दुई ‘सेना’ यसरी एक हुने भए

सेना समायोजनका प्राविधिक कुरा नमिल्दै माओवादीले जनमुक्ति सेना भन्ने गरेका लडाकुहरुको शिविर र हतियारमा नेपाली सेनाको मातहतमा आइसकेको छ। तर पनि दुई सेनालाई एक बनाउने विधिमा सहमति बाँकी थियो। शनिबार यसमा महत्त्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा समितिको बैठकमा सेना समायोजनमा सहमति हुन बाँकी रहेको दर्जा निर्धारण, छनौट समिति गठन, तालिम र ब्रिजकोर्ससम्बन्धी विषयमा सातबुँदे सहमति भएको हो।

सहमति अनुसार सेना बन्न लडाकुहरुले तालिम लिनुपर्नेछ। अधिकृत स्तरमा समायोजन हुनका लागि ९ महिनाको तालिम लिनुपर्नेछ। यसमा समायोजन भएकोले ११ महिना छुट दिइएको हो। नत्र त नेपाली सेनामा अधिकृतको तालिम २० महिनाको हुन्छ। त्यसैगरी सिपाही बन्न २ महिनाको छुट दिई ७ महिनाको तालिम लिए पुग्ने भएको छ। तर त्यसमा दर्जा विशेष तालिम ३ महिना पनि थप हुनेछ। तालिम बिना लडाकु सेनामा प्रवेश गर्न पाउने छैनन्।

कति लडाकु सेनामा समायोजन हुने भन्ने अहिले नै निश्चित भइसकेको छैन। स्वेच्छिक अवकाश लिन चाहनेहरुलाई अझै पनि मौका दिइएको छ। तालिम कठोर हुने वा सेनामा गाह्रो हुनसक्छ भन्ने लाग्नेहरुले अहिले नै अवकाश लिन पाउने छन् एकमुष्ट रकम लिई। समायोजनमा जाने लडाकुको छनौट भई संख्या निर्धारण भएपछि महानिर्देशनालयको अन्तिम संरचना र नेतृत्व तय गरिने सहमति भएको छ। लडाकुले सबैभन्दा माथिल्लो कुन पद पाउँछन् त यो भने निर्णय हुन बाँकी छ। सेनाको मापदण्ड अनुसार त्यसो गरिने सहमति भएको छ।

यस्तो भयो सहमति

-राजनीतिक दलहरूबीच गत कात्तिक १५ गते भएको सातबुँदे सहमतिअनुरुप माओवादी सेनाका लडाकुको समायोजनका लागि नेपाली सेनाअन्तर्गत महानिर्देशनालय गठन गरिने।

-समायोजनमा जाने माओवादी सेनाका लडाकुको छनौट भई सङ्ख्या निर्धारण भएपछि महानिर्देशनालयको अन्तिम संरचना र नेतृत्व तय गरिनेछ।

-सातबुँदेमा उल्लेख भएअनुसार महानिर्देशनालयअन्तर्गत राष्ट्रिय विकास निर्देशनालय, औद्योगिक सुरक्षा निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनालय रहने।

-समायोजनसम्बन्धी छनोट प्रक्रिया पूरा गरेपछि महानिर्देशनालय कस्तो बन्ने भन्ने निर्णय हुने र त्यसका आधारमा दलहरूबीचको सहमतिमा दर्जा निर्धारण हुनेछ।

– निर्देशनालयहरूमा ३५ प्रतिशत माओवादी सेनाका लडाकु र ६५ प्रतिशत नेपाली सेनालगायत अन्य सुरक्षा निकायबाट प्रतिनिधित्व हुनेछ। निर्देशनालय अन्तर्गत रहने सेनाको सङ्ख्यामध्ये राष्ट्रिय विकास निर्देशनालयमा करिब ३० प्रतिशत, औद्योगिक सुरक्षा निर्देशनालयमा करिब २० प्रतिशत, जन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा करिब ३० प्रतिशत र विपद् व्यवस्थापन निर्देशनालयमा २० प्रतिशत रहनेछन्।

-सेना समायोजनसम्बन्धी अधिकृत तहको छनोट समितिको अध्यक्षमा लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको सदस्य रहनुहुनेछ भने सदस्यहरुमा सैनिक सेवाको विशिष्ट श्रेणीको एक, रक्षा मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको प्रतिनिधि एक, प्रधान सेनापतिले तोकेको सम्बन्धित विषयको कम्तीमा तीनजना विशेषज्ञ तथा सैनिक सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत सदस्यसचिव रहने व्यवस्था गरिएको छ।

-अन्य दर्जाको छनौट समितिमा सैनिक सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत अध्यक्ष रहने छन् भने सदस्यहरुमा सम्बन्धित विषयका नेपाली सेनाका कम्तीमा दुईजना विशेषज्ञ, लोकसेवा आयोगको अधिकृत प्रतिनिधि तथा सैनिक सेवाको राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत सदस्य–सचिव रहने व्यवस्था मिलाइएको छ।

-छनौट प्रक्रिया सुरु गर्नुअघि विशेष समितिले छनौट समितिलाई आवश्यक निर्देशन दिने

-तालिमको अवधिका हकमा भने अधिकृतका लागि नौ महिना तथा अन्य सैनिकका लागि आधार तालिम सात महिनाको हुनेछ भने हरेक दर्जाका व्यक्तिलाई तीन/तीन महिनाको दर्जा विशेष तालिम दिइनेछ।

-दर्जा निधारणको मापदण्ड सातबुँदे सहमति तथा नेपाली सेनाको प्रचलनअनुसार हुने कुरामा पनि सहमति भएको छ। यी बाहेक अन्य कुरामा सात बुँदे सहमतिअर्न्तगत समझादारी कायम गरी काम गर्ने

सात बुँदे जस्ताको तस्तै
१. कार्तिक १५ गते दलहरूबीच भएको सात बुँदे सहमतिअनुरुप माओवादी सेनाका लडाकुको समायोजनका लागि नेपाली सेना अन्तर्गत महानिर्देशनालय गठन गरिनेछ। समायोजनमा जाने लडाकु छनौट भई संख्या निर्धारण भएपछि महानिर्देशनालयको अन्तिम संरचना र नेतृत्व तय गरिनेछ।

२. सात बुँदे सहमतिमा उल्लेख भएअनुसार महानिर्देशनालय अन्तर्गत राष्ट्रिय विकास निर्देशनालय, औद्योगिक सुरक्षा निर्देशनालय, वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनालय रहनेछन्।

३. महानिर्देशनालय अन्तर्गत रहने सेनाको कुल संख्यामध्ये विकास निर्देशनालयमा करिव ३० प्रतिशत, औद्योगिक सुरक्षा निर्देशनालयमा करिव २० प्रतिशत, वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमा करिव ३० प्रतिशत र विपद् व्यवस्थापन निर्देशनालयमा करिव २० प्रतिशत रहनेछ।

४. अधिकृत र अन्य दर्जाका लागि छिनौट समिति

अधिकृतका लागि
क. लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य– अध्यक्ष
ख. सैनिक सेवाको विशिष्ट श्रेणीको अधिकृत– सदस्य
ग. रक्षा मन्त्रालयको राप प्रथम श्रेणीको प्रतिनिधि– सदस्य
घ. प्रधान सेनापतिले तोकेको सम्बन्ध्ति विषयको कम्तीमा तीन जना विशेषज्ञ– सदस्य
ङ. सैनिक सेवाको राप प्रथम श्रेणीको अधिकृत– सदस्य सचिव

अन्य दर्जाका लागि
क. सैनिक सेवाको राप द्धित्तीय श्रेणीको अधिकृत– अध्यक्ष
ख. सम्बन्धित विषयका नेपाली सेनाका कम्तीमा दुई जना विशेषज्ञ– सदस्य
ग. लोकसेवा आयोगको अधिकृत– सदस्य
घ. सैनिक सेवाको राप तृत्तीय श्रेणीको अधिकृत– सदस्य सचिव

५. छनौट प्रक्रिया सुरू गर्नुअघि विशेष समितिले छनौट समितिलाई आवश्यक निर्देशन दिनेछ।

६. तालिमको अवधि
क. अधिकृत आधार तालिम ९ महिना
ख. सैन्य आधार तालिम ७ महिना
ग. हरेक दर्जाका व्यक्तिलाई ३/३ महिनाको दर्जा विशेष तालिम

७. दर्जा निर्धारणको मापदण्ड सात बुँदे सहमतिको बुँदा नम्बर १ को (ग) र (घ) तथा नेपाली सेनाको प्रचलन अनुसार हुनेछ। यी वाहेक अन्य कुरा सात बुँदे सहमति अन्तर्गत समझदारीबाट हुनेछ।

25 Comments

  1. विचरा लडाकु हरु अन्योलमा परे हो यस्तै हुन्छा क्या चुनाब मा पनि आफु आफु आपसमा झगडा गरिन्छा फाइदा नेता हरुले लिन्छन हेरौ त कोहि छन् नेता हरु विचरा लडाकु भन्ने नाम,दाम,सत्ता,भत्ता घर नहुने ले घर पाए तेसैले सबै जना सचेत रहनु पर्छा सोझा साझा जनता लाई प्रयोग गरि आफ्नो स्वार्थ पूरा गर्ने हरु संग

  2. एकदम राम्रो काम को शुरुवात भएको मा सम्पूर्ण नेता तथा कार्येकर्ता हरुलाई धन्यबाद दिनु पर्छ, यी माथि नकारात्मक प्रतिक्रिया लेख्ने हरुलाई के भन्नु ……. यो [voting ] बाट निर्णय गरौ कि ?
    ग्रीन [Thumb ] – देश को भलो चाहने
    रेड [Thumb ] – देश को कुभलो चाहने

  3. दुइ तिन हजार कार्यकर्ता लै नेपाली सेनामा जागिर ख्वाउनु नै थियो भने, क्रन्तिरुपी अमुल परिबर्तनको माला जपेर १७ हजार गरिब नेपालीको लाशमा टेकेर लाखौ नेपालीको घर परिवार बिचलित र देशको आधारभूत संरचना भात्कायर माओको र मोबद्को खिल्ली उडायर १२ करोडको महलमा बस्नुनै थियो भने, मा भन्छु ति दुइचार हजार कार्यकर्ता जो नेपाली सेनामा जादै छन् कृपया नजानुस र anymale छोडेर एमालेमा आउनुस र आप्फ्नो भबिस्य कोर्नुस र ढोके बाजहरुको पुछर समातेर टुकुचाको खहरे नतर्नोस !!!

  4. जसरि एक भयपनी एक भैदिय राम्रो!
    नेपालि सेनाले शाही सेनाको मानाशिकता त्याग्नु पर्छ (आशा छ राजतन्त्रको अन्त्यसंगै यो मानाशिकता त्यागीयाको छ)
    जनामुक्तिसेनाले आफु लाइ एउटा पार्टीको हुँभन्ने मानाशिकता त्याग्नु पर्छ र नेपालको सेना हु भन्नु पर्छ!
    दुबैले बिगतको रिस राग र प्रतिशोध अनि एकले अर्कोलाई निषेध गर्ने मानाशिकता लाइ राजतान्त्रसंगे सेलाउन पर्छ र हामि देशको लागि हौ भन्ने मानाशिकता र बिचार को बिकाश गर्नु पर्दछ!
    अब दा भट्टराइको नेत्रित्वो र योजनामा देश को आर्थिक र सामाजिक बिकाशको कार्यक्रममा यी सेनाले सक्दो सहयोग गर्नु पर्दछ!
    हामि जनता त भै हाल्यौ!

  5. हिजो तेही भौतिक निर्माणका बस्तुहरु भत्काउने बिगार्ने, तेही बनजंगल फडानी गर्ने मरुभुमि बनाउने, औधोगिक क्षेत्रहरु बिगार्ने बन्द गराउने अब तियो सबै सकिए पछी के को सुरक्षा चाहियो र यो त सब हामी नेपालीलाई बेकुफ बनाएका हुन्. हिजो भत्तिएका ति पुराना संरचनाका बस्तुहरु फेरी पाइन्छ? त्यो जनताको लागि खडा गरिएका ति भौतिक बस्तुहरु फेरी उसैगरि पाउलान ? कदापि बन्दैन अनि के को लागि यो सुरक्षा गार्ड? बरु त्यो कुर्चीमा बस्ने हरुको परिवारको सुरक्षा गार्ड तिर उचित होला कि ?

  6. समायोजन भएपछी पनि पुर्ब जनसेना र पारम्परिक नेपाली सेना बीच मसिनो सिमा रेखा कालान्तर सम्म रही रहनेछ | किनकि जतिसुकै प्राबिधिक समायोजन भएको देखिए पनि एउटा राजनैतिक सेना थियो , एउटा ब्यबसायिक | अनि फेरी दुबैमा एकार्का प्रति कठोर द्रिस्तिकोंण राख्ने गर्थे | तसर्थ पनि निकै लामो समय सम्म उनीहरुबीच आ-आफ्नो समुह प्रति उनीहरुको बिशेष लगाव रहनु स्वाभाविक हुनेछ | यसले सेनाभित्र दुइ समुह बीच अघोषित प्रतिस्प्रधा जस्तो निम्त्याउनेछ | सकारात्मक कोणबाट हेर्ने हो भने यस्तो प्रतिस्प्रधा ,विकास निर्माण , औषधोपचार ,र जनसेवामा हुन गएमा स्वयम् संस्था एबम रास्ट्रलाइ फाइदानै गर्ला |

  7. २ बर्ष अगाडी नै हुनुपर्ने काम!
    हामि नेपाली सन्तोषी छौ, २ बर्ष ढिला हुदा पनि खुसि मनाउन कुनै कन्जुस्याई छैन !

  8. देस मा शान्ति परक्रिया को पहिलो खुड्किलो सकेकोमा बधाई छ यो सरकार लै ..अब संबिधान बनाउन तिर लाग्नुस् जोडतोडले..धन्यवाद..

  9. When we get the chance to see some changes in ongoing peace accord, the issue of integration raises in different way like u mentioned here. As u have well distinguished the job of yet to be integrated PLAs’, I have to say sorry to ur low feelings regarding this process. Whether they get the duty of forest security personnel or Industrial Army they become Army. U may claim that Army should be decorated with Arms, but can u please justify the need of Arms like Rifles’ n SLRs’ in today’s context? It’s time for peace my friend, it’s time for love and affection to each other. What can they do even if they are altogether given the Guns? Can u ever think that Nepal can even fight with enemy aliens’ countries if there happens War? Countries like North Korea and Iran have built nuclear weapons so what else we can do, nothing. One can destroy whole world within a second provided he becomes mad or has that will. Nothing is in ur hand. What we can at least do is to pray for peace not for war. So don’t let ur low n pessimistic thinking to overcome ur desire of love for millions’ lives.

  10. प्रशंसनीय काम,अब देशको अवस्थामा केही सुधार हुन्छ कि भन्ने आशा छ।

  11. छबिलाल जी,
    नेपालमा कम्युनिस्ट पार्टी लाइ दरबारमा बुझाएर अब सधैलाई कम्युनिस्ट सिध्यियो भनेर केशर जंग रायमाझी दङ्ग परेका थिए / अहिले छबिलाल उर्फ पु. क. दा. ले त्यहि इतिहास दोहोर्याएका छन् / बिचरा मति भ्रस्ट भएछी के लाग्छ / क्रान्ति पुरा गर्न नया कम्युनिस्ट पार्टी जन्मन कसैले रोक्न सक्दो रहेनछ /

    • बेदेसी capitalist देश हरुका जनताको tax ले कर्मचारीहरु को तलब तिर्नुपर्ने देशमा बशेर तपाई क्रान्तिको कुरा गर्नुहुन्छा? तपाईको कुरा सुनेर मलाई महाभारतको शान्ति पर्ब को याद आयो. तपाई ले सबै नेपालीलाई मारेर Communism पाउनुभयो भन्ने खुशी हुनुहुन्छा. Think about peace not killing . It is the way to move forward .

  12. कमांडर ज्यूहरु,
    अब तपाईहरुलाई ४ सेना बनाईन्छ: १. वनापाले (वन सेना), उड्धोग-कलकारखाना को चौकीदार (२. औधिगिक सेना), कुल्ली (३. बिकासे सेना) र बाकीलाइ अल्छि सेना (४. बिपत्कालीन सेना) गरी ४ भागमा छ्यान्न-ब्याण पारेर नक्कली नौटंकी-सेना बनाइंछ / अझ पनी कुरो नबुझे झै गरी किन प्रचण्डको दरबार धाउनु’भाको होला/
    * अनि त्यो वनपाले (वन सेना) को भिडंत दाउरा काटन आउने एउटा गरीव-महिलासंग हुन्छ र काठ-तस्करीलाइ कसरी सुरक्षा दिने भन्नेमा हुन्छ,
    * औधिगिक सेनाको काम कारखानामा ज्याला कम दिएर शोषण गर्ने दलाल-पूजीपति बिरुद्ध हड़ताल गर्ने मजदूर माथी डंडा बर्साउने हुन्छ,
    * बिकासे सेनाको काम साहूजीहरुको गाड़ी गुडाउने र पछि भारतीय बिस्तार्बादले नेपाली क्रान्तिकारिहरू माथी ट्यान्क लिएर आउन मिल्ने चौड़ा बाटो खन्नु पर्ने हुन्छ, र
    * बिपत्कालीन सेनाको काम जूम्रा मारेर बसने र नया-राजा बादशाहहरुको महल र घर-पर्खाल भत्क्यो भने युद्धस्तरमा मरमत गर्ने हुन्छ/
    यति कुरा ता लाटाले पनी बुझछ यार !

    • शीलाजी,
      अझै पनि देशलाई युद्वकै भुमरीमा परेको देख्न चाहनुहुन्छ? अबको युग भनेको आफू-आफूमा लडेर बस्ने होईन आर्थिक विकासतिर लम्कने युग हो।

    • शीला जी, तपाई लाई आगोमा घिउ हाल्न के को रहर हो? कहिले त सही मुल्यांकन गर्नुस ! बन जंगल जोगाउनु नराम्रो देख्नु भएको हो कि? कल कारखाना लाई शान्ति सुरछा दिन नराम्रो हो कि,? बाटो घाटो बनाउन र बिकाशे कम लाई सुरछा दिन नराम्रो हो? के देख्नु भएको छ? अहिले को नेपाली सेना ले के लछारपाटो लगाएको छ त्यो भन्नुस त, यहि कम नै गर्ने गरेको छ होइन र? नया सेना बनाएर भारत संग युद्ध गर्ने भन्ठान्नु भएको हो कि?

      तपाईहरु जस्ता ले उत्तेजना फैलाउने कम मात्र गर्नु हुन्छ र यस बाट तपाई हरुलाई के फाइदा हुन्छा कहिले बुझ्न नसकिने भयो?

    • कमांडर ज्यूहरु कुरो नबुझेर प्रचण्डको दरबार धाउनु’भाको होइन सानो तिनो लोभ लालच र अलिकति नगदमा फसेको हो /

    • सीला जी ,
      तपाई को कुरा पढेर औता कुरा भन्न मन लग्यो…एदी मावोबादी सेना सच्याम छन् भने हरेक काम दिनु पर्चा…बिना कुनै discrimination ….तर मावोबादी भएकै नाता ले सेना मा प्रवेश गर्ने हरु लै त तपैले भने जस्तै काम दिदा नि के भो र…तलब भत्ता त बराबर नै दिन्छ होला कि कसो…..साथै त्यो काम पनि त नराम्रो हैन…आफ्नो आफ्नो चेमता को कुरा हो….उसै नि नेपाल मा नेपाली सेना को के काम छ र…..

      • मेरो उद्देस्य पनि गएको जनयुद्ध नै नेपालमा ‘अन्तिम द्वन्द्व’ होस् भन्ने उत्कृस्ट चाहाना हो /तर यसको समाधान उल्टो तरिकाले हुदै गएकाले अब झन् भयानक रक्तपात हुने मेरो विश्लेषण छ/ शान्ति र सम्ब्रिद्दी चाहेने सबैले यसलाई प्याच-अप गर्ने भन्दा गरिब-दुखि र गणतन्त्र ल्याउने ती होनहार योद्धाको यसरी अपमान गर्दै जाने हो भने के यो ‘मूर्दा-शान्ती’ ले दीगो शान्ति र सम्ब्रिद्दी देला र, मेरो चिन्ता यहि नेर हो….
        Lets keep forward looking…!

  13. लामो प्रतीक्षा पश्चात कमसेकम यो बिन्दुमा आइपुग्दा यति भएपनि चित्त बुझाउने ठाउँ भेटियो / सहि नै लाग्यो !
    बधाई छ प्रक्रियारत नयाँ नेपाली सेनाहरूलाइ !!

  14. लौ लौ फटाफट कामहरु सक्दै जानु नै उत्तम हुने छ यो बेलामा…

  15. अस्ति यकले अर्कोलाई बन्दुक तेर्साउन्दै हिडेको, आज मिल्यो
    नया बर्ष कति आयो कति गयो, तर येस्तो खुसि आजै मिल्यो
    अस्ति कसले कसलाई रुवायो भन्ने कुरा आज सम्झन चाहेन
    आज ई दुई भाईहरु मिलेको देखेर सबै मिलेर नाचूनाचू लाग्यो/

    कुनै बेलाको ज्यानी दुस्मन मिल्न सक्छ यो कुराले पाठ पढायो
    अब नभनु हामि को-कुन पार्टीको मिलुं हामि पनि देसको निमित
    हिजो कसले कसको चित्त दुखायको थियो ती कुराहरु बिर्सुं अब
    देस हामि सबैको, हामि सबै नेपाली यो हिसावले हामि दाई भाई/

    जातलाई “नाम” सम्झे समुदायलाई परिबार माने, झगडा खतम
    अब देस सिट अंस माग्नै हो भने अबशर मागुं, जिम्मेवारी मागु
    प्रकृतिले साधन र श्रोत मात्रै होईन जागर र शिप पनि दियाकैछ
    उता दुई सेनाहरु मिले, यता हामि पनि मिलुं त् देस स्वर्ग बन्छ/

  16. This is a good news but one question will remain unanswered whether Maoist can or will justify the killings of 18000 people.Are we in better position than 15 years ago?

  17. एउटा सहि सुरुवात , पु क दा को युद्धबिराम पछी को पहिलो सहि निर्णय ( जुन अवस्था मा लियिएको भए पनि ) अब येस्तई गरि सबै पक्छा लै समेटेर हिमाल देखि तराई सम्म सबै को प्रतिनिधित्व हुने गरि समब्बिधान बनाएर जेस्ठ १४ सम्म मा घोषणा गरि निर्वाचन को मिति तय गर्न सके नेपाल मा पक्का शान्ति आउने थियो | बैध्य-मात्रिका र बांगे महिला जस्ता हरु पनि ठेगान लाग्ने थिए | कांग्रेस – एमाले – र मधिसे आलु भान्टा पार्टी हरु सबै एक भएर चुनाव लड्दा पनि माओबादी को नजिक आउन सक्ने थिएन एदी पु क दा ले येस्तई खुला – उदार र सहासी निर्णय संबिधान बनाउदा पनि लिन सके देखि | १२ करोड को घरमा बसेर प्राडो गाडी मा रिसोर्ट होटेल हरुमा जति सयेर गर्ने गरेनी बेलामा सहि निर्णय गरि देश लै यो बबण्डर बाट निकाश दिन सक्ने हुति अन्य नेता शुसिल , झलनाथ वा अन्य कसैमा नभएको यो पांच बर्ष मा प्रमाणित भएको छ | आशा छ प्रचण्ड – बाबुराम टिम ले हामीलाई निराश गर्ने छैनन् |

  18. बैज्ञानिक समायोजन भएको छ | यसलाई पूर्णता दिएर देशलाई शान्ति र बिकासको बाटोमा डोर्याउनु पर्छ |

Comments are closed.