!!!!!

  33. काठमाण्डौ बढार्ने , बागमतीका फोहोर उठाउने काम त भो , अब ति बढारिएका कचेरा कहा फल्ने हो ? त्यसरी उठाईएका फोहोर लाई कहा पुर्याउने हो ? अनि कुन ठाउँमा पुर्याउने हो ? कसरी तिनलाई उचित तबरले बिसर्जन गर्ने हो ? बाबुराम सरकार संग दुरगामी योजना छ कि छैन ?
    जनताले थाहा पाउनु पर्यो काठमाण्डौको फोहोरलाई कहा पुर्याईयो अनि कसरी बिसर्जन गरियो ? करोडौ खर्च गरेर गरिएको एक हप्ते कार्यक्रम यताको फोहोर उता मात्रै हुने हो भने त्यसले के नै अर्थ राख्ला र ! उई यसो माक्स / पन्जा / कुचो सूचो आदि बाट भए पनि लाखौ लाख भ्रस्टचार गर्ने हरुले देशको ढुकुटी बढारे एक हप्ते सरसफाई अभियान नाम मा — त्यतिको लागि यो सब नाटक नबनिदियोस !!!!!!!!!!!!!
    काठमाण्डौको फोहोरलाई उचित तबरले बिसर्जन गर्दै ति फोहोर बाट मोहोर बनाउने सकिने दुरगामी योजना नेपाल सरकारले बनाउनै पर्छ . सानो तिनो योजनाले काठमाण्डौको फोहोर तह लाग्न सक्ने स्थिति नै छैन . सरकारबाट नै पहल हुनु पर्छ .

    • माथ्लो गरा बाट टिपेर तल्लो गरा तिर फाल्ने मात्रै हो नि… बिच्चा को धरर मात्रै हो प. म को > कानुन गतिलो बनाएर फोहोर गर्ने मान्छेलाइ सजाय को ब्यवस्था, फोहोर व्यवस्थापन र कानुन को पालना गराउने भए बागमती आफै सफा हुने थियो… तेसो गर्दा बागमती मात्रै हैन सिंगो काठमाडौँ सफा हुने थिए… गर्दै मुलुक नै सफा हुने थियो… तर खै कानुन चै कागज मै राख्छन…. लागु कुनै सरकार ले पनि गर्दैन अनि…. अब सहानुभूति हैन मन्त्रि ज्यु नेपालि लाइ कडा कानुन को आवश्यकता छ है…. तिमि सडक मा ओर्लेर सफा गर्नु पर्दैन.. पैले जंगल पसेर बन्दुक बोकेको रहर ले होला… तर अब त कानुन र निर्देशन मात्र भए पुग्छा नि हौ !!

  34. हा,हा,हा,हा,……मुहान नै फोहोर भएको बागमती मा पुछार तिर बाट सफाई गरेको देखेर मलाई हासो नै आयो /होइन सदियौ देखि को फोहोर काठमाडौँ अनि बागमती,विष्णुमति लाई १हप्ते सफाई ले पूर्णता पाउछ होला र? मनिष मा फोहोर गर्न हुन्न भन्ने चेतना को कमि अनि सधै सफा गर्नु पर्छ भन्ने कुरा को शासक वर्ग लाई ज्ञान नहुनु ले गर्दा आज यो दशा काठमाडौँ ले खेप्नु परेको छ /१ हप्ते काम ले त सफाई होइन कता ,कता मोटो माल कर्मचारी ले पचाए भन्ने सुन्न मा आउदै छ त के हो डाक्टर साब? तपाई को भाग मा कति पर्यो त?तपाई ले लाएको गमबुट को मोल साएद २००० जोरी पर्न जाला जस्तो छ नि के हो?
    जाबो मस्क को त ३५ रुपिया होइन र?

  35. यता विदेश तिर कोहि कसैले आफ्नो चर्पी को ढल लाइ नदि मा पथाउदैन एदी नदि मा फल्यो भने जेल र ठुलो परिमाण को दण्ड सजाय हुन्छ तेसैले बाबुराम ज्यु तपाइँ को अरु काम नभएर हो कि फुर्सद धेरै भएर हो वा के भएर हो कहिले सडक सफा र अहिले बागमती सफा गर्नु हुन्छ / तपाइँ ले २-४ किलो बागमती बाट निकाल्दै मा बागमती सफा हुने छैन तेसैले तपाईलाई जनता ले तो कुर्ची मा पठाएको देश को सासन चलाउन लाइ हो / अस्ति मात्र मस्क किन्दा ३ रुपया पर्ने लाइ ३५ रुपया मा किनेर भ्रस्टाचार गरे भनेर मेडिया मा आयो /

    तेसिए सक्नु हुन्छ भने १ महिने सूचना निकालेर सबलाई बागमती मा ढल फाल्न नपाएने निकाल्नुस र जस जसले अटेर गर्यो उसलाई खोर मा ठुनिदिनोस र दण्ड दिनुस तेस्पची हेर्नुस नदि सफा हुन्छ कि के हुन्छ / अहिले बागमती को नाम मा अरबौ रुपया NGO /INGO ले सफा गर्ने नीति तथा सफा गर्ने भन्दै पैसा कुल्मुल्या का छन् र पशुपति विकास भन्दै बैंक मा आफ्नो खाता मा बिकाश गरेका छन् तेसैले सक्नु हुन्छ भने एस्त कार्य रोकेर र तेस्तालाई खोर मा जाक्नुस /

    अस्ति को सफाई मा २ रुपया पर्ने मास्क लाइ ३५ को बिल बनाएर खाने लाइ कारबाही गरेर देखाउन सक्नु पर्थ्यो र तिन लाइ खोर मा पठाउनु पर्थ्यो तर तपाइँ चुप बस्नु भयो .. किन चुप बस्नु भयो तेत्रो सबै मेडिया मा बकाइदा भ्रस्टाचार भयो सफाई गर्दा भनेर …
    तपाइँ बाट जनता ले धेरै आशा राखेका थिए तर तपाइँ ले पनि भ्रस्ताचारी लाइ खोर र सजाय नभएर उही राजा कै पाला मा जस्तै पोस्दै आउनु भयो तेसैले सब तिर असन्तोष नै छ / प्रचण्ड को लाजिम्पाट दरबार १० करोड को हल्ला सुक्या छैन / तेसैले तपाइँ पनि ति भ्रस्टचारी ले मास्क मा रु ३ को रु ३५ मा किन्दा पनि चुन हुनुहुन्छ तेसैले तपाइँ ले TV आई सब जनता लाइ भन्नु पर्ने थियो भ्रस्टचारी लाइ कारबाही गरे मास्क किन्दा को भनेर तर चुप बस्नु भयो यो नराम्रो कुरो हो …

  36. यहाँ त सफा गर्ने भन्दा त “तमाशा “हेर्ने को पो भिड छ त हो ….कुनै फिल्म (ब्रम्हलुट नाटक ) को शुटिंग (मंचन ) भएको जस्तो …….

    • पवन जी म त्यो फोटो हेरेर, त्यही सोच्चै तल कमेन्टहरु पढ्दै थिए तपाईले मनकै कुरा लेखिदिनु भो। राष्ट्रीय अभियान चलाउन सकेको भए अझै राम्रो हुने थियो होला है।

  37. ये बाबुराम यो एकदिन सफा गरेर हुने भाको भए काठमाडौँ र ललितपुर को जनता उहिले निस्केर सफा गरि सक्थे तिमीले गोर्खा बाट आउने पर्दैन थियो ! यो तिमिहरुले जस्तै २०४६ साल पछि आएको चप्पलेको महल बाट निस्केको मल र तिम्रै शुकुम्बशी भोट बैंक को उपज हो !

  38. पन्जा र मास्कमा भएको व्यापक भ्रस्टाचारमा अख्तियारको ध्यानाकर्षण हुनु र प्रधानमन्त्री स्वयम् डुंगडुंग गनाउने बागमतीको सरसफाईमा एक दिन भएपनि प्रत्यक्ष्य संलग्न हुनु दुवै सकारात्मक खबर |

  39. जनता हरु रमिते प्रधानमन्त्री कुचिकार ! बागमती को फोहोर उठाउन प्रधानमन्त्री नै जान्नु पर्थ्यो र ? बेरोजगार को दब दबा भएको देश मा बजेट निकासा गरेर करार मा काम लगाएको भए भैहाल्थ्यो नि ! प्रधान मन्त्रि जादै मा प्रेरणा हुने भए देखि ..ति माथि फोटो मा उभिएका हरु ले रमिता हेर्दैनथे होला

    तर एउटा कुरा राम्रै भा को छ , थोरै नै भए पनि जनता को खुन पसिना को राम्रै उपयोग भएको मान्नु पर्छ

Comments are closed.