शान्ति वा क्रान्ति : यो बाटो कहाँ जाने होला?

शान्तिका नाममा दाहालले जनमुक्ति सेनालाई नेपाली सेनाको जिम्मा लगाएका छन् भने क्रान्तिका नाममा वैद्यले दाहालको पुत्ला जलाएका छन्। के जनमुक्ति सेना र नेपाली सेनाको समायोजन हुँदैमा देशमा शान्ति आउने सम्भावना छ? के वैद्यले भने जस्तै क्रान्ति नै गर्न सम्भव छ? तर्क जे पनि गर्न सकिएला तर यी दुवै कुराहरूका केही सीमा छन् र तत्कालमा यी दुवै सम्भव छैनन्। एमाले, कांग्रेस वा काठमाडौंमा बसेर हल्ला गर्ने पत्रकार, वकिल, गैरसरकारी संस्थामा बसेर पार्टी चलाउने, तथा टुप्पाबाट पलाएका बुर्जुवा र सम्भ्रान्त वर्गको लोलीमा बोली मिलाएर दाहाल र भट्टराईले शान्तिको नाम जपे पनि त्यो त्यति सहज छैन। ८-१० हजार लडाकु र हतियार बुझाउँदैमा शान्ति आउने भए ००७ सालमा युद्ध गरेको कांग्रेसले फेरि हतियार उठाउने थिएन, वारम्बारको परिवर्तन (००७, ०३६, ०४६) पछि पनि माले हुँदै माओवादीका नाममा १५ हजार युवाले ज्यान गुमाउने थिएनन्। वेरोजगारी, सामाजिक असुरक्षा, न्यायिक असमानता, सामाजिक, जातिय र क्षेत्रीय असमानता र वैमनस्यता जस्ता सयौं समस्यामा रूमल्लिएका लाखौं युवाहरू तुरून्त मर्न र मार्नका लागि तयार नभए पनि समस्याहरू थाँती रहेमा ती ढिलो चाँडो अवश्य सडकमा आउनेछन्। खाली उनीहरूलाई कसले, कहिले र कसरी परिचालित गर्नेछन् भन्ने मात्र कुरा हो।  

युवाहरू रोजगारीका लागि विदेश जान नपाउने भए नेपालमा कति युवा हुन्थे र उनीहरूले के गर्थे वा के गर्न सक्छन् भन्ने कुराको अनुमान गर्न गाह्रो छ। लाखौं युवाहरू नेपाल बाहिर छन्, आफ्नो पेशा गरिरहेका छन् र घरपरिवारको बाँच्ने आधार बनिरहेका छन् तथापि नेपालभित्र पनि लाखौं वेरोजगार युवाहरू रहेको कुरा कसरी भुल्न सकिन्छ? उनीहरूलाई पनि रोजगारी चाहिएको छ, उनीहरूलाई पनि आत्मसम्मानको जिन्दगी चाहिएको छ, उनीहरूलाई पनि अन्य जात, भाषा, वा क्षेत्रको जस्तै सम्मानित नेपाली नागरिकका रूपमा बाँच्ने इच्छा छ। यस्ता रहर र जिजीविषाका माझ रहेको युवाहरूमा के वैद्य, मातृका यादव वा कुनै जातिय, क्षेत्रिय वा धार्मिक अतिवादी नेतृत्वले आगो झोंस्न सक्दैन? के यस्तो सम्भावना टरिसकेको हो? हिजो माओवादीमा लागेका तर आफ्नो सपना पुरा भएको छैन भन्ने ठान्नेहरू वा लडेर नथाकेका कैयौं युवाहरू अझै पनि वैद्य वा यादवको पछाडि हिड्ने सम्भावनालाई नकार्न सकिंदैन। माओवादी युद्धमा नलागेका तर परिवर्तन चाहिरहेका लाखौं युवाहरू अझै पनि यो देशभित्र रहेको तथ्यलाई पनि यहाँ भुल्नु हुँदैन।

के आर्थिक विकासका माध्यमद्वारा रोजगारीको सृजना भएन भने, जातिय, क्षेत्रीय, भाषिक, सांस्कृतिक वा धार्मिक असन्तुलन जारी रह्यो भने वा भविष्यमा आफूले केही गर्न सकिन्छ भन्ने आशा जगाउन सकिएन भने उनीहरूको आक्रोशलाई रोक्न सकिएला? के उनीहरूको आवेग ०६२-०६३मा जस्तो शान्तिपूर्ण आन्दोलनमा मात्र सिमीत रहला? के नयाँ पुस्ताले विगतमा प्रचण्डले गरे जस्तै अर्को युद्ध, धर्म, जात, क्षेत्र वा वर्गका नाममा गर्नै सक्दैनन्? के केही कथित बुद्धिजीविले भने जस्तै माओवादी ‘नागरिक पार्टी” बनेपछि युद्धका सबै सम्भावनाहरू समाप्त भएका छन्? यदि उनीहरूले देखे र चाहे जस्तो गरी देश चलेको भए वा देशको अवस्था रहेको भए उनीहरूले ‘संसारकै उत्कृष्ट’ भनेको ०४७को संविधानले २० वर्षमै हावा खानुपर्थ्यो?  त्यसैले युद्ध र शान्ति दुवैका अथाह सम्भावनाहरू रहेका छन्। न शान्ति आएको छ, न युद्ध नै समाप्त भएको छ। माओवादी सकिंदैमा वा माओवादीले नचाहदैमा युद्ध हुँदैन भन्ने भ्रमबाट नव-बुर्जुवा वर्ग, विद्वान् महोदय तथा कमरेड दाहाल र भट्टराईहरू जतिसक्दो छिटो मुक्त हुनुहुन्छ देशलाई त्यति नै राम्रो होला र देशमा शान्ति छाउला। देश निश्चित दिशामा जान सकेन भने वा युवाहरूलाई उनीहरूको भविष्यप्रति आश्वस्त पार्न सकिएन भने धेरै किसिमका सम्भावनाहरू बाँकी छन् र त्यो सम्भावना शान्तिपूर्ण आन्दोलन वा हतियार दुवै रूपमा निस्कन सक्छन्। खाली नेतृत्व कसले गर्छ, कहिले हुन्छ र कति ठूलो वा सानो हुन्छ भन्ने मात्र हो।

त्यसो त देशमा सकारात्मक सम्भावना नभएका पनि होइनन्। धेरै युवाले माओवादी युद्ध लडेर थाकेका युवाहरू देखेका छन्, उनीहरूका पीडा सुनेका छन् र तुरून्तै लड्ने चाहना नराख्लान् पनि। त्यसबाहेक देशको समग्र नीतिमा समावेशीकरणको सम्भावना देखिएको छ। किनारामा पारिएका, सिमीत नै भए पनि, समुदाय, जात र धर्मका नागरिकहरू मूल प्रवाहमा आइरहेका छन्। विस्तारै मधेशदेखि हिमालसम्मका जनताले आफ्नो कुरा राख्न, आफ्ना भावनाहरू पोख्न र आफ्ना मागहरू राख्नका लागि हतियार नचाहिने भएको छ। त्यसैले आफ्नो कुराहरू राख्दा, आफ्ना मागहरू राख्दा कुनै हस्तक्षेप भएन भने हतियार उठाउन जरूरी छैन र हतियार त्यति सजिलोसँग उठ्दैन पनि। तर, हिजोको एमाले जस्तै हप्ता-हप्तामा बन्द गर्ने र बाटोको रेलिङ भाँच्ने तथा टेलिफोन क्याविनेटहरू फोर्न भने कसैले रोक्न सक्दैन। यस्ता शान्तिपूर्ण भनिने “एमाले-क्रान्ति” नियमित रूपमा हुने सम्भावना भने जहिलेपनि रहन्छ।

जे भए पनि देश माओवादीको मात्र होइन र माओवादीका ८-१० हजार लडाकुको समायोजन हुँदैमा देशमा शान्ति आयो वा आउँछ भनेर भन्नुमा कुनै तुक छैन। हाल वैद्य पक्षको समर्थनमा रहेका र माओवादी बाहिर रहेका मधेश, थरूहट, लिम्बुवान, दलित, जनजाति समुदाय तथा मुसलमान धर्म सम्बन्धित हजारौं युवाहरू आफ्नो भविष्य आफै निर्धारण गर्न चाहन्छन्। उनीहरू पनि देशमा सम्मानपूर्वक बाँच्न चाहन्छन्। उनीहरू पनि देशमा सृजित सबै अवसरहरूमा आफ्नो भाग्य आजमाउन चाहन्छन् तर त्यसो गर्न दिइन्छ कि दिंइदैन? केही कथित बुद्धिजिवीहरू माओवादी जनयुद्धले दिएका केही सकारात्मक सन्देशहरूलाई पनि मेट्न चाहन्छन्। उनीहरू माओवादी युद्धका कारण नै मधेश, दलित, जनजाति र मुसलमानहरूले आफ्नो हक माग्न अगाडि सरेको कुरा, राज्यले केही हदसम्म सम्बोधन गरेको कुरा तथा सबै क्षेत्रमा समावेशीकरणको मुद्दा अगाडि बढेको कुरालाई “माओवादी हिंसा”सँग मात्र जोडिरहेका छन्। उनीहरूले माओवादी हिंसालाई प्राथमिकतामा राखेका छन् तर राज्यका तर्फबाट भएको विभेद र हिंसालाई बिर्सेका छन् वा त्यो जानीजानी ‘केही होइन’ भनेर मिडिया मार्फत् भ्रम छरिरहेका छन्।

यसरी भ्रम छर्नेहरूले विस्तारै सबै कुरा पुराना नै ठीक अर्थात् माओवादी खराव र उसले गरेका सबै काम तथा उसले उठाएका सबै मुद्दाहरू खराब अर्थात् समावेशी, संघियता र धर्मनिरिपेक्षता, राज्य पुनर्संरचनाका कुराहरू सबै कुराहरू खराब हुन् भनिरहेका छन्। यदि कांग्रेस र एमालेका नजिक रहेका यी पहाडीया बाहुनहरू, कथित विद्वान्‌हरूको लहलहैमा लागेर मिडिया, पैसा, पुरानो राज्य संरचनाका सहयोगी (व्यापारी, आर्मी र कर्मचारी)को आडमा आफ्नो एजेण्डामा सफल भए भने त्यो वेला मोहन वैद्यको वर्तमान अडान काम लाग्ला। वैद्यले अहिले लिएको अडान ती पुरातनवादी चिन्तकहरूका विरूद्ध लड्नका लागि काम लाग्न सक्नेछ। अहिले नै वैद्यले क्रान्ति गर्ने वा हतियार उठाउने सम्भावना छैन किनभने भर्खर युद्ध लडेर थाकेका युवाहरू तूरून्त युद्ध लड्न तयार हुने छैनन् र युद्ध लड्नका लागि नयाँ पुस्ता तयार भइसकेको छैन। तर क्रान्तिकारी धारलाई जोगाइ राख्ने हो भने लाखौं असन्तोषी युवाहरूलाई मधेश, जनजाति, दलित तथा वैद्यले एकैपटक शान्तिपूर्ण रूपमा सडकमा उतार्ने सम्भावना भने बाँकी नै छ किनभने अब ‘पेलान’ खाने पालो दाहालको हो र उनी एमाले र कांग्रेससँग मिसिएको काठमाडौंको त्यो खास वर्गसँग हतियार विना एक्लै लड्न सक्दैनन्। यदि लड्न सके भने उनी नै बीपी कोइरालापछिका उत्कृष्ट नेपाली नेताका रूपमा चिनिनेछन्। उनले पनि त्यो वर्गसँग लड्नका लागि मधेश, जनजाति वा दलित समुदायको सहयोगको अपेक्षा अवश्य गर्नेछन् तर त्यो समुदायले दाहाल, वैद्यलाई पत्याउलान् कि नयाँ नेताको उत्पादन गर्लान् भन्ने प्रश्नको उत्तर भने तुरून्तै दिन सकिने अवस्था छैन।

(नयाँ वर्षको दिनमा निराशावादी लेखका लागि क्षमा माग्दै आम नेपालीको उत्तरोत्तर प्रगतिको कामना- [email protected])

50 Comments

  1. मान्छे चिन्ने बिचारले हो : सबैले आफ्नो कुरा माथि पार्न राम्रा कूरा पनि मिसाएका हुन्छन जस्तै: मदन बज्राचार्य– ” पढ्न चाहने तर स्कुलमा भर्ना हुन् तिर्नु पर्ने फिस तिर्न नसक्ने, रोगले च्यापेको तर औषधि किन्न नसक्ने, अन्यायमा परेको तर न्याय पाउन आबस्यक खर्च गर्न नसक्नेको जात “गरिब” हो/ ”
    परिवर्तन — ” यदि कांग्रेस र एमालेका नजिक रहेका यी पहाडीया बाहुनहरू, कथित विद्वान्‌हरूको लहलहैमा लागेर मिडिया, पैसा, पुरानो राज्य संरचनाका सहयोगी (व्यापारी, आर्मी र कर्मचारी)को आडमा आफ्नो एजेण्डामा सफल भए भने त्यो वेला मोहन वैद्यको वर्तमान अडान काम लाग्ला।”
    परिवर्तन –” हाल वैद्य पक्षको समर्थनमा रहेका र माओवादी बाहिर रहेका मधेश, थरूहट, लिम्बुवान, दलित, जनजाति समुदाय तथा मुसलमान धर्म सम्बन्धित हजारौं युवाहरू आफ्नो भविष्य आफै निर्धारण गर्न चाहन्छन्। उनीहरू पनि देशमा सम्मानपूर्वक बाँच्न चाहन्छन्। उनीहरू पनि देशमा सृजित सबै अवसरहरूमा आफ्नो भाग्य आजमाउन चाहन्छन् तर त्यसो गर्न दिइन्छ कि दिंइदैन? केही कथित बुद्धिजिवीहरू माओवादी जनयुद्धले दिएका केही सकारात्मक सन्देशहरूलाई पनि मेट्न चाहन्छन्।”
    माथिका भनाइ हरु स्वागतयोग्य महान बिचारहरु हुन् /

    • भुवनज्यु/
      दुखि नभयको कुन जातिका छन्? भोकाको जात भोको, बिरामीको जात बिरामी गरिबको जात गरिब/ भोको बिरामी गरिब शाह राना थरको पनि छ बाहुन छेत्री पनि छ मधेसी पनि छ अरु जातिका पनि छ/ के तराईमा मधेसी मात्रै पिडित छन्? तराई सिट आश्रित नेपालको कयौ जिल्लाहरुमा तराई बासीले पाएको सुबिधा पायको छ?

      हेर्नुस भुवनज्यु, तराईको नाम मात्रै बदल्न खोजेको हो भने यति बिरोध हुँदैन थियो/ तराईलाई मधेश नाम दियर त्याहा बस्ने सबै जातिकालाई मधेसी मानेको भय त्यो पनि लौ त् भनेर मान्ने थियो/ तर यसो त् भनि रहेको छैन मधेसी नेता र विद्वानहरुले/ ती मधेसी नेताहरुले त् मधेसी भनेको कुन कुन जातिका नेपाली हुन् समेत भन्न सकेको छैन/ खालि मधेसी शोसित भयो पिडित भयो भन्दै आएको छ/

      अब जातीय राज्य माग्ने जातीय संघियताको वकालत गर्नेहरुले जातीय राज्यहरुमा अरु जातिकाको अधिकार र अबस्था कस्तो हुने त्यो पनि भनेको छैन/ फेरी जातीय राज्य माग्नेहरुले आत्म निर्णय र आफ्नो भबिस्य आफै निर्धारण गर्ने भन्दै आएको छ; तपाईले पनि यहि कुरा भन्नु भयको छ/

      त् भन्नुस भुवनज्यु यो जातीय राज्यमा यक जातिकाले कुन कुन कुरामा आत्म निर्णय गर्न सक्ने अधिकार खोजेको हो र तिनीहरुले आफ्नो भबिस्य आफै निर्धारण गर्ने भनेको कुन सिमा सम्म हो? स्कुलमा पढाउने जांच लिने देखि लियर अदालतमा फैसला गर्ने पनि उनीहरुकै जातको गर्नु पर्ने हो बा ती जातीय राज्यको सडक देखि सदन सम्म उनीहरुकै जातकाले मात्रै चलाउने हो?

      राज्यको नाम चाहे जे सुकै राखून, देस त् नेपाल नै हो/ त्याहा बस्ने चाहे जुन सुकै जातको किन नहुन हो त् उनीहरु नेपाली नै/ त् फरक र बिशेस अधिकार कुनै जातिकालाई किन चाहियो? बिगतमा फरक जातिकाले बिशेस अधिकार र अवसर लियाकोमा आज हामि उनीहरुले जातीय शोसन गर्यो भन्दै आएका छौं/ अहिले हामीले पनि यस्तै गर्ने?

      पिडा रोग अभावले यो जाति त्यो जाति हेर्दैनन्/ नेपालमा बस्ने बाच्ने अधिकार सबै जातिको बरावर हुनु पर्छ/ राज्यले पिडितको जिम्मा लिनै पर्छ, अबशर बिहिन भयकोलाई अबशर दिनै पर्छ/ जुन जातिको राज्य हो तेही जातिकाले पहिला पेट भर्नु पर्छ, जागिर पाउनु पर्छ आदि कुराहरु कसैले मान्न सक्दैन/

      • मदन जी,
        तपाइको यी भनाइ “पिडा रोग अभावले यो जाति त्यो जाति हेर्दैनन्/ नेपालमा बस्ने बाच्ने अधिकार सबै जातिको बरावर हुनु पर्छ/ राज्यले पिडितको जिम्मा लिनै पर्छ, अबशर बिहिन भयकोलाई अबशर दिनै पर्छ” एकदम सहि हो—तर दुखको कुरा हेर्नुहोस त अस्ति बबरमहलमा भएको बम काण्डमा मरेका दुखि तथा गरीब परिवारले अहिले सम्म राज्यको तर्फा बाट कुनै क्षेतिपूर्ति पाएका छैनन तर त्यो भन्दा पछाडी घटेको घटना जसमा पत्रकार यादव पौडेलको मृत्यु भयो उसको परिवारले भने तुरुन्तै १० लाख क्षेतिपूर्ति पाइयो !! यस्तो असमान व्यवहारलाई चै तपाई के भन्नु हुन्छ ? के यसलाई बाहुनबाद भनेर नभन्ने ????

  2. “सबै बिचारको नेपालबादी मित्रहरु सिट एउटा हार्दिक अनुरोध”

    अहिले नेपालको तराईको नाम बदल्नु पर्यो तराईमा एउटा जाति बा समुदायको यकाधिकार हुनु पर्यो भनेर आयका समुह को को बात किन परिचालित छन् त्यो उल्लेख गरिरहन जरुरि छैन; सबैले जानेकै कुरा हो/ यसै कारण बिभिन्न दलहरुमा आस्था राख्ने सबै मित्रहरु नेपालको तराईमा अरु जात तथा समुदायको पहिचान मितायर तराई मात्र मधेसीको यकाधिकार भयको प्रदेस बनाउनु पर्छ भन्नेहरु सिट हामि मिलेर प्रतिकार गर्नु पर्ने अबस्था आएको छ जस्तो मलाई लाग्छ/

    नेपालमा सबै नागरिकहरुको नागरिकहक समान हुनु पर्छ/ नेपालको कुनै पनि जाति बा समुदायको नागरिक नेपालको कुनै पनि भू भागमा आफुलाई पछ्य्पात भयको महसुस हुनु पर्ने कुनै पनि व्यबस्थाको हामीले अब मिलेरै बिरोध गर्नु पर्छ/

    बिगतमा भयको गल्तिको कारण कुनै जाति बा समुदाय मात्रै पिडित भयको छैन शासकीय बर्ग र समुदायको नागरिकहरु पनि पिडित भयको छ/ पढ्न चाहने तर स्कुलमा भर्ना हुन् तिर्नु पर्ने फिस तिर्न नसक्ने, रोगले च्यापेको तर औषधि किन्न नसक्ने, अन्यायमा परेको तर न्याय पाउन आबस्यक खर्च गर्न नसक्नेको जात “गरिब” हो/

    नेपालमा आज पनि सरकारको उपस्थिति समेत नभयको कयौ जिलाहरु छन्/ त्याहा बस्ने सबै जातिले एउटा नागरिकले पाउनु पर्ने अधिकारको उपयोग समेत गर्न पायको छैन/ असहाय तिनीहरु हुन्/

    भारतको समेत प्रसय पाएको हतियार उठायर अरुलाई तर्साउन सक्ने तराईको नाम मधेस नराखे, तराईको जनजातिहरुले उनीहरुको आफ्नै पहिचान मितायर मधिसे नबने तर्साउन सक्ने, चुनावमा हारे पनि नेता बन्न सक्ने, अल्पमतमा परे पनि बहुमतलाई थर्काउन सक्ने मधिसे जातिलाई असहाय कसरि मान्न सकिन्छ?

    मित्रहरु हिजो सम्म हामीले भ्रस्टाचार गरेको व्यक्तिको सम्पतिको जांच हुनु पर्छ भ्रस्ताचारीलाई सजाय दिनु पर्छ भनेर धेरै लेखियो धेरै बोलियो/ तर हामीले झुक्यायर फट्याई गरेर भारतको नागरिकता लुकायर नेपालको नागरिकाता लियका बिहारीहरू माथि छानबिन हुनु पर्छ भनेर कमै आवाज उठायौं/ मित्रहरु तराईमा झुक्यायर लाखौले नागरिकता लियको कुरा सरकार चलाउनेले नै स्वीकार गर्दै आएको छ तर यो कुरामा छानबिन गराउने कुनै नेता बोलेको छैन/

    यसैले मित्रहरु हामीले यो मुद्दा मिलेर उठाउनु पर्छ/ नेपाल र नेपालीमा विभेद चाहेको ईनिहरु नै हुन्/ नेपालको नागरिकाता उनीहरुले नेपाली बन्न लियको होईन नेपालको कुनै भू भागलाई भारत बनाउन लियको हो/ त् आउँ साथीहरु को कुन दलमा आस्था राख्ने भन्ने कुरा थाति राखेर मिलेर नेपाल र नेपाली भाड्न खोज्ने को बिरुद्ध यक भयर आवाज उठाउ/

  3. Biswas/Paribarna/Dr b’s mouthpiece is clueless. The problem is Mysansar has become a medium for many so-called educated.
    How can someone like Biswas be good, wise, rational, and scientific while calling for Limbuwan–a social group, for example, in the region that is homogeneous because if various reasons, including number.

  4. परिबर्तन जी !
    तपाई को संकीर्ण विचार अनि लेखकीय शैली हेर्दा तपाई मा जातियता को मात्र गन्ध बाहेक केहि देखिदैन /एस्तो आक्रोशयुक्त लेख लेख्ने मनिष मा अरु जाती,धर्म,सस्कृति को पनि सम्मान गर्नु पर्छ भन्ने ज्ञान नहुनु अनि सोजो लेखाई ले मात्र भएन, समस्या देखाउना सक्ने ले समाधान को पनि उपाय प्रस्तुत गर्न न सक्नु लेखकीय कमजोरी को प्रस्ट नमुना देखिन्छ/ तपाई लाई बाहुन देखि तेत्रो रिष हुनु आफै मा कहाली लाग्दो कुरा हो/ स्मरण रहोस, छत्रमान सिंह गुरुङ, सुबाश नेंग्मंग ,dr रामबरण यादव,परमानन्द झा यी सबै बाहुन होइनन मित्र /किन बाहुन माथि मात्र येत्रो आक्रोश? तपाई को बुद्धि त सौता को रिस ले पोइ को काख मुत्ने भन्दा माथि को देखिदैन/

  5. “परिबर्तनज्युहरुले चाहेको परिबर्तन”
    सिधै सब्दमा भन्ने हो भने परिबर्तनज्युहरु “तराई मधेसीको मधेस नबने सम्म” नेपालमा आज सम्म भय गरेका सबै क्रान्ति आन्दोलन पछिको परिबर्तन अधुरो भयको ठान्छन; उहाको लेखले त् यहि भन्छ/

    तराईलाई यक मधेश नबनाए परिबर्तनज्युहरु कोहि देस टुक्राउने भन्छ कोहि देस टुक्रिन सक्ने भन्छ/ माथि लेख लेख्नु हुने परिबर्तनज्युले “क्रान्ति बा शान्ति” भन्नु भयको पनि यस्तै एउटा धम्कि नै हो/

    आखिर परिबर्तनज्युहरु तराईलाई मात्र मधेसीको मधेश बनाउन किन यति मरि हट्य गर्दैछन? तराईमा अनेकौ जातिका जनजातीहरु बस्छन तर तिनीहरुमा आफुलाई मधिसे भन्ने मान्ने कुनै जाति नै छैन/ त् मधेसी भनिने को हो?

    यदि उमेश यादवले भने झैँ मधेसी भन्ने कुनै समुदाय हो भने लौ भन्नुस परिबर्तन ज्यु हरुको समुदायमा तराईका कुन कुन जाति समाहित छ?

    परिबर्तनज्युहरु मधेसीहरुको पहिचानको कुरा गर्दै हुनु हुन्छ अधिकारको कुरा गर्दै हुनु हुन्छ/ पहिचान स्थापित हुन् पहिला परिचय दिनु पर्यो/ अधिकार पाउन अधिकार दिन पनि सक्नु पर्यो/ यकातिर तराईको जनजातिहरुले उनीहरु मधेसी होईन भन्दै छ भने अर्को तिर मधेसीहरु उनीहरुलाई मनायर फकायर तर्सायर दवाव दियर मधेसी बनाउन खोज्दै छ अरु जातिका नेपालीलाई हिमाली पहाडी भनेर तराई बात लखेट्न खोज्दैछ/

    परिबर्तनज्युहरु आफ्नो पहिचानको कदर गरियन भनेर सोसित गरियो भन्दै हुनु हुन्छ त् तपाईंहरुले तराईमा के खोज्दै हुनु हुन्छ; के गर्दै हुनु हुन्छ?

    नेपाल सबै नेपालीको घर हो/ नेपालको कुनै पनि भू भागमा संघियताको नाममा पनि कुनै नेपालीको पहिचान मिताऊं सकिंदैन, अधिकारमा कटौती गर्न सकिंदैन र जात र समुदायको नामा कसैले अरुको भन्दा बढी अधिकार पाउन सकिंदैन/ लोकतान्त्रिक नेपालमा हरायक नेपालीको नेपालको कुनै पनि कुना मा समान अधिकार र सम्मान लियर बस्न पाउँछ/ तर परिबर्तनज्युहरु बिशेस अधिकार मात्रै होईन यकाधिकारनै खोज्दै हुनु हुन्छ/ त् परिबर्तनज्युहरु बिगतको जाति प्रधान शासकहरु भन्दा फरक कसरि भयो?

    हामि मान्छौं कि बिगतमा नेपालमा जातीय विभेद गरियो/ ईने विकृत परिपाटीको अन्त गर्न कै निमित त् अहिले लोकतन्त्र रोजेको हो/ अब लोकतन्त्रमा पनि बिशेस जातको बिशेस बा याकधिकार खोज्नु कसरि लोकतान्त्रिक हुन् सक्छ?

    परिबर्तनज्यु संघियता कुनै जाति बा समुदायको लागि होईन देसको सन्तुलित बिकासको लागि हो/ नेपाल हिमाल पहाड र तराई मिलेर बनेको मुलुक हो/ हिमाल पहाड र तराई सम्म फैलियाको नेपालको सन्तुलित बिकास गर्नु नै संघियताको मूल उद्ध्यस्य हो, नागरिकहरुको कर्तब्य हो चाहे त्यो हिमालमा बसुन पहाडमा बसुन बा तराईमा/ हिमालको हिउँ पहाडको शितलता र तराईको समतल मलिलो माटो पानि र हावामा सबै नेपालीको बरावर अधिकार पनि छ जिम्मेवारी पनि छ/ परिबर्तनज्युहरु भन्नु हुन्छ “तराई मात्र मधेसीको हो” / के तराई नेपाल भन्दा भिन्न मुलुक हो बा तराईलाई अहिले मधेस पछी बिदेस बनाउने सोचमा हुनु हुन्छ?

    माथि लेखमा परिबर्तन ज्यु नेपालमा २००७ देखि आज सम्म भयको परिबर्तन अधुरो भयको भन्नु भयो/ परिबर्तनज्यु “परिबर्तन” मा कहिले पनि “पूर्ण बिराम” लाग्दैन/ परिबर्तन एउटा निरन्तर चल्ने प्रक्रिया हो/ एउटा क्रान्तिले अर्को क्रान्ति निम्त्याउँछ/ तर कुनै पनि “परिबर्तन” ले कुनै जाति बा समुदायलाई ‘यकाधिकारको कुरा त् परै अरुको भन्दा बढी अधिकार समेत दिन सकिंदैन/

    परिबर्तनज्युले नेपालीहरुको रोजगारीको अबशर खोसियो भन्नु हुन्छ/ हो खोसियाको छ त्यो पनि बिशेस गरि तराईमै खोसियाको छ/ तर कसले खोसेको छ तराई बासीहरुको रोजगार? यता तिर ध्यान दिनुस/

    भारको बिहार मात्रै पनि समस्त नेपाल भन्दा ठुलो छ/ बिहार बात निर्वाध तराईमा ओईरेको बिहारिहरुले नै तराई बासि हरुको रोजगारी खोसेको जमिन खोसेको छ ब्यापार खोसेको छ/ तराईको जनताको रोजगारी खोसियाकोमा यति दुख मनले मानेको हो परिबर्तनज्यु धाटेर फट्याई गरेर नेपालको नागरिकता लियका बिहारीहरु माथि छानबिन हुनु पर्छ, कार्यबाही हुनु पर्छ भनेर आवाज उठाउनुस/

  6. अब अर्को कुनै युद्ध त सोचन पनि हुन्न! अब सुकेको घाऊ कोट्यौने होईन, मरेको मान्छे फर्कदैन! हमरा छिमेकी मुलुकको प्रगतिलाई हामी अब तुलु तूलू हेरेर बस्नु नपरोस! क्रांति त आर्थिक क्रान्ति चाहिएको छ! अब हामिहरुका प्रयास आर्थिक क्रांति माँ लगौणु बेश, तेसले नै युद्दका दुःख र पीड़ाहरुलाइ बिर्सौन्छ! अनि जाती, पाती, तराई पहाड़ सबैलाई एकै ठाउमा ल्यौछ! काम गरेर घंटामाँ कम्तिमा ८-९ डालर प्रति घंटा अमेरिकामा जस्तो पौने परिस्थिति आएमा, को लातो छ र नेताको भासन सुन्न जाने त्यों घाममा? येह काम नभएर बेरोजगार भएर न तीसरी भीड़ जम्मा हुने हो र दिनाहू खाड़ीका मुलुकमा मरुभुमिमा पनि काम गर्न जन तम्सिएका हूँ! औधोगिक र कृषि क्रान्ति गरी सबै जनताले काम पाउने, बेबसयिक कृषि तथा वा अन्य बेपार गरी जिबिका धान्न सकने परिस्थिति ल्यएमा त्यों भन्दा धेरै गर्नु पर्ने देखिन्न अहिले! देशमा ठूला योजना लागु भएमा अंतरास्ट्रीय सहयोग प्रसस्त आएको छ र आउने देखिन्छ! बिकासका काम भएमा नै प्रसस्त रोजगारी सिर्जना हुन्छ! चीनले सन २००८ अमेरिका र अंतरास्ट्रीय आर्थिक मंदी हुदा १०,००० किमी बाटो बनाएर अफना जनतालाई आफ्नै देशमा रोजगारी सृजन गरेको थियो! बिकासको सबभन्दा बालियों जग नै बाटो (ROAD) हो! सम्पूर्ण देशले एस्मा INVEST गरेका छन! अनि नेपालको लागी Energy हो! जहा प्रसस्त संभावना छ तर योजना र Political will को अभावले गर्दा अध्यारोमा बस्नु परेको छ! देशको जनासख्यको अनुपातमा सयैद नेपाल नै होला सबै भन्दा बढ़ी इंजिनियर भएको! तर धेरै बिदेश पालयन हुनुपर्यो तेहि बिकासका योजनाका अभावमा! धेरै फर्किने स्थिति आउनु पर्छ! जसरी अहिले भारत र चीनमा भैरेहेको छ! अब “बिकास र आर्थिक क्रान्तिको सूत्र” ले सबै नेपालीलाई समेटने र देश उन्नतिको marathon दौडमा लामबद्द गराउन सक्नुपर्छ जसले गर्दा हरेक बेक्तिले गर्ब गर्न सकोस कि देशले उन्नतिका पैइला चलिरहेको छ! एउटा झाडू लगौनेले पनि मैले यो बाटो मात्र सफा हैन देशको फोहोर सफा गर्दै छू भन्ने सोचोस, अनी क्रिसक्ले खाली आफ्नो परिबारको चहक टार्नको लागि मात्र खेती गरेको हैनाकी देशको लागी खाद्द्यान्न उत्पादन र कमाई गर्दैछु भन्ने सोचोस, तेस्तै एउटा आमाले जबरजस्ती बच्चा हरकाएको मात्र हैन कि मैले एउटा सचेत र कर्मठ नागरिक देशको लागि उत्पादन गर्दैछु भन्ने सोच्ना सकून, अनी बेपारीले पनि आजै करोड र अरबपति बन्ने सपना नदेखी जनताको सेवा गरी अलिकती नाफा कमौछु भनी गर्ब गर्न गारोस! अनी सरकारी कर्म्चारि र राजनेता हरुले पनि जनता माथि साशन हैन जनताको को नून खाएको समझी सेवा पुर्याई पारिश्रमिक लिएकोमा गर्ब गर्न सकून! यसरी सकारात्मक सोचको बिऊ रोप्न सके देश उन्नतिको शिखरमा पुग्न समय लाग्दैन!

    नब बर्ष २०६९ मा यी माथि भानियेका कुरामा सफलता मिलोस, शुभकामना!

  7. कुनै जातिविशेष “थारु” सब्दलाई “तेरीमा थारु “! भनि प्रयोग गर्ने बाबुसाहेबहरूले अब चाहिं आफ्नो थुतुनो सम्हालेंन भने परिवर्तनहरुको नराम्रो गरि भेटछ| नौलो नेपालमा सबैले आ-आफ्नो आचरण सुधारेकै बेश !

  8. हामीलाई के थाहा छ भने “हिंसा को कुनै अन्त्य छैन अनि शान्तिको कुनै विकल्प छैन”, किनकि हिंसाले सधै प्रतिहिंसा मात्र निम्ताउछ | हिंसाको राजनीति २१ औं शताब्दी को लागि लाजमर्दो पाखण्डी पन हो | जुन सुकै नाम मा गरिएको हिंसा हामीलाई स्वीकार्य छैन | त्यसैले हामी शान्ति चाहानछौं | भय मुक्त भएर दिनभरी दश नग्रा ले आर्जेको सिस्नो ढीडो आफ्ना परिवार संग बसेर ढुक्क संग खान पाउने व्यवस्था आजको प्रमुख आबस्यकता हो | म पनि एउटा जनजाति कै छोरा हुँ, सबै बाहुन का छोरा सामन्त र सबै दलित अनि जनजाती को परिवारमा जन्मेका मान्छे असल हुन सक्दैन | प्रतेक समाज मा असल र खराब दुवै मान्छे छन् | असल मानिस जुन सुकै वर्ग र जति बाट आएको भए पनि असल नै हुन्छ अनि सामन्ती प्रविति को मानिस चाहे त्यो दलित या जनजाती परिवार संग संबन्धित किन नहोस त्यो सामन्ती नै हुन्छ सबैलाई चेतना भया………….

  9. अधिकारको प्राप्तिको लागि उचित मौकाको फाइदा उठाउन खोज्नु अन्यथा मान्नु परेन| तर यहाँ एउटा प्लस माइनसबाट फेरि अर्को माइनस प्लसमा लैजाने कुरा बढी चर्केर आइरहेका छन्| खाजेको त समानता हो नि| सबै जातजाति एकै ठाउँमा अट्ने, सबैलाई समान अधिकार र अवसरको सुनिश्चितता हुने, बिध्यमान सामाजिक असमानतालाई समानतामा ढाल्ने आदि स्वच्छ मनोभावनाबाट राखिने माग प्रति कसैले असहमति जनाउछ भने त्यसको तेजोबध गर्न पछि पर्नु हुदैन| यो कुराको निश्पक्षरुपमा उठान भएको नपाइएको हुनाले नै धेरै नकरात्मक टिप्पणी गरिएका हुन् भन्ने बुझ्नु जरुरी छ| कुरा सफा छ| नमस्कार|

  10. २०४६ को संबिधान बनिरहादा नेपाली नेता जनता हरुमा यौटा महा युदा जितेको आनुभव भयको थियो सायद आज आयर माओबादीले राजतन्त्र हटाउदा सायद तेस्तै किसिमको महसुस गरेको हुनु पर्छ
    तर यौटा कुरा याद गर्नु जरुरि छ कि राजतन्त्र त माओबादीका ४० बुदे माग मधेको मात्र यक माग थियो बाकि ३९ माग पूर्ण रूपमा पुरा नहुदा सम्म नेपाली जनताले प्रचण्ड र बाबुराम लाई माफ गर्ने छैनन् …….. यहाँ नेर ¨ परिबर्तन चाहने तर माओबादी हुन नचाहने ¨ भन्ने कुरा मलाई मन पर्यो, जुन यक मौन वर्ग हो जहाँ विचार को युद्द हुनेछ…. आशा छ यो बर्गले बाकि ३९ मागलाई हातमा लियर माओबादी नेत्रीत्वो लाई कठघेरमा उभायको देख्न नपरोस,

  11. हरेक मानिसहरुमा दुइ प्रकारको विचार हुन्छ यौटा सकारात्मक अर्को नकारात्मक. तपाईं के लाई साथ लिएर हिड्नु हुन्छ त्यो तपाइको विचार. सकारात्मक सोच राख्नुस सब ठिक हुन्छ नत्र केहि हुने वाला छैन नेपालीको येस्तई चाल हो भने के हुने हो था छैन. २०४६ साल को आन्दोलन पछी को पार्टी बीच पानी बराबार को स्थिति अब झन् जातीय भएर आउछ त. हेर्नुस हामी सबैले सबैको सम्मान गर्न सिकोउ अब को दुनिया मा कम से कम छुवा छूत अनि जात जातिमा नलागेर मिलेर नेपाल सजाउ सबै मिलेर देस बनाउ. मुख्य कुरा अर्को धर्म अर्काको संस्कृति लाई सम्मान गरोउ येसैमा हाम्रो भलाई छ. विश्वका शिक्छित वर्ग ले त यसै गरेका छन् हामीले पानी येसो गर्दा के नै बेफैदा छ र. चित्त दुखे दुखेस म त बाहुन को छोरा कामी दमै जो होस् विद्वान र देस प्रेमी छ भने देस बनाउन सक्छ भने के को जातीय लडाईं गर्ने. बाहुनबाद भनेको सिक्छित हुनु हो न कि जनै लगाएर हुने हो. तपाइलाई लाग्ला के भन्यो भन्ने सुबाश नेम्बांग लिम्बु बाहुन हुन् यानी किराती बाहुन छत्र मान गुरुङ तमु बाहुन हुन्.तपाई पनी पढेर बाहुन हुनुस न कसले रोक्छा.पढ्ने बेलामा गुच्चा खेल्न तिर लागेर हुन्छ.पढी गुनी के छ काम हलो जोति खायो माम ले हुदैन नि

    • “बाहुनबाद भनेको सिक्छित हुनु हो न कि जनै लगाएर हुने हो.”…..LMAO..how can you justify that shit by any stretch of imagination….

      • it looks like you donot understand what coment really says i do not see any rational on that comment pls read twice

  12. जातित्व र धर्म को नाममा राष्ट्रलाई बन्दकी राखी नेपाल आमाको काखमा लात्ती हानी रमाउने हरु देखी साबधान । हिजोका दिनमा माओवादी सँग सेना छ भनी अतालिने र जनतालाई ढाटी देशको ढुकुटी मा ब्रम्ह लूट गर्ने हरुको लागि अब अर्को बहाना को खोजी के हुने हो हेर्न बाँकी नै छ । लोकतन्त्रले मदिसेको नाममा राजनीति गर्नेलाई बाहेक देसले मुक्ती नपाएको बिगत बर्ष जस्तै यो नयाँ साल ले क्रान्ति होइन शान्ती ल्याओस । बुद्धको नामबाट शान्तीको देस नेपाल भनेर बिश्वो माझ् चिनाउन पाइयोस यही छ नयाँ सालको शुभकामना ।

  13. क्रान्तिकाे नाममा कुनै हिंशाहत्या र  युध्दकाे  मात्रै रट लगाउनु निम्नपूजीबादी  बुर्जुवा मनाेबृधिकाे राेमान्टिक उपज हाे । लेलीन भन्नु हुन्छ । 

    के लेखककाे मख्य आसम अझै बन्दु नै बाेक्नु हाे ? मारेर कत्तीलाई भ्याउने ? समस्याकाे समाधान मार्नु र मर्नु मात्रै देख्ने लम्पट उग्रबादी दुष्साहसबादकाे अब दम छैन । कतै कुनै ठाउमा तर्साएर भ्रम पार्न सक्ला तर अन्तिम निस्कर्स पाेलपाेट बन्न मात्ैर हुनेछ । 

    जनताहरू क्रुर अन्यायकाे बिरूध्द पनि जुध्द्न तयार हुन्छ । याे मनमा हेक्का राखे हुन्छ । एउटा पार्टीकाे स्वार्थमा फेरि त्याेखालकाे बलिदानी उठ्तैन । जाे सर्बहारा क्रान्तिकाे नाममा गलत ढंगले संचालित छ । पहिले जीबन उत्सर्ग गरेर बन्दुक उठाउने हातहरू लेबिकाे नाममा शाेषित छन ! पिडित छन ! त्याे कहिले नमेटीने ब्यथा त्याग र बलिदानी भाबनाकाे साथ लडेका जनसेनाकाे कथा बनेकाे छ । के अन्यायकाे बिरूध्द पार्टीकाेलागि जे गर्न पनि  छुट हुन्छ ? र  राजाकाे बिरूध्द मात्रै आन्दालन हुन्छ ? याे दुस्साहस हाे । यसैले जनताबाट एक्लिन्छ एक्लिन्छ याे बिचार । कुनैबादकाे नाममा अत्याचार र निरंकुश्ता कार्यकर्ता र जनता सहन तयार छैन । याे पनि हेक्का राखे हुन्छ । लेखक ज्यूले ।

    कार्यकर्ताकाे पिडा बुझ्नकाे सट्टा शैक्षक अबकासमा जानेहरूकाे ढाँड खुस्काएकाे छ जाे पार्टीकाेलागि त्याग र बलिदानिका साथ लडे उनीहरूले पाउने थारै सुबिधा पनि पार्टीका नेता र त्यसकाे अघि पछि लाग्नेहरूले खाेसेर अरू पिडित र शाेषण गरेर अन्तर्घात गरेकाे छ । यस्ताे अनेमियतताकाे बिरूध्द बैध्य चुँ बाल्ने हिम्मत गर्छ ?  पार्टी भित्र त्यत्राे आर्थिक अराजक्ता भएकाे गुनाशाे गर्छन अध्यक्ष संग तर खाेई त्यसकाे बिरूध्द बैध्य बाेल्छ ? याे आ आफनाे स्वर्थकाे लागि मात्रै  भएकाे नाटक हाे । यस्ले ऐनाजतिकै छर्लग्ङै पारेकाे छैन ? 

    बुरू पिडित पाखा पारिएका जनसेनाहरूले मुद्दा चलाऊने हिम्मत गरे । मुद्दा आफनै नेताहरूकाे बिरूध्द हाले ! न्याय पाउनकाेलागि ! तर बैध्यकाे ढाेगि क्रान्तिकारि खै के यै अन्याेल सृजनाकाे लागिहाे उस्ले भन्ने गरेकाे क्रान्ति ? 
    राम्राे र नराम्राे कामकाे कसि छुट्याउने भनेकाे ब्यबहार हाे । त्याे कसीबाट राम्राे भएर आउन पर्दैन ? बैध्य वा प्रचण्डले !  त्यसै साथ जनताले दिन्छन ? याे मनाेगतबादी चिन्तन मात्रै हाे । यस्ले मुलुकमा ठूलाे नाेक्सान भन्दा कै ल्याउदैन । 
    जाजाति र उत्पिडन याे माआेबादीहरूकाे अर्काे दुश्शाहबादी कदम हाे । पार्टीकाे सहयाेकाेलागि जस्ताे सुकै भिड जम्मा गरेर वा अराजक्ता लादेर भएपनि पार्टीकाे साईज बडाउने र जनतामा अन्याेल, अशान्ति र अन्धाकार बनाएर भाई भाई युध्दभूभीमा नागरिकहरूलाई हाेम्ने ! के दम छ ? बैध्यकाे ! प्रचण्डकाे ! किन माआेबादीकाे पक्षमा आेकालत गर्नेहरू जातीय राज्य हुनु हुन्न । यस्ले देश भित्र युध्द निम्त्याउछ भनेर चिप्लिनु थालेका छन ? के थाह थिएन याे भन्दा पहिले ? याे यस्तै पाखण्डीहरूकाे हुलहाे । आफनु स्वार्थमा रंग फेर्ने आमुलपरिबर्नकाे भ्रम दिएर मुलुककाे दुर्गति निम्त्याउने जाे अहिले हामीले भाेगिरहेकाे छाै ं। धमिलाे पानीमा कै गर्लान तर याे अस्थाई बिजय मात्रै हुनेछ । अन्तत जनताकाे माझमा जनताकाे कसीबाट खारिएर आउने हिम्मत गर्नु पर्याे । हिंशा, हत्या र अराजक्ता त धमिलाे पानीमा माछा मार्नु मात्रै हाे । कहिले संम्म क्रान्तिकाे भ्रम पार्ने जनतालाई ? सच्चाईकाे खेति गराैं, भ्रमले दुष्परिणामकाे अबस्य भागि बन्नु पर्ने छ । 
    धनयबाद ! 

  14. जबसम्म खालीखुटटे नेपालीको मागलाइ सम्बोधन गरिंदैन, यस्ता जनयुद्वहरु पटक पटक हुनसक्छन| “जनता” शब्दलाई अलमल्याउने माध्यमका रुपमा जबसम्म प्रयोगमा ल्याइन्छ, आन्दोलनहरु भईनैरहन्छ र जबसम्म जनताको जागरणलाई केहि मुठ्ठीभर सुकिला र नव-सुकिलाहरुले मसान जागेको जस्ता निकृष्ठ उपमा दिईरहन्छ, त्यस्ताहरुलाई निमिट्यान्न पार्ने अन्तिम जंग पनि एकदिन निश्चय पनि छेडिनेछ|

  15. लेखक आफै जातिबाद बाट प्रेरित भएको प्रस्ट देखिन्छ येस्तोले लेखेको लेख ले झन् असर पुरौदैना र ? २-४ जना बाहुनले राजनीति बिगारे भन्दैमा सब पिडित, गरिब बाहुनलाई दोष दिने . देशको जेल मा गएर हेर बाहुन भन्दा अरु जात ८० % क्रिमिनल काम, गुन्डागर्दी गरेका भेटिन्छन / अनि तेही श्रोत लाइ आधार मानेर तपाई भने जसरि अरु लाइ पनि डाका, गुन्डा, भन्दै हिड्ने हो कि ? राजनीतिमा मिस हेन्डलिंग पक्कै छ तर यसरी जात नै तोकेर समाचार बनाएर समाजलाई भड्काउने काम नगर मित्र हो.

    • हरि जी,
      बाहुन/क्षेत्री जातको बिरोध हुनु अर्थात् कुनै पनि जातको बिरोध हुनु हुँदैन, यसले सामाजिक सन्तुलनलाई खल्बल्याएर देशमा वैमनस्यता बाहेक अरु केहि दिदैन भन्ने कुरा नबुझ्ने त को नै होला र | तर जब जात बाद संग गसिंछ तब निश्चय नै देश र समाजको लागि घातक हुन्छ भन्नेकुरामा सायदै कसैको दुइमत होला | नेपालमा देखिएको बाहुन क्षेत्री बाद पनि त्यहि नै होइन र ?? यो एउटा जात नभएर प्रवृति भएर उभिएको छ र यसले एउटा वर्गलाई पोसेर सारा देशलाई नै कंगाल पारेको सत्य जग जाहेर छैन र ?? यस्तो प्रवृति मौलाउने समुदायको अग्रज बाहुन /क्षेत्री भएकोले नै यसको नाम बाहुनबाद हुन् गएको हैन र ?? बाहुन बाद र त्यस्तो प्रकारको अभिव्यक्ति र आसयबाट सामान्य र पिडित बाहुन क्षेत्री तर्सिनु पर्ने कुनै आबश्यकता छ र ??? एउटा उखान छ नि ” चोर को खुट्टा काट” , भन्दा खुट्टा तान्नु त आफ्नै मन भित्रको खोट होइन र ???

      • “छ र? होइन र? छैन र?”

        रातो बुढी औला हेरेर थाहा पाउनुभो होला नि हो कि होइन भनेर? 🙂

        • के गर्ने कम्प्युटर चलाउने जति अधिकांश त्यहि काइते बर्ग परेर मारयो | जहाँ जसको रातो लाउने सामर्थ छ त्यसैले लाउछ | धेरै नाक फुलाउनु पर्दैन ..सुर्पनखाको दुर्गति भोग्नु पर्ला, होशियार !!!

          • ”के गर्ने कम्प्युटर चलाउने जति अधिकांश त्यहि काइते बर्ग परेर मारयो ..” | ठिक भन्नु भो बाहुन छेत्रीहरु पढ्न लेख्न शिक्षित हुन रुचाउन्छन् र पो कम्पुटर चलाउन सक्ने हुन्छन | लाउरेको छोरा छोरी जस्तो बाउले कमाएको सम्पति गाजा चरेस बाइक र तरुनी मा उडाउदैनन् | शिक्षितहरुलाई ‘असभ्य’ हरुले ‘काइते’ त भन्ने नै भए |

            • yas !
              लाहुरे हुनु मान्छेको आफ्नो इक्षा भन्दा बाध्यता हो भनेर बुझ्नुस| कम्प्युटर चलाउनु शिक्षा संग नागासिएर सामर्थ संग गासिएको कुरा हो | जुन दिन बाहुन क्षेत्री जस्तै अन्य जातमा पनि शिक्षित बेरोजगारको संख्या समान प्रतिशतमा झर्छ त्यो दिन थाहा पाउनुहुन्छ आफ्नो वास्तविक धरातल |के गर्ने राज्यको श्रोत र साधनमा रजाई गर्ने धुर्त र कपतिहरुले गर्दा कतिलाई लाहुरे बनेको छ यसको पनि लेखाजोखा गरिने र हुने दिन पनि औला नेपालमा ढिलो चाडो र त्यति खेर तपईहरु जस्ताको फुर्ति पनि हेरौला पर्खिनुस | र सबभन्दा मुख्य कुरा यहि लाहुरेको पसिनामा नेपाल देश चलेको कुरा त जग जाहेर भै सकेको छ, यसमा पनि तपाईले नाक फुलाउने कुनै तुक देख्दिन | रह्यो कुरा बाउको सम्पति उडाउने नशा खोरी गर्ने तरुनी ताक्ने त्यसमा त अग्रणी भूमिका यहाहरुकै होला जस्तो लाग्छ ! छापामा आउने र पत्र पत्रिकामा पढिने समाचार हरुमा पनि त्यहि देखिन्छ | हालै मात्र एउटा बाहिर बात साह्रै नै महान देखिने पत्रकार महोदय त शुरा सुन्दरी काण्डमा ज्यान गुमाएका रैछन तर क्षति पूर्ति त तिनै लाहुरेका पसिना बात आएको १० लाख दीईको रैछ ??? यसले गर्दा तपाई जस्तालाई लाज को अनुभूति गराईएको छ कि अझै गौरबंभित नै हुनुहुन्छ ??? तपाई हरु जस्ताको सोच ??? जय होस् !!!!

      • बिश्वास जी पहिला त बाद भनेको के हो तेस्को अर्थ नबुझेर हो वा बुझपचाएर हो / तपैका खण्डन ले येह केहि भन्नु पर्ने बाध्यता देखाउछ / कुनै बाद भनेको कुनै सिद्धान्त मा आधारित भएर काम गर्ने र बिपरित सिद्धान्त प्रति प्रतिबाद गर्ने होला जस्तो लाग्छ / कुनै बाहुनले सत्तामा पुगेर बाहुन बर्गको मात्र भलो काम गरेको , अरुको नगरेको प्रमाण देखौनुस, हो परिबार बाद सबैमा छ / सत्तामा धेरै पटक बाहुन पुगे / किनकि राजनिती भनेको एउटा खेल हो जसले जित्छ उसैले सिल प्राप्त गर्छ / राजनीतिको खेल मा अरु जात कम लाग्नु का कारण हरु तपाई जस्तो वादको ब्याख्या गर्ने लाइ पक्कै थाहा होला / यहा कसैलाई राजनीतिमा प्रतिबन्ध त छैन होला ? तर बाहुनबाद भनेर तपैले आफ्नो बाटो कता मोडिएको छ प्रस्ट देखाउनु भएको छ / येह सबै जातका जनता पिडित छन/ आफ्ना परिबार पाल्न , चौकीदार, भरिया, गोठालो , भिकारी जस्तो पनि काम गर्ने जनता सबै जात का छौ / तेसैले आफु वा आफ्नो नाता सत्ता मा नपुगेको झोक ले लेखेको भन्न सकिन्छ यो लेख लाइ /

        • हरि जी,
          कुनै पनि बाद तब सम्म बाद हुँदैन जबसम्म त्यसका पछी लाग्ने हुन्नन | शब्दको कुनै अर्थ हुँदैन जब सम्म त्यसको पछी जन समर्थन जुतिन्न | मैले भन्न के खोजेको भने यदि नेपालमा रोजगारीको राम्रो अवसर भयो भने जति पनि बाद छन् ति सब कागत र कथा मा सिमित हुनेछन | कसैल्लाई पनि त्यसको पछी लागेर आफ्नो समय सत्यनास पार्ने फुर्सद हुने छैन | बिकसित मुलुकहरुमा यहि देखिएको छ | रह्यो कुरा बाहुन वादको त्यो के हो भने सत्ता र शक्ति नजिक रहेकाहरुले आफ्नै जात बर्गलाई पोस्ने खालका प्रवृतिको विकासले नै त होला नि अन्य समूह झन् झन् पछाडी पर्दै गएको | यस्तो प्रवृतिको पोषक र अग्रज बहुसंख्यक भएकोले यसलाई बाहुनबाद भन्न कर लाग्यो हरि जी, यस्तो प्रवृति र सामर्थ क साथ भोलि नेपालमा अरु कुनै जाति आए भने त्यसै जातिको नामको बाद भनेर सबैले आरोप लाउने छैनन् र ???

      • विश्वास जी को कुरा प्रति मेरो समर्थन छ ! उदाहरण को लागि हेर्नुहोसना, अस्ति बबरमहलको बम काण्डमा परेर तिन जना तामांग परिवारका गरीबहरुले ज्यान गुमाउनु पुगे उनीहरुलाई अहिलेसम्म पनि सरकारले कुनै क्षेतिपूर्ति दिएका छैन तर त्यो भन्दा पछाडी घटेका घटना जसमा पत्रकार यादव पौडेलको मृत्यु भयो (जुन प्रहरी प्रतिबेदन अनुसार व्यक्तिगत कारणले भयो) र उसको परिवारलाई सरकारले तुरुन्तै १० लाख क्षेतिपूर्ति दियो, यो असमान व्यवहारलाई के भन्ने????? के यो बाहुनबाद होइन र ?? पक्कै यो बाहुनबाद हो किनकि त्यो घटनामा कुनै बाहुन जातिको परेको भए अहिले सम्म तिनीहरुले क्षेतिपूर्ति पाइसक्थ्यो !!!

        यस्ता कुरालाई बुझेर वा देखेर पनि नबुझेको र नदेखेको जस्तो गर्ने आफैलाई नेपाली भन्न मन पराउने तर नेपालीपनको भावना नभएकाहरु संग कसरि एकताबद्दा भएर बस्ने र कहिले सम्म ?????????

  16. परिवर्तन जी,
    यो त स्थलगत रेपोर्टिंग जस्तो भयो….लेखमा निष्कर्ष र सुझाब पनि त चाहियो नी, होइन र ?
    अधिकांश समस्याहरु जायज हुन् र तपाइको भबिस्यबाणी पनि सहि निक्लेला तर समाधान बारेमा लेखकको दृस्टीकोणको कमि महसुश भयो !

    • harke जी,
      लेखकको प्रश्नै प्रश्नको यो लेखमा प्रश्न भित्र नै उत्तर छ जस्तो लग्यो मलाई त |
      बैज्ञानिक समावेशीकरण र देशको आर्थिक क्रान्तिलाई परिबर्तन जी ले निष्कर्षको रूपमा औल्यानु भएको जस्तो लाग्यो मलाई |

  17. “केही कथित बुद्धिजिवीहरू माओवादी जनयुद्धले दिएका केही सकारात्मक सन्देशहरूलाई पनि मेट्न चाहन्छन्। उनीहरू माओवादी युद्धका कारण नै मधेश, दलित, जनजाति र मुसलमानहरूले आफ्नो हक माग्न अगाडि सरेको कुरा, राज्यले केही हदसम्म सम्बोधन गरेको कुरा तथा सबै क्षेत्रमा समावेशीकरणको मुद्दा अगाडि बढेको कुरालाई “माओवादी हिंसा”सँग मात्र जोडिरहेका छन्………”

    धरातलीय यथार्थमा टेकेर गरिएको विश्लेषण !

  18. परिबर्तन जी
    सिमित तथा संकीर्ण सोच को चरम पाराकाश्ठा हैन भनेर मा कसरि भनु ………………………..??????????????

    तपाइँ का शब्द हरु :-
    ”यदि कांग्रेस र एमालेका नजिक रहेका यी पहाडीया बाहुनहरू, कथित विद्वान्‌हरूको लहलहैमा लागेर मिडिया, पैसा, पुरानो राज्य संरचनाका सहयोगी (व्यापारी, आर्मी र कर्मचारी)को आडमा आफ्नो एजेण्डामा सफल भए भने त्यो वेला मोहन वैद्यको वर्तमान अडान काम लाग्ला।”

    सुझाब :-
    १, कर्मचारी तन्त्र को आमूल परिबर्तन
    २, घूश्खोरी अन्त्य
    ३ , कानून को सुधार
    ४ , अदालत को न्याय
    ५, नियम कानून को सहि पालन

    यी र यस्ता परिबर्तन को जरुरि छ नेपाल मा न कि बाहुन क्षेत्री को बिरोध सबै बहून क्षेत्री तपाइँ ले सोचे जस्ता छैनन् है तपाईलाई जानकारी को लागि
    धन्यबाद

  19. परिबर्तन जी,
    तपाई आफैले यो लेखलाई नकारात्मक भने पनि यथार्थमा यो सबै सचेत नागरिकमा ब्याप्त देश प्रतिको चिन्तन र चासोको बिषय हो | एउटा साधारण व्यक्तिले हालको अबस्थालाई जति सहज र सरल ढंगमा लिएका छन् के त्यति नै सरल र सहज स्थिती छ त देशमा आज ? २०४६ सालको आन्दोलन पछी त अब देश स्वर्ग नै हुने भयो भन्ने अडकल पनि त नगरिएको होइन नि | तर त्यहि निर एउटा सानो समुह यी सारा दलहरुको गठबन्धनलाई चुनौती दिदै जंगल पसे र उक्त महा आन्दोलनको उपलब्धिलाई चकनाचूर पार्दै देशकै सबभन्दा ठूलो शक्ति भएर उदाए | यी सब कुराले के प्रस्ट पारेको छ भने तपाईको यो लेखले ..अब अझै दिन दिनै नया नौलो प्रयोग गरेर देशलाई भड्खालोमा जाक्नु भन्दा एक एक पाइला फुकी फुकी चालौ र देशलाई अर्को राजनैतिक दुर्घटना बाट जोगाऔं भन्ने संदेशबाट अभिप्रेरित छ “भन्ने हामीलाई लाईराछ” हैन कि कसो ??
    “बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई…….” |

  20. माओबादी लडाकुहरुको लिलामी प्रचण्ड-बाबुरामको स्खलन हो की चरम सन्तुस्टि…???

    • लिलामी पुराना थोत्रा र second hand बस्तुको हुन्छ न कि ज्वाजल्यमान इतिहास बोकेका जनसेनाको, समायोजनलाई लिलामी भन्ने हो भने शान्ति प्रक्रियालाई चै व्यापार भन्नुपर्छ होइन भने बल्ल बल्ल बन्न थालेको शान्तिको माहोलको बिरोध गर्ने कि त देशद्रोही हुनुपर्छ कि त मदनमणि, कनकमणि, सुन्दरमणि या यस्तै केहि मणि दीक्षित हुनुपर्छ.

  21. लेखकले भनाइ केही हाद सम्म ठिकै हो | तावाको माछा बाच्नका लागी उफ्रिदा भुन्ग्रामा पर्ने सम्भाबनाहरु धेरै छन् | बास्तबमा समस्या राजनैतिक नेत्रित्वाको छ | देश र बिकाशलाई सर्बोपरी ठान्ने नेतृत्वको अभाब टड्कारो छ | सम्पूर्ण नेपालीलाइ डोर्याउन सक्ने एक्लो नेत्रित्वाको अभाब जब सम्म रहिरहन्छ यी समस्याहरु बल्जिरहनछन् | अहिलेका नेताहरु नया पुराना सबैलाई हेरूं त् : यी सब जुवाको खालमा च्याखे थाप्न बसेका जस्ता छन् | सबै आफ्नै लागी कोहि प्र.म. कोहि मन्त्रि, कोहि नेता, कोहि झुण्डको नेता, कोहि आफुलाई उकाल्न, कोहि अर्कोलाई थेचार्न सत्तारुपी खालको वोरिपरी घुमिराखेका छन् कसका पट्टिबाट च्याखे थापो भने पर्छ है भनेर | येसो एक मिनेट सोचौ त: यी नेताहरुले देशको बिकाश गरौ भन्ने सोच्लान | हरेकले अर्कोलाई ६ महिना पनी राम्ररी काम गर्न दिदैनन, ६ महिना पनी भाको हुदैन हुकुमे र चिलिमेकै भर्ती र राज सुरु हुन्छ | कसैले गर्न आटेको राम्रो कामलाई फलानो, चिलानो फल्नो र चिल्नोको पपुलारिटी बढ्ने भो भन्ने मानसिकता पांग्रे पुछ्रे देखि माथि सम्मका नेता सम्म रही रहन्छ समस्या दुइ चार दिन थामिएर बल्जीरह्न्छ, यो पक्का हो | देश बिकाशको निम्ती मात्रै साझा नीति र थलो जब सम्म बन्दैन हुने येही हो | र अर्को कुरो पनी पक्का छ: यी च्याखेंवालाहरुबाट यो हुन सक्ने सम्भाबना पनी धेरै कम छ | कथम कदाचित जनता र परिस्थितिको दबाबमा एस्तो भैहालो भने यो देखाउने दात बाहेक केही हुनेवाला छैन, नानि देखि लागेको बानि भित्र भित्रै आफ्नाकै त खुट्टा तान्छन अरुको त के भन्ने |

    म कुनै बादी होइन, तर मैले देखेको | सम्भाबना निक्लेका थिए देशलाई नेतृत्व दिने एउटा प्रचण्ड र अर्को बाबुराम | प्रचण्ड किन चाउरिस मरिच आफ्नै रागले भने जस्तै भएर उही च्याखे र खालको राजनीतिमा पुगे भने अर्को आशाको केन्द्र बाबुरामलाई देख्दैछौ कस्तो पत्रु बनाउदैछन उनकै पार्टीका जुवाडे र च्याखेहरुले, अरु त ताकेर बसेका छन् कहिले साँढेको ……. झर्ला र खाउला भनेर |

    येस्ताहरुको नेतृत्व जबसम्म देशले पाइरहन्छ, समस्या लेखकले भने जस्तो आगे पिछे रहिरहन्छ |

  22. लेखक जी खाली पहाडी ले येसो गर्न दिएनन् मात्र नभन्नुस न, सबै को पहिचान नभएमा युद्द हुन्छ मात्रै भन्ने कि अब आउने संबिधान कसरि सन्तुलित बनाउने भन्ने तिर पनि आफ्नु बुद्दी प्रयोग गर्ने . कि देस लाइ ७५ जन जाति, मधेसी, अनि बाहुन छेत्री गरि टुक्रा टुक्रा पार्ने, ति माथि हिन्दु, बौद्दिस्ट, मुसलमान भनेर बिखन्डन ल्याए भै गयो नि . पहिचान कै कुरा गर्ने हो भने मधेसी, मात्र के १००० जनासंख्ये हुने जाति को पनि भाषा र संस्कृति को जगेर्ना हुनु पर्छा . अनि उनि हरु को नाम मा राज्य नहुने ?

    बाहुन, छेत्री र पहाडी मात्रै नभन्नुस , हिजो को सत्ता ले जसरि पहुच नहुने लै गरिब बनायो, अब सबै को पहिचान र पहुच को प्रत्याभूत हुने खालको संबिधान को रचना गरौ, यो नेपाल का सबै जात , जनजाती , समूह मिलेर मात्र सम्भब छ .

    लडेर मात्रै हुने थियो भने मावोबादी युद्द पछी सबै कुरा भई सक्नु पर्ने होइन र? पहिचान नै भनेर सब्बी का भाषा हरु राष्ट्रिय भाषा नहोलान क्यारे (तर हुनु पर्ने होइन र ?), कसो हो .

    हामी लाइ नेपाली बोल्न मन नलागेर बीच बीच मा अंग्रेजी बोल्नु पर्छ , नेपाली संस्कृति भन्दा पश्चिमी नै सबै राम्रा लाग्छ. अनि के को जगेर्ना हो . आफु प्रधान मन्त्रि भए, पद पाए केहि नचाहिने , आफु नहुदा मदेस, पहाड, दलित आदि इत्येदी . होइन मधेसी नै छन् नि त अहिले सरकार मा खोइ त मदेस मा रहेका को हित मा केहि गरेका ? देस मा सबै भन्दा भ्रस्ट यिनै मधेसी नेता किन भए त ?

    हाम्रो जस्तो संस्कृति को बिबिधता भएको देस मा सबै को भाषा को र संस्कृति को पहिचान तेती सजिलो कुरा छैन तर देसका सबै जनता, नेता मिलेमा गर्न नसकिने पनि होइन . सबै जात जाति को सम्मान, र पहिचान हामी आफै मिलेर गर्नु पर्छ, साना, साना टुक्रा परेर होइन . सोच्नुस एउटा राई, लिम्बु को पहिचान र राउटे को पहिचान एकै रुपमा हुनु पर्छ,. नेवार लै मात्र राज्य चाहिने , त्यो चेपांग लाई भने नचाहिने ? कि चेपांग राउटे, नेपाली होइनन.

    नेपाल सब्बै नेपाली को हो , नेपाली सब्बै को समान पहिचान र हित कसरि हुन सक्छ त्यो बारे मा हामी सबै ले सोच्नु पर्छ . खाली आफ्नु पार्टी र आसेपासे का लागि राजनीति गर्नु भन्दा सच्चा राजनीति गरौ, सबै को कल्याण हुन्छ .

  23. योगेशजी ले यो लेख को कमि औल्याई हाल्नु भयो / जहासम्म PLA लाई सेनामा संयोजन गरे पछी के शान्ति स्थापना हुन्छ? भन्ने सबाल छ त्यसको जबाब आउदा बर्ष हरु मा राजनेता हरुले देश लाई कता डोरयाउछन त्यसमा भर पर्ने छ / जल-बिध्युत, उद्योगधन्दा, यातायात एबम कल-कारखाना को समुचित विकास को लागि पनि सबै पार्टी हरुले सहमति साथ अगाडी बढ्दै गए भने नेपालमा शान्ति सुनिश्चित छ, अन्यता आउदो दस बर्षमा के हुन्छ कसैले भन्न सक्दैन / विकास बिना को कुनै पनि संघियता अथवा समाजबाद खोक्रो नारा सिबाए अरु केहि हुदैन नेपाली जनता लाई केवल नारा हैन विकास र संब्रिधि चाहिएको छ जसले रोजगारी संगै जनता को जिबनस्तर पनि परिबर्तन गर्ने छ /

    • देबेन्द्र जी संग म१००% सहमत छु | नेपाललाई बास्तबमा चाहिएको आर्थिक क्रान्ति हो | लेखकले पनि अहिलेको समस्याको समाधानको रूपमा आर्थिक क्रान्तिलाई नै औल्याउनु भएको छ | यदि नेपालका युबाहरु सबै रोजगारीमा लाग्ने हो भने देशको रोगको रुपमा देखिएका सबै “बाद” हरुलाई धोति लाग्थ्यो | तर नेपाली राज नेताहरुको कमाई खाने भाडो यो कंगाल देशलाई त्यतातिर डोर्याउने दर्शन र दूरदर्शिता कतै कहिँ पनि देखिएन | सबैलाई आफ्नै भुडी भर्न र कार्यकर्ता पोस्न कै हतार छ…तातै खाउँ ..जाली मरुँ भन्या जस्तो | आफु भन्दा तलका लाई सहयोगको हात दिएर माथि तान्नुको साटो झन् तल पुर्याउने काम हुँदै छ | यस्तो प्रवृति जब सम्म रही रहन्छ, देश १ पाइला अगाडी बढे भनेर मक्ख नपर्नु होला अस्तिको माओबादी जस्तै अर्को कुनै कुपात्र जन्मिने छन् र देशलाई ४ पाईला पछाडी धकेलेर सबै सत्यानास नपार्ला भन्ने कुराको ग्यारेन्टी के नि ???

  24. सम्भावनासँगै चुनौति पनि आउनु ध्रूबसत्य हो । अहिले नयाँ संविधान निर्माण प्रक्रियालाई शान्तिप्रक्रियासँग जोडिएपनि यसको प्रमुख कारण राज्य पुनर्संरचना नै रहेको कुरा सर्वविदितै छ । त्यसमा पनि प्रमुख कारक मधेश मुद्दा नै रहेको बुझ्न कठिन छैन । त्यसैले अहिले संविधान बन्ने बाटोको मुख्य तगारो भनेकै मधेश मुद्दा नै देखिन्छ अर्थात् जातीय मुद्दालाई राष्ट्रिय अस्मिता अनि राष्ट्र विखण्डनको खतरा देख्नेहरू मधेश मुद्दाकै कारण हो ।

    वास्तवमा मधेशको मुद्दा दुइथरि कारणले अघि बढाइएको लगभग प्रष्ट हुन्छ अहिले आएर । पहिलो, माओवादीको जातीय (वर्गीयसमेत) मुद्दालाई गलत ठहर्याउन र दोस्रो नेपालको सार्वभौमिकतामाथि प्रहार गरिरहन । त्यसैले विगत केही समयदेखि, वा भनुँ उपेन्द्र यादव माओवादीबाट बाहिरिएपछि जसरी मधेश र मधेशी मुद्दा उठिरहेको छ, त्यसको औचित्य रत्तिभर पनि छैन ।

    जनयुद्धको मर्मलाई जसरी लाखौं नेपाली युवाहरूले साथ दिए, मधेशको मुद्दालाई साथ दिने कथित मधेशवादी नेताहरूका आसेपासेबाहेक अरु कोही पनि छैनन् । उनीहरूले जातीय आधारमा मत पाएर चुनाव अवश्य जितेका हुन् र जित्नेछन्; तर उनीहरूले उठाएका कथित मधेशको मुद्दाका पक्षका पक्कै पनि होइन । त्यसैले विखण्डकारी मधेश मुद्दालाई अब पेलेरै नयाँ संविधान बनाउनुको विकल्प देखिँदैन ।

    • पुष्पजीले अन्तिम प्याराग्राफमा व्यक्त गर्नु भएको – ‘मधेशको मुद्दा….’देखिका भनाइलाई ३ पटक पढे; मननयोग्य लाग्यो / यहि कुरा संबिधान निर्माणकर्ताले पनि मस्तिष्कमा राखेर नै संबिधान बनाउनु जरूरी छ / – संबिधान पनि जन-संबिधान होइन कि प्रजातान्त्रिक संबिधान नै राष्ट्रको दिर्घकालिन हितमा हुन्छ /
      बरू अब माओबादीले वर्ग वर्गको रट राख्ने होइन कि विकाशको रट लगाएर विकाश मार्फत वर्गको सफाचट (यद्धपि,संसारमा वर्ग समाप्ति असम्भावी छ – वर्ग बीचको दुरी भने कम पार्न सकिन्छ) पार्ने ध्येय राख्नुपर्छ !

      • हुन त नाउँमा केही राखेको छैन भन्छन् । तर राजतन्त्रको अन्त्यसँगै ‘प्रजा’तन्त्र तुहिसक्यो । अबको संविधान ‘संघीय गणतन्त्र नेपाल’का लागि हुनुपर्छ; यसको विकल्प ‘परिवर्तन’जीले जिकीर गर्नुभएझैं अर्को द्वन्द्व नै हो ।

        विकास भनेको पसलमा सजाएर राखेको फल होइन, त्यो फल फलाउन अपनाइने विधि हो । अर्थात‍् कुन फल कहाँ राम्रो फल्छ, कुन जातको फलले राम्रो फल्छ, के-कस्तो औषधिमूलो गर्दा रोगव्याधि लाग्दैन आदि विधि अपनाएरमात्र फलको वास्तविक विकास सम्भव हुन्छ । उही पुरानै ढर्रामा लाग्ने हो भने फल अमिलोमात्र होइनऽ किराले सत्यानाश पनि पार्न सक्छ । भन्न खोज्या बुझ्नुभो होला क्यार ।

    • पुस्पज्यु
      तपाईंको यो बिचार सुनेर मनै हलुका भयो धन्यबाद/

      म तराई र तराईमा बसोबास गर्ने अन्य जातिका नेपाली पहिचान समेत मितायर मात्र एउटा मधिसे भनिने समुहको स्वार्थ हाबी हुने मधेशबाद्को बिरोधि हुँ मधिसे जातिको बिरोधि होईन/

      बिगतमा शासक बर्ग त्यो पनि बिशेस गरि महा सामन्ति राना शासकहरुलेनै नेपालको अन्य जातिको अधिकार हनन गरेको थियो/ ईनिहरुको पापको फल राजाहरुले समेत बोक्नु पर्यो/ अब राना गयो राजा पनि गयो त् अब त् पालो नेपाली जनताको आउनु पर्छ/ अब लोकतान्त्रिक नेपालको कुनै कुनामा बस्ने नेपालीको कुनै जातिले आफुलाई हेला गरेको आफ्नो अबशर लुटेको महसुस गर्न नपरुन; चाहे त्यो मधिसे जातिकानै किन नहोस/

      संघियताको नाममा अब फेरी यक जातिकाले घिउ भात खान पाउने अर्को जातिकाले फापरको धिदो पकाउन पानि समेत अरु जातिकाको राज्य सिट माग्नु पर्ने नहोस/ मेरो चाहना बस यतिनै हो/ सुध्रियको राजनैतिक पार्टी आज नेपाल र नेपालीको सपना बनेको छ त्यो साकार होस्/

      पुनश्च बिखन्डन कारी बिचार र बादलाई लोकतान्त्रिक तरिकाले पेल्नु पर्छ, पेल्न देसको प्रमुख दलहरु मिल्ने पर्छ/

    • पुष्प जी,
      तपाईं जस्तो बौद्धिक बर्गले कुनै जात र समूह प्रति असहिस्नु बन्न कदापि सुहाउदैन | एकै छीनको लागि मानौ मधेशी नेताहरु सानो संख्यामा छन् र तिनले खासै केहि गर्न सक्दैन | तर के हामि बिर्सयौं त जंगल पस्दा माओबादी कत्रो थियो ?? यदि समायोजन हल हो भने भिडन्त किन रोज्दै हुनुहुन्छ ??? एक मदेश एक प्रदेश मधेशीले मागेका पनि छैन त्यो त यीनको बार्गेनिंग गर्ने हतियार मात्र हो भन्ने कुरा अब छर्लंग भै सकेको छ | तथापी सबैको आ-आफ्नो साइज अनुसारको ठाउँ दिएर समायोजन नै आजको सहि समाधान हैन र ???
      कि पेलेरै सिद्ध्याउने ??? माओबादीलाई ४७ साल पछी सिध्याए जस्तै ????

  25. Good writing, good analysis. I like the writer saying “aba pelan khane palo dahalko ho” Prachand has lost his charm, so is the case with Dr. Bhattarai. There is massive discontent brewing in Nepal. At the moment, no body trust anybody, this is the single reason why a limited number of netas and MPs capitalizing on their positions. This is also the reason why royalists have been able to raise their heads from the graveyards. Nepal’s all past movements been accompainied by two forces – external and inernal. Internal situation is ripe but external situation is not – this is also the reason why there will not be an eminent threat of mass movement. But the situation will soon arrive, it may take five years, definitely, not ten years. What I see is the possible of Maoists infighting to an extreme extent – even possibility of eliminating the opponents physically. This is a dangerious situation, hope, this does not happen.

  26. किन नेपालि युवा अब बैद्द्य ,मात्रिका कै पछी लाग्छ |सधै पिछलग्गु किन हुन्च्छ ?

    अब त् रयाम्बो हुन्छ साथि नेपालि युव़ा ,न भए पनि बिरप्पन ,गब्बर सिंग हरु जन्मिने छन् |
    सधै गान्धी जन्मदैन तेस्तै न बाबुराम प्रचण्ड नै जन्मन्छ |

  27. पक्कै हो जिबन कस्तो हुनु पर्दो रहेछ र पर्छ भन्ने भेद पाई सकेका आम नेपाली जनतालाइ पटक पटक को आन्दोलन ,सम्झौता ,धोका र नयाँ नयाँ नेतृत्व ले उनीहरुको चाहाना र भबिस्य माथि एसिड खनाए पनि आफ्नो चाहाना र भबिस्य प्राप्ति को लागि स्टिल झैँ दरो बनाउदै लगिरहेको छ \ जित आखिर जनता कै हुन्छ ,हुनु पर्छ ,समस्याको चुरो पैलाएर समधान गर्न सके कसैको रगत नबग्ला ,नउम्लेला र भौतिक शक्ति को सहारा लिन नपर्ला \ हैन जनता भनेका भेडा हुन् हामीले जता म्याँ गर्यो उतै दगुर्छन भन्ने सोच ले काम गरेमा ,कराउछंन कराउछन चुप्लाग्छन भनी अटेरी गरे मा जनता ले नयाँ जंगे निकाल्ने छन् र राजनीतिलाई ,राज्य लाइ कमाइखाने भाडो बनाउने हरु लाइ समाप्त पार्नेछन \ बेलैमा आम विभेद र मूल समस्या लाइ चिरफार गरि सधैको लागि नफाले ठुला घर संगै ठुला पार्टी र नेता माटोमा मिल्नेछन\ नयाँ बर्ष २०६९ ले सहि समाधान दिन सकोस यहि सुभकामना !

  28. जे भए पनि देश माओवादीको मात्र होइन र माओवादीका ८-१० हजार लडाकुको समायोजन हुँदैमा देशमा शान्ति आयो वा आउँछ भनेर भन्नुमा कुनै तुक छैन
    Dharey ramro article !!!

  29. लेखकजी निष्कर्ष खोइ त ? तपाइको सुझाव पनि त राख्नु भएको भए प्रतिक्रिया लेख्न मज्जा आउथ्यो !!
    तपाइको लेख पढुन्जेल मुट्ठी कस्न मात्र ठिक छ / कुनै गतिलो धारमा दरिएको लेख लागेन / तथापि, लेख्दै जानुस लेखन शैली राम्रो छ /

    • योगेश जी,
      बैज्ञानिक समावेशीकरण र देशको आर्थिक क्रान्तिलाई लेखक जी ले निष्कर्षको रूपमा औल्यानु भएको जस्तो लाग्यो मलाई यो लेख पढ्दा त ??? हैन त परिबर्तन ज्यु ????

Comments are closed.