हे दैव ! फेरि अर्को साइबाबा !!

HB_KTM_Shiv Saibab lai Samman (10) निकै चलेका भारतको ओरिजिनल साइबाबा मरेको एक वर्ष पुग्न लागेको छ। तर उस्तै कपाल र उस्तै लुगा लगाएर आफूलाई साइबाबा भनिटोपल्नेहरुको कमी छैन। हाम्रै नेपालमा पनि एक जना त्यस्तै साइबाबा रहेको बारे ब्लग अस्ति नै माइसंसारले लेखेकै हो। होममेड साइबाबाले चित्त नबुझेर हो कि के हो, धर्मको ठेक्का लिने एउटा समूह राष्ट्रिय धर्मसभा नेपालले भारतको कर्नाटकबाट आएका एक जनालाई आज अभिनन्दनै गरी सम्मान गर्‍यो। उस्तै जिम्मी हेन्ड्रिक्स स्टाइलको जिङ्ग्रिङ्ग कपाल अनि उस्तै रङ्गको पहिरन। नाम पनि शिव साइबाबा रे। अनि नामको अगाडि तीन वटा श्री लगाइएको रहेछ श्री श्री श्री शिव साइबाबा रे। अर्थात् श्री ३। श्री ३ त राणाहरुको मात्र हुन्थ्यो। साइबाबाहरुले नि प्रयोग गर्न थालेछन् भाइ।

HB_KTM_Shiv Saibab lai Samman (10)

HB_KTM_Shiv Saibab lai Samman (7)
फोटो साभारः हीरालाल विश्वकर्मा/रासस

काठमाडौँमा आयोजित यो कार्यक्रममा यिनले पनि साइबाबाले जस्तै नै चटक देखाए। अर्थात् विभूति निकाल्ने काम। विभूति अर्थात् खरानी निकाल्ने काम। चटकबाजीको विरोध गर्ने केही समूहहरुले साइबाबा जिउँदै रहेकै बेला यस्तो चटक कसरी देखाउन सकिन्छ भनेर देखाइसकेका थिए। उनीहरुका अनुसार हातमा क्याप्सुल लुकाएर त्यसलाई फुटाएर खरानी निकाल्ने काम हुन्छ। त्यसरी हातको क्याप्सुल फुटाएको नदेखियोस् भन्नलाई आँखामा झुक्याउन त्यसो गर्ने क्रममा यी चटकेहरुले हात फनफनी घुमाउने गर्छन्। तर अन्धभक्तिको अगाडि के लाग्छ र, कार्यक्रममा शिव साइबाबाले विभूति निकालेर प्रसादका रुपमा सबैलाई बाँडे। मान्छेहरुले नि रमाइ रमाइ लिए।

भारतको आइटी राजधानीका रुपमा लिइने कर्नाटका राज्यमा यस्ता बाबा नि छन्। यी बाबाका भक्तहरुको संख्या लाख जति छन् भनिन्छ। आफ्नो बजार बढाउन शायद् उनी नेपाल आएका हुन्। नभन्दै उनलाई सम्मान गरेर बजार बढाउने काम गरिहाले यहाँ।

हामीले यहाँ सम्मान गर्दैगर्दा उनकै देशको उनकै क्षेत्रको टिभीले उनको चटकलाई कसरी पर्दाफास गरेका छन्, भिडियो हेरौँ-

अनि यो चाहिँ मरिसकेका साइबाबाको चटकको भिडियो-

39 Comments

  1. बाबा रे बाबा ! कति धेरै बाबा हरु हो , भारत र नेपाल मा !
    दिक्क लाग्ने !

  2. जब सम्म केहि नगरी ( यस्ता बाबा हरुको मसार्न बाहेक ) धेरै कुरो पाउने आश राख्ने लोभी हरुको जमात हुन्जेल यस्ता लुटेरा ठगहरुको दिन दिनै हाम्रो आगनमा उपस्थित भैरहंछान| खै हामि कहिले सुध्रिने ?

  3. यी चोर फटाहाहरुको कपाल Jimmy Hendrix संग दाँजेर तेस्तो महान legendary guitarist को बेइज्जत नगरौ.

  4. एस्तो मान्छे लाई हामी सबै मिलि नन्घी झार बनाउ नु पर्छ लै साथी हो डिलो नघ रै

  5. lack of education in the period of information age…dont be blind you have eyes open it from your core of heart and mind…

  6. भारत मा यौटा घन्टी बाबा थिया / मन्दिर मा बस्थे अलौकिक शक्तिको कुरा गर्थे / उनको मन्दिरमा १ रुपैया चढायो भने १ हप्ताके बात आना भन्थे र १ हप्ता पछी जादा २ रुपैया दिन्थे र भन्थे किसिका मत बोल्न यी सब भगवान कि कृपा है / १०० रुपैया चढाउने ले १ हप्ता पछी २०० पौडी गय / बिस्तारै यो कुरा फैलदै गयो / उनको मन्दिरमा करोड चढ्न थाल्यो र १ महिना के बात आना भन्न थाले / १ महिना पछी मन्दिरमा जादा त बाबा गायब / उनले ठगेका त होइनन इन्दिअको सबसे बडा आइडिया लगायका थिया किन कि उनले कसैलाई न त भेटि चढा भनेर भनेका थिया न त दोब्बर फिर्ता गर्छु भनेर /

  7. अन्धबिस्वाश ले जकडेको नेपाल अनि भारत मा येस्ता पाखण्डी हरु को लागि उर्बर भुमि कहलिएको छ /जहाँ गरिबी र अभाब छ तिहा येस्ता पाखण्डी हरु को पूजा गर्ने हरु को कमि हुन्न/ जति सुकै पढेलेखेका किन नहुन ति पनि पाखण्डी हरु को पछि लागेकै छन् शंख फुक्न पछि लागेकै छन्/हामी यिन को पछि हिडेरै नै यिनी हरु को ठग्ने कला लाई मलजल गरेको देखिन्छ /जय घन्टे बाबा हरु …………………….

  8. भौतिक शास्त्रका महान लेखक स्टेफन हकिंगले “Brief History of Time” र “The Grand Design” पुस्तकहरुमा लेखेका छन्, संसार तत्त्व (matter) र बिपरित-तत्त्व (anti-matter) मिलेर बनको छ | matter र anti-matter जोड्ने हो भने “तत्त्व” “उर्जा” मा रुपान्तरित हिन्छ, यो धनात्मक उर्जा हो | गुरुत्वाकर्षण लाइ ऋणात्मक उर्जा भनिन्छ र तत्त्व बाट उत्पन्न धनात्मक उर्जा र गुरुत्वाकर्षणमा निहित ऋणात्मक उर्जा जोड्दाको योग शुन्य हुन्छ | पढौ http://bigthink.com/ideas/25144
    के ब्रम्हाण्डले आफैलाई शुन्य बाट निर्माण गर्न सक्छ ? यो प्रश्नको जवाफा शायदै कसै संग होला |
    हाम्रो रिग्बेदको दशौँ मण्डला को १२९सौ श्लोक, जुन “Nasadiya Sukta” को नाममा प्रसिद्द छ, मा भनिन्छ ,
    नासदासींनॊसदासीत्तदानीं नासीद्रजॊ नॊ व्यॊमापरॊ यत् ।
    किमावरीव: कुहकस्यशर्मन्नभ: किमासीद्गहनं गभीरम् ॥१॥
    मतलब:
    Then was neither being nor non-being; there was no realm of air nor sky beyond. What covered it, and where? what sheltered it? Was water there, unfathomed depth of water?
    . . . . .
    . . . . .
    इयं विसृष्टिर्यत ।आबभूव यदि वा दधॆ यदि वा न ।
    यॊ ।आस्याध्यक्ष: परमॆ व्यॊमन्त्सॊ आंग वॆद यदि वा न वॆद ॥७॥
    मतलब:
    He, the first origin of this creation, whether he formed it all or did not, He who surveys it all from his highest heaven, he verily knows it, or perhaps even he does not!
    बेद ले सृष्टिलाई इश्वर भन्दा माथि राख्छ | शायद बेद धर्म भन्दा पहिले रचिएको हुनाले होला, यसमा धर्म बाट आउने पूर्वाग्रह पाइदैन | अर्को शब्दमा स्वस्थानीमा बर्णन गरिएको जस्तो सृष्टिको कथा छैन वा मनु स्मृतिको जस्तो जात जाति विभाजन छैन |

  9. लुट्ने शैली एक , लुटाहको रुप अनेक । लुट लुट कैले साइबाबा बनेर लुट , कैले बम्जन बनेर लुट , यिनैका अनुयायी भएर लुट । हामी यस्ता फटाहाको दर्शन र भक्ती गरेर स्वोर्ग मा बास खोज्ने हामी महामुर्ख ।

  10. कुनै बेला सडक सडक मा चटक देखाउने अनि पैसा माग्ने धोति चटके हरु ले नेपाल प्रवेश गर्ने नया तरिका खोजे छन् ….तर नेपाल का केहि नेपाली हरु लै नेपाल मुर्ख हरु को देश हो…र यहाँ जे गर्दा नि हुन्छ भन्ने संदेश दिन खोज्ने रैछ…..यो ढोंगी लै भन्दा नि त्यो नेपाल बोलाएर नेपाल मा गाइ जात्रा देखाउने हरुसंग पो रिस उठ्छ……

  11. काम गरेर खान को दुक्ख ले नक्कली कपाल राखेर पहेलो कपडा लगायर साइ बाबा बनेको होला साइ बाबा बनने भन्दा साई बाबा भनेर पुजन जाने मान्छेको बुद्दिमा बिर्को लागेको छ

  12. यी बाबाको श्री ३ मोह देखेर एउटा सुझाब दिन मन लाग्यो, अब साइ बाबा हरु मिलेर एउटा अन्तरास्ट्रिय पार्टी खोले हुन्छ l नेपाल शाखामा कार्य कर्ता बन्नलाई हाम्रो देशमा पीएचडीधारी देखि लिएर अनारीसम्म अन्ध भक्त हरु उपलब्ध छदै छन् l नाम चाही “साइको पार्टी” राखनु अनि नेपालको लागि नारा चाही “जसको झ्यापुल्ले कपाल, उसले बनाउछ नेपाल” l

  13. यो ढोगी हो भन्ने धर्मको ठेक्का लिने कथित उक्त धर्मसभाका प्राय पदाधिकारी लाइ थाह छ | थाह हुदाहुदै पनि यस्ता ढोगीहरु लाइ भगवान हो भनेर किन झ्याली पिटाउछान त ? उत्तर स्पष्ट छ -सोझा सिधा जनतालाइ उल्लु बनाएर पैसा लुट्नु | नेपालमा जतापनि ‘लुट’ नै हिट हुन्छ गाँठे के भाको होला ?|

  14. नेपालीहरुमा राजनैतिक चेतनाको जती बिकाश भएपनी धार्मिक चेतनाको बिकाश भने राम्रारी हुन सकेको छैन | रुख रोप्ने, परिवार नियोजान, स्वस्थ पानी जस्तै “ठग बिनाको धर्म” वा “धार्मिक ठग बाट बचौ” भन्ने चेतनाको प्रचार प्रसार र बिकास गर्नु आबस्यक छ |

  15. ग्राहक र बिक्रेता को सम्बन्ध जस्तै ठगिने र ठग्ने को सम्बन्ध हो यो. म ठगिन चाहन्छु र भगवान मलाई ठग्नु हुन्छ.जय होश .

  16. यी पातकी हरु लाई पाता फर्काएर लखेट्नु पर्छ..

  17. धर्मको नाममा ठगि गर्ने इन्डियन जस्ता बहुरुपिया मैले संसारमा अरु कोहि देखिन गाँठे ! यी इन्डियन त् अमेरिकामा पनि इन्डियन नेपाली काम गर्ने स्टोर स्टोर चहारेर मान्छेलाई अनेक नाटक गरेर आफु साक्षात् भगवाननै रहेको जस्तो देखाई ठगि खाएको दुई पटक देखि सकें मैले त् ! धर्मको नाममा अनेक नाटक र चटक देखाई सोझा साझा जनता लुटने पाखन्डीलाई त् गोर्खे लौरी कस्नु नै पर्ने हो !

  18. भगवान को त बाढी नै आउन थाल्यो बा ! अब त तेत्तिस करोड बाट चौतिस्सै पुग्न थाले कि क्या हो ?

  19. हामीले धेरै समय यसरि खेर फाली सक्यौ यसरि भ्रम को यात्रा गर्नु भन्दा सो समय मा व्यक्तिगत वा समाजको लागि केहि सृजनात्मक कार्यमा हामी लग्नु पर्छ अब कोइ मानिस भगवान हुन् सक्दैन यो भ्रम तोड्नु पर्छ समय लाइ सदुपयोग गर्नु पर्छ फुल अक्षेता भेटि बराबर बरु गरिब बृद्ध वा अन्य सेवा मा लगाए मन लाइ शान्ति मिल्छ .

  20. राम्रै कमाई हुने रेछ के साथी हो! यहाँ बानेश्वोर मा त बाबा निक्लेर गाडी-घोडा सुरक्षाकर्मी उप-रास्ट्रपति को सम्मान पाई सकेछन मेरा एक मित्र लाई त साइ -माता (खै के हो)ले मुख बाट ह्वात्तै ओकलेर ‘जिन्सी’ दिईछ्न साथी ले चै दरै ‘नगद’ टक्राएछन!!धन्य! हामी नेपाली गास-बास को ठेगान नभएनि भगवान(???)को दर्शन चै खुब पाएका छौ…. घण्टा बजाउदै

  21. केश भुक्क पार्दैमा साइबाबा हुने भए त अफ्रिकीहरू सबै साइबाबा! अफ्रिकी मुलका मानिसहरुको केशलाई भुक्क फुलाएर चराको ठुलो गुँड जत्रो पनि बनाउन सकिन्छ वा स्याप्पै सुकाएर टाउकोमा टिमिक्कै पार्न पनि सकिन्छ|

    • साइ बाबा भनेको नै ठग हो त अनि यो त साइ बाबा भन्दा ठुलो साइ बाबा रहेछ | साइ बाबा जिउदै भएको भए त्यो ठग लाइ समेत ठगला जस्तो |

  22. जिमी Hendrix २७ वर्ष को उमेर मा नै मरे . नत्र उनीपनि नेपाल आएको भए साइ भक्त हरुले भगवान बनाइदिने रहेछन !

    • गिटार महाराज Jimmy Hendrix नेपाल आएका थिए| उनी उबेला गाँजापानमा मस्त थिए भन्ने पनि सुनिन्छ| उनी मुस्तांग जिल्लाको मुक्तिनाथ पद यात्रा दृश्यावलोकन गर्दै पुगेका थिए| उनको नाउँमा सानो होटल पनि छ त्यंहा|

  23. अभिनन्दन टक्र्याउने राष्ट्रिय धर्मसभा नेपाल र नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍.डा. माधवप्रसाद भट्टराई होइनन् (अरु भए माफ गर्नुहोला) ? धर्मकर्मसम्बन्धी ठेक्का लिएर बसेका नेपालको ठूला ठूला समितिहरूका प्रमुखहरू यस्ता ठगहरूलाई अभिनन्दन गर्दै हिँड्नुलाई के भन्ने ?

  24. कस्तो लाज नै लाग्ने गतिबिधि !! अनुयायीहरू कस्ता होलान, अचम्मै लाग्ने !!

  25. साइबाबा मुर्ख, उसका भक्तहरु महामुर्ख !!!

  26. गतिलो आध्यात्मिक मानिस भए किन गर्थ्यो अर्काको रुपको नक्कल आफ्नै पारामा हुन्थ्यो होला नि शिरडीका कस्ता साधारण र चटक नगर्ने बाबा थिए. दोस्रा साईले पहिलो साईंको रुपको सिको नगरेर आफ्नै पारा झिके पनि नक्कले र चटकी भए. अहिलेकाको त जग छ न घर छ. नक्कली देव आनन्द र अमिताभ बच्चनको डुप्लिकेट जस्ता चटकी.

    बरु साढे सातीले खाओस्, यी राकसको छायाँ नि नपरोस्.

  27. फेरी अर्को नया साइबाबा त कुन नौलो कुरा भयो र अब त साइबाबा संसारभरी फैलिनेचन र नेपालको गाऊ गाउ , जिल्ला जिल्ला अंचल अंचल बाट जन्मिने छ यो त सुरुवात मात्र हो फेरी कलियुगमा यो कुनै नया भएन के .

  28. साइ बाबाको market खुलेको रैछ आजकल l आफ्नो पनि कपाल जिम्मी हेन्ड्रिक्सको जस्तो भा बे try गर्न हुन्थ्यो भाग्य, के गर्नु कपाल झरेर केहि छैन l धत्त्तेरी !

  29. हाम्रो यहाँ पनि एक जना नेपाली साइ बाबा छन् जो बिहान देखि बेलुका सम्म शिवजी को बुटी मा रमौछान,पेपर नपाएर रन्थनिएका उसको अनुहार र कपाल को बनावट ले गर्दा खेरि यहाँ का नेपाली हरु बीच साइ बाबा का नाम ले परिचित छन्,तेतै तिर पठाई दिनु पर्छ कि क्याहो ,उसको पनि भाग्य सप्री हाल्थ्यो कि !

  30. ठग हरुको के कुरो गर्नु.जता पनि ठग नै ठग त हो.बिचराले जति जानेको छ तेती देखायो.भगवान मानेर खुट्टा ढोग्न जाने उल्लुहरुलाई हाम्ले भने पनि केहि लाग्ने होइन.हेर्दै जानुस अहिले साइ भक्त हरु यहाँ पनि टन्नै निस्कन बेर छैन.उ बेला एउटाले मलाई झन्डै कुटेको,साइबाबाको कुरा काट्यो भनेर .

  31. यी तोपिहरु त भारतीय दलाल को दलाली गर्न जहाँ नि पुगी हल्छां यिनीहरु ले नै गर्दा यी बिदेशी दलाल हरु खुट्टा जमुना सकेका छन्

  32. हे गुडन्ते मनुवा, म आफु नास्तिक हैन तर इश्वर छ छैन भन्ने दुवै कुरामा कुनै निष्कर्षपूर्ण तर्क छैन भन्नेमा बिश्वास राख्दछु| र यस्ता फजुल कुरामा समय खेर फाल्न उचित देख्दिन| यो मेरो व्यक्तिगत विचार हो|
    प्रकृतिमा कुनै यस्तो अदृश्य शक्ति छ भनेर मान्नै पर्ला तर त्यसलाई देवता भनेर पुजा गर्न समय खर्च फाल्न भन्दा सद चित लाएर सो समय मनुष्यको हितमा लाए अनि त्यो फलदायी हुने भन्ने लाग्दछ| ब्याट्रीमा बत्ती बाल्ने शक्तिको श्रेय कसलाई दिने? कि ब्याट्रीलाई देवता मानेर पुज्ने? आज देखिने यो धर्मका नाउँका भडकपन र अति क्रियाकलापहरु भन्ने सबै ढोंगी हुन् र धर्मपालकहरुले यस्तो बनाएका हुन्| कतिपय धर्मपालकहरुले मनोबैज्ञानिक रोगीको लक्षण देखाउंछन| अन्धविश्वास र सोची नबुझी धर्म मान्नेहरु समाजका सामयिक प्रगतिमा बाधक हुनसक्छन|
    साई बाबाको भक्त भएर कसैले मद्सेवन र मांसाहारी जीवन त्यागे राम्रो हो|यसले व्यक्तिगत रुपमा र समाज दुवैलाई अन्तत फायदा पुर्याउँछ|
    एक हिसाबले धर्म भनेको कमजोरीको लक्षण हो| कम्युनिस्टहरु वाह्य रुपमा धर्मलाई नकार्छन तर पनि कुनै न कुनै रुपमा धर्म अंगालेकै हुन्छन| बाबुरामले आफ्ना माता पितालाई भारतको चारधाम घुमाए| एउटा दुईटा rituals लाई त्याग्दैमा धर्म नमान्ने भनेर कम्युनिस्टहरु आफुलाई प्रस्तुत गर्छन| पशुपति मन्दिरमा दिनहु पैसा कमाउनेहरु हाम्रा धर्मका कथित पालक र रक्षक हुन् भनेपछि साई बाबाको चटकले दिल पकड्ने भयो| दिवंगत ऐश्वर्य, गिरिजा आदि सबै साई बाबाका भक्त थिए| नारायणहिटिका पुर्ब वासिन्दा त् झन् स्वयम् बिष्णु अवतार नै थिए|
    अबको धर्म निरपेक्ष नेपालमा जसले public office hold गर्छन उनीहरुले प्रत्याशित र जान प्रदर्शित रुपमा आफ्नो धर्म प्रदर्शन गर्नु उचित देखिदैन, यो बन्देज गरिन पर्छ| व्यक्तिगत् रुपमा वा घरमा जे गर्छन सो आ आफ्नो खुशी|
    साईबाबा फेक हो भनेर जानाजानी पनि होम्मिने लाई के भनौ?
    कति जनाले यस्ता कथित नामधारी अवतारीहरुलाई मनको वा आफ्ना भ्रष्ट कार्यको dry cleaners को रुपमा पनि प्रयोग गर्दै आएका छन्|

    मनुष्य किन अन्य प्राणी भन्दा आफुले पाएको विवेकलाई बन्धक राखेर यसो गर्छन? त्यसको उत्तर पाएको दिन यो संसार अरकै होला तर सबै भन्दा ठुलो धर्म नै मानव धर्म हो|

    • यो पृथ्वी कहाबाट उत्पति भयो – अर्को ग्रह बाट वा तारा बाट वा सुर्य बाट टुक्रिएर
      त्यो ग्रह वा तारा वा सुर्य कहाबाट उत्पति भयो ? कुनै बेला केहि बाट वा अर्कै कुनै चिज बाट

      मतलब यस ब्रम्हाण्डमा सदाकाल देखि पहिल्यै केहि थियो किनकि सुन्यता मा केहि उत्पति हुन सक्दैन

      के थियो?
      भगवान ?
      कुनै बिसेस सक्ति?

      म त्यो सक्तिमा विश्वास गर्छु – थाहा छैन त्यो भगवान हो कि होइन?

  33. द्होंगी हरुको के कमी जब सर्बसाधारण हरुलाई लुट्न पयपछी/ यस्ता फंतुस हरुको कुरामा फस्ने हामी नेपाली हरु नै उस्तो/
    ये नेपाली दाजु भाइ-दिदि-बैनीहरु : मेहनत को फल नै तपाइको कर्म हो र धर्म पनी,
    यस्ता धोंगिको पछी लाग्नु नै ग्रह-दशा लाग्नु हो/
    समयले तपाइलाई पर्खदैन, मेहनत गर्नुस तेसैमा तपाइको सारा जीवन सुख-सान्तिले बित्छ/

Comments are closed.