कथा यात्रा (भाग ३)

katha_yatra माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा सुरु भएको कथा यात्राको भाग ३ का लागि यो साता ६ वटा कथा पाठकहरुले लेखे। तैपनि मुख्य प्रतिस्पर्धा प्रजय र तेन्जिङ गाबाबीच रह्यो। सम्राटसँगको सम्बन्धमा नाटकीय मोड ल्याएर घरबाट निकालिदिने कथा भएको प्रजयको कथालाई कथावस्तुमा ठूलो परिवर्तन नभए पनि रोचक मोडमा पुर्‍याएर छाडिएको तेन्जिङ गाबाको कथाले उछिनेको छ। १०७ का विरुद्ध १२० मतका साथ तेन्जिङ गाबाले कथा यात्राको तेस्रो भागलाई निरन्तरता दिएका छन्। गत हप्ताभन्दा दोब्बर मत यस पटक कथाहरुका लागि परेको थियो।

खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका हुन्छन्, अर्को पाठकले त्यही बिन्दूबाट सुरु गरेर अर्को कथा लेख्‍नुपर्नेछ। उसले टुङ्ग्याएको बिन्दुबाट अर्को हप्‍ता फेरि अर्कै पाठकले कथालाई सुरु गर्नेछन्। एवंरितले धारावाहिक रुपमा हरेक हप्ता यो चल्दै जानेछ। के थाहा, सबैभन्दा धेरै लेखकले लेखेको कथाको कीर्तिमानै पो बन्ने हो कि यो। तर त्यसका लागि चाहिन्छ सिर्जनात्मक दिमाग भएका पाठकहरुको, जसले यो यात्रालाई हरेक हप्ता अघि बढाउनु पर्नेछ। तपाईँको मतले छानिएको कथा यात्राको तेस्रो भाग यस्तो छ।


कथा यात्राको पहिलो भाग पढ्नुस्
कथा यात्राको दोस्रो भाग पढ्नुस्

म आँशु रोक्ने असफल प्रयाश गर्छु,
ठिक त्यति नै बेला फोनको घन्टी बज्छ,,,ट्रिंग-ट्रिंग-ट्रिंग-ट्रिंग
आमा लगभग दौडदै फोन भए तिर जानु हुन्छ मानौ फोनवाट आज भगवानले नै दिब्यबाणी सुनाउदै छन्।
“हेलो”
,,,,,,,,,
“ओहो !! सम्राटबाबु !!! हजुरले कतिबेला फोन गरिस्येला भनेर कुरी राख्या छे ” आमाले भगवानको प्रसादको थाली छोएर सफेद-झुटो बोल्नु हुन्छ।
,,,,,,,,,
मलाई भाउन्न हुन्छ,
बिस्तारा कोठा तिर दौडन्छु तर आमा कर्डलेस फोन बोकेर पछी पछी आउनु हुन्छ “सम्राटबाबुले फोन गरिस्या छ, तिमीसंग बोलिसिन्छ रे। ” आमा मलाई फोन दिनु हुन्छ,
म पुलुक्क उहाको मुहार हेर्छु। उनको मुहार यति उज्यालो मैले कहिल्यै देखेकी थियिन।
यो कस्तो परिबन्द हो?
अब म कसरी बोल्दिन भनु?
बोलौ भने के बोलौ?
अनायशै फोन कान तिर बढ्छ, आखिर म संग अरु बिकल्प पनि त् छैन नि।
उता वाट आवाज आउछ
“गुड मार्निंग, के छ तिम्रो हालखबर?”
“ठिक्कै छु”
“होइन तिम्रो स्वर के भयो? अलिक फरक छ त? रुघा-खोकी लाग्या हो कि के हो ?”
“होइन त्येस्तो केहि होइन, ठिकै त् छ नि” म अलिक सहज हुने प्रयाश गर्छु/
“कि भर्खरै उठेकी?”
“होइन बिहानै उठेकी ” आमा ढोका बन्द गरेर कोठा बाहिर निस्कनु हुन्छ,
किन हो किन अलिक सहज महशुस गर्छु, अलिक शाहस बढ्छ ” यति ढिलासम्म सुत्ने चलन छैन हामी कहा ” म अलिक रुखो स्वरमा भन्छु।
” हा,हा,हा,,, राम्रो बानी रहेछ, मलाई पनि मन पर्छ चाडै उठ्नु त्” मेरो रुखो स्वरको प्रबाह गर्दैन उ।
“हाम्लाई पनि थाहा छ, यहालाई के-के मन पर्छ, को-को मन पर्छ भन्ने ” म अझै कर्कश स्वर निकाल्छु,लगभग झगडाकै स्तरमा जवाफ दिन्छु। यतिन्जेल सम्म मेरो आत्माबल निक्कै बढी सकेको छ र मेरो बुबा आमाले भन्न नसकेको मेरो प्रस्ताब भन्ने मौका पाएकोमा एकपटक माता भद्रकालीलाइ मन मनै धन्यबाद दिन्छु।
“मलाई के-के को-को मन पर्छ भन्ने त् मलाई पनि थाहा पाउनु मन थियो” उ सहज अनि बडो मनोविनोदी भाबमा भन्छ ” लौ न कहिले-कहा थाहा पाउनु सक्छु होला? जहा भन्छौ, जहिले भन्छौ, म हाजीर हुने भए ”
म फेरी अर्को परिबन्दमा पर्छु।
अब म कसरी भेट्दिन भनौ?
एकछिन गमेर भन्छु ” त्येसो भए भोलि फुर्सद छ ?”
“भनि हाले नि जहा भन्छौ, जहिले भन्छौ, म हाजीर हुने भए, लौ भन भोलि कहा आउ?” उनको मनोबिनोदी भावमा अझै कमि आएको छैन।
“त्येसो भए भोलि बिहान हाम्रै घरमा आउनुस न, ८ बजे तिर ” बुबा-आमा बिहान मन्दिर जानु भएको बेलामा खुलेर झाको झार्ने योजना बनाउदै भन्छु।
“हुन्छ-हुन्छ ” भन्दै उ फोन राख्छ म पनि
फोन अफ गरेर आसु पुछ्नु खोज्छु,,,,, ओहो !!! आँशु त कति चाडै सुकी सकेछन।

*************************
आज आइतबार
बुबा-आमा मन्दिर जानु भा छ, भाइ राति ढिला घर आएर अझै उठेकै छैन, शायद डान्स पार्टी थियो क्यारे उसको कलेजको साथीहरुसंग। अघि नै उठेर हातमुख नुहाई धुवाई सकेर फुर्सदिलो भएर बसेको छु। जानी-जानी नै शृंगार गरेको छैन, लुगा पनि सामान्य घरमा बस्ने लुगा नै लगाएको छु। मलाई थाहा छ म उनलाई आकर्षित गर्न गइ रहेको छैन अनि किन चाहियो शृंगार ? किन चाहियो नाना-भातिको बिन्याश?
ढोकाको घन्टी बज्छ, पक्कै पनि सम्राट नै हुनु पर्छ, हो रहेछ। एक्लै हिडेर नै आएछ उ।
म ढोका खोल्छु।
” कहिले ८ बज्ला जस्तो भाथ्यो मलाई त् ” हिजो कै हास्यरसलाई निरन्तरता दिन्छ उ।
” बस्नुस” सोफा तिर देखाउदै म भान्सा तिर चिया लिनु लाग्छु, घरमा आउने शत्रुलाई त् नदुत्कारने हाम्रो सस्कारमा उ त् कम्तिमा पनि मेरो शत्रु त् होइन नि, वा कम्तिमा पनि आजसम्म मेरो केहि बिगार त् गरेको छैन नि उसले। हिजोको मेरो रुखो स्वर अलिक आफै मत्थर भएको आफैलाई अनुभूति हुनु थालेको छ।
उनलाई चिया दिदै म पनि अर्को सोफामा बस्छु।
“हिजो त् निक्कै डाइलग दिदै थियौ नि, खै के के थाहा छ भन्दै थियौ नि त्” उ कुरो प्काउछ/
म प्वाक्कै भनि दिन्छु ” मलाई रेणुले सबै कुरो भनीसकी ”
“,,,,,ए,,,,कुरो बल्ल बुझे ” अलिक गम्भीर हुन्छ उ।
म थप्छु, ” रेणु त् मेरो मिल्ने साथी भएकोले सबै कुरो बताईं र मैले नि थाहा पाए अब अरु त्येस्तो त् कति भए होलान कति। झन् विदेशको त् कुरै छोडौ। अनि मैले कसरी तपाइलाई बिस्वाश गर्नु सक्छु ? त्येही भएर बिबाह अगाडी म तपाइको मेडिकल रिपोर्ट हेर्नु चाहन्छु भनेर प्रस्ताब अस्ति नै पठाएको थिए। शायद तपाईलाई कसैले पनि भनेन होला, मलाई थाहा छ मेरो बुबा-आमाले त्यो प्रस्ताब राख्नु सक्दैनन् त्येसैले म आफैले नै तपाईलाई बोलाएकी।”
अब भने गम्भीर हुदै उ भन्छ
” मलाई पनि खुलस्त रुपमा कुरो गरेको नै मन पर्छ। तिमीले रेणुवाट सुनेको र तिमीले सोचेको कुरो सहि हो। तिम्रो प्रस्ताबसंग म असहमत पनि छैन, अनि तिमीले संका गरेको जस्तो कुनै पनि रोग मलाई लागेको छैन किनकी त्येसको निमित्त के गर्नु पर्छ आज भोलि सबैलाई थाहा छ र मलाई मात्र थाहा नहुने कुरै आएन। बेश्यब्रितिमा नै निर्लिप्तहरुलाई पनि ९९% लाइ एड्स लागेको हुदैन। त्यो त्यति ठुलो कुरो होइन तिमीले चिन्ता लिनु पर्दैन। मुख्य कुरो चाहिँ के भने , म बिहेको लागि नेपाल आएको कुरो त् टोल भरि हल्ला फैली नै सकेको छ र यहा तिम्रै वरीपारिको साथीहरुले के के गर्दै छन् तिमीलाई थाहा नै छ र म पनि गधा-पच्चिसा न-नाघेको ठिटो हु यो पनि म स्वीकार्छु तर पनि एउटा प्रश्नको जवाफ तिमीले मलाई दिनै पर्छ ”
“कस्तो प्रश्न ? ” मेरो कौतुहलता उम्कन्छ।
उ गम्भीर भएर भन्छ ” बिहे पछाडि हुनु पर्ने सम्बन्ध किन रेणुसंग मात्र भयो ? किन तिमीसंग चाहिँ भएन ? ”

क्रमश:

अब तपाईँले यही बिन्दूबाट नयाँ कथा सुरु गर्नुपर्नेछ। गत हप्ता कथा अगाडि बढाएकाहरुले यस पटक फेरि त्यही कथालाई परिमार्जन गरी वा नगरी सहभागी हुन सक्नुहुनेछ। छनौट पाठकको हातमा छ।

नियमहरु-
-एउटा हप्ता जसको कथा छनौट भएको छ, उसैले अर्को हप्ताका लागि कथा लेख्‍न पाउँदैन। यो हप्ता तेन्जिङ गाबाबाहेक सबैले कथालाई अगाडि बढाउन सक्नेछन्।
-धेरैले कथा लेखेमा पाठकको मतले कथा छानिनेछ। शुक्रबार राति ८ बजेसम्म जसको कथाले बढी मत पाउँछ, उसको कथा अर्को हप्ताका लागि छानिनेछ।
-कथा यति नै लामो हुनुपर्छ भन्ने छैन। तर सर्सर्ती पढ्दा त्यसले कथाको रुप लेओस्, लघुकथाको हैन।

5 Comments

  1. सुधिर खोबी को पर्स्तुती पूर्व कथा लाई निरन्तरता दिनमा सफल छ जस्तो लाग्छ |

  2. उसको निर्लज्ज प्रश्न सुनेर एक पटक त उसलाई गालामा एक झापड हिर्काएर निस्किहाल भन्न मनलागेको थियो तै पनि आफ्नो रिसलाई सम्हालदै भने ” तिमीमा अलिकति नि हिन भाब छैन आफ्नो कुक्रित्ये प्रति ? रेणु को अस्मिता माथि खेलिसकेर आज उसकै साथि संग बिहेको कुरा गर्न आउदा रत्तिभर नि आफ्नो आत्मसम्मान को बारेमा सोचेनौ ? उफ्फ़ त्यसको लागि त आत्मसम्मान नि हुन पर्यो नि होइन त !! ” मेरो कुरालाई बिचमै काट्दै आक्रोशित हुँदै बोल्न थाल्यो सम्राट ” हेर मैले कसैको नि अस्मिता संग खेलबाड गरेको छैन | रेणु र म बीच जे भयो हाम्रो आपसी समझदारीमा भयो | एक साथीको रुपमा भयो | यसलाई अन्येथा लिनु पर्ने कुरै छैन | म त सधै तिमीलाई एक अग्रगामी सोच भएकी पृथक नारि को रुपमा हेर्थे | हो , म मान्छु कि मेरा कयौ केटि साथि छन् | म उनीहरु संग हिड्छु, खान्छु, रमाइलो गर्छु एक साथीको रुपमा | केटा भए नि केटि भए नि साथि साथि नै हो | त्यो त तिमीले मैले भन्दा नि राम्ररी बुझेकी छ्यौ | ”

    केहि बेर शान्त भएर फेरी बोल्न थाल्यो उ |

    “म त सधै तिम्रो त्यो मौन मुहारमा नि प्राकृतिक सौन्दर्ये पाउथे | मन्द मुस्कान पाउथे | सबै भन्दा ठुलो निश्चल माया पाउथे | हो प्रेम ” अटुट प्रेम निश्चल प्रेम ” | सायद आफ्नो मनको यो कुरा तिमीले आफैले नि बुझेकी छैनौ होला | तर मैले तिम्रा ति छड्के हेराईमा सधै आफु प्रतिको माया देखेको छु बुझ्यौ ? त्यो पनि सानै देखि … तिमि सानै देखि मलाई प्रेम गर्थ्यौ | मनदेखि माया गर्थ्यौ | …..

    सानोमा म होस्टेल बाट २/४ दिन घर आउदा नि किन तिमि मेरै घर अगाडी को बाटो हिद्थ्यौ स्कूल जानलाई ? फेरी त्यो बाटो हिड्दा प्रत्येक चोटी मेरो घर माथि हेर्थ्यौ | मैले देख्ने बित्तिकै तल तिर हेरे जस्तो गर्थ्यौ | अर्को बाटो नि थियो त स्कूल जानलाई जुन तिम्रो घरबाट झन् छोटो थियो | छ जवाफ तिमि संग ? भन??

    फेरी मैले क्रिकेट खेल्दा होस् या फूटबल खेल्दा किन त्यो छड्के नजरले मलाई हेर्थ्यौ ? हेरीरहन्थ्यौ तिमि | सायद तिमीले सोचेकीथ्यौ कि त्यो भिडभाडमा मैले तिम्रो नज़र छुट्याउन सक्दिन | तिमि जानी जानी म बाट टाढा बस्थ्यौ | तिम्रा साथि हरु म संग कुरा गर्न आउदा तिमि टाढा बाट त्यो कर्के नज़रले हेर्थ्यौ मलाई | कोशिश नगरेको होइन तिमि संग बोल्नलाई , तिम्रो ग्रुपमा गफ गर्नलाई नि एकचोटी आएको थिए आफ्ना साथीहरु संग | हामी आउने बित्त्तिकै तिमि लैब्ररी जानु छ भनेर भाग्यौ | लैबेरी को झ्याल बाट तिमीले चिहाएर हेरेकी थियौ | के गर्नु अहिले जस्तो हात हात मा क्यामेरा वाला मोबाइल भएको भए त फोटो खिचेर अहिले तिमीलाई प्रमाण देखाउन मिल्थ्यो … खैर केहि छैन .. तिम्रो मानसपटलमा ति सबै पलहरु पक्कै नि कैद छन् .. प्रमाण किन नै चाहियो र…

    अनि…. म अमेरिका जाने दिन तिमि पहिलो पटक मेरो घर आएकी थियौ | अरु बेला नि आएकी भए थाहा छैन मलाई, तर म घरमा हुँदा चाही पहिलो चोटी नै थियो त्यो | पक्कै याद छ तिमीलाई, मेरो ठिक्क पारेर राखेको ब्याग माथि एउटा नोटबुक थियो | सेतो कभर भएको सानो नोटबुक …. थाहा छैन तिमीले जानेर लेख्यौ या अन्जानमा तर तिमीले आफ्नो मनको भावना पोखेकिछौ त्यसमा | त्यो नोटबुक अहिले नि म संगै छ | मलाई पनि थाहा छैन त्यो तिम्रो कर्के नज़र संग ठोक्किदा ठोक्किदा कहिले देखि माया गर्न थालेछु | र यो माया एकोहोरो होइन | तिमि नि मलाई उत्तिकै माया गर्छ्यौ | अझ म भन्दा नि बढी … अब सोध तिमीलाई के सोध्नु छ ? म त खुल्ला किताब सरह छु | मेरा प्रत्येक पाना तिम्रा अगाडी छरप्रस्ट छन् | रह्यो कुरा मेडिकल रिपोर्ट को त्यो नि भोलि पठाई दिन्छु तिम्रै अनु दिदीको हातमा | म तिम्रो जवाफको प्रतिछ्या मा हुनेछु | (चियाको कप समाउदै ) लौ गफ को तालमा चिया बिचरो त सेलाएछ | केहि छैन अब त त्यो मिठो हात को तातो चिया सधै खान पाईहालिन्छ नि , लौ त म गए है अहिले | बाई कर्कले काईली , नरिसाउ है सधै कर्के आँखाले हेर्ने भएर तिम्रो नाम कर्कले काईली राखेको थिए क्या | हा हा हा … ”

    उही अट्टहास हासो छर्दै उ निस्फिक्री बाहिर निस्कियो | मेरो मुख बाट एक शब्द नि निस्किन सकेनन | ” अह मैले उसलाई माया गर्ने ??? यो हुने सक्दैन , अह यो हुन सक्दैन … हुनै सक्दैन … तर… तर त्यतिबेला किन म त्यति आतुर थिए उसलाई बिदा गर्न ? उ त मेरो साथि पनि त थिएन ?? किन लेखे मैले उसको नोटबुकमा ? उफ्फ़ मलाई त त्यो उसको भन्ने नै कहाँ थाहा थियो र ……तर पनि त्यो ठिक्क पारेर राखेको ब्याग माथि उसको बाहेक अरु कसको हुन सक्छ र ? होइन होइन मैले जानी जानी लेखेको होइन … कदापी होइन ….. कि कतै उसले भनेको कुरा साँचो त होइन ? ? मैले अन्जानैमा उसलाई मनपराएको त होइन ? अह होइन होइन होइन …. उफ्फ़ किन उसकै प्रस्न गुन्जिरहेको मेरो कानमा … होइन मैले उसलाई माया गरेकै छैन … यो सबै उसको भ्रम हो.. त्यसो भए कसलाई माया गर्छु त म ? किन लुकी लुकी हेर्थे म उसलाई ? होइन होइन त्यो त सबै बाल्यकाल को कुरा हो … तर अहिले नि त म त्यसरी नै हेर्छु उसलाई ….होइन के भैरहेछ मलाई ??? आफ्नै मनको कुरा बुझ्न नसक्ने नि हुन्छ ? उसले भनेको गलत हो म उसलाई … अह छैन ….हुँदै होइन ……
    “ओइ के होइन ? ”
    भाई को आवाज ले झसङ्ग हुन्छु … ” हँ , केहि होइन ?”

  3. सुधीर ख्वबि

    उ गम्भीर भएर भन्छ ” बिहे पछाडि हुनु पर्ने सम्बन्ध किन रेणुसंग मात्र भयो ? किन तिमीसंग चाहिँ भएन ? ”
    सम्राटको कुरा सुनेर एक क्षणको लागी म स्तब्ध भएँ |
    मैले उसलाई प्रतिप्रश्न गरें – ‘नेपालमा रेणू संग बाहेक अरु कति जना संग यस्तो सम्बन्ध कायम गरिसक्नु भयो ? अमेरिकाको चाहीं अहिले गन्ति नगरौं |’
    मेरो कुरा सुनेर उ अकमकियो – ‘रेणुको कुरामा तिमीलाई किन टेन्सन ? , उनी ठीक केटी होइनन तिम्रो फ्रेन्डसीपको लायक कि छैनन !’- चियाको चुस्की लिंदै जवाफ दियो |
    उसको कुरा सुनेर मेरो अनुहार राँकिन थाले | कस्तो मानिस संग मेरो भविष्य जोडिन गैरहेको रहेछ | रेणु त मेरी साथी हुन् | म राम्ररी चिन्द्छुं | सम्राट अहिले सम्मको लागि कोहि पनि होइन |
    ‘ रेणु तपाइसंग बिहे गर्न पाउने आशामा तपाई सित सम्बन्ध कायम गर्न पुगिन यसमा तपाइको पनि दोष छ, म त भन्छु , तपाईले रेणु सित नै बिहे गर्नु पर्छ
    ‘- मैले भने |
    मेरो कुरा सुनेर सम्राट गंभिर भयो – ‘ म रेणु सित बिहे गर्न सक्दिन , जो केटी बिहे अगाडी नै शारीरिक सम्बन्ध राख्न सक्छे , त्यस्तो केटी संगपनि कसैले बिहे गर्छ र ? मलाई त भर्जिन चाहिन्छ | त्यसैको लागि त म बिहे गर्न नेपाल आएको | जो कोहि सित नै बिहे गर्ने भए अमेरिकामा केटीको कमी छैन नि |
    रेणुको कुमारीत्व त तपाईले …? मेरो कुरा पुरा हुन नपाउँदै उसले प्रतिवादको शैलीमा जवाफ फर्काए – के थाहा रेणुको कतिजनासंग त्यस्तो सम्बन्ध रहेको छ भनेर …!
    अनि … जो केटाले कैयौं संग सम्बन्ध राखिसकेको छ त्यो भर्जिन छ त …?l
    म त पुरुष हुँ , पुरुषको भर्जिनिटीको खोजी कसले गर्छ र ? – उ निर्लज्ज पारामा उत्र्यो | मैले त तिमि सोझी सम्झेर तिम्रो जिन्दगि बनाई दिन्छुं भनेर सोचेको | म संग बिहे हुनुको मतलब थाहा छ ? अमेरिकामा शानदारको जीवन पाउनु |
    ‘के शानदार जिन्दगीको ठेक्का अमेरिकाले मात्र लिएको छ ?’ – मेरो मुखबाट अनायास निस्क्यो यो कुरा – ‘अनि आफ्नो आत्म सम्मानको कुनै अर्थ छैन ?
    ‘नारी भएर यस्तो अहंकार राख्नु राम्रो हुँदैन |’- उसले जवाफ फर्कायो |
    ‘अमेरिका भनेपछी केटीहरु हुरुक्कै हुन्छन् ,मेरो एउटा इशाराको पर्खाइमा बसेकाहरु कत्ति छन् कत्ति | तिमि चाहिने न चाहिने बखेडा गर्दैछ्यौ ‘- उ दिक्क माने झैं गरि बोले |
    अहो! अमेरिकाको त्यत्रो धाक ? उसले म संग बिहे होइन दया गर्न लागेको रहेछ , मलाई यस्तै लाग्यो | के कुमारीत्वको मर्यादा नारीका लागि मात्र ? पुरुष यसमा बाँधिनु नपर्ने ? विदेसिनुको अर्थ नैतिकताको विचलन त होइन नि
    | न त अरुको अस्मिता माथि खेलवाड गर्नु नै हो |
    मेरो मन शशंकित हुन थाले | बेकारमा उसंग कुरा गरें जस्तो लाग्यो | नारी प्रतिको उसको दृष्टिकोण कुनै पनि कोणबाट पनि सही लागेन मलाई र म यो सोच्न बाध्य भएँ कि उ अमेरिकामा गर्छ के ? के उ इन्जिनियरिंग नै गर्दै हो त , धनी बाउको छोरो , अमेरिकामा पढ्नुको अलावा अरु के काम गर्छ … ! इन्जिनियरको मुखौता भित्रको वास्तविक अनुहार कस्तो छ त ? मलाई खुल्दुली लाग्न थाल्यो | सम्राट गहिरो नजरले मलाई हेर्दै थियो | सायद उ मेरो सहमतिको प्रतिक्षा गर्दै थियो | सम्राटको बास्तविकता , उसको सोच , उसले रेणुको बारेमा बोलेका कुराले नै उसलाई पर्दाबिहिन पारिसकेको थियो |यदि उ गलत चरित्र हो भने खाली हात अमेरिका फर्किनु पर्ने हुन्छ | तर उसको वास्तविकता पत्ता लगाउने पो कसरी ?
    यतिकैमा सम्राटको मोबाईल बज्यो | उसलाई कल रिसिव गरूँ कि नगरूँ जस्तो भो | चार पांच रिंग आएपछि मात्र कल रिसिव गर्यो | मैले सुन्ला जस्तो गरि सानो स्वरले कुरा गरे -, ओके , हुन्छ हुन्छ म आधि घन्टामा आईपुग्छुं |’
    ‘ल त , म अहिले लाग्छुं ,तिमी छिटो जवाफ देउ है !’-भन्दै उ गयो | म फेरि सम्राटको बारेमा सोच्न थालें | मलाई त्यो मान्छे किन हो किन निको मान्छे जस्तो लाग्दै लागेन | क्रमश :….

  4. जिउ चिसो मा चिसो भए जस्तो भयो उसको प्रश्नले ,भित्र भित्र दन्केको आगो माथि पानीको फोहरा हाले जस्तो भयो अनायस र अफ्ठ्यारो प्रश्नले ,के उत्तर दिउ सोच्नै सकिन किनकि शारीरिक सम्बन्ध को बारेमा त्यो पनि भाबी पति संग ? म शिक्षित नारि भए पनि यौन को बारेमा त्यति खुला कुराकानी गर्ने परिबारको सदस्य र व्यक्ति परिन \यौन को बारेमा भित्र भित्रै अनगिन्ती बांगा भाबनाहरु सलबलाए पनि बाहिर व्यक्त गर्न नसक्ने ,देखाउन नसक्ने पुरातनबादी नारी हु \जसको कारण जायज इछ्या हरु पनि कयौ पल्ट मारेको छु ,साथि भाइ छिल्ली छिल्ली कुरा गर्थे तर मेरो शिर र स्वर कहिले उचो भएन यौन को बिषयमा \ लाटी र जिन्दगी के हो भन्ने थाहा नभएको आरोप खेप्थे तर सारी लाइ गोलि गाठो भन्दा माथि उचाल्न कहिले सकिन \साथि हरु घुडा सम्म उचालेर हास्थे ,चीच्याउथे,उफ्रन्थे म मुर्ति झैँ हेरिरहन्थे र उभीइ रहन्थे \ एकान्तमा साथीहरु यौन भब को यसरी स्वाद लिन्थे तर म ….
    हैन के सोची बस्या ? सम्राट को प्रश्नले झस्किय \
    ‘म रेणु जस्तो होइन र उसको जस्तो म संग हुन्थेंन पनि ‘
    ‘थाहा छ थाहा छ त्यसैले त तिमि संग बिहे गर्ने रहर चल्यो ‘
    अरु संग सुतेर म संग बिहे गर्ने कसरि आट गरौ सम्राट ? मेरो प्रश्नले उ अलि थिचिएला भनेको त झन् नागों भएर पो देखा परो \
    ‘मलाइ मतलब छैन बिहे अगाडी तिमि १० जना संग सुति सकेको भए पनि केहि फरक पर्दैन’
    ओहो कति खुला र शिक्षित के भोलि बिहे पछी पनि यस्तै सोच र ब्यबहार गर्ने ?म अलि रातो हुदै गएछु \
    ‘बिहे पछी बिहे अगाडिका सबै नकारात्मक ब्यबहार बन्द मैया,जस्तो सुकै बाचा गर्न म तयार छु ‘ ल हेर मेडिकल रिजल्ट उसले कागज को पाना म तिर हुर्यायो \
    ‘भो भो म रिपोर्ट मा बिस्वास गर्दिन ,पैसा र आफ्नो मान्छे भए पछी जस्तो सुकै रिपोर्ट पनि बन्न सक्ने देशमा यो रिपोर्ट को के मतलब ‘
    तिम्रै अनु दिदि बाट…उ भन्दै थियो मैले रिपोर्ट च्याती दिए \ किनकि अनु दिदि बाट पहिले नै थाहा पाई सकेको थिए \उसको एड्स रिपोर्ट को बारेमा \
    ‘मलाइ सार्है खुसि लाग्यो तिमीले मेडिकल रिपोर्ट मागेउ ‘ उ कोपाल मुसार्दै भनि रहेको थियो \
    अनि मेरो रिपोर्ट चाहिदैन ?
    चाहिदैन ,चाहिदैन भन्दै उ मेरो हात समाउन आयो \जिउ सिरिंग भयो \ कसैले जल तरंग बजाए झैँ तरंगित भयो शरीर ,गाला रातो रातो भएर आयो \ स्वरमा कम्पन हुन् थाल्यो \
    ‘भनि हालेनी तिम्रो कुनै भुत संग मेरो मतलब छैन ,बर्तमान र भबिस्य को लागि तिमि बाहेक कोहि संग म रम्न सक्दिन ‘ उ कोमल मा कोमल सिमल भुवा झैँ बन्दै थियो \
    ‘यस्तो केटि फसाउने डायलग कति लाइ भनि सकौ होला म कति नम्बर मा परे हजुर ‘मेरो बोलिमा मादकता पायछ उसले अलि अघि सर्दै उ मेरो पाखुरा मुसार्न थाल्यो \ म उठेर झ्याल तर्फ लागे\
    विदेश को कुरा नगर काम र पढाई ले सोचे जस्तो र यहा नेपाल मा बस्नेहरुले भन्ने जस्तो हुदैन \ काम ,कलेज अनि फुर्सद भयो कि कहिले सुतौ जस्तो हुने ठाउँ \
    ‘भने पछी मोज गरेनौ ‘
    ‘छोड यार हिजो कुरा अब हाम्रो र हाम्रो भबिस्य को कुरा गरौँन ‘ उ निक्कै उत्साहित हुदै गयो \
    ‘अनि रेणु ‘ उ एकदमै सिथिल भएर गयो . अकस्मात हिउ को डल्लो जिउ मा खसे जस्तो भयो \
    रेणु ,रेणु रेणु उ अलि रिसायो \
    ‘नगर्नु गरि सके पछी उसको नाम त् आउछ नि !’
    ‘हो आउछ तर हेर उसंग मेरो शारीरिक सम्बन्ध भएको हो \ तर ‘ उ रोकियो
    ‘के तर ‘ मैले बिषय उठाय \
    उसंग रक्सीको मात मा शारीरिक सम्बन्ध भए पनि मानिशिक रुप मा ,आत्मीय रुपमा या भनौ एकले अर्को लाइ माया गरेर ,चाहेर यो सबन्ध भएको होइन ‘ उ आफ्नो सफाई दिदै थियो \
    ‘तिमीले जे सुकै भन उ दुइ जिउ कि भइ भने ‘ मेरो आखा ठुला भएछन \उसले भुइँ तिर नजर लगायो \
    ‘उ दुइ जिउ कि हुनै सक्दिन ‘ उ फुर्तीका साथ् भन्दै गयो \
    ‘के तिमि संग बच्चा जन्माउने गुण छैन र ?’ म अझ कडा भए \
    ‘ए बाबा शारीरिक सम्बन्ध भए पनि विर्य स्खलित अगाबै हामि अलग भयौ ‘
    “कसरि? किन?’ म बाघ झैँ झम्टिन पुगे प्रश्न माथि राख्दै \
    ‘बीच मै उसले तिम्रो नाम लिइ ‘ उ अलि ठण्डा भयो \
    ‘के कुरा पर्यो र मेरो नाम लिने बित्तिकै जोस हराएर होसमा आएछौ’
    ‘किनकी म साचो रुप मा तिमीलाई मन पराउछु र बिहे गर्न चाहन्छु \ ठुलो गल्ति बाट बचे म \तिम्रो नाम लिई दिएर धेरै राम्रो काम गरि रेणु ले \
    ‘भने पछी चरम आनन्द आएको बेलामा कसैको नाम लिदा पनि मान्छे ठण्डा हुदा रहेछन ‘
    म अचम्बित भए \
    ‘छोरी ‘आमा को आबाज ले हामि झसंग भयौ \मन्दिर बाट उहाहरु फर्किनु भएछ \
    ‘ए सम्राट बाबु कुन बेला ‘सम्राट र बुबा कुरा गर्न थाल्नु भयो \आमा कर्के नजर लगाउदै मलाइ हेरिरहनु भयो \ म सोच्दै ,टोलाउदै गएछु \ रेणु बाट त समस्या हट्ने भएछ ……….
    क्रमश …..

    • अलिक मिलेन कि कतै कतै… जस्तो : माथि “म शिक्षित नारि भए पनि यौन को बारेमा त्यति खुला कुराकानी गर्ने परिबारको सदस्य र व्यक्ति परिन \यौन को बारेमा भित्र भित्रै अनगिन्ती बांगा भाबनाहरु सलबलाए पनि बाहिर व्यक्त गर्न नसक्ने ,देखाउन नसक्ने पुरातनबादी नारी हुँ” भनेको मान्छेले अन्तिम मा.. “भने पछी चरम आनन्द आएको बेलामा कसैको नाम लिदा पनि मान्छे ठण्डा हुदा रहेछन ” भनेर प्रश्न सोध्न सक्ला र? …..कि यो उसको मन को तर्कना हो?

Comments are closed.